Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

प्रधानमन्त्रीलाई खुला पत्र

देवी सुनार। फोटो सौजन्यः नेपालीटाइम्स

देवी सुनार। फोटो सौजन्यः नेपालीटाइम्स

मंसिर २३ २०६६
सम्माननीय प्रधानमन्त्री
श्री माधवकुमार नेपालज्यू,

मेरो नाम देवी सुनार हो। म तत्कालीन शाही नेपाली सेनाद्धारा पाँच बर्षअघि निमर्मतापूर्वक मारिएकी पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा हुँ। मेरी छोरीको हत्याबारे तपाईलाई पक्कै पनि जानकारी छ होला।

मैले यो चिठी प्रेषित गर्नुको कारण के हो भने म अहिलेसम्म पनि न्यायको पर्खाईमा छु। अदालतबाट पक्राउ आदेश जारी भएको महिनौ बित्दा पनि मेरो छोरीको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ परेका छैनन्। त्यसैले म राज्यको यस्तो उदासिनताको कारण जान्न चाहन्छु। कानूनको शासनमा यहाको पूर्ण प्रतिबद्धता र विश्वास छ भने न्याय हुन्छ भन्नेमा म पूर्ण आशावादी छु। त्यसैले अदालतको आदेश मुताबिक अदालतले पक्राउ आदेश जारी गरेका अभियुक्तहरु महासेनानी बबी खत्री तथा सेनानी निरञ्जन बस्नेत र सहसेनानीद्धय अमित पुन, सुनिल अधिकारी र तुरुन्त पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाइदिनु हुन अनुरोध गर्दछु।


यसका अलावा, हालसालै पत्रपत्रिकामार्फत अदालतले पक्रन आदेश गरेका अभियुक्त मध्यका सेनानी निरञ्जन बस्नेतलाई सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा पठाएको भन्ने सुन्दा मर्माहत भएकी छु। मानवअधिकार उल्लंघनका पीडित र तिनका परिवारले न्यायको माग गर्दा घरबाट विस्थापित हुनुपर्ने, घरबार घान्ने प्रमुख व्यक्तिको अभावमा आर्थिक समस्याले ग्रसित बन्ने तथा मृत्युवरणसम्म गर्नुपर्ने तर अभियुक्तहरु भने बढुवा हुदै जाने, देशविदेश शयर गर्ने। त्यति मात्र नभएर अथोपार्जन गर्न सहायक सिद्ध हुने शान्ति सेनामा समेत पुग्ने — यो कस्तो न्याय हो प्रधानमन्त्री महोदय ?

द्वन्द्वकालमा घटेका मानवअधिकार हननका घटनाका भयावहता बारे त यहाँलाई अवगतनै होला। हजारौ मारिए र उस्तै साख्यामा मानिसहरु बेपत्ता पारिए र यातनाका शिकार बनाईए। तर किन एउटै अपराधीलाई पनि कारवाही हुदैन। यहाले गर्नुभएको दण्डहीनता अन्त्यको प्रतिबद्धता कहिले पुरा हुन्छन होला ? नेपालमा जरा गाढेर बसेको दण्डहीनताको अन्त्य गर्न जवाफदेहीताको प्रतिबद्धता जनाएर मात्र हुदैन भन्ने तथ्य त तपाईलाई राम्रोसाग थाहा होला। यसको सही शुरुवात अपराधमा संलग्न एउटै मात्र दोषीलाई कारवाही गरेर गर्न सकिन्छ। त्यसकारण मेरी छोरीका हत्याराहरुलाई पक्राउ गरी सजाय गरेर दण्डहीनताको अन्त्य गर्ने शुरुवात गर्न समेत मेरो विनम्र अनुरोध छ।

वितेका पाँच बर्षमा मेरो छोरीमाथि भएको अन्यायको कथा संसारको कुनाकाप्चामा पुगेको छ भनेर दिनहुँजसो विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधिहरु र स्वदेशी तथा विदेशी पत्रकारहरुले भन्छन। अझ मानवअधिकारकर्मी साथीहरु मेरो छोरीको मुद्दा प्रतिनिधिमूलक मुद्दा होे भन्छन। तर यसको सही अर्थ के हो मलाई केही थाहा छैन। श्ँँयद अन्यायले पराकाष्टा नाघ्यो भने मुद्दाहरु प्रतिनिधिमूलक हुन्छन होला। विभिन्न राष्टिय तथा अन्तराष्टिय वर्गको निरन्तर दबाबका बाबजूद पनि मुद्दामा संलग्न हत्याराहरुलाई राज्यले आश्चर्यरुपमा बढुवा गर्ने वा अन्य कुराले पुरस्कृत गर्ने कार्य गर्यो भने मुद्दाहरु प्रतिनिधिमूलक बन्छन होला।

प्रधानमन्त्री महोदय,

तपाइलाई शायद थाहा छैन होला मेरो छोरीको हाम्रो संस्कार अनुरुप गर्नु पर्ने अन्तिम संस्कार अहिलेसम्म गर्न पाएकी छैन। यातना दिएर हत्या गरिएकी मेरी छोरीको अस्थिपञ्जर काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र नजिकैको जंगलबाट संयुक्त, राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय समेतको सहयोगमा उत्खनन गरियो। मेरी छोरीका अस्थिपञ्जर अझै पनि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा राखिएको छ। उसका हत्याराहरुलाई कारवाही नगरेसम्म मैले छोरीलाई अन्तिम श्रद्धाञ्जली दिन सकिदैन। यसैबीच मेरा श्रीमानको पनि रहस्यमय स्थितिमा लाश फेला पर्यो। चाहे त्यो हत्या होस या आत्महत्या तर मेरा श्रीमानको न्यायको लडाईप्रति वितृष्णा बढेको थियो र बर्षौको संघर्ष पछि पनि न्याय नपाएको पीडामानै वहाँले शरीर त्याग गर्नुभयो।

न्यायको लडाईमा मेरो आशु पुछ्दै मलाई हौसला र साथ दिने मेरा श्रीमान समेतलाई मैले गुमाईसके पछि म पनि कहिलेकाही थकित हुन थालेकी छु। न्यायको लागि अब मैले अझै कति कुर्नु पर्ने हो ? सरकारले मैना सुनारको मुद्दामा के गर्दै छ ? कसरी र कति समयभित्र अभियुक्तहरु पक्राउ हुन्छन ? मलाई आशा छ कि सरकारले सेनानी निरञ्जन बस्नेतलाई नेपाल फिर्ता हुनासाथ पक्राउ गर्नेछ र साथसाथै अन्य पीडकहरुलाई पनि यस्तै कारवाही गर्नेछ।

म तपाईबाट उल्लेखित प्रश्नहरुका उत्तरको व्यग्र प्रतिक्षामा छु।

धन्यवाद
देवी सुनार
काभ्रे

यो पनि हेर्नुस्-
न्यायको खोजिरहेको आत्मा
मैना सुनारको यातना र मृत्युसम्बन्धी प्रतिवेदन

Related posts:

  1. प्रधानमन्त्रीलाई खुल्ला पत्र
  2. सीताराम प्रसाइँलाई खुला पत्र
  3. राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई खुला पत्र
  4. ज्ञानेन्द्रलाई एक मण्डलेको खुला पत्र
  5. प्रधानमन्त्रीलाई चिनौँ

88 comments to प्रधानमन्त्रीलाई खुला पत्र

  • श्रीमान् माधव कुमार नेपाल ज्यु?
    तपाई त यो देश को सबै भन्दा ठुलो मान्छे अनि ठुला ठला हरु को सम्बन्ध पनि ठुलै मान्छे संग हुन्छ होला ,हामी त गरिब परे .तेसैले देबी आमा जस्ता सबै नेपाली हरु हाम्रा दाजु भाइ दिदि बहिनि हुन्. हामी सबै १ परिवार क मान्छे हौँ .हामी लाई जान्ने अधिकार छ आँखिर तपाई सित के मजबुरी छ कि अदालत बाट पक्राउ आदेश भैसके पछि पनि अभियुक्त अहिले सम्म कानुन को दायरा भन्दा बाहिर छन्? के साच्चै तपाई को सरकार मा अपराधी को लागि कुनै पनि सजा छैन त? एदी छैन भने पत्रकार सम्मेलन बोलाएर जनता को सामु भानिदिनुहोश कि हामी ले केहि गर्न सक्दैनौ, देवी आमा को आँशु ले व्यथित भएर कठोर भएका हामी हरु क हात ले अपराधी लाई सजा दिन सक्दछ . अपराधी लाई बचाउने तपाई को मजबुरी हुन् सक्छ हामी हरु को छैन. माधव जी चस्मा लगाएर भए पनि एक पटक देवी आमा को रुदै गरे को तस्विर हेर्नु होला , एदी तपाई को सरकार जनता को लागि हो भने सायद ………………….
    आन्यथा कसै गरिब को आँसु बगाएर हास्ने नर्पिचाच लाई नेपाली जनता ले आफ्नो तरिका ले सजा दिनेछ .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • arjun gurung

    देवी सुनार दिदि को पिडा जस्तो हजारौ नेपाली दिदि बहिनि हरु को छ हो साचै यदि सच्चा कानुन मा चल्ने हो भने कानुन सेना पति त के राष्ट पति लाई समेत लाग्नु पर्छ यदि यस्तै हो भने नेपाल को कानुन जनता ले चाहेको जस्तो हुदैन

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • उत्तम निरौला जी किन तपाई यस्तो कम्जोर कुरा गर्नु हुन्छ.? यहि जनता ले सरकार बनाए को हो . यदि हामी गरिब को आँसु को किमत छैन भने यस्तो निठालो सरकार को के कम .? सरकार लाई यो कुरा थाहा हुनुपरयो सर्रकर जनता को लागि हो यदि जनता को समस्या को समाधान गर्ने क्षमता छैन भने आफु लाई यो देश को नेता भनाउनु सरम को कुरा हो./ अर्को कुरा के छ भने आफ्नो ज्यान जोगाउन को लागि परेवा ले पनि बाज सीत लड्ने हिम्मत राक्छ भने हामी त मान्छे हो .सरकार ले यो कुरा थाहा हुनु जरुरि छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • यदि यो साचो हो भने हामी कुनै पनि नेपाली को ज्यान को सुरक्षा यो देश मा छैन / / हामी सबै ले मिलेर देवी सुनार को आवाज यो कान नसुन्ने सरकार लाइ सुनऊँना कालागि आन्दोलन पो गर्नु पर्ने हो कि.?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Uttam Niraula

    आमा ले जो संग न्याय माग्दै हुनुहुन्छ उनि हरु नै देस मा बलात्कार हत्या गर्ने को संरक्षण गर्न मै ब्येस्ता छन् त के को आस गर्ने र. हामी सबै अभागी परेछौ. तपाई को आवाज UN तिर उठाउनु होला बरु बलियो प्रेसर मिल्छ होला. हाम्रो सरकार ले हामी नेपाली लाई कहिले पनि न्याय दिएन. के गर्नु तपाई को आँसु को मूल्य नै रहेन छ त्यो राक्षस हरु को सरकार मा.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • arjun

    नेपाल को कानुन दैब ले जानुन

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • i feel very seeing the tear of mother.but her tear n motion is like water for the leader .for leader chair n power is more than ur tear mother. i feel very soory for her

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jase, Aussie

    माकुने जी तपाइको दिदि बहिनीहरुलाई यो फोटो सग तुलना गर्नु है ,अनि केहि सोच आउछ कि त?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Jase, Aussie

    No comment, how hard it is only she knows, others are all fraud……

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • सके माकुने को आफ्नै मान्छे ले गरको होला त्यो …………. केको न्याय देओस

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Biscuit , Australia

    सम्बन्धित निकायले यी बेदनाका संदेशहरु सुनेको होला त? Actually i had a great expectations frm Prachanda ,,, bt nothing output frm him as well, and now makune,,,,,,,,, don’t expect more frm him as well,, so why we comments like tht guys, we have to think very differently with creative mind and have to make one environment for punishment such criminals all over the nepal….. otherwise nothing canna be happen guys, What you reckon guys?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • premr raj tumbapo (limbu)

    यो दु:ख देख्दा या भोग्दा को पिडा कस्तो हुन्छ य त पिडा सग हिंडेका दुखी हरुलाई मात्र थाहा हुन्छ यो अवस्था हरु हरेक नेपाली आमा हरेक नेपाली घरदैलो मा छ । यो दुर्दशा हरु को बाटो मा हिंड्ने क्रुर हरु ले आज न्याय त के एक बाचान सुन्न मन पराउदैन्न ।हामी नेपाली ले एक दिन अबस्य पाइनेछ धयबाद।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dilp

    माकुने भनेको नेपाल को इतिहास मा जनताले दुइ ठाउँ बाट धुलो चटाएको र नेपाल को सबै भन्दा घटिया प्रधानमन्त्री को इतिहास मा नाम लेखाउने छ !! एस्लाई कुर्ची कसरि जोगाउने मात्र चिन्ता छ !! यो मरेको सयल हो !! एस्लाई chitti leknu bekar cha…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • susil

    i think prachanda is the wrost person in this whole world …he is responsible for a ll the conflicts in our country

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • Ram Khatri

    Dear Devi,
    Please don’t expect anything from Makunay writting your letter until there is a equal and right law and order to everyone.

    Please don’t expect anything from all these readers as well.. all they can show you is sympthy of few words.

    If you want justice ” Buy a shotgun and blow the heads of all the criminal who gave you this pain and made your life meserible”.

    If you are scare to do it, please hire a hitman , some people can do this for you for money.

    Take a peice of my advise! and stop crying.!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • DB Limbu

    माकुने, जसले ५३% ल्याएर पास भएकी आफ्नी छोरीलाई भारतको एम्स मा डाक्टर बनाउँन (करिव ६० लाख लाग्ने) चान्स दिलाएपछि आफुलाई वेचिसके भारतलाई । त्यसताको के कुरा गर्ने?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • dilp

    माकुने जस्तो फटाहा नेता नेपाल मा कोहि जन्मेको छैन / यो माकुने र ओली जस्ता फटाहा नेतालाइ जनताले चुनाब मा दुइ दुइ ठाउबाट धुलो चतौदा पनि प्रधानमन्त्री हुन्छ भने कसको के लाग्छ / एस मा माओबादी को दूश छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • khusi

    प्रतिवेदन निस्केको ३ वर्षमा पनि केहि हुन सकेको रहेनछ | कस्तो अचम्म?

    प्रजातन्त्र भएको हाम्रो देशमा जनताले पाउनु पर्ने न्याय खै? कि कानुन भन्दा ठुलो अर्को पारस जन्मियो नेपालमा?

    प्रेस स्वतन्त्रता भएको हाम्रो देशमा प्रेसको भूमिका खै? कि नायिका, मोडेलहरुको नाङ्गो फोटो/भिडियोमा ब्यस्त भयो हाम्रो देशको मिडिया?

    सरकार त अपाङ्ग भैहाल्यो, के दोष दिनु सरकारलाई त?

    लाचार नेपाली जनताले पनि के नै गर्न सक्छन र? आफ्नो पालो कहिले आउने हो भन्ने डरमा भित्र-भित्रै आफुलाई मार्नु बाहेक अरु केहि उपाए छैन|

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • khyam

    मादव जी तपाई लाज लग्नु पर्ने हो यसरि तपाई को पाउ पर्दा पनि केहि कारभई भय न भने तपाई ले साडी र चुरा लगायर हिड्दा भयो नत्र थुक्ने छन् हाम्रा सहिद हरु ले हामी आशा बादी छौ अपराधी लाई तु कारभई हुन्छ अनि दिदि को मन सान्त हुन्छ ल बाई

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • minti

    पटमुर्ख आकाशे !! गोबरे मोरो !!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • rajupasa

    यो माधवले केहि गर्दैन… सत्ता टिकाउनु परेन…?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • rajupasa

    केहि हुने वाला छैन…आखिरमा सत्ता टिकाउनै पर्यो क्यारे…

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • yogi

    मुर्ख आकाश रेग्मी जी, चिट्ठी आफैले लेख्नु पर्दैन भाबना समेट्ने गरि अरुले लेखिदिदा पनि हुन्छ अनि सच्च्याईदिदा पनि हुन्छ बुज्नु भो ?
    तपाइको बिचारमा प्रधान मन्त्रीले सबै आफ्नो भाषण आफै ले लेख्छ हो? त्यो पनि अरुले नै लेखिदिएको हुन्छ, तेस्मात अझ प्रधान मन्त्रीको भाबना अनि बिचार पनि हुँदैन खाली घोकेर भाषण दिने हो बुज्नुभयो होइन ?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

    • Hom Rai

      Thanks Yogi Ji, I think that Aakash (who is jocking on this serious letter) is the son of … Oli & ………. Bha…….
      isn’t it ?

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • nepathya

    Those culprits should be brought to justice and should be punished as per applicable law. Also government should initiate to punish those people who were guilty of killing Prachanda Thaiba, Ramhari, Yadu Gaumtam, Madi bus blast. NO one from army or Maoist should be let go if they are guilty of killing innocent people.

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Ram Kumar Saudi Arabia

    सर्वप्रथम आमा तपाईलाई नमस्कार
    सुत्कारीको पिडा उसैलाई मात्र ताहा हुन्छ! तेसै गरि कानुनले आमा को मुटु को पिड लाई बुजी दिनु पर्छ र उहाले मागे जस्तो नयई मिल्नु पर्छ ! असल नयी ले मन मा खुसि आनन्द हुन्छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • पुष्प

    देवीजी,

    दुर्भाग्य नै भन्नुपर्छ, धमलाजस्ता अपराधीहरूको मुद्दा फिर्ता लिएर सरकारी पैसामा विदेश शयर गराउनेहरूलाई ‘विन्तीपत्र’ (विन्तीझैं लाग्यो) बुझाउनुभएछ; दु:ख लाग्यो । यति दु:ख त तपाईंले भोग्नुभएको पीडामा पनि लागेको थिएन ।

    हुन त आफ्नो साखलाई थाङ्नामा सुताएका माकुनेबाट तपाईंको ‘सुनुवाइ’ भइहाले पनि आश्चार्य हुनेछैन । तर आफ्नो इमानलाई धोति लगाएहरूबाट आशा गरिहाल्नु पनि बेकार छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 13

    • Rakesh

      Maina sunuharko barbar hattaya ka doshi mati abashaya karbahi hunu pardha cha, tara yo mag rakhne naitik adhikar maobadi harulahi chaina, ramhari ko hattyra ramhari lahi shkti khora ma lukeyra rakhne, prachanda thaiba ko hattayara lahi pradhanmatri niwas ma layera khana khayera bhagaune, birendra shah ko hattayara lahi lukayera party ma jimbewari dine harule maina sunuwar ko ghata uchalnu ko kunai tuk china puspa jee.

      Maina sunar ko ghatana ma buruburu ufranu bhayo puspa jee, badarmude hattaya kanda ma bhayeko nirdosh sarbasadaran ko hattaya, 7 barsaki kajol khatun lahi chitwan ma jiudai jalayeko ghatana, rolpa ko harjanga ma 7 jana UML karyakarta lahi gharbhitra thunera aga lagayeko ghatana, lamjung ka master lahi rukhama badhera gareko hattaya ka aparadhi haru ko barema pani boluns na ho.

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

      • पुष्प

        राकेशजी,

        ‘मेरो संसारमा’ नयाँ हुनुहुन्छ जस्तो लाग्यो; हुन त पुराना पाठकहरूले समेतले ‘माओवादी’ भन्छन् । माफ गर्नुहोला, फेरि-फेरि त्यही कुरा दोहोर्याउने समय छैन ।

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

  • $ONAM

    It was indeed horrible and unacceptable crime against human there are plenty this kind of crime happening so human rights body should strongly and fairly investigate this kind of crime so that we will not lose any more Maina like this.

    देवी जी तपाई ले मैना लै त गुमाउनु भयो गुमौना भयो , आफ्नो श्रीमान लै समेत यहि दुर्घटना ले गुमाउनु भएछा, तर हिम्मत नहार्नुस एक थोपा सास हुन्जेल लडी रहनुस किन कि सत्य को जित एक दिन अबस्य हुन्छ . तपाई को साथ मा हामी सारा दुनिया छौ. यो लादैमा तपाई को जित हुनेछा हिम्मत नहार्नुस अब तपाइको मैनालै त हामी ले फर्कौना सक्किना तै पनि हामी ले अरु लाखाओ मैना हरु लै बचौना सकिन्छा. so, just PUSH “Pray (Push) , Untill, Something, Happen.

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • Raj

    आमा, आमा को माया, आमा को आंशु, य़ेस को कुनै मूल्य को कुरै नगर्दा वेश होला, यो गरिब आमाको आंशुले ती अपराधीलाइ एक दिन जसरी पनी पोल्ने छ, य़ेस म १००% ग्यारेन्टी गर्छु | र आमा ढुक्क हुनुस की यो सरकार ले चाहे न्याये दिओस या नदियोस तपईकी छोरी ले न्याये भने जरुर पौछिन| येत्रो पीड़ा सहन सकने आमा लाइ भगमान ले केही समय पर्खन सकने सक्ति दियोस, मेरो येही प्रार्थना छ | आमा यो तपाईको पत्र पड़दा मेरो आँखा म पनी आशु आयो र लेख्दीन भन्दा भन्दै पनी इ दुई शब्द लेखने शाहस बाटुले |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • minti, US

    जब हातमा बन्दुक हुन्छ, तब तानाशाह अन्धो हुन्छ !! माकुने, प्रचंडे, हल्दार आदि सबै खुनी हुन्, जुका हुन् अरुको अंगमा बसेर रगत चुस्ने, यिनीहरुलाई अन्तरास्ट्रिय अदालतमा लानुपर्छ, कोर्रा हान्नु पर्छ,पापीहरु !! निर्दोष मान्छेको रगतमा होलि खेल्ने नरपिचाशाहरु मुर्दाबाद, मैना सुनुवार अमर रहुन !!

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • sakar

    yes, it was terrible news and the victim families must compensate and those who responsible for such a crime ,they must fire from their job and should punish them according to law. And also, Maoist also did crime against humanity.They also killed many innocent villagers and one of biggest crime was madi , chitwan bombing. So, a independent human rights body should investigate all those crimes without any prejudice and fairly and should punish those who responsible , both Maoist and army. This is the solution for victim.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • आदरणीय देवी सुनार
    जो कोहि पनि मर्माहत हुन्छ तपाई को परिबार माथि घटेको दुखत समाचार ले जसले आफ्नै देश मा १५ वर्ष को कलिलो छोरि चेली लाई यातना का सबै सिमा हरु नागेर मृतु को मुख मा लगी फक्यो त्यस्त्यो मानब रुपी नरपिचास लाई तपाई ले न्याय को गुहार गर्दै पत्र लेख्नु भए का सम्मानित प्रधान मन्त्रि ले नै बढुवा को तक्मा भिडाई अर्का को देश मा सान्ति रे गर्न पठाए का छन् , तपाई ले कसलाई पत्र लेख्नु भए को ? प्रधानमन्त्रि भन्ने चिज हुनु पर्यो नि नेपाल मा न्याय kanun हुनु पर्यो नि देश मा जे जे कुरा नेपाल मा छैन तपाई त्यहिँ त्यहिँ कुरा माग्नु हुन्छ
    बरु एक पल्ट यो नभए को प्रधानमन्त्रि लाइ चिट्टी लेख्नु भन्दा कोटेश्वोर मा बस्ने माधव नेपाल लाई चिट्टी लेख्नुस केहि हुन्छ कि , त्यस पछि पनि केहि लागेन भने नपाए पछि त खोस्नै पर्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Chandra bahadur b k nawalparasi

    सर्ब प्रथम त देबी दिदि नमस्कार ! दिदि यो हजुरको मात्रै मुधा र चिन्ता को बिसए होइन जस्तो लाग्छ !
    तर के गर्ने यो निकम्मा सरकार ले हजुर, हाम्रो पिडा सुन्न सक्छ जस्तो मलाई लाग्दैन किन कि यो सरकार भनेको मावोबादी प्रचण्ड ले भने झैँ कठ पुतली सरकार हो नै रहेछ ! एस्तो नालाएक सरकारले केहि गर्न सक्दैन भन्छु म त !
    तेसैले दिदि ढुक्क हुनुस यो आवाज हामी सबैले निरन्तर रुप मा उठाई राख्नु पर्छ तेस्ता नर पिचास हरु लै कडा भन्दा कडा कारबाही हुने पर्छ !यो मेरो मात्रै माग होइन हामी सबैको चाहना हो!
    एदी माकुने सरकारलाई अलिकति मात्रै जनता पर्ती ख्याल छ भने किर्पया येस्ता गुन्डा हरुलाई कारबाही तत्काल गर्न पनि बिनम्र अनुरोध गर्दछु !
    चन्द्र बहादुर बि क
    नवलपरासी देउराली हाल
    साउदी अरेवीया रियाद

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • Pranay

    मैना सुनार लगायत अन्य नेपालीहरु जो दण्डहीनताको सिकारहुनु भाछ तपाईहरुको कथाले साँचै मुटु कटट हुन्छ । फोटोमा रुदै गर्नु भएको आमा लाइ देख्दा त भक्कानो छुटेर आयो ।

    हरेक कुराको आफ्नै मुल्य हुन्छ । मुल्य तिरिने माध्यम धेरै र फरक् हुन्छन – भन्नाले पैसा मात्रले हेरेक मुल्य भुक्तानी हुँदैन ।

    हे नेता हो १० बर्सदेखी जनताबाट तिरीएको मुल्यको हिसाब किताब गरौ आज ।
    १. जन्युद्ध हाक्यौ – बलिदानी मुल्य जनताले तिरे ।
    २. जनताको छाती टेकी सम्सदिय नाटक मन्चन गर्यौ – निरिह दर्सक भई चुप रहनुपर्ने पात्रको मुल्य जनताले तिरे ।
    ३. राजा हताउने माग आँफै राखन नसकेर कट्टु छेर्यौ – जनताले फोहोरी कट्टुको झन्डा उचालेर जनाअन्दोलनको मुल्य तिरे ।
    सिटामोलको मुल्य तिर्न नसक्ने जनताले सधैं तिमिहरुको राजनैतीक मुल्य तिरी मात्र रहनु पर्ने हो ? जनताले तिरेको मुल्यको ऋण कहीले चुता गर्छौ ?

    जनताको दैनिक जीवनसँग जोडिएका आँशुको मुल्य भुक्तानी गरेनौ भने तिमीहरु सबै भ्रस्ट हौ । जनता सँग लिएको ऋनको तमसुक लेख न संबिधान सभामा पठाको हो । समयमै दिगो हिसाबले त्यो काम नाप्छौ जस्तो लागेन – तिमीहरु साचै धोकेबाज नै हौ ।
    कहीले काँही छातीमा हात राखेर आँफैलाई सोध त तिमीहरु सन्तुस्त छौ – पसु हो । जनताको हिसाब बेलैमा तिर ।
    सबै पार्टिका नेता नाम जोदिएकाहरु लाई खबरदार – जनता तिमरको फोहोरी हातमा नाचने गुडिया मात्र होइनन ।

    तिमीहरुको लागि आज सम्म निती नियम खोस्टामात्र हुन सक्छ तर सधैं येस्तो रजाँइ भैइरहदैँन । खोस्टा सँगै बागमती मा पुग्नु पर्ला – चेतना भया !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Uday

    देविजी
    धेरै धेरै तपाइको पक्छामा छन्. जति रोय पनि मैना फर्केर आउने अवस्था छैन तर तपाइको आवाजले धेरै मैनाहरुलाई बचौना सक्छ. यो आवाज उच्चा बनौनुस म जस्ता धेरै तपाइको पछी छौ. सत्यको विजय एक दिन निश्चित छ.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • ashok

    उमेश जी, धारी दुख लाग्यो देवी सुनार को पत्र पढेर. हामी सबै जनाले अलिअलि आर्थिक सहयोग गर्न पाय राम्रो हुन्थ्यो. उमेश जी मलाई जानकारी दिनु होला है यदि कुनै तरिकाले आर्थिक सहयोग गर्न सकिन्छ भने.
    अशोक

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • sam

    Take a mass action. … email or call at PMO.

    Office of the Prime Minister and Council of Ministers
    Singh Durbar
    Kathmandu, Nepal

    Tel: 977-1-4211000

    P.O. Box: 23312
    Email: info@opmcm.gov.np

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • ashok

    उमेश जी, मलाई यो निबेदन पढेर एकदम नै दुख लग्यो. देवी सुनार ले निकम्मा सरकार बाट कुनै आशा गर्नु त बेकार छ. तर हामी नेपाली जनता हरु मिलेर आर्थिक सहयोग भने गर्न सक्छौ. मलाई जानकारी दिनु होला यदि कुनै उपायले मैले कुनै आर्थिक सहयोग गर्न सक्छु त.

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • sujan

    it’s serious matter. I would like to drop an email to (info@opmcm.gov.np) priminister’s office. If other’s would also like to join and drop emails to priministers office or call priministers office then here is their address
    ————————————–

    Office of the Prime Minister and Council of Ministers
    Singh Durbar
    Kathmandu, Nepal

    Tel: 977-1-4211000

    P.O. Box: 23312
    Email: info@opmcm.gov.np

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • Kanchha

    बिचार निरिह प्रधान मन्त्रि के गर्न सक्थेर सिबाये कुर्शी बचौना बाहेक. येहा RADICAL REFORM चाहिन्छा. सबैको हातमा बन्दुक चाहिन्छा अधिकारको लागि. तर मावोबादीको जस्तो चैं होइन.

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • Samantee

    महान कामरेड साथीहरु, तपाईहरुको दिमागमा तपाइको प्रचण्ड र उसका भरौटे भनौदो महान कमरेड नेताहरुले कस्सेर बिर्को लगैदेको जस्तो छ. किन माकुने मात्र बुराइमा गीत गाउनु हुन्छ, एकपटक ती खोल्नै नसक्ने गरी कसिदिएको दिमागमा बीयेर Beer खोल्ने Opener ले खोलेर विचार गरौत ! यो काम तपाइको महान भनौदो नेता प्रचण्ड ले आफ्नो सात महिने कार्येकालमा किन गर्न सकेनन् ???????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 5

  • bikash

    बिगतमा दुवै पक्ष्यबाट निमुखा जनतामाथि ज्याजति र अत्याचार भएको छ| तर कतै पनि कसैलाई कारबाही भएको छैन. जनताको रगत चुस्ने बानि लागिसक्यो यी नेताहरुलाइ | यिनीहरुले यो देशलाई आखिर ध्वस्त नै पार्ने भए|

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • nabin mishra1

    कृपया सम्पादक महोदय
    हामी मानब जीवनलाई सारै महतो दिने देश मा बसेका छौ. मैना सुनुवार नेपाली सेना को कालो इतिहाश हो. सेनाले जे भने पनि संसारले मान्ने वाला छैन .बिद्रोही संग हारेको सेना सर्ब साधारण को नजर मा गिरेकै कारण ले माओबादी संग हरेको हो.माधब नेपाल लेन्डुप दोर्जे हो त्यो हामी सबै को आमालाई तेस्को पाउमा नाझुकौनुस है.

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • Binod ,Sydney

    येस्ता कुरा हरु जरै देखि निर्मुल गर्नु पर्छ तिनी हरु लाई चैन को सास फेर्न दिन हुदैन , आफु ले गरेको गल्ति को सजाए हरेक सास मा फेर्न पर्छ तिनी हरु ले ,,तिनी हरु ले पाउने सजाए दिनु पर्छ र हाम्रो देश मा कानुन को पालना इनी हरु बाट सुरु गरिनु पर्छ गरिब निमुखा र सुकुम्बासी हरु बाट होइन,

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • स्वस्ति शर्मा

    देबी दिदीलाई मेरो सलाम,
    हिम्मत नहार्नुहोला,
    यसै म्य्संसर ब्लग मार्फत ति दोषीहरुलाई जेल नहालुन्जेलसम्म हरेक दिन दबाबमुलक लेखहरु राखे कसो होला साथीहरु? त्यस पछी नेपाली मिडियाका अरु पत्र पत्रिका तथा संचार माध्यमहरु ले पनि यसको साथ दिएर अभियान चलाए मा केहि होला कि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

  • Aakash Regmi palpa Tansen

    हैन यो chithi devi sunarle aafai लेखेको हो ta?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 23

  • sudarshan

    देबी सुनार जी
    तत्कालिन परिस्थीति मा देश मा युद्द चलिरहेको अवस्था थियो , तेस्मा केहि निर्दोष हरु को पनि ज्यान गयो तेस्मा तपाईं मात्रै होइन सबै दुखि नै छन , अर्को कुरा केहि सुरछ्या कर्मचारी लाई टार्गेट लगाउनु को साटो , यो कथित् जनयुद्द को नाम मा मान्छे मार्ने, मर्ने र मराउने बाताबरण का कारक प्रचण्ड लगाएत अरु माओबादी नेता हरु पनि हुन् , उनि हरु को योजना मा यो सब नरसंहार भएको हो , अनि उनि हरु लाई पनि कारबाही हुनु पर्ने होइन र ??

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 18

    • Hom Rai

      ओइह सुदर्शन! मैना सुनार को ठाउमा तेरी बहिन भएको भय के हुन्थियो ? ज्यान मार तेरा बाउ(Mahendra) का कुकुर हरु लै पैसा कमौना विदेश पठाई अनि प्रचण्ड र आरु लै कारवाही का कुरा गरेर झन् दुखेको घाऊ मा नुन लगाउने कुरा गर्छस, अब तेरो पनि मति बिग्रियेछा हुन त तिनै कुकुर हरु को जुठो खाने गरेको होलास

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 4

      • sudarshan

        माओबादी का अन्ध भक्त
        तिमि हरु को भाषा प्रयोग ले यो प्रमाणित गर्छ कि तिमि हरु को इस्तर कुन हो भनेर ,मैना सुनुवार मेरी बहिनि जस्तै हुन् , तिमि जस्ता अबुझ ले सम्झैरहनु जरुरि छैन , अर्को कुरा के नेपाल मा एक जना मात्रै हो र तेसरी मरेको ? कति जना लै तिमि हरु ले गाएब पारेउ? कति लै बेपत्ता अनि कति को हत्या गरेउ ,के तेस्को तिम्रा नेता हरु संग हिसाब किताब छ , होला तिम्रै दाजु भाई हरु पनि परे होला , एक पटक तिम्रा नेता हरु संग तेसबारे खोजि गर अनि था हुन्छ , कारबाही किन एक तर्फी ? दुवै लै हुनु पर्यो

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • प्रधानमन्त्री ज्जू यस्ता हत्याराहरूलाई किन कारवाही नगरिकन बसिरहनु भएको छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • रामहरि

    नेपाल को कानुन ति व्याक्ति र वर्गका मान्छेहरु लाई बनाईएको हो जो उच्चबर्गीय पहुँच भन्दा तलका हुन्छन या त कुनै पार्टीको छत्र-छायाँ बाट बन्चित हुन्छन ।यदि नेपाल को कानुन ले सबैलाई समानता दिएको भए सायद आज तपाई हामीहरु कसैलाई पनि विदेशिनु पर्ने थिएन होला ।
    जहाँ सम्म मैना सुनारको कुरा छ यसमा प्रधानमन्त्री महोदयको तर्फ बाट कुनै त्यस्तो उपलब्धिमुलक तथा न्यायीक उत्तर आउला भन्ने अपेक्षा गर्ने ठाउं छैन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • Pawa

    त्यो निरन्जन बस्नेत कुन मुलुकमा गएको हो? उनि जुन मुलुकमा गएको हो त्यहाँ भएका नेपालीहरुले उनलाई कारबाही गर्ने हो कि.

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • Bhabuk

    अहिले नेपाली जनता असमंजस मा छन् के साच्ची नेपाल मा सरकार छ? किनकि जनताले सरकार को प्रत्याभूति नै गर्न सकी रहेको छैन कहाँ जाने हो न्याय खोज्न केहि थाहा छैन… हुनत न्याय दिने काम सरकार को हो तर अहिले त सरकार र पीडक पक्ष मुसो र बिरालो को खेल खेले जस्तो गर्छन….. म पिटे जस्तो गर्छु त रोए जस्तो गर भन्ने अनि आफैले बिचरो रोइ हाल्यो एसको सजाए येही हो भनेर निर्णय सुनाउने उदाहरण को लागि करिमा बेगम काण्ड लाई लिन सकिन्छ….. द्वन्द काल मा धेरै नरभक्षी हरुले अन्याय गरेका छन् ति सबै को छन् बिन गर्नु त कता कता अहिलेको लोकतान्त्रिक, गणतान्त्रिक भनिएको सरकारले त अपराधि भनेर किटान गरिसकिएका लाई समेत अत्येन्त मर्यादा का साथ् शान्ति सेना जस्तो मर्यादित ठाउमा पठाएर र सम्मान का साथ उनीहरुको छाती मा बहादुरीको मेडल झुन्द्यायेर सम्पूर्ण न्याय प्रेमी नेपाली जनता को मानमर्दन गरेको छ…. गरिब, निमुखा सर्बसाधारण को लागि हाम्रो देशमा सरकार छ र ? भन्ने जस्तो अबस्था छ . सरकार छ त केवल राजनीतिक दल र तिनका कर्येकर्ताको लागि मात्र…. साधारण जनता हिजो जे थिए आज पनि त्येही छन्. हिजो पनि न्याय माग्दै थिए आज पनि माग्दै छन् परिवर्तन भएका छन् त केवल २/४ जना…. प्रतिपक्ष मा रहेको दलले पनि एस बिषय मा खासै चासो दिएको देखिदैन, खाली कसरि जनता लाई आन्दोलनमा उतार्ने भन्ने बिषय मात्र उसको सम्बन्धित बिषय जस्तो देखिन्छ दलका कर्येकर्ता पनि आफ्नो दलले गरेको नराम्रो काम लाई पनि राम्रो भनेर ब्याख्या गर्न ब्येस्त छन् …मानौ आफ्नो दलको बिरोध गर्यो भने त जात नै जान्छ….. अर्को तिर सर्ब साधारण जनता पनि खाली नचाहिने कुरा मा मात्र आन्दोलन गर्न अगाडी बढ्छन जस्तो कि जतियेता को कुरा….. कहिले आउने बुद्धि हाम्रो र यी नेता हरुको कुन्नि……

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • prajwal

    यो सारै दुखद घटना हो तर यो देश मा यस्ता धेरै घटना घटेका छन्. मन दुखेर आयो तर सबै लाई आ आफ्नो रन्को छ. YCL के गर्छ , प्रम के गर्छ, रास्ट्रपति के गर्छ, .. मेरो परिवार लाई यस्तो हुन्छ भने म नै हथियार उठाएर नेता, आर्मी, सबै लै नर्क पुर्यौठे .

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • bibek

    Makune government, its a challenge for you to prove that you dont want lawless country. Tears of innocent Nepali wont let u live or even die in peace. Every one has to die one day,and you PM and ministers are not exception to that. SO please get up and take a step towards humanity and law. Punish the criminals.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • Michael

    परिवर्तनको चाहना हामी जस्तालाई के थाहा छ र द्वन्द मा आफन्त गुमाएका हरुको पिडा सुनौ. KP ओली र बिद्या भण्डारी जस्ता देश का कुपुत्र कुपुत्री ले सम्हालेको दीफेंस मन्त्रालय बाट यस्ताको कारवाही हैन बढुवा नै हुन्छा आफ्नो श्रीमान को हत्या त बिरसेकी बिद्या लाइ अरुको के मतलब. यस्तो दंद्दहिनाता भएपछी अब जनकारबाही हुन्छ भने अराजकता भन्नु मिल्दैन. तर सबै ले आस गरौ दोषी लाइ कारबाही होस्.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

  • बीर

    बिचरा लाचार माकुने, गरोस पनि त के है ? त्यहिँ सेनाको आडमा टिकेको २२ दल, त्यसलाई छुनासाथ सेना बिच्किने, सेना बिच्किनासाथ माओबादीको जनसेनाले क्वाप्प पारी हाल्ने डर | अनि कहाँबाट मैना सुनुवारकी आमाको आवाज सुनिन्छ त ?

    माकुनेको त यो बाध्यता देखियो, होइन यो नागरिक सर्बोच्चताको रट लगाएर नथाक्ने माओवादी यो केसमा किन चुप लागेर बसेको नि ? कि यो हत्याका दोशीहरुलाई कारबाही गर्ने आवाज उथाउनासाथ आफुले पनि रामहरी, थैब, देगेन्द्र जस्ताका हत्याराहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर तै चुप मै चुप भएको हो ? शायद राजनीति दाउपेच भनेको यही होला | के गर्ने देबी दिदी तपाईंको आसुँ यो जन्ममा पुछिएला जस्तो लागेन मलाई | भगवानले तपाईंलाई धैर्य गर्ने शक्ती दिउन |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 12

    • Nik

      बिर जी, मा तपाइको प्रतिक्रियात्मक सोंचको धेरैनै पशंशक हुँदै छु| हाम्रो पुष्पजी र मदंजी जस्तो जे मा पनि “भारतीय बिस्तारबाद, कठपुतली सरकार अनि माओ-बादी चै नागरिक सर्बोच्चता, भारत बिरोधि, अझै भन्ने हो भने न्यायिक दल, भनेर थाक्नु हुन्न|तपाइले भने जस्तै, माओ-बादीले उनीहरुको क्याम्पमै लुकाएर र उन्नति दिएर राखेका अपराधीहरु शायद उहाहरुको लागि स्वतन्त्रता सेनानी पो परेकी? अब यहाँ पनि हवाँ हरुबाट यसको समर्थन र सरकारको कुन्नि के झार्ने लामो लेखी आउने छ|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 12

      • बीर

        Nikji, thanks for a positive comment. As Obama said “I am humbled” he he he

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

    • madan bajracharya

      बिर जी
      तपाईं जस्तो बिबेकी आँखाले घटनाको विश्लेषण गर्नेले यो कुरामा माओबादी गुहार्ने नपर्ने सबैलाई थाहा छ माओबादीको उग्र कार्येकर्ताहरुले येस्तई हत्याहरु गरेका थिए/
      बिर जी आज तपायिन्लाई तितै भन्छु मात्र तपाईं लाई है/ न नेपाली कांग्रस कहिले नेपाल र नेपाली को लागि भए/ पन्चे को कुरा अहिले गर्दिन/ माओबादी पनि नेपाली माटोमा जन्मेको भन्दा जन्मायिएको हो/ यो तितो सत्य हो/ नेपालको माटोमा न कांग्रेस जन्मेको हो न बामपन्थी सबै भारतले जन्माएको छाउरो हरु हुन्/ उतैकोले जनाए उतैकोले पाले उतैको लागि नेपालमा मात्र भुक्दै छन् तोक्दै छन्/

      नेपालको भूमिमा मात्र नेपाली जन्मेको थिए जन्मिरहेको छ तर मर्दै मर्दै जिउंदै छ/ यो त् नेपालको भाग्यनै बने उहिले जो नेपाली बनेर जन्मे नेपाल भनि बोले त्यो काटिएर मरेको छन् भने अहिले पिल्सिएरमर्दै छन् सबै/ भोकले मर्न लागेको ले, दल बदल्नु आस्था बदल्नु कुनै नौलो कुरा भएन/ मर्ने लागेकोले झार फुकेको पनि बिस्वास गर्न पुग्छन/ डुब्न लागेकोले आफुलाई डुबाउन खोज्नेको पनि हाट थाम्न खोज्छन बिर जी येही कारण हो आज हिजो आफुलाई गाउँ घरमा दुख दिने माओबादी पनि गुहार्न बाद्ये भई रहेको छ/ भोलि तराईमा पनि तेस्तै हुन्छ/ तराईमा मधेसी नबनी टिक्न नपाईने भएमा कति पाए पहाडी भनाउन्दाहरुले आगनको कालो दलेर पनि आफ्नो मुहार मधिसेकै जस्तो कालो बनाउनु पर्ने हुन्छनै/ अनि के गालि गर्ने कसैलाई माओबादी भनेर मधेसी भनेर/

      हेर्नुस बिर जी कांग्रेस लेनी देसमा सबै भन्दा बढी साता चलाए तर कसरि चलाए सबैलाई थाहा छ/ एमाले थोरै समय चलाए, उहिले मनमोहनको पालाको कुरा नगरुन, अहिले माकुने को कुरा गरु त्यो त् खै के भन्ने, कुरा बुझ्नुनै हुन्छ/ अब रह्यो माओबादी को कुरा के तपाईं ठान्नु हुन्छ जुन पार्टीको नामनै माओ बात सुरु भएको छ त्यो नेपाल बादी होला भनेर? मैले एस्तो भन्यो भनेर तपाईं पत्याउनु हुन् होला किन भने तपाईंको नजरमा म माओबादी हुन्/ डुब्न लागेकोले आफुलाई दुबाउनेकै हात थाम्न खोजे झैँ तापनि उसै प्रति झुकाव राख्न बाध्य भए,र तेस्तो मा म एक्लो छैन ३०% जनता छन/ कुनै दिन एस्तो पनि आउन सक्छन; यी कांग्रेसी एमाले माओबादी भन्दा त् पन्चेनै राम्रो राजी ठिक भन्ने हरुनै बहुमत मा निस्कन सक्ने छ/

      बिर जी हामि जनता/ को कुन पार्टीमा लाग्ने बा कुन पार्टी त्यागेर अर्को पार्टी मा लाग्ने जनताको अधिकारको कुरा हो/ जनताले मत बदलिरहेको पार्टी बदलिरहेकोले देसमा सरकार चलाउने पार्टीले राम्रो काम गर्न नसकिरहेको देखाउंछ/

      भन्छन नेपाल गरिब छन् भनेर कसले भनेको त्यो? नेपाल स्रोत को भण्डार हो/ याहांको माटो बिस्वोकै मलिलो माटोमा पर्छ/ जल स्रोतमा नेपाल सन्सार मै दोस्रो/ तर खै कुनै नहर कतै बनेको, कहीं कतै कुलो को दुलो बात अलि पानि पाउँछ तर देसको ठुलो ठुलो नदीको पानीमा नेपालको अधिकार छैन/ त्याहाँ को पानि लिन पनि विदेश सिट अनुमति लिनु पर्ने भएको छ/ उहिले कोशी नदि भारतको दुखको कारण थिए/ अहिले त्यो नेपालको दुखको कारण बने/ कोशी पारि हरियो बारी हामीलाई कहाली लाग्दो बाढी/ गण्डकी को ब्यथा तेस्तै छ/ गण्डकी सम्झौताको कारणले नारायणी नदीमा कुलो बाधेर पानि लिन पाउँदै नेपालीले पम्प गरेर मात्रै लिन पाउँछ/ टनकपुर उहिले बरु मरिच मानले बचाउन खोजे अब त्यो कसले दान किन दिए सम्झन पनि चाहन्न/ महाकालीको कुरा त् सम्झे पनि आँसु आउँछ/ सिमा नदि थिएँ महाकाली नदि पारीको किनार सम्मै नेपालको थियो/ अब त्यो आधा भारतको भए/ महाकालीको पानीमा नेपालको भागमा मात्र २% र महाकालीको प्रोजेक्ट बात नेपालले लाभ लिन चाहे लगानी गरेमा लगानीको अनुपातमा पाउने रे/ अब भन्नुस नेपालको ठुलो ठुलो नदि सबै भारतको भई सके पछी के नेपाल अझै जल स्रोत मा बिस्वोमा दोस्रो छत?

      अब माथिको समाचारकै प्रसंगमा, बिर जी तपाईं को कुरा काट्छु है, बलियो भारतले सिमा मिच्न आउँदा बन्दुक देखाउनु हुँदैन भने/ सन्सार मा मात्र नेपाल र भारत् मात्रै दुई मुलिक भएको भए तपाईंको कुरा ठिक थिए/ सिमा मिच्न आएको भारतको सेना लाई गोलि नेपालीले हानेको भए सारा बिस्वो हाम्रो साथ् हुने थिए/ गोलि हान्न नसकेको त् उसैको पाल्तु हरुले देस चलाएकोले मात्रै हो चोरले पालेको कुकुर राम्रो छ भनेर हामीले घर मा राखे पछी चोर आउँदा भुक्ने तोक्ने उसैको कुकुर ले कसरि गर्ला र/
      न्याय नपाई गुहारेको माथिको कुरामा पनि तेस्तै हो/ देस मा गलत काम गर्ने लाई कानुन लगाउने कुनै निकाए बाकि राखेनन् यिनीहरुले किन भने यिनीहरु सबै गलत काम गर्ने, मार्ने लुट्ने, दवाउनेमै पर्छन/ अनि मैना सुनारको हत्या गरेको लाई सजाए दिएर आफ्नै गलामा फांसीको फन्दा राख्ने काम यी ज्यान मारा रास्ट्र माराहरुले गर्न किन चाहन्छन र? सके दवाउन खोज्चान नभए “सहिद’ घोसना गरेर केहि लाखको घुस दिएर कुरा दवाउने छन्/ देवी सुनार त्यो पनि मान्नै पर्ने हुन्छ किन भने अर्को बिकल्प हामीले उनि जस्तालाई दिन नै कहाँ खोजे र? उही खाए खा नभए घिच जस्तै गरेर देसमा कांग्रेस नै हो एमाले नै हो माओबादीनै हो सरकार चलाउने भनेर अर्को बिकल्प उठ्ने नदिने हामि जस्ता बिबेक बिकेका हरु बलिया भएको देस मा/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 13

      • बीर

        मदन दाइ, सायद तपाइको र मेरो दृष्‍टिकोणमा फरक छ होला, तर तपाइको भद्र र शालीन मिजासलाइ म सदा आदर गर्दछु, साथै भद्रता र शालिनता भन्ने तपाईं कस्तो खाल्को परिवार र बातावरणमा हुर्केको हो त्यस्मा भर पर्ने कुरा हो | जुन अरु धेरै माओबादी समर्थक साथिहरुमा छैन | तपाई र मेरो दृष्‍टिकोण फरक भएता पनि देख्ने कुरा चाँही त्यहिँ नै हो खाली हामीले त्यसलाई कुन कोणबाट हेर्छौ त्यत्तिले हो फरक पार्ने | जस्तै एउटा बसलाइ तपाइले अगाडीबाट हेर्दा छोटो चारपाटे देख्नु हुन्छ भने त्यहिँ बसलाई मैले साइडबाट लाम्चो देख्छु | विवाद यहि आएर हुन्छ, जबकी बास्तविकता दुबैको सहि छ | अहिले तपाइलाई पनि त्यहिँ नेपालको वर्तमान परिस्थितिले पिरोलेको छ र मलाई पनि त्यसैले पिरोलेको छ, खाली यसलाई हेर्ने र कुन बाटो रोज्ने भन्ने विचारमात्र फरक हो | यहि कारणले सायद तपाइले मलाइ कांग्रेस सम्झनु हुन्छ होला र मैले तपाईलाई माओबादी समर्थक जस्तो सम्झन्छु | तर यो कुरामा हामी दुवै गल्ति हुन सक्छौ, यहि आएर हाम्रो गल्ति हुन्छ, भ्रम हुन्छ, किनकि अघिको बसको उदाहरण भनेको ध्रुब सत्य हो भने अहिलेको उदाहरण पूर्ण अनुमान मात्र हो | किनकि तपाइलाई के थाहा कि मलाई बच्चै देखि सबैभन्दा मन नपर्ने पार्टी भनेको कांग्रेस हो भनेर | तर एउटा कुरा तपाइले याद गर्नु भयो कि भएन त्यो त मलाई थाहा छैन, मैले माओबादीको धेरै बिरोध गरेता पनि अरु कुनै पार्टीको गुनगान र बखान पनि गरेको छैन, तर तपाइहरुको हकमा भने अरु पार्टीको बिरोध गरेर नथकेता पनि माओबादीको भने कहिल्यै कुरा काटेको देख्दैन, सायद हामीमा फरक यति मात्रै छ होला |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

        • पुष्प

          वीरजीहरूले हामीले माओवादीको समर्थन गरेकोबाहेक माओवादीको नराम्रो कारमको विरोध गरेको कहिल्यै पढ्नुहुन्न । मदनजीले माथिकै प्रतिक्रियामा गरेको विरोध पढ्ने जमर्को गर्नुभएन । अब के भन्ने खै ! मान्छेले बुझ्पचाएपछि केही सिप नलाग्दो रहेछ ।

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

          • बीर

            पुष्पजी, मदन दाइ र तपाईमा धेरै फरक छ, मदन दाइले ८०% माओवादीको समर्थन गरेता पनि २०% कुरा काट्नु पनि हुन्छ र कुरा काट्नेको कुरा पनि सुन्नु हुन्छ | तर तपाईंको केसमा भन्ने हो भने १००% माओवादीको मात्र समर्थन गर्नु हुन्छ र अरुको कुराको क समेत सुन्न रुचाउनु हुन्न | यो मेरो संसारमा निक्कै माओवादी समर्थक साथीहरु भेटे जस्मा मदन दाई र देव राज (कैलाली) मात्र यस्ता दुई जना ब्यक्ती हुनु हुन्छ जस्ले अरुको कुरा पनि सुन्ने हिम्मत गर्नु हुन्छ | वहाँहरुको बिचारलाई म कदर र सम्मान गर्दछु | बाँकी सबै जन्मिदै राता थाङ्नामा जन्मेका अन्धभक्त समर्थक हुन | शशांकजीको चांही त्यती भेउ पाउन सकिन, वहाँले कहिले माओवादीको कमी कम्जोरिलाई स्विकार्नु पनि हुन्छ भने कहिले ज्यादै बटारिएको कुरा पनि गर्नु हुन्छ | हामीले पनि माओवादीको जती कुरा काटेका छौ ति काट्नु पर्ने र काट्ने खाल्कै कुरामा काटेका छौ | काँचो दाउरामा आगो लगाउने हामी पनि पागल त होइनउ नि | राम्रो कुराको बिरोध गरेका छैनौ पनि |

            मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • Ramesh Parajuli

    खुला पत्र पढेर मेरो मनमा जति पिर पर्यो, जुन पिर मैना सुनारकी आमा लाई पाँच बर्षअघि देखि परिरहेको छ र यो पत्र कोर्न बिबस छिन । तर यो पत्रले अहिलेका कठपुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललाई फलाम को चिउरा सरह हुनेछ । किनभने अहिलेको यो सरकार आफ्नो खुट्टा मा उभियको छैन र केही डिसीजन गर्न पनि सक्दैन, केही डिसीजन पनि गर्न नसक्ने सरकार ले झन् सेनाको बारेमा केही गर्न सक्ने कुरै भयन किनकी माधवकुमार नेपालको सरकारको आयु सेनाको हातमा छ । तर! पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा देवी सुनारको आँसु ले माधवकुमार नेपाललाई पोलोस र केही डिसीजन पनि गर्न सक्ने शाहस पैदा गरोस भन्ने अनुरोध गर्न चाहन्छु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • sanjaya

    सलाम छ देबी आमा तपाइलाई!
    तपाई त्यो नेपाली आमा हुनुहुन्छ जसको मनभित्र अरुले महशुस गर्न नसक्ने असिमित पीडाका पहाडहरु छन्, र तपाइजस्तै हजारौ आमाहरुको काख रित्तिएको छ/ तपाई एक्लो कदापी नठान्नुस तपाई संग हजारौ नेपाली छोरा छोरीको साथ छ/ हामी साथमा छौ, बिगत १० बर्षको जनयुद्दमा मारिएका हजारौ शहिदका परिवार र बेपत्ता परिवारहरु संग भएको पीडालाई आफ्नो पिडासंग मीसाउनुस, मैना बैनी नेपालकी छोरी हुन र ति रक्त पिपासुहरुले नेपाली छोरीको बलात्कार गरेका हुन, र निरन्तर ति पिपासु हरुलाई दण्डित गर्ने अभियानमा लागीरहनुस/ मलाई लाग्छ अब तपाइले आफ्नो पीडालाई आँसुले मात्र पखाल्नु हुदैन र त्यो पीडालाई मनभित्र पाल्नुस र त्यो आँसुलाई मट्टीतेल जस्तै प्रज्वलनशील पदार्थ बनाएर ज्योति बाल्ने प्रयास गर्नुस र त्यो ज्योति भित्र नै ति रक्त पिपासुहरुलाइ भष्म बनाउनु पर्छ/

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

  • Ramesh Parajuli

    खुला पत्र पढेर मेरो मनमा जति पिर पर्यो, जुन पिर मैना सुनारकी आमा लाई पाँच बर्षअघि देखि परिरहेको छ र यो पत्र कोर्न बिबस छिन । तर यो पत्रले अहिलेका कठपुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललाई फलाम को चिउरा सरह हुनेछ । किनभने अहिलेको यो सरकार आफ्नो खुट्टा मा उभियको छैन र केही डिसीजन गर्न पनि सक्दैन, केही डिसीजन पनि गर्न नसक्ने सरकार ले झन् सेनाको बारेमा केही गर्न सक्ने कुरै भयन किनकी माधवकुमार नेपालको सरकारको आयु सेनाको हातमा छ । तर! पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा देवी सुनारको आसु ले माधवकुमार नेपाललाई पोलोस र केही डिसीजन पनि गर्न सक्ने शाहस पैदा गरोस भन्ने अनुरोध गर्न चाहन्छु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 2

  • Prem Aryal

    भनिन्छ प्रेम र युद्धमा सबै ठिकै हुन्छ भनेर तर दोषी किटान भएकोलाई त कारबाही गर्नु पर्छ चाहे जो सुकै किन नहोस, संक्रमण कालको नाममा अन्तरिम संबिधान यति धेरै निरिह बनेको साएद संसारमै नेपालको होला

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 1

  • pawan

    these five army such a worse animal that they are free to be killed by any neplease and as far as i know why not so called “terrorist” group let them live till now ” KILL THEM” as soon as possible. And the so called PM he such a worthless dog that he only eat and listen that are provided from india he has common sense to think and do. WHAT PM “MADAV NEPAL” WOULD DO IF HIS WIFE OR DUGHTER WERE VICTIM OF THIS CASE?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

  • Ramesh Parajuli

    खुला पत्र पढेर मेरो मनमा जति पिर पर्यो, जुन पिर मैना सुनारकी आमा लाई पाँच बर्षअघि देखि परिरहेको छ र यो पत्र कोर्न बिबस छिन । तर यो पत्रले अहिलेका कठपुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललाई फलाम को चिउरा सरह हुनेछ । किनभने अहिलेको यो सरकार आफ्नो खुट्टा मा उभियको छैन र केही डिसीजन गर्न पनि सक्दैन, केही डिसीजन पनि गर्न नसक्ने सरकार ले झन् सेनाको बारेमा केही गर्न सक्ने कुरै भयन किनकी माधवकुमार नेपालको सरकारको आयु सेनाको हातमा छ । तर ! पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा देवी सुनारको आसु ले माधवकुमार नेपाललाई पोलोस र केही डिसीजन पनि गर्न सक्ने शाहस पैदा गरोस भन्ने अनुरोध गर्न चाहन्छु ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

  • basant

    अध्यारो बाट उजयोमा सजिलै देखिन्छा तर उज्यालो बाट अध्यारोमा देखिदैन.हामी जनता अध्यारोमा छौ अनि नेताहरु उज्यालोमा छन् तेसैले उनीहरुले तेतिबेला देख्चन जब सत्ता बाट बाहिर आउछन अनि फेरी झसङ्ग भएको नाटक गरि फेरी जाने गर्छन क्रम दोहोरि रहन्छा तर समस्या जस्ता को तेस्तै हुन्छा.
    मन्त्रीले त पुलिस महिला आफ्नै पुलिश बाट बलात्कृत हुदा मलाई नसोध कहाँ दुख्छा अर्काकी छोरी बलात्कार हुदा घाउ भने,
    यी नेता बाट आस गरौ भर नपारु आफ्नो ज्यान आफै बचाऊ सके सम्म.
    ढाका
    बसन्त

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • Spring

    अध्यारो बाट उज्यालो मा देख्न सकिन्छ तर उज्यालो बाट अध्यारो मा देख्न सकिदैन हामी जनता अध्यारो मा छौ तर नेताहरु उज्यालोमा छन तेसैले उनीहरुले हाम्रो अवस्था नदेखेर हो जब उनीहरु फेरी अध्यारो मा आउछन अनि उनीहरु झसङ्ग भएको नाटक गर्दै हामीलाई झुक्याई उज्यालो मा जान्छन.अनि फेरी उस्तै अवस्था आइपुग्छा .तेसैले इनी हरुले केहि गर्दैनन्.गृह मन्त्रीको चाला अस्ति भर्खर थाहा भयो पुलिश भित्रबाट भित्रको आफ्नै पुलिश महिला को बलात्कारको घटना बाट.ani sahayog garne maathiko karbahi.
    Dukhi Nepali amako dukhi Chhora,
    Spring.

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 2

  • Bhabuk

    अहिले हज्जारौ नेपाली जनता येस्तै असमन्जसमा छन् . अन्याय मा परेका हरु ले कहाँ बाट न्याय पाउने हो केहिथाहाछैन न्याय दिने हरु र अन्याय गर्ने हरु मुसो र बिरालो को खेल खेले जस्तो गर्छन. एकैछिन म पिटे जस्तो गर्छु त रोए जस्तो गर भन्ने अनि रोइ हाल्यो बिचरो लाई छोडिदेउ भनेर आफै फैसला गर्छन. अहिलेको सरकार को त पिडित नेपाली जनता लाई न्याय दिने हैसियेत नै छैन… सरकार ढल्छ भन्ने डरले डाका, गुन्डा र दादा हरु लाई मन्त्रि बनाइएको छ अथवा उनीहरु कै इसारा म सरकार चलीरहेको छ.. उदाहरण को लागि करिमा बेगम लाई हेरे हुन्छ…. निर्दोष जनता मार्नेहरु को छाती मा बहादुरीको मेडल झुन्द्याइदै छ…. प्रतिपक्ष मा बस्ने हरु लाई पनि पूर्ण रुप ले बिश्वास गर्न सक्ने ठाउँ देखिदैन .. जनता पनि नचाहिने कुरा र जातियेता को कुरा मा मात्र झगडा गर्न तमसंछ्न.. दल का कार्येकर्ता पनि आफ्नो दल ले जति नै नराम्रो काम गरे पनि खाली समर्थन मात्र गर्छन मानौ बिरोध गर्यो भने उनीहरुको जातै जान्छ …. के भनौ र खै… हामी नेपाली जनता त घर का न घाट का भएका छौ. सरकार छ तर मन्त्रि र उनीहरु का कार्यकर्ता हरुको लागि मात्र .. न्याय माग्न जाने त कहाँ जाने…. चुपलागेर बसौ ति मारिएका निर्दोस परिवारका सदस्य को अनुहार झल्झली आखामा आउछ ……

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 1

  • Keshab

    माकुने मुर्दाबाद !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 12

  • ramu kandel

    yo lato sarkar lei k thea auta aama ko pida

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • munna gautam

    नेपालका मओवादी मतियार मानवाधिकारवादीले भनेको कुर होइन यो । लौ प्रधानमन्त्रिज्यु अब केही गर्ने बेला आएको छ । डेन्मार्क बाट फर्किन्जुल्सम्म कुरौ है त अनी हेरौ ? याद रहोस् दोषीलाई जस्तो भए पनि दन्ड दिनै पर्छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 17

  • Joshi

    keep on fighting. We are with you!!

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 4

  • narayan regmi

    मलाई त केही न केही को नेपाल लागिरहेछ ,दिक्क छू

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 6

  • rakesh

    के गर्नु हुन्छ दिदि देस को चाला नै येस्तई छ…खै के आसा गर्नु भन्नु तपाई लै यो सरकार बाट ..
    यो सरकार त देश र जनता को लागि हैन आफ्नै कुर्सि र पैसा कमौना को लागि मात्र हो.. यो सरकार मात्र हैन नेपाल क समस्त पार्टी र नेता हरु को मूल उद्देस्य नै एई हो…
    यो नपुंसक सरकार बाट की आसा न गर्नु होस् …यो त तपाई को मात्र कथा हो नेपाल मा येस्ता कथा कति छ कति ..तर के गर्नु आज सम्म कसको के भएको छ र तपाई को होला भनौ म..
    तर सत्य को सधै जित हुन्छ एक न एक दिन तपाई ले न्याए पाउनु हुन्छ ..
    तर दिदि सति ले सरापी सकेको देश मा फेरी अर्को सराप न दिनुस..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

  • rakesh

    दिदी,
    तपाई को चिठी करुण छ …बेदना ले ओत प्रोत छ…. के गर्नु हुन्छ देश को चाला नै एस्तो छ…
    यो नपुंसक सरकार बाट की आसा नगरे हुन्छ…यो सरकार त पैसा कमौना बसेका हरु को सरकार हो जनता को दुखः बुझ्ने सरकार हैन…आफ्नै कुर्सि बचौना लागि परेका हरु बाट सहयोग को आसा कसरि गर्न सकिन्छ…
    यो त तपाई को कथा भयो नेपाल मा येस्ता कथा भएका कति मान्छे छन्…खै सरकार ले कसको लागि के गरेको छ र तपाई को लागि गर्ला तर आसा न छोड्नु…
    सति ले सरापेको देश मा फेरी अर्को सराप न परोस…

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 6

    • Pranay

      मैना सुनार लगायत अन्य नेपालीहरु जो दण्डहीनताको सिकारहुनु भाछा तपाईहरुको कथाले साँचै मुटु कटट हुन्छ । फोटोमा रुदै गर्नु भएको आमा लाइ देख्दा त भक्कानो छुटेर आयो ।

      हरेक कुराको आफ्नै मुल्य हुन्छ । मुल्य तिरिने माध्यम धेरै र फरक् हुन्छन – भन्नाले पैसा मात्रले हेरेक मुल्य भुक्तानी हुँदैन ।

      हे नेता हो १० बर्सदेखी जनताबाट तिरीएको मुल्यको हिसाब किताब गरौ आज । १. जन्युद्ध हाक्यौ – बलिदानी मुल्य जनताले तिरे ।
      २. जनताको छाती टेकी सम्सदिय नाटक मन्चन गर्यौ – निरिह दर्सक भई चुप रहनुपर्ने पात्रको मुल्य जनताले तिरे ।
      ३. राजा हताउने माग आँफै राखन नसकेर कट्टु छेर्यौ – जनताले फोहोरी कट्टुको झन्डा उचालेर जनाअन्दोलनको मुल्य तिरे ।

      सिटामोलको मुल्य तिर्न नसक्ने जनताले सधैं तिमिहरुको राजनैतीक मुल्य तिरी मात्र रहनु पर्ने हो ?
      जनताले तिरेको मुल्यको ऋण कहीले चुता गर्छौ ? जनताको दैनिक जीवनसँग जोडिएका आँशुको मुल्य भुक्तानी गरेनौ भने तिमी हरु सबै भ्रस्ट हौ । जनता सँग लिएको ऋनको तमसुक लेख न संबिधान सभामा पठाको हो । समयमै दिगो हिसाबले त्यो काम नाप्छौ जस्तो लागेन – तिमीहरु साचै धोकेबाज नै हौ । कहीले काँही छातीमा हात राखेर आँफैलाई सोध त तिमीहरु सन्तुस्त छौ – पसु हो ।
      जनताको हिसाब बेलैमा तिर । सबै पार्टिका नेता नाम जोदिएकाहरु लाई खबरदार – जनता तिमरको फोहोरी हातमा नाचने गुडिया मात्र होइनन ।

      तिमीहरुको लागि आज सम्म निती नियम खोस्टामात्र हुन सक्छ तर सधैं येस्तो रजाँइ भैइरहदैँन । खोस्टा सँगै बागमती मा पुग्नु पर्ला – चेतना भया !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 3

  • Bhimsen Limbu

    सर्वप्रथम त म दिदी देवी सुनारलाइ आँसु नझार्न र आप्‍नै छोरीचेली नभनी हतियार र राज्यसत्ताको आडमा पाशविक कुकृत्य र अपराध गने ती मानवरुपी दानवहरुसँगको लडाइँमा हरेश नखान हौसला दिन चाहन्छु । मनमा जतिसुकै पीडाहरु उत्पन्न भए पनि यो लडाइँ केवल आफ्‍नी छोरीको न्यायका लागि मात्र नभएर सिङ्गो आधा आकाश वा नारी जातिप्रति पुरुष जातिको दुव्र्यवहार र शोषणका विरुद्धको लडाइँ हो भन्ने सम्झेर हिम्मत नहार्न सल्लाह दिन चाहन्छु । न्यायका लागि यो लडाइँ निरन्तर जारी रहोस् । यस मुद्दाका बारे अघिल्लो माओवादी नेतृत्वको सरकारका पालामा केही होला कि जस्तो लागेको थियो तर, केही भएन । वर्तमान सरकारले त सेनाको आड र दिल्लीको आदेशविना सास पनि पेर्दैन । तेसोर न्याय देला भन्नेमा मलाइ आश लाग्दैन । तर दिदीले आफू एक्लो नभएको र तमाम न्यायप्रेमी जनसमुदाय यस मुद्दाको न्यायोचित फैसलाको पक्षमा रहेको ख्याल गर्दै यो मुद्दालाइ निरन्तर उठाइरहनु होला भन्ने धारणा व्यक्त गर्दछु । चूल्होमा आगो बाल्न निरन्तर फुकिरहनु पर्दछ । यो आगोलाइ पापीहरुको लास जलेर खरानी नबनेसम्म फुकिरहनु होला । हामी पनि यसलाइ चासोका साथ हेरिरहेका र फैसला पर्खिरहेका छौँ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 135 Thumb down 12

  • नया नेपाल वा संघिय गणतन्त्र नेपाल बनाउछु भनि लडेका सबै जनताको अपमान हो यो अवस्था, सहिद को रगतको अपमान हो यो. कानुनी राज्यको उफसै हुने गरि रहेको यो मुद्धा कहिले किनारा लाग्ने हो? कि त सरकार ले ति अभियुक्तहरु सबै चोखा छन् भन्नु पर्यो होइन भने कानुन अनुर्प कारवाही गर्नु पर्यो. तिनै मैना जस्ताका रगत संग सम्झौता गरेर प्रधानमन्त्री भनेका प्रचण्ड ले यसलाई चिनो फानो लाउनु पर्थ्यो, तर भयन, अब माधब नेपाल ले यस्तो खुल्ला पत्र पाउदा पनि केहि कारबाही नगर्ने हो भने, मैना जस्ता धेरैका आत्मा ले त सराप छ नै हामी जस्ता सबै जनता ले पनि धिक्कार ने छौ.

    यस्तो सम्बेदनसिल मुद्धामा पनि यसरि केहि नभयको जस्तो गरि बस्नु त सम्पूर्ण देश कै बेज्जत हो, खोइ यस्तो मा कोइ YCL वा युथ फोर्स वा तरुण दल वा कुनै युवा बिद्धार्थी को मुख पनि खुल्दै न किन हो?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 89 Thumb down 14

  • koblenzer

    don´t expect anything from our PM he is bg in Ingrautation as all old PM..they r not capable for anything so take step urself..in ur situation i would have punished them myself and in my way….

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 36

    • shreesh thapa

      जो निर्बलियो छ उसको कुरा कसले सुन्छ र ?
      जो बलियो छ त्यसको कुरा कसले सुन्दैन र ?

      यस्तै छ कानुन नेपालमा हुने खानेका लागि
      फाइदा छैन माकुने संग न्यायको भिख मागी

      हत्या,बलात्कार,अपहरण भई रहन्छ तब सम्म
      नेपाली एकजुट भई अपराधिलाई सजाय दिदैनौ जब सम्म

      त्यसैले उठौ उठौ नेपाली दाजुभाई देशको मुहार फेर्नु छ
      शान्तिको लागि हामीले संबिधान आफै कोर्नु छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 11

    • bipin

      नेपाल आमाको हत्या भैरहदा पनि चुप लागेर बस्ने यो माकुने ले के देबी सुनार को व्यथा सुन्थ्यो ? येदी अपराधी लाई सजाए दिने कानुन नेपाल मा छ भने सबै भन्दा पहिला यो कट्पुतली सरकारको नाइके माकुने लैनै सजाए दिनु पर्छा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 24

    • THAPA RAJBARSINGHA / CANADA

      को माथि र को मुनिको यो फोहोरी खेलमा पल्केर
      यक अर्का लाई पछार्न र दबाउन लागि परेका यी परापुर्ब काल का जस्ता लाग्ने राछेस हरु
      मानब को नाम मा नाम मात्र भयका यी नर पिसाच हरु
      आज आफु हरु सबै लडन र सडन लागेका थाहा पायर,
      लामो समय पछि को कुम्भकरने निन्द्रा बाट बिउझिन लागेको झै आभास लाग्न थालेको छ
      राछेस त आखिरमा राछेस नै हो,,,,,खै के गर्नु
      यिनलाई नास गर्ने अर्को अबतार को आगमनको
      आसा मा नै दिन बित्न थालेको छ ,,,

      मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes