आदरणीय पाठकवृन्द, यसपटक म विवश छु आफ्नै बारेमा लेख्न। यसकारण कि लेख्ने जमर्कोलाई कुल्चने दुष्साहस भएको छ। जे हो घटना त्यही पेश गर्छु म यहाँ र चाहन्छु सद्भावपूर्ण ताली, गाली वा सल्लाह।
तर विनम्र आग्रह छ, प्रेसको घाँटी समात्न खोज्नेहरुलाई कृपया सकेसम्म बेलगाम नछोड्ने परिस्थितिको सिर्जना गर्न हरदम सहयोग गरिरहनुहोला है। स्थापनाकालदेखि हार्दिक र गहिरो प्रेम हुँदाहुँदै एक्कासी एभिन्युज टेलिभिजनबाट छुट्टिएर नेशनल टेलिभिजनको समाचार नेतृत्व सम्हालेपछि भोग्नुपरेको यो प्रहार र पीडा खासमा तपाईहरुलाई भन्दा पनि अलि राहत मिलेको महसुस हुन्छ।
यसैकारण कृपया प्रतिपक्ष स्तम्भको ह्याङ छोडेर वास्तविक रुपमा पत्रकारहरुको पीडाबोध गरिदिनुहोला।

दिनाङ्क : २०६६ मंसिर २६ शुक्रबार
स्थान : त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
गन्तव्य : अस्पताल निर्देशक केपी सिंहसँग भेटेर रिपोर्टिडको अनुमति लिने र राम्रा–नराम्रा पक्षको उद्घाटन।
नेशनल क्र्यु– संवाददाताहरू ईश्वर दाहाल, बद्री गौतम, निर्मल अधिकारी, महेन्द्र भट्टराई, क्यामेरा पर्सन सन्ध्या भण्डारी।
परिदृश्य : कार्यकक्षमा भेटिएनन् निर्देशक। सहयोगीहरूका साथ खोज्दै जाँदा नेशनल क्र्युको जम्काभेट प्रा. डा. प्रदीप वैद्यसँग।
खास क्र्यु बाहिरै थियो। अनुमति माग्ने प्रक्रियामा जाँदाजाँदै प्रदीप डा. साबले झिके ताण्डव नृत्य। सुरु गरे गालीगलौज। अरु कर्मचारी पछि लागे। सबै खनिए नेशनल क्र्युमाथि। धक्कामक्का निकै भयो। विचरा पत्रकार न परे कुट्न सक्दैन थिए कुटाइ खाए।
यसैबीच करिब ४–५ मिनेटकै दौरानमा प्रहरी टोली बोलाएछ प्रशासनले। इन्सपेक्टर गोविन्द पाठकको नेतृत्वमा प्रहरी टोली आयो र अन्धाधुन्द नेशनल क्र्युमाथि लाठी बर्साउँदै प्रहरी भ्यानमा कोच्यो।

एक कान दुई कान मैदान हुँदै गयो घटना। नेशनल टिभीको अफिसबाट अरू क्र्यु थपिए। केही घन्टा प्रहरी भ्यानमा कोचेर राख्यो अस्पताल प्रांगणमै। नेशनल क्र्यु ईश्वर दाहाल, महेन्द्र भट्टराई, बद्री गौतम, निर्मल अधिकारी, जनकराज सापकोटा, निमेष बञ्जाडे, सन्ध्या भण्डारी, शिव अधिकारी, मेहता अन्सारी, पशुपति बुढाथोकी, राधाकृष्ण धिताल अस्पताल प्रांगणमै थुनिए। सारा समाचार आफैं बने, नेशनल टिभीका सञ्चारकर्मी।
घटना बढ्दै गयो– नेपाल पत्रकार महासंघका महासचिव पोषण केसी र कोषाध्यक्ष रमेश विष्ट विवाद सुल्झाउँदै पत्रकार छुटाउन पुग्नुभयो। संयोगवश नेपाल चिकित्सक संघका अध्यक्ष केदारनरसिंह केसी पनि घटनास्थलमा वार्ताका लागि आउनुभयो।

हामी पूर्ण संवेदनशील र सकारात्मक थियौं– हाम्रा कारण अस्पतालको वातावरण नबिग्रियोस्। हामी सचेततापूर्वक साथीहरूलाई सान्त्वना दिँदै थियौं। टेलिभिजनका तर्फबाट म आफैं उपस्थित भएर प्रदीप डा. साबको सनकका कारण घटना घटेकाले उहाँले माफी मागे घटना सामसुम पार्ने सहमतिको प्रस्ताव राखें। प्रहरीको कुटाइ खाँदै भ्यानमा कोचिएका सहकर्मीहरूको असहमतिका बाबजुद अधिकतम लचकता अपनाउँदै थिएँ म। महासंघका महासचिव पोषण केसी र रमेशजीले राम्रो संयोजन गरिरहनुभएको थियो। पोषणजी र रमेशजीको आग्रहमा चिकित्सक संघका अध्यक्ष बद्रीनरसिंह केसीले पनि अस्पतालमै दोषी डा. प्रदीप वैद्यलाई बोलाउनुभयो। माफी मगाउने प्रयास गर्नुभयो। तर, उहाँ (प्रदीप डा. साब) त आउनुभएन।
घन्टौंपछि लिखित सहमतिको पत्रमा हस्ताक्षर गरे पत्रकार महासंघ, चिकित्सक संघ र अस्पतालले– मंसिर २८ गते डा. प्रदीपसहित वार्ता गरेर दोषीलाई कारबाही गर्ने भन्ने। हामीले मञ्जुरी जनायौं।
तर जब मंसिर २८ आइतबार हामी अस्पताल प्रशासनसँग वार्ताका लागि गयौं। तब अस्पतालको खराब नियत थाहा भयो। हामीसँग वार्ता नहुने, सकेको गर्नु भनेर अस्पतालले थर्कायो, धन्न कुटेन र कुटाएन। हामी जस्तालाई तस्तै गर्नु भन्दा वैकल्पिक बाटो खोज्ने तर सत्य उद्घाटनको प्रण दोहोर्याउँदै अफिस फर्कियौं।

२०६६ कात्तिक २५ देखि परीक्षण प्रसारणमा रहेको नेशनल टेलिभिजनले खोजी टिभी पत्रकारिताको जोखिमपूर्ण यात्रा थालेको छ, दैनिक प्रस्तुति ‘उद्घाटन’। नेशनल क्र्युले अस्पतालका राम्रा–नराम्रा सबै पक्षको उद्घाटन गर्न खोज्दा उल्टै लाठी, बुट, अपमान र चुनौती पो बेहोर्नुपरेको छ। प्रहरी लगाएर पिटाइएको छ पत्रकारलाई। वाह! कस्तो प्रेस स्वतन्त्रता त यो? जवाफ खोज्न अब हामी कहाँ जाने? नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना आयोग आदिमा त निवेदन गरेकै छौं। तर अस्पतालको पञ्चायती मानसिकता र प्रहरीको दमनशैलीबीच सञ्चारकर्मीले काम कसरी गर्ने त? सुझाव अपेक्षित छ। खासमा माइसंसारका तमाम पाठकवृन्द कता कता डर पनि लागिरहेको छ– यो कस्तो जुग आयो जहाँ सूचना लुकाइन्छ, प्रहरी प्रशासनको दमनमा पत्रकारलाई कुटेर उल्टै जे गर्छस् गर भनिन्छ।

No related posts.









पत्रकार जिउ समाचार त लेख्नु भयो तर सत्य ल्ख्नु हुन्छ भनेर कसरी ताहा पौने जब तपैले नै नपाल मेडिकल काउन्सिल को अदाक्च्या को नाम गलत लेख्नु भएको छ.पहिला नाम त ठिक लेख्नुस अनि बल्ल समाचार तिर ध्यान दिनु होला.
मन परे हरियो, नपरे रातो
2
1
यो त मनपरी हो नि नेपाल मा के के हो हो नेपालको हालत यस्तै छ के गर्ने बर्बत छ नेपाल
मन परे हरियो, नपरे रातो
0
0
खड्काजीलाइ एउटा प्रश्न … पत्रकारले कलम को गलत प्रयोग गरेजस्तै डाक्टरले आफ्नो scalpel को गलत प्रयोग गरे के होला?
मन परे हरियो, नपरे रातो
3
0
यो हिजो को विदेओ हेर्दा मा त पुरै पत्रकार बन्दु को सनक देक्चु, आज केहि एउटा पोलिचे लै देखाउदै मा पुलिश ले कुतिओ भन्ने र येही हो पित पत्रकारिता भनेको.
येही सबै ले आफ्नो वर्ग ले जे गरे पनि ठिक अरु ले गरेको बेठिक देख्ने भर अहिले नेपाल को इस्थिती यो भाको हो. हुदा हुदा मेरो संसार मा पनि यो झुटो तरिका ले समाचार अको छ . हुन त उमेश जी बिचार पनि पत्रकार न पर्नु भो . अरु को लागि त आदर्श को कुरा गर्न सजिलो हुन्छ आफ्नै वर्ग लै पर्दा गारो हुन्छ भोलि पनि बाच्नु छ येही नेरी, उमेश जी लै मेरो सहनाभुती
मन परे हरियो, नपरे रातो
6
0
can a group of journalists do whatever he wishes/wants in the name of press freedom? k press freedom ko kunai limit chhaina ra? press freedom ko naam ma jaha pani pasera j pani garna paainchha ra? yestai kuraharu le garda brain drain lai promote gariraheko chha.
khadka jasto patrakaar lai kasle adhikar diyo ra kasai ko charitra hatyaa garna?
मन परे हरियो, नपरे रातो
6
0
Patrakar ji, hospital is not your Tundikhel…what ever i saw on Youtube is too much… you guys are too much.. its your fault not police.
मन परे हरियो, नपरे रातो
8
0
कुरा यहाँ स्पस्ट छैन | पत्रकार महोदय को खोज कार्यक्रमको लागि पहिला पत्रकार साथीहरुकै लेखा जोखा गरेर कार्यक्रम देखाए अनि बल्ल हामी जनताले सायद पत्रकारहरु लाइ विश्वास गर्न सकिन्थियो कि ! किनभने धेरै पत्रकार साथिहरु नै पहिला सच्चिनु जरुरत छ |
मन परे हरियो, नपरे रातो
5
0
किन हतार मा विडियो निकाल्नु भा को नि. हतार हतार मा. चोर को खुट्टा काट भनेको जस्तो भयो नि. नमस्ते.
मन परे हरियो, नपरे रातो
5
0
अस्पताल जस्तो सम्बेदनशील ठाउमा अझ त्येस माथि पनि Operation Theatre जस्तो ठाउँ मा कोहि पनि छिर्नु अघि गाउन नालागयेमा, Sterilized clothing, sandals and equipments बाहेक अन्य बस्तु र कपडा OT भित्र लगाएर अथवा लिएर गएमा बिरामीलाई Infection हुन सक्छ. अनुमति नलियिएर छिरेका पत्रकार हरुले गुन्डागर्दी गर्न ख्होजेपछी Dr. Pradeep को उनिहरुसंग झडप भएको थियो. पत्रकार हो भन्दैमा बिरामीको स्वास्थ्य संग त खेलबाड गर्ने अधिकार हुदैन .त्येस्ता पत्रकारहरुलाई हामी जनता ले निरुत्साहीत बनाउनु पर्छ. यदि बिकसीत मुलुक मा येस्तई घटना भएको भए बिरामीको परिवारले त्यो पत्रकार लाइ मुद्दा हालेर क्षतिपूर्ति लिन सक्छ. कागले कान लग्यो भन्दैमा कान नाछामेर कागको पछी दौडेका सबैलाई कसैको पनि व्यक्तिगत आक्षेप लगाउनु अघि सत्य तथ्य थाहा हुनु पर्छ, एक पक्षको कुरा अझ त्यो पनि मिडिया पक्ष्य जसले समाचार प्रक्षेपण गर्न सक्छ त्यो पक्ष को मात्र कुरा सुनेर मनपरी भन्नु हुदैन. नेशनल टेलिभिजन ले यो बिषयमा सो डाक्टर र अस्पताल संग क्षमा माग्नु पर्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
येस्ता घटना मा पत्रकार लाई निसाना बनैदै छ , अब पत्रकार पनि के हेरेर बस्ने जस्ता लाई तेसतई हान्नु पर्छा , नत्र कहिले सम्म सहेर बस्ने ? पत्रकार सुरक्ष्यआ फोर्स बनाउनु पर्ला जस्तो लाग्छा प्रत्येक media house ले !
मन परे हरियो, नपरे रातो
1
12
सुर्य खड्का …हामी ले धेरै कुरा बुझेउ…vedio क्लिप हेरिउ ….अब येसरी ढाट्नु वयेना हामी लै …होस्पितल जस्तो सम्बेदनशील क्षेत्र मा गएर पत्रकार ले नारा जुलुस गर्न पैंचा…पोलिस प्रसासन लै हात पात गर्न पैंचा …यहाँ त पत्रकार ले je गर्दा नि हुने रहेछ अनि जे लेक्दा नि हुने रहेछ ..तपाइले हामी लै गलत समाचार प्रबाह गर्नु वायो पहिला तपाइले हामी संग माफी माग्नु पर्चा.. अनि तपाइलाई तेस्तो अधिकार कसले दियो आम नागरिक समाज लै गलत सूचना प्रबाह गर्ने ? एउटा पत्रकार वयेरा तेही हो तपाइको moral obligation? kanun anusar tapai ahile jail ma hunu parne ho…अनि तपाइले एउटा sergion doctor को बारेमा येत्रो गलत कुरा सार्बजनिक गर्ने अधिकार कसले दियो? के थाहा छ तपाइलाई त्यो doctