मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जिन्दगीको सम्झौतामा अभागी गीटार

    तिपाहाङ्ग फियाक

    विद्यालयमा अपहेलित
    आइन्सटाइनको कथा नसुनाऊ हामीलाई
    ती कथाले हाम्रा गीतहरु सृजना हुँदैनन्।
    न त गीटारको धुन नै समात्छन्।

    आइन्सटाइन जसले सबैले मानेका मान्यता
    “म मान्दिन” भन्ने आँट गर्‍र्यो।
    तिमीहरुले आफ्नो हिसाबले विरोध गर्‍यौ।
    तर ऊ सिरक ओढी सुति बसेन।

    ऊ तिम्रो मान्यता स्वीकार नगर्नुको कारण खोज्न थाल्यो।
    आखिर म के चाहिँ मान्छु त? भन्ने प्रश्न लिएर लागिरह्यो।
    उसको उत्तर अहिले तिमी हामी सामू छ।
    तर आइन्ष्टाइन छैनन्।
    तैपनि उनी सँधै छन् – हामी माझ।
    मेरो लागी यही हो E=mc2

    आखिर फगत शब्दको बिस्कुन न पर्‍यो। छरपष्ट छन् शब्दहरु। किनभने यी कतै आइन्स्टाइनको लागि त कतै आफ्नै लागि लेखिएका हुन्। केही केही मेरो साथीको लागि भने पूरै उसको ब्याण्डको लागि। उसको प्रतिभा पुरानो भएपनि ब्याण्ड नयाँ हो। खैर ठिकै छ, म सँगपनि शब्द परिमार्जन गर्ने यथेष्ट समय छ। ऊसले “जिङगल” तयार गरिरहँदा शब्दहरुलाई अन्तिम रुप दिउँला।

    ऊ मलाई मन पर्‍र्यो। नेपालीको लागी उसको उचाइ अपवाद हो। जोनी डिप मात खाने दाह्री। कपाल ड्रेडलक बनाएर पछाडि बाँधेको। ड्रेसअप नि ड्रेसअप – हैन हिजो आजकाहरु कहाँ सिक्छन् यति च्याट्ट मिलाएर लाऊन?

    मैले हेरिरहँदा ऊ आफैसँग बोल्दै पैसा तिरिरहेको थियो।

    “ल है सँधैभरि यसरी नै जाँड खाएर पिलीत्त हुन पाइयोस्। खर्च वर्चको दुख झेल्न नपरोस्। भगवानको आर्सीवाद मलाई लागोस्। ” – केटो रसिक पनि रहेछ।

    उसलाई हेरेको हेरेकै भएछु। खुब मनपर्‍यो। हरे! म केटा भएर केटै मनपराउने जात हो कि क्या हो? आफैलाई शंङ्का लाग्यो। आफ्नो परीक्षा गर्न छेवैको केटीको पछाडिको भाग हेरेको त्यो पनि मन पर्‍र्यो। यहाँ पनि एकहोरिएछु। केटीको प्रेमीले ‘नजर हटाउँछस् कि बङ्गारा झारदिम्’ हेराई हेर्‍यो। अनिमात्र आफू केटी मन पराउने जात नै हो भनी ढुक्क भइएको थियो।

    उमेरको हिसाबले ऊ मेरो भाई, भतिज, छिटो बिहे भएको भा शायद छोरा नै माने हुन्छ। तर हामी साथी हौ। हामी एक अर्काको साथ मनपराउँछौ। हाम्रो मन मिल्छ। भर्खर–भर्खर चीनी चाट्ने पाङ्दुरे शब्द प्रयोग एकअर्कालाई गर्न थालिएको छ। सामिप्यता बढ्दो छ। शायद भन्नेले ठिकै भनेको हो – उमेर एउटा संङ्ख्या मात्र हो। योदेखि बाहेकको जोड घटाऊ – बकवास्। उसको शब्दमा भन्नुपर्दा जीवन एक ब्याण्ड हो, सफलता ब्याण्डको लोकप्रियता। आज म उसको कोठामा छु। म यहाँ प्रायः टिल्ल भएको बेला सुत्नलाई आउँछु। माहोल रमाइलै जम्दै थियो। अकस्मात उसले ‘इमाजीन’ गाइरहेको जोन लेनन्लाई रोक्यो। भीरेको गीटार भुँइमा बिसायो। मलाई एकछिन ‘चुपलाग त!’ भन्ने ईशारा गरेर ढोकामा कान थाप्यो। अनि बन्द ढोका अलिकति उघार्‍र्यो। बाहिर चिहाउँदै मुखमा दुईहाते पञ्जाको लाउड स्पीकर बनाएर आफ्नो कुरा राख्यो।

    “तिपाहाङ्ग अघि आऊने बेलामा कहाँ आइपुगियो राम्रो हेर्नु पर्थ्यो नि। यो ‘सम्बाहाम्फे निवास’ आइपुगेको थाहा भा त छिरिन्थेन्। आजको बास अन्तै बसिन्थ्यो। ”

    अहिले ऊ सिरानीमा मूण्टो जोतेर मेट मिचीमिची हाँसीरहेको छ। म जिब्रो टोकेर उभिएको उभिएकै छु – मलाई यस्ले किन प्रयोग गरेको होला? उस्को बाउ लिम्बू भाषामा के के भन्दैछन्। जो न म बुझ्छु न ऊ बुझ्छ।

    “आज साथी छ हौ। मलाई भोलि ऊ गएपछि टकटकाऊ बरु। भकुर्नु छ भने त्यति बेलानै भकुर, म आफै आत्मसमर्पण गरुँला। साथीको अगाडि नकराऊ न। साथीभाइमाझ मेरो ईमान–जमान छ कि छैन?” — उसको ठाउँमा म भएको भए यसो भन्ने थिए। मलाई अहिलेको अवस्थामा आफ्नो कुरा राख्न धेरै वादविवाद खर्चनु पर्ने थियो। उसले ३ लाइनमा नै टुङ्ग्यायो। ऊ क्रिएटिभ छैन त?

    उसको सांगीतिक जीवनको कथा भर्खर सुरु हुँदैछ। धेरै गर्न सकिने उमेर उसको अगाडि छ। तर मसँग फगत विगत छ। जसलाई म दोहोर्‍याइ सच्याउन चाहेर पनि सक्दिन। समय भन्ने चीज जीवनमा यस्तै हुँदोरहेछ। खैर तर म मेरो विगतको केही अंश सुनाउन भने अवश्य सक्छु। के तपाईँ पढदै जान सक्नुहुन्छ?

    मेरो बाउ होचा कदका हुन्। तैपनि कुर्सी चढेर भित्ताका फोटाहरु अगूल्ठाले झोस्थे। म भने फेरि नयाँ फोटोहरु ल्याएर झन्– झन् माथि टाँस्ने गर्थेँ। त्यो जमानामा मनपर्ने विदेशी कलाकारको फोटो देख्दा मात्र पनि कन्सर्ट हेर्‍या भान हुन्थ्यो। गुगल र युट्युब त परै जावस्, सर्वसुलभ कलर टि.भी. को पनि पहुँच नभएकोले हामी बाँचेको विश्व र हाम्रा आदर्श कलाकार बाँचेको विश्वबीच कहिल्यै सम्पर्क हुन्थेन। आफ्नो देशको आदर्श कलाकार नगन्ने संस्कार त हाम्रो समयमा पनि व्यापक नै थियो। फोनेक्स पत्रिकाले जे भन्थ्यो त्यो नै सही। हाम्रा समयमा सुनिएका कतिपय कुराहरु कुनै स्मार्टले बुनेका तानाबाना मात्र थिएछ जस्तो लाग्छ। जस्तै : — स्लासले तासको पत्ता फिटिएजस्तै पल्टिएर प्लकिङ्ग खेल्छ रे; जिम्मी हेन्ड्रिक्सले बाइबलबाट गिटार बजाउने ट्रिक पाएको छ रे; कर्ड कोबिनको फ्यानहरुले रगतबाट लेखेको पत्रहरु एउटा फ्लाटभरी छ रे आदि–आदि। धेरै जस्तो त ननभेज नै हुने।

    “मकै त सँधै मकै नै हो। उमेरमा दाँतले चपाउने या उमेर बितेपछि गिजाले खेलाऊने? – फरक दाँत र गीजाको हो।”

    यो भनाई खूब प्रचारित थियो। समय मै मकै दाँतले चपाउने क्रममा चुरोट गाँजा हुदै अलि माथिसम्म पनि पुगिएकै हो। जडिँया–गजडिँया भइरहँदा पनि बब मार्ली प्रेरक बन्न आइपुग्थे। यसैमा बहकिएर मान्छे गोदियो। गोदाइ पनि खाइयो। नालीमा सुतियो। विशेषगरी भोटे कुकुरको चुप्पा (किस) पनि चाखियो। वाफ रे! त्यत्रो लामो बाटो उल्टी सुल्टी खेल्दै आइन्थ्यो।

    हाम्रो व्याण्डसँग केही सामान भएपनि पर्याप्त थिएन। जति थियो त्यो पनि पुरानो हुँदै गएको थियो। त्यही भएर पुरानो सामान बेची पैसा थपेर नयाँ सामान जोड्ने योजना अनुरुप पैसाको राम्रै प्रबन्ध गरियो। सिमाना पारी सामान सस्तोमा पाइने हुनाले साथीहरुलाई किन्न पठाइयो। अफसोच धुर्त व्याण्ड मेनेजर पैसा कुम्ल्याएर बेपत्ता भइदियो।

    टिफिनमा खाजा खाने पैसा जोगाएर गरेको बचत झ्वाम्म! – ठिकै छ, फेरि बचत गरुँला। तिहारमा रातभरि देऊशी खेली बटुलेको दक्षिणा झ्वाम्म! – ठिकै छ, अर्को तिहारसम्म देउसी खेल्न लाज लाग्दैन,फेरि खेलुँला। पसल–पसल ब्याण्डको लागि भीख मागेर जम्मा गरेको पैसा झ्वाम्म! – केही छैन। फेरि जाउँला। ठोकठाक पारेर भएपनि भीख झारुँला। आफ्नो चित्त आफैले बुझाए। तर रिस के मर्थ्यो खै। ब्याण्ड मेनेजरले धोका नदिएको भए यसबेला अभ्यास गर्दै होइन्थ्यो नि…! बेलुका राम्रोसँग कुरा बुझ्न सामान किन्न जाने मध्येको एक हाम्रो व्याण्डको ड्रमर भेटन गए। ऊ मातेर फिलिलि भएको थियो। मलाई देखेपछि उसले भन्यो,

    “ओइ तिपाहाङ्ग तँ तेरो क्याङ्गले म मेरो क्याङ्ग ल्याउँछु। यो टोलको आईमाईहरु पिट्नु पर्छ। ” …साला ….आत्मसम्मान नभएको मान्छे म सधै घृणा गर्छु। हुनतः त्यो समय उसलाई कहिले पो मन पराए र? उसको र मेरो जहिल्यै जुहारी चल्थ्यो। खासमा ऊ ड्रमसेट बजाउँथ्यो। तर बाठो भएर गिटारको लेक्चर छाड्नपनि आइपुग्थ्यो। जो मलाई पिटिक्कै मन पर्दैनथ्यो। अर्को कुरा ऊ हामी भन्दा हरेक कुरामा प्रतिभावान थियो। त्यहि भएर पनि ईर्ष्या गरिन्थ्यो। आफू जहिल्यै हार्नु पर्दा ऊ ……मेरो चाहिँ खोया हो?’ भन्दै चोइटिन्थ्यो।

    व्याण्ड मेनेजरले हाम्रो पैसा खर्चेर प्रेमीका भगाएको थियो। परिवार बाट भागेको हो या हामीबाट थाहा भएन्। ठ्याक्कै ९५ दिनमा घर फिर्‍यो – त्यो चाहिँ थाहा छ। त्यतिमात्र हैन। ऊ हराएको दिन शुक्रवार थियो। र ऊ आएको दिन बुधवार। यो पनि थाहा छ। पछि परिवारले उसको विवाह गरिदियो। म गइन्। एकचोटि सँगै बसेर खाने मौका मिल्यो। कुरै कुरामा ड्रमर साथीले पैसा कुम्ल्याएको कुरा निकाल्यो। म जिरो डिग्रीबाट तातिएर नब्बे डिग्रीमा पुगेको थिए। मैले बोल्ने मौका नै नपाई ड्रमरले “अन्त तिमी पनि सर्वहारा शामन्ती मात्र त रहेछौ नि! ” भनि कुराको विट मारिदियो। मार्क्सको काँचो अनुयायीले कुरा आफै निकालेर आफै अर्को तर्फ मोडिदियो। साला यो ड्रमर साँच्चै खोया नै हो। एकदम खोया। म भने घाँटिसम्म आएको कुरा निल्नु न ओकल्नु भइरहे। अरु गर्न त के नै सकिन्थ्यो र? काटे खून निस्कन्थ्यो। निचोरे गू आउँथ्यो। मजाले धोकेवाजलाई झपार्ने विचार थियो। त्यो पनि भएन्।

    त्यो समय म एकजना केटि साथीलाई मन पराउँथे। मेरो व्याण्डको छिनोफानो भएजस्तै ऊ सँगको कुरा छिनोफानो हुनु बाँकि थियो।
    “मैले एऊटा कुरा भन्नु छ।”सँगै हिडिरहँदा मैले भने।
    “भन न के हो?” उसले रोकिएर भनी।
    “पहिले प्रोमीस गर रिसाउँदिन भनेर…”
    ऊ असमन्जस्यमा परि। म मौन रहे।
    “ल भन के हो?”
    “पहिले भन रिसाउँदिन….”
    “लू म रिसाउँदिन” ऊसले मेरो कुरा काट्दै भनी।
    “अँ…मलाई त भन्न पनि आउँदैन कसरी भन्ने खै ….” – मैले आफ्नो देब्रे हत्केला देखाए जहाँ मैले …आइ लव यू’ लेखेको थिए।
    उनी आश्चर्यले स्तब्ध भई। आफू मनको भारी बिसाएर शब्द विहिन भइयो।
    “अँ यो प्रेमको मामला हो। म इमान्दार हुनैपर्छ। सरि तिमी ढिलो भयौ।”
    “मतलब तिम्रो ब्वाइ फेण्ड छ?”
    “त्यस्तै त्यस्तै भन्नुपर्‍यो। प्यार मे कभी कभी ऐसा भी होता हे, नरिसाऊ है।”
    “केहि छैन्। राम्रो सँग पढ्नु। बाटामा कहिले काहिँ भेटहँुदा चाहिँ बोल्नु।”

    त्यो दिन घरको पूजा कोठामा गइ पहिलो चोटि भगवानसँग एकहोरो वार्ता गरे। भगवानलाई भने – “मैले उसलाई प्रेम प्रस्ताव राखे। यदि तिमी सर्वव्यापी छौ भने देखी हाल्यौ। मैले ऊसलाई प्रेम गरे जस्तै उसले पनि मलाई प्रेम गर्ने बनाइ देऊ त म भन्दिन। तर मेरो ऊप्रतिको प्रेम तिमीलाई अवस्य सुम्पन्छु। अव तिमी यसलाई सम्हाल। मेरो सामू परिक्षा नजीकिएको छ। म यसलाई सम्हाल्छु। अवको वाँकि समयभरि पढूँला। तिमी मलाई पास गराईदेऊ। असाक्षर रक स्टार वन्नु छैन् मलाई।”
    कहिलेकाहिँ डायरी लेख्ने गर्थे। सोहि दिनको पुरानो डायरीको पाना यस्तो छ : —
    ……..व्याण्ड राम्ररी स्थापना नभई विघटित हुनपुग्यो। धेरै आँट गरि राखेको प्रेम प्रस्ताव ढिलो भयो। हिजोआज मेरो हरेक कुरा उल्टो भइरहेछ।
    स्टेजमा दुनिया अगाडि उसलाई अँगालो हालेर चुम्ने रहर अब कहिल्यै पुरा हुदैँन। उसको आँखामा प्रेम र अन्यको आँखामा जलन हेर्ने कत्रो रहर थियो। साँच्चै त्यो क्षँणमा आश्चर्य मिश्रित उसको तातो स्वासले कति मादकता थप्थ्यो होला। म आफैपनि पसिनाले भिजेको मात्र नभएर वाफिलो पनि त भएको हुन्थे। संसारलाई आफ्नो संगीतले नचाउँदै नेतृत्व गर्नुपर्ने म। यति चाडै निराश हुनु हुँदैन्। हत्तेरी!….म किन यो कुरा लेखिरहेको छु? हैन म त चीटको लागि पो केहि सार्दै थिए। (स्रोतः आफ्नै पुरानो डायरी)
    धेरै पछि सम्म पनि व्याण्ड स्थापना गरेर अघि बढ्ने सपना पालिरहियो। तर मैले यो सब गरिसक्नुपर्ने सम्भावनाको ट्रेन धेरै पहिला छुटिसकेछ। यसो नहुनुपर्थ्यो। तर भइदियो के गर्ने? यसरी मेरो व्याण्डको सपना त्यतिकै तुहियो।

    यता परिस्थिती र व्यवहारिक अड्चनबाट धेरै झाँटिएपछि फेरि बाउसँग घनिष्टता बढ्दै गयो। कुरै कुरामा एकदिन बाऊले भने ‘सरुमा म आफ्नो नाम तिपाहाङ्ग राख्न चाहन्थे। तर मलाई कसैले यो नामले बोलाएनन्। त्यसपछि मैले मेरो छोराको नाम तिपाहाङ्ग राखुला भनेर चित्त बुझाएथे। आखीर तैले पनि विदेशी नामै मन पराइस्। तिपाहाङ्ग नाम मेरो लागी मात्र नभएर तेरो लागीपनि नजुरेकै थिएछ।’ तिपाहाङ्ग वाट थाहा नै नपाई आफू विदेशी नाममा झरिएछ। मेरो वाऊले राखिदिएको नाम, जो मेरो लागी सदावहार ऊपहार हो। त्यो पनि लत्याएछु। मैले त हरेक कुरालाई मेटाउँदै लगेछु। कोठामा आएर विस्तारै गीटार सुम्सुम्याए। त्यहाँ लेखिएको आफ्नो विदेशी नाम विस्तारै विलीन हुँदै थियो। जसलाई मैले कुनै क्षण कति रहरले लखेको थिए। म खूव रोए। साला जीवनमा कहिल्यै त्यति धेरै रोइएको छैन्।

    मेरो ब्याण्डको कथा पढिदिनु भयो, धेरै–धेरै धन्यवाद। यो जीवनको कथाहरु त असीमित नै छन्। तर के गर्ने माइसंसारमा ठाउँ सिमीत छ। अब म बसेको परिवेशतिर लाँदैछु। साथ दिनुहोस् ल।

    आज खाना खाइयो कि खाइएन यादै भएन्। मैले त बिर्सेछु। अब कसलाई सोध्नु यो आधा रातमा? जे होस भोक लागेको छैन्।

    रातभर मेरो छेऊमा सुतेको घरधनी साथीबारे मनमा धेरै कुरा खेलिरहयो। कहिलेकाहिँ मनमनै वार्तालाप गर्न पनि रमाइलै हुन्छ। धेरैकुराहरु दिमागमा आए जस्तैः –
    “…साथी तिम्रो बाऊ घर बाहिर आफ्नो कुरा सधै तल पारिएर आउँछन्। उनी चाहन्छन् कमसेकम मेरो घरमा त मेरो कुरा माथि होस्। आखीर घर मूली पो हुँ त …… छोरी मान्छेलाई प्रशंसाको भोक लाग्छ। साथ–साथै आफ्नो कुरा सुनिदेओस भन्ने तिर्सना पनि लागिरहन्छ। भोक मरेर मात्र हुँदैन्। जीवनमा तिर्सनापनि मेटिनुपर्छ साथी। केटिको कुरा ध्यान दिएर सुनेको छैनौ भने खासमा तिमीले ऊसँग वार्तालाप गरेकै हुँदैनौ। आफ्नो कुरा उनीहरुलाई सुनाउन भन्दा उनीहरुको कुरा सुन्न धेरै रमाइलो हुने गर्छ। …ए हो र आमा’ भनि आमाको कुरा सुनिदिने मात्र गर न। घरको किचनबाट बेताला ड्रम सेटको साटो तिम्रो लागी लिड गिटार बज्न थाल्छ।……… यी सबै कुराहरु तिमीलाई सम्झाउने मेरो हैसियत नै कहाँ छ र? फेरि यो गर्न पनि म चाहन्न। आखीर सबैकुरा भन्नु नै पर्छ भन्ने पनि त छैन्। तिमीलाई नभनेपनि यी सब कुराहरु समय वित्नु अगावै महशुष दिलाउँछु। म चाहन्छु मलाई जस्तै तिमीलाई पनि कुनै दिन आफ्नो व्याण्डको कथा माइसंसारमा सुनाइरहनु नपरोस्। बरु तिम्रो हरेक पल पत्रीकामा हेडलाइन वनेर आइरहोस्। आखीर साथी हूँ तिम्रो। … ”

    धेरै कुरा मनमा खेलाउँदा खेलाउँदै निदाएछु। विहान होइन, दिउँसोको १ बज्दा आँखा उघि्रयो। छेऊको मुडा अझै लडिरहेकै छ। कोठाको हालत???? केटिहरुको आरोप सहि हो। केटाहरु साँच्चै फोहोरी नै हुन्छन्।

    नेपथ्य शान्तिको लागी शिक्षा अभियानमा देशको कुना काप्चा घुमीरहेको छ। ज्ञढठद्ध ब्म् को अनुसार मजवुरीले संसारको जुनै कुनामा पुगीएपनि हाम्रो मन त सधै नेपाली नै हुन्छ रे। कुनै समय जीसस् भन्दा लोकप्रिय मानिने बिटल्सको गीटार रोइरहेछ। तिमीले जे खोज्यो त्यो सबै कहाँ पाउँछौ र भन्दै मृतआत्मालाई पनि सहानुभुति दिइरहेछ – रोलिङ स्टोन। निरभानाले त संसार नै वेचिसकेको हो। घायल प्रेमीको लागि गीत नगाउने बोनजोभी सधै जीवनमा माया पाएकोमा कृतज्ञ भइरहेछ। बव मार्ली अधिकारको गीत ओठ चलाई गाउने तर दिमाग नचलाउनेे सुभचिन्तकबाट वाक्क छन्। शायद त्यहि भएर संसारको झमेला भिं्कझो मान्दै आइमाई नभए संसारको समस्यानै नहुने अव्यवहारिक गीत गाइरहेछन्। आफ्नो स्वप्न नगरीमा नआँटेका शुभचिन्तकहरु जंगलमा भएपनि अटाउन स्वागत गरिरहेछ – गन्स एण्ड रोजेज। ईगल्स् होटल क्यालीफोर्निया बास बस्न नपुगे दिलमा बास बसौला, भोकाएको बेला पनि हाम्रो पवित्र मायाले हामीलार्इृ जीवित राखिरहनेछ,भन्ने दृढ विश्वासले वाँचीरहेछ। मेटालिकाले चाहेको दिन कहिल्यै आएन तैपनि बाल केहि फरक पर्दैन रे उसलाई। सपना देखिरहने उमुक्क्त एरोस्मीथ चाहेको कुनै कुरा छुटाउनै चाहँदैन्। यता आइरन मेडेनलाई अँध्यारोसँग डर छ। क्यालीफोर्निकेशन शब्दकोशमा अर्थ नभए र के भो हामी वाँचेको विश्वमा अर्थ छ है भन्दै छ रेड हट चील्ली पेपर्श। ग्रीन डे टुटेको सपनासँगै कता जाउँ्क के गरुँको दोसाँधमा छ। यता लिङकिन पार्क म कहिको त हुँ तर मेरो चिच्याहट किन नसुनिएको होला भन्दै स्तब्ध भइरहेछ।…….

    कसैले धोका दिन्छ। स्थापना नभई व्याण्ड विघटन् हुन्छ। दुनियाँ छोड्नुस आफ्नै नजिककाले आफूलाई चिन्न छाड्छ। जिवनका हरेक ढोका बन्दहुन सक्छ। तैपनि गीतहरु सृजना भईरहन्छन्। एवम् रितले जीवन चल्छ। चलाई रहनुपर्छ है हजूर!

    [तपाईँ पनि आफ्नो कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने story@mysansar.com मा पठाउनुस्]

    No related posts.

    8 comments to जिन्दगीको सम्झौतामा अभागी गीटार

    • Deep

      क्या दामी हौ ब्रो… एकदम झकास लग्यो यो इस्तोरी हो कि हिस्तोरी त …… आ हौ तिपहंग ब्रो… फेरी फेरी पनि लेक्नु है त…..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna murari ghimire

      कता कता केहि केहि मेरा कथाहरु पनि लुकेका रहेछन जस्तो लाग्यो लेखन सैली राम्रो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna murari ghimire

      i like it somewhere it is telling my story as well!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्दिरा

      …ए हो र आमा’ भनि आमाको कुरा सुनिदिने मात्र गर न। घरको किचनबाट बेताला ड्रम सेटको साटो तिम्रो लागी लिड गिटार बज्न थाल्छ……

      राम्रो छ कथा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jimmy Timalsina

      A nice sotory,nice attempts,keep it up ,remind me of collage life ,somewhere same !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      A story with the reality……….. keep it up,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • anjuli

      दामी स्टोरी मन छोयो मेरो,रचनाले निरन्तरता पावोस,सुभकामना लेखकलाई ||||||||||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishal

      man appreciated!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    eXTReMe Tracker