अनमोलमणि
अपवाद नै भन्नु पर्छ उनलाई अमेरिका जाने सोख थिएन।
नेपालीका लागि अमेरिका ‘नशा’ लागेका बेला पनि उनलाई अमेरिका जान मन नलाग्नु अपवाद नै थियो। जानु नजानु उनको इच्छा। तर विनयध्वज अमेरिका नगएपछि सहरमा उनको निकै चर्चा भयो।
उमेरले ४५ छिचोलिसकेको थियो। शारीरिक तन्दुरुस्तीका लागि उनी प्रत्येक विहान चिसो हावामा हिंड्थे। बाटोमा कोही न कोही चिनेको मान्छे भेटिहालिन्थ्यो। उनीहरुलाई विनयध्वजको सञ्चो विसन्चो भन्दा अमेरिका नजानुमा बढी चासो थियो। भैट्यो कि अमेरिका नजानुको कारण सोधी हाल्थे। उत्तर नसकिँदै उनीहरु भन्थे—’तपाईले अमेरिका नगएर ठीक गर्नु भएन विनय जी।’
यी सब कुरालाई उनले त्यस्तो ठूलो वास्ता पनि गरेनन्।
विनयध्वज सामान्य व्यक्ति हुन्। राजनीतिको नाम चलेको नेता पनि होइनन्। न कुनै नेताको फेर समातेर बनोका पत्रकार हुन्। उनलाई हतियार खरखजना वा मान्छे बेच बिखनको आरोप पनि छैन। निस्कलंक छवि छ। सरकारी जागिरे हुन्। आस्था र विचारका आधारमा वामपन्थी। आर्थिक हिसाबले सामान्य मध्यम स्तरका खान पुग्ने नेपाली सरह। समाजमा उनी राम्रै परिचित छन्। अमेरिका नजाने उनको यो निर्णयले थप चर्चा दिएको थियो।
बामपन्थी वा प्रजातन्त्रबादी सबैसग नजिक थिए। प्रत्येक भेटमा, मोबाइलमा र टेलिफोनमा उनका ती साथीभइ भन्थे, ‘बामपन्थी भएकैले राजनीतिक आस्था नमिलेर अमेरिका नजाने? बल्ल यो उमेरमा मौका मिलेको छ। त्यही मौका पनि तपाई गुमाउँदै हुनुहुन्छ। ल ठीकै छ तपाई आफ्नो लागि त जानु भएन। यी छोराछोरी, स्वास्नी, बुढी आमालाई हेरेर उनीहरुको भविष्यका लागि त जानु पर्छ। हैन अमेरिका नजान तपाईले यहाँ त्यस्तो के देख्नु भएको छ?’
कोही उनलाई सम्झाए जसरी भन्थे—’मेरी फूपू एक पटक अमेरिका गएकी थिइन्। टन्न कमाइन्। उनले त्यहाँबाट प्रसस्त चिजहरु लिएर आइन्। उनले ल्याइदिएको फौसिल घडी र क्यामेरा अझै मसँग सुरक्षित छ। कति खपालु रहेछ। उनी अमेरिका जाँदा बाबु बुस त्यहाँका प्रेसिडेन्ट थिए। उनी पनि वामपन्थी थिइन् तर कसैसँग आस्थागत पूर्वाग्रह राखिनन्। त्यो पनि हामीले अमेरिकासग टक्कर गर्न खोजेर के फाइदा? पहिले त भातभान्साको जोहो गर्नु पर्यो नि। जानुस् जानुुस् तपाई अमेरिका जानुस्। अहिले त ओबामा त्यहाका प्रसिडेन्ट छन्।’
‘मेरो भाइ एक पटक अमेरिका गएको थियो। उसले त्यहाँबाट ल्याएको यौटा मूर्ति साँच्चै भगवानजस्तो छ’, त्यही सम्झाउने मध्येको एउटाले भन्यो, ‘मैले कोठाको मन्दिरमा राखेको छु। अहिले पनि उस्तै चमकमा बोल्ला झै लाग्छ। मेरी श्रीमति सधैँ त्यसलाई पूजा गर्छिन्। साह्रै ओरिजिनल रहेछ।’
अर्को यौटाले आफ्नो काकाले अमेरिकाबाट ल्यापटप र ठूलो मेगा पिक्सल भएको क्यामरा जडित मोबाइल ल्याएको बतायो। अमैरिकाबारे आफूले बुझे जति व्याख्या सुनाउनेहरु पनि प्रसस्तै भेटिए। कतिले चाहिँ ओहायो, वासिङटन डिसी, होनेालुलु लगायत ठाउँको बारेमा पढेको व्याख्या सुनाए। विनयध्वज साहित्यमा पनि रुचि राख्ने भएकाले एउटा साहित्यकारले चाहिँ अमेरिकी लेखकका कथा, कविता, उपन्यास र उत्तर आधुनिकताको चर्चा जाने जति सुनायो।
विनयध्वज यी सबैका कुरालाई चुपचाप सुन्थे। उनी सबैका प्रश्नको उत्तर दिनु पर्छ भन्ने ठान्दैन थिए। चढ्दो बुढेसकालमा पनि उनी बालसुलभ मुस्कुराइदिन्थे र कुराको कुनै अर्को पोयो फुकाउन तिर लाग्थे।
विनयध्वजले आफूलाई कुनै दिन अमेरिका जाने अवसर मिल्छ भनेर सोचेका थिएनन्। जब उनलाई मौका मिल्यो उनी नजाने निर्णय गरे। कारण कसैलाई थाहा थिएन।
उनी अमेरिका नजानुको कारणबारे कोही भन्थे, ‘विनयध्वज जर्जबुसका विरोधी हुन्, अमेरिकाका विरोधी हुन्। कट्टर बामपन्थी भएकाले उनलार्ई सद्दाम हुसेनलाई दिएको फाँसी मन परेको छैन। लादेन माथिको आरोप मन परेको छैन। अमेरिकाले पैसामाथि टेकेर सबैमाथि गरेको राज मन परेको छैन। अफगानस्तान र लेबनानमा गरिएको वम आक्रमण मन परेको छैन। अरु देशका क्रान्तिकारी पार्टीलाई आतंककारीको सुचीबाट नहटाएको मन परेको छैन। अमेरिकालाई उनी पूँजीबादीहरुको साम्राज्य भन्छन्। त्यसैले उनी अमेरिका गएनन्।’
कोही भन्थे, ‘उनलाई मुटुको विमारी छ। लामो विमान यात्रा गर्न सक्दैनन्। जसले गर्दा उनलाई अमेरिका यात्रा रोक्नु परेको छ।’ कोही चाहिँ उनले भिसा नै नपाएको चर्चा गर्थे। उनीहरु विनयध्वजलाई अमेरिका जाने अफर नै नआएको तर्क अगाडि सार्थे। अमेरिकामा उनको चिनेजानेका कोही नभएकाले उनी आत्तिएर नजान खोजेको शंका गर्नेहरु पनि थिए।
‘उनलाई राम्रो अंग्रेजी आउँदैन’, तिनै मध्येको कसैले चियागफमा भन्यो, ‘सञ्चार समस्या हुने डरले उनी अमेरिका जान हच्किएका हुन्। नत्र को जादैन अमेरिका।’
कसैको शंका अलि फरक थियो। अधवैँसे उमेरमा पनि उनकी श्रीमति वैँशालु छिन्। त्यसैले उनी श्रीमति छोड्न चाहँदैनन्। उनी श्रीमतिलाई औधि माया गर्छन्। छोरा छोरीलाई पनि औधी माया गर्छन्। त्यही मायाले उनलाई अमेरिका जान रोकेको छ।
नियध्वजलाई अमेरिका जाने अवसर आएको साँच्चो थियो। भीसा नै नलागेकेा भन्नेहरुका कुरा वर्षका लागि भिसा पनि लागेको थियो।
भीसा लागेकेा दिन घरका सबै खुसी भए। खवर सुनेको साँझ छोराले केही साथीहरुलाई ठमेलको डान्सबारमा पार्टी नै दियो र राती अबेर घर फर्क्यो। छोरीले सबै साथीहरुलाई खबर एसएमएस गरी र आफ्नो प्रिपेड मोबाइलको १ हजार रुपियाको रिचार्ज कार्ड सकी। श्रीमतिले पहिले आफ्ना आमाबाबुलाई ज्वाई अब अमेरिका जाने खबर सुनाइ। त्यसपछि त्यो शुभखबर थाहा पाउने प्राथमिकतामा भाइहरु, दिदी बहिनीहरु, उसका मिल्ने संगीहरु, केही पुराना केटा साथहिरु अनि छिमेकी महिलाहरु परे। खबर यति छिटो फैलियो कि विनयध्वजको अमेरिका जाने भिसा लाग्यो भन्ने थाहा नपाउने त्यहाँ कोही भएनन्।
घर परिवार कोही दुखी थिएन। छोरी बाबुलाई सी अफ गर्न हवाइ अड्डा जाने कुरा सोचिरहेकी थिई। उसले यी सबै कुरा आफ्ना सबै साथीहरुलाई पनि बताइ। उनको अमेरिका नजाने खबरले छोरी निकै दुखी भई। यस कुराले छेारीलाई कुनै गौरव बनाएन। ऊ निराश भई। छोराले जानु पर्ने अडि्ड राख्यो र त्यो साँझ फेरि केही साथीहरुसँग ठमेलकेा डान्सबारमा रात वितायो। ‘हाम्रो सुड्डो अमेरिकाको भिसा लाग्दा पनि नजाने भनेर कस्तो लफडा पो गर्दैछन् भन्या’, उसले साथीहरुसँग भन्यो—’अरुलाई कसरी जाउँ भइराछ। भीसा लाग्नेलाई जान मन छैन। यो अमेरिका पनि अचम्मै पो रैछ नि?’
अमेरिका नजाने धारणा सुनेर श्रीमति बढी नै बेखुसी हुँदै बोली—’तपाईले किन यो अवसर गुमाउँदै हुनुहुन्छ म बुझ्दिन। कि तपाई हामीलाई माया गर्नु हुन्न कि तपाईको दिमाग विग्रँदै छ? तपाईलाई कसैले अमेरिका नजाउ भनेर भड्काएको त हैन?’ यस्तो विवाद घरमा दैनिकजस्तो भयो। त्यसपछि विनयध्वजको अमेरिका नजाने निर्णय व्यक्ति, परिवार, घर र उनको समाजमा राम्रो चर्चाको विषय बन्यो। त्यसको कारण भने कसैले पत्तो पाएन।
विनयध्वज बाहिरबाट जति विनम्र थिए भित्र पनि त्यस्तै थिए। आफ्नो सिद्धान्तमा अडिग थिए। उनीसँग कामबादी सिद्धान्त थियो। उनी कसैसँग झुक्दैन थिए। उनी कार्यालयमै पनि नबोलाएसम्म नमस्कार गर्न कै लागि हाकिमको कोठामा छिर्दैन थिए। चाप्लुसी र तारिफ उनी बेकार र कृतिम ठान्थे।
उनलाई चिनेको ठान्नेहरु चाहिँ विनयध्वज अलि झोँक्की र लहडी स्वभावको छ भन्थे। कोही उनलाई आफ्ना सहयोगीहरुसँग कुन्ठित छ भन्थे। सहयोगीकै इर्ष्या गर्छ तर बाहिर देखाउँदैन भन्ने उनीहरुको तर्क थियो।
शैकै न कतिलाई लागेको थियो, उनको व्यक्तित्वमा केही न केही खोट अवश्य छ। कोही भन्थे श्रीमतिको व्यवहारले उनी निकै दुखी छन्। उनकी श्रीमतिका धेरै केटा साथीहरु छन्। र त्यो कुरा उनलाई राम्ररी थाहा छ। उनले श्रीमति र बच्चाहरु प्रति देखाउने माया देखावटी मात्र हो। भित्र भित्रै कुन्ठित छन्। उनको पारिवारिक र दाम्पत्य जीवन ठीक छैन।
कोही उनलाई मुटुको समस्या भएकाले तत्काल कुनै निर्णय गर्न सक्दैनन् भन्थे। कोहीचाहिँ तत्काल निर्णय गर्न नसक्नुमा उनको मुटु भन्दा बढी दिमागको कमजोरी हो भन्थे। कोही भन्थे बुढेसकाल लाग्दै गएकाले उनलाई जोर्नी र हडि्ड दुख्ने समस्या बढ्दै गएको छ। उनी ढाडका पनि रोगी छन्। बलले काम राम्ररी गर्न सक्दैनन्। कोही भन्थे यो उमेरसम्म पनि केही गर्न सकिन भन्ने हीनभावनाको ग्रन्थी उनमा बढेको छ।
अनुमान कति सही थिए कसैलाई पत्तो थिएन। तर अमेरिका नजाने निर्णपछि उनले तनाव महसुस गरेको चाहि सबैले पत्तो पाएका थिए। महानगरमा उनको घर थिएन। भाडाको बसेका थिए। मध्ययम स्तरको कमाइ थियो। एक्लो कमाइले चार जनाको परिवार धानिँदै आएको थियो। छोरा छोरी दुवै विहे गर्ने उमेरका भइसकेका थिए। यी सबै हेरेर उनकी श्रीमतिले भनेकी थिइन्—’तपाइँ कुनै हालतमा अमेरिका जानुुस्। यौटा घर बनाउनु पर्छ। छोराछोरीको विहे गरिदिनु पर्छ। तपाई अमेरिकाबाट फर्केको दिन हाम्रो सान नै फरक हुन्छ। हाम्रो दुखको दिन सकिन्छ। सबैतिर झलमल हुन्छ।’ तर अमेरिका नजाने आफ्नो निर्णयमा कुनै फेर बदल र पुर्नविचार गरेका थिएनन्।
‘सिद्धान्तबादी विनयध्वजजी के छ खबर?’, कार्यालयबात फर्किदै गर्दा एक दिन यौटाले बाटोमा प्याच्च भन्यो—’हैन लादेनलाई समर्थन गर्न लाग्नु भयो कि के?’ यो सुनेर त्यसको चुच्चो परेको नाक भत्किने गरी बज्रमुक्का दिउँ दिउँ लाग्दा लाग्दै पनि उनले जवाफ जरुरी सम्झेनन्। उनले यस विषयमा वहस गर्नु जरुरी ठानेनन्। उनले कुराको कुनै प्रतिवाद गरेनन्।
विनयध्वजले अमेरिका नजान गरेको निर्णयको खुब आलोचना भयो। यी चर्चा बारे उनको परिवार, ससुराली, अरु आफन्त र टोलबासी कोही बेखवर थिएनन्। उनको निर्णयको समर्थक उनी एक्लो थिए। उनी बाहेक कोही उनको पक्षमा देखिएनन्। सबैको व्यवहारमा व्यङ्गय मिसिन थालेको उनले महसुस गरे। त्यसमा उनकी श्रीमति पहिलो नम्बरमा परिन्। प्रत्येक दिन प्रत्येक क्षण प्रत्येक कुरामा उनी अमेरिका नगएको छेडखान जोडिन थाल्यो। यस्तै विवादले घरको सम्बन्ध प्राय किचलोमा बदलियो। कार्यालयमा हाकिमदेखि पियन सम्मले त्यही कुराले घोचिरहन्थे। कम बोल्ने उनको बानी नै थियो, अझ अमेरिका नजाने निर्णपछि कार्यालयमा उनी झन् कम बोल्न थाले। चिया पसल क्यान्टिन कहिँ पनि जान छाडे। साथीभाइसँगको संगत विस्तारै पातलिँदै गयो। अमेरिका नजाने निर्णय उनका लागि यस्तो सुल भयो कि त्यसले सधैँ चसक्क झड्का दिइ रहन्थ्यो। पीडा महसुस कम गर्न उनले कार्यालयको आफ्नो टेबुलबाट ग्लोब हटाएर टेबुलमुनी राखे जुन ग्लोबमा अमेरिकाको नक्सा प्रष्ट देखिन्थ्यो।
‘आखिर मान्छे के चाहन्छ? समाज के चाहन्छ? व्यक्ति कसको निर्णयमा चल्छ? व्यक्तिको चेतना समाज हो कि ऊ मात्रै? कि चेतना दौलतको रासमा मात्र हुन्छ?’, आफ्नो निर्णयको बहसमाथि यस्तै अनेक तर्कना सोचे—’यो समाजका मान्छेहरु किन मान्छेको आस्थामाथि निर्धक्क खेल्छन्। मान्छेको निजत्वमाथि किन मान्छेले नै प्रहार गरेर उसको निजत्व छिया छिया पार्छ र किन उपहास गर्छ मान्छेको विश्वास र प्रेमको? मान्छेलाई निरिह बनाउन किन मान्छे नै लागि रहेको छ? नदेखिएको ओ भगवान! किन भ्रममा राख्छौ मान्छेलाई? किन यस्तै साना तिना निहुँमा अल्झाइ राख्छौ मान्छेको चित्त?’
अमेरिका किन मान्छेको गिदिमा टाँसिएको छ नुरप्रतापले बुझेनन्। मान्छे प्रेमिका वा समाजका लागि भन्दा पहिले आफ्नो लागि बाँच्छ भन्ने किन अरुले बुझेनन् भन्ने कुर उनको दिमागमा नाचिरह्यो। उनलाई कोलम्बस किन नेपाल आएन भन्ने लाग्यो। एक मनले सोचे—’शायद कोलम्बस नेपाल यात्रामै थियो। यस्तै मान्छेहरुको पेलाइमा अमेरिका पुग्यो र अमेरिका पत्ता लगाएको घोषणा गरिदियो।’
उनलाई लाग्यो, विकासशील देशका मान्छे कुनै विकसित देशमा जाने यस्तै त्यान्द्राहरुमा अल्झेका छन्। उनलाई लाग्यो हामी हुस्सु छौँ। कतिसम्म हुस्सु छौँ भने आफ्नो हातको घडी हेरेर आफैलाई समय बताइ दिने मान्छेलाई महान् भन्छौँ र उसको बुद्धिको तारिफमा समय खर्चिन्छौँ। हामी खुट्टा बेच्छौँ र जुत्ता किन्न हतारिन्छौँ। टाउको काट्छौँ र टोपीको धाक लगाउँछाँै। यस्ता तर्कनाका भुवादार बादलहरुमा उनी निकै दिन मिसिए र सँगसँगै उडे। कार्यालय, घर, बाटो जता जाँदा पनि उनी यस्तै कुरा सम्भि्कन्थे। मध्यम वर्गका दुखीहरुको सुख खोज्ने बहानाबारे कल्पिरहन्थे।
कार्यालयबाट फर्केपछि शुक्रबारको एक साँझ विनयध्वज एक्कासी सुटकेश प्याक गर्न थाले। श्रीमतिले नचाहेरै ठस्केर सोधिन्—’किन तपाईँ हामीसँग रिसाएर कतै जाँदै हुनुहुन्छ? कि सरुवा भयो?ठीकै छ, अमेरिका जानु भएन अब जहाँ मन लाग्छ जानुस्। नाथे एउटा ज्यान हामी पनि पाल्न सकुँला।’
उनले टाउको नउठाइ मसिनो स्वरमा भने—’होइन म भोलि अमेरिका उड्न आँटेको। १ लाख ऋण गरेर टिकट ल्याइ सकेँ। २ बजेको फ्लाइट छ।’
श्रीमति अनुहार उज्यालो पारेर चकित परिन्। मानौँ यो निर्णय उनको लोग्नेले जीवनमा गरेको सबैभन्दा उत्कृष्ट निर्णय हो। यस पटक उनले कसैलाई फोन वा त्यसबारे खवर गर्ने आँट गरिनन्। बेलुका छोराछोरीले पनि थाहा पाए। उनीहरु दुखी भएनन्। जति नजाने निर्णय सुन्दा भएका थिए। छोराले मनमनै सोच्यो—’अब भोलि फेरि ठेमल जाने भइयो।’ छोरीले त्यस्तो कुनै योजना बनाइन।
भोलिपल्ट श्रीमति र छोराछोरी उनलाई एयरपोर्टसम्म छोड्न गए।
टोलमा फेरि हल्ला चल्यो विनयध्वज अमेरिका उडे। हिजो अमेरिका नजाने निर्णय गर्दा किन गएन भन्ने चर्चा जसरी चलेको थियो गएको समाचार पनि त्यसैगरी चल्यो। गएपछि ‘जानु नै रहेछ त किन यति ढिलो गर्यो’ भन्ने अर्को शंकाको परिचर्चा भयो। सबैले फोन गरेर उनकी श्रीमतिलाई सोधे—’नजाने निर्णय गरेको मान्छे भिसा सकिन लागेको यो अन्तिम समयमा किन अमेरिका उड्नु भयो? नजानुको कारण के रहेछ। अहिले फेरि जानुको कारण त्यस्तो के बनेछ?’
श्रीमति चाहिँसँग पनि त्यसको कुनै जवाफ थिएन। विनयध्वज अमेरिका नजानुको कारण उनले बुझेकी थिइनन्। न अहिले एक्कासी उड्नुको कारण नै थाहा पाएकी थिइन्। उनले मात्रै सोचिन्—’अब मेरो पनि दिन खुल्ने भयो।’
विनयध्वज अमेरिका गएको एक सातासम्म पनि टोलमा उनको अमेरिका यात्राको चर्चा चलिरहेको थियो। श्रीमतिले एकसाता पछि बजारबाट भित्ताभरिको एउटा विश्व नक्सा किनेर ल्याइन् र दराज छेउको भित्तामा झुण्ड्याइन। जहाँ विश्वका देशहरुको चित्र थियो र आकार देखिन्थ्यो। अझ अमेरिकाको चित्रचाहिँ सबैभन्दा प्रष्ट देखिन्थ्यो ।
Related posts:












In Nepal people think us is dreamland where your dreams comes true easily.Infact thats not true you have to face many difficultyes and chalanges here.Which is hard to understand in Nepal.Before it was easy to find job but now its really hard to find job so many nepali are unemployed now in different states aswell in New york city.I like the story.story try to explain family and friends try to force to do things you are not willing to do…!!!
मन परे हरियो, नपरे रातोः
0
0
sorry to hear this sad news about nepali student in uk how came to happen this.It should never ever happen again.May god help them….!!!
मन परे हरियो, नपरे रातोः
0
0
Anmol mani is infamous for plagiarisation.Few years ago , he copied few paragraphs from stories of Kumar Nagarkoti in his own . Later , when a reader pointed it out , he offered very nonsense and unethical response . So, it's now wonder if he has copied paragraphs in this story too . Let us not worry who Noor Pratap is . Let's agree Anmol is another fraud in Nepal's so called literary circle.
मन परे हरियो, नपरे रातोः
0
0
कथाले नेपाली समाजको यथार्थ बोलेको छ । लेखकलाई धन्यबाद ।
मन परे हरियो, नपरे रातोः
0
0
कथा एक्दमै मन छूने यथार्थपरक लाग्यो.
मन परे हरियो, नपरे रातोः
0
0
कथा राम्रो लाग्यो | समाजको यथार्थलाई चित्रण गर्न खोजिएको मा लेखकलाई मुरी मुरी धन्यवाद | कोहि करले त कोहि रहरले, दिनहु हाम्रा कयौं विनयध्वजहरु यसरी नै विदेशिएका छन | जब सम्म विदेशिनुलाइ पहिलो प्राथमिकता दिइन्छ तब सम्म यो निरन्तरता जारी नै रहन्छ | कहिले रोकिएला यी दिनहरु………….?
मन परे हरियो, नपरे रातोः
0
0
anmil mani ko karneshan dhuwa ra timro jhajalko ko kura garne ho bhane ta yo katha tyo anmolmani hoina aru kunai anmolmani le lekheko jasto lagcha…. nurpratap ko ho ???
मन परे हरियो, नपरे रातोः
0
0
who is नुरप्रताप ?? Flow of the story does not match at places, and some para seem to be stuffed between, I question its originality. Sentence structures smell between BP Koirala and Guruprasad mainaili. I hope its just the influence.
मन परे हरियो, नपरे रातोः
0
0
It is a marvelous writing in a highly rhetorical style !!
मन परे हरियो, नपरे रातोः
0
0
paisako pachhi matra dagurne manchheharulai kehi nabhanera nai binayadhwojle thik gare. chupchap America basnu ani chupchap feri ghar farkanu nai ramro hunchha
मन परे हरियो, नपरे रातोः
0
0
विदेश भासिने धेरैको वास्तविकतासँग हुबहु मिल्ने नेपाली समाजको यथार्थ चित्रण हो यो कथा। विनयध्वजजस्तो 'सिद्धान्तवादी' नभए पनि स्नातक तहको अध्ययन सकाएपछि आफै पनि अनुभव गरियो कति यस्तै कुराहरु। अनमोलमणिजीलाई यस्तो सशक्त कथाका लागि साधुवाद!!
मन परे हरियो, नपरे रातोः
0
0
this is the tito satya of nepalese, very heart touching story. everyone likes it, aba hamijasta pathakle aru thap katha pani padhna pauna paro hai ta sampadakji. ati nai ramro katha. lekhaklai suvakamana, ajha utkrishta lekhharu padhna paiyos sabaile. thanks
मन परे हरियो, नपरे रातोः
0
0
बिदेश बिदेश बिदेश !!!
खै दोस पनि कलाई दीने
गरीब देशमा भएर होला, सपना बनिदो रहेच ठुलो जहाजमा चड्ने , सपना को संसारमा पुग्ने !!
जे भय पनि, दु:ख पाये पनि अनुभव त बटुलिओ, परिस्रम् गनु के हो भनी सिकियो
गोरो बिदेसी देखदैमा देवता मानी दंग पर्ने बानीमा पानी पर्यो
जे भयो ठिकै भयो जीवनले नै सिकायो
मन परे हरियो, नपरे रातोः
0
0
बिदेश त बिदेश, अहिले लन्डनमा स्टुडेन्ट बनेर आउनेहारुको बेजोक पो हेरी नसक्नु छ हो। अझै अर्को बर्ष झन के हुने हो तिनिहरुको। कन्सल्ट्यान्सी र दुई कोठे कोलेज हरुले लुट्यो हाम्रो नेपाली ठिटा ठिटी हरुलाई सपना बेचेर। सबै कालेजले विद्यार्थी बाट उठायको पैसा लियर नयाँ बिल्डिङ खोज्दै कोठालियर क्लास बढाउन लागेको छ। यस्ता कालेजमा पढेर लन्डनमा आफ्नो भबिश्य बनाउछु भनेर आउनेहरु अर्को बर्ष घरअकोन घातको हुने निस्चित छ। बिचराहरुलाई केगर्नु दाँया लाग्छ के गर्न सकिन्छ र । बोकाहरु बगरेको पासोमा परेपछी राम राम !!!! सबै भन्दा बेजोक त त्यो लण्डन इन्जिनियरिङ्ग एन्द म्यनेजमेन्त भन्ने कालेजको विद्यार्थीहरुको छ डुइटा कोठालियर तिसवोटा कुर्ची मेच राखेर खोलेको कालेज ५० जनाको कोटा पाको ६०० जना बिद्यार्थी लुट्यो एकै चोटि अनी न पढाउने प्रोफेसर छ न कोढा र बस्ने कुर्ची अनी ठाउनै छ न त कुनै टिचिङ रिसोर्सेस हरुनै अझै बिचराहरुको कालेजको लाइसेन्स पनि क्यान्सिल भाईसक्यो विद्यार्थी हरुलाई अझै भ्रममा राखेर झुलाई राख्याछ बेजोग हुने वाला छ। राम राम !!!
मन परे हरियो, नपरे रातोः
0
0
Ajai prasta, wastawikta jalkai denu vaye ko vaye, sabai le bujne thiye ke? bidesh vaneko ke ho vanera!!
मन परे हरियो, नपरे रातोः
0
0
Tes pachhi k bho Binaydhoj lai? Amerika pugyo ki pugena tyo manchhe? Ki Biratnagar tirai chha? America pugera kina usle phone garena ghar ma? airport mai teslai thunera ta rakhenan praharile? Usle US ma kaam payo ki payena? Lekhak ji le audo Shanibaar yo sabai prashna ko uttar dinu paryo.
मन परे हरियो, नपरे रातोः
0
0
why nepali people think amerika is everything…………i dont understand america is bull shit
मन परे हरियो, नपरे रातोः
0
0
धेरै सिद्दांत बादी बने पनी दुःख पाइन्छ हो |आफ्नो आतंरिक सक्ती बिचार गरेर मात्र सिद्दांत बादी हुनु राम्रो
मन परे हरियो, नपरे रातोः
0
0
Pathak barga
Premdhoj ji America aaunu aghi jashari Americka naauda sodhieka prasna haru ko agadi moun rahanu hunthyo, tyo bhanda badhi moun aba America ma bhetne Nepali harule America ma khusi hunuhunchha bhanne prasna ko jabaf ma hunuhunechha.
मन परे हरियो, नपरे रातोः
0
0
malai pani bidesh janu man lageko thyena ….janu paryo dukkha pauna lai ..dukkha paudai chu
मन परे हरियो, नपरे रातोः
0
0
Try hard, believe in yourself. Day will come when you can smile; a happy smile, Mr Ravi.
मन परे हरियो, नपरे रातोः
0
0
harek nepali lai america jabarjastification bhaisakyo . malai paryo bhane ma ni janu parchha . tyo euta katu satya ho . tesma kunai swabhiman bhanne kurai chaina.
मन परे हरियो, नपरे रातोः
0
0
पैसा मोह …
मन परे हरियो, नपरे रातोः
0
0
हिजोअस्ति त बाध्यता भनेर कुर्लिनुभाथ्यो राराजी ।
मन परे हरियो, नपरे रातोः
0
0
कुनै पनि प्रतिक्रया निश्चित लेख , समाचार तथा रचना संग सम्बंधित हुन्छ | यहा कथा को प्रसंग ले परिबार का अन्य सदस्य हरु को मनोदशा देखाएको प्रसंग मा मेरो प्रतिक्रया थियो त्यों | बिदेश जानै हुदैन भन्ने मा छैन म | र अर्को कुरा बिदेश मा गएर काम गर्नु या पढ्नु नकारात्मक हैन | समय परिस्थिति ले जायज या नाजायज छूटयाउछ |
मन परे हरियो, नपरे रातोः
0
0
राराजी, नरिसाउनुस् न ! तपाईंले केहीअघिमात्र नेपालीहरू विदेश जानुको कारण राजनीतिलाई दोष दिनुहुन्थ्यो; मैले मानेको पनि थिएँ । तर यहाँ 'पैसामोह' भन्नुभो । तपाईंको कुरा बाझियो कि भनेर सचेत गराएको मात्र हो । यसलाई मेरो संकीर्णता वा पूर्वाग्रह मान्नुहुन्छ भने तपाईंको बौद्धिकतालाई सलाम ।
मन परे हरियो, नपरे रातोः
0
0
कुरा रिस को हैन पुष्प जी कुरा असहमति को हो | कुरा यती मात्र की तपाई 'प्रसंग" बुझना सक्नु भएन | दुख लागेको तेसमा मात्र हो | मेरा कुरा/बिचार प्रस्ट छ | नेपाली हरु बिदेशिनु को बाध्यता मा हाल राजनैतिक कारण प्रमुख हो | तर यस कथा मा विनयध्वज लाइ बिदेशिन बाध्य बनाउनु मा उन का परिबार को "पैसा मोह" प्रमुख कारण हो | यी मेरा बिचार हुन जून सबै संग मिलना जरुरी छैन यदि मिल्दोहोस त यस्ता बहस किन हुन्थे र ..
यहाँ लाइ प्रस्ट पार्न मौका दिनुभएको मा धन्यबाद |
मन परे हरियो, नपरे रातोः
0
0
पुष्प जी
प्रतिक्रिया को लागी धन्यबाद तारा म तपाई बौद्दिक संकीर्णता भनौ या पुर्बागर्हि भाबना देखेर अचम्मित भएको छू | कुन प्रसंग को कुरा कहा ल्याएर जोड़न्नुभाएको ? एक पटक आफै मनन गर्नुस त ?
मन परे हरियो, नपरे रातोः
0
0
dherai ramro.
मन परे हरियो, नपरे रातोः
0
0
Nicely done. Write another story stating " Now Binaydhoj is stuck " Ghar ko na Ghatko" He can't come back to Nepal, neither he can enjoy his life in America.
मन परे हरियो, नपरे रातोः
0
0
ou sound so pessimistic
मन परे हरियो, नपरे रातोः
0
0
एकदम राम्रो लाग्यो । लेखकलाई बधाई छ । फेरी फेरी लेख्नको लागि शुभकामना ।
मन परे हरियो, नपरे रातोः
0
0
Real analysis of our society. reflection of our mentality. Thanks Writer. I like your style of writing, choice of subject, and so on…
मन परे हरियो, नपरे रातोः
0
0
it is total different weather one sees darkness through the light and brightness through the shadow.Nepales people from nepal donot know how nepalese are living in US esp in old age nepalese.Let me tell to the my dearest nepales brother and sister those who are lining in nepal." there nodust of gold in america and every leaf are not the dollor bills" as nepales think.Make sure united states of America have spoiled many nepales family life.Units states is not other than morden defination of hell.
मन परे हरियो, नपरे रातोः
0
0
Where are you then?
मन परे हरियो, नपरे रातोः
0
0
Wow…. its really a touching one, embodies the real feeling of average nepalese household.
मन परे हरियो, नपरे रातोः
0
0
hey anmolmani, it's a damn good story. why don't you translate or ask someone else to translate it in english? i know people who can't read nepali but they will love to read the translation.
मन परे हरियो, नपरे रातोः
0
0
actually what is the logic of this article????????
मन परे हरियो, नपरे रातोः
0
0
छोरा छोरी, श्रीमती, र समाजको प्रतिनिधित्तो गर्ने मान्छेहरु हाम्रा नेताहरु हुन अनी नचाहादा नचाहाधै पनि नेपाल छोडेर बीदेशीनु विनयध्वज जस्ता हामी नेपालीहरु हुनु परेको छ ।
मन परे हरियो, नपरे रातोः
0
0
कथा एक्दमै मन छूने यथार्थपरक लाग्यो. यस्ते कथा लिखने इच्छा धेरैको थियो होला/ मणि जी लाई धेरै धन्यवाद कथा को लागि/ मलाई ता मेरो संसार माँ आएको कथा मध्ये सबभन्दा मन पर्यो
मन परे हरियो, नपरे रातोः
0
0
कथा लामो भएता पनि रसिलो छ, कथाले सामाजिक र पारिवारिक दवाब भनेको कस्तो हुन्छ भनेर झल्काउने कोसिस गरेको छ, भ्याउनु हुन्छ भने पढ्नु होस् राम्रो छ |
मन परे हरियो, नपरे रातोः
0
0
well done. अनमोलमणि जी लाई बधाई. आजको नेपालीहरुको बस्ताविक तथा बिकृत मानशिकताको यथार्थ शब्द चित्र प्रस्तुत गर्न सफल हुनु भएकोमा. बिषय बस्तु समसामयिक र मार्मिक छ. तपाईको सरल लेखन शैली ईर्ष्या लाग्ने खालको रहेछ
मन परे हरियो, नपरे रातोः
0
0
यो नेपाली समाज को एथार्तता हो, वास्तविकता हो । यो सबै विनयध्वज हरु को कथा हो । के गर्ने नेपाली समाज ले हेर्ने नजर नै एस्तो भएपछी सबैको लागि भये पनि जानु पर्यो उस्लाई ।
साह्रै राम्रो लेख लेख्नु भएको मा धन्यवाद छ ।
मन परे हरियो, नपरे रातोः
0
0