-देवेन्द्र भट्टराई-
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो। पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए। अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन। त्यही गोलमालका माझ कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं।
साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन। भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक–नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो।

लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ–आफ्नै काइदाका लाग्थे। एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो। ‘यहाँ फेदन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्,’जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा। आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसग मिलेर हरेक बिहान–बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए। बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो—’आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस।)

बजारमा अर्न्तराष्ट्रिय सन्धी/अभिसन्धीको कुरा गर्दै थिए—संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ता मित्र लिङ्देन। ‘जल, जमिन, जंगल’मा अग्राधिकारदेखि एतिहासिकताका आधारमा अरुणपूर्वका छ जिल्लाको लिम्बुवान राज्य परिकल्पना सुनाउनमा उनी निकै आतुर थिए। लिम्बुवानको बिरोधमा लाग्ने अथवा समर्थन नगर्ने पत्रकारलाई ज्यान लिने धम्की दिएका कारण त्यही साता भिन्नै तनाव पनि उब्जिएको रहेछ फेदेनमा। स्थानीय ‘छाल साप्ताहिक’का पत्रकार मित्रहरुसँग यसैबारे बाचचित हुँदै थियो। त्यही साताको पत्रिकामा पत्रकारिताको बिरोध–विम्बस्वरुप सम्पादकीयमा कालो पोतिएको रहेछ। सम्पादक नारायण तुम्वापो, अतिथी सम्पादक प्रेम ओझासहितका मित्रहरु युके लजमा लिम्बुवानमा चौथो अंगमाथि आइपरेको औडाहा सुनाउनमा व्यस्त थिए। मञ्च सम्बद्ध लिम्बूवान राज्य परिषदले हालै पाँचथरमा आयोजित एक समारोहमा ‘लिम्बूवानको बिरोध गर्न पत्रकारको टाउको काट्छौं’ भनेर जुलुशनारा गराएकोमा त्यसको बिरोधमा पत्रिका सम्पादकीयमा कालो पोतिएको रहेछ। ‘कालो’ पत्रिकाको सम्पादकीयमा मात्रै पोतिन थालेको थिएन। अनेक भ्रम–दिग्भ्रम र अन्यौलका माझ आ–आफ्नै हेराइ र बुझाइ फेदेनमा फैलिंदे गएको देख्ता दिक्क पनि लाग्यो।

लिम्बुवानको अभियानमा लागिरहेका संघ–संगठनहरु पनि एकताबद्ध हुनुको साटो ४/५ फ्याक बनेका रहेछन्। कुनै एउटा फ्याकको लिम्बुवान बन्द सुरु भैसकेको थियो। तैपनि लिम्बुवानका अगुवा मित्रजनबाट पत्र बनाएर हामी इलाम सदरमुकामतिर हानियौं, एकदिनको फेदेन बसाइपछि। लिम्बुवानका हाप्पेन चोक, कान्छी दोकान, रक्से बजार सबैसबै एकनाशले बन्द थिए।
भोलीपल्ट इलामको उत्तरी कुनोमा पर्ने माइपोखरीको जसबीरे चियाकमान पुग्नासाथ आफैंमा ऐतिहासिक सम्पदाजस्तो लेन्डरोभर गाडीबाट फुत्त उत्रिए—सहयात्रु गिरीश गिरी। पेशामा पत्रकार र सौखमा डकुमेन्ट्री निर्माता/निर्देशक गिरीका लागि ‘कथाले मागेजस्तो’ ठाउँ थियो त्यो।

उनी चियाका हरिया बुटाहरुमा लम्पसारिए र, हातमा बोकीराखेको ‘टाइम’ पत्रिका पढ्न थाले। ‘नेपाली डाइरेक्टरहरु हलिउड र बलिउडको कल्पना गर्छन्, यस्तो रसिलो स्पट दुनियामा कहाँ पाइएला र?’,बर्बराए झैं गरी गिरी भन्दै थिए। कुनै सलल बग्ने प्रेम र रोमान्सको फिल्म कुनै दिन बनाएमा यसैगरी चियाका बुटामाथि पिरतीको गीत बुन्ने उनको पटकथा आफैंमा रोमान्टिक लाग्थ्यो।

ठुली एकादशी पर्वको धुमधाम तयारीमा लागेका रहेछन्, माइपोखरी मुखमा होटल चलाउने निमा दोर्जी शेर्पा। दार्जीलिङतिर पढेबढेका उनको बोलीमा ‘डल्लै र याँच’को थेगो झुन्डिएको थियो। ‘टिम्बुरको रक्सीलाई डल्लै घिउले झानेको स्वाद चाख्नुपर्छ है भाइ,’भेज मःमका डल्ला बेरिरहेका बेला निमा भन्दै थिए। नभन्दै दार्जीलिङबाट ल्याएको बुट्टेदार माटाको माने ग्लासमा छिनभरमैं टिम्बुरको स्वाद आइपुग्यो, साथमा थियो—अकबरे खोर्सानीका डल्ला। त्यो सेवन गरेपछि भने लागेको थियो—यो संसार साँच्चिकै सोचेभन्दा बढी गोलो रहेछ। साथमा इलामे पत्रकार विप्लव भट्टराई पनि थिए जो होटलवाला निमाको दार्जीलिङे स्वरमा भाका मिलाउन सिकिरहेका थिए। त्यहीं पर्तिर देउरालीमा इलामे युवतीहरुबीच फुटबल प्रतियोगिता चलिरहेको थियो। पहाडी खेलमैदान सोचेभन्दा निकै सानो थियो, मच्चिएर गोल हान्दा अर्को भीरमा पुगेर ठोकिएको देखिन्थ्यो। त्यही भएर फुटबलको टिममा ११/११ होइन, ६/६ खेलाडी थिए।

टिम्बुर रक्सीको स्वादमा गढेको जिब्रो फड्कार्दैं साँझमा तल इलाम झर्यौं। लिम्बुवान बन्दको क्रम जारी थियो। धन्य, फिक्कल एफमका प्रबन्धक, गायक र चिया कृषक गणेश रसिक फिक्कलबाट इलाम बजार भर्न आएका रहेछन्। उनका साथ लागेर फिक्कल पुग्यौं। रसिक चियाबगान घारीमा सयपत्रीले ढाकेको आँगनमा घेरिएर बस्दा रहेछन्। माओवादी द्वन्द्वकालमा त्यही माथि पशुपतिनगर प्रहरीचौकीमा मारिएको इनिस्पेक्टर भाइको सम्झना मनभरि राखेर र सधैं परिवर्तनको संघारमा उभिएको भनिने लिम्बुवान राज्यका यी भावुक नागरिक यो एकान्तमा ‘तराइ हेर कति राम्रो हरियो बन हुनाले’ गीत गाइरहेका थिए।

‘म ईश्वरसँग रुन्छु, मान्छेसँग हास्छु,’रसिकले कस्तो बेजोडको कुरा गरे भने आम नेपालीको हविगत उनी बोलिरहेका थिए। भोजपुरको ट्यँम्के डाँडाबाट संघर्षका अनेक तानाबाना बुन्दै लाहुरे बन्न नसकेको र सधैंभरि गरिवीको भुतले लखेटिरहेको दोमन लिएर रसिक कहिले कवि बनेका थिए। कहिले उनी गायक बने, कहिले पंचायती अभियन्ता बने, कहिले निकै राम्रा लेखक पनि बने। पछिल्ला दुइ दशक भने उनका लागि जीवनजगत बुझाइको अर्को चरण झैं बनेको रहेछ। उनको ‘दशगजामा उभिएर’ संस्मरण कृति पढ्दा उनको आगत र बिगत यसरी झल्किन्थ्यो कि सबैको जीवनमा आइपर्ने सबै मोड र घुम्तीहरु सधैं सुखद रहिरहन्छन् भन्ने केही ठेगान नहुने रहेछ भन्ने लाग्थ्यो।

घर बाहिरको सडकतिर र तल फिक्कल बजारमा पनि बन्दको भरमार प्रभाव थियो। काठमाडौंको डेराघर र फिक्कलको आफ्नो घरबीचको कुदाकुदमा रसिक यही एकान्तमा बसेर एकान्तिक गायक बन्ने रहेछन्। साँझ पर्नासाथ उनी हामी स्रोताको अनुनयबिनयमा गाइरहेका हुन्थे—घरबेटी नानी पिंढिमा देउन मलाई बास, धेरै सम्झे धेरै हुन्छ/थोरै सम्झे थोरै, मेरो अतितलाई कहाँ भेटौं, मेरो मन तिमीकहाँ बन्धकी छ, भुल्न सकिंन–भुल्न सकिंन, मसँग एउटा तारा छ, नूनजस्तो बिल्ने जिन्दगीलाई…आदिआदि।
त्यो साँझ आफैंमा हुर्मत लिने साँझ बनेको थियो। एकप्रकारले एकान्तिक, निराशाबोधी र सपनामयी गीतहरु बढी सुनिएका थिए। फिक्कल बजारबाट किनेर लगेको धनकुटाको सुन्तले रक्सीको नसामा मदमस्त मित्र गिरीशका फर्माइसहरु गणेश रसिकबाट अघि बढेर बच्चुकैलाश, मोहम्मद रफी हुँदै लता मंगेशकरसम्म पुगिरहेका थिए। ती उर्लिएका फर्माइसलाई थाम्न रसिकले एउटा बिसौनी गीत गाए, यो गीत गाइरहेका बेला उनका आँखाका डिलडिलबाट आँशुका ढिका बाहिर निस्कन खोजिरहेका थिए—
'जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाँच्ने आयु साह्रै थोरै...†'
No related posts.









डम्बर जी ,
म १ पाचथरबासि को हैसियातले याहा केहि कुरा भन्न चाहन्छु -
२००७ सालमा याहा येस्ताई नराम्रो बिचार बोकेका केहि लिम्बुहरुबाट छेत्रीको घरमा
खसी -बोका काटेर खाइदिएका रे
हो आज फेरी आफूखुशी लिम्बुवान राज्या घोसणा गरिएको छ
राजा ज्ञानेन्द्रले जुन दिन राजिनामा दिए तेहिदिनदेखी -”राजाले जनताको नाशो फिर्ता दिए, तेही दिन बाट हाम्रो लिम्बुवान राज्या स्वातन्त्र भयो ,जसले यो राज्याको बिरोध गर्छा ,त्यो सिधै याम्लोक जान्छ “भन्ने १ थरि लिम्बुहरु छन् याहा
म यहा लिम्बु र छेत्री भनेर हिलो छेपा छेप गर्न चाहन्न
डम्बर जी ले बुजेको भन्दा याहा लिम्बुवानको १ मुटु पाचथर जिल्ला भित्र का जिल्लाबाशी भनु या लिम्बुवानबासी बीच यहाको जनताको जातिया एकता अति राम्रो छ . न त अब १९७५ तिरै फर्कने हो न त पंचायात तिरै नै
मेरो यो अपिल छ
म जुन लिम्बुवान भित्र हुर्के ,मलाई यहि रमाइलो छ ,मलाई कहिले पनि लिम्बु र छेत्री भनेर एस्तो माइ संसारमा भने जस्तो बिबादको सामना गर्नु परेन, तेस्तो लाग्दैन मेरो गाउ ,एस्तो जातियेता छैन यो गाउमा , याहाका सबै जातिबीच जुन एकता छ त्यो अझ बलियो हुनुपर्छ यो लोकतन्त्रमा होइन र ?
हामी पढे लेखेका भनौदा येसरी नेटमा बसेर हिलो छेपा छेप गर्छौ ,तर नपढेका हाम्रा सम्पूर्ण लिम्बुवान बासि गाउले हरु बाट सिक्ने हो कि एकताको बारेमा ?आपासी सदभाब को बारेमा ?
निस्च्यानै जसरि लिम्बुहरु आफ्नो जातिया पहिचानको लागि लडिरहेका छन् त्यो स्वागत् योग्या छ ,एसमा २ मत छैन कि आफ्नो भेस भुसा र संस्कृत र रिथितिथि को बचाउको लागि ,जगेर्नाको लागि लागीपर्नुपर्छा ,अझ विभिन्न भेसभुसामा धनि नेपाल हो . एसको जगेर्ना गर्नु हामि सबैको कर्तब्य हो .
तर कुन प्रवृतिका मान्छेहरु सामेल छन् याहा ?के यिनीहरुले जातीय एकतामा त खलबल पुर्यौदैनन ?यो सोच्न जरुरि छ कि चाहे लिम्बुवान सब्द बाट बनोस संघिया राज्या चाहे अरु सब्द बाट ,तर याहाको जातिया एकता कायाम हुन् जरुरि छ
अरु अगाडी बडोस पुर्बेली भाकाहरु ,गीतहरु ,आमाहरुको खुट्टामा १ जोर जुत्ता होस् ,
धुलो उड्ने सडकमा पिच रोड होस् ,बुबाहरुको तक्मा र ढाक्रे को सट्टा सर्ब -सुलभ गाडीको सुबिधा होस्
अन्तमा सबै जातिलाई समेटेर लैजाने जुन राज्या आउछ जुन ब्यक्ति आउछ ,
उसैको भारि मतले जित हुनेछ
मनी कुमार आशादीप
सराङ् डाँडा, ५थर ,sarangdanda@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Dambar Chemjongमाइसन्सार डट कममा देबेन्द्र भट्टराईको “पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो” वाक्य पढियो । लिम्बुवानले सम्प्रेशण गरिरहेको राजनीतिक बिचारधारा र अढाइ सताब्दी पुरानो आन्दोलनलाई खिल्ली उडाउने, र लिम्बुवानको ऐतिहासिक आधिकारिकता र बैधता पितापुर्खा कालदेखिको होइन भन्ने किसीमको गलत सन्देश देबेन्द्र भट्टराईले प्रसारण गर्न खोजेकाले यस्ता ‘शिक्षित’ ‘दिक्षित’ लेखकहरुलाई जवाफ दिनु जरुरी भएको छ । बाजे-बराजूदेखी सुन्दै आएको, हुँदै आएको, चल्दै आएको राजनीतिक लिम्बुवान के हो? यसको ऐतिहासिकता के हो? देबेन्द्र प्रभित्तीलाई जबाफ दिने उद्देश्यले मैले ‘लिम्बुवान’ फोटो संकलन मेरो फेसबूकमा राखेको हुँ । तेसो त बेदप्रकाश उप्रेती-जीले आफ्नो पीएच डी थेसिस “अन्यालिसिस अफ चेन्ज इन लिम्बू-ब्राह्मिन इन्टररिलेसन्सशिपस इन लिम्बुवान, नेपाल” (१९७५) मा स्थानीय बाहुनहरुको भनाइ ‘हामी बाहुनहरु यहाँ आउँदा लिम्बुहरु असभ्य थिए, गाईको मासु खान्थे, यिनीहरुलाई हामीले सभ्यता, संस्क्रिती सिकाएका हौँ’ उल्लेख छ । ‘सिक्ष्यित’ डेबेन्द्र भट्टराईमा ‘सभ्य’ पूर्खाको उल्लेखित बिँडो थाम्न खोज्ने लालसा झल झल देखिन्छ, यिनले पहीले पनि सोही ब्लगमा लिम्बुवान बारे लेखेका थिए । जे भए नी, उनी र उनका प्रभित्तीसंग मेरो प्रत्यक्ष्य,अप्रत्यक्ष सम्बाद जारी रहला । तर उप्रेती-जीको थेसिस टाइटलले प्रस्ट्याएको महत्वपूर्ण कुरा के पनि हो भने ३० बर्ष जूनीको पंचायत १५ बर्से तन्नेरी हुँदासमम पनि पढे गुनेका बाहुनहरुलाई समेत ‘लिम्बुवान’ सहज र स्वभाविक लाग्थ्यो- जस्तो कि आज पनि अभि सुबेदीहरुलाई (जो लिम्बुवान, तेरथुममा हुर्के) खगेन्द्र संग्रौलाहरुलाई (जो लिम्बुवान्,पान्थरमा हुर्के)लाग्छ । हिप-हपे संस्क्रिति र मानसिकतामा हुर्केका ‘सभ्य’ देबेन्द्रहरु! नजानेको गाँउको बारेमा नलेख !!
मन परे हरियो, नपरे रातो
0
0
जे भए पनि यो लेख या दैनिकी कथा सिर्जन शिल छ यसमा धेरै कुरा हरु समेत्न खोजिएको छ हाम्रो नेपाल हाम्रो देस यहाँ भित्र धेरै किसिम का यथार्त हरु पाईन्छ यो लिम्बुवान होस् या जे भएपनी हामी नेपाली माटो मा जन्मेर नेपाली हुनु गर्ब छ यसरी गाउ ठाउँ को परिचय अनी छोटो मिठो लेख ठीक छ म पनि यो लेख मा रमाए मुग्लान को बसाई दिक्क लागि रहेको थियो यो कान्छी दोकान पाँचथर को दुई शब्द पढ्न पाउदा मलाई आफ्नो ठाउँ मा पुगेको महसुस भयो ।धन्याबादछ देबेन्द्र जि मा कामना छ सधैंलाई ।
मन परे हरियो, नपरे रातो
0
0
हामी लिम्बू हौ , छेत्री हौ , बाहुन हौ , पहाडिया हौ , मधेशे हौ भोटे हौ ,दमाईहौ ,कामी हौ सार्की हौ ,स्तर हौ धिमाल, मेचे, कोशे मगराती , चेपांग , ………..इत्यादी सबै हौ तर त्यो भन्दा पहिले हामी लाई गर्ब छ हामी नेपाली hau
मन परे हरियो, नपरे रातो
2
0
प्रतिक्रियाको लागि धन्यवाद वर्षा जी !
होइन फेरी वानलाइ तान बनाउने कोसिश कसले गर्दै छ? प्रष्टै भनिदिए आभारी हुने थिए शिशिर लाल जी!
मन परे हरियो, नपरे रातो
0
0
अरु केहि होइन हेर्दै जाउ , पछी लिम्बुवान हुन्छ कि लिम्बुस्तान हुन्छ समय ले बताउने छ / एदी हामी येसरी नै लड्दै जाने हो भने / देश अरुले ले नै लिने छ र हरेक ठाउको नाम उसले नै राखने छ / हरेक ठाउँ को नाम को पछाडी तान लगाई दिन्छा
मन परे हरियो, नपरे रातो
1
0
मन छुने लेख पढ्न पाईयो! धन्यबाद देवेन्द्रजी!
मन परे हरियो, नपरे रातो
0
0
very nice Devendra ji . I appriciate you.
Thank you very much.
मन परे हरियो, नपरे रातो
0
0
के को अनेकथरीवानको कुरा गर्नुहुन्छ र हो ? साथी ! यहा देशको स्थिति नेपाली भै बाँच्न पनि पाउन नसकिने हुन थाली सक्यो | नेपाल र नेपाली नै नरहे अनेकथरीवान कसरि हुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
हैन लिम्बुवानवासी हुदा नेपालीनै नहुने हो र? कृपया कसैले मलाइ बताइदिनु होला!!
मन परे हरियो, नपरे रातो
0
0
लिम्बुवान बासि हुदा नेपाली त हुन्छ नि तर लिम्बुवान र के के वान भनेर देश तुक्रुना चै हुदैन…
मन परे हरियो, नपरे रातो
0
0
जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाँच्ने आयु साह्रै थोरै
कति मिथो काति सरल
यो गित सुनन मन लागयो,
मन परे हरियो, नपरे रातो
0
0
मेरो त छिमेकि हो गड़ेश रशिक दाई घर पनि देखिएछ खुसि लाग्यो
दिपक लामिछाने
pashupatinagar -6 mehelbote now kuwait.
मन परे हरियो, नपरे रातो
0
0
जय लिम्बुवान,
भारतीय प्रहरी ले मलाई लात्ती नहाने सम्म जय लिम्बुवान भनि रहनेछु ……..
मन परे हरियो, नपरे रातो
0
0
किन नि भारतीय प्रहरी ?
जान्न सकिन्थ्यो कि ??
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद! देबेन्द्र दाई, धरै राम्रो लाग्यो हाम्रो नेपाल बिबिधता मा यकदमै धनि छ नि !!!
मन परे हरियो, नपरे रातो
0
0
हैन साथी हो यो लेख को फेद कता र टुप्पो कता…? केहि भन् नै पुन सकिएन… अनि कमेन्ट पनि फेद न टुप्पो को छ त…. बाहुन, छेत्री, कामि, दमाइ अनि राइ लिम्बु… के हो एस्तो ? लेखक पनि उस्तै….पाठक पनि उस्तै… मतिहारा हरु….कुबुध्ही भाका हरु…….लिम्बुवान को प्राकृतिक सुन्दरता देखौना खोजेको हो कि ? जातीय सम्प्रदाइक्त भद्कौना खोजेको हो कि? के हो के हो एस्तो लेख….
“अन्धेर नगरी को चौपट राजा ” भने जस्तै भयो त यो त…….!!!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रशंग जे भए पनि त्यहाँको प्राकृतिक सुन्दरताले चाहिं लोभ्यायो! त्यो झरिलो चिया बगान; त्यो डाँडाको सुन्दर बस्ती, निर्मल घामले सजिएको पहाडी जिल्ला! त्यस माथि सुन्दर सोल्टीनाहरुले झनै सुन्दरता थपेका छन्!
दिनको ३ /४ कप चिया पिउनु पर्ने यो जिल्लाबासीलाई इलाम र आसपासका जिल्लाहरु त मक्का मदिना जस्तै भै सकेको छ मानसपटलमा! कहिले त्यहाँ घुम्न जाउँ भन्ने आतुर मा! स्मरण रहोस, दार्जिलिंग तिरको चिया भने पछि मुग्लान तिर पनि बडो सम्मानका साथ किन्ने, पिउने गर्दछन! बेलायतीहरुले त पिउथे नै, अचेल अमेरिकीहरुमा पनि चिया दिन प्रतिदिन लोकप्रिय बन्दै छ|
कारण?
कारण के भने १ कप White Tea ( दूध हालेको भन्या होइन नि; गर्बे कोपिला भन्या) मा १२ गिलास सुन्तलाको रसमा जति क्यान्सर र बुढ्यौलीसंग लड्ने एन्टी अक्सीडेन्ट पाइदो रहेछ! ह्वाइट र ग्रीन चिया बिचको फरक र तिनलाई पिउने तरीका तलको साइटमा हेर्नु होला:
http://healthnewsreport.blogspot.com/2009/07/white-tea-vs-green-tea.html
मन परे हरियो, नपरे रातो
0
0
पन्थर को फेदेन बजार मा लिम्बु भाषा बोल्ने कोही छैन भन्दा धेरै दु:ख लाग्यो र तेरो अधयन को आधार सन्कुचित लाग्यो किन कि म पनि फिदेन बजार को लिम्बु हुङ र म लिम्बु भाषा बोल्नु सक्छु र म जस्ताइ हजार लिम्बु हरु आफ्नो भाषा बोल्न सक्छन र यद राख फिदेन को २ ४ घर मात्र फिदेन होइन ।
मन परे हरियो, नपरे रातो
0
0
देवेन्द्र भट्टराई जी . धेरै धेरै dhanyadbad मलाई आज मेरै घर गाउ पुगेजस्तो लग्यो . तर दुख पनि लग्यो किनभने त्यती राम्रो मेरो जन्मभूमि आज राजनीतिक गतिविधिले जद्है परिबर्तन bhayecha
मा यति टाढा भएर पनि गाउ घरको बारेमा पढ्न पौधा jadhai खुशी लाग्यो
जंग अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
good picture . i like it
मन परे हरियो, नपरे रातो
0
0
yo geet kasle gayako ho? Online chha ki?
जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाँच्ने आयु साह्रै थोरै
मन परे हरियो, नपरे रातो
0
0
हैन बिस्मिर्ती जी बाहुन ले मात्र खान नहुने कुरा हो रक्शी?
मन परे हरियो, नपरे रातो
0
0
हेर लेखक बाबु , भन्न के खोजेको हो मैले त खासै केइ पनि बुझ्न सकिन तै पनि तिमीले फेदेन बजार को बारे मा अनि त्यहा को लिम्बुवान क्षेत्र को बारे मा अलि होच्याएर लेखेको भान भयो, ……. होइन र !
मन परे हरियो, नपरे रातो
0
0
जय नेपाल, के को लिम्बुवान नि…..संसार कहा बाट कहा पुगिसक्यो तिमि हरु चै त लिम्भु त बाहुन त छेत्री भनेर बसिराख…….
मन परे हरियो, नपरे रातो
0
0
Hey injot denmark fuche pahilaa kura ramrari bujnu la ani kura garnu, Limbuwan bhaneko Rajya ko nam ho, jaha pahila Limbu matrai thiyo but 240 years pachhi ahile sabai mix bhayeko chha tesaile. so junai jati baso bas gare pani Limbuwani ho kinaki Rajya ko nam Limbuwan ho, dherai behora dekhaune khalko kura nagarnu la challa,
मन परे हरियो, नपरे रातो
0
0
जय प्रसाद अमेरिका के गएको थियोउ जैक भयेचौ , खुसि लग्यो अमेरिका गए भन्दै मा धेरै ठुलो चै न हुने है मित्र अनि अरु लै सानो देखने आखा को चै राम्रो गरि उपचार गर है….मेडिकल त फ्री नही होला नि….नत्र मेची आखा अस्पताल मा आउ फ्री मा गरिदिउला ….अनि कुरा रह्यो लिम्बु को राज्य अब तिमि हरु जस्तो पढेलेखेको मान्छे ले त एस्तो कुरा गर्छौ भने ति गाउका सोजा साझा जनताले त तिमि हरु को नै सिको गर्ने भै हाले नि…..पहिले सोचा सगरमाथा भन्दा अग्लो जैक….अब नेपाल लाई २४० बर्ष लाने कि चमत्कारी रुप मा देशको विकास गर्दै अग्रगामी रुप मा अघि लैजाने….ल राम्रो गरि था पाई राख तिमि हरु ले माग गरेको अरुण पूर्व को जिल्ला मा लिम्बु को प्रतिसत कति छ भनेर ….सपना मा पनि न देखे हुन्छ तिमि हरु को लिम्बु राज्य अथवा अरु कसै कोआ – आफ्नो जातीय राज्य….नेपाल एक थियो र एक्है रहिरहन्छ अनन्तकाल सम्म….. जय नेपाल \
मन परे हरियो, नपरे रातो
0
0
लिम्बुवान, खम्बुवानको सपना मात्रै देख्दै गर साथी हो, भारतले खान लाइ सक्यो देश, अनि देखाउला तिम्रो सपना | कुन ठाउमा गएर बनाउछौ तिम्रो राज्य अनि |
मन परे हरियो, नपरे रातो
0
0
बिर सर, बुढापाका भन्छन नि भाई – भाई फुटे गवार लुटे…..जब हामी सबै नेपाली एक हुन्छौ तब संसार का कुनै पनि सक्तिले हामी लै जित्न सक्दैन त्यो त इतिहास ले नै पुस्टि गर्छ नि….तर हाम्रा नालाएक नेता हरु ले गर्दा खेरि आज देश मा यो स्तिथि आइ पुग्यो…अनि सबै लाई नेता हुनु पर्ने…जो नेता हुन सकेनन तिनी हरुलाई चहियो नि येस्ता जातीय राज्य हरु….कतै राज्य को भए पनि नेता मन्त्री हुनु पाउछु कि भनेर ….जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो वीर !
नेपाल ईन्डिया लाइ ख्वाएको लिम्बुवान खम्बुवान ले होइन तिमार्कै नेता हरुले हो
यती नाथे कुरा पनि भन्नु पर्ने मैले??
मन परे हरियो, नपरे रातो
0
0
अरुण पूर्व मा सबै भन्दा धेरै प्रतिसत लिम्बु नै छ । यो कुरा लाइ आ-आफ्नो गिदी मा जती छिट्टो राख्नु सक्यो उति आफ्नै लागि फाईदा हुन्छ ।
अर्को कुरा :- अङ्गुर खानु छ भने अङ्गुर कै बोट मा पानी हाल्नु पर्छ, पानी हाल्ने बेला मा कागती को बोट मा पानी हाल्ने अनि पछि अरुको बारीको पकेको अङ्गुर देखेर लोभिएर अङ्गुर खानु गयो भने बारी को मालिक ले दाँत झरिदिन्छ ।
अहिले लाइ यती नै बुझौन हुन्न ?
जय लिम्बुवान
मन परे हरियो, नपरे रातो
0
0
मबि लिम्बु जी , के तातो न छारो को प्रतिकिर्या जनाएको नि, कति प्रतिसत छ लिम्बु को जनसंख्या नेपाल मा था छ तपाई लाई, जम्मा जनसंख्या को १.५८%, मतलव ३,५९,३६९ र तपाई ले माग गर्नु भएको राज्य मा अरु जाति को प्रतिसत कति छ भनेर तपाई को गिदी मा छ कि छैन नि……………..अनि अरुण पूर्व को ९ जिल्ला कसरि बाड्नु हुन्छ नि, किन कि इ जिल्ला मा लिम्बु को मात्र माग छैन…..खम्बुवान, कोचिला, मदेशी पार्टी , चुरे भावर लगाएत अरु थुप्रै जाति हरुको आ आफ्नो माग अनि दाबी रही आएको छ …..बरु इ सर कुरा भुलेर किन एक नेपाल एक नेपाली भएर नबस्ने नि…..अनि तपाई को बुद्दीमानि गिदी बाट पनि जय लिम्बुवान हैन जय नेपाल भनेको सुन्न पाउ…………….जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
जय लिम्बुवान ~~
मन परे हरियो, नपरे रातो
0
0
!!!!
देश लाइ टुक्रा पार्न खोज्ने पिपासु हरु लाइ धिक्कार छ. तिमि हरु लाइ नेपाल आमा को सराप लागोस्.
मन परे हरियो, नपरे रातो
0
0
लेख ठिकै छ ज जसले यो जातिवादी कुरा उठाए त्यो राम्रो कुरा होइन | पहिला हामी नेपाली अनि मात्र बाहुन क्षेत्री अन्य जात कि कसो साथी ?
मन परे हरियो, नपरे रातो
0
0
यो लेखले त, म अल्लमल्ल परे हो | कुनताको नभाको दिमाग… फेद कुन हो टुप्पो कुन हो केहि थाहा पाउन सकिन मैले त | घनाघश्याको उकालो हो कि सुन्दरी जलको यात्रा फरक छुटौना गाह्रो भयो | साताको साहित्य त होइन होला ? तस्वीरले दिन खोजेको संदेश पनि प्रस्ट भएन ………..| लेख बुझिलिन नसकेकोमा क्षमा चाहन्छु |
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लेख रहेछ |
मन परे हरियो, नपरे रातो
0
0
यी भट्टराई गति छाडा बाहुन रहेछन ! जता गए पनि रक्सि कै महिमा गाउछन!
सुन्तले रक्सि, टिम्मुरे रक्सि चाखन लाई पहाड तिर घुमी हिडदा रहेछन !!
फेरी फोटो पनि हेरन- सुँगुर को पेरुङ्गो को छेउमा बसेर खिचेछन!
त्यत्रो फिक्कल इलाम पशुपति नगर पुग्दा अरु केहि नभेटेर रक्सि पेरुङ्गो मात्र भेटे
छ बाहुन ले !!
दुध दहि महि छुर्पी अदुवा अम्लिसो अलैची धेरै धेरै चिज छन् नि त्यता तिर ….
कोदे बाहुन खै कहिले आउला तिम्रो मति ?
धन्न कतार मा बस्दा कहिँ कतै “लुमा” को महिमा लेखेन छौ ……….
मन परे हरियो, नपरे रातो
0
0
हासो लागो! हा हा ..
यस्तो खरो भाषा पनि रमाइलै हुन्छ कहिले काहीं!
मन परे हरियो, नपरे रातो
0
0
‘जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाँच्ने आयु साह्रै थोरै…†’
मन परे हरियो, नपरे रातो
0
0
मालालाई त घर पुगेको याद पो आयो हो जय पांचथर
मन परे हरियो, नपरे रातो
0
0
म ईश्वरसँग रुन्छु, मान्छेसँग हास्छु ……………………
‘जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाँच्ने आयु साह्रै थोरै…………………..
जीवन भोगाइको पाठसलामा गरियका सहि र सचा अनुभूतिका उद्दरण हुन् .
मन परे हरियो, नपरे रातो
0
0
साच्चै नै देबेन्द्रजिको लेखले चाँही मनै छुन्छहो ……
म पहिलेदेखिनै उहाको फ्यान हो ……
चाहे पूर्वको पाचथर् होस् ,या ईलाम ,
या दार्जिलिङ देखी आशाम सम्म
या दोलखा या पोखरा खा पुग्नुभएन र देबेन्द्र जि
उहा को लेख १ चोटि पडेपछी सधैंभरी रहिरहन्छ हो
हिजो अस्ती जस्तो लाग्छ कतार मा देबेन्द्रजिको लेख पडेको ,
कती नेपाली नाम पनि राख्नु भयो देबेन्द्र जिले
अनी कती मजाले मिलाएर लेख्नुहुन्थ्यो राजाधनी साप्ताहिक र कान्तिपुर साप्ताहिकमा
यहाँ कतारमा हगि
अझै पनि मेरो दिमक्खमा ताजै छ अल्खोर मा भेडाचराउने नेपाली लाई भेट सम्बनधी र तरबर गेटमा बसेर चिट्ठी को बारेमा लेखेको
साह्रै मन छुन्छ
राज कुमार भण्डारी
पाचथर ,
हाल कतार
“म पनि लिम्बुवान बासि छेत्री हो तर मलाई नेपाली हुनुमै गर्ब लाग्छ “
मन परे हरियो, नपरे रातो
0
0
यो लेखले खास के कुरा भन्न खोजेको मैले त केहि भेउ नै पाएन, एउटा दैनिकी लेखेको हो कि ? कसैले बुझ्नु भएको छ भने बुझाई दिनु होला |
मन परे हरियो, नपरे रातो
0
0
माओबादी र अरु पार्टीहरुले हाम्रो देशका सिधा जनताहरुको मान्नमा नराम्रो कुराहरु भारिदिनाले अहिले एस्तो दिन देख्नु परेको हो | अहिले पनि सब्बै नेपाली जनता मा बिखन्डन र छुट्टिने कुन्नइ भावना देखिन्दैन मात्र यी नराम्रा कुराहरु नेता र कार्यकर्ता मा देखिन्चन |अहिले पनि १०० नेपाली मा २ नेपाली मा एस्तो नराम्रा सोच अहले पनि छैन तसर्थ मभंचु देशलाई यो गति मा पुर्याउने नेता हरुको पछि नालागांव साथी हो आफ्नो बुद्दी र बिबेक लगओं अहिले पनि हाम्रो देशमा केहि बिग्रेको छैन| के लिम्बु ,के थारु के मगरात ,के बाहुन के नेवार, हामि नेपाली सब्बै एकै परिवार का साझा सदश्य हौं तसर्थ सब्बै एकजूट भएर अगाडी बढौं साथि हो यो चोर नेताहरुलाई पछाडी राखेर नत्र एकदिन यिनीहरुले हाम्रो मातृभूमि लै नै बेचिदिनेचन| rks
मन परे हरियो, नपरे रातो
0
0
सारै राम्रो कुरा लेख्यो खै त त्यो लिम्बुवान ले केहि खुत्यौदैना भन्न खोजेको प्रस्ट भयो अर्काको बारेमा जेपनि लेख्छौ तर खै त्यो करोडौ ले पिउने चियाको बुट्टा मा ढलिमली गरेर अनैतिकता देखाउने को बारेमा किना लेखेनौ ? किनाकी त्यो पनि तिमि जस्तै थियो तेसैले केहि लेखेनौ गजब छ तिमीहरुको लेखी पनि वाआ !!! तिमि हरु जस्ता को लेखाई लाई धिक्कार छ
मन परे हरियो, नपरे रातो
0
0
आलोक जी, फरक प्रसङगको झोक फरक ठाउँमा राखनु भयो । यस्तै जोसलाई, होस् हुनेहरुले राजनैतीक नारा दीएर फाईदालिने गर्छन । बिसुध् लेखकहरुलाई एकल्काटे राजनैतीक दृष्टि बाट हेर्दा मुल्याङ्कन सहि हुँदै न । आकाश-सधै एउटै हो । यसलाई हेर्नेले
१. कोठाको सानो दुलो बाट हेरी मुल्याङ्कन गरेको हो
या
२.फराकिलो छत बाट हेरी मुल्याङ्कन गरेको, फरक यहाँ हुने हो ।
तपाईं कहाँ हुनु हुन्छ ?
तपाईं जस्तै म पनि पाठक हुँ । तर तपाईंको हेराइले चित्त दुखेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
य कमि भाई के छ तिम्रो चालमाला होइन आफुले पनि लेखानु नसक्नु अनि अरु को लेख पनि धिकार छ भनेर भन्नु त मिलेन नि तेही भयर त तपाई हामी दमैइ कमि नि नत्र भय त हामी पनि माथि पुगी हल्थिउनी | होइन र ????
मन परे हरियो, नपरे रातो
0
0
त्यो त ठिकै छ बाहुन हरु जहाँ पुगे पनि रक्सी महिमा ले नछोड्दो रहेछ ।
मन परे हरियो, नपरे रातो
0
0
लास्ट को फोटो ले चै के अर्थ्यौना खोजेकोहो कोन्नी……..
मन परे हरियो, नपरे रातो
0
0
जे भयेपनी जहा भयेनी मालिक को कृति वा लेख पड़ने अबसर पौदा तेहि पुगे जस्तो हुने के ,
मन परे हरियो, नपरे रातो
0
0