त्यसो त अहिलेसम्म कै नेपाल सुन्दरीहरुको काम विश्व सुन्दरी प्रतियोगिताहरुमा सहभागिता जनाउने मात्र रहिआएको छ। यसपालिकी मिस नेपाल जेनिशा मोक्तान पनि त्यो घेराबाट पार हुन सकिनन्। हिजो शनिबार दक्षिण अफ्रिकाको जोहानसवर्गमा भएको मिस वर्ल्ड प्रतियोगितामा सहभागी ११२ सुन्दरी मध्ये उनले त्यस्तो खास केही देखाउन सकिनन्।
उपाधि जितिन् जिब्राल्टरकी सुन्दरीले। जिब्राल्टर बेलायतको नियन्त्रणमा रहेको एउटा सानो क्षेत्र हो जसको जनसंख्या ३० हजारभन्दा पनि कम छ। बेलायतको भूभाग भए पनि सुन्दरी प्रतियोगितामा भने यसलाई अलग्गै प्रतिनिधित्वको व्यवस्था गरिएको थियो।
अन्ततः त्यहीँकी २२ वर्षीया सुन्दरी Kaiane Aldorino मिस वर्ल्ड घोषित भइन्।

मेक्सिकोकी Perla Beltran दोस्रो भइन् भने आयोजक राष्ट्र दक्षिण अफ्रिकाकी सुन्दरी Tatum Keshwar तेस्रो भइन्। मिस इन्डिया पूजा चोपडा भने टप १६ बाटै बाहिरिइन्। तर उनले उनको सामाजिक कामका लागि ब्युटी विद् दि पर्पोज उपाधि भने पाइन्।

पश्चिमी मिडियाले निकै पछ्याएकी बेलायती सुन्दरी, जसलाई कम्ब्याट बार्बीको संज्ञा पनि दिइएको थियो, क्याट्रिना हजले पनि उपाधि जित्न सकिनन्। उनी इराकमा तैनाथ सैनिक थिइन्। एक महिनाको विदा लिएर सुन्दरी प्रतियोगितामा सहभागी भएकी थिइन्।
नेपाली सुन्दरी चाहिँ कता गइन् भन्नुभएको ? उपाधि त जितिनन्, तर इभनिङ गाउन प्रतियोगितामा सहभागी हुँदै गरेको एउटा फोटो भने हामीले भेट्टाएका छौँ।

गरिबहरुको आधारभूत आवश्यकता पूरा गर्न नसकेको बेला एक करोड २० लाख अमेरिकी डलर खर्च गरेर सुन्दरी प्रतियोगिता आयोजना गरेको भन्दै दक्षिण अफ्रिकी मिडियाले जोहानेसवर्ग सहरको प्रशासनलाई आलोचना गरेका थिए। अर्को वर्षको मिस वर्ल्ड प्रतियोगिता भने भियतनाममा हुँदैछ।

Related posts:












Winning is not only the aim. Learning,Participating and representing a country is the most important thing. Its actually a win in a different way. Congratulation Jenisha and Good luck for the future.
मन परे हरियो, नपरे रातोः
2
1
जहिले घोत्लिन्छु मा यो विश्व सुन्दरी प्रतियोगिता भए कि त, किन नेपालले कहिले कुनै विधा मा सफलता हात पार्दैन? नेपाली हरु राम्री हुदैनन्? खै मैले त newroad, durbarmarg, thamel तिर हिन्दा कस्तो च्वाँक च्वाँक, प्वांट प्वांट तरुनी हरु देख्छु, तिनी हरु किन जादैनन् होला त्येस्तो प्रतियोगितामा, सोच्दा सोच्दा हरेश खान्छु बाबा म त
मन परे हरियो, नपरे रातोः
3
4
के नया कुरा भयो र ! पदक जित्ला भन्ने आशा कसैले गरेको थियो जस्तो लाग्दैन ……नेपाली सुन्दरीहरु भागलिन जाने र फर्कने मात्रै त हो/ धन्न आहिले सम्म तेतिई लुकेको कुरा सुन्नु परेको छैन /
मन परे हरियो, नपरे रातोः
0
4
कसरि खिसिक्क हसेकी, मुटु नै चुडाली मोरी ले|
मन परे हरियो, नपरे रातोः
4
1
मिस नेपाल भेएर पुगेन र जेनिशालाइ ???? किन मिस वोर्ल्ड हुनु पर्यो र
????
मन परे हरियो, नपरे रातोः
0
7
How cud such things happen??
No im not against beauty peagent or women’s right!
As our country is turning out in ashes and bloodshed, it will be wise if we first make our country, maintain gender equality and social stuatus!
These competition doesnt jus judge beauty, it judges overall aspects!!
So first, lets get aware of ourself and our society!
मन परे हरियो, नपरे रातोः
0
0
समाचारमा “त्यस्तो खास केही देखाउन सकिनन्” भन्ने कुराले मेरो ध्यान तान्यो । शायद यही घेराले गर्दा नेपाल ‘सुन्दरी’हरूले विश्व ‘सुन्दरी’को घेरा तोड्न असफल भएका हुन् ।
मन परे हरियो, नपरे रातोः
0
4
जेनिशाले कुनै ठुलो चमत्कार गर्ने सम्भावना थिएन/रित्तै घर फर्किन ठिकै भयो/
मन परे हरियो, नपरे रातोः
2
5
के हो उमेश बन्धु, ईभिनिङ गाउनमा रहेको जेनिशाको फोटो मिस वोर्ल्डको साइटबाट लिने अनी माइसन्सारको वाटरमार्क राख्ने ? कि आँफै गएको उतै फोटो खिच्न? हैन भने फोटो अरुको वेबसाईटबाट लिने अनी वाटरमार्क आफ्नो राख्ने? यो त सिधै चोरी भएन र?
मन परे हरियो, नपरे रातोः
4
1
Good try and best of luck next time for Nepal
मन परे हरियो, नपरे रातोः
4
1
हाम्री सुन्दरी ब्रा मा त अति नै राम्री देखिन्चन तर के भएछ कुन्नि हरेको मा/
हाइट पनि छ र ब्रा मा त अतिनै सुन्दरी लाग्यो हाम्री सुन्दरी लाइ/
धादली त भएन सथिहो ?
मन परे हरियो, नपरे रातोः
1
2
हे भगवान !यो सरिर देखाएर पैसा कमाउने बलि वुड ,हाली वुड ,सुन्दरी प्रतियोगिता के हो ??
हेरौ त् बिना सिप,बिना लगन त्याहा पैसा को खोलो बगेको छ ,राम्रो सरिर बनायो,खिस्स हास्यो ,चाक हल्लायो ,क्याट वाक गर्यो करोडु कमायो ,यो पैसा को दुरुपयोग हो |
खै नया अनुसन्धान ,खै बिस्व को भोकमरीलाई अन्त गर्ने चिन्तन ?मानिस हरु पागल हो कि मैले न बुझेको ?
द्रोण
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
25
तर माथिको फोटो हरु हेर्दा त बरु जेनिशा मोक्तान नै पो सुन्दरी देखिन्छिन त ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
7
बिश्व सुन्दरी हरु अनुहार राम्रै भयका कारण ले मात्रै त्यो स्थान पुने होइनन, तेसका लागि अरु पनि निक्कै गुण हरु र सामर्थ्य हुनु पर्ला, अब अगाडी देखि चियन तेस्ता कुरा हरुमा पनि बिसेस ध्यान दिनु पर्ला, जेनिसा को प्रयास क लागि धन्यबाद
मन परे हरियो, नपरे रातोः
14
2
जेनिसा त्यहा पुगेर रित्तै हात भयो भनेर चित्त दुखाउन पर्दैन / हार जीत त भैहाल्छ नि, जेनिसा, मेहेनतको लागि धन्यवाद छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
9
u are good and try next time la jenisa
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
18
जे होस जोहानासबर्गामा गरेर क्याटवाक गर्न पाईछन जेनिशाले
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
12
Still a long way to go
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
11
B Lingden Ji accordance to Bill Gates ”The Road is Ahead”
मन परे हरियो, नपरे रातोः
4
8
भाग लिन पाउनु ठुलो कुरा भयो अब
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
10
कति मात्र नेता र मन्त्रीले देश बिदेशमा खर्च गर्ने,कम से कम एक जना युवति जेनिशाले पनि बिदेश घुम्ने अबसर त पाइन ।त्यो भन्दा अरु के आस नै गर्न सकिन्थ्यो र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
12
ल मेरो बधाई छ जिब्रल्तार कि कैअने अल्दोरिनो मैयाँ लाई
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
11
“च्वांक” रैछे मोरी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
36
तेती chwak लागेन है मलाई त
मन परे हरियो, नपरे रातोः
2
3
not good comment
मन परे हरियो, नपरे रातोः
3
0
ल त बधाई छ जिब्राल्टर कि नानी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
14
प्रयास गरेकै थिइन अब जित नभए के भयो त सहभागी राम्रै थियो केहि छैन ठिक छ …..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
6