Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यस्तो पनि देखियो

Protest Against Indian Agression
आज बिहान काठमाडौँको सहिदगेटनजिकै टुँडिखेलको पर्खालमा यस्तो ब्यानर देखियो। मान्छेहरु यो ब्यानरलाई मुन्टो फर्काइ फर्काइ हेरिरहेका थिए। देश, जिल्ला र सहर बन्दको आह्वान गरिएका ब्यानर, पर्चा, पोस्टर त धेरै देखेको थिएँ, तर यसरी दूतावास रहेको इलाका बन्द गर्ने आह्वानसहितको ब्यानर भने पहिलो पटक देखेँ।

यो मोर्चाका कार्यकर्ताहरुले लैनचौर त के बन्द गर्न सक्थे र। उनीहरु दूतावासमा ज्ञापन पत्र बुझाउन जाँदाजाँदै प्रहरीले समातेर खोरमा पठाइहाले। बिहान ११ बजे पक्राउ परेका उनीहरु १५ जनालाई साँझ मात्रै छाडिएको थियो।

lainchaur1

lainchaur2

Related posts:

  1. बन्दमा यस्तो पनि देखियो
  2. आन्दोलनमा यस्तो पनि देखियो
  3. नारायणहिटीको निषेधित क्षेत्रमा यस्तो देखियो
  4. चिडियाघरमा यस्तो देखियो
  5. यस्तो देखियो माओवादीले रिङरोड घेर्दा

32 comments to यस्तो पनि देखियो

  • tulsi

    सत प्रतिसत समर्थन !!!झिनो भएपनि न्याय को लागि आवाज उठ्यो ,यो आवाज ले त्रिभुबन घंकियोस |बिस्तारबादी हरुको मुख सुकोस |
    आफुलाई बामपन्थी भन्दै भारतीय हरुको ताबेदारी गर्ने ,आफुलाई प्रजातान्त्रिक भन्दै इन्डियन हरुसग पोइला जानेहरु सबै मुर्दाबाद ||

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • हो हामी मुखले मात्र राम्रो कुरा गर्छौं ,बेबहारमा त्येस्लाई उतार्दैनौं l

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • santosh neupane

    विश्वभर शान्तिको विगुल फुक्ने शान्तिका अग्रदुत गौतम बुद्ध नेपाल को कपिलवस्तुमा जन्मेको सर्वविदितै छ । गौतम बुद्ध नेपालका एक इश्वरमात्र होइनन विश्वमा बौद्ध धर्म मान्ने सबैका एक साझा इश्वर हुन ।

    हाम्रो देश नेपाल शान्तिप्रिय पुन्य भूमी गौतमवुद्दको देश जसलाई सिंगो नेपालको एकिकरणकर्ता पृथ्वी नारायण शाहले चार वर्ण छत्तिस जातको साझा फुलवारीको उपमा देएका थिए । हो यहि साझा फुलवारीको पूर्व, पश्चिम र दक्षिणी भागबाट भारत र उत्तरतर्फ चीन गरी दुई ठूला ठूला मुलुकहर रहेका छन् अर्थात नेपाल दुइ ढुंगाबीचको तरुल को रुपमा सदैव पिल्सिएर रहेको छ । उत्तरी मित्रराष्ट्र चीन जुन वौद्द धर्मको वाहुल्य रहेको देश मानिन्छ उसबाट नेपाललाई त्यति बाधा अथवा कुनैपनि हस्तक्षेप नगरिएको सिंगो इतिहाँस नै साँक्षी छ तर पूर्व, पश्चिम र दक्षिण तिनतिरबाट वन्दक वनाईरहेको कथित मित्रराष्ट्र भारतले आफ्नो विस्तारवादी निती अनुरुप हाम्रो देशको सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गर्दै आइरहेको छ । पूर्व मेचि देखि पश्चिम महाकालि सम्म का सिमाना हरुमा आक्रमण गर्दै दिन प्रतिदिन हस्तक्षेप गर्दै आएको छ । त्यसको अलावा राजनैतिक हस्तक्षेप खुल्ला सिमाको कारण हुने अनेकौ डकैति, चोरी, पैठारीहरु त भइरहेकै र पचाइरहेकै कुराहरु थिए तर अहिले आएर धार्मिक रुपमा पनि हस्तक्षेप गर्ने दाउँ खेलिरहेको छ । अनि बुद्ध भारतमा जन्मेको भनेर दाबि गर्न थालिसकेको छ । कथित हिन्दि फिल्म चाँदनी चौक टू चाइनामा उसले सम्पूर्ण रुपमा वुद्दलाई भारतमा जन्माइरहेको दुस्साहस गरेको छ । उक्त फिल्म नेपाली सेन्सर वोर्डले व्यान्ड पनि गरेको थियो र अनेकौ विराधाभाष नाराहरुपनि लगाइएको थियो ।

    त्यस्तै पछिल्लो समयमा आएर भारतले कपिलवस्तु जिल्ला नजिकै आफ्नो क्षेत्रमा कपिलवस्तु ठाउँ नामाकरण गरेर गौतम बुद्ध भारत मा जन्मेको प्रमाणित गर्नको लागि दुरुस्तै स्थान को निर्माण गर्दैछ भन्ने कुरा संचार माध्यम मा आएको छ । यो सरासर नेपालको सार्वभौमता माथि विदेशी हस्तक्षेप गरेको हो । तथापि नेपाल का नेताहरुलाई चासो त छदै छैन साथै हामी युवा वर्ग मा पनि चासो कम हुदै गएको छ जुन एकदम दुर्भाग्यपूर्ण कुरा हो

    यस्मा हातमा हात मिल्यर यो आन्दोलन लै थप उर्जा पर्दान गर्न्यी पर६ जुन देश बचुने हरुलाई यक्दम महत्वपुर्ण रहेको छः
    वेल्जियम
    सन्तोष

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

    तसर्थ यस्मा हामी सब्यिले पूर्ण समर्थ न जनुनु जरुरि रहेको छ नेपालमा बन्द अन्दोलान नगरी नेताको कानमा पर्द्यिन तर यो अन्दोलाना देशको लागि हो तसर्थ हातमा हात मिलेर सब्यिजन लग्यु
    वेल्जियम
    सन्तोष

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • gopal

    जब सम्म सुजाता कोइराला जस्ता कुकुर हरु नेपाल मा हुन्छन तब सम्म जे गर पनि केहि हुन छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • madan bajracharya

    क्या बित्यासको कारयेक्रम ल्याएछ यी बजियाहरुले, हाम्रो देसको प्रधानमन्त्री श्री श्री श्री माधव कुमाए नेपाल जी ले हाम्रा उप प्रधान मन्त्रि उतिबेला विदेश मन्त्रि भएको बेला र कान्ग्रेस्स्का अर्को डाक्टर अर्थ बिग्ये भू. पु. बुदेश मन्त्रि अर्थ मन्त्रि नेता राम शरण महर आदि सबैले आधिकारिक तवरले नै भारतिय राज दुत सुद्कै बोलीमा भनि सके कि भारतले कहीं कतै सिमा मिचेको छैन, मात्र सुस्ता र कालापानी दुई ठाउँमा मात्र अलिकति बिबाद छ भनेर/ अब हैसियेत भएका सबैले सिमा मिचेको छैन भन्दा भन्दै तेस्ता सदके हरुले भनेर हुन्छ र?

    भारत् हाम्रो इतिहाश काल देखि को मित्र, उनीहरुको भगवान हाम्रो भगवान उनीहरुको नेता हाम्रो नेता, देसमा कहिले परिबर्तन ल्याउने कुन प्रधान मन्त्रि बन्ने देखि कसरि देशको नदीनाला मा बाँध बनाएर नेपाललाई पनि लोटा भरि भरि पानि दिने आदि समेत गर्ने गर्दै आएको महान छिमेकी रास्ट्रको एस्तो बिरोध गर्नु झन्डै रास्ट्र द्रोह गर्नु बराबरी को अपराध गरे यी बजिया हरुले/

    एस्तो वाहियात कामले भारत् रिशायेर तराई टुक्राउनु पर्छ भन्ने जय कृस्ण गोएत ज्वाला सिंह आदि सबैलाई नेपाल फर्काई दिए कत्रो आपत् हुन्छ, के गर्ने तेतिबेला हाम्रा बिचरा भिम रावलले न थुन्न सक्छ न समात्न सक्छ/ एस्तो देश देश द्रोही हरु समेत लाई लाई भारतमा राखेर हाम्रो गृह मन्त्रीलाई झन्झट बात बचाई राखेको, एती मदत गरेको गुण पनि सम्झनु पर्ने नेपालीले/

    हामीनै बुध्धु पनि मुर्ख पनि, भारतले कति चोटी मात्रै भन्ने, कि नेपालमा शान्त र बिकाश को लागि नेपालले उनीहरुसित भुटानले जस्तै सम्झौता गर्नु पर्छ भनेर/ हामि कुरै नसुन्ने/ उल्टै एस्तो बिरोध गर्ने/ होयिन एस्तो त् गर्नु भएन हाम्रा त्यो ८६ बर्ष पुगेको बिमार गिरिजालाई कति गारो हुन्छ कुरो मिलाउन, बल्ल टनकपुर दिएर भारतलाई अलि रिझाए/ फेरी को आयो त्यो भारतलाई क्रुद्ध गराउने तत्वो हरु, तेती पनि सोच्दैन अब नेपाल सिट दिन मिल्ने अर्को नदि कुनै छैन के गर्ने अनि गिरिजाले हिमाल दिने कुरो मिलाउन ?

    बजियाहरु फेरी मरिचमानको पालामा जस्तो नाकाबन्दी गरिदेला अनि खाला नुन तेल/ देसमा नुन तेल नपाए खानाको स्वादै हुन्, जाबो त्यो कता कुनाओ सिमा मिच्यो भनेर कराउने/

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • lmagar

    नेता हरुको त के कुरा पो गर्नु जुन सब्दले भने पनि कमै हुन्छ. युवाहरुको आवाज देश भक्ति भाबना हरु मा समर्पित छ.सास हुन्जेल आस हुदो रहेछ.कदम हरुलाई लाल सलाम जय नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Prem

    ग्रेअटर नेपाल भनेको हामी नेपालीहरुको सपना हो. तर भारतीय बिस्तारबादले हामीलाई बचेको नेपालमा पनि आखा गाडेको छ. त्यति मात्र कहाँ हो र नेपाल भित्रका नेताहरु (भारतीय ददालले ) यौ प्यारो देशलाई संघिय गणतन्त्रको नाममा तुक्र्युना खोज्दै छन्. ग्रेअटर नेपालको सपना देख्नेले संघियताको कुरा गर्नेलाई पहिला सिध्यौना पर्छा. हम्रु छर जात छात्तिश वर्णको देशलाई जातिको नाममा टुक्राउने होइन कि. नेपाली भन्ने यौटै जाति को रुपमा एककृत गर्नु पर्छा.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • लाल सलाम कमरेड योदेसको लागि हमिलेकेही गरेन भने यो फटाहाहरुले केहि गर्नेवाला छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • बल्ल हामी नेपाली yak भयौ
    अब इंडिया सित लड्नु पर्छ अब
    नेपाली जनता लाई दुख दिनी होइन
    इन्डियन धोति हरु लाई दुख दिनी
    हो है इंडिया धोति मुर्दाबाद नेपाली
    जमिन ‘भुमि ; फिर्ता गर > अनि नेपाल
    को बालुवा ‘गिटी; लगेर इंडिया को बाटो
    बनाउन पाईदैन इन्डियन ट्रीपर सबै जलाउनु
    पर६ ल त मेरो पनि १००’/. सहमत छ है
    उमाकान्त
    मलेशिया उमाकान्त _ ime@yahoo.com

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Harke

    बिरोधको सैलीमा नया प्रयोग….! अझ त्यो दुताबाश अगाडिको बाटो मात्रै बन्द गरे (तेही धर्ना बसे) कसो होला ?

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • MAHARJAN bimal

    ओहो म त छुट्ने भए नि, बिदेशमा भाको भर, तर मेरो यो कार्येक्रम लाई पूर्ण समर्थन छ | आशा गर्दछु, सम्पूर्ण नेपालीहरु येस कार्येक्रम मा सहभागी हुने छन् |
    जय नेपाल, जय नेपाली, जय नरेश !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Raag

    Indiale Simana Micheko Satya Ho, Tara Kati Kasari Kaha Kina Michchiyo Tyo Janakanakari Sampurna Nepalilai Thaha Huna Aawasyak Chha, Tesko Lagi Simabidharuko Samlagnatama Purano Naksha Sahit Hamra Sarkar Pramukhharuko Nakama Dori Lagaera Tyo Naksha Jhundyai Bhaebharko Medialai VDO Camerama Kad Garai Indialai Janakakari Garaune Ra Nasune Aantarashtria Kanun Aanusar Janu Parla.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • nepathya

    भारत को बिरोध मा लैनचोर बसी लै बन्द को उपहार दिएकोमा मेरो पनि समर्थन छ/ येस्तई अरु बन्द हरु जसले भारतलाई खासै असर गर्दैन तर नेपाली जनतालाई असर गर्ने सम्पूर्ण बन्दमा मेरो समर्थन छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • बीर

    भारतीय अतिक्रमणको बिरुद्ध आवाज उठ्नु एकदमै राम्रो कुरा हो तर यस्तो सानो तिनो बिरोध गर्नु भनेको भैंसीको अगाडि बिणा बजाउनु बराबर हो | त्यसैले यस मुद्दालाई बन्द हडताल भन्दा कुटनैतिक माध्यमबाट समाधान गरे बढी प्रभावकारी हुनेछ र जनताले पनि दु:ख पाउने छैनन | तर हाम्रो नेताहरुलाई यो काम गर्न कहाँ फुर्सद छ र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 2

  • भुत्रो को बन्द गर्नु !! लैनचौर मा बन्द गर्दा भारतीय दुतावास मा कति दबाब पर्छ भन्ने सोचे को छौ ,? कति न कति !!
    पररस्ठा मन्त्रालय को कुन पद को मान्छे यो कुरा को बारे मा भारत संग बार्ता गर्नु पर्छ हो त्यो मान्छे पत्ता लागएर तेस्लाई दिन को १०० ओटा को दर ले पत्र प्रेसित गरम न बोरु
    के का बन्द र संन्द !!

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • पुष्प

    … त्यसदिनमात्र होइन, सधैंका लागि बन्द गर्दा उचित हुनेथियो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • Sujana

    पहिलो कमेन्ट एकदम राम्रो छ । लामो लेख्नै पर्दैन । बिरोध हुनु पर्छ । हाम्रा सीमा मिच्न पाइन्न । चाहे चीन चाहे भारत ।

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • krishna

    इंडिया ले सिमा अतिक्रमण गरेको बिरुद्धमा लैनचौर
    बन्द को म समर्थन गर्छु
    जनता हरु जागरुक भय नेताहरु को पनि घैंटामा घाम लग्थ्यिकी?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • सुरज श्रेष्ठ

    हामीलाई भारतीय अभिनेत्री र सुन्दरी धेरै मनपर्छ, तर भारत !
    भारतीय सामान धेरै उपयोग गरिन्छ र मनपर्छ, तर भारत !!
    गोत्र हराए काशी (भारत) जानु न्याय हराए गोर्खा !!!
    भारतीयको व्यवहारले गर्दा भारत नमनपर्ने भएकोले हाम्रा राजनीति गर्ने (चोर नेता) हरु भारत विरुद्ध कुरा गरि जनता को वोट लिन्छन तर दिल्लीमा गै नौनी दल्छन !!!!

    काशी कश्मिर अजब नेपाल !!!!!

    सुरज श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

    • एस सुरज ब्रो ! अस्ति मिस नेपाल भनौदी ले Glamour guf मा interview दिदा कुन हिरो मन पर्छा भन्दा सिदै शारुख खान रे अनि अन्य कलकार को मन पर्छा भन्दा अर्को कुन पन्जाबी लाइ भन्दै थि, तिओ मिस नेपाल हो कि मिस इंडिया ? येस्तई कारण ले गर्दा अब म मा भएको नेपाली मुटु मरी सकेको छ

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Hillman

    बल्ल नेपाली हरुको घैटोमा घाम लागेछ क्यारे? यो विरोध झिनो मसिनो तरिकाले होईना एउटा सवतन्त्र राष्ट्र र जिम्मेवार नागरिकको haisiyatle हामी सबी नेपाली ले ससक्त रुपमा वोरोध जनाउनु पर्छा! इनडीयाले पटकौ पटक नेपाली सिमा मिच्ने, दशगजा सार्ने, सिमा छेत्रका नेपाली हरुलाई सास्ती दिने काम दशकौ देखी गर्दै आएको छ! भनाई लाइ सार्क छेत्रीय मुलुक, छिमेकी मुलुक त् भनिन्छ तर भारतीय अहंग्कारी निती ले सार्कमा कुनई पनि यस्तो मुलुक छैन जसलाई भारत ले न पिराएको, न चिढाएको होस्! यो विरोध शुरु गर्ने लाई अंग्रेजीमा भानिन्छा नी “ह्याट्स ओफ” म्व्रो १००% समर्थन छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 3

  • hankimdo

    लैनचौर मा भारती लाई देखाउन बन्द गरेर के गर्ने ? आखिर नेपाली ले नै दुखः पाउने हो बिरोध त गर्नु नै पर्छ तर बन्द हड्तर गरेर होइन ! नेता हरु लाई कसरि हुन्छ तह लगाएर यसको बारेमा गहकिलो रुपमा प्रस्तुत हुन को लागि घोक्रोठ्याक लागउनु पर्छा /सधै भारती हरु को गुलामी गरेर यो नि हरुले देश नै सखाप पर्ने निउ मा छन् …………

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

  • दुर्गा प्रसाद खनाल पांचथर

    १००% प्रतिसत समर्थन छ !!! !!!!!!!! झिनो भएपनि न्याय को लागि आवाज उठ्यो आफुलाई प्रजातान्त्रिक भन्दै इन्डियन हरुसग भिक्षाया माग्न जानेहरु सबै मुर्दाबाद ||
    देश रहे मात्र हामी रहेने छौ अनि हामी नेपालीमा येस्ता कमेन्ट लेखने छौ ||

    नकारात्मक कुरा को पो खयाल राक्नुपरछ कि ? कतै यो पनि हावा मा बिलाउने त होइन | अलिक सोच्ने बिसय हो जस्तो छ नि होइन र ????????

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • shreesh thapa

    भारत सिमा अतिक्रमण बिरुद्द आवाज उठाउनु धेरै राम्रो हो तर बन्द गरेर भारतलाई होइन नेपाली जनतालाई नै सास्ती हुन्छ अर्को तरिका बाट आवाज उठाउदा राम्रो हुने थियो हुन त बिना सित्तिमा विभिन्न बहानामा विभिन्न पार्टी हरुले बन्द गर्दै आएका छन् यस हिसाबले त राम्रो हो अब यस बारेमा नेपाली जनता मिलेर बह्रत बिरुद्द को लागि नेपाल सरकारलाई झाक्झकाई बिउताउनु पर्छ नत्र अझै भबिस्यमा पेल्दै गएर नेपाललाई भारत बनाउन कत्ति बेर छैन
    जय नेपाल!!जय नेपाल !!! जय नेपाल !!!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

  • yogi

    यस्तो कुरामा सबै जनाले सहयोग गर्नु पर्छ है साथीहो………………..

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • मेरो पनि समर्थन छ है केइ भै हल्छा कि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 3

  • suresh bhattarai

    ab विस्तार बादी हरु को मुख मा झापड हान्ने बेला आयको छ यसमा हामी सबैले साथ दिनु पर्छा चाहे जे सुकै होस् देश रहे मात्र हामी रहेने छौवन्ने भाबना लिनुपर्छा हमिसबैले
    जय नेपाल

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

  • Arun

    सामान्य ज्ञानमा “काठमाडौँ मन्दिरै मन्दिर को शहर” भनेर लेखेको छ क्यारे | तेसलाई मेटाएर “काठमाडौँ एउटा बन्दै बन्द को शहर हो” भनेर लेख्ने हो कि |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 24

  • द्रोण

    सत प्रतिसत समर्थन !!!झिनो भएपनि न्याय को लागि आवाज उठ्यो ,यो आवाज ले त्रिभुबन घंकियोस |बिस्तारबादी हरुको मुख सुकोस |
    आफुलाई बामपन्थी भन्दै भारतीय हरुको ताबेदारी गर्ने ,आफुलाई प्रजातान्त्रिक भन्दै इन्डियन हरुसग पोइला जानेहरु सबै मुर्दाबाद ||

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 7

    • shreesh thapa

      बिरोधको शुरुवात गरेको धेरै राम्रो हो तर यस्तो बन्दको आब्हान गरेर भारतलाई त्यति असर नपर्ला असर पर्ने नेपाली जनतालाई नै हो हामी सबै नेपाली को आवाजले भारत अलिकति ढलमल पो भैहाल्छ कि नत्र अर्को तरिका बाट जनता उत्रनु पर्छ नेपाल सरकारलाई बिउझाउनु पर्छ भारतले सिमा क्षेत्र मा कसरि मिचिरहेको छ भनें कुरा …

      मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 3

      • तेज प्रसाद अधिकारी

        असर नपर्ला होइन भारतीय राजनीतिमा ठुलो खलबली भैसकेको छ / प्रमाण को लागि रास्ट्रपतिको भारत भ्रमणको बेला त्यहाका उच्च पदस्त हरुले नेपालमा भैरहेको भारत बिरोधि गतिविधिको बारेमा पूर्ण उत्सुकताका साथ् गरिएका जिज्ञासाहरु र रक्षा मन्त्रिको भारत भ्रमण हुदा भारतले येही सम्बन्धमा उठाएका प्रस्न हरुलाई लिन सकिन्छ / चाहे असफल्नै किन नहोस तर येस्ता शान्तिपूर्ण बिरोधका कार्यक्रमहरु गरिरहनु पर्छ यो आजको आवश्यकता भैसकेको छ / आजको यो कार्यक्रम प्रति मेरो पूर्ण समर्थन /

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes