सिंगापुरको अस्पतालमा मंगलबार मध्याह्व गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच २० मिनेट कुराकानी भयो। यो वार्ताले राजनीतिमा गम्भीर प्रभाव पर्ने बताइएको छ। वार्ताका बेला कोइरालाकी छोरी सुजाता, शेखर कोइराला र कृष्णबहादुर महरा थिए।
प्रचण्डः नमस्ते गिरिजा बाबु, अहिले कस्तो छ तपाईँलाई ?
गिरिजाः ठीकै छु, किन यहाँ सिगापुरसम्म आउनुभएको ?
प्रचण्डः हैन, यहाँ आउने कार्यक्रम पहिले नै बनिसकेको थियो।
गिरिजाः अब यसरी हुँदैन। देशलाई हामीले मिलेर बनाउनुपर्छ। शान्ति प्रक्रिया र संविधान लेखनलाई गति दिन तपाईँ एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुस्।
प्रचण्डः हुन्छ गिरिजाबाबु, हामीले पहिले पनि यसमा सहमति जनाएका हौँ। यसको नेतृत्व पनि तपाईँले गर्नुपर्छ।
गिरिजाः हुन्छ।
गिरिजाः अब तपाईँहरुले संसदको अवरोध हटाउनु पर्यो, बजेट पास गर्न दिनुस्। बजेट पास भएन भने देश गम्भीर संकटमा धकेलिन्छ।
प्रचण्डः पहिले यो गतिरोध अन्त्य हुनुपर्यो। बजेटलाई मात्र अलग विषय बनाउनु भएन। जबर्जस्ती बजेट पास गराउने भन्दैछन्। यसले त झन् स्थिति बिगार्छ मात्रै।
हामी निकै समयदेखि राष्ट्रपतिको कदमको विरोधमा आन्दोलन गरिरहेका छौँ। यसलाई त्यत्तिकै छाड्न मिल्दैन। तपाईँले हामीलाई केही स्पेस छाड्नु पर्छ।
गिरिजाः तपाईँहरुको मागप्रति हामी सत्तारुढ दल सकारात्मक छौँ। तर राष्ट्रपतिलाई लान्छना लगाउन साथीहरु तयार हुनुहुन्न।
प्रचण्डः हामीले पनि राष्ट्रपतिलाई निकाल्न खोजेका हैनौँ। उनले गल्ती गरेका हुन्, त्यसलाई सच्याइयोस् मात्र भन्ने मात्र चाहेका हौँ।
गिरिजाः त्यसो भए पख्नुस् म बीचको बाटो निकाल्छु। हामी सबै मिलेर जानुपर्छ।
प्रचण्डः त्यो पनि गरौँ न।
गिरिजाः त्यो पनि गरौँला नि।
प्रचण्डः हुन्छ गिरिजाबाबु म तपाईँको स्पिरिटसँग पूर्ण रुपमा सहमत छु। तर अब त्यसलाई औपचारिक ढंगबाट अगाडि बढाउनु पर्छ। हामीबीच यहाँ भएका सहमतिको अनुगमन गर्न तपाईँ काठमाडौँमा कसैलाई जिम्मेवारी दिनुस्। अथवा तपाईँ नै फर्केपछि सबै कुरा टुगो लगाउँला। तपाईँ कहिले फर्कने गिरिजाबाबु ?
गिरिजाः म आइतबार फर्कन्छु।
सुजाता, शेखर र प्रचण्ड स्वयंले कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, रिपब्लिका, दि हिमालयन टाइम्स, नेपाल टेलिभिजन लगायतका सञ्चारमाध्यमलाई भेटका बारेमा दिएको जानकारीका आधारमा तयार पारिएको कुराकानीको नाटकीय स्वरुप।
No related posts.









येस्तई हो नेपाल साथी वाई हो नेपाल को राजनीति को निर्णय bidesh मा मात्र हुन्छ के,ठिकै छ एदी नेपाल को भलो हुन्छ वने त हैन र?
मन परे हरियो, नपरे रातो
0
0
संसारमा नभाको जात्रा हाम्रो नेपालमा. हजारौ जनता हरुको बलिदान के नेतालाई बिदेस को यात्रा गरुन भनेर हो कि?यहाँ नेता हरु कुर्शी को लागि लड्दै छन.
मन परे हरियो, नपरे रातो
0
0
के के कुरा भई रहेछ जनताको बिचमा/
नेता-नेताकै बर्चोसत्तालाई यिनीहरुले नागरिक सर्बोच्चता भनि झुक्यौन्दै जनमतलाई लत्याएर जनतालाई बोल्न चल्न फिर्न नदिएर दलहरु कोहि बाहिर अँगालो मार्दै भित्र भित्र मुक्का मुक्की गर्दै नाना थरिको कुर्सि थाम्ने सहमति गर्दै जन्सर्बोच्च्ताको नाममा दलीय स्वार्थ देसमा लाद्न तम्सियिरहेका छन् भने कोहि उनीहरुकै पार्टी सबै भन्दा ठुलो पार्टी भन्दै आन्दोलनको नाममा जनताको दैनिक जिबन ठप्प गर्दै आईरहेको छ/
अझै सबै भन्दा नराम्रो कुरो त् जुन पार्टीले देसमा मधेसी र पहाडी भन्दै “सबै नेपालीको एक नेपाल” भन्ने सिधान्तमै बिमत देखायिरहेको छ तिनै पार्टी आज कुर्सि लोभिहरुको आश्रय भएको छ/ तेस्तो रास्ट्र बिखन्डनकारी माग राख्ने लाई प्रशाये दियिराखेको बिदेशीनै यिनीहरुको प्रभु भएको छ/ आज संबिधान बनाउने प्रक्रियामै यिनीहरुको हालीमुहाली चलेको छ/ सम्पूर्ण तराईलाई मधेसीको मधेश बनाउन नसकिने र उनीहरुलाई आत्म निर्णय गर्न सक्ने प्राबधान भएको संबिधान नबने त्यो संबिधान नमान्ने र मधेशी शक्ति देखाउने आन्दोलन गर्ने भनि तिनीहरु धम्क्यौन्दै आएको छ/
के हो यो मधेसी भन्ने सब्द्को माने? के नेपालको तराई बाशी हरु सबै मधेसी हो र? थारु हरु र तरयिका अरु जनजातिहरु लगाएत तराईमा बसी आएका तहीं जन्मेका अरु जात जातिका नेपालीहरु हामि मधिसे होयिनन हामीलाई मधेसी भनिएको कुरा मान्दैनाओ भन्दै आएका छन्/ के यिनीहरुको माग को कुनै अर्थ छैन? बिभिन्न भाषा भाषीको बाहुल्य भएको तराईमा बसाई सरेर आएका हिन्दी भाषी बिहारिमुलाका आप्रबाशिहरु बिना कुनै छानबिन गिरिजाले हचुवाको भरमा नेपालको नागरिक बनाएको कारणले नै आज ती मधेसी भनाउँदा कागजी नेपालिहरु उनीहरु उफ्रन्दै आएको हो/
आज नेपालका भोगोल शास्त्रीहरु इतिहासकार हरु नेपालको तराई कुनै पनि बेला मधेश भनिएको थिएन भनि बोल्न किन नसकिरहेको छ, आस्चर्ये लाग्छ/ बिराट नगर, जनकपुर आदि ठाउँ महाभारतकालमा पनि बिराट नगर र जनकपुर्नै थिए/उहिले पनि लुम्बिनिनै थिए आज पनि लुम्बिनी छन्, भारतले नकली लुम्बिनी मात्रै बनाउन सके सकली लुम्बिनी नेपालकै प्रान्त हो/ यी कुनै नेपालको भूभाग कहिले पनि भारतको अधिन थिएन र कहिले पनि यी भूभागलाई मधेस भनिएन/ यी भूभागको आफ्नै भाषा र संस्कृति र परिचय छन् भने अब कसरि कसैले त्याहाँ हिन्दी भाषीको मधेश बनाउन चाहिरहेको छ? तेस्मा छिमेको रास्ट्र भारतको कस्तो भूमिका तथा स्वार्थ लुकेको छ सबैले बुझेको कुराहुन/ तापनि तेस्तै सिट तिनै रास्ट्र बिखण्डनकारी माग पुरागर्ने भनेर सम्झौता गर्दै मात्र कुर्सीमा सकेसम्म लामो समय सम्म टिक्न खोज्दैछ/
बास्तवमा भानु भने उहिले २०४६साल्को आन्दोलनताका सम्म कुनै मधेश वादको नारा लगाउने कतै देखिएको थिएन र २०४६साल्को संबिधान लाई सम्पूर्ण तराई बाशिले समेत स्वीकारेका थिए र त्यो संबिधान संसारमै राम्रो संबिधान भनि मानि आएकै थिए/ तर जब गिरिजाले, मरिचमानले पनि दिन नमानेको टनकपुर भारतलाई दान दिएर आएकोमा संबैधानिक अबरोध खडा भए, र त्यो संविधानले गिरिजाले चाहे झैँ बिहारी आप्रबाशिहरुलाई उतिकै नागरिक बनाउन नसकिने भए पछी २०४६साल्को संबिधान बदल्नु पर्ने अबस्था गिरिजा र भारतले निकाल्दै आए/ आज नया बन्ने संबिधानमा समेत गिरिजाले नागरी बनाएको आप्रबाशिले चाहे बमोजिमनै हुनु पर्ने भनि आएको मा के कस्तो कुरो लुकेको र को बिकेको छ भन्ने कुरा छर्लंग छ/ अब यिनै सबै तराईका भूभाग मात्र होयिन चारकोस झाडी फादिन्दै गएर नया बस्ति थपिंदै गएको भूभाग समेतलाई मधेसबनाउनु पर्ने र मधेसी भनाउँदाले भन्दै आएको छ र उनीहरु जस्तै नदेखिने अरु जात जातिलाई पहाडी भन्दै मार्दै लखेट्दै आएको छ/ एस कुराले यिनीहरुको भित्रि कुरो नेपालको त्यो प्रान्तलाई भारतको अर्को सिक्किम बनाउने र तेस कुरोको बिरोध गर्न सक्ने जति लाई अहिले देखिने तराई बात लखेट्न थालेको हो/
तेसैले गिरिजा लगाएत मधेश बादीहरु सके सम्म उनीहरुकै हालिमुहालिमै उनीहरुकै मिलोमतोको सरकार उनीहरुले चाहे बमोजिम संबिधान लेख्न नसके सम्म टिक्न खोज्नु नै उनीहरुको राजनीति भए/ अरु माओबादी हुन् बा कुनै जनमत पाएको बा नपाएको पार्टीहरु उनीहरु सिट बिमत राखे बिदेशी प्रभाव समेत प्रयोग गरेर साता बात संबिधान लेख्न बात टाढा राख्नु उनीहरुको प्रयेत्न भए/ एती मात्र होयिन पछी उनीहरुले चाहे बमोजिमकै संबिधान लेख्न बाध्य गरु सके पछी र तराईलाई मधेसीको आत्म निर्णय(!!!! ???) गर्न पाउने स्वायेत बा पछी सिक्किम बनाउन सकिने प्रदेश बनाई सके पछी अरु नेपाली बात बिरोध हुन् सकिने भएकैले अरु नेपालीहरुलाई काट्दै मार्दै तराई बात लखेटी रहेकोमा उनीहरुको कस्तो षड्येंत्र लुकेको छ भन्ने कुरो नै जनताको माझमा आज छलफल को बिशाये भई रहेछ, प्रचान्द्र र गिरिजा आदिको बिचमा के कुरा भए त्यो सानो कुराहो/
मन परे हरियो, नपरे रातो
0
0
I would be more than if one of the western country rule our country for another 15 – 20 years, I am really fade up with all the leaders. But I can wait few years after the Giri ja death.
God bless Nepal
मन परे हरियो, नपरे रातो
0
0
हैन …….. राष्ट्रपति ले जे गरेपनि प्रचण्ड को किन टाउको दुखाई… यत्रो जनता लाइ त ठिकै छ. माओबादी किन ……………………….
मन परे हरियो, नपरे रातो
0
0
होइन यो गिरिजाको माथि जाने बेला भएन र मिति पुगेकोता अस्तिनै होता जिजु बजेको त .मुला गिद्द नै रहेछ नि.
मन परे हरियो, नपरे रातो
0
0
खई के भन्नु माओवादीले १० सालमा नेपाललाई सिंगापुर जस्तो बनाई दिन्छौं भनेर जो खाका बनाएर इन्टरनेट अनि पत्रिकामा छापेका थिए त्यों त सपनामा पनि पूरा हुने कुरै भयेन / तेस्कारण प्रचंड आफै मात्र भने पनि सिंगापुर हेरौ भनेर तेंह गए / kathai बिचारा प्रचंडा ! भगवानले माओवादीलाई राम्रा मति दिउन /
मन परे हरियो, नपरे रातो
0
0
Daridri rajniti
मन परे हरियो, नपरे रातो
0
0
भर खरै सिधिएको आन्दोलनमा तेती धेरै जनताले साथ दिए कलाकार ले साथ दिए आखिरी मा गिरिजा नभई नहुने यहाँ सम्म कि उपचार को लागि बिदेस जादा त्यहाँ सम्म पनि खुट्टा मोल्नु पुग्ने भनेपछि प्रचण्ड लाई गिरिजा चाहियको कि जनता? सत्ता चाहियको कि नागरिक सर्बोचता? एदी सत्ता चाहिएको हो भने जनतालाई छाडेर गिरिजा र इंडिया को चाक सफा गरिदीय पुग्छा नेपालको सत्ता तेसरी नै अदियकोछ नागरिक सर्बोचाता चाहियकोहोभने जनता संगै हिडौ जनतालाई मार्ग दर्सन दिउ र नेत्रितो दिउ जनता लाई यसरि किन किन रनभुल मा पार्नु
मन परे हरियो, नपरे रातो
0
0
natak ho sabai jana chor desh kasilai pani bhannudaina
मन परे हरियो, नपरे रातो
0
0
सधै कुरा मात्र कति सुन्नु, काम कहिलेयै हुने होइन त |
मन परे हरियो, नपरे रातो
0
0
this political party dont think of people ,for them chair is more important than the problem of people n the nation .we the nepali r being fool by political party n we love to be fool by them.we should show the power of people.if the political wont make consitution on time than we sholud pull them from singhdubar n we sholud show yhe face of kali of nepalese people.u sholud not give them a single second to them after the death line is over to make new consitution.
मन परे हरियो, नपरे रातो
0
0
येत्ति भन्न लै सिंगापुर नै जानु पर्ने त थिएन नि टेलिफोन बाट भनेको भए नि हुनी थियो नि
मन परे हरियो, नपरे रातो
0
0
गिरिजाः प्रचण्ड जी कति खेर आउनु भयो
प्रचण्डः भर्खरमात्र आएको सिधै तपैकोमा ।
गिरिजाः किन किन उदास मुद्रा नि तपैको
प्रचण्डः के भनु तपाई पनि एता आउनुभो मलाई त के गरु कसो गरु भयो उता
गिरिजाः आन्दोलन सकियो
प्रचण्डः के सकियो भन्नु के छ भन्नु
गिरिजाः किन के भयो र
प्रचण्डः अब तपाईले नै हामीलाई सरकारमा पुर् याइदिनु पर् यो भनी विन्ती चढाउन आ
गिरिजाः मेरो पनि त्यस्तै छ पार्टिमा पनि ढाड फुस्किने गरि साथीहरुले निर्णय गर्दिए
प्रचण्डः त्यहि त विरामी भएको मौका छोपिहाले साथीहरुले
गिरिजाः हेर्नुस्न म त यहाँबाट फर्कन्छु वा फर्किन्न केही टुङ्गो छैन । शरीर बुढो भयो ।
प्रचण्डः होइन तपाईले त्यसो नभन्नुहोस् तपाई नफर्के त देश बेहाल हुन्छ ।
गिरिजाः किन प्रचण्ड जी
प्रचण्डः तपाई देश नफिरे मेरो प्रधानमन्त्रि हुने रहर पूरा कस्ले गरिदिन्छ । मेरो साथीहरु पनि खालि आन्दोलन नागरिक सर्वोच्चता भन्छन् । तपाईलाई ठीक होस् भनि म दिनरात पुजा गरिराछु ।
गिरिजाः धन्यवाद प्रचण्ड जी ।
मन परे हरियो, नपरे रातो
0
0
गजब छ बा अब त नेता हरु पनि नाटक खेल्न पो थालेछन त i
मन परे हरियो, नपरे रातो
0
0
सिङ्गापुर् पुगी पुगी गिरिजा को चाकरी गरेर सरकारमा आउनु भन्दा त माओ हरु पशुपति मा खरानी धसेर बस्नु नी?
मन परे हरियो, नपरे रातो
0
0
ल ल केहि हुन्छा कि
मन परे हरियो, नपरे रातो
0
0
माई संसारको परिवर्तित स्वरूप मलाई त मन परेन, यसको पुरानै रुप नै अति सुन्दर थियो, फेरी त्यस्तै स्वरुपमै फर्केमा धेरै राम्रो हुन्थ्यो |
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि यो नया स्वरूप मन परेन, पहिलेकै धेरै राम्रो थियो, अनि एकदमै slow पनि छ | त्यसैले पहिलेकै स्वरूपमा पर्काउनु पर्यो |
मन परे हरियो, नपरे रातो
0
0
हाहा हह्हः हाहाहा हाहाहा हाहा प्रचण्ड हाहाहा आतंकारे डाका अपराधी लाज चिना तलै हाहाहा हेर्दै गर्नु सक्ति को पछाडी सक्ति को उधाया HUN6 सबै किराको टायम औछा मा ओ है न मा ओ को बु जन्मिन्छा नेपालमा ठंक्स डामाडोल न्यु नेपाल.COM
मन परे हरियो, नपरे रातो
0
0
pakaai dhateka hun satya kura jantaa ma kya lyaauchan र. अनि जन्त को सर्बोछाता re. मलाई लाग्छ कि सुजातालाई पं कि गिर्जालाई presidnet को prastab nabhi girja tesi aghadi sarchha र.
मन परे हरियो, नपरे रातो
0
0
यो केवल देखाउने कुरामात्रै हुन् आन्तरिक कुरा त अर्कै छ गिरिजा र पर्चंडेको त्यो डागे गिरिजाले पख्नुस म बीचको बाटो निकाल्छु भन्दैमा हुने भए ६ महिना देखि के हेरेर बसेको नि
मन परे हरियो, नपरे रातो
0
0
नेपाली कांग्रेस बाटनै पावर लेस भयका गिरिजालाई प्रचण्डले आफ्नै प्रभु बनायाछां ठिकै छ देस मा सान्ति औछा भने राम्रै हुने भयो .
मन परे हरियो, नपरे रातो
0
0
जनताबाट निर्वाचितहरू सडकमा र तिरष्कृतहरू सरकारमा बस्ने परिपाटी रहेसम्म देशमा दिगो शान्ति कायम नहुने…………….
मन परे हरियो, नपरे रातो
0
0
माओबादीको देखाउने दाँत एउटा हुन्छ खाने दाँत अर्कै हुन्छ, वर्तमान सरकारलाइ कसरी ढालेर सत्तामा जाने भन्ने बिषयमा छलफल गर्न सिधै दिल्ली गयो भने जनताको नजरमा बदनाम होइन्छ भनेर प्रचण्ड गिरिजालाई भेटे जस्तो गरेर भारतीय जासुसहरूलाइ भेट्न सिंगापुर गएको हो रे नि त | मान्न पर्छ यी कमरेडहरुलाई, अरुलाई चाँही बिदेशीको इशारामा नाच्ने टट्टू भन्छन तर उनीहरु चाँही बिदेशीको खुट्टा ढोग्न जाँदा लाज लाग्दैन | हेर्दै जाउ २-४ दिनमा के के चमत्कार हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
यो सब नाटक मात्र हो अरु होइन प्रचण्ड र गिरिजा को छल हो ? हामी मुर्ख नेपाली लै जे भने पनि हुन्छा होइन र ?
मन परे हरियो, नपरे रातो
0
0
के एति कुरा गर्न हाम्रो प्रचण्ड बाबु सिंगापूर जानु भएको होत, नेपाली जनता को कर तिरेको पैसा ले.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा बौन लै उपचार को लागि २ करोड रे | पहिले शाही काल मा एक शाहजादी को खर्च को लागि पैसा दियो भनेर बबाल गर्ने बौन पत्रुकार हरु अहिले चुपचाप छन् नि कसो | तै बौन मै बौन के गर्ने हैन त |
मन परे हरियो, नपरे रातो
0
0
Lutnay Neta haru… Kutnay Mantri haru… Sutnay Pradhan Mantri haru… Futnay Party Haru… Tutnay Aasaa haru… Twalla hernay Hami Janata Haru.. Naya Nepal!!!!!
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु हाम्रो देसमा सबै नेताहरु मिलेर हामी सिधा गरिब जनताहरु लाई खेलाई रहेका छन् यिनी हरुको कुरा मा लाग्यो भने देस खरानी बनाऊ छन् हामी आफै ले बुज्नु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
यो त देखाबटी भयो ।मेरो विचारमा प्रचन्ड गिरिजा बाबु परलोक कहिले पुग्लान र मेरो पालो आउँला भनेर अरुको बिश्वास मा नपरेर आँफै सिङ्गापुर हेर्न गए जस्तो छ ।
मन परे हरियो, नपरे रातो
0
0
maro tarpha bata SURUMA SABYLAI NAMASKAR DESPREMKO NATATALA MAKEE BHANNA CHHANCHHU BHANA YEE PURANA NATAJATI CHhan jati chhan yee sabylai judy jalau na ……………….. hame soja janta andolan ma marne matra ho … jaba sammma hamela yeee purana neta jasty girija,,,,, parchandra …………….ra kp oli jhalanath khanal lai jun dun judy jalinchha tai din matra des ko sorup paribartan hunchha……
मन परे हरियो, नपरे रातो
0
0
यो कुरामा भारतको के विचार छ?? जसले जे भने पनि, उनीहरु बिना देशमा कोइ एक डेक चल्दैनन् |
-नेपालमा भारतको प्रभाब कम गर्न, सबै पार्टीको कार्यगत एकता हुनु पर्छ | पहिले भनेको जस्तो १५-२० बर्ष सम्म मिलेर जानु नै देश र देशबासीको लागि उपयुक्त हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
अनि अर्को कुरा, यसरि माओ-बादी क “सर्ब मान्य, सर्बोच्च, वाई-श्याल क हृदय सम्राट श्री पुष्प कमल दाहाल बजे, १ नम्बरको घुश्या, नैतिक पतंकारी, लाउडा र अनेक काण्ड अनि देश लैनै आजको गति मा पुर्याउने देशद्रोही कहलाएको गिरिजालाइ त्यो पनि माओ-बादीले आफ्नो स्वप्न देश बनाएको सिंगापुरमा भेट्न गएकोमा हाम्रा बामपन्थी साथीहरुलाई कस्तो लागेछा कुन्नि? आखिरमा त जहाँ जहाँ मासु र भात मिल्छ (राजनैतिक सर्बोच्चता) त्यै त्यै जाने त रैछन नि जो सुकै पनि होइन र,पुष्प,मदनमान, शशांग, लुना जी अनि अन्य माओ-का समर्थक्जी हरु? केहि यस्सो कोर्न र भन्न मन छ कि यसबारे?
मन परे हरियो, नपरे रातो
0
0
अनि अर्को कुरा, यसरि माओ-बादी क “सर्ब मान्य, सर्बोच्च, वाई-श्याल क हृदय सम्राट श्री पुष्प कमल दाहाल बाजे, १ नम्बरको घुश्या, नैतिक पतंकारी, लाउडा र अनेक काण्ड अनि देश लैनै आजको गति मा पुर्याउने देशद्रोही कहलाएको गिरिजा, बाहुन लाइ, त्यो पनि माओ-बादीले आफ्नो स्वप्न देश बनाएको सिंगापुरमा भेट्न गएकोमा हाम्रा बामपन्थी साथीहरुलाई कस्तो लागेछा कुन्नि? आखिरमा त जहाँ जहाँ मासु र भात मिल्छ (राजनैतिक सर्बोच्चता) त्यै त्यै जाने त रैछन नि जो सुकै पनि होइन र,पुष्प,मदनमान, शशांग, लुना जी अनि अन्य माओ-का समर्थक्जी हरु? केहि यस्सो कोर्न र भन्न मन छ कि यसबारे?
मन परे हरियो, नपरे रातो
0
0
हात्ती आयो हात्ती आयो फुस्सा , आफ्नै देस्भित्र पनि त दिन दिनै भेट भएकै त थियो नि यो देखौना र बढी पपुलर हुन नाटक गर्छन . बाहिरी देस को चासो आफूतिर तान्ने प्रयास
मन परे हरियो, नपरे रातो
0
0
हात्ती आयो हात्ती आयो फुस्सा , आफ्नै देस्भित्र पनि त दिन दिनै भेट भएकै त थियो नि यो देखौना र बढी पपुलर हुन नाटक गर्छन .
मन परे हरियो, नपरे रातो
0
0
भिम जी,
गिरिजा बाबु लाई पो देस मा भेट हुन्छ | एस डी मुनि लाई कहाँ देसमा भेट हुन्छ? गिरिजा बाबु संग को भेट त तपाई हामी लाई देखाउने बहाना मात्र त हो|
मन परे हरियो, नपरे रातो
0
0
जहाँ गएर भेटे पनि,कुरा गरे पनि खासै फरक त केहि परोइन,यदि उनीहरु देश अनि तपैहामी प्रति बफादार,इमान्दार,र जिम्मेबार रहन्छन भने|तर वार्तालाप लगत्तै पछी दुवै थरिको मुख पूर्व पश्चोम फर्केर आ-आफ्नो लिडे ढिपीमा लागेको देख्दा पो, मन चसक्क दुख्छ|
मन परे हरियो, नपरे रातो
0
0
सारै नराम्रो कुरा/ अब जनताहरु ले यी नेताहरु लै जुट को मल लागेर गधामा बसेर परिकारमा गराउनु पर्छा. साला चोरहरु लाई.
मन परे हरियो, नपरे रातो
0
0
चाडै प्रदर्शन हुदैछ नया नौटंकी, हेर्न नभुल्नु होला (नहेरी सुखी छैन)
मुख्य पात्रहरु: गिरिजा, प्रचण्ड,सुजाता र कोइराला परिवार
खलपात्रहरू: माकुने र उनको भजन मण्डली
हास्य पात्रहरु: नरहरी, गगन ब्रो
निर्देशक: मुनिजी
कथाको सार: अस्ति इंडिया जानु अघि नै उप-प्रम नदेको होइन त, लौ kha!!! निर्णय लिनु को लागि केन्द्रीय समितिसंग सर-सल्लाह गर्नु पर्ने रे? ल़ा तेरो समिति !!
मन परे हरियो, नपरे रातो
0
0
यसको मतलब गिरिजा नभई नहुने जस्तो कुरा भयो होइन प्रचण्डलाई पनि केहि कतै उभो नलाग्ने देखेर प्रचण्ड गिरिजाको खुट्टा ढोग्न गएको रहेछ थुइक्क अरु सबै मरिसके कि के हो गिरिजाकै सल्लाह चाहिने हु ………….
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कुरा …देशमा सान्ति र बिकाशको दिन कहिले आउला…..यी नेता भन्ने पशु हरुले बिदेसी को गुलामी गर्न कहिले छोड्ला ……जय देस ……
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कुरा …देशमा सान्ति र बिकाशको दिन कहिले आउला…..यी नेता भन्ने पशु हरुले बिदेसी को गुलामी गर्न कहिले छोड्ला ……जय देस ……
मन परे हरियो, नपरे रातो
0
0
जे जस्तो भय पनि देशमा सान्ति आउनु पर्यो ,,,जनता ले दुख पाउनु भयन ,,,,,
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा : कमरेड यी त भय मिडिया मा आउने कुरा अब तपाई संग भित्रि कुरा गरुन |
प्रचण्ड : हुन्छ नि गिरिजा बाबु| यो त मेरो बानिनै हो नि |
गिरिजा: हो नि ! यो कुरा त टेप काण्डबाट नै हामी सबै लाई थाहा छ नि |
प्रचण्ड : ( हास्दै ..) यो त हामी सबै राजनीति गर्ने हरु को बनि नै हो नि?
गिरिजा: अब बीच को बाटो को कुरा गरौ न? म संग अलिक समय कम छ|
प्रचण्ड: तेही त मेरो बीचको बाटो भनेको रामबरण लाई राजिनामा दिन लगाऊ अनि तेस मा गिरिजा बाबु आसिन हुनु पर्यो|
गिरिजा: फेरी धोखा दिने त हैन नि?
प्रचण्ड: अब हुन्न| माधब ले धेरै बिदेसी प्रभुको कुरा सुन्न लागे| मलाई थाहा छ तपाई को पनि कुरा सुन्न छोडे रे | मेरो त तपाई नै हो प्रभु तेत्रो जंगल बाट बालुवाटार यो सबै तपाई कै देन त हो बाबु| अनि गिरिजा बाबु तपाई रास्ट्रपति भय पछि म प्रधानमन्त्री नि|
गिरिजा : हो नि माधब लाई मेरो भन्दा सुद प्यारो हुन लागेछ | ल ल तपाई को बीच बाटो ठिक छ तर यौटा कुरा तपाई प्रधानमन्त्री भय पछि सुजाता लाई उप नि| फेरी हरुवा न भन्नु नि ? माधब पो २ ठाम बाट हारेका हुन्नी मेरी छोरी त १ ठाम बाट पो हारेकी|
प्रचण्ड : गिरिजा बाबु फेरी रामचन्द्र ले निउ खोज्लान्नी |
गिरिजा : त्यो बाहुन लाई मा ठिक परिहल्छु नि| अस्ति देख्नु भयन मैले कसरि सुजाता लाई उप बनाय|
प्रचण्ड: ल त गिरिजा बाबु म फेरी एस दि मुनि का जानु छ यो हाम्रो ग्रान्ड बार्ता सोउथ ब्लक लाई पुराउनु पर्यो नि |
गिरिजा: ल ल छिटो छिटो गर्नुस म संग समय कम छ……………
मन परे हरियो, नपरे रातो
0
0
यो पनि दामी छ
मन परे हरियो, नपरे रातो
0
0
नेपालको राजनीति खोइ के हो के हो? बुझ्नै गारो|
मन परे हरियो, नपरे रातो
0
0
त्यस पछी
पर्चन्ड > गिरिजा ज्यु माधव लाई हटाउ है
गिरिजा> होइन अहिले हटाउन हुँदैन फेरी अर्को को पि एम हुन्छ र बाबुराम ??
पर्चन्ड > बाबुराम भन्दा त तपाईं कै कन्या नै उपयुक्त होला कि ? कि तपाईं आँफै ?
गिरिजा >म अली सोच्छु सुजाता पर्ती पार्टी नै ।।।।।।।।।।।।छ त पर्चन्ड जि
पर्चन्ड >>माधब नहटे त नागरिक सर्बोच्चता नै भयन नि
गिरिजा > के केपी ओली लाई ल्याउने त ???
पर्चन्ड >किन कुरा बिगारनुहुन्छ गिरिजाबाबु बरु राम चन्द्र हुन्नर ?
गीरिजा >तपाईं को लागि बाबुराम र मेरो लागि त्यो राम चन्द्रे मुटुका किला समान हुन भन्ने जान्दा जान्दै >>>
पर्चन्ड >त्यसो भय नेपाल मा महिला पि एम बनाउन त
गीरिजा >छोरी लाई सभापति बनाउकी पहिले भनेर पो नत्र माकुने बनाउदा सुजाता लाई नसक्ने कहाँ होर ?
पर्चन्ड > सिता पनि त छन पि एम बन्न
गीरिजा >को सिता ???बिद्या भनेको कि आराजु कुरा बुझिन
पर्चन्ड > मेरी सिता प्रकाश को मम्मी
गीरिजा >कहा हुनु चलाऊन पनि सक्नु पर्यो नि फेरी साम्सद पनि होइन कि हो ?
पर्चन्ड > साम्सद ।माकुने हुने तपाईं कि छोरी हुने मेरी सिता लाई साम्सद हुनु पर्ने त्यसो हो भने नागरिक सर्बोच्चता को आन्दोलन नरोकिने भयो गीरिजा > बिदेस ले पनि त विश्वाश गर्न पर्यो नि
पर्चन्ड > हामी त बिदेसी पर्भु को बिरोधि
गीरिजा > त्यसो हो भने किन नेपाल मै कुरा नगरेर सिङापुर आउनु भयको ?????यहा को भेट कस्ले मिलाइदियो ???थाहा नै त होला
पर्चन्ड > यही त हो गीरिजा बाबु राजनीति हात्ती को खाने दात र देखाउने दात भनेको
गीरिजा > मैले कुरा बुझिन >??
पर्चन्ड >जस्तै बिदेसी सामु नझुक्नु भनेको नागरिक सर्बोच्चता भनेको सबै देखाउने दात त हुन नि खास त सत्ता चाहियको छ
गीरिजा >अबिश्वास देखाउनुस सत्ता लिनुहोस् नत
पर्चन्ड >के गर्नु बिदेसी लाई त तपाईं ले मनाउनु होला तर हाम्रो पार्टिमा अध्यक्ष ले सरकार को नेत्रित्व नगरने सहमति बनाय म त्यस मा पो चिन्तित छु बाबुरेछ नि त्यसलाई आन्दोलन को जिम्मा दियर गिराउन खोजे तर गोर्खे न पर्यो नसकिने भयो
गीरिजा > गोर्खे लाई त्यहाँ लगाउन स्याङ्जाली ले त सक्देन भन्छन झापाली नै चाहिन्छ त्यही के ओ लि
पर्चन्ड > भो गीरिजा बाबु बिदेसी सामु नझुकौ जे छ नेपाल मै कुरा गराउला
गीरिजा > मलाई पनि डाक्टर ले नबोल्नु भनेका छन म बिरामी भय अक्सिजन देउ न छोरी
समाप्त
मन परे हरियो, नपरे रातो
0
0
दामी कमेन्ट रामचन्द्रजी
मन परे हरियो, नपरे रातो
0
0
प्रचान्द्रले गिरिजालाई सिंगापुरमा भेटे भनेर थाहा पाए पछी को फोन बार्ता:
गिरिजा: हेल्लो को बोल्या?
माकुने: म माधव, गिरिजा बाबु,
गिरिजा: किन एती राति सुति सक्या म/
माकुने: अलि चिन्ता लाग्यो, हजुरको र प्रचान्द्रको बिचमा सहमति भयो सुने/
गिरिजा: तपाईं कुरै नबुझ्ने, टेर्दै नटेर्ने अनि के गर्नेत?
माकुने: होयिन गिरिजा बाबु मैले के मानिन हजुरको कुरा, ऋषिलाई हजुरको मान्छे भनि छुतायेकै हो, सुजाता लाई उप प्रधान मन्त्रि बना भन्नु भयो बनाएकै थिएँ, अब हजुरकै भाषामा मिलाएरै मैले प्रचान्द्रको माग असंबैधानिक र रात्रपतिको निर्णय संबैधानिक भनेर बोल्दै आएकै हुन्, अरु पनि कुनै कुरा भए हजुरको कुरो मानि हाल्ने मान्छे म/
गिरिजा: ती सबै झिना मसिना कुरा भए माधव, म अब येत्रो उमेरको भई सके सरिर पनि कम्जोर हुँदै गई सके तिमित प्रधान मन्त्रि भए अब म के येतिकै बस्ने मेरो कुरो खै तिमीले बुझे? तिमीले रास्त्र्पतिको कुरो बैधानिक भन्दै जता पायो उता बोल्दै गरे बात मलाई अप्ठ्यारो पर्यो नि?
माधव: गिरिजा बाबु मैले हजुरको कुरो बुझिन के भन्नु भएको हो?
गिरिजा: तेहित भनेनी हेर तिमीलाई प्रधान मन्त्रि बनाउने म प्रचान्द्र लाई पनि म प्रधान मन्त्रि भन्दा उभो लाग्न मैलेनै रोकेको, त्यो राम बरण लाई रास्ट्रपति बनाएको पनि मैले, अब सबैले पालो भोगे कसैले मेरो बारेमा पनि सोच्नु पर्यो नि/
माधव: हजुर्नै मेरो सबै पालनहार भनि मान्दै आएकै छुनी?
गिरिजा:हो मैले नै पालेको तिमीलाई, अब मलाई पनि पाल्नुनी/
माधव:सके जति मिले जति तक्रायेकै छुन, भर्खरै पनि दुई करोड हजुरको उपचार भनि..
गिरिजा: कस्तो स्वाँठ रहेछ, मैले रुपैया ले भनेको छुन र मा सितै छ चाहे जति, तेस्तो दुई करोड जाबो हप्तामै पाउन्छुं/ कस्तो रहेछ खालि पैसा रुपयिया बाहेक नदेख्ने बैंक को खरदारको खरदारै रहेछ/
माधव: (अन्कनाउन्दै गिरिजाको भनाईको अर्थ ठ्याम्मै नबुझेर फेरी सोधे) गिरिजा बाबु म स्पस्ट कुरा राख्छु मेरो सरकार टिकाई राख्न अब मैले के सेवा गर्नु पर्यो सेवकलाई आदेश पाउ/
गिरिजा (झोक्किए): हेर माधव प्रधान मन्त्रि पद चलाउनु त्यो तिम्रो बैंकमा नोट गन्नु होयिन/ मेरो मान को कुरा पनि सोच्नुस/ प्रचान्द्रले म जस्तो व्यक्ति अब घरमा बस्नु भयेन देसको सरकार चलाउन सदन चलाउन आब्स्येक निर्देशन दिन सक्ने पदमा बस्नु पर्यो भन्दै छ तिमि रास्ट्रपति ठिक भन्दै मेरो बाटो बन्द गर्दै छ ल तेही अनुशारको कुरो छिटै मिलाउनु ……(गिरिजाले फोन राखी दिए)
वाल्ल परेको माधव हेलो हेलो गर्दै गरे, अनि संगै बसी रहेको रघुजी पन्तले भने ..’ बुधोत खप्पिस रहेछ उ रास्ट्रपति बन्ने बाटो बना भन्दै छ माधवजी../ माधवले रघुजी को कुरा सुने अनि …. खुयिय्या सास छोडे/
मन परे हरियो, नपरे रातो
0
0
माओबादीको देखाउने दाँत एउटा हुन्छ खाने दाँत अर्कै हुन्छ, वर्तमान सरकारलाइ कसरी ढालेर सत्तामा जाने भन्ने बिषयमा छलफल गर्न सिधै दिल्ली गयो भने जनताको नजरमा बदनाम होइन्छ भनेर प्रचण्ड गिरिजालाई भेटे जस्तो गरेर भारतीय जासुसहरूलाइ भेट्न सिंगापुर गएको हो रे नि त | मान्न पर्छ यी कमरेडहरुलाई, अरुलाई बिदेशीको इशारामा नाच्ने टट्टू भन्छन तर उनीहरु चाँही बिदेशीको खुट्टा ढोग्न जाँदा लाज लाग्दैन | हेर्दै जाउ २-४ दिनमा के के चमत्कार हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
अब बन्लात नया नेपाल हुनत हाम्रा नेता हरुको कुरा मात्रै ठुलो हो
मन परे हरियो, नपरे रातो
0
0
Feeling garnu bhaye6 ramrai 6 k hi nahunu bhanda
मन परे हरियो, नपरे रातो
0
0
god
मन परे हरियो, नपरे रातो
0
0
यो कुराकानी हेर्दा त गिरिजा र प्रचण्ड त बेस्ट फ्रेन्ड्स जस्तो लाग्यो, अनि दुवै जना देशको महा-सुभचिन्तक जस्ता | साच्चिकै यस्तै भई दिएको भए, कति राम्रो हुन्थ्यो होला?
वास्तवमा यिनीहरु त नेपाली राजनीतिको सशक्त खेलाडी पो हुन् त, यिनीहरुले चाहे देशलाई राम्रो तिर मोड्न सक्छन | तर अफसोस नेपालमा देश भन्दा ठुलो पार्टी हुन्छ | यिनीहरुको ध्यान सधै आफ्नो पार्टीलाइ बलियो बनाउने मात्र हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
सबै राजनैतिक पार्टी हरुमा सहमति र सहकार्य को विकल्प छैन | गिर्जा बाउ ले जीवन को उत्तरार्धमा शान्ति प्रक्रिया लै तार्किक निष्कर्समा पुराएमा नेपाल आमाले यसभन्दा आगाडी गिर्जाले गरेका गल्ति को क्षमा दिनेछिं भन्ने यो पुर्बेलिलाई लागेको छ है साथिहो |
मन परे हरियो, नपरे रातो
0
0
“मार्क्स बाद ले हो पनि भंछ होइन पनि भंछ; मैले जे गर्यो त्यो क्रान्तिकारी भंछ म इतर को अरु जसले जे गरे पनि त्यो सामंती भंछ; अहिले गिरिजा र बिदेशी प्रभु को ***** कन्यायेरा कही झर्छ की र आफु प्रधान मंत्री हुन पाइन्छ की भनेर गरेको प्रयास क्रांतिकारी प्रयास हो; नागरिक सर्वोच्चता भनेको यही हो, मार्क्स बाद ले यही भनेको छ” यो महान वाणी सुनेर मंडले कुण्डले हरु भक्तिले गद गद हुदै ताली पिटछन
मन परे हरियो, नपरे रातो
0
0
प्रजातंत्र का खेल बड़ा अजीव है
कल्ह तक जो दुश्मन रहे आज देखो करीब है
अपने ही बातों को काटने का यह खेल कैसा
नैतिकता की दुहाई दे के अनैतिक्तायों का यह मेल ऐसा
चाहे कुछ भी हो जाये , कुर्सी तो मिलनी चाहिए
हर इमान को बेच लेंगे , कयुकी लाल बती तो मिलनी चाहिए
कितनी भी गाली दे लो
लेकिन कुर्सी छोड़ने को मत बोलो
इतना ही बस चाह है , बांकी सब तो खेल है
कैसे समझाए हम स्वार्थ का यह कैसा मेल है
चाहे जनता हमें नकारे , बार बार हमे दुत्कारे
लाज हम को आती नहीं , कयुकी करना है अपना बारेन्यारे
किस बात का हम को चिंता अब
प्रधानमंत्री तो बन गए है जब
कुर्सी पर जन्मसिद्ध अधिकार हमारी
उस के बाद तो हमारे पीछे है दुनिया सारी
मन परे हरियो, नपरे रातो
0
0
मैले आज मात्र तिम्लाई सम्झे को छु .
हिजो पनि तिमीलाई नै रोजेको थिए
मेरा हर शाश मा तिमि छौ
हर आश मा तिमि नै
शब्द हरु मा म भनु कसरी
आँखा को भाषा त बुझी देउ
मुटु का स्पन्दन हरु लाई सम्झी देउ
मेरो माया र स्नेह को प्रबाह
म शब्द हरु मा राखु कसरि
मेरो भावना लाई म पोखु कसरि
हिजो को नै कुरा हो जस्तो
पैला पैला संगै डुले थिऔ हामी
फेरी आज यो कस्तो दुरी
के छ यस्तो मज्बूरी
फेरी तिमि मलाई आइ समाउ
संगै हामी प्रेम का गीत पनि गाउँ
कस्तो नमिठो भएको छ यो मन
आफु आफु बीच को लडाइमा रोएको छ यो मन
मैले आज मात्र सम्झे को छु तिम्लाई
कहाँ छौ मेरो घर को मेरो देश को शान्ति तिमि
पर्खाई भयो धेरै अब त आउ तिमि
मन परे हरियो, नपरे रातो
0
0
सुजित ठाकुरजी
अति राम्रो र सबै देस बाशिहरुलाई मिलेर बस्न आह्वान गर्नु भयो/ सबैले तेस्तै सोच्न तपाईंको ले प्रोशासन गरुन/
मन परे हरियो, नपरे रातो
0
0
नराम्रो कुरा के हि भए जस्तो त लाग्दैन? तेसै नेता खराब नेता खराब भन्दै हुदैन, यिनै नेपाली जनताहरु बीचबाट आएका जनता क छोरा त हुन् नि नेता पनि | नेपालका न त नेता ठिक छन् न त जनता नही ठिक छन्
जनता नेता कसैको पनि सामान्य स्तरको समझ नभएको ले यो समस्या आएको हो नेपाल ma
मन परे हरियो, नपरे रातो
0
0
नेता हरु सधै दिल्ली धाउनी राजनीतिक परम्परा मा क्रमभंगता गर्दै सिंगापुरमा बार्ता भएको छ , यसले वर्तमान जटिल परिस्थिति को राजनीतिक गाठो फुकाउन सक्यो भनि राम्रै हुन्छा ,सबैले कामना गरोम”
मन परे हरियो, नपरे रातो
0
0
हाम्रा सम्पूर्ण नेताहरु दुई जिब्रा भएका छन् नत्र किन काम र कुरा बेग्लाबेग्ल्लाई गर्छन
के द हेग मा युद्ध आपरध को मुद्धा लगाउन मिल्दैन र ?
मन परे हरियो, नपरे रातो
0
0
यसलाई सकारात्मक रुपमा लिउ, तर आज सम्म भएका कुराबाट के नै निस्कर्स निस्केको छ र? कामना गरु यौ
नाटक को अर्को अंस यहाबाट सुरु भएको हैन
यिनले जनता को अबसेकता के छ भनेर कहिले सोचेर तेता तिर कम गर्ने हुन्
संबिधान जरुरि छ, तर देशमा शान्ति, भोक, कपडा र बास र जनता ले निर्धक्क भएर आ -आफ्नो कम गर्न पाउनु, आवत जावत गर्न पाउनु त्यो भन्दा पहिलो अबसेकता हो नि
लौ फेरी पर्खौ, अब कसको सत्तामा जाने र दुरुपयोग गर्ने चाल हो
मन परे हरियो, नपरे रातो
0
0
बारम्बार म भन्छु … गिरिजा बिना प्रचण्ड ले सिन्को पनि भाच्न सक्दैनन् ,
प्रचण्ड को प्रभु= गिरिजा नै हो म फेरी भन्छु.
जे भय पनि गतिरोध को अन्त गर्ने प्रयास राम्रै छ. गिरिजा संग एउटा कुरा गर्ने अनि कार्यकर्ता भडकाउने गर्न भयन.
वाई- श्याल लाई सडक मा जति नाचाय पनि हुन्छा.
मन परे हरियो, नपरे रातो
0
0
तपाई हरु बिदेस मा गएर नेपाल को बारेमा सम्ज्य्हुता गर्नु हुन्छ अज् होस्पिटल मा बिरामी वयेको बेलामा त्यो पनि ठिकै हो बल्ल बुद्दी अयेचा तापी हरुको, चाडो देस र सम्बिदान को बारेमा सोच्नुस नवये नेपाली जनता ले माफी दिने छैनन् तपाई जस्ता नेता हरु लै.
लक्ष्मन् पाण्डे मद्रिड स्पेन बाट.
मन परे हरियो, नपरे रातो
0
0
तपाई हरु बिदेस मा गएर नेपाल को बारेमा सम्ज्य्हुता गर्नु हुन्छ अज् होस्पिटल मा बिरामी वयेको बेलामा त्यो पनि ठिकै हो बल्ल बुद्दी अयेचा तापी हरुको, चाडो देस र सम्बिदान को बारेमा सोच्नुस नवये नेपाली जनता ले माफी दिने छैनन् तपाई जस्ता नेता हरु लै.
लक्ष्मन् पाण्डे मद्रिड स्पेन बाट.
मन परे हरियो, नपरे रातो
1
0
oh ho hamro neyta harulay pani desko pir garchan ra?
मन परे हरियो, नपरे रातो
0
0
स्वदेशी प्रभु को बेदेशी भेट ..
मन परे हरियो, नपरे रातो
0
0
nepal ko rajniti yestai ho purkhau dekhi ok bye
मन परे हरियो, नपरे रातो
0
0