Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

ल है अर्को मन्त्रीको चर्तिकला देखियो

prakashsharanmahat

ऊर्जामन्त्री महत

एउटी मन्त्री चन्दा चौधरीले गाडीको शिशा फोरेकी थिइन्। अर्की मन्त्री करिमा बेगमले सीडीओलाई कुटेर चश्मा फुटाइदिएकी थिइन्। आज अर्को एउटा मन्त्रीको कारण झण्डै कुटाकुट भयो। यसपालि मन्त्री पुरुष थिए- कांग्रेस कोटामा जलस्रोत मन्त्रालय फुटाएर बनेको उर्जा मन्त्रालय सम्हालिरहेका प्रकाशशरण महत।

घटना स‍ंविधान सभाको राज्यको शासकीय स्वरुप समितिको बैठकको हो। तीन मुख्य दल तीनतिर भएका कारण समितिले आगामी संविधानमा कस्तो शासन व्यवस्था हुने भनेर मस्यौदामा लेख्‍न सकिरहेको थिएन। माओवादीलाई निर्वाचित शक्तिशाली राष्ट्रपति चाहिने, काँग्रेसलाई संसदले चुन्ने कार्यकारी प्रधानमन्त्री चाहिने अनि एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने। कुरा नमिलेपछि मतदानबाट निर्णय गर्ने भएछन्। आजको मतदानअघि कांग्रेस र एमाले मिलेछन्। एमालेले स‍ंसदले चुनेको तर निश्चित अवधिसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने प्रधानमन्त्रीको विषयमा सहमति गरेछ।

समितिमा कांग्रेसको ८ र एमालेको ८ सदस्य रहेछ। माओवादी एक्लैको भने १६ सदस्य रहेछ। बाँकी स-साना दलका थिए।

माओवादीको प्रस्तावको पक्षमा १८ मत र विपक्षमा २० मत परेछ। कांग्रेस र एमालेको संयुक्त प्रस्तावमा भने पक्षमा १६ र विपक्षमा २० मत परेछ। कांग्रेस सभासद प्रदीप गिरीले भने आफ्नै पार्टीको प्रस्तावको विपक्षमा मतदान गरे। संविधान सभामा दलको ह्विप नलाग्ने व्यवस्था छ। तर आफ्नै पार्टीका सभासदले पार्टीको धारणाविपरीत मतदान गरेको यो पहिलो अवसर थियो।

समिति सभापति थिए सम्भु हजारा दुसाद। उनले सबैभन्दा बढी मत पाएको प्रस्तावका बारेमा जानकारी दिन खोजेका मात्र के थिए उर्जामन्त्री एवं कांग्रेस सभासद् डा. प्रकाशसरण महतले कागज खोसेर च्यातिदिए। अनि त तनाव भइहाल्यो। कसो कुटाकुट मात्र भएन।

मतदानले पनि प्रस्तावको टुंगो लगाउन नसकेपछि अब स‍ंविधान सभाका अध्यक्षलाई यो विवाद टुंगो लगाउने जिम्मा दिइएको छ।

खासमा समितिले पेश गर्ने मस्यौदा नै अन्तिम हैन। यसलाई संविधान सभाले दुई तिहाई बहुमतले पारित नगरेसम्म काम छैन। स‍ंविधानका प्रत्येक धारा दुई तिहाई बहुमतले पारित गर्नुपर्छ। तर समितिको मस्यौदा मात्र पास गर्दा नै मुख्य तीन दलबीच यस्तो कुटाकुटको जस्तो स्थिति आउँछ भने भोलिपर्सि कस्तो स्थिति आउला ? गज्जब छ !

Related posts:

  1. फेरि अर्को मन्त्रीको चर्तिकला देखियो
  2. अर्को 'पागल' प्रेमीको चर्तिकला
  3. अर्को 'नाटक'- माअ‍ोवादी मन्त्रीको राजीनामा स्वीकृत
  4. अर्को मण्डले मन्त्रीको 'महावाणी' सुन्नुस्
  5. नयाँ प्रदेश र राजधानी थाहा पाइराखौँ है

60 comments to ल है अर्को मन्त्रीको चर्तिकला देखियो

  • Binod Chhetri

    रामसरण को नियत नै खराब छ नि . के गर्ने साथि हो यस्ता नेताहरु भएपछी .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bikram

    हैन येसरी देश को विकास कसरि हुन्छ .येस्तई हो भने इनिहरु ले सम्भिधान पनि च्यात्न ke बेर,तेसैले साथी हरु हामि सबै मिलेर यी नेता हरु लै च्यात्ने हो कि !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बिद्याभुषण

    यो नियत नै भ्रष्ट्राचार गर्ने भनेर फुटालेको जलस्रोत मन्त्रालयका मन्त्रीहरु कस्ता हुन त। अहिले पैसा लेराउ हैन भने नियम सियम यी छोटे राजा हरुलाई लाग्दैन। पैसा नदिने जति लाई प्रकास सरण र बाल कृष्ण खाँड दुबैले नियम बिपरित सरुबा ठोकि हाल्छन। बानि नै छोटे राजा को भै सकेकोले जहाँ पनि त ब्यहोर त्यस्तै हुने भयो नि।
    अहिले अख्तियार ले छानबिन गर्न सके गरेर हेरोस त यि दुई भ्रष्ट मन्त्रीहरु तथा यिनिहरुका आसे पासे हरुकोको संप्पत्ती । यिनि हरुको कृयाकलाप देखे पछि प्रदिप गिरी जस्त मानिस हरुलाई आफु काग्रेस भन्न लाज लाग्छ होला।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • सुइरे

    थुक्क महत तेरो बुद्दी !!!
    तिमीहरु जस्तो झारे बुद्दिहिन पाखन्डी र स्याल को दाई भन्दात हुंडारकै राज ठीक छ, कमसेकम स्यालले झै हुंडारले जनताको कुखुरा त छोर्दैन र जङलको राजा सँग टक्कर लिने र लड्ने हिम्मत राख्छ हुडारले, तिमीहरु जस्तो स्यालत बागको खोल वोडेर अरुलाई तर्सायर राजागर्ने अनी कुखुरा चोर्ने सताउने अनी आफु भन्दाठुल्ओ र शक्तिशाली शिंहत के कुकुर देखेपनी सास नफेरी सुइकुच्चा ठोक्ने, तिमर निर्दो लाई न्याक्ने बलियाको पाउ ढोक्ने पाखन्डी हो। प्रचन्ड जस्ता देशको लागि युद्द गरेका ब्यक्तित्वो हरुको बिरुद्दमा मुख बाट गुं नवोकाल्दा राम्रो हुन्छ गन्दगी हरु, समाजअंा दुर्गान्ध फैलाउन र भ्रम फैलायर आफ्नो दाई गर्न बन्द गरेस।

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • Nabin Prakash

    yo deshkai durvagyo ho Ramro ra asal neta janmauna saken. Rajniti bhanekai Durzan ko bhela bhayeko 6 mitra khoi bairab aryal lai samjheko ?
    Chori chakari nagari Chaturyai hunna .
    Danga fasad na gare Ijjatai rahanna .
    Sojha ra Sajjan kawai na linu dalaima .
    Parti Chalauni Sadhai Chal au Balaima .
    Afu harne nischit bhaye pachhi mahat ji ko kadam thikai mannu paryo hoina ra .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रकाश सरन होइन चोर डाका फटाहा हो त्यो नत्र भने आफ्नो हर लाई मान्न नसक्ने भयपछी केको नेत्ता भनेर जनतालाई झुकायारा आफ्नो दुनो सोझायेरा बस्ने भात्तुवाको के कुरा गर्ने ? कांग्रेस र इमाले भनेको नेपालको लागि दुस्मन हो त्यसैले यस्ता हरुलाई देश निकाला गर्नु पर्छा सथिहो बेलैमा विचार गरोइहै

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • ER ADHIKARI

    मनाब हरुको जमघट भयमा सहि सल्लाह ,सहि विचार को प्रस्फुतित हुन्छा. तर कुकुरहरुको भेट भयमा कोपरना ,लड्न ,कुएकिन थाल्नु स्वाभाविक नै हो . नेपाली सत्ताको हाड चाट्न भिददैछान भुस्याहा कुकुरहरु .यिनीहरुलाई हाडमा बिस हालेर नासिद्याय नेपालको मासु पलौदैन
    पढ्दै मा मानिस बौद्धिक हुदैन र र कपाल फुल्दैमा मानिस बुढो हुँदैन भन्ने कुरा सांचै रहेछ | जो चरितार्थ गरि रामसरण महत द्वारा देखाइयो तुलनात्मक रूपमा पढेलेखेका भन्दा अनपढ हरु विवाद गर्दा गालि र अपसब्ध लिन्छन तर यी पढेका भनाउदा किन एस्तो गर्छन ह ? नेपाली मा भनाई छ नि ” कि पढेर जानिन्छ कि परेर जानिन्छ ”
    यी त पढेर पनि अनपढ पो रहेछन हुन त राजनीति फोहोरी खेल हो जित्नु उसको लक्छ्य हुन्छ जसरि पनि ” नेताहरु गु खान थाले हौ के गर्ने होला प्रभु !!!!!!!1

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajes

    त्यो कुन हैसियेत को मान्छे हो र प्रकाश सरण महत . तेस्को दिमाग नै ठिक छैन . मानसिक होस्पितल मा लगे हुने हो नि कुकुर लाई. कोंग्रेस्सी लाई पत्तासाफ हुन्छौ भन्ने डर छ नि त . जनता को रगत चुस्न पौदिनौ कि भन्ने . तर प्रकाश सरन पागल हो ………….. कोंग्रेस्सी हरु भुसिया कुकुर हुन्

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • मनाब हरुको जमघट भयमा सहि सल्लाह ,सहि विचार को प्रस्फुतित हुन्छा. तर कुकुरहरुको भेट भयमा कोपरना ,लड्न ,कुएकिन थाल्नु स्वाभाविक नै हो . नेपाली सत्ताको हाड चाट्न भिददैछान भुस्याहा कुकुरहरु .यिनीहरुलाई हाडमा बिस हालेर नासिद्याय नेपालको मासु पलौदैन

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bikash rai

    प्रकासमान महत त चोरको चंडल पो रहेछ आफ्नो स्वार्थ बाहेक केहि पनि नसोच्ने हैन भने ति अनन्य सभासदले दिएका मतको परिणामलाई किन च्यात्न पर्ने के ति अनन्य सभासदहरुको चाही कुनै मतलब छैनत अनि फेरी हैन भने किन उसले पसुपतिको बदरको जस्तो व्यवहार गर्नु पर्ने येस्ता हरुलाई देसबाट बाहिर लखेट्नुपर्ने हैन र?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Himalaya Sharma

    देश रास्त्रपतीय पद्दति मा गएको राम्रो / कार्यकाल ५ बर्ष अमेरिका जस्ती गरे राम्रो सबै नियम कानुन बिकाश शिक्षा सबै

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • दुर्गा प्रसाद खनाल पांचथर

    पढ्दै मा मानिस बौद्धिक हुदैन र र कपाल फुल्दैमा मानिस बुढो हुँदैन भन्ने कुरा सांचै रहेछ | जो चरितार्थ गरि रामसरण महत द्वारा देखाइयो तुलनात्मक रूपमा पढेलेखेका भन्दा अनपढ हरु विवाद गर्दा गालि र अपसब्ध लिन्छन तर यी पढेका भनाउदा किन एस्तो गर्छन ह ? नेपाली मा भनाई छ नि ” कि पढेर जानिन्छ कि परेर जानिन्छ ”
    यी त पढेर पनि अनपढ पो रहेछन हुन त राजनीति फोहोरी खेल हो जित्नु उसको लक्छ्य हुन्छ जसरि पनि ” नेताहरु गु खान थाले हौ के गर्ने होला प्रभु !!!!!!!1

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • saarathi

    ‘ramro lai ramro ra naramro lai naramro bhanna sakne ability chha’ bhanne haru [KESU, NIK JEE] ko comment kata chha khoi? result sweekar garna nasakera sheet nai chatne neta ko nirbastra sarir ma kapada odhaudai ta hunuhunna katai?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Mahendra

    I wan’t punch him.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Narayan Adhikari

    काँग्रेसको बुद्धि घुचुकमा हुन्छ | हिर्काउनुपर्छ दरो यसको घुचुकमा अनि आउछ कांग्रेसको बुद्धी ।

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • roshan,tokyo

    डा.महत भन्नाले डाक्टर प्रकाशशरण महत भनेको त डाका प्रकाशशरण महत पो परेछ |

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • arjun shrestha

    नेता ज्यूहरूलाइ जनताको आग्रह,
    नेपलको राजनितिमा संसदिय प्रणालीले नेपलको राजनितिमा अस्तिर्ता भएको हुदा,राष्ट्रपतिय पधतीमा जानुपर्ने र
    राष्ट्रपति:- प्रत्यक्ष निर्वाचित राष्ट्रपति, राष्ट्रपतिको कार्य अबधि ४ वर्ष र २ पल्ट उठन पाउने
    प्रधानमन्त्री:- संसदवाट निर्वाचित प्रधानमन्त्री,

    प्रथम,समानुपातिक प्रणाली खारेज गरि प्रत्यक्ष प्रणाली २०५ सिट मात्र कार्यनयण गर्नु पर्ने,
    यदि,समानुपातिक प्रणाली कार्यनयण गर्ने हो भने, समानुपातिक र मनोनित सभासतहरूले
    प्रधानमन्त्रीको पद र मन्त्रीमन्डलमा नोमिनेसन गर्न नपाउने र विना विभागिए मन्त्री राखन नपाइने Agenda संविधानमा लेखिनु पर्ने

    मन्त्रालयको हकमा:- मन्त्रालय टुक्राउन नपाइने,

    अर्जुन श्रेस्ठ, कोरिया

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • prakirti

    जब मानिस संग बौद्धिक रूपमा तर्क गर्न सक्ने शक्ती हराउछ अर्थात् तर्कहीन हुन्छ अनि उ गालि गलोज र हिंसामा उत्रिन्छ | तुलनात्मक रूपमा पढेलेखेका भन्दा अनपढ हरु विवाद गर्दा गालि र हिंसाको सहारा लिन्छन भन्ने ठानिन्छ, तर यो घटनाले त पढ्दै मा मानिस बौद्धिक हुदैन र कपाल फुल्दैमा मानिस बुढो हुँदैन भन्ने कुरा चरितार्थ गरिदिएको छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 0

    • बीर

      प्रकृतिजी तपाइको कुरो १६रै आना मुनासिब | तर अस्ति तपाईले पनि मलाई एकपटक गाली गर्नु भयो नि | सायद याद होला never mind हा हा हा

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sunil

    राम्रो के भएछ भने डाक्टर साहेबले मतदान पत्र च्यातेछन्। सबैलाई थाहा छ उनी डाक्टर साहेब नाम अगाडी डा लेख्छन्। राम्रो कुरो हो, नाम अगाडी डाक्टर लेख्न पाउनु। ईज्जतै हो। तर कुरो के भने डाक्टर सहेब नाम अगाडी डा बाहेक अरु केहि लेख्दैनन्। लेख्दैनन् किनकी पढ्दैनन्। अब सोचौ पिएचडी गरेको मान्छेमा केहि ज्ञान त हुन्छ। उ पढ्छ, अनुसन्धान गर्छ र एउटा दृष्टिकोण सहितको मान्छे हुन्छ उ। तर मैले कुरा गरीरहेको डाक्टर साहेब पिएचडी झुन्डाएको कुमान्छे हो। उस्ले जिवनमा गुन्डागर्दी बाहेक केहि जानेन्। तर उ बाठो थियो। नकक्ली पिएचडी झुन्डायो । गुन्डा पृष्टभुमी र नकक्लीनै भए पनि पिएचडी नेपाली राजनितीमा हाबि भईहाल्यो।
    तपाईहरुलाई लाग्छ यसले उर्जा सम्बन्धिकेहि जानेको होला? केहि नजान्नेले केहि दिदैन्। उस्ले गुन्डा गर्दि जानेको छ सोहि दियो। भलो होस् त्यसको। जनताको भलो होस म भन्न सक्दिन किनकी यो र यो जस्ता बदमाशहरु हाललाई हाबि छन् तर समय बलबान छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • Deepak

    जेल मा थुन यसलाई यस्ता नेता थुक्क.

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

    • kanji thapa/korea)

      नेपालमा चोर ,फटाहा,अनैतिक काम गर्ने जस्तालाई नेपालमा कानून बनेको छैन रहेछ नि हो साथी! कुनै अपराधको सजाय दिनु भन्नू त नेपालमा परालको आगो भन्नू जस्तै होl जसले जे अपराध गरेपनि हुँदोरहिछ………..!

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • khatri diamond

    यस्ते हो नेपाल माँ पहिला डॉ रामशरणले चेतेका हुन अहिले डॉ भाईले जो मंत्री भयो तेसैले पालो पालो ६

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • डा.जेम्स होंग ली

    प्राप्त समाचार सत्य भएको खण्डमा नीज डा. महतले देखाउनु भएको भनिएको कार्य पंचायती व्यवस्थाका परिपालकहरुले समेत गर्न नसुहाउने कार्य हो |काग्रेस पार्टी स्वयम एउटा राष्ट्रिय अल्च्छिनाहरुको दल भएको छ जहा बदमासहरुलाई काखा र इमान्दारहरुलाई पाखा लगाईएको छ |एमाले बी माले भएको छ जसको बहुदलीय जनवाद सारमा बहुदलीय धनावादमा परिणत भएको छ |वागमाती ,विष्णुमती र एमालीविच केही फरक छैन |सुन्दा मात्र पवित्र नाम!माओवादीहरुमा खाओवादीहरू पसिसकेका छन् |मसाल कलह कसरी बसालको प्रतिक बन्या छ भने फोरमले नेपालको तराईलाई कसरी फोरौ भन्दै छ|यस्ता कामहरुले पन्चहरुलाई हैसन्च भएको छ |सबै जोगी कानै चिरेका भन्ने उखान चरितार्थ भएको छ | म प्रवासी नेपाली भएर पनि घरावासीहरुको बारेमा यति कुरा भन्न वाध्य भएको छु |

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • शरद यु. के.

    यिनै कांग्रेस चोरले गर्दा त देश यो दुर्दशामा पुगेको हो | के गर्नु जनताको पार्टी भनेको एमाले पनि अहिले त्यसैको पुच्छर भएर हिडेको छ | सबै भन्दा रद्दी भनेको एमाले हो अहिले नेपालमा र माकुने चाही चोर |

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • sanjaya

    पुल्चोक इन्जिनीयरिंग कलेजमा २०६० सालको स्व. बि. यु. निर्बाचनमा एक ने.बि. संघका साथीले आफुहरु हार्ने निश्चित भए पछी मत गणना कै क्रममा ४२ वटा मतपत्र च्यातेका थिए , त्यहिँ तल्लो स्तरमा झरे उर्जामंत्री पनि/ पहिलेका मन्त्रीहरुले गरेको क्रियाकलापलाई त अनपढ भनिन्थ्यो तर यी त झन तल गिरेको व्यवहार देखाए/

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • THAPA RAJBARSINGHA / CANADA

    यी सबै कुकुर हरु हुन्

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • madan bajracharya

    सिशा फुटाउन र चड्कन लगाउनुले मात्र व्यक्तिको गिरेको नैतिकता दर्साउँछ/ चुनावको नतिजा च्यात्नुले त् प्रजातन्त्रकै उपहास गर्दछ, तानाशाही संस्कार दर्साउँछ/ तर बिचरा माकुने ले गर्न सक्छ; उ आफै तेस्तै छ/ भोलि बनेको संबिधान पनि येस्तै कसैले च्यात्छ; येस्तैको भिद्लेत बनाउँदैछ संबिधान पनि/

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • shreesh thapa

    घटिया विचार रघतिया कम सबै यी तराई बासीले नै गरेका छन् शिशा फुटाउनु कुट्नु अनि अहिले कागज च्यात्नु कानको तल कन्सिरिमा बजाउन नपाएको चित्त नबुझे कुरा राखे भयो नि पुरा आफ्नो नियत देखाउनु पर्ने कस्तो पट मुर्ख

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Deshbhakta Kamal

    प्रजातन्त्र भनेको अपराधीलाई सजाय हुनबाट रोक्ने व्यवस्था पो रहेछ भन्ने कुरा पछिल्ला घटनाले पुस्टि गरिसकेका छन् . जनताको विस्वासको घात गर्ने यी तथाकथित जन-प्रतिनिधिहरुलाई आफ्ना मतदाता नेपाली नागरिक र नेपालको भविष्यप्रति कुनै चासो छैन. यिनीहरुको चासो भनेको कसरी सत्तामा पुग्ने र कसरी सत्तामा टिकिरहने भन्ने मात्र हो. यो कुरा सबैले राम्रोसँग बुझिरहनुपर्छ . यति कुरा राम्रोसँग बुझेपछि यिनीहरुको लुछाचुडी र तानातानको अर्थ बुझ्न कत्ति पनि कठिन हुनेछैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • kiran v.k.

    Now a days constitution assambly members seems like fight between dog and cat.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • यस्ता त छ देशका नेताहरु के सरकार मा बसिरहनु कुर्सि छोर्डदा भैहाल्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • ROSHAN ARYAL (AUSTRALIA , SYDNEY)

    नमस्कार
    जस्तो भय पनि निर्बाचन बाट हरुवा हरु रास्ट्रपति ,प्रधानमन्त्री ,उपप्रधानमन्त्री ,मन्त्रि जे पनि बन्न मिल्ने बनायत चोर नेताहरु लाई डर पनि नहुने भागबण्डा मा पालो पनि आउने , कहिले झगडा नै हुदैननै ?
    यी चोर सरम नभयका आचरण हीन नेताहरु नेपाली सोजासाजा जनता लाई ठगि खाने हुन्
    उर्जा मन्त्रि भयर होला मन्त्रि महत बाट उर्जा उत्पन्न भयको तपाई को उर्जा बिजुली तिर लगाउनु होला कमसेकम बिजुली त बल्छ
    धन्यवाद

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • lux

    सबै उस्तै ६न् कसलाई दोस दिनु र??

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • krishna gopal shrestha

    प्रिय मित्र हरु,
    जय नेपाल ! ! !
    कस्तो कस्तो मात्र खबर सुन्नु परेको हो नेपाल को।
    हे कपुत हरु तिमीहरुलाई लडाईं झगडा गर्न संबिधान सभा को सदस्य बनायको हो र नेपाली जनता ले,
    त्यस्तो गर्ने हो भने निस्केर आउन चौ बाटो मा , अनी थाहा पाउने छौ को कत्ती बलवान छ भन्ने।
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • बास्तबमा भन्ने हो भने यीनीहरु संबिधान बनाउन गएका नै होइनन, खाली पैसा कमौना मात्र गएका हुन्, दुइ बर्षमा टन्न कमाउने जनताको पैसा मा मोज गर्ने हेतुले गएका हुन् यी | खाली पदका लागि लड्छन | अनि सबै मिलेर संबिधान लेख्ने भन्छन तर सबैको फरक मत छ यही ताल हो भने त लेख्लान त यीनीहरुले संबिधान ???
    २ बर्ष होइन १० वर्षमा पनि संबिधान बन्ने छैन जनताले चाहे जस्तो संबिधान, लाग्छ अब बन्ने संबिधान जनताले चाहे जस्तो होइन नेताहरुले चाहे जस्तो पो हुने भो त ! गज्जब छ बा !

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • मगर

    जानेरै भनेका रहेछन तेरो घरमा काङ्ग्रेस पसोस

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

    • MOONA

      १००% पक्का भन्नु भो कांग्रेश र एमाले भन्ने पार्टी हरु त नेपाल र नेपाली जनता हरु को दुश्मन हो अब सबै ले देश निकाला गरि दिनु पर्छ भ्रस्ट हरु को जमात ….

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 4

  • Tirtha

    सम्पादक जिउ भानुहोस के मेरो माओबादी को विरुद्ध मा समाचार लेक्न हुन्न कि कशो पहिले पनि नो कमेन्ट वह्य

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 12

  • Tirtha

    किन माबोदी को विरुद्ध मा कमेन्ट लेखादा किन अउदैने

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 14

  • अब निर्बाचित परिणाम लाइ पनि स्वीकार गर्दैनन् भने त नेपाली जनता ले के नै गर्न सक्छन र. हुन त यो कुरा संबिधान सभाको चुनाब देखि नै देखियको हो. जनता ले माओबादी लाइ सबै भन्दा बढी मत दियर ठुलो दल बनाय अनि त्यो ठुलो दल लाइ सरकार गठन गर्न ४ महिना लाग्यो यस्तै चर्तिकला ले गर्दा.निर्बाचन परिणाम स्वीकार गर्ने हो भने त यो समस्यै औदैनाथियो नि. कांग्रेस को र प्रकाससरन को बुद्धि देखेर हासो उठ्यो. धन्य छ प्रकाससरण जस्ता नेता नेपालि जनता ले पाय को मा.अब गर्ब गर्ने त होला नि त्यस्ता नेता नेपालि जनता ले पाय भनेर.

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 6

  • रोहित

    प्रकाश दार्इले ठिक गर्नु भएछ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 16

  • suman

    समाचार दाता ज्यु , तपाई को समाचार साचिकै एउटा पत्रकार को जस्तो छ किन भने तपैले पनि तेही धर्म निभाउनु भाको छ जुन प्राय धेरै जसो ले गर्दछन . कुनै पनि घटना न घट्दै तेस्लाई घटी सकेको जस्तो रुपमा हल्ला गर्नु तपाई हरु को सम्मानित पेसा नै हो

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • jiban

    नया बन्ने संविधानले अबको चुनाब पछी बन्ने सरकार चार बर्ष को लागि स्थिर हुने ग्यारेन्टी गर्नु पर्दछ | मिश्रित चुनाब प्रणाली ले गर्दा कुनै पनि पार्टी ले एक्लै बहुमत ल्याउन सक्ने अवस्था छैन अहिलेको परिप्रेक्षमा | एस्तो अबस्थामा स्थिर सरकारको परिकल्पना के कुनै पनि नेताले सोचेका छन् ? (अमेरिकामा कांग्रेस र सिनेट मा अल्पमत भए पनि चार बर्ष को कार्यकाल जुनसुकै रास्ट्रपति ले पुरा गर्न सक्छ ) | सधै संख्याको खेल र सरकार ढाल्ने खेल मात्रै खेल्ने नेता र पार्टीलाई दबाब कसरि दिने ?अहिले यस्तो दबाब कसरी दिन सकिन्छ हामी नागरिक हरुको तर्फ बाट ? पार्टी र नेताहरु कतिसारो स्वार्थी र पटमुर्ख हुदैछन, यिनीहरुले देश र जनतको बारेमा किन सोचिरहेका छैनन् ? हामीले यिनीहरुलाई खबरदारी गर्न ढिला हुन लागि सक्यो | सहमतिमा सरकार बन्ने प्राबधान अन्तरिम संबिधान बाट नझिकेको भए आज संबिधान बन्दछ कि बन्दैन भन्ने स्तिथि हुने थिएँन | अब कसैलाई दोष दिने भन्दा पनि बिगत बाट सिक्न नेताहरु र पार्टीहरु लाई जनताले व्हिप जारी गर्नु पर्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • mohan

    मानब सभ्यता नै नभएका मनिष हरु समसद मा गएका छन् तिनीहरु लै हामीलाई के को लागि जनता ले जिताएर यहाँ पठाएका हुन् भन्ने कुरा नै थाहा छैन / साले जुन्गले मा बस्ने बादर हरु बरु बादर लै त थाहा छ जस्तो लाग्छा खाली सानो कुरा मा न्यु बनायर झगडा मात्र गर्छन यिनीहरु लै के थाहा जनता हरु क पिर मर्का हिजो खुट्टा मा चप्पल नहुने हरु आज तिनै जनताको रगत पसिना मा बहुमुल्य पर्ने गाडी चढी हिद्छां अब त फेरी भोट मग्न आउदा सब जनताले लठ्ठी दिनिपर्छा किन भन्दा जो गएपनि त्यस्तै हो नेपाल मा त उही पुरनो सिस्टम नै ठिक जस्तो भन् सबै जनता को मन मा पर्न थाली सकेको छ कम से न्याय त मिल्थ्यो/ कि कसो हो सथियो/

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

  • Prem Gurung

    उहिले गोर्खा को लिगलिगकोट मा तल खोला बाट दौडेर माथि लिगलिगकोट मा जो छिट्टो पुग्छा त्यहिँ व्यक्ति राजा हुन्थे रे तेस्तै इनिहरु ६०१ जना लाइ पनि बालाजुको फेदी बाट दगुराउने र नागार्जुनको टुप्पामा जो पहिला पुग्छा तेस्लाई रास्ट्रपति, दोस्रो हुनेलाई प्रधानमन्त्री, तेस्रो हुनेलाई उपप्रधानमन्त्री एबम रितले मन्त्रीहरु बनाउने सिस्टम बसाल्नु पाए कसो हुन्थ्यो होला? माइला दाइ ले पनि मज्जाले हेर्नु पौने थियो, एसो गरे कसो होला?

    ए साथि हरु यो युनिकोड मा आकार कुन दबाउनु पर्छा?

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • बीर

    मन्त्रि त्यसमाथि पनि डा. जस्तो नेताले यस्तो अभद्र व्यवहार गरेको अशोभनीय हो, त्यो भन्दा त बरु कुटाकुट नै गरेको भए संसार भरिको मेडियामा नेपालको नाम आउथ्यो नि, अनि नेपाल सबै तिर प्रसिद्ध हुन्थ्यो होला |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

  • जीवन घिमिरे

    येश बाट के देखिन्छ भने नेपाली काँग्रेस परिबर्तनको लागि कति कम्जोर छ र कुरा आनुसार कति काम गर्छ | अरुले धेरै राज्य सिफारिस गरेको बिरोध गरेर कम राज्य बनाउने कुरा गर्दै आयको काँग्रेसले आफैले सबै भन्दा धेरै राज्य बनाउदा आफ्नै खिल्ली आफै उडाई राछ| फेरी उस्ले अहिले सम्म पनि सिमा बिनाको राज्य सिफारिस गर्नु भनेको काँग्रेस संबिधान बनाउन र देश बिकाश गर्न गम्भीर छैन भन्ने देखिन्छ | अरुलाई दोष दिनु भन्दा कांग्रेस ले अब आफ्नो तयारी पुरा गर्नु पर्छ |
    गोवेर्न्मेंट बनाउने मात्र होइन देश बनाउन पनि लग्नु पर्छ | सत्ता को मोह छोडेर जनता को कम तिर लाग्यौ भने तिमीहरु को हित हुने छ नत्र समय को खयाल नगर्दा याक देश को कथा बन्नु पर्ला |

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 2

  • नेता ओ नेता नेपालका सबै उस्तै हुन् जसले जे भनुन जनतालाई सबै थाहा छ तर के गर्नु टुलु टुलु हेर्नु सिवाय भन्छन नि जुन जोगी आएनी कानै चिरेको

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Hillman

    नेपाली कांग्रेसमा भएका प्रया नेता हरु, कहाँ नेता हरु कहा हुन् र? यी त धेरी जसो डाँका र गुन्डा हरुका नाइके हरु हुन्! नेपाली कांग्रेसमा नेता हरु भई दिएको भए जनआन्दोलन पछी लामो समय सम्म सत्त्तामा रहेका ईनीहरुले सत्ता चलाउदा देशको यो हालत हुने थिएन! कांग्रेसी नेता हरुले एकातीर प्रजातन्त्रको नाउमा राष्ट्र लाई गरिबी भ्रश्ताछार, अन्न्यायको बन्दी बनाएका छन् भने अर्कोतीर यसरी प्रजातान्त्रीक पद्दतीको र प्रक्रियाको दोहोलो कदछांन! यस्ता बेईमान हरु पनी कहीं नेता हुन्छन ? यिनीहरु गुण्डा, डाँका हरुको नाइके हुन्!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 10

  • neeraj

    प्रकाश सरन तिमि राजिनामा देउ / नालायक

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 6

  • amrit israel

    हाम्रा देस का मन्त्रि हरुलाई लड्न लगाउने जसले जित६ उसको पक६म समिधन का धारा लेक्ने गरे कसो होला नया नेपाल को बलियो नेता पनि चुनिने कसो साथी !

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 8

  • Prince Ranabhat

    हाम्रो देस को नेता हरु किन होला आफ्नो ब्यक्तिगत फाइदा भन्दा माथि उठेर देस लाइ सही निकास दिन न सकी राक्या को होला हर दिन एउटा नाटक गरि राकनी यो भन्दा बरु यो सबै नेता हरु लै चिडिया घर मा राखे र बरु देस विदेश बाट नेपाल घुम्न आयको लाइ बिना सुल्क हेर्न दिनु पर्नी बिना काम ६०१ जना लाइ यतिकै पाल्दा देस ले धान न न सक्नी भयो बरु २/४ महिना यसो चिडिया घर मा बस्यो वानी अलि कै सिक्नी थियो कि ? यी नेता भन्दा त बरु पशुपति को बादर बरु अलि अनुससिथी छ जस्तो लाग्छ म लाइ त |
    हाम्रो देस को नेता हरु त १८ सताब्दी को बदर भन्दा पनि गिर्य को भयो बरु आज भोलि को बदर हरु मा बरु आपस मा मिल्या र बस्नु पर्छ भनि कुरा को ज्ञान छ ६०१ जना त मेल्या र बस्न सक्दिन वानी ३ करोड नेपाली जनता लाइ कसरि मिल्या र रकना सक्छ होला तेस मा पनि अनेकता मा यकता भय को हाम्रो जस्तो देस मा . उफ्फ्फ़ दिक्क लाग्छ सम्जिदै | हे भगवान लौ न यी नि हरु लै छिटो शत बुद्धि देउ | या हामी जनता लाइ यति बल देउ कि यिनी हरु को पुचार मा माटी तेल लाग्या र कोइ लै चीन तिर कोइ लै इंडिया तिर कुदौना सकु |
    जय नेपाल माता
    यीनी हरु लाइ कुछ नै आता

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 8

  • mahesh

    अब के गर्छन त छाडा कुकुर नेताहरु !!!!!! खाली झगडा गरओ बसो लाज नभाको लबस्तरा हरु !!! येसो देश को लागि केहि होस् भन्नु त कता हो कता आफ्नो स्वार्थ र फाइदा को लागि मात्र मरिमेट्ने!!!
    होइन हामी जनता नै कस्तो तेस्ताको पछि लागेर नानाथरी काम गरो हिड़ो!!!
    हामीले हामीलाई नै प्रस्न गर्ने बेला आको छ साथि हो र इनिहरुको पछि नलागी आफै नै देश को सेवामा समर्पित गर्नु पर्छ अन्यथा देश को दुर्गति को जिम्मा नेतालाई मात्र होइन हामीलाई पनि जान्छ….
    उही देश को भक्त
    महेश सुबेदी
    डेनमार्क बाट

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 14

  • saroj

    नहुने मतिले चोयेको६ हाम्रा नेता हरु लाई सबै ले मेरो गरु को बार्है टक भनेर सिंग जुधाउने हो भने ………………..?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 8

    • krishna gurung

      U.S.A. मा ओबामाको लोकप्रियता (Aproval Rating) ७० बाट झरेर ४८ मा आईपूग्यो । यस्तै लोकप्रियता नेपाली नेताहरुको पनि जाँचिन्छ कि ? यदी जाँचिन्छ भने कुन नेताको लोकप्रियता कती होला? यदी जाँचिदैन भने एक पटक जनसर्वेक्षण लिने कि? शायद प्राय जसोको लोकप्रियता ० नै हुन्छन होला ।

      मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

  • Prem Gurung

    डाक्टर को ठाउँमा मैले चोर भने, चोर महत ले पेपर च्यात्नु को कारण के हो? जनता ले बुझी सके नि नियत! येस्ता चोर लै नेपाल बाट नै लखेट्नु पर्छा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 23

Leave a Reply

 

 

 

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes