मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अफगानिस्तानको कथाः द काइट रनर

    The Kite Runner खलेद होसेनीको परिवारले सेप्टेम्बर १९८० मा अमेरिकामा ‘Political Asylum’ को मान्यता पाएर क्यालिफोर्नियामा बस्न थाल्दा खलेद स्कुले ठिटा थिए। खलेद सन १९६५ मा अफगानिस्तानको काबुलमा जन्मिएका थिए। उनका बाबु अफगानी परराष्ट्रमन्त्रालय अन्तर्गतका कुटनीतिज्ञ थिए भने आमाले काबुलस्थित स्कुलमा फारसी र इतिहास पढाउँथिन्। कम्युनिष्ट शासन र तत्कालिन सोभियत युनियनको अफगानिस्तानमाथिको हमलापछि होसेनी परिवारले अफगानिस्तान छाडेको थियो। अफगानिस्तान सधैं युद्धले जर्जर बन्दै आएको इतिहास छ। युद्ध अहिलेसम्म टुङ्गिएको छैन। बरु ओबामाले ३० हजार थप सैनिक अफगानिस्तान पठाउने निर्णय गरेका छन्। अफगानिस्तानमा जन्मिएका तिनै खलेद होसेनीले केही वर्ष अगाडि अफगान युद्ध र कष्टप्रद अफगानी जीवनमा आधारित पहिलो उपन्यास ‘The Kite Runner’ लेखे। पुस्तकले रातारात डक्टर खलेद होसेनीलाई लेखक खलेद होसेनी बनायो। संसारभर चर्चा कमाएको उनको पुस्तक अहिलेसम्म ४२ वटा भाषामा अनुवाद भैसकेको छ। लेखेको पाँच वर्ष पछिसम्म पनि न्युयोर्क टाइम्सको बेस्टसेलर लिस्टमा परेको ‘The Kite Runner’ लाई हलिउड निर्देशक मार्क फोर्स्टरले पर्दामा ढाले। समीक्षकहरुले ‘द काइट रनर’ ले ओस्कार पुरस्कार पाउनुपर्ने तर्क राखेका थिए।


    मैले दुई महिनाअघि खलेद होसेनीको ‘द काइट रनर’ पढेको थिएँ। औपन्यासिक भावमा लेखिए पनि यो पुस्तकले अफगानिस्तानको वास्तविकता बोलेको छ। पुस्तक मुख्यतः एउटै महिलाको दूध चुसेर काबुलमा हुर्किएका दुई पात्र आमिर र ‘हसन’ मा केन्द्रित छ। एकजना आमिर र अर्को आमिरको घरमा काम गर्ने हजरा समुदायको अलीको छोरा ‘हसन’। यी दुई बीचको मित्रता र मित्रताबिचको धोका, इमान्दारीको चर्को मूल्य।

    उपन्यासले हामीलाई अफगानी राजतन्त्रका अन्तिम दिनदेखि आजको अवस्थासम्म पुर्‍याउँछ। आमिर र हसन उस्तै परिवेशमा हुर्किएका दुई बालक हुन्। आमिर समाजमा स्थापित धनी बाबुको छोरा हो भने हसन त्यही घरमा काम गर्ने अल्पसङ्ख्यक हजरा समुदायको छोरा।

    आमिरको रुपमा लेखकले आफूलाई उभ्याएका छन्। पुस्तक पढ्दा लेखकले आफ्नो जीवनी लेखेको भान हुन्छ तर यो जीवनीजस्तो उपन्यासले सारा अफगानिस्तानको कथा बोकेको छ। पुस्तक पढ्दा लाग्छ, तपाईं अफगानिस्तानमा हुनुहुन्छ र त्यही समुदायको एउटा पात्र हुनुहुन्छ। सोभियत युनियनको अफगानिस्तानमाथिको हस्तक्षेपपछि जब आमिरका बाबुछोरा अफगानिस्तानबाट पलायन भएर क्यालिफोर्नियामा बस्न थाल्छन् तब आमिरलाई लाग्छ उसले वपगतबाट मुक्ति पाएको छ। तर समयक्रममा उसलाई महशुस हुन्छ हसनसँगको विगतबाट आमिर भाग्न सक्दैन र एकदिन अफगानिस्तान फर्कन्छ जहाँ आमिरको जीवनले नसोचेको मोड लिन्छ।

    अनपेक्षित घटनाहरु झेल्नुपर्दाको वास्तविक चित्रण, तालिवान शासनको भयावह स्थितिको वर्णनले पुस्तकलाई पठनीय बनाएको छ। युद्धले देशलाई कसरी क्षत-विक्षत पार्छ र त्यसको असर आम नागरिकको दैनिक जीवनमा कतिसम्म पर्दोरहेछ भन्ने कुरालाई कथानक रुपमा ‘The Kite Runner ‘ मा लेखकले उतारेका छन्।

    फिक्सन मन नपराउनेहरुका लागि पनि अफगानिस्तानको वास्तविकता बुझ्न पुस्तक उपयोगी हुनसक्छ। अंग्रेजी मातृभाषा नभएको एउटा लेखकले सो भाषामा लेखेको पुस्तकले ब्यापक चर्चा पाउनु पनि लेखकीय सफलता होइन र ? सफल लेखक त्यो हो जसका शब्दहरुले पाठकहरुलाई बाँध्न सकोस् र पुस्तक नसकुञ्जेलसम्म कौतुहलता जगाइरहोस्। ‘The Kite Runner’ त्यस्तै एउटा पढ्नयोग्य पुस्तक हो। कथानक हुँदाहुँदै पनि पुस्तक वास्तविकताको धेरै नजिक छ । हामीहरु जसले अफगानिस्तानलाई एउटा युद्धग्रस्त भूमिको बारेमामात्र बुझेका छौं, उनीहरुलाई युद्धअघिको समृद्द अफगानी संस्कृति र सौन्दर्य अनि कसरी त्यो आजको दयनीय अफगानिस्तान बन्यो भन्ने देखाउँछ। यति हुँदाहुँदै पनि खलेद होसेनीले राम्रो अफगानिस्तानको लागि आशा देखाएका छन् पुस्तकमा।

    १९७० मा खलेद होसेनीका बाबु इरानस्थित अफगानी दुतावासमा कार्यरत थिए र पछि पेरिस सरुवा भए। होसेनी परिवार काबुल फर्किनुपुर्व नै अफगानिस्तानमा रक्तपातयुक्त ‘कु’ भएर शासनसत्ता परिवर्तन भैसकेको थियो। त्यो अवस्थामा होसेनीका बाबुले अमेरिकाका लागि गरेको ‘राजनीतिक शरणार्थी’ को निवेदन स्वीकृत भयो र उनीहरु पेरिसबाटै अमेरिका आए। खलेदले १९९३ मा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एम.डी गरे। चिकित्सकीय अभ्यास गर्ने क्रममै होसेनीले ‘द काइट रनर’ लेखे। आफ्नो पहिलो पुस्तकको सफलतापछि उनले अफगानिस्तानमै केन्द्रित अर्को उपन्यास ‘A Thousand Splendid Suns ‘ लेखे। उनको दोश्रो उपन्यासले ‘The Kite Runner’ ले जति चर्चा भने पाएन।

    खलेद होसेनी अहिले United Nations High Commissioner for Refugees (UNHCR) को Goodwill Envoy का रुपमा पनि काम गरिरहेका छन्। उनले स्थापना गरेको ‘ द खलेद होसेनी फाउण्डेशन’ (www.khaledhosseinifoundation.org) ले अफगानिस्तान र अफगानीहरुको जीवन सहज बनाउन लगातार काम गर्दै आएको छ। उनी बरोबर अफगानिस्तान पुगिरहन्छन् राहत कार्यक्रमहरु लिएर। लगातारको युद्धले गर्दा अफगानिस्तान खोक्रो बनेको छ। जीवन कल्पनै गर्न नसकिने असहज बनेको छ। थोकमा अफगानी जनताहरु मरिरहेका छन्। केटाकेटीहरु विद्यालयसम्म पुग्ने अवस्था छैन। अफगानी जनताहरुका लागि आज न्यूनतम आधारभूत आवश्यकताहरु असम्भवप्रायः देखिएका छन्। तालिवानहरुको प्रभाव अझै बाँकी छ। केटीहरुलाई विद्यालय पठाइयो भनेर केटीहरुको मुहारमा एसिड खन्याउँछन तालिवानहरुले। त्यस्तोमा एउटा अफगानी मूलको लेखकले अफगानिस्तानको वास्तविकता लेख्नु र अफगानिस्तानको भविष्यप्रति आशावादी बनाउनु राम्रो काम हो।

    साहित्य र कलाको सीमाना हुँदैन भन्छन्। त्यसैले होला अफगानी मूलको अमेरिकी लेखकले लेखेको एउटा कृतिको चर्चा अफगानिस्तान र अमेरिकाभन्दा बाहिर पनि भैरहेको छ। धमाधम अन्य भाषाहरुमा अनुवाद भैरहेको छ। नेपाली भाषामा अनुवाद भएमा नेपाली साहित्यानुरागीहरुले पनि यो राम्रो कृति पढ्न पाउने थिए।

    तपाईंले पढ्नुभएको छैन भने पढ्नुपर्ने सूचिमा खलेद होसेनीको ‘The Kite Runner’ लाई राख्नुहोस्।

    [माइसंसारमा हरेक हप्ता पठनीय एक पुस्तकको परिचय दिने जमर्को गरेका छौँ। तपाईँलाई पनि कुनै पुस्तकले मन छोएको छ भने र माइसंसारका पाठकहरुले पढ्नै पर्ने जस्तो लाग्छ भने छोटकरीमा पुस्तकबारे लेखिपठाउनुस् book@mysansar.com मा। हामी पुस्तकको समीक्षा गर्नेछैनौँ, पुस्तकबारे आफूलाई लागेको विचार मात्र पाठकहरुसमक्ष बाँड्नेछौँ]

    No related posts.

    20 comments to अफगानिस्तानको कथाः द काइट रनर

    • utsav

      daju namaskar
      अनि हजुर अहिले काठमाडौँ हुनुहुन्छ होइन र , हिजो निर्मल ले भन्दै थिया, अनि मैले हजुर लिए तेतिकै ;चट garda you r too much द्य्नामिक भानारा भनेको थियन , अहिले कहाँ बाट अफगानिस्तान को जीवन को बारेमा लेख्दैहुनुहुंचा ता , अनि फेरी कहिले उस , फेरी महाबिर संग मुस्तांग. सो वसन्त इ त्रुए.
      अनि दै मैले हजुर को कान्तिपुर तव को इन्तेर्विएव् दोव्न्लोअद् गर्छु भन्य्को भयन , उप्लोअद गर्न लै देतैल्स दिनुस hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem Regmi

      ok
      the writing by satellite sounds good the tragic story of Khaled Hussaini is sketched in the form of novel in literature however the book is weak to reflect the real tortures of Afgan people which they are facing since 1960s. The war of Afgan is worse than the war in Iraq and similarly the people are unfortunate. They have been victimizing from generations. This is 2nd generattion who have never seen peace and prosperity so it is very modelry work in war literature. But to some extend it seems in the fever of US hegemony and its worldwide political influence. Any way it is good book. And more than this the writing of the blogger satellite is better to inform the life of Afgani for many years. I wish satellite will make us known about many texts like Kite Runner.
      Khem Regmi
      Kalopool, ktm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Tanka, Herat, Afghanistan

      It has been less than a week I finished reading the Novel “A Thousand Splendid Suns”. It is about two main women characters, but gives a detailed account of the Afgnainstan’s political crisis, the war, the refugees and the status of women in Afghanistan. I found it worth reading.
      While reading the book I drew some parallels as given below between Nepal and Afghanistan.

      • Failure of the Government (Afghani/Pakistani) to deliver basic services in the remote tribal areas. Reaction came as support to insurgency/militancy. (Compare with Rukum, Rolpa)

      • Pakistan received a huge sum of aid, especially, from America for supporting its policy of ‘War on Terror’. But only a negligible part of it trickled down to the insurgency affected frontier region. The per capita public spending in the insurgency affected tribal areas was only about on third of the National average. Roads, Electricity, Watersupply and health services hardly exist in the region. The literacy rate is very low. (Compare with Karnali Anchal)

      • The govt. legal/administrative system is slow whereas the Sharia system advocated by the insurgents delivers quick verdicts.(Compare with Jana Adalat). Of Course I am not advocating for Jana Adalat.

      • Poverty, ignorance and the inaccessible mountain terrain provided an ideal ground for struggle. (Compare with Maoist Struggle).

      • The Pakistani Intelligence Service, the ISI, backed, supported and fuelled the insurgency for long and lost control over it to realize that it has been counterproductive to them. (The author is not sure of similar roles of Nepal’s neighbors).

      • USA’s close ties with Pakistan and hostility with Iran. (Compare with USA’s relationship with India and China). Pakistan and USA were directly involved but Iran could not afford to be left out from shaping the future of Afghanistan. (Compare China with Iran)

      • A culture of impunity

      I leave the it to the readers of My Sansar to judge.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Kawita

      Yes, a very nice novel, you don’t want to keep away from reading the book until it finishes, good story!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • फिल्म हेर्ने मौका पायको छ फिल्म राम्रो बनेको छ. किताब पनि पदनु पर्ला. आज यो फिल्म अनि पुस्तक को बारेमा लेखेको आर्टिकल पदन पाउदा खुसि लग्यो आर्टिकल लेखक जिउलाई धन्नेबाद. आज यो आर्टिकल पढेर मलाई पनि के हि कुरा भन्न मन लग्यो यहाँ बहु रस्टिया सेना तालिवान आतंग लाइ निर्मुल पार्न खातियाका छन् र तेस्मा पनि ओम्बामा ले अरु ३० हजार सेना पठाउने कुरा भयको छ तियो पनि यो देश को सान्ति को लागि हो यहा शान्तिको लागि धेरै पैसा खर्च भयको छ. अनि सान्ति पर्किर्यको लागि अम्रेरिकाको पनि ठुलो हात रहेको छ तर पनि यहाँ दिन्नौ जसो बम,गोलि को आवान अनि आत्म घाती बम बलास्ट गरि धेरै को जियान गयको छ. यहाँ शान्तिको महसुस हुदैन. यहाँ को मानिस हरु पनि दिनु जसो तर्सित हुन्छन. कहाँ कुन बेला के हुन्छा थाहा हुदैन. अन्तत म पनि यो देशको शान्तिको कामना गर्दछु.
      राज, अफगानिस्तान बाट

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • krishna

      धन्यबाद स्याटेलाइट जी, पुस्तक परिचय दिनुभएकोमा,

      भविष्यमा कुनै नेपालीले आफ्नो देशको चरित्र चित्रण गरेर यस्तै पुस्तक लेख्ने दिन कहिल्यै पनि नआयोस, देश द्वन्दतिरै धकेलिन थालेको यो दोसाधमा अहिलेलाई एती नै शुभेच्छा ब्यक्त गरौ !!!!!!!!!!!

      कृष्ण चालिसे

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Saz

      किताब एकदम राम्रो छ . तर फिल्म चै ठिकै छ .मलाई त कता कता नेपाल को भबिस्य हेरे जस्तो लग्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Arun

      सिनेमा रिदयस्पर्शी छ, पुस्तक अबस्य नै अझ राम्रो छ होला । सिनेमामा तलिबानको बन्दुक र त्राश को कहलीलाग्दो शासन र तेसभित्र बाछेका निरिह जनताहरुलाई देखेर भित्रै देखी मन अमिलो भयर आयो । त्यस्तो स्थिथी नेपालमा कहिलैपनी नअवोस ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0

    • जानकारीको लागी स्याटलाइटजी लाई धन्यवाद I पुस्तक पढ्ने मौका त मिलेको छैन I तर सिनेमा चाही राम्रो लागेको हो !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Saurav Sunar

      यो किताबको बिशेषता भनेको तत्कालिन अफगानिस्तान र आजको अफगानिस्तानको यथार्थ चित्रण हो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • raju

      राम्रो सिनेमा छ | गत वर्ष हेरेको थिए | बाहिर बसेर पनि देसको यादले कसरि सताउछ भन्ने कुरा छ |

      तेस्तै अर्को सिनेमा ‘Children of Heaven” पनि राम्रो छ | इरानियन सिनेमा हो तर साधारण कथा पनि कसरि प्रस्तुत राम्रो भयो भने राम्रो सिनेमा बन्छ भन्ने उधाहरण |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • bishnu thapa

      the book is translated into 47 languages not 42

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • bivek niraula

      मैले उनको अर्को पनि पुस्तक पढ्या थिए | अ थौसंद स्प्लेंदिद सन भन्ने ,त्यो पुस्तक पनि अति राम्रो छ|

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • Ram

      यो किताब महिले २ वर्ष पहिले पढेको थिए, किताब त पढ्न थालेपछि नसकिन्जेल हातबाट हटाउनमन लागेन. फिल्म चाही तेती राम्रो छैन. किताब चाही समय भए एकपटक सबैले पढ्नै पर्नेछ

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Prem Aryal

      किताब एकदमै समय सापेक्ष छ जस्तो लाग्यो जानकारीको लागि धन्यबाद स्याटेलाइट जी लाई. महिला पुरुषको बिचको विभेद कसरि हटाउन सकिन्छ कुराको राम्रो चित्रण को बारेमा जान्न तसलिमा नसरिन को ”बिग्रेकी केटि” जिन्दगि असफल देखि हार मान्ने हरुलाई Dale Carnegie को How To Win Friends & Influence People ले धेरै नै उर्जा दिन्छ व्यक्तिगत धारणा भन्नु पर्दा Dale Carnegie मेरो मन पर्ने writer पनि हो, आमा छोराको युद्ध जहा आमाले आफ्नो छोरालाई मुक्तिको लागि कसरि युद्ध को लागि प्रेरणा दिन्चिन र छोराले कसरि अन्तिम काल सम्म पनि आमाको सपना पुरा गर्छ भन्ने कुराको र उपन्यास पड्दा सम्म तपाइँ आफुलाई युद्ध भूमिमा नै भए जस्तो लाग्छ Maxim Gorky को Mother पड्नु अतिनै राम्रो छ, प्यार प्रेम नै सर्बे सर्बा र धनि गरिब केहि होइना एउटा गोठाले र राजकुमारी बिचको प्रेम गोठालेले राजकुमारीको जन्म दिन मा गाएको कबिता धेरै रोमान्चक छ Thomas Hardy को Far from the Madding Crowd धेरै इमोसनल हुनेकोलागी किताब सक्न अलि गार्है पर्ला . माथिका सबै किताब How To Win Friends & Influence र Far from the Madding Crowd थाहा छैन अरु नेपालीमा पनि पाइन्छ, बाकि सल्लाह दिन माथि का किताब का बारे मेरो सन्सार समिक्षक छदै छ,

      मलाई त बेनिजिर भुट्टोको ”पूर्वकि छोरि” पनि अति मन पर्छ चर्चामा आएको किताब हो त्यो पनि कुनै समय

      मलाई मन पर्ने सबैलाई मन नपर्न सक्छ त्यसको लागि आन्यथा नमान्नु हुन अरुरोद छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • SAJAN,CHINA

      यस्तै झक्कास अरु धेरै समाचार दिने गरौ ब्रो!
      ओबामाले नोबेल पुरस्कार पाउनु र यो किताब हिट् हुनु उस्तै कुरा हुन।ओबामा इन्डोनिसियामा नै बसेको भए उनि अहिले भन्दा बुद्दिमान हुन सक्थे होला तर यति प्रख्यात पक्कै हुने थिएनन्।यो किताब पनि लेखकले अफ्गानिस्तान मै बसेर लेखेका भए यति धेरै हिट हुन्नथ्यौ कि!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 8

    • keshav

      मैले पनि धेरै चर्चा सुनेर film हेरेको थिए, पुस्तक को बारेमा चाही थाहा भएन…. कसरी लेखिएको छ, कुन्नि? प्रस्तुति राम्रो छ, तर बास्तविक समस्या को काल्पनिक समाधान दिने यसको संदेश मलाई मन परेन. Obama लाई नोबेल शान्ति पुरष्कार दिए जस्तै लाग्यो !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 15

    • Ashish Silwal

      यो किताब पनि पढें , अनि फिल्म पनि हेरें . धेरै नै राम्रो छ.. फिल्म तेती धेरै राम्रो हुन नसकेपनि किताब चै एकदमै राम्रो मान्नु पर्छ .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 12

    • pradip

      Seen the movie, really touching.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

    • यो पुस्तकको अडियो बुक सुन्ने भए डाउनलोड गरौँ टोरेन्टबाट
      टोरेन्ट भनेको के हो थाहा छैन भने चाहिँ चुप लाएर बस्नुस्
      http://www.torrentz.com/4a19246f41de3b028ec264018821cdeea8cb8377

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 42

    eXTReMe Tracker