मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यहाँ पनि बैठक गरौँ न

    हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्ने भन्दै मन्त्रिपरिषद्को बैठक सगरमाथा आधार शिविरमा बस्यो। जलवायु परिवर्तनमा ध्यान तान्न आठ-आठ जना मन्त्रीहरु डेनमार्कको कोपनहेगन पुग्दैछन्। तर देश मै दीगो वातावरणीय नकारात्मक प्रभाव पर्ने गरी भारतीय कम्पनीले भारतमा बाटो बनाउन चुरे क्षेत्रका रोडागिट्टीलाई भारततर्फ निकासी गरिरहेकोमा भने कसैलाई मतलब छैन। उदयपुर, सप्तरी, सिन्धुलीका चुरेबाट ढुंगा, बालुवा, गिट्टी भारततर्फ निकास भइरहेका छन्। त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी लगेपछि पूरै सप्तरी जिल्लामा नकारात्मक वातावरणीय प्रभाव पर्ने अवस्था छ। गर्न त त्यो कम्पनीले क्रसर बनाएका ठाउँहरुमा पनि मन्त्रिपरिषद्को बैठक बस्नु पर्ने हो। तर सरकारलाई के मतलब हुन्छ र यस्तो कुरामा। त्यसैले पीस फर नेपाल नामको एउटा संस्थाले छायाँ मन्त्रिपरिषद्को बैठक गरिदियो त्यहाँ।

    तर यस्तो समाचार र यस्तो फोटो छापेर भारतीय बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरुको अर्डर क्यान्सिल हुने जोखिम मोल्न कुन पत्रिका तयार हुन्छ त ? हेर्दै गर्नुस् है।


    चुरेको फेदमा रहेको उदयपुरस्थित बेलसोत खोलाको ढुंगा, गिटी रित्याएपछि अहिले उदयपुर, सिन्धुली र सिरहाको सिमामा पर्ने कमला खोलाबाट भारतीयले ढुंगा,गिटी निकाल्न सुरु गरिरहेका छन्।


    बिएससी एण्ड सी जेभि नेपाल नामको भारतीय कम्पनीले यो सब काम गरिरहेको छ। सम्बन्धित अधिकारीहरुलाई पैसा खुवाएर उसले यो सब काम
    गर्न सफल भएको आरोप लगाइएको छ।

    अनियन्त्रित ढुंगा उत्खननले चुरेको नियमित प्रकृयालाई अवरुद्ध पारिएकोले वर्षायाममा यी नदीहरुले अर्कै बाटोबाट बग्न थाल्ने र तराईमा ब्यापक क्षति पुर्‍याउने निश्चित रहेको वातावरणविदहरुको कथन छ। चुरेक्षेत्रबाट ढुँगा निकाल्ने काम ब्यापक बनाइएकोले वर्षाको मौसममा यस क्षेत्रमा भूक्षय भई यहाँको बालुवा बगाएर नदीको सतह उच्च पर्ने र पूर्व पश्चिम राजमार्ग र यहाँका तीस प्रतिशत नदीको पुलमा समेत क्षति पुग्ने खतरा छ।

    No related posts.

    59 comments to यहाँ पनि बैठक गरौँ न

    • युबा सक्ति यसरि नै उ ठे त भैगो
      नेपाल पनि त कहा कम हुनेहो ?
      युबा तिमि यसरि नै बाहु तिम्रो चलाउ
      आकाश झैँ छ फराकिलो हाम्रो यो ठाउ

      जम्म भुमि माता यी हाम्री अति प्यारी
      पिएर धारा धुधका ऋणी छौ नि हामि
      लेखेरै छोड्छु अब नाम ति हिमाल माथि
      मलाइ चलाउने हुन् दुस्मन नै नजाती

      छन् चन्द्र र सुर्य नेत्र हाम्रा बल्ने सदैब
      म बोल्दिन, बोल्दछन नेत्र यी बुझ सार

      उन्नति त देशको हुन्न नि जैले सम्म
      हातमा दोही जमाएर पर्दछौ हामि दंङ्ग

      खुशी राखौ हामि यो मातृभूमिलाई पैले
      अनि खुशी हुन सक्दछौ हामि पनि क्रमैले
      ति भ्रस्ट अनि सत्तामोहमा फसेका नेताले
      हाम्रो यो मातृ भूमिलाई बिगार्नु बिगारे

      अब बल्नु पर्दछ हाम्रो चेतना यसै गरेर
      जसरि उठे ति हात यहा छाया बैठक गरेर
      क्रमस ति अब हात का ठेला मा हुन्छ मेला
      परिश्रम गरे के हुन्न र ? कहा हुन्छ झमेला ?

      हिमाल नै हो हाम्रो गौरब को ठुलो निकाश
      नेपाल नै हो हाम्रो आत्मीयताको मुख्य आश
      हसिला यी सन्तति हुन् यिनका एक खम्बा
      गुण को छ राष यसमा छैन केहि नि कम्ता

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Deshbhakta Kamal

      देशका युवाहरुले धुर्त राजनीतिक दलहरुको पछि लागेर एक-अर्कासंग भिड्नु र सर्वसाधारण नेपालीलाई ठग्नुको साटो यस्ता सामाजिक काममा लाग्नु निकै राम्रो काम हो. नेपाली युवाहरुको बुद्धि पलाओस, उनिहरु देश र जनताको रक्षा गर्ने काममा जुटुन, वातावरणको संरक्षणमा लागुन, मेरो आशा र कामना यही छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • mra

      पिस फोर नेपाल लै धेरै धन्येबाद छ | एस्तो कुरा सबै नेपाली ले बुझे त झन् कति राम्रो होला | खोइ यी खान को लागि बचेका नेता भनौदा ले बुझेको ? खोइ यी भारत को चाकडी गर्ने मेडिया भनौदा ले बुझेको ? खोइ यी जनता को लागि लडेको भनेर मार काट गर्ने अर्का ढिडोका काल हरुले बुझ्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • mra

        जय नेपाल अनि सलाम छ पिस फोर नेपाल लाई .

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • शिव, भोर्लेटार लम्जुंग

      माकुने सरकार लाई इनविजिबल रोल सिकाउने कोई सस्था भए तही पनि कही गर्न सक्थ्ये की !!!
      विजिबलमा त बिरोधी पार्टीले मुखी बंद गरी दिन्छ अनी दिमाखले कहाँ काम गरोस बेचारा……….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • T L

      आकाश भन्दा जुन राम्रो,जुन भन्दा तारा
      काडा भन्दा पात राम्रो,पात भन्दा फुल,
      फुल भन्दा झनै राम्री ……….गु. कान्छी
      हा. …………हा ………..हा.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • सुरज श्रेष्ठ

      नेपालको बालुवा, रोड, गिट्टी र अन्य खनिज पदार्थ नेपालको बाताबरणको विचार न गरि कौडीको मोलमा भारत निकासी धेरै दसक देखि भै रहेको छ । बाताबरणलाई सन्तुलन कायम गरि नेपाललाई नोक्सान न हुने गरि यसको निकासी गर्दा आर्थिक हिसाब ले नेपाल लाई फायदा नै हुन्छ । नदिको मध्य भागबाट बालुवा निकाल्ने, अडिग चट्टानीय ठाउंबाट भू-छय न हुने गरि रोड, गिट्टी र अन्य खनिज पदार्थ निकाल्ने । यसको दिर्घकालिन असरनहुने सुनियोजन गरि मात्र रोड, गिट्टी र अन्य खनिज पदार्थ निकाल्न दिने । यसका अतिरिक्त केहि गरी बाताबरण नोक्सान हुने सम्भावनाकोलागि त्यसको निराकरणकोलागि आर्थिक र सामाजिक जीम्मेवारि समेत उधोगले लिनु पर्ने छ ।

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Dhiraj

      Thank you for the good work, Sushil Koirala and the team.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • mohan

      aru ta त्येस्तै हो तर पत्र पत्रिका ले योखाबर नाबतायेरा नराम्रो gare

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • mohan

      नेता को ध्यान गएन vanda पनि पत्र पत्रिकाले त्यो कहाबर नछापेको देखेर पो चिन्ता वयोता अब चै यो देस संछई नै जोखिममा पर्ने वायो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Santosh

      धेरै राम्रो र सर्हानिय कार्य
      पिस फोर नेपाल लै हामि सबै को नैतिक समर्थन छ.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • arjun

      हे भगवान नेपाल लाइ त india ले त सार्है हेप्यू के गर्ने हो रास्ट्र बचाऊ अभियान नै छेड्नु पर्यो हामी युवा हरुले नत्र नेपाल पनि देस थियो र भन्ने दिन हाम्रा सन्ततिले भोग्ने छन्

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • manoj

      घर परिवार ब्यस्त छन् आफन्तकै पिटाई र कुटाइमा
      येस्तो बेला छिमेकिहरुत ब्यस्त हुनेनै भयोनी लुटईमा
      देशको नेताहरुलाई आफ्नो झिनो सोझ्यौनै फुर्शद छैन
      कसले भन्ने आँट गर्थ्ये भारतलाई यस्तो गर्नु भएन
      हाम्रो देशको नेताहरु गतिलो भाको भएपो त
      हर ठाउमा बिरोध गर्ने ycl के गर्दैछ त

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • P4R££N1T4~

      कोसिश राम्रै हो |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Vijay Paudel

      सर्बप्रथम माइसंसारलाई धेरै धेरै धन्यवाद, यो समाचार प्रकाशित गरेकोमा । अब माकुने को सरकार ले केही गर्छ भन्ने आशा नगर्दा हुन्छ किन भने सरकार ढल्छ भनेर करीमा बेगम लाई त कारबाही गर्न सकेन भने भारत सरकारको हित को लागि गरेका कार्य रोक्न एसको हिम्मत कहाँ हुन्छ होला र? भारत सरकारलाई चिढाउदा यसको आयु छोट्टिने भन्ने चिन्ता होला । न त माओवादी नत नेपाली कांग्रेस ले नै यो मुद्दा लाई उठाएका छन् । तर मुख्य कुरो मधेस र मधेस केन्द्रित हितको लागि राजनीति गर्ने दलहरुले पनि यसको बिरोध गरेका छैनन । हुन त उनीहरुलाई पनि भारत बाट प्रोत्साहित भन्ने खबर नआएको होइन । संक्षेप मा भन्दा यो युवा हरुको कार्य एकदम प्रशम्सनिय छ । हुतिहारा तथा पदलोलुप दलहरुको पछाडि झगडा र कुटपिट मा युवा शक्ति खेर फाल्नु भन्दा एस्तो रचनात्मक काम लगाउनु बेस होला । नत्र भने यी दलहरुले देशलाई नयाँ सिक्कीम मा परिणत गरिदिन बेर लाग्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • sanjaya

      जबसम्म जनताको भावना र देशप्रति बफादार नेतृत्व हुदैन तबसम्म कुनै न कुनै रुपमा देशमा भएका हाम्रा स्रोतहरुको यसैगरी सौदा गरिन्छ र स्थानीय रुपमानै स्रोतहरुको परिचालन र ब्यबस्थापन गर्नु पर्दछ होइन भने ति हाम्रा स्रोतहरु हामीले पाउने छैनौ उपभोग गर्न किनकि ति त भारतीयहरुले आफ्नो देश भित्राइसकेका हुन्छन आफ्नो देशतिर/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • raja pulami

      यी सब माओबादीको जनताले के के न राम्रो काम गरेछन भनोस भन्ने ९ तोंग्की हो आफुले पनि गर्न नसक्ने अरुले गरेको देखि नसक्ने धांधे स्वाभाव हो येही प्रबिती जनता भाको देश भएर होला देसमा कहिलेपनि सान्ती विकास नभएको

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • हौ जिल्ला बासी बाबुराम काइँला ले तिम्रो के खति गरे हो , रिस राग छोडेर काइँला को संगठन लाई पनि सहयोग गर है……
      आज जे देखियो मी संसार मा लाज हुनु पर्ने यो देशका नेता हरुलाई ……..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

      • Jillabashi Baburam

        ल काइल्दाई,
        त्यो पुल मुनि बगरको स्याठमा बसेका साथीहरुलाई तिर्खा लाग्यो,
        तपाइको संगठनले एक कितली च्या पकाएर लगिदिनुस त
        अनि वाह वाह भनौला नि त!

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • ARJUN THAPA

      नेताहरु लाइ देशको चन्ता छैन. नत्र रोक्न सक्थे . मात्र आफ्नो BHATTAKO LAGI KOPANHEGAN MA GACHAN.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • पुष्प

      विचरा केही टीभी च्यानलहरूले ज्यानको माया मारी-मारी दृश्यसहित समाचारहरू प्रकाशित गर्छन्। तर लाछी सरकारले हेर्ने/सुन्ने भए पो ! सबै जननेन्द्रीय भारतमै बन्धकी राखेका छन् । अब यस्ता दुष्कार्यहरूमा पनि ‘विद्रोह’ नभई धरै छैन जस्तो हुन लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • Mohan

      अब सबै नेपालीले अबज्ञा आन्दोलन गर्नुपर्छ देश
      नेता ले होइन जनता ले चलाउन पर्छ ! राम्रो कामको लागि
      बधाई छ !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • kabin

      जाग जाग युबा बर्गहरू अबत अतिनै भयो यी नेताहरूले कही गर्न भन्नु ता छेपारोले घर बनौछु भनेजस्तई हो..यिनिहरू त बल्ल बल्ल सत्तामा आएको बेला कसरी हुन्छन् देश बिदेश घुम्ने र मोज गर्ने मात्र हून | यो बेला भनेको हामी जस्तो युबा बर्गको पालो हो…किन जानुपर्यो त्यत्रो ८/८ जना मन्त्रिहरू..यदि नेपाल को प्रतिनिधित्व गर्ने हो भने १/२ जाना नै काफी छ..की कसो साथी हो….

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • bhojpure kiranti

      मित्र बन्दु हरुबाट राम्रो कामको थालनी भएकोमा शुभकामना.
      यसरी नै हामी नेपाली सच्चा देस भक्त युवा पुस्ताले यी नेता अनि मन्त्रि भनौदा हुडार.ब्वासाहरुलाई देशलाई अब लुछाचुडी गरेर खान दिन हुन्न. हामीले सक्ने आफ्नो आफ्नै किसिमले भए पनि यिनीहरुलाई खबरदारी, दबाब. दिनै रहनु पर्छ.
      जय युवा पुस्ता

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • आभाष ,कतार

      छाया नेपाल मन्त्रि परिषद क सबै साथीहरुलाई मेरो लाल सलाम छ

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • भारतीय खेताला मन्त्रि हरु बाट कैले देश को बारेमा चिन्ता होला र खै .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Mohan Lal Dangol

      यसरी सिधै भारतको बिरोध गर्यो भने त आफ्नो सत्ता गैहाल्छ, अनि कसै गरी नपाएको कूर्सी किन यस्ता वाहीयात कूराको पछि लगेर गलहत्तिनु पर्ने काम गर्छ यो माकुने सरकारले ? खोइ मधेसबादी दलहरु अघि सरेको यस्तो कुरामा अगाडी ? किन कसैले नेपाल बन्द गर्दैन यस्तो सम्बेदनशील कुरामा ? लौ न नागरिक समाज अगाडी बढेर देखैदिनुस न हाम्रा नेताहरुलाई, जसरी पहिले ज्ञानेन्द्र राजाको पालामा गर्नु भएको थियो तपाइहरुले . यसरी कोहि पनि अगाडी नसर्ने हो भने हो हामी नेपाली भनेर कहिलेसम्म भन्न पाउलाउ र ? यसरी सबै चिजमा अतिक्रमण गरेर भारतले साच्चिकै बिस्तारै सिक्किम नै बनाउन लागेको हो ? कतै राजा फाल्न सिधै सहयोग गर्नु, हाम्रा राजनेता भनाउदाहरुलाई उनीहरुको एकजना कर्मचारीको खटन पटन मा चल्ने सम्म बनाउनु, नेपालमा कुनै समस्या आउँदा एक से एक नेता हरु भारतनै धाउनु, कस्तो सरकार अनि कुन सरकार बनाउने साँचो ब्यबहारत उसैको हातमा हुनु, भारतलाई नेपाली राजनीतिको मक्का मदिना भनेर भन्नु, नेपालको प्रधान सेनापति यो वा त्यो नै हुनुपर्छ भनेर सिधै हाकाहाकी भन्नु साचिकै भारतले नेपाललाई २०१७ सम्ममा सिकिम्मिकरण गर्ने ग्रान्ड दिजाईन गर्दैछ भन्ने कुरा यथार्थ नै त होइन ?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Raman

      उहा हरुलाई राष्ट्रिय बाताबरण पुरस्कार ले सम्मान गर्नु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • Nand Ram Gahatraj-Bangladesh

      ल ल साथीहरु हो अभियान राम्रो छ हामी छौ तपाई साथमा . हेर्नुस साथि यो माकुने सरकारले बालुवा गिट्टी जस्ता बस्तु भारत निकाशी रोक्न बित्तिक्कै यो सरकार ढल्छ त्यसैले यो यसको क्षमता कुरा छैन तसर्थ सुरुवात स्थानीय समुदाय बाट नै शुरु गरौ ल. यो माकुने बिर्ता होइन यो हाम्रो सम्पति हो. यसकारण ले यसको सुरक्षा गर्ने जिम्मा पनि हाम्रो हो ……..

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • Raman

      यी भाइहरुलाइ पनि देवेन्द्र राज पाण्डे, सुन्दरमणि दिक्षित्, कृष्ण पहाडी, अनमिन, बान्की मून लाइ जस्तै माकुने सरकारले माओबादी भनिदिन्छ अब|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

      • nepathya

        एस्तो चाहिने काममा maobadiharu कहाँ अगाडी हुन्छा र / मान्छे काट्ने काम होर यो / यी युवाहरुले जे गर्दै छ सबै नेपाली जनताले समर्थन गर्नु पर्छा/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • बीर

      वातावरणमा पर्ने नकारात्मक प्रभाव बिरुद्ध ध्यानाकर्षण र चेतना जगाउन गरिएको राम्रो प्रयास | लक्ष प्राप्तिको लागि शुभकामना |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • Bjay

      जनताले तिरेको कर मा आठ-आठ जना मन्त्रीहरु ले डेनमार्कको कोपनहेगन मा हानीमुन मनाउनु भन्दा त ति युवा साथी हरुले ले छायाँ मन्त्रिपरिषद्को बैठक बसी भारतीय ले नेपाल मा गरेको भ्रटाचार र बातावरण बचाउन गरेको गफगाफ धेरै नै उचास्तरी छ |
      साथी हरुलाई सगरमाथाको उचाई को सलाम !!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • रबिन्द्र राज गिरी

      राज्यको उपस्थिति राज्यमा कतै छैन | नेताको खोल ओडेका गिद्दहरु देशको ढुकुटी लुछ्दैछन्, त्यसैमा लुछाचुंडी गर्दैछन | उनीहरुलाई देश र जनतासंग के को मतलब छ र | दिनदाहादै सार्बजनिक स्थानमा एक हुल ब्वाँसाहरुले एउटी नारीको इज्जत लुटे जस्तो नेपालको अबस्था अहिले लाग्छ मलाई | स्थानीय स्तरमा भए पनि हामीले केहि त गर्नु नै परयो | नत्र देशमा के भईरहेछ भन्ने पनि थाहा नहुने स्थिति छ | धन्यबाद छ तपाईंहरुलाई |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • Ananta

      सर्बप्रथम माई संसार लै धन्यबाद खबर दिएकोमा| तस्बिर मा देखिएका नौजबान हरु लाई सफलता को लागि शुभ कामना| जहाँ सम्म नेता हरु को कुरा छ, के काम यस्ता नेता हरु को? धोति हरु देखेर हाम्रा लिडर हरु काप्चन जस्तो लाग्छ| धोति लाई नाई, होइन भन्न त मुख नै फुट्दैन हो| येस्तै कुरो हो भने अब चाही पक्कै बेला आयो, २, ३ वोटा damn भारत फर्काई निर्माण गर्न अनि मात्र शक्ति को सन्तुलन हुन्छ| तर हाम्रा भुस्या नेता हरु ले एस्तो काम गर्ला त कम्ति मा भए पनि आफ्नो देश को सुरक्छा को लागि|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

    • Ashray

      good work
      सरकार ले पनि केहि चेत्ने हो कि? YCL का चोर हरु पनि नचाहिने कुरा मा त खुब लाग्छन, येस्ता कुरा मा लाग्नु नि !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 4

      • bijay

        त्यो त हामीले जानेकै हो नि यसरी नै सबैलाई ठिक पर्नु पर्छा ni

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

      • bijay

        ८ क्लास पास गरेका हरुलाई यो सब क थाहा छ र उनीहरुलाई घुम्न जान पाए भयो यस्त नेताको आशामा कहिले देश बन्ला नि खै……….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

      • पुष्प

        आश्रयजी,

        विरोध गर्यो भने गोली ठोक भन्ने, चुप लाग्यो भने हुतिहारा‌-चोर भन्ने । विचरा वाईसीएल, कति असञ्जस स्थितिमा छ अहिले ।

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 8

        • बीर

          अनि लुटेर हातखुट्टा भाच्यो भने के भन्ने नि ?

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

          • पुष्प

            त्यसबखत भन्नुस् न । तर बिनाआधारमा भन्नुभएन नि ।

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • pasang

        अहिले उनीहरु सुकुम्बासीको काममा लागेर फुर्साद नभको होला |

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Bhim Subedi

      हो हो वल गर हैसेमा होस्टे
      १ पानी सवै इण्डियाको ।
      २ विद्युत सवै इण्डियाको ।
      ३ सिमाना सवै इडियाको ।
      ४ साँसद, मन्त्री र नेताहरु सवै इण्डियाको ।
      ५ तराईमा वाँडेका २५ लाख नागरिकता सवै इण्डियाका ।
      ६ गर्दा गर्दा अव त तराईदेखि राजधानी जोड्ने वाटो इण्डियाको भएपछि राजधानीमा पनि तराईमा जस्तै गरेर नागरिकता वाडिने छ ।
      ७ माटो, ढुंगा, गिटि, वालुवा, जडीवुटी, वन पैदावार, इत्यादी सवै इण्डियाको भएपछि नेपालको के वाँकी रहयो त ?
      ८ त्यसैलेत नेताहरु पनि इण्डियन वनेपछि नेपाललाई इण्डियामा मिलाउन सजिलो होला ।
      ९ नेपाल र नेपालीको मायाँ गर्ने नेता अहिलेसम्म जन्मन नसकेकोमा नेपालकै दुर्भाग्य मान्नु पर्दछ ।
      कोही छ ? नेपालको मायाँ गर्ने नेता जन्माउन सक्ने खुवी भएको ? गतिला, जोसिला, र केही गर्ला जस्ता सवै विदेसिएका छन् केहीगर्न नसक्ने हुती खुवी नभएका मात्र नेपालमा वाँकी रहेका छन् । विदेशमा वसेर खुव नेपालको मायाँ गरेजस्तो स्वांग पार्ने नागरिकले कहिले नेपालको लागि गर्ने ? नेपालमा रहेकालाई न रोजगार छ न अवसर छ ? नेतालाई राष्ट्रिय ढुकुटी भए भयो जनतालाई के गर्ने ? यो सव नेपाली नेताको नीतिले गर्दा देश समाप्त हुने अवस्था आई सकेको छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 1

      • raj

        मात्र जोक ……. आहिलेत अमेरिका मा धरै हुतिहरहरु भएका छन् ,तपैले भनेजस्ता हुती खुवी नभएका नेपालमा वाँकी रहेका धरै लाइ डी भी परेर अमेरिका मा छन्, अमेरिका मा आए पछी को हुतिहारा …. हा हा हा हा ….

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Basanta Lamichhane

      पिस फर नेपाल लाइ धेरै धेरै धन्यवाद!!! तपाई हरु ले गर्नु भएको यो बैठक प्रसंसनिय छ , भारतीय हरु लाइ नेपाल को ढुंगा ,बालुवा र माटो त के उनीहरुलाई नेपाल को हावा मा भएको धुलो को कण पनि दिनु हुदैन , ऊखान छ नि ” अम्लो दिदा हातै निल्ने ” !! आर्को कुरा मलाई के लाग्छ भने यो बैठक ले मन्त्रि हरु लाई दरिलो झापड दिएको छ !!! कस्ता मन्त्रिहरु, मधेस को चुरे र समथल भूभाग आरुले बिगारेको र बगेको नदेख्ने तर हिमालको हीउ पग्लेको देख्ने ?

      धिकार छ माकुने सरकार !!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

    • I Second that…Bravo!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 11

    • Jillabashi Baburam

      Good Cause!
      काइलाहरुका जस्ता बिनासित्ति सम्मेलन हुने हाम्रो देशमा यस्ता राम्रो उद्धेश्यले
      प्रेरित प्रदर्शन हरुलाई धेरै स्वागत गर्नु पर्छ! सबैले यसमा हो मा हो मिलाउदै जानेहो भने सम्बन्धित घुसखोरी निकायले यो भूवातावरण माथि भएको वालात्कार रोक्न वाध्य हुनै पर्ने छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 0

      • shuva

        येस्मा मेरो पनि हो मा हो छ है / अब जे ठा, महिला, साहिला, काइँला, ठायिला ………. सबै संगठन छोडेर भू सम्रन्चन गर्न लाग्ने बेला भो.

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • Narayan Prasai

      स्थानीय स्तरको क्रियासिलता नै दिगो र प्रभावकारी बिकासको आधार हो\

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 0

    • humdali

      बन्धु हरु लाई मेरो पुरा समर्थन ल!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    • deepak basnet

      अहिलेको कठपुतली सरकार लाइ भित्रै सम्म दलखल पर्ने लेख लेक्नु भएछ रमाइलो लग्यो.काठमाडौँको बागमती नदीमा पनि मन्त्री परिषद्को बैठक राखनु पर्छ किनभने बागमतीको दुशिद गंदाले गर्दा काठमाडौँ बासि लाइ मात्र होइन बिश्वो भरिका परेटकहरु लाइ असर परेको छ.नेत्र लास्टमा तै हो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 8

      • Prem Aryal

        दिपक जी पिस फर नेपाल लाई धन्य बाद राम्रो कामहो सर्हाना गर्ने पर्छ तर जहा पनि राजनीतिक घुसाउनु राम्रो हैन सबैले आ-आफ्नो ठाउँ बाट दबाब दिनु पर्छ यो एउटा नागरिको कर्तब्य पनि हो

        कठपुतली सरकार भन्नु भन्दा पहिले येस्मा माओबादी पनि जिम्मेबार छैन र के उसले यो कुरा उठाएर सरकारलाई दबाब दिन सक्दैन, उठओउस पनि कसरि कहा गएर सुकुम्बासीलाई माचाउदै होला

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

    • raj

      कति राम्रो काम, तस्बिर मा सबै युवा, मलाई विश्वास छ हाम्रो जेनेरेसन ले केहि त पकै गर्छ | साथीहरु बधाई छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 7

      • raj

        अर्को कुरा यो तस्बिर मा नेपाल क सबै जात का युवा छन् … नियालेर हेर्नुस त, कति राम्रो एकता….. हाम्रो पुस्ता मा जात, लिंग, र धर्म को कुनै असर छैन भन्ने कुरा स्पस्ट देखाउछ, आती राम्रो काम|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 1

      • gyanu

        प्रयास राम्रो हो तर यो देखाउने दांत मात्र नहोस कुनै आइ.एन.जी .ओ को प्रायाजन मा रचिएको नाटक जस्तो

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • Bhabuk

      ल तपाइले नेताहरु साच्चिकै विश्वको ध्यानाकर्षण गराउन गएको भन्ने सोच्नु भएको छ र……. धत् उनीहरु त देश को पैसामा घुम्न र मोज गर्न पो गएको त…. नत्र त्यति धेरै जना जानै पर्दैन थ्यो नि…..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 1

    • Baru

      छाया नेपाल ले गरेको काम स्सहरनिया छ हरेक Nepali हरुले आफ्नु ठाउँ को सम्रचन मा
      सहयोग गर्नु पार्छ भारत का भक्त सुजाता र माकुने लाइ के हुदोहोला र होइन त
      Nepal मा देश भक्ति भाको नेता नै कहाँ छन् र देसु को माया हुनु पार्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 3

      • shuva

        यो साच्चै नै एकदम राम्रो बिषयमा तर्क उठेको छ/. एसको प्रसंसा गर्ने पर्छ/ हरेक नेपालीको जस्तै . मेरो मन पनि एकदम दुखेको थियो जब एती धेरै ट्रक ले नेपाल को ढुंगा, माटो, गिट्टी र बालुवा लिएर इंडिया तिर जादै थियो. येस्मा इस्थानिया प्रसासन र नेताहरु को कमाई खाने भाडो बनेको छ/ . एसको नियेंत्रणमा जनताहरु एकजुट हुने पर्छ / नेपालले आहिले ग्लोबल वार्मिंग भन्दा नेपालकै जोगरना गर्न सके राम्रो/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

      • J.B.Sherpa

        यो अत्यन्तै राम्रो कामको नमुनाहो , देशका युवा हरु विभिन्न पार्टी को पछि लागेर स्वार्थ को लागी मारामार गर्नु को साटो यस्तै काम हरु गरे !!!! तिनीहरुको छिट्टै चेत खुलोस !!!

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    eXTReMe Tracker