चारैतिरबाट नकारात्मक समाचारहरु आइरहेको बेला सकारात्मक समाचारतर्फ पनि यसो आँखा लगाउँ है। एउटा सकारात्मक समाचार सर्वोच्च अदालतबाट आएको छ।
त्यसो त सरकारी कर्मचारीहरुको छवि जनमानसमा त्यति राम्रो कहाँ छ र। तपाईँलाई परेको भए थाहा हुनुपर्ने हो, अदालतका कर्मचारीहरु पनि कस्ता हुन्छन्। झर्कने, ठूलो स्वरमा बोल्ने सामान्य हो। तर यो नयाँ व्यवस्था लागू भइसकेपछि तपाईँले कम्तिमा अदालतमा त्यस्तो पाउनु हुने छैन। अदालतमा जाँदा तपाईँलाई त्यही पुरानो गीत याद आउनेछ- मुसुमुसु हाँसिदेऊ न लै लै, मुसुमुसु हाँसिदेऊ….!
न्यायपालिकामा कार्यरत कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध सुमधुर बनाउन र सजिलोसँग न्याय सेवा पाउने वातावरण बनाउन न्यायपालिकाले ‘मुस्कानसहितको न्याय सेवा’ प्रणाली लागू गर्न लागेको हो ।
न्यायपालिकाका कर्मचारीद्वारा कहिलेकाहीँ झञ्झटिलो व्यवहार भएको गुनासो सर्वसाधारणबाट आउने गरेको छ। त्यस्तो व्यवहार परिवर्तन गर्न मुस्कानसहितको न्याय सेवा प्रदान गर्न लागेको सर्वोच्च अदालतका रजिस्ट्रार डा. रामकृष्ण तिमल्सेनाले बताएका छन्।
पहिलो चरणमा यसको सुरुवात सर्वोच्च अदालतबाट हुनेछ। कति पर्खनु पर्छ त यसका लागि? धेरै पर्दैन। पुसको पहिलो सातादेखि नै पहिलो चरणमा सर्वोच्चका कर्मचारीलाई तालिम दिइँदैछ। सेवाग्राहीलाई सेवासँगै व्यवहारले पनि सन्तुष्ट गर्नुपर्छ भन्ने मान्यताका साथ बिस्तारै देशभरका अरु अदालतमा पनि यो लागू गरिँदैछ।
खासमा यो मलेसियाको ‘मुस्कानसहितको भन्सार सेवा’ बाट प्रभावित भएर यहाँ लागू गर्न खोजिएको हो रे। के भो त नि, राम्रो कुरा त जहाँको सिके पनि हुन्छ। नराम्रो कुरा सिक्न चाहिँ हामी तीन हात उफ्रन्छौँ। यस्तै राम्रो कुरा त जताबाट सिकेर लागू गरे पनि हुन्छ। मलेसियामा सेवाग्राही र कर्मचारीबीचको सुमधुर सम्बन्धले भन्सारको काम कारबाही राम्रोसँग भइरहेको छ। सेवाग्राहीले ठूलो स्वरमा बोले पनि त्यहाँका कर्मचारीले भने सानो स्वरमा हाँसेर जवाफ दिने गरेका छन्।
आशा गरौँ, कुनै दिन भन्सार, मालपोत आदि जस्ता ठाउँमा पनि मुसुमुसु हाँस्ने कर्मचारी भेटिनेछन्।
तर योसँगै हामीले पनि अलि नम्र हुन चाहिँ सिक्नैपर्छ। सेवाग्राही भएर सेवा उपभोग गरिसकेपछि ‘धन्यवाद’ पनि दिन नबिर्सौँ।
No related posts.









सुनियत सहितको सबै कार्यको प्रसंसा गर्नुपर्छ .मुस्कानले सौहार्दता बध्छ
सभ्य व्यवहार गर्नु सबैकालागि सुखद हो. सबै मिलेर मुस्कान्मय नेपाल बनाउँ .
.
मन परे हरियो, नपरे रातो
0
1
मस्ती छ है? अब के पनि गर्नी रे भन्दा नहासने कर्मचारी लै त्यो laughing gas सुन्ग्हाई दिने रे अनि कसरि नहास्लन मुसु मुसु!
मन परे हरियो, नपरे रातो
0
1
मुखमा राम राम बगलीमा छुरा भने जस्तो भयो भने त देशको हालत पक्कै पनि राम्रो हुँदैन होला । सेवाग्राहीले चाहिँ यो कुरा राम्ररी बुझ्नु राम्रो होला । होस गर्नु पर्ला है ।
मन परे हरियो, नपरे रातो
0
1
धेरै राम्रो छ .नराम्रो कुरा लाइ पनि राम्रो प्रस्तुति ले प्रस्तुत गरेमा राम्रो हुन्छ कि कसो सथिहरुहो?
मन परे हरियो, नपरे रातो
0
2
hatti ko dekhaune daat euta hun6 chapaune daat aarko hun6!!!
मन परे हरियो, नपरे रातो
0
1
हाँसेर फसाउने प्रयास मात्र हो
मन परे हरियो, नपरे रातो
0
3
अरु ता होईना नेपाली नेता हरुले हँसी हँसी मुलुक चलईको हेर्दा कस्तो लग्छा कमेन्ट दिनु होला ,नेपाली जनताले फिल्म हरे जै हेर्दै छ ,नेता हरु कलाकार अनि, मुलुक फिल्म हल अनि जनता हेर्ने, ब्य्क्ती कस्तो छ हाम्रो देश यो एशिया मै, १ होला जस्तो लग्छा हैई, जय नेपाली
मन परे हरियो, नपरे रातो
0
2
It’s a good news… let’s welcome…
मन परे हरियो, नपरे रातो
0
2
मुसुमुसु हासी देउउउन अदालत, मुसुमुसु हासी देऊ. एक्कै छिन मा निर्णय गरि जनतालाई न्याय देऊ ,तेसैलेई त जनता le , जनता को सासन पाऊ छ. अनि मात्र सु सासन कायम हुन्छ. मन पर्यो क्या .
मन परे हरियो, नपरे रातो
0
2
प्रलाद मिश्र ज्यु, हजुर संग म १००% सहमत छु | एदी सहि रुप मा देशका कर्मचारीहरु लाइ सुधार्ने हो भने, हजुर ले दिएको सुझाब सबै भन्दा उत्तम हुन्छा| अरुको कमेन्ट हरु पढ्न त रमाइलो हुन्छा, तर मलेसिया मा को बारेमा थाहा नै नपाइ तेतिकै बोलेको प्रस्ट देखिन्छा | तेस्तो व्यक्तिहरुले निगेटिव रेटिंग दिदैमा केहिपनि हुदैन, हामी त हास्नु पर्छा | यो त हामि नेपालि को बानि नै हो हावामा बोल्ने, पहिला पहिला नेपाली काँग्रेस का कार्यकर्ताहरु ले बेलायत र अमेरिका नपुगिकन त्यहा एस्तो सिस्टम छ उस्तो सिस्टम छ भनेर धाग दिन्थे | कम्युनिष्ट ले चीन र रसिया नपुगी त्यहा को कम्युनिष्ट साशन को गफ दिन्थे | रसिया मा पढेका नेपालि ले चीन को कम्युनिष्ट सासन को गफ दिन्छन( एक चोटी चीन पुगेर हेर्ने हो कि महाशय हरु, चीन मा चुनाब हुदैन अरु सबै पुजिवादी सिस्टम हो ), चीन कसरि एती छिटो देश धनि भयो भनेर | म अहिले सम्म लगभग ३० देश मा घुमी सकेको | सबै भन्दा राम्रो कर्मचारी भनेको सिंगापुर को हो | युरोप को कस्टमर सर्विसमा काम गर्ने अल्छी कर्मचारी देखेर दिक्क लाग्छा, यिनी हरु लाइ सिंगापुर अथवा हंगकंग लगेर तालिम दिनु पर्ने जस्तो लाग्छा | नेपाल लाइ बनाउनु छ भने “लि क्वान यु” लाइ भेटेर उहा संग सल्लाह लिए हुन्छा | किनकि लि क्वान यु ले पनि नेपाल को जस्तो परिस्थिति बाट उम्केर सिंगापुर लाइ तेती राम्रो र सब्य देश बनाउनु भयो, तर केहीले उहालाई कसैले कठोर साशक भन्छन, तर म उहा लाइ आदर र सम्मान गर्दछु | अब आयो मलेशिया को कुरा, यो एस्तो चोरै चोर भएको देश, इन्डियन पुलिस भन्दा धेरै गुना चोर, साँची भन्नु पर्दा तिनीहरु लुटेरा हुन् | हामीहरु लाइ ट्याक्सी ले “अति नै धेरै ठग्दा” , एक छिन् त उचित पैसा दिन्छु भनेर केहि समय त्यो संग कुरा गरे, मन मनै त ठग्यो भने, पुलिस तेही समय मा आयो अथवा खबर गरे भने त पुलिस ले त लुटी नै हाल्छा, तेसैले पुलिस को लुटाइ भन्दा ट्याक्सी को ठगाई उचित लागेर चुपचाप पैसा तिरे | म मलायासिया को धेर ठाउ मा घुमेको छु, २०-३० पटक गएको छु के गर्ने ठग र लुटेरा हरु को देश मा | *** प्रलाद मिश्र ज्यु, लाइ निगेटिव मार्क दिने हरु एक चोटी सोच्नु होस् त *** | नेपाल को कर्मचारी को विदेश को भर्मन पछी को गफ तेस्तै हुन्छा एक दुइ देश के घुम्नु पर्चा संसारै तेही हो भान्छान, “मह को स्वाद आफै ले खाए पछी मात्र थाहा हुन्छा”| प्रलाद मिश्र ज्यु मैले हजुर लाइ सम्मान गर्दछु, अतिनै राम्रो सल्लाह को लागि | धन्यबाद !!!!!
मन परे हरियो, नपरे रातो
4
2
चेम्जोंग जी, नर्वेमा त तेस्तो मैले त पाइएन, मा पनि नर्वे मै बस्छु खै अहिले सम्म त नोर्वेजियन गाईहरु ले तेती सरो त गर्दैनन् है साथी. सरि सरि मात्र भन्छन
मन परे हरियो, नपरे रातो
0
6
नेपालमा पनि यो लागु भयो भने त एकदम राम्रो हुन्छ म त भन्छु सबै ठाउँ तिर यो लागु गर्नु पर्छ…अरु ठाउँ त मलाई थाहा भएन तर नर्वेमा एती राम्ररी हासेर सत्कार गर्छन कि सुरुमा त मलाई अलि पचेन पनि किनकि नेपालमा तेस्तो देखना पायिदैना..एस्तो भयो भने काम पुरा नभए पनि मन नै दङ्ग पर्छ…मान्छे हौ सबैलाई राम्ररी ब्यवहर गर्नु पर्छ…
मन परे हरियो, नपरे रातो
4
2
राम्रो कुराको प्रसंशा त गर्नै पर्छ । तर मुस्कान सहितको भोलीवाद चाहिँ नहोस् भन्ने थप शुभकामना पनि छ है !
मन परे हरियो, नपरे रातो
5
1
हासी हासी फसाई देउ मायालु होला नि फेरी
मन परे हरियो, नपरे रातो
1
10
bakbas sab jutha ramkrishna jasto guskhor le testo project leuchha? he want to gather some popularity. Natk garna tyo sipalu chha.
मन परे हरियो, नपरे रातो
0
6
यो राम्रो कुरा हो एसको प्रसंशा गर्ने पर्छ मलेसिया त के केहि राम्रो कुरा छ भने जहा जसबाट पनि सिके हुन्छ,
मन परे हरियो, नपरे रातो
6
1
I fully agreed with Pralhad Mishra’s Comment.
मन परे हरियो, नपरे रातो
0
5
This is looks good step from Nepal govn to public, be honest, b helpful and co-operative while you are wrking in governmental office. Also we normal people should repect them as we are taking service from them..
मन परे हरियो, नपरे रातो
1
3
अजब प्रेम कि गजब कहानी भने जस्तै हो यो पद्दति पनि. …………….हेरौ भबिस्य मा कस्तो रिजल्ट ल्याउछ …..
मन परे हरियो, नपरे रातो
4
10
निकै भारत मुखी छौ नि भाई ? किन हिन्दी मूवी को उदाहरण दिन्छौ?
मन परे हरियो, नपरे रातो
3
3
यो सभ्यता को परिचय हो | अमेरिका लगाएत संसारका सबै बिकसित मुलुकहरुमा यो व्यवस्था छ | यो व्यवस्था लागु गरि सके पछी यसको प्रभावकारिताको लागि सेवा लिने व्यक्ति बाट उक्त सेवाको स्तरीयताको जांच (rating) गर्ने व्यवस्था र त्यसका आधारमा कर्मचारीको grading गरिने व्यवस्था पनि हुनु पर्छ अन्यथा यो देखाउने दांत मात्र हुने छ |
मन परे हरियो, नपरे रातो
8
1
आगामी परिदृश्य:
स्थान : अदालत
पात्रहरु: सरकारी वकिल, अभियुक्त, न्यायधिष
सरकारी वकिल: श्रीमान अभियुक्तले (मुसुमुसु) फलानोको टाउको फुटाएको देख्ने हरु यहि छन्, निजले कसुर गरेकै हो यसमा कसैलाई संकै छैन त्येसैले (हा ह़ा हा ) निजलाई हदै सम्मको सजाय दियियोस(हा हा हा)/
अभियुक्त: (हा हा हा ) श्रीमान (मुसुमुसु) मैले गल्ति गरेकै हो यसको प्रायश्चित गर्दछु (हा हा हा) /
न्यायाधिश: हा हा हा अभियुक्त र वकिलको कुरो सुन्दा निज कसुरदार (हा हा हा) प्रमाणित हुन्छ (मुसुमुसु) त्येसैले निजलाई (मुसुमुसु) ५ वर्षा (हा हा हा) काराबाशको सजाय तोकिएको (हा हा हा ) छ/
रिसानी माफ पाउ,
जय नेपाल
हिमाली
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
12
हा..हा..हा…लौन पेट नै दुख्ने गरि हसाउनु भो हिमाली जी| सबै लाई हासेर सत्कार गरौँ|
मन परे हरियो, नपरे रातो
2
12
हा…हा…हा… लौ न पेटै दुख्ने गरि हसाउनु भो त हेमाली जी|
हासो ले पोसितिव बाताबरण को सिर्जना गर्छ| त्यसै ले सबलाई हासी हासी सत्कार गरौ|
मन परे हरियो, नपरे रातो
1
11
जे होस् यो कदम चाही सारै नै सह्रानीय लाग्यो / बास्तावमा शिष्टचारले समाजको धेरै कुरोहरुलाई झल्काउछ र यसको लागि धेरै मेहनत र लगानी पर्दैन पनि मात्र मानसिक रुपमा तैयारी गरे पुग्छ तर पनि खै किन हो हाम्रो अड्डा अदालत मा मात्र होइन सामान्य जनजीवन मा नै पनि त्येसको टड्कारो अभाब छ / यो कुरो सधै नेपालमा नै बसी रहदा त त्यति साह्रो अनुभूत हुदैन तर विदेश तिर जादा चाही निक्कै फील हुन्छ/ हाम्रो भाषामा पनि, thank you, pardon , excuse me, welcome , please , never mind जस्ता शब्दहरु प्रशस्तै छन् तर प्रयोग गर्नु चाही किन त्येतिसारो कन्जुस्याई गरेको हो? जे होस् सर्बोच्चको कदम सच्चाई नै सर्बोच्च नै छ/
हिमाली
मन परे हरियो, नपरे रातो
6
2
And its gonna take a while.i mean honestly, these people have a serious attitude.talk to anyone in durshachar or banijya bank or etc. the other day i was in a bank just to get my balance printed the guy literally threw the passbook back at me.I mean calm down people theres no harm in being nice to others..cliche it may sound but its nice to be nice…
मन परे हरियो, नपरे रातो
5
5
THIS IS EXACTLY HOW JOBS ARE BEING DONE IN DEVELOPED COUNTRIES, AND I’M GLAD TO HEAR THAT NEPALESE GOVERNMENT IS FOLLOWING GOOD THING. THERE IS ONE MOST IMPORTANT THING THAT GOVERNMENT EMPLOYEE SHOULD UNDERSTAND THAT THE SERVICE RECEIPTENCE ARE THE ONE WHO ARE PAYING THEIR SALARY AND EVEN SOMETIMES IF THEY GET CRAZY TYPE OF PERSONS, THEY SHOULDN’T TAKE IT PERSONAL. JUST HAVE TO FORGET IT AND MOVE ON. NEED TO FOCUS ONLY ON BETTER SERVICE.
मन परे हरियो, नपरे रातो
5
5
लहै साथी हो विस्तारै लाफ थेरापी तर्फ लम्कौ है|
मन परे हरियो, नपरे रातो
7
8
के बकबास कुरा हो एस्तो. मा पनि हेर्छु , नेपाल मा एस्तो भय त म मेरो नाम मनै फेरी दिन्छु . सरकार चलाउने मन्छे ले आफु लाई भगवान मान्छ अनि सरकारी कर्मचारी आफु लाई भगवान भन्दा अलि कम . एस्तो ठाउँ मा हामी जस्ता मान्छे लाई एनीहरुले गू को किरा मान्चन editor जी . एनी हरु त घोडा को फूल हुन् .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
20
Many biologists think the smile originated as a sign of fear. Primalogist Signe Preuschoft traces the smile back over 30 million years of evolution to a “fear grin” stemming from monkeys and apes who often used barely clenched teeth to portray to predators that they were harmless. Biologists believe the smile has evolved differently among species and especially among humans. Humans smile differently. Some show their teeth when they smile, some don’t.
Biology is not the only academic discipline that interprets the smile. Those who study kinesics view the smile as an affect display. It can communicate feelings such as love, happiness, pride, contempt, and embarrassment
so that is great starting of nepal keep it up
santosh
belgium
मन परे हरियो, नपरे रातो
1
11
Many biologists think the smile originated as a sign of fear. Primalogist Signe Preuschoft traces the smile back over 30 million years of evolution to a “fear grin” stemming from monkeys and apes who often used barely clenched teeth to portray to predators that they were harmless. Biologists believe the smile has evolved differently among species and especially among humans. Humans smile differently. Some show their teeth when they smile, some don’t.
Biology is not the only academic discipline that interprets the smile. Those who study kinesics view the smile as an affect display. It can communicate feelings such as love, happiness, pride, contempt, and एम्बर्रस्स्मेंट
so this is great starting of nepal
keep it up
santosh belgium
मन परे हरियो, नपरे रातो
4
12
वाह्ह, राम्रो भयछ!
अझै जादुको झप्पिवाला सेवा प्रदान गरेत झनै क्याबात!!!
के गर्नु सर्बसाधारण ले, गणतन्त्र आयको यात्त्रो समय पछी बल्ल तल्ल्ल मुसुमुसु हासिदेउन सेवा पाऔने भयछ, हुने खाने र खाने ख्वौने लेत पहिले देखिकै जादुको झप्पी वाला सेवा पाइरहेकै छ यो हाम्रो मुलुकां, अब यत्तिलाई भनेपनी बिकासको द्रुत गती भनेर अत्महर्ष बिभोर हुनुपर्योनै के गर्नु आखिर आश त गर भर चाँही नपर कै तलत हो नि।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
16
हो हो जादुको झाप्पु चाही दिन पर्ने हो!
मन परे हरियो, नपरे रातो
0
0
In US, no matter where you work, if you are service provider, then you must be nice to the customer. On the other hand a customer can be angry, speak loud, but may not use a single abusive word / vulgar words, if s/he does so, s/he will find a place in jail. Nepal needs to introduce such a rule.
In US, BBB (GoTO: http://www.BBB.org) oversees the issues related to malpractice or bad behavior or unprofessional behavior by any associates in a shop or service provider. You can report there, and the service provider will be in trouble. If you lie, you are gone.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
10
वीरजीले आज भने राम्रो कुरा गर्नुभयो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
22
अस्ट्रेलियामा पनि यस्तै चलन छ है, तपाई सेवाग्राही बनेर जादा तपाइले न्यानो र सम्मानजनक सत्कार पाउनुहुन्छ, हाम्रो देशमा पनि यस्तै गर्नुपर्यो |
मन परे हरियो, नपरे रातो
10
4
यो अति राम्रो कुराको सुरुवात हो तर यो कुरालाइ कागजमा मात्रै सिमित नगरी पक्कै व्यवहारमा पनि लागु गर्नु पर्छ | यसलाई अदालत मात्रै होइन सबै सरकारी कार्यालयहरुमा पनि अनिवार्य लागु गरेमा अझै राम्रो हुने थियो | साथै आफ्नो मर्यादा राम्ररी पालन नगर्ने कर्मचारी बिरुद्ध उजुरी गर्ने व्यवस्था पनि हुनु पर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
नया सब्यता को सुरु नया समाज को ढोका खोल्छ | यो नया त सेना र पुलिस मा सबै भन्दा पैला सुरु गर्नु पछ किन कि सुरु को पैला जनता संग samparka huncha यस को सुरु वात गर्यो बनि आती राम्रो हुनी तियो कि
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
7
आधा औंलो नाक भित्र घुशयेरा फोहोर औंलो टेबुल मुनि पुस्च्तई हात मिलौना अगाडी बह्दौने प्रबर्ती पनि हटाउने कि?
छिन छिन मा खाक्खुक गर्दै पिछा छेउ मा थुक्ने बानि हटाउन कुनै नियम बनाउने कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
8
सुखद समाचार सुन्न पाउदा खुसि लागो | यो एउटा असल सभ्यताको परिचय हो यदि यो चलन नेपाल मा प्रयोग भयो भने झन् खुसि हुन्छन बिदेशी पाहुनाहरु | अब अदालत मा मात्र होइन फोन गर्दा पनि हेल्लो भनेपछि “नमस्कार” भनेर सम्बोधन गरि कुराकानी गर्ने दिन पनि आउछ होला ?
यदि यसो भयो भने साना देखी ठुला सम्मं आधर गरेर कुरा गर्ने थिए कि !!!!
english मा good morning / good afternoon भने जस्तो नभए पनि कमसेकम नमस्कार त हुन्छ नि होइन ?
शिस्टाचार र असल सभ्यताको बानी बनो भने नेपाल मा हाम्रा नेता खुल्लामंच बाट ” तेरो बाबु को बिर्ता हो ?” भनि कराउदैनन कि !!!!!!!!!!!!!!!!!!!!!!!!
आगे प्रभुको जो इच्छा !!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
8
हासी हासी पिट्नु पर्चा भन्थे मेरा काका आफ्नो सत्रु हौरुलाई
अब अदालत को पालो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
15
बधाई छ राम्रो कुरा सिक्न लागेको मा | दन्तई मोहनिको कमाल पनि हेरी हालौ न हाम्रो नेपालमा |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
22
यो कुरा केवल मलेसियामा मात्र होइन, सबै बिकसित देशहरुमा प्रचलनमा छ | यो एउटा असल सभ्यताको परिचायक हो | जहाँ सभ्यताको अभ्यास हुन्छ, यी सबै कुराहरु स्वाभाविक रुपमा हुन्छन | नेपालमा सेवाग्राही र सेवाप्रदायक मात्र होइन, राजनीतिदेखि सबै छेत्रमा यसलाई एउटा शिस्टाचारको रुपमा बिकाश गर्नुपर्ने देखिन्छ | यो बानी सुधार्ने एउटा तरिका हो |
नारायण अधिकारी
भर्जिनिया |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
105
12
हुन त राम्रो प्रयास हो नारायण जी तर हाम्रा बुढा न्यायाधिश हरु ले मुद्धा को फैसला सुनाइँ सके पछी हार्ने पक्ष्य को मुख मा हेरेर मुसुक्क हाँसे भने तिनीहरु को बचे खुचेको दांत को जिम्मा कसले लिने नि ? किन कि हाम्रो संस्कार नै त्यस्तै छ हरुवा लाई हेरेर हाँस्यो भने मुक्का त अवस्य नै खानु पर्छ.त्यता तिर पनि ध्यान दिने हो कि ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
12
देशको सरकारी अड्डा, अदालत, संघ सस्था, NGO, नगरपालिका, गा. बि. स. प्रहरी, सेना आदि मुलुकको मुटु हुन् / यी सम्पूर्ण अंगमा तलमाथि हुने बित्तिकै जनतालाई असर पर्छ / के गर्ने राजनीति गर्नेहरु र उच्चपदस्त कर्मचारीहरु यस्तोमा हात हाली भ्रस्टाचार गरिरहेका छन् /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
12
हासी हासी फसाउने त होइन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
12
रमाइलो लाग्यो ! हेहेहे !!
मन परे हरियो, नपरे रातो
3
6
Actually i read the articles and find that nepalese government offices are also becoming customer oriented and focuses on cusomer satisfaction.Indeed its a great thing and all the offices must follow it.
But dont learn more things except this 1 from malyasian custom officer,malyasian custom officer and immigration officer are as corrupted as our nepalese officer.In malyasia every time government want to curb them and they all are infamous civil servant.
If u dont beleive me u can ask the nepalese who are working in Malyasia.
Every 15 days i used to go malyasia from singapore and every time i faces so many problem,actually they and nepalese officer also can learn from singapore officer.Every thing in single minute and by same officer.
Prahlad Mishra
Singapore
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
43