अर्थमन्त्री सुरेन्द्र पाण्डेले यसै साता एउटा कार्यक्रममा गरेको भाषण अहिले चर्चाको विषय बनेको छ। नेपाल राष्ट्र बैँक कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर छल्नका लागि नेपालका धनाढ्य व्यापारीहरुले केसम्म गर्दा रहेछन् भन्ने खुलासा गरेका छन्। अर्थमन्त्रीका अनुसार कतिपय संस्थामा तलब खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत (सीईओ) एक्लैले लिएर बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीलाई दिने गरेका रहेछन्। उनको भनाईका केही बूँदाहरु यस्ता थिए-
-पारिवारिक कम्पनीहरुमा आफै सीइओ बस्ने, मासिक तलक बीसौँ लाख रुपैयाँ लिने, श्रीमति, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरिरहेका छन्। यसरी भएभरको कमाई आफैले मात्र खाने चलन देखियो।
-आम्दानी जति तलब, भत्तामा आफैले खाएर कम्पनी चाहिँ घाटामा देखाइन्छ।
-कम्पनी घाटामा गएको देखाएपछि कर तिर्नुपरेन। त्यसैले आम्दानी जति परिवारले तलबमा खान्छन् र लेखा परीक्षणमा घाटा देखाउँछन्।
-आफू, श्रीमती, छोराछो र नाति पनातिसम्म लाखौं खाने अनि मजदूरलाई दिन पुगेन, कम्पनी घाटामा छ भन्ने चलन देखियो।
- कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो।
- माथिल्लो र तल्लो तहमा रहेको यस्तो असमानतालाई छाडा रुपमा सरकारले छोड्न सक्दैन।
यसका लागि सरकारले के गर्दैछ त ? अर्थमन्त्रीका अनुसार अब तलबमा देखिएको यत्रो ठूलो अन्तर नियन्त्रण गर्न तयारी सुरु भएको छ। पारिवारिक कम्पनीमा पनि तलब कति लिन पाउने भन्ने सीमा तोक्ने तयारी सरकारले गरेको छ। निजी क्षेत्रका बैँकका सीईओले लिन पाउने तलब र सुविधाको पनि सीमा तोक्ने तयारी राष्ट्र बैँकले गर्न लागेको छ। निजी बैँकका यस्ता सीईओको तलब नेपाल कै जागिरेमध्ये सबैभन्दा बढी हुने गरेको छ। वाणिज्य बैंकका सीइओहरुले प्रतिमहिना पाँच लाखदेखि १५ लाखसम्म तलब सुविधा लिने गरेका छन्।
स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजीत मुण्डलले २०६४/६५ मा एक वर्षमा १ करोड ७७ लाख रुपैयाँ तलब बुझेका थिए। यसबाहेक मोटरलगायत अन्य सुविधा त्यसमा जोडिएको छैन। नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष तथा कार्यकारी निर्देशक पृथ्वीबहादुर पाण्डेले गत वर्ष वार्षिक तलब १ करोड २८ लाख रुपैयाँ बुझेका थिए। उनको घरको बिजुली पानी टेलिफोन पत्रपत्रिका बीमा रकम पनि बैंकले तिर्छ। चालक, सवारी साधन र यसको मर्मतसमेत बैंकले तिरेको छ। बैंकको नाफाको आधारमा पाउने बोनस यसबाहेक छुट्टै छ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पनि बैंकबाट ८७ लाख तलब र अन्य सुविधा लिन्छन्। हालै राजीनामा दिएर मेघा बैँकमा गएका नबिल बैंकका पुराना सीईओ अनिल शाहको वार्षिक तलब अन्य सुविधा बाहेक ८० लाख थियो। लक्ष्मी बैंकका सीइओको वार्षिक तलब ९९ लाख९० हजार, सिद्धार्थ बैंकको ९४ लाख ४५ हजार ४८९, एनआइसी बैंकको ७८ लाख ६१ हजार, कुमारी बैंकको ६७ लाख ७० हजार, बैंक अफ काठमाडौंको ६० लाख, माछापूच्छ्रे बैँकको ५९ लाख १२हजार८००, डेभलपमेन्ट क्रेडिट बैंकको ५५ लाख ७९ हजार र सिटीजन बैंकका सीइओको ५२ लाख १५ हजार ५३२ थियो।
Related posts:










ठीकै हो जसले जे गरे पनि गरुन आफुले टाउको ढुखाउनु मात्र हो जस्तो लाग्छ
मन परे हरियो, नपरे रातोः
0
0
धन्यवाद सालोक्य जी,
नेपालमा पनि बिदेसी सी इ ओ हरुलाई समेत मत खुवाउने गरि तलब खाने रहेछन भन्ने कुरा आज मात्र थाहा भयो हुनत नेपालमा तलब कम हुनु पर्छा भन्ने त होइन तर बिदेसमा जस्तै आम्दानी अनुसार को कर तिराउने र कर छल्न नपाउने खालको कडा व्यवस्था हुन जरुरि छ. अझ हामी जस्ता बेइमानी नेपाली हरुलाई त बेलायत लगायत अन्य देसमा जस्तै तलब थप्दा खेरिनै कर छुत्येरा दिने व्यवस्था हुनु जरुरि छ. नत्र बदमासी मानसिकता बोकेका हामी नेपाली ले कर छल्न अनेक उपाय निकाली हालिंछा
मन परे हरियो, नपरे रातोः
1
0
Talab nitima sudhar hunu paryo . Public compani management ko star(shreni) tokne byabastha hunu paryo nepal sarkarko bisista shreni ko karmachari ko talab lai adhar mani tyo bhanda badhi talab khane lai progresive tax lagaune byabastha baye yasto karya swata niskriya hun6a.
मन परे हरियो, नपरे रातोः
0
0
गतिलो नीति नियम नभए पछी यस्तै हो | कडा नीति नियम ल्याएर यस्ता कर छल्नेहरुलाई कालो सुचिमा तुरुन्तै जाकी हाल्नु पर्छ र अत्यधिक तलब हुनेलाई ५०% सम्मको कर लगाउनु पर्छ, भनेर मात्रै भएन क्यारे, नीति नियम बनाउने नेताहरु सबै कुर्चीको लडाइमा व्यस्त, हामी कराउदै गर्छौ पिना सुक्दै गर्छ |
मन परे हरियो, नपरे रातोः
1
0
प्रतिसधात्मक पूजींबादी स्वतन्त्र बजारमा आधरित अर्थ ब्यबस्थाको नियतिनै हो यो।
स्वतन्त्र अर्थ ब्यबस्थामा राज्यको भूमिका अनाबस्यक (necessary evil) हूने भएकोले यसमा सरकारी हस्तक्षेप ब्यक्ती स्वतन्त्रतामा हस्त्क्षेप भएको ठहर्छ भन्ने लोक्तान्त्रिक मान्यता छ। यस्तो ब्यबस्थामा हस्त्क्षेप गर्नु भनेको समाजबादि मा कम्युनिष्ट बन्नु हो।
मन परे हरियो, नपरे रातोः
0
0
येस्ता मोटा बिराला (Fat Cat) जुन Director र CEO को रुपमा छन् र नेपाली कम्पनी हरु लाई घाटा मा देखाई अधिकतम फाइदा लिएका छन् तिनीहरु लाई तह लगाउन का लागि नेपाल को कर प्रणाली लाई केहि सुधार गरिनु अति अनिवार्य हुन्छ ति Fat cat हरु ले पाउने जुनसुकै सुबिधा(benefit in kind) र तलब भत्ता लाई समाबेस गरि प्रत्येक वर्षा Individual tax return गर्न लगाउने नीति नियम को तर्जुमा गर्ने र तेस्लाई effective रुपमा लागु गरि तेस्को effective tax assessment गर्न सक्यो भने तेस्ता कमि कमजोरी हरु हट्ने र देश को राजस्व पनि बढ्ने हुन्छ र साथै तेस्ता ठाउँ मा काम गर्ने कर्मचारी हरु को पनि काम को सुरक्षण हुन सक्ने मनोबल बढ्ने हुन्छ
मन परे हरियो, नपरे रातोः
0
0
शेयरवालाहरुको बिश्वास जितेर आफ्नो क्षमताले कुनै पनि किसिमको कम्पनिबाट तलब खाएमा सरकारको किन टाउको दुखी राखेको / कि सबै ट्यालेन्टहरुलाई देश बाट खेदेर विदेश बाट म्यान पावर ल्याएर चलाउने विचार छ कि मन्त्रि र नेता हरुको / किनकि येसरी नेपाली कम्पनि हरुमा बिदेशी लाई जागिर दिन पियो भने राष्ट्रिय बाणिज्य बैंक मा जस्तो कमिसन को कमै हुन्छा नि कि कसो मन्त्रि र नेता ज्यु./ तपाई हरु को दिमाग सार्हो फोहोर छ / सफा गर्नुस बरु / ऐले देश मा नाफा का संस्था भनेको बैंक हरु नै हो किनकि त्यहाँ भ्रस्टाचार हुदैन./ कारण दक्ष जनसक्ति छ./ नेता हरु जस्तो गनाएका छैनन / धेरै खोइ के भनु जति भने पनि घिता घाम लाग्ने होइन..
मन परे हरियो, नपरे रातोः
1
3
राजब्रो तपाई मलाई चिन्नुहुन्न होला म तपाइलाई चिन्छु | तपाई जस्तो मुम्बइमा हाकिम हुन पाए २ नम्बरी नगरी पैसा कमाइन्थ्यो होला | तर हामी त नेपालमा छौ | यहाँ तपाई जस्तो काम पनि गर्नु पर्दैन | अलि अलि दिमाग लगाए पुग्छ | हामीलाई जे गरे पनि कसैले छुने होइन | नेताहरु चुनाबको बेलामा हाम्रो शरण नपरी हुन्न | राजब्रो यदि तपाइलाई इर्श्या लग्यो भने तपाई पनि बैंक खोल्नुस मोज गर्नुस | नत्र भने आफ्नो काम गर्नुस र हामी देश लुट्न दिनुस | कसले पो लुटेको छैन र यो देश ? मौकामा त चौका हान्ने हो नि |
मन परे हरियो, नपरे रातोः
0
0
कती हास्यप्रद…, साथिहरु एस्मा मात्र सीईओ लाइ होइन सबै भन्दा पहिले सरकार ले आफ्ना कर का कर्मचारी माथि कारबाही गर्नु पर्छ किन भने क़ानूनी रूप बाट हेर्दा कर का कर्मचारी को मिलो मेतोमा यो सबै काम हुने गर्छ | कर का कर्मचारीहरुको आय को छानबीन नै सबै भन्दा पहिलो स्टेप हुनु पर्छ | मेरो मतलब यो होइन की सीईओ लाइ छोड़ दिने, तिनीहरुलाई ता काराबास को सजाए दिनु पर्छ यदि मुनाफा लुकएर कुम्लायेका छन भने | गलत काम गर्ने कर्मचारीहरु लाइ तुरुन्त निकल्नु पर्छ नत्र म यो सम्भब देख्दिन की सरकार ले येसको नियंत्रण गर्ने छ भनेर | कतिलाई साचो लाग्ला कातिले बिस्वास नगर्लान, सत्य यो हो की नेपाल को कर्मचारीतंत्रमा एउटा भयानक रोग छ जसको निर्मूल हुन आति आवास्येक छ नत्र एस्ले सिंगो देश नै खाडल मा हाल्ने छ | कर्मचारीहरुले पाएसम्म सिधै नापाए दुई पिपासु (नेता र ब्यापारी) बिच को मद्धेस्त को काम गरी खाने (कमिसन) गरीरहेका छन र खाई रहेका छन यो एक कटु सत्य हो |
मन परे हरियो, नपरे रातोः
3
0
होइन सर नेपाल माँ
पनी यत्रो तन्नाखा हुदो रहेछा सी. यम. को बड़ा बड़ा देश
माँ पनी हुदैना इंडिया जस्तो देश माँ पनी २/३
लाख भन्दा बड़ी तन्नाका हुदैना तेश मद्धे बता पनी २० परसेट टेक्स कट्छा रा हातमा तन्नाखा औदा २ लाख भन्दा पौदैना, ओहो
नेपाल ता धेरै धनि होइछा,
,
मन परे हरियो, नपरे रातोः
1
1
साथीको हिन्दी मन पर्यो |
मन परे हरियो, नपरे रातोः
0
0
सङ्गम जी ले के भनेको हो? यस्तो अन्ध बिरोध गरेर कमेन्ट गर्न भयन, अर्थ मन्त्रिले त यौटा तथ्यांक सबैलाइ देखाई दिए, अब यसमा केहि नियम बिधि पुराउनु पर्यो र मजदूर र सरकार दुवैलाइ घाटा नाउने कम गर्न हामी सबै ले प्रेस्सुरे दिनु पर्यो, राम्रोलाइ राम्रो अनि नराम्रो लै नराम्रो भन्नु पर्चा नि होइन र?
मन परे हरियो, नपरे रातोः
2
0
ठगनेले ठग्न सके ठगे ठिक गरे यो हेर्ने काम त सरकारले हो नि सरकार आफै कतिबेला कहाँ के हुने भन्ने थाहा छैन के सोच्छ त्यतातिर सबैलाई आफ्नै चिन्ता छ
मन परे हरियो, नपरे रातोः
1
2
पहिले-पहिले गोदाम, कारखानामा निकै आगो लाग्ने गर्थ्यो । कर छल्नका लागि मालिक स्वयम्ले नै आगो लगाउन लगाएको भन्ने सुनिन्थ्यो । विगत केही समययता यस्तो आगो लाग्न किन कम भएको रहेछ भन्ने कुरा परिवार नै जागिरे र लाखौं तलबभत्ता खाने कुराबाट थाहा पाइयो ।
ल ठीकै छ, सरकारले छाडा छोडेको अवस्थामा निजी व्यवसायीहरूले लाखौं तलब सुविधा लिए/दिए पनि औंलो ठड्याउन पाइएन । तर, सर्वसाधारणको शेयरबाट सञ्चालित बैंकका कार्यकारीहरूको किन त्यत्रो तलब सुविधा ?
मन परे हरियो, नपरे रातोः
3
1
अति उत्तम कुरा, धनि झन् धनि हुने, गरिब झन् गरिब, कोहि लाख खाने कोहि भोकै मर्ने..यहि हो कहिँ नभाको लोकतन्त्र ? कसै को करोडौं को दरबार र महल, कसै को छाना छैन, अनि देशमा आन्दोलन नगरे के गर्ने?
मन परे हरियो, नपरे रातोः
0
1
बैंक का सीईओ हरुले पाएको तलब को नियम अनुसार सर्कार लाई कर बुझाये का छन भने सर्कार लाई टाउको किन दुखेको ? उनीहरूले नियम विपरीत तलब लिन्छ्न भने sarkarle kehi garna saknu parchha . athwa नियम hunu paryo yeti bhanda badi तलब lina paidena bhaner. हामी नेपाली हरुमा सबै कुरा लाई नकारात्मक पक्छा बाट हेर्ने बनी छ त्यसो नगरो
मन परे हरियो, नपरे रातोः
0
1
हो साथी हरु येस्तै हो . क गर्नी त नेपाल क चोर हरु र दलाल ले गर्दा गरीब हरु को रगत खायर बिरालो जस्तै मोटायर बसेका छन् .तेसो हुदा नेपाल का पार्टी हरु खास गरि ए मा ले ल गर्दा नै एस्तो भयको हो .सरकार को कुन्ये कम छैन सरकार बाट राजिनामा दिदा राम्रो हुन्छ .
मन परे हरियो, नपरे रातोः
0
2
पार्टी हरुलाई गोप्य रुपमा चन्दा दिई राख्यो भने कुनै पार्टीको सरकार आय पनि माखो मार्न सक्दैनन् | गोलमाल गर्ने जुक्तिहरु धेरै हुन्छन |
मन परे हरियो, नपरे रातोः
4
1
यसरि तलब लिनेहरुले यदि कोहि रोजगारी नपाएको व्यक्ति त्यो पनि काठमाडौँ मा हो भने र त्यो कम्पनी मा कम दिनुपर्यो भने १ महिनाको मासिक खर्चको लागि यसरि खर्च विवरण बताउछन/
१. मासिक कोठाभाडा रु. २०००/-
२. ग्यास रु. १०००/-
३. बिजुली र पानी रु. १०००/-
४. खाना खर्च रु. ४०००/-
५. माइक्रो भाडा रु. १०००/-
६. दैनिक खर्च रु. १०००/-
जम्मा खर्च रु. १०,०००/-
अनि यताउता गरि १२,०००/- तलब दिने भनेर भन्छन, यो आम नेपाली बेरोजगार हरु ले भोग्नुपर्ने तितो यथार्थ हो, उनीहरुको तलब पनि यहि सिनारियो मा तोक्ने कि?
मन परे हरियो, नपरे रातोः
0
5
कसरि घाटा भयो सरकार लै मैले त बुझ्न सकिन है.
कम्पनी को नाफा बाट आउने कर अब सी इ ओ र अन्य ठुला पोस्ट को कर्मचारी को आयकर बाट आउने भयो हैन र?
मन परे हरियो, नपरे रातोः
2
1
ke garunt sirkarle kehi garna sakne hina jasko sakti usko bhakti jasle dhukha garchha tesaile khanchha
मन परे हरियो, नपरे रातोः
0
0
कृपया छिटो भन्दा छिटो कन्ट्रोल गर्नु पर्यो ! नत्र भने sarbashadharadle dukha paucha hai. belai ma bichar garnus mantri ji…..
मन परे हरियो, नपरे रातोः
1
1
यो बिश्वब्यापी चलेको गलत परम्परा हो, अमेरिका लगायतको देशहरुमा यस्ता प्रवृति पाइन्छ र त्यसलाई नेपालीले पनि अनुसरण गरेछन/ जे होस् आजभोली त्येस्ता परम्पराहरुलाई अंकुश लगाउने उपायस्वरूप अधिकतम तलब सुबिधा निर्धारण गर्ने, घाटामा गएको छ भने बोनस बाड्नु नपाउने प्रचलन पनि चल्दैछ, अब त्यो पनि नेपालीहरुले अनुसरण गर्नु पर्यो, नराम्रो मात्रै सिकेर हुन्न राम्रो पक्ष्य पनि सिक्नु पर्यो/
जे भए पनि सर्बसधरंको सेयर भएको सस्थामा त यो आर्थिक अपराध तुल्य हुन्छ त्येसैले त्येस्ता कुकार्यहरुलाई रोक्नु चाडो भन्दा चाडो नया नया नियम कानुन आउनुपर्यो र कार्यान्बयन पनि हुनु पर्यो/ बिधयिकहरु जति डान्स गर्नु, CDO चद्काउनु, फूलमाला ग्रहण गर्नु, बन्द गर्नु मा मात्र ब्यस्त हुनु भएन/
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातोः
8
1
नेपालमा कर्मचारीको यती धेरै तलब हुँदोरेहेछ, पहिलो चोटि थाहा पाए, जानकारी गराइदिनु भएकोमा धन्यवाद ।
मन परे हरियो, नपरे रातोः
4
1
yehi ta ho ni garib deshka dhani raja bhaneko data show garera hoina yo asamanta lai rokna saknu parcha tara kasle……
yo duri dekhera FM surendra pandey bhando ho kash mai bhi kisi private bank ka CEO hota
मन परे हरियो, नपरे रातोः
1
1
मोटो बिरालोले न मुसा मार्न सक्छ न त चौकीदारी नै | त्यसैले मोटो बिरालोलाइ सिक्रीले बाँधेकै बेश | देशका अढाई करोड जनताले महिनामा पाँच हजार कमाउदैनन यिनीहरुको तलब यति धेरै! काम पनि के नै गर्छन र यिनीहरु? जग्गाको भाउ आकाश्याउने बाहेक | यिनीहरुको तलबमा ५० प्रतिशत कर लगाउनु पर्छ र त्यो पैसाले देशको बिकाश गर्नु पर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
Dont think so!!! Everyone got what they deserve!! kasile kam pauna sakcha tara badi paudaina…. Those who evade Income Tax should be bound to tax with Strong law and rules…and the CEO’s ..they have earned with their work, skill and talent…and they are paying tax in that income as well…so i dont think anyone should have any objection on that!!!
मन परे हरियो, नपरे रातोः
1
1