‘आँसुको सागरमा डुबे पनि बिहानीको फूलसँगै हाँसेको छु, मुटुमा सहन नसक्ने घाउ र चोट भए पनि तिमीलाई जीवनसाथी मानी बाँचेकी छु’। यो कुनै प्रेमिकाले प्रेमीलाई प्रेमपत्रमा लेखेको प्रेमका शब्दजाल होइन, न त कसैको प्रतीक्षामा बाँच्न मुस्किल पर्दाको अट्टहास शब्दहरु नै हुन्। सम्बन्धित व्यक्तिले नै भेटेमा हृदय नै चिमोट्ने खालका यी मायावी शब्दहरु न कुनै कापीको पानामा लेखिएका थिए, न मोबाइलको म्यासेज बक्समा, अनि न त कम्प्युटरको स्क्रिनमा नै।
सोलुखुम्बु पावैको बाँसको झाङमा ठडिएका बाँसमध्ये एउटा बाँसमा काँकुकी रविना खालिङले कसैका लागि जारी गरेकी मायाको उदगार थियो यो। सूचना र सञ्चारको यो युगमा मानिसहरु मोबाइल, टेलिफोन, इमेल, रेडियो, टिभी प्रयोग गरी विश्वको जुनसुकै कुनाबाट खबर आदानप्रदान गर्छन्। तर सोलुखुम्बुको ग्रामीण भेगहरुमा बाँसमा कोरेर सूचना प्रवाह गर्ने चलन बढिरहेको छ। आधुनिक सञ्चारको जालोमा फँसेका हामीजस्तालाई यो खबर अनौठोलाग्दो छ। मायाप्रीतिका कुरा मात्र हैन, पत्रमित्रताका लागि विज्ञापन र सार्वजनिक सूचना समेत बाँसमा लेखेर हुने रहेछ।
जिल्लाको तल्लो भेगका गाविसहरु नेचा, तिङ्ला, मुक्ली, पावै, वाकु काँकु र देउसा जहाँ बाँस हुर्कने वातावरण छ, त्यस भेगका मानिसहरु बाँसमा लेखेर सूचना आदानप्रदान गर्छन्। बाँसमा सुरिलो वा तीखो धातुले लेख्दा वर्षौँवर्षसम्म नमेटिने हुनाले पनि उनीहरु बाँसमा लेख्न उत्साहित भएका हुन्।
बाँसमा लेख्नेहरु युवापुस्ता छन्। त्यसमा पनि भर्खरै कक्षा आठदेखि ११ सम्म पढ्ने युवायुवतीहरु नै बढी छन्। उनीहरुले कसैलाई प्रत्यक्षरूपमा भेटेर भन्न नसकेका कुराहरु बाँसमा लेख्ने गर्छन्। बाँसमा नाम ठेगाना लेखेर पत्रमित्रता गर्नेहरुको पनि ठूलै पङ्क्ति छ।
सोताङका कल्पना नाछिरीङले बाँसमा आफ्नो नाम लेखेर नै थुप्रै साथी बनाइसकेका छन्। आजभन्दा दुई वर्षअघि पावै हुँदै ऐँसेलुखर्क बजार आवातजवात हुने बाटोमा लोखिमस्थित बाँसमा आफ्नो नाम कोरेकी नाछिरीङको अहिले पचास भन्दा बढी साथी बाँसमा लेखेकै भरमा भइसकेका छन्। भन्छन् …अरूले पनि लेख्दोरहेछ र मैले पनि लेखेकी साथीहरुले पत्र पो पठाउँदा रहेछन्’।
बाँसमै आफ्नो नाम र ठेगाना लेखेर नै साथी कमाएका वाकुका विपना मगरको अनुभव पनि आफ्नै छ, सोताङको शुक्रबारे बजारमा जाँदा बाटोमा पर्ने बाँसमा आफ्नो नाम र ठेगाना लेखेको र त्यसपछि थुप्रै पत्र आउने थालेको उनी बताउँछिन्।
बिमला भन्छिन् ‘बढी जसो केटाहरुले पत्र पठाउने गर्छन्, कसैलाई जवाफ दिन्छु कसैलाई दिन्न, जवाफ दिने नदिने भन्ने कुरा उसको लेखाइमा भरपर्छ।’
हुन पनि बाँसले धेरैको मिलन गराइदिएको छ, अनि कतिको विछोड पनि, गुदेलका बागमान कुलुङ्ग भन्छन्–…बाँसबाट सुरु भएको प्रेमयात्रा टुङ्गिएपछि कसैलाई गालीगलौज गर्नका लागि पनि बाँसकै प्रयोग हुन्छ,’।
हुन पनि पावैको एउटा बाँसमा लेखिएको छ–’मेरो अस्मितामाथि खेलवाड गर्ने, मायाको नाटकीय रूप देखाएर जाल रच्ने, तिमी धोकेवाज हौं, अब मबाट बिदा’–उही बेनामी।
बाँसमा युवायुवतीको नाम, ठेगाना र माया पिरतीका कुराले मात्र स्थान पाएको छैन। सामाजिक सन्देश र सूचनाले समेत ठाउँ ओगटेको छ।
नेचामा दुई वर्षअघि नै सम्पन्न नेचा महोसत्व–२०६४ को सूचना हालसम्म पनि मेटिएको छैन। लेखिएको छ–…नेचा महोसत्व २०६४ मा सहभागी बनौँ, स्थानीय संस्कृतिको प्रवर्द्धन गरौँ’।
त्यस्तै काँकुको एउटा बाँसमा वन उपभोक्ता समूहले सूचना जारी गरिएको छ–’यस मेसज्याम्दे सामुदायिक वनमा चौपाया चरीचरनमा रोक लगाएको छ, नियमपालना गर्नका लागि अनुरोध गरिन्छ।’
घरगोठ र मतान बनाउनका लागि मात्र प्रयोग हुने बाँस मित्रता गाँस्नका लागि भरपर्दो माध्यम, रिस उठेको कुरा पोख्ने भरपर्दो आधार र सूचना जारी गर्ने गतिलो ठाउँ पनि बनेको छ। बुद्धवीर बाहिङ/रासस
No related posts.









sachai nai maile pani pahile pahile yastai gari basko ghanama afno manka kura lai pokhera jiwan sathi chuneko thiya aniaja malai tehi atitko yad ayo .sayad yo ahie ko jodilai pani malai jastai nai mayako sagarma dubera afno manka betha ani sangalolai afno permi an permika bich puraune jamarko gareko hunu parcha sachai nai adi sacho maya garne lai na kapi ko pana nai chahincha na ta netko sahara nai linu parcha an na kunai mobileko sms ko nai abashayk je hos mero jastai yini jodiko pani lifeko lagan gatho yas basko wordbata nai badhiyos ahi mero kamana .
मन परे हरियो, नपरे रातो
1
0
संचार को माध्याम बाँस मा लेखेर पनि चल्छ भने पैसा को बचत हुन्छ "
मन परे हरियो, नपरे रातो
2
0
अट्टहास (3rd line) is adjective denoting the LAUGHS not the sorrow or anger! hope the writer will make understand it.
मन परे हरियो, नपरे रातो
2
0
मलाई पनि एउटा GF चाहिय्या थ्यो, गएर बिज्ञापन गर्नु पर्ला जस्तो छ
मन परे हरियो, नपरे रातो
1
0
फोटो त BF कै जस्तो छ के को ढाँटी रहनु पर्यो भनेको
मन परे हरियो, नपरे रातो
1
0
बाँस जन्म देखि मृत्यु सम्म:
शैसबकाल बित्यो सारा बाँसको त्यो कोक्रोमा
जिबन अझै बित्दैछ बांसकै थुन्से, डोकोमा
रमाउथ्यौं कति कति सुपलाको लर्कटिमा
फिर फिरी, गुलेली, चंगा र गिरि-लट्ठीमा
आलु बोडी तामा पाक्दा बांसकै रह्यो हात
२ गास अरु जान्थ्यो हजुर त्यो अचार नि भएत!
कति प्रफूल्ल छन् अहो साँझमा बाँसका सारी
कान्छा कान्छी भेटछन् त्यहीं गर्दै लुकामारी
पेट दुखे दौड्यो ठाइलो खोज्दै बाँसको घारी
सिसा घुर नफाल न ए बेबिचारी!
चरा देखि मान्छेलाई राम्रो लाग्ने घारी
मिलिजुली रोपौ जोगाउ आफ्नै हितको लागि
मध्यरातमा आयो पहिरो तले घरलाई ताक्यो
धन्य धन्य बाँसको घारी ज्यान सम्पती बाच्यो
तले घरे काका बाँसलाई देउता मानी पूज्छन
यसै कारण सारा गाउले बाँसको सम्मान गर्छन
त्यहिँ बाँसमा बाधिएर घाटमा पुग्न पाइयोस
ती काकाको अन्तिम इच्छा शबगाडी नडाकियोस
मन परे हरियो, नपरे रातो
1
0
सहि हो सहि हो यार !
मन परे हरियो, नपरे रातो
1
0
ghansh, daura janda wa school jada aauda yata katai tadha jada yasari khub lekhne chalan khotangma pani chha.
मन परे हरियो, नपरे रातो
1
0
साजन जी को कमेन्टमा परेवा शब्द देख्दा मलाई एउटा चुटकिला याद आयो. कुरो के भने नि, एक चोटी दुई जना साथीले अब देखि फोन को बदलामा परेवा प्रयोग गर्ने विचार गरेछन, एक अर्कालाई संदेश लेखि परेवाको खुट्टामा बाँधी पठाउदा रहेछन. एक दिन एक जनाको हातबाट परेवाको खुट्टामा संदेश बाध्न खोज्दा खोज्दै भुर्र उडे छ. अर्को ले परेवा समाती हेर्दा त खाली छ, उ रिसले चुर हुदै आफ्नो साथीको मा पुगेछ, अनि भन्न थाल्यो, तैले मलाई किन बेबकुफ बनाएको? खाली परेवा किन पठाएको? अर्को ले भन्छ:- न रिसा न साथि, मैले झुक्याएको,बेबकुफ बनाएको कहाँ हो र? मैले त तलाई miss call पो गर्या हो त!
तर यसमा [बाँसमा] संदेश लेख्यो भने त्यस्तो परिस्थिति आउदिन होला, हैन र साथि हो?
मन परे हरियो, नपरे रातो
1
1
Nice one bro, I like it.
मन परे हरियो, नपरे रातो
2
0
एक दुई वटा फोटोहरु पनि भएको भए अझै राम्रो हुन्थ्यो |
मन परे हरियो, नपरे रातो
2
0
please do post the photo where the poem is written,it would be more factful…
मन परे हरियो, नपरे रातो
1
0
wonderful……like it.
मन परे हरियो, नपरे रातो
1
0
दुर्गम गाउँहरुको लागि यो एक कम्प्युटर टिवी मोबाएल भन्दा पनि सजिलो र रामइलो माध्यम हो !
मन परे हरियो, नपरे रातो
2
0
चाहे त्यो परेवाको खुट्टामा सन्देस् पठाउनुस् ,चाहे त्यो बासमा लेख्नुस् ,चाहे त्यो मोबाइल बाट म्यासेज पठाउनुस् आखिर माया त एउटै हो ।खाली फरक यती हो कि सुबिधा कस्ले कति पायो ।आसा गरोउ सबैलाई समान सुबिधा मिलोस् ।
मन परे हरियो, नपरे रातो
2
0
वास्तवमा मलाई पनि बासमा लेख्ने कला मन पर्यो र मैले पनि धरानको बुढा सुब्बा साथी सँग गएर लेखेको थिए । मैले पनि सोचे जस्तै ५०% मलाई पुगेको छ
मन परे हरियो, नपरे रातो
1
1
लेख पढ्दा राम्रो लाग्छ, हाँस उठ्छ। तर सम्झिल्याउँदा मन पनि दु:ख्छ: यो जमाना पनि वाँसमै भर पर्नुपरेको हाम्रो तितो यथार्थ।।। संसार फेसवुकमा रम्छ, सोलु वाँसमा। त्यही वाँस त हो जो लासलाई वोक्न नि प्रयोग हुन्छ। हाम्रो दु:ख र असुविधाहरुलाई घाटमा पुर्याउने वाँस चाँहि कहिले जन्मिने हो कुन्नी ?
मन परे हरियो, नपरे रातो
2
0
Yeah you are absolutely correct Mr. Nowal. Very bad to know that people are in ancient period yet. But what to do all are selfish in this world. None thinks about others.
मन परे हरियो, नपरे रातो
1
0
<3यो एकदमै राम्रो लाग्यो मलाई, एक पटक मेरो साथीको नाम यो + त्यो ( नाम खुलाउन चाहन्न ) भनेर घर देखी अलीक तल खोला छेउको बासमा लेख्दा, उनिहरुको माया बसेको थियो । आज मलाई त्यो दिनको सम्झना आयो ।
मन परे हरियो, नपरे रातो
1
1
yo kam ta maile pani gare ko hteya
मन परे हरियो, नपरे रातो
1
0
communication in Nepal @ zero cost…..
मन परे हरियो, नपरे रातो
1
0
ओहो ! क्या राम्रो | बाँसमा मायाप्रीति अनि सूचना आदानप्रदान, आधुनिक विकास संगै पुराना शैलीहरु बिर्सनु हुदैन एकदम राम्रो लग्यो | तर लेख्न अनि खोज्न समय लाग्छ होला हैन त ?
मन परे हरियो, नपरे रातो
1
0
hami jada 4,5 yr agadi ta thaha bhayana teha tyo kura ta
मन परे हरियो, नपरे रातो
1
0
Haina Nepal Telecom le Solu ma Service Ajhai diyeko 6ina vanya?
मन परे हरियो, नपरे रातो
1
0
Nepal Telecome le Broadcast Service provide gardaina. Unicast (one to one) communication matra sambhab chha NTC ko service bata. Tra bas bata ta dherai lai ekai choti sandesh dina milne bhayo ni.. Khai kuro bujeko?
मन परे हरियो, नपरे रातो
1
0
Ani NTC ko Masage Board Service chai k ho ni? hoina tapaiko ghar Solu ho ki kya ho. Sarai man dukhyo jasto 6 ni? La La Solu ma pani Dherai Bikash Vako 6, Aba Vayo?
मन परे हरियो, नपरे रातो
1
0
Haina, malai chitta dukheko haina. Baru hamro jasto aru sabai le garun bhanne matra ho. Kam se kam NTC ko bhar ta parnu pardaina.
मन परे हरियो, नपरे रातो
1
0
ल ल ठीक छ मैले पनि लेखेको थिए नाम तर ठेगाना होइन राम्रो आइडिया छ यो
मन परे हरियो, नपरे रातो
1
1