मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माधव मास्कमा, सुजातालाई सास फेर्न गाह्रो

    अन्ततः आज बिहान माधवकुमार नेपाल सरकारले एउटा विश्व कीर्तिमान कायम गरेरै छाड्यो- विश्वको सबैभन्दा अग्लो ठाउँमा मन्त्रिपरिषद्को बैठक बसेर। कम्ता गाह्रो भएको थिएन यो कीर्तिमान राख्‍न। एक त अहिलेको जाडोमा त्यहाँ जान कठिन। अर्को त्यति धेरै उचाइमा हाइ अल्टिच्युडको समस्या। त्यसैले त वातावरणमा अभ्यस्त बनाउन मन्त्रीहरुलाई २४ घण्टाअघिदेखि स्याङबोचे ल्याएर राखिएको थियो। आज बिहान स्वास्थ्य परीक्षण गर्दा सबैको रगतमा अक्सिजनको मात्रा ठीक भएकोले कालापत्थर जान दिइएको थियो। प्रधानमन्त्री माधवकुमार नेपाल अक्सिजन मास्क लगाएर बैठकमा सहभागी भएका थिए। उनले त्यहाँ केही समय बोलेका पनि थिए। उपप्रधानमन्त्री सुजाता कोइरालालाई भने बैठकमा बस्दाबस्दै सास फेर्न गाह्रो भएछ। बैठक सकिएपछि उनैलाई सबैभन्दा पहिले हेलिकप्टरबाट स्याङबोचे फर्काइएको थियो।

    माधव नेपाल सबैभन्दा फूर्तिला देखिएका थिए। उनले हातमा पन्जा पनि लगाएका थिएनन्। विश्वका सञ्चारमाध्यममा उनको दृश्य सार्वजनिक हुँदै थियो। पहेँलो मास्क लगाएका उनले मास्क फुकालेर केही बेर बैठक स्थल मै सम्बोधन पनि गरे।


    भाग्यमानी मन्त्रीहरु। फोटोहरु सौजन्यः एएफपी/एपी


    उपप्रधानमन्त्री सुजाता कोइराला भने अनुहारका केही भागै नदेखिने गरी छोपिएकी थिइन्। मन्त्रिपरिषद बैठक सकिएलगत्तै उपप्रधानमन्त्री सुजाता कोइरालाको स्वास्थ्यमा समस्या देखियो। अनि उनलाई सबैभन्दा पहिले हेलिकप्टर चढाएर स्याङबोचे लगियो। त्यहाँको स्वास्थ्य शिविरमा कोइरालाको उपचार गरिएको थियो।

    जलवायु परिवर्तन सम्बन्धमा गरिएको सगरमाथा घोषणापत्र

    (सगरमाथा आधार शिविर, कालपत्थर, ५५४२ मिटर नेपाल)

    विश्व पर्यावरणीय सन्तुलनमा विशिष्ट योगदान राख्ने संसारको सर्वोच्च शिखर सगरमाथा ९ःत। भ्खभचभकत० र सगरमाथादेखि पूर्व–पश्चिम फैलिएको लामो र संसारकै सुन्दर अग्ला पर्वतमाला रहेको हिमालय क्षेत्रको करिब १ अर्ब ३० करोड मानवजातिको सभ्यता, उनीहरुको आर्थिक–सामाजिक–सांस्कृति उन्नति, प्राकृतिक सम्पदा एवम् पर्यटकीय विकासलगायत विभिन्न क्षेत्रमा सकारात्मक र विशिष्ट योगदान छ।

    हालका दिनहरुमा विश्व जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रहरुमा नकारात्मक असर पुर्‍याउन थालेको छ। फलस्वरुप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्हरुको जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजिकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ। जलवायु परिवर्तन र यसको प्रभावका कारण २१ औं शताब्दी मानवसभ्यता र राष्ट्रहरुको अस्तित्वका सामु थप चुनौतीहरु थपिएका छन्।

    पृथ्वी हाम्रो साझा घर हो। साझा घर पृथ्वीको संरक्षण हामीहरुका लागि जति आवश्यक छ, त्यति नै हाम्रा सन्ततिहरुको भविष्यका लागि पनि आवश्यक छ भन्ने मान्यतालाई आत्मसात् गर्दै हामीले दिगो विकास र वातावरण संरक्षणमा दशकौं अगाडिदेखि नै द्विपक्षीय एवम् बहुपक्षीय प्रतिबद्धताहरु व्यक्त गर्दै आइरहेका छौं। सगरमाथा घोषणामार्फत् हामी जलावयु परिवर्तनप्रति हाम्रो सामूहिक प्रतिबद्धता र आपसी सहयोगका क्षेत्र उजागर गर्न चाहन्छौं। समग्र मानवजाति, विश्वसम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण, दीगो आर्थिक–सामाजिक–सांस्कृतिक विकास, पर्यटकीय विकास समेतका क्षेत्रहरुमा अगाडि बढ्न र जलवायु परिवर्तन एवम् यसबाट पर्ने नकारात्मक प्रभावहरुबाट सगरमाथालगायत हिमश्रृङ्खलाको संरक्षण गर्न नेपाल सरकार निम्नलिखित घोषणा गर्दछः

    १. जलवायु परिवर्तनको दृष्टिले जोखिममा रहेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउन दक्षिण एसियाली मुलुकहरुलगायत सबै पक्ष राष्ट्रहरुस“ग सहकार्य गर्ने प्रतिबद्धता गर्दछ।

    २. जलवायु परिवर्तनले हिमालय पर्वतमाला एवम् प्रभावित क्षेत्रमा उत्पन्न गरेको विषम परिस्थितिबाट स्थानीय जनजीविका एवम् जीवननिर्वाह प्रणाली खासगरी गरिब, सीमान्तकृत समूह, आदिवासी, दलित, महिला तथा बालबालिकामा पर्नसक्ने असरको अध्ययन एवम् न्यूनीकरणका उपायहरुबारे स्थानीय एवम् राष्ट्रियस्तरमा जनचेतना अभियान संचालन गर्ने।

    ३. जलवायु परिवर्तनको नकारात्मक असरको समयमै उचित सम्बोधन गर्न तथा कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन ९च्भकष्ष्भिलअभ० अभिवृद्धि गर्न पूर्व सूचनाप्रणाली, जलवायु परिवर्तनका प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिका उपायहरु अवलम्बन गर्ने।

    ४. पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रको विस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षित भूभागलाई २५ प्रतिशतमा पुर्‍याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ बनाउने। हाम्रो प्रतिबद्धतालाई प्रस्ट पार्न गौरीशंकर र अपिनप्पा संरक्षित क्षेत्र घोषणा गर्ने।

    ५. जलवायु परिवर्तनबाट नेपालको सामाजिक–आर्थिक क्षेत्र खासगरी जलस्रोत, कृषि, जैविक विविधता, वन, मानव जीवन, मानव स्वास्थ्यमा पर्नजाने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूल कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्वसमुदायको सहयोग प्राप्त गर्ने। साथै विकसित मुलुकले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १.५ प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने।

    ६. नेपालले स्वच्छ ऊर्जा क्षेत्रको विकासबाट यस क्षेत्रकै कार्वन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसको लागि उपयुक्त र आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा लगानीका लागि विकसित र छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गर्ने।

    ७. स्वच्छ विकास संयन्त्रमा रहेको कोषबाट नेपालले पूर्णलाभ लिनका लागि यस संयन्त्रले सहयोग गर्न बनाएका प्रावधानहरु परिमार्जित गरी गरिब मुलुकहरुका लागि अझ बढी सुलभ र लाभदायी बनाउन पहल गर्ने।

    ८. मानव क्रियाकलापबाट जलवायु परिवर्तनसम्बन्धी भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० ppm (पार्ट्स पर मिलियन) भन्दा घटी हुनुपर्ने तथा पृथ्वीको सतहको औसत तापक्रम औद्योगिकरण थालनी पूर्वको तह भन्दा १.५ डिग्री सेन्टिगे्रड भन्दा बढी नगर्न आह्वान गर्ने।

    ९. हिमगलन को प्रक्रियामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे धेरै कम अध्ययन–अनुसन्धान भएकाले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने।

    १०. हरितगृह ग्यास लगायत अन्य क्रियाकलापबाट पर्वतीय पर्यावरण र हिमालयमा पर्ने गम्भीर असर न्यून गर्न, हरितगृह ग्यास उत्सर्जनको मात्रा कम गर्न आह्वान गर्ने। साथै, हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रलाई क्षतिपूर्ति दिन लगाई त्यस्तो ग्यासको नकारात्मक प्रभावमा रहेको गरिब देश एवम् जनतालाई राहत पुर्‍याउन सबैको ध्यानाकर्षण गर्ने।

    २०६६ मङ्सिर १९ गते

    ४ डिसेम्बर, २००९


    अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार।


    ऊर्जामन्त्री प्रकाशशरण महत लगायतका मन्त्रीहरु। उभिने चाहिँ मुख्य सचिव हुन् क्यार, हैन र ?


    कुनै मन्त्रीलाई त न मास्क चाहियो न पन्जा।

    जाडो ठाउँमा आइयो, यसो जिउ तताउने कुरा त चाहियो नै..

    No related posts.

    64 comments to माधव मास्कमा, सुजातालाई सास फेर्न गाह्रो

    • himal

      i liked the effrot of the Nepali PM.

      We are used and tuned to see the neagative side of everything. Government has done soem good thing , it has genuinely increased the awareness and why not all the political parties do the same so every month there will be one meeting . that willincrease the awareness , increase the tourism and increases the employment. thats a great idea of the team.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • गजब को गाइ जात्रा भनेको येही हो…अब त नेपाल मा गाई जात्रा हेर्न बर्ष न कुर्नु
      पर्ने भो बा…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • बिचरी सुजाता र बिचरा माकुने दुवै जना लाई कस्तो सास फेर्न गारो भएको होला तेस्तो बेला मा दुवै एऔतै पलंग मा लडी बुडी गरेर ताना टन गरेर ओक्सिजन को साता सात गरेको भए सजिलो भै हाल्थ्यो नि. बरु माकुने एक जना मात्र नपुगे तेहा तेत्रा अरु पनि त बलिस्थ हस्ती हरु थिए नि.
      कसो सुजाता नानि तथा माकुने

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • कहिनै भाको जात्रा हाँडी गाउको
      भने जस्तै ये मन्त्रि हरुले देखाउनु खोजेको के हो मैले बूझ्ना सकेन जहिले पनि ना चाहिने कुरा मा चर्चित

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • makune laja lagen…saba paribaralayi liyera jada…janatale harayeko manisa ho ni vagaye baliyo lera ayeko rahechasa…deshlayi kehi garane hoyina.badi natak garachau.timiharu jasata netaharule afano pet matra palachau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Raj

      माकुनेको बाउको सम्पति सगरमाथाको फेदिमा खनायेकोमा मकुने परिवारलाई धेरै धेरै धन्यवाद छ है

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • mra

      Good one :-)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Kale kancha

      कहीं नभएको जात्रा हाँडी गाउँमा .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Deshbhakta Kamal

      अब लुम्बिनीमा यस्तै प्रकारको बैठक गर्नु आवश्यक छ.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • ram

      I mean her expenses during her stay at Singapore for Mr. GP Koirala’s treatment !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • ram

      It’s a good thing that Nepal government tried to raise it’s concern about Global Warming….

      However, the main thing that I want to know is that has the expense report of Sujata Koirala been approved by the government… or was it her personal out of pocket expenses….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • shahilrai

      अब सुजाता लाइ पनि सिंगापूर लाने होला नि ? कसैलाई केहि नहुदा सुजातालाई चै सास फेर्न गारो भयेछा. बिचारा डीलाक्स रूम र गाडी मा बस्ने मन्त्रि ले कंहा सगर माथा को फेद मा बस्न सक्छा त ? झन्डै सुजातालाई माकुने ले स्वर्गलोक पुरैदियो .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • rajan sharma

      बुज्नेलाई श्रीखण्ड नाबुज्नेलाई खुर्पा को बिड,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • RchandraThapa

      मेरो आउट प्रश्न छ तपाई हरुलाई? मन्त्री हरु को बैठकमा कति पेशा खर्च भयो होला अनि त्यहो कति जाडो हो नि त?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • adams

      माकुने पैसाको लागि बेस चम्प त के कोपरामा बसेर पनि मिटिंग गर्छन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • सुइरे

      साला नौटंकी ख्याक हरुलाई सुन्धारा र बाइसे धारामा पानि सुकेको रानी पोखरीमा माछा मरेको, हज्जारौ जनता भोकमा आफ्नो बाल बच्चाको आ*सु देख्न नसकेर अरुको भकारी मा लुकायार राखेको धान लुट्न बाध्य भयको, दुइ खुट्टा उभ्याउने आफ्नो जमिन नभयर जबर्जस्ति जंगल फाडी छाप्रो हाल्न परेको संग वास्ता छैन, सगरमाथामा हिउ कम परेको संग सरोकार छ, तेस्ता देखाउने थियो त सगरमाथाको टुप्पामा गयर गर्नुनी क्याबिनेट मिटिंग के को नौटंकी हो, तेललाई हिउ मा गाड्नु पर्ने. !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

      • प्रकाश पौड्याल AB Canada

        थुक्क तपाइको बुद्दी . तौरिस्ट को पैसा ले कति गरिब ले खान पौचन. हिउ नाभेये को को tourist अनि गरिब झन् गरिब हुदैनन्. साथै संसार भरिको TV ले सित्तै समाचार बनाएर नेपालको प्रचार गरेको चाही तपाई को सुइरे बुद्धि ले धेखेंन हगी?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • nirgun

      तेही त नेपाली परेका लै त न मास्क चाहेएको छ न त उनिको टोपी नै, चट्ट नेपाली टोपी ढल्केको छ. अब [oxygen] चाहीने हरु त गैर नेपाली हरु हुन्, भारती हरु ……….

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Workincls

      What a waste of money haa?? Moran!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • mirak subba

      नेपाल का नेता हरुले गर्दा नेपाली हो भन्न नि लाज लाग्दो वाई सको नेपाल वानो कि खाली नेगटिव सोच्छन लडाई झगडा अपराध घुष सोषण इत्यादी !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • mirak subba

      सुजाता लै हिमाल को फेदी मा नै गाडेर आउन पर्थियो तेस्ता लिडर नेपाल मा चैअको छैन
      तर अफसोच बचेर आए चा सारै दुख लागो
      जीवन भरि पोलिटिक्स गर्दा नि कसै प् म वा छैन उ जोइन हुने बितिकै उप प् म

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • raaz

      does anyone even know about the leaked/hacked emails and documents from one of the Universities in UK which shows that the so called global warming is a big lie?
      Nepalese I feel pity for your ignorance.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 7

      • Rajendra Adhikari

        What an intellect you have!!
        You discard thousands of open proofs that shows Global Warming is a real concern, and You run after one silly rumor???

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Ashish kumar tamang

      फजुल खर्च र नचाहिदो बकबास मन्त्रीम०डलको बैठक के सगरमाथामा बैठक बस्ने बितिकै जलबायु परिवर्तनको बारेमा के थाहा भयो त यी चोर मन्त्री र हरूवा सरकारले?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 8

    • Jetha Magar

      सबै मन्त्रिज्यु हरुलाई जुत्तामा चमेलिको फुल गासेर , भाङ्राको गाताले स्वागत गर्नु पर्छ । कसैले गर्न नसकेको काम गरेर वोर्ल्द रेकर्द कयम गर्नु भो यो त गौरब को कुर हो नि । यस्तै यस्तै काम्मा मन्त्रिहरुको बुद्धी गैरहोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • कालभैरव

      यहाँ केहि साथीहरुले नबुझ्नुभा’ जस्तो छ: झलक्क हेर्दा बकुम्फासे काम गरेको जस्तो देखिन्छ र नचाहिने पैसा पनि खर्च गरेको जस्तो| तर यसो बिचार गरेर हेर्नुस त, यस बैठकले सन्सारकै ध्यान आकर्षण गरेको छ, र त्यो पनि धेरै कम खर्चमा| अहिले सम्म नेपाल (देश) ले गरेको परराष्ट्र नीतिमा सबैभन्दा effective कार्यक्रम हो यो| कोपनहागनमा हुन लागेको बार्तामा नेपालको कुनै बोल्ने अधिकार छैन, जबकी global warming को सबैभन्दा नराम्रो असर नेपाललाई नै पर्ने छ| ठुला देशहरु कति greenhouse gas घटाउछु भनि फुर्ति लगाइरहेका छन्, र विश्वको total ५०% घटाउने कुरा गरिराख्या छन् – त्यसो भए नेपालको emission त negative मा पो जाने भो नि! negative मा जाने कुरा भन्दा पनि नेपाल र Maldives जस्तो global warming ले असर पर्ने देशकै कुनै बोल्ने अधिकार नभए पछी नेपालले के गर्ने त, सरकारको यस move को बिरोध गर्ने साथीहरु भन्नुस त?

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • bibesh

      नेपालीले पनि के के गर्ने . कोहि हिमाल चढ्ने अनि हाम्रा नेताहरु हिमाल चडन नसके पनि हिमालको फेद सम्म पुगेर बैठक बसे . काठमाडौँमा बैठक बस्न माओबादीले देनन कि क्या हो?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • प्रयास राम्रै हो ,नया कुरा को सुरुवात अनि हिमाल मुनि नेता हरु को उठाएको हात देखदा त केहि गरिपो हाल्ने जस्तो ? जोशिलो … तर उनीहरु हिडेरै माथि पुग्नु भएको भय स्वस्थ पनि बिग्रिने थियन होला, ग्यास खर्च पनि बच्थ्यो, तर यदि बिग्रीनै हाले मा त्यो पापी हो भने पनि बुजिनेथियो

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • dhakalsant

      सपनामा बाघ मरेको देखेर, बिपनामा बाघको छाला बेरेको कल्पदै, म त शिवजी नै भएछु भनेर उफ्रने मान्छेरुपी भ्यागुत्ताहरु प्रधानमन्त्री भएको देशमा सगरमाथा मा चाही होइन, सेप्टी Tank भित्र बैठक बसेको भए विश्वको ध्यान अरु ज्यादा खिचिने थियो कि ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 13

      • होइन हामीले यो बैठक लाई सकारात्मकरुपले लिनु पर्छ;यो सारा संसारलाई sandesh हो

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

      • Pashupatinath le desh ko rakshya garun

        ढकाल जी, तपाई ले सारै राम्रो पाराले लेख्नु भएछ, यिनीहरु जस्ता नालायक, कपूत, पापी, स्वार्थी, अपराधी नेताहरु लाई सुहाउदो कुरो यहि नै हो l

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

      • कालभैरव

        ढकालजी,

        यो शायद नौटंकी नै होला, तर यसले कतिको सनसनी मच्चायो बुझ्नु भएको छ? यति कम पैसा खर्च गरेर नेपालले राम्रो काममा यति बिधि सनसनी मच्चाएको इतिहासमै पहिलो पटक होला| नेपाल भित्रको कुरा नेपाल भित्रै समाधान गर्नु पर्छ, र global warming मा नेपालको खासै कुनै हात छैन तर त्यसको सबैभन्दा ठुलोअसर पर्ने ठाउहरुमा नेपाल पर्छ| के, तपैले सन्सारलाइ नेपालमा हुनसक्ने प्राकृतिक disaster को बारेमा केहि थाहा थियो साधारण बिदेशीहरुलाई? शायद GLOF जस्ता natural disaster को बारेमा तपाइलाईनै थाहा छैन कि? सेप्टी ट्यांकमा सरकार होइन, कुवाको भ्यागुतो चाहि को हो, फेरी बिचार गर्ने हो कि न?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • rasul ansari

      good work , keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • सुरज श्रेष्ठ

      कमसे कम हाम्रा नेपाली मन्त्रि भनाउदालाइ राष्ट्रिय निकुन्ज र पर्यावरण को महत्व बारे जानकारी भयो । राष्ट्रिय निकुन्ज र बन्यजन्तु आरक्षहरुको स्थापना को लागि नेपाली बनबिज्ञ हरु लाई बधाई छ ।

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • ROSHAN ARYAL(AUSTRALIA)

      यी हरुवा नेता हरु बाट बातावरण मा के को योगदान ? यो भन्दा काठमाडौँ को जेब्रा क्रसिंग को तालिम मा लागे जनताहरु ले राम्रो संग हिड्न पाउने थीय
      धन्यबाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 10

    • Dipen

      हाम्रा देशका नेता हरुल क क गर्न lage हो राम्रो कम त गर्न नै छाडे त

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • रमेश

      एउटा नया सुरुवात

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 12

    • Lama

      सगरमाथा बिशोमा सबेले चिन्छन ठेस गरि माकुने हरेको मान्छे पनि प्रदान मन्त्रि बन सबल बायो बनेर बिशोलाई चिनौना खोजेको होलानी /शोदेश्मै मोज गरेको हुनाले पैसा त बिदेशमा गएन राम्रोई बएको जस्तो लाग्छा मुर्ख मन्त्रीहरुको काम/मनमा जे गर्न मन लाग्छा तेही गर्छन/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 15

    • SAJAN

      सुजाता लाइ फेरी सिङ्गापुर जाने बिचार होला अनि सास फेर्न गार्हो भएको नखरा लगएको होला ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 12

    • Adhikari

      किन मादव नेपाल अनि सुजाता लाई मात्रै गालि गर्ने, एस्तो राम्रो काम को थालनी भए को छ . एस ले संसार भरि राम्रो संदेश दिन्छ नि.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 20

    • Ananta

      मैले त यो भन्दा अघि को ब्लग मा लेखेकै थिए यो मीतिंग धेरै बेर सम्म लम्बिदै न र कुनै उपलब्दी मुलक होइन भनेर| यो एउटा वाईह्यात को काम हो | मास्क लगाएर पनि केहि बोल्न सकिन्छ र ?सुजाता लाई सास फेर्न गारो भयो रे| गर्ने नसकिने काम म किन हाट हाल्नु पर्या हो खै|माकुने ले आफ्नो नाम इतिहास मा राख्न सस्तो प्रचार मात्र गर्या हो, येस्मा म कुनै राष्ट्र प्रेम को भावना देख्दिन| कुलंगार हरु लाइ पैसा उदाउने बानि परिसकेको छ|| यो मीतिंग नेपाल को आन्तरिक मामला बाट धेरै टाडा छ| कुनै साथी ले अघि को ब्लग मा भने जस्तै नेपाल को भूमि माथि अतिक्रमण गर्ने हरु को बिचा मा भै दिएको भए पक्कै पनि छाती फुलाउन सक्थे| जहाँ सम्म मौसम परिबर्तन को कुरा छ, ध्यान आकर्सन नै गर्नु पर्या भए थुप्रै शेर्पा दाजु हरु छन् रेकोर्ड कायम गरेका, उनि हरु बाट कुनै प्रयोजन लिन सक्थ्यौ किन यो सक्दै नसकिने बुदा पाका हरु अगाडी बढ्न परेको हो?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 25

      • sushil

        climate change bhanako taha chhina hajur lai

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • Shiva Lamjung

      हुन पनि साचि नै हो प्रेमजी, तपी को ब्लागले त म एक्लै अति हांसे /
      मनोरंजन को लगी गयेकी धन्न बंचेर आई अब फेरी उही हो अमेरिका,सिंगापूर …महँगो हॉस्पिटल , महँगो होटल उच्च बिचारको उच्च खर्चैत होनी / तेस्लाई त ३ घंटा सम्मा सागरमाथा को टुप्पमा राखी नरक को कीर्तिमान फैलाउने अनुमति दी छाडेर आउन पर्ने हो / एस्ता देस खंगालाको लगी अझै उप, उप पद खोजिरहेका छन चोर नेताहरूले……….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 8

    • Neru Giri,Pennsylvania,USA

      बिश्व तापमान बृदी मा संसारकै ध्यान तान्ने गरि बैठक गर्नुत नराम्रो होइन तर आफ्नो सखासंतन लिएर रास्ट्रको ढुकुटी सक्ने काम गरेकोमा माकुने टोलीलाई धिक्कार छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 31

    • Sujata Koirala

      उल्फा को धन फुपू को श्राद !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 21

    • Jillabashi Baburam

      जसलाई सारा नेपाली जनताले रुचाएका छैनन्, उसलाई हिमाली हावापानी ले पनि
      देख्न सकेन!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 80 Thumb down 9

    • kesu

      केहि साथी हरुले सरकारी खर्च को कुरो गर्नु भो, यो बैठक सारा विश्व लाइ संदेश दिन को लागि गरियको र धेरै जसो खर्च बाताबरण सम्बन्धि काम गर्ने सस्था ले बेहोर्ने हो.
      कुरै नबुजी कमेन्ट लेख्न भयन साथी हो- नेपाल मा ग्लोबल वार्मिंग को असर नेपाल को प्रदुसना ले भयको होइन यो त अमेरिका,भारत,चाइना,बेलायत लगायत अन्य बिकसित देश बाट बाताबरण मा परियाको प्रतिकुल असर को प्रतिफल हो. सारा संसार लाइ संदेश दिन को लागि यो बैठक एउटा राम्रो मध्यम भयको छ.
      अनि त्यो कुजता चाही नेपाली नपरेर नै नेपाल को हावापानी नपचेको हो एकजना पन्जा र मास्क बिना का मन्त्रि चाही पक्कै नेपाली हावापानी सुहाउने परेछन ठिकै छ.
      जय नेपाल जय नेपाली (….)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 75 Thumb down 22

      • DEEP

        हैन साथी…जल वायो परिवर्तको बिसाए मा बिस्व को ध्यान अक्र्सन गराउने अरु पनि तरिका थिए होलान येसरी निमुखा जनता को रकम खर्छा गरेर नै देखाउनु पाछा भन्नि त छैन नि ……बरु त्यो रकम ले उता पश्चिम नेपाल मा दुखि र गरिब को सहयेता गर्नु नि….कि कसो…. हाम्रो जस्तो आर्थिक स्थिति कम्जोर भए को देश ले येसरी पर्दर्सन गर्न त सुहाएन नि त ……अलि कति हैसियेत पनि हुन पर्यो नि सरकार को……….! कि कसोऊ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 16

        • kesu

          सरकारी खर्च मा भयको होइन साथी यो बैठक.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 16

          • पुष्प

            कालोबजारी, तस्कर र भ्रष्टहरूको घूसबाट भएको हो ।

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 27

        • प्रकाश पौड्याल AB Canada

          जे उपाय गरे पनि तपाई यहि नै भन्नु हुन्थ्यो . संसार भरिको TV हरु ले यो समाचार प्रमुख बनाए तपाई नै भन्नुस त नेपालको प्रचार भयो. संसार भरि यति कम मा नेपाल को बिज्ञापन हुन्छ? जे मा पनि नकारात्मक विचार मात्रै राख्नु हुदैन.

          प्रकाश पौड्याल AB Canada

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • Bikram

      हेर शिव भोलि यिनीहरु अमेरिका गएर एस्तो गर्न पनि के बेर ……..विचार नेपाली को दुर्भाग्य ……………च्च्च्च

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 26

    • दुर्गा प्रसाद खनाल पांचथर

      खोइ बुजनै सकिन मैले त ? उल्फा को धन फुपू को श्राद !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 25

    • Tara-Mgr

      अनी बैठक त बसेछन सगरमाथाको कखमा तर बैठकमा के कुराको बैठक भयो तनी अनी के काम गर्ने भनी पारीत गरियो तनी ? हिमाल बच्चाउने भन्ने कुरा त आफ्नो ठौमा छदै छ। आफ्नै घर भित्रको बर्तमान समस्यालाई किन समाधान गर्न खोजेनन त तेतिकै बिना अर्थको कृतिमान राखेर के गर्न खोजेका हुन भात्मारा कुकुरहरुले ? ढुकुटी रित्त्याउने मेसो मात्रै अरु केही उपलब्धी छैन ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 24

    • सरकारी ढुकुटी रित्याउन त त्येस्तो कस्ट पनि खप्न सक्ने धिक्कारछ हाम्रो नेताहरुलाई !
      कतै सुजाताले उपचार गर्न सिंगापुर जान्छु भन्ने त होइन फेरी ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 40

    • indra shahi / SYDNEY

      ही ही सुजाता लै हेलिकोप्टर मा सवरी गर्ने हतार ………… बाकी कुरा आफै बुझ्नुस editor जी

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 42

    • sudarshan

      होइन यो माधवले गर्न खोजेको के हो बुझ्न सकीन, किर्तिमान नै कायम गर्ने हो भने सपथ मा खाएका कुरा हरु सबै गरुनन न……. ताल न बेताल को काम गरेर सस्तो लोकप्रियेता कमाएर काम छैन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 60 Thumb down 69

      • kesu

        साथी यो किर्तिमान को लागि होइन, बिकसित मुलुक हरु को ध्यान तानेर हामी लाइ धेरै असर नपार भन्ने संदेश दिन को लागि मात्र हो.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 78 Thumb down 23

        • sudarshan

          खोइ माथि को लेखमा किर्तिमान को कुरा गरेको भएर मात्र कुरा गरेको हु , जलबायु परिबर्तन सम्बन्धि copenhagen, Denmark मा conference हुदैछ
          बिस्तृत जानकारीको लागि
          http://en.cop15.dk/
          http://www.hopenhagen.org/

          धन्यवाद…..

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 11

    • Hariram

      सिंगापुर जस्तो ठानेर गएको होला त्यो त हिमाल पो हो त फेरी राज्य को कति पैसा जाने भयो औषधि मा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 104 Thumb down 21

      • raman

        हमला कि धमला भन्ने गारैनछ
        बरा तेलले बोकेर लेइ हालथ्यो नि सुजाता लाइ, हेलिकोप्टर को तेल मात्र खर्च ………………

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 79 Thumb down 9

    • Prem Aryal

      जे भए पनि यो कदमले संसारमा राम्रो संदेश गएको छ, चोर धोतिहरुलाई आज राम्रो झापड लागेको छ, अब लुम्बनिमा पनि येस्तई कुनै प्रक्रिया अपनाएर धोतिहरुलाई जाबाफ दिनु पर्छ, लडाकु बिमान उडाउने हैसियत त हाम्रो छैन येस्तई केहि गर्नु पर्छ,

      सुजाता धन्नै मारिनछ सिगापुरमा के के खाईथि क्यारे धन्नै पाप ननिस्केको, के गर्ने आजकल त भगवानले पनि त्येस्तैको साथ………..!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 133 Thumb down 30

      • shreesh thapa

        कोशी पीड़ित जनतालाई कोशीमै कुहाउने
        नेतालाई शान्ति खोज्न सगरमाथा चाहिने

        काठमांडूमा खर्च कम त्यही भएर सगरमाथा गएको
        नेताहरूलाई मतलब छैन देशको ढुकुटी रित्तिदै गएको

        देशमा शान्ति ल्याउने होकी नाटक मात्र गरेको
        बैठकको बहानामा छ की कतै आ-आफ्नै पेट भरेको

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 49

    eXTReMe Tracker