मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भद्रकालीमा चिउरा चपाउनुको अर्थ

    -उत्तम बाबु श्रेष्ठ-

    एकिकृत माओवादीहरु सरकारबाट वाहिरिएर सडक आन्दोलनमा लाग्दा धेरै मान्छेले सोचेका थिए, माओवादीले गर्ने आन्दोलन पक्कै विध्वंसात्मक हुनेछ । माओवादीको विगत र वर्तमान देशको अवस्था (कुखुरालाई बसले किचेर मार्दापनि बस जलाउने, लोग्ने स्वास्नीको झगडामा पनि चक्काजाम गर्ने)देखेर गरिएको उक्त अनुमान वास्तवमा अस्वभाविक पनि थिएन । तर उनीहरुको आन्दोलन दोश्रो चरणसम्म आउँदा एकाध घटना वाहेक तुलनात्मक रुपमा शान्तिपुर्वक देखियो, उनीहरु निकै संयमित देखिए । वरु सरकारी घटक काँग्रेस समर्थित विद्यार्थीहरुले चितवनमा आफ्नो नेता कार्यकर्तालाई माओवादीले आक्रमण गरेको भनि पचासजनाले त्रिचन्द्र क्याम्पस अगाडि गरेको प्रर्दशनमा टायर वल्यो, कुर्सी जल्यो । तर पचास हजार मसाल वोकेको माओवादी जुलुसले कंहि कतै आगो झोसे्न । सामान्य वोलीमा भन्दा बिठ्याँई गरेन । माओवादी उत्तेजित होस् र त्यसलाई वल प्रयोग गरेर सिध्याउन पाइयोस् भन्नेहरु र माओवादीको आन्दोलन घोषणा भएपछि दाल-चामल किन्दै स्टकमा राखेर ढुक्क हुन खोज्ने शहरिया मध्यमवर्ग माओवादीको वदलिएको रुप देखेर अचम्भित भइरहेका छन् । म गर्छु आग्राका कुरा सम्धी गर्छन् गाग्राका कुरा हैन यो के भएको ?

    तात्कालिन माओवादी नेतृत्वको सरकारले नेपाली सेनाको प्रमुखलाई हटाउन चालेको कदमलाई राष्टपतिले बदर गरिदिएपछि र राष्टपतिको उक्त कदम संविधान विपरित भएको भन्दै नागरिक सर्वोच्चता र राष्टपतिको कदम सच्याउने पर्ने माग राखेर माओवादी सरकार वाहिरियो । राष्टपतिको उक्त कदम कुनै न कुनै रुपमा सम्वोधन होस् भनि माओवादीले तीन विकल्पहरु प्रस्तुत गरिरहेको छ । राष्टपतिको कदमको बारेमा सदनमा छलफल होस्, हामी अल्पमतमा परेपनि स्वीकार गर्छौ, त्यो नभए सबैदल मिलेर एउटा संकल्प प्रस्ताव पेश गरौ, त्यो पनि नभए राष्टपतिले अब आइन्दा त्यस्तो कदम चाल्दिन भनेर बक्तव्य मार्फत स्पष्ट गर्न परयो । त्यसो त माओवादीलाई तात्कालिन अवस्थामा सिंहदरवारको त्यो कुर्सी निकै तातो लागेको पनि हो । त्यसो लाग्नमा सरकारमा गएपछि खासै उल्लेख्य कामहरु गर्न नसक्नु र पार्टी जनताको सामु अलोकपि्रय हुँदै जानु पार्टी भित्र विवाद बढ्दै जानु र आफुले चाहेको जस्तो संविधान बन्ने संभावना कम देख्नु जस्ता धेरै कारणहरु हुन सक्छन् । यी कारणहरुले सरकार छोड्न उपयुक्त मौकाको खोजीमा रहेका प्रचण्डलाई कटुवाल वर्खास्ती प्रकरणले मौका प्रदान गरयो ।

    माओवादी यसरी सरकारबाट वाहिरिए एकैपटक थुप्रै एजेण्डाहरुलाई स्थापित गर्न खोज्दैछ । हामी अन्यदलका नेताहरु जस्ता पदलोलुप होइनौं, सरकारमा टाँसिएर वस्ने र आफ्नो सरकार टिकाउनलाई संसदको किनवेच गर्न तयार हुने । हामी विदेशीको प्रभुको सामु झुक्दैनौं । हामीले काम गर्न खोजेकै हो तर यी विरोधीहरुले दिएनन् । र हामी नागरिक सर्वोच्चताको पक्षमा छौं । त्यसकारण माओवादीले स्थापित गर्न खोजेका यी एजेण्डाहरुलाई ओझेलमा पार्न अहिलेको यो सरकार माओवादीको सरकार भन्दा नीती र कार्यक्रमको हिसावले प्रगतिशिल, जनमुखी, प्रभावकारी र कुटनितिक रुपमा सफल हुन पर्दथ्यो । यस सरकारका मन्त्रीहरु पदलोलुप नदेखिनु पर्दथ्र्यो । तर यस सरकारका अहिलेसम्मका हरेक कदम माओवादीको उक्त एजेण्डाहरुलाई नै स्थापित गर्न सहयोग गर्ने खालका छन् । एकातिर माधव नेपालले पद जोगाउनको लागि थुप्रै नयाँ मन्त्रालयहरु खडा गरे, कार्यकर्ताहरुलाई करोडौं रुपमा बाँडे राष्टको दुकुटी सके भन्ने जनमानसमा परिरहेको छ । अर्कोतिर यो सरकारको मन्त्रीहरु पनि नमुनाको रुपमा प्रस्तुत भएका छन् । एलडियोलाई ट्वाइलेटमा थुनेर कुख्याति कमाएका मातृका यादवलाई कारवाही गरेर प्रचण्डले सहनुभुती वटुल्ने प्रयास गरे । तर आफ्नै गाडीको सिसा फुटाल्ने र सिडियोमाथि हातपात गर्ने र त्यसको वापत फौजदारी अभियोग (सार्वजनिक मुद्दा) लागेको मन्त्रीलाई कुनै कारवाही गर्न सकेका छैनन् । शान्ति संझैताको वर्खिलाप वोल्ने मन्त्रीलाई केहि भन्न सकेनन् । व्यक्तिगत रुपमा पनि प्रचण्डलाई जुन कामको लागि छोरालाई श्रीमतीलाई विदेश भ्रमणमा लगेको आलोचना गरिन्थ्यो माधव नेपाल त्यो भन्दा अझ अघि बढेर आफ्नो भाईलाई वाणिज्यदुत वनाए । ओवामासँग वसेर फोटो खिचाएपनि वानकी मुनलाई समेत भेट्न नसक्नुले कुटनैतिक रुपमा कमजोर सावित भए ।

    समग्रमा भन्दा माधव नेपाल सरकार इतिहास कै सवैभन्दा निकम्मा र निरिह देखिइरहेको छ । चुनाव हारेपनि माधवकुमार नेपाललाई छापाहरुमा मान्छेहरु नराम्रो मान्छेको रुपमा चित्रित गर्दनथे । तर प्रधानमन्त्री भएयता उनको छवी ‘पदलोलुप’ ‘हरुवा’ र ‘कठपुतली’को रुपमा बनिसेकेको छ, जुन माओवादीहरु चाहन्थे । माओवादीहरु आन्दोलन मार्फत सरकारलाई निकम्मा र निस्प्रभावी तुल्याउदै आफ्ना एजेण्डाहरु जनतामाझ स्थापित गर्न मात्रै खोजिरहेको छैनन्, उनीहरु शहरिया मध्यमवर्गमा वनेको विगतको आफ्नो छवीलाई पनि पखाल्न खोज्दैछन् । वुलेटले तर्साएको र व्यालेटले जित्न नसकिएको मध्यमवर्गको मनलाई र व्याँले (नाँचगान) गरेर जित्न खोज्दैछन् । आन्दोलन वास्तवमा प्रचण्डले भने जस्तै महोत्सवमय भएको छ । आखिर कुरा स्पष्ट छ, जुनकुरा नाचगान गरेर नै हुन्छ त किन जनतामाझ अलोकपि्रय भएका टायर वाल्ने दुंगा हान्नु काम गर्न परयो ।

    नेपाली समकालीन राजनितीका अत्यन्त कुशल खेलाडी मानिएका प्रचण्डलाई स्पष्टसँग थाह छ, सिहंदरवारको आरामदायी कुर्सीमा वसेर गर्न नसकिएको काम भद्रकालीको घुलोजमेको भुईमा बसेर गर्न सकिन्छ । उनले बुझेका छन्, सहरिया मध्यमवर्गको मन क्रान्तिकारी गीत गाएर होइन रेखा थापासँग नाँचेर जितिन्छ । आखिर माओवादीले अब जित्न वाँकी त्यहि वर्ग त हो जसले नेपालको सत्ता टिकाउन महत्वपुर्ण भुमिका खेल्छन् । संभवत त्यहिकारण सिहंदरवारको घुम्ने कुर्सी र वालुवाटारको डेढ-लाखे-खाट छोडेर भद्रकालीको चिसो भुईमा उनी सपरिवार वसेर चिउरा दालमोठ चपाईरहेका छन् । संविधानसभामा आफ्नो पक्षमा माहोल नबनुन्जेलसम्म चुनाव गराउन नचाहेका माओवादीहरु अहिलेको समय आफ्नो अनुकुलन नहुन्जेलसम्म रेखा थापासँग नाँचगान गरिरहनेछन्, दालमोठ चिउरा चपाईरहने छन् । यसपटक स्थिती साच्चै अचम्मको छ, कुनैवेला लडेका अर्को सेनाको सेनापति एउटा सेनाको हेडक्वाटर हेर्दे चिउरा दालमोठ चपाईरहेछ । बुलेटबाट व्यालेट र व्यालेटबाट व्याँलेमा छलांग लगाएका माओवादी अर्को उपयुक्त छलांग तयार नहुँदासम्म सायद भद्रकालीमा वसेर चिउरा खाइरहनेछन् । आखिर माओको रातोकिताव मै लेखिएको छ नि होइन र ? सत्रुलाई हायल कायल पार, थकित वनाउ र तिमीले जित्न सक्ने भएपछि हेडक्वार्टरमा नै बमवारी गर ।

    No related posts.

    65 comments to भद्रकालीमा चिउरा चपाउनुको अर्थ

    • Saurav PRASAIN

      I really appreciate your opinion my friend,sad in london.
      worried in Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin

      uttam ji,
      namaskar!
      you are the one who always represents the true view of Nepal. Your articles and your voice represents the ground reality of Nepalease condition. Might be you are educated! I think you worked in the INGO's and you had visited different parts of Nepal. You know the real condition of Nepalese people and their life style. I am well impressed by your articles.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      hello sir namaste aaj khussi lagyo hajur ko lekha padna paauda | hernu na k hudai6 nepal ko halaat? < anybe herda ta achamma parne kuro 6 heru yes le k rup linchha? anybe last maa hajur lai many many thank,s yasari jagruk garnu bhayeko maa——–,,,,,,, ok rest next time

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rita

      What did they done when their Party in The goverment ?Its easy to crticized .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      धेरै धन्यबाद उत्तमजी बिस्लेषणको लागि!
      हजूर हो
      १. माओबादीले आफ्नो प्रदर्शन शांतिपूर्ण गरेर एउटा उदाहरण नै प्रस्तुत गरे!
      यो उदाहरण सबैले सिकुन- हाम्रो ३६४ दिन प्रदर्शन, १ दिन काम गर्ने देशमा|
      २. कुचोले बडार्नु पर्ने घुर हावा ले उडाई दिए जस्तै माओबादीले आफुलाई राम्रो पार्टी भनेर
      प्रमाणित गर्न धेरै पापड बेल्नु पर्नेमा उल्टै कांग्रेस र एमालेहरुलेको सरकारले आफै नाकमा गु लगाएर,
      कट्टु फालेर नांगो नाँच देखाउन थाले! फोरम जस्तो भारतीय दलाल को त कुरै गर्नु परेन!

      यहि नांगो नाँच देखि वाक्क भएका म जस्ता लाखौ जनता, जसलाई कुनै राजनैतिक पद लिनु छैन,
      माओबादी तिर ढल्केर सोध्नु पर्ने भएको छ: कि म माओबादीलाई नै समर्थन गरु त? आखिर त्यत्रो ज़रा गाडेको
      राजतंत्र फ्याकने एजेंडा माँ सफल भयो भने के नेपाल निर्माणमा पनि सफल नहोला त? बाबुराम भट्टाराईले अर्थ मन्त्रालयमा त राम्रै छात काट देखाएकै हुन| तर माओबादीले अझै एउटा यक्ष प्रश्नको जवाब दिनु पर्यो: कतै यो पार्टी गोबरले ढाकेको गुहु त होइन: बाहिर देखावटि प्रजातंत्र भित्र चाहि तानाशाह-उत्तर कोरिया, क्यूबा को जस्तो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साच्चै नेपाली माओवादीको राजनीति अरु पार्टी भन्दा भिन्नै देखिन्छ। नेपाली राजनीतिमा जो सत्तामा आउछन, एकदमै आलोचित हुन्छन, तर सत्ता चाँही छोड्दैनन। तर जनताको विश्वास फिर्ता लिन सत्ता छाडि गरेको यो नयाँ सैलीको आन्दोलन हेर्दा माओवादीले चाँही केही गर्लान जस्तो छ है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod mainali

      Hello Mahesh Kukur, tell me your jackle or lets say dog leader's agenda. What have they done for country? Every time when they are in Government they ruin money, make as many ministers, all prostitute and Gunda became ministers….Oh no!!! Still Mahese say they are some how better than Moist. The BP, Pusplal, madan, Manmohan age has gone. Your best part had leader like Sujata father, Hinjada Makune, Rando KP, Bharatiya Bhate gachhedar,,,so many just looking for chair dude. Ask your leader to show us make any good decision again Karima Beg then talk in Mysansar Dude. Other wise sleep in ditch. Good luck you and your idoligical leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रो विश्लेषण । आशा गरौं बमबारीचाहिँ नगरुन्; रातोकिताबमा लेखिएको यो कुरा किताबमै सीमित होस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dalliram

      Andolan garne bhae tudikhel ma gaera gare huncha. Don't bother people who at least works in the office and serves the country.

      Maoist don't infringe on my right to work in my office.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subba Vishwakarma

      यो कुरामा माओबादीको सदै प्रसंसा गर्नु पर्छा किना भने, प्रचंडाको योजानाको अनुमान कसैले पनि लगाउना सकेका छैनन, संभिधान सभा को चुनाव मा पनि अनुमान को ठीक बिपरीत गरेर प्रमाणित गरी सकेका छन. वास्तव मा माओबादी सत्तामा आउछन भन्ने कसै लाईपनि विस्वास थिएना .अहिलेको अवस्थामा कसै गरी पनि माओवादी लाई सत्ता बटा टाडा राखनु देशका सत्तापाक्छा का नेता न भई अरु मुलुक पनि लागी परेका छन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      धेरै मान्छेहरुको माओवादी प्रतिको भ्रम हट्दै गयको छ अलिक केही उप्-बुजुर्ग हरु छन् (यही माइसन्सारमा पनि) जो जनताको उपस्थिती देख्दैन अनी जनसम्मन गर्न जान्दैन तिनिहरुमा भ्रम भन्दापनी घटिया तिनीहरुसँग स्व्ङ र स्वार्थ छ बास्तबमा हाम्रो देशलाई तिनिहरुबाट बचाउन सक्यो भने निस्चयनै उभो लाग्नेछ। आन्दोलन् र युद्दमा फरक छुत्याउन नसक्ने अनी नदेख्ने जमातलाई माओवादीले स्पस्ट देखाइदियको छ युद्द कस्तो हुन्छ र आन्दोलन कसरी गरिन्छ या गर्नु पर्छ। तर, दु:खको कुरा जनमत को आवश्यकता नचाहिने यस्ता पाखन्दी सरकारले यस्तो सलिन र सिस्ट आन्दोलन अनी जनताको चाहना,माग्,देशको आवश्यकता बुझ्ला,सुन्ला,देख्ला? लातको भुत बाटले मान्दैन भन्छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      पहीले माओवादीले युद्द गरेको थियो, जनयुद्द र त्यो सिधा राजतन्त्रात्मक सामन्ती शासन ब्याबस्था बिरुद्ध थियो त्यो युद्द सफल भयको मान्नु पर्छ किनकी आखिर राजतन्त्रको अन्त्य भयको छ देशबाट। अहीले माओवादी आन्दोलन गरेको छ र त्यो देशको राजनैतिक परिप्रेक्षको फटाह,दलालि,अर्ध-सामन्ती र यथास्तिथी बादी जनताले नरुचायका जनमत ले बहिस्कार गरेका राजनैतिक बेश्या हरुको बिरुद्दमा अनी देशमा जनसर्बोच्चता स्थापित गर्ने हेतु। माओवादीले पहीले कहिलेपनी आन्दोलन गरेको थियन र यो पहीले आन्दोलन हो अनी आन्दोलन र युद्दमा नितान्त फरक छ, हुन्छ र हुनुपर्छ। नेपाली मनस्थितिमा आन्दोलनको बारेमा जुन द्रिस्य मनस्पटलमा द्रिस्ट्रिगत हुन्थ्यो र स्थापित थियो त्यो, टायर बाल्ने, रेलिङ्, भाच्ने, ढुंगामुडा गर्ने, टोडफोड गर्ने आदी त्यो बिगत तिस बर्ष वा बढी समय देशी नेपाली राजनितिमा हालिमुहाली गरि तन्डब न्रित्य गरिआयको पार्टीहरु द्वारा स्थापित हो जुन अहीले माओबादीले बदलिदियको छ र सन्जोग माओवादीको आन्दोलन पनि त्यही पार्टीको षडयन्त्रात्मक राजनितिक बेश्याब्रिती बिरुद्द भयको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAd in London

      I am not acyually sure the 2nd round of the maoist demonstration was effevctive or not. I saw plenty of people dancing and singing. I don't know were those people enough to represent the most of the nepali or not. I even confused if gathering of 70/80 thousands of people can rule the and direct the country. I am not sure if Maoist are again given the chance to form the government, they will run out of it or not. There is a thick fog on who is going to lead the government if Maoist is given the chance…….Oofs there are plenty of confusions here in the dirty political background of the country so better not put the comment staight though….lets see how it goes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sisir

      This is one side of the event.

      How can the author of the article say they are trying to win the heart of middle class urban ppl by making their life more difficult ?

      But one should appreciate that the mass was not violent.
      And one more suggestion please stop bringing school children forcefully just to show a big mass. Children dressed in school were present in large number as shown on some TV channels.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • samrat~

        !!!!!!!!!!!!!!!
        Sisir

        How can you say middle class people in ktm and other districts were happy before maoist andolan..They are the one suffer more than anybody..Higher class have money to buy water..lower class suffering all the time so nothing for them to loose. It's the middle class who were suffering any way before the andolan or during andolan..If this andolan brings change in the country, let it be…We need a govt. who is not a puppet and understand the core problem of the poor citizens..I am not taking side of maoist..Whoever next govt. will be. now we have seen uml and congress, they are not eligable since they can not do a thing without Indian blessing..nepalis are tired and very very ashamed of these leaders.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • होइन आन्दोलन गर्दा जनता लाइ दुख सास्ती भयो भन्ने हरुलाई म के भन्न चाहन्छु भने त्यों ठुलो कुरा होइन मुख्य कुरा आन्दोलनको कारण मुनासिव छ छैन भन्ने हो, देश र जनता को दीर्घकालीन हितको लागी हो भने दुख कष्ट मात्रै होइन आवश्यक परे ज्यानको बाजी पनि लगाउनु पर्ने हुन्छ, विगतमा जनआन्दोलन हरु नभएका भए सायद अझै राणा हरुको शाशन चलिरहेको हुन्थ्यो देशमा होइनर?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman bhusal

      Uttam Babu Ji…… you have good writing skills… but plese be unbiased. You are far away in the USA and doing your PHD and trying to make something out of you life under the great Democracy of America.
      Seriously why don't you come to Nepal and join the Maoist if you are seriously concerned about the country… but staying in a democratic country and supporting MAOIST in another country… that's truly hypocrite…
      Uttam babu ji , you are a educated person… and if you really wanna write please follow certain set of ethics so that your lifestyle and your article won't be so much different…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Dennis

        Either you dont understand the meaning of "hypocrisy" or you are acting of being ignorant. Well no one can help you if you are the latter. How can living in the United States of America define one's political liking? USA is a free nation, a nation of dream where even an Al Qaeda gets a respectful dealing.
        There are thousands of Nepalese living abroad who support the maoists, it doesnt mean they to literally fly to rolpa or patan to help them in their movement. It is just a opinion of another nepali. I dont think it makes much of a difference if such a political opinion is either of an "educated" or an honest illiterate Nepali.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Bidur Tamang

        I 100 percent agree with you. Mr. Shrestha if u really believes that mao path is only path for us, no problem, u come to Nepal. Join Maobadi. Throw that degree that you are about to earn. That degree is coming from the university that produces capitalism. From the country you and your comrades hates most. Dont put your feet in two different dimension— one in communism and another in capitalism..

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कहाँ बल प्रयोग गर्नु पर्छ र कहाँ बुद्धि प्रयोग गर्नु पर्छ भन्ने कुरा प्रचण्डलाई राम्ररी थाहा छ | मेरो संसारका केहि माओबादी बिरोधी पाठक साथीहरुको लागी र नेपालका अतिक्रियाबादीहरुको लागी हेर्नु पर्ने, घोक्नु पर्ने र सोच्नु पर्ने यो एउटा सर्बश्रेस्ट उदहारण पनि हो | जनतालाई सोसेर १.५ लाखको पलंग र मासु-भात भन्दा आफ्नो मेहनतले कमाएर जनता संग घुलमिल गर्दै, रोडमा उभिदै, सिनेकर्मीहरुको रमाइलो जमघटसंगैको दालमोठ र चिउरानै बेश ! बधाई छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Jitu Nepal

        दुई चार जना शोषक सामान्ती जाली,फटाहाहरुको चंगुलमा फसेर देश दुई सय अटतीस बर्ष जंगली अवस्थामा गुज्रिनु परेको
        नेपाली महान बिद्द्वान भानाउदा भ्रष्टहरुलाई सयादै भनी राख्नु र लेखी राख्नु पर्ने जरुरत पर्दैन होला तै पनि कतै अझै ति भ्रष्ट बिद्द्वानहरुको बुद्दिको भाँडोमा सानो घामको किरण छिर्न सकिन्छ की भनी माओबादीहरुले प्रयाश गारी राख्या छन,हिजो देशमा एउटा ब्याक्तिले शासन चलाएका थिए,त्यही शासक्ले पालन पोषण गारी राखेका दुई चार जना भारौतेहरूले देशको सींगो नगरिकको अधिकार खोसेर रजाई गरेका थिए.तिनै अधिकार जनतालाई दिलाउनु पर्छ जनताको सरकार बन्नू पर्छ,नागरिक अधिकार सुनिश्चित गर्नु पर्छ भन्दा राजनीती दलाई किन टाउको दुख्नु पर्यो.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Udeep

      pahile pahile lagthyo maobadi party banduk bhasha matra bujhda cha. Tara aja bholi maobadi ko kutilta ra rajniti herera lagcha, yo party ma bado thulo dam cha. Yo Yuwa ko party ho, nepal ko lagi samayanukul awaz ho. Mero purna samarthan cha yo party ko harek maag ma. Sayad malai aahile samma kunai party le bhag biwhal banayeko thiyena, desh ko lagi sochna badya tulyayeko thiyena. Tara aaja maobadi ko bakya bakya ma ma desh prem dekhchu. Party ko tallo sataha lai tagada banauna sakyo bhane yo party bishwa ko lagi nai namuna banna sakcha. Nepal ko Jay hos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      Very Nice analysis. Lets hope they will be patient in coming days also. Lets hope there will be negotiation and no body will go to jungle again and kill innocent people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishnagopal,japan

      I am 100% agree with uttamji.maobadi lai jiskayera cong,uml ko moj garne sapana chaknachur paridiyo MAOBADILE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सरकारले सुरक्षा कर्मी हरु बधायेर माओबदिलाई चुनौती दिन लागे जस्त्तो लाग्यो यो राम्रो होइना यसले झड़प नहोला भन्ना सकिदैना त्यसैले सरकारले समयेमै सोच्नु ठीक हुनेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरु केही होइन प्रचन्ड लाइ, रुमनियाको चाउचेस्को , कम्बोडिया को पोल्पोट्, पेरु को गोन्जलो वा श्रीलन्का को प्रभाकारण बन्न इच्छा जागेको मात्र हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Kusal Bhattarai

        Thukkai kusu ji, tapai ko buddhi… 4 years pahile bhanne kura aaile bhanera pani kaile pura hunchha??

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prem

        Kesu, just wait and see.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • bhagya

        keshu, hope your wish come true, but it will be prove you have a wrong wishesses. you already proved wrong but you still chippering withing common sence, you are just proving to the public my way or highway. Sorry I donot belong to any party nor any badd too but I have a capacity to choose wright or wrong.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • झिंगाको सरापले डिंगा मर्दैन । माफ गर्नुहोला केशुजी भन्न बाध्य पार्नुभो ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • kesu jee,
        "Little Knowledge is Dangerous" भन्छन त्यसैले राम्ररी अध्ययन गरेर मात्रै निर्णयमा पुग्नु होला है|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak tripathi

      Having analysed your articles regularly,I can say that your thinkings are always biased towards maoists.You blame the other political parties but keep writing good things about maoists.You are a science student and one of the potential intellectual person in Nepal.These kind of biased articles doesn't suit you.In our country majority of people tend to support their parties not the work that their party does.They think like whatever activities their party does is good and rest are bad.All the party have pros and cons.So we should be developing the habit of appreciating the good work of any party and protest against any bad works rather than supporting our favourite party blindly.
      I appreciate that the protest was peaceful but tell me was this protest really of any benefit to them?Did madhav kumar or girija suffered from this protest?No!!!!The people who suffered were innocent citizens.While prachanda and his cadres were busy dancing with Rekha thapa, commuters were finding difficulty to travel.Traffic and the whole city was in chaos.Did it affect madhav kumar or Dr yadav?No!!!Intellectual persons like Dr bhattarai and Prachanda, despite knowing all about these things,still engage in these stupid activities.
      Did you protest when maoists proposed to change the national flag of nepal.No,you didnt!Did maoists ever go to villages and did some development activites during their 9 month government?No,they didnt.They were busy travelling different countries with their family members.Did you protest that time?They fought the war in the name of poor people,but did they really care about the countryside poor people while they were in government?Did you protest that time?No you didn't.
      So please stop being biased.If intellectual people like you start getting biased to their parties what can we expect from illiterate people?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Harihar

        Well everyone has a right to express themselves, that is freedom of speech. I dont seem to understand your logic here, being an intellectual he cant associate with the maoists ? Are you implying intellectuals are only affiliated with the congress, UML or the RPP? Then you are wrong. By the way everyone who sympathises with the maoists is not a comrade. We are in the millions, average nepalese people who support the maoists inspite of their horrific past. So get used to more intellectuals and illiterate innocent nepalese who support the maoists.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh kumar

      चुप लाग कम्युनिस्ट का टट्टू, सब लै थाहै छ यी कम्युनिस्ट हरु जुन सुकै बेला हिंसा, हत्या, चन्दा वसुली गर्न सक्छन र गरेका पनि छन् | नर भक्षी बाग ले एक दुइ दिन घास खायो भन्दै कोइ चुप लाग्ने वाला छैन साथी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prem

        Tyahi bhaera hola timro neta ko pachhi janata ko lahar, ha ha ha laaaaaj mardo haruwa ko dalal ko boli, mysansar ma.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sakar

      i don't agree with this article. If we really love Nepal , we can distinguished the thinking , character , capability of most of big political parties , congress, UML , Maoist. They are all wrong and they are just exploiting illiterate , poor , unemployed ppl in the name of Kranti ( revolution) and they could not show any capability to developed the country and ppl. I don't agree at all. Do u think those leaders are honest ??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangjali

      I 150% agree this government is the weakest government I have ever seen in Nepal.
      Syangjali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओवादीहरु शक्तिसाली र स्वयमित दुबैछन भन्नेकुरा अहिलेको ब्यावहारले देखाउछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लेख अर्थ पूर्ण छ, रणनीति र सांगठानिक संरचनामा माओबादीलाइ अन्य कुनै दलले भेट्न त परे जोस छुनै सक्दैनन, यो ध्रुब सत्य हो र सबैलाई प्रस्टै छ तर जनतालाई नागरिक सर्बोच्चताको नारा लगाएर आफ्नो दुनो सोझाई भोलि कतै देशलाई अधिनायकबाद तिर धकेली उत्तर कोरिया, क्युबा, कम्बोडिया जस्तो बनाउने पो हुन् कि वा साच्चिकै जनताको पूर्ण प्रजातान्त्रिक हक हित स्थापना गर्ने हुन् ? यो चाँही मलाई प्रष्ट भएन, त्यसकारण माओबादीको ultimate goal चाँही के हो त्यसबारे पनि लेखक ज्युले अनुसन्धान गरि प्रस्ट पारिदिनु भए माई संसारका पाठक धेरै कृतज्ञ हुने थिए |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prakash

        timi jasta phatahalai kina prasta parnu paryo

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • prakash ji
          अलिकति उश्रींखल भए पनि समर्थन चाही छ है !

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • प्रकाशजी, तपाईंको नजरमा म फटाहा परे हुँला तर अरुको नजरमा तपाईं नै फटाहा त पर्नु भएन, किनकी शालिन ब्यक्तिले यस्तो ठाडो जवाफ दिदैन, सक्नु हुन्छ भने सहि र उचित जवाफ दिनुस् होइन भने यो वाइ स्याल खाले जवाफ नदिनुस् | एउटा कुरा के याद राख्नुस् भने some someone's villain is someone's hero भने झै तपाईंलाई मेरो कुरा फटाहा लागे पनि म जस्ता सोच्ने लाखौं छन तिनी हरुलाई के भन्नु हुन्छ नि ? यही तिमीहरुले लगाएको नागरिक सर्बोच्चताको नारा ? कुकुरको पुच्छर १२ बर्ष ढुङ्रोमा हाले पनि सोझिदैन भनेको यही त परेन कतै ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prem

        Mr. Bir, tapai bhanda dherai pade-lekheka, jane-bujheka, educated and wealthy people involve yes andolan ma saamel chhan. So, no need to ask the goal of mao. Mao is Nepali and Nepali is Mao, ok. Yadi bujhne manchhe ho bhane I hope this is ehough for you.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • अचेल 'मेरोसंसार'मा माओवादीविरोध प्रतिक्रियालाई माइनस गर्दा-गर्दा राम्रो प्रतिक्रियामा पनि 'माइनस' गर्ने भइएछ । :) माफ गर्नुहोला है प्रेमजी ।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • यो पनि कतै भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्या जस्तो नीति त परेन पुष्पजी ?

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • त्यो त आफैलाई सोध्नुभए राम्रोहुन्थ्यो होला ।

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • पुष्पजी, मैले त यो आँखाले माओबादी पनि देख्छु, एमाले पनि देख्छु, कांग्रेस पनि देख्छु, साथै अन्य पार्टीहरु पनि देख्छु, अनि त्यस भित्र नेपाली जनता माओबादी र वाई श्यालबाट चुटिएको, कुटिएको पनि देख्छु, तर तपाइले भने माओबादी मात्रै देख्नु हुन्छ भने कमजोरी तपाइको आखाको हो मेरो होइन |

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                • वीरजी,

                  मैले माओवादीको हैन प्रचण्ड, बाबुराम, गजुरेल, किरण, नामको लाम छ, यहाँ लेखेर साध्य छैन, उनीहरूको कुरा गर्या हो । 'माओवादी' शब्दले ती सबै नामलाई समेटेकोमात्र हुँ । म पनि नरहरी आचार्य, गगन थापा, स्व. गणेशमान, स्व. मनमोहन, स्व. मदन, बडामहाराजाधिराज आदिको पनि कुरा गर्न रुचाउँछु; गिरीजा, ओली, ज्ञानेन्द्र, सूबथाजस्ताहरूको होइन ।

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Mr. Prem you might be more educated and intelligent than me but don't forget that there are millions of people who are much more educated and intelligent than you as well. If you think your system is the best, then why it been rejected and disappeared from the world and gone to books in history ? This is a valid question to ask. Could you please answer this question promptly? Hope this is enough for you if you are an intelligent enough too.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई ! वीरजी पनि …

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • "बाह्र बर्ष रामायण पढ्यो सित कसको जोइ ?" भनेर सोध्दा "रावणकी" भन्ने त माओबादी हुन् पुष्पजी, प्रजातन्त्र बादी होइनन |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • आगरा र गागराको कुराजस्तो भो यो त वीरजी ।

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • कांग्रेस एमाले जस्ता परजातंत्र वादी भन्नु भएको होकि साच्चिकै लोकतंत्रवादी भन्न खोज्नु भएको वीरजी?

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • देवराजजी, म न त कांग्रेस, एमाले, राप्रपा को पुच्छर परे न त माओबादीको नै, जसले पार्टीगत र व्यक्तिगत स्वार्थ नहेरी देश र जनताको स्वार्थ र अधिकारलाई हेर्छ म त्यसैलाई समर्थन गर्दछु | शुरुमा मलाई पनि माओबादीबाट निक्कै ठुलो आशा थियो, यिनीहरुले जनयुद्ध ताका गरेका क्रुरता र ज्यादतीलाइ मैले युद्धको तातो भुल्कको नतिजा भनेर वास्ता गरेको थिएन, तर अहिले सम्म पनि यिनीहरुको व्यवहार उस्तै छ, आजको दिन कस्तो हुन्छ भन्ने बिहानीले नै जनाउछ, भने झैँ माओबादी प्रति प्रश्न र शंका गर्नु पर्ने थुप्रै कारणहरु र थुप्रै कमि कमजोरीहरु छन्, के एउटा सचेत नागरिकको हिसाबले ति कमि कमजोरीहरुमा बेलैमा प्रश्न गर्न नपाउनु ? तिनीहरुको पछाडी अन्धाधुन्द लागेर पछी पछुताउनु भन्दा पहिले नै तिनीहरुको असली नियत भुझ्न नपाउनु ? माओबादीले सायद नेपाललाइ स्वर्ग नै बनाउलान तर त्यो स्वर्गमा पिंजडाको सुगाको जिन्दगि झैँ बस्नु पर्छ भने त्यो स्वर्ग मलाइ स्वीकार्य छैन, किनकि जहाँ स्वतन्त्रता छैन त्यहाँ प्रजातन्त्र हुदैन, यदि यहि प्रश्न पनि गर्न पाइदैन भने फेरी के को नागरिक सर्बोच्चता को रट ?

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • वीरजी, यो उत्तर कोरिया, क्यूबा, कम्बोडिया आदिको रट अति भएन र ? 'माटो सुहाउँ'दो राजनीति गर्न माओवादीले पनि जानेका छन् । यसरी बारम्बार तर्सिनुपर्दैन ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • पुष्पजी, मेरो झटारोले मलाई नै हान्नु भएको ? हा हा हा ! जीवन मरण र भविष्यको सवाल छ तर्सनै पर्यो नि | फेरी माओबादीको व्यवहार पनि त उस्तै छ मित्र | जे हो मलाई मन पर्यो +१

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • *** Good analysis of the current political problems.

      It is indeed the Maoist party seems to be better for the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rupak

      nothing ahile santipurna banayera k garnu ni heruna dirga kalsamma pani yesto nai bhaye pachhi matra patyaune kura aauchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiranm

      Good analysis of present political system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      This is really a example and others should learn from this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      I can say 100% guarrantee that you were okra of girija some samanti like him. So you can not think a man could be free. U can only see girija ( u are indoctrinated such a that u can not think u can survive without ur malik)

      shame on you. try to think as a human

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker