
ठगेको डलरले पोल्ने भो पंकजलाई
अर्काको भाग्यलाई चोरेर आफू भाग्यमानी हुन खोज्ने पंकज जोशीलाई अब दशा लाग्ने भएको छ। अमेरिकाको टेक्सासमा एक ६७ वर्षका बूढालाई परेको १० लाख डलरको चिठ्ठा झुक्याएर आफ्नो हातमा पारी पुरस्कार रकम कुम्ल्याई अमेरिकाबाट टाप ठोक्दा उनले शायद सोचेका थिएनन् होला, उनलाई नेपालका प्रहरीले समेत पछ्याउने छ भनी। तर अब नेपालको प्रहरीले उनको एक एक विवरण पत्ता लगाइसकेको छ। २५ वर्षका पंकज जोशी काठमाडौँको डिल्लीबजार घर भएका व्यक्ति रहेछन्। नेपालको प्रहरीले समात्न नसके पनि उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरीअर्थात् इन्टरपोलले रेड कर्नर नोटिस जारी गर्ने भएको छ। यो नोटिस जारी भएपछि उनलाई जुनसुकै देशको प्रहरीले समात्न सक्छ। ठगेको डलरको पैसाले मोज गरौँला भन्ने सोचेका पंकजलाई अब त्यही डलरले पोल्न थाल्नेछ।
पंकज जोशीले एक ग्राहकलाई झुक्याएर त्यो १० लाख डलरको चिठ्ठा आफ्नो हात पारेका थिए। भएको के रहेछ भने उनी काम गर्ने Grand Prairie convenience store मा आएका एक ६७ वर्षीय ग्राहकले उनलाई १० लाख डलरको चिठ्ठा टिकट आफूलाई पर्यो कि परेन हेर्देउ न भनेका रहेछन्।
अहो, ठ्याक्कै त्यही नम्बरलाई परेको रहेछ। अब धन देखेपछि महादेवका तीन नेत्र। यो बूढालाई के थाहा होला र भनेर उनले धत् तँलाई त २ डलर मात्रै चिठ्ठा परेछ भनेछ र सुटुक्क त्यो टिकट बोकेर चिठ्ठा रकम दिने कार्यालय अस्टिनमा गएर १० लाख डलर साटेछन्। त्यसपछि बेपत्ता।
भाग्य खुलेर पनि अभागी भएका बूढाले प्रहरीमा उजुरी हालेपछि पंकजको दशा सुरु भएको हो। १० लाख डलरको चिठ्ठा भए पनि कर काट्दा उनले साढे ७ लाख डलर मात्रै हात पारेका थिए। त्यो रकममध्ये अमेरिकी प्रहरीले अनुसन्धानका क्रममा करिब ३ लाख ६५ हजार डलर उनको बैङ्क खाताबाट जफत गरिसकेको छ। भनेपछि उनीसित ३ लाख ८५ हजार डलर जति मात्रै बाँकी छ। तर यो पैसा पनि उनले सजिलै कुम्ल्याउन सक्ने देखिँदैन। काठमाडौँमा उनको नाममा र उनका आफन्तहरुको नाममा रहेको केही बैँक खाता नेपालको प्रहरीले रोक्का गर्न लगाएको छ। अकस्मात् ती खातामा ठूलो रकम आएको देखिएकोले रोक्का गरिएको रहेछ।
तर, चलाख जोशीले सबै पैसा भने बैँकमा पनि राखेका रहेनछन्। आधाभन्दा बढी पैसा ती खातामा समेत प्रहरीले फेला पार्न सकेको रहेनछ। नेपालको प्रहरीले अनुसन्धान सुरु गर्नुअघि नै उनले पैसा निकालेर केही ठाउँमा जग्गा किनेको अनुमान प्रहरीले गरेको रहेछ।
जग्गै किनेको भए पनि कहाँ हाइसन्चो हुनु र पंकजलाई। राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह गरिसकेको रहेछ।
अमेरिकी राजदूतावासले पंकजका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र राष्ट्र बैँकलाई लिखित पत्राचार गरेको रहेछ। त्यसपछि अहिले यसबारे अनुसन्धान भ्याली क्राइम ब्रान्च र राष्ट्र बैंकका अधिकारीहरूले गरिररहेका रहेछन्। नेपाल र अमेरिकाबीच सुपु्र्दगी सन्धि भएको छैन क्यारे। त्यसैले अमेरिकामा गरेको अपराधका लागि नेपालमा समात्न नमिल्नु पर्ने हो। तर शक्तिशाली देशको कुरै बेग्लै। हाम्रोमा केही गरेर अमेरिका भागेको मान्छेका बारेमा अमेरिकामा रहेको नेपाली दूतावासले त्यस्तै चिठ्ठी लेख्यो भने अमेरिकाको प्रहरीले पनि यसैगरी खोज्ला त?
तर जे होस्, प्रहरीले जोशीको खोजी गर्न उनको डिल्लीबजारस्थित घर, आवतजावत गर्ने सम्भावित स्थानमा समेत निगरानी बढाएको छ। दबाब नआए नेपाल प्रहरीको अनुसन्धान त खतरा पो हुन्छ त। पंकज नेपालमा भए भविष्यमा एक दिन पक्कै पक्राउ परेको खबर पनि आउने छ। बिचराले अनि थाहा पाउनेछ, ठगेको पैसाले कहिले पनि शान्ति हुन्न।
घटनालगत्तै माइसंसारमा राखिएको ब्लगमा केही नेपालीले उनलाई कत्ति न बहादुरीको काम गरे समर्थन पनि गरेको देखिएको थियो। तर केही पाठकले ज्यादै सटिक टिप्पणी गरेका थिए। जस्तै बाबुरामले टिप्पणी गरेका थिए-
यो बेइमानी गरेर हत्याएको पैसाले उनीलाई भलो गर्दैन|
आफ्नै आत्माले आफैलाई गालि गर्छ – ए तँ त चोर होस्, बेईमान होस् भनेर;
जागेको बेलामा पनि, सपनामा पनि|
घरमा परिवार भोकै मरेको भए, औषधिको गोली नपाएर मरणासन्न पर्दा पनि
कतै सापटी नपाएर चोर्नु परेको भए त शायद आफ्नो आत्माले सम्म त्यति गालि
गर्ने थिएन होला| तर अमेरिकामा कमसेकम २ छाक खान पुगेकै थियो होला क्यारे!
म ठोकेर भन्छु, अमेरिकी मामासँग फुत्केर नेपाल मा बसे पनि उनलाई राम्रो हुने छैन|
यो पैसाले पोल्ने छ!
त्यस्तै सम्मुकले लेखेका थिए-
अर्काको धनमा कहिले आखाँ गाड्नु हुँदैन। अब रुनु न हाँस्नु भयो कि भएन ? अर्कालाई झुक्क्याएर के के न खाउँला भन्नेहरुको दोहोलो निकाल्छन् भगवानले। कसैले पनि ईश्वरलाई झुक्क्याउन सक्दैनन है !
त्यसैले हे मानिसहरु, आफ्नो पसिनाको कमाई मात्रै आफ्नो हुन्छ।
सुप्रभले लेखेका थिए-
अब नेपाल चोर लुटेरा र डाकाहरुको देश हुन कत्ति बेर छैन| एक जना बुद्धी बिग्रेकोले त्यस्तो अधम काम गरेर आफ्नो मात्र जिन्दगी बर्बाद गरेन, आफ्ना परिवार, नाता गोता र सारा नेपालीको बदनाम गर्यो| भोलि ऊ आत्महत्या गरेर मर्न सक्छ | मलाई त नपालमा भित्रिएको कुसंस्कार देख्दा दिक्क लाग्न थाल्यो, यस्तो अपराध गर्दा पनि ठिकै गर्यो भन्न सक्ने अपराधपोसक जन्तुहरु देख्दा। हुनत माओवादीहरुले मान्छे मार्दा र सम्पति लुट्दा ठिकै गर्यो भन्ने बानी परेकाहरुको जमात नेपालमा ठूलै छ।
Related posts:











well,.. what he has done is mistake but i would’nt blame him for that,.. cause he was raised in a country where most of the people only knows to steal,.. now look at the political leaders in our country,. they been looting from the country from a long time and that also very openly,.. like we just heard sujata looting 2 cr from our country’s wealth recently,..what about her? what was the punishment? so i sincerely think the police force of nepal better look after those cases then spending a lots of money and time for this poor guy…he is already in trouble…its not only his fault though,.. the man who won the money should have checked the number by himself,..by the way let me tell you americans are the most laziest people in the world,.. may be he was lazy to check the no…
मन परे हरियो, नपरे रातोः
0
1
ke गर्ने बबी दिन बिग्रे पछि buddi पनि बिग्र्यो न pankaj भै अब येसो १ २ लाख mero खाता मा पनि हाली दिउन सार्है आपत परेको cha हो
ह ह ह
मन परे हरियो, नपरे रातोः
2
0
सबै बकवास समाचार र नौटंकी सल्लाहहरु…. त्यो देशमा हजारौ चोरहरु, ठगहरु अनि ब्लाच्क्मैलेर्हरु छन् र सबैलाई थाहा पनि छ तर पनि कसले वास्ता गरेका छन् र….आफ्नै देशका नेताहरुले करोडौ ठगि रहेका छन्…..खोइ नेपाली हरुका गुनासाहरु…त्यो अमेरिका वन्ने देश नै तेस्तो देश हो जहाँ दिमाग नलागे खान बस्न सकिदैन . उसले पनि दिमाग लगायो, पैसा कमायो….दादेहरुको नवएको मुटु पोल्यो…संसार भरि आफ्नो देश र आफ्नो जनताप्रति गर्भ गर्छन तर यी नेपाली हरु कहिले मिलेर बस्न सकेनन….जस्ता नेताहरु उस्तै जनताहरु….धिक्कार छ यीनीहरुलाई…
मन परे हरियो, नपरे रातोः
0
0
यो सुनेर म निकै दुखी बने |अमेरिकामा थिए,सानो तिनो कमाई पनि थियो नै होला | यसो नगर्नु पर्ने हो |राष्ट्रिय बदनामी भयो |अरु साथीहरुले भन्नु भएको “उनी भन्दा ठूला चोर र अपराधीहरु” खोज्न कही जानु पर्दैन|विभिन्न राजनैतिक दलहरुको केन्द्रीय कार्यालयमा,त्यो पनि केन्द्रीय समितिको वैठकमा खोजे पुग्दछा|फरक यत्ति हो कि यी भाइले सिधै ठगे तर नेताहरुले कानूनलाई कवच बनाएर ठगेका छन् |
मन परे हरियो, नपरे रातोः
0
0
पंकजले जे गर्यो ठिक गर्यो
मन परे हरियो, नपरे रातोः
1
1
हो , पंकजले अमेरिकनलाइ ठगेकोमा कारबाही गर्नुपर्छ ,अनि कैयौ नेपालीहरुलाई अमेरिकनले गोलि हानी मारियाको छ तेस्को कारबाहीको माग किन हुदैन ???
मन परे हरियो, नपरे रातोः
4
0
जे भयो त्यो साह्रै नराम्रो भयो, एक जना नेपालीले गर्दा साँची अब अमेरिकामा बस्ने सबै नेपालीलाई निकै अप्ठेरो र लज्जा नै हुने भयो…अब एकजना नेपाली पंकज हुँदैमा सबै नेपाली पंकज नै हुँदैनन है भन्ने देखाउन तथा प्रमाणित जस्तै गर्न त्यहाँ रहेका सम्पूर्ण नेपालीले मिलेर आ आफ्नो तर्फ बाट सक्दो donation collect गरेर उक्त ६७ बर्षीय विलिस विलिस लाइ प्रदान गर्न सक्यौं भने नेपाल र नेपाली को इज्जत रहन्थ्यो कि जस्तो मलाइ लागेको ले यो comment कोर्दैछु…
सबैलाई धन्यवाद!!!
मन परे हरियो, नपरे रातोः
1
0
केहि हुनेवाला छैन तर ५ ६ महिना बच्न सके डिल्लीबजारमा कार चढेर हिड्छा केटो अलिसमये बच मोरा
मन परे हरियो, नपरे रातोः
0
0
पंकज ले ठगि गरेकै हो तेसैले उसले सजाय वोग्नु नै पर६ ./
मन परे हरियो, नपरे रातोः
0
0
Dear Friends,
i don’t support for what Pankaj Joshi did, its very shameful work.
and the more i shame on his idea, by living in America, he did a way of cheating people in the 18th century.
How could he think, Nepal will be safe place to hide after cheating so much money.
The technology has found out even american can find out, which fish swim in the ocean.
to track Pankaj is not hard job for them.
So every one if you think you can cheat other, its only possible in South Asia, because its one of the most corrupted region in the world.
not in the Developed countries.
Here is with big group, like mafia, drug dealers, nepali cannot work in team, because they are the best in pulling others boot.
Again, cheating other is not good habit,
मन परे हरियो, नपरे रातोः
0
0
कसैलाई नासमतेपानी नेपाल प्रहरी ले यो पंकज लै चैं समत्छान किनकि नेपाल प्रहरी क नालाएक हरु दोलर को लागि दौर्धुपो गर्छन….अमेरिचन को चाकरी गर्ने यो भन्दा ठुलो मौका कैलेई औंदैना ….
मन परे हरियो, नपरे रातोः
0
0
पंकज को गलती लाइ एक पटक अमेरिका ले माफ़ी दिए राम्रो हुने थियो.अब उसले कहिले पनी नराम्रो काम गर्दैना होला .येसको लगी नेपाल सर्कार ले पानी सयोग गर्न पर्छा उसलाई.
ram
मन परे हरियो, नपरे रातोः
0
0
चोर डांका भ्रष्टचारी शिंह दरबार भित्र
निर्धा दुब्ला घरबार बिहीन खोर भित्र
पंकज ले देशको क्व बदनाम गरेको छ र
जति नेपालका नेता र कर्मचारीले गरे
पंकजलाई ठगेको डलर ले पोले झै
दात्री राष्ट्रले दिएको डलर लुकाउने
हाम्रा देशका नेता र कर्मचारिहरुलाई किन नपोलेको होला
मन परे हरियो, नपरे रातोः
2
0
आज पंकज ले गर्दा आरु नेपाली लाई पनि संका को हिसाब ले हेर्छन यो मान्छे ले यहाँ अमेरिका मा बस्नी सबै नेपाली को लागि नराम्रो छाप छोडी गय यहाँ अमेरिका मा उनि लाई लियर आय पनि न आय पनि बैमानी लाई सजाय दिन नै पर्छ
बिशाल Texas
मन परे हरियो, नपरे रातोः
0
0
बल्ल एक नेपालीले अमेरिकी व्यक्तिलाई ठग्न सफल भयाछा
मन परे हरियो, नपरे रातोः
1
1
“सफल” भन्ने शब्दको अपव्याख्या भएन र आचार्यजी?
मन परे हरियो, नपरे रातोः
0
0
यस्तै होला भनि बिचरालाई के थाहा होला त !
मन परे हरियो, नपरे रातोः
0
0
ठग्नु अपराध हो तर नेपाली प्रहरी त्यसरी खट्नु पर्ने जस्तो मलाई लाग्दैन अमेरिकामा पक्रेको भए कुरा अर्कै थियो त्यहाबाट टाप कसिसकेको छ अब किन नेपाली प्रहरी धुइपुच्चर् पछी लाग्नु पर्ने फेरी त्यो रकम त्यति ठुलो पनि त होइन अमेरिकाको बिल्डिंग मा हवाइजहाज छिराएको, अमेरिकालाई क्वाप्प निलेको अनि ओबामालाई गोलि हानेको त होइन नि फेरी नेपाल नै खान लागे जस्तो किन नेपाली कानुन पछि लाग्नु देश खान लागेका देखि डराएर चुप हुने जो निर्बलियो छ उसैको पछी लाग्नु कहाँ सम्मको कर्तुत हो
मन परे हरियो, नपरे रातोः
0
1
आपराध ले कहिले बाटो पाउदें न भनेको यही हो
मन परे हरियो, नपरे रातोः
0
0
नेपालमा त नियमकानुन छैन जसले जे गरे पनि हुन्छ र समातिहाले पनि पैसाले प्रधानमन्त्री बाट भनसुन गरेर बच्न सक्थियो उदाहरण को लागि रिशी धमला लाई लिउन तर बुद्धी नभएको यो पन्कजेले नेपाल जस्तै सोच्यो क्या हो अमेरिकालाई
मन परे हरियो, नपरे रातोः
0
0
साथी हो, पंकजले १० लाख डलर ठगेकोमा गर्भ नगर्नुस्, किन भने उसले अमेरिकालाइ ठगेको होइन औटा निर्दोस बुढो मान्छे लाई ठगेको हो एक ६७ वर्षका बूढालाई छलेर पैसा पाउनु kunni बहादुरी होइन. ताल पर्यो भने तपाई हामीले पनि गर्न सक्छौ यहाँ कसैले गर्भ नगरे हुन्छ पंकज लाई समातेर पुलिश को मा दिनु parchha कमाउनेले करोनौ रुपैया कमायो होला तर यहाँ करानौ नेपाली जनता को इज्जत को सवाल छ साथी पक्राउ पर्नु अगाडी पंकज ले आत्महत्या गरेको सुन्नु नपरोस.
मन परे हरियो, नपरे रातोः
2
0
police haru ले yeasta thug haru lie re jhuto bolna bedas मा basa kha nepali haru को पनि thagi नेपाल मा farka कi छन् jasri huncha sajaya दिनु parcha.but thag haru ले maobadi lagy patrakar lagy c d o ,police haru को neam पत्रिका मा chapahu छु bhani dhamki dincha र chaadi dinchha thag haru lie .j होस् thag haru को bejog होस् र jail paros.
मन परे हरियो, नपरे रातोः
0
0
आफ्नै देशमा भएकाअपराधी हरुलाई देश भित्रने घटियेका घटनाहरुलाई समाधान गर्नु नसक्ने प्रससान ले यो घटनालाई चासोको बिसय बनाएको छ किन?केहि रहसिया हुनु पर्छ/
मन परे हरियो, नपरे रातोः
1
0
Dear Friend
It is very good for catch to those Cheater (Thag) person ,no body could not give to forgive to Cheater person,actual cheater is cheater never they could not given peace to other.Any how Pankaj has to go for jel because he did very very bad ……
मन परे हरियो, नपरे रातोः
0
0
६ अर्ब मानिस भयको संसारमा त्यो मान्छेले पंकज लाई नै चिठ्ठाको बारेमा सोद्नु पनि पंकज को भाग्यनै हो तेसैले उ निर्दोष छ, त्यो ठाउमा जोकोहीले तेही गर्थ्यो जो पंकज ले गर्यो,तर बांडी चुँदी खानु पर्ने एक्लै ले खायर कुरो बिग्र्यो………
मन परे हरियो, नपरे रातोः
0
0
पंकजको भाग्य हो कि दुर्भाग्य त्यो त समयले देखाउला अनि उसको ठाउमा अरु भएको भए धेरैले त्येस्तो गर्थे होला तर सबैले त्येस्तै चाही गर्दैन थिए होला योगी बन्धु, SPECIALY कम्तिमा पनि कर्म योगीहरुले चाही कि कसो?
मन परे हरियो, नपरे रातोः
0
2
भविष्य बनाउनु पर्ने मान्छेले बुद्धि बिगारेपछि के गर्नु…….सपनामा समेत सुख नपाउने भयो पंकजले……
मन परे हरियो, नपरे रातोः
1
0
गल्ति पङ्कजले गरेका हुन् त्यसमा सङ्कै छैन।सजाय नेपालमा नै दिए भयो नि. तर कति नेपालि अमेरिकनबाट पनि ठगिएका होलान,त्यस्को चाहि केहि लेखाजोखा छैन,जाबो एउटा नेपालिले चिट्ठा ठगेछ,अमेरिकनको यति धेरै तान्डप,यदि नेपालीको चिट्ठा अमेरिकनले ठगेको भए के हुन्थ्यो ? दादा हुनुमा यहि फाइदा हुदो रहेछ।
मन परे हरियो, नपरे रातोः
0
0
अझै पनि बिदेशमा नेपालीहरुलाई सोझो, इमान्दार, परिश्रमी नै भनेर चिनिन्छ तर यस्ता कुकर्महरुको फेहरिस्त बढ्दै जादा जति १५-२० वर्ष अगाडी हाम्रो इमेज थियो त्यो निरन्तर घट्दो छ/ यता कु-कर्महरूलाई हतोत्साहित गरिनु पर्छ /
लौ नेपाल प्रहरी हो अब तिमीहरुको पालो कार्य दक्ष्यता देखाउने, अमेरिकी मामाहरुलाई चक्मा दिएर भागेको ठिटोलाई समातेर देखैदेउ त तिमीहरुको पराक्रम/
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातोः
2
2
खान त खाईस गुमाने ………….चाल पाउलास भने जस्तो भयो नेपाल को पुलिस को के कुरा गर्नु मन लागे समात्छ नत्र खोइ भेटि यन भन्छ !!प्रचण्ड बाउराम लाई पनि इन्टर पोल ले रेडकरनर नोटिस जारि गरेको हो तर समात्न सकेन अब जोशी लाई कसरि समत्दो रहेछ हेर्न बाकी नै छ
मन परे हरियो, नपरे रातोः
0
1
Dhan ra keti ko pachi kahile murkha nabannu shathi ho.
Result kadanai huncha
मन परे हरियो, नपरे रातोः
0
1
कहाको नियम त्यो अमेरिकामा ठगेको पैसा नेपालमा समात्ने ? किन पंकजको आफ्नो मान्छेको बैंक खाता सिज गर्ने ? सक्छौ भने सुजाता कोइरालाको र उसको पोइको बैंक खाता सिज गर, अमेरिकनले कति नेपालमा ठगेर गएको छ के त्यो अमेरिकामा प्रहरीले खोजेको छ ? नियम कानुनले दिनेमात्र कामगार नेपाल प्रहरी !!!!!! के अमेरिकाको दबाबले एउटा नेपालीको छोरालाई खेदेको ?
जाऊ पंकज थाईलैंड अनुहार फेर्न,फर्केर औ नेपालमा पासपोर्ट फेर्न
जय होस् तिम्रो
मन परे हरियो, नपरे रातोः
2
0
त्यो बुदा को पनि दोस छ येस्मा….अल्छि गरेर आफैले चेच्क गर्न मिल्ने machine हुदा हुदै पनि आफुले चेच्क नगरी अरुलाई चेच्क गर्न दिए पछि ठिक्क पर्यो. यो लोत्तेरी परेको कुरा पनि थाहा हुन्थेन रे त्यो इन्डियन बेमान साहु आफुलाई लोत्तेरी को अद्धि पैसा न दिएको झोक मा भंदेको रहेछ. तर नेपाल को प्रहरी दै हरु को मतलब को कुरा भने थिअना किन खोज्न पर्ने होला. ?
मन परे हरियो, नपरे रातोः
1
0
I don’t know whether the officials have enough proof against him. I haven’t really followed this news. But to me, he should remain innocent until proven guilty in the court.
मन परे हरियो, नपरे रातोः
2
0
Don’t वोर्री pankaj.You will win in this matter,that guy’s didnot have any prove.He is not a lottery’s member.You can say that cheat was mine,that’s it.
मन परे हरियो, नपरे रातोः
0
1
अदालतमा प्रमाणित नभएको कुरालाइ लिएर यसरी अरुको वैज्जत गर्नु कहाँ सम्म ठिक हो? अहिले सम्म पंकज जोशी को बिरुद्ध एउटा पनि सबुत फेला परेको छैन क्यारे! तेतिकै त्यो बुढो मान्छे को बोलिको भरमा उसलाई एस्तो नगर्नु पर्ने हो.! त्यो लटरी मा त्यो बुढो मान्छे ले सहि त थिएन नि ! के थाहा यो पैसा जित्ने पंकज नै हुन पनि सक्छ.! बुढो ले ठगेको पनि त हुन सक्छ! बरु पंकज जोशी ले बाहिर आएर अमेरिकन प्रहरी बिरुद्ध मुद्दा हाल्नु पर्ने हो! आफुले ले सहि गरेर लिएको पैसा अरुको बोलीको भरमा चोर्यो भन्ने हरुलाई त एउटा राम्रो वकिल लिएर अदालतमा ठिक पार्नु पर्छ/ अब पैसा चोरेकै भए पनि अदालत ले निर्णय दिन्छ नि!
मन परे हरियो, नपरे रातोः
6
1
नाम त एकै परेछ बन्धु, तर विचार १८० डिग्री फरक पो पर्यो त !
बुढाको सहि किन चाहियो बन्धु, पसलमा भएको सी सी टि भी को रेकोरदिंग वा तेस्तै प्रमाण भएर नै अमेरिकी पुलिशले केस लिएको हो, न कि बुढाको आरोप को भरमा….!
बन्धुले भने जस्तो एउटा मान्छेको आरोपले अर्को मान्छेको निम्ति इन्टरपोल ले रेड कर्नर नोटिस जारि गर्दैन… !
मन परे हरियो, नपरे रातोः
2
5
हर्के जी एदी तपाईंलाइ थाहा छैन भने लटरी को नियम अनुसार त्यो लटरी मा जसको सहि हुन्छ पैसा तेसैले पाउछ/ अब नियम अनुसार त लटरी मा पन्कज जोशी को सहि थियो क्यारे तेसैले, कानुनि रूप मा त त्यो पैसा पंकज जोशी कै हो र यो कुरा लटरी कम्पनी ले पनि भनि सकेको छ/ जहाँ सम्म प्रमाण को कुरा छ न त त्यो पसल संग कुनै सीसीटिभी को रेकोरदिंग नै छ न त अरु कुनै प्रमाण / यो आरोप मात्र त्यो बुढो र पसल को साहु को बोलि को भरमा आएको हो/ अनि इन्टरपोल ले नोटिस जारि गर्नु को कारण उसलाई अदालत मा ल्याएर मुद्दा लड्नु हो, तेतिकै जेल मा हाल्नु होइन/ अब कुनै मान्छे प्रति आरोप लागे पछि पक्कै पनि छानबिन त हुन्छ होला, तर तेसो भन्दैमा उसलाई अहिले नै चोर भनेर बेइज्जत गर्नु चाही ठिक होइन/ अनि उसले चोरेको हो कि होइन भनेर आरोप लगाउने काम हाम्रो होइन, अदालत को हो तेसैले बाहिर आको हल्ला को भर मा अरुलाई तेस्तो नभन्नु नै बेस होला/ न पंकज जोशी लाइ म चिन्छु न मैले उसको पक्ष्य मा बोल्न खोजेको हो तर यसरि प्रमाणित नै नभएको कुरालाई आधार मानेर याहा हल्ला गर्नु भन्दा अरु कुनै प्रगतिसिल काम गर्न मा लागे हाम्रो बेस हुन्थ्यो होला! अनि येसरी निस्किएको हल्ला ले पंकज जोशी जस्ता विदेशमा बसेको अरु नेपाली दाजुभाइ हरु लाइ कति अफ्ठ्यारो पर्ला भन्ने बुझ्नु भाको छ! अब पंकज जोशी ले बदमाशी नै गरेको रहेछ भने उसलाई सजाय त अवश्य मिल्नु पर्छ तर त्यो निर्णय लिने बेला अहिले अलिक भएको छैन होला र त्यो निर्णय लिने आधिकार हामीमा छैन होला!
मन परे हरियो, नपरे रातोः
4
0
नेपाल प्रहरी को बहदुरी सुन्नमा आउंदा त गजब लाग्यो, बाराको वारेन्ट काठमाडौं मा १ महिनमा आइपुग्दैन,देशको ढुकुटी रित्तो पार्ने ठुलो डाका को समुहलाई पुलिस ले सुरक्षा दियेर हिडेको छ, कालो सुचिका तस्करलाई माकुने सरकारले सुन्पानी छर्केर आफ्नोनाम देश्द्रोहीको सुचिमा दर्ता गरेको बेला, पंकज जोशी नामको फिस्टो को शिकार गर्न देस्भरिका लाखौ पुलिशलाई हम्मे परेको देख्दा अचम्म लाग्छ।
मन परे हरियो, नपरे रातोः
2
1
छोड्दैन अमेरीकाले त । लोभ ले लाभ, लाभ ले विलाप भनेको यहि हो ।
मन परे हरियो, नपरे रातोः
1
0
पंकज जोशी मात्र होइन, ग्यास स्टेसनमा काम गर्ने खैरेहरु पनि ग्राहकलाई ठग्न खोज्छन ! हुनसक्छ पंकज पनि चोर्ने काम यहीं सिकेको हो !! यदि पंकज जोशीलाइ अमेरिका सुपुर्दगी गरियो भने, उसले पक्कै पनि हिरासतमा आत्महत्या गर्छ !! उसले पैसा फिर्ता गरेमा, अनि लुकेर बसेमा कठिन साथ आफ्नो जीवन बिताउन सक्ला !! त्यो जस्ता चोरहरु संसारमा धेरै छन्, बिचरा ऊ मात्रै बलिको बोको हुने भो !! जे होस पंकज !! hope you will save your life !!
मन परे हरियो, नपरे रातोः
1
1
अमेरिकी राजदुताबास ले चिठ्ठी लेख्यो टिन वटै जिल्ला मा निन्द्रा,भोक,तिर्खा नभनी कन खोज तलास गर्दै छ /कति जागरिला कति मिहिनेती कति बफादारी हाम्रा पुलिस जवान हरु/ तर अस्ति भर खर मात्र पश्चिम मा सिंगै गाउ इंडियन हरु आएर आगो लगाई दियो कुटे पिटे तेती खेर कान मा तेल हालेर बसे एउटा सिडिओ लाई प्रतिस्तावान मन्त्रि ले टिन झापट हान्यो सार्बजनिक मुद्दा बन्यो पक्राउ पुर्जी काट्यो तर पक्राउ गर्न सकेन/ अब यी जवान हरुलाई के भन्ने /
मन परे हरियो, नपरे रातोः
5
1
स्याबास अमर जी ! सहि कुरा गर्नु वो . नेपालका पुलिसहरु नचाहिने काममा बढी चासो लिन्छन. चाहिने कुरामा सिन्को सम्म भाच्न सक्दैनन्
मन परे हरियो, नपरे रातोः
4
1
लाटो कौवाले घिउ खा, बाठो कौवाले गु खा, भनेको यहि हो |
मन परे हरियो, नपरे रातोः
1
1
मेरो भर्सन त थोरै फरक छ बीरजी:
कौवा बाठो भएर गुहु खान्छ
पाडो लाटो भएर दूध खान्छ
मन परे हरियो, नपरे रातोः
1
1
वीर जी यो टुक्का त लाटो पाडोले दुध खान्छ,बाठो कौवाले गु खान्छ,यस्तो हुनुपर्ने हो कि ?
मन परे हरियो, नपरे रातोः
0
1
सुझावको लागि धन्यवाद साथी हो, मैले सुनेको भर्सन चाँही यस्तै थियो, त्यसैले यस्तै लेखेको | सायद सुनाउनेले वा मैले गल्ति सुनेको पनि हुन् सक्छ |
मन परे हरियो, नपरे रातोः
1
1
किन रोइस् पंकजे, आफ्नै ढंगले
लाटो खान्छ एक् बल्द्याङ्, बाठो खान्छ तीन बल्द्याङ्।
मन परे हरियो, नपरे रातोः
0
1
विश्वास हराएको सूचना
पिल्सियाको हृदयमा समयका चोटहरु लीयर
अविस्वासको घुम्टो ओढी हीदेको
मेरो वीश्वास हरायको धेरै भयो
त्यसैले त यहाँ आशा आकांक्षा र सपनाहरु क्षतबीष्त छन्
त्यसैले मलाई अब मेरो
बिश्वासको खोजी गर्नु छ
यहाँ सबैलाई खबरदारी गर्नु छ
विश्वास हरायको सुचना जारी गर्नु छ
मलाई मेरो विश्वास को अपहरण भयझई लाग्छ
कसैले विस्वास को गला दबाय झैँ आग्छ
मन्दीर को फुलपाती सम्झेर बगाय झैँ लाग्छ
नत्र कीन मैले आफ्नो बिश्वास भेट्न सक्दीन
अब मलाई जसरि पानी मेरो बिश्वास भेट्न जरुरी छ
त्यसैले यहाँ सबैलाई खबरदारी गर्नु छ
मेरो विश्वास हरायको सूचना जारी गर्नु छ
मा खोज्छु मेरो बिश्वास लाइ मेरै छाती भीत्र
तर पाउदीन
त्यसैले मलाई शंका लाग्छ
मेरो बिश्वास कसैको एमबुश्मा परेर ghaaite भै
aspaalko शैय्यामा
मन परे हरियो, नपरे रातोः
0
1
भर्खरै २५ साल भयको मान्छे पढाई गर्ने मान्छे ,,,,,,अमेरिका मा आयको मान्छे …कस्तो कुबुधि लागेको हो,,,,,उनको प्रिस्ताभुमी चोर नेता हरु भयको कुनै राजनीतिक त छैन ,,,???? थर पनि जोसी रैछ ,,,पहिल्यै सिकेर य जस्तो छ ……खुरुक्क आत्मा सम्र्परण गर्नु कि जिन्दगि भरिको लागि भारत पस्नु ,,,,,नत्र २/३ दिनमै यहि ब्लग मा फोटो सहित को समाचार पधिन्चा ..
मन परे हरियो, नपरे रातोः
1
0
bichara lai kina khedo khaneko?
american le tyaso gareko bhaye america le khoji hidcha ra?thagnu ramro hoina tara aba nagarnu bhanera choda huncha..bholi aru le tyasio nagaruna
मन परे हरियो, नपरे रातोः
0
1
के सुन्नु पर्यो हरे भगवान , एउटा सानो गल्ति ले गर्दा आब आफ्नो सारा जीवन नै खराब बनायो, त्येअसैले भन्छन नि अर्का को श्रीमती र अर्काको पैसा मा कहिले आँखा नलाउनु, आफुलाई मात्र नभई सर परिवार लै सङ्कट मा पारेछ.
मन परे हरियो, नपरे रातोः
1
1
यो भन्दा धेरै ठग ,चोर त् हाम्रो देशमा कत्ति छ,कति तर तिदरुलाई,किन खोज्दैन समाउदैन?पंकज ले त् देश लाई कुनै नेपालीलाई ठगेको थिएन नि ,,,किन नेपाल पुलिश लाई चै टेन्सन भाको होला ….पंकज भन्दा ठुलो चोर त् नेपाल पुलिश नै हो त्,,,,….कतै पंकज ले ठगेको पैसा अलि अलि भेटिन्छ कि भनेर होला नि ,,,,,,पाए देखि नेपाल पुलिसले आफै ठगथ्यो,,,,,,,,,होला?
मन परे हरियो, नपरे रातोः
2
4
ठगेको डलर ले पोल्दैन ,,,पोल्ने भए नेपाली रुपैया ठग्ने नेता ,कर्मचारी, पुलिसहरुलाई पोल्नु पर्ने त् ?पोलेको कहिले पनि सुनिएको छैन त्…….पोल्दैन पोल्दैन ,,,,डलर त् जति पनि ठगे हुन्छ,,,नेपाली बाहेक अरुलाई त् ….
मन परे हरियो, नपरे रातोः
0
5
अमेरिकाले संसारलाई लुटेर धम्काएर नै धनि भाको त् हो नि…. पंकज ले ठिकै गर्यो,,,, तर अलिक बुद्धि पुराएन ब्रो ले ,,,
मन परे हरियो, नपरे रातोः
0
5
यो भन्दा धेरै ठग ,चोर त् हाम्रो देशमा कत्ति छ,कति तर तिदरुलाई,किन खोज्दैन समाउदैन?पंकज भन्दा ठुलो चोर डाकु त् रिसी धमला होइन र ?पंकज ले त् देश लाई कुनै नेपालीलाई ठगेको थिएन नि ,,,किन नेपाल पुलिश लाई चै टेन्सन भाको होला ….पंकज भन्दा ठुलो चोर त् नेपाल पुलिश नै हो त्,,,,….कतै पंकज ले ठगेको पैसा अलि अलि भेटिन्छ कि भनेर होला नि ,,,,,,
मन परे हरियो, नपरे रातोः
0
2
आनि बिचारा त्यस्तो कालो न कालो फलाम कूटने जस्तो बुढाको पैसा पो खारै छ अनि कसो भलो हुन्छ त? अलि गतिलो, धनि, खाइ लाग्दो कुइरे गोरे को झ्याप्पारेको भएपो? लौ ब्रो तिमि नराम्रो संग फस्यौ. तर पैसा भए कानुन सानुन पुलिस सुलिस सब ठिक ठाक नहुने त हैनन, तर पनि त्यो बिचरा बुढोको अनुहार हेर्दै माया लाग्दो छ, ठगे लुटे धुते चोरे पनि आफु भन्दा गतिलो को ठग्नु लुट्नु. त्यो आफूजस्तै अझै आफूभन्दा तल्लो को त के त्यसो गर्नु हौ पाप लागछ यार.
मन परे हरियो, नपरे रातोः
1
0
धन देखे पछी शिवजीको पनि तेस्रो नेत्र खुल्छ रे भन्छन! उ त फगत लोभी मनुवा पर्यो १० लाख डलर झाप मर्न पाउँदा के बाँकी मान्थ्यो! मुख्य कुरो पहिला नै नेपाली भने पछी संसार का प्राय देशले होचयाउने! नेपाली गरिब नै भए तापनी डाका र बेइमान न हुन पर्ने!
समस्या यहि नेर छ!
मन परे हरियो, नपरे रातोः
1
2
पैसा नै सप थोक होइन रहेछ | अब पंकज लै जसले नि Blackmail गर्छ | जिन्दगि भर भागेर बस्न नि सकिन्न !
मन परे हरियो, नपरे रातोः
3
1
पंकज अब २०-२५ लाख नेपाली येसो हुम्ला जुम्ला तिर स्कूल लाइ दिनु अनि आफु गुमनाम बस्नु तेही हो उपाय अमेरिका लाई ठगेको भा राम्रो हुन्थ्यो अमेरिकाने लाई ठगेर अलि राम्रो गरेनौ.
मन परे हरियो, नपरे रातोः
3
1
He would better had flown to South America where it would had been easy to start a business as he could easily get another pass. Of course its very hard to gain self control when one gets that amount of money. Thats what you get when you are not careful. Now it will be very hard for him to come back to a normal life and regretting will be useless as he couldnt think at a time where he should had. Hope he get courage to start another version of life.
मन परे हरियो, नपरे रातोः
1
2
हेल्लो , सम्मर खड्का जी तपाइको
कुरामा म सहमत छु तर उसले अरुलाई ठग्नु नै चोर्नु सरह हो.
मन परे हरियो, नपरे रातोः
0
1
नेपालमा समातिए यांही कारबाही हुनुपर्छ ,सुपुर्दगी गर्नु कानून बिपरित र देशको कमजोरी देखिनेछ.
मन परे हरियो, नपरे रातोः
4
2
नेपालमा कति ठगहरु छन् यस्ता बिचरा एक नेपाली ठिटोलाई किन यति बिना खेदो लगाएको सबैले |समात्ने भए देशका ठुल्ठुला ठगलाई समाएर जेल हालन नेपाल प्रहरीका साथीहरुले | सक्नेले देशनै बेचेर खाईसके जाबो चिट्ठाको कुरा त्यो पनि चोरेको त होइन नि तेस्ले त……………….? कि कसो साथीहरु…………..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
सम्मर खड्काजी
धन्दा नाम्मानुस पंकज जी ले पक्कै गोबिन्द राज जोशि सिट सल्लाह लिने छ अनि गोबिन्द राज ले नेपाल सरकार लाई थेंगा देखाए झैँ पंकजले पनि देखाउने छ/
मन परे हरियो, नपरे रातोः
2
2
एदी तपाई पंकज को ठाउँ मा भएको भए के गर्नु हुन्थ्यो? पैसा नै सबै ठोक मान्ने अमेरिका मा त्येस्तो चलाख्यै गर्नु स्वभाभिक हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
16
Raj answer that question please!!
मन परे हरियो, नपरे रातोः
2
7
Mr, Raj,
I don’t think you are responsible. I am sorry for saying this but for sure you are not thinking in a rational way. You know well that what Pankaj did is not a good work. I am wondering that you are still supporting him. I agree you feeling toward a Nepali, and you should have that too, but he is criminal. Can I ask you one question? What would you feel if you would have won lottery and someone would do the same thing to you what Pankaj did. Its not the question of where and how he did, but the fact is what he did. Can you imagine what might be feeling other Nepalese who are working there? For example, I am telling you one example. I went to the store to do some groceries. There was an Indian guy. He asked me where I am from though he was not supposed to ask me that question, but he might thought that I am from India too. I replied him I am from Nepal. As soon as I replied, he started telling me the same story that was published here. I was so embarrassed. I could not say anything because I had no reply and then I just walk out. So, please, I want you to be rational and not only government or police should try to find him, we also need to be a good citizen and hand over such criminal to the court. I agree that there are a lot of crminals are walking free out in the town, but this does not mean that we should let them do whatever they do. Moreover, The person, who did such a crime is the US , can’t he do the same thing in Nepal, too because his mind is already corrupted. So, we need to be very careful.
मन परे हरियो, नपरे रातोः
11
6