- नोवल निरौला/फ्रान्स-
छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता पाएकोमा दङ्ग थिए माझघरेका सन्तान। सबजना भनिरहेका थिए – “माझघरे तिमीहरुलाई बधाई छ खसी फिर्ता पाएकोमा”।
“सानु दु:ख गर्नु परेन खोसेर ल्याउन। सापटी लिएको रकममा मिलाउँला भन्दै दशैंमा खाउँला भनेर जोगाएको खसी आफ्नै पुर्खौली सम्पत्ति झै गरेर टाट्नु खाली पार्दै लगेको थियो बजिया महाजन भनाउँदोले। धन्न सवै गएर पाखुरा सुर्केपछि तर्सियो र फिर्ता दियो” – माझघरे र उनका सन्तान मुसुमुसु हाँस्दै जवाफ फर्काउँथे। छन पनि मूलघरमा राखेको त्यो लाम्काने खसी एकदमै गजबको थियो ।
चार धुर छन् माझघरेहरुका – ३ लक्का जवान छोराका घर, अनि बूढावुढी बस्ने मूलघर। जेठा छोराका २ छोराछोरी छन् । माईला र कान्छा विवाहित भएपनि छोराछोरी भने भै सकेका छैनन् ।
समय बित्दै दशैं लागेको थियो। माझघरेका सन्तानलाई यो दशैं निकै उत्साहजनक लागिरहेको थियो किनकी साथमा घोर्लै खसी थियो। सप्तमीको दिन नै खसीकाट्ने निर्णय गरे माझघरेहरुले। माझघरे बूढा दाउरा ठोस्दै पुरानो तामाको खट्कुलोमा पानी उमाल्दै थिए। एक्कासी आँगनको होहल्ला सुनेर बूढा वाहिर निस्कीए। हात हालाहालको स्थितिमा पुगिसकेछन् छोराहरु। खसी काट्न उद्याएर तैयार पारेको खुकुरी लिएर घम्साघम्सी पो गर्न खोज्दै रहेछन् ।
बूढाले कुरा बुझ्दै गए । ‘कसले कति धार्नी’ भन्ने कुरा नमिले पछि सुरु भएको रहेछ झगडा। जेठो छोरो भन्दै थियो- “हिसाब साधारण छ भाइ हो । खसी काटौं । जति मान्छे उति भाग लगाऔं । अनि जसका घरमा जति छन् उति भाग लिने, हिड्ने। कस्तो कुरा नबुझेका तिमीहरुले” । माईला र कान्छाले असहमति जाहेर गर्दै थिए। उनीहरु भन्दै थिए- “कस्तो वाठो तिमी । ७ बर्षकी तिम्री छोरी र ५ वर्षको तिम्रो छोरो पनि हामी बराबरका भए हैन त ? क्या गजबको कुरा । उनीहरुलाई भाग लगाउनु हु्न्न। तिनीहरु त तिम्रा भागखाने मान्छे हुन् न कि तिनीहरु छुट्टै भाग लिने हैसियत राख्ने मान्छेहरु । भाग त के एक चोक्टा पनि तिनीहरुको लागि छुट्याउनु हुन्न। खसिलाई चार बराबर भाग लाउने हो, र हरेक घरले एकएक भाग लिने हिड्ने हो। यो त अति साधारण हिसाब हो”। कान्छा र माइलाको कुरालाई उनीहरुका वुहारीहरुले पनि जोडदार रुपमा समर्थन गरेका देखिन्थे।
झगडा धेरै वेरको चल्यो । बूढाले साफ गाली गरे छोराहरुलाई। केहीवेर पछि झगडा मथ्थर त भयो तर भागबन्डाको कुरो मिलेन। बूढाले आगो निभाए। “भोलि काटौला खसी, अष्टमी पनि हो”- बूढाले जिम्लिएको पानी जुठेल्नामा पोख्दै भने। चि-चि लिन गएका माझघरेका नाति-नातिना निरास हुँदै घर फर्के।
“आज अष्टमीको दिन जसरी पनि काट्नु पर्छ खसी, तिमीहरु जसरी पनि कुरो मिलाओ। भोलिवाट मारहान्न मिल्दैन”- भोलिपल्ट जम्मा भएका छोराहरुमाझ माझघरे बूढा भन्दै थिए। कुरा मिल्ला झै भैरहेको थियो। यसैवीच माझघरेकी जेठी वुहारी गाउँ थर्काउने गरी कराई – “ए हर्केका वाउ, हर्केका वाउ, घर आऊन एकछिन, धामीबूढा आका छन्”। जेठो छोरो विचैमा हिड्यो धामी बूढा भेट्न।
करिब एक घन्टामा फर्कियो जेठो। छलफल फेरी सुरु भयो। जेठोले अड्डि कस्यो- “मेरा छोराछोरी छन् । त्यसैले अरु भाइहरुले भन्दा मैंले बढी पाउँनै पर्छ। खसी समानुपातिक हिसाबले वाँढिनुपर्छ”। धामिबूढाले जेठोलाई उक्काएकी के हो, अघि मिल्न लागेको कुरो मिल्दै मिलेन। बराबर भाग लगाए यो दशैंमा खसी नै नखाने र काट्न नदिने सुरमा कस्सियो उ। माहिलो र कान्छो चार बराबर भाग लगाउनु पर्छ भन्ने कुरा मै अडिग रहे।
माझघरे बूढाले मध्यमार्गी वाटो अपनाउने विचार गरे र वुढीलाई एक नजरको ईसारा दिए । वुढीले सुरु गरिन-”हेर, भाग लगाउने कुरा छोड। सवै मासु मूलघरमा राखौं। म पकाउँछु सवैको लागि । अनि मासु नसकिउन्जेल यही खाँउला सवै जना अनि दशैं मनाउँला”। माईलो कस्सियो – “जेठो छोरो वाउको, कान्छो छोरो आमाको । माईलो न वाउको न आमाको । म मान्दिन यो कुरा”। कान्छोले पनि यो प्रस्तावलाई त्यति रुचाएन । कुरा फेरि मिलेन ।
अष्टमीको दिन पनि कुरा नमिलेको देखेर छोराहरुलाई माझघरेले भने: “दशैंमा मासुखानै पर्छ भन्ने के छ र? छोरीपनि आउँछे तिहारमा। तिमीहरु पनि कुरा मिलाओ त्यो बेलासम्म” । यसरी बूढाले तिहारसम्मका लागि खसी नकाट्ने निर्णय सुनाए।
घरमा घोर्ले खसी भएपनि दशैंमा माझघरेका सन्तानले घुटुघुटु थुकनिल्दै विताए। “तिहारमा बहिनी आएपछि मात्रै काट्ने सल्लाह भयो” – गाउँलेहरुलाई घरझगडा लुकाउँदै माझघरेका सन्तान भन्ने गर्थे।
कोजाग्रत पूर्णिमाको रात माझघरेका सन्तानले गाउँ थर्काए। पूर्णिमाको रात भएपनि आकाश भरी डम्म कालो बादल लागेको हुनाले रात अन्धकारमय नै थियो। गाउँलेहरु होहल्ला गर्दै राँको लिएर माझघरेका बस्ती तर्फलागे जहाँ माझघरेका सन्तानहरु पुर्पुरोमा हात राख्दै बाघले सिध्याएको घोर्ले खसी सम्झिँदै विलाप गर्दै थिए। भागबन्डाको कुरा नमिल्दा नकाटिएको घोर्लेखसी गुमाउँदा पनि माझघरेका सन्तान आ-आफ्ना गल्ती स्वीकार गर्न तैयार थिएनन् बरु अझैपनि एक अर्कामाथि आरोप थोपरिरहेका देखिन्थे। गाउँलेहरु अभागी नसुध्रिएका माझघरे देखेर वाक्क दिक्क भए झै देखिन्थे। उता धामी बूढा भने माझघरेका कुलदेउता बिग्रेको कुरा बर्वराउँदै थिए।
नोट:- यो कथा कुनै वर्ग, जाति र क्षेत्रप्रति लक्षित नभएको व्यहोरा अवगत गराउन चाहन्छु।
[तपाईँ पनि आफ्नो कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा]
Related posts:










एकदम राम्रो कथा लेख्नुभएको रहेछ, अब यसलाई हामी नेपाली हरु को भाग्य फुटेको भन्नु राम्रो होला
मन परे हरियो, नपरे रातोः
0
0
धेरै राम्रो कथा lagyo malai ta …. feri feri pani afno kriti haru rakhnus hai
मन परे हरियो, नपरे रातोः
0
0
नोबल जी, कथा सारै राम्रो लग्यो व्यंग्यात्मक शैलीमा अहिलेको राजनीतिक परिवेश भित्र ठ्याक्कै मेल खाने/ जे होस् आगामी दिनहरुमा पनि ajha dherai rachanaharu paskidai janu hunechha vanne apeksha rakhdachhu.
मन परे हरियो, नपरे रातोः
0
0
कथा मार्मिक तथा यथार्थ परक छ . तपाइको सिर्जना नेपालको वास्तविक राजनीति संग एकदमै मेल खान्छ . तपाइलाई साधुबाद! यस्तै यस्तै सिर्जनामा तपाइको कलम चलोस् तर बलराम जस्ता बकम्फुसेहरुलाइ यी कुरा पच्दैनन तिनका लागि पनि खुराक दिनुस है. एक जना साथीले कवितामा वर्तमान नेता र सहिदहरु लाइ संगै पुर्ने भावना राख्नु भयको छ सायद येसो गर्नु सहिदको अपमान हुन्छकि लेख्दा विचार पुर्याउनु पर्छ होला
बिष्णु पौडेल
कोपेनहेगन
denmark
ssdcbishnu@gmail.com
मन परे हरियो, नपरे रातोः
0
0
कस्तो रमाइलो कथा रैछ…पढु पढु लाग्ने..नेपाल को राजनीतिक नेताहरुले पढ्नु पर्छ अनि अलि बुद्धि आउछ कि…
मन परे हरियो, नपरे रातोः
0
0
नयाँ बिहान ल्याउन लाई ………
बेवास्ता भो जनताप्रति न त वास्ता देश माथि,
यस्ता नेता निर्मूल पारौं देश बनाउन जुटौं साथी |
पिल्सिने र दु:ख भोग्ने हामी सबै जनता हौँ,
यिनका चलखेल राज्य माथि अब यसलाई रोकौं साथी |
संघियता, स्वतन्त्रता, अधिकारका मिठा कुरा,
गुलियोमा नभुलौं है आफ्नो पहिचान रोजौं साथी |
नीति, नियम, अनुशासन, उत्तरदायी, जिम्मेवारी,
अनपढ नेता बुझेनन् खै पढाउनलाई उठौं साथी |
देश बने हामी बन्छौं भन्ने सोच बनाऔं अब,
आफु मात्र बन्ने नेता आजै देखि भूटौँ साथी |
लेखा जोखा केहि भएन जनताको योगदान माथि,
देशका निम्ति मर्ने संगै यी नेतालाई पुरौं साथी |
राज्यको त्यो ढुकुटी र श्रोत माथि अपचलन,
अधिकार कटौतीलाई आजै देखि जुटौं साथी |
आश्वासन फोस्रो अनि न्याय पनि विसंगति,
सबै माथि न्याय दिलाउन आजै देखि उठौं साथी |
नेता प्रति अनुयायी अन्धकार भो बिगत भरि,
नयाँ बिहान ल्याउनलाई नयाँ मान्छे खोजौं साथी |
नयाँ बिहान ल्याउनलाई नयाँ मान्छे खोजौं साथी |
बिबिका
सिड्नी, अस्ट्रेलिया
मन परे हरियो, नपरे रातोः
1
0
सुरुमा त मलाई यो कथा बालकथा जस्तो लागेको थियो | तर कथा त देशको हालको अवस्था बारे सशक्त मेसेजको पो रहेछा, ति गुँगा नेपाली राजनितिज्ञहरुलाई | लेखकलाई धन्यवाद l
मन परे हरियो, नपरे रातोः
0
0
ठ्याक्कै ,दुरुसतै अनि उस्तै भन्या/ कति मिलाएर लेख्न सिपालु कथाकार ज्यू त / ब्यंगपूर्ण र छोटो मिठो पनि / धन्यबाद
मन परे हरियो, नपरे रातोः
0
0
कथा लेख्ने मान्छे लाई धेरै धेरै धन्यवाद . यो बास्तविकता हो र बुझ्ने मान्छे लाई यो श्री खण्ड नै हो नाभुज्ने लाई के मतलब? जेठ कान्छा मैला सबै मिलेर जाऊ येसैमा हामी नेपाली को भलो छ
मन परे हरियो, नपरे रातोः
0
0
Great parable !
Incredible allegory about Nepalese present political situation.
After quite a long time, I got very good reading in this blog.
Hat off , Nirulajee for the great piece of story. I will recite this story to my friends.
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल को राजनीति को वास्तविक एथार्थ कथा मा उतार्नु भए को मा तपाइलाई धन्येबाद नेपाल क नेता हरुको घैटो मा ghamnlagne हो भने
मन परे हरियो, नपरे रातोः
0
0
मलाई पनि यो कथा अति मनपरेओ, लेखक ले कथाको मधेय्म बाट वर्तमान नेपालको अबस्थालाई राम्ररी चित्रण गरिएको छ ,दंन्य न्यु यौक
मन परे हरियो, नपरे रातोः
0
0
ए नोबल निरौला कथा राम्रो हालेओउ मन पर्यो कति राम्रो लाग्यो माकुने , प्रचण्ड ,झलनाथ अनि गिरीजा प्रसाद लै पनि पढ्न लगाउनु है कतै बुद्धि फर्कन्छ की ……
मन परे हरियो, नपरे रातोः
0
0
कथा सार्है मार्मिक छ | कथाकारलाई धेरै धेरै बधाई!!! “अभागी माझाघरे” को आबस्थामा “अभागी नेपाली” हुनबाट बचाउन के गर्ने होला?
मन परे हरियो, नपरे रातोः
0
0
त्यो धामी चै सुद हुन् पर्छ|
मन परे हरियो, नपरे रातोः
0
0
यो कथा को मार्फत लेखक ले जुन भन्न खोजेको कुरा हो त्यो ठिक्क अहिले को हाम्रो बर्तमान नेपाल को स्थिति लाई चित्रण गरेको छ र मलाई आस छ अब का
दिनहरु मा पनि येस्तई ज्ञान मुलक कथा को मार्फत हाम्रो नेता हरु लाई केही सोच्न बाध्या बनाउ छ की…….??????????????????????
मन परे हरियो, नपरे रातोः
0
0
नोबल जी, कथा राम्रो छ ! आउदा दिनहरु मा पनि यस्तै कथाहरु पस्किदै गर्नु होला !!
मन परे हरियो, नपरे रातोः
0
0
निरौला जी, सारै राम्रो थोरै शब्द ले वर्तमान देशको स्थिति छर्लंग पार्नु भएकोमा धेरै धन्यवाद , नेपालका नेता हरुको इमेल मा पठईदिनु पर्यो .
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल र नेपाली को जीवनीमा आधारित कथा राम्रो लाग्यो
मन परे हरियो, नपरे रातोः
0
0
सार्है राम्रो लाग्यो. अहिलेको राजनीतिका परिस्थितिमा ठ्याकै मिल्ने.कथा भनेको एस्तो हुनु पर्छ ता कि कुनै सन्देस दियोस,,,”भाइ फुटे बगर लुटे भनेको त्यै हो”
एदी मेरो हातमा भय नोबेल निरौला लाइ “नोबेल” पुरस्कार नै दिन्थे.
आसिश
स्विस
मन परे हरियो, नपरे रातोः
0
0
तेही त अब बाघले आक्रमण गर्नै थालेको छ !! बाघ त खसी भन्दा २३ गुना ठुलो छ है !!
मन परे हरियो, नपरे रातोः
0
0
कथा सारै सटिक र घतलाग्दो छ /नेपाल को राजनीति संग मेल खाने खल को छ.
मन परे हरियो, नपरे रातोः
0
0
उत्तम अति उत्तम, लेख्न नछोड्नु होला / तपाइको लेख्ने सैली मलाई पनि मन पर्यो / अझ सुधार गर्दै जानुहोला /नेपाली नेता नेपालको व्यथा / नेताहरुको घितामा घाम लाग्ला कि यो कथा पढेर……………………
मन परे हरियो, नपरे रातोः
0
0
नेपाली धरातलीय यथार्थ यति मिठो शब्दमा चित्रण भएकोमा नोबेललाई म कुन शब्दले प्रशंसा गरूँ? गाली नगरिकन हानिएको यो चडकनलाइ म कुन शब्दमा बर्णन गरूँ?फ्रान्सबाट गरिएको नेपाली पाराको यो देशप्रेमलाई हेर्दा बिषबमनहरुका बीच पनि अमृत बाणी भएका नोबेल जस्ता सच्चा देशभक्त जिम्दा रहेछन भन्ने कुरा जान्दा औधि खुशी लाग्यो|
मन परे हरियो, नपरे रातोः
0
0
very nice story like our political partys story.
मन परे हरियो, नपरे रातोः
0
0
नोबल,
मजा आयो कथा | बधाई छ |
मन परे हरियो, नपरे रातोः
0
0
सबै साथीहरुले भनेझै ठयकै नेपालको राजनीतिमा मेल खान्छ यो कथाले.अनि यसमा प्रयोग भयका पानी जिम्लियो; चिचि,पुरानु तामाको खड्कुलो;भन्ने शब्दले बल्ल्यकालको सारै याद आयो thanks veyo much
मन परे हरियो, नपरे रातोः
0
0
नेपाली राजनीतिको यथार्थ चित्रण !!!
मन परे हरियो, नपरे रातोः
0
0
वाह कती मिठो कथा! अत्यन्तै सरल कथावस्तुका मध्यमबाट निकै गहिरो सन्देश दिन सफल छ यो कथा!!
मन परे हरियो, नपरे रातोः
0
0
कथा निकै राम्रो लाग्यो.
मन परे हरियो, नपरे रातोः
0
0
कथा को सुरुबात राम्रो भयपनी अन्तिम झुर छ यस्तो बालकथा हो जस्तो छ कथा ले समाज मा के नया कुरा दियो त सानामसिना कुरा उधार्ण दिन सकिन्छा साहित्य को मुलकुरा को लागि तर आफै बाटो हरायर अरु लै बाटो बताया जस्तो छ सुरु मा आफ्नो बाटो खुजुनुस अनि अरुलाई पनि बाटो देखाउनु जेहोस कथा लेखन नछोड्नु होला
मन परे हरियो, नपरे रातोः
0
0
हरेक साहित्य का लाक्षणिक र अभिधा दुइ ओटा अर्थ हुन्छन खै तपैले कसरि बुझ्नु भयो ? जे होस् साहित्य ले नेताको भासन ले जस्तो संतुष्ट पार्दैन हजुर. यो त सश्वोत सत्य हुन्छा
मन परे हरियो, नपरे रातोः
0
0
नोवल निरौला नमस्कार
अहिलेको नेपाली राजनीतिको यथार्थ चित्रण लघुकथा मार्फत प्रस्तुत गर्नु भएकोमा तपाइँ लाइ धेरै धेरै धन्यवाद | यो कथा अहिलेको नेपालको राजनीति सँग १००% ताल्मेल खान्छ | यो यथार्थ हो कि यदि सबै दल मिलेर संबिधान तोकेको समयमा बनाउन सकेनन भने यो कथाको बाघ नेपालि राजनीतिमा आउने छ र दलहरुलाइ पुर्पुरो मा हात लगाएर बस्नु पर्ने छ |
नसुध्रिएका,आ-आफ्ना गल्ती स्वीकार गर्न तैयार नभएका , एक अर्कामाथि आरोप थोपरिरहेका नेपाली नेताहरुको घैटोमा चाडै घाम लागोस |
मन परे हरियो, नपरे रातोः
0
0
राजनीति र हाम्रा नेतालाई छोटकरीमा राम्रो दनक दिन सक्नु कथाकारको सफलता हो /
तर
सुन्नेले यदि सुन्दैन
बोल्नेले मात्र गर्नु के
नागाका देशमा धोबी गइ
पाउछ कम के
दिनेश
मन परे हरियो, नपरे रातोः
0
0
कथा चोटिलो छ , नेपालका राजनीति गर्ने भनौदा नेताहरुलाई एस्तो पढ्ने कहाँ फुर्सद होला र ??
धन्यवाद नोबल एस्तो प्रतिभावान भाई नजिकै पाउदा हामी धेरै खुशी छौ ,
Keep it On!!
रबिन शर्मा( ओली) ,फ्रान्स
मन परे हरियो, नपरे रातोः
0
0
नोवल दाई नमस्कार,
कथा पढुन्जेल मलाई त पात्रहरु माओबादी, कांग्रेश र एमाले भएको जस्तो लाग्यो र जुन कुरा यदि संबिधान समयमा बनेन भने (घोर्ले खसी दसैमा नकाटिएको अवस्था) ६ महिना थप गर्न सकिन्छ संबिधान बनाउन भनेको त्यो तिहारमा २२ दिनको लागि पर सार्नु जस्तै हुनेछ/
मन परे हरियो, नपरे रातोः
0
0
तपार्इ ले त ठ्याक्कै नेपालको हालको राजनैतीक स्थीती पो लेख्नु भो त । माझघरेका दाजु भार्इ नेपालका हालका नेता हरू भन्दा अलि बुझ्ने देखीए । उनिहरूले आफ्नो पक्षमा फैसला गराउन गाउंले सामु गुहार मागेनन् बरू गाउंले संग आफ्नो घर झगडा लुकाए । जेठो लार्इ चै एउटा अवसरवादी ब्यक्ती ले कान फुकेको देखीन्छ । एक आपसमा झगडा गरे पनि खसी काट्न उद्याएको खुकुरी हानाहान गरेनन्, घरमा आगो गलाउने काम गरेनन् ।
मन परे हरियो, नपरे रातोः
0
0
यो कथा सरल र जटिल प्रस्नको उत्तर नेताहरुलाइ सोध्नु पर्छ
मन परे हरियो, नपरे रातोः
0
0
देसको अवस्था संग ठ्याक्कै मिल्छ
मन परे हरियो, नपरे रातोः
0
0
अहिलेको नेपाली राजनीतिको यथार्थ चित्रण एउटा लघुकथा मार्फत प्रस्तुति गर्नु भएकोमा लेखकलाइ मुरी मुरी धन्यवाद | नेपाली नेताहरुको घैटोमा चाडै घाम लागोस |
मन परे हरियो, नपरे रातोः
1
0
इश्वर
सार्है राम्रो कथा! यो एउटा सामाजिक यथार्थ पनि हो, हाम्रो समाजमा भैरहने! लेखक लाई धन्यवाद छ चित्रण गरिदिनुभएको मा
मन परे हरियो, नपरे रातोः
0
1
तपाईंको यो कथा अहिलेको नेपालको राजनीति सँग ताल्मेल खान्छ ।र यो यथार्थ हो कि यदि सबै दल मिलेर संबिधान तोकेको समयमा बनाउन सकेनन भने यो कथाको बाघ नेपालि राजनीतिमा आउने छ र दलहरुलाइ पुर्पुरो मा हात लगाएर बस्नु पर्ने छ ।ठिक छ तपाइको रचना।तपाइको उत्तरोत्तर प्रगति को कामना गर्दछु।
मन परे हरियो, नपरे रातोः
1
0