मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हरे, अब कमल थापाले बन्द गर्ने रे

    के अचम्म सुन्नु पर्‍यो यो कानले। बाँची मात्र राखे धेरै थोक देख्‍न पाइन्छ भन्थे बूढापाकाले हो रहेछ। ज्ञानेन्द्रको शासनमा गृहमन्त्री बनेका कमल थापा संविधान सभाका सबैभन्दा विरोधी थिए। अब उनै कमल थापाले संविधान छिटो बनाउनु पर्‍यो, संविधान बनाउन दलहरुले वास्ता गरेनन्‌ भनेर आन्दोलन गर्ने भएछ। त्यही क्रममा अब माघ १३ गते उपत्यका बन्द गर्ने रे। उनको उपत्यका बन्द कार्यक्रम सफल होला-नहोला, त्यो आफ्नो ठाउँमा छ, तर उनको यो घोषणाले संविधान सभाका हिमायती भन्ने दलहरुलाई नराम्रो झापड दिएको छ।

    हुन पनि यो संविधान सभाको निर्वाचन बहुमत अल्पमतको सरकार बनाउनलाई भएको थिएन। सबैजना मिलेर निर्धारित समयभित्र संविधान बनाउनका लागि भएको थियो। तर अहिले हेर्नुस् त, एकथरि नेताहरु ‘सरकार ढल्छ’ भन्दै भाषण गर्दै हिँड्छन्। अर्काथरि नेताहरु सरकार ढल्दैन भनी भाषण गर्दै हिँड्छन्। भाषणमा सरकार ढल्ने कि नढल्ने भन्ने कुरा मात्र हुन्छ। संविधान निर्माणका गम्भीर विषयमा त यिनीहरु भाषण गर्नै जान्दैनन्।

    ए बाबा, सरकार ढाल्छौ भने ढाल अनि भाषण गर न। केको टेन्सन हामी जनतालाई। अनि सरकार ढल्दैन भने ढुक्क भएर बस न, किन ढल्दैन भनी भाषण गर्दै हिँड्नु पर्‍यो।

    बरु संविधान निर्माणका विषयमा बहस गर। अहिलेसम्मको चालामाला हेर्दा त कि सं‍विधान बन्दै बन्दैन। बनिहाले पनि यही बजेट बिना छलफल पास गरे जस्तो अर्काले लेखिदिएको संविधान पास गरी लागू गराउलान् जस्तो भइसक्यो।

    अब यस्तै ताल हो भने ज्ञानेन्द्र पनि लोकप्रियता कमाउन संविधान छिटो बनाउनु पर्‍यो भन्दै आमरण अनसन बस्न बेर लाउँदैनन्।

    No related posts.

    51 comments to हरे, अब कमल थापाले बन्द गर्ने रे

    • Nabin Prakash

      nepal ma aru kura na bhayeni banda chahi hun6a jun kura kamal thapale ramrari bujheka 6an. Mauka ko faida ta ho uthai halun na bara le ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ayesh

      he is taking advantage of present situation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i support kamal thapa because he is only one leaders who love nepal ,rest of leaders R bharat ko dalal hun ,that;s why we have to support him

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • gopal

      म पनि कमल थापा लाई सपोर्ट गर्छु . देस मा राजा हुनु पर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • ROSHAN ARYAL

      नमस्कार
      कमल थापा जी ले राजतन्त्र र धर्मं को बारे मा जनमत गर्नुपर्छ भन्दा राम्रो लाग्यो
      यो जनता को प्रजातान्त्रिक अधिकार हो यसमा जनताको शक्ति र इज्ज़त अरु उच्ह हुनेछ

      तर यो हर्वा सरकार को समर्धन गर्दा पंचायती सैली आयो तपाई लायी थाहा हुनु पर्ने प्रजातन्त्र मा हर्वा को शक्ति ?
      यस्तो समर्थन कहीले नगर्नु होला
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • बीर

      जेलको चिसो हावा खानु पर्ने मान्छेले अब आन्दोलन गर्नु पर्ने दिन आयो ! यस्तो अवस्था आउनुमा कसको दोष त ? यो पाटो पनि बुझ्ने कोसिस गर्ने कि ? जे होस् संबिधान त छिटो बनाउनु पर्यो भन्ने माग चाँही राम्रै हो |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • suresh bhattarai

      aru चोर हरु भंदाता मलाई यो कमल थापनै ठिक होला जस्तो लग्यो.एसले कुर्सिता khoje को छैन . यसको पनि देश हो यसले पनि banda गर्न पौचा यसले पनि आन्दोलन गरे र सबै लै दुख दिन पौचा यो बहुदल को निन्ति नैहो नि ki कसो साथी हो?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • बास्तविक प्रजातन्त्र मा आफ्नु अभिव्यक्ति राख्न सबैले पाउछन त्यस माथि हाम्रो मुलुक मा त देश हाक्न सक्ने राजनेता अहिले सम्म नजन्मेकाले कहाँ क गर्ने भन्ने अन्योलता नेपाली राजनीति मा छ यस्तो अवस्था मा जसले जे गरे पनि हुन्छ , सरकार मा जो गए पनि मुलुक चलाउने बाताबरण छैन त्यसैले बन्द हड्ताल लाई नेपाली राज नीति को एउटा पाटो नै सम्झौ /////////////////////////////////////////////////////
      कोही साचिकै राजनेता को कहिले जन्म होला र नेपाल र नेपाली को सुन्दर शान्त नेपाल बन्ला ///////////////////////////////////

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subba Vishwakarma

      केहि अचम्म मान्ने कुरा छैन, माओवादी लगाएत सबै दल मौका पाए फेरी कमल थापा लाई उप बनाई सरकार बनाउन मा चुक्ने छैनन् .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Raj

      कुन चै नेताले के नै गर्छन र यो नेपाल मा ज्ञानेन्द्रलाइ दोष दिनुहुन्छा साथीहरु हो !!! जुन जोगी आए पनि कानै चिरेको I केहि हुनेवाला छैन यौ देश माI

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Bhimsen Limbu

      के अनौठो मान्नु र खै ? मदन भण्डारीले राजनीतिमा स्थायी शत्रु वा मित्रु भन्ने हुँदैन भनेर गए । त्यही त झल्झली देखिरहेका छौँ । संविधान बन्ने नबन्ने अड्‍कलबाजी चाहिँ अनौठोसँग भइरहेको छ । भारतले आफूअनुकूलको संविधानको खेस्रा बनाएर पेश गरिसकेको छ भन्ने हल्ला सुनिएकै हो । के के हुने हो हेर्दै जाउँ ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • madan bajracharya

        हुन् सक्छः माओबादी सिटको सम्झौता पनि हिन्दी भाषामा हिन्दुस्तानिलेनै बनाएको तेस्तै मधेश बादी सिटको सम्झौता पनि/ आखिर नया संबिधान को नोतंकी नै मधेस भनेर तराई टुक्राउने खेलको लागि भई राखेको छ/ सताको कुंजी कसको हातमा? तेही मधेसीको हातामानै त् छ/ आधा नेपाल मात्रै किन मधेश नि ? अब त् येही प्रस्न मात्रै गर्न बाकि छ/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NARESH KC

      यो गीत त पहिला पर्चंडा ले नै सुन्न पर्छा, नातेनी माँ कती मातारी भूमी पर्ती माया छ vhanara पर्चंडा ले नातेनी बाट नै सेकना पर्ने vho यो बुड्श काल मा.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Himalee

      मलाई पनि मेरो संसारको कुनै कुनै पाठक प्रतिक्रिया मन परेन,
      गर्दिउ कि के हो नेपाल बन्द ?

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      लोकतन्त्रका हिमायती भनाउदाहरुको राम्रो उपहास हो यो!
      यति खेर कमल थापालाई दोष दिने कुरै छैन किनभने उसले त संबिधान
      बनाउ भनेको छ; माल्दाईलाई ब्युताउनु पर्छ भनेको त छैन!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • देश मा शान्ति दिलाऊ जसले चलाउदपनिहुन्छ
      किन एसले उसले ? यदि तिमि जुका भयर पनि
      रगत चुस्न मात्र नखोज > छेड़िक समैय लाइ आराम
      दिन सीक > मान्छे लाई नाशा गर्न सकिन्छ
      तर हराउन सकिदैन : म जे भन्छु त्यो सबै मेरो आमा
      को देन हो < हामी सबै एउतै नेपाली आमा का
      छोरा छोरि किन त र म किन ? सुजाता जस्तो
      कुजात लाई देश निकाला गरौ सबै ठिक हुन६

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreeshthapa

      जे गरे पनि हुने देशमा कमल थापाले पनि बन्दको घोषणा गर्यो गरोस पुरा त हुन्छ कि हुदैन कुन्नि जैरेहरुको बन्द हड्ताल पनि कति दिन सहेर बस्ने हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ghegateghara

      सकारात्मक कुरा गर्ने बुद्धि आएछ कमसे कम मण्डलेहरुको त तर के गर्नु लोकतन्त्रबादीहरुको त यति पनि सोच्ने सक्ति आएन हामीले यो पनी बुज्नु पर्छा अब यीनीहरु पनी संगठेतिथ हुँदै छन् टाउको उठाउदै छन् खोइ कमल थापा लाई कारवाई गर्छु भन्थे एसले कत्ति भ्रस्तःचार गरो कत्तिलाई बेपत्ता पारो तर यी लोकतन्त्रबादीहरुले माखो मारेको होइन यो त सबैलाई छर्लंग छ नी होइन र अब त यीनीहरुको आस्वासनको पनी केही भर छैन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sabin

      मलाई यो समाचार को सिर्शक सुनेर अचम्म लागेयो !
      किन देश को हित को लागि सबै ले आन्दोलन गर्न मिल्ने कमल थापा ले न मिल्ने?
      एदी राम्रो काम को लागि हो भने कमल थापा ले मात्रै होइन ज्ञानेन्द्र ले पनि पौछा !
      तर काम र तेश को उदेश्य राम्रो हुनु पर्यो !
      कमल थापा ले राजतन्त्र बयूतौनालाई आन्दोलन गर्दै छैन , संबिधान बनाउन लै भै रहय को ढिलाई को लागि गर्दै छ !बन्द आफै मा नराम्रो हो न भय को राम्रो ! तर जहाँ सम्म राम्रो काम को लागि हो त्यो हुनु पर्छ !
      अनि लेखक महोदय एस्तो समाचार येक्लोती रुपमा प्रस्तुत गर्नु भन्दा पहिला सोच्नु होला!
      धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • Rajendra

        शीर्षक त पढ्न भन्दा सुन्दो पो रैछ यसले त
        हाहाहा
        कमल थापाको प्रवक्तै रहेछौ केका लागि गर्दै रहेछ भनेर थाहा रहेछ
        हामी पनि हेरौँला मुसा मन्त्रीले गर्ने बन्दमा कल्ले साथ दिने रैछ
        एकलौटी विचार कमेन्टमा ठोक्नु अघि सोच्नु होला धन्यवाद !

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • rekha

      माओबादी ले बन्द, हड्ताल गर्न पाउछ भने कमल थापाले पनि पाउछ होला नित!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak

      हो त ,यदि रत्नाकर डाकु बाल्मिकी ऋषि बन्न सक्छन भने कमल थापा पनि बि. पी. कोइराला ,गणेशमान सिंह बन्न के बेर ? मान्छे यौटा आनुयाही हो उसलाई बाटो देखौनी मान्छे गलत भयो भने उ खराब भयर निस्कन्छ र सहि पर्यो वने उ राम्रो मान्छे भयर निस्कन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • Himalee

        हुनत हो , रत्नाकार बाल्मिकी भएर निस्कन सक्छ तर पनि “अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ ”

        पहिले पंचायती व्यवस्था हुदा कस्तो बहुदल बिरोधि थिए तिनी ४६ साल पछी त उ जत्तिको बहुदल बादी देशमा नै छैन जस्तो भा थ्यो,

        अलिक अघि सम्म कस्तो राजाबादी थिए तिनी अहिले गणतन्त्र को कट्टर हिमायती?

        संबिधान सभाको नाम लिदा डुकरने साढे अहिले फेरी …..हरे शिव

        जय नेपाल
        हिमाली

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Rajesh

      बन्द अबश्य सफल हुन्छ /नेपाली जनता भेडा हुन्,जता खान payencha तेती janchan.माओ ले चिउरा खान deo उता lage,अब kamal ले रागा मासु दिन्छ utai लाग्छन/ k गर्ने त जान त palnai परेओ ni.२ jibre प्रचण्ड lai tara नालय सम्म अब desh मा केहि हुन्न है sathi हो/ Come एंड join द बन्दमा/

      .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • deepak

      राम्रो कुरा हो किनभने मान्छेको बुद्द्धि सधै नराम्रो हुन्छ भन्ने मात्र हुदैन र हामीहरुले पनि तिनीहरुलाई राम्रो काम गर्नको लागि हौसला दिनुपर्छ सधै गाली मात्र गरेर मान्छेलाई गलत दिशातर्फ धकेल्नु हुदैन,

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sasang Lama

      माघ १३को उनको बन्दलाई जनताले अटेर गर्नेछन, अनि उनले माघ १६ चाहिं सांचिकै बन्द हुन्छ भनेर अर्को घोषणा गर्नेछ | एकताका गृहमन्त्री हुँदा “भोली सांचिकै कर्फ्यु लाग्छ” भनेर उनले जग हँसाएका थिए |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Beenu

      ताक परे तिवारी नत्र गोतामे……

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राजा ठिकै थियो तर यो कमल थापा अनि सृलानके जस्ता हरु ले हो क्या राजा लै टिक्न नदेक्को जे भए पनि राजा को सासन फेरी नेपाल मा औछा नै जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • गोर्खेचा

      कमल थापा जस्तो जनाअन्दोलनको दोशीले समेत संबिधानको बिषयमा challenge गर्दा पनि केही बोल्ने हिम्मत छैन हाम्रा महान नेताहरुको । होस् पनि कसरी कुर्सी बहेक केहीपनी देख्ने शक्ती समर्थ्य छनै उनिहरुको। यदी हुन्थ्यो त किन अहिले सम्म कुर्सिकै लडाईं लडिरहन्थे र ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Himalee

      संबिधान नबनेर बन्द गर्ने लागेछन ? गजब खबर पाइयो, तर यो भन्दा गजब खबर चाही न-आओस है / भन्नाले कमल थापालाई संबिधान बनाउने जिम्मेवारीको साथमा ” संसदीय मन्त्रिमा नियुक्ति र सपथ ग्रहण ” भनेर क्या/

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Himalee

      १. कमल थापाहरु भनेका गड्यौला हुन् तिनीहरु अगाडीबाट पनि हिड्न सक्छन पछाडी बाट पनि हिड्न सक्छन /
      २. प्रचण्डहरु भनेका गंगटोहरु हुन्, कहिले सिधा नहिड्ने भए /
      ३. माकुनेहरु भनेको अन्धाहरु(मानसिक रुपमा) हुन् कता तिर हिड्ने भन्ने नै थाहा छैन अनि कता जाओस त ?
      ४. गिरिजाहरु भनेको अल्छीहरु हुन् हिड्ने योजना नै छैन त हिड्छन कसरी ?

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • krishna P. Chalise

      नेपाली राजनीतिक खेलाडीहरुको असफलताको संकेत हो यो, खालि जनताको नाममा गरिने सस्ता नारा अघि सारेर गरिने भाषण र खोक्रा आश्वाशनले जनताको माया जित्न कदापि सकिदैन, सम्पूर्ण राजनीतिक नेताहरु अलि जिम्मेवार भएर निस्किनु पर्यो | अब त अति भयो, खालि च्याखे दाउको मात्र कति राजनीति गर्ने नेताज्यू हरु, अब त अलि गम्भीरताका साथ सोचिदिनुस, यो त एक्काइसौ सताब्दी हो, कति मात्र लडिरहने खाली प्रजातन्त्र र जनाधिकारको लागि भनेर | कमसेकम अरु देशबाट पनि सिकौ न हो| नेपाल बिविधताको देश हो, जहा एक मात्र बाद भनौ, वा जाति, समुदाय वा एकमात्र पार्टी को एकछत्र रजाइ सम्भब छैन| तेसैले केहि लेनदेन को आधारमा यथार्थपरक भएर छिटो संबिधान बनाएर देशलाई छिटो छिटो भन्दा निकास दिनु पर्यो, कति राख्ने देशलाई सधैभरी अनिर्णयको बन्दि, अरु देश बिकास र सम्वृद्धिको लागि प्रतिस्पर्धा गर्दै भबिस्यको लागि कसरि आर्थिक वृद्धि उच्छा राख्ने भनेर पर्तिस्पर्धा गर्दैछन, हामि चाही गृह कलह र अस्थिरताको लागि अग्रसर छौ, हैन देश कतातिर जाँदैछ, अलि निधार खुम्च्याएर छोचौ त एकपटक !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rohit

      कमल थापा जस्तो अरुपनि राष्ट्र भक्त देश भक्त नेता नेपाल ले जन्माए को भए आज हामी इन्डियन धोतीहरुको उपनिवेश बाट बच्न सक्थ्ययौउ होला . हामीलाई माकुने जस्तो दुइ जिब्रे नेता, गिरिजा जस्तो देश बेचुवा नेता, प्रचन्ड जस्तो नर वक्ची नेता तथा इन्डियनहरुको गुलाम नेताहरु चाहिएको छैन.येस्ता मात्री भुमि माथि बलात्कार हुदा टुलु टुलु हेर्ने सत्ता को लागि देश बेच्न सम्म पछि नपर्नेहरु भन्दा कमल थापाहरु ११०% सहि छन्

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Harke

      यो बन्दमा पनि दोहोरि र डान्स हुने होला नी…!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Vashir

        हैन येसपाली त हट डान्स हुन्छ होला, ठमेलमा जस्तै हाहाहाहा
        कमल थापा पनि बहुलाउन थालेछ.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • kabin

      ल ल कमल थापा ले पनि लोकप्रियेता कमाउने भयो…के गर्नु नेपाल मा नाम कमाउन नेपाल बन्द नगरी नहुदो रैछ तर जनता ले सहन नसक्ने भएपछि कमल थापा हैन नेपालको सबै नेता लाई खेदनु पर्छा नेपाल बाट, अनि युवा वर्ग बाट नयाँ नेपाल को सिर्जना गर्नु पर्छा..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amulya

      अब हुने प्रधानमन्त्री कमल थापा नै त हुन्.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • nabin adhikari

      kehi naya post chaina,,,, jun site khole pani tyahi chor neta haru ko barema matra lekhya chha….. kati kura garnu yi chor haruko… Nepali rajniti bhaneko lalu prasad ko bhanda pani ghinlagdo chha ….. baru yeso kehi naya kura haru post garnus yar…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      काम पैना बुढी पाधाको//// कन्या भन्या झैँ,,,,कमल थापा////….के तुक छ अब ..तिम्रो///////

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • sanjaya

      हो, संबिधान बन्नुपर्छ, जताततै बाट यसको आवाज उठ्नु पर्छ तर कमल थापाहरु ले भन्नु चाही यी नेताहरुको अनुत्तरदायी गतिविधिले लोकप्रियता कमाउने हेतुले आएको हो, जनताले त इतिहासको रद्दी टोकरीमा मिल्काइसकेका छन् हेरु नेताहरुले मिल्काउन सक्छन कि सक्दैनन्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

      • संजयजी यो देश प्रचण्ड, गिरिजा, माकुने वा उपेन्द्रको मात्रै पेवा पक्कै होइन होला. यी पाखण्डीहरुको हविगत त हामीले देखि हाल्यौं . यिनीहरु भन्दा त बौद्धिक वा देशभक्ति को हिसाबले पनि बरु कमल थापालाई उपल्लो दर्जाको मान्नु पर्छा. कि कसो मित्र?

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • kalyan Raj Sharma

      हाम्रो देश मा के के हुन्छ हुन्छ !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के भयो त अनि ? कमल थापाले चाहिँ बन्द गर्न हुँदैन कि क्या हो !!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

      • madan bajracharya

        prabeshjee
        जायेज प्रस्न/ के हड्ताल गर्ने माग राख्ने कांग्रेस एमाले मधिसे र मओबादिकाई मात्र अधिकार हो र? बैधानिकता पाएको अरु पनि पार्टी छन् नि उनीहरुले पनि कानुन सम्मत कार्येक्रम गर्ने अधिकार छ/ बहुदलिए ब्यबस्था रोजेका भन्ने हरुको अरुदल्लाई दल्ने नठान्नु बहुदलिए आचारण भएँ/ फेरी समाचारको शिर्शक्नै … बहुदलिए आचरण अनुशारको छैन/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

        • krishna gopal shrestha

          आदरणिय मित्र मदन जी,
          जय नेपाल ! ! !

          धेरै दिन भयो हजूर को एउटै ढिपी देख्छु ‘समाचार् को शिर्षक नै मिलेन’ अथवा ‘गलत मानसिकता ले प्रकासित गरेको समाचार’ भन्दै पो हुनु हुन्छ, के माइ संसार ले हजूर हरु को साथ छोड्न लागेको त होइन? या आज भोली अली माओवादी को प्रतिकुल पनि समाचार् दिन लागेको ले बिचलित हुन लाग्नु भयो? केही समय अगाडि सम्म त तिन हात उफ्रिनु हुन्थ्यो लडिजा र कुजाता को मात्र समाचार हुंदा। आखीर गलत गलत नै हो भन्ने कुरा प्रमाणित गरेर देखाइ दिनु भयो। धन्यवाद छ ।
          हुन त मैले मात्र माइ संसार का संचालक लाई bloody …… लेखेर कुनै बेला गाली गरेको थियं कतै त्यो भूल हजूर हरु बाट नदोहोरियोस।
          रिसानी माफ होस्
          धन्यवाद
          जय नेपाल
          कृष्ण गोपाल श्रेष्ठ

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

          • madan bajracharya

            कृस्ण गोपाल जी
            मित्र भन्नु भयो खुसि लाग्यो/ सबै भन्दा खुसि त् तपाईं ले mysansaar को संचालक उमेशजीलाई “……. न्डीको छोरा” भनि अंग्रेजीमा गालि गर्नु भएकोमा पछुतो मान्नु भएको भए हुन्थ्ये/ धन्दा नमान्नुस कृस्ण गोपालजी मा तेस्तो सब्द प्रयोग गर्दिन किन भने रंदीको छोरा हुनु कुनै अपराध होयिन, त्यो व्यक्ति जनताले चाहेमा रास्ट्र पति पनि बन्न सक्छन/ तर तेस्तिकै छोरी नभईकन पनि कुनै कुजाता बन्छन तेस्ती/तेस्तोलाई लाई बरु गालि गर्न सकुन/

            धेरै पछी आउनु भयो, अलि मिठो बचन को कोसेली ल्याउनु भए कति राम्रो हुने/ अनि जसरि तपाईं कांग्रस को समर्थक भएर पनि कुजाता भनि सुजातालाई गालि गर्नु हुन्थ्योनि म पनि माओबादीको राम्रो कुरालाई राम्रै भन्छु नराम्रो कुरालाई नराम्रै भन्छु/ म एउटा जनता हुँ, राम्रो काम गर्ला जस्तो लागे भोट पनि दिन्छु, नराम्रो काम गरे दिएको भोट त् फिर्ता लिन सक्किन्न तेसैले उसको गल्ति खोतलेर भए पनि बिरोध गर्छु/ साराम्स मा भानु भने भारतको दलाली गर्ने कुनै पनि नेता बा पार्टीको बिरोधि थिएँ र रहने छुं/
            कांग्रस मा एउटा गणेश मान अपबाद थियो/ मलाई अहिले सम्म याद छ उसले चाक्सीबारीमा चन्द्र शेखरलाई झापरेको/ उ बिर गणेशमान हुन/ तेस्तो कुनै कांग्रेसमा अरु देखिएन/ सबै आफुलाई सके सम्म मुखै फादेर भारत् मुखी हौँ भन्ने मात्रै छन्/ तेसैले त्यो पार्टीको आदर्श मन पराए पनि पार्टी र नेताहरु मन पर्दैन/ तेसैले तपाईं म सिट रिसाउनु हुन्छ/ होयिन र? के गर्ने कांग्रेसी साथीहरुको मननै तेस्तो कान्ग्रेस्सको बिरोध गरेकित माओबादी भनि हाल्ने/ अब भारत मुखी हौँ भन्नेहरुको कुरा काटे कसैले माओबादी भन्छन भने भनि रहुन, तर उमेशजी लाई भने जस्तो कसले भने तेस्तै जवाफ पाउने छ/

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • Nita

        गर्न त केयुका विद्यार्थीले पनि पाउँछ प्रवेश, तर कमेन्ट लेख्दा शीर्षक पढेर हतारमा हैन पूरा पढेर गरे शीर्षकले के भन्न खोजेको थियो बुझ्थ्यौ कि
        हुन त एमालेको कामै चाँडै खाउँ जल्दै मरौँ हो पढ्ने फूर्सद कहाँ हुन्छ र
        नत्र कमल थापाले बन्द गर्न पाउँदैन भनेर कहाँ लेखेको छ र मैले त देखिनँ हौ

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prakash

      किन ज्ञानेन्द्र ले चाहि केहि गर्न नहुने ??? येस्तै हो भने उनको लोकप्रीयेताले आकास चुम्छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • sak

      जुन दल भएनी आखिर मा खै थापा लाइ र राजा लाइ कारबाही गरेको होइन . फेरी यस्तै को दिन त आउने रहीछा . रातो पासपोर्ट राजा लाइ जनता लाइ के न के ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • SAJAN

      नेपालमा राजनिती गरेर अगाडि बढ्ने हो भने बन्द , तोड्फोड नगर्ने र मिडियामा नआउने हो भने पछि परिहाल्छ ।यो त्यसैको निरन्तरता हो,यो देखासिकी हो भन्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      सहि कुरा हो. अब पूर्व राजा ज्ञानेन्द्र आमरण अनशन मा बस्न बेर छैन.. बाच्नु मात्रै पर्छ , धेरै थोक देख्न पाइन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    eXTReMe Tracker