Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

भारतीय प्रहरी ड्रेस मै नेपाल छिर्न थाले

भारतीय प्रहरी वर्दी लगाएर नेपाली भूमिमा। फोटो सौजन्यः कान्तिपुर

भारतीय प्रहरी वर्दी लगाएर नेपाली भूमिमा। फोटो सौजन्यः कान्तिपुर

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न देश हो, भारतको एउटा प्रान्त हैन। सार्वभौम देशको आफ्नै मान्यता हुन्छन्। तर आज कान्तिपुरको पाँचौँ पेजको समाचार हेर्ने हो भने नेपालको सार्वभौमिकताको खिल्ली उडाएको देखिन्छ एक भारतीय हवल्दारले।

समाचार अनुसार एक भारतीय हवल्दार ड्रेस मै नेपालको अछाम जिल्लामा आएछन् अनि नेपाली भूमिमा आएर ‘जय हिन्द’ भनेछन्।

के नेपाल भारतको प्रान्त हो र यसरी अर्काको देशको सुरक्षाकर्मी हाम्रो भूमिमा बेरोकटोक आउन पाउने? सीमाका प्रहरीहरु के हेरेर बसेछन्? अहिले त यस्तो, विवादास्पद सुपुर्दगी सन्धि भयो भने के हालत होला नेपालको?

भारतले निकै पहिलेदेखि दबाब दिइरहेको यो सन्धि भयो भने त उनीहरुले हैन, हाम्रा प्रहरीले उनीहरुलाई हाम्रै भूमिमा ‘जय हिन्द’ भन्नुपर्ने दिन नआउला भन्न सकिन्न।

समाचार अनुसार छिमेकी भारतको राजस्थान जिल्लाका प्रहरी हवल्दार शिशराम गुज्जर त्यसरी ड्रेस मै अछाम पुगेका रहेछन्। राजस्थान प्रहरीको चितौरगढ जिल्लास्थित क्यासन प्रहरी थानामा चौकीदारी गर्ने एक अछामीको हत्या भएको रहेछ। अनि त्यही बारे बुझ्न आएका रहेछन्। अछामको जिल्ला प्रहरी कार्यालयमा सहयोग गर्नुपर्‍यो भनी भन्न आउनु अघि नै उनी नेपालका कसैलाई थाहै नदिई हत्याको अभियोग लागेका एक जनाको घरमा पुगिसकेका रहेछन्।

ल हेर्नुस् त, अर्काको देशमा त्यसरी ढुक्कै अनुसन्धान गर्न पाइन्छ त? त्यसका लागि त भारतीय प्रहरीले नेपाल प्रहरीलाई औपचारिक रुपमा अनुरोध गर्नुपर्छ। तर यहाँ त भारत कै एक प्रान्तमा भन्दा सजिलो गरी एउटा हवल्दार आएर अनुसन्धान गरी जाने रहेछन्।

समाचारमा अछाम प्रहरी प्रमुख रवीन्द्र केसीलाई उद्‍धृत गर्दै भनिएको छ- ‘यस्तो किसिमको घटना अछाममा पहिलोपटक भएकाले हामी माथिल्लो निकायमा बुझ्दै छौं, माथिबाट जे भन्यो त्यही गर्छौं।’

हो, तर उनलाई थाहा छ कि छैन कुन्नि, त्यो माथिभन्दा पनि माथि जो बसेको छ, उसले भनेपछि नेपालमा नहुने केही छैन। नत्र त नियम उल्लंघन गरेको आरोपमा उनलाई हिरासतमा राख्‍न सकिन्थ्यो।

भारतीय प्रहरी वर्दी लगाएर नेपाली भूमिमा। फोटो सौजन्यः कान्तिपुर

भारतीय प्रहरी वर्दी लगाएर नेपाली भूमिमा। फोटो सौजन्यः कान्तिपुर


Related posts:

  1. भारतीय गाडीमा बब्बनले थाले निर्वाचन प्रचार
  2. मै खाउँ,मै लाउँ, सुख सयल वा मोज मै गरुँ
  3. माधव नेपाल भारतीय मूलका रे !
  4. "भारतीय सेना नेपाल पस्न सक्छ"
  5. बज्न थाल्यो एफएममा- भारतीय सेना नेपाल छोड!

74 comments to भारतीय प्रहरी ड्रेस मै नेपाल छिर्न थाले

  • hari

    भारतीय पुलिश नेपाल त छिर्ने पर्यो नि नक्कली कम्युनिष्ट हरुले देश मा ट्रेड मार्क सरकार chalai रहेका chhana त, आज पुलिश ra सुस्त सुस्त अब भारतीय आर्मी अनि मेरा भारत महान bhandai तिरंगा झन्डा सिंह दरबार मा lagaune चाजो पजो मिलाउदै छन . माकुने अनि sujata जोस्ट हरु

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • nepaliarmy

    ब्लूड्य इन्दिंस स्टार्ट सेल्लिंग वेगिताब्लेस एंड स्टार्ट पोलिशिंग शोएस बुट न्व्र दरे तो इन्टर ओउर बौन्द्री ओर एल्से वे गोंना किच्क ऑल उर्स रेलातिवे.अस्सेस.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj

    कमेन्ट गर्नु भएकोमा मित्र बिक्रम र योगीजी लाई धन्यबात | सर्व प्रथम बिक्रमजी संस्कृत भाषा मेरो मातृ भाषा परेन | नभएर हाम्रो देशमा एकदमै थोरै ब्यक्ति ब्रह्माण्ड बाहुन/छेत्री समुदायहरु मध्य पनि थोरै बोलिने र भुझ्ने भाषा संस्कृत भाषा हो | त्यसै कारणले गर्दा पहिले नै सुईकार गरि पुरा हरप लेख्न सकिएन भनी लेखिएको थियो | तर पनि तपाईले कुरो बुझ पचाउनु भयो अथवा कोत्याउन लाग्नु भयो, थाहा भएको कुरा लेख्न बाध्य सम्झंछु | कुरो के हो भने भारत,नेपाल, जम्मू र पंजाब देशे भनी संस्कृतमा लेखिएका उल्था सत्य नारायण पूजा, पुराण/सप्ताह आदि लगाउंदा पण्डितहरुकै मुखबाट सुनिएको कुरा हो | अनि वास्तबमा गहिरीएर हेर्ने हो भने पनि नेपाललाई भारतको एक प्रान्त सम्झने नेपाली वा भारतीय नेताहरु धेरै मात्रामा भेटीन्छ्न | कसरी भन्दा, भारतीयहरुले नेपालको सीमा मिचिराहे पनि चुप-चाप लागेर बस्नु, सन्धि सम्झौता गर्दा एक तर्फी सम्झौता आदि गर्नुले स्पस्ट पारी सकेका छन की नेपाल भारतको एक प्रान्त भनेर | यदि होइन भने सन्धि सम्झौता दुई तर्फी खालको, कुनै थिचो मीचो, सीमा मिच्ने काम भारतबाट पूर्ण रूपले रोकिनु पर्दछ र अ-आफ्नो देशको सन्ति सुरक्छ्याकालाई पूर्ण रूपले सीमा बन्द गरि पासपोर्ट या परिचय पत्र प्रयोगमा ल्याईनु पर्दछ | तब मात्र दुबै देशको सान्ती सुरक्छ्या मजबुद हुने छ | तर बिडंबनाको कुरो के छ भने, यी कुराहरु चाल पाएर पनि नेपाल र भारतका नेताहरूले बुझ पचाई रहेका छन र जनताहरुका आँखामा धुलो हाल्ने काम भारत र नेपाल दुबै पक्छ्यका तर्फबाट यी गल्तिहरू दोहोर्यईराहेका छन र पनि भासन छाडेर हिड्दै गर्छन नेपालमा चेली बेटीको बेच बिखन भयो भनी | तर सीमा बन्द गर्नु पर्छ भनी कदम चाल्न डराउने ए चोर नेताहरु हो धिकार छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • RAJ,VIRGINIA

    डाडा काडा नदेखोको देशी मोरोलाई ”अरे भैया गजबका सिन हे नीचे भनेर” एकलात चाकमा हानेर तल भिरबाट खसाल्न पर्ने त्यो केमारा मेनले.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • ram

    नेपाली जता हरु मिलेर सिरुपाते खुकुरीले छाप्प छ्प्पा पर्ने भेला भाको छ अब.त अति भो
    राम

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • ram

    अब नेपाली जनता मिलेर सिरुपाते खुकुरी ले छप्प छ्प्प पर्ने भेला भएको छ .अब त त अति भयो

    राम

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pramesh Neupane

    This is not good way, please be informed we will not leave Indian at all.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Manish

    अरे भैया चाइ पिके जाईए … फिर बार बार आईए … हमारे माथि के आदमी लोग जब टक अर्डर नही देंगे आप हमको थप्पड भी मार सकते है … आप तो हमारी मेहमान है … ठिक है …

    एक मन्त्रि ने भी कूच हि दिन पहेले ऐसेहि कि थि … देश मै बहुत गोल मल है … आप जित्ने बार आना चाहेंगे आ सकते है … अग्ली बर जरा मिलिटरी वाला को लेके kathmandu जायीयेगा … अपना हि देश है …

    भाई फुटे गैर लुट्टे … देशमा प्रब्लम धेरै छन् … Border Security को कसलाई छ वास्ता (आर्मी लै त छैन)? yasto kaam को lagi YCL, jana sena, cangress sena, amale sena लाई jimma deye kaso hola? feri tini pani माथि bata aadesh aayena bhanene hun कि?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Keshab

    उतम अति उतम !!!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • pusker

    यँहा कमेन्ट लेख्नेहरुले नै इंडिया लाई बिस्तारी नेपाल तिम्रै हो भनेको जस्तो छ. कीन इन्दिआले नेपाल लीन खोजेको भनेर लेख्ने यसले कालान्तरमा इंडिया लाई नै फाइदा हुन्च जस्तो मलाई लागेको छ. साथीहरु हो हामि जुन जुन देशमा भएपनि हाम्रो संगठनहरु छ. त्यसैमार्फत भारतीय दुताबासहरुमा खेद पत्र दिए कसो होला. नेपाली शिर्फ नेपालमा मात्र छैन भन्ने भारतले बुज्न जरुरि भई सकेको छ. अब धरै ढीला नगरु.

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • के भो त दाना पानी लत्ता कपडा कुर्सि टेबल उतै बाट पाइन्छ / अब शुरछ्या पनि उतै बाट पाइन्छ //////////////////////

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

    • पुष्प

      सित्तैमा त पाएका हैनौं क्यारे ।

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

      • होइन पुष्प जी धोति ले नदियो भने किनेर पनि पैन्ना था होलानी पेट्रोल को भिड त देख्नु भाको होला नि पैसा तिर्छु भन्दा पनि पाएर.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आज भोलि जहाँ बाट पनि इन्टरनेटको सहारामा हेर्न सुन्न पाईन्छा | राम्रो कुरा देख्दा त खुसि लाग्छा तर यसरि अनियमित अत्याच्यार देख्दा शरीरक रौँ हरु ठाडो ठाडो हुन थाल्छन पहिले जस्तो भएता सायद खुकुरी नचाइन्थ्यो कि समय बदली सक्यो | सहे सुध्ही भगवान | कुनै दिन पालो औला कि नेपाली को पनि | मात्र मन बुझाउने बाटो क्या |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • सहजता जस्ता पररास्ट्र मन्त्रि भए पछी किन न आ ओस त भारतको पुच्छर/ भारत संग बोल्न डराउने पहिले देखि नै देश बेच्दै आएको त हो के को चिन्ता सिमानाको काठमाडौँ मा बसेर खान पाए बो उनिहरुलैता/सिमा अतिकर्मन भो भन्दा भएको छैन भन्नेहरुलाई

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • rabin

    के गर्ने, नेपाली सेना खाली शान्ति सेनामा भाग लिनलाई मात्र रहेछ त. देशको सार्वभौमसत्ता को रक्षा गर्न त अर्कै सेनाको स्थापना गर्नु पर्यो.

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • rabin

    ओएई फुच्किंग नेता मेरो छाक गरे र बसे को बरु मेरो लादो सेअर्च गरे र बसे हुन्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Jillabashi Baburam

    Hell to bloody Indians!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • raja pulami

    हो नेपाल एउटा विश्वको सार्बभौम सम्पन्न राज्य हो येस्मा कुनै धिबिधा छैन भारतीय पुलिस १ नेपालीको हत्याराको अनुसन्धान गर्न आको रहेछ नेपालीको हत्यारा खोजि गर्न आको राम्रो होकी नराम्रो हो???/
    ??? नेपालको भुमि कब्जा गर्नत आको होइनानी के? १ भारतीय पुलिस नेपाल आयो भन्दैमा नेपाल भारतको प्रान्त हुन्छ??? साले भातेहरुहो खाली बिरोद गर्न जान्ने आफुले केहि गर्न नजान्ने त्यत्को हिक्मत छ भने बन्द्दुक बोकेर सिमानामा रुंगेर बसनात आफ्नो अर्काको जिउउमा जुम्रा हिडेको देख्ने आफ्नो जिउउमा हात्ती हिडेको नदेख्ने साला अर्काको हत्या गर्न अर्काको लुतिखाने अर्काको रिस गर्न देखि केहि नजान्ने नेपाल बिरोधि माओबादी

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • roshan

    यी नेता लाई ठिक पर्न १० जना जति भाईजी भयो भने ठिक हुने रहिछ यी सबै लाई माथि पठायो भने कम्तिमा ५० वर्ष सम्म इंडिया ले पनि नया योजना बनाउन लाग्ने छ तेती बेला सम्म विकास गर्न सकिन्छ कि ? खासै भन्ने हो भने देशमा माओबादी को साथै अरु पार्टी को पनि कार्य कर्ता पनि तेती धेरै होइन तै पनि ति पार्टी लाई किन प्राथमिकता ???? सोचनीय छ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • yogi

    राज जी तपाइले भारत देशे, नेपाल देशे ,कास्मिर देशे , जम्मु देशे भनेर के को आधार मा भन्नुभयो त्यो थाहा भयन तर त्यो सबै छुट्टा छुट्टै देश भन्न खोजेको हो, किन भने हाम्रो पुरानो ग्रन्थ श्री स्वस्थानी ब्रत्त कथामा नेपाल भन्ने देश छुट्टै छ भनेर भनेको छ,त्यो त महादेव को पालाको होनी साथी किन बिर्सेको तेसैले केहि कुरा पढ्दा सहि अर्थ पनि बुज्नु पर्योनी त्, अनि इन्डियन पुलिश को कुरा गर्दा चाहि,अब नेपाल मा सैनिक साशन चाहिन्छ, चोर नेताहरुले केहि गर्न सक्दैन हो साथि हो……………

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • Cesar

    हाम्रो नया नेपाल|

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • भारतद्वारा नेपाल कब्जा hune संकेत हो यो |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • Raj

    हिन्दु धर्म ग्रन्थ/सास्त्र अनुसार नेपाल भारतको एक प्रान्तको रुपमा मानिदो रहेछ | संस्कृतमा लेखिएका केही हरप यस प्रकारका छन | तर माफी चाहान्छु, पुरा हरप लेख्न नसकेको मा | कारण.. .., बिर्सेकोले |यदि कुनै मित्रहरुलाई जानकारी भए कमेन्टमा लेखी पठाउनु ल !संस्कृतमा लेखिएका केही हरप, भारत देशे , नेपाल देसे, जम्मू/पंजाब देशे आदि लेखिएका छन | यी भनाईको अर्थ के रहेछ भने भारत,नेपाल,जम्मू काश्मीर र पंजाब राज्य एकै दिपमा पर्दछ | यदि यी दिपहरु मध्य कुनै एक दिप डूब्यो अर्थात खत्तम भयो भने, हामी राज्य सप्ता-सासन गर्न जन्मेका तागाधारी हिन्दुहरुको यस संसारबाट लोप हुनेछ भनी बिभिन्न धर्म ग्रन्थहरुमा लिखिएका रहेछन संस्कृतमा | यसैको फलस्वरूप नेपाल र नेपालीहरु माथी भारतियहरुको दमन-सोसन, हेपाहा,बिस्तारबाद निती आदि कुराहरु दोहोर्याउदै/अपनाउदै आएका हुन | जसको कारणले गर्दा, दिन प्रतिदीन नेपालमा राजनीतक स्थिरता नाउनु अथवा नेपाल र नेपालीहरुको यस्तो दयनीय स्थिति/नाजुक अबस्थामा यिनै बेद्शी/स्वदेशी दलालीहरुले पुर्यायेका हुन | अब मित्रहरु आफैले आफैलाई प्रस्न गर्नुहोस र उत्तर दिनुहोस | नेपाल र नेपालीहरुको यो स्थिति कस्ले र कहाँ बाट चलाउदो रहेछ |यी सब कुराहरु तपाई हामीले नियालेर हेर्यों/बुझ्यौं भने सजिलै अनुमान गर्न सकिन्छ |
    त्यसै कारण पूर्ब रजा पृथिबी नारायण शाहाले नेपाललाई दुई ढुंगा बिचको तरुल, माओबादीहरूले डाईना माईट र गिरिजाले ग्लोवल स्ट्र्याटेजिक देश भनी नामां कारण गरेका थिए | यस अर्थमा नेपाललाई के बुझिन्छ भने, नेपाल राजनितीक, धार्मिक-सांस्कृतिक आदि कुराहरुको मूल जारो/थालों हो भन्ने कुरा संसारका कुनै एक देशहरु मध्य नेपाल पनि एक हो | त्यस कारण हाम्रो देश नेपाल र नेपाली भोक्क,नंगा र कंगाल छैनन, यी सब स्वदेशी र बिदेशिहरुका जाल भित्र पारेका र केही स्वार्थी नेता, दलाली, नोकरसाहीहरु आदिको हातमा सप्ता सासन गएकाले यस्तो भएको हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 4

    • bikram

      मित्र राज जी, “नेपाल भारतको एक प्रान्तको रुपमा मानिदो रहेछ” हजुर ले कुन आधार मा एस्तो कुरा लेख्नु भयको? तेत्ति आजकिल्टो भर मा एस्तो लेख्ने? संस्कृतमा लेखिएका केही हरप, भारत देशे , नेपाल देसे, जम्मू/पंजाब देशे ….. अनि हजुर लाईनै पुरा थाहा न भयको हरफ को अर्थ त मजाले लगाउनु भयो नि त??? के संस्कृतमा महादेभ,बिष्णु, ब्रह्मा, पार्वती लेख्दैमा पार्वती सबैको साझा रहेछिन भनि अनुमान लगाउने???? वाइयात…………..

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • नेपाली लाई येति सानो कुरा पनि किन थाहा नभाको राणा कालमा जनता ले पढेर बाठा हुन्छन भनेर पड़ना पाइन्न थियो तेसरी नै नेपाल मा थाई थिर सरकार थिर कानुन भयो भने नेपाल को विकास हुन्छ नेपाल को विकास भयो भने तेहाको उत्पादन जसले भारत को ठुलो आम्दानी को श्रोत ओगटेको छ . र भारत को सुरक्ष्य को मेरुदण्ड गोर्खा राइफल मा नेपाली भर्ति वा परिपूर्ति गर्न त गरिब जनता कै छोरा चाईने भयो ति गरिब छोरा छोरि ले नेपाल मा नै तेस्तो जागिर पौने हो भने तोयो धोति को गुलामी गर्न पक्कै जादैन होलान , भारत को हरेक छेत्र चौकी दारी देखि भाँडा कम्पनी अनि अनि कान्छा बहादुर भन्दा माथि जना दिदैन भारत ले नेपाल को विकास हुन दिदैन . यो तितो सत्य भन्नु पर्छ .
    एसको अन्ते जब हुन्छा तब नेपाली ले जे हिन्द भनेर दीली को सरन मा नपरे सम्म येस्तई हो .

    र अन्त मा उपाए भनेको कित सुरुंग खनेर बंकर बन्येरा लडाइ गर्ने तर पनि एसको प्रयोग गर्ने भनेको नेपाल लाई अफगानिस्तान बनाउनु मात्रै हो . देश मा अहिले brain drain भैरको छ तेस्को कारण नेपाल मा जान्ने बुज्ने गतिलो मान्छे बस्न योग्य नभएको अवोस्था छ. एसको सोझै फाइदा भारत ले लिएको छ capable मान्छे जति सबै विदेश ……….. गतिलो मान्छे जति छानी छानी ………. Nepal मा अब को १० वर्ष मा बूढा र केटा केटि मात्रै भएको देश भनेर चिनिने छ . अनि एस्तो अवोस्ता मा देश भित्र कसले के गर्ला भन्ने आश गर्ने. …….. नेपाल को भबिस्य के होला ………..

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • dilp

    ज्ञानेन्द्र, गिरिजा, प्रचंडे, देउबा, सु .बा थापा, झल्लु खनाल, ओली भारतीयहरु को गोडा मोल्न देल्ही पुग्चन भने यो विचरा पुलिस केहि काम लिएर आएको होला / यो ठुलो कुरो होइन / सूद ले प्रचण्ड लाई प्रधान मन्त्रि हुदा बर्खास्त गरिदियो /

    सिक्किम पछि , भुटान , अनि नेपाल को पालो छ भारतीय प्रान्त हुन / भुटान पाच वर्ष भित्र अनि नेपाल १० वर्ष भित्र हुन्छ हुन्छ /

    ज्ञानेन्द्र, गिरिजा, प्रचंडे, देउबा, सु .बा थापा, झल्लु खनाल, ओली, उपेन्द्र यादव , जस्ता चोर नेताहरु लाई भारत नभए यिनीहरुको राजनीति चल्दैन./ यी माथिका सबै नेताहरु एक हुनेचन नेपाल लाई भारतीय प्रान्त घोसना संसद बाट गर्न लाई / तो दिन धेरै छैन साथी हो / कम्तिमा १० वर्ष लग्न सक्छ / के गर्ने अबको दस वर्ष भित्र हामी पनि सिक्किम जस्तै गरि संसद बाट घोसना को संघार मा छौ /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • purna

    Sasang Lama ji,

    जो गल्ती गर्छ र स्वीकार्छ, त्यसलाई इन्सान भन्छन |
    जो गल्ती गर्छ, तर स्वीकार्दैन, त्यसलाई शैतान भन्छन |
    जो गल्ती माथि गल्ती गर्छ र अटेर गर्छ, त्यसलाई हिन्दुस्तान भन्छन

    That means Maoists are HINDUSTAN.

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 3

  • रबिन्द्र राज गिरी

    कति अचम्म मान्नु यस्तो कुरालाई | हामी आफैं मा कमजोरी छ | नेता भनाउँदा जन्तुहरु जति अरुको कठपुतली भएर हिडेपछि यो भन्दा अरु के आशा गर्न सकिएला र खोई | मलाई त मेरो अन्तर आत्माले यहि भन्छ कि नेपाललाई सिक्किमको परिणति भोग्न अब धेरै लामो समय कुरिरहनु पर्दैन | मंच र पर्दा पछाडी जे जति नाटक मन्चन भईरहेका छन्, ति सबै यसकै लागि मात्र भईरहेका छन् | हाम्रो दुर्भाग्य यहि हो कि हाम्रा महान नेताहरुले खुरु खुरु नाटकको लागि पात्रको भूमिका खेलिरहेका छन् |

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • Sampurna

    अन्तरिक शक्ति नै कम्जोर भएपछि बाहिरको शक्तिले हस्तछेप गर्ने नै भयो नि | यसको बिरुद्दमा हामी सबै एकजुट हुन आवश्यक छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • Himalee

    “माकुनेको अ-सामयिक अबशान भएकोमा हार्दिक समबेदना प्रकट गर्दछु ”

    कसरी?

    कलमले घोच्दा दुख्दैन/
    भारतीय प्रहरी नेपाल भित्रै आएर मनपरी गर्दापनि थाहा पाउदैन /
    जे गर्दा पनि लाज लाग्दैन /
    करोडौ नेपालीको चित्कार सुन्दैन/
    बरिष्ठ कर्मचारीलाई चद्कौदा पनि देख्दैन/

    सुन्ने, देख्ने, स्पर्स गर्ने, बोल्ने जस्ता सबै गुण हरु हरे सकेको व्यक्तिलाई के तपाई जीवित भन्नु हुन्छ ?

    म त दिवंगत नै भन्छु/

    फेरी एक पटक माकुने को आत्माले चीर शान्ति पाओस /

    जय नेपाल
    हिमाली

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 1

  • bikram

    साथी हरु लाई था छ होला नि ज्वापू हरु ले खेती मा अन्न वालीको सुरक्ष्याको लागि
    मानिसको सरिर जस्तै आकृति बनायर राखेको हुन्छ नि (नाम आयन) .. यो माकुने को सरकार पनि त्यो धोतिहरुको लागि तेस्तै निर्जिभ आकृति मात्र हो,(त्यो आकृति को टाउका मा चार हरुले आयर हगदा पनि केहि गर्न सक्दैन) एस्तो कठपुतली ले देश को सान्ति,सुरक्ष्या,प्रगति होला भन्नु हाम्रो भुल मात्र हो…………..
    जसरि त्यो निर्जिभ आकृति जस्तो अवस्था मा राख्यो तेस्तै अवस्थामा रहन्छ, बिना बाहिरी बाल एसको आबस्था परिबर्तन हुदैन तेस्तै यो हरुवा हरु को कठपुतली समूह पनि निरिह र लाचार छ| बरु टाउका मा लाज,घिन, बोकेर अनि अरु तुक्ष्छ सब्दहरु के के छन् सबै बोक्न तैयार छ,तर त्यो कठपुतली बनाउने प्रति बफादार नै रहने छ|

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

  • Himalee

    धिक्कार छ सरकार अनि नेताहरुलाई / आफ्नो-आफ्नो दुनो सोझ्याउनु बाट फुर्सद पाए न यता तिर हेर्ने हुन् यिनीहरुले / सबै आफ्नै डम्फु बजाउनुमा ब्यस्त अनि यस्तै हो /

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Harke

    फोटो हेर्दा भारतीय हवल्दार नेपाल आएको र मंगलसेन पुलिश चौकी अगाडी बसेर फोटोको लागि पोज दिएको देख्दा अचम्म लाग्यो !

    हवल्दारले हत्याको अनुसन्धान गर्ने.. त्यो पनि छिमेकी देशसम्म एक्लै पुगेर ?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • abinav

    इंडिया ले साह्रै हेप्न थाल्यो .लेट्स UNITE..!!

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • roshan

    खास कुरा के भने यो जाबो हवल्दार लाइ सार्बभौम देसको नियम को बारे मा क थाहा वा एस्लाई नेपाल छुट्टै देस भन्ने नै थाहा नहुन सक्छ.त्यहिँ भएर एस्लाई गालि गर्नु बेकार छ.दुइ पक्षीय बार्ता मा,शिखर बार्तामा नेपाली नेताहरुले भारत संग एस्तो इस्स्यु किन उठाउदैनन? खास कुरा नेपाल मा पार्टीहरु लाइ सट्टा टिकाउनै फुर्सद छैन अनि एस्तो कुरामा कहिले ध्यान जान्छा.भुटान जस्तो सानो देसले त इंडिया संग कुटनीतिक आधारमा फाइदा लिई राखेको छ भने नेपालले लिन नसक्ने कुरै छैन.कुरा एती हो,स्थाई नीति चाहियो नेपाल मा अनि स्थायी सरकार पनि ता कि कुटनीति बलियो होस्.खालि भारत्लाइ गालि गरेर क काम.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 4

  • autoPILOT

    के गर्ने, नेपाली सेना खाली शान्ति सेनामा भाग लिनलाई मात्र रहेछ त. देशको सार्वभौमसत्ता को रक्षा गर्न त अर्कै सेनाको स्थापना गर्नु पर्यो.

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 4

    • पुष्प

      नेपाली सेनाको अहिलेको रूप : विदेशमा शान्ति ‘फैलाउने’ अनि नेपालमा शासकहरूलाई सलामी चढाउने र नेपाली जनता तर्साउने ।

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 5

  • मित्र हरु किन बुचपचौनु हुन्छ प्रधानमन्त्रि र राष्ट्रियपति भारत को परेपछि जाबो भारतीय पुलीस आउन कुन ठुलो कुरा हो त?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 8

  • sabin

    तितो र कतिलाई अपच हुन सक्ने यथार्थ एउटा नै छ : हामी इतिहासमा कहिल्यै पनि स्वतन्त्र छैनौं | हामी कहिल्यै पनि परचक्रीको दास बनेनौं, शुरु देखि नै स्वतन्त्र छौं भन्नु एउटा भ्रम शीबाय केहि होइन | यो मात्र एउटा आत्मरति हो | बुझ्नेलाई इशारा काफी छ | त्यसैले म यो भन्दा अरु बढी भन्न आबस्यक देख्दिन |

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • santosh neupane

    ओराली लागेको मिर्ग लै बाख्राले नि खेद्छ भनेको यहि हो हिजो अस्ति सम्म नेपाल बन्द गर्द्यी हिड्ने सदन बन्द गर्द्यी हिड्ने अनि सिमा अतिकर्मन भयो भनेर आन्दोलन गर्न सक्ने तरब्यबहारमा खोक्ने पार्टी का नेताहरुको हसियत हेरुम अव / नेताहरु देश लै गुलाम बनाउन लागि सके अव कहिले हो यस्को बिरोधमा उठ्ने भनेको ?हे युवा हरु मत्रिवूमि को आसु पुछ्ने कोहि छैन देशमा ?अरु बेला घरेलु हतियार पर्दशन गरेर देशलाई आन्दोलन मय बनउने हरु अव देखु तिम्रो हतियार प्रदसन तब मात्र घरको कुकुर बाहिरको सिंह भन्ने स्पस्ट हुन्छ अन्यथा घर भित्र भुकेर केहि काम छैन .

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • सात समुन्द्र पारि बसेर येस्ता समाचार पढ्दा यति रिस उठ्छ यति रिस उठ्छ कि कहिलेकाही त येस्ता समाचार हरु हेर्ने माध्यम बनेको यो कम्प्युटर नै फुटाइदिउ जस्तो लाग्छ. तर के गर्नु यै एउटा(कम्प्युटर)साथि छ दुख सुख को अनि यो संग पनि सम्बन्ध बिच्छेद गरे कसरि बस्नु जस्तो लाग्छ.हरे कस्ता नेता पायछन् नेपालि जनता ले,कहिले भारतीय हरु ले सिमा अतिक्रमण गरेर हजारौ बिगा जमिन मा खेति गरे अरे,कहिले हजारौ जनता बिस्थापित भय अरे,कैले ससस्त्र गस्ती गरे अरे नेपालि भुमि मा,कैले भारतीय युद्द बिमान नेपाली आकास मा उड्यो अरे,भन्दा भन्दै त अब भारत मा भयको अपराध मा पनि भारतीय नेपालि गाउ सम्मै गयर अनुसन्धान गर्न लागेछन,.होइन नेपालि जनता र नेपालि नेता हरु के हेरेर बसेका छन् हँ?किन जमेर बिरोध गर्दैनन् येस्ता हस्तक्षेप को?दिक्क लाग्यो यो समाचार पढेर,धिक्कार छ हाम्रा नेता लाइ. /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

  • misekhang subba

    नेपाल क नेता जी हरु ले गर्दा मा नेपाली हो भनेर गर्व गर्न नि सरो भै सको
    देश र जनता का सुरक्षा भनौदा सेना र प्रहरी ले जनता लाइनै मकै भुटे झैँ भुट्न थाले न हुमन रैथ छ न सैनिक रुल छ . हरे शिव शिव ….
    मिसेक सुब्बा
    जर्मनी

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • misekhang subba

    नेपाल मा सेना र प्रहरी को जरुरत मा देख्दिन यीनी हरु सत्रु संग लड्ने क्षमता नै छैन यीनी हरु त नेता र सोसक हरु को नीजी चौकी दर मात्र हुन
    यीनी हरु खाली निर्दोष जनता र अशाहाय जनता लाइ मर्न बाहेक केहि मा कम लाग्दैन यीनी हरुको काम देखेर थुक्न मन लाग्छा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

  • misekhang subba

    खैत कैलाली मा निर्दयी र निर्दोष जनता मार्ने सुरछा कर्मी र मर्न लगाउने नेता हरु कता गए त बैरी आएर देश लै कुल्चंदा के हेरी बसेका छन् . निर्दोष र अशाहाय जना ता लै मात्र मर्न जन्दछां नेपाल का सेना र प्रहरी भनौदा हरु भाते र नेता का निजी पहरे दर मात्र हुन् देश र जना ता का लागि केहि पनि गर्न सक्दैनन् यीनी हरु को लाइफ देखेर थुइया भन्न मन लाग्छा
    मिसेक सुब्बा
    जर्मनी

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • Adhikari

    प्रधान मन्त्रि माधव कुमार नेपाल ले यो धोति हबल्दार लाई नेपाल को एन्स्पेटर बनाइ दिन्छन. …………………………………………………………………………….

    उनले एती जाने क छन् ……..

    जय देस जय नरेश !!!!!!!!!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

  • म यो घटनामा सरकार तिर औंला ठड्यौदिन । अछाम जिल्लामा नेपाली विद्यार्थी,युवा,शिक्षक,पत्रकार,पेशागत संघ संगठनका मान्छेहरु छैनन ? ह्रितिक रोशनको हावादारी गफमा आफ्नै देश जलाउने, इराकमा १२ जना नेपाली मार्दा आफ्नै देश जलाएर देशभक्ती देखाउने । जब एउटो भारतिय प्रहरी ड्रेसमै नेपाल आएर “जय हिन्द” भन्दा कानमा तेल हालेर बस्ने ? एउटा डाक्टरलाई हात्पात हुँदा स्वास्थ्य क्षेत्र ठप्प पार्छन, बच्चालाई गाडीले ठक्कर दिएर ३ तीन राजमार्ग बन्द गर्छन् भने आफ्नो देश नेपालको अस्मिता माथि आच आउने घटना हुन्छ त्यो बेला कहाँ जान्छन तिनीहरुको जुझारुपन ? कहाँ जान्छ तिनीहरुको खोक्रो देशभक्ती ? ¨जे कुरामा पनि किन सरकार सरकार भनेर बस्नु पर्‍यो बाबा । आफ्नो तर्फबाट पनि हल गर्न सकिने समस्या हो नी । झन जन स्तरमा त सजिलै समाधान हुन्छ । “अस्ती दाङमा नेपाली चेली बलात्कार गर्ने पुलिस गाउमा आयो आयो” भनेर एउटाले चिच्याएको भए पुरै अछामी मिलेर लखेटी लखेटी एक पटक सिमाना कटाएको भए अर्को पटक आउथ्यो त्यो ? आफु पनि सजग हुनुपर्‍यो । हल्लै हल्लामा देशबन्द हुन्छ भने त्यहि हल्लाको सदुपयोग देशभक्ती तिर पनि गर्नु पर्‍यो ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 3

  • krishna gopal shrestha

    आदरणिय मित्र हरु,
    जय नेपाल ! ! !
    असंलग्न राष्ट्र हरु को शिखर बैठक का संस्थापक मध्य एक भारत सरकार ले आफ्ना छिमेकी माथि धेरै पटक हमला गरि सकेको छ साथै स-साना देश हरु मा किचलो पैदा गरि फाइदा लिने क्रम जारी छ। सन १९७१ को पाकिस्तान को युद्द्, सन १९७५ को सिक्किम को भारत मा बिलय , सन १९८० को अफगानिस्तान माथि सोविएत रुस को हस्तक्षेप को सह यात्रि, माल्दिवस र श्रिलन्का माथि को गिद्दे दृष्‍टि ज्वोलन्त उदाहरण हरु हुन्। राजा त्रिभुबन को भारत को शरण पछि भारतिय हरु नेपाल लाई आफ्नै राज्य संझिन थाले भने नेपाल को अस्थायी राजनीति ले गर्दा हाल सम्म पनि नेपाली हरु को कम्मर सोझो हुन सकेको छैन। साथै २०१७ साल पुष १ गतेको कदम ले भारत लाई नै अझ बल मिल्यो।
    २१सौं शताब्दी सम्म आइ पुग्दा नेपाल ले धान र गहुं समेत बिदेश बाट आयात गरि खानु परेको छ भने अरु आयातित बस्तु हरु को सुची तय्यार गर्नु पर्ला जस्तो छैन। जलश्व्रोत मा बिश्वो को दोस्रो देश नेपाल मा भारत बाटै बिजुली आयात नगरे १८ घण्टा भन्दा बढी नेपाल मा लोड शेद्दिङ हुन्छ , बिहारी हरु ले cycle मा हरियो तरकारी र फलफुल बेच्न नल्याय नेपाली हरु भोकै सुत्नु पर्ने अवस्था छ । हुंदा हुंदा नेपाली हरु लाई ती बिहारी हरु ले दाल भात चपायर खुवाउन बांकी छ नेपाली हरु को निल्ने मात्र काम । यस्तो अवस्था आइ पुग्दा पनि हामी नेपाली हरु एक आपस मा झगडा गर्ने , कोङ्रेसी हरुले कम्युनिष्ट लाई र कम्युनिष्ट हरु ले गिरिजा, सुजाता र राम शरण अनी अन्य ले माधव कुमार नेपाल लाई गाली गर्दै छौं।
    निस्चय पनि कसैको देश मा कोही सुरक्षा कर्मी बिना आदेश प्रबेश गर्नु निन्दनिय हुनु का साथै अरु देश को सार्बभौम सत्ता माथि को बलात्कार हो त्यस्तो कार्य कसै बाट पनि हुनु हुन्न र त्यसको छान्बिन गरि सजाय दिलाउनु पर्दछ। त्यस्का लागि हामी हाम्रो बलियो पना देखाउने पूर्व आधार नै तय्यारी गर्न सकेका छैनौं त्यसैले देश का लागि चाहिने आधार हरु तय्यार नहुन्जेल बन्द हड्ताल एबम नारा जुलुस को राजनीति त्यागी धैर्य र संयम अनी स्थाई सरकार को राजनीति तिर देश लाई उन्मुख गराउन सबै नेपाली हरु मा हार्दिक अपिल गरौं। कुनै पनि पार्टी हरुको कुनै कार्यक्रम मा नजाने मनस्थिती तय्यार गरौ।
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 11

    • madan bajracharya

      कृस्ण गोपालजी
      समर्थन/ अनि १९५० को सन्धिले गर्दा नै नेपाल माथि भारतको थिचो मिचो हुने गरेको बारेमा तपाईंको बिचार पढ्न पाउँ/

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • बीर

    यो अन्तरराष्ट्रिय नियमको खुल्ला उल्लङ्घन हो, यसको एकमात्र समाधान भनेको नेपाल भारत खुल्ला सीमालाई बन्द गरिनु पर्छ |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 75 Thumb down 6

    • पुष्प

      यो कुरामा पनि समर्थन है वीरजी !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

      • बीर

        धन्यवाद पुष्पजी, यसपटक त तपाई र शशांकजीको कमेन्टमा पनि मनग्गे हरियो मत देख्दै छु नि, सत्य र सहि कमेन्ट गर्यो भने त सबैले समर्थन गर्दा रहेछन नि, कि यो पनि अस्ति तपाइले भने झैँ “प्रविधिको ‘भरमग्दूर’ दुरुपयोगलाई ‘जनमत’को खोल ! ” भनेर भन्नु हुन्छ ? च्वास्स घोचेको माइन्ड नगर्नु होला है | ;) आशा छ तपाईहरुबाट यस्तै सत्य, तथ्य र सहि कमेन्ट भविष्यमा फेरी फेरी पनि पढ्न पाइने छ |

        मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 6

        • पुष्प

          खै ! यो ‘पोल’को पोल खोलेदेखि अलिअलि मत ‘हामी’तिर पनि उछिट्टिन थालेको छ । ;)

          तेत्रो सुरक्षा, विश्वभरका पर्यवेक्षक भएको निर्वाचनलाई धाँधली गरेको भन्नेहरूले यस्तो ‘होल’ भएको ‘पोल’को परिणाममा रमाउनुलाई ‘हामी’ले अन्यथा लिएका छैनौं ।

          जे होस्, ‘विरोधी’ (माफ गर्नुहोला तपाईंहरूले नै बनाएको हो) कै पनि राम्रो कुराको मन खोलेर समर्थन गर्न ‘हामी’ हिच्किचाउँदैनौं ।

          मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 5

    • बेइमानसिङ

      बीर सर, बन्द होइन क्या ब्यबस्थित गर्नु पर्छ। बन्द गर्यों भने त ईन्डियालाई भन्दा हामीलाई नै गाह्रो पर्छ नी।

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

  • Nik

    पुष्पजी तत्तु तपाई नहुनु होला, मा नहुँला, तर तपैका ति माओ-बादी पनि त कम थिएनन् नि, होइन र? कि यहाँको memory चट भयो?अस्ति जस्तै होइन र यहाँ क दुइ महरथीहरु पनि त लैनचौरको परिक्रमामा निस्केका?भारत नै मेरो पहिलो राजकीय यात्रा, मैले दिल्लीमा फोन लगा थिं, सचिब संग कुरा भा थ्यो, (पर्धान मन्त्रि त कता हो कता) भन्या|बिर्सी सक्नु भो कि कसो?हस्साउनु भो नि पुष्पजी, तपैले मुर्छई पर्नी गरेर|

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 22

    • Prem Aryal

      निकजी के भन्नु भा हो तपाई पनि पुष्पजी लाई त्यस्ता कुरा कहा याद हुन्छ, पर्चंड भारत भ्रमण जादा मनमोहनको कोटको खोल्टिमा पिंग खेलेको दृश्य र कटुवालको मामिलामा एक जना दुत तुरन्त नेपाल पठाइदिनु पर्यो भनेर फोन गरेको.

      निक जी यो कुरा नबिर्सनु होला पुष्प जी संग निस्पक्ष बिस्लेसन गर्ने हिक्मत छ!!!!!

      बिगत भुल्नेहरु संग भोलि को लागि आज कुनै कंक्रिड निर्णय हुदैन सिबाय दोन्द बढाउनु र अरुको कटाक्ष गर्नु.

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 7

    • पुष्प

      सम्झाउनुभएकोमा धन्यवाद । इतिहास नै साक्षी छ, प्रचण्डको पहिलो भ्रमण चीन नै हो । तर के गर्नु निकजी, तपाईंहरूले हात बंग्याएर कान समातेझैं, गिरीजाको विरोध गर्नुहुन्छ । गिरीजाजस्ता कलंकितहरूको ‘जयजय’ भएसम्म प्रचण्डहरूलाई पनि ‘गाह्रै’ छ ।

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 10

    • बेइमानसिङ

      निकजी, एकदमै राम्रो लाग्यो मेमोरीमा virus पसेको छ होला नि।

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • mra

    येसरी सिधै नेपाल आउन लागे भने त जे गरे पनि भो नि | लौ है नेपाली दिदीबहिनी तथा दाजुभाई हरु बचेर रहनुस |

    यो अबश्य राम्रो कुरा होइन | तर म एक नरिए नेपाली प्राणी ले क गर्न शक्छु र | समाचार पदने अनि कमेन्ट लेख्ने | हे भगमान नेपाल आमा को रक्षा गर | यी पापी हरु बाट बचाऊ |

    जय नेपाल !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

  • dhakalsant

    बरु मुसाले बिरालोको अगाडी “चु” भन्न सक्ला तर त्यहिँ हवल्दारको मालिकको खुट्टा चाटेर बनेको नेपाली प्रधानमन्त्री अनि सरकारले “चु” भन्न सक्दैन|……… कारण त्यहिँ हवल्दारको जति पनि औकात नभएको प्रधानमन्त्री राखी दिएको छन् तिनीहरुले हाम्रो देशमा …….४ महिने दुधे बालक लाई लाज लाग्ला बरु तर त्यो नमुना “निरिह माकुने” लाई लाग्दैन | भारतीय राजदुताबास भित्र पसेर त्यहिँ माकुनेले “जय हिन्द ” भन्न बेर लाऊदैन बिचरा त्यो हवल्दारलाई के भन्नु? उस्का मालिक ले जे भन्यो त्यहिँ त गर्ने हो त्यसले ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 6

  • पुष्प

    राष्ट्र र सरकारै उनीहरूका टट्टुले चलाएपछि जाबो प्रहरी आउनु के ठूलो कुरा भो र ! अब सुजाताले होइन भन्नेछिन्, अनि यो कुरा पनि त्यसै हराउनेछ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 19

  • Raj

    समाचार स्पस्ट भएन| समाचार अनुसार त त्यों भारतीये पुलिस राम्रै नियत ले नेपाल आये जस्तो लाग्छ, नेपाली जो भारतीये कारागार मा छ त्यसलाइ न्यायदिन को लागो जस्तो लाग्यो | तर क़ानूनी रूप मा त्यसरी आउन मिल्दैन, त्यों त भारतीये को हेप्ने नीयेत को अर्को उदहारण हो भन्दा गलत नहुला जस्त लाग्छ| हाम्रो देश को कानून भारत ले नै जानुन……… किनकी जय हिन्दुथान भन्ने हाम्रा नेताहरु त मरिसकेका छन भन्दा अनुपयोक्क्त लाग्दैन फेरी किन बहस|

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 27

  • madan bajracharya

    भारतीय प्रहरी ड्रेसमा त्यो पनि बन्दुकै बोकेर नेपाल पसेको कहिले पो छैन र? अहिले खुल्लम खुला पस्न सकेको कारण हाम्रो देसमा अहिले सुदकर्मीहरु सांसद मन्त्रि प्रधान मन्त्रि नेता कार्य कर्ता हरुले शाशन गरेर बसेकोले हो/ नेपालीको मत लाई दिल्लीको निर्देशनमा लात मारे पछी एस्तो हुनुनै थियो र यो मात्र सुरुवात हो/सिङ्गो नेपाल नै भारतीय प्रान्त नबनाए पनि तराई त् सिक्किम बनाउने भनेर सम्झौता नै गरि सके पछी/ यसै प्रसंगमा एउटा कुरा सम्झें/ अहिले पनि साथि हरुले सम्झानुनै हुन्छ होला अब बन्ने संबिधान मा तेही सम्झौता अनुशारको संबिधान नबने बिद्रोह गर्ने भनेर भंदैत छन्/ अब संबिधान उनीहरुले भने जस्तै बनाउने गर्ने हरुले संबिधान सभाको नौटंकी पनि किन गर्दै गरेको होला/

    उहिले सदनमा गजेन्द्र नारायेन सींग र उसका सांसद हरुले नेपाली लुगा नलागायी धोति लगाएर गएकोमा मेरो टोलमा कान्ग्रेस्सी नेता जस्तै कार्य कर्ता हरु खुबै बिरोध गर्दै थिए/ तेतिबेला मैले सदनको बैठकमा भाग लिई राखेका कान्ग्रस्स्का नेताहरुले सलवार कुर्ता र जवाहर कोट लगाएर जाने हरुले पहिला आफ्नो लुगा कस्तो भनेर हेरेर मात्रै गजेंद्रलाई गालि गर्नु पर्ने भने बात मैले कांग्रेसीहरुको ठुलै गालि खानु परेको थियो/ म हाँसेर बसे किन भने जवाफ दिन नसक्ने हरु मात्रै गालि गर्छन/

    नेपाल बचाउनुनै छ भने हामीले सबै भन्दा पहिला १९५०को सन्धि खारिज पहिला गर्नु पर्छ/ आज सम्म भारतले नेपालको अस्मिता मा हमला गर्न सकिने बनाएको तेही सम्झौता हो/ तेही सम्झौताले नेपालमा नेपाली हरु अल्पमत मा पर्दै गएको हो/ नेपालमा कुनै पनि सरकार टिक्न नदिएको तेही सम्झौता ले हो/ नेपालमा बिदेसी लगानी मा कुनै ठुलो कम्पनि खोलिन नसकेको तेही सम्झौताले गर्दा हो/ नेपालमा आतंक मचाउने एउटा सरकार बन्यो कि तेस्को बिरोधि भारतमा पोशिने गरेको तेही सम्झौता ले हो/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 14

  • Aavash

    होइन यो कुन चाही नौलो कुरा भयो र भारतीय प्रहरी बर्दीमा नेपाल आउनु जब कि सरकार नै भारत ले टेन्डर मा बनाइदिएको हो भने भारतीय प्रहरी त यो माकुने सर्कत भन्दा धेरै माथिको कुरा भयो नि.अब यहाँ कसै कसैले तेरो प्रचंडे सरकारमा भएको भए पनि तेही हुन्थ्यो भनेर पनि लेख्लान तर कुरो को भएको भए भन्ने भन्दा पनि सरकारमा भएको मान्छेको औकात,उपस्थिति र नियुक्तिले नै प्रस्ट पर्छा कि माकुने सरकार भनेको नेपाली जनता र नेपालको सरकार नै होइन यो हिन्द नेपाल कम्पनी सरकार हो तेसैले भारतीय प्रहरीलाई बर्दीमै नेपाल प्रहरीको पूर्व जानकारी बिना नेपालमा किन पस्न दिइयो भनेर माकुने हिन्द नेपाल कम्पनी सरकारलाई सोध्न खोज्नु हाम्रो मह मुर्खता हुन् सक्छ……जब सम्म यो माकुने को हिन्द नेपाल कम्पनी सरकार रहिरहन्छ यसबाट हामीले राम्रो फलको आशा गर्नु आकाश को फल आखा तरी मार जस्तै हो साथीहरु…..मेरो कमेन्टबाट कसैलाई दुख लग्यो भने भारतको तत्कालिन इस्ट इन्डिया कम्पनी सरकारको पालाको इतिहास पढ्नु होला…अस्तु

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 17

  • dev kumar banjare

    अब उमेश जी ले पनि सारै नै माओबादी को हिमायती हुनु भएको छ..
    अब सुपुर्दगी सन्धि गरेर सबै भन्दा हानी हुने कसलाई हो ? माओबादी लै हो , कि होइन ?
    भारतीय प्रहरी नेपाल मा आएको कुरा एकदमै गलत हो …. तर यो समाचार लै माओबादी को इसारा मा लेख्नु चाहिं सारै नै गलत कुरा हो….

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 62

  • Sasang Lama NY

    जो गल्ती गर्छ र स्वीकार्छ, त्यसलाई इन्सान भन्छन |
    जो गल्ती गर्छ, तर स्वीकार्दैन, त्यसलाई शैतान भन्छन |
    जो गल्ती माथि गल्ती गर्छ र अटेर गर्छ, त्यसलाई हिन्दुस्तान भन्छन |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 163 Thumb down 17

    • madan bajracharya

      ससांग जी
      सारै मन पर्यो/ कुरा तेही हो भारतको बास्तबिक परिचय पनि तेही हो/ अनि ससांग जी भारत सिट गरिएको त्यो १९५०को गलत सन्धि को कारणले नै नेपाल को भुमि हड्पियो, नेपाल झन्डै उनीहरुको उपनिवेश जस्तै भईयो आदि बारेमा पनि एक दुई लाईन लेख्नु भए अझै भारत नेपाल को को मित्र बा सत्रु भनि सबैले बुझ्ने थियो/

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • राम चन्द्र ज्ञवाली

    समाचार अली इस्पस्ट भयन हत्या को लागि अनुसन्धान गर्न आयको कसलाई बतायका हुन र नेपाल प्रहरी ले के कुरा बतायो माथि को आदेश के आउछ भन्ने इस्पस्ट नहुँदै कसरी फर्केर त्यो भारतीय पुलिश गयो यदी माथि बाट त्यसलाई नछोड भन्ने आदेश आयमा नेपाल प्रहरी ले के गर्छ कहाँ बाट हाजिर गर्छ ??? कि माथि बाट पक्कै केहीनगर भन्ने आदेश आउने अनुमान कै भर मा छोडेको हो भने माथि किन नै कुरा पुराउनु पर्‍यो ??? भारत ले नेपाल माथि अधिपत्य जमाउन मा बिशेष गरी राजनीति पार्टी जिम्बेवार छन
    काङ्रेश भारत मुखी ,,एमाले बोले सरकार गिराइदिने चिन्ता ,,माओबादी बोले सरकारमा जान नदेला भन्ने चिन्ता ,,सना तिना पार्टी बोले फुताइ अस्तित्व मेटाइदिने चिन्ता ,, मदेश बादी दल बोले अस्तित्व समाप्त ।। राजा बादी त नघर का न घाट का यस्तो समय मा भारत ले हेप्नु स्वोभाबिकै हो एउटा कुकुर मर्दा तोद्फोड कुखुरा मर्दा नेपाल बन्द गर्ने वाइसियल ,युथफोर्स ,तरुण यो घटना मा मौन रहनु कस्तो बिदम्बना
    सबै नेता मुखी भयको देश मा रस्टियता हराउनु त्यती ठुलो कुरा त होइन ???
    तिमी को हौ भन्दा म माओवादी , म काङ्रेश ,म एमाले भन्ने कुरा नहराउदा सम्मन नेपाली हुन नसकिने भयो
    आमा जनता ले हामी नेपाली भन्ने दिन देख्न पाउ यही सुभेच्छा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 85 Thumb down 9

    • Prem Aryal

      राम चन्द्र जी तपाइले ठिंक भन्नु भयो बिगत २-३ दिन देखि २-३ वटा ब्लग अस्पस्ट र धेरै बिबादित थिए

      के कुरा नेपाली अधिकारीको गल्ति भयो भने अनुमानको भरमा आफ्नो कर्तब्य नाभिनाउनु,

      त्यस इलाकाको इन्चार्जले भिमेको आदेश लिन पर्ने त थियन होलानी

      सरकार त भारत परस्त भए भए हाम्रा सरकारी कर्मचारी पनि कर्तब्य निष्ठा देखिएनन् पछि येस्तई आदेश आउला भन्ने आशंकामा छोडेको हो भने त्यो गलत थियो

      जब देशमा आपसी बिस्वास्नै छैन भने अरुको हस्तक्षेप स्वाभाविक हो, धोतीहरुको आपसमा कति झगडा हुन्छ संसदमा पिटापिट पनि देखियो तर जब रिस्त्रिया मुद्धा आउछ आपसी बिबाद बिर्सेर एक भएर रिस्त्रिया हितमा बहस गर्छन, तर हाम्रा देशका नेताहरु छिमेकि रिसाउछन् कि भनेर सास फेर्न पनि डराउछन्

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

  • pratap

    भारत का पुच्छरहरु ले नेपालको सिमाना को जिल्लाहरु बेची सके त् किन न आउँन भारतीय प्रहरी

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 85 Thumb down 10

    • shreesh thapa

      हरे के सुन्नु परेको अर्काको देशमा अनुसन्धान गर्न आउने बिना अनुमति होच्च्याएको हो कि ठुला बडाको हात हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 6

    • tukche ang

      माओबादी हरुले देस तताई राखेकाले धोति हरु जाडो छल्न नेपाल पसेको होला |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

      • Bikram

        होइन हजुर को बाबु पर्छ कि कस्तो माकुने मलाई संका नै लग्यो है नाम पनि माकुने को जस्तै सटकट छ टुक्चे | तेही भयर होला बाबुलाई दोष दिनु गारो ले माओबादी दियको |

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 7

      • Okhaldunge

        ए माकुने, कोपन हेगन भ्रमण,
        उल्फको धन फुफुको श्रद्दे,
        गोल्बल वार्मिंग कहाँ
        गोजी वार्मिग हुन्छ जहाँ
        बिकासको नाममा आल़ू ,
        भ्रष्ट्चारमा संसार कै ठालू,
        नागरिक पाउने बीस लाख कालू,
        देशको संपत्ति लुटने सुजाता भालू
        बेलैमा बुद्दी पुराऊ है नेपाली नागरिक
        पछि पछुताई रुनु पर्ला राखी हात तालूमा

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes