Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

जल्दै गरेको लाश र बग्दै गरेका दियो


जल्दै गरेको लाश- आशको समाप्तिसूचक।
बल्दै गरेका दियो- मृतात्माले चीरशान्ति पाउने आशासूचक।

गजबको संयोजन। गजबको विरोधाभास। बाला चतुर्दशीको अवसरमा परम्परा पालन गर्न मध्यरातमा पशुपति पुगेको थिएँ। साथमा थिए परिवार र परिचितहरु। सबलाई परै छाडेर एउटा घाटमा उभिएर म यो दृश्य नियाल्दैछु। रातभर लाशहरु जलिरहे। अनि रातभर दियोहरु बगिरहे। लाशको दृश्य कसैलाई अप्रिय लाग्दो हो। तर बागमती नदीमा बगिरहेका सयौँ दियोको दृश्यले जोकसैलाई मोहित पार्थ्यो। जीवनको अन्तिम सत्य यही हो। प्रिय र अप्रिय दुवै कुरा यसमा हुन्छन्। दुवैलाई हामीले स्वीकार गर्नैपर्ने हुन्छ।

यो ब्लगमा पशुपतिमा रातभर बस्दा खिचिएका केही फोटो र भिडियो तपाईँ हेर्नसक्नुहुन्छ।

गएको वर्ष बा बित्‍नुभयो। अनेक परम्परा पालन गर्नुपर्छ यो वर्षभर हामीले। त्यसैमध्ये एक हो यो बाला चतुर्दशीमा सदबिज छर्ने परम्परा। यो परम्परा हाम्रो जात वा हाम्रो स्थानमा मात्र सीमित छैन। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक बिश्वास छ ।


पशुपतिका विभिन्न सत्तल, पाटीहरुमा बिहानदेखि रातिसम्म दियो जलाएर बस्छन्। कोही त सिरकै ओढेर त्यो चीसोमा बसेका देखिन्थे। केहीले भने त्यसरी जलाएर नबसे पनि गएर दियो बागमतीमा बगाउने गर्छन्।

भिडियो हेर्नुस्। यो भिडियोमा बाग्मती नदीमा बग्दै गरेका दियोहरुको दृश्य रमाइलो देखिन्छ। भिडियो हेर्न तल क्लिक गर्नुस्-

रातको १२ बजे पशुपतिमा पुग्दा टाढैबाट त्यस्ता दीपहरुका कारण झिलिमिली देखिएको थियो। परम्परा पालन पनि हुने, पशुपतिका रात्री दृश्यको फोटो पनि खिच्न पाइने भएकोले राति नै त्यहाँ जान म हतारिएको थिएँ। चीसो बढेकोले लागेको रुघाले दिएको सास्तीलाई बेवास्ता गर्दै रात बिताउन त्यहाँ जान हौसिएको थिएँ म यही फोटोहरु खिच्न पाइने लोभले पनि।


कोही दोहोरी गाएर रमाइरहेका थिए, कोही नाचिरहेका थिए। एउटा भत्केको पाटीको अँध्यारोमा एक जोडी मस्तसँग गफिरहेको देख्दा प्रेममा सब जायज छ भन्ने कथन सही लाग्यो। कुना कुना किन चहारिहिँडेको भन्ने लाग्ला, म त शौचालयको खोजीमा थिएँ। पशुपतिमा शौचालयको व्यवस्थै छैन। पवित्र मानिएको बाग्मतीमा तुर्क्याउन मन लागेन। धेरैले त्यसै गरिरहेका थिए। अचम्मलाग्दो कुरा हो, त्यत्रो भेटी उठ्छ पशुपतिमा, भक्तजनको लागि एउटा शौचालयको व्यवस्था पनि छैन त्यहाँ।


सदबिज छर्नेहरुको भीडलाई व्यवस्थापन गर्न स्वयंसेवक र प्रहरी कम थिए। जसको नतिजा केही ठाउँमा भीडमा च्यापिनु पर्ने स्थिति थियो।

