- ब्यास, अमेरिका
हाम्रो जमानामा कुपन्डोलका प्रशान्त र अमीर घर्ती नामुद दादामा गनिन्थे । उनहरूको दादागिरी कुपन्डोल देखि पाटन क्याम्पससम्म फैलिएको थियो । त्यसताका नक्साल, वागबजार, असनका छुट्टा छुट्टै दादाहरू हुन्थे । खासै ठूलो अपराधिक काम गर्दैन थिए उनीहरू मूलतः गुण्डागर्दी गर्थे । उनीहरू भारतिय चलचित्रका फिल्मी दादाहरू सेट्टी (सुनिल सेट्टीका पिता), अजित, पछि आएर शत्रुघ्न सिन्हा आदिबाट प्रभावित थिए । पछि दादाहरूको बढुवा भएर उनीहरू डन भए र उनीहरूको अपराधिक काम र नेताहरूसंगको सम्बन्ध पनि बढन थाल्यो । चलचित्रमा अमिताभ बच्चन डन बने भने भारतमा हाजि मस्तान, राजबर्धन, छोटा राजन, डाउड इब्राहिम आदि साँच्चिकै डन थिए र कोही छन् । अमेरिकामा यस्ता डनहरू माफियाका नामले कुख्यात थिए । प्रसिद्ध हलिवुड चलचित्र गडफादर यस्तै माफियाहरूको वास्तविकत कथामा बनेको फिल्म थियो । कुनै समयमा माफियाहरूको प्रभाव अमेरिकी सिनेटसम्म थियो भनिन्छ । अहिले यिनीहरूको आवश्यकता छैन किनकि त्यहीकाम आजकल बीजनेस टाइकुन/लबिस्टले कानूनी ढंगले गर्नसक्छ भनेर भनेँ भने फरक नपर्ला ।
तपाइले भन्नु होला संसारकै सबभन्दा ठूलो दादाको नाम छुटाउनु भयो भनेर । ए, अमेरिका भन्नु भएको ? ओबामा आउनु अघि त अमेरिका दादा नै थियो विश्वको । चीन र रूसबाहेक सबलाइ थर्काएको थर्काएकै गर्थ्यो । तर, ओवामा आए देखि अमेरिका अब त्यस्तो रहेन कि जस्तो लाग्छ । सबैसंग मित्रता, बन्धुत्व र शान्तिको हात अगाडि बढाएकोछ अमेरिकाले ।
दादागिरी गर्नमा नेपाल त पछाडि नै छ। भारतले नेपाललाइ त दबाएको दबाए छ। अरू त के कुरा सानो देश भुटानले समेत नेपाललाइ टेर्ने हैन । भुटानी शरनार्थीको मामिलामा भन्ने हो भने भुटानले समेत नेपाललाइ पेलेको छ। तर दादागिरी गर्नमा नेपालीचै कम छैनन् । पारषलाइ अलग्याउँदा पनि काठमाडौमा मात्र दीपक मनांगे, राजु गोर्खाली, चक्रे मिलन, बाघे, घैटे, चरी आदी गरी दर्जनौ डनको नाम र फोटो नयाँ पत्रिकाले छापेको थियो । फेरि धरान, पोखरा, भैरहवा, विराटनगर, वीरगजका दादाहरू त छुट्टै छन् । छुटेकाहरू पनि कोहि वाइसियल, कोहि युवा फोर्स त कोहि तरूण दलमा छन् । कोहि भने मंत्री बनेर सिडिओ चुट्दै छन् । यी दादाहरू मिलेर छुट्टै नेपाल डन पार्टी खोलेको भए दुइ चार मंत्री त त्यसै हात पार्थे कि ? यिनका अग्रजहरू उत्तम पुन, महादेव गुरूंग, दीपक बोहरा आदि पनि त मंत्री भएकै थिए ।
अब लागौ गाँठी कुरो तिर । डनहरूको देश विकासमा योगदान । नझस्कनुस् त त्यस्तरी। हो भने, यिनको देश विकासमा ठूलो योगदान हुन्छ र छ पनि । नपत्याउनु भएको ? देश विकास हुन मूलतः के चाहिन्छ ? शान्ति? शान्ति त आनन्दसंग छ भन्नु होला । त्यो शान्ति हैन । अमन चैन शान्ति । शान्ति कहाँबाट आउँछ ? सुरक्षाबाट । सुरक्षा चै संरक्षणबाट । तपाइँलाइ कसैले संरक्षण दियोभने तपाइँ सुरक्षित हुनुभयो, अनि शान्तिको अनुभुति पाउनु हुन्छ । तपाइँ, तपाइँको घर, समाज त्यसरी नै देशमा शान्ति छाउँछ । हैन त? मैले कुनै गफ लगाएको हो त? अरेरिकाको संरक्षण नपाउँदा सद्दाम हुसेन चट भए। इराक अशान्त भयो । भारतको धाप नपाउँदा प्रचण्डको राप सेलाएर खरानी भयो । हरूवा माकुने धपक्क बलेर आयो, त्यही भारतको संरक्षण पाएर ।
सारमा भन्ने हो भने सुरक्षा र सुरक्षित रहनु प्रत्येक घरको आवश्यकता हो । घर सुरक्षित भयो भने देश सुरक्षित हुन्छ । सुरक्षाको जिम्मेवारी भने सरकारले पुलिसलाइ दिएको हुन्छ । यसमा कुनै शंका ? छैन । शंका हुन पनि भएन नी । हामीले चुनेको सरकार हो । हरूवा सरकार हामीले चुनेको हैन ? एमाले र नेकालाइ त सानो भोट त दिएकै हो नि नत्र कसरी संसदमा आउँथे त ? हामीले पार्टीलाइ विश्वास ग-यौ, पार्टिले हरूवाहरूलाई । गलति हाम्रै हो । जेहोस् । सुरक्षाको लागि पुलिस हुन्छ । अव, कुरोको चुरो तिर लागौ । पुलिसलाई दादा वा डनले विवाह गर्यो भने सुरक्षाको जिम्मा कसको हुन्छ त ? निश्चय नै डनको हुन्छ । अतः अन्तत हाम्रो घरको सुरक्षाको जिम्मा डनको हातमा हुन्छ । किनकि विश्वभर डन र पुलिसको सम्बन्ध प्रगाध हुन्छ । यस तर्कलाई उदाहरण सहितको ब्याख्या आवश्य नपर्ला । भने पछि, डनले हाम्रो घरको सुरक्षा गर्ने भयो । यति जाबो कुरा नबुझेर हामी नेपालीले दुःख पाएका छौ । घर घरमा शान्ति छैन । यता चोरी भयो भने छ उता डाका लाग्यो भनेछ । हाहाकार छ । यही कुरो बाठा अमेरिकीहरूले बुझेकाले उनीहरूको देशमा टन्टा नै छैन । घरको सुरक्षा गर्नेकामलाई कानूनी मान्यता दिएपछि सरकारलाई पनि डनसंग डील गर्नु नै परेन । उल्टो उसले सरकारलाई कर तिर्छ (हुन त हाम्रै पैसा हो)। घरको सुरक्षा डनले गर्छ । नपत्याए तलका फोटोहरू हेर्नुस त । त्यहा लेखिएको छ- तपाइँको घर ADT (American Don Team- मैले अर्थाएको मात्र साँच्चिकै त के हो कुन्नी) द्वारा सुरक्षित छ । काईदाले फाइदा भनेको यही हो ।

हुन त नेपालीहरू जहाँ बसे पनि नेपाली स्वभाव कै हुन्छन् । त्यति जाबो सुरक्षाको कुरो पनि बुझ्दैनन् । कहाँ अरूलाई पैसा तिरेर आफ्नो घरको सुरक्षा गराउने, पुलिसको के काम नत्र भन्ठानेका थिए उनीहरूले। जब चोरले घर फोडेर सुन सुन खोज्दै लग्यो बल्ल चाल पाए । अब चाल पाएर के गर्ने ? घर त अशान्त भैहाल्यो ।
कुरो बुझ्नु भयो त? यो गनथनको मन्थन गर्ने जिम्मा पाठकहरूको । अनि हाम्रो देश कुन डनलाई सुरक्षा गर्न दिने त (आफै, भारत, चीन, वा अमेरिका)? सोच्दै गर्नोस् । र, सोच्दै गर्नोस् दादा, डन र डेभलपमेन्टको सम्बन्धको बारे – गफ हो कि तथ्य ? अथवा, के अब विश्वमा कुनै एक देश वा ब्यक्ति आफै सुरक्षित छैन त?
No related posts.









ओह हो आज ३०/३५ बर्ष अगी को कुरा याद दिलाउनु भयको मा ब्याश जी लाईधेरै धन्यवाद छ./ म यहि नै छु kunai बेला भेट भएमा गजब ले बाट मरौला .कुरा के भने कुरा निकाली हाल्नु भो हाम्रा दादा जी को .एउटा कुरा सम्झना दिलौना चाहन्व्हु भने ३६ साल तिर कै हो ला पाटन कलेज माकेटीहरुको वोल्लेय्बल्ल गेम मा झगडा भै एन्जिनिर कलेज केटाहरुले अमिरे को घर बाट नै समाती पिटेको खुब ताजा सम्झना छ एदी तपैंलाई पनि याद छ भने येसो लेखि दिनु हुन् छ कि तेश पछि फेरी प्रासंतेको कुरा गरौँ ला.हुन र.
मन परे हरियो, नपरे रातो
0
0
अहाहा ठिकै जस्तो लग्यो ,चटपट को स्वाद जस्तो ,अमिलो-पिरो-नुनिलो ,रिसाउनु हुँदैन क्या ! दुइ दिनको जिन्दगीमा, जे होस् समय बितेको भने पक्कै हो ,
मन परे हरियो, नपरे रातो
0
0
man imporanta kura comment laknu bandha phila bujra matra comment lakna garyo.my view anusara ra maile bujko aunsara,this is hundered
present right ra true cha ra yasla hamilie kai knowlege diyko pani cha.
I like.
मन परे हरियो, नपरे रातो
0
0
sabai le bhaneka sab gundda, dada,phatta hun.Tara sab le eak jana ko nam chai chuttayaka chan.MR MILAN SEXY.ye hun baneshwor ka gunda,dherai ko paisa khaiaka chan yenle,dherai sanga lutea ka chan paisa.tehi paisa aile lagani garne bhandai katai jagga ma haleka ch ta katai 100% intrest ma sojha sajha lai thaga ko cha.yo ho gundda.
मन परे हरियो, नपरे रातो
0
0
Prachanda dan kai haatamaa desh sumpidiye ke hune tghiyo?:)
मन परे हरियो, नपरे रातो
0
0
यो लेख बुझने लाई श्रीखण्ड, नाभुजनी लाई खुर्पा हो …………….
मन परे हरियो, नपरे रातो
0
0
बुझ्नेलाई सिंग न पुछर
मन परे हरियो, नपरे रातो
0
0
ये ब्रो
हवाताल मा सुनिल शेत्टी को बुआ शेत्टी रे. उसको बुवा को नाम वीरप्पा शेत्टी हो र उनि रेस्टुरेन्ट चेन को साहु हुनु हुन्छ. अर्तिच्ले लेख्ने भन्दा पहिला अलि रेअसेअर्च गर है .त्यो फिल्म मा खेल्ने शेत्टी संग सुनिल को केहि वास्ता छैन. मेरो संसार मा किन प्रकाशित गरेको खोइ.
मन परे हरियो, नपरे रातो
0
0
कुरै नबूझी जथाभावी कम्मेंट नगर न हाउ …..
बुझनेलाई यो कुरा गहिरो छ , नबुझ्नेलाई घर छेउमा पहिरो छ .
मन परे हरियो, नपरे रातो
0
0
अमृत जी
ठिक भन्नु भयो, लेखकले ती गुण्डाहरुले जस्तै दवाव दिएर भारतले नपाललाई उनीहरुको छाता मुनि बस्नु भन्दै दवाव दिंदै आएको कुरा गरेको हो, तर भारतको नाम लिन समेत डराउने भारतै माता पिता मान्नेका समर्थकहरुले कुरा नबुझेकोत होयिन, न बुझेको जस्तो गरि राखेको हो/
मन परे हरियो, नपरे रातो
0
0
खै के लेख्न ख्जेको हो? साथीले अमेरिकामा यस्तो कम्पनी को बारेमा जानेर नेपालमा यस्तो खोल्न पर्चा भनेको हो कि? नत्र यौटा कम्पनी को बोर्ड यसरि बदनामी नगर्दै राम्रो होला कि, सिर्सक हेर्दा पढ्न मन लाग्ने पढी सके पछि खै के के ?
घुमाउरो बंग्य हो कि ?
दादा दन र डेभलपमेन्ट होइन, दादा दान र शान्ति भने ठिक होला यदि यस्तै लेख्न खोजेको भय!!!
मन परे हरियो, नपरे रातो
0
0
बुझ्ने लै श्रीखण्ड , नबुझ्ने लै खुर्पा को बेन्ड…….! माथि लेख को अस्राए न बुझी कन झाथा भावी कमेन्ट गर्ने हरु को लागि …..
मन परे हरियो, नपरे रातो
0
0
अमेरिकालाइ चै कसले स्वर्ग भन्छ हो ?यस्तो कुकुर देशलाइ पनि …
प्रकाश
कैलिफोर्निया
मन परे हरियो, नपरे रातो
0
0
“दादा, डन र डेवेलोप्मेन्ट” शिर्षक देखेर इटालीको माफियाको गिरोहको बारेमा होला भन्ने सोचेको थिए । जसले आफ्नो देशको राजनितिक र आर्थिक क्षेत्रमा बिदेशी हस्तक्षेपलाई निर्मुल पार्ने काम पनि गर्छ । जुन स्थानमा कानुनी प्रक्रिया लामो र झन्झटिलो हुन्छ त्यहा सिधै माफिया प्रयोग हुन्छ भनेर हामीलाई उदाहरण दिनु भएको थियो हेनरी एरिक्सनले । तर शिर्षक र लेखको खासै सम्बन्ध त देखिन ।
मन परे हरियो, नपरे रातो
0
0
त्यो कुपन्डोलदेखि पाटन कम्पससम्म, महाराज गंज को एक टुक्राको दादा, चाबेलको एक छेउको डनपनि डन हो, तेस्ता डनहरु सिंगल आउने हो भने टुंडिखेलमा सिंगल चलेंज- आमाको दुग्ध पिएका छन् भने साले हो, तेस्ता डन, वैसिअल सबै सिंगल आएर दादा बन त तब हो यो नेपाली रहेछ भनौला
एउटा भुसिया कुकुर कुट्न खुडा, तरवार, पेस्तोल बोकेर पनि दादा डन हुन्छ ? लाछीहरु घास खानको दुखले अन्न खान जन्मेकाहरु !
अझ ति गधाहरु भन्दा पनि यी पढेर झन् गधा भाका यी पढ़हंते गधाहरु राम्रो कुरा लेख्नु छैन चोरहरु, डाकाहरु, ज्यानमाराहरुको बारेमा लेखेर समय खेर फाल्ने- गधा, कुकुरहरुको बखान गर्न डिग्री हासिल गरेको ?
मन परे हरियो, नपरे रातो
0
0
ब्यास जी, जुन ब्याक्ति आफ्नो देशमा ठाउँ नपाएर अमेरिका आएको छ, सबवे र धोति को होटेल मा कामगर्नु छ , अमेरिका कै बिरोध गर्नु कतिको बुद्दीमानि होला ? हामी सबै देश मा नभएर नै अमेरिका मा आएको हो, कसैले पनि हामीलाई हात समाएर त अमेरिका मा नै बस्नु पर्छ भन्ने जबर्जस्ति गरेको छैन. हामी अति पाखण्डी रास्ट्रबाद देखाउन छोडेर, भावना मा होइन यथार्थता मा कलम चलाउन थाल्ने कि? होइन यदि हामी लाइ जबर्जस्ति संग नै कसैले अमेरिका मा राख्न खोजेको भए अलग कुरा, मरि हत्ते गरेर अमेरिका आउनु छ अनि अमेरिका लाइ नै डन देख्ने? हो, यो देश, निस्चय पनि तेस्रो बिश्वका गरिब हरुको सपना हो, चाहे त्यो जति सुकै पनि राष्ट्र बादी किन न होस् . हाम्रै देश का पनि सुरेन्द्र बहादुर बस्नेत अनि पियुस बहादुर अमात्य हरु USA मा बस्न आउदैनन र आउने अवास्कयता पनि पर्दैन. हामी मध्यम बर्गीय USA मा आउछु, जुन हाम्रो सपना को स्वर्ग हो. जुन स्वर्ग को कल्पना मा हामी जन्म देश छोडेर आएको छौ, त्यसको बेइज्जति गरि हाम्रो असभयता को परिचय नदिउ .
मन परे हरियो, नपरे रातो
0
0
चन्द्र,
तिम्रो बुद्धि पनि छाक मै रैछा. राम्रै पढ़ा र यथार्थ थाहा पौने कोसिस गर .
मन परे हरियो, नपरे रातो
0
0
C -
मलाई गध्य लेखन (कम्पोजिशन) को शिक्षकले पहिलो दिन क्लासमा कापिबाट कलम नउठाईकन पन्ध्र मिनटसम्म लेखेको लेखेई गर्न भनेको याद आयो! “फ्री स्क्राइबिंग” हो कि त्यस्तै के जति भन्थ्यो!
जेहोस, बालकृष्ण दाहालजीको “महान कन्स्पिरेसी थ्योरी” भन्दा ब्यासजीको यो “दिपक दाइको दादागिरी सिद्धान्त” कुनै हालतमा कम छैन!
मन परे हरियो, नपरे रातो
0
0
It’s so much funny DADA, DON RA DEVELPOMENT which made सोर्री तो catcha up meaning…………………बकम्फुसे………………………..
मन परे हरियो, नपरे रातो
0
0
आफैले पाल्ने गरेको कुकुरले आफैलाई टोक्यो डन भनेर डन बनाउने पनि तेही नेताहरु त हुन्
मन परे हरियो, नपरे रातो
0
0
ब्यास जी तपाइले लेख्नु भंएको आर्टिकल धेरै ठिक छ यसै वाट बुझन सकिन्छ कि कमेन्ट गर्ने मित्र हरु लेख कति सम्म को बुझ्दा रहेछन भन्ने कुरा कमेन्ट गराई को तरिका बात बुझन सकिन्छ/
एस तपाइँ को लेख भित्र धेरै कुरा हरु लुकेका छन् बुझ्ने लाइ नबुझ्ने लाइ केहि पनि छैन पट्यार लाग्दो लेख छ/
हो येसलाई भनिन्छ बुझ्ने लाइ सिरिखंड नबुझ्ने लाइ खुर्पाको बिड/
फेरी एकपल्ट भन्छु मा ब्यास जी तपाइँ को लेख सारहै राम्रो छ/
मन परे हरियो, नपरे रातो
0
0
झलक चंजी
एक दम ठिक भन्नु भयो/ नेपलाल्यी दादा गिरि देखाउन्दाई आएका भारतले नेपाललाई उनीहरु सुरछ्या छाता भित्र बस्नु पर्ने भन्दै आएको कुरालाई ब्यास्जीले गुण्डाहरुको प्रबिती जस्तै भनेर भन्न खोज्नु भएको/ साथीहरुले कसरि लिए कुन्नि/ तपाईंले ठिकै भन्नु भयो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेर/ ब्यस्जी लाई गालि गर्नेहरुले चाहि कुरा बुझेरै गालि गरेको हो, उनीहरुको प्रभु भारतलाई व्यंग गरेको उनीहरु सहन कसरि सक्छ र ?
मन परे हरियो, नपरे रातो
0
0
yasto lekh हरु kina chhapako
waiyat
मन परे हरियो, नपरे रातो
0
0
व्यास जी नेपालीको बिदेशमा काम गर्ने पहीचान पनि तीन ‘डि’ डिफिकल्ट,डर्टी र डेन्जर ले हो ।अब नेपाल चाइनातिर लाग्यो भने दादा,डन र डेभ्लप्मेन्ट को पहीचान पाउला भन्ने मेरो बिचार छ ।
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचार मा पनि यो लेख ठिक chaina
मन परे हरियो, नपरे रातो
0
0
एकचोटी एकजना खाना खान होटेल गएछ।
त्यहाँ २ वटा sinboard थिएछ – Veg & Non-veg.।
त्यो मान्छे Non-veg sinboard तिर लागे छ।
फेरी २ वटा Signboard आएछ – नगद र उधरो ।
उधारो मा पाउँदा कसैले छोड्छ ? त्यहि भएर उधारो तिर जाँदा एकै चोटि अको रोडमा (बाहिर) पुगे छ ।
I was treated by the same way
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरु यो समाचार हैन यो ब्लग हो |यी ब्यास जी क फतौरा हुन् समाचार हैनन त्यसैले कुनै प्रमाणको जरुरि पर्दैन |दादा/गुन्डा हरुको आधिकारिक परिचयपत्र हुन्न होला | ब्यास जी को कुरामा तुक नहोला तर उनले आफ्ना कुरा लेखे यसमा मेरो संसार लाई उजुरी हाल्न पर्ने कुरा छैन.| बरु ब्यास जी नेपाल जाँदा ति दादाहरु बाट वा तिनका चम्चा बाट लेख को मूल्य असुल हुन सक्ला त्यो कुरा ब्यास जी ले बुझेकै होलान | निक को गाली मानबिय छैन |
मन परे हरियो, नपरे रातो
0
0
नेता गतिलो भए नेपाललाइ कुनै डनको आबश्यकता पर्दैन, किन भने नेपाल अहिले २ उदियमान विश्व शक्तिहरुको बिचमा भएकोले नेपाल अन्य विश्व शक्तिहरुको लागि पनि एउटा अति महत्वपुर्ण strategic ठाउँ भन्न गएको छ, त्यसैले यदि हाम्रा नालायक नेताहरुले गतिलो तरिकाले diplomatc गोटी चाल्न सके कुनै डनको पछी लाग्नु पर्दैन बरु उनीहरुले नै आफ्नो दुनो सोझाउनलाई नेपालसंग हात जोड्ने अवस्था आउनेछ, जस्तै तालिबानसंगको लडाईमा पाकिस्तान र अफगानिस्तानसंग हात जोड्दैछन् | तर हाम्रा नेताहरु परे सबै नालायक !
मन परे हरियो, नपरे रातो
0
0
एउटा कुरा भनेर सुरु गर्यो पछि अर्कै कुरा लेख्छ| छेउ न टुप्पा के लेखेको यो? घर्ति दाजु भाइको नाम बाट सुरु garera एउटा security company को सिग्न्बोअर्द देखेर क chain bhanna khojeko हो कुन्नि?
मन परे हरियो, नपरे रातो
0
0
क्या आल्छी लाग्दो भन्या !!! निन्द्रा लग्यो!!!
मन परे हरियो, नपरे रातो
0
0
ADT = American District Telegraph
Please consult the website shown in picture above.
मन परे हरियो, नपरे रातो
0
0
Article is romantic but it is not completely true. You should be able take care your own thing because there is nothing else better than you for your property and your family. Author would you hire outsider to give protection to your wife? Your daughter or Mother? I am sure you won’t (Only for royal people). America….America…America…..what is America? The house of junk people. (Yes there are few good people too) If I tell you the truth the law and order need to be implemented to protect people which we do not have at present, otherwise Nepal is far better country to live and have better life. We need to build a system so things can be track easily. I think this is very important than hiring ADT (Don). This is my opinion no offence please
मन परे हरियो, नपरे रातो
0
0
हे राज ब्रो के छ ? सरी लोक ब्रो ,राजतन्त्र गैसक्यो लोकतन्त्र आयो !
मन परे हरियो, नपरे रातो
0
0
डन प्रतिको तपाई झटारो हास्यापद भए पनि वास्तविक लाग्यो मलाई । साँच्चै तपाईले भन्नुभए जस्तै अब नेपाललाई डनको हातमा सुम्पिदिनुपर्छ तब पो विकास होला कि ? हा…हा…हा…. तर विकास कस्तो हुने हो ?
मन परे हरियो, नपरे रातो
0
0
wake up man its already on their hand
मन परे हरियो, नपरे रातो
0
0
गुन्डा पाल्ने नै नेता र पुलिस हो नि त |
मन परे हरियो, नपरे रातो
0
0
भुटान ले नेपाल लाई नटेर्नु उसको ससक्त पररास्ट्र नीति हो अझ स्पस्ट भन्दा नेपालको कुटनीति नै कुकुरनिति हुनु हो/
why ?
पररास्ट्र मन्त्रि नै कुकुर्नी भएपछी के नीति हुन्छ त?
हुन त हिजो पनि त्येस्तै हो, स्याल, फ्याउरो मन्त्रि
बुडोगिद्द प्रधान मन्त्रि अनि कसले तेर्छ त?
मन परे हरियो, नपरे रातो
0
0
यहाँ यस्तै, त्यहाँ त्यस्तै छ ।
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचार मा सार्बजनिक रुप मा कसै लै गुन्डा भन्न को लागि प्रमाण चाहिन्छा. तेस्तो किसिम को लेख मैसंसर मा ठाउँ न दियको राम्रो.
लेख खास तुक को जस्तो लागेन मलाई. हावा किसिम को लेख भन्छु म त एस लेख लाई
मन परे हरियो, नपरे रातो
0
0
बाबु प्रमोद,
तिमि लाई यो लेख अर्थ न वर्थ गोबिन्द गाइ टाउको दुखेको औसधि नाईटा मुनि लाइ भने जस्तो भए छ. एक पटक राम्रासी पढ़ा अनि पनि बुझेनौ भने फेरी पढ़ा अनि पनि बुझेनौ भने नेपाली शिचक लाई सोध र पनि बुझेनौ भने नेता जसलाई तिम्ले चिन्छु सोध .
मन परे हरियो, नपरे रातो
0
0
हाम्रोपाला मा त संताराम, अनिलगुरुङ, श्याम (Satdomato ) को दादाहरु थियो.
मन परे हरियो, नपरे रातो
0
0
मत आफै डन हु के गर्नु
मन परे हरियो, नपरे रातो
0
0
if so then, every one want to be DON. Leader of the DONS will be the Police again. hhehhehehhe
मन परे हरियो, नपरे रातो
0
0
कुरो बुझे त मार्दिनु भनेको यही हो …..
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि तेस्तै भयो..कुरा बुझे मर्दिनु…
मन परे हरियो, नपरे रातो
0
0
ब्यास भन्ने मान्छे, यस्सो तिम्रो लेखी पड़दा तिमि अमेरिका मा बसो बास गरी छौ जस्तो छ,तर तिमीमा पटक्कै बिबेक र अर्काको स्वतन्त्रता माथि केहि बिचार नपुर्याउने भैसी भन्दा पनि गए गुज्रेको दिमाग बोकेको पशु हुन लै लाज लागेर मान्छे भएर जन्मेको आभास भयो|कारण तिमि अबश्य पनि सोध्ने नै छौ यो निक लै किन यत्रो झोंक चलेछा भनेर|कारण तिम्रा ति सुरुकै शब्दले हो|तिमीलाई कसले कति के कारण ले यसरि कसै माथि सार्बजनिक रुपमा “गुन्डा” भनेर आरोप र नामाकरण गर्ने अधिकार दियो?प्रशान्त र अमिर घर्ति को नाम माथि यी गुन्डा हुन् भन्ने अधिकार तिमीलाई काहा बाट आयो?मेरो संसारको संचालकलाई मेरो अनुरोध छ यो तुरुन्तै यो सिटे बाट झिक्न र यो ब्यास भन्ने व्यक्ति माथि मान हानिको मुद्दा हाल्न? I hope you will take care before you write something and give others’ name in public.
मन परे हरियो, नपरे रातो
0
0
यो निक् भन्ने चोर् चैं निक्कैकै गुण्डा रैछ। भाषा ले नै मैले “गुण्डा” भनेर ठोकुवा गरीदीएं।
मन परे हरियो, नपरे रातो
0
0
यो निक भन्ने मान्छे को दिमाग चिएना भन्ने त मलाई पहिला नै थाहा थियो नि सर यक्लाब्या …..
मन परे हरियो, नपरे रातो
0
0
by the way Nik babu, timro umer kati cha ta malai thaa chaina, tara timra kura sunera malai 2-4 sabda lekhna maan laagyo. Prashant ra Amir Gharti sayad timle chinekaa yaa Natedaar hun jasta chan. Timro sabda haru pani tinai ka jasta bhayeka le bhaneko. Ra gunda gardi kai kura garney ho bhane timi pani kaam chainau jasto cha.
“तिमीमा पटक्कै बिबेक र अर्काको स्वतन्त्रता माथि केहि बिचार नपुर्याउने भैसी भन्दा पनि गए गुज्रेको दिमाग बोकेको पशु हुन लै लाज लागेर मान्छे भएर जन्मेको आभास भयो|” – Yo chai Nik babu le k bujhera lekhnu bhayo kunni? Saarai बिबेक puryayera lekhnu bhayeko hola.
Namaskaar.
मन परे हरियो, नपरे रातो
0
0
कृस्न्जी र अरु साथीहरु
त्यो कुरा साएद २०२८/३० सालको हुनु पर्छ/ प्रसान्त भनिने राना खलकको गतिलो बाउको कुजातई हुन् र तेस्तै अमिर घर्ति लगाएत सबै टोलिया हुल्याहाहरु नै थिए/ यो कुरा सबैलायिनै थाहा भएकै कुरा हो र प्रहरी रिकर्द्मा समेत भएकै कुराहुन/ मेरो पाटनको घर कसैले जबर्जस्ति कब्जामा लिंदा खेरि पनि तिनै प्रशान्तलाई प्रयोग गरेका थिए/ हाम्रै घर कब्जामा लियिनु फेरी हामिलायिनै धम्क्याउन तेही गुण्डा लगाएको थियो/प्रशान्त को बारेमा सहि कुरा नै लेख्नु भएको हो, प्रशान्त पछी सुध्रिएको पनि थियो तर कुनै दुर्घटनामा पर्यो भनि सुनेको थिएँ/
तर एस ब्लोग्मा ब्यास्जी ले प्रशान्त लगाएत गुण्डा तथा टोलिया हुल्याहाहरुको नाम प्रसंग बस मात्र उठाएको हुन्/ ब्यास्जीले हामीलाई बडा सम्बेदनशील तथा गम्भीर कुराको याद दिलाउन कोशिस गर्दै हुनु हुन्छ/ गुण्डाहरु ले गुन्दाहरुकै सुरक्छ्या छाता मुनि बस्न हामीलाई गुण्डागर्दी गरेरै बाध्य गरिन्छ भनेर ब्याशजी ले भुटानको समेत कुरा उठाएर भारत् तिर औंला देखायिरहनु भएको छ ‘उ त्यो भारत पनि गुण्डा हो नेपालको निमित भनेर”/ भारत नै त् हो नेपाललाई भारतीय सुरछ्या छाता भित्र भुटान बसे झैँ बस्न दवाव तिनै प्रशान्त जस्ताले झैं दवाव दियिरहेको/
ब्याशजी धेरै धन्यबाद/ गुण्डा नाभानिकनै भारतलाई नेपालको निमित गुण्डा थिए र छ भनि उपयुक्त समएमा पुन सम्झाई दिनु भयो/
मन परे हरियो, नपरे रातो
0
0
Aru kahai hain …Nik bro ko manchayharu ko nam paray ko cha lekh ma, and that’s why he is getting outburst all of a sudden. I like the article, gave us something to think bout.
मन परे हरियो, नपरे रातो
0
0