मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मान्छे पशु भएको दृश्य नहेरेकै राम्रो

    विरोधका आवाजहरुलाई बेवास्ता गर्दै बाराको गढिमाईमा अन्ततः हजारौँ पशुको बलि चढाएरै छाडियो। ‘धर्म’ भनियो यसलाई तर त्यहाँका दृश्य हेर्दा लाग्यो, यो धर्म हो भने पाप चाहिँ कस्तो होला? मान्छे ‘पशु’ भएको जंगली युगको यस्तो संहार गर्न मनमा निकै ठूलो ‘आँट’ चाहिन्छ। रगतको खोलो बगेको दृश्य हेर्न कमजोर मुटुले सक्दैन। जब यस्ता दृश्य पच्दै जान्छन्, अनि राँगा र बोकाको मात्र किन, मान्छे नै काट्न पनि ठूलो कुरा हैन जस्तो लाग्न थाल्छ।

    हिन्दू धर्मले बलि माग्दैन। अहिंसा परमो धर्म भन्छ हिन्दू धर्मले। बलि बीचमा घुसेको कुप्रथा हो। जसरी मान्छेको बलि दिने, लोग्ने मर्दा स्वास्नी जिउँदै चितामा जल्नुपर्ने सति जाने प्रथा हट्यो र अहिले फर्किएर हेर्दा त्यसलाई जंगली परम्परा ठान्न थालियो। एक दिन अवश्य यस्तो परम्परालाई पनि जंगली ठान्ने दिन पक्कै आउँछ। यो वर्ष नहुँदैमा आत्तिनु पर्ने कुरा छैन।

    पहिले यस्तो बलिका दृश्य सार्वजनिक हुँदैन थिए। त्यसैले पनि यसको विभत्स रुप सार्वजनिक भएको थिएन। अहिले सोसल नेटवर्किङका साइटहरु र यति धेरै मिडिया भएका कारण बलिका दृश्य सार्वजनिक भए र हामीले यसको विभत्स रुप देख्‍न पायौँ। हेरौँ यो वर्षको गढिमाइका देखिएका केही विभत्स दृश्यहरु, जुन धर्मका नाममा भएका थिए।

    सावधानः यी दृश्यहरु विभत्स छन्। तपाईँलाई विभत्स दृश्य हेर्न मन लाग्दैन भने तलका भिडियोहरुमा क्लिक नगर्नु होला। मान्छे पशुभन्दा पनि खत्तम भएको यी दृश्य नहेरेकै राम्रो !

    पहिलो भिडियो हेर्नुस्


    दोस्रो भिडियो हेर्नुस्। रोयटर्सको यो भिडियो पहिलो भिडियोभन्दा विभत्स देखिन्छ।
    Image and video hosting by TinyPic

    तेस्रो भिडियो हेर्नुस्। यो सबैभन्दा विभत्स भिडियो हो। यसमा क्लिक गर्नुअघि फेरि तपाईँलाई सावधान गराइन्छ।

    No related posts.

    75 comments to मान्छे पशु भएको दृश्य नहेरेकै राम्रो

    • kumar

      all life were depend upon Eco-system

      so it is natural
      u dont kill i will kill dont forget eco-system

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • peunarayan pathak

      कथा माँ त देविले,महाकालिले त राक्छयेस लाई मारेर देउताहरुको उद्दार गरिकिथियिनरे, तर अहिलेका दनाबहरूले आफ्नो काँध खियायेरा गाडा तान्ने खेतबारी जोतिदियेर आफैलाई पालने श्रमजिबिलाई देबिको नाममा चदौदैमा धर्म होला र !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • धर्मको नाम मा पाप गरिरहेका छन् यो देश मा क पशु बलि ले मान्छेको पाप पखालिन सक्छ ? त्येसो हो भने येशु यो संसार मा किन आउनु पर्थ्यो र ? धिक्कार नेपाली हरु पाप र धर्म छुतायौना नसक्ने | त्यो धर्म ग्रन्थ जलैदेउ जसमा मार काट गरेर धर्म हुन्छा लेखिएको छ | लोक कथा मा विश्वास गर्दै आएका नेपाली हरु लै मा बाइबल पधना सल्लाह दिन्छु

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hem Kumar Shrestha

      यो त अति भयो ….. कसले दियो त्यो मान्छे हरुलाई निदोष जनावरको हत्या गर्ने हक ???? क कुनै भगवान ले आफैले रचना गरेको प्राणीको बलि मागला र ?????हामीले बिरोध गर्ने पछ …..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • एस्तो बलि दिएर कसैको कल्यांड भएको छ र? पबित्र धर्म स्थललाई अपवित्र बनाएर कस्तो धर्म आर्जन गर्न खोजेका हुन् इ हिन्दु धर्मवोलम्बी भनाउदा राक्षयश हरुले. नेपाल एउटा मात्र एस्तो देश हो जसलाई हिन्दु राज्य भनेर चिनिने गरिएको छ र सान्ति र पबित्र राष्ट पनि भनिने गरिएको छ. एस्तोबलिले कसैको पनि कल्यांड नहुने भएकोले एस्तो बलिप्रथा लाइ बन्द गर्नु पर्छ ! .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • जति विरोद गर्दा पनि निर्दोष पशुहरु काट्ने चलन कहिल्ये पनि नजाने भो | देश त बिग्रेको बिग्रेई भएको छ र मान्छे पनि पशु भाको छ | यो त नया नया नेताहरु आको जस्तै भो ने त | हैन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • deepa

      यो धर्म नभयर पाप हो. यसको अन्त्य हुनु पर्छ .राम बहादुर बम्जन कुन दुलामा पस्यो ? यसो हेर्दा त रोल्पामा पोलिश र मावोबादी को भिडन्त जस्तो देखिन्छ .पशु मन्त्रालय बनायर औउता ठुलो रागोललाई मन्त्रि दिय समस्या समाधान हुन्थ्यो कि ?
      हैन भने मा कुने लै बिन्ति पत्र दिनु पर्ला .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rabin

      आफु हिन्दु भएको मा यो दृश्य हेरेर नराम्रो लाग्यो. पशु बलि भगवान को नाम मा दिनु धर्म प्रति अपमान गर्नु हो. यो त अति हो नि. भगवान बलि ले कहिले खुसि होलान जस्तो लाग्दैन. मानौ हामी मानब भन्दा बलियो कुनै जाति हुन्थ्यो र तेसै गरि हामीलाई पनि बलि दिदो हो त कस्तो हुन्थ्यो होला. हामी निर्दोष जनाबार लै मारेर पुरुसार्थ महसुस गर्दै छौ. एसले हाम्रो समाज देश, धर्म, रिति रिवाज र सारा नेपाली को परिचय बिगारेको छ. मासु खान को लागि जनावर मारिनु र धर्म को नाम मा मारिनु ठुलो फरक छ. बिकसित देश मा बध्सला मा जनावर मार्दा कसरि जनावर लै कम पिडा दिएर मार्ने कुरा हुन्छ तर हाम्रो देश मा त मानबिय सव्यता लै नै उपहास हुने गरि एस्तो मेला हुन्छन. सबै मिलेर बलि प्रथा हटाऊ. नराम्रो कुरा को बिरोध गर्नु पर्छ. भगवान को सारा सृस्ठी भन्छौ एदी तेसो भए आफ्नै श्रीस्ठी को रगत खाएर भगवान कदापी खुशी हुदैनन्.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ईश्वरले यो संसारको सृस्‍टि गरेको हो र संसारका जतिपनी जिब जिबात्मा हरु छन् ति सबै ईश्वरले नै सृस्‍टि गरेका हुन। त्यसैले आँफैले उत्पतीगरेको निर्दोश जिब र प्राणिहरुलाई बलिदिएर ईस्वर आफु कहिलै पनि खुशी हुन सक्दैन यो एउटा अन्धबिश्वास मात्र हो र यो कुर जगतका सम्पूर्ण मानब जातिहरुले बुझ्नु निकै जरुरी छ। साथै भगवानले कुनै पनि ग्रन्थ, भागवत, गीता, पुराण, बाइबल कतैपनी हत्या र हिसा गर्नुपर्छ र हत्या र हिसा बाट म खुशी हुन्छु र मानिस ले चिताएको कुरा पुरा हुन्छ भनेर कुनै पनि धार्मिक पुस्तकमा भनिएको छैन र लेखिएको पनि छैन। त्यसैले यो सब रोकिनु पर्छ।
      “दु:खी हरुको सेवा र सम्पूर्ण जिबप्राणिहरुको रक्षा नै ईस्वर प्राप्तिको बाटो हो”
      राजेश राई
      डङराहा ,९ धरहरा
      मोरङ नेपाल
      हाल क्यु वेष्ट ईराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      यो धर्म होइन यो त सरसरी पाप हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhishek

      THAT IS SICK!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nawa Raj

      होइन यो पसुलाई गाली गरेको होकी पसुको पक्ष्यमा लेखेको हो ? “मान्छे पशु भएको दृश्य नहेरेकै राम्रो” !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shiva

      मलाई लाग्छ सबै बलिकर्ता हरुमा पाप र धर्ममा कुनै भिन्नता छैन सिर्फ मनोरंजन को लागि र जिब्रो को स्वाद लिन को लागि यो परम्परा चलिआएको छ / मेरो भनाइ अनुसार त भगवानको खास स्थान हृदय हो
      स्वच्छ र साफ हृदय संग पुजापाठ गर्न सकिन्छ / बलि दिएर धर्म हुने भनाइ लाई 80% हिन्दु धर्मात्मक रिडर ले गलत मानी आएका छन् /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जो मान्छे ले बलि को पक्षा मा लेखनु भयो त्यो मान्छे मान्छे नै हैन मान्छेको रुप मात्रै हुन् उ भित्र दानब ले बास गरेको छ ,र भगवान लाई खुसि पार्न जीवित पशुको बलि नै दिनु पर्ने भन्ने छैन कुनै भगवानले मेरो लागि पशु लाई काट माशु तिमि हरु खाऊ भनेर भनेको छैन जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भने जस्तै जुन देशको जनता लाई बिहान बेलुकी छाक टार्न मुस्किल छ त्यो देशमा मा करोडौ को पशुलाई मारेर भगवान लाई खुसि पार्छा गजब छ हाम्रो देशका हिन्दु धर्मलम्बी हरु

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagar sapkota

      एस्तो कुरा त नेपालमा कति भए भए, अर्को पांच वर्ष सम्म सबै ले यो कुरा बिर्सी सकेका हुन्छन . त्यसैले यसबारेमा कुरा गर्नु बेकार छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • netra

      End of human civilization……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is a perfect example of superstition and barbaric human behaviour practised only in Nepal. Oh poor animals! you have on living rights in Nepal. May the God will judge and punish such kind of people very soon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पश्चिमा समाजमा निहत्था पशु पङ्क्षीमाथी प्रयोग गरिएको मेक अप,औषधी तथा खाध्यान्न प्रयोग गर्नु हुन्न भनेर आवाज उठाइरहेका छन् । भलै उनी हरु मासु बिना को जीवन यापन कल्पना पनि गर्न नसकुन तर पनि यस्तो चेतना आएको छ । हाम्रो धर्मले “अहिसाम परमो धर्म” भन्छ । कुकुर,गाई,काग जस्ता जनावरलाई देउताको रुपमा पुजा गर्छौ भन्दा पश्चिमा खैरे र मुस्लिम हास्छन । हाम्रो धर्मलाई राम्रोसँग बुझ्ने र ब्यवहारमा लागु गर्ने हो भने एक्काइसौ शताब्दीमा बिकास भएको पश्चिमा चेतना भन्दा हामी अगाडी हुन्थ्यौ तर के गर्नु ? आफ्नो ढोङ र कुसन्स्कार लुकाउन “धर्म” को नाम दिन्छौ । करिमा बेगम थप्पड हान्छिन अनी भन्छिन “मुस्लिम” महिलाको हात समातेकोले हानेको । चौधरी साहाब २० हजार पाडा मार्छन अनी भन्छन अब गढी माइलाई खुशी पार्न गरेको । धिक्कार छ । हिजो फिन्ल्याण्डको मेट्रो पेपरले रोय्टर्सलाई उध्रित गर्दै हिन्दू सस्कार भनेर बिभत्स द्रिश्य भएको फोटो छापेक थियो । हुन त म पनि हिन्दू हु तर बेकारमा मेरो परिचय कुसन्सकारले गर्दा धमिलियो । मासु खानको नीम्ति भए त ल ठीक छ यिनीहरुले घ्रिणा नगर्लान तर बेकारमा निहत्था पशुको हत्या गरेर के धर्म मिल्यो र खै ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishan

      यो पशु बलि दिने कुरा मा चै मा पनि घोर बिरोद गर्छु किन भने ति पशु मा पनि चेतना हुन्छ तर मात्र उनीहरुमा बोल्ने आवाज छैन उनीहरुलाई पनि काट्दा, कुट्दा दुक्चा रगत आउछ भगवान को अगाडी ज्ञान मारेर पनि भगवान खुसी भगवान खुसी हुन्छ भने कुरा सबै भन्दा हिम्सात्मक छ तेसैले म सबै लाई यो भन्छु कि कृपया कसैले पनि पशु को ज्यान मर्न अट्नु भयको छ भने म हात जोड्छु नमार्नुहोस्

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipen

      धर्मको भुत चढेकाहरुलाई हाम्रो कुराले के ने भन्न सकिन्छा र तै पनि धर्म जानेको भन्ने हरुले धर्म शास्त्रको बास्तिबिकता सर्बसाधारण लाई साचो भानिदिय केहि सुधार हुन्थेओ कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      आखिर जे बलि भनेपनि हत्या नै हो तेसकारण यो पर्था रोक्नई पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arun

      सबै मानब समाजलाई सद् बुद्धि आवस् | पाप र घर्म छुटाउने सक्ने क्ष्यमता प्रदान गरुन गढीमाइ माता | सम्पूर्ण प्राणीको जिउने आधिकारको रक्षाको लागि कामना गर्दाछु | जय गढीमाइ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यसरी गाली गरेर कमसेकम धर्मभित्र रहेका कुरीति र अन्धविश्वासहरू हट्दैनन्, बरु नबढ्ला भनेर भन्न सकिन्न् । त्यत्रो विरोधका वावजूद पनि पहिलेका तुलनामा बलिको संख्या बढ्नुले यो कुरा पुष्टि गरेको । यसले धार्मिक सद्भाव र सहिष्णुतामा खलल पुर्याउने अर्को खतरा पनि छ । यसले फाइदा पुग्ने भनेको धर्म परिवर्तन गराउनेहरूलाई मात्र हो ।

      चेतना भया ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash Srivastav

      यो तरिका ले बलि दिदा भगवान ले इच्छा पुरा गर्दैनन् बरु नराम्रो नै गर्छन , राछेश को व्योहोरा देखाउदा बरु राछेश खुसि भएर येस्तई बेयोहोरा बलि दिन लगाउने लाई गर्छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिन्दु धर्ममा कहिँ पनि पशुबली दिनुपर्छ भनियको छैन तर जुन तरिकाले गढ़िमाइ मन्दिरमा हजारौको संख्यामा पशुबली दियो यो सचिन्नै धर्म र प्रकृति अनि पर्यावरण बिरुद्ध छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gemmi

      सार्बजनिक मन्दिरमा हुने बलिलाई निरुत्साहित गर्दै सिम्बोलिक उपाय अपनाउन लगाउनु ठीक हुन्छ | मेलाको समय मुखमै आइसकेपछि हटाउन खोज्दा सम्भव हुँदैन – धेरै को बिजिनेस स्टेकमा हुन्छ | जनसरोकार बढ्दै जाँदा ढिलो चांडो समयको मागअनुसार यो प्रथा त हट्छ, हटाइन्छ नै त्यसमा शंका छैन |

      जहाँसम्म दशैँ आदिको कुरा छ, त्यो व्यक्तिगत धार्मिक बुझाइ र व्यक्तिगत नै चासोको विषय हो – धार्मिक, सामाजिक जे नाम दिए पनि | त्यसको कोर भनेको खानपिन र रमाइलो गर्ने कुरा हो | मासु को व्यवसायिकता नभएको समयदेखि चलेको | बलि भनेर गरिने मारकाटको क्रम मा क्रुरता कम गर्न तर्फ चेतना बढाउनु भने जरुरी छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anand

      यो कुरा हामी सबै ले बुझ्नु पर्छ कि हामी सबै भगवान कै सन्तान हौ. चाहे त्यो जनावर नै किन न होस्. आफ्नो सन्तान मारेर चढाउनु भनेर भगवान ले भनेका छैनन् र खुसि पनि हुदैनन् . हे ,मुर्ख मनुष्य आफ्नो जिब्रो को स्वाद को लै निर्दोष पशुको बध किन गर्छस .यदि त्यस्तै भगवान लै खुसि पर्नु छ भने आफ्नो सन्तान लाई काट न . धिक्कार छ , मान्छे को जीवन पाएको मा .

      आनन्द
      इलाहाबाद ,इंडिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • *** Tantric Puja or Devil Worship ***

      It is a part of Hindu religion that promotes animal sacrifice as a ritual way to please Kali. It has become more of the cultures of the Hindu religion. As long as we believe this tantric puja pleases Goddess Kali, we can not stop this tradition. But as soon we discard it, it will be stopped.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भयानक छ सबै लागि पर्नु पर्छ एक दिन अबश्य बन्द हुन्छ /किनकि मान्छे जत्तिको दयाबन संसार मा अर्को प्राणी कोहि पनि छैन /तर सबै तिर बाट बलि प्रथा निर्मुल गरौ मानबीय सभ्यता को परिचय दिउ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biwash

      मान्छेले आफैले सोच्ने कुरा हो यो. के क लागि हो यो बढ्या .कसका लागि हो यो. कसलाई खुसि बनउने? आफैलई कि भगवानललाइ ? ………यास्ता आधार बिहींन मिथ्या कुरालाई सिरानी बनायर सारा समाजलाइ रगतको भेल देखाउनु को औचित्य के हो ?बद्य गरेर समय खर्च गर्नुको सट्टा आफ्नो परिवार देश को उन्नति को बारेमा सोच्ने शक्ति तिनै भगवानले प्रदान गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tenjing

      माकुने सरकारले यसलाई रोक्न सकेको भएमा ऐतिहासिक हुन्थ्यो तर बेवास्ता गर्यो बरु झन् उत्साहित बनायो. अब माओबादी सरकारले बाहेक यो कु प्रथालाई कसैले हटाउन सक्दैन. …………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Tenjing

      धर्मको बदनाम !! यसले निस्चित रुपमा bistaarai धर्मको पटन garauchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pralhad

      It is dubious view of Nepali mindset to cheers the KFC and pizza hut (which uses the Brazilian chicken as heard in news) in one hand and raising voice against the religious animal sacrifice in other hand. It is known fact that meat momo is one of the most popular food items in Nepal. Without killing animals, we cannot have meat. Therefore, likings of meat mean death to animals. If death is the case then it is more dignified from animal points of view to be sacrificed in the religious offerings rather than in the normal slaughter.

      Other amazing thing is that the hue and cry against the belief system of Hindus is not justifiable as no one is looking against the Islamic costume of Id ul baker (halal of animals) or Jewish tradition of getting Kosher meat by sacrifice. If you raise voice against Islam or its tradition, you are sure to be punished by its followers. Hindu being more liberal you can write and cry anything.

      If you do not eat meat then it is ok for you to cry otherwise, there is no need to raise voice against any practices that some one is observing without violating your rights.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhapaliraj

      यसरी पशु काट्नु चाही धेरैनै न राम्रो कुरा हो . हत्या को सट्टा फूलमाला ले भगवान लाई खुसि बनाउन खोज्ने हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar Bimali

      गढीमाईको रोदन- ‘हामीलार्इ्र पनि माया गर’
      गढीमाइ मेलामा दिइएको पशुबलीको दृश्यले मान्छे मात्रको दिमागमा के कुराको सञ्चार गराउछ होला ? हिन्दु धर्मले त दया विनाको धर्म, ज्ञानविनाको गुरु, विवेक बिनाको व्यावहार र प्रेम विनाको मित्र हुदैन भनेर धर्ममा दयाको उपस्थिति अनिवार्य गराएको छ । मान्छे जस्तै जीवन-प्रक्रिया भएको र आफ्नै घरमा मित्रवत पालेको प्राणीको यसरी सामूहिक संहार गरेर धर्म कमाईदैन वरु त्यसको उल्टो हामीलाई व्यावहारिक, सामाजिक, पर्यावरणीय तथा आर्थिक विभिन्न नोक्सानी हुन्छ भनेर यो रौद्रलीलाका र्समर्थकहरुलाई कसरी संझाउने ? सरकारले पनि समय र सर्न्दर्भलाई हेरेर यस्ता खालका कुसंस्कार र अन्धविश्वासका धरोहरहरु माथि वातावरण मिलाएर परिवर्तनको टाँचा लगाउनु पर्छ । तर राजनीति व्यक्तिको माथि चढ्ने खुट्किलो मात्र भएको हाम्रो देश र ठाँउमा यस्ता अति आवश्यक जनसरोकारका कुरामा राजनीति गर्नेका आँखा किन पुग्थे र – आन्दोलनकारीहरु पनि राँगा र प्राणीहरुका पछि किन लाग्थे जसले ताली लगाउदैनन् , भोट दिदैनन र आदि इत्यादि गर्दैनन् । नत्र भने तिनीहरुको पक्षमा पनि उस्तै आवाज र गढीमाई भगवतीमा पनि उस्तै घेराउ अनि उस्तै चुनौती किन पुग्दैनन् ? आजको विश्वले यस्ता यहलीला सजिलै पचाउदैन र मिडियाहरुले दुनिया फुक्ने राम्रो अवसर पाउछन । विश्व समुदायको आँखामा दया, वीरता, इमान्दार आदिका नाममा चिनिने गरेका नेपाली र तिनिहरुका वुद्धको घरै छेउमा यस्तो मान्यता छ र त्यसको दृश्य नाङ्गो भएर छरिएको छ । यो भयानक लज्जास्पद अनुष्ठानले रामवहादुर वम्जनमात्र होइन स्वयं वुद्धलाई लोप्पा ख्वाएको छ भने सगरमाथाको शीर नुहेको छ, हामी नेपालीले यसको राम्रो उत्तर दिन होइन लाज लुकाउन गाह्रो भएको सत्य छिपाउन सकिदैन ।
      वितेको कुरा अब कुरै गरेर प्राप्त गर्न सकिदैन तर अरु त्यसरी नै गुज्रने कुरामा भने सचेत भएर लागे त्यसको परिणाम सकारात्मक हुन्छ र त्यसले हामीले भन्ने गरेको धर्म, नाम, विवेक र पहिचानलाई अरु माथि उठाउछ । त्यसैले अबवाट यत्रो विध्वंशको लीला नगरिकनै गढीमाइको शान्तीमेला लगाउने तयारी गर्नु पर्छ । सवैले आ-आफ्नै ठाउँवाट गर्ने थुप्रै कुराहरु छन । जनावर-अधिकारवादी, राजनीति कर्मी, कलाकर्मी, त्यस क्षेत्रका शिक्षक-विद्यार्थी र अन्तत प्रत्येक व्यक्तिले गढीमाइमा यो पटक नै अन्तिम पशुबली भएको तथ्य निर्माणमा लाग्नु पर्छ । सरकारले यसमा ठोस नीतिगत कदम चाल्नु पर्छ । त्यस किसिमको मेला र त्यो संस्कारलाइ जीवन दिएर ल्याउने त्यहाको समाज, सम्वन्धित परिवार र समूहलाई मनाएर नै एउटा लज्जाजनक संस्कार रुपी विध्ंवशको अन्त्य गर्न अर्को विध्वंश नगरीकन नै हामी तयार छौ भन्ने देखाउनु छ । त्यसो भयो भने मात्र हामी सचेत, दयावान, धर्म भएका र उच्चो शीरका नेपाली हुने छौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Narayan Adhikari

      कुरा पशुबलीको होइन कुरा प्रक्रिया को हो | पशुबली कहाँ भएको छैन ? दुनियामा मासुको यत्रो ठुलो बजार छ | के घर, के भोजनालय, पहुनापात आदि सबैको सम्मानस्वरूप मासु खाने-खुवाउने चलन छ | त्यसका लागि पशुहरुलाई निश्चित बधसालामा बध गरिन्छ र मासुको लागि तयारी गरिन्छ | अब यहाँ कुरा के रह्यो भने पशुबलीको प्रक्रियालाई कसरी ब्यबस्थीत् गर्ने भन्ने हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रबिन्द्र राज गिरी

      के भन्नु खोई, शब्द नै छैन म संग | आफ्नो मातृभुमि यस्तो होला यस्तो देख्नु पर्ला भन्ने त मैले सपनामा पनि सोचेको थिईन | तर वास्तविकता वास्तविकता नै हो, जुन आज हामीले भोग्नु परिरहेको छ, देख्नु परिरहेको छ, सुन्नु परिरहेको छ | वास्तविकतालाई नकार्न सकिन्न | हाम्रो यो सबै स्वार्थीपन, डावाँडोल परिस्थिति, विभत्स दृश्यहरु र करुण क्रन्दनहरु अब धेरै देख्नु र सुन्नु अब नपरोस, मेरो यहि प्रार्थना छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil sharma

      रागा खसी बोका को बलि दिने त सामान्य नै भयो नि तर मान्छे ल मान्छे को बोसो झिकेर त्यसलाई युरोप मा $ २००००.०० मा बेची रहेको खबर सुन्नु भयो भने तपाई लाई कस्तो लाग्छा पहिले त मानब अधिकार को कुरा गर्नु पर्यो अनि यसलाई सुनिस्चित गर्नु पर्यो अनि मात्र पशु अधिकार को कुरा औछा नत्र भने सबै कुरा छोडी लूता हात भने झैँ हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lama

      मानिस सर्ब श्रेष्ठ प्राणी किन बंछा बने मानिससंग दिमाग छ सोच्नको लागि
      तर आज जनावर बन्द पनि खतम हुँदे छन्.के पनि सोच्देना र बिछार गर्देना /बुद्धले बनेको थिए…. जे कुरामा पनि दिमाग प्रयोक गर /संसारमा हाम्रो दिमाग बन्द ठुलो अरु के पनि छेन बनेर/अब कसैलाई जनावर बलि दिएर खुसि लाग्छा र हुन्छा बने/हामीले बनेर लेखेर केहि शिब लग्दीना/धर्म कुनेको पनि नराम्रो हुन्देना जस्तो मोलाई लाग्छा सिरिफ मानिसले…………………फरक मात्र हो /
      हामीले जे गरे पनि पहिलेला दिमाग प्रयोक गरेर सोच्नु पर्छा जस्तो लाग्छा (अच्चेप्त ओर रेजेच्त ) अनि मात्र गर्ने ………यो शाझा प्रिथिबी हो सबै प्राणीलाई जिउने अदिकर छ /मोर्नु त एकदिन सबैलाई पर्छा तर आफ्नो आयु सकेर अर्काको हातमा होइन..
      सबै प्राणीको जेय होस् .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raja dahal

      मलाई लाग्छ एस्तो लेख लेखेर बिदेसी लै खुसि परेको हो. संसार मा ६ अर्ब मान्छे सबै भेज हुने हो भने के सबै लै खान पुग्छ र. मासु र माछा ले मात्र ६०% को जिबन धानेको छ.

      पसचिमी हरु अनिमल राइट्स को कुरा गर्छन तर संसार भरि मान्छे मार्दै हिद्चन आफ्नो फाइदा को लागि. सबै भन्दा पहिले मान्छे को अधिकार को रचेया गर्नु पर्यो अनि मात्र जनावर को. येत्रो मान्छे नेपाल मा भोकै सुत्छ तिनीहरु को बारेमा सबै चुप तर बिदेसी सस्था को दलाल लै चाही पशु को चिन्ता.

      धर्म ले बलि माग्दैन तर मान्छे ले केहि त खानु पर्यो बाच्न को लागि.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मासु अमन हुने र अर्काको धार्मिक आस्थाको सम्मान नहुनेले चलाएका हल्ला मात्र हुन् यी सबै | मन नहुनेले नगर्न र नहेर्न पाइन्छ | मन हुनेलाइ रोक्न पाईन्न |

      मान्छेले “मानब बलि” को बिरोध गरौँ | पशु बलिको बिरोध नगरौं |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संसार भरिमा दैनिक खानाको ४०% हिस्सा माछा मासु बाट पूर्ति हुने गरेको कुरा सायद मथिका कमेन्ट लेखने साथीहरुलाई थाहा
      छ की छैना ? यदि सबै मानिस साकाहारी भो भने यो संसार भोकमरीग्रस्त हुन्छ यो
      कुरा बिचार गरेको छ की छैना? कुरा आयो पशु बलिको /यो त केबल पशु मरने स्थान माँ मात्र फरक परेको हो / तपाई कल्पना गर्न सक्नु हुन्छ? यो संसारमा दैनिक कती पशु,पंछी र माछा माँरिन्छ? के तपाई मासु खानु हुन्न? यदि तपाई हिंसा वा बलि रोक्न चाहानु हुन्छ भने साकाहारी बन्नुस
      किन तपाई बाट यो काम शुरू नगर्ने त ? किन अरुलई दोस दिने ? अनि आर्को मुख्य कुरा हाम्रो नया नेपालको संबिधानमाँ पनी लेखिएको छ आरूको धर्मंको बारेमाँ नकारात्मक कुरा नगर्ने र सबैको धर्मंको सम्मान गर्ने / के तपाई नया नेपालको संबिधान मन्नू हुन्न त ? बाइबलमाँ पनी परमेशोरले भन्नु भएको (लेखिएको) छ पशु,पंछी त परमेशोरले मानिसलाई खाना को लगी श्रिस्टी गरेको भनेर / तेसैले अरुको बारेमाँ नकारात्मक कुरा गर्नु राम्रो नहोला है/ जे भयेपनी मलाई लगछ यो
      हाम्रो देशको औटा पहिचान हो /
      जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल
      जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

      • Shankar

        ओय क्रिश !

        हन खानाको ४०% हिस्सा मासु खायर बाचीन्छा भनेर हिसाब गर्न जान्नेले जिब्रोको स्वादको लागि काट मार गर्ने कुरा र भगवानप्रति आस्था देखाउने कुराको त्यत्रो ठुलो फरक चाही किन नबुझेको नि? संसारमा प्रतेक दिन होटेल रेस्तुराको लागि कति जीव जन्तु मरिन्छा त्यसको बिरोध गरेको होइन यहाँ त भगवानको पबित्र मुर्तिलाई रगतले धुने र प्रसाद मानेर त्यो मासुले जिब्रोको स्वाद फेर्ने कुप्रथाको बिरोध गरेको हो | हिन्दु धर्म भनेको बेदिक महान धर्म हो तर त्यसको एउटा नराम्रो पक्ष लै सुधार्ने कोशिस मात्र गर्न खोजियाको हो | पशु बध र पशु बलि को भिन्नता को पाठ पढेर मात्रै फेरी माई संसारमा लेख्न आउनु होला |
        तपाई को लेखाई ले लाग्छ कि तपाई हिन्दु धर्मका अनुयायी नै होइन किन भने तपाइको आफ्नो लेखाइ “परमेश्वरले मानिसको आहारको लागि पशुपन्छीको सिर्जना गरेरको” भन्ने कुनै पनि हिन्दु धर्ममा लेखियको छैन | त्यो कि त शायद तपाई कै धर्मको ग्रन्थमा लेखियको होला कि राम्रो संग त्यसको बारेमा केहि लेखापढी गरेर मात्र फेरी यहाँ छलफल गर्न आउनु होला | हिन्दु धर्मले त “अहिंशा परमो धर्म” माने कुनै प्राणी ( मानव पशु र पंक्षी, र यावत जीवात्मा) को प्राण हरण नगर्नु भनेको छ | मुख्य कुरा त हामी यहाँ कुन कुन धर्मले के गर्छा भनेर लेखाजोखा गर्न छलफल सुरु गरेको होइन कि हामी त आफनै धर्मको केहि बिकृति लै हटाउने कोशिसको छलफल मात्र हो |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      हामी सबैले मान्नु पर्ने र बुझ्नु पर्ने मुख्य कुरा के हो भने, बली प्रथा धार्मिक नभयर सामाजिक हो तर यो धर्म सँग अधिक जोडीने गरेको छ किनकी हाम्रो सामाजिकका त यस्को बनोट अधिक मात्रामा धार्म द्वारा निर्देशित छ तेसैले यो सबै खिचडी जसरी एक अर्कोसँग घुल मिल छ तर यसलाई छुट्यायर हेर्ने हो भने स्पस्ट हुन जान्छ यो सामाजिकतामा आधारइत छ। हरेक कुराको अतिरन्जित र दुस्प्रचार अनी अब्याबस्थाले गाजेको हाम्रो समाजमा यसम्या स्पस्ट र आवश्यकताको अध्ययन काम हुनालेनै यस्को अत्याधिक र नकारात्मक प्रयोग भाई भाडभैलो हुन गयको हो अन्यथा बली प्रथा सर्बथा उत्कृष्ट सामाजिक जीवन को सोच हो। बली प्रथाको अनाबस्यक बिरोध भन्दा यस्को आवश्यकता उपयोग र व्याबहारिकताको अध्ययन र खोज भाई यसमाथि रोक्नु भन्दा ब्याबस्थित र नियन्त्रित हुनु जरुरी छ।
      जसरी गढिमाइ (मलाई पहिलेत थाहा पनि थियन यस्तो हुन्छ भनेर)या यस्तै तरिकाको ह्रिसक,अब्याबस्थीत र अतिबाद र अन्धबिश्वास मा आस्थित यस्ता कार्य हरु बली प्रथा नभयर यस् प्रथाको दुरुपायोग हो तेसैले यो नियन्त्रण गर्नु नभय रोक्नु जरुरी छ।
      जे कुरा पनि अती र दुरुपायोग भन्ने कुरा नकारात्मक र नराम्रो हो तेस्को नियन्त्रण ब्याबस्थित वा रोकिनु जरुरी छ। औषधी पनि अती वा दुरुपायोग भयो भने बिष बन्दछ जस्ले ज्यानऐ लिने अधिक सम्भाबना हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanti Chemjong

      हे प्रवु मैले त video हेर्ने सकिन फेरी रात भरि निद्रा मात्र लाग्दैन…. मान्छे त दानब सरह रहेछ…..एस्तो देखे पछि मासु पनि कसरि खानु जस्तो लाग्छ.. अब सब जनता भएर एस बिरुध आवाज उठाउनु पर्छ……पापी हरु नर्ग मा जानछन्….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      येत्रो संख्यामा एती क्रुर तरिकाले पशु हत्या गर्न कुन धर्मले कस्तो पुण्य प्राप्त हुन्छ भनि आफ्ना धर्मान्ध अनुयायीहरुलाई उक्साएको रहेछ जान्न पाए हुन्थ्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गरेर पाइनु पर्ने मागेर पनि पाइन्छ र|? मागेर पाइने भए माकुनेको कुर्ची नै मागे भैहाल्यो नि| पाँच दश हजार लगानी गरेर डेड करोडको गाडी चड्ने दुनियाको नमस्कार थाप्ने दुनियाको पैसा उडाउनु मन छैन|? किन झिनो मसिनो कुराहरु छोरा देउ छोरी देउ भनि बस्ने|? देवी देउताले दिन्छन मागे पछी तर तलाई त्यति मात्र चाहिएको रहेछ अरु नचाहिएको रहेछ भनेर सबै अरु हरिदिन्छ्न त्येस पछी तेरो बिजोग कसले हेर्ने|?भगवानमा गएर शान्तिको कामना गर्नु, सबैको भलो सोच्नु, प्राणीमा सदभावना होस् भन्नु त कता गयो कसैको ज्यान लिएर मेरो मात्र इच्छा पुरा होस् भन्ने दानब जन्मनु भन्दा नजन्मेको वा जन्मन साथ मरेको राम्रो हजुर |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar Bimali

      मानव सभ्यता / आधुनिक युग / विवेकशील मान्छे /अन्धविश्वासको पृष्ठपोषक सरकार / भयानक लज्जा !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आशा गरौँ दुइ खुट्टे पशुले यो कुरा छिटै, बुझ्ने छ, अर्ध पागल, बहुला हरुले ख्याल गर्नु पर्छ, यो धर्मको नाममा कलंक हो, मा अरुनै धर्मवालम्बी भएपनि, हिन्दु धर्म लै राम्रै संग हेर्छु, येस्तई दानव हरु, रुदिबदी सोच द्वारा ग्रसित अर्ध पागल्ह्रुले गर्दा हिन्दु धर्म मा आंच आउने काम गरिरहेको छ.
      आशा गरौँ यो दृश्य अर्को चोटी देख्न नपाउन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhandari

      yo ta ati nai bhayo yesto dharma hataunu paro nepal ma matra nabhayera bides ka news le pani diye ko chha finland ko news METRO live le pani diye ko chhha sabai finish harule sodchan yo ke timi haru ko dharma please yo nepal bata jati sako chadai nai hataunu paro…yes le dherai nai bikirti laula jasto chha nepal ma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pankaj

      I think its time to redefine our cultural and ritual traditions . With is issues of global warming and other environmental degradations and its consequences on the planet more pronounced than ever before , we need to take steps to preserve the world .How about tree plantations , recycling of wastes in the name of making God happy rather than sacrificing animals ??

      I think its our , moral and ethical responsibility to preserve this planet for future generations and pass it to our decendents in the same state as we inherited from our forefathers .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SHAAN

      अब के गर्नेत, ब्लग मा मात्र बिरोध गरेर केहि हुनेवाला छैन क्यारे ! सबै भन्दा उत्तम बलि प्रथालाई नै गैरकानुनी बनाउन सरकारलाई दबाब दिए रोकिन्छ कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shivahari

      बलि रोकिन्छ अब छिटै किनकि तपाई हामी धेरैले यो प्रथाको बिरोध गरिराछौ/ जब आवाज हरु को मुस्लो फुट्छ तब कुरीति, अन्धबिस्वास को कै जोड चल्दैन/ यो धर्म, र मानवता बिरोधि कुसस्कर को अन्त निश्चित छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna dhakal, uk

      खोइ त एतिका पशु अधिकारबादी को आखा येस्मा परेको ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gyan

      हे मानबा हो यसरी पसुलाई बलि दियारा आफै पसु को बेबहर देखौदै छ कसरी छोरा पौना सकिन छ अबा तेसारी पसु बलि दिन रोकू तेयो नै धर्मं हुन्छा बरु छोरा पाउनु छ भने डा. भोलारेजाल बटा साल लिनुनी अबा सबै मिलेर सन्ति भूमि नेपाल बनाऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JB

      यो बलि प्रथा यहाँ मात्र हैन सबै ठाउँ बाट हटाउनु पर्छ. दशैँ मा एक दिनमा नै यो भन्दा धेरै गुना पशु मरिन्छ. दक्चिन कलि मा एक बर्समा सायद मारिने पशु को संख्या यो भन्दा बढी नै होला. बलि भने पछि सबै एक हो. सुरुवात यहाँ बाट भएको राम्रो होला, तर यसलाई मात्र बेरोध को क्षेत्र बनाएर यसलाई मात्र बदनाम गराउने काम राम्रो हैन. गाडी माई को चाई बदनाम गराउने अनि दशैँ मा चाई दक्स्निं काली मा बोका बोकेर जाने हरुको पनि संख्या काम नहोला. सो गाडी माई को मात्र बदनाम गर्न छाडौ, यसलाई आन्दोलन को रुप बनाएर बलि प्रथा को समाप्त गरौ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के लिम्बु

      हे हिन्दु धर्मावलम्बी मित्रहरु हो धर्म र देबी देवता को नाममा जीव हत्या नगरी कुनै रमाइलो कार्यक्रम गरेर काट मार गरेर खादा कसो होला देबी देवताको नाममा जीव हत्या गर्नु पर्छ भन्ने निश्चित छ होला कसो
      हो अन्दबिस्वासमा अल्झी रहने हो यस्तो विभत्स द्रीस्य हेर्नु मन लाग्दैना है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिन्दु धर्ममा कहिँ पनि पशुबली दिनुपर्छ भनियको छैन तर जुन तरिकाले गढ़िमाइ मन्दिरमा हजारौको संख्यामा पशुबली दियो यो सचिन्नै धर्म र प्रकृति अनि पर्यावरण बिरुद्ध छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ramesh

      पशु सरि मानिस , केहि भन्नु जरूरी छैन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pratap

      भिडियो हेर्दा मान्छे नै पशु भय जस्तो लग्यो . यस्तो बिबत्सा बलि दिने प्रथा हामी सबै मिलेर हटाउनु प्रछा / बलि दिने चलन ठिक होइन .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • angela

      यो साहरै नराम्रो काम हो. भगवान खुसि हुनु हुदैन यो पापी काम बाट / ती मिर्त आत्मा ले सान्ति पाउन / एस्तो प्रथा हटाउनु राम्रो हो / भगवान ले सबै को रक्षा गरुन .

      लक्ष्मन् न्यौपाने
      लण्डन
      युके

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माफ गर्नुहोला म यो बर्बरता हेर्न सक्दिन, म घृणा गर्छु यो संस्कृति !!!!
      मलाइ लाग्छ नेपाल को येही बर्बरता को कारण ले हाम्रा बालबच्चा हरुले आफुले आफुलाई नेपाली भनेर चिनाउन मन्नेछैनन! एस्तो संस्कारले आफ्नै पतन निम्त्यौछा ! हामि नेता र राजनीति लै खुब गालि गर्छौ तर हामि आफै ले समाज (आफैलाई) परिबर्तन नगरे सम्म केहि हुने छैन!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • kesu

      दशैं को बेला मा गाऊ मा नेवार हरु ले रागो ढाल्दा पनि यो माथिको विडियो जस्तै हुन्थ्यो र मज्जा ले हेरिन्थ्यो अनि केहि लाग्थेंन सायद दशैँ को ताप ले होला तर यो माथि को तेस्रो भिडियो हेर्दा डर नै लग्यो. नराख्नु भो त्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      समाचार दिनु एउटा कुरा, तर एस्तो भिडियो त नराखेको नै राम्रो | छ भने पछि हेर्न मन लाग्छ तर विभत्स द्रीस्य रहेछ | रोकिनु पर्छ यो परम्परा |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sunil, london

      हे ब्रो लेख लेख्नु तर बेकार को लेख न लेख्नु जाबो पशु बलि भयो भन्दै मा के मानब बलि पनि हुन्छ र? यो सत्य हो पशु बलि हिन्दु धर्म ले मान्दैन तर तिम्रो जिबन मा जब केहि कुरा अपुग हुन्छ तेयती खेर मान्छे अन्धबिस्वासी हुन्छ अनि येस्थ्यो कुरा हरु को उत्पति हुन्छ. येश कारण ऐस लै एती ठुलु मुद्दा बने राख्नु पर्दैना. पशु बलि रोख्थम हुदैमा मानब वा समाज बिकाश हुदैन तेही भएर तिमि लै लेख्ने मान लागेको छ भने देश बिकाश एंड सामाजिक तत्व हरु को आदर गर्ने कुरा हरु बारे लेख. येसरी कुनै समुदै बारे लेख लेखेर आलोचना गरि बिग्रेरकेहेको समाज लै बिगार्ने काम न गर. अनि मानिस ले पशु बलि बन्द गर्दैमा के पशु हरु रे बाग बगिचा बेठोलने काम इस्थागित गर्छन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

      • Rajesh

        जस्तो ठाउँ मा गयो उस्तै बुद्धि बनायेछौ नि ब्रो,पहिला काम खोज नै कमेन्ट गरौला.

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • Rambhakta

        Dear Sunil Bro

        I think you still do not understand the difference between blog and other news portals. My Sansar is a blog where the writer expresses his view points. It is a different story that this blog site has become so popular that thousands of people visit this site everyday. But nevertheless it is a blog site, and the writer is free to express his view point. So if you are rather looking for “news’ you can always go to ekantipur.com or nepalnews.com. It is up to you to choose which blog to read and not to read but it is not up to you to tell the writer what to write or what not to write.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • होइन सर हजुरलाई दया माया भन्ने थाहा नभयर होला /

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • samyok

        अरे बाफरे नाम त सुनिल पो अरे फेरी लोनडन बस्छ अरे अनि नेपाली राम्रो संग पनि लेख्न औदैना रहेछ अनि पशु बलिको बारेमा लेख्या रहेछ पशु त केहिहोइन रे उसको भनाइमा बरु उल्टै प्रशन हालेको रहेछ के पशु लाई बलि चडाउन छाडे पशु हरु सभ्य हुनछन् ??? अब लौ हेर्नुशोस त संसारमा येस्तो नमुना मान्छे पनि हुँदो रहेछ धिक्कार छ पशु हरुले पनि येस्तो मान्छे लाई त अरे यो मान्छे त तबेलामा या त पशुकै गोठमा बाधिएर बस्नु पर्ने कसरि लोनडन बाट भनेर लेख्न सक्या हो बाफरे हा हा हा… ए सुनिल तिमीलाई पनि त्यो राँगा हरुलाई काटे झैँ काट्दा कस्तो हुन्छ ???

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Adi

      Animal Sacrifice should be stopped. Humans shouldn’t be so inhumane.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Min

      यो त अति नै भो! धर्म को नाम मा पाप !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Suman

      अहिले यतिका काटियो उतिका काटियो भनेर सबले तर्क दिन्छन र रोकिनु पर्छा भन्छन
      तर
      दशैँ मा लाखमा हैन करोडमा नेपालमै बलि दिइन्छ, त्यसको बारेमा कहिले यस्तो सुनिएना त

      हामी सबै ढोंगी होइनौ ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • दशैँमा पनि यस्तो आवाज धेरै अघिदेखि उठिरहेको छ। तपाईँलाई थाहा नभएको मात्र हो। यी लिङ्कहरु हेर्नुस्-
        http://www.mysansar.com/?p=6401
        http://www.mysansar.com/?p=6414 (यो वर्षको)
        http://www.mysansar.com/?p=2003 (दुई वर्षअघिको)
        http://www.mysansar.com/?p=893 (तीन वर्षअघिको)

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • सुनगाभा

        ए साथी, कम्तिमा नराम्रो कुरालाई त खण्डन गर्नुस। मासु बेच्ने प्रयोजनको लागि बगरेले काटेको र ३-३ बिघा जग्गामा २५० जनाले बीसौं हजार निरिह पशु छ्याप छ्याप काटेकोमा फरक छ नि। त्यहाँ पुग्ने बच्चाहरुमा कस्तो मनोबैज्ञानिक असर पर्ला? मेरो त यहाँ राखिएका फोटो देख्दा नै सातो उड्यो। मानवीयताको त एक अंश नै छैन यहाँ। तपाईंले उठाउनुभएको”ढोंगी” को प्रसङ्ग त मानवतामाथिको उपहास शिवाय केही होइन। दसैंमा होस् या जुनसुकै बेलामा – यसरी र यत्रो संख्यामा सबैको अगाडी गरेको पशुबधको जति निन्दा गरे पनि कम नै हुन्छ। मासु खानको लागि काटेको संग यो Mass Killing लाई तुलना गर्न मिल्दैन।

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • Basant

        यती त बुझ दशैमा सबैले घरघर मा काटछन यसरी जनावरलाइ दुःखः दिइदैन यहा हेर ३ बिगाहा जग्गामा कम्तीमा १००००० जनावरहरूको बली मात्र ५ दिनमा दिइन्छ । त्यात रगतको खोला बग्छ । के बली नदीने भन्दैमा मासुनै नखानी हो । भने के भन्ने दशैको न कसैले बिरोध गरे नकसैले गर्न सक्छ ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker