मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ‘राजा’को गालामा मन्त्रीको चड्कन

    चन्द्रप्रकाश बानियाँ
    सीडीओ दुर्गाप्रसाद भण्डारी यतिबेलासम्म पनि काठमाण्डौबाट प्रकाशितप्रसारित हुने छापा तथा श्रव्यदृश्य मिडियाहरुमा पर्साका सिडियो दुर्गाप्रसाद भण्डारीलाई कृषि राज्यमन्त्री करिमा बेगमले गोरूचुटाइ गरेको घटनाको चर्चा सेलाइसकेको छैन।

    विगत खोतल्दै जाँदा दुर्गाप्रसाद भण्डारीसँग म्याग्दीबासीको गोरू बेचेको साइनोसम्बन्ध जोडिन जाँदोरहेछ। उनी तिनै दुर्गा भण्डारी रहेछन् जो २०५१/५२तिर म्याग्दी जिल्लाका सीडीओ थिए। अविवाहित भण्डारीका यौनताण्डवहरु र आफूलाई जिल्ला प्रशासकभन्दा बेसी कुनै पार्टी विशेषको “हनुमान”को रुपमा प्रस्तुत हुन रूचाउने उनको बानीव्यवहारको मर्म व्यहोर्नेभोग्नेहरुबाहेक अरुले त उनलाई बिर्सिसकेका होलान्। अरु सबै कुरा बिर्से पनि यसपटकको चर्चित ‘चड्कन’ काण्डले भण्डारी म्याग्दी जिल्लाको प्रमुख रहँदाको यौटा घटना बेनीबजारबासीको स्मरणमा फेरि ताजा भयो होला जस्तो लाग्दोरहेछ।


    घटना विवरण सायद ५२/५३ सालतिरको हो क्यारे! त्यो साँझ नेकपा एमालेको तत्कालीन जिल्ला सङ्गठनले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। नयाँ सडकमा अहिले जस्तो गगनचुम्बी घरहरुका ताँती ठडिएका थिएनन्। निर्जनप्रायः रहेको गल्लीमा आक्कलझुक्कल, फाट्टफुट्ट घरहरु थिए। सुक्रीबिक्रीमा रहेका घडेरीका प्लटहरु राती खच्चड थुपार्ने खर्क बनेका थिए अथवा गाईभैंसीका चरनस्थल। हो, तिनीहरुमध्येको अलि ठूलो आकारको खाली जमिनमा मञ्च निर्माण गरिएको थियो। एमालेको सांस्कृतिक कार्यक्रम हेर्ने मनसायले कार्यक्रमस्थल पुगेका रसिक स्वभावका सिडिओसा’बलाई आफ्नो लागि मञ्चको अग्रस्थान सुरक्षित नदेखेपछि रिसले भाउन्न छुट्नु स्वाभाविक थियो।

    रिसको झोकमा भट्टीभित्र छिरेर मातिसकेपछि पनि उनले सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिने लोभ त्याग्न सकेनछन् र नजिकको अग्लो घरको कौसी ताकेछन्। संयोगबस त्यो घरमा विद्युतका हाकिमको निवास रहेछ। बारम्बार विद्युतीय घन्टीको स्वीच थिच्दा पनि कुनै प्रतिक्रिया नभएपछि उनको रिसको पारो निकै चढेछ र ढोकामा डाङ्डाङ्डुङ्डुङ् गर्न थालेछन्। अति भएपछि ढोका खोल्न पुगेका विद्युतका हाकिमलाई भण्डारी महोदयले निर्घात कुटपिट गरेछन्।

    जिल्लाकै शान्तिसुरक्षाको जिम्मा लिएको सिडिओको हातबाट अनाहकमा कुटाइ खानुपर्दा पनि विद्युतका हाकिम मरिचझैँ चाउरिन विवश बनेछन्। स्वयम् सिडिओले नै हातपात गरेपछि जति नै मर्कामा परे पनि न्यायनिसाफ माग्न कहाँ जानु? न त कुटपिटको मुद्दा चलाउन सकिने न त सार्वजनिक अपराधविरुद्धको मुद्दादायर गर्ने हिम्मत र सहयोग नै पाइने! नाकमा टिम्मुर दलिमागेको खस्रेजुकोझैँ खुम्चनै पर्‍यो बिचरा! शारीरिक र मानसिक रुपमा मर्माहत भएका हाकिम २/४ दिन गुप्तबास नै बसेछन्।

    अझ रमाइलो कुरा त के रहेको थियो भने ‘ढोका किन नखोलेको?’ भनेर साँढेझैं डुक्रने सीडीओको अगाडि हातजोडेर “रातको बेला, चिन्न सकिन श्रीमान्” भनेर माफीको याचना गर्ने हाकिमलाई म्याग्दीको ‘राजा’लाई पनि चिन्न नसक्ने तेरा आँखा हुन् कि गोलभेँडा? भन्दै भकुर्दै गरेथे रे! आफूलाई जिल्लाको ‘राजा’ सम्झने उनको पुरानो बानी अहिलेसम्म नफेरिएको पनि त हुनसक्छ। सायद उनले अझै आफूलाई राजै सम्झँदाहुन्। राजाले मन्त्रीलाई टेर्ने, आदरसत्कारको शिष्टता देखाउनुपर्ने कुरै रहेन। हो, त्यही नानीदेखि लागेको बानीका कारणले पो त्यस्तो दुर्घटना निम्तिएको हो कि? दृश्यमान् हुने त परिणाम मात्र हो, कारण अदृश्य हुन पनि सक्छ। सतहमै देखिने हुनाले कारणभन्दा परिणाम महत्त्वपूर्ण हुन्छ। करिमा बेगमको असभ्य र अशिष्ट व्यवहारको अगाडि दुर्गा भण्डारीको साँढे स्वभाव छायाँमा परेको पनि हुनसक्छ।

    तर यो प्रसंग झिक्नुको अर्थ करिमाको व्यवहारको पक्ष लिनु हैन। सानाठूला सबैले आआफ्नो मर्यादामा रहनु र एकार्काको सम्मान गर्नु सभ्यसमाजको परिचायक हो। सामन्ती संस्कारबाट पूरै मुक्त नभइसकेको हाम्रो समाजमा ठूलाबडा भनिनेहरुबाट होचापुड्काहरु हेपिने, दबिने परम्परा मेटिइसकेको छैन। हाम्रा न्यायालयहरुसमेतले अपराधीको सामाजिक हैसियत हेरेर दण्डजरिवाना तोक्न लाज मान्दैनन्। भद्र, सुशिक्षित र शिष्ट भनिएर नाम कमाएको कुनै पनि हाकिमले कार्यालयसहायकहरुलाई आदरार्थी शब्दसम्बोधनको त कुरै छोडौं ‘तिमी’सम्म भनेर स्नेह देखाउनसमेत लाज मान्छ।

    हाम्रो परम्परा नै त्यस्तो, हाम्रो संस्कारै त्यस्तो, हाम्रो समाज नै त्यस्तै भएपछि एकजना करिमा बेगम बिचरीबाट मात्र कसरी सभ्यता, शिष्टता र सुसंस्कारको आशा गर्न सकिन्छ र? वास्तवमा त्यस्तो अपेक्षा मूर्खता नभए पनि अव्यावहारिक अवश्य हो। मन्त्री भैसकेकी उनलाई मातहतको यौटा प्रथमश्रेणीको कर्मचारीले हेपेको वा नटेरेको अनुभूति भएपछि कन्सिरी तात्नु स्वाभाविक थियो। ठूलाठालुहरुले सानाभुसुनाहरुलाई हेप्नु दपेट्नु अधिकारै हो भन्ने सामाजिक संस्कारमा हुर्किएकी करिमा बेगममा रणचण्डी उत्रिइन् होला। रिसको आवेगको प्रचण्ड ज्वालामा विवेक डढेर खरानी भएपछि उनमा कर्तव्याकर्तव्य र आमदहैसियतको पहिचान गर्ने सामर्थ्य रहेन होला। रिसको झोकमा कसले पो गीता पाठ गर्थ्यो र? झाँसीकी रानीको दुर्वासा रिस फिरङ्गीमाथि खनिएझैं सिडियोलाई झम्टिन पुगिछन् र २/४ लपेटा लगाइहालिछन्।

    कार्यकक्षमै पसेर सीडीओमाथि भौतिक हमला गर्ने करिमा बेगमलाई कसैले “बहादुर” भनेन। उनको जङ्गली व्यवहारले कतैबाट “स्याबासी” पाएन। हात्तीलाई तह लगाउन माहुतेले तीखो अङ्कुश र सानो बन्चरो प्रयोग गर्छ। अजङ्गको शारीरिक बनावटसँगै हात्तीमा अदम्य बलवीर्य पनि हुन्छ। सबभन्दा ठूलो र महत्त्वपूर्ण कुरा त उससँग सहमतिको सम्वाद चलाउन सकिँदैन। उसको अवज्ञा र असहमति तह लगाउने एकमात्र हतियार बलप्रयोग नै हो। पशुपङ्क्षीमा भावाव्यक्ति गर्नसक्ने जिब्रो हुँदैन। उनीहरुको जिब्रो आवाज फड्कारेर अर्थलाग्ने भाषिक शब्दोच्चारण गर्न होइन, भोज्यपदार्थको स्वादको पारखका लागि मात्र हुन्छ। सिडिओ भण्डारी तह लगाउनका निमित्त मुढेबल प्रयोग गर्नुपर्ने नसधाइएका हात्तीजस्ता अवश्य थिएनन् होला। त्यसैले नेपालको सन्दर्भमा उनको अविवेकपूर्ण पाषाण व्यवहार दण्डनीय नठहरे पनि निन्दनीय र असभ्य हो, भन्नै पर्छ।

    वर्तमान सरकारले मन्त्री करिमा बेगमलाई नसिहतसम्म दिने हैसियत राख्छ भनेर पत्याउन भने गाह्रै पर्छ। किनकि बेमेल र विग्रहका लागि ठूलो निहुँ चाहिँदैन। करिमा बेगमहरुकै असंवैधानिक सामेलीमा नयाँ सरकारको शिलान्यास भएको हो। करिमा बेगमको निष्कासनको सपना देख्नेहरुले आफू बसेको भवनको जग खोतल्ने कालिदासे मूर्खता सरकारले गर्ला भनेर आशा राख्नु व्यर्थ हो।

    No related posts.

    115 comments to ‘राजा’को गालामा मन्त्रीको चड्कन

    • yastai ho yaha ko chalan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hariram

      yesta le kutai nakhaye kaslt khanchha ta ????? tara maile Karima ko support chai gareko chai hoina hai….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Satya

      नेपाल को अवस्था देख्दा त सारै निराश लागेर आको छ शान्ति को त कुनै पनि आशा नै छैन जे होस् कुर्ची मा बसुन्जेल मोज गर्नुस न कत्ति समय सम्म सक्नु हुन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amar

      तिम्रो बुद्दी नव्य नि ठिकै पो गरिछौ नि करिमा
      बधाई छ तिमीलाई तर मख्ख चै नापरनी पसुले गर्ने कम गरयूनी फेरी
      “लोहेको लोहेही कट्ताहे”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आखिर हेर्दा दुवै एकै बारीको मुलाहरु जस्ता छन् है . तराजुमा तौलेमा बराबर ल कुनै तलमाथि छैन हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajesh

      ठिक गरिन करिमा तेस्ता सिडिओ लगाएत भ्रस्ट कर्मचारीलाई गाला चद्कौनै पर्छा स्याबास karima

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chhettrir@yahoo.com

      करिना जी लै त खुब मा.कु.ने को सहारा छ अनि के को कारबाही हुन्थियो त हुन सक्छा मा.कु.ने. को श्रीमती को काम शामेत गर्दै होलिन अनि किन कारबाही गर्थियो त मा.कु.ने. ले जे जस्तो भयानी दुवै को कुरो बुजेर गल्ति कसको हो त्यसलाई कारबाही पर्योनी कि त्यो पनि के गरौ भने र भारत तिर जाने हो मा.कु.ने जिउ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipendra shrestha

      माइसंसारले कुनै बिषयबस्तुमाथि छलफल गर्नकालागि राम्रो प्लेटफर्म प्रदान गरेको भन्ने कुरालाई मनन गरी सिस्ततापूर्वक आआफ्नो प्रतिकृया लेख्न बिनम्र आग्रह गर्दछु। करिमा बेगम र सिडिओ साहेबलाई सार्वजनिक रुपमा जनताको कठघारामा उभिन कुनै दरिलो संस्थाले पहलगरे यो बिषयमा पुनरबिराम लाग्ने थियो कि ? यो भन्दा त बरु संबिधाननिर्माण प्रकृयाबारे कुरा गर्नु बढी लाभदायक होला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठिक नै हो हनु नै पर्छः तेस्तालाई त छोड्नु हुदेन !!! बेगम ठिक हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibas

      बेगम लै फासी को कर्भई हुनु पर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan

      यौ लेख मुर्खले लेखेको लेख हो र उसलाई तरी गर्ने हरु गधा हुन्, किनकि देशमा लाखौ समस्या छन् लेख्नका लागि! मन्त्रीलाई बर्खास्त गरेर जेल हाल्नु पर्छ, कानुनी सासनको प्रत्याभूति दिनका लागि! जिउधनको सुरक्षा नभएको देशमा कसले लगानी गर्छ? अनि कहाबाट पाम पाउछौ तिमिमुर्खाहरुले,! लेख्न मन भए भ्रस्टाचार, जातीय भिभेद, माओबादी हिम्सा, नया संबिधान र हाम्रा गोरु संसद हरुलाई देश चलाउन दबाब दिनी लेख केखंन, ओटा कार्यालय प्रमुखको बदनामी गरेर रस्त्रसेबक कर्मचारी हरु को नैतिकतामा किन आंच पुर्याउने? माओबादी ले १५,००० मान्छे मरेको माफी दिने, भण्डारी को एउटा सानो गल्ति लै किन नबिर्सने? राम्रो भबिस्य र समुन्नत देसको लागि अगाडी बढ्ने उदेश्य र आत्मविश्वास छ मुर्ख तिमीसंग?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shersingh

      ओई एकलब्य फन्टुस सिडिओं भण्डारी तिम्रो बाउ पर्योकी क्या हो धरै डिफेन्स गर्दैछौ ! फटाहा सिडिओंहरुले आफुलाई छोटे राजा सम्झेर अत्याचार गरेको विवरण पढेका देखेका छैनौ ? बनारसबाट सर्टिफिकेट किनेर आउनेहरु नेपालको सिडिओंहरु छन् ! तिनीहरु आफुलाई जिल्लाका राजा सम्झन्छन ! अरुलाई मान्छे नै गन्दैनन् ! भण्डारी जस्ता चरित्रहीनलाइ नठोके तिम्रा निर्दोष ससुरालाई ठोक्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganesh Chhetri

      गणेश ,स्वीडेन
      मलाई त ठिकै लागेको छ / यिनीहरुले यति गरे भने नेपाली जनता हरु ले पनि सिको सिकेर माथिल्ला दर्जा को व्यक्ति हरु ले यदि भर्स्ताचार गरे उनीहरुलाई पनि यसै गर्नु पर्ने रहेछा भन्ने सिको सिक्छन कि वन्ने मलाई आशा पलायाको छ / नेपाली जनता हरु संग मा के अनुरोध गर्न चाहन्छु वने तपाई हरुले पनि गल्ति गर्ने लाई यसै गर्नुहोस देस चाडै राम्रो दिशा तिर उन्मुख हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      त्यो माथि को तस्बिर राजा दुर्गा प्रसाद ले चड्कन खाए पछी खिचेको जस्तो छ, कि वस्तिव अनुहार नै तस्तै हो? करिमा ले लगाए को आरोप लाई छान बिन गरेर ठिक ठहरे उस लाई कानुनी सजाए दिनु प्रदछ र करिमा लाइ प्र म ले नसिहत दिए सर्प पनि न मर्ने र लाठि पनि न भाचिने कि कसो हो? सबै कर्मचारी र रजनीतिग्ये हरु को चित्त पनि बुझाद +छ होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabin

      khai k khai k nepal ko kanun jasle j gareni hune ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari krishna joshi

      यहि त हो नेपाल को कानुन पाच कालस फेल वयका मन्त्रि हुन्छन अनि तिलाए के थाहा हुन्चरा कानुनी कुरा बस मन्त्रि भयो थोको गलामा कमायो नाम अनि त सबैले चिनिहल्चान्नी इ लाई के थाहा संबिधान भनेको के हो कसरि बनाउने यसको महत्तो के छ ? बस मन्त्रि भयो थोको गलामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan

      yaklabya ji, tapai yadi myagdi ko bhayako bhaya tha huntheao hola,,,,,,,,,,,, who is the durga bhandari,,,,,,,,,,,,, anyway mantri le chadkan hannu ramro kura hoina tara durga bhandari chadkan khanu parna manchhe nai ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • milan mil

      जे सुकै भा पनि बनिया जी ले लेख्नु भाको कुरा नराम्रो होइना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गाउँ खाने कथा – देखिन्छ, समाउन सकिन्न क्या हो ?
      http://www.nepalisandesh.com/pdf/04.pdf

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Udeep

      bhanna khojeko, CDO ko jor lageko thau ma CDO le hatpat garchan, MAntri ko jor lageko thau ma mantri le! duitai lai gorkhe lauro kasera chutnu parne janta le tundikhel ma rakhera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mra

      मेरो बिचार म दुबै जना लाई पुलिश को खोर को ओल्लो र पल्लो कोठा मा एक अर्को लाई देख्न मिल्ने गरी रखे कसो होल ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • binod

      matrika ra begam jasto mantri ko khaacho chha nepal lai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chameli

      bhaktapur basda CDO saheb le kati nakkali passport bechee? tyo pani hisab kitab kohi sanga cha ki?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • spokhara london.

      yestyo ghatna taa nepal maa vai rahanchaa aja vanda dherai paila mahadev gurung pokhara kaski ko samsad chadaa pani unii lee c.d.o lai kute kai thiyee yo kunai naulo ghatna hoina nepal kaa kaji raa paji autai hunn.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हुन त सबै सरकारी कर्मचारीहरु चड्कन कै दावेधार हुन तर हामी ले र मन्त्री ले हानेको अलि फरक भयो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta

      I feel there is a kind of personal conflict between them. Therefore They are treating each other in discrimination manner. But in Official matter they should not behave like that. Both are wrong.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एकलब्य, अमेरीका

      बानीया हो कि बनिया बन्धुको बेगम संग अनैतिक सम्ब्न्ध त छैन? दुर्गप्रसादकै चरित्रमा केही लेख्‍न भए लेखौं तर बेगमको कुकृत्यलाई ठिक नभनौं।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish lo

      कारिम बेगमलाइ माकुनेको काठपुतली सरकारले कार्बाही नगर्ने भएपछि कसको के लाग्छ? कोल कराउदै गर्छन पिना सुक्दै गर्छन, अनुशासन भन्ने कुरा नेपालको नेतामा छदै छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish lo

      सिडियो र मन्त्रीलाइ ५ कक्षामा भर्ना गरेरा नैतिक शिक्षा पढ्रनु लगाउनु पर्ला जस्तो छ। अनुशासनहिन नेताहरू र सरकारी कर्मचारीहरूको कारण हाम्रो देश यस्तो भएको हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्यवाद छ सि डि ओ को कु-कर्म जनता सामु ल्याउनु भएकोमा । यसपछी आगामी दिनमा एस्तो काम गर्न हिम्मत नाआला की तर कुकुर ले टोक्यो भन्दैमा कुकुर लाई टोक्न जाने प्रबृतिले कारीमा बगेम लाई पशुनै मान्नुपर्छ हामीले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • je bhaya pani mantri jasto manchhe le CDO lai pitnu hudainatho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बानिया जि ले जती नै कुरा घुमाए पनि "चुट्नै पर्ने लाई चुटियो त के भयो" भन्ने आसय देखियो | तर यहाँ सवाल सिडियो को चरित्र भन्दा पनि कानुनी राज को हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal ka karmachari haru hai. Garna ta begam le thikai gareki rahichhan tara desh ra janatako lagi ho ki aafno aafno personal kurama ho. Desh ra hamro laagi ho vane ta thanx begam. Estahrulai mukh le mandainan thoknu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कानुनी राज्यमा कानुन को पालना गर्नु सबै वर्ग, समुदायको कर्तव्य हो| कानुन हातमा लिनु विश्व को कुनै पनि मुलुकमा गैरकानुनी हो| कसै माथि अन्याय भएको भए कानुन को सहायता लिने नकी गएर धमाधम पिट्ने, मार्ने| हिजो भण्डारी को ताल देखेर करिमा ले गोदीन, भोलि करिमा को ताल देखेर अर्को ले करिमालाई गोद्ला, हत्या गर्ला, बलात्कार गर्ला, कसलाई दोसी मान्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • हाम्रो फितिलो कानून जसले येस्ता अराजकता लाई समयमा सहि तरिकामा अड्ड्रेस गर्नु सकेन वा ति व्यक्ति बिशेस जो फितिलो कानून को आधार लिएर अपाराधिक किर्याकलाप गर्न आतुर हुन्छन? गल्ति चाहे करिमाको होस् या भण्डारीको, कानूनी कठघरा मा लिएर आउनै पर्छा| जसको जति गल्ति छ, प्रचलित कानून बमोजिम कारवाही हुनै पर्छ|

        Rgs Pradeep

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यहाँ यस्तै नै छ | आपसी रिस झैझगडा अनि बोलचाल बन्दको कुरालाई रास्ट्रीय मुद्दा बनाइन्छ | टायरको व्यापार गर्दाको रिस पोखेको रे भन्ने पनि सुनियो | प्रजीय पहिला देखि नै नराम्रो व्यक्ति भएको, आफुलाई सधै ठुलो मान्ने भएको ले पनि कुटिएको भनियो | जे भए पनि कानुन मिचेर गरिने कारबाही अमान्य नै हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Tyo Mantri ko Shreeman ko Saman Bhansar ma illegal saman chutaudina bhane ko rahecha CDO ley tes kai ris pokeko rahes khas ma chai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले 'तराईमा समेत खेती विस्तार गर्न' निर्देशन दिएकी थिइन्। निर्देशन दिँदै भनिन्, 'पहाडमा मात्र होइन, तराईमा पनि कफी खेती विस्तार गर्नुस्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • हरे मन्त्रीको बुद्धी , अब हिमालमा फल्ने स्याउ पनि तराईमा लानु पर्‍यो भन्न बेर छैन , यो मन्त्री लाई राची तिर पनि लान पर्नी होकी होकी जस्तो लागि रा छ मलाई ,

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • suire

          arkole badhi bujhyo feri. hahahaha……
          Himalamaa falne syaau laai taraaimaapani lagnu paryo bhannuta raamrai kuro honi. yahaa Sudan jee ko kuraa bujhnus na "mantrile bhaneko"

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • कफीको भौगोलिक विशेषता नबुझी यस्तो भन्दा दर्शकदिर्घामा रहेका वरिष्ठ कृषि अधिकारी, प्राविधिक तथा अन्य सहभागी लाजले रातो भएका थिए।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • पहाड़ र तराई भन्दै बिखंदन बादी बिमारी पालेका एस्ता सरुवारोगी रोगी सभाषद ,मंत्री हरुलाई हाम्रो नेपाली र हाम्रो नेपाली समाज बात उन्मूलन पहिला गर्नु पर्यो/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hangulama

      malai ta yo manche herdai fatha jasto lagcha..anuhar hernus na raat vari jaad khayera voli palta samma hang ma cha jasto dekhincha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      चन्द्रप्रकाश बानियाँ jiu….tapai lai laaj lagnnu parne ho…panchyet kobela ko exmple deye aaja ka incident lai chahaya ma parnnu khojnnu murkhata bhaye kai hoina….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Lyapche

        52/53 sal tira panchayat thiyena bhanne yahalai ek patak punarsmaran garauna chahanchhu. dhanyabad

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradip

      je bhaya pani mantri jasto manchhe le cdo lai pitnu hudainatho mantri jasto sasak le kunai auta karmachhari lai gala ma pitnu bhaneko rastra ko ejjta janu ho ra karma chhari lai kam garnako lagi hausala nadinu ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जिला अधिकारीको आचरण नराम्रो हुनु बा अरु कारणहरु भए पनि मन्त्रि जस्तो व्यक्तिले कुट पिट गर्नु लाई राजनीति रंग दिनु हुँदैन न्यायेलायेलायिनै निर्णय गर्न दिनु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • त्यो मंन्त्री भनाउँदीले सिडिओलाऐ कुटेपछी टीभीमा "जय हिन्द" भनेको कसैले सुनेन? त्यो भारतको हो कि नेपालको मँन्त्री हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एकलब्य, अमेरीका

      यो अलि अर्थ बिहीन ब्लग पर्‍यो जस्तो छ। समस्त कर्मचारीलाई दुरुत्साहीत गर्ने बानियालाई मेरो दुई चड्कन। वाहीयात्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मई ठुलो मई जानने बुझ्नेने भन्ने सोच भएका यी पाखंदिहरू सबै यस्तै कोही तल माथि छैनन तरजुमा जोखेर हेर्ने हो भने कोही घटी बढ़ी हुदैनन अबा यस्मा कसको दोष छ भन्ने हामीले यी दुबई जना उही ड्यांग का मूलाहरु हुन आफ्नो पदमा रहेर अलीकती पनि संयमता रा लचकता भन्ने कुन चरको नाम हो स्वाथ नपाएकाहरु दोबाटोमा लगेर जनतालाई ढुंगा हान्न लागाउने जस्ता छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shravan

      अब २०५२ साल को कुरा उक्काउनुउ भएको मा धेरै धन्यबाद्!!
      अहीले बागमती म धेरै पानी बगी सक्यो हजुर्, नेपाल अहीले २०६५ सालमा छ।
      अहीले नेपाल म सडकबाट कानून बनाउने र थप्पद्, झापड, नाकाबन्दी, चक्का जाम बाट कर्यान्व्यनगर्ने पद्दती को बिरोध गर्नु अबस्यक छ।
      कसैले पितै पाउनु, चाहे जति नै मह मुर्ख होस्, राम्रो होइन। हरेक कुरा लाई कनून को दायेरा मा ल्याउने अनी कनूनी रुपमा कार्वाही गर्ने परम्परा को अपरिहार्यता भएको छ।
      हरेक घट्ना को पछाडि केही रहस्य हुन्छन्। तर पनि अब हामीले नेपाली हरु धुङे युग मा छैनन्, आधुनिक युग म छन् भन्ने सन्देश विश्व लाई दिनु पर्छ। जसको लागि अब सडक होइन, सन्सद म बहस गरौ,
      सार्वजनिक सुनुवाई मार्फत बहस गरौ, ढुङ्गा मुध, टायर्, सडक्, झापड लाई दुर्त्साही गरौ!!!!!!
      अनी बल्ल बन्छ नयाँ नेपाल
      यो लेख बेमौसमको बाजा हो। लेखक ज्यु, अब नयाँ सोच राखेर लेख लेखौ!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin

      25 barsha muni ka cmmenteor haru ko bahulya bhayeko yo blog ma ,mero youta sujhab,ye jasta 75 jana cdo ra 14 jana aanchaladhis haru le nai des bigareka hun.Uni haru pahila pani aanchal /jilla ko raja thanthe ra ahile pani metality tehi rahecha, tesaile matrani le je garyo thik garyo,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar sharma

      मन्त्रीहरू तयारीबिनै औपचारिक कार्यक्रममा बोल्दा कहिलेकाहीँ हँसीमजाकको पात्र बन्नुपर्छ। यसको पछिल्लो उदाहरण बनेकी छन्, कृषि राज्यमन्त्री करिमा बेगम। कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले 'तराईमा समेत खेती विस्तार गर्न' निर्देशन दिएकी थिइन्।

      उनले मन्त्रालय मातहतको चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिँदै भनिन्, 'पहाडमा मात्र होइन, तराईमा पनि कफी खेती विस्तार गर्नुस्।'

      मञ्चमा उभिएकी कृषि राज्यमन्त्रीले कफीको भौगोलिक विशेषता नबुझी यस्तो भन्दा दर्शकदिर्घामा रहेका वरिष्ठ कृषि अधिकारी, प्राविधिक तथा अन्य सहभागी लाजले रातो भएका थिए।

      समुद्री सतहभन्दा आठ सय मिटरमाथिको उचाइमा मात्र कफी खेती हुन्छ। नेपालको तराई क्षेत्र बढीमा २ सय मिटर उचाइमा छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Ale

        "khola naalako paani bata bijuli nikalyo bhane sinchai (irrgation) ko laage paani kaha bata lyaune" bhane jastai rachha. Khub hasaunu bho sagar ji.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शशांक लामा

      भने पछि दुर्गा प्रशाद भण्डारी पनि स्व्च्छ छविको मानिस त होइन रहेछ, राजाको छत्रछायामा यिनले पनि मान्छे भकुरेका रहेछन। पञ्चायतको ह्याँगओभर अझै बाँकी रहेछ, नत्र चुटाइ किन भेटथ्यो ? करिमा बेगमको हाथ छोडाइलाई पनि मातिएको लोकतन्त्र भन्नुपर्ला। पञ्चेकै आचरण गर्ने हो भने लोकतन्त्र र पञ्चायतमा के पो फरक भयो र ? दुर्गालाई नियमले चुटनु पर्थ्यो। दशौँ हजारको बलिदानबाट प्राप्त लोकतन्त्रलाई बदनाम गर्न करिमालाई छुट छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ijjat nahuneko beijjat hudaina bhanchhan sayad yi dubai ijjat nabhayeka jantu pare kyare.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दर्भ दुर्गाप्रसाद भण्डारीलाइ करिमा वेगमले झापड हानेको होइन, प्रमुख जिल्ला अधिकारीलाइ राज्य मन्त्रीले झापड हानेको हो । भण्डारीको विगतलाइ कोट्याएर घट्नालाइ अर्को तर्फ मोड्न खोज्नु उचित होइन । कतै वानियाँजीको यो लेख वेगमबाट प्रायोजित त होइन ! माइसंसारमा यस्तो निच पत्रकारीताको संज्ञा दिने खालको लेख पढ्दा नरमाइलो लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • satya

      lat ko manis bat le nabujhe pachhi kaite ra kutil mantri matra chup lagchha…. karima begam le thik garyo….. aant bhayeko rahechaa… eslai dekher aru kaite officer haru sachet hola ni… janta lai dukh dine…. sarakari jagir bau baje ko pewa thanne haru….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalit dhwoj g.c

      huna ta yini neta ani mantri haru pani hamile banayaka hun tara yati farak cha ki yadi hamile si di o lai hat pat gareko bhaya hamilai jel nel k k hune thiyo tara tehi hamo hatle banaya ko mantrile hat lagauda kehi nahune nepal ma kanun khali hami jasta sana ani sidha lai matra baneko cha bastavma yo sarasar galat ho hijo gadi dekhna napayaka lai naya gadi bhayana bhanera gadi nai forne ani parsasan mathi hat halne yasta neta mantri harusanga bata hamile k hope garne dhikkar cha begam lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सिडिओ साप लाइ चट्कन त कम भएछ नि,बेगम म्याडम राजाको कुकृत्य थाहा पाएर चट्कन् हानेको भएत ठिकै छ, तर पुरानो गाडि को निहु हो भने जस्तालाइ त्यस्तै पाउरोटि निस्तै भयो है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बैंकमा नया ऋण लिन जांदा पुरानो ऋण लिएको इतिहास (Credit History) कस्तो थियो भनेर
      कर्जा बिभागले चेक गर्नु एकदम स्वाभाबिक हुन्छ ! लेखक ज्यूले यो सीडियोको भुई-फुट्टा चरित्रको बारेमा येकदम
      मिठो भाषामा उजगार गरि दिएर राम्रै गर्नु भाछ (धन्यबाद!) ! यो भुई-फुट्टा चरित्र हिजोको सर्वहारा एमाले र आजको
      बाबू-साहेब एमालेहरुको hallmark हो ! करीमा बेगमको बिहारी चरित्र र सिडियोको भूइ-फुट्टे चरित्रको दोभानमा आएको
      भेल हो- यो घटना !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil

      purana kura haru lai aailey parda aagadi layara karima begam jasta murkha lai safai matra milcha.aaile purana kura samjini samaya hoina aailey jun ghatana parsa ma bhayo tesko nisaf garnu ramro huncha………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • govinda

      This is not fair. I mean mistake is mistake either it is big or small.. If the CDO was wrong or his behaviour is not good or follow the orders given by Mrs. Karima the she should carry this matter under law n order. That is not wish to slap CDO . She isn't minor or public. So i think Karima must be arrested n if the old case of CDO is true then he also must be…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जुन व्यक्तिले आफ्नो पद वा हतियारलाई लापरवाही प्रयोग गर्छा उसले कहिलेइ पनि महत्व बडाउन सक्दैन !
      र आफ्नो महत्वलाई पनि बुझेको हुदैन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hem Raj Sharma

      Mr Baniya, thank you for your article.we all follow cultured system .The guilty according to the size of the crime should be punished.Otherwise survival of the people becomes difficult.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Naga

      Baniya ji Thanks for your nice article. Your article is purely biasness. While investigating this incidence the past activities and behaviour of both Karima and Bhandari should be considered. Information provided by you (if it is right) will disclose many issues. Our country where beating even the minister in parliament is not new, the latest incidence of Karima could not surprise Nepalese people. People who are in power are always doing anything they want. They were never punished rather they are getting political supports from the parties. Congress leader Ram C Poudel was beaten by Golchhe Sarki, Forest officer was kept in Toilet by Matrika yadav, now Bhandari has been beaten by Karima. Civil servents are in strikes but like usual Government, security agencies and legal bodies have not even shown the minimum respect to the victims. Shame on our political parties and their Blind supporters xD.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के भन्नु र खै, नेपालका कर्मचारी हरु पनि आफुलाई निकै ठुलो ठान्ने र जनताका काम हरु समयमा नगर्ने गर्छन र त्यो किसिमको व्यबहार देख्दा त कहिले काही नचाहेर पनि हात उठ्न पुग्छ जस्तो लाग्छ । मैले धेरै पटक भोगेको छु नेपाली कर्मचारी हरुको चर्तिकला, के गर्नु शायद हामी जनतले त्यो गर्ने हो भने आतङ्ककारि भैइन्छ, मन्त्री ले छुट पाई हाल्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yukta

      दुबै जना एक्कै ड्यांगका मुला हरु हुन त्यसैले मुला हरु एक आपास मा लड़ी रहोस यस कुरा मा किन हामी हरु एक आपस मा बहस गरी रहने ई मुला हरु एक आपस मा लड्डा लड्दै एक दिन जनता हरु को अचार हुनेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nikunja

      सीडीओ सापको त अनुहार पनि कस्तो भयानक रहेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      Behabiur of Mrs Begum was very bad and sad, she should be punished as general people. According to Mr. Baniya, i think Durga Bhandari is also worst people. I dont know why the officer of electicity did not file case against Mr. Bhandari. Whether Mr. Bhandari get punishment or not, but at least case should be filed. For own respect, if anybody or high official use his/ her hand oppisite people should do. if I would be on electicity officer place, i will broke the hand, leg and head of Mr. Bhandari, because for self respect we must have to oppese. This time, Mr. Bhandari should give at least one slap to Begum. In Nepal no justice, or only for poor people, so sometime needs to do. Thukka Begum and Bhandari.
      Ram Madhesi
      Jay Madhesh, Jay Pahad, Jay Nepal
      Long live nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anupmanju

      अविवाहित भण्डारीका यौनताण्डवहरु ????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • klal

      Haina bjay j kurako ni past time hernu par6 tesi aile ko awastha ta ayko CDo bhandari Myagdi huda gareka aru deri testa example6n baniya jee le ta auta matra example dinu vayako ho…CDO vayo vandi ma kasi saga Aula uthayara kura garnu ta pardinani….namra vayara boleni vai hal6 ni…hainara mantri saga ta testo garnile sarba sadarn man6 lai kaso garlan anuman lagauna garo 6ina j vayani CDO chai jhapad matri haina lati khanu parni khalko ho hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      यसैबीच, कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमको हातबाट कुटाइ खाएका पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई गृह मन्त्रालयमा झिकाइएको छ। करिमाले उनलाई थोत्रो गाडी पठाएको आरोपमा आफ्नो पदीय मर्यादासमेत भुलेर कुटेपछि बेगमलाई कारबाही गर्नुको सट्टा उल्टै गृह मन्त्रालयले प्रअिज भण्डारीलाई फिर्ता बोलाएको छ।
      — साँघु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      राज्यमन्त्री बेगम भने सद्भावनाका छोटेलाल साहमार्फत तराई आन्दोलनको सात महिनाअगाडि राजनीतिमा आएकी हुन्। सात महिना सद्भावनामा काम गरी मधेशी जनअधिकार फोरमतिर लागेकी बेगमले राजनीति गर्नुअगाडि चिया पसल सञ्चालन गरेकी थिइन्। राज्यमन्त्री बेगमले आफ्नै छोरा मोहम्मद अजरुद्दीनलाई स्वकीय सचिव बनाएकी छन्। त्यतिमात्र नभई भारतीय नागरिक जेनुन आदेदिनका नाति अनिजुल हकका छोरा सलाउद्दीनको नागरिकता प्रकरणबारे केही कर्मचारीले यसअगाडि नै चर्चा गरेको रिस पनि बेगमले पोखेको बताइन्छ। राज्यमन्त्री बेगमसँग प्रजिअ कुट्नुको रहस्य व्यापारसँग जोडिएको रहेछ नि? भन्ने साँघुको प्रश्नमा उनले फोन नै काटिन्। पुनः सम्पर्क गर्दा स्वकीय सचिव मोहम्मद अजरुद्दीनले व्यापार प्रकरण नभई प्रजिअले बेगमको हात समातेकाले कुटेको प्रतिक्रिया दिए।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      त्यतिमात्र नभई सलाउद्दीन वीरगञ्जका नामी गाँजा आपूर्तिकर्तासमेत रहेको वीरगञ्जकै एक व्यापारीले बताए। सलाउद्दीनले गाँजा, अफिम भारत निकासी गर्दा सीमामा नेपाली नम्बर प्लेटका गाडीलाई भारतीय नम्बर प्लेटमा परिवर्तन गरी निकासी गराउने गरेको बताइएको छ। त्यसो त, प्रतिकट्ठा पाँच हजार रुपैयाँ प्रहरीले गाँजा निकासीका बेला पक्राउ नगर्ने सर्तमा लिने गरेको बताइन्छ। यसरी गाँजा निकासीमा पनि प्रजिअ भण्डारीले कडाइ गरेपछि सलाउद्दीनको हालको सिजनमा मात्रै करिब पाँच करोड रुपैयाँ आम्दानीमा समस्या देखिएको थियो। यसरी आफ्नो व्यापारमा समस्या खडा भएपछि राज्यमन्त्री बेगमको पारो तातेको चर्चा पनि वीरगञ्जतिर छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • ram

        Hey Ajay

        We all read these news before so why r u pasting the samethings.
        u dont have other work.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हुन त कसैको विगतका कमिकमजोरीलाई कोट्याएर हुने केही होइन । तरपनि चड्कन मन्त्रीले चड्कन हान्नुपर्ने अन्य कारणहरू बताउँदा नसुनेजस्तो गर्ने र थोत्रो गाडीलाई मात्र चड्कनको कारण देखेर चड्कन मन्त्रीका विरुद्ध पूर्वाग्रही भएर वीषवमन गर्नुहुनेहरूलाई समेत यो 'कथा'ले चड्कन दिएको हुनुपर्छ ।

      समग्रमा, कुनैपनि मु्द्दाको निष्पक्ष छानबिन हुनुपर्छ, जसरी माकुनेको कारवाही नगर्ने निर्देशन दिए, त्यो बिल्कुलै न्यायसंगत छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      कर्मचारी स्रोतका अनुसार करिब ५४ सय रुपैयाँ मात्र राजस्व तिर्नुपर्ने सलाउद्दीनले राज्यमन्त्री श्रीमती बेगमको शक्तिको दुरुपयोग गरी प्रजिअलाई दबाब दिएर सामान छुटाउन खोजेका थिए। राज्यमन्त्री बेगमले दिनमा पाँचपटकसम्म लगातार तीन दिनसम्म फोन गरेर सामान छुटाउन दबाब दिएकी थिइन्। तर, प्रजिअले राजस्व थोरै भएकाले तिरेर छुटाउँदा राम्रो हुने जवाफ दिएकाले बेगम आक्रोशित भएको बताइएको छ। सलाउद्दीन वीरगञ्ज उपमहानगरपालिका १८ मा बसोवास गर्छन् भने च्याम्पियन टायर रिसोलिङ सेन्टर, बाइपास रोडमा सञ्चालन गरिरहेका छन्। भारतको सिवानमा मूल घर भएका सलाउद्दीनले १० वर्षअगाडि बारा जिल्लाबाट नेपाली नागरिकता लिएका छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      करिमाले सीडीओ किन कुटिन
      काठमाडौं। आफूलाई एयरपोर्टमा लिन थोत्रो गाडी पठाएको बहानामा कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम गत कात्तिक २४ गते मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई चार थप्पड हानेर चर्चित बनिन्। तर राज्यमन्त्री बेगमले किन थप्पड हानिन् त प्रजिअ दुर्गाप्रसाद भण्डारीलाई? हालसम्म सार्वजनिक नभएको रहस्य साँघुले पत्ता लगाएको छ।
      प्रजिअ भण्डारीको कार्यकक्षमा पुगेर कुट्ने राज्यमन्त्री बेगमका श्रीमान् मोहमद सलाउद्दीन कारक रहेको रहस्य खुलेको छ। बेगमनिकट स्रोतका अनुसार सलाउद्दीनको टायर रिसोलिङ सेन्टरका लागि ल्याउँदै गरेका टायर प्रहरीद्वारा पक्राउपछि घटनाको सुरुवात भएको हो। गत कात्तिक १९ गते राजस्व नतिरेको भन्दै प्रहरीले सलाउद्दीनका टायर पक्राउ गरेको हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुरो त ठिकै भन्नु भयो बानियाजीले त्यो CDO लाई हनुमान भनेर | सरकारी कर्मचारीहरुले हनुमानहुनुनै पर्ने अवस्था हरु पनि हुन्छ | तर यो लेख को आधरमा तपाईंलाई कसैले मन्त्री बेगम को हनुमान भन्यो भने क भन्नुहुन्छ कुन्नि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nischal ji tapai ali bujher matr kura lekhnu hola baniya ji le bhaneko sahi chha tyo bhandari CDO nai testo chha jhapad hanne khalako. maile pani jhapad hann man lageko thiyo tyo manchhe lai ati nai timuriyeko chha boli ta ati rukho chha.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Ashish lo

          झलक जि त्यस्तो होइनन नि? के बेगम ले भ०डारीलाइ चडक्कन लागयो कर्बाही नै नगर्ने? त्यसो हो भने बेगम सहिबनीलाइ भोलि जनताले बलत्कार गर्ला त्यसलाइ पनि कर्बाही नगर्नु परियो नि सरकारले।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मन्त्रि ले सिडिओ लाइ पिट्नु को पछाडी पनि के हि लुके को हुन सक्छ दुवै लाई एकै ठाउमा बोलाएर सोद्पुछ गरेर कानुन अनुसार कारबाही गर्नु पर्छा तर कसले गर्ने ???? जसको शक्ति उसको भक्त्ति हो नेपालमा /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कसलाइ के भन्नु जो अगुवा तेहि बाटो … भनेझै भए पछि । नैतिकता, मानवता, सभ्य शिष्टता त सबै सखापै भए जस्तोछ । एउटा बच्चाको जस्तो व्यवहार गर्नेहरूले देश के चलाउलान ।o.0

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujita

      Hamro deshma jasle j gare pani bhayeko cha.Mr lekhak jyu,pahilako kura lerayera ahileko ghatanama jodna nakhojnu,hola unile pani naramro kaam gare holan tara tesko sajaya ahile mantrile diyeko sajaya ta tyo anyaya mathi hoina ni?sakne bhaye karbahiko maag nyayik rupma dina sakinthyo,ahile yo ghatana lekhera ahile mantrile gareko durbyabaharlai chhopna khoje jasto lagyo,yesko kaam garnu kunai pani nispakshya lekhakko jimmewari hoina.cdole galti gareka bhaye unlai tyahi anusar karbahi garinu parcha ra mantrani jee lai pani gareko durbyabaharko sajaya dinai parcha,yeti garna sakyo bhane sarkarle pakkai pani ramro kaam gareko thaharine cha,hoina bhane janatale aba sarkar sanga kunai aash narakhe huncha,kunai pani partyko aad liyera kharab kaam garne haru hamro samaj ma thuprai chan,hami sabai milera yiniharulai karbahi garnai parcha,aba ka jagaruk janata le yesta samajaka ganhaune kira harulai samajik bahiskar garnu parcha……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suire

      होइन अब त्यो पुरानो खाटा बसेको सबै कुराहरु कोट्याउन छोडेर नयाँ सस्कार बसालुम्न "जोसले पैला हात हाल्छ तेसलाई चाँही कानुनी सुइरोले घोच्ने" बिगत पल्टाउने र कोल्ट्याउने हो भने धेरै जनालाई फांसी दिंदा पनि काम हुन्छ होला अब तेसलाई पन्छायर गणतन्त्र स्थापना पछिको न्याय तिर जाऔ र कारबाहीको सुरुवात अब यही करिमा बेगम बाट गर्ने होकिं किनकी यिनले कार्यालय समयमा कार्यलयमा आफ्नो कार्यमा रहेको कर्मचारीलाई हातै छडेर हिर्काइन यो भन्दा निंच घतिया र हराम हरको केही हुनै सक्दैन तेसमा पनि एउटा मन्त्रीको कार्यभार सम्हालेको मान्छे तेसैले करिमा बेगम हरामी सुंगुरको बच्ची हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लेखकको ओडनी ओडेको तर बेगम साब्नीको “हनुमान” (वहाकै शब्दमा) हुनुहुन्छहोला जस्तो छ बानियाजी | कसैले पनि यहाँ CDO लाई राम्रो वा नराम्रो भनेर बहस करेको छैन | हामिसबैलाई थाहा छ की नेपालका सरकारी कर्मचारीहरु कस्ता हुन्छन भनेर | कुरो मन्त्री भनाउदाले नै हात्पात मा लाग्यो भन्ने हो | कुरो जंगली मानसिकत र पागल्पनको हाविहुनथल्यो भन्ने हो | कुरो बुढी मरी भन्दा पनि कालहरुको बिगबिगी भयो भन्ने हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • krishna

        गल्ती C.D.O. कै किन नहोस् ……..उन्लाई बिभाकिय वा कानुन सम्मतको कारबाही गर्नुको बिकल्प कानुन हातमा लिनु हुनै सक्दैन । जो जस्ले जे जस्तो भने पनि बेगमको यो कार्य निन्दानिय छ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ale

      फलाम काट्न फलाम चाहिन्छ भन्छन, ठिकै लाग्यो | मातेको साँढे जस्तो अभद्र भण्डारी जि लाई अर्की अभद्र सढिनिले सेखी झारिन |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jillabashi Baburam

      Chandra Bania, your "attitude measures your altitude." As Bjayji said earlier, if you were a good writer or an advocate of law and justice, you should have published the decade old story back then.
      Are you trying to multiply one negative by another and produce some positive?
      गनाउने सिनोको अगाडी गुहु पस्केर सीनोंको गन्ध कम गर्न खोजेको की कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajay

      i read this Karma Begam incident on one of local newspaper of sydney (Australia). i was so surprise. i thought Nepal will never chage and blame completely on the karima Aunty. But when i saw her interview on Kantipur then i realise that there is something wrong on CDO also. now from this article CDO is also one of ashwhole of Nepal. Thanks to Writer about this NEWS.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यी बकम्फुसे मन्त्रीको यस्तै यस्तै कामले नै राष्ट्रको प्रशासन यन्त्र कमजोर भएको हो।
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • megh raj tamu

      yo sarkar lai maowadi le tesei kath putli bhaneko hoina . kath putli ma ku ne le karima begam lai karbai nagarna bhim rawal lai nardesan dei sakeko6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो पुरानो कुरा, नमिल्ने कुरा झिकेर सीडीओ जस्तो राष्ट्रको महत्वपुर्ण कर्मचारीलाई हातपात गर्ने त्यो नाथे, ४ महिने टिके हाफ मन्त्रीको नालायक कुक्रित्य सहि साबित हुन सक्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • जे होस् सी डि ओ साहेब पनि कुटाई खाने खाले नै परेछन | दुवै आगो परेछन, मुस्लो त निस्कने नै भयो नि |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Syangjali

      Nepali ma type garna paiena. I use Googlechrome. any suggestion?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nikunja

      Sir, where is your type in Nepali option?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr. चन्द्रप्रकाश बानियाँ, lets not to attach old incidence to supress the current embrago by Karima Begam. Why and Where you were hiding to expose CDO if he he had done a crime? Hiding crime is also considered commiting a crime. Bring विद्युतका हाकिम to the justice to had commited for not reportign to the police timely.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • Mr. Gurung

        I agree with Mr. Bjay, Yes, Chandra prasad ji, your writing seemed for me as well to supress the current rude act by karima. You can't motivate this rude action to other side becasue the case should be handled on time according to the situation.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • Bjay Bro, I think u r 100% wrong . Those who r found guilty in the past or future days this kind of people never ever can be a innocence person . So that, every Nepalese must be aware AND careful from this kinds of guilty, corrupted person even like Bro Bjay's comment or his thinking and POLITICIANS of Nepal .
        Why Nepalese people are so much suffering in the country ? Because, this kinds of negative scence or forgiving the guilty and currupted person, politicians in our country . This is the main reason to suffering all Nepalese. AK CHOTIKO CHOR, SADHAIKO CHOR | YO KURAA SADHAI MANMAA LIYERA SAMPURNA NEPALIHARULE KAAM KURAAHARU GAREMAA HAAMILE CHAAHEKO NAYAAN NEPAL HUNE RTHIIYOKI !

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

        • Dharma ji, I think there is a lack of understanding on your writing and thinking. I not saying to let go old incidences. My message is that not to join two separate incidences together. Could you tell me what is the end result/punishment out of Karima Begam incidence? Are you saying CDO did one mistake and Karima did one mistake, so it is equal. No. It can not be. If CDo has done mistake/crime whatever, anybody can to go court to punish him. However, we are discussing about a Minister beating a public servant. She is still claiming in front of Kantipur live TV that yes beat CDO….. What message will go to your daughter, son, friends, community?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • Mr. Gurung

        I agree with Mr. Bjay, Yes, Chandra prasad ji, your writing seemed for me as well to supress the current rude act by karima. You can't motivate this rude action to other side becasue the case should be handled on time according to the situation.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • bishnu sapkota

        Mr Chandra prakash jee, the writer is only trying to expose the example to bve hitted. He also added that Karima is not doing good. so why you have headache? because of you people our country is destroyed. try to change your mind. yedi girija baje 2046 salko aandola dabaune lai sajaya diyeko bhaye jana andolan 2 ma tesari aandola dabauna 22 janako hatya hunthyo?
        manchhe ko acharabn herera kam garnu parchha. karima ko kam galat bhaye p[ani bhandari ko acharan pani galat ta raichha ni

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • बिजय जी नेपाल मा हजुरले उल्लेख गर्नु भए जस्तो क़ानूनी राज को कुरा हुने भए नत म्याग्दी को घटना हुन्थ्यो नत पर्साको दुर्घटना नै/ कुनै पार्टीको हनुमान भएर जनतालाई रैती ठान्ने प्रशासक र प्रशासन लाई लंगड़ो बनाएर ब्याक्तिगतर दलीय स्वार्थ भन्दा माथि उठन नसक्ने राजनीतिज्ञहरुको चेपाईमा परिरहनु पर्ने हामी जनता लाचार छौ/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • sam

        Bjay ji, Thanks for your comment. tara kina purano kura bhannu hunchha. Tyo daka CDO le mero dad jo usko karmachari nai hunuhunthyo maobadi ko aarop ma army lagayera kuteko, mero dad ko body ma bhayeko daam haru tyo nara pichas CDO ko Chino haru hami le kasari birsanu. K tapai aafno janma dine aama lai birsanu hunchha. ki tapai lai janma dinu purano kura bhayo. i am not supporting karima but we need to hang those types of CDO's in the mid way of the Chakrapath.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • u must be joking right?? the year 52/53 has gone long ahead.no justice for him Hakim will be satisfied himself alone somewhere feeling a taste of justice. but karima begam must be put over the justice line

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Sanjay Ghising

      Euta kura ma sodhna chahanchhu. 52/53 tira ko tyo kura malai ali kati pachena. Lekhak sanga k praman chhan ki tyo bela Bhandari le hatpat gareka thiye? Malai aru ta sabai kura thik lagyo tara yo kura mano kalpit matra lagyo. Begam le gareko kaam thik hoina tara yasari kunai praman bina kunai kura haawa ma lekhnu bhayena..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Milan

      Writer made skeptic to readers whether Begam should punished or not?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Mahesh

      Well in this case, begam did the right thing – making him learn the lesson. This is not about Medashi issue. we should see it as a perfect example of "What happens when one underestimates another's authority" Plus, he deserves it for his past behavior. I am happy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Deepak KC

      CDO Bhandariko purano kartut lai yo ghatna sanga jodna mildaina lekhakji. Ho uni kharab thiye ra ahile pani chhan bhane hadai sammako karbahi garnu parchha tara ahile Begam le kathaputali sarkarko rukhko hanga samatera uni mathi j durbebahar garin tesko lagi uni dandaniya chhin. Tara afsos Makune sarkarle karbahi garnuko satta baru rajya mantri bata promotion garera full mantri nai banauna k ber ra!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • min mangar

      haina yo ta gajab padhiyo ani suniyo ta ba. bhandari pani rajai rahechhan ta??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • जसले जे गरे पनि सजाय नदिने परम्परा को अन्त्य गर्न पनि दोषी लाइ कार्यबाही हुनु जरुरि छ ! बेगम ले हात पात गर्नु को बास्तबिकता थाहा पाउनु पाय बल्ल भण्डारी जी को पनि बास्तबिकता थाहा हुन्थ्यो कि दुवै जना मेरो गरु को बाह्रै टक्का भन्ने जस्ता देखिय !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • jangali manasiktaa bokeki jangali begam lai juttako mala lagai nagar parikramaa garnu parchha .. tike begam ra c d o bhandaari sanga tulana garna mildainaa..

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker