Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

बोकाले दूध दिएपछि...

boka dudh जलवायु परिवर्तनका कारण साङ्गलाले धेरै सन्तान जन्माउन थालेको खबर सुन्दा आश्चर्य लागेको थियो।

नब्याएको कोरली बाच्छीले दूध दिएको सुन्दा पनि आश्चर्य लागेकै हो। तर उखानमा मात्र गोरु ब्याउने कुरा सुनेको मान्छेले बोकाले दूध दियो भन्ने सुन्दा आश्चर्य नलाग्ने कुरै भएन।

शुरुमा त हल्लाको देशमा नयाँ हल्ला भन्ने लागे पनि बोका पाल्ने किसानले दूध दुहेरै देखाएपछि त पत्याउनै पर्‍यो। त्यतिमात्र होइन, चितवनमा पशु सेवा कार्यालयका प्रमुख बिष्णुकुमार श्रेष्ठले पनि बीसौँ वर्ष पशु सेवामा लाग्दा पनि यस्तो नदेखेको बताएपछि त यो खबर माइसंसारका पाठकलाई पनि सुनाउन मन लाग्यो।

राजधानी बनाउने पहल शुरु भएपछि एकाएक नचिताएको मूल्यमा जग्गा खरिदबिक्री हुन थालेको चितवनमा धेरै खेत भएका कृषक यसै पनि खुशी थिए। अब बोकाले पनि दूध दिन थालेपछि खुशी नहुने त कुरै भएन नि हैन र?

बिहाडका लागि भनेर पालिएको बोकाले दूध दिन थालेपछि चितवनको एक किसान परिवार आश्चर्यमा परेको छ। चितवनको भरतपुर नगरपालिका १२ निवासी बलबहादुर खड्काले पालेको बोकाले गाईभैँसीले जस्तै गरी दूध दिन थालेको हो। जमुना पारी नामको सो बोकाको थुन बढ्दै गएपछि हात लगाउँदा दूध आउन थालेको ८१ वर्षीय बलबहादुर खड्काले बताए।

बोकाको थुनबाट दूध आउन थालेपछि पशु डाक्टरहरुलाई समेत देखाइएको छ। करिब डेढ वर्षअघि रामपुरमा रहेको फार्मबाट बिहाडकै लागि भने खड्काले किनेको ४२ किलोको सो बोका अहिले ८० भन्दा बढी किलोको भएको छ। बिहाडे बोकाले दूध दिने थाहा पाएपछि अहिले खड्का निवासमा दिनहुँ सयौँको भीड लाग्ने गरेको छ।

जो आएपनि खड्का र उनकी श्रीमति उमा खड्काले बोका दुहेर देखाइदिने गरेका छन्। यस घटनाले सर्वसाधारण मात्र होइन, पशु चिकित्सकहरु समेत आश्चर्यचकित परेका छन्। स्त्रीलिङ्गीले बालि नजाँदै दूध दिएकोसम्म सुन्ने र देख्ने अवसर पाएका पशु चिकित्सकहरु बोकाले दूध दिएको आफ्नै आँखाले देख्दा अचम्ममा परेका छन्।

जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक बिष्णुकुमार श्रेष्ठले हार्मोनको अनुपात बढी भएका कारण बोकाको थुनबाट दूध आएको हुन सक्ने अनुमान गरेका छन्। बोकाले दूध दिएको थाह भएपछि पशु सेवा कार्यालयले दूधको ल्याव टेष्ट समेत गराएको थियो। ल्याव टेष्टको रिपोर्टले पनि बोकाको दूध सामान्य गाईभैँसीको दूध भन्दा फरक नभएको प्रमाणित गरेको छ।

पशुसेवा कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत तेजबहादुर रिजालका अनुसार बोकाको दूधमा चार दशमलव चार प्रतिशत फ्याट, ३ दशमलव ५४ प्रतिशत प्रोटिन, ८.२२ प्रतिशत एस.एफ.एन. चार प्रतिशत कन्डक्टिभिटि, २७ प्रतिशत डेनसिटिको मात्रा रहेको छ।

कहीँ नभएको जात्रा हाँडीगाउँ भनेझै चितवनमा देखिएको दूध दिने बिहाडे बोका साँच्चिकै नमुना बनेको छ।
boka dudh

Related posts:

  1. ढुंगेधाराबाट दूध बग्यो रे
  2. अरुको कष्टमा के रमाउनु र खोई ?

62 comments to बोकाले दूध दिएपछि…

  • शिव, भोर्लेटार

    प्रिय मित्रजनहरु,
    तपाईहरुको कमेन्ट पढेर निकै मनोरंजन महसुस गरे , हुनपनि साच्चै हो नेपालको बिग्री रहेको गति बिधि, राजनीति र माकुने सरकार को चाल देख्दा नसोचेको कुराहरु पनि देखन सुन्न परेको छ /
    माकुने सरकारले पनि बोकाले जसरी नै दुध दिन थाल्यो भने बल्ल देसको स्थिति सुद्रने थियो कि !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • dambar

    नेपालमा पनि एस्तो भो ओ मा ई गोट यो नापतायौदो भो सचाई हो नेपालको जमाना नी एस्तो हुदो रहेछा ओक

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • ओहो कस्तो अचम्म:::::::::::::हा हा

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • ramesh

    घुखोरीया र दलालहरुको देशमा अरु नै समाचार के सुन्न पाइन्छ र? माकुने, छ्बे र गिरिजेहरुलाई नै त्यो बोकाको दूध कुवाउनु पर्ने हो होइन र पाठक बृन्द !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • prakash

    अब नेपालका नेता हरु लाई त्यो बोका को दुध खुवाएर संबिधान लेख्नु पर्छ/ साएद केहि राम्रो हुन्छ कि ? संबिधान लेख्नु पर्ने समय मा एकापस मा झगडा गरेर बसेका नेताहरुलाई त्यो बोकाको दुध खुवाएर संबिधान लेख्ने साईत अब जुरेको होकी जस्तो छ / नभए अब अर्को कहिँ कतै गोरु ले पनि दुध दिएको खवर आउनेछ / ताकी बोका र गोरु को दुध मिसाएर नेताहरुलाई खुवाउनु पर्छ; अनि नया संविदान बन्छ / बुद्धि बिग्रेका नेताहरु हो अब सचेत होउ कहिँ कतै तिमिहरुको पनि अब दुध आउन थाल्ला अनि जनताहरुले खुल्ला सडक मा तिमि हरु लाई दुहुनेछन् /

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • rabi

    हेर नेपाली मुर्खहरु अरु कुरामा बाल छैन अब यो बोकोले दुध दियो भन्दा चाही तेसै दङ्ग र मख्ख! तर यो दूधै चाही नदिहाल्न पर्ने हो यो बोको ले नि! तर ठिकै छ साथीहरु चिन्ता नगरु त्यो दुध नभएर अरु कुरा नि हुन सक्छ! दुध त सबै पुरुष ले दिन्छन नि अलि बाक्लो पो हुन्छ त!

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

  • Hira Dhar Chudali

    It’s become a biological challenge for the scientist. This case is found in near by the Institute of Agriculture and Animal Science so I think Scientist from the IAAS of vet/Livestock should take research action about the case. Please Scientist from this Institute don’t let go this chance to other than nepalese doctors. Time is come to show the research about the new topic, proof or start research on the same issue, why this happened, whether this is the reason behind hormonal imbalance or the case which is found less in the mammals….like the disease Progeria which we can see in the latest released film PAA. All the best……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 4

  • dhruba

    चितवन अब राजधानी बन्नु पर्छ . भन्ने कुरा को संकेत हो साथी हरु हो .अब दङ्ग नहुनुस किनकि अचम्म मात्र हुने यो देशमा बोकाले दुद दिनु कुनै नौलो होइन तेसैले अब ………….केहि समएमा गोरु पनि ब्यौछा इट्स नोट अ matterrr

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • megh

    खुसि को khabar
    साथी हरु चिन्ता नगर्नुस पछि बच्चा पौने बित्तिकै पोइल गइ भने पनि टेन्सन
    छैन
    आफ्नो धुद चुसौनु है पक्कै आउछ hhahahahha

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • rajupasa

    अचम्मको कुरा अचम्मै हुन्छ…भनेसी भोलि पर्सि गएर केटा मान्छेले पनि दुध दिन बेर लाग्दैन है…हा हा हा …

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 5

  • kopetope@gmail.com

    genetically disodered transgender boka hola!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • Nirmal

    gajab chha yar.
    ani mohanjee mysansar tira pani…………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • Rajesh sharma

    हर्मोनल डीसअर्डर भय जस्तो छ !
    कि,लिंग परिवर्तन गर्ने टेक्नोलोजी प्रयोग गर्यो मिस्टर बोकाले !!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • Om

    के अचम्म छ हो….हा हा हा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • jarnell

    के भाको हो यस्तो नेपालमा /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • jarnell

    strange news!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • mahesh cumar

    दुध मुत्तनु बाट त आउछ होला नि | साचो को दुध हैन होला | do you see lady giving hand job?

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 5

  • niraj

    धुध हो कि अरु कै नै आयको हो चेच्क ग्राम है ?

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • rajesh lamsal

    कहीँ नभएको जात्रा हाँडीगाउँ भनेझै चितवनमा देखिएको दूध दिने बिहाडे बोका साँच्चिकै नमुना बनेको छ। संसारमा नेइ नभएको २ ठाउँ बाट हरेको र जनताले नापत्येको मानिस प्रधानमन्त्री भएका छन् नि कि कसो साथी हो ?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • rajendra

    kumar je coment sahi lago.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Bharat Kshetri

    सबै कमेन्टहरु पढे तर हाम्रो देशका कमेन्टेटरहरुको कमेन्ट देख्दा त्यो खबर भन्दा अच्चम्म लग्यो. त्यो बोकोको हर्मोनमा केमिकलको गडबडीले हुन सक्ने स्वाभाविक प्रक्रियालाइ राजनीति संग जोड्नुको कुनै अर्थ छैन. जय होस् हाम्रा देशका कर्णधार कमेन्टेटरहरु जय हो ::::::::::::::::::::::::::::::

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 9

  • बीर

    यो चितवनमा पनि के के हुन् थाल्यो कुन्नि ? कहिले राजधानी सर्ने रे भनेर जग्गाको भाउ आक्कासिनु, कहिले बोकाले दुध दिनु, अब भालेले पनि फुल पार्छ होला | अब यसरी पोथीहरुको काम भालेले नै गर्न थाले पछी पोथीहरुको अस्तित्व खतरामा पर्ला जस्तो छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • Ramesh Maharjan

    बोकाको दुध आएकोमा मलाई पनि शंका लागेको छ/ तेसैले माकुने, झले, गिरिजे, छ्बे आदिको पनि आउन सक्छ/ नया नेपालमा जे पनि हुन सक्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 6

  • megh

    हारेको मान्छे प्रधानमन्त्री भएको देस मा बोका ले दुध दिएको सुन्नु कुनै अनौठो नै भयेननी धैर्य गर्नुस अरु के के सुन्न पाहिन्छ .

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 8

  • dilp

    मलाई त विश्वास लागेन बोका ले दुध दियो भनेर किनकि बोका को थुन त हुदैन कहाँबाट आयो थुन र कचौदो ? एदी थुन र कचौदी छैन भने दुध कसरि अउचा?

    तो बोका होइन साथी हो / तो त बाखरी हुनु पर्दछ किनकि थुन त छनी /

    अब कहिले देखि हाम्रो माकुने , प्रचण्ड, गिरिजा, यादव, ठाकुर, सु. थापा, ज्ञानेन्द्र, कटुवाल, सूद मा पनि बोका को जस्तो हर्मोन बोका बाट सरेर हाम्रा यी माथिका नेताहरु मा पस्नेहुन…सार्है चिन्ता लगायो किनकि संबिधान बनाउने समएमा येस्ता अशुव समाचार आउदा/

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • mahesh gautam

    बोका ले दुध दिएको कुरो पहिलो हुन सक्छ तर तेती ठुलो आश्चर्य भने होइन कतै हाम्रा देस का नेता लाई सजेसन दिन खोजेको त होइन पशु ले ?????

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 8

  • Gajendra

    kya achamma! kaliyug ko pani antya aauna thalyo ki jato lagyo….

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • Pralaya

    साथीहरु,
    म बर्ष २० को पुरुष हु| मेरो लिंग पनि छ| मेरो पनि मुन्टाबाट दुध निस्कन्छ | केहि सुझाब छ ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 15

  • माधब ले मात्रै हैन प्रचण्ड गिरिजा अरु पनि छन् नि राज बा तिम्रो पनि पालो आउने हो कि धर्य गर बाबु …………

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 5

  • Arun

    होइन, त्यो दुध को रसायेनिक टेस्ट गर्नु पर्ने हो कसैले |

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 5

  • deep

    अब हाम्रो कृषि राज्य मन्त्री करिमा बेगम ले बोका लाइ अमेरिका लगेर अनुसन्धान गर्नु पर्यो / बोका संग अमेरिका को सयेर पनि गर्न पाउने/ भत्ता पनि आउने घुम्न पनि पाउने / नत्र भने हाम्रो क्याबिनेट को बैठक उक्त बोका संग दिल्ली मा गरेर अर्को नया खबर संसार मा फैलाउने / संबिधान नबनाउने अनि येस्तई काम गर्ने !!! कसो नेता जी हरु ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

    • Arun

      राम्रो idea | बरु त्यो कृषि मन्त्री र त्यो बोकालाई संगै अंग्रेजी सिकाउंदै गर्ने हो कि |

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 4

    • Arun

      यो लेखक मित्र ले तेस्को अगाडी पछाडी राम्रो संग हेर्नु भयो? पक्का त्यो बोका हो त? फोटो मा तेस्को गुप्ताङ्ग पनि छैन | कसरि पत्याउने त्यो बोका नै हो भनेर? हेर्दा त मलाई बाख्रो जस्तो लाग्छ है |

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 7

  • deep

    बोका सम्बन्धि कमेन्ट पढेर सार्है हासो उठ्यो / सबै को कमेन्ट भिन्न छ र अति राम्रो छ !! सार्है हासो उठ्ने कमेन्ट छ !! बोका अनि हाम्रा नेता /

    उमेश जी लै सार्है धन्यबात बस्याल जी को समाचार./

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 6

  • deepak

    हाम्रा केहि बोका नेता हरुको दुध भारतीयहरुले दुहेका छन् / तपाई हरुलाई थाहा रहिनाच ? गण्डकी, कोशी , कर्णाली भारतीयलाई बेचेर कति राष्ट्र बादी बंचन?

    अब तो बोका को हर्मोन हाम्रा भारतीय नोकर बोका नेता हरु मा हालेमा हाम्रो दुधको उत्पद्कत्यो / उत्पादन केहि बढ्ने थियो/ हाम्रा कालिकोट का जनताले जिबन जल नपाएर मर्ने थियनन / अब चितवन का बोका हरु को हर्मोन हाम्रो नेता मा हाल्नु पर्यो..

    हमर नेता हरु लाइ संबिधान बनाउन /

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 9

  • Bans Kumar

    हाम्रा नेता हरु लाइ त्यो बोकाको दुध खुवाए बुध्दी आउथ्यो कि !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 6

  • sagun tamrakar

    Datia: It sounds very unusual?. But it has proved true. A male goat in a Datia village in Bundelkhand has become the centre of attraction after it started yielding milk. The 5-year-old he-goat gives around 1.5 litres of milk everyday and is also capable of fathering kids. According to P.S. Yadav, a veterinary doctor, this particular phenomenon could be due to the excess of female hormones. The phenomenon of the milk yielding he-goat has not been scientifically examined but such rarities are not uncommon in India.
    Billy goat gives milk

    A male goat that reportedly gives milk has become a popular attraction in Brazil.

    The goat’s owner Luciano Gomes, from Melancias, is touring the country to show it off.

    He told Terra Noticias Populares: “When I bought it, it already had two small teats and when I fondled them lots of milk came out.

    “It is the only billy goat in the world capable of giving milk, I wouldn’t sell it for all the money in the world.”

    Vet Flaviano Moreira commented: “It is totally abnormal for a goat to give milk, I wouldn’t go near it!”

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • Jillabashi Baburam

    रामपुर कृषि क्याम्पसका सरहरुले समुन्द्र पारिका गाहक खोजि दिन सफल हुनु पर्ने हो!

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 8

    • deepak

      बाबुराम जी,

      यो बोका को हर्मोन हाम्रा अल्छि नेता हरु मा हलिदियामा त कमसेकम दुध त दिने थिया भारतीय हरुलाई / यी नेता हरु ले संबिधान बनौदैनन तेसैले यो बोका को हर्मोन लाइ हाम्रा भारतीय नोकर नेता हरु लै हालिदिएर दुध उत्पादन गरेर कलिकोट का जनता लाई खुवावन पाए यो बोका ले अर्कोओ जन्म कालिकोट को मनिष भएर जन्मिनो थियो …

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

  • MAHARJAN bimal

    एक चोटी संसारमा दुध दुहुने कोम्पेतिशन भएछरे | बेलायेत्को युबराज चार्ल्सले फार्ममा गएर १ मिनेटमा २ लिटर दुध दुहेयच, सबै बेलायेत उठेर ताली बाजाएछ | तेस्पछि अमेरिकी रास्ट्रपति ओबामाले दुध देहेय्चा व्ह्य्त होउसमा, एक मिनेटमा ५ लिटर, सबै जना ताली बजौना सुरु गरेछ | लगतै, जापानका प्रधानमन्त्रिले टोक्योमा दुध धुहुना सुरु गर्यो र उसको देश मा भाको टेक्नोलोजी प्रयोग गरेर गाइको थुनमा मेसिन जोडेर एक मिनेटमा १० लिटर दुध निकलिदेय्चा | तेस्पछि चीनका रास्ट्रपतिले पनि टेक्नोलोजी प्रयोग गरेर एक मिनेटमा १५ लिटर दुध निकलिदेय्चा, सबैजना अच्म परेय्चन चीनको टेक्नोलोजीले गर्दा | भारतका मनमोहनलाई चाही टेन्सन भएछ, दुध दुहुना गोठमा गएछ, सोनिया गान्धी, लालु प्रसादलाई पहिलै गोठ भित्र लुखारा रखेय्चा अनि एक मिनेटमा उसले पनि २५ लिटर निकलेय्चा, सबै हिन्दुस्तानीहरु दङ्ग परेछ, सबै निउज चंनेलहरुले प्रतक्ष्य प्रसारण गरेछ यो निउज, अनि लास्ट सहभागी नेपालको तर्फा बाट गिरिजा रहेय्चा, कामरेड छबिलाल चाही एस्तो मर्न लाको बुदोलाई भन्दा मलाई पठाउनु पर्ने, म क्रान्तिकरी तरिकाले दुध निकाल्छु भनेर आन्दोलन सुरु गरि सकेय्चा | जे होस् आज लास्ट दे भाको भर रस्त्रसंघका अधक्ष्य वान कि मुन सुनको पदक लेर तयार रहेय्चन | सबै सहभागीहरु पनि उपस्थित थिए, अब गिरिजा पनि सान्ति सम्जौता गरेको जोशमा गोठ छिरेछ, तर भारतले चलाखी गरेर लोडशेडिंग गरि देय्चा, तै पनि गिरिजा सुपेरफास्त दुध दुहुना सुरु गरेछ आध्यारैमा, त्यो पनि आखा चिम्लेर, एक मिनेट पछि जब बाहिर आयो एउटा ठुलो बाल्टिन लिएर, सबै जना ट्वाल्ल परि राको थियो, अध्यारोमा मैन बत्तिले गर्दा के भाको के सबैलाई कौतुहलता थियो | तर जब त्यो बाल्टिन बाट दुध खान्यायो, जम्मा एक एक लिटर मात्र दुध रैछ, कामरेड छबिलालले नेपाल बन्दको घोसना नै गर्देय्चा | अनि आब पदक दिनु पर्यो भनेर वान कि मुनले घोसना गर्दै बिजेताको नाम लिन लाग्दा थक्क बत्ति आएछ | एकै चोटी झिलिमिली हुदा, आखा तिर्मिरयेचा, अनि यता उता हेर्न थालेय्चा, लगतै उसले रास्त्रसंघका सदस्यहरुसंग खासखुस खासखुस गरेछ, अनि भनेय्चा , द विन्नेर इज, एती नभन्दै मनमोहन ले खुटा उचाली सकेको थियो, वान कि मुनले गिरिजा भनेय्चा | तेह त हल्ला खल्ला मचियेचा, हिदुस्तानमा वान कि मुनको पुत्ला पनि जलायेचा, अनि कसरि भनेर उसले कारण भनेय्चा, सबैले एक मिनेट मा गाइको दुध धेरै निकाले, तर गिरिजाले एक मिनेटमा १ लिटर गोरुको दुध निकालिदियो जोशमा, तेसै भर यो पदक उसले पायो भनेय्चा | सबै जना ट्वाल्ल परेछ | जे होस् हिन्दुस्तानले गाईको ठाउमा गोरु र लोडशेडिंग गरिदिएर सदयेन्त्र गरे पनि नेपालले जितेय्चा |
    अब बोकाले येसरी दुध दिन थाल्यो, साधेले पनि नदेला भन्न सकिन्न, एदी येस्तई चली राख्यो भन्यो, जोके नै नहुने भो , हसना नै नापौनी भो | हासो बिना को जिन्दगि कस्तो हुने हो ???
    लौन प्रवु केहि गर्नु पर्यो, सामान्य तरिकाले बच्न पाउनु पर्यो !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 97 Thumb down 9

    • badaba

      बिमला महर्जनजी,
      तपैको कथा पदेर निक्कै रमैलो लाग्यो । तारा तपैले एउटा कुरामा मिसटेक गरेछ । क्यानाम गिरिजाले गोरु दुहेकै होइना, क्यानाम थारो पर्नै लागेकि आफ़्नै जोस्टलाई पो दुहेको हो । नपात्याए क्यानाम होस्टलाई सोध्नु, त्यसले बताउँछा ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 25

    • बीर

      बिमलजी, अति दामी कमेन्ट | हाँस्दा हाँस्दा झन्डै आन्द्रा नै चुडियो | भविष्यमा पनि फेरी फेरी यस्तै उच्चस्तरीय मनोरन्जनात्मक कमेन्टको अपेक्षा गर्दछु |

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 9

    • Nik

      मा पनि बिर जी संग सहमत, बिमल जी, हाँस्दा हाँस्दा मेरो पनि बेहाल भो| दामी लेखाई, अर्को पनि यस्तै लेख्नुस है|

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

    • krishna neupane

      सारै ramailo katha सुनाउनु भो hai तपाईले. kati हास्नु झन्डै mariyo हासेर …….

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

    • पुष्प

      ‘मेरो सं‍सार’का माओवादीविरोधी तर्क पढेर हाँसो थाम्न नसकेका बेला बिमलजीको यो ठट्टाले ‘बर्बादै’ पार्यो ।

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 7

      • Nik

        पुष्पजी, “मेरो संसार”मा माओ – बादीको बिरोधिकुरा सुनेर तपाई जस्तो माओ-बादीलै हासो उठेको पढेर मा त झनै मुर्छई परि परि हासे|

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

        • पुष्प

          निकजी,
          “कुरा’ होइन, ‘तर्क’ सुनेर, हाँस्याष्पद तर्क । :)

          मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • Jillabashi Baburam

    हर्मोन को असन्तुलन, दाना पानीमा प्रदुषण आदि कुराले भएको हो, या नयाँ
    आयाम थपिन लागेको हो डार्बिन को सिद्धान्तमा!

    के थाहा -आफूले त जलेबिमा रश कहाबाट पस्यो भन्ने त थाहा पाउन सक्या होइन! यो त धेरै टाढाको कुरा!

    यो चाहिं जनावर संवन्धि बैज्ञानिकहरुको लागि त हट केक हुनु पर्ने हो
    अध्ययनको बिषय! Texas Agricultural and Mechanical (A&M) University जस्ता अली ठूला इन्स्टिच्युटहरुले यसलाई तछाड मछाड गरी लानु पर्ने हो! हाम्रो जस्तो देशलाई त के काम यो सेतो हात्तीको! तर चन्द्रमा मा सुइरो गोपेर पानी निकाल्ने अमेरिका जस्ता देश हरुलाई यो बडो चाखको विषय हुन सक्छ|

    आशा गरौ खड्का परिवारलाई मनग्य डालर या पाउण्ड हात लागोस यो बोको बेचेर! हतारिएर थोरै पैसामा नबेच्न अनुरोध!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 5

  • sushil

    सायद बोका लै कुनै रोग लागेको हुन सक्छ त्यसकारण त्यसलाई राम्रो संग अनुसन्धान गरि रोग पत्ता लगाउन जरुरि हुन्छ नत्र भने पछी त्यहिँ बोका को रोग बाट ठुलो समस्या आउन सक्छा / यसमा कुनै चमत्कारी कुरा छैन / बेली मा होस् पुराए आउने रोग को समस्या बाट जोगिन सक्छा / नेपाल का पशु डाक्टर हरु खाली गफ गरेर बस्नु भएन यसलाई तुरुन्त अनुसन्धान गरि हाल्नु पर्छा / किन भने दुध दोएको ठाउँ त थुन होयिना यो त लिंग बाट दुध दोएको देखिन्छ है /

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 30

  • Raj

    आश्चर्ये मान्नु पर्ने केहि छेन, खुसी को खबर हो, अब कहिले देखि माधव नेपाल ले पनी दूध दिन सुरु गर्ने हो | आफै लाइ हासो लाग्यो …….हा हा हा हा हा ……

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 39 Thumb down 47

    • Shankar

      माकुनेको भाग्यको चमत्कार

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Shankar

      नेताहरुले जस्तै बोकाले पनि हामी बेरोजगार नेपाली लै टाइम पास गर्ने बाटो दिएको जस्तो छ

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shova

    हैन के के सुन्न र देकना पर्ने हो ,अब जमाना उल्टा हुन लेगे६ क्या ?कति महिला ले मात्र भोग्ने? ,अब पुरुस को पालो आय६ ,कमसेकम के जनावर , के मानब अब मानब मा पनि एस्तो घटना नआउला भन्ने सकिदैन .राजनीति ले बिग्रिदै गयको नेपाल अब पशु पनि बिग्रिदै गय६न् ,

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 15

  • SAJAN,CHINA

    बाख्रीको जनसङ्या कम भएकोले संपर्क हुन सकेन।अनी डाइट बडी भएर जमेको होला मोरो बोकाको !!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 26

  • prakash gautam

    कहिले पुरुस बाट पुरुस पनि गर्वावती भन्ने सुन्न पाइन्छा ||||||||||||

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 34

    • Nawa Raj

      यो पनि भैसकेको ६ प्रकाश भाइ/ हेरौ अरु के के हुने हो. जे होस् रमाइलो लाग्छ सुन्दा /

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • dhan

    भिडियो हेरौना खिचेको रहेछ नि

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 12

    • kumar

      दुइ दुइ वटा निबचन स्थान बाट पराजित मानिस प्रधान मन्त्रि हुने र अधिकांस हरुवा मान्छे ले लोकतन्त्र को अस्तित्तो लुटको मुलुकमा पशु ले तिनै नेताहरुलाई सबक देखायको हो जस्तो लाग्छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 55 Thumb down 48

      • shreesh thapa

        कुमार जी जुन समाचारलाई पनि राजनीतिक नबनाउदा राम्रो होला बोकाले पनि दुध दिएको समाचारले अचम्म लाग्यो

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 17

        • Shankar

          जनता द्वारा दुइ ठाउंबाट फालिएका माकुने प्रधानमन्त्री बनेको उपलक्ष्यमा भगवानले हामीलाई दिएको उपहार होला यो पक्कै पनि.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

      • parashu

        कुमार जी,
        यो संसार मा तपाईं ले जे खोज्नु हुन्छ त्यहिँ पाउनु हुन्छ, जे हेर्नु हुन्छ त्यहिँ देख्नु हुन्छ. बोकालाई नेता देख्नु हुन्छा. एदी तपाईं को आफ्नै नेता सत्तामा भएको भए यो घटनालाई शुभ संकेत भनेर ब्याख्या गर्नु हुन्थ्यो तर अहिले त्यसको उल्टो ब्याख्या खोज्दै हुनुहुन्छ. त्यसैले भानिन्छा नि संसार जस्तो छ त्यस्त्यो देख्दैनौ बरु आफु जस्तो छौं त्यस्तो देख्छौं. घटना र परिस्थितिलाई जस्तो हो त्यस्तै देख्ने बनि गर्नु भयो भने तपैन्लाई तनाब कम हुन्छ र तपैनका कुरा पनि अरुले सुन्छन .

        मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 4

    • गोबिन्द

      कलि युग भनेको यहि होला नि !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes