मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ए, नेता हो! यस्तो भाषा बनाए हुन्न?

    राष्ट्रपतिलाई आलंकारिक बनाउने, सेना मन्त्रिपरिषद्को मातहतमा ल्याउन जस्ता सबै कुरामा सहमति भइसके पनि भाषाको कुरामा विवाद भएर अहिलेसम्म पनि ठूला तीन दलबीच सहमति हुन नसकेको भन्ने खबर आइराख्दा मदनकृष्ण-हरिवंशको एउटा प्रहसन याद आयो। त्यसैमा गरिए जस्तो यस्तो खालको भाषा बनाए कस्तो होला त साझा संकल्प प्रस्तावमा ?

    राष्ट्रपतिले गल्ती गरेको हो इन कुरा ठीक साँचो हो।

    यो प्रस्ताव टाइप गर्न दिँदा टाइपिस्टले बढी जान्ने भएर शुद्ध टाइप गर्देलान् नि फेरि। त्यसमा ध्यान दिनुपर्छ। ‘राष्ट्रपतिले गल्ती गरेको हो’ टाइप गरेपछि होको नजिकै नराखी स्पेस दिएर ‘इन कुरा ठीक साँचो हो’ टाइप गर्न लाउनु पर्छ।

    त्यसपछि त्यसलाई काँग्रेस र एमालेले ‘राष्ट्रपतिले गल्ती गरेको होइन कुरा ठीक साँचो हो’ भनेर पो साझा संकल्प प्रस्ताव गरेको भनेर जनतालाई भाषण ठोके नि भो।

    अनि माओवादीहरुले ‘राष्ट्रपतिले गल्ती गरेको हो’, ‘इन कुरा ठीक साँचो हो’ भनेर रेखा थापा मात्र किन करिश्मा, नम्रता सबैसँग डान्स गरेर जनतालाई आफ्नो विजय भएको भनेर भाषण ठोके पनि भो।

    आखिर हामी जनतालाई त उनीहरुले मूर्खै ठानेका त छन् नि। एकचोटी यसरी मूर्ख बनाइदिए के फरक पर्‍यो र, कसो नेताहरु ?

    No related posts.

    57 comments to ए, नेता हो! यस्तो भाषा बनाए हुन्न?

    • dharma macau

      पिस श्रेष्ठ जिको कमेन्ट हेर्दा मलाई धेरै हाशो लग्यो /आजको २१अयै शताब्दीमा आयर पनि maaobadilai जंगली र manchhe माराको संज्ञा दिनु भयकोमा /मओबदिलेत अन्याय गर्ने ,शोसक शामन्त र गरिबको रगत pashina चुस्नेहरुलाई मात्त्र मारेको जस्तो लाग्छ / कहिँ पिस जी पनि यसै ग्रुपमात पर्नु भयन?जेहोस् अजैपनि कसैले त्येस्तो अन्याय लुकी -लुकी गर्दै आयका छन्भने धेरै दिन कुर्नु पर्दैन त्येहाँ पुग्नेछ माओबादी विचार धारा /ठुलो आधिवेरिमा केहि गल्ति हुनु भनेको सामन्ने कुराहो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rajamani gautam

      यो ब्लग पढ्दा नेताहरु भन्दा हामी जनता नै बढी गैर जिम्मेवार देखिएन र …………?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Viyogi

      लोल, मलाई तपाइको युक्ति औधी मन पर्यो…!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      yo kura pani thikai ho..tara euta kura chaai man parena hai..prachanda lai rekha thapa sanga nacheko kura lai kina arko artha ma heriyo.malai ta ramro po lageko chha ta.rekha thapa ko ho ra nepali janata nai hiana ra.ani u sanga nachada kina tauko dukhaai ho.neta thula hunchan bhanthey tara u ta nepali janatai ki euti chhori sanga nacheka chhan.ma ta gaurab garchhu..ho prachanda sabai janata haru maaj yesari nai najik hau.sake samma sabai janata ko man jitdai jaau.aba hatya hinsya sakiyo.aba pure rajniti garera desh lai samunnat tira laaga.hami sabai ko subhkamana chha.mayobadi lachilo pani bandai gayeko ma feri pani khusi lagyo.janata ko kura bujeko bhanera bujchhu maile.tara ahile ko sarkar parti ma pani khusi chhaina.yo ta just mayobadi ko khilli udaaunu ra mayobadi lai dekhaauna matra bane jasto lagcha..arey yaar rastriya sarkar banaayera jaada k hunchha.haruwa makune sarkar bhanda aru jiteko lai liyera aau.sabai milera jaau na.sher bdr. aauda pani kehi gunaso chhaina baru.atleast unle ta jitekai hun ni..khanal lai diye pani hunchha..feri pani prachanda kai netrityo ma arko sarkar bhanda pani kunai pani nepali janata lai apthyaro parne chhaina..yo thokuwa garchhau hami..ma euta sadharan nepali hu..malai politics thaha chhaina..tara ma mayobadi le lead garera sarkar banaaye kehi appaatti janaune chhaina..sabai milera jaawo..thulo party ho,uslai dida k hunchha tara ahile ko jasto fohori rajniti nahos.kp oli pani pahila pahila ta manthey tara aajkal manna chhade.u pani uhi dyang ko nai rahichha..bidhya bhandari jasta mantri chhan.kaslai kehi thaha nai chhaina.ghar ma khana pakaayera khane,simple jindagi bitaayeki bhandari lai uhi ek choti mantri bhaye bhanne history rachne baahek unle kehi garlin jasto malai lagena.girija baa..timi nai rahichhau nepal ko obama..timi le samasya ko samadhan nikaaldeu..chhori parti baau le garnu parne kartabbya pani sayed pura bhayo aba..pls aba nepal jogaaideu..marnu bhanda pahile timi le yeti gare..sayed swarga pani timi le pradhan mantri kai sit paaune chhau.sabai le aham ko rajniti chhadera desh lai banaaune tarfa bidesh sanga rajniti garda ramro hunthyo hola baru.pradeep giri,pradip nepal ra pradip gyawali..bolna khubai sipaalu chhan..yini haru lai pani palo dida ramrai hola..kina bhane yi ahile ka jasta dahichiure mantri jasta pakkai pani chhainan.baburam bhattarai i repect him.he has vison.pls give him one chance.unle sakchhan desh bancha..sakdainan aafai lop bhayera jaanchan.tesaile ek choti mayobadi lai sabai le sahayog garera desh lai agadi banaaune tarfa lagne ho ki.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiv

      मलाई भाषा को कुरा मधम मार्गी गर्नु ठिक लाग्यो माओ बादी लाई काम जे भए पनि शब्द सित मात्र सरोकार छ. मलाई याद छ मह जोडी को हस्य्य हाजिरी जवाफ कार्यक्रमा पन्चे को जन्म कहिले भए को प्रस्न को ? उत्तर : २०१७ दिनु पर्ने . सरकार ले यो उत्तर मा प्रतिबन्ध लगाए को थियो . मह जोडी ले उत्तर फेरेर २०१८ र २०१६ साल को बीच को साल भनेर उत्तर राख्दा सहमत भयो . तसर्थ एक पटक सोचौ किन के जरुरि छ सबै देखाउने दाँत हरु हुन् जस्तो लाग्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Gurung

      निक , कता हो? चोर ले खुट्टा झिकेछा राम्रै भो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Kesu

        वाई-श्याल प्रेम जी, जंगल तिर बसे हुने रहेछा तपाई त.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nik

        मा कतैनी गा छैन साथि|धेरै नै पिर मान्नु भो नि,न रातको निद, न भोक जस्तो गरेर|हँ प्रेम गुरुङ जी?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar thapa magar

      naya nepal bhaneko naya naya pardhan mantri naya naya mantri po rahecha ma ta k k po garla bhaneko ta asto po rahecha hahahahha nepali neta ho kati din maja garcha gara ak din jantako sahane saktile kam garna chod cha ani hajurharuko k gati huncha …………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar thapa magar

      naya nepal bhaneko naya naya pardhan mantri naya naya mantri po rahecha ma ta k k po garla bhaneko ta asto po rahecha hahahahha nepali neta ho kati din maja garcha gara ak din jantako sahane saktile kam garna chod cha ani hajurharuko k gati huncha …………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो कुरा ठिकेई हो नि आहिलेका नेताहरुले जे गरेपनि भैरहेको छ . जसले जे गरेपनि हुन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DEEP

      हैन मैले यहाँ सबै कमेन्ट हरु पढी सिद्धएं.. तर गहिरो र वजनदार चाहिं पुष्प जी को लग्यो है……! मेरो विचार मा फेरी एक पटक बन्दुक पड्काउनेइ पर्छा जस्तो छ यो सति ले सरापे को देश मा.. तर जनता हरु लै हैन हरुवा र भर्स्ट नेता हरु लै….!! ल कुरै त हो सम्धी भने जस्तो भो…!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreeshthapa

      जे जे गर्न मन लाग्छ गर्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • champion

      अचेत र सचेत वाला कमेन्ट चै दामी लग्यो मलाई…तस्तै गरे कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari

      पुस्पा जी तपाई १०० प्रतिसत राइट हुनुहुन्छ; तेही भनेको नेपाल मा हेरोइन त देखन नै नहुने कस्तो नकारात्मक सोच

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari

      हेल्लो,

      प्रचण्ड लाइ कालो मुसो लगाएर अनि मनमोहन सिमः लाइ नेपाल को प्रधान मन्त्रि बनाउने बिचार्र छ कि हो साथि, देस लाइ केहि बनाउन छ भने प्रचण्ड लाइ थोरै मा पनि ५ वर्षा देस चलाउन देउ…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Timmur

      अब भालु प्रधानमन्त्री हुने भै यो देश मा.. धिक्कार छ मलाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जसलाई जे बनाउन मन छ तेही गरे हुन्छा ….सी डी यो कुटुन स्वास्नी क साडी किनुन्न छोरा छोरि बाहिर पठाउन सबै गरुन साला फटाहा हरु ले ….मर्ने गरिब जनता मरेको मरे छ ..कानुन पनि उनीहरु लै लाग्छा …सबै नेता हरु लै गोलि हान्दै मर्नु पर्ने साला हरु लाई …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      केसु जी तपाइको कुरा सुन्दा त तपाई भुतपुर्ब वई से ल जस्तो लाग्यो, मात्रिका यादब जस्तो ,तेही भयर माओ बादी र प्रचण्ड को नाम सुन्योकी पारा छुट्छ तपाइको, मात्रिका यादब नै त केशु HOEN RA ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      जे पनि चल्छ यहाँ हाम्रो नया नेपालमा. सबैले मेरो गोरु को बार्है टक्का गरे पछी कसको हिम्मत नेपाल लाई बिगार्न बाट रोक्ने….लौ लौ को आउदो रहेछ म पनि हेरु……यो चाही प्रचण्ड, मा कु ने, अनि गिरिजाको बाक्यांश…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju

      मेरो भनाइ त यी नेता भनौदा डाका हरु लाई चार पाटा मुडेर नेपाल कटाउनु पर्छा अनि बल्ल यो देश मा केहि हुन्छा
      प्रचण्ड गिरिजा माकुने ले खत्तम पारे! यिनी हरु को सर्बनास नभई केहि हुने वाला छैन हामी नेपाली जनता पनि भेडा जस्ता छौं ! यिन को पछी नलागौ न!नालायक फटाहा हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chandra B K

      कुरा मनासिब हो ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga Khanal

      हो अब समस्स्या बढाउने तर्फ होइन समाधान तिर जानुपर्छ / यदि भाषा परिमार्जन गर्दा सबै बिकाश हुन्छ भने या परिवर्तन हुन्छ भने या समस्या को समाधान हुन्छ भने
      नेपाली सब्दकोश नै परिवर्तन गर्ने हो कि ?
      नत्र भाषा को बिबाध किन ? जनता को आँखामा छारो लगाउने काम त होइन भाषा
      त रोएजस्तो गर मा कुटेजस्तो गर्छु मात्रै हो कि क्याहो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      हेर जनता जनार्दन हो, हरुवा माकुनेलाई जनताले चाहेकोले गिरिजा समेतका जनताका नेताहरुले प्रम बनाएको | अर्को हरुवा सुजातालाई पनि जनताले अति दवाब दिएकोले उप प्रम बनाएको | अनि जनताहरुलाई असाध्यै सन्चो भएकोले आफुले आफैलाई सास्ती पार्न प्रचण्डलाई जसरि भएपनि आन्दोलन गर्नु पर्यो भनि जनताले नै भनेकोले यी महान नेताले आन्दोलन गर्न लागेको | यो देशमा जे हुन्छ राम्रो नराम्रो सबै जनताको इच्छाले मात्र हुन्छ | अब यो भाषाको समस्या पनि जनताले नचाहे सम्म मिल्ने होइन खाली जनताले कसलाई कति कति भाग चाहिने हो भनेर भागबन्डा मिलाउन मात्र बाकी हो |

      हामीले खाली यी रास्त्रघाती धोकेबाज नेताहरुको सडेको दिमागमा जे बिकार उम्रन्छ त्यहिँ जनताको इच्छा हो भनेर बुझे पुग्छ | नभए वास्तबमा जनताले चाहेको शान्ति र संबिधान निर्माण हो भनेर यिनीहरुले नबुझेका हुन् र |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      मनासिब!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali

      ठिकै हो नेपालीलाई जे बनाए पनि हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      “… एस समाचार मै रेखा थापा, करिस्मा र नम्रता जस्तो अराजनैतिक ब्येक्तिहरुको उदाहरण किन? उदाहरण पनि कुनै सकारात्मक सन्देस दिन होयिन कसैलाई व्यंग गर्न मात्रै दियिएको छ, यो कुराले व्यक्तिको चरित्र हत्या र जनताको मान मर्दन भएको छ । हामीनै एस्तो प्रबिती नत्याग्ने हो भने अरु के भन्ने खै?”

      सही भन्नुभो मदनजी, यस्तो प्रवृत्ति त्याग्नैपर‌्छ । हिरोइनहरू जनता हैनन् र भन्या ? उनीहरूले आन्दोलनमा जनाएको समर्थनले सातो गएको हो कि डाहले छटपट भएको हो, यो कुराको अति नै उछितो काढिएको छ । चाहे जोसुकै होऊन्, के असल कामको समर्थन गर्न पाइँदैन ?

      अझ कतिसम्म भने केही टीभी च्यानलहरूले त “चलचित्रको चसम्म जानेका तर राजनीतिको रसम्म नजानेकाहरूले आन्दोलनमा समर्थन गरिनु…” जस्ता कुराहरू फुकिरहेका छन् । कस्तो नीच पत्रकारिता हो यो । के राजनीतिक कुरामा समर्थन गर्न राजनीति जानेकै हुनुपर्छ ? कस्तो अचम्म ! रेखा थापासँग प्रचण्डको नाचलाई पनि कति सह्य नभएको हाम्रा पत्रकारहरूलाई ! हैन फेरि बन्दुकै पड्कानुपर्यो र भन्या !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • देवराज जोशी, कैलाली

        ठीक भन्नु भो पुष्प जी, खेदो पनि कति खन्न सक्याहो माओवादीको हरेक क्रियाकलापको? नेपालमा सामन्तवादी-यथास्थितिवादी शक्तिहरुको अझै बोलबाला छ मिडियामा पनि यिनकै पकड छ त्यसैले परिवर्तन लाइ रोक्न आफ्ना सम्पूर्ण संसाधन लगाइरहेका छन्, यिनले बुझ्ने भाषा त बन्दूकै हो जस्तोलाग्छ.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nik

        पुष्पजी, पुष्प कमल दाहाल बाजेको समाचार ले मर्माहंत हुनु भए जस्तो छ,हो?किन र?नाच्न हुन्न भन्ने कुरो गलत हो, तर आफु नाच्ने कैले काठमाडौँ त कैले सिंगापुर, त्यस्तो कुरा के किन, कसरि र कसका लागि?तपाइँ र मदनमान जी जस्ता बिद्द्वन साथीहरुको ऐले भै रा यो घिन लाग्दो राजनैतिक किचलो मा माओ-बादी को नेताहरुले गरेका क्रिया कलाप बारे केहि भन्नु छैन र भन्या?जे मा पनि भारतीय बिस्तारबाद देखिदिने? हरे बाब्बा, केहि त देख्नुस यो गिद्द तर मानब रुपी नेताहरुमा?हेत्तेरिका भक्ति पनि एउटा सिमा सम्म पो गर्नु, अति नै त नगर्नुस न हौ| एक तिर देश को बारे चिन्ता ग्रषित जस्तो लेखाइ लेख्नु हुन्छ, भने अर्को तर्फ यी रक्छ्यास नेताहरुले गरेका कामको आफ्नी राजनैतिक झुकाब मुताबिक मात्रै लेख्नु हुन्छा|भएन नि, होइन र? लेख्न परे पछी, जसरि हामी गिरिजाले गरेका काम को बिर्ध गर्छु, त्यसरी नै पुष्प कमल दाहाल बजे एंड कम्पनि (माओ-बादी पार्टी) ले गरेका देश र राज्य व्यवस्था बिगार्ने, लूट मार् गर्ने अनि धम्काउने जस्ता काम को पनि त बिरोध गर्न सिकौ| कि कसो?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      होयिन यो भाषाको बिबादै किन? र फेरी एस समाचार मै रेखा थापा, करिस्मा र नम्रता जस्तो अराजनैतिक ब्येक्तिहरुको उदाहरण किन? उदाहरण पनि कुनै सकारात्मक सन्देस दिन होयिन कसैलाई व्यंग गर्न मात्रै दियिएको छ, यो कुराले व्यक्तिको चरित्र हत्या र जनताको मान मर्दन भएको छ/ हामीनै एस्तो प्रबिती नत्याग्ने हो भने अरु के भन्ने खै?

      देसमा आज जुन भाषाको सवाल आएको छ तेस्मा सबैनै दोषी छन् र बिदेशी स्वार्थ समेत लुट्पुटिएको छ/ नेपालीको एकता मा नेपालीकै अनेकता को गला निमोठिएको छ तर यो कुरो हाम्रो आन्तरिक कुरो हो हामि हामीमा सानो समझदारी बनाए पछी सुल्तिने हो/ तर येसैकुरोलायो कोट्याएर भारत हामि नेपालीमा हिन्दी भाषा लाद्न चाहनेहरु उठाएर तराई र बाकि नेपालको बिचमा साम्प्रदायिक पर्खाल बनाई बिखन्डन चाहिरहेको छ/ भारतको नेताहरुको नेपाल भारमंमा समेत हिन्दी भाशो कुरो उठाएर आएको ले यो सबैले बुझेको छ/

      बिगतमा देसमा भएको सयौं भाषा भाषीलाई बोल्न लेख्न पढ्न र राज्य अबशर पाउन बात बन्चित गराई आएको सत्य कुरो हो/ स्थानिय तवरमा मैथिली नेवारी आदि लाई कामकाजिको रुपमा मात्र प्रयोग गर्न दिन पनि नमान्ने गिरिजाको प्रबितिले नै आज तराईमा हिन्दी भाषीहरु चालेको हो/ तेतिबेला गिरिजालो सरकारले मैथिली भाषालाई स्थानिय कामकाजी भाषा बनाउन रोक नलगाएको भए त्यो परमानन्द झाले हिन्दीमा होयिन मैथिली भाषाको लागि आवाज उठाउन बाध्य हुने थियो/

      आज भाषी बिबादको अन्त्य गर्न भाषाको परिभाषा पुन गर्न जरुरि छ/ नेपालको सबै नागरिक चाहे त्यो कुनै जातको होउन तर त्यो नेपाली हो भने नेपालको सबै भाषानै कानुनन नेपाली भाषा हुन् भनि भनिनु पर्नेमा मात्र एउटा भाषा मात्रै नेपाली भाषा भन्नुनै आज विग्रहको मूल कारण हुन्/ तसर्थ देसमा प्रायेस सबैले बुझ्ने भई सकेको नेपाली संस्कारको अभिन्न अंग भईसकेको खस् भासानै रास्त्रिये भाषा को रुपमा रहनु पर्छ/ तर खस् भाषाको नाम खस् भासानै रहनु पर्छ तर खस् भाषा मात्र नेपाली भाषा भनिनु गलत हो/ सबै भाषा नेपाली भासाहो र खस् भाषालाई नेपाली भाषाको रुपमा समानका साथ् स्विकार्नु आज हाम्रो दायित्वो पनि हो कर्तब्य पनि हो/

      साथै पहिले जस्तो खस् भासा नजानिकन राज्य अबशर पाउँदै नपाउने, अरु भाषाको बिकाशमा राज्येले कुनै चासोनै नलिने ती भाषाहरु सिक्ने सिकाउने काम गर्दै नगर्ने यो अत्यन्त दुर्दान्त भाषिक तानाशाही हो/ सबै भाषालाई बिकशित गर्दै जानु सरकारको दायित्वो हो/ आज देसमा संघियेताको कुरो उठ्दैछ/ तसर्थ स्थानिय तवरमा कमसे कम दुयिता अरु भाषालाई सरकारले काम काजको भाषाको रुपमा मान्यता दिनु पर्छ/

      अब रह्यो हिन्दी भाषाको को कुरो/ आज हिन्दी भाषी हरुको मूल दलिलनै उनीहरुको भाषा नेपालमा प्रायेस सबैले प्रयोग गरिने भाषा हो भन्छ/ तेसो हो भने अंग्रेजी भाषात अझै बिद्यालाये कलेज युनिभर्सिटिमा र अन्तारास्त्रिये सम्बन्ध मा समेत अनिबार्य भएको भासाहो/ तसर्थ एदी कुनै बिदेशी भासालायिनै रास्ट्र भाषा बनाउनु छ भने हिन्दी किन अंग्रेजी भासालायिनै रस्त्रिये भाषा बनाउनेनी / हिन्दी भाषीको भारतमा पनि कतिपय प्रदेशमा हिन्दी भाषा मात्र कागजी रास्ट्र भाषाको रुपमा लियिन्छ, अंग्रेजी भाषा र स्थानिय भासालायिनै राज्येले प्रयोग गर्छ/ हामि पनि तेस्तै किन नगर्ने? तराईमा रास्त्रिये भाषा ‘खस्” पछी भोजपुरी मैथिली थारु आदि भासालायिनै दोस्रो भाषाको रुपमा र अरु ठाउँ मा पनि तेस्तै गरुन/ भाषिक बिबादको आँट हुनेनैछ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • महन्त

        यी मदन बाजेले कत्रो कमेन्ट लेख्या हो त्यो नि असान्दर्भिक
        कुरो के हो बुझेर त लेख्‍नु नि
        भाषा विवाद भनेको तपाईँले भन्या जस्तो हो र
        यो पढ अनि बुझ्छौ
        http://www.mysansar.com/?p=6931
        अनि व्यङ्ग्य गरे जस्तो लाग्यो रे
        खित् खित् खित्
        Category: हाँसो ठट्टा लेखेको देखेनछ यी बाजे (गुभाजु) ले

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      माओवादीले कुनै पनि हालतमा आफ्नो अडान त्याग्नुहुँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • Nepathya

        पुष्प जी
        प्रचण्डले तपाई को माग पुरा गरोस /

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Prem Gurung

          नेपथ्य चोर, देस छोड

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • madan bajracharya

        महन्त जी
        महन्त हरुअनी आज सम्म उनीहरुनै बाजे हुन् भन्दै आएको छ/ तेसैले “बाजे” उपनाम को घाँदो “बाजे संस्कारी” महन्त हर्लेनै राखुन/
        अब मेरो कुरो समाचार सिट आंशिक रुपमा सान्दर्भिक नभएको बुझिए पनि लेखिएको हो/ समाचारमा व्यक्तिगत चरित्रमा आंच आउने गरि नम्रता आदिको कुरो मा लेख्दै जाँदा “भाषा”:को राजनैतिक अर्थ लाई नलिएर देशमा भईराखेको बिबाद समेत समेटियो/
        तेस्मा तपाईं आबस्येक ठान्नु हुन्छ भने माफ गर्नु होला/

        तेसै संदर्वमा मलाई तपाईंले “बाजे” “गुभाजु” भनि गिला गर्नु भएता पनि हामि जस्ता अरु हेपिएका आदि बाशी र जनजातिहरु तेस्तो कसैले गिला गर्दै आएको सहँदै आएको एक दुई बर्स होयिन सताब्दी नाघिसके/

        देस रहोस राजनीतिमा भाषा बिबाद लगाएत अरु भासिक बिबाद पनि मिलुन रास्ट्र भाषा लगाएत सबै भाषा ले उचीत् प्राथमिकता पाउन, एती कुरोमा महन्त जी ले सहमति राख्नु भएमा महान्त्जी लाई ‘अरु जन जाति हरुलाई अझै बढी होच्याउनु भएमा पनि” हामि सहि आएका हरु सहँदै जान्छौं/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Prem Gurung

        मा पनि सहमत छु, तर निक कता हरायो? होस् उड्यो कि क्या हो? पागल मानस

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • य हजूर कालो मोसो दलेर ति नेताहरूलाई केहि फरक पर्दैन / किनकी उनीहरुलाई इज्जत अनि बेइज्जत भनेको के हो थाहा छैन / उनिहरुको त हात खुट्टा भांचेरा हिडन अनि हात chalauna नसक्ने बनायो भने राम्रो हुन्थ्यो होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga Rai

      अब बार्ताको कुरा नगर्दै बेस होला जस्तो लाग्छ किन भने औचित्त्य बिनाको बार्ता किन गर्ने माओबादी झोला तुम्बी भिरेर जंगल तीर पसने बांकी दलहरु नया दिल्ली तीर भागने एसो गर्नु नै बेस हुन्छ यी चोर हरुले कही खुल्क्याउने वाला छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi palpa Tansen

      कमल ji सबै भन्दा पहिला प्रचण्ड लै कालोमोसो दल्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • sandip

        प्रचण्ड होइन तिमीलाई नै पहिला अनि तिमो काका बाउ काँग्रेस यमाले लै दोश्रा कालोमोसो दल्नु पर्छ

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

        • kesu

          प्रचण्ड लाई किन कालोमोसो? कालो गोलि ले पनि पुग्दैन साथी.१५००० को आत्मा ले १५००० कालो गोलि मागी रहेको छ प्रचण्ड को लागि.

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • बीर

          होइन साथी, प्रचण्डको नाम लिना साथ यति सारै उत्तेजित ? यो त Typical Maoist reaction जस्तो भएन र ? कि तपाई पनि YCL पर्नु भयो ? तपाइको लागि पो प्रचण्ड Hero होला, तर कसैको लागि त Villain पनि होला नि ? अरुको भावना र बिचारको पनि कदर गर्न सिकौ है | चित्त नबुझे नम्र तरिकाले कारण सहित असहमति जनाए भयो नि, ठाडै बाउ आमा तिर नजाउ होला |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • megh tamu syangja

        प्रचण्ड लाई होइन नालायक मा कु ने सरकार का मन्त्रीहरु र तिनका मतियार हरु लाई कालो मोसो दल्नु पर्छा

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

        • Bikesh Kayastha

          सहि कुरा गर्नु भयो. दुई दुई ठाउँमा चुनाब हरेर पनि प्र. म. खाने यो निर्लज माकुने लाई नै कालो मोसो दलेर चप्पल को माला लगाएर गधा माथि चधाएर सहर घुमाउनु पर्छ.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nepathya

        प्रचंदलई कालो मोसो होइन बरु कालो मोसो भरिएको ड्रममा डुबाए कस्तो होला / त्यो ड्रममा गिरिजा र माकुनेलाई पनि पालोपालो डुबाए अझ राम्रो हुन्छ /

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aakash Regmi palpa Tansen

      कुरा ठिकै हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सब खत्तम छन् होइन वने जनता को कुरा बुज्नु पर्चा नि त सब Khattam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang lama

      भाषालाई यसरी राखे कसो होला: ” अचेत अवस्थामा राष्ट्रपतिद्वारा निर्णय भएको हुंदा उनलाई सचेत गराइएको छ “|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • पुष्प

        ल चौथो विकल्प पनि आयो ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      यो ब्लग पढ्दा सार्है हासो लाग्यो साएद नेताहरुको Judgment मा जनताको हैसियत येस्तई होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga Khanal

      तातो तेलमा चोब्नु पर्ने नेताहरुलाई . नेपालको कानून जसले जे गर्दा पनि हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal bishwokarma

      sansar मा हामी नेपाली जस्तो अभागी को नै छ र? अब सबैलाई थाहा भए नि नभए नि न त राष्ट्रपति ले नै गल्ति गरेको हो न नागरिक सर्बोच्चता नै कुनै मुद्दा हो | यो सबै देखाउने दात हो तेसैले साथी हो अब हामी सबैले यी नेताहरु लै बहिष्कार गरेर बस्नु पर्छा | देश चलाउन सकिन्न भने छोड न हामी चलौछौ देश कि कसो \ यी सबै नेतालाई कालो मोसो दल्नु पर्छा साथी हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      यो भाषाको विवाद होइन, यस्तो गम्भीर विषय लाइ हल्का रूपमा लिनु हुदैन यो विशुद्ध राजनैतिक विषय हो यहाँ राष्ट्रपतिको कदम कि ठीक हुन् सक्छ कि बेठीक दुबैको बीचको (हो पनि होइन पनि) भनेर टुंग्याउनु ठीक होइन मेरो विचारमा, यो भनेको जनतालाई धोका दिनु जस्तै हो. माओवादीले अडान लिएर आन्दोलनमा जानु नै वेस, लोकतन्त्रको वर्तमान नमूनालाई मान्ने हो भने भोलि राष्ट्रपतिले कुनै कारण देखाएर यो सरकार पनिगिराउन सक्छन, त्यसैले बेलैमा बुद्धि पलाओस् यी नेता हरुको.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      नेपालको कानून, दैबले जानुन | जसले जे गर्दा पनि हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • peace shrestha

      हाहा………….हाहा…………….हाहा……..हेहे………………हाहा….हेहे…हाहा….हेहे…..क्या राम्रो कुरा गर्नु भाको! माओबादीले पुजा लामा अनि नमत्रा लाई नचाए हुन्थ्यो नि त! आफ्नो सरकार नभए सम्म आन्दोलन रे…….क को आन्दोलन….काम न काज को…..फेरी हिसिला यमी का दिदी हरु ले योजना आयोग मा जागिर खान अनि प्रचण्ड को छोरो लाई कम्प्युटर चलाउने बनाउन? १०,००० मान्छे लाई मारेर आका छन् अझै जगली हरु लाई के को ***** नि?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nishant sharma

      yeso garauna.doosh jati sabai janata lai diu, ani yo kharab abastha bata neta haru lai mukti diu.yiniharu lay kehi gerney wala chainan.bhool afu gerchan ani doosh arulai dinchan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker