डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन के भएको थियो, कहिले विदेश जान नपाउने झैँ गरी नेपाल सरकारका आठ आठ जना मन्त्री र्याल चुहाउँदै त्यता जाने भएका छन्। कूतर्कै गर्ने हो भने त ४४ जना मन्त्री भएको देशमा ८ जना मन्त्री जानु सामान्य हुनसक्छ। तर त्यत्रा मन्त्री त्यहाँ गएर काम के हुने ?
कोपनहेगनमा प्रधानमन्त्री, अर्थमन्त्री सुरेन्द्र पान्डे, परराष्ट्रमन्त्री सुजाता कोइराला, वनमन्त्री दीपक बोहोरा, पर्यटनमन्त्री सरदसिंह भण्डारी र संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, वातावरण राज्यमन्त्री ठाकुर शर्मा र विज्ञान राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल सहभागी हुँदै रहेछन्।
प्रधानमन्त्री र विभागीय मन्त्री जानु त ठीकै हो भनेर मानौँ तर असम्बन्धित मन्त्रीहरु पनि घुम्न पाउने लोभ मै त्यहाँ गएर के जात्रा देखाउन खोजेका हुन् कुन्नि।
जलवायु परिवर्तनले पर्यटनमा पारेको प्रभावका बारेमा बुझ्ने होलान् पर्यटन मन्त्री सरदसिंह भण्डारीले। अनि संस्कृति मन्त्री मिनेन्द्र रिजालले संस्कृति मासिनुमा जलवायु परिवर्तनको भूमिका बारे बुझ्ने होलान्। अर्थमन्त्रीले चाहिँ कर असुली र क्लाइमेट चेन्जको सम्बन्ध बुझ्ने होलान्।
अर्थमन्त्रीको कुरा आएपछि यसो यो जम्बो टोलीको भ्रमणका क्रममा हुने खर्च पनि बुझौँ न त। विदेश भ्रमणका लागि प्रधानमन्त्रीले दैनिक २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन्। मन्त्रीले भने १ सय ५० डलर भत्ता पाउँछन्। सभासद्, राजपत्रांकित सरकारी अधिकारी र सरकारी टोलीका अन्य सदस्यले भने १ सय २५ देखि १ सय १५ डलरसम्म दैनिक भत्ता पाउँदा रहेछन्।
टोलीमा सभासद्, सचिवहरू, प्रधानमन्त्री तथा मन्त्रीका स्वकिय तथा निजी सचिव, प्रधानमन्त्रीका सल्लाहकारहरु गरी ६० भन्दा बढी रहेको खबर सार्वजनिक भइसकेको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र होटल खोल्ने अनुमति दिएर, तराईमा दीर्घकालीन वातावरणीय असर पर्ने गरेर चुरे क्षेत्रबाट गिट्टी बालुवा भारततिर निकासी हुँदा वाल्ल परेर हेरेर बस्ने अनि कोपनहेगनमा जम्बो टोली गएर वातावरण जोगाउन सन्देश दिने काम त गज्जब कै छ नि, हैन ?
No related posts.








What the hell are they going to do there?That is too much!
मन परे हरियो, नपरे रातो
0
2
अब येहा भाडा मज्ने मान्छे को कमि भै रेखेको बेला भाडा मजनु लै होला नि कि कसो पाठक जीउ ???
मन परे हरियो, नपरे रातो
0
3
कोपेनहगेंन देखि माकुनेलाई चिठी
Mon at 22:31
प्रधानमंत्री ज्यू नमस्कार
डेनमार्कमै चलेको हाई हेल्लो गर्ने बिचार थियो फेरी यहाँ त ठुला साना सबैलाई नाम ले बोलाउने चलन पनि छ तर मेरो बा को नाम नि माधव नै भएकाले त्यों गर्न नि मिलेन /अनि कुनै बेला घरमा टिभीमा मा तपाई आउनु हुदा मैले चैनल बदलदा बाऊ को गाली धेरै पल्ट खाएको नि थिए ,हाम्रा बाबई को कुनै बेला तपाई आदर्श पुरुष नै हुनु हुन्थियो अहिले के छ थाहा छैन तर मलाई त्यति कुरा ले नै हजूर को आदर गर्ने बनायो /
मैले सानो हुदा एउटा हिंदी फिल्म हेरेको थिए बाजीगर भन्ने ,जसको एउटा संबाद मेरो कान मा अझै अड़किएको छ ,जो हार कर भी जीतता है उसको बाजीगर कहते है भन्ने /अहिले नेपाल को बास्तविक बाजीगर तपाई नै हो भन्दा अनुचित नहोला /आमा को क्रिया नि नगरी दौरासुलवार लाएर प्रधानमंत्री बन्न तम्सिनु भाको थियो ,भूपू महाराज लाई नि भेटी हाली कुर्सी को लोभ देखाउनु भाको थियो मलाई त डर लाग्या थियो तपाई प्रधानमंत्री नभई परलोक हुनु भाको भये त तपाई को आत्मा जागेर सिंघदरबार मा तर्सौथियो होला भन्ने तर प्रभुहरुको कृपा तपाई लाई परिहाल्यो/ हाडीगाऊ को जात्रा को लाखे हुने मौका पाउनु भयो /तपाई को जय होस /नेपाली राजनीति मेरो सबभन्दा घिनलाग्दो बिषय भएकाले येस को बारेमा धेर नलेख्ने बिचार गरे/
अब गाठी कुरा तिर लागौ/ हजूर को नेतृत्व मा यहाँ आउन लागेको टोली को कुरा सुनेर मलाई नि केहि कोर्ने मन लाग्या हो / तपाई जस्तो मानिस को आतिथ्य गर्न पाउनु डेनमार्क सरकार को नि नाक ठाडो भाको होला / किन भन्नु न ,तपाई त हो त्यस्तो प्रधानमंत्री जसले ठुलो बस मा चढेर काठमांडूमा मा हुने गतिबिधिहरु हेर्न लाई आफ्नो अमूल्य समय र नया तरीका अपनाउनु भाको थियो त्यति मात्र होइन सगरमाथा को फेदीमा मंत्री परिसद को बैठक गरि संसार लाई नै झस्काउनु भाको थियो /तपाई को बिचार र केहि नया गरु भन्ने सोचाई कति महान/ तपाई को जय होस / अब शान्ति को लागि ओशो तपोबन मा गएर हजूर तपस्या मा बसे नि केहि नौलो हुन्थियो कि हराएको शान्ति आउ थियो कि अनि देल्ही मा गएर हजूर ले हिंदी सिक्दा संभिधान लेखिंथियो कि /तपाई को काम गर्ने नया शैली को जय होस / हजूर जस्तो महान मान्छे लाई एक्लै दुक्लाई पठाउनु हुन्न नि थियो ६०० जनता बोकेर आउनु हुदैछ ,बड़ी भन्दा बड़ी जनता लाई सहभागी गरी जनता मा चेतना छर्न खोजेको तपाई को महान बिचार को जय होस / अरुको सम्पति मा लोभ नगर्ने तपाई को बानी को नि जय होस /भट्टाराई जी को नया कर प्रणाली ले बटुलेको सम्पति को तपाई ले कत्ती पनि लोभ गर्नु भएन / बाड़ेर खाऊ सबै रमाऊ भन्ने बिचार को नि जय होस / झाडा पखाला लागेका जनता ले जीबनजल खान नपाएको देश मा एउटा मान्छे लाई खोकी लाग्दा २ करोड़ खर्च गर्नु भो ,जीवनमा गाड़ी नदेखेका जनता को मंत्री भएनी लिमोजिन मा कुदौनु भो, हाम्रो लाज राखी दिनु भो ,हजूर को जय होस /
तपाई को कूटनीतिक कुशलता को म खूब प्रसंसा गर्दथे / तपाई ले चुनाबमा जुन हार बेहोर्नु भयो त्यों लज्जास्पद त थियो नै तर संभिधानसभा मा तपाई को अभाव सबैलाई खड्कियो / अघिल्लो संभिधान निर्माण मा तपाई को भूमिका को कदर गर्दै तपाईलाई संभिधानसभा हल मा निम्ता मात्र हैन त्यसको अध्यक्ष जस्तो गरिमामय पद पनि दिन सबैले मंजूरी दिए / तर तपाई मा भाबि भूपू प्रधानमंत्री बन्ने लोभ येसरी जाग्यो की तपाईले कस्कसको बुई जड्नु पर्ने हो ख्याल नै गर्नु भयेन / मान्छे कुर्सी को लागि कति सम्म पतित बन्न सक्छ उदाहरण दिनु भयो / तपाई को यो रिमोट को भर मा कुदेको सरकार येती अन्धो बन्यो की सीमा अतिक्रमण देख्न छोड्यो तर आफ्नै भूमि मा बस्न खोजेका सुकुम्बसीहरु लाई धपाउन तपाई को भीमसेने रागों ले न्वारण देखिको बल लगायो /तपाई अनि तपाई को सरकार को जय होस /
सगरमाथा को चट्टान उपहार लिएर कोपेनहगेंन आउदै हुनु हुन्छ भन्ने सुने, तपाई जस्ता रास्ट्रप्रमुख को स्वागत गर्न पाएर कोपेनहगेंनको भूमि पनि प्रफुल्ल हुने भो / देशमा सामान्य शान्ति र अमन चैन को छनक दिन नसक्ने ले जलबायु परिवर्तन को कुरा गरेको पच्दैन महोदय / फेरी सबै भन्दा ठुलो जन्ती पनि तपाई कै रहेछ ,नहुने …को गनाउने मुख भनेको यही हो / आउनु होस प्रधानमंत्री ज्यू यहाँ का जनता लाई नि राजनीती सिकाएर जानुहोस / यहाँ का धेरै जसो जनता लाई राजनीतिज्ञ को त के प्रधानमंत्री को नाम पनि थाहा नहुदो रहेछ हाम्रो देश मा जस्तो हरेक रात,हरेक हप्ता आउने सीरियलमा जस्तो यहाँ राजनीती लोकप्रिय छैन /नेपाल मा त हजूर हरु जस्तो योग्य नेताजी हरुले पो नेपाली मीडिया लाई एउटा दरो गन्थन र ब्यंग को बिषय बनाई दिनु भो राजनीती / अनि हजूर लाई यहाँ एअरपोर्ट देखि सम्बेलन हल सम्म सरकारी ठूला बस मा लाने योजना छ अरे ,कार बाताबरण को लागि हानिकारक छ भन्ने उदाहरण दिन लाई अरे / कार मा सरर सरर हिड़ने तपाई को बानी होला येसको लागि मा पनि लज्जित छू महोदय / ३ मिनेट को हजूर को महाबाड़ी को लागि रास्ट्र को सम्पति केही होइन महोदय /हजूर ले नेपाली लाई धेरै दिनु भो अब संसार लाई नि दिनुस महोदय किन की नेपाल मा नि हजूर ले दिनु भाको त्यहि महाबाड़ी यहाँ नि त्यहि ,यो भन्दा माथि त जाने त खोई छेपारो को कथई होला / आन्दोलन नदेख्दा नसुन्दा हजूर लाई नरमाइलो लाग्ला तर धंदा नामंनुस यहाँ त्यसको नि ब्यबस्ता छ ,तर तपाईहरु ले गर्ने त तपाईहरुले सिकाए जस्तो अभद्र र अराजक हुन्न / यहाँ हुने सम्झौता ले बिकासउन्मुख रास्ट्रहरु लाई असर गर्छ रे ,बिकासको क्रममा उन्मुख बिकासशील रास्ट्रहरुले अरु देशको वास्ता नगरी औधोगिक क्रान्तिको नाममा बाताबरण बिनास मा सक्रिय भये भनेर यहाँ बिरोध प्रदसन हुदैछ / हजूर लाई त आफु कुन देशको भन्न त धोती कन्याउनु पर्ला, हामी जस्ता गरीब र पीड़ित देशबासी को आवाज़ उठाउनु हुन्छ भन्ने कुरा त धेरै पर को भो /
हामी कोपेनहगेंन मा बसोबास गर्ने नेपाली लाई देश,गाऊ र घर को चिन्ताले सधै पिरोल्छ / देशको अबस्था देखि रुन मन लाग्छ / अनि यो बिरानो स्थान मा नेपाल देखि साधू आउदा पनि सबैको कान ठाडो हुन्थ्यो तर हजूर अनि हजूर को जन्ती आउदा हामी लाई काग लाई बेल पाक्या जस्तै भाको छ /किन येस्तो भाको हो सोच्नुस महोदय / अन्त्यमा तपाई ले ल्याउनु भएको सबै जन्ती संगै लिएर जानु होला ,काम त केही हुन्न हजूरहरु देखि तर रास्ट्र को नाम मा अर्को कालो धब्बा नलाउनु होला / अन्त्यमा कोपेनहगेंन को जाडो देखि टुबोर्ग भगवानले हजूरहरुलाई बचाउनु होस भन्ने कामना गर्दै ……हजूर को शुभचिंतक
bibek ojha
copenhagen,denmark
मन परे हरियो, नपरे रातो
4
2
खाओ डाका हो खाओ तिमि हरुकै दिन छ. यहाँ येतिक्क लेखेर तिमि हरु लाई केहि फरक पर्ने हैन क्यारे.
मन परे हरियो, नपरे रातो
4
0
प्रधानमन्त्रि राजिनामा दे …
मन परे हरियो, नपरे रातो
2
0
Manish Ji your thoughts are exactly like mine.
I totally agree.
If people like you me and other agree, one day we can unify and
may be kill leaders
मन परे हरियो, नपरे रातो
1
0
किन ८ जना मात्रै गए छन् सबै लाइ पठाए र फर्किन न दिए हुन्छ बोरु…
मन परे हरियो, नपरे रातो
4
0
हा..हाआअ..हाआआआ……
धन्य छ है चोर नेता हरुलाई….जलवायु परिवर्तनसम्बन्धी निउ पाएपछि …
के खोज्छस कानो …..आँखो, भनेजस्तो हो /
मन परे हरियो, नपरे रातो
1
0
माग्ने भिखारीको लस्कर हो यो…एउटा कचौरा पनि थमाईदिए हुन्छ|
मन परे हरियो, नपरे रातो
2
0
लग भाग छ करोड को बजेट मा टन्न बातावरण सम्बन्धि हिमाल बचाऊ आभियाँ को नाम मा भिख माग्ने (छ करोड डलर को प्रोजेक्ट नेपाल भित्रयुने आनी टन्न कमिसन खाने) … धेरै खाए गुलियो तितो हुनु पर्ने हो …. औसधि नै बिख हुनु पर्ने हो …. तर पचाए हाम्रा नेताले … देश बेचेर नपुगे पछि अब देश को समस्या बेच्न पछि नपर्ने भए …
कति भयो रे त्यो प्रजातन्त्र भन्ने चिज आएको नेपालमा? अब पालि गरतंत्र को रे? अनि त्यसपछि फेरी राजतन्त्र होला नि … (Back 2 Square 1) … अनि फेरी जन आन्दोलन … फेरी प्रजातन्त्र … same shit different smell
नांगै दौडाए पनि लाज नलाग्ने नेता (पार्टी भित्र का र पार्टी बाहिर का) भएको देश मा … हग्ने लै भन्दा देख्ने लै लाज भनेको येही हो क्यारे … denmark ma ग्लोबल वार्मिंग को कुरा होला नहोला तर नेपाल को साट्ठी सदस्य दल (present estimate) को चै खुबी चर्चा हुने जस्तो छ …
नेपालको बलात्कार हेर्ने हामी कम दोषी छैनौ … यो मन परेन त्यो मन परेन भन्यो … MySansar मा कमेन्ट लेख्यो … रात रात भर बहस गर्यो … खै केहि हुने वाला छैन भन्यो … आफ्नो आफ्नो बाटो ततायो … अनि एक छिन् पछि बिर्सियो … अनि २ महिना पछि UN मा १२० टोलि जाने अर्को ब्लग पडयो …. अनि बिर्शी सकेको कथा सम्झेर थुक्क भन्यो, कमेन्ट लेख्यो, झनक्क रिसायो … अनि फेरी बिर्सियो …
मन परे हरियो, नपरे रातो
3
0
गरिबीको दुस्चकर .
मन परे हरियो, नपरे रातो
1
0
नेता हरु ले कहिले आफ्नो देश लाइ लगायानन गुन
भास्ताचारी ,फटाहा ,दया माया नभयका हाम्रा नेता हुन्
महंगी ले डाडा नागो महंगी छ सुन
घुम्न पाय खुसि हुने हाम्रा नेता हुन्
गरिबीलाई सोसन गरि खाय नेपाली को खुन
देश को बिकाश गर्छु भनि भोट माग्ने हाम्रा नेता हुन्
यी नेता लाइ छाला तारी खुर्सानी र लाउन पाय नुन
अनि बल्ल नेपालमा उदौठेओ जुन
मन परे हरियो, नपरे रातो
2
0
भिखारी हरु भिक माग्न र भिक बाट आएको रकम बाट आफै कुम्लियौना जान लागेका हुन् जस्तो छ यी भिकारी हरु लाइ देश को ढुकुटी रित्तयेरा पुगेन अब जनता को नाम मा भिक मागेर ब्रह्मलूत गर्ने योजना होला नि तेही भएर मिलेर जादै छन् गरिबमारा हरु. यिनको टाउको न उछितई न हुने हो के गर्ने.
मन परे हरियो, नपरे रातो
4
0
चपा भैरे चपा, नछोड भैरे नछोड | येही हो मौका |
मन परे हरियो, नपरे रातो
2
1
मलाई यस सम्मेलनमा आठ आठ जना मन्त्रि ज्युहरुको भ्रमण हुनुमा अलिकति पनि अस्चार्य लागेको छैन, किनभने हाम्रो देशमा कुनै नेता/मन्त्रि अरुभन्दा कमका छैनन्/ कसैले कसैको नेतृत्व गर्दैनन्/ नेतृत्व नामको होला तर कामको होइनन/ कुनै शिर्ष नेताको कुरो तल्लानेताहरु माझा बिक्ने कुरो औदैना/ फोर्स गर्यो पार्टी फुट्ने अथवा सरकार ढल्ने डर /
सबै भन्दा उत्तम उपाय त, जाति सक्दो सबै जना जाने, ” सर्प पनि मर्ने लट्ठी पनि नाभाचिने”
विदेश भ्रमण पनि हुने भत्ता पनि पाक्ने /
मन परे हरियो, नपरे रातो
1
0
हैन हौ प्रम दाजु कति जनालाइ लगेर जान्छोउ नि कोपेंनहागेन ! २ जना को सिट मा साठी जना भनेर खुलाको छ अहिले नै …जाने बेलामा कति जना लाइ पैसा खाएर लगेर लुकाउने हौ ! देश को ढुकुटी रित्याउन लाज शरम केहि छैन है तिमि मुर्दा हरु लै! ……..अ मलाई पनि चाहियो है कोपेंनहागेन को लागि सिट ,,,,आखिर तिमि जस्तै त हु नि म पनि! म पनि नेपाल को लागि र मन्त्रि नै त हुनी.! कि कसो साथि हो ?के कमिटमेन्ट छ र अहिले सम्म तिम्रो देश को लागि…………..म धेरै टाढा हैन कोपेनहागेन बाट मात्र ३ घण्टा को फ्लाइट हो ल लुन्गना……..ल ल पेट को फाइदा हुने काम छ ढिला नगर्नु ल.
मन परे हरियो, नपरे रातो
2
0
सब्बै बाहुन छेत्री मन्त्रि हरु पो रैछन ८ जना नै . ….
मन परे हरियो, नपरे रातो
5
3
कुनै मन्त्रि जान पाइन भनेर ठुस्से का पो छन् कि ?
मन परे हरियो, नपरे रातो
0
0
Dont worry dude iam from copenhagen , we are palnning to show Balck flag to the Jumbo मिनिस्टर ओफ नेपाल especially the MAKUNE and Sujata…..
मन परे हरियो, नपरे रातो
5
0
सर तपाई उही हुनुहुदोरहेछ कालो झण्डा मात्र किन कालो मसो पानी लगाएर स्वागत गरे राम्रो हुनेथियो ?
मन परे हरियो, नपरे रातो
3
0
उपयोगितालाई ध्यानमा नराखी ठुलो संख्यामा भेला भएका सान्दर्भिक र असान्दर्भिक राष्ट्रिय प्रतिनिधिहरु, एन जी ओ हरुका कार्यकर्ता आदिको कोपनहेगनमा अहिलेनै बिना उपयोगिता ठूलो कार्बन फुट प्रिन्ट छोडेर विश्वलाई अझ बढी हरित गृह ग्यासको उपहार दिएको भनेर आलोचना सुरुभैसकेको छ. नेपाली मन्त्रीहरुलाई न त कार्बन फुट प्रिन्ट भनेको नै थाहा होला न त यिनीहरुलाई लाज शरम नै लाग्दछ! जनताको रगत पसिनामा मोज गरुन.
मन परे हरियो, नपरे रातो
1
0
लुटको धन फुपुको श्राद्ध
नपाउने ले के पायो बोक्रा सुद्दा चपायो
दात नभएको लाई सुपारी चपाउनु पर्ने
कुन चाही उखान सबभन्दा सुहाउछ ?
मन परे हरियो, नपरे रातो
2
0
मोज गर खाते हरू, जनता को रगत चुस्ने सुकुल्गुन्दा हरू..
मन परे हरियो, नपरे रातो
1
0
लाज सरम नभयका नालायकहरु , ५०० जना नेपाली जति सम्मेलन मा भाग लिन को लागि जाने ? मोज गर जनाबारहरु हो देश मा जनता लाइ दुख दियेर
मरेका तटूहरुहो किन तिमिहरुको दिमागमा परिबर्तन आउदैन ह ?
मरेका कुकुरहरुहो मोज गर तिम्रै छन् दिन हामी त टुलुटुलु हेर्नमात्रै
त हो नि | एसको नतिजा अलि दिनमा नै देखिने छ भुसिया हो !!!!!!!
मन परे हरियो, नपरे रातो
6
0
यदि नेताहरुले मनपरी गर्न लागे भने कर नतिर्ने | नेतालाई मोज गर्न हामीले कर किन तिर्ने ?
मन परे हरियो, नपरे रातो
4
0
त्येई त भने को नरेन्द्र जी | अब पनी नेताहरु ले सधै जसो नेपाली जनताहरु को रगत चुसेर बस्न मिल्छ त ?
राजालाई नेरंकुस सासक भन्ने जनताहरु, येस्ता देशको ढुकुटीमा मोज गर्ने नेताहरु को सासनलिई चाई के भन्नु हुन्छ नी ? हाम्रो देश त राजाको सासन कालमा भन्दा ३०औ स्तान तल पुगेर bharastaachar को सिमा नै नाग्यो नी |
आब त निन्द्रा बाट जाग्ने बेला भएन र नेपाली जनताहरु ????????
मन परे हरियो, नपरे रातो
2
1
होइन यो सुजातालाई जो जहाँ गएपनि सगै लानुपर्ने? कुन खाल को भैरुस हो यो? कि साझा पत्नी हुन् उनि? मलाई त गजब लग्न थाल्यो नि? गरिब देश का धनि नेता वा वा देश तिमि हरुको नै रहे६ मोज गर नेता हो भोलि फेरी पालो औला न औला आजै हो मौका खा माचिक्ने हो एक जना गए हुने मा ८ जना? तिम्रा छोरा छोरी अनि ज्वाई साथै कुकुर पनि लान मिल्दैन? ए साथी हो लौ न केहि गरौ देश त बर्बादै हुने भयो नि, अब त केहि गर न जनता हो गवार गवार
मन परे हरियो, नपरे रातो
4
0
लाज सरम नभयका नालायकहरुले देशको सत्ता हात पारेपछि, येस्तै हुन्छ | नपाउनेले केरा पायो बोक्रै सित खायो |
मन परे हरियो, नपरे रातो
4
0
के गर्ने त साथीहरु! हामी जनताहरु मुकदर्शक भएर बस्नु बाहेक अरु के नै गर्न सक्छौं र ? कत्ति आन्दोलन गर्ने हो यति सानो देशमा…??? जनतालाई कहिल्यै सुख भएको होइन… अब भगवानलाई प्रार्थना गरेर बस्नु बाहेक अरु उपाय छैन …
मन परे हरियो, नपरे रातो
4
0
यो सरकारको नालायकी काम मा यत्तिका जम्बो कमेन्ट परेको मा खुसि नहुने त बिरलै होलान, त्यसमाथि पनि माओ इतरका साथीहरु त सुनकै डल्लो फेला परेझैं रमाएर धुम धामै छ, गालि र उदाहरण पेस गर्न पाएको मा|यो बिरोधमा मेरो पनि सहमत ल जा| गर्न पनि अतिनै गरे हौ, यत्तिका भिड लिएर गएर|पैसो कहाँ बाट पाए होलान?खोजीको बिषय|यो चौतारी “मेरो संसार” ले पत्ता लाउन सक्छ कि?
मन परे हरियो, नपरे रातो
4
7
बास्तबमा नेपाली मन्त्रि मण्डल नियुक्ति किन गरिएको भन्दा राज्यमा रहेर कम गर्न को लागि होइन कि उनि हरु लाई विदेश घुम्न को लागि नियुक्ति गर्रिएको हो /एउटा सानो देशमा ४४ जना मन्त्रि हुनु देश मा रहेका हामी गरिब जनता लाई भार छदै छ ४/५ जनाको प्रतिनिधि मण्डल गए हुने मा ६०/७० जना को समूह गएर के गर्ने ?? त्यस मा ५०० जना नेपाली हरुले सम्मेलन मा भाग लिन को लागि अनुमति पाएका थिए रे यी सबै लाई सरकार ले कतै न कतै बाट सहयोग त पक्कै गरेको छ होला यसरि विदेश सयर गरेर उपलब्धि सुन्य मात्र हो किन नि जलबायु परिबर्तन को लागि नेपाल ले ३ मिनेट मात्र आफ्नो कुरा राख्ने हो निर्णय गर्ने त सबै ठुला राष्ट्र हरु नै हुन् नि अनि त्यो ठाउँ मा ६०/७० जना ले गर्ने कम के त ?? उही भत्ता पचाउने कम मात्रै त हो नि !!!
मन परे हरियो, नपरे रातो
3
1
नेपाल का प्रधानमन्त्रि र मन्त्रि मुला !
सबै ठुला ठुला !!
कामकाज एकातिर !
कुम्लोबोकी कोपनहेगन तिर !!
संबिधान जाओस भाडमा !
मन्त्रिहरु एसो आराममा !!
काशी कास्मिर अजब नेपाल !
सुरज श्रेष्ठ
मन परे हरियो, नपरे रातो
10
1
नेपाली जनताले लात चलाउन जानेका छैनन् कि के हो ?
मन परे हरियो, नपरे रातो
4
1
जनताको पैसा मा मस्ती गर्नै पर्यो नि नेता हरुलाई चाहिने ठाउँमा खर्च गर्नु छहिना जथाभाबी खर्च गरेर बस्छ देसको उन्नति जर्न तिर लग्नु कहाँ कहाँ आफ्नो उन्नति तिर लम्कंछां कहिले सुद्ध्रिछां ये नेता हरु
मन परे हरियो, नपरे रातो
5
1
मिनिस्टर ले पनि मोज नगरे कसले गर्ने हो साथी , सुकुम्बासीहरुले टाउको ओत्ने ठाउँ खोज्दा ज्यान गुमउने देश हाम्रो नेपाल मा
मन परे हरियो, नपरे रातो
5
4
माकुनेले काला पत्थरमा आफ्ना पुरा साखा सन्तान लगे भने तिनीहरु त मन्त्रि हुन् / जाने नै भए / चुस चुस नेपाली गरिब जनताको रगत चुस / नेपाली राजनेता भनौदा कुकुरहरु / तिमीहरुको कल्र्यारण कहिले हुने छैन / एसको नतिजा अलि दिनमा नै देखिने छ /
मन परे हरियो, नपरे रातो
6
1
हा हा ………..जे होस् मा कु ने हदै सम्म लचिलो नभए को भए कोहि पनि जान नपाउने थिए होला …क्या अचम्म को लिला छ है माकुने संग नेपाली जनता लाइ ऋण को भारि बोकाउने……माकुने को सन्तान को क छ त विचार जान्छन कि जादैनन रे ..फेरी निजि लगानी मा जाने होलान….अनि कुजाता को भाग्य पनि कस्तो जुनसुकै भ्रमर्ण मा पनि समाबेश हुने……..
गरि खाऊ अब त कति नै छ होला र नेपाली जनता ले लात्ताले हनेर फल्ने बेला पनि त भए को छ हैन र…
मन परे हरियो, नपरे रातो
4
1
चान्स मा डान्स गरेका हुन् उल्फा को धन फुपू को श्राद गर बेजोति मन्त्रि हो
मन परे हरियो, नपरे रातो
8
2
देशको अविभावकका रुपमा प्रधानमन्त्रिको जिम्मेवारी ठूलो छ, प्रधानमन्त्रिको सोच, काम कार्यवाही र मार्ग दिशाले नै देश कता जाने भन्ने निर्णय गर्छ । गरीव देशले केहि आवश्यकता र परम्परा धान्न होशियारीसाथ चल्नु पर्ने कुरा प्रमलाई थाहा हुन जरुरी छ । कुनै पनि विदेश भ्रमणका बेला आफ्नो काम नै विर्सेर विदेश शयरको चाँजोमा लाग्नेहरुलाई प्रमले नै एउटा खाली कागज र कलम दिएर भन्नु पर्यो ‘तपाई यो भ्रमणमा जानै पर्ने कुराको औचित्यको बारेमा लेखेर ल्याउनुस्…’ प्रमले औचित्यको पुष्टि गराउन लगाउनु पर्यो । भ्रमणका एक/दुइ सर्न्दर्भमा यस्ता प्रक्रिया राखेमा अर्को पटक देखि यस्ता टाउकाहरु कम जुर्र्मुराउछन् । जानेहरुले पनि अलिकति नैतिकताको ख्याल गरेर मैले नै नगए नहुने के छ – भोली जनताले के भन्लान… भनेर आफूलाई असल चरित्रको राष्ट्रवादीमा दर्न कोशिष गर्नुपर्यो । ठूलो संख्या नै देखाउनु छ भने जहा जाने हो त्यहि रहे बसेका नेपालीहरुलाई एक दिन राष्ट्रिय सेवामा बोलाए त भै हाल्छ नि । राष्ट्रलाई सम्वृद्धता तिर घचेट्न कोशिष ठूला वडाले नै गर्नु पर्छ । मौकामा नगरे के त… भन्ने मनोबृत्तिको झुण्डलाई निरुत्साहित गर्न प्रम आफै अघि सर्नु पर्छ नकि सत्ता टिकाउनकै लागि जे पनि गर्ने होइन, प्रममा त्यो इच्छाशक्ति भए सो कुराको चेतना भया… ।
मन परे हरियो, नपरे रातो
5
4
नमस्कार
हाम्रा नेपाली नेता हरु बाट इमान्दारिता खोज्नु भनेको सुर्य पश्चिम बाट उदाउनु हो
बिकसित देश मा यस्ता राष्ट्रिय सरकार का मन्त्रिहरु (लस्कर) कर दाता को पैसामा घुमे राजनिती गर्ने त दुर कि बात पुरा जीबन जेल मा कुहिन्छ ?
यी सब ले गर्ने खर्च तपाई हाम्रो पैसा हो, करदाता को पैसा हो त्यसैले बेला बेलामा भन्छन कर तिर्नु नागरिक को कर्तब्य हो नत्र कसरि विदेश जाने खर्च खै ?
यो हाम्रो कर को पैसा यी चोर डाका नेता को ढुकुटी हो
धन्यबाद
मन परे हरियो, नपरे रातो
6
3
अरु केहि मन्त्रि टीम मा थपेर काबिनेट को बैठक कोपेनहेगन मा गरे हुन्छ
मन परे हरियो, नपरे रातो
5
0
भत्केको घरको बिग्रेको चाला, दिन दहाडै डाका …थुक्क नेपाल का नेता भन्ने जनावर हरु……………….
मन परे हरियो, नपरे रातो
13
1
गरिब देसको मन्त्रि हरु जन्बो टोलि विदेश मा ट्रीप मर्न होलानी अनि भत्ता पचाउन के काम ६०० जनता लै त भिसा दिएछ मन्त्रि को आउरे बौरे दाउरे सबै ले पयछ भोलि नर्वे स्वीडेन डेनमार्क को सर्नाथी कैम्पमा कति जना लुकेर बस्ने छ हे नेपाल सरकार नेपाली को रगत चुस्दै विदेश मा कामना काजमा ट्रीप मर्ने ???
मन परे हरियो, नपरे रातो
7
1
बरु सबै चौवालिसैजना सहभागी भएर यौटा मिटिंग कोपेन्हेगेन मा पनि बसेर अर्को ओटा किर्तीमान कायम गर्ने हो कि त ? शुभ यात्रा जम्बो टोलि लाई ! यस्ता समाचार हरु प्रसारै नहुने व्यवस्था गर्ने तिर पो मिटिंग गर्ने हुन् कि संख्या कटौती गर्नु को सट्टा ?
मन परे हरियो, नपरे रातो
3
1
हैन हाम्रा मन्त्रीहरुहो तिमीहरुलाई केभाको बिदेस भनेपछि मह्देबका तिननेत्र
हैन हाम्रा मन्त्रीहरुहो तिमिहरुकिन तेसरी भोकाएको ह |
तिमीहरुलाई लाजलाग्दैन देसको सम्पति कुकुरले हण्डी खाएझै खादा
तिमीहरु मानिस हो को जनाबार हो तिमीहरु मानिस हो को जनाबार हो
तिमीहरु मानिस भएको भएता पकैनै तेस्तोगर्दैनौथियोहोला
अहिले बल्ल थाहा भयो तिमीहरु जनाबर्रै रहेछौ भनेर
मोज गर जनाबार हरुहो देस मा जनता लाइ दुखादियेर
मरेका ततुहरुहो किनातिमिहरुको दिमागमा परिबर्तन आउदैन ह |
मरेका ततुहरुहो मोज गर तिम्रै छन् दिन हामी त टुलुटुलु हेर्नामत्रै
त हो नि |
मन परे हरियो, नपरे रातो
4
1
नमच्चिने पिङको सय झड्का भन्या जस्तो । प्रधानमन्त्री, परराष्ट्र मन्त्री र वातावरण मन्त्री गए त भैगो नि बाँकी खै के खान जान लाग्या हुन् वाहियातको पैसा नाश । प्रधानमन्त्री नै गईसकेपछि अन्य मन्त्री जानुले खासै महत्व राख्दैन । औपचारिकताका लागि परराष्ट्र मन्त्री र सम्बन्धित मन्त्रालयको हैसियतमा वातावरण मन्त्री सम्म जानु ठिकै हो अरु बाँकी मन्त्रीहरुलाई त फर्केपछि क्याबिनेट मिटीङमा जानकारी दिए भैगो नि ।
मन परे हरियो, नपरे रातो
4
1
यिनीहरुलाई डेनमार्क को कोपन्हेगन बाट फर्के लगत्तै एरपोर्ट बाट सिधै जेलमा लानुपर्छ , त्यसपछि मात्र अरुहरुले यसो गर्न आँट गर्दैनन्. सजाय यसप्रकार हुनुपर्छ:
१. माकुने: प्रधान मन्त्रिलाई: ५ बर्ष जेल र बिगो बराबरको रकम असुली.
२. मन्त्रीहरुलाई: २ बर्ष जेल र बिगो बराबरको रकम असुली.
३. अन्यलाई: १ बर्ष जेल
४. सम्बन्धित मन्त्रालयको मन्त्रि, सचिब,प्राबिधिकहरु, र अन्य बिज्ञहरुलाई केहि पनि नगर्ने, किनभने त्यो सम्मेलनमा जानुपर्ने नै उनीहरु हुन्.
मन परे हरियो, नपरे रातो
14
1
नेता हरु लाई जलबायु परिबर्तन को समस्या भन्दा पनि
********************************************************
आफ्नो कमाई को चिंता छ
मौका मा चौका हान्नु छ
बिरोधि हरु लाई शान देखाउनु छ
आफ्नो सरकार को आयु लम्ब्याउनु छ
सिधै खाए भ्रस्ट चार हुने हुँदा चोर बाटो बाट गएर पेस्की फर चयूट गराउनु छ
भ्रमण गरेका देश को नाम लिस्ट बढाउनु छ
मन परे हरियो, नपरे रातो
10
1
हारेर भयपनी प्रधानमन्त्री बन्ने धोका पुरा गरेका माकुने लाई भ्रस्टाचार मा सहयोग गर्न ८ सदस्य जम्बो टोलि मिलेको | अनि अर्थमन्त्री चै बाबुराम भट्टराई ले संकलन गरेको पैसा को उपयोग गर्न गयका होलान | सबैलाई शुभकामना भर्खरै मारियका ६ जना सुकुम्बासी को परिवार को आँशु लाई बिदेशी रक्सि संग मिसायर सेवन गर्न |
मन परे हरियो, नपरे रातो
8
2
हामीहरु नै हो ५००० मिटर को उचाईमा बैठक गर्नेहरु भनेर देखाउनलाई होला नि/
मन परे हरियो, नपरे रातो
5
3
जनताको रगत बगाएर कर तिरेको पैसामा देश र विदेश घुम्न पल्केका देशका स्यालहरु.
यिनलाई एअरपोर्ट बाटै सबैले समातेर कालोमोसो लगाएर बासको लौरोले हान्दै काममा लगाउनु पर्छ.
देशमा आगो लागिरहेको छ यिनलाई विदेश को कतिपल्ट जाने भनेर एक आपसमा competition चलीरहेको छ.
मन परे हरियो, नपरे रातो
11
2
i am an Environmental student and I think it’s perfectly valid for these ministers to attend the conference.And it’s necessary too..coz climate change will impact the poor nations more …but only problem is they r not officially elected government…
मन परे हरियो, नपरे रातो
1
6
अन्तरराष्टिय संमेलन जान्न र अनुभव गर्नको लागि राम्रो अबसर हुन्छ जो कोही लाई पनि। यो संमेलनमा नजानु पर्ने मन्त्रीहरु भन्दा पनि संबन्धित क्षेत्रमा काम गर्ने मानिसलाई लगेको भए राम्रो हुने थियो।
मन परे हरियो, नपरे रातो
4
6
अब के गर्ने त?,
मात्रै, यी कुलंघारहरु जानत जावोस, तर फिर्ता न-आओस भन्ने देशको लागि कामना भन्दा अरु केहि गर्न सकिन्न अहिलेलाई!
मन परे हरियो, नपरे रातो
10
1
यिनलाई देशका मन्त्रि भन्नु भन्दा ‘भ्रस्टचारी, सत्तालोलुप र अबसरबादी हरुको ग्यांग’ भन्दा राम्रो होला / आखिर यी देशमै बसे पो देश र जनताको लागि के लछारपाटो लगाउछन र ? बरु कसरि भ्रस्टाचार गर्न सकिन्छ भनेर दाउ हेरेर बस्ने नै हुन् / फेरी मन्त्रि हुन् पाइने हो होइन, अहिले जे भए पनि बाहना मिलेको छ, फुपुको धनमा कुकुरको श्राद्ध त गर्ने पर्यो, कि कसो? अब जहाँ सम्म जलबायु परिबर्तनको सम्मेलनमा यीनीहरुको सहभागिताको कुरा हो, मिनेन्द्र रिजाल ( Knowledge को हिसाबले भनेको तर विभागीय सम्बन्ध त खासै देखिदैन ) बाहेक अरुले त कसले के कुरा गर्यो पनि बुझ्दैनन्, केहि सिक्ने वा केहि योगदान गर्ने कुरा त परै जाओस / रह्यो कुरा किन तेती धेरै जनाको जम्बो टोलि जादै छ भन्ने, त्यो त प्रस्ट छ माकुनेको सत्ता रक्षा/ जय होस् नेपालको /
मन परे हरियो, नपरे रातो
9
0
वोर्ल्ड रेकोर्ड राख्न जान लाग्या हुन् अस्ति भर्खर एवेरेस्ट को बेस क्यप्म मा राखे अब कोपेन्हागेंन मा जम्बो मन्त्रि हरु लगेर कसो साथी हरु हो??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
भोज खान जना लाग्या हुन् भोज संगै दारु पनि ….अनि राज्य को ढुकुटी पनि चिल्लिप्पा परेर जिरिप पर्चन
मन परे हरियो, नपरे रातो
9
2
मन्त्रीहरुको घुम्ने रहर । सरकार चाडैँ ढलिहाल्छ आफू छदैँमा केही गरीहालौ भन्ने मन्त्रीहरु विदेशी खानाको स्वाद लिन जान लागेका हुन् ।
मन परे हरियो, नपरे रातो
9
1
This is for the person who wrote this article!
“तेरो बाउको टाउको खान गएको होला”
Why are u making every small thing an issue!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
20
को माथि र को मुनिको यो फोहोरी खेलमा पल्केर
यक अर्का लाई पछार्न र दबाउन लागि परेका यी परापुर्ब काल का जस्ता लाग्ने राछेस हरु
मानब को नाम मा नाम मात्र भयका यी नर पिसाच हरु
आज आफु हरु सबै लडन र सडन लागेका थाहा पायर,
लामो समय पछि को कुम्भकरने निन्द्रा बाट बिउझिन लागेको झै आभास लाग्न थालेको छ
राछेस त आखिरमा राछेस नै हो,,,,,खै के गर्नु
यिनलाई नास गर्ने अर्को अबतार को आगमनको
आसा मा नै दिन बित्न थालेको छ ,,,
मन परे हरियो, नपरे रातो
11
1
थुइक्क!! कस्तो लाज नभएको तिमीहरुलाई …… के नाप्छौ हँ तिमीहरुले यहाँ (copenhagen) आएर त्यो पनि ८/८ जना मन्त्रि मात्रै रे अनि अरु भर्रे भुर्रे को त हिसाबै छैन! मन्त्रिको स्तर, हैसियत केहि बुझेका छौ ये गोरु जोद्ता जोत्दै मन्त्रि बनेका चुतियाहरु …. climate change coference मा सहभागी हुने रे!!! तिमिहरुकै रहेछ दिन अब खाओ… साला जनताले लत्ताले हाने पछी पनि चेत न आइ अझ मानोमानि बढेको छ है….
मन परे हरियो, नपरे रातो
12
1
अब नेपालमा संसद घेरेर नाराबाजी गरेको बानी, त्यहाँ गएर ग्लोबल वार्मिंगले गर्दा हाम्रा हिमालका हिउ पग्लिए, भन्दा सुनेनन् भने त्यहाँ पनि सम्मेलन घेरेर नाराबाजी गर्नलाई होलानी, अब १-२ जनाको आवाज भन्दा १०-२० जनाको आवाज त ठुलै हुने भएकोले यत्रो मान्छे गएको होला नि | घुम्न मोजमस्ती पनि गर्न पाउने नेपालको आवाज पनि सम्मेलनमा घन्किने, यस पटक चाँही यो माकुनेले एउटा ढुंगाले दुइटा चरा मार्ने बुद्धि पुर्यायो | साला चोर गधा भाते हो, काम छैन भने बरु देशको कुना काप्चामा गएर के समस्या छ भन्ने हेरेर आउँ न, केहि कुरा त तिमीहरुको दिमागमा घुसला |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
हाम्रा PM माकुने जी ले देश को सबै ढुकुटी जति विदेश भर्मंड मा सकाउने भए | कोपनहेगन मा पनि नेपाली हरु को बिल्ला गर्न लागेको होला नि | कुन्नि क गर्ने लै भन्दा कुन्नि के गर्ने लै लाज भने झैँ सबैलाई लाजमर्नु यो क गर्या होला | कैले हो यी नेपाल का नेता हरु ले लाज मान्ने |
मन परे हरियो, नपरे रातो
7
0
मन्त्रि हरुको त दरो कमाइ हुने भयो नि ,अब जति दिन बस्छन रेस्टुरेन्ट मा भाडा माजेर अर्को आम्दानि पनि हुन्छ भत्ता + आम्दानि ,,मैले सुनेको यहाका राजदुतले काम ठिक्क परेका छन् रे ?????
मन परे हरियो, नपरे रातो
10
1
OMG!!! i cant stop laughing. what funny ministers. if anyone knows one good mental hospital in Copenhagen please let them know the address and contact details so that they can fix their SICK HEAD!!!! & would be back to Nepal having some characteristics of human being!!!
मन परे हरियो, नपरे रातो
13
0
हाम्रो देशका प्रधानमन्त्री र मन्त्रीहरुले गर्न सक्ने काम भनेकै बिदेशीहरुको चम्चागिरी र विदेश भ्रमण मात्र त हो नि ,यो भन्दा अरु खुबी पनि त हुनु पर्यो नि गुहयेहरु को
मन परे हरियो, नपरे रातो
11
0
मामा को घोडा भान्जा को हि हि !!! आफ्नो गोजी को खर्च नहुने भए पछि जे गर्दा जहाँ जादा पनि हुदो रहेछ…………………………….
मन परे हरियो, नपरे रातो
12
0
कुजता मात्र भनको त कुजात मन्त्रि मण्डल पो परेछ | यति जनताको गाली, सराप गर्दा गर्दे पनि कुनै कुरा नसुनी आफ्नो मात्र स्वार्थ हेर्न यी मानब जस्ता दानब लाई जे जे भने पनि हुन्छ | पशु भय पछि क गर्ने…..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
कुजता यसपटक त ७ तारे होटेल मा बस्ने होला नि होइन ? अनि कारले हुदैन हेलिकप्टर नै भाडामा लिने कि?
मन परे हरियो, नपरे रातो
13
4
भातमाराहरु सबै जान लागेछन,
कोहि त उतै लुकेर बस्ने दाउ पनि हेर्दै होलान,
जाउ जाउ बरु उतै बस तिमीहरु भएको भन्दा न-भएको धेरै राम्रो, बरु अरु पनि धेरै भन्दा धेरै लाई सके सम्म सबैलाई लिएर जाउ नफर्कने गरि /
मन परे हरियो, नपरे रातो
11
1
अब यसमा नि भागबण्डा होला नि त…सबै पार्टी को प्रतिनिधी …त्यो भन्दा केनै जानेछन र हाम्रा नेताहरुले
मन परे हरियो, नपरे रातो
12
0
घरमा चाही ताएर बालेर बस्छ अनि
” सय मुसा डकारेर, बिरालो काशी स्नान तर्फ ? “
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
यो पनि एउटा भ्रस्टाचार हो एकदम ठोकेर अनि सानो होइन ठुलो. खोइ कसले गर्ने हो यिनीहरुलाई कारवाही ? ठुलो मन्त्रीमंडल पनि एउटा भ्रष्टाचार नै थियो . जनताको लागि यहाँ गर्ने कोहि पनि भएन. त्यसकारण नेपालमा एकजना यस्तो तानाशाह चाहिन्छ जो आफू पनि नीति नियम मा चलोस् र नीति नियम उल्लघन गर्नेहरुलाई
पनि कारवाही गरोस, जसरी कि अहिलेको जस्तो देखाई देखाई भ्रष्टाचार गर्छ. यो मिडियाहरु पनि सब माफियाहरु द्वारा संचालन हुने रहेछ के गर्ने ? नेपाल साचिकै युरोप अमेरिका अनि अष्ट्रेलिया बन्न १००० बर्षले पनि पुग्दैन होला. अलिकति माओबादी ले गर्ने आस थियो तर राष्ट्रिय अनि अन्तराष्ट्रिय माफियाहरुले के गर्न दिन्थ्यो र ? तथापी उनीहरुको पनि केहि कमजोरी होलान्. हामि अभागी नेपालीहरु भन्नु बाहेक अरू के भन्न सकिन्छ र ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
2
फोकट को धन फुपू को शराद भनेको येही हो | मन्त्रि हुन् योग्य नभएकाहरु मन्त्रि हुन् सक्छन भने फोकट को धन उडाउन के को लाज हमिहरुनै हौँ यो सब गर्न दिने, अब गल्ति नदोरौ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
नेपालीले रगतको पसिना बनायर कमाएको पैसबापत तिरेको करको रकम सिध्यउन जानलागेका यी लुटाहाहरु घुम्न. प्रधानमंत्रीले यी सबैलाई घुम्न जान अनुमति दिनुको अर्थ आफ्नो नेत्रितोको सरकारलाई ढल्नबाट जोगाउनु हो. देशलाई डुबाएर भए पनि कुर्ची जोगाउनु पर्छ बुद्धिमानले. तेसै गरे प्रधानमंत्रीले!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
समाचार प्रेसकले पनि के को नबुझेको जस्तो गरि समाचार लेखेको नि ? तलका कुराहरु खान/गर्न लस्करै जन्तीजस्तो जान लागेको नि |
(१) पहिलो: सरकारी भत्ता खान |
(२) दोश्रो: श्रीमान/श्रीमती/छोरा/छोरी लाई बिदेश घुमाउन |
(३) तेश्रो: नेपालमा सरकारको आयु कति हुन्छ भन्ने कसैले भन्न नसक्ने हुनाले यहि मौकामा बिदेश घुम्न नगए मन्त्रि भएको के काम | बिनाविभागीय मन्त्रि लक्ष्मन् कर्णको जस्तो मन्त्रि भएर बस्नु परयो भने त फसाद परेन भनेको |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
1
प्रधानमन्त्री ज्यु ,
चौतर्फी तपाई को बिरोध भैरको बेलामा कम्तिमा एक दुइ ओटा राम्रो काम गरेर देखाई दिय कति राम्रो हुन्थ्यो होला न कि करिना बेगम लाई कारबाई नगरेर वा जम्बो मन्त्रि मण्डल लियर राष्ट्र को ढुकुटी सक्कायर
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
बिचरा मन्त्रि भएको बेलामा पनि विदेश नघुमे कहिले चै घुम्न जाने नि ? आफै आफ्नो खर्चले जान सकिन्दैन सबै सुकुम्बासी मन्त्रि अनि त के र ? ल ल चटक नै देखायौ नेपाली भ्रस्ट नेताहरु…….नेपाल सक्ने भए/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
हिसाब गरु न यसो
भत्ता
२५०*१ थान टिके प्रधानमन्त्री गुना ७ दिन = १७५०
१५०*७ थान भुस्याहा मन्त्रिहरु गुना ७ दिन =१०५०
१२५*५२ थान आसे पसे-भाई भारदार हरु =६५००
होटेल खर्च
६० थान कुकुर * १९० प्रति रात = ११४००
खान खर्च
६० थान कुकुर * १५० प्रति दिन = ९०००
गाडी खर्च
२५ थान *५०० = १२५००
प्लेन खर्च
६० थान * २००० =१२०,०००
मसलन्द खर्च
चली आएको प्रथा
बिदेशी रक्सि नेपाल ल्याउन लाई ६०*५०० =३००००
सुजाता को लिमो को एक्ष्त्र खर्च = ४००*७ =२८००
कुल लागत खर्च
$१९५०००
भ्रस्टाचार ३ गुना त रेट नै हो ५८५०००
सरकारी धिकुती नास ७८००००
त्यति पैसा भनेको नेपाली रकम ५ करोड ८५ लाख हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
131
2
… अनि सरकारको एक पैसा पनि खर्च भा’ छैन भन्ने वाणीमा ‘मेरो संसार’का केही प्रतिक्रियाकारहरू दंग !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
9
आदरणित मित्र पुष्प जी,
जय नेपाल ! ! !
अनाबश्यक रुप मा १ पैसा मात्र दुरुपायोग भयछ भने पनि त्यस्लाई भ्रस्टाचार मानु पर्ने हुन्छ त्यसैले यो कार्य अनाबश्यक मात्र होइन गर्नै नहुने काम हो। हुन त नेपाल सरकार को तर्फ बाट ३ जना सहभागी लाई मात्र खर्च गर्ने भनेको हो तर खर्च को श्रोत के हो देखाइयको छैन। अर्को कुरा यो सम्मेलन मा नेपाली प्रतिनिधि ले ३ मिनेट मात्र बोल्न पाउने समय पायको छ र उनी हरुको काम भनेको March Pass मा संसार को ध्यान आक्रिस्ट गर्नु मुख्य उद्देश्य हो। यस् टोली मा मन्त्री हरु मात्र होइन हिमाल आरोही हरु पनि थुप्रै गयका छन तर पनि मन्त्रिमण्डल नै लियर जानु कुनै पनि हालत मा सही छैन।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
11
yeti le pani kaha pugcha ra mitra, copenhagen is the 3rd most expensive city of world ani Radission Sas, Scandic jasto hotel ma base pachhi ta jhan kurai nagaru, sakchan vane Danish Government lai student vayera 46 percent tax tirnu parne system hatayuna sakun na….pahila aafno jambo toli lane system change garna sakun ani matra climate change ko kura garna suhayucha
मन परे हरियो, नपरे रातो
4
0
हो सन्त जी
जीवन जल नै किनेको भए नि ५८ लाख (प्रति गोटा रु १० को दरले) पुरिया आउने थिएछ /
मन परे हरियो, नपरे रातो
6
0
येस्ता कुरा हरु सुन्दा त कन्चट तातेर आउँ छ | ए गिद्द हरु कमसेकम गरिब नेपाली हरु को बारे त सोच|
मन परे हरियो, नपरे रातो
1
0
कम कुरो एक तिर कुम्लो बोकी थिमी तिर भनेको येही हो . राजनैतिक प्रतिबद्धता क लागि प्रधानमन्त्री अनि सम्बन्धित मन्त्रि र केहि निर्णय तहका प्रसासनिक र प्राबिधिक कर्मचारी गए राम्रो होला कि, गरिब र यस्ता अन्तरास्ट्रिय कार्यक्रममा सहभागिता बाहेक तेती ठुलो दखल नराख्ने देश बाट यस्तो जम्बो टोलि जानु लाजमर्दो कुरा हो.
प्रधानमन्त्री अनि मन्त्रि क निजी सचिब सल्लाहकार अनि सरकारी कर्मचारी हरु बेग्रेलती जादैमा नेपाली जनताले जलबायु परिबर्तनका कारण ले भोग्नु परेका अन्तरास्ट्रिय जगतमा देखिने भय पनि यौटा कुरा . भाषणमा मात्रै देश को गरिबी देख्ने अनि आफुले रमाइलो गर्न अनि घुम्न पाउने बेला मा छैन नेपाललाइ संसारकै धनि जस्तो देख्ने नेताहरुका आँखा कहिले बदलेला?
जनता प्रति अलिकति पनि जबाफदेही भए देशमा थाती रहेका घम्भिर अनि नगरी नहुने बिसयमा चिन्तित हुने गरे हामी सबैलाई राम्रो हुने थियो अनि हामी पनि मन फुलायारा हाम्रा नेता भन्न मन लग्थ्यो..अब होइन अर्को पाली के हुने हो येही बेला मौकामा चौका हानु भनि बिदेस घुम्ने भय त के भो र?
मन परे हरियो, नपरे रातो
8
4
हैन तपाईं हरु लाई किन यसरी खस् खस् परेको बुता ले भ्याऊँछ भने जे पनि गर्ने नि कसका बाऊ को के खाई दे को छ र ..?
देश को इज्जत शान राख्न जे गरे पनि किन आपत्ति तिम्रा बाऊ को होर यो देश यो देश त यस्तै जाली फटाहा हरुको हो सक्छोउ भने देश निकाला गर यिनी हरु लाई होइन भने जे गर्छन तिनका पार्टी मा लागेर ताली बजाउ /
जय नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
17
कोपन हेगन को सम्मलेन मा गय ठीकै छ तर यी कुकुर जस्तै ताछाड माछाड गर्ने ले बिदेश मा गयर त्यहाको बिकाश का कारण त्यहा को ब्याबस्थान को तरीका सिस्टम को सिको गर्न किन नासिकेको ?????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
प्रश्न: के खान जाने हो ८-८ जना मन्त्री?
उत्तर: जनता को रगत पसिना गरि कमाएर तिरेको कर स्वाहा गरि जलवायु परिवर्तन को बिषय मा नेपाल सरकार गम्बीर छ भनि स्वांग पर्न जान लागेको नि, तेती पनि था छैन?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
येस्तई हो भने इ नेता लाई मन्त्रि बाट खुस्केको भोलि पल्ट समाज बाट नै बहिस्कार गर्नु पर्छ र तेस्ता को पछि हिड्ने लाई पनि घृणा गर्नु पर्छ , आखिर मा ति को हुन् भन्ने हामीले चिनी सक्यो अब किन पछि लाग्ने
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
यस्तो पनि हुदो रहेछ भन्न मन लाग्यो मलाई त । किन भने यहि माई संसारमा प्रकासित “प्रधानमन्त्रीलाई खुला पत्र” भन्ने शिर्षक र “के खान जाने हो ८ – ८ जना मन्त्रि ” भन्ने कुराले लोकतन्त्र भनेको यस्तै हो भन्ने कि २०६२ / २०६३ को जन आन्दोलन अपुरो वा धोका हो ? भन्ने ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
तिमीहरु कोपनहेगन जाने भए जाओ, तर कहिले फर्केर न आऊ.
हामि हरु यो गीत गाउदै बस्छौ:
झरी परेको दिन आकाश हेरी रहे….तिमि आउने दिन भनि कति पर्खे.,,,,,,
पहाड को माझमा एक्कासी झस्कियो होला. सेतो हिमाल को काख मा एक्कासी भिउज्यो होला…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
4
नमच्चिने पिंगको सय झट्का भनेझै आठ आठ जना मन्त्रि को बिदेस भ्रमण.
दैनिक बिदेस भ्रमण भत्ता पनि यु एस डलर मा लिने अनि बस्दा चाही आफ्नै देसको दुताबास अथवा महाबाणिज्यदुताबास को कर्मचारीको निबासमा सितैमा भतुवा कुक्कुर जस्तो बस्ने. अनि गरिब नेपाली जनताले तिरेको कर को पैसा दोहोरो तरिकाले सक्ने. यो हो पर्दा पछाडिको सदियोउ देखि चल्दै आएको कटु सत्य.
गजब छ बा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
1
कालिकोट का जनताले जिबन जल, नून , अन्न नपाएर मारिरहेको अवस्था मा यी हरुवा नेताहरु कालिकोट का जनता को रगत पसिना बाट उठेको कर को पैसा मा रजाई गर्न जान लागेका हुन् / यी पापी नेताहरुलाई नरक मा तेल को कुवा मा राखेर फ्राई गरेर सेकुवा येमराज ले बनौनेचान/ नेपाली जनताले चुनाब बाट हरौदा पनि प्रधान मन्त्रि भए /
येमराज ले नर्क मा तेल मा फ्राई गर्न लै कुरेर बसेका छन् यी पापी नेता हरुलाई ////
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
4
हदै हुन् थाल्यो हुदा हुदा कहिले फिर्ने हो यिन बुद्धि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
देश को सब भन्दा ठुलो दल अनि प्रमुख प्रतिपछे दल ले नै सरकार भनेर मान्यता न दिएको सरकार के सरकार, मन्त्रि के मन्त्रि ,येस्ता बाट देश को लागि केहि हुन्छ कि भन्ने आसा खोइ के आसा…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
13
त्यो प्रतिपक्ष्य दल भन्ने पनि त्यस्तै हो / त्यसको कुरो नगरौ/ सबै उस्तै छन्/
मन परे हरियो, नपरे रातो
2
8
चान्स पाको बेला कसले छोड्छ र ? सत्तामा पुगे पछि तपाई हामी पनि त्यै हो, कसैलाई दोष दिन मिल्दैन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
35
हैन हे नेपालका यी मन्त्रिहरुलाइ के भाको हो कुन्नी !! सायद मासु भात खान होला नि !! के गर्नु कहिले मासु भातको आनुहार देखेको भए पो !!!
ल ल बधाई छ मन्त्रिहरुलाई आखिर छेरुन्जेल खाउँन ………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
2
सक्ने भए डाकाहरु ले देस लुटेर??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
1
चुनाब जितेको भएपो जनता को डर/ अर्को पटक भोट मग्न जानलाई ?
जनता ले हराएका ( धुलो चतायेका ) हरु ले के खान जान्चन ?
१. बिएर खान
२. घुम्न
३. फ्री मा पेलेन अनि बियेर खाने
४. जनता को कर को भत्ता खाने
५. चान्स मा डान्स गर्ने
6 . चुनाब हराउने जनतालाई लुप्पा खुवावन जाने / देखिस मलई चुनाब हराएर के भयोर भनेर देखाउने / माकुने, कुजता,
७.जनताको कर मा येश आराम , घ्मौ , खआयो ,
८. नेपाली जनता लाई कति चुस्चौ नेताहरु हो !!?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
107
4
खासमा यिनी मन्त्रीहरुको कुनै काम पनि छैन | न त यिनीहरुको नेपालमा नै काम थियो न त बिदेशमा नै हुनेछ | भत्ता पकाउनको लागि जना लागेका सम्पूर्ण जम्बो टिमलाइ मेरो पनि “Best of Luck”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
4
धिक्कार छ यी गाइजात्रे हरुलाई!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
5
नेपालका मन्त्रि हरु विदेश जना नापयाका थीय बल्ल चनाश पय कोपन्हेगन घुम्न
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
5
बालुवा गिट्टी ओसार्ने कार्य चुरेक्षेत्रमा मात्र होइन, अरु थुप्रै क्षेत्रबाट भइरहेको छ, त्यो पनि कौडीका भाउमा । यस्ता ‘कुलंगार’हरूले वातावरण ‘जोगाउने’ कुरा गर्ने ! ‘गज्जबै’ गरे !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
109
15
होइन के नेपर्नलाई यत्रा मात्री हरु को भिड अरु देशका कति जना जादा रहेछन ह भेडा बाख्रा झैँ फोकटमा घुम्न पाउने देशको ढुकुटी रित्याउन जाने त हो नि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
4
हामी नेपालीहरुलाई यस्तो घोचपेचवाला हेडलाइन लेख्नमा अब कसैले पनि सक्दैन। कुरो जायज छ। बिना उद्देश्य जम्बो मन्त्रीटोली बिदेश भ्रमण जाने प्रथा नेपालमा शुरु भएको छ। तर चितवन निकुन्जमा होटल खोलेको त ठिकै हो नि। गाँस बाँसको ब्यवस्था नभएको ठाउँमा को घुम्न जान्छ त? बरु त्यसबाट उठेको कर सदुपयोग गरेर बन संरक्षणतिर लगाउनुपर्छ। जनताको पसिनाले आर्जेको करलाई दुरुपयोग गर्नु महापाप हो।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
70
12
कामकाज एकातिर कुम्लोबोकी ठिमीतिर.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
113
16
नेपालमा बिरोधी हरुले कहिले नेपाल बन्द कहिले सन्सद बन्द कहिले के कहिले के खाली बन्द गरेर हैरान पारेर यसो बन्द नहुने ठाउँ खोज्दै काम गर्न गएका होलान । पैसा पनि आउने, घुम्न पनि पाइने, काम पनि हुने ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
13
काम के छ र यी कठपुतली को? निर्देशन ता राकेश सूद ले दिए हाल्छ र तेस्लाई कार्यान्वय गर्ने न हो येसको काम भनेको . माओबादी को अडान ले गर्दा समानुपातिक माँ परेर मंत्री भएका हरु ले अब कहिले चांस पाउने हुन र मंत्री बन्नफेरी? जनमत लिन नपर्ने र जनता को डर नभएका हरु लाइ येस्तई हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
24
मेरो कमेन्ट २० जना ले मन पराएन्छन् . सबै ले मन पराउछान भन्ने छैन तर मेरो नाम सुनेर निर्णय गर्ने महोदय हरु ले कृपया मेरो कमेन्ट मा के नराम्रो देख्नु भयो त्यो बताइदिए मलाइ पनि थाहा हुने थियो कहाँ कमजोरी भयो भनेर.
मन परे हरियो, नपरे रातो
1
5
कमसेकम नेपालको खुइलिएका हिमालका तस्बिर ,आकासिएको रासन पानीको मूल्य को बिल्ला मन्त्रि हरुको घाटीमा झुन्टायेर कोपनहेगनमा प्रवेस गरेकी गरेन ?या मुखमा पट्टित टालेर गयकात छैनन ?
मन परे हरियो, नपरे रातो
0
1
एक हातले लुटेको देख्न नसकेर बिरोध गर्न सिके अनी अब त्यहि हातहरुले लुट्ने ट्रेनिङ गरि गरि गरि गरि अरु हातहरुलाई पनि सिकाए। बल्ल त केही हातहरु देखिएका छन् हेर्दै जानुस् हामी साँढे २ करोड जनताहरुमा कुनै हात बाँकी हुने छैनन नलुट्ने। जो अगुवा उही बाटो हगुवा भए पछि के लाग्छ र?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
11
धेरै धेरै राम्रो,गुनिलो,नुनिलो,पोटिलो,पोषिलो,अमिलो चुक छार्केको जस्तो बिकाशको चरम चुली नाघेको हाम्रो देश नेपाल को छ्याकटे,काले,टाटे पांग्रे लुते लांग्रे नेता कर्मचारी त्यसका पुच्छरेहरु ले कोपन हेगनमा ग्लोबल वार्मिग सम्बन्धी भाग नलिए,यूरोप, अमेरिका,क्यानाडा, जापान,कोरिया,चीन,जस्ता अबिकषित देश ले भाग लिएर के नै गर्न सकिन्छ र,त्यसैले अति बिकषित देश नेपालका बैज्ञानिक मनोब्रितीका नेताहरूलाई धेरै धेरै लोप्पबाद,लाज नभएका भुस्यहा कुकुरहरू,
मन परे हरियो, नपरे रातो
6
0
के खान जानु नि ! गरीब नेपालीहरुको रगत र पसिना खान नि यो त सबैलाई थाहा भएकै कुरा हो नि कि कसो ?? अझ भ्रमण भत्ता पनि पाइने श्रीमति छोरा छोरीहरुलाई पनि लिएर जाने पो हो कि ?
राम बहादुर थापामगर
मलेसिया
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
3
अब भोलि फेरी भारत ले सरकार ढालिदेला, वा माओबादीले डामाडोल गर्देला, तेही भएर पाएको बेला अरुको पैसा ले मोज गरिहलम भन्ने सुर हो यी चोर हरु को ..
माओबादी ले धान लुट्दा पनि चुक्क नबोल्ने , भारती पुलिस नेपाल ड्रेस लगाएर घुम्दा विदेश भर्मन मा जाने .. एस्तो नाथे माधव कुमार को सरकार बाट केको आस ,
यी प्रचण्ड, माधव अनि गिरिजा बाहुन हुनु पनि सारा बाहुन जति को लागि अबिसाप हो, भारत को अनुमति बिना गर्न सक्ने केहि होइन, यी चोर हरु ले गर्दा सारा देश ले बाहुन ले देश बेच्यो भन्ने आरोप सुन्नु पर्ने हामी राजनीति संग गोरु बेचेको साइनो नभाको बाहुन हरु ले .. .. .
खत्तम !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
6
सबै जाने भएपछि गृहमन्त्रीलाई चाहिं किन छुट्टाएको? क्याबिनेट मन्त्रीहरु सबैजना गएमा पनि केहि फरक पर्दैन, एउटा रेकर्ड त बस्छ| बरु धमलालाई पनि लैजान नबिर्सौं है! वर्तमान सरकारका कीर्तिमानहरु :
१ हरुवाहरुको सरकार
२ २२ दलको गठबन्धन
३ सगरमाथाको फेदीमा बैठक
४ जलवायु सम्मेलनमा ८ मन्त्रीको सहभागिता
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
8
सर, ग्रीह मन्त्रि जता जोस्ट गा ठाममा त्यो धमिला पनि स्वोत गइ हाल्छ नि, पासपोर्ट त चैदैन अब कुरा गर्नु हुन्छ! त्यो पेतिकोटा टास्सेको छके! गृह मन्त्रीको कन्याउने कुराहो त्यो! अरुले चिन्ता गर्नु पर्दैन त्यो संगै हुन्छ !
मन परे हरियो, नपरे रातो
3
2
डेनमार्कमा नेपाली पत्रकारको लर्को
रेडियोकी कोमल सगरमाथाबाट
सााघु संवाददाता
काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी विश्व शिखर सम्मेलनमा भाग लिन दर्जनौं नेपाली पत्रकारहरू सरकारी, गैरसरकारी र निजी खर्चबाट समेत डेनमार्कको कोपेनहेगन जाने भएका छन्। पशुपतिको जात्रा सिध्राको व्यापार भनेझैं जलवायु परिवर्तनको शिखर सम्मेलनमा भाग लिने बहानामा युरोपका सेन्जेन स्टेटभित्र पर्ने करीव डेढ दर्जन मुुलुकको भ्रमण पनि गर्न पाइने भएकाले यसपाली नेपालबाट ठूलो सहभागिता हुने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको टोलीमा नेपालका प्रेस सल्लाहकार बिष्णु रिजाल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल समाचारपत्रका सम्पादक पुष्करलाल श्रेष्ठ, कान्तिपुरका सम्पादक सुधिर शर्मा र हिमालका सम्पादक किरण नेपाल समावेश हुनेछन्। त्यस्तै सम्पादक नजाने भएपछि केही पत्रकारहरूलाई चिट्ठा परेको छ। नागरिकका सम्पादक नारायण वाग्लेको ठाउँमा बलराम बानियाँ, राजधानीका युवराज घिमिरेको ठाउँमा प्रमोद टण्डन, अन्नपूर्ण पोष्टका जिवेन्द्र सिम्खडाको ठाउँमा पिताम्बर सिग्देल जान पाउने भएका छन् भने एकराज पाठक रासस, रामेश्वर शुक्ल नेपाल टेलिभिजनबाट जाने भएका छन्। उनीहरूको खर्च डीएफआइडीले व्यहोर्ने बताइएको छ।
मंसिर २९ गते जाने टोली पुस ५ मा फर्किनेेछ। उता राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत् कान्तिपुरका अब्दुल्लाह मिया, कान्तिपुर टिभीका अर्जुन खड्कालगायतका टोली जानेछ भनें वातावरण पत्रकार समूहबाट नागरिककै सुबोध गौतम परेका छन्। यद्यपि उनले केही निजी खर्च पनि जुटाउनुपर्नेछ। उता सगरमाथा टेलिभिजनको नामबाट रेडियो नेपालकी कोमल ओली कोपेनहेगन जान लागेको चर्चाले सगरमाथा टिभीमा खैलाबैला मच्चिएको छ। ओलीलाई सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङले बाहिर बाहिरैबाट मिलाएर पठाउन लागेको चर्चा पनि चलेको छ। तर सगरमाथाका महाप्रबन्धक कृष्ण केसीले भने यसबारेमा आफूलाई आधिकारिक रुपमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिए। प्रधानमन्त्रीको टोलीमा नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रदीप नेपाल, सभासद् शान्ता चौधरी र तमलोपाका रामेश्वर साहका साथै लोकगायक बमबहादुर कार्की पनि परेको बताइन्छ। प्रधानमन्त्रीका सल्लाहकार र दलका प्रतिनिधिहरू समेत थपिदा यो टोली अरु ठूलो हुने बताइएको छ। टोलीका १२ जना प्रधानमन्त्रीसँगै १९ डिसेम्बरमा फर्किए पनि अरु भने युरोप घुमेर फर्किनेछन्।
मन परे हरियो, नपरे रातो
10
4
पाको मौका मा नछोड भैरे नछोड,यहाँ कसलाई छर देश को चिन्ता,मै मात्र लाऊ मै मात्र खाऊ मै मात्र शहेर गरु,आफु र आफ्नो सन्तान बाहेक अरुलाई हेर्ने आँखा कसैको छैन याँहा, भगवान ले अझ यिनीहरुको भलो गरुन .
मन परे हरियो, नपरे रातो
10
3
काँशी जानु कुती को बाटो
मन परे हरियो, नपरे रातो
0
0
कागलाई बेल पाक्यो हर्ष न बिष्मद,यी भ्रष्ट,जाली, फटाहा, डांकाहरुलाई जसरी ज्ञानेंद्रलाइ दरवार बाट निकालियो त्यसरी नै अलिक फरक पाराले जुत्ताको माला र कालो मोसो दलेर कान्तिपुर,ललितपुर,भक्तपुर,कीर्तिपुर,शहर परिक्रम गरी सर्वसाधारण नागरिक सामू माफ़ी माग्न लगाएर भ्रष्टचार गरी कमाएको सारा संपत्ति राष्ट्रीय करण गरी भ्रष्ट राजनीती बाट निकालिनु पर्छ,अनि मात्र भावी पींडीका राजनितिक कर्मिहरुको र कर्मचारीहरुको घैटोंमा घाम लाग्ने छ,हिजो को अवस्थालाई मध्य नजर गर्दै मूल्यांकन गरेर कुन अवस्थाको ब्याक्तिहरू राजनितिक गरेर कुन अवास्थामा पुग्यो र कस्तो ब्यबस्था मिलाएर बसेको रहेछ त्यसको स्पष्ट मूल्यांकन हुनु जरुरी छ,र त्यस्ताका संपत्ति जफत गरेर पूर्ण रुपमा राष्ट्रीय करण गरिनु पर्दछ, सर्व साधारण नेपाली नागरिकहरुले देश बिदेश गएर खून पसीना बगाएर कमाएको सम्पति माथि आखा गाड़ने यी नर पशु हरुले देशको बिकास गर्ने थोत्रो र सस्तो नारा दिएर राजनीतिको नाममा नागरिकहरु बीच फाटनीति(फुटनीति) ल्याएर अकूत सम्पति कमाउने चोर डांकाहरुलाई जसरी ज्ञानेलाई सजाय दिएको थियो त्यसरी नै दिनु पर्छ, सारा नेपाली नागरिकहरुले क्षणिक लोभमा फसेर आँखा चिम्लेर यी भ्रष्ट चोरहरुलाई समर्थन गर्नु र ज्ञानेलाई समर्थन गर्नुमा कुनै फरक देखिंदैन!
मन परे हरियो, नपरे रातो
1
0