सदबिज छर्नुअघि रातको अँध्यारोमा धेरै फोटो खिचेँ। खासगरी बागमती नदीमा बत्तीको र दियोको प्रकाशको प्रतिबिम्बलाई उतार्ने प्रयास गरेँ। केही फोटोहरु हेर्नुस्-

र, अन्त्यमा एउटा तीतो सत्य। नाइट फोटोग‌्राफी रमाइलो हुन्छ। खिच्ने कलाले नराम्रा पक्षलाई लुकाएर राम्रो पक्ष देखाउँछ। अलि प्रकाश बढी दिएर खिच्ने हो भने माथि मनमोहक देखिएको त्यही बाग्मति यस्तो पो देखिन्छ त। फोटो हेर्न यहाँ क्लिक गर्नुस्।

Related posts:

  1. भत्कँदै गरेको पुरानो नेपाल र बन्दै गरेको नयाँ नेपाल
  2. गहकिलो सन्देश दियो नागरिक भेलाले
  3. कन्सलटेन्सीले मलाई यसरी दुःख दियो
  4. नेविसंघले दियो गिरिजालाई गतिलै जवाफ
  5. पशुपतिबाट फर्कँदै गरेका राजाको गाडीमा ढुंगामुढा

20 comments to जल्दै गरेको लाश र बग्दै गरेका दियो

  • द्वन्दमा ज्यान गुमाउनु भएका नेपाली दाजुभाई दिदिबहिनीहरुका आत्माले शान्ति पाउन र भविस्यमा यसरी हाम्रा नेपाली दाजुभाई दिदिबहिनीहरुको गृह युद्ध मा ज्यान नजाओस र देश मा शान्तिसाथ सबै समस्याको समाधान होस

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बागमती नदी होइन अब बागमती खोला
    फोहोरको ठुप्रो देखि पशुपतिले नाक थुन्दै होला

    कति सहें दुर्गन्ध मैले कति सहे आगोको ज्वाला
    यती साहरै गरेपछि कसको पो चित्त दुख्दैन होला

    बाचुन्जेल तेरो र मेरो गर्दैनन सफा कहिल्यै मेरो
    रक्सी र मासु पुजारी लिन्छन तोडेर चौघेरो

    तै पनि चुप लागेर बस्छु म मेरो भक्तहरूको लागी
    शान्ति ल्याऊ समृद्दी बनाऊ नखाऊ सधै अरु देश संग मागी मागी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Brish, Toronto

    wow pictures are so awasome

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • तीतो यथार्थ पस्किनुभो उमेशजी । यसलाई ममन गर्ने हो भने हाम्रो जीवन महभन्दा मीठो हुन्छ, तर के गर्नु मान्छेहरू सधैंभरि जीवित होउँला, मोज गरुँलासरि गर्छन् …

    ६-७ वर्षको छँदा बज्यैसँग पशुपतिभित्रै गएर दर्शन गरेको झझल्को छ । त्यसयता पशुपति परिसरमा धेरैचोटि पुगे पनि भित्र गएर दर्शन गर्ने मेसो पाएको छैन ।

    पशुपतिमा शौचालय छैन भनेको सुन्दा उदेक लाग्यो । त्यत्रो व्यवस्थापन समिति छ, उनीहरूले हेर्नुपर्ने हो यस्ता कुरा । के उनीहरूको काम भेटीलाई घर-घरमा पुर्याउने व्यवस्थापन गर्ने काममात्र हो ? त्यसभन्दा माथि महा"नगर"पालिका छ, अनेकथरि समितिहरू पनि छन्, उनीहरूको ध्यान किन गएन यस्ता सामान्य कुरामा ? सम्बन्धितहरूको तु ध्यान जाओस् ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पुष्पजी, आज भर्खर एउटा समाचार पढेको थिएँ कि पशुपतिको वार्षिक आम्दानी रु. ३,००,००० मात्र रे। यो त पत्याउनोस् नपत्याउनोस् भन्दा पनि पत्याउदै नपत्याउनोस् भन्ने जस्तो लाग्दैन।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jindagi jali sakyo aba nibhna baki chha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • शशांक लामा

    मलाई राम्ररी थाहा छ, आफन्त जनले छरेको सदबीज म्रितात्माले प्राप्त गर्दैन, तर त्यससित गाँसिएको भावनात्मक सम्बन्धलाई हेर्दा यसलाई गलत परम्पराको रुपमा लिइनु हुन्न भन्ने मेरो ठनाइ छ। दिवंगतलाई सम्झिने बाला चतुर्दर्शी र सदबीज छर्ने परम्परा अझै झ्याँगियोस, समयनुसार त्यसमा नौलो आयाम थपियोस।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • haami kasailepani janmepacchhi marna parchha bhannekura birsanu hudaina.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सुन्दर भाबिस्येको सपना बुन्दै पसुपतिको दर्शन गरे
    भक्तजनहरू कुनै प्रभु सिट जीबन दान मागेको सुने
    फर्किन्दा बाटोमा आफन्तको बियोगमा धेरै रोएको देखें
    अणि नजिकै जलिरहेको लासमा मेरो स्वासको अंत जाने/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jindagi pani jalna sueru garchha jalchha ekdin jhyappa nibhchha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • wastabma jindafgi nai jalaauna suru garera jaldaigareko diyo jasto ho.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Saaru Rana

    बालचतुर्दसिको रात्री तिर्थ कार्य लाई बागमती नदीमा बत्ति बाथरुम नितान्त जरुरि छ | लाखौ को भेटि बाट निजि सम्पति बिदेsi ले कुम्लाउने तिर्थ यात्री लाई टोइलेट पनि छैन? बत्ति पनि छैन?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Amar

    Seeing these photographs, I wondered how much pollution we are contributing to the nature in the name of beliefs. Well, traditions should be kept alive but it would be better if we could find a way to do this without making Bagmati stop flowing and our air un-breathable.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मलाई पनि यो दिन लाई फर्केर हेर्दा १५ बर्ष पहिले बाला चतुर्दशीको अवसरमा पाचथर जिल्ला को महादेवस्थान ( गाउमा हामी मादेउथान भन्छौ )सायद ओयाम गाबिसमा वा त्यो सँग जोडीएको गाबिस मा हुनु पर्छ ठाउँमा 7 घण्टा पैदल् हिंडेर सदबिज छर्न गएको सम्झना आयो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yogesh koirala

    thanks for photos.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • mountains

    उमेश जी ले राम्रो प्रसङ्ग निकाल्नु भयो, तो के भने तेत्रो भेटि उठ्छ भक्तजन बाट तर भक्तजान को लागि एउटा टुओइलेट ( पिसाब, दिशा ) गर्ने ठाउँ छैन /र बागमती सफा गर्न को लागि अर्बौ को लगानी भएको छ तर बागमती को फोहोर जस्ता को तस्तै देखिन्छ /

    हाम्रो सरकारको ध्यान किन जादैन येस्मा ? किन हाम्रो सरकारको ध्यान पुजारी परिवर्तन गर्ने राजनीति मा मात्र जान्छ ? २० – २५ वटा बाथरूम/ तोइलेट त राख्नु पर्दछ पशुपतिनाथ को वरिपरी / पैसा लिएर ( २- ४ रुपया ) पिसाब दिशा को // एती काम गर्न सक्दैन पंगु सरकार , नगरपालिका / २- ४ रुपया लिने भने त नगरपालिका को पनि रजव्सा बढ्छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jwala Dangol

    This river is already contaminated with human wastes. We still are making moer polluted to the Bagmati by adding oil contenned 'Taparis' and all other stuffs.Would there be any other ways to conduct our ritual rather polluting rivers and surrounding atmosphere?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sanu

    thank you so much for sharing us such a beautiful picture, i too remember those moments when i am there in my country……….we too used to go to shiv tempal on this auspicious days.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes