मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    २० हजार राँगाको एकै काल

    बाराको बरियापुरस्थित गढिमाई मेलामा आज २० हजारभन्दा बढी राँगाको बलि चढाइएको छ। एकै पटकमा यति ठूलो स्तरमा हुने यो विश्व कै सबैभन्दा ठूलो बलि भएको अनुमान गरिएको छ। बलि रोक्नका लागि निकै प्रयास भए पनि त्यो सफल भने हुन सकेन। आज बिहान मन्दिरका मूल पुजारी म‍ंगल चौधरीको घरमा तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, कुखुरा, हाँस, सुँगुर र राँगा जस्ता सातवटा पशुपंक्षिको एकै पटक सप्तवलि दिएर देवीको पूजा गरेपछि बिहानबाट सर्वसाधारणको लागि बलि खुला गरिएको हो। चमत्कार भएर बलि रोकिन्छ भन्ने तपस्वी रामबहादुर बोम्जनका अनुयायीहरु बोम्जन सम्पर्कविहीन भएपछि चुप छन्। यसपालि बलि त रोकिएन तर एक न एक दिन यो रोकिन्छ नै। हजारौँ पशुको रगतको खोला बगाएर धर्म भएको ठान्नेहरुले कालान्तरमा आफूलाई गलत महसूस गर्ने नै छन्। परम्पराका नाममा यस्ता कुप्रथा बिस्तारै हट्नै पर्छ। उदाहरणका लागि पहिले यही गढिमाई मेलामा नरबलि अर्थात् मान्छेको बलि पनि दिइन्थ्यो रे। अहिले पनि त्यो परम्परालाई मान्छेको बलि नदिए पनि रगत दिएर कायम राखिएको छ। धामी कछडियाले आफ्नो शरीरका महत्वपूर्ण पाँच अङ्ग निधार, आँखाको माथिको भाग, जिब्रो, छाती र दाहिने तिघ्राको रगत दिई नरबलिको परम्परालाई कायम राखेको स्थानीय बासिन्दाको भनाइ छ। नरबलि ठीक हैन भन्नेमा अहिले आएर सबै सहमत भए जस्तै एक दिन पशुबलि पनि सही हैन भन्ने जनचेतना ल्याउनु छ।

    बलिविरोधीहरुले हिजो अन्तिम पटक पूजारी मंगल चौधरीलाई ज्ञापन पत्र बुझाएर ‘तपाईँ नै यो विश्वकै सबैभन्दा वृहत् बलि रोक्न सक्ने जिम्मेवार व्यक्ति हुनुहुन्छ, हामी आफ्नो घुँडा टेकेर यो बलि बन्द गराइदिनुहुन तपाईँलाई अनुरोध गर्छौँ’ भनेका थिए। तर बलि रोकिएन।

    फोटो सौजन्यः सुजीतकुमार अर्याल/अन्नपूर्ण पोस्ट

    बलिका लागि एउटा ठूलो चौर खाली गरिएको थियो। मन्दिरको पूर्वपट्टि ब्रम्ह स्थान नजिक चार सय विघा जमिनमा पैतालिस लाखको लागतमा बनाइएको वधशालामा जताततै राँगैराँगा थिए। राँगा काट्नका लागि १२५ जना खुँडातरवार बोकेका मार हान्ने मान्छे थिए। उनीहरु गढिमाई मेला व्यवस्थापन समितिद्वारा नियुक्त व्यक्ति थिए। निश्चित रकम उनीहरुलाई बुझाएपछि उनीहरु राँगा काटिदिन्थे।

    त्यसरी राँगा काट्न लगायो भने गढिमाई देवीले चिताएको पुर्‍याइदिन्छ रे। भक्तजनहरुको त्यस्तो मान्यता रहेछ। त्यही भएर त भारतको सीतामढीबाट एक जना मान्छेले छोरा पाउने आशामा एक सय पाँच वटा राँगा बलि दिन ल्याएको रहेछ। कस्तो विश्वास! कति अन्धविश्वास!

    गढिमाई मेलाका बारेमा केही वर्षअगाडि नेपाल वातावरण पत्रकार समूहले बनाएको एउटा डकुमेन्ट्री निकै चर्चामा आएको थियो। कसरी दिइन्छ बलि? कस्तो प्रक्रिया अपनाइन्छ बलि दिँदा, थाहा पाउन तलको भिडियो हेर्नुस्-



    डकुमेन्ट्रीको पहिलो भाग हेर्न क्लिक गर्नुस्।

    डकुमेन्ट्रीको दोस्रो भाग हेर्न क्लिक गर्नुस्।

    No related posts.

    86 comments to २० हजार राँगाको एकै काल

    • अन्धविश्वास को अर्को नमुना.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhimsen Limbu

      माइ संसार पल्टाएपछि केही न केही प्रतित्रिmया कोर्न मन लागि हाल्छ । मेरो बुझाइमा इश्वर, भगवान् आदि त मानिसबाटै सिर्जित र निर्मित हुन् । समाज नबिग्रोस, नभत्कोस, मतिभ्रष्ट गतिभ्रष्ट कोही नहोउmन्, कसैको दिमागमा पापाचार, अमानवीय कृत्यहरु नभरिउmन आदि भनेर भगवान‍को सिर्जना गरियो, स्वर्गको सपना र नर्कको भय खडा गरियो । ठूला ठूला धर्मग्रन्थहरु रचिए । यसैलाइ धूर्त पण्डापुरोहितहरुले मागिखाने भाँडो वा शोषण गने जालो बनाए । पाखण्डी शासकहरुले शासन गने हतियार बनाए । मान्छेले आफ्‍नै बुद्धिबर्कत, मेहनत, अभ्यास र क्षामतामा भर गरेर बाँच्ने हो भने किन चाहियो इश्वर ? किन चाहियो कहीँ नभएको स्वर्ग र नर्क ? न बिराउनु न डराउनु ! आफू भलो त जगत भलो । उहिले ती कतिपय ठीक थिए, कतिपय बेठीक थिए । ठीकजति लिएर अब अहिले एक्काइसौं शताब्दीमा बीसौं शताब्दीको मानसिकता नबोकी बाँच्न सकिन्न र ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kabin

      धर्मंको नाम माँ दिएको यो पशु बलि प्रथा निन्दनीय छ..सकेसम्म छिटो रोक्नु पर्छा..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madanpuri

      धर्म पतन हुने संकेत !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ROSHAN ARYAL ( AUSTRALIA )

      भगवान
      हे भगवान

      पशु बलिबाट धर्म हुन्छ भनू आज को संसार मा त्यो मानब स्वोयम ठुलो पशु हो
      त्यो पशु को पिडा र हामी मानब को गर्धन को पिडा मा कुनै अन्तर हुदैन
      फरक एती हो लाखौ जुनिं मा तिमि मानिस भयर जन्मयु उ पसु `.
      हाम्रो हिन्दुशास्त्र मा राम्रो परिभासा छ यति हिन्दु परम्परा मा गौरब गर्नुहुन्छ भन्य याद होला जुनी को चक्र
      धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uttam

      यो धर्म भनेको अन्धबिस्वास matra हो. अन्धबिस्वास hataune हो bhane धर्म rahanna jasto malai lagchha. Asti samma hamro धर्म bhandai kati le manchhe ko bali diyekai hun. aba balla janawar ko bela ma aayo. Islam, Christian le pani धर्म ka naam ma war lai protect garekai chhan. War भनेको kasai lai marnu हो. Tysaile यो धर्म bhanda mathi uthne manche bannu पर्यो अनि मात्र सोचिएटी civilized र मान्छे उपयोगी बन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ईश्वरले यो संसारको सृस्‍टि गरेको हो र संसारका जतिपनी जिब जिबात्मा हरु छन् ति सबै ईश्वरले नै सृस्‍टि गरेका हुन। त्यसैले आँफैले उत्पतीगरेको निर्दोश जिब र प्राणिहरुलाई बलिदिएर ईस्वर आफु कहिलै पनि खुशी हुन सक्दैन यो एउटा अन्धबिश्वास मात्र हो र यो कुर जगतका सम्पूर्ण मानब जातिहरुले बुझ्नु निकै जरुरी छ। साथै भगवानले कुनै पनि ग्रन्थ, भागवत, गीता, पुराण, बाइबल कतैपनी हत्या र हिसा गर्नुपर्छ र हत्या र हिसा बाट म खुशी हुन्छु र मानिस ले चिताएको कुरा पुरा हुन्छ भनेर कुनै पनि धार्मिक पुस्तकमा भनिएको छैन र लेखिएको पनि छैन। त्यसैले यो सब रोकिनु पर्छ।
      “दु:खी हरुको सेवा र सम्पूर्ण जिबप्राणिहरुको रक्षा नै ईस्वर प्राप्तिको बाटो हो”
      राजेश राई
      डङराहा ,९ धरहरा
      मोरङ नेपाल
      हाल क्यु वेष्ट ईराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhudda Dharmawalbiharu

      यसैको पापको फल हो maubadi जन्म भयको ति मारेको जनावरहरुको आत्माले शान्ति पवास भगवान के देख्नु परयो यो आँखाले एस्तो संसारको मानिहरुले हामीलाई
      के भन्दा हुन् अब येस्तई हो भने प्राचिन समयमा जस्तै दिनको एक जना मानिसलाई नै बलि दिया भै हल्योनी सबै भन्दा पहिले गढी मेको पुजरिहरुलाई बलि
      दिनु परयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यसरी बलि दिदैमा धर्म हुने भए हाम्रा त्यत्रा देस बिगार्ने नेताहरुलाई बलि देउ…..कमसे कम नेपालको प्रगति त हुन्छ…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aawaz

      साच्चै अन्नहरू आगोमा राखेर यज्ञ गर्दैमा पशु पन्छी इत्यादी जनावरहरुको बलि दिदैमा स्वर्गमा जान्छ भने नर्कमा जनाकोलागि के गर्नु पर्योत

      तेसैले आफुले आफुलाई उपमाको रुपमा लिई अरुलाई हिंसा गर्नु हुन्न पिडा दिनु हुन्न के पशु पन्छी को मात्र परिवार हुँदैन र उनीहरुको पनि जिउने इच्छा हुन्छ आफ्नो ज्यानको माया हुन्छ

      साथी हो जागा जागा पशु हत्या र हिंसा र बलि विरुद्ध आवाज उठावु…………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidit

      I have strong objection to the post that suggests sacrificing ‘the children of those who sacrifice the buffaloes’. What do you think; are children property owned by their parents? A little more thought would have stopped you from posting such crude responses.

      I understand your frustration about this insane ‘sacrificial’ ritual, and share it. It should be made illegal to kill animals in public places.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangit

      this news was also published in the Australian newspaper….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayya from uk

      अरुको हत्या गरेर भागवान खुसि हुने छैनन् भन्ने कुरा पक्कै पनि एकदिन मानिसहरुलाई महसुस हुनेछा/ तर चेतना जगाउने अभियान चाही लिनु उचित हुन्छा जस्तो लाग्छा/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • या u right पुस्पा जी आरुलाई गाली गर्नु vanda pahile आफु चै ठिक हुनुपर्छ thukka herke

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      जति गरे पनि अन्ध बिश्वाश हट्ने होइन, बरु नर बलि लाई कायमै राखौ न. हाम्रा बेकम्मा नेता हरु लाई पालो पालो बलि चढाए कसो होला??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subin

      होइन हो किन बकवास हल्ला गर्दै िहंदडैछन् मान्छेहरु बलि दिनु हुन्न बलि दिनु हुन्न भनेर पाए आफैले मःमः छ्वय्ला सुकुति बनाएर खान पछि पर्दैन ।
      फेरि पशुको बलिदिएन भने मारेर खाएन भने त यो संसार भरि नै जनावर नै जनावर हुन्छ अनि हामि चािहं कहाँ वस्ने त ।
      त्यही भएरत यस्तो चलन चलाएको नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil sharma

      रागो लाई पनि राष्ट्रिय जनावर बनाएर काट्न नपाउने कानून बनाए भई हाल्यो नि यति लामो गन्थन किन गर्न पर्छ / अनि रागा को मोमो पनि खान परेन महंगाई को पनि मतलब भएन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreeshthapa

      यत्रो यत्रो बलि दिने यो अति साह्रो भयो चलिआएको रितिरिवाज भन्दै ततानाम पशु बलि दिनु साह्रो घटिया भयो नि या बलि प्रथा हटाउने पर्छ सरकारले नै पहल गरेर भएपनि नत्र होशियार खबरदार ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      बिस हजार ranga katepachhi prasaad chai सबै Nepali lai pathae deko bhaye ajha ramro hunthyo ni…. tetro रaङ्गa ko masu kati खाए hola… mero mukh ma त pani nai नै आयो बा…. तेसै pani khana khane bela ma yo samachar हेरियो…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan , Durbarmarg

      हाम्रो धर्मं यस्तो छ भने हाम्रो पाप कस्तो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • romila

      पशु बलि प्रहता ठिक होइन , यत्रो रंगोहरु मारेर नास गर्नु भन्दा त गरिब लाइ दान दिनु ठिक हो , नेपालमा धरै अन्ध विश्वास भएको ले गर्दा नै विकास हुन सकेको छैन. करोर रुपैयाँ हेर त खेर गएको , गरिब को घरमा चामल छैन एस्तो देख्हाउति,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akal

      एदी सरकार एस्तो वाहियात
      aka परम्परा रोक्न गम्भिर
      हुने हो भने भारत बाट ओउने रङ्गबोका हरु लै quaarantine मा राख्ने नियम बनाएको भए धेरै पशु हरु बच्ने थ्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      त्यो रागो काट्ने हरुको नेता पनि अब गणतन्त्र नेपाल को पहिलो राँगो-प्रधानमत्री हुने होला अब !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • पुष्प

        तपाईंबाट यस्तो ‘कमजोर’ प्रतिक्रियाको आशा थिएन, हर्केजी ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • liu xing

      सारै नराम्रो लाग्यो देखेर ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raban

      नर बलि दिएर इच्छा त पुरा हुन्छ भन्ने कुरा को प्रमाड हामी ले हालसालै नेपाल को राजनीतिक क्षेत्र बाट पायौ. तर बिचरा इ बोल्न नजान्ने निर्दोष पशु हरु को बलि दिएर के चाही पौने होला? कुन चाही हाडी घोप्टे ले धर्म र भगवान र सारा देश नेपाल लाई बदनाम गर्दै टन्न राँगो को मासु भात घिच्ने बाहेक अरु केहि इच्छा पुरा होला जस्तो लाग्दैन. बरु यदी यो संसार मा साचै भगवान छन् भने यस्ता राक्छेस हरु लाई कुनै समय यसै गरि सजाय दिने छन् भगवान ले..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh cumar

      यो गलत हो | के गर्ने त्या भेला हुने भक्तजन हरु को intelligence अलि कम नै हुन्छ हाम्रा प्रधानमत्री तथा मन्त्रि भन्दा त, १८ – २० को फरक होला, तैपनि ब्लोगर हरु लै थाहा छ, नया प्रधानमत्री नियुक्ति पाएर बालुवाटार दरवार छिर्ना साथ एउटा कालो बोका लै छपकै पार्नु पर्छ रे “शुभ” होस् भनेर, बेचारा कालो बोका र राँगा | अब अन्धविशस त यो देश को सबै लै छ नि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vegetarian

      त्यो पुजारीलाई नै बलि दिएर त्यो परम्पराको अन्त्य गरे कसो होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta

      believe or not believe…development of Nepal is directly connected with these kinds of animal sacrifice…It shows the cruielty of Nepali People. Leaders are not concerns about this mean They don’t care about animal rights, leaders are cruel enought. They don’t think about the welfare of animal..similarlt they don’t think about human welfare.. If good thinks come in them from inside the heart to stop this barbaric act the same good thinks come for human being s well. Dirty mind results in dirty deeds. Since dirty deeds are there..all of leaders have dirty mind as well..Dear leaders, first clean your mind and come for politics..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिनोद तिमिल्सिना,धरान

      “”निर्दयताको पराकाष्ठा”"
      निरिह पशुबध गरेर कस्तो धर्म पाइन्छ?
      धर्मको नाममा गरिने यस्तो सन्स्कारले धर्म र देश कै बदनामि गर्दैन र!हामि नेपालिहरुले २१ औ शताब्दिमा बाचेर १८ औ शताब्दिको सोच कहिले सम्म राख्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के भो र बलि चरौदैमा आखिर मर्ने न हुन् सबै तिनीहरु लोप हुने अवोस्थामा पुगे बायो कल्चर गरेर अर्को उत्पादन गरौला कि कसो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amar kumal

      गाडी माइ मेला को वास्तविकता के हो थाहा पाउन पाए हुन्थ्यो किन यो बलि दीने चलन चल्यो यो चलन रोक्न पर्यो
      र सुपारी चडाउने चलन चलाउनु पर्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      हैन के को बकवास बलि दिनु हुन्न , बलि दिनु हुन्न , पोहर साल माओ बादी सरकारले इन्द्र जात्राको बलिको लागि बजेट नदिदा चाही संस्कृती नास्न पैदैना भनयेर जुलुश र बिरोद गर्ने अहिले के को बिरोद नि तेही संस्कृत जोगाउने बलिको? कि यमाले र कंग्रेशीको सरकार भयको ले? मति बिग्रे पछि छिन् मा तेही ठिक्क छिन् मा तेही बेठिक. पागल हरु हो . कमै न धमै, बुदो को टुप्पी समाई.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mila

      यसपालि बलि त रोकिएन तर एक न एक दिन यो रोकिन्छ नै। हजारौँ पशुको रगतको खोला बगाएर धर्म भएको ठान्नेहरुले कालान्तरमा आफूलाई गलत महसूस गर्ने नै छन्। यो राम्रो हओएँ तेशैले येस्तई कम छिटै बन्द गर्न सुझाव छ मेरो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      चौधरी ले “म बलि रोक्दिन, जे गर्छस गर” भन्दा तपस्वीको भागा भाग भो. म यसमा तपस्वीको कमजोरी देख्छु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • najma no 10

      हे मुर्ख संसारका हरेक बस्तु प्राणीहरु १आर्काका परिपुरक हुन् भन्ने थहाह छैन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • resham

      मलाई त संका लाग्छा के भने बलिदिनु पाप हो भने काठमाडौँ को मम कुन सैतानले
      होसुरेकोछा?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sonu

      This is so stupid, people should stop doing all this stupid things.
      no offence but this isn’t the right thing do.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जेजसो सबै को विचार राम्रोछा मासु खानु छोडे जनावर धेर हुने बलि बाचा भन्देइ मारी खाने हरु मार काट्नु लाउने पन्डित हरु अब आफै जनवार जस्तो हुनु अबो बाकी छ कारण हालात हेर्दा धेर समय लाग्छा जस्तो छैन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin tamu(rainbowe sundae)

      बि बि सी ले त १५ हजार भन्दै छ त ……..माईसंसार ले त २० हजार भन्छ त कसको कुरा पत्ताउने हो भन्या….ठिकै छ जे भएपनि राम्रो चै होइन …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुनिया ले बलि दिन्छ बिचारा रामबहादुर लाइ के को दोस ! जेजस्तो होस् आफ्नु आफ्नु
      विचार सस्कृती रिति ko आत्मबिसुवास मा बाचेका हरु मानौ भए पनि दानौ तपाई र मो हामी सबै सामेल छु भनि सोचे हुन्छ ! र बरु सबैले न खानु बरु एक दुइ वर्ष पछी
      काठमाडौँ मा मर्ने रागा बछेरा बोका कुखुरा हुर्किएयेरा सहर संसद दरबार सबै तिर
      फैलीये तपाई हामी पुजारी पन्डित सबै जंगल पसे शान्ति र धर्म होला अरु केहि गर्नु पर्देइना जस्तो लाग्छ ! यमुना जी हजुरले पनि अन्धबिसुअस् हटाउने कस्ट नगरेहुन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P4R££N1T4

      कसको विरोध गर्ने ? आ जेसुकै होस काठमाडौँमा द्राइमित चाही भक्कु भित्रने भयो | छोइला, कचिला र ममचाको भाउ चाही चुलिने भयो अब | हे गढिमाई,नेताले दिन दुख दिई सक्यो | अब फेरी तिमीले पनि महंगी बढाउने कोशिश……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga Khanal Saudi Arabia

      कान्तिपुर आज मा सुने अनुसार मानब वली पनि दिने चलन छ रे र मुख्य पुजारी ले आफ्नु निधार काटेर ४/५ थोपा रगत दिए पछि वली प्रारम्भ हुने चलन छ अरे !!!!
      कस्तो परम्परा हो यो अर्काको ज्यान मारेर रमाइलो गर्दा धर्म हुने ?
      होइन नेपालमा नियम नभएको कि तेसको सदुपयोक नभएको हो ?

      अन्त्यमा पाठक मित्रहरु म त मान्छेको वली दिने मृतु दण्ड दिने देश मा छु तेसैले मलाई मुख फर्काउन इच्छा हुदा durgabharapali@gmail.com मा फर्काउन सक्नु हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan

      राम बहादुर ले पनि गिरिजा ले जस्तै नाटक गर्ने भए बा . बलि रोक्छु भन्दै थिए फेरी गाएब भए .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के के लिम्बु

      कस्तो परपर हो यो अर्काको ज्यान मारेर रमाइलो गर्दा नत पाप हुन्छा नत धर्म हुन्छा मलाई त थाहै थिएन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jal_g

      यो त साह्रै भो है|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      होइन , बलि दिए पछी खाए हुने नि. तेत्तिकै फाल्नु भन्दा त . नखाने चाही किन रहेछ ? भगवान ( देवी) को प्रसाद खान नहुने होइन होला त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lama

      स्तुपिएद् पुजारी !अर्काको प्रण बलि दिएर पनि तेरो बालो हुन्छा?सक्छा बने तेरो परिवार लै बलि चदौना अनि थाहा हुन्छा/बग्वान्को नाममा मासु खानु पर्ने हराम्खोर //

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      यो बलि रोक्न नसक्नु पनि माकुने सरकारकै कमजोरी हो, बरु YCL लाइ जिम्मा दिएको भए रोकिन्थ्यो होला …… भनेर भन्नु पनि मिलेन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मानवीय सभ्यता बिकाश र नया खोजि को क्रम संगै आज को विश्व यति चरम बिकाश को चुली मा पुगी सकेको छ कि कहिले कहिँ मान्छे नै छक्क पर्ने दिन हरु आइसके का छन् हामि चैं बिगत को धरातल मा नै घुडा टेकेर हिडी रहेका छौ बामे सरि रहेका छौ यसको अन्त शिछ्या ले मात्र सम्भव छ तसर्थ सबै तिर बाट कुरीति कुपरथा को अन्त्य का लागि जोड गरौ एक दिन अबश्य यसको अन्त्य हुन्छ किनकि मान्छे यति चेतनशील र दयालु छ कि उ आफैं नै यस्तो दुष्कर्म बाट टाढा जानेछ
      अहिसा परमो धर्म …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • michael gurung

      “जसले प्राणीको सृस्ती गर्यो तेस्लाईनै प्राणी को बलि, येस्तै हो भने हे प्रभु प्राणी को सृस्ती गर्न रोक”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yamuna thapa

      हाम्रो देस यस्तै अन्दबिस्वासले गर्दा बिकशित हुन सकेको छैन!
      वास्तमा नेपालमा नियम नभएको होइन तर तेसको सदुपयोक मात्र नभएको हो !
      नेपालको राजनीति त खेलौना सरह भएको छ!जताततै अशान्ति नै अशान्ति छाएको छ
      नेपालको अवस्ता हेर्यौ भने यो मन एकदम रुन्छ !हामी सबै मिलेर आफ्नो देसको लागि केहि गर्नुपर्छ!अन्दबिस्वासलाइ हटाउनुपर्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nand Ram Gahatraj-Bangladesh

      यस पशुबलि परम्परालाई कडा भन्दा कडा कानुन बनाएर अक्षरश कार्यन्वयन गरि यथासक्य चांडो रोक्नु उत्तम हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hankimdo

      खोइ मा के भानु कसै को हत्या गरेर धर्म कमाउनु रुढिबादी परम्परा हो !! गढी माई मा त ५ बर्षमा १ पटक हो तर दशैं को खशी बोका रागा को गणना कसले गर्ने अनि देवी देउता को मन्दिर मा दिने बलि को त लेखा जोखा नै छैन !!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chiara

      WHAT A BIG SHAME IN THE NAME OF GOD…KILLING THOUSAND OF INNOCENT ANIMALS FOR WHAT?AS FAR AS I KNOW IT IS THE BIGGEST MASSACRE OF POUR CREATURES FOR RELIGIOUS REASONS, GOD IS PEACE NOT VIOLENCE…I HOPE ALL PERSONS THAT ARE DOING THESE SLAUGHTER WILL GO TO HELL!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhav

      यो राम्रो चलन नभय पनि कोहि महानुभ हरुले बिना सित्तिमा साकाहारी र मांशाहारी बीच दन्द ल्याउने खालको कमेन्ट लेख्नु कति बुद्धिमानी होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pema sherpa

      बलि chadaunu baneko धर्म कमाउनुको सत्तामा पाप कमाउनु ho. बुद्धधर्मावलम्बिहरुको लागि. तर हिन्दु धरमवालाम्बिहरुको लागि चाही ke होला मैले ramrari बुज्न सकेको छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn

      बलि रोक्ने रामबहादुर कता गायव भयाचन !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आशामान

      हैन अर्काको आस्थामा प्रहार किन ? बलिप्रथा “अमानवीय” भन्न सजिलो छ, तर त्यसको जड त उहि मम छोयला कचिला नभइ नहुने “मानवीय” प्रवृत्तिमा गएर ठोकिन्छ, अनि जतिसुकै कोकोहोलो गरे नि केइ न केइ । खानै पर्ने भएसि कुनै न कुनै बहानामा मार्नै पर्ने हुन्छ – कसाहिले पैसा कमाउन मार्न चै हुने, सर्वसाधारणले धर्म कमाउन मार्न चै नहुने ? असत्ति पापीहरु !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sampson

      God has given brain to think and heart to feel. If a man can’t think about the good and can’t feel the right or wrong than that man is worshiping the Devil not God. Question to all who were there who does you worship God or Devil. God is name of Love and care not sacrifies. You can’t make god happy with animals blood my dear. Wake up God is happy with your behaviour and submission.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Susheel

      कुन जमानादेखि चली आएको परम्परा एकैपटकमा समाप्त त कसरि हुन्छ र ? पोहोर भन्दा यसपाली कम, अनि यसपाली भन्दा आगुम कम हुँदै गयो भने नै त्यसलाई उपलब्धि मान्नु पर्छ | यस्तो काम कुनै नियम, कानून बनाएर हुने पनि होइन, कुनै एक जनाले रोकेर रोकिने पनि होइन, यसको लागि त आम जनचेतना बिकाश गर्न जरूरी छ, अनि मात्रै हुन सक्छ | जब सम्म बलि दिन भनेर मानिसहरु राँगा लिएर आउने गर्छन, तब सम्म यो प्रथा रोकिदैन | एउटा मन्दीरको पुजारीले रोकेर बलि प्रथा रोकिदैन, बरु पुजारी नै फेरिन्छ | यसमा तपस्वीले गरेको पहल, माइ संसार लगायतका संचार माध्यमहरुले दिएको साथ, विभिन्न संघ, संगठनले गरेका आन्दोलन आदिले जुन किसिमको जनचेतना फैलिदै गएको छ, यो सर्हाहनीय छ र यसबाट प्रति बर्ष बलि दियिने संख्यामा भने कमि आउने नै छ | हामि सबैले आ-आफ्ना ठाउँ बाट आ-आफ्नो समुदायमा पशु बलि प्रथाको बिरोधमा जना-चेतना जगाउने प्रयाश गरौँ, एकदिन यसको अन्त अवश्य हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • द्रोण

      यहा बलि प्रथा को बिरोध गर्ने मित्र हरुले पाहिले आफ्नो प्लेट माँ छोइला ,कचिला,
      म म कसरी आउछ छ त्यों सोच्नु पर्छ |सेकुवा ,म म ,छोइला ,कचिला माँ रमाउने
      !बलिदिएको माँ बिरोध पनी गर्ने ?
      ”तेसैले साकहारी बनौ,पसुबली को बिरोध गरौ”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Kiran Sharma

        धेरै राम्रो विचार राख्नु भयो | मैले पनि तेही सोचेको थिए . होटेल मा बसेर रक्सि र मासु मजाले खाने अनि मार् काट को बिरोध गर्ने | आफ्नो जीउ को जुम्रा नदेख्ने अरु को भैसी देख्ने भनेको येही हो .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Shyam

        मित्र द्रोण अनि किरण जी,
        मित्रहरुले राख्नु भएको विचार अनि उत्तम छ. हो, हामीले आफ्नो प्लेट मा रहेको छोइला अनि कचिलालाई भुलेउ होला तर यस्तो भन्दै मा गर्ने नपर्ने कुकर्म गर्नु पर्छ भन्ने पनि त छैन. हो, हामीलाई राम्रै संग थाहा छ, हामी बेला बेलामा धर्म को नाम मा विभिन्न कृत्य गर्दै आई रहेका हुन्छु…के यस्ता कृत्य लाई रोक्नु के हाम्रो कर्तब्य होइन र/ नराम्रो कुरालाई समाज बाट हटाएर राम्रो कुराको अनुशरण आफूले पनि गर्ने अनि अरुलाई पनि गर्न लगाउने गर्नु हाम्रो नैतिकता हैन र?
        अब हेर्नुस न म नेवार समुदाय बाट, हाम्रो म जांड नभई नहुने रे चाड पर्वहरुमा……तर मेरो घरमा त यो सबै कुरा बन्देज छ……….हुन त उखान नै छ…..जसो जसो के के उसो उसो स्वाहा भन्ने….तर पनि त्येसो भन्दैमा यस्तो कु कृत्य चाही नगर्नु पर्ने…….

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Bhusal

      यो पशु हत्या त महा पाप हो यस्ता अधर्मी ले केको धर्मं गरुन
      यिनी हरुलाई नै बलि दिन परनी हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • पुष्प

        कृष्णजी, जगन्नाथजी अनि अन्य साथीहरू,

        कृपया धार्मिक हिंसा बढाउने यस्ता अभिव्यक्तिहरू नदिनुहुन अनुरोध छ । ‘धर्म’ एकदमै संवेदनशील विषय हो । यसरी मुख छाडेर र गाली गरेर धर्मभित्र रहेका कुप्रथाहरू हट्दैनन् ।

        उमेशजी, साह्रै अपाच्य प्रतिक्रियाहरू पनि प्रकाशित हुन थालेछन् । कृपया ध्यान दिनुहोला ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • हो. तपाइको बिचारमा म बिल्कुलै सहमत छु. धर्मको नाममा यतिका पशुपन्छी हरुको हत्या हुनु भनेको ठिक होइन. हो परम्परालाई जगेर्ना गर्नु पर्छ तर दनाबिया रुपमा नभएर मानबिय तरिकाले हुनु पर्यो/ एक रागाको बलिले रिति पुग्छ भने किन हजारौ को हत्या गर्ने भनेको?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Lal Dangol

      मैले यस अघि अनुमान गरेको भन्दा पनि बढी हुन आयो राँगो को संख्या. यो हिसाबले बीस हजार राँगा को दश हजार को दर ले राख्दा पनि बीस करोड रुपिया हुन आउछ. यत्रो रकम लाई राम्रो ठिक ठाउमा उपयोग गर्न हाम्रा नेताहरु अनि स्थानिय बुदिजिबिहरु, पत्रकारहरु, जनताहरु कोहि पनि अग्रसर नहुनु पनि एउटा आश्चर्य लाग्दो घटना नै मान्नुपर्छ. त्यो बीस करोड गरिब, जेहेन्दार, बिद्यार्थीहरुलाई स्कूल कलेजमा पढाउन प्रयोग गरेको भए कति जाति हुन्थ्यो. अझ मिल्छ भने त एउटा अक्षय कोष खडा गरेर बार्षिक रुपमा आएको ब्याजलाई शैक्षिक, सामाजिक, ब्यबसायिक क्षेत्रमा प्रयोग गर्नु अति नै उत्तम हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • rks

        डंगोल जी तपैन्को यो जोद घटाउ भन्दा नेताहरुको अन्बश्यक खर्च को विवरण दिनु भए अझ राम्रो हुन्थ्यौ कि| rks

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      सके सम्म बन्द गर्नु पर्छ भनेर के गर्नु थापा महोदय जी, यो त सधै चली नै रहने हो. हामी त बेकारमा कुकुर भुके जसरि भुक्दै बस्ने त होला नि हैन र? पोहोर पनि यस्तै नै थियो र अहिले पनि यस्तै छ. धर्मको नाममा बनि दिने खै कुनै शास्त्रमा लेखे जस्तो त मलाई लाग्दैन..तर पनि धन्य प्रभु!!! हजुरलाई पनि non veg बन्नु पर्ने…..अचम्म छ नेपालको राजनीति अनि धर्मका कुरा हरु पनि…..अरुको हत्या गरेर शान्ति खोज्ने त नेपालमा चली आएको प्रवृति नै हो नि. भन्दा साची राजनीतिक साथीहरुलाई चस्को पस्ने होला…माफी चाहन्छु..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तेही रागा हरु को श्राप लागेर नेपाल को बिकाश नभाको एस्लाई रोक्न पर्छा भन्थे बाले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • soniya

      यो कर्म बाट नत पाप हुन्छा नत धर्म . enjoy your life as you like no comment

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • सोनिया जस्तै अर्थहीनहरुको जमात हो यो पशुबलिदिनेहुल इ महामुर्खहरुलाई सब्ब्य चेतना दिन सब्ब्य समाजले ठुलैमेहनत गर्नु पर्ने हुन्छ !!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Ram

        सोनिया जी,

        तपाई धेरोई पापी जीव हो, कृपया यस्तो सोचाई लाई आफ्नो जीवन बाट मेटाउनु होला. तिम्रो पनि यसरि नै बलि दिदा मात्र तिम्रो दिमाग कम गर्छ होला :-(

        म रञ्‍जित जी संग सहमत छु.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      सके सम्म बन्द गर्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjin Chhetri

      सान जी संग मा पनि सहमत छु. यो संसार सबै भ्रम त अन्धबिस्वास मा नै चलेको छ. जे भए पनि बलि दिनु त राम्रो होइन, यो कु प्रथा को म पनि घोरबिरोध गर्दछु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • है भगवान,

      अब काठमाडौँमा मोमोको भाउ बढ्नेभो बा !!!
      कचिला, छ्वेलाको सर्बनाश गर्यो यो राक्छयश हरुले :(

      इराकमा, अफगानिस्तानमा मान्छे बढी मर्छ नेपालमा बढी जनावरहरु मर्छ केकोलागी मान्छेको लागि !

      मात्र एउटा फरक त्यो जनावरहरुले कुन जुनीको पाप गरेको थियो होला एक जुनीमा उनीहरु मान्छेको रुप थियो हिन्दुको धर्म अनुसार हे हे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak ilam/ kuwait

      नेताहरु केहि काम गर्दैनन् अनि कसरि नेपालमा अन्धबिश्वश हट्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • naresh ayer

      the highest n hatreted practice in nepal. hopefully this stupid activities will stop soon in nepal. only govt, intelligence people n civilsociety hv to protest it.
      its complete hell practice.
      naresh ayer, europe,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होइन तिनीहरु जसले बलि दिन्छा पशु लाई , तिनीहरु लाई नै र तिनीहरु कै बच्चा लाई teha lagera बलि dida kaso hola ? k soche का होलान पशु बलि अरु को बच्चा लाई बलि दिएर धर्म कमाउ छु भनेर ..बिचरा ति बोल्न नसक्ने पशु हे भगवान सुन्न पनि नसकिने .. तिनीहरु को पनि आमा छन् माया ममता छ ..कस्तो बिजोग हिन्दु धर्म मान्ने हरु पागल हुन् म पनि हिन्दु नै हो तर अति गर्छन हिन्दु धर्म मा. arko janma मा तिनीहरु लाई पनि ति पशु le tesai gari बलि दिउन ..मेरो प्राथना येही छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Samrat~

        rajes

        Don’t bring innocent kids in the picture..Childrens are always innocent..It is not nice u said that.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAJAN

      अब काठमाडौंमा रागा कम हुने भो ।म म को भाउ पनि बढ्ने होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish kumar tamang

      धर्मको नाममा पाप गर्ने जो कोहिले पनि मुक्ति पाउने छैन, हात्या गरेरा पनि धर्म हुन्छन त्यो कुनचाँही धर्मको शास्त्रामा लेखेका छन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yesto kam lai hami sabai miler roknu parchh. yesari bali diyar bhagwan khusi hune hoin …………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SHAAN

      यो संसार पुरै अन्धबिस्वासमा त टिकेको छ, यसमा आश्चर्य किन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shreekrishna adhikari,israel

      Lau aba ti raga ko jyan gai ta sakyo k ko bekar ma tens linu.dhilo chado ta katine nai thiye.mo.mo. Tei ragako khana huda raga lai bali dina nahune chai haina jasto lag6 tara krur bali devata ko nam ma dinu ramro haina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker