-लारा राई/बेलायत-
सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या त चुरोट सल्काउन पर्ने हुन्छ कि भने, चुरोटको खिली समात्ने र्अौलाहरुलाई कि-बोर्डमा नचाउनुपर्ने हुन्छ ।
खास नियमबद्धतामा बाँधिएको भन्दा बेगल यो एक टुक्रा साँझ । स्व. नारायण गोपालका कालजयी गितसँगै मार्लबोरो रेडको धुँवाभित्र गहिरिंदै छ । छेवैको साइड टेबलमा ह्विस्कीको आधा पेग ग्लास यथावत छ ।
सुमधुर गीत वातावरणमा उस्तै गुन्जिरहेछ -
केही मिठो बात गर……रात त्यसै ढल्किंदैछ
भरे फेरि एकान्तमा, रुनु त छँदैछ………………
भाषा । शब्दको मर्म नबुझे पछि कस्को के लाग्छ ! रक्तवर्ण गुलाफको फूलजस्तै रक्तिम लालिमा गोरो गालाभरि सोह्रॊरेर उ सोफामा बसिरहेकी छे । कालजयी नेपाली गितको शब्द तथा मर्मले उसलाई कति पनि छुदैन । उसको गल्ति पनि होईन। दुई विपरित ध्रुव र संस्कारको भिन्नता । सिगरेटको लामो कससँगै मैले उसको अनुहार नियालें । निधार खुम्च्याउँदै खै के के गर्दै थिई । खुम्चिन्दैं गरेको त्यो धसा्रहरुभित्र म थिएँ या थिईंन अथवा थिएँ भने-कहाँ कतिसम्म र थिईँन भने-किन थिईँन त ?
उसको मौनतालाई भंग गरेर सोध्न मन लागेन ।
अन्ना-मारिया बेलायत आएको एकवर्ष नबित्दै भेटेकी स्पेनिश युवती । लिभिङ-टु-गेदर पार्टनर । मेरो फ्ल्याटबाट भोलि सरेर अन्त्य कतै जाँदैछे। मैले सोधेको छैन-कहाँ कोसँग किनकी कानुनतः अधिकारभित्र पर्दिन उ । स्वतन्त्र आई । जाँदैछे । आपत्ति जनाईन त्यसैले । आखिर निर्णय पनि उसैले गरेकी हो ।
कुनैपनि कुराको सुनियोजित आरम्भ हुँदैन । नत अन्त्य नै । अन्ना-मारियासँगको भेट अनि सम्बन्ध पनि त्यस्तै हो क्यार ! केहि दिनअघिमात्रै उसले अलिकति पनि अप्ठ्यारो नमानिकन आफ्नो निर्णय जाहेर गरि- “म तिमीबाट अलग हुन चाहन्छु तथापि हामी असल मित्र रहने छौं सधैं ।” भविष्यप्रति कुनै सम्झौताहरु थिएनन् हाम्रा । अतः छुट्टिन्दैछौं भोलि-दुवै ।
नौलो शहरमा अभ्यस्त बन्दै थिएँ । प्रेमको निश्चित भूगोल हुँदैन । जात र जाति हुँदैन । उसको सामिप्यतालाई सजिलै स्विकारें । कारण, रिक्तता भोग्नु पनि साह्रै असहज हुँदोरहेछ । अझ लोग्ने मान्छेको जातलाई । बिना उद्ये्रश्य धेरै रातहरु खुट्टा लर्र्बर्याउँदै घर आएको छु । यो पनि लोग्नेमान्छेको स्वभाव तथा स्वभिमान अरे । त्यसो त, परस्त्रीगमनकारी वा नपुशंक पुरुष, म दुवै होईन । नत भाले हुनुको घमण्ड छ । स्वभाविक तवरले-शारीरिक तथा मानसिक दुवैं संरचना अन्र्तगत दुई परिपक्व वयस्क आपस्तमा एकाकार भएर रहनु अनौंठो घटना पनि रहेन । त्यो अर्थमा दुईवर्षका प्रेमिल साथहरु- सहमतिमा गुजार्यौं । सहमतिमा नै छुट्दैछन् पनि ।
सायद यस्तै होला-पश्चिमा जीवन शैली । सजिलै हाई! सजिलै बाई!
एस्ट्रे भरिएछ चुरोटको ठुट्टाहरुले । जल्दै गएर अन्त्यमा फिल्टरसम्म अडिएर सम्पुर्ण जल्न नसकेको चुरोटको ठुट्टाहजस्तै-म । आफालिन्दै छु सायद यो रात ।
आफैंले आफुलाई घोर भत्सर्ना गरें ।
अन्ना-मारिया,
तिमीसँगको यो रात अन्तिम रात हुनेछ । अभ्यस्त बन्ने छु । दैनिकीहरुसँग । फ्ल्याटको यो भित्ता अनि वातावरणमा बस् तिम्रो उन्मुक्त हाँसोको कमि हुनेछ । अपसोच कति पनि गरिन ।
किनभने अन्ना-मारिया मेरो जीवनको प्रथम युवती थिईन । जस्लाई भुल्न नसकुँ । त्यो अर्थमा के लोग्नेमान्छेको जात साँच्चै कठोर नै हुन्छ त?
कथाको सिलसिला क्रमश :
बकैनाका केहि लश्कर रुखहरुको सिमाना बाहेक माया र मेरो घरको दूरी धेरै टाढा थिएन । हामी छिमेकी थियौं । सँगै खेल्दै हुर्किएको हामीहरु-विशेषतः मेरी बहिनी रमाको प्रिय सखी थिई ।
एकसाँझ, बेपत्तासँग हुर्रिन्दै माया मेरो घर आई । त्यसो त बे-रोकटोक माया सधैं नै मेरो घर आउँछे । अघिल्लो वर्ष मेरी बहिनी रमाको विहे पश्चात् भने आवत्-जावत् अलिक कम गरेकी थिई । लामो श्वास तान्दै भनि- “बुधबार मलाई मान्छेहरु हेर्न आउने’ रे!” जिस्काई रहन्थें सधै । स्वभावतः प्याच्च भन्दिएँ-”अनुहार न दनुवारको कालीलाई कुन आँखा फुटेकोले हेर्न आउन लागेछ नि!” रिसाई । सायद, चित्त दुखाई । अनुहार विगार्दै भनि-तपाईलाईजस्तो आँखामा मोतिविन्दू लाग्या छैनन् यो संसारमा सबैलाई। “नजिकको देवी तपाईलाई पो ढुंगा बराबर ।”
सानैदेखि चिढाउने गर्थे । आज पनि चिड्याउदै भने-”ऐना हेरेको छस् काली, आफैंलाई देवी रे!” झोंक्किन्दै आँखाभुईँ खुम्च्याउँदै आँसु बटुलेर-तपाईसँग त कुरा गर्न ब्यर्थै छ जिद्धि! जुरुक्क कुर्सिबाट उठि । त्यसपछि केहि भन्न नपाउँदै- फन्केर कोठाबाट फटाफट बाहिरिई । झ्यालबाट हेरें । माया जसरी अघि बेपत्तासँग हुर्रिन्दै आएकी थिई, उसैगरि बकैनाको रुखहरु छिचोल्दै बेपत्तासँगले झिसमिसे साँझमा ओझेल भई ।
पूर्वानुमान विल्कलै थिएन । बर्षौ पछि मायालाई पुनः भेट्ने छु ।
एक दशक पश्चात् अचानक प्रकट भई माया । झस्कें । सहज अवस्थामा नै थिई उ । तर, आफूलाई भने असहज महसुस गर्दै थिएँ म । कस्तो अनौंठो ! सधैं मैले उस्लाई चिढाउने गर्थें । लाग्यो-मायाले चिढाईरहेकी छे मलाई आज । किनकी माया भन्दै थिई-तपाईसित एकपटक भेट्ने मेरो धोको थियो । आज संयोगले संभव भयो ।
मायाले सत्य भनेकी हो-जिद्धि! नै हुँ म । उसको मंगनी हुँदैछ भन्ने त्यत्रो बयान आफैंले दिएर गई माया त्यो साँझ । तर मैले उसको आसयलाई बुझ पचाईदिएँ । दिउँसो नै बरण्डामा घाम ताप्दै आमासँग क्याप्टेनी छेमाले मायालाई केटा हेर्न आउँदैछ भन्ने समाचार सुनाउँदै हुनुहुन्थ्यो । सबै थाहा भएर नै, मैले थाहा नपाएजस्तो गर्दैथिएँ ।
अनुमान थियो पहिल्यै- माया अडिग रहन सक्लि र ? आउँछे त्यो पक्कै । पेटमा कुरा पच्दैन त्यसको । नभन्दै माया आई । आफ्नै मंगनीको समाचार सुनाएर गई पनि । रातभर निद्रा बेपत्ता भागिदियो । यस्तरी त निंदहरु सजिलै नाबिच्किनु पर्ने। रातहरु- अनिंदा रहे। निक्कै लामो समयसम्म।
अचानक । पत्याउनै गाहो ! त्यहि मायालाई-अघिल्लो हप्ता वृहत प्रवासी (बेलायत) नेपाली भेटघाट कार्यक्रममा भेटें। सुखद संयोग मानिदिए हुन्न त्यो भेटलाई ? उस्तै रहिछे । कति पनि फरक देखिन । अप्ठ्यारो नमानि भन्दैथिई- आफूलाई सचेत युवती संझिन्छु । त्यो अर्थमा- मैले तपाईलाई मेरो मनको कुरा पोखें हुँला । कस्तो शरम लागिरहेछ अहिले पो । आफ्नो विहेको कुरा पनि आफैं भन्ने । तपाईले के संझनु भो होला भनेर पछिसम्म लाज लागिर्यो । सायद म भ्रममा थिएँ…………मलाई लाग्थ्यो तपाईले पनि मलाई……………।
भैगो! वितेका कुराहरु । प्रसंग अन्त्यै मोडियो । वरिपरी मान्छेको घुइंचो। त्यसपछि, प्रतिक्रियाबिहिन गई- कुन्नि! त्यो भिडभित्र कता हराई । त्यो रात पनि मैले निक्कै असफल निदाउने प्रयास गरें ।
किनकी, वर्षौं मनभित्र गुम्सिएको तिक्ततालाई चिच्याएर आज, म ओकल्न चाहन्थें- भ्रम होईन माया सबै सत्य थियो । त्यो बेचैन अनिंदा रातहरु। सबै सत्य थियो । म सुनाउन चाहन्थें यर्थातः विहेको दिनसम्म धेरै साहसहरु बटुले । भनिन्छ–प्रेममा मान्छे कोसौं दूरीको यात्रा तय गर्छन् । बकैनाका जाबो रुखहरुका सिमानालाई पार गर्ने हिम्मत गर्न सकिन मैले । कायर भएँ । पूर्वानुमान विल्कलै थिएन । अचानक तिम्रो चट मंगनी, पट विहे । हेर्दाहेर्द तिम्रो विहेको लश्कर मेरै आँगनबाट गयो । अनुमान गर्न सक्तिनौ………। छोरा मान्छे हुनुकॊ सामाजिक मान्यता तथा नियति ! तिमीजस्तो रुँदै विदा हुन सकिन। आफैंदेखि सायद । आजसम्म पनि । बरु असल छिमेकी भएर टुलटुलु हेर्दै तिम्रो विहेमा सघाएँ । थाकें त्यो दिनभर दुवै शारीरिक तथा मानसिक द्वन्दले । तैपनि निदाउन सकिन । कसैको अंगालोभित्र तिमीलाई कल्पना गरें हुँला । नालायकीपन । आफैंभित्रको बैचनीले निदाउन सकिन ।
कति क्रुर तथा पींडादायी क्षणहरु थिए, ती मेरा लागि ।
मायाको विहे लगत्तै मैले धरान छोडें । त्यसपछिका दिनहरुमा मायासँग मेरो भेट हुन सकेको थिएन । बहिनीले सुनाउँथि, मायाको आदि/ईत्यादि । अनुमान गर्न सक्थें माया र मेरो उपश्थिति रमालाई खुबै रमाईलो लाग्थ्यो । हामी तीनजनाले धेरैपटक सँगै भानुचौकको गणेश टाकिजमा सिनेमा हेरिसकेपछि सँगै आडैमा रहेको मारवाडी बासामा छोला-भटोरा खाएका थियौं । बजेट पर्याप्त भए-मःम थुक्पा बुना दिदीको फेमस थुक्पा रेस्टुरेन्टमा । एकप्रकारले मेरी बहिनी मेरी ‘हमराज’ थिई । मॆरी बहिनीले हामी दुवैलाई राम्ररी बुझेकी थिई । र मेरो अन्र्तमुखी स्वभावलाई पनि ।
आमालाई भने अपसोच छ । छोराको उमेर ढल्कन लाग्यो । विहे गर्न मनस्थितिमा अझै छैन । जात र खानदान भन्दा पनि विहेमात्र गरे हुन्थ्यो छोराले भन्ने आमाको हार्दिक चाहनालाई मैले राम्ररी बुझेको पनि छु । त्यसो त सबै दौंतरीको विहे सत/प्रतिशत सफल भएको मान्दिन म । वैवाहिक जिम्मेवारीबाट भाग्न खोजेको पनि होईन । दिक्दार लाग्दो सत्य । विहे खास किन र कस्का लागि गर्ने ? अथवा, उमेरको कुन हदबन्दीभित्र- कहिलेसम्म गर्ने ? गणना गर्या छैन ।
दुइएक सालभित्र मेरो विहे होला पनि । या, जीवनभर नहोला पनि । दिमाग खपाउन चाहन्न अहिले । धराने शैलीमा जिस्काउँछ रमेश-आँच! ब्रो, भित्ता समात्ने उमेरमा विहे गर्ने विचार छ कि, कसो? अथवा, बुढो भएर अशक्त हिड्ने नसक्ने अवस्थामा भन्ने उसको व्यंग्य ।
भयङ्कर ! बिडम्बना ।
यता-
अन्ना-मारिया यतिबेला धमाधम आफ्नो सामान प्याकिंग गर्दैछे । यो सामानहरुसंगै उसले मेरो यादहरु पनि समेटेर लैजान्छे, कि लग्दिन कुन्नि ! भन्न त् हामीले–’सधैं मित्र हुनेछौ’ भनेका छौं ।
माया-अत्यन्तै जतनसाथ हृदयमा सजाएको अर्की युवतीको नाम । नियतिले हृदयमा नै सधैको लागि कैद गरिदियो। यतिका वर्षपश्चात् पनि लागिरहन्छ-”यतिविघ्न मैले किन उसलाई प्रेम गरे हुँला?” जोसँग, एकरात गुर्जानुको त के कुरा मैले, हातसम्म समातिन कहिले ।
अचानक यो मोडमा-
प्रेमका यति धेरै विश्लेषणको औचित्य के त ? हुनसक्छ, निरर्थक प्रेमका गफहरु पढेर तपाई आफ्नो समय खेर फालिरहनुभएको छ । यो पनि हुनसक्छ, तपाईहरु मलाई अझै बुझ्न सकिरहनुभएको छैन । बरु यतिबेला कसैले मलाई बुझ्न सक्छ भने केवल-मेरी प्रिय बहिनी रमाले बुझ्न सक्छे–
Nani,
Loneliness is a curse but to be alone is bliss, I am lonely in a bunch of people and, when I am alone, I am with you because, you know the reason- why?
बिनानिम्तो, रातहरुले बल्झाउँछन् पींडाहरु ।
प्रिय सम्बोधन!
शारीरिक आर्कषण/दैहिक सुखभन्दा भावनात्मक सामिप्यताको कत्रो महत्व या भनुँ, अलौकिक अनुभूति हुँदोरहेछ ।
समाप्त
No related posts.









मलाई वुझ्न सक्छु एक्लो हुदाको पिडा म नी यस्तै तवर ले दिन विताई रहे छु ऽऽऽ
मन परे हरियो, नपरे रातो
1
0
Lara ji, ramro laagyo. lekhdai garnu hola.
Devdas Pata Magar
Deurali-4 नवलपरासी, Nepal.
मन परे हरियो, नपरे रातो
0
0
very nicely expressed.
मन परे हरियो, नपरे रातो
0
0
HI! Lara jee
Excellent. When I was reading the text actually I also remembered my dear brother, who is my dear friend too.
Really beautiful story, first time I am reading you but I became your fan, please keep it up, share more and more.
One more thing is we are being out of country thats ways also it touched our heart, might be sometimes we are also having such kind of complexity……
life and love….life and tragedy ….
मन परे हरियो, नपरे रातो
0
0
लारा जी,
कथाको उठान एकदम राम्रो लाग्यो । मैले पनि कती Jennifer, menuka को मत्मतैलो अत्तर सुघियो, तै पनि अझै गहतेरीको ठुल्कान्छीको आमिलो पसिना को गन्ध भुल्न सक्या छैन । जती pizza , KFC खाए पनि गाउँको गुन्द्रुक्को याद कसरी मेटाउन सकिन्छ र ?
-घैटे
मन परे हरियो, नपरे रातो
0
0
उत्तम
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लग्यो लारा जी को लेख katha हरु nai राम्रो !!!
मन परे हरियो, नपरे रातो
0
0
कथा आ- आफ्नै र उस्तै उस्तै पनि , एउटा न एउटा यस्तै कथा नभयको मान्छे को हुन्छ र कथा ले बिगत लै सम्झायाको छ प्रस्तुतीकरण राम्रो छ र बिसयाबस्तु पनि
मन परे हरियो, नपरे रातो
0
0
गजब !!!!
वाक्य संम्रचनामा नौलोपन लागिरहेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
माया तिम्रो म तिम्रो…
चोखो माया छ हाम्रो….. सधैं सधैंलाई
भुली गये पाप लाग्ला… हो हो …
भुली गये पाप लाग्ला ..
—-भये जस्तो छ अरु केही हैन -लारा !!!
मन परे हरियो, नपरे रातो
0
0
जे होस् साथीहरु हो मलाई यो कथा सारै राम्रो लग्यो ! के गर्नु विदेश मा बस्दा र आफ्नो देश को हालत र नेताहरुको बानि हेर्दा निकै रिश त उठछ के गर्नु खै विदेश बाट ?
मन परे हरियो, नपरे रातो
0
0
Past memories are always sweet, whether they are bitter or sweet.
मन परे हरियो, नपरे रातो
0
0
Thank you lara ji, phari pani ramro lekh ko lagi.
Tapain ka lekh haru naramra ta kaha hun6n ra. Yasailai aaghadi badhaudai janu hola.
Lebanon
मन परे हरियो, नपरे रातो
0
0
लारा बहिनि तपाई एउटा महिला भएर पुरुषको मनोबिज्ञानलाई केलाएर जुन कथा लेख्नु भएकोछ वास्तविक कथाकारको रुपमा स्थापित हुनु भएकोछ . धेरै पाठक हरु त तपाई पुरुष नै हो भनेर झुक्किनु भएकोछा . यसैले नै तपाइको कथाकरिताको कलाको पुष्टि गर्छा जस्तो लागेकोछ . तपाई लारा भएर नै आफ्नो पहिचान बनाउन सफल हुनु हुन्छ भन्ने बिश्वास भएकोले यहाँ पारिजातको सम्झना आएको कुरा चाही नभनौ कि ?.
मन परे हरियो, नपरे रातो
0
0
कथा राम्रो लाग्यो | कथा काल्पनिक जस्तो लागेन कसै न कसै संग यो संयोग त अवश्य पनि हुदो हो | लेखको लागि लेखकलाइ धन्यवाद |
मन परे हरियो, नपरे रातो
0
0
u did a great job! Lara ji. congratulation
मन परे हरियो, नपरे रातो
0
0
अति उत्तम
मन परे हरियो, नपरे रातो
0
0
सष्ट्रा रानी लारा,
तिम्रो अभाव र पिडाको मलजलमा फूलेको सुन्दर क्रिती कुमुदिनी देख्ता,
लाग्छ,
सधैं यस्तै जीवन बाँच,पाठकहरूका लागि,
न रुक र अझै बढ,
तर हर मौसमी गोधुली साँझ होइन,
सुन्दर बिहानीका लागि ।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो तपाइको लेखन
मन परे हरियो, नपरे रातो
0
0
so many thanks lara jee
excellent & wonderful !!!
मन परे हरियो, नपरे रातो
0
0
लाराजी नमस्कार ! तपाई होंग्कोंग्बता यूके पुगिसक्नु भएको ? बधाई छ तपैजहन भएपनि तपैन्का लेखहरूले मित्रहरूलाई नजिकै बनाइरहनू भएको छ ! यूकेमा पनि होंग्कोंग्मा जस्तै नेपालीहरूलाई लेखको माध्यमबाट घच्घच्याइरहनू होला ! धन्यबाद बिशिश्ठा लेखको लागि ! राम गूरूंग अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
LARA ji dherai ramro !!!
tara tapin ta Mahila ? Purushko Kahani Lakhnu bhayo durustai !!
मन परे हरियो, नपरे रातो
0
0
लारा जी
फरक लोकेशन फरक – फरक नाम
तर भोगाई ऊस्तई – ऊस्तई
धरै राम्रो छ
मन परे हरियो, नपरे रातो
0
0
लाराजि,
क्षणिक शारीरिक सामिप्यताको सुख भन्दा पनि बिना निम्तो रातहरुले बल्झाएका पिडाहरुको अनुभुती लिएर ज्युनु नै सुखद हुन्छ शायद!
फेरी पनि उत्कृष्ट साहित्यिक रचनाको लागि धन्यवाद!
बिनोद तिमिल्सिना,धरान
binod@timilsina.com
मन परे हरियो, नपरे रातो
1
0
anu ji k bhanya ho ni tattono chharo?? kam kura ekatira kumlo boki thimi tira bhane jastai..
Nabin
Iraq,
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो कथा अनि आफ्नै कहानी जे होस् गहिरिएर पढ्दा अत्ति मन छोयेओ अत्ति राम्रो लाघ्येओ आगामी दिन हरुमा पनि पढ्न सकु धन्यबात
मन परे हरियो, नपरे रातो
0
0
Dear Lara, I’m from Bara, you are nikai tada, nahununi chhada. Very Good…
मन परे हरियो, नपरे रातो
0
0
Excellent…!!!
मन परे हरियो, नपरे रातो
0
0
लारा जी जिन्दगी भनेको यस्तै रहेछ आफुले चाहेको सोचेको जस्तो कहिल्यै नहुने तपाइको र मेरो जिन्दगीमा जाँदै उस्तै भएको रहेछ, के गर्नु जसरि पनि जिउनु पर्छ बाच्ने कोसिस गर्नु पर्छ, खुसि रहनु होस् आउने समयेले तपाइको जिन्दगीमा बहर लियाई दिओस,
-राज
हाल इराक फ्लुओर कम्पनी
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद ! लारा जी
मन परे हरियो, नपरे रातो
0
0
लारा जी, कथा असाध्यै राम्रो लाग्यो, यो मात्रै हैन, पूर्व कथाहरु पनि त्यतिकै राम्रा थिय | कथा त आखिर कथा नै हो, यसलाई जसरि लिय पनि, चाहे काल्पनिक होस वा कसैको जीवनसित् आधारित होस् | यहाँ कुरो के सोध्न चाहन्छु भने, म तपाइलाई व्यक्तिगतरुपमा चिने जानेको छैन, कतिपय साथीहरुले कमेन्ट गर्दा तपाइलाई दिदि भनि सम्बोधन गरेका छन्, कसैले बिबाहित अनि २ बच्बचाहरु समेत छन् भनेका छन्, यदि यो कथा तपाइको जीवनसंग आधारित हो भने कथामा त, तपाईले आफुलाई पुरुस पात्रको रुपमा उभ्याउनु भएको छ नि ? के हो त यो ?
मन परे हरियो, नपरे रातो
0
0
मलाई खासमा पुर्नजन्म प्रति विस्वास छैन तर पनि मलाई लाराको लेख पढ्ने वित्तिकै पारिजातको झल्को आउँछ । तर पनि सवैले आफ्नो सवैले पारिजातले दार्जिलिङ्ग छोडेर नेपाल आई नेपाली साहित्यलाई चुल्याउने गरी कृती छोडेर गए जस्तै अरुले पनि गर्ने पर्छ भन्ने छ र ? गरे त हुने हो ।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो अति राम्रो स्टोरी keep it up
मन परे हरियो, नपरे रातो
0
0
हत्तारिका साजन लाराकोता तिमि जत्रै छोरा छोरी छन् के को बिहे गर्ने सल्लाह गर्छु हौ
मन परे हरियो, नपरे रातो
0
0
लारा जी,तपाइको कथा, ब्यय्हाको लेखन शैली राम्रो लाग्यो,वोर्री नगर्नुस अब तपैले छिट्टै बिहे गर्रेरा आफ्नो फमिले लिफे settle गर्नु नै बेस्ट वे बन्नासक्छा तपाइको खुसीको लागि./
मन परे हरियो, नपरे रातो
0
0
साजन कुमार जी लारा दिदीको बिहे मात्र होइन दुइटा बच्चाहरु पनि छन्……………. बहुत राम्रो लाग्यो कथा लेख्दै गर्नुहोला दिदि ………………… हंगकंग बासीले सम्झी रहेकाछन तपाई लाई………………..
मन परे हरियो, नपरे रातो
0
0
लारा दादा
तपाई को यो कथा एकदम मन पर्यो,
मन परे हरियो, नपरे रातो
0
0
कथा राम्रो छ बधाई छ कतः क लागि .
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो कथा आफ्नै व्यथा ……… मन पर्यो.
मन परे हरियो, नपरे रातो
0
0
एकदम दामी छ समाल आफुलाई gindag ho yeauta bhanara
मन परे हरियो, नपरे रातो
0
0
लारा जी बिहे गर्नुस् शान्तिले बाच्नुस् ।
मन परे हरियो, नपरे रातो
0
0
Samaya sanghai sabai kura change hun6 bhaneko jastai,pahila pahila yesto khale lekh bhujhthena aaja 1st time australia aaye pachhi padheko khub ramro lagyo aani jindagi lai bhujhi dai6.
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो दै क्या हो चोट त तपाइलाई पनि लागेको जस्तो छ नि?
मन परे हरियो, नपरे रातो
0
0
मलाइ चाहि त्यति राम्रो लागेन है | ठीकै हो
मन परे हरियो, नपरे रातो
0
0
यो लेख मलाई धेरै राम्रो लाग्यो . येस्तई राम्रा राम्रा लेखहरु लेख्दै जानु. रोबिन
मन परे हरियो, नपरे रातो
0
0
wonderful writing….
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ !!!!!
मन परे हरियो, नपरे रातो
0
0
A one cha article hai didi bhanera sadhe chaina keep it up actually i was waiting this
मन परे हरियो, नपरे रातो
0
0
बुडो चैयेको, अरु केहि हैन!
मन परे हरियो, नपरे रातो
0
0
फरक प्रसग तर थाहपाउदा राम्रो भनेर मात्र :
प्रेसेडेन्सियल स्वीटमा बस्छिन्, भाडामा लेमोजिन कार चढ्छिन्-
बलराम बानियाँ, काठमाडौं मंसिर ६ -आफ्ना पिता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गएकी उपपप्रधान एवं परराष्ट्रमन्त्री सुजाताले सिंगापुरमा विलासी दिनचर्या बिताउन थालेकी छन्।
स्रोतका अनुसार उनी एक सातादेखि पिताको उपचारमा सहयोग गर्नभन्दा विलासी होटल, कार र खानपानमा रमाइरहेकी छन्। कोइरालासँग गएका उनका निजी चिकित्सकद्वय मनबहादुर केसी र जिजुनाथ पोखरेल, भतिजा शेखर कोइराला, स्वकीयसचिव शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनी आफैंले खोजेर सामान्य होटलमा बस्दै आएका छन्। सिंगापुरमा उनीहरूको यातायात खर्चसमेत सामान्य छ।
कोइरालाकी छोरी सुजाता भने ‘उपप्रधानमन्त्रीलाई स्तरीय होटल चाहिन्छ’ भन्दै सिंगापुरको महँगोमध्ये पर्ने डिलक्स होटलमा बस्दै आएकी छन्। उनी डिलक्स होटलको पनि महँगो कक्ष ‘प्रेसिडेन्सियल स्वीट’ मा बस्दै आएकी छन्।
सुजाता दैनिक १४ सय अमेरिकी डलर (१ लाख ५ हजार रुपैयाँ) पर्ने स्वीटमा बसेको जानकारी परराष्ट्र मन्त्रालयबाट पाएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले सुरुमा त पत्याउँदै पत्याएनन्। त्यो सत्य भएको थाहा पाएपछि भने उनीहरू झस्किए।
होटलमात्र होइन, सुजाताले भाडामा लिएको कारसमेत अत्यन्त विलासी छ। उनले संसारमै महँगोमध्ये पर्ने लेमोजिन कार भाडामा लिएर चढ्दै आएकी छन्। तत्कालीन राजा ज्ञानेन्द्रले शाहीकालमा रोयल्स रोयस र लेमोजिन कार झिकाउँदा विवादमा परेका थिए। उक्त लेमोजिन कार हाल राष्ट्रपति रामवरण यादवले चढ्छन्।
सुजाताले सात दिनदेखि भाडामा चढिरहेको लेमोजिन कारको दैनिक भाडा २ हजार सिंगापुर डलर (करिब २ लाख रुपैयाँ) छ। उनको अरू खानपानलगायत दैनिक खर्चसमेत महँगो रहेको स्रोत बताउँछ।
प्रचलित नियमअनुसार उपप्रधानमन्त्री र मन्त्रीले विदेश भ्रमणमा जाँदा २ सय ५० दैनिक भ्रमणभत्ता (होटल तथा खाना खर्च) तथा भ्रमण अवधिभरलाई ३ सय अमेरिकी डलर भैपरी खर्च पाउँछन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकमा परराष्ट्रका तर्फबाट उपपप्रधानमन्त्री सुजाताको होटल, कार र खानाको विलासी बिल सुन्नासाथ सबैजसो मन्त्रीले विरोध गर्दै त्यति ठूलो फजुल खर्च सरकारले कुनै हालतमा बेहोर्न नहुने अडान राखेका थिए।
बैठकमा मन्त्रीहरूले ‘उपपप्रधानमन्त्री सुजाता सरकारी ढुकुटीको दुरुपयोग गर्दै सिंगापुर सयर गर्न गएकी हुन् कि पिता सभापति कोइरालाको उपचारमा?’ भन्ने प्रश्न गरेका थिए।
मन्त्रीहरूबाट विलासी खर्चको तीव्र विरोध भएपछि मन्त्रिपरिषद् बैठकले सिंगापुर गएका कोइरालाका निजी चिकित्सक र सहयोगीहरूलाई मुलुकको आर्थिक अवस्था हेरेर मितव्ययी खर्च गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले कोइरालाको एअर एम्बुलेन्स, उपचार, उनका सबै सहयोगीको आतेजातेसहित सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै सहयोगीहरूलाई त्यस्तो निर्देशन दिएको जानकारी स्रोतले दिएको छ।
मन्त्रिपरिषद्मा त्यो निर्णय गर्दा पनि उपप्रधानमन्त्रीको खर्च बेहोर्नेबारे मन्त्रीहरू सहमत हुन सकेनन्। मन्त्रिपरिषद्ले उपप्रधानमन्त्रीको विलासी खर्चबाट उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई जिम्मा दिएको छ।
मन्त्रिपरिषद्ले सुजाताको विलासी खर्च नबेहोर्ने निर्णय गरेको जानकारी स्रोतले दिएका छन्। प्रचलित नियमकानुनले उपप्रधानमन्त्रीलाई दिएको सुविधाभन्दा बढी खर्च नबेहोर्ने निर्णय गरेको जानकारीसमेत स्रोतले दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले कोइरालाको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै पेश्कीस्वरूप २ करोड रुपैयाँ उपलब्ध गराएको छ।
एअर एम्बुलेन्समा राखी उपचार गर्न सिंगापुर लगिएका कोइरालाको प्रायशः सबै स्वास्थ्य परिक्षण सकिएको छ। उनको स्वास्थ्य स्थितिमा धेरै सुधार आइसकेको र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी सहयोगीले दिएका छन्।
सुजाताको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटीबाट उपहार दिने सवालमा पनि उत्तिकै दानी छन्। उनले भारत, पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ लाख २६ हजार रुपैयाँ बराबरका चाँदीका प्लेट उपहार दिएकी थिइन्।
उपहारका प्लेटमा उनले आफ्नो नाम र पद लेख्ने गरेकी छन्। यसअघि नेपाली मन्त्रीहरूले नेपाली परम्परागत पस्मिना, बुद्धको मूर्तिजस्ता नेपाली हस्तकला र कलात्मक सामान उपहार दिने गर्थे। ती सामान सुजाताले दिएका चाँदीका प्लेटभन्दा अत्यन्त सस्तो पर्छन्।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कथा सुरुवात अनि अन्त्य दुवै राम्रो छ/
मन परे हरियो, नपरे रातो
0
0
एकदम मुटु छुने गरि लेख्नु भएको रहेछ, तपाइको लेख पढ्दा कता कता आफै भित्रको आफुलाइ अनुभव गर्न पुगे……….
मन परे हरियो, नपरे रातो
0
0
नेपाली साहित्य आकाश मा एक चम्किली लेखिका को उदय:
मन परे हरियो, नपरे रातो
0
0
सुन्दर छ। शैलीको प्रशंसा पटक पटक किन गरिरहनु हगी? मनोविज्ञानलाई खोतल्ने जुन शैली छ त्यो झनै राम्रो छ।
(तर एउटा कुरा नि, टिप्पणी होइन, कथाको थिम र टेक्स्ट रिकरेन्ट हुनुको पछाडि कुनै व्यक्तिगत साइनो त छैन जस्तो लाग्ने।) त्यसो त लिलालेखन जो ठहरियो भनेर कथाको कथानकता स्वीकार्नु पाठकीय बुद्धिमानी होला हैन त?
मन परे हरियो, नपरे रातो
0
0
लारा जी सार्है राम्रो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
उत्तम
मन परे हरियो, नपरे रातो
0
0
लारा जी तपाईको प्रेम पत्र पढ़ें राम्रै लाग्यो .
मेरो बिचारमा कहानी को आधारले जिन्दगीको हमसफ़र .
खोजे जस्तो लाग्यो .
मन परे हरियो, नपरे रातो
0
0
लारा जी हजुर को कथा राम्रो छ. मेरो विचार मा यो तपाई को आफनो जीवन को कहानी हो?जीवन मा कसैले पनि भने जस्तो माया पौदैना.जीवन बाट हार नमान्नु होला. एक दिन सफलता पाउनु हुनेछ. राम्रो कथा को लागि साधुबाद
मन परे हरियो, नपरे रातो
0
0
लारा जी कुरा गरी साध्य छैन . बिदेशको बसाई जसले जे भने पनी अथवा बाहिर बाट जती झिलिमीली देखे पनी आखिर भित्री मन सबैको तेस्तई त हो नि . मनलाई धेरै बाँधी राख्नु पनी तेती राम्रो चाही होइन रहेछ .
कति बस्ने मनका कुरा मनमै लुकाएर
प्यारी सम्झी सधैभरी फोटो सुम्सुम्याएर
हेर्दा हेर्दै आँखा बाट आँसुको झर्छ पहाड
यो जिन्दगि येस्तै रहेछ पर्क्रितिको उपहार
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो!
मन परे हरियो, नपरे रातो
0
0
कथा जस्तै हो जिबन, जीबन लाई जस्तो बनायो तेस्तै हुन्छ…
मन परे हरियो, नपरे रातो
0
0
राम्रो chha
मन परे हरियो, नपरे रातो
0
0
लारा जी कुरा गरी साध्य छैन . बिदेशको बसाई जसले जे भने पनी अथवा बाहिर बाट जती झिलिमीली देखे पनी आखिर भित्री मन सबैको तेस्तई त हो नि . मनलाई धेरै बाँधी राख्नु पनी तेती राम्रो चाही होइन रहेछ .
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लाग्यो कथा!
मन परे हरियो, नपरे रातो
0
0
Nice one!
मन परे हरियो, नपरे रातो
0
0