मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सगरमाथाको काखमा मन्त्रिपरिषद् बैठक

    मन्त्रीलाई लुक्लामा ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    माल्दिभ्सको मन्त्रिपरिषद्को बैठक समुद्रमुनि बसे जस्तै मौसम परिवर्तनमा विश्वको ध्यानाकर्षण गर्न नेपालको मन्त्रिपरिषद्को बैठक आज सगरमाथाको काखमा बस्दैछ।

    सुरुमा त सगरमाथाको आधार शिविरमा नै बैठक बस्ने भनिएको थियो। तर यो जाडोमा आधारशिविरै पुर्‍याउँदा जोखिम हुने भएकोले आधार शिविर नजिकैको कालापत्थर भन्ने ठाउँमा बैठक बस्न लागेको हो।

    बैठकमा भाग लिन २४ जना मन्त्री हिजै स्याङबोचे पुगेका थिए। कारको शिशा फोर्ने, सीडीओको गाला चड्काउने राज्यमन्त्रीहरुलाई भने त्यहाँ लगिएको छैन।


    नेपालको इतिहासमा दोस्रो जम्बो मन्त्रिमण्डल भएको माधव नेपाल सरकारमा ४४ जना मन्त्री छन्। तर त्यहाँ बैठक बस्नका लागि सहायक मन्त्री, राज्यमन्त्रीहरुलाई लगिएको छैन। फूलमन्त्रीहरु मात्रै हुन् त्यहाँ जाने। त्यसमा पनि तीन मन्त्री विभिन्न कारणले गएका छैनन्।

    नजानेमा आपूर्ति मन्त्री राजेन्द्र महतो विदेशमा छन् अहिले। रक्षामन्त्री आफ्नै स्वास्थ्यको रक्षा गर्नुपर्ने भएकोले त्यहाँ जान सक्दैनन्। विज्ञान तथा प्रविधि राज्यमन्त्री भने उमेरका कारण जान सकेनन्।

    मन्त्रीलाई लुक्लामा ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    मन्त्रीलाई लुक्लामा ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    मन्त्रीहरु लुक्लास्थित लाभिला होटलमा बसेका छन्। शुक्रबार बिहान मन्त्रीहरुलाई स्याङ्बोचेमा स्वास्थ्य परीक्षण गरिनेछ। सक्ने भए मात्र उनीहरुलाई कालापत्थर लगिनेछ। खुम्जुङ गाविसको वडा नं. १ मा पर्ने स्याङ्बोचे समुद्री सतहबाट तीन हजार ७०० मिटरको उचाइमा पर्छ भने बैठकस्थल कालापत्थर पाँच हजार २४२ मिटरको उचाइमा पर्छ।

    १५ जना स्वदेशी आरोही पनि कालापत्थर जाने कार्यक्रम छ। एक्कासी बढी उचाइमा जाँदा लेक लाग्ने भएकोले २४ घण्टा वातावरणमा घुलमिल हुन सहभागीलाई एक दिन पहिले नै सोलुखुम्बु ल्याइएको हो।

    मन्त्रीहरु ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    मन्त्रीहरु ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    आज बिहान बस्ने बैठकको प्रत्यक्ष प्रसारण राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय च्यानलहरुले पनि गर्दैछन्। बैठक २० मिनेट जति बस्नेछ। बैठकमा बाँके निकुञ्जको समेत घोषणा गर्ने कार्यक्रम छ। नयाँ निकुञ्ज घोषणासँगै नेपालमा जम्मा निकुञ्जको सङ्ख्या १० पुग्ने छ। घोषणा गर्न लागिएको बाँके निकुञ्ज ५५० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ।

    त्यसैगरी बैठकले सुदूरपश्चिममा अप्पिनामपा र गौरीशङ्कर गरी दुईवटा संरक्षण क्षेत्र पनि घोषणा गर्ने भएको छ।

    जे होस्, माधव नेपाल सरकारले अहिलेसम्मका कुनै मन्त्रिमण्डलले नगरेको काम गरेर कीर्तिमान भने राख्‍ने भयो!

    मन्त्रीहरु ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    मन्त्रीहरु ओसार्दै हेलिकप्टर। फोटो सौजन्यः एएफपी

    Related posts:

    1. संसद सचिवालयसहित कयौँ सरकारी साइट ह्याक
    2. नयाँ वर्षमा पुस्तक उपहार
    3. पोखरामा हजारौँ प‍ंक्षीको काल आउने भो
    4. माओवादी लडाकुलाई जंगलै फर्काइने
    5. हैन के भइरा’छ, खाली दुर्घटना हुन्छ त

    70 comments to सगरमाथाको काखमा मन्त्रिपरिषद् बैठक

    • dipika

      पैसा सरकारी ढुकुटी बाट आइहाल छ अनि एती गर्न के गारो हुन्छ र , तत्तोना छारो, माकुने मैले के के न गरें भन्ठान्दो हो.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jehoteiho

      बिर जी ले ठिकै कुरा गर्दै हुनु हुन्छ . २० मिन को बैठक एउटा नाटक मात्र हो . के कुरा को छलफल हुन्छ २० मिन मा . चर्पी मा बस्ने जस्ता छन् हाम्रा नेता हरु के को सगरमाथा को बसे मा जानु पर्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश

      जिन्दगी मा न सुनेको नाम कालापत्थर आज सुने निक्कै रमणीय रैछ , पर्यटकीय आधारमा यो एउटा अन्तरास्ट्रिय स्तरको बिज्ञापन भयो. बिस्व समुदायले थाहा पाए कि नेपाल को एस्तो अग्लो ठाउ पनि VVIP मिटिंग गर्न मिल्ने रैछा भने अरुकाम को लागि अनि घुम्नको लागि त बबाल नै मिल्ने रैछ भनेर….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Shiva New Delhi

      विश्वको सबैभन्दा बढी उचाइमा मन्त्रिपरिषद्को उच्च विचारसहितको बैठकले
      नेपाललाई आज एउटा विश्व कीर्तिमान र सान्ति फैलायोस भन्ने आसा त सबै निर्दोस जनतामा छ तर सबै भन्दा उचाइमा रहेर जनताको पसिना र रगतले रमाइने मात्र होइन / अत्याचार, भ्रस्टाचार र देसमा भैरहेको अहिंसाको कारण थाकिरहेका जनतामा फेरी उही दोहरिन गयो भने रगत र पसिना को मुल्यांकन गर्न नसकियेलानी नेता ज्युहरु ……..अलिक तेता पट्टि पनि ध्यान दिनु पर्यो……..है

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • swasti

      एक पटक तल को link पढ्नुस साथिहरु | हाम्रो सरकार को भनाइ र गराईमा कति को समानता छ | प्रमज्युले पारिवारिक रमाइलोको मौका छोपेछन् यस्तोमा पनि |
      खोइ काम भन्दा कुरै बढी नेपाल मा
      http://www.nagariknews.com/opinions/98-opinion/7811-2009-12-04-04-24-12.html

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surze wagle

      मलाई खुसि लाग्यो नेपाल जस्तो देस ले पनि संसार को धयान आफूतिर तन्यू मौसम परिवर्तन को कुरा चली रहे को belama yo ramro vayoo sayad aba 50-60 barsa bachhi sagarmatha dhunga ko पहाड huna सक्छा सबैके यो कुरा बुझुन ल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुदन रेग्मी

      सरकारी ढुकुटीको दुरुपयोग

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • nepathya

      एदी यो बैठकको खर्च भार दात्री संस्थाबाट व्यहोरिएको हो भने एकदम राम्रो तर नेपाली जनताले कर तिरेको पैसा अथवा ब्यप्यारिहरु बाट ब्योहोरिएको भने गलत हो /

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • kishor, canada

      पांगदुरे गफ गर्न जता गरे नि हुन्थ्यो नि बिथामा नेपाली जनताले तिरेको करमा मोज गर्छन मुलाहरु!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • Ram Kumar Bimali

      सगरमाथाको फेदीमा वैठक : कमिलाको प्वाख !
      हे प्रभु , यो देश बचाउ !

      समाचारले भन्यो- ‘सगरमाथाको फेदिमा मन्त्रिपरिषद्को बैठक’ !
      अब समग्रमा भन्नु पर्दा ‘यो देशलाई वचाउ हे प्रभु’ भनेर लम्पसार पर्नु वाहेक केहि रहेन ! मेरो नेपालले मिलीभगतको यो लुछाइ अब धेरै थाम्दैन । के के का उल्का नाटकहरु मञ्चन भइरहेछन यो देशमा ? किन हाम्रा नीति निर्माता/नेता/ हर्ताकर्तालाई यस्ता उल्काकुराहरु मात्र आउछन जसले आजको आवश्यकतालाई भन्दा अनावश्यक बखडाहरुलार्इ्र मात्र ध्यान दिन्छन र आलोच्य वातावरण वनाउछन । के हुन्छ सगरमाथाको फेदीमा २० मिनेटको वैठकले ? भोकमारीले जनता चामल किन्ने लाईनमा लर्डाईं गरेर अंगभङ्ग भएर घर फर्केका छन । सानातिना औषधिको अभावमा मान्छेको ज्यान गइरहेको छ । सानो वादविवादमा पनि सरकारी संयन्त्रले आफ्नो कर्तव्यको प्रभावकारी प्रयोजन गर्नसकेको छैन र टायरको धुवा मुस्लिन्छ । दुरदराज तिर नून र इन्धनको हाहाकार छ । चक्रपथ भित्र भएका आ-आफ्ना कार्यालयमा त समयमा पुग्न नसकेका सरकारी पाहुनाहरुको जम्वो टोली कति खेप लगाएर सगरमाथाको फेदीमा र्साईट सीनमा जाने हो ? राजधानीकै कोठा र वैठकहरुमा भएका वार्ता र निर्णयहरुले सकारात्मक पाटो समाउन नपाइकन तिनै हस्ताक्षरकर्ताहरु वाट तिनै निर्णयहरुको ठाडो उलंघन भइरहेको वेलामा सगरमाथा आधारशिविर बैठक सबै मन्त्रिहरुलाई हिमालयन साइट सीन लाने भन्दा केहि हुनेवाला छैन ।
      बैठकमा समयलाई महत्व नदिने, एक आपसमा गफ गरेर वक्ताको दिमाग नै खाने मन्त्रिको टोली सगरमाथा फेदिमा पुगेर त्यो २० मिनेटका वैठकमा के चमत्कार होला । त्यति समय त ‘ए ! मेरो मोवाइल यहा टिप्छ कि टिप्दैन…सगरमाथाको फेदिवाट घरतिरकालाई यसो एक कल गरी हेरौन…, त्यो पारीको टाकुरो देखिने गरी एउटा फोटो हानौन…, होइन मन्त्रि ज्यू यता वसौन जाडो भइसक्यो… वहा फेरि के गर्न लाग्नु भा – … ‘ जस्ता एजेण्डामा नै २० मिनेट त अघि नै सुइ भइसकेको हुन्छ । जाँदा-आउदा नै त्यो भन्दा धेर समय लाग्ने त्यस वैठकको ठोस उपलब्धि र त्यसको तरंगले त्यस वैठकमा लाग्ने राष्ट्रको खर्चलाई न्याय दिन सक्छ – लौ त गाडी वाट जीरी हुदै सेटेको उकालो उक्लेर जुन्वेशीवाट तीन दिन लगाएर स्याङ्गवोचे पुगेर वैठक गर्ने हिम्मत गरुन त ! तब पो प्रतिवद्धता देखिन्छ, तव पो जलवायु परिवर्तनको मुद्धा बोकेको जस्तो हुन्छ । विशेष हेलिमा राष्ट्रको खर्च उडाएर, त्यसको तारतम्य र उता बैठक स्थलको सुरक्षा र विशेष प्रवन्धको आदिको खर्च लगानी त वहाहरुका लागि केहि होइन ।

      हुनत राष्ट्रिय ढुकुटी उडाउन पाउदा चटक नै भएको महशुस गर्ने हाम्रा नेताहरुका लागि यो सानो र रुन्चे कुरा नै भयो होला । तर नेपालमा नै औषधोपचारको त्यस्तो राम्रो प्रवन्ध भइराखेको बेला करोडौको एयर एम्वुलेन्स झिकाएर सिंहापुर पुगेर तीन/चार दिनमा नै चटकीय निको हुने राष्ट्रपिता भएको देशमा अर्को गल्लीमा यसो जादा भेटिने बालाई लाई भेट्न सिंहापुर नै पुग्ने पर्ने नया नेपालका खाकाकारहरु भएको ठाउमा यी साना मसिना कुरामा टिप्पणी नै बेकार हुन । तर कुरा हो खर्च गर्न पाउदा त्यहा जानेमा सवैको कुरा सजिलै मिल्यो, जसरी उहिल्यै कर विहिन गाडी, आजन्म भत्ता आदि के के मा सजिलै कुरा मिल्थे । सहमतिको समस्या हुदैन मिलीभगतका यस्ता भोजनहरुमा । राष्ट्रको ढुकुटी साफ गर्नमा नया तरक्की पनि आउदा छन । अब स्याङ्गवोचेको चीसो लागेर आएपछि अर्को वैठक तल सौराह तिर वा कोशी टप्पुमा गरे पनि भो नि । जलवायु परिवर्तनको असर आखिर त्यहा पनि परेकै छ । नेपालका आजकालका यी मन्त्रिहरुको त्यो वैठकले जलवायु परिवतर्नको नियन्त्रणको वटम नै दवाउने त होइन । यस विषयमा विकसित देशहरुले नै नेपालले भन्दा धेरै गर्नु पर्ने छ । नेपालले त आवश्यकता र सक्ने जति गरेकै छ नि । शहरमा विभिन्न कार्यक्रम भएकै छन् । जनजागरणका कामहरु भएकै छन । वृक्षारोपणमा नेपाल विश्व मै पहिलो देशमा परिहाल्छ । इतिहास देखि वर्तमान सम्मका कुनै पनि त्यस्ता मन्त्रि नहोलान जसले कुनै एउटा पनि बृक्षारोणको उद्घाटन गरेको नहोस । युद्धस्तरमा गर्न पर्ने सारा काम थाँती राखेर पनि भोजनमा सहमति जुट्नु सामान्य कुरा रहदै आएका उदाहरणको थुप्रो किन कोट्याउनु र ? वरु हे प्रभो…. भनेर समय पर्खन वाहेक केहि छैन ।।
      rkbimali@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • deepak basnet

      नेपालका मन्त्रि भनेका त्यस्तै हुन् सबैलाई थाहा भयकै कुरा पनि हो अहिलेको मेंत्रिमंडल भनेको कठपुतली हो भन्ने पनि सबै लाइ अबगत भएकै कुरा हो ४४ जना मन्त्रीहरुमा २४ जना मात्र लुक्ला जानुले पनि यो सरकारको आयु छोटिदै गएको महसुस गर्न सकिन्छ.मन्त्री परिषदको बैठकमा सामेल हुन नसक्ने रोगि,मर्न लागेका बुढा अनि आफ्नै शरीरको रक्षा गर्न नसक्ने तर नेपालको सुरक्षाको जिम्मा समालेकी रक्षा मन्त्री विद्या भण्डारी जस्ता नाजाएक अनि काँतर व्यक्तिले गर्दा नै आज नेपालको हालत यस्तो भएको हो.उनीहरुलाई जनताको भन्दा आफ्नो ज्यानको मायाँले गर्दा लुक्ला नगएका हुन् भन्न त्यति गाह्रो छैन गएका पनि फर्केर आउने हुन् वा होइनन थाहा छैन किन भने त्यहाँ धरै जाडो छ लेक लागेर उत्तै मर्न पनि सक्छन मेरे पनि उनीहरुको नाम रहन्छ.नेत्र लास्टमा तै हो………..?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • राम चन्द्र ज्ञवाली

      जलवायु परिवर्तनले कृषि उत्पादनमा कमी, दैवीप्रकोपको घटनामा वृद्धि, जैविकविविधताको विनाश, पानीका मुहान सुक्दै जानु, श्वासप्रश्वास, फोक्सो, एलर्जी, इन्फेक्सन र क्यान्सरजस्ता रोग बढ्दै गएको छ। एक अध्ययन अनुसार बढ्दो तापक्रमका कारण नेपालका ४० भन्दाबढी हिमताल फुटने अवस्थामा छन। हिमाली क्षेत्रको वार्षिक ०.०८ डिग्री सेल्सिएसका दरले तापक्रम बढ्नाले हिमाली क्षेत्रमा नयाँ विरुवा उम्रन र हुर्कनसमेत थालेको छ। हिमाली क्षेत्रका जिल्लाहरू रसुवाका धुञ्चे, मनाङ, मुस्ताङ र सोलुखुम्बुका सदरमुकाममा समेत लामखुट्टे लाग्न थालेको छ। हिउँदे महिनामा हिउँ कम पर्ने गरेको छ भने फागुन र चैतमा बढी हिउँ पर्न थालेको छ। सन् १९८१ देखि १९९८ सम्म गरिएको एक अध्ययनले तराईको औसत तापक्रम ०.०५ डिग्री सेल्सिएस बढेको, त्यस्तै महेन्द्रनगर (कञ्चनपुर) र चिसापानीको तापक्रम ०.०६ डिग्री सेल्सिएस बढेको पाइएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उदय पश्चात करिब ८० हजार वन क्षेत्रको विनाश भएको र यसबाट नेपालको आकाशमा कार्वन डाइअक्साइड ग्यासको उत्सर्जनमा वृद्धि हुनुका साथै सहरी क्षेत्रमा मेथोन ग्यासले वातावरण बढी प्रदूषित बनाएको पाइएको छ। जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परेको असर र पर्न सक्ने प्रभावहरूका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न नेपाल सरकारले कोपेनहेगनमा ११ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउन लागेको छ त्याहा नेपाल ले मात्रा होइन विश्वा जनमानस ले कस्तो बिकराल अवस्था भोग्न पर्ने छ त्यस को लागि पनि यो मन्त्रिपरिसद को बैठक आबस्यक छ खर्च को कुरा गर्ने हो भने नचाहिदा बन्द हर्ताल का लद्थी ब्यानर तयार देखी बिज्ञापन का नाम मा गरियका तडक भडक् पनि त जनता कै पसिना हुन नि ।।
      राम्रो काम हो हुनै पर्ने विश्वालाई धनीरास्त लाई देखाउनै पर्ने मलाई त स्वागत योग्य लाग्छ

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • ram

      सरकारी पैसा ले मोज गरेछन आफ्नो पैसा खर्च हुने भए जान्छ इनी हरु ?ठाउँ त चिसो छ रक्सि र याक को सुकुटी खाएर मोज गर्छन.
      RAM

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Ram thapal

      जहिले पनि कमेन्ट मात्र गर्नु ठिक होइन जस्तो लाग्छ ! कहिले कहिँ त मार्केटिंग पनि त गर्नु पर्यो नि. कलापत्थर नाम बिदेशी ले त के सबै नेपाली ले पनि सुन्या थियनन होला ! अब यो बैठक ले गर्दा बिस्व ले नेपाल र नेपाल को कालापत्थर सुन्यो नि.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • newprince

      सगरमाथाको गौरव भन्नु भने पर्बतारोहिहरूले दिएकैछ. यो भन्दा बढी यसले दिने होइन. अब यसले रू १/- मात्र सकारको खर्च गरी बाकि सबै व्यापारीहरू संग उठाई हामि यसरी भ्रस्टाचार गर्छो भन्ने तरिका सन्सारलाइ संदेश दिन खोजे जस्तोछ. तरिका राम्रो लाग्यो हरूवाहरूको सरकारको.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • manoj h.k.

      यो बैठक लाई गलत ब्याख्या गर्ने मुर्खहरु हो हेर टि.भी. यो news संसार भर देखाई रहेको छ n t.v.,star news,b.b.c news मा live देखाई रहेको छ ,,सबैले राम्रो भनेको छ…आफ्नो देशको बारेमा सबै news chhanal ले राम्रो भनेकोले .खुशीले ….म राति काम भए पनि नसुती हेरिरछु ,,,संसार भर एसको चर्चा भैराछ,,,,..तर मुर्ख हरुले खोइ बुझेको ?खाली नेताहरुलाई गाली गर्नु बाहेक केहि जानेको रहेनछ ….राम्रोलाई, राम्रो भन्नु सिक,,,मुर्खहरु ……

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

      • Raj

        नेपालको राम्रो समाचार सुन्न पाउदा हरेक नेपालीलाई अवस्य पनि खुसि नै लाग्छ…. तर अहिलेको नेपालको अवस्ता हेर्दा के यो चाहिने काम हो त? नेपाल मा अहिले महंगीले छोपेको छ, हरेक कुरा को समस्या छ, धारामा पानी छैन, बत्ति छैन, इन्धनको अवाब त्यति कै छ……. समग्रमा भन्ने हो भने नेपाली जनताको लागि कुनै कुराको सुबिधा छैन, एस्तो अवस्तामा देश चलाऊछु भन्ने नेताहरु विश्व कृतिमान राख्न तिर लाग्ने कि नेपाली जनताहरुलाई कसरी सुबिधा उपलब्ध गराउने तिर बिचार गर्ने? हो यो कुरा सहि हो यो बैठकले गर्दा विश्वमा कालापत्थर भन्ने पनि ठाउँ छ भन्ने थाहा भयो तर आफै विचार गर्नुस त यो बैठकको लागि खर्च गरिएको पैसाले के के गर्न सकिन्त्यो..

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • raj

      कहिँ नभएको जात्रा हाडिगाउमा..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Sapana Pun

      ठाउँ ठाउँमा जनताहरु सिटामोल खान नपाएर मरिरहेका छन तर कठपुतलिहरु १ करोड स्वहाँ पारेर नाटक गरेका छन । लाज नभएकाहरु !! थुइक्क

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • HIMALEE

      सम्पूर्ण विश्वको ध्यानाकर्षण गराउन यो काम चाहि महँगो भए पनि राम्रो छ/ हो यहाँ लगानी गरिएको पैसा अन्यतिर लगानी गरेको भए ठुल्लाई काम बन्थ्यो होला तर पनि यसलाई पनि लगानी कै रुपमा हेर्नु पर्छ/ सायद विश्व मन्चमा हाम्रो आवाज पुग्ला यस पटक चाहि /

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • लीला राज दाहाल, टोलेडो ओहायो अमेरिका

      यो बैठकको लागि सरकार को रु. १ मात्र (१ लाख हैन १ मात्र) खर्च भएको भन्ने कुरा समाचार हरुमा आएको छ, जो आफैमा सहि नै होला | संसार भर यत्तिका दात्रीसंस्थाहरु क्रियासिल रहेको बेलामा त्यति सहयोग पक्कै आयो नै होला | यदि त्यसो हो भने यो बैठक को त्यत्रो ठुलो बिरोध हुनु पर्ने कुरा त खासै केहि देखिंदैन | हो, त्यो पैसा अरु कुनै अझ राम्रा काममा खर्च गर्न सकेको भए हुन्थ्यो तर त्यो त दाताको खुशीको कुरा भयो नि | दाताले एउटा कामको लागि दिएको पैसा आफु खुशी अर्कै काममा खर्च गर्न त भएन होला ? यत्तिकै बिना कारण बिरोध को लागि बिरोध गर्ने भए त कुरा अर्कै भयो |
      यदि नेपाल जस्ता मुलुक, जसले आँफै हरित गृह ग्यास उत्सर्जन गरेका छैनन तर त्यसको असर भोगि रहेका छन, ले उक्त बैठकमा जोडदार रुपमा आफ्नो कुरा राख्न सके भने अन्य बिकसित मुलुक, जसले बढी मात्रामा हरित गृह ग्यास उत्सर्जन गरिरहेका छन, बाट पैसा पाउने छन (कार्बन ब्यापार भन्छन क्यारे) | यो हुन सक्यो भने त झनै फाईदाको कुरा भयो | मलाई जानकारी भए सम्म नेपाल ले कार्बन ब्यापार बाट केहि पैसा पाइरहेको छ क्यारे, खास गरि गोबरग्यास प्लान्ट बाट | त्यसैले आशा गरौं यो बैठक पछि नेपाल लगायतका मुलुक हरुलाई केहि न केहि फाईदा अवस्य हुने छ | धन्यवाद !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Jwala Dangol

      यो कुर्सीमा बस्नेहरुको झ्याली पिटाई मात्र हो| मिडियाको उपयोग गरेर बिकशित बिश्वलाई “..हामी पनि खस्कदो परियाबरण प्रति चिन्तित छौँ है र त्येसको लागि पारिश्रमिक चाहियो..” भनेर मागी खान खोजेको मात्र हो तर हुनेवाला केहि छैन| हिम्मती र इमान्दारी छोरोले जहाँबाट पनि आफ्नो कर्तब्य पुरा गर्न सक्छ तर करोडौं खर्च गरेर स्यांबोछे पुग्नु पर्दैन| कि कसो हो ठुले?!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Ram

      अहिले को नेपाल को परिस्थितिमा सगरमाथा मा गरिएको मिटिंग ले नेपाली हरुको वास्तविक समस्या लाई सम्बोदन ता नगर्ला तर हामीले अन्तरास्ट्रिय माहौल को पनि ख्याल गर्नु पर्छ . सबै देसमा नेपाल को जस्तो गरि नेता हरु खाली कुर्ची को लागि लडेका छैनन् . भारत मै पनि पार्टीहरु मा जति मत भिन्नता भए पनि देसको प्रगति को सबाल मा उनीहरु एक ढिक्का भएर लाग्छन, बर्सेनि नया विकास का परियोजना हरु इम्प्लेमेंट गरिरहेका हुन्छन . हामी ता सधै लडेका लड़है, कहिले कुन निउ कहिले कुन निउ, जनता लाई सास्ती मात्रै. हामी संग का देशहरु कति माथि पुगिसके. हामीहरु ता उभो को सट्टा उधो गैराखेका छौ. यसकारण माधव नेपाल को कुर्ची जोगाउने र आ आफ्नो पेट भर्ना को लागि बनेको एस जम्बो मन्त्रीमंडल ले भोकभोकै मरिरखेका जनता हरु लाई ता एक किलो चामल हेलिकोप्टर मा लगेर बाड्न सकेन, तर जलबायु परिवर्तन ले नेपाल लाई पुर्याएको र भाबी वर्ष मा पार्ने भयाबह लाई अन्तरास्ट्रिय समुदायमा दिन खोजेको सन्देस लाई भने हामीले पोजेटिभ रुपमै हेर्नु पर्ला. एस मिटिंग ले सधै नेपाल लाई गरिब देस मात्र होइन, सगरमाथा र बुद्ध को देस भनेर एक चोटी फेरी बिदेसी हरु लाई चिन्ने मौका प्रदान गर्ला भन्ने आस गरौ.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • indra shahi / SYDNEY

      मोज छ सरकारी पैसा मा ……….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • manoj h.k.

      comments पठाउने २८ जना को त् मन मिल्दैन भने …हाम्रो देश को तेत्रो नेताको मन के मिल्छ र?सबै कुरा बुझेको ,जानेको ,भोगेको जनताको त् बुद्धिले राम्रो कुरा सोच्दैन भने,, ति नेता हरुलाई के दोस दिनु हुन्छ?comments पठाउने पात्रहरु ,कहिले काही त् (पोजितिव)राम्रो नजर ले पनि हेर्ने, सोच्ने गर्नुहोस.. ,,,सबै दोस नेताहरुलाई मात्र नलगाउनु होस् ,,आफुलाई पनि हेर्नुहोस…अनि आफै भन्नु होस्?मैले देशको लागि के गरेको छु भनेर…?देश बनाउने काम नेताको मात्र होइन ..जनताको पनि हो..जनताहरु जहिले पनि बन्ध,हड्ताल ,आन्दोलन मा हिड्ने ,आफु चाही देशको लागि केहि नगर्ने अनि दोस जति सबै नेताहरुलाई लगाउने ..नेपाली जनताको बुद्धि कहिले आउछ?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • पुष्प

      काम त राम्रो हो । तर यो कार्यक्रमका सहभागीहरूलाई हेर्ने हो भने सबैको उद्देश्य पर्यावरण जोगाउनेभन्दा पनि आफ्नो छवि उजिल्याउनु नै हो भन्दा फरक नपर्ला ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

      • nepathya

        ठिक भन्नु भयो पुष्प जी / यो बैठक मा माओबादीका नेता हरु भएको भय राम्रो हुन्थ्यो होला / उनीहरुको उदेश्य बरु पर्यावरण जोगाउने खालकै हुन्थ्यो होला /

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

        • पुष्प

          ‘विडम्बना’ उनीहरू छैनन् । :)

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • द्रोण

      कहिले काही कसो कसो डर लाग्छ ,भ ट ट ट को|एस्तो जमघट मा भ ट ट भयो भने देसले होनहार नेताहरु गुमाउनेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

    • Howday

      यीनीहरु को ताल देख्दा त Ak-47 समहत्न मन लाग्छ यार !
      काम कुरो एकातिर कुम्लो बोकी थीमी तिर !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 7

    • santosh neupane

      yak patak bigatka din samjhyu ta sathi haru .yinayi netahrule hoinanan bhupu gynendra lai rajyako dhukudi sidya bhneko ?khoi yiniharule bujheko ?aaj karnlai ka janta haru yuta pulko abhbma kastkar jiban lai mirty ko mukhamam rakher tul aterer karya gar6an.tehi solu kayi basinda haru ma pani sarkarko dahyn pugahna sakeko 6ina ?bhane aab sagarmathko khuttama gyar k garna lagya mafi magna lagya ki aab hajurlai bachhun ko lagi 6alfal agran aayko bhner paschatp parakkat garna gayka ni? hami ajsta yuwaharule gahan bhayr herne bela aayko 6 hami aab yasta netako pa6i lagnubhnda yinka negative kurako birod garyu my sansarka pathak ahru jashle garda desh paribartanko bhumikama kehi bhay ni urja thapine6.aaj samma sayad first record nayi hola yatro kahrcha garerr programme gray ?aab netahruko budi firne kahile?aaj europe ka television le nepalko barema news prsaran gardyi negative kuralai presentation agriraheka 6an ?netahrule bujhne kahile yo kuralai?kehi ramro sandeh din ta sak netahru?

      neupane santu
      belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Prince Ranabhat

      हाम्रो संबिधान सभा को बैटक पनि तै बस्या र संबिधान lekhna पर्यो तब काठमाडौँ मा जस्तो माओबादी ले संबिधान सभा मा अबरोद पनि न गर्नी र कतै कै distrub पनि न हुनी भय पछि संबिधान पनि छिटो लेखि नि र हाम्रो देस को नेता हरु लै पनि थाहा हुनी कि नेपाली जनता ले कस्तो कस्तो अबस्ता मा आफ्नो दिन निकल्या को छ भन्या र अनि बल्ल संबिधान पनि गरिब नेपाली को जनता को पाच्य मा लेखिन छ कि काठमाडौँ मा बस्या र लेक्नी संबिधान ले त देस मा रायका भास्ताचारी ,दलाल ,गुन्डा हरु को मात्र pachya मा होला जस्तो लागो |

      बिनोद राना भाट
      तनहुँ जामुने
      हाल : इराक

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Raag

      La La Dekhna Paune Bhae Hamra Kuhieka Aani Mati-Bhrasta Sarkarwalaharuko Ghin Lagdo Aanuhaarlai Kopanheganma, Yo Drishya Ta Tetrojana Patrakarharule Kaid Gareka VDO Records Sahit Bujhaune Hola Ni Uhi Heganma, Aani Tyo Dekhaepachi Desdhko Sarkarwala Tyaha Bolnai Pardaina ,Kinabahane Tettiko Prasta Sanga Tyaha Morna Jane Mantri Mahodayale Prastyauna Sakne Kurai Bhaena ,Tyo Gwakhle Pano Usko Sallahkaarle Lekhera Taiyaar Pareko Tamsuk Padne Ta Ho Chasma Lagaera, Je Bhaepani Ramrai Najir Basyo, Thaha Nahunelai Thaha Garnako Lago Sambandhit Thaumai Gaera Meeting Garnupardo Rahechha, Aaba Karnaliko Samasyabarema Meeting Garnu Pare Karnalimai Janu Parne Bho, Mechiko Samasyako Barema Meeting Garnupare Mechimai Janu parne Bho, Kina Bhane Hamra Yo 602-601 jANA Khaimara Sabhasad Banaera Pani Nepalko Barema Aanabighya Rahechha Bhanna Paryo, Sarkarko Dhukuti Rittiyera Yilai K Matlab!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • deewakar

      माल्दिप्सले समुन्द्र मुनी बैठक बस्यो भन्दैमा हामी कहाँ सगरमाथाको फेदिमा बस्नु पर्ने के यो अरुको नक्कल मात्र होइन र ? अनि २० मिनेट मात्र
      बैठक बसेर पनि के नाप्छ यिनीहरुले जनताहरुको आँखामा छारो हाल्ने र यो कत्पुतली सरकार टिकाउने नाटक मात्र हुन केही नाप्ने वाला छैन यि
      भाडाका टत्टुहरुबाट ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

    • manoj h.k.

      जे होस् फोटो चाही राम्रो छ ,मलाई पनि तेहा जानु मन लाग्यो..हाम्रो देशको प्राकृतिक सुन्दरता अरु देशको भन्दा राम्रो छ नि ,,,तर के गर्नु सान्ति सुरक्छा राम्रो छैन ..नत्र टुरिस्ट धेरै आउ थियो होला ..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • एकातिर देशमा जनताहरु जीवनजल नपाएर मरिरहेको अवस्था छ भने अर्को तिर मंन्त्रीहरु सरकारी ढुकुटीको दुरुपयोग गर्दै सगरमाथाको काखमा मन्त्रिपरिषद् बैठक
      गर्दैछन। लाखौ रुपैयाँ खर्च गरेर गरिएको बैठकले देश र जनताको हीतमा कुनै दीर्घकालीन फाईदा दिने भएको भए त कुरा ठीकै हो, तर त्यस्तो केही हुन्छ जस्तो मलाई लागेन।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • Jillabashi Baburam

      हाम्रो जस्तो गरीब देशलाई अलिक महँगो परे पनि सन्सार तात्ने जस्तो
      गहन समस्याको साङ्केतिक संदेश दिने उद्धेष्यले गरिएको यो बैठक उचित चाहिँ पक्कै छ! वातावरण प्रदूषणमा ठूला अर्थतन्त्रको जत्तिकै हात छ सोहि अनुपातमा यसको संरक्षण गर्न पनि उनीहरुले पैसा खर्च गर्नु पर्छ! आशा गरौ कोपनहेगन बैठकमा माल्दिभ्सको र यो बैठकले ठूला रास्ट्रहरुको मुट्ठी खोल्न दबाबको काम गरोस!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • manoj h.k.

      अरु भन्दा नि मलाई त् माथिको फोटोहरु मन पर्यो …मलाई पनि तेहा जानु मन लाग्यो
      जे होस् हाम्रो देशको प्राकृतिक सुन्दरता अरु देशको भन्दा कम छैन …

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • manoj h.k.

      अरु भन्दा नि मलाई त् माथिको फोटोहरु मन पर्यो …मलाई पनि तेह जानु मन लाग्यो
      जे होस् हाम्रो देशको प्राकृतिक सुन्दरता अरु देशको भन्दा कम छैन …

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • pusker

      जसरि हुन्च नेपालको अग्ला हिमालहरु पनि मौसम परिबर्तन बाट अछुतो छैन र यसले सम्पूर्ण एसियाली मुलुकहरुको मौसममा असर गर्छ- भन्ने कुरा बिस्व सामु राख्न गरिएको यो प्रयास हामी सबै नेपालीले समर्थन गर्नु पर्छ र कोपन्हागनमा पनि बोल्न सक्ने मानिस पठौना पर्छ.
      जे जसो भए पनि यो सरकारको प्रयासलाई सुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • manoj h.k.

      राम्रो कामलाई राम्रै भन्नु सिकौ …यो कामलाई खर्चको हिसाबले मात्र हेर्नु हुदैन ,,,यसबाट देशलाई के फाइदा छ त्यो बुझ्नु पर्छ,,खाली नराम्रो दृस्टीकोणले मात्र हेर्नु हुदैन …कहिले कहिँ त् राम्रो दृस्टीकोणले हेर्ने बनि गर्नुहोस …राम्रो कामलाई राम्रो भनेपो,,,राम्रो गर्नेलाई पनि गर्नु मन लाग्छ ,..होइन र ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • Arjun

      यी नेता मन्त्रि लै मौसम परिबर्तन भनेको के हो था छैन ….हेलिकोप्टर ले गर्दा झन् खराब हुने भो सिखर को मौसम….सरकार परिओर्त्रन् होला भन्ने डर भएको बेला मोज गर्न गका छन् लौ जय होस् माकुने पदने बेला सडक बन्द गर्दै हिदिस अब घण्टा हुन्छ. गिरिजा को प्रचण्ड को ………चुसेर बस

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 15

    • बीर

      नमच्चिने पिङको सय झड्को | जाबो २० मिनेटको बैठकमा के कुरा पो छलफल होला र ? २४ जना मन्त्रीहरुलाइ १-१ मिनेट पनि नपुग्ने | सित्तैमा मन्त्रीहरुको शैक्षिक भ्रमण र बजेट सक्ने चाला |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 11

    • Pramod Lamichhane

      कुरो त ठिकै हो ! मुख्य कुरो त काम हुनु पर्यो. अर्का को नक्कल गरेर मात्र हुदैन काम पनि गर्नु पर्छा.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • Kanchha

      practically burden to the nations but theoretically make sense to have this kinds of activity to send the message to the big country.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • Saroj

      मलाई यो काम राम्रो लागेको छ | कहिले कहिँ सानो सानो कुराले ठुलो कुरा हुन सक्छ| आशा छ संसार बाट राम्रो प्रतिकिया प्राप्त होस् |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

    • nepali

      यदि त्यो हेलिकोप्टर हरु त्यहिँ क्रेश भएर सबै मन्त्रि मण्डल नै मरे देश लै धेरै फाइदा हुने थियो.. आस गरौ त्यस्तै होस् . मेरो सुभकामना छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 11

    • गरिब देशका धनी मन्त्री । विकास कुन चराको नाम हो त्यही निकुञ्जमा खोज्नु है । मौसम परिवर्तनमा विश्वको ध्यानाकर्षण गर्न कति खर्च लाग्ने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 9

    • झापाली

      त्यहा सम्म जाने खर्च कुनै काममा लाएको भए ।
      भोका नाङा बालबालिकालाई खाना लाउन दिएको भए ।।
      कती खुशी हुन्थे होलान,पेट भरी खान पाएमा
      तिनै नेताहरुले सान्ती र सम्रिदी देश नेपाल बनाएको भए ।।
      धेरै भोकै बसेका छन, खान नपाई पनि मरेका छन ।
      हामी जनता नै कस्ता,सबै दाजु भाई दिदी बहिनी मिलेको भए ।।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 14

    • बिक्रम

      एकातिर देशमा जनताहरु जीवनजल नपाएर मरिरहेको अवस्था छ भने अर्को तिर मंन्त्रीहरु सरकारी ढुकुटीको दुरुपयोग गर्दै सगरमाथाको काखमा मन्त्रिपरिषद् बैठक
      गर्दैछन। लाखौ रुपैयाँ खर्च गरेर गरिएको बैठकले देश र जनताको हीतमा कुनै दीर्घकालीन फाईदा दिने भएको भए त कुरा ठीकै हो, तर त्यस्तो केही हुन्छ जस्तो मलाई लागेन।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 17

      • swasti

        यो बैठक नराम्रो होइन किन भने जलवायु परिवर्तन सिङ्गो विश्वको चिन्ता अनि चासो को विषय हो | कोपनहेगन सम्मेलन लाइ लक्षित गरि हिमाली मुलुक भएको नाताले नेपाल सरकारले यो बैठक को आयोजना गरेको हो | तर सुजाता कोइराला उपप्रधानमन्त्रि नाभैदिएको अथवा मन्त्रि नै नभईदिएको भए शायद यो बैठक को यति धेरै बिरोध हुने थिएन कि …
        मेरो विचार मात्रै हो |

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • बिक्रम

      एकातिर देशमा जनताहरु जीवनजल नपाएर मरिरहेको अवस्था छ भने अर्को तिर मंन्त्रीहरु सरकारी ढुकुटीको दुरुपयोग गर्दै सगरमाथाको काखमा मन्त्रिपरिषद् बैठक
      गर्दैछन। लाखौ रुपैयाँ खर्च गरेर गरिएको बैठकले देशर जनताको हीतमा कुनै दीर्घकालीन फाईदा दिने भएको भए त कुरा ठीकै हो, तर त्यस्तो केही हुन्छ जस्तो मलाई लागेन।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 21

      • chandra pandey

        yo auta ramro kura ho.. hamro jasto garib deh lay pani ‘global warming awareness’ ko lagi purai world ko attention afu tira taneko cha… nepal auta geographical way lay pani vulnerable country ho……tapai haru sunnu hunna ‘asti gorkha ma akasmat heavy snowfall bhayo re’…’sudurpashchim ma 1 hafta dekhi musuldhare pani pariracha re’.,..’kathmandu ko tempreture lay naya record hanyo re’…..ye sabai kura global warming lay garna lay ho. tyasailay yo bhaneko 1 lakh – 2 lakh ko kura matra haina. ali bichar garera hamilay afai bujhnu pardacha……..’save the himalayas, save the greenary, save the world , save URSELF’!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

      • joshi

        सबै कुराको आर्थिक लाभ हानी मात्र हेर्नु हुदैन .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • hankimdo

      कोपनहेगन सम्मेलन लाई ध्यान आकर्षण गराउने गरि मन्त्रिपरिषदको बैठक बसेको ले राम्रै संदेश लेला तर बैठक बसेर मात्र हुदै न सम्बन्धित निकायमा जुजारुपताका साथ कुरा हरु उठाउनु पर्दछ र हाम्रोजस्तो देसले क्षति पूर्ति को पनि माग गर्नु पर्दछ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 8

    • दुर्गा प्रसाद खनाल पांचथर

      होइन २० मिनेट मात्र बस्ने बैठेक मा जम्मा कति खर्च भयो होला ? यदि यो खर्च कर्णालीमा प्रयोग भएको भए कस्तो हुने थियो है ! उल्फा को धन फुपू को श्राद
      आसा गरु लेक लागेर २ / ४ मन्त्रि मरून किन कि लेक मा बस्ने नेपाली के सधै डाक्टर चेक गरेर घास काट्न जान्छन ?
      जे होस् नेपाल सरकारले अहिलेसम्मका कुनै मन्त्रिमण्डलले नगरेको काम गरेर कीर्तिमान भने राख्‍ने भयो!
      जय लाज पचेको सरकार ! जय गुन्डागर्दी को सरकार !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 48 Thumb down 55

      • krishna gopal shrestha

        आदरणिय मित्र हरु,
        जय नेपाल ! ! !

        सर्ब प्रथमत: उमेश जी को ब्लग नै गज्जब को छ, प्रतिकृया धेरै आवोस भन्ने उहां को चाहना छ चाहे उहां द्वारा प्रकासित खबर झूठ, अर्ध सत्य वा सत्य किन नहोस्। मैले कल्पना गरेको थिय कि उमेश जी ले पुरा खबर दिने चेस्टा गर्नु हुन्न भनेर।
        यो मन्त्रिपरिषद को बैठक गर्न नेपाल सरकार ले रु १। मात्र खर्च गर्ने भनेको छ बांकी खर्च सबै ब्यापारी, बाताबरणबिद र अन्य श्रोतको सहयोग प्राप्त गरी गर्न लागेको हो। यो निस्चित हो कि तेत्रो रकम खर्च गरेर यस्तो गर्नु सर्बथा उचित छैन तर पनि प्रतिकृया लेख्ने साथी हरु लाई अन्त पनि पुरा खबर पढेर मात्र प्रतिकृया दिनु हुन अनुरोध छ।
        धन्यवाद
        जय नेपाल
        कृष्ण गोपाल श्रेष्ठ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 44 Thumb down 31

        • कृष्ण गोपालजी नमस्कार,
          यो मन्त्रि परिषद्को बैठक गर्न नेपाल सरकार ले रु १ लाख मात्रै खर्च गर्न लागेको कसरी पुस्टि गर्नु हुन्छ, कुन ठाउमा चै यो एक लाख मात्र खर्च हुने रैछा अनि बाकी खर्च बेहोर्ने अन्य स्रोत भनेको के हो? अनि एस्लाई सहयोग पुर्याउनु हुने प्रमुख ब्यापारी महोदय को हुनु हुदो रहेछ, जानकारी हुन पाए राम्रो हुन्थ्यो कि, उमेशजी ले अधुरो लेखे पनि तपाई चै पुरै लेख्न सक्नु हुन्छा कि??
          धन्यवाद!!!
          रबिन , फ्रान्स

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 21

          • रु १ मात्रै हुनु पर्ने मा १ लाख भएछ , sorry ,
            सच्याएर पढ्न अनुरोध.;
            धन्यवाद!!
            Rabin

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 9

          • पुष्प

            कृष्णजीहरू ‘चन्दा’लाई घृणा गर्नुहुन्छ; ‘घूस’ उहाँहरूको प्रिय हो । त्यसैले शायद उहाँले व्यापारी भनेर उही कालोबजारी, तस्करी र भ्रष्टहरूलाई इंगित गर्न खोज्नुभएको होला । ;) सगरमाथाको खर्चमात्र कहाँ हो र ! यिनीहरूको घरदैलो सबै उनीहरूबाटै सजिइरहेको छ ।

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 15

            • krishna gopal shrestha

              मित्र पुष्प जी,
              जय नेपाल ! ! !

              ‘चन्दा’लाई घृणा भन्ने शब्द प्रयोग गर्नु भयो , साह्रै राम्रो माने।
              यो ब्लग मा त त्यो चन्दा मांग को पत्र राख्न सक्दिन म ( २०६० सालमा माओवादी ले लेखेको पत्र ) तर कुनै दिन ब्यक्तिगत रुप मा पुष्प जी संग भेट घाट भयो भने म अबश्य नै देखाउने छु कि चन्दा मांग्ने तरिका कस्तो हुंदो रहेछ माओवादी हरुको।
              पुष्प जी, खुकुरी को चोट अचानो लाई मात्र थाहा हुन्छ त्यसैले हजूर हरु अहिले सम्म माओवादीको भजन गांउदै हुनु हुन्छ । ठिकै छ। तर म त यो भन्छु कि माओवादी को आक्रमण मेरो जार ले पनि सहनु नपरोस। जुन दिन आफ्नो घर लुटेको आमा बाबु लाई बांधेको आफ्नो आंखा ले देखनु हुन्छ त्यो बेला हामी संग गुहार मांग्न आउनु होला किंचित पनि सहायता गर्न कंजुस्याइ गर्ने छैन।
              धन्यवाद
              जय नेपाल
              कृष्ण गोपाल श्रेष्ठ

              मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

              • पुष्प

                सुजाताहरूले टन्न जुटाइदिएकै छन् हाम्रा कृष्णजीहरूलाई; चन्दा कि चाहियो हैन र ? बरु सिंगापुरको २ करोडबाट तपाईंको भागमा कति पर्यो कुन्नि !

                मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

                • nepathya

                  पुष्प जी जस्तो मान्छे पनि व्यक्तिगत आरोपमा रमाऊछ भनेर थाहा थियन
                  / कृष्ण गोपाल जी को कमेन्ट को जवाफ दिएको भए राम्रो हुन्थ्यो/
                  जहाँ सम्म मलाई लाग्छा वहाँ ले सुजाता र गिरिजा को कहिले पनि समर्थन गरेको छैन / बरु तपाई ले प्रचण्ड को हरेक कदमलाई समर्थन गरेको पाएको छु /

                  मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

                  • पुष्प

                    नेपथ्यजी,

                    व्यक्तिगत आरोप होइन, दृष्टान्त दिएकोमात्र हो । कसैको विरोध गर्नुपर्ने कारण नै नभए किन विरोध गरूँ ?

                    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • krishna gopal shrestha

            आदरणिय मित्र रविन शर्मा ज्यु,
            जय नेपाल ! ! !
            हिजो बिहानको रेडियो नेपाल मा प्रसारित बन मन्त्री दीपक बोहोरा ज्यु ले दिनु भयको अन्तर्वाता मा आयको खबर हो। कोपन्हेगन जान का लागि पनि नेपाल सरकार ले ३ जना का लागि मात्र खर्च गर्ने भन्ने छ। तर सहायता गर्ने हरुको नामावली भने दियका छैनन।
            धन्यवाद
            जय नेपाल
            कृष्ण गोपाल श्रेष्ठ

            मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

          • Prakash

            कृष्ण गोपाल जी,

            कुरो क पर्यो भने त्यो ब्यापारी, बाताबरण विदहरुले फाइदा उठाउनको लागि घुष सरह यो पार्टी देको थाहा भयेनाकी कसो? नेपाली जनता तेती लाटो चै छैन होला है?

            प्रकाश
            वाशिंगटन डि सी

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

        • Hillman

          मित्र हरु

          सरकारले रु १ मात्र खर्च गर्ने रे! क्या बात! खर्चको पुरा रकम व्यापारी हरु र वातावरणविद्द हरु र अन्य श्रोत??? बात ल्याउने रे! कुन मुर्ख व्यापारीले रकम बिना स्वार्थ सित्तईमा देला, कुन विदेशी डलर खेती गर्ने वातावरण संस्था वा वातावरणविद्द हरुले खर्च निस्वार्थ बोकी देला? बाकि रकम अन्य श्रोत??? बात आधा भन्दा बढी कमिशन मा सही ठोकेर मात्र आउने त् होला! कि कसो?

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • shreeshthapa

        गरोश मोज को बोल्ने

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • bibek

      हुदा हुदा के के देखिन थालियो अब मन्त्रीको बैठक पनि सागर्मतहा हिमालमा रे हेर हेर यो के ताल हो ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 45

      • Prem Aryal

        बिबेक जीले यो काला पत्थरको क्याबिनेट बैठकको महत्तो अलि बुज्नु भएन कि बुझेर पनि बुज्नु चाहनु भएन थाहा भएँन, जल बायु परिबर्तन संसारकै चिन्ता हो र यो बिकृति आउनुमा नेपाल जस्ता सयौ देश निर्दोस छन् र सजाय हामीले भोगिरहेका छओउ र आउने दिनमा येस्तई हामीजस्ता देशलाई बढी खतरनाक हुन्छ खास गरि नेपाल मा किनभने नेपाल का नदि नाला सबै हिमाल आश्रित छन् अहिलै देखि हिउ पग्लने र भबिस्यमा काला पत्थर मात्रै रहे के होला अन्दाज लागाउन पनि भयाबह हुन्छ, हामि जस्ता सयौ देशले गर्ने येस्तई हो ताकी धनि मुलुकलाई दबाब होस ,

        सबै कुरामा नकारात्मक मात्रै सोच्नु भएँन साथि राम्रो कुराको राजनीतिक स्वार्थ भन्दा माथि उठेर कमेंट्स लेख्न कन्जुस्याई गर्न र झगडा गर्ने निहु मात्रै खोज्नु भएन

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

    eXTReMe Tracker