मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    गोरेकसेपको ‘नाटक’मा हरिजनको आँसु

    जतिबेला नेपालका प्रधानमन्त्री लगायतका मन्त्रीहरु जलवायु परिवर्तनको बारेमा विश्वको ध्यान तान्न भन्दै गोरेकसेप (५२५० मीटर) मा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्यामेराको अगाडि हात हल्लाउँदै थिए, त्यतबेला बाँकेका किसान बाँकेलाल हरिजन सुख्खाको कारण बाँझो भएको आफ्नो खेत हेरेर पुपुरोमा हात लगाउँदै विदेशी टेलिभिजनको पर्दामा देखिए।

    मौसममा आएको परिवर्तनका कारण समयमा वर्षा हुन नसकेकोले वाली निकै घट्ने चिन्तामा रहेका बाँके लगायतका तराईका अन्य जिल्लाका किसानहरु भन्दै थिए। “उता विहार (भारत) मा सरकारले यस्तो बेला किसानलाई सहयोग गर्छ, सिंचाइको व्यवस्था गरेको छ तर हामीलाई सरकारले के गरेको छ त?”



    उनको त्यो प्रश्न क्याबिनेट मिटिङ बसेको गोरेकसेपको फेदीसम्ममा पुग्नु भन्दा पहिले सायद ती किसानहरु भोकमरीमा पिल्सिसकेका हुनेछन्। अनुमानहरुका अनुसार यसपालि अघिल्लो वर्ष भन्दा करिब ४० प्रतिशतभन्दा कम धान तथा अन्य बालीहरु उत्पादन हुनेछ। जलवायु परिवर्तनले निम्त्याएको सुख्खाबाट पीडित किसानलाई सहयोग गर्ने कुरा हाम्रो प्राथमिकतामा परेन। त्यसको विपरित हामी काठमाडौंको धुलो हेर्ने भन्दै कहिले टुरिस्ट बसमा सयर त कहिले हिमाल पग्लिएकोमा ध्यान खिच्ने भन्दै सगरमाथा मिटिङ बस्न गइरह्यौं। यस्तो राजनैतिक नाट्यगिरीले विश्वका संचार माध्याममा सस्तो लोकप्रियता कमाउला तर समस्याको दीगो समाधानमा सिन्को भाँच्दैन। आधुनिक संसारमा राजनैतिक नाटक बढी र जनताको पक्षमा कम काम गर्ने सरकारलाई कुशासनको नमुनाको रुपमा लिइन्छ।

    हालैका वर्षहरुमा नेपालका हिमालय क्षेत्रका हिमनदीहरु पग्लने र हिमतालहरु बन्ने क्रम तीब्र भइरहेको छ। तापक्रम बढेपछि हिउँ पग्लनु एकदम सामान्य कुरा हो तर हिमनदीलाई बुझ्न कठिन हुन्छ भन्छन् यसका अध्येताहरु। गहिरिएर अध्ययन गर्ने हो भने तर हिमालय क्षेत्रका हिमनदीहरु पग्लनुको कारण जलवायु परिवर्तन नै हो भनेर ठोकुवा गर्ने पर्याप्त आधारहरु वैज्ञानिकहरुले अझै पनि भेटेका छैनन्। किनभने यस क्षेत्रमा अध्ययनहरु निकै कम भएका छन्। केही वैज्ञानिकहरुका अनुसार हिमालय क्षेत्रका विशेष गरी काराकोरम हिमालयका हिमनदीहरु सन् १९९० पछि फैलिँदै छन्। गंगा नदीको मुहान गंगत्री हिमनदीको संकुचन दर पहिलेको तुलनामा हाल आएर केही मत्थर भएको छ। तापक्रमको वृद्धिले मात्रै असर गर्ने हो भने ती पनि संकुचन हुन पर्दथ्यो जसरी नेपालका केही हिमनदिहरु भने वार्षिक १० देखि ४० मिटरसम्म संकुचन भइरहेका छन्। भारतको हिमनदीहरुको पनि संकुचन र फैलिने प्रक्रिया तापक्रम बढ्नुसँग मेल नखाएको नोभेम्वर महिनामा भारतीय वातावरण मन्त्रालयद्वारा प्रकाशित रिपोर्टले देखाएको छ।

    कोलोराडो विश्वविद्यालयका प्राध्यापक रिर्चड आम्स्ट्रगंका यस क्षेत्रका हिमनदीहरु विश्वका अन्य भागका हिमनदी भन्दा बढि उचाइमा भएकोले अन्य देशमा गरिएका अध्ययनको आधारमा हिमालय क्षेत्रको अनुमान गर्न नहुने बताउँछन् यस पंक्तिकारसँगको भेटमा।

    तथ्य जे जस्तो भएपनि स्पष्ट छ, हिमालय क्षेत्रका करिव १६००० हिमनदिहरु मध्ये निकै कम हिमनदीको पनि विस्तृत अध्ययन भएको छ जसले गर्दा हिमालय पर्वतमा यही भइरहेको छ भन्ने ठोस निर्ष्कष निकाल्न गाह्रो परिरहेको छ वैज्ञानिकहरुलाई, जुन कुरा आइपिसिसीको २००१ को प्रतिवेदनमा पनि उल्लेख छ।

    जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर नदीहरुमा ठूलाठूला बाढी आउँछ भन्ने कुरामा पनि त्यति दम नभएको हालै प्रकाशित अध्ययनहरुले देखाएका छन्। उक्त अध्ययनहरुका अनुसार नेपालको नदीहरुको बहावको हिँउ पग्लिएर आउने पानीको मात्रा ४ देखि १० प्रतिशत मात्रै छ।

    निश्चित रुपमा जलवायु परिवर्तन हुनमा हामी जस्तो हरित गृह उत्सर्जन कम गर्ने राष्ट्रको योगदान छैन। यो विकसित देशहरुको जीवन शैलिको कारण भएको हो। ती विकसित देशहरुको यसको क्षतिपूर्ति (आर्थिक प्राविधिक आदि) हामी जस्तो अविकसित मुलुकलाई दिनुपर्दछ। हामीले यसमा आवाज उठाउनै पर्दछ। तर क्षतिपूर्ति माग्नको लागि पनि हामीसँग पर्याप्त आधार हुनु पर्‍यो। कुन आधारमा र कति क्षतिपूर्ति माग्ने र त्यसलाई जलवायु परिवर्तनको प्रभाव न्युनिकरणको लागि कसरी खर्च गर्ने त्यसको लागि बैज्ञानिक अध्ययन हुन पर्‍यो। अझैसम्म पनि जलवायु परिवर्तनले नेपालको कृषि, वन, पशुपालन (हिमाली क्षेत्रका चरन), जडिवुटी, र पर्यटन र समग्र जनजिवीकामा पार्ने अध्ययन र तथ्यांक नहुनु सबैभन्दा ठुलो विडम्वना हो। हामीसँग युरोपका आल्प, अमेरिकाका रक्की र एण्डीज पर्वतमाला जस्तो पर्यात सुचना र तथ्यांकहरु छैनन्। दुखलाग्दो कुरा नेपालमा यस्ता कुराको वैज्ञानिक अध्ययन र अनुसन्धान गर्नको लागि सहयोग गर्ने भन्दा दातृसंस्थाहरुको ध्यान पाँचतारे होटलमा सेमिनार गर्ने, सगरमाथाको वेसक्याम्पमा नाटक गर्नको लागि सघाउनेमा गएको छ।

    बीबीसीका अनुसार उनीहरुमा एकखाले होडवाजी देखिएको छ। नेपालका मिडिया जसले जनमत बनाउन महत्वपूर्ण भूमिका खेल्छन्, उनीहरु पनि केही गैरसरकारी संस्थाहरुले पस्केका गफ (तथ्यांक होइन) पछि दगुरेका छन्। यी सबै कारणहरुले गर्दा हामी कहाँ जलवायु परिवर्तनको बारेमा कुरा बढी तर ठोस काम कम भइरहेका छन्।

    गोरेकसेप मिटिंगमा सहभागीहरुको पारा देख्दा उनीहरुमा विषयको गम्भीरपनाको बोध भन्दा पनि हल्का मनोरन्जन र उत्सवको रुपमा लिएको देखियो। प्रधानमन्त्रीले छोरा छोरी र श्रीमती सबै परिवारलाई मिटिङ बस्ने स्थानमा लैजानुलाई उनमा विषयको गम्भीरपना भन्दा पारिवारीक घुमफिरप्रतिको चासो भएको देखाउँछ। त्यसो त गोरेकसेप मिटिगंले विश्वको ध्यान आकृष्ट गरेर अहिलेको अवस्थामा विदेशी सहयोग आएमा पनि जलवायु परिवर्तनको प्रभावका कारण पिल्सिएका बाँकेलाल हरिजनहरु जस्ता सामान्य जनताको हातमा त्यो रकम हस्तान्तरण हुने र उनीहरुको पीडा कम हुने संभावना कम छ।

    हालै प्रकाशित ट्रान्सप्यारेन्सी इन्टरनेसनलको रिपोर्टले भनेको छ हामी कहाँ भ्रष्टचार झन झन् बढ्दो छ। त्यसकारण त्यसरी आएको रकम विच मै हजम हुने संभावना निकै वढेको छ।

    अन्त्यमा, गोरेकसेपमा मिटिगं गरेर विश्वको संचारमाध्यमको ध्यान खिच्ने, टुरिष्ट बसमा रिंगरोड सयरको फोटो पत्रिकामा छपाउने सस्ता प्रचारबाजी र अनावश्यक खर्च गर्ने प्रवृतिलाई छोडेर भएका सीमित साधनहरुलाई समस्याको जरो पत्ता लगाउन र त्यसले पार्ने प्रभाव न्युनिकरणमा तर्फ लगाउन उपयुक्त हुन्छ। गोरेकसेप जस्तो करोडौं रुपैयाँ पर्ने महंगो (नेपाल सरकारको रकम खर्च नभए पनि त्यो अन्यत्र प्रयोग गर्न सकिन्थ्यो) नाटक गर्न भन्दा देशका प्रधानमन्त्री र मन्त्रीहरुले भ्रष्टाचार नियन्त्रण र सुसासनमा ध्यान दिने हो भने विदेशी सहयोग यो भन्दा चौगुणा बढ्ने निश्चित छ। जलवायु परिवर्तनको पक्षमा विश्वलाई देखाउने केही गर्न छ भने सरकारका मन्त्रीहरुले गाडी नपाएको झोँकमा शिशा र सीडीओको गाला फुटाउनुभन्दा सबैले प्राइभेट गाडी चढ्न छाडेर सार्वजनिक सवारी चढेर वा साइकल चढेर प्रतिव्यक्ति हरितगृह ग्याँस कटौती गरेको विश्व सन्देश दिउन्। वा सवै सरकारी कार्यलयहरुले शुन्य उत्सर्जन गर्ने प्रविधि प्रयोग गरेर देखाउनू। जसको अनुसरणले विश्वमा हरितगृह ग्याँस उत्सर्जन कम हुन सहयोगी होस्। सरकारी मन्त्रीमण्डलको मिटिंग राख्नको लागि पहिलो पटक विदेशी र व्यापारीको सहयोग लिने इतिहास बनाएको गोरेकसेप नाट्यगिरीले सस्तो लोकप्रियता मात्रै होइन, अब अन्य देशले क्याविनेट मिटिङ कहाँ गर्ने लौ फसाद भन्ने जस्तो गार्जियन समाचारपत्रको व्यंग्य पनि सँगै आउनेछ। हेक्का रहोस्।

    No related posts.

    28 comments to गोरेकसेपको ‘नाटक’मा हरिजनको आँसु

    • Nepali Yuva

      जलबायु परिवर्तनमा मुख्य हात बिकसित देशहरुको हुँदा उनीहरुले नैतिक जिम्मेवारी लिनु पर्छा, किनकि हामी जस्तो विकासोन्मुख देशहरुले भोगिरहेका जलबायु परिवर्तनको असर उनीहरुको नै कारणले हो . नेपाल सरकारले गोरेकसेपमा गरेको कार्यक्रम हामी जस्ता गरिब देशहरुले उनीहरुको ध्यानाकर्षण गर्ने एउटा प्रभावकारी उदाहरण हो जस्तो मलाई लाग्छा. तेसैले हामीले एस्लाई अन्यथा ठान्नु गलत हुन्छा.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुर्गा प्रसाद खनाल पांचथर

      शान्ति र सुरक्षा, स्वास्थ्य र शिक्षा, गाँस र बास हाम्रो आवसेकता हो
      समय ले ठगेको हो तर नेपालमा भने नेता ले ठगेको हो
      बिश्वोको जलश्रोत मा दोस्रो धनि नेपालमा यो हबिगत हुनु सरकार को अदुरदर्शिता हो
      तराई इलाका मा नहर बनाउदा हुन्छ नि तर के गर्ने १० कक्ष्या पास गरेका नेता जलश्रोत मन्त्रि छन् डिप्लोमा गरेका भनु या जो जे काम मा योग्यता भएका छन् उनीहरु तेस्तै मन्त्रलयमा छैनन् कृषि पढेका अर्थमन्त्रालयमा मन्त्रि छन् कानुन
      पढेकाहरु उर्जा मन्त्रि हुन्छन लोग्नेमानिस महिला मन्त्रलाका मन्त्रि हुन्छन
      “अर्थ न बर्थ गोबिन्‍द गाइ”
      आगे हजुर को मर्जी !!!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • avas

      सभा र भेला चाहिएको हैन देशलाई l चाहिएको रोटी हो l कुरालाई हातमा प्रयोग नगरी भोक यथावत रहने करिब निश्चितछ l

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • dalliram

      हामी ले के कुरा बिर्सिनु हुन्न भने कालापत्थर को बार्ता डेनमार्क को copanhegan मा बिस्व को ध्यान सानो तथा गरिब नेपाल तर्फ आकर्षित गर्न हो | बिकशित देश र भारत र चीन को कारण ले global warming भै रा छ र नेपाल जस्तो गरिब राष्ट्र त्यसका कारण ले प्रभावित भाको छ | त्यसको कारण ले मौसम परिवर्तन भै रा छ , कति ठाउँ मा खडेरी पर्या छ भने कति ठाउँ मा हिमाल पग्लेर बाढी नि आको छ |

      त्यसैले कालापत्थर को बार्ता लाइ बाँके संग जोडेर हिड्नु ठिक होला जस्तो लाग्दैन मलाई |

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • raju gurung

      आहिलेय्को माकुने को नेत्रितोव्को सरकार मोज गर्न बेस्ट छ,मनमा लागेको इएछेअ मोज मस्ती गर्न बेस्ट छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 8

    • dilp

      यो सरकार को काम भनेको सम्भीधान बनाउने हो !! तर योओ सरकार टिकाउने तिर मात्र लागेको छ !! पढ़ाना नसकेका , चुनाब हारेका गोबर हरु मन्त्रि भए पछी के को संबिधान बन्छ र कहिले यी मन्त्रि ले सिडियो पिटेका छन् , कहिले गाडी को सिसा अनि गाडी तुद्फोद गर्छन/ उत्तम जी को लेख संधर्भिक छ !!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

    • Prem Aryal

      एस्तो गरेको भए हुन्थ्यो र उस्तो गरेको भए हुन्थ्यो यो हाम्रो भन्ने बानिनै हो तर लेखकजीले अलग कुरा गरेर ति नाकाम नेताहरु ले जस्तै सस्तो लोकप्रियता कमाउन खोजे जस्तो लाग्यो, आजका मितिमा जल बायु परिबर्तन सम्बन्धि आएका समस्या का बारेमा संसारमा दुइ मत छैन र जल बायु परिबर्तनको असर सन १९९० देखि नै हो, जब लेखक जी संग हिम श्रीन्खला मा आएको परिबर्तन सम्बन्धि ठोस् प्रमाण छैन भने अन्य कुरा गरि समस्यालाई ओझेलमा पार्न खोजेको जस्तो देखियो

      साथि मैले पहिलो प्याराग्राफ मात्रै पढे मलाई चित्त बुझेंन, यो हामि सबैले स्वीकार गरिसकेको कुरा हो हाम्रो देशका राजनीतिक नेताहरु नालायक छन् तर ग्लोबल वार्मिगको समस्याको लागि हिजो काला पत्थरको क्याबिनेट राम्रो पक्ष हो, जनताको आवाज काठमांडूमा कहिले पुगेको छ र, संसारको ध्यान खिच्न को लागि भएको क्याबिनेट अप्रत्क्ष रुपमा गरिब किशानकै पक्षमा छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • deepak basnet

      नेपाली जनताहरुले चर्का चर्का स्वरमा आफ्ना जाएज मागहरु सडक बाट कुर्लदै छन् तर पनि यो कठपुतली सरकारले सुन्नु त के सुन्ने प्रयास पनि गरेको छैन यस्ता लाचारहरुले नेपालको बिकाश बजेट नास गरेर बिश्वो लाइ संदेश दिन कलाधुन्गामा मन्त्री परिसदको बैठक बस्नु भनेको एउटा हस्यस्मद नाटक मात्र हो भन्ने मलाई लाग्छ.सरकारका भरौटेहरुले कैलालीमा निर्दोष सुकुम्बासी जनताहरु लाइ बर बर आक्रमण गरि हिंसा मचाई रहेको छ तर यस घटनामा कठपुतली सरकार मौन छ किन?यसको जवाफ दिनु पर्दा यो सरकारले जनतामाथि दमन गर्दै जाने नीति लिएको छ.हामीहरु सबै आजै देखि यस सरकारको विरुद्ध लागेनौ भने…….लास्टमा तै हो .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 15

    • Jillabashi Baburam

      बुचो घाँसको मुठो पार्न खोज्दा मुठो नपरेर जसरी फश्र्याल्ल छरिन्छ,
      त्यसरी नै यो लेखमा पनि आग्रा देखि लिएर गाग्रा सम्मका कुरालाई एकै
      सिलसिलामा कथ्न खोज्दा बडो मुठो परेन हजुर!
      छोटो घाँस लाई डोकोमा खादे जस्तै यो लेखका विभिन्न कथा कथ्यौरी हरुलाई
      बुलेट या बुदामा लिष्ट गर्या भे बरु अलिक जायज देखिन्थ्यो कि?

      सुप गराउन खोजेको त सालाद पो भएछ त!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 7

    • Bhardwaj Nepal

      राम्रो लेख को लागि लेखक जी लाई धेरै ढन्यबाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 17

    • James Dean

      लेख थोरबहुत सान्धर्भिक नै भएपनि यो उत्तम बाबु भन्ने मान्छे अझै पनि माओबादी धंग धंगती ले ग्रस्त छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 6

    • Ra Ra

      सबै कुरा को त्यस्तो alternative लिन सकिदैन उत्तम जि,
      अब तपाईं ले यसरी माइ संसार मा बकम्फुसे लेख लेखेर कमेन्ट पढ्ने समय अन्य काम मा लगाएर तेस बाट आएको पैसा ले सिटामोल किन्न नसकेर जिबन गुमाइरहेका गरीब लाई दिएको भये तिनी हरु को जिबन बच्थ्यो नि हैन र ? तर यसरी तुलना गर्न मिल्ला र ?

      अब अर्को कुरा काठमाडौं मै बस्ने गिरिजा लाई काठमाडौं मै बस्ने प्रचन्ड ले भेट्न किन लाखौं खर्च गरेर सिङ्गापुर जानुपर्य होला हेर्नुस् त ?? कत्रो नै कुरा गर्नुथियो र फोन मा गर्या भये पनि हुन्थ्यो फेरी २ पछी त गिरिजा नै फर्कदैथे |

      यस्ता धेरै कुरा हुन सक्छन यदी पूर्वग्रही भएर सोचेमा | तेसैले कुनै पनि काम कुन पार्टी ले गरेको हो हेरेर मात्रा तेस्को कमेन्ट दिने भन्दा कस्तो काम भएको हो त्यो हेरेर कमेन्ट दिने गरौ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 5

    • DEEP

      नेपाल को राज नीति र माकुने को जम्बो, निकम्मा र पाजी सरकार लै राम्रो झापड……………
      मा यो लेख संग सात प्रतिसत सहमत छु……..यो सबी ढोंग हो…. ति दात्री संगठन हरु ले आज त्यो बैठक मा लगाएको लगानी सरकार संग ब्याज र स्याज सहित निकाल्ने छन्…….बरु ति हरिजन को सिचाई को परवंध तिर लागेको भए कति नाम हुन्थ्यो….

      चोर, फटा, जाली… माकुने र तेसका भरौटे… अनि क्याबिनेट मीतिंग मा तेस्को परिवारको के कम किन लागेको परिवार लै……..तेसै परस्थ छ नि तिनी हरु मीतिंग सितिंग हैन रमाइलो गर्न ग क हुन् त्यहाँ….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 15

    • madan bajracharya

      यो कुरा त् उहीं हिमालमा बठक गरि रहेका हुक्के बैथाकेहरुलाई सुनाउनु पर्ने/ देसमा सबै लथालिंग छ, हुल्याहा छुल्याहा मन्त्रि छ, देसको राजनीतिमा विदेश कुप्रभाब मात्र होयिन बिदिशिको हैकमनै चलेको छ जे यो नेपालमा व्याप्त भएको सामाजिक राजनीति प्रदुषण होयिन? येदी हो भने पहिला यिनै प्रदुषण हटाउन पहल गर्नु पर्यो/ जनमत पाए पछी मात्र बस्न पाउने कुर्सीमा आज कस्ता कस्ता कुन दुलो बात कुन प्वाल बात आएकाले गन्हाउने बनायिरहेछ, देसमा अदालतले अपराधि लाई सजाए को फैसला दिन पाउंदैन, पुलिशले अपराधी समात्न दिंदैन, संसारमा अदालतको गरिमा मन्त्रि परिषद भन्दा माथि हुन्छ, नेपालमा मन्त्रिपरिषदले अदालतको निर्णय उल्टाउन सक्ने रे, घुस्याहा पनि मन्त्रि बन्ने हुल्याहा पनि मन्त्रि बन्ने डाका पनि मन्त्रि बन्ने ज्यानमारा पनि अनि अदालत भन्दा उनीहरुको निर्णय माथि? के यो न्यायिक संबैधानिक निकाए लाई जानाजानी प्रदुषित गरिएको होयिन?
      अब यिनीहरु बिस्वोका ठुला रास्त्र्हरु बाताबरण प्रदुषित भएको मा ध्यान आकर्षण गर्न खोज्दै छ/ पहिला जुन देसको मन्त्रि भएको हो त्यो देशमा यिनीहरु आफैले फैलाएको प्रदुषण कसरि सफा गर्ने यो कुराको कुनै जवाफ छ यिनीहरु सिट?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 9

    • उत्तमजी यहांको लेख आफ़ैंमा नराम्रो होइन् तर हरेक काम/कुरोलाई आलोचना गर्ने परम्पराबाट छुटकारा नपाएको भने पक्कै हो। ‘हरिजन’ या जनता जनार्दन् को आंसुको बारेमा लेखनलाई नत कालाप्थ्थरको नाटक मञ्चनको साईत कुरेर बस्नु पर्थ्यो , नत गार्जियनको ब्यङ्ग| आंसुसंग संबन्धित् लेख सधैंनै समसामयिक हुनसक्छ, मलाई लाग्दैन यसको लागि कुनै अवसरको आवश्यकता परोस्।
      राजनितीज्ञहरु सदा-सर्वदा अवसरवादि हुन्थेनै, तर आज यहांले आफ़्नो लेखको विषयवस्तुको गम्भिरतालाई अवसरवादिहरुको जुन नाटक मञ्चनको सु-अवसरसंग जोड्ने जमर्को गर्नुभो त्यसबाट लाग्दछ अवसरवाद जताततै ब्याप्त छ, भिन्न छ त केवल त्यसको उपयोग या सदुपयोगको तरिकामा मात्र|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 4

    • ardniban

      कता गए बिरोधि माऊबादी तिमि हरु छौ अरु दोनोर खोजेर बिरोद गर्न मन्त्रीको काबिनेट गएको भन्दा अलि माथिनै बेस १ मा जानु पर्थ्यो ! यहाँ चुकक्येउ!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • krishna

      उत्तम बाबु,
      यदि यहि मन्त्रिपरिषदको मिटिंग माओबादी कालमा भैदिएको भए वा माओबादी सरकारमा भएको बेलामा भएको भए तेही उत्तमजीको कलम बाट निकै प्रसंसा र फुर्तीका साथ लेखहरु आउथ्यो- माओबादीले एक चमत्कारिक र साहसयुक्त काम गरेर बाताबरणको संरक्षणको लागि विश्वका अति बिकसित मुलुकको ध्यान तान्न सफल भएको भनेर (?) हामि पढे लेखेका मान्छेहरु नै एक वा अर्को राजनीतिक बिचार को अन्धभक्त भएर राम्रो कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्न सक्दैनौ भने नेपालमा कल्ले गर्ला त निष्पक्षताको साथ् बिश्लेसन !
      सरकारका प्राथमिकताहरु धेरै छन् तर तेता पनि ध्यान दिनु पर्यो | सगरमाथाको फेदीमा बैठक गरिरहदा अर्को प्राथमिकता (सुख्खाग्रस्त क्षेत्रमा अपनाउनु पर्ने तदारुकता जस्तै अन्य धेरै..) भुल्नु भएन, अनि अर्को प्राथमिकतामा लागिरहादा, यी र यस्ता साहसिक काम गर्न पनि चुक्नु भएन | हरेक क्षेत्रमा सन्तुलित भएर काम गर्नु पर्यो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 19

      • Nik

        Krishna I liked your TO THE POINT answer to this columnist, Mr Uttam Babu Shrestha. I have never come across he saying something against Pushpa Kamal Dahal baaje when he travelled Europe and USA carrying his whole family. Moreover this columnist did not utter a single word when his patronage Mr Dahal baaje went on knee bent plead with Norwaygien for a “gift” to Nepal, publicly which put our dignity and pride in peril. All Mao-ists are the same. They are driven by ideology, not by deed, really. I feel pity on them.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 5

    • दीपक

      राम्रो लेख सहमत छु | यो सबै चालबाजी मात्रै हो | डोनरको पैसा लिने अनि मोज गर्न पल्केका नेताहरु यो नाटक गर्न भ्याएछन् |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 11

    • ardniban

      कुरा त मुनासिफ लाग्यो,तर यी येस्ता समस्या तर्फ सरकारका ढाक्रे हरुले सुन्ने भए नेपाली जनताले सतिले सरापेको देश भन्दै बस्नु पर्दैनथ्यो ,खास कुरा त नेपाली राजनीतिक दलका कार्यकर्ता ले नेपाल बिगारेको हो,एक प्लेट मासु भात खाएर ज भन्यो तेही गर्ने भातुवाले बिबस जनता लाई तर्साएका,नेपाल मा सच्च्चिकै भ्रस्ट हाबी भैसके,तसैले त लाजै नमानी माकुने फेमिली पिकनिक लिएर बैठक बस्न जान्छ सुजाता मर्न आटेको बाउ नाम को पिण्ड खादै लिमोजिन चद्छे,काम मा भएपनि राष्ट्र पति हुने दाउ गिरिजा ले गरेको छ नागरिक सर्बोछ्ता को खोल ले प्रचण्ड डेढ लाख को पलंग मा सुतेको छ हामी गरि नेपाली जय जय भन्दै येस्ता गोरु लाई गुरु मनि हिड्छौ/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

    • suman sharma

      धन्यबाद उत्तम जी मलाई तपाइको यो लेख सारै मन पर्यो/ हो climate change भन्ने कुरा मेडिया र केहि organization ले बैगानिक findings लाई बेवास्ता गरेर ढोल मात्र बजाईरहेका छन्/ तेस्को example हो minister meeting in kalapathar.
      खस् मा यो issue सारै debatable छ/ यौटा यूधारण हो यो तल को लेख जसलाई पढ्न यो लिंक मा च्लिच्क ग्रनुस
      http://www.sciencemag.org/cgi/content/full/326/5955/924?ijkey=j6WYTxd5PZ8.c&keytype=ref&siteid=सकी
      यो लेख ले IPCC को prediction lai challange गरेको छ/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 9

    • Hom Nath Adhikari

      वास्तव मा लेखक का कुराहरु समय सान्दर्विक छन् भन्दा गल्ति नहोला अनि आर्को कुरा हाम्रो जस्तो स्यानो मुलुक ले यी कुराहरुका बारेमा सोच्नु कुनै जरुरि छैन किनकि नेपाल एउटा तेस्तो रास्ट्र हो जहा छेत्रफल को हिसाब ले यहाको जनसंख्या निकै कम छ लगभग हाम्रो बराबर छेत्रफल भएको बंगलादेश को जनसंख्या हाम्रो भन्दा करिब ५ गुना बढी छ. तैपनि हाम्रो देश को तुलनामा यी देश का जनता धेरै सिच्छित छन्, स्वाबलम्बी छन्, उब्जनी धेरै छ, अनि राजनैतिक अबस्था पनि हाम्रो भन्दा सन्तोस जनक छ तेसैले अब हाम्रो सरकारले सोच्नु पर्ने कुरा के हो भने यदि बंगलादेश को जति नै जनसंख्या हाम्रो देश को पनि भयो भने हाम्रो सरकारले देश र जनतालाई सम्हालेर राख्न सक्ला जबकी ३ करोड जनसंख्या हुदा यो हालत छ देश का एक चौथाई मानिस भोका छन्, राजधानी जस्तो सहर मा पानि को अभाव छ, फोहोर स्थाई रुपमा बेवस्थापित छैन, जनमत को कदर हुदैन, मन्त्रीहरु को पार वाई सी एल को भन्दा बढी छ, पैसावाला हरु राज्यको ढुकुटी रित्याएर विदेश मा उपचार गराउछन पैसा नभएका गरिब दुखि जनता पेट दुख्दा जिबनजल नपाएर मरी रहेका छन्, देश मा लुटपाट, हत्या हिँसा, बलात्कार,बढी रहेको छ, गरेर खाना दियिदैना, लुटेरा खानिहरुको बिरुध्धमा कोहि बोल्दैन, अदालत को मान राखिदैन, अनि एस्तो अबस्थामा भएको देश ले एउटा नाटक रुपी बैठक गरेर बिस्वलाई के संदेश दिन सक्छा. अनि के विश्व का मानिस हरु या भनौ साशक हरु ले येस्ता कुरालाई ठुलो रुपमा पनि मान्दैनन बरु त्यो भन्दा त हाम्रो जस्तो सानो मुलुक का नेताहरुले कसरि जनताको जिबनस्तर उकास्ने भन्ने कुरा हरु सोच्नु पर्ने हैन र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 20

      • दीपक

        बंगलादेश संग तुलना गने तपाइको सोच अजिब रहेछ | नेपालमा जनसंख्या बढी छ , बंगलादेशमा अत्यधिक | हामीले पनि जनसंख्या घटाउनु पर्छ |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 23

        • shreesh thapa

          प्रकृति बिरुद्द जब केहि गर्ने आट आउदैन तब आफै बचेर बस्नु पर्छ किसानका लागि सिंचाई गरि पानी उपलब्ध गर्न त सकिन्छ खोइ कुरा बुझेको

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • राम चन्द्र ज्ञवाली

        काङ्रेश का नेता को कुरा सुने काङ्रेश ठीक एमाले का नेता को कुरा सुने त्यही ठीक माओवादी नेता को कुरा सुने त्यही उत्तम अरु पार्ती का कुरा सुने त्य्ही राम्रो सन्यासी का कुरा सुने जोगी जीवन ठीक कम्युनिस्ट का कुरा सुने साम्यवाद ठीक पुजिपती का कुरा सुने प्रजातन्त्र ठीक धार्मिक गुरु हरु का कुरा सुने स्वोर्ग ठीक गरीब को कुरा सुने लुट कब्जा नै ठीक सम्पत्तिवाल को कुरा सुने सम्पत्तिराख्नपाउने बिचार नै ठीक ..
        खै आखिर ठीक के हो बेठिक केहो ?????? हामी ले यो बल्ग मा पनि धेरै कुरा देखियो बिचार देखियो

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

      • munna gautam

        पहिलो कुरा त यस्तो बैठक लै BBC ले पनि प्रसारण गर्नुले यसको महत्व देखाउछ . अझै पनि कति मान्छेलाई सगरमाथा कहाँ पर्छा भनेर थाहा छैन वा CHINA मा पर्छ भन्छन, त्यो नेपाल मा पर्छ भन्ने कुरा हिजो प्राय बिस्वभरिका समाचारमा आए ( जाच्न सक्नुहुन्छ) . अबको हाम्रो काम भनेको बिकसित मुलुकले निकालेको प्रदुसन को कारणले बेकारमा हाम्रो हिमालय को अस्तित्व सङ्कट मा छ, त्यसको क्षतिपुर्ति माग्ने हो . कार्बन उत्सर्जन गरे बापत आउने पैसाले गरिब किसान लाइ राहत हुने दिर्घकालिन काम गर्नु पर्छ .

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • Kumar

          संसारमा कहीं नभएको बिकास हाम्रो देश नेपालमा भएको छ,त्यसैले कहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर हाम्रा देशका भुस्यहा र गुस्यहा नेताहरु धेरै नै खाएँ अव त कम खानु परयो भनेर हो क्यारे सगरमाथाको फेदमा मुखमा बूझो लगाएर बसेको बैठक ले नेपालीहरुको मानस पटलमा मात्र नभएर बिदेशीहरू समेत तिन छक्क परेका छन,हाम्रो देशको नेताहरूले सो बैठकमा भएको गोप्य एजेंडा हरु बहिरा प्रचारमा आउन नदिनको लागी मुखमा लगाएको बूझोमा पाइप लाइन जोड़ी ध्वनि प्रशारण गरेर एक आपस मा मात्र बुझने प्रक्रिय बाट बैठक संपन्न गरेको देख्दा अच्म्भ नै मान्नु पर्छ,हैन र की कसो हो?बिकसित देशको बैठक,चहल,पहल,आदि इत्यादि कामकुराहरु बिकसित पारा कै हुन्छ,यस्मा आपत्ति मान्नु पर्ने कराण नै छैन !

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • Saagar Ghimire

        हाम्रो भन्दा ५ गुना बढी जनसंख्या छ बंगलादेश मा – correct.
        छेत्रफल को हिसाब ले जनसंख्या निकै कम छ हाम्रो देश मा – Incorrect. किनभने हाम्रो देश को जना घनत्व (जनसंख्या/छेत्रफल) धेरै बढी छ (१८४), विश्व का ७५% राष्ट्र हरु भन्दा बढी. अमेरिका को जनघनत्व २२ छ भने भारत को ३४९, बंगलादेश को लगभग १०००.
        जनघनत्व बढी भएपनि बंगलादेश का जनता हरु हामि भन्दा स्वालाम्बी र सुखी छन् भन्ने कुरा पनि गलत हो. quality of life बंगलादेश भन्दा हाम्रो देश को राम्रो छ नि.

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    eXTReMe Tracker