पर्साका त्यतिबेलाका सीडीओ दुर्गाप्रसाद भण्डारीलाई राज्यमन्त्री करिमा बेगमले कुटपिट गरी चश्मा फुटाइदिएको काण्ड अब सकियो भन्दा हुन्छ। त्यसो त प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार ‘अहिलेको अवस्थामा मलाई नै चड्कन हाने त केही कारबाही गर्न सकिँदैन’ जस्तो शैलिमा अभिव्यक्ति दिएपछि नै काण्ड सकिएको ठाने हुने भइसकेको थियो। प्रधानमन्त्रीले ‘उनले गल्ती स्वीकार गरिसकेकोले कारबाही भइसकेको’ बताएका थिए। तर भिलेन बनेका थिए पर्साका सरकारी कर्मचारीहरु जो अनिश्चितकालीन तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए।
उनीहरु पनि आजदेखि आन्दोलन फिर्ता गरी आफ्नो काममा लागेका छन्। ‘लाज बचाउन’का लागि उनीहरुले नयाँ सीडीओ यादव कोइरालासित हिजो वार्ता गरेर एउटा सहमति गरेका छन्। सहमतिमा दोषीलाई कानुन अनुरुप कडा कारवाही गर्ने तथा कर्मचारीको सुरक्षाको लागि प्रशासनले उचित व्यवस्था मिलाउने भनिएको छ जुन हास्यास्पद नै छ। प्रधानमन्त्रीले नै योभन्दा बढी कारबाही गर्न सकिँदैन भनेको बेलामा सीडीओसित दोषीलाई कानुन अनुरुप कडा कारबाही गर्ने सहमति रे। उल्टै यो सीडीओले पनि कुटाइ खालान् फेरि अरु ठाउँमा यस्तो भन्दै हिँडे भने।
कुटाइ खाने सीडीओ भण्डारीलाई चाहिँ बरु कारबाही भएको रहेछ। भण्डारीमाथि हातपात भएकै दिन गृहले उनलाई काठमाडौँमा फिर्ता बोलाएको थियो। सुरुमा कुनै काम नदिएपछि भण्डारीले आठ दिन बिदा लिएर बसेका थिए। त्यसपछि अहिले दिनहुँ गृह मन्त्रालयमा आएर हाजिर मात्र गर्छन्, अनि चुपचाप बस्छन्। काम गर्ने मान्छेलाई काम नगरी बस्नु पर्दा निकै गाह्रो हुन्छ। कुनै जिम्मेवारी नदिएर सरकारले उल्टै उनलाई पो कारबाही गरिरहेको छ त।
Related posts:










कृष्णगोपाल दाई:
शीलाजी को प्रस्न एकातिर छ तर तपाइको उत्तर अर्को तिर फर्केको छ , के भएको हो? तपैहरु दुइ जना को discussion पढ्न खुब मज्जा औछा, कृपया जसरि शीला जी बिषय केन्द्रित हुनुहुन्छा तपाई पनि तेसै गरि बिषय specific भएर लेख्नु भए हामीलाई बुझ्न सजिलो हुने थियो / जस्तै : शीलाजी ले सुजाता माओबादी नेतृत्वको सरकारमा बिना-विभागीय mantri थियिन भन्ने तपाइको आरोप लाई सफेद झुट भनि साबित गर्नु भो तर तपैले सो कुरा स्वीकार नगरी सुजाताका बिषयमा अर्कै अंत-सन्त कुरा लेख्नु भो, किन ??? अरु पनि तेस्तै भएका छन्, १५ हजार मारिएका कुरा, आदि इत्यादि…
मन परे हरियो, नपरे रातोः
3
0
आदरणिय मित्र बिमल जी,
जय नेपाल ! ! !
नेपाल का कम्युनिष्ट हरु ‘स्वोतन्त्रता बन्दूक को नाल बाट आउंछ’ र ‘सन्तोष प्रगती को बाधा हो’ भन्ने माओ को सिद्दान्त बाट अभिप्रेरित छन। उहां हरु आफु भन्दा चोखो कोही देख्दैनन र अन्त मा हज्जार मुसा खायी सके पछी हज गर्न जान्छन।
शीला जी ले जसरी ति कुजाता लाई माओवादी को सरकार मा थियिनन भन्नु भो मैले पनि थियी भनेको छैन तर अन्तरिम काल मा कुजाता बिना बिभागीय मन्त्री हुंदा सती साबित्री हुने, अस्ती सिंगापूर मा भेट गरे पछी पन्च् कन्या बन्न सक्छिन भने शीला जी लाई के को टाउको दु:खाइ? भोली त फेरी उन्को फरिया भित्र लुकेर प्रचण्ड जी पूजा पाठ गर्दै छन नि। त्यो बेला पो शीला जी जस्ता हरु ले के गर्ने भन्ने मेरो प्रश्न हो।
संबिधान सभा को निर्वाचन पछी राष्ट्रपती लगायत संपूर्ण पद हरु को निर्वाचन बहुमत को आधार मा संपन्न भयको सबै लाई बिदित नै छ। माओवादी संग जो जो मिले ति सबै त्यो बेला दुध ले नुहायका थिय तर तेही बेला माओवादी को साथ छोड्ना साथ ति दुर्गान्धित कसरी भय?
उप-रास्त्रपती परमानन्द झा लाई जिताउने पनि माओवादी नै हो र उस्को बिरुद्द मा एक आवाज पनि उठाउन नसक्नु के माओवादी हरु को कायरता होइन? माइ संसार मा शीला जी जस्ता हरु ३ हात उफ्रदैमा माओवादी सच्चा हुन कसरी पत्याउने? उनी हरु संग बसुन्जेल गच्छदार र यादव पनि निस्कलंक थिय तर आज ति सबै भ्रटाचारी?
१५,००० नेपाली हरु को ज्यान गयको मा , सब भन्दा पहिले त माओवादी को त्यो जन युद्द नै दानब हरु को युद्द भन्दा अत्युक्ती नहोला। २०४८ साल मा संयुक्त जन मोर्चा का नाम ले संसदिय निर्वाचन लडी सके पछी बिचार को लडाईं मा परास्त हुने देखेर ज्यान मार्ने युद्द मा वोर्लेका हुन यि ज्यान मारा हरु, त्यस्तो जन युद्द लाई कसरी ठीक भन्ने ?
दोस्रो, १९५० को असमान सन्धी देखी लियर गोर्खा भर्ती केन्द्र समेत् बन्द गर्ने ४१ सुत्रिय मांग राखी जन युद्द गर्ने हरु हिन्दी भाषा मा लेखियको १२ बूंदे दिल्ली सम्झौता गरेर आय , कसरी भन्ने यिनी हरु को युद्द ठीक हो?
तेस्रो, अन्तरिम सरकार मा मन्त्री हुन पाउने हुना साथ आफ्नो युद्द बिच मा नै रोकी मन्त्री हुन आय , र पछी फेरी संसदिय ब्यबस्था अन्तर्गत नै निर्वाचन मा सहभागी भय भने ति १५,००० नेपाली हरु को बिना कारण हत्या गर्नु के नेपाल आमा ले सहला? हो शीला जी को सिन्दूर पुछियको छैन होला न उन्को आमा को काख रित्तियको होला , जस जस्लाई यो बिपत्ती परेको छ एक चोटि गयर सोधौं त आफना संतान गुमायका हरु लाई त्यो द्वन्द ले देश मा के दियो? र के दिन सक्छ?
भन्लान शीला जी जस्ता हरु ले गणतन्त्र आयो भनेर के गणतन्त्र त्यो जन युद्द को उद्देश्य थियो? के नागरिक सर्बोच्चता त्यो जन युद्द को नारा थियो?
प्रचन्ड ले जेल लायर हिड्दै मा माधव नेपाल ले पनि लाउनु पर्ने रहेछ शीला जी को बिचार मा के यसै का लागि १५,००० नेपाली हरुको शिरच्छेदन गरियको थियो?
मैले पहिला पनि लेखेको थिय बिकास शील देश सम्रिद्दशाली जनता सबै को चाहना हो त्यस का लागि गर्नु पर्ने यावत कार्य हरु जस्ले गरे पनि हामी शहर्ष स्विकार्छौ तर शीला जी हरु लाई त प्रचन्ड कै सरकार चाहिने। किन होला? त्यो माने मा के लडिजा ले कुजाता लाई DPM बनाय के तेस्लाई पनि हामीले स्विकार्ने?
अझै पनि समय बांकी छ हाम्रो देश बनाउने। भौगोलिक आकार मा संसार को ९३ औं स्थान मा रहेको नेपाल बन्न धेरै दिन लाग्दैन तर माओवादी का टट्टु हरुको लिंडे ढिपी पहिला फेरिनु पर्दछ।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
1
2
Krishna Gopal जी
“हे मित्र , तपैकी तस्कर-कन्या सुजाता दिदि कुन माओबादी सरकारमा बिना बिभागीय मन्त्री थिइन्, यार ?? वैयात कुरा, सफेद झुट!! माओबादीको संयुक्त सरकारमा कांग्रेस त जादै गएन नि, कसरि उनि मन्त्रि भई छिन् …बरु उइ तपैकै गिरिजा सरकारको पालामा उनि बिना बिभागीय मन्त्रि भै टोपलेकी थिइन्,/ येस्ता वाहियात झुट दिएर Mysansar का नया पाठक/उपभोक्ता लाइ भ्रम पर्ने तपाइको पुरानो बानि अझ गएन छ हगी…
तेसैले त तपाइलाई कसै-कसैले Mysansar का ‘ऋषि धमला’ भन्ने गर्छन नि, कुरा ठिकै पो हो कि !!”
मेरो तर्क त एस्तो थियो, फेरी पढ़नोस त, तपैले के भुझ्नु भो र फेरी काइते Comment को झटारो हान्नु भो?? होइन उनि माओबादी को सरकारमा मन्त्रि थियिन-थियिन भन्ने कुरो १०० चोटी दोहोर्याए पनि कोहि मनुवा पत्यौनेवाल छैनन्,/ कि Krishna gopal जी ले भने पछी पत्त्यौनै पर्ने हो कि? एकचोटी आफ्ना साथि-भै लाइ पनि सोधी हेर्नोस के भन्छन….please!!
बरु उनि जस्ता महान नेत्री नेपाली कांग्रेस को केन्द्रीय समिति-सदस्य जस्तो उच्च ओहदामा विराजमान छिन /अनि बर्तमान ऐतिहासिक सरकारको उप-प्रधानमन्त्री छिन र उनले नै सरकारमा कंग्रेस्सको नेतृत्व बडो गरिमामय रूपले गरि-रहनु भा छ, चेतना भया…!! अनि उनको German (Zost) नागरिकता ??, यो भन्दा बढी नजाउ कि ….
मन परे हरियो, नपरे रातोः
3
0
आदरणिय शीला जी,
जय नेपाल ! ! !
एउटै कुरा १०० चोटि दोहोर्याउंदैमा सत्य बन्न सक्छ भन्ने कुरा त कम्युनिष्ट हरु ले बाह्रखरी देखी सिकायकै हुन नि। किन तेही सुगा रटाइ गर्दै हुनु हुन्छ शीला जी। झूठ जहाँ गय पनि झूठ नै हुन्छ। यो प्रसंग मा सर्बोच्च नेता गणेश मान सिंह ज्यु ले भन्नु भयको याद आयो ‘ सांच्चिकै सुतेको मान्छे लाई सजिलै उठाउन सकिन्छ’ तर शीला जी जस्तो सुतेको बहाना गर्ने कम्युनिष्ट हरु लाई उठाउन सकिन्न।
०५१ साल तिर नेपाल फर्केका कुजाता हिजो पनि तिनै थिय आज पनि तिनै हुन फरक यत्ती हो कहिले ए मा ले को लड्डु मा लोभिय कहिले माओबादी को केरा मा। उन्लाई हेर्ने नजर फरक पर्नु भनेको आंखा मा फुलो पर्नु हो। मेरो यक्ष प्रश्न यही हो कि माओवादी हरु का लागि कुजाता अन्तरिम काल मा सती साबित्री थियी तर जनता को नजर मा हिजो र आज पनि बाइ-फाले नै हुन। यस्तै माधव कुमार नेपाल हुन वा बाम देव, गच्छेदार हुन व उपेन्द्र, बिद्या हुन वा अस्ट, तर माओवादी टट्टु ह्रु को नजर मा छेपारो ले रंग फेरेको जस्तो किन बोली र बिचार फेरिन्छ? आखिर त्यही ब्यक्ती त्यही संन्दर्भ।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
0
2
Krishna Gopal जी
नमस्कार!
तपैकी सुजाता दिदीका बारेमा mysansar मा कति धेरै छलफल भयो अघिल्ला अंकहरुमा/ तपाइलाई धेरै पाठकले खोजे, तर तपाई लामो समय सम्म मौन बस्नु भो , जे होस् अहिले जम्का- भेट भो, खुसि लाग्यो…
१. समग्रमा तपाइको comment हेर्दा त यो ‘सरकार’ नेपालको इतिहासकै उत्तम सरकार हो, बरु माओबादीको नेतृत्वको सरकार पो हरुवाहरुको थियो (किनकि बाम देव भन्ने हारेकालाइ उप-प्रधान मन्त्रि बनाएको थियो नि भन्ने दलिल दिनु भाको छ!) भन्ने छनक दिनु भो / तर के कुरा सत्य हो भने उनि माओबादीका होइनन कि एमालेका हरुवा हुन्. यो तपाइको पहिलो झुट भयो…तेस्तै गच्छेदार पनि फोरम बात प्रतिनिदित्व गर्ने हुन्, (पहिला त खाटी कांग्रेस नै थिय ..).
२. दोश्रो झुट: . “…ति कुजाता पनि हिजो माओवादीसंग बिना बिभागीय मन्त्री हुंदा सती साबित्री थी आज हजूरहरु ले साथ छोड्ना साथ त बाइ-फाले पो भयी छे हगी” यी तपैका सब्द हुन्.
हे मित्र , तपैकी तस्कर-कन्या सुजाता दिदि कुन माओबादी सरकारमा बिना बिभागीय मन्त्री थिइन्, यार ?? वैयात कुरा, सफेद झुट!! माओबादीको संयुक्त सरकारमा कांग्रेस त जादै गएन नि, कसरि उनि मन्त्रि भई छिन् …बरु उइ तपैकै गिरिजा सरकारको पालामा उनि बिना बिभागीय मन्त्रि भै टोपलेकी थिइन्, येस्ता वाहियात झुट दिएर Mysansar का नया पाठक/उपभोक्ता लाइ भ्रम पर्ने तपाइको पुरानो बानि अझ गएन छ हगी…
तेसैले त तपाइलाई कसै-कसैले Mysansar का ‘ऋषि धमला’ भन्ने गर्छन नि, कुरा ठिकै पो हो कि !!
३. अनि मात्रिका यादवले गल्ति गरेपछि प्रचन्डले कार्यबाही गरि मन्त्रीबाट हटाए (पछी उनले पार्टीनै छोड्नु पर्यो), तर हजुरको माकुने सरकारले चाहि बेगम मेम-साबलाई किन कार्यबाही गरेन पो भन्ने कुरा हो !! तर तपैले यो दुवै बिपरित कुरालाइ उस्तै हो भनेर गोल-मटोल पारि naami झुट पस्किनु भो, हुन् त झुट बोल्नु कांग्रेसीको सामन्ती-खानदानी संस्क्रितिनै हो…नत्र यो कसरि भो मित्र!! कारबाही गरे पो उस्तै -उस्तै होला !
4. अनि बिगतको द्वन्द्दमा 15,000 नेपालि आमाका सन्तान मारिएका कुरा फेरी ल्याउनु भो, एसको जवाफ त पहिले पनि पाई सक्नु भाको थियो, Mysansar का पुराना मित्रहरुलाई त था’नै छ, तर नया पाठकलाई फेरी भ्रम पार्न कोसिस नगेरेको राम्रो / ति 15 हजार मध्ये 13 हजार त तपैका कांग्रेस-एमाले-सूर्य बहादुर सरकारले हत्या गरेका नेपालि आमाका श्रेस्टतम सन्तान्हरू हुन्,/ अझ टाउका का मूल्य तोकेका सबै मानिसहरुको टाउको झोलामा हाल्न सक्नु भा ‘को भे त त्यो संख्या अझ कति कहाली लाग्दो हुन्थ्यो !! कि कसो मित्र!!
तापाई बेला-बेलामा यो घाउमा नून-चुक हाल्नु हुन्छ / नेपालिहरुका लागि त यो सहिदहरुको reminder पनि हो, ठिकै छ…
5. “राजाका पंचायतकालीन मन्त्रीहरु पनि यो ‘गनातात्रिक’ सरकार मा छन् जस्तै: दिपक बोहरा मण्डले, शरत सिंह भण्डारी, आदि….” का बारेमा त तपैले जवाफ नै दिनु भएन नि / तिनीहरु त आफ्नै जातका परेर हो कि, राम्रा मान्छे भा’का ले हो ….??
5. तपैका अरु बुदाहरुका बारेमा त Mysansar लाइ भ्रम दिन सक्ने खाले न’भाकाले मैले प्रतिक्रिया दिएन , माफ गर्नु होला ,
बाकि, अर्को भेटमा …तर फेरी न-हराउनु होला है ….
उही शीला
मन परे हरियो, नपरे रातोः
2
0
खोइ कलि लागेको हो कि ?
तर मावोबादी सरकार मा हुदा मात्रिका यादब काण्ड मा राजिनामा सम्म त भएको थियो / येसपटक त कारबाई सकियो भनी जनता को आँखा मा छारो हाल्ने काम भयो
नीकम्बा नकचरो यस्तो लाचारी पन सार्बजनिक रुपमा देख्यापाछि कसको के लाग्यो र?
मन परे हरियो, नपरे रातोः
3
0
मात्रिका यादव ले कर्मचारी को केस मा राजिनामा दियका हैनन मित्र मन्त्रि भयर जनताको जग्गा हडपेको ले हो त्यो पनि आफु खुशी प्रचण्ड को अनुरोध र दबाब मा होइन.
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
1
4
Dear Friends:
दुइ वटा निर्वाचन छेत्रबाट हारेका (जनताको दुइ चड्कन खाएका) PM, एक चड्कन खाएका उनका सल्हाहाकार रघुजी पन्त (एकवटा निर्वाचन छेत्रबाट हारेका) , एक चड्कन खाएकी DPM सुजाता (एकवटा निर्वाचन छेत्रबाट हारेकी) , जस्ताहरुले भरिएको सरकारले कारबाही गर्छा भनेर त कसैलाई पनि आश छैन/
यो सरकार गणतन्त्र पछिको सरकार भन्न पनि लाज लाग्ने शिथि छ हेर्नोस:
१. राजाका पंचायतकालीन मन्त्रीहरु पनि येस्मा छन् जस्तै: दिपक बोहरा मण्डले, शरत सिंह भण्डारी, आदि….
२. गच्छेदार जस्तो अपराधी तथा भ्रस्टाचारी उप-प्रधान मन्त्रि छ…
३. सुजाता जस्ती बिदेशी (जर्मन) नागरिकता लिएकी, तस्कर-कन्या, बैफ़ाला-आइमाई (महिला को नाममा कलङ्क भएकीले बैफ़ाला-आइमाई भनिएको हो !) उप-प्रधान मन्त्रि छे !!! हाय….हाय…
४. दुइ-दुइ ठाउबाट हरेका, कुनै vision नभएका, जोकर-जस्ता, बक्कम्फुस्से जस्ता देखिने माकुने प्रधान मन्त्रि छन्……..उनले कसरि येत्रो शान्ति प्रक्रियालाइ टुङ्गोमा पुराउने, एक-रत्ति पनि बिस्वास गर्ने ठाउ छैन…….बिचरा…..माकुने ..!!!
५. करिमा बेगम कस्ती छन् कुरै नगरु…अर्की पनि गाडी फोर्ने तेस्तै छिन एउटी ….
६. हरे शिब, बिध्या भण्डारी,!! उनि पनि चुनाब हारेकी, शान्ती प्रक्रिया भाड्न खड्ग ओली जी ले रक्षा मन्त्रि बनाएका अर्की महिला हुन्/ उनि पनि कटुवालको कट्टु समात्न पुगिन, उनीबाट सेना समायोजनमा सकारात्मक भूमिका होला भन्ने आशा गर्नु मूखता बाहेक के होला…….मदन भण्डारी को नाममा कलङ्क…..
७. तमलोपा र गच्छेदार-फोरमका मन्त्रीहरुका काम कारबाही हेर्दा त झन् उदेक लाग्छा. यिनेहरुबात के आशा ……खालि बबन्डर मात्र न-मचाएदेखी हुन्थ्यो…बाबा…पुग्यो…
8. उप-रास्त्रपती को त्यो हाल छ , भारतीय-टट्टू ….
9. रास्ट्रपति महोदय चाहि इंडिया को उकसाहाटमा प्रधान-मन्त्रि को कार्यकारी अधिकार खोसेर देशलाई द्वन्दमा धकैदैछान …
जती हेर्दै, नाम लिदै गयो तेती निरास, सबै ४४-जना मन्त्रीहरुको नाम पनि औदैन…
खानका कालहरु…!!!!
गतिला मान्छे जति सबै बाहिर…../ हाय !! कस्तो गणतान्त्रिक सरकार बनेछ नेपालमा !?!?!? खुट्टी हेर्दै चाल पाइयो …
मेरो यक्ष प्रस्न: के नेपालि जनता लामो समयसम्म चुप बस्ला ??
मन परे हरियो, नपरे रातोः
7
1
जय नेपाल शीला जी,
साह्रै घत लाग्दो प्रतिकृया लेख्नु भयो त। मानें बा मैले हजूर लाई। कुनै पनि झूठ छैन। मैले त ‘बाघ को मुख हेर्नु परे बिरालो हेर्नु , फटाहा हरु हेर्नु परे कम्युनिष्ट हरु हेर्नु’ भन्ने उखान नै बनायको थिय झन्डै गलती भयको। अब हजूर को सत्यता मा केही थप कुरा हरु पनि राखौ कि?
माधव कुमार नेपाल लाई प्रचन्ड ले रोयी करायी , बिन्ती भाव गरी , पाउ मा दाम चढाइ संबैधानिक समिती को सभापति बनाउदा काठमाडौं र गौर बाट निर्वाचन जितेर आउनु भयको बिर्सिनु भयछ क्या रे,
जहाँ पुग्यो सुर्य बहादुर सेन ओली त्यहा चल्यो गोली भन्ने पंचायत् कालिन कुख्यात हत्यारो अंचलाधिश प्रचन्ड जी को भित्री सल्लाह्कार हुनुहुन्छ भन्ने पनि सम्झिन सक्नु भयन छ क्या रे,
सुजाता DPM हुन भने बाम देब गौतम चै के थिय नि? सुजाता त हारेकी नै हुन अनी बाम देब चै कुन निर्वाचन क्षेत्र बाट बिजयी भयका थिय नि?
हिजो गच्छ्दार तपाईं कै दुध ले नुहांउथे क्या र प्रचन्ड ले काखी च्यापेर हिडुन्जेल, के गर्नु आज प्रचन्ड ले छोडे तपाईं ले पनि दुध दिन छाड्नु भयो जस्तो छ नि?
ति कुजाता पनि हिजो माओवादी संग बिना बिभागीय मन्त्री हुंदा सती साबित्री थी आज हजूर हरु ले साथ छोड्ना साथ त बाइ -फाले पो भयी छे हगी,
हुन पनि हो माधव नेपाल को न जुंगा मिल्छ न अनुहार , प्रचन्ड ले जस्तो जनता र देश लुटेको पैसा भय कपाल मा मात्र होइन जुंगा मा नै जेल हालेर चिटिक्क पर्थे , नामर्दै रहेछन नि जनता लुट्न नसक्ने, अनी तेत्रो मान्छे (१५,०००) पनि त मार्न सकेका छैनन नि तिन्ले कसरी शन्ती प्रकृया को काम गर्न सकुन?
कटुवाल को कट्टु समाउन बिद्या पो गयी छिन् हगी, प्रचन्ड लाई के को रिस नि तेस्मा कटुवाल को कट्टु फुकाल्न?
करीमा बेगम हाय अल्लाह ! CDO लाई थप्पड हान्न पुगे कतै मातृका यादव उन्का गुरु त हैनन?
तमलोपा र गछेदार – फोरम हेर्दा उदेक त लाग्ने नै भयो नि नून तेल घिउ अन्तै पुगे पछी।
हाय हाय उप्-रास्त्रपती माओवादी र कम्युनिष्ट हरु का धर्म रक्षक। धन्न लाज बच्चाइदिय शपथ ग्रहण नै बिभिन्न खाले गरेर। कम्युनिष्ट हरु ले जो शुरु गरेका थिय।
राष्ट्रपती महोदय को त के कुरा हिजो सम्म लाश नै बनाएर बोके नि माओवादीले , आज अप्ठेरो मा पर्ना साथ् त पाउ मोल्न पुगी हाले नि । अब कहाँ भारत न ईन्डिया , अब त शुद्द गोर्खाली नि , प्रचन्ड का पुज्य पात्र ।
एउटा कुरा चै माने है शीला जी, अस्ती प्रचन्ड जी सिंगापूर गयी गिरिजा को पाउ मोली बैतर्नी तर्न के लागेका थिय ‘गतिला जती सबै सरकार बाहिर ‘ भनेर गिरिजा लाई पनि गौंत छर्की दिनु भयो। हाय हाय प्रचन्ड लीला।
होइन हो यसरी कत्ती दिन माइ संसार का पाठक बस्न सक्छन हं । अन्तिम घडी मा गिरिजा चोखिय। मर्ने बेला मा हरियो कांक्रो।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
0
7
शीला जी ले Krishna gopal लाइ जबाफ दिनुनै होला, नभय हामि दिन तयार छौ है शीला जी, यस्ता वाहियात कुरा को मुख्तोड़ answer जरुरि छ…
मन परे हरियो, नपरे रातोः
0
0
आदरणिय मित्र बिमल जी,
जय नेपाल ! ! !
कुरो शीला जी को होइन बल्की सत्य तथ्य को हो , सत्य तथ्य कुरो लेख्न बोल्न र छलफल गर्न नेपाल आमा का सपूत हरु लाई स्वागत छ। द्वन्द बिचार बाद को हो YCL बाद को होइन।
पुन: स्वागत गर्न चाहन्छु।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
0
4
Krishna Gopal जी
नमस्कार!
तपैकी सुजाता दिदीका बारेमा mysansar मा कति धेरै छलफल भयो अघिल्ला अंकहरुमा/ तपाइलाई धेरै पाठकले खोजे, तर तपाई लामो समय सम्म मौन बस्नु भो , जे होस् अहिले जम्का- भेट भो, खुसि लाग्यो…
१. समग्रमा तपाइको comment हेर्दा त यो ‘सरकार’ नेपालको इतिहासकै उत्तम सरकार हो, बरु माओबादीको नेतृत्वको सरकार पो हरुवाहरुको थियो (किनकि बाम देव भन्ने हारेकालाइ उप-प्रधान मन्त्रि बनाको थियो नि भन्ने दलिल दिनु भाको छ!) भन्ने छनक दिनु भो / तर के कुरा सत्य हो भने उनि माओबादीका होइनन कि एमालेका हरुवा हुन्. यो तपाइको पहिलो झुट भयो…तेस्तै गच्छेदार पनि फोरम बात प्रतिनिदित्व गर्ने हुन्, (पहिला त कांग्रेस नै थिय ..).
२. दोश्रो झुट: . “…ति कुजाता पनि हिजो माओवादीसंग बिना बिभागीय मन्त्री हुंदा सती साबित्री थी आज हजूरहरु ले साथ छोड्ना साथ त बाइ-फाले पो भयी छे हगी” यी तपैका सब्द हुन्.
हे मित्र , तपैकी तस्कर-कन्या सुजाता दिदि कुन माओबादी सरकारमा बिना बिभागीय मन्त्री थिइन्, यार ?? वैयात कुरा, सफेद झुट!! माओबादीको संयुक्त सरकारमा कांग्रेस त जादै गएन नि, कसरि उनि मन्त्रि भई छिन् …बरु उइ तपैकै गिरिजा सरकारको पालामा उनि बिना बिभागीय मन्त्रि भै टोपलेकी थिइन्, येस्ता वाहियात झुट दिएर Mysansar का नया पाठक/उपभोक्ता लाइ भ्रम पर्ने तपाइको पुरानो बानि अझ गएन छ हगी…
तेसैले त तपाइलाई कसै-कसैले Mysansar का ‘ऋषि धमला’ भन्ने गर्छन नि, कुरा ठिकै पो हो कि !!
३. अनि मात्रिका यादवले गल्ति गरेपछि प्रचन्डले कार्यबाही गरि मन्त्रीबाट हटाए (पछी उनले पार्टीनै छोड्नु पर्यो), तर हजुरको माकुने सरकारले चाहि बेगम मेम-साबलाई किन कार्यबाही गरेन पो भन्ने कुरा हो !! तर तपैले यो दुवै बिपरित कुरालाइ उस्तै हो भनेर गोल -मतोल पारि झुट पस्किनु भो, हुन् त झुट बोल्नु कांग्रेसी को सामन्ती संस्क्रितिनै हो…नत्र यो कसरि भो मित्र!! कारबाही गरे पो उस्तै -उस्तै होला !
4. अनि बिगतको द्वन्द्दमा 15,000 नेपालि आमाका सन्तान मारिएका कुरा फेरी ल्याउनु भो, एसको जवाफ त पहिले पनि पाई सक्नु भाको थियो, Mysansar का पुराना मित्रहरुलाई त था’नै छ, तर नया पाठकलाई फेरी भ्रम पार्न कोसिस नगेरेको राम्रो / ti 15 हजार मध्ये 13 हजार त तपैका कांग्रेस-एमाले-सूर्य बहादुर सरकारले हत्या गरेका नेपालि आमाका श्रेस्टतम सन्तान्हारू हुन्,/ अझ टाउका का मूल्य तोकेका सबै मानिसहरुको टाउको झोलामा हाल्न सक्नु भा ‘को भे त त्यो संख्या अझ कति कहाली लाग्दो हुन्थ्यो !! कि कसो मित्र!!
तपाई बेला-बेलामा यो घाउमा नून-चुक हाल्नु हुन्छ / नेपालिहरुका लागि त यो सहिदहरुको reminder पनि हो, ठिकै छ…
5. “राजाका पंचायतकालीन मन्त्रीहरु पनि यो ‘गनतात्रिक’ सरकार मा छन् जस्तै: दिपक बोहरा मण्डले, शरत सिंह भण्डारी, आदि….” का बारेमा त तपैले जवाफ नै दिनु भएन नि / तिनीहरु त आफ्नै जातका परेर हो कि, राम्रा मान्छे भा’का ले हो ….??
5. तपैका अरु बुदाहरु का बारेमा त Mysansar लाइ भ्रम दिन सक्ने खाले न’भाकाले मैले प्रतिक्रिया दिएन , माफ गर्नु होला ,
बाकि, अर्को भेटमा …तर फेरी न-हराउनु होला है ….
उही शीला
मन परे हरियो, नपरे रातोः
3
0
आदरणिय शीला जी,
जय नेपाल ! ! !
धन्यवाद छ हजूर को स्पस्ट प्रतिकिया का लागि।
साथै माइ संसार मा पनि ऋषी धमला देख्नु भय छ कतै चोर् ले चारै तिर चोर् मात्र देख्छ भन्ने उखान चरितार्थ नहोस्।
सर्बप्रथमत: यो एउटा कुरा को छिनो फानो गरी दिनुहोस् कि प्रचन्ड संग या माओवादी संग बसुन्जेल कुजाता सुजाता हुने, माधव नेपाल निर्वाचन जितेकै जस्तो हुने, बाम देब गौतम निर्वाचन जित्नै नपर्ने, गच्छदार पहिले कांग्रेस थियो भन्ने ईतिहास नै हराउने, सुजाता तस्कर कन्या बाट पंच कन्या बन्ने, के प्रचन्ड जी संग त्यस्तो जादु को छडी नै छ कि या पारस्मणी नै छ जस्लाई छोय पनि सुन बन्ने?
हजूर लाई यो त थाहा रहेछ सुजाता भन्ने बाइ-फाले महिला माओवादी पनि भयको संयुक्त सरकार मा एउटै थाल मा भात खायका थिय तर आज मात्रै कसरी बाइ -फाले भयी?
शीला जी, अलिकती पनी लाज शरम भय अहिले पनि समय बांकी छ आंखा उघार्नुस् र हेर्नुस्, हजूर को प्रचन्ड जी तेही बाइ-फाले महिला को फरिया भित्र शरण लिन खोज्दैछन, र तेस भित्र सुंघ्न मात्र पाय पनि आफु चोखो हुन पाउंछु भनेर हार-गुहार गर्दैछन। के गर्नु हुन्छ त्यो बेला? सोच्नुस् त एक पटक कुन धर्ती मा कुन मुख ले पाइला टेक्नु हुन्छ? हिजो भर्खरै सिंगापूर मा गयर गौंत छर्केर चोखियर आयको बिर्सिनु भयो ?
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
0
3
अब लाखौँ जनताको चड्कन खाएर त् लाज नलागेको माकुनेले जाबो एउटा जिला अधिकारीलाई करिमाले दुई चड्कन दिएको कुरालाई ठुलो कुरा त् मान्ने सक्दैन नि/
मन परे हरियो, नपरे रातोः
2
0
नेपाल को इतिहास मा माधव कुमार नेपाल भन्दा तल्लो स्तर को कुनै नेता नै छैन. यो मान्छे को त स्तर नै छैन भन्दा पनि अनुचित हुदैन. देश को प्रधानमन्त्री जस्तो गरिमामय पद मा बसेको यो हरुवा मान्छे ले, आफ्नो बकम्फुसे सरकार जोगाउन एस्तो प्रकरण लै समेत देखे नदेखेको जस्तो गरेर बस्यो.
थुक्क माधव नेपाल. त जस्तो नेता भए पछि पनि देश ले कुनै गति लेला र , दुर्गति बाहेक !!!!!
मन परे हरियो, नपरे रातोः
1
0
साथी हो सी डी ओ को कमाई तलब मात्र हैन नि हौ भास्ताचार गर्न पाएन बिचार ले येसो जिल्ला मा बसेर बिसेस गरेर भन्सार तिर बाट कमाउने मौका गुमायो बिचार ले मर्कानै पर्यो होला दुर्गाप्रसाद भण्डारी पनि जोगी त हैन भन्छन कहानी हरु थुप्रै रैछ एउटा साथी ले त मन्त्रि र सी डी ओ को लेन देन को कुरा नमिलेर यो सब भएको भन्छ के हो के
मन परे हरियो, नपरे रातोः
0
0
नमस्कार
बेगम र धमला पछि अब कसको पालो हो ?
नेपाल को प्रधानमन्त्री ?
प्रधानमन्त्री जी तपाई भन्दा साधारण प्रकिया मा बस्ने सरल, स्वभिमानी र सक्तिसाली कर्मचारी हेर्दा कठपुतली जस्तो नाचू नाचु लाग्दैन ?
तपाई प्रधानमन्त्री हो कि खरदार हो ह ?
खरदार पनि होयन कीन भने खरदार पनि तपाई जस्तो नीकम्बा नकचरो हुदैन
तपाई जस्तो प्रधानमन्त्री बनाउने नेता लाई त प्रजातन्त्र र लोकतन्त्र को नया गनाउने चर्फी उपहार दिनुपर्छ
धिक्कार छ नेताहो
धन्यबाद
मन परे हरियो, नपरे रातोः
1
0
यहाँ कारबाही कसले कसलाई गर्ने ??? कानुन उपल्लो बर्गका कसैलाई पनि लाग्दैन किन कि नेपाल को परम् पारा बनि सकेको छ
मन परे हरियो, नपरे रातोः
1
0
हग्नेलाई भन्दा देख्नेलाई लाज ! No comment.
मन परे हरियो, नपरे रातोः
3
0
येदी माकुनेको अलीकती इज्जत अनि सरम हुन्थ्यो भने जनताले थुकी सकेको ब्यक्ति प्रधान मंत्री को कुरची सँभालने नै थिएन / अब उसले त अफनी श्रीमतीलाई कुनै गुंडा ले ओछ्यानमा सुत्त्न पठाई दे भने पनि पठाई दिन्छ / थुक्क माकुने /
मन परे हरियो, नपरे रातोः
3
0
लोभी पापीहरूको हातमा सत्ता परेपछि यस्तै हुन्छा!!!
मन परे हरियो, नपरे रातोः
4
0
चड्कन खाएका सिडीओले विगतका आप्mना काला करतुत सम्झेर सन्तोष माने हुन्छ । चड्कन मन्त्रीलाइ जम्बो माकुने सरकारले कारवाही गने रत्तभिर आश कसैलाइ थिएन । भयो त्यस्तै ।
मन परे हरियो, नपरे रातोः
1
1
माकुने को चरम सत्ता लिप्सा मात्रै चाहि दोषी होइन, संसदीय वेस्ट मिनिस्टर प्रणाली नै नेपालको लागि ठीक छैन भन्ने प्रमाणित भएको छ. जनता बाट प्रतक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख भए माकुने पनि किन बाकी राख्थ्यो होला र सारा दुनियाको आलोचना सहन.
मन परे हरियो, नपरे रातोः
5
0
माधव नेपाल जी हजुर ले कारबाही गर्न सक्नु हुन्न भने तपाई तो कुर्चीमा baseko हामीले dekhna man chhaina छोद्नुहोस तो isthan
मन परे हरियो, नपरे रातोः
2
0
बसी बसी खान पाएकै छ तेही भएर चुप लागेको होला हाजिर गर घर जा महिना मर्छ तलब थाप मोज गर सी डी ओ
मन परे हरियो, नपरे रातोः
1
0
यो देश हरुवा, भ्रस्टचारी, हत्यारा, बैंक लुटेरा सबैको देश हो / यहाँ गलत काम गर्नेले सजायको आशा राख्न बेकार छ /
मन परे हरियो, नपरे रातोः
3
0
यस्तै हो हरुवा हरुको देश मा हाली मुहाली भय पछि……..
मन परे हरियो, नपरे रातोः
3
0
साधुलाई शूली, चोरलाई चौतारो!
नेपालको न्याय बुझ्ने गाह्रो!
मन परे हरियो, नपरे रातोः
2
0
यो हाम्रो देसमा राम्रो काम गर्नेले पाउने उपहार हो / हरुवा प्रधानमन्त्रिले के नै गर्न सक्छन र ? आफ्नो कुर्ची जोगाउन बाहेक /
मन परे हरियो, नपरे रातोः
2
0
दोसीलाइ कारबाही गर्न नसक्ने लाचार माकुने !!!
मन परे हरियो, नपरे रातोः
2
0
उच्चा पदस्थ बेक्तीहरुको यो किचलो देशमा रहेको अराजाकपनको राम्रो नमुना हो . सबैले आफ्नो पद को मर्यादा राखी दिया यस्तो हुने थियन, प्रधानमन्त्रीले नै यस्तो लाचारी पन सार्बजनिक रुपमा देख्यापाची कसको के लग्यो र?
केहि दिन भित्रै मा कसैले माकुने को गलामा चड्कन लै दिए हुने? कस्तो कुरा गरेको हो? सुन्दा पनि लाजै लाग्ने..
मन परे हरियो, नपरे रातोः
2
0
यो देश मा कुनै कानुनी बवास्था नै छैन रिमोट बाट संचालित प्रधानमन्त्री त सुरक्षित छैनन्
मन परे हरियो, नपरे रातोः
1
0
कानूनी व्यवस्था नभएको होइन, कानून लाई कार्यान्वयन गर्न नसकेको हो सरकारले, अलिकति पनि नैतिकता हुने हो भने माकुने ले तूरंत राजिनामा दिनुपर्ने हो |
मन परे हरियो, नपरे रातोः
2
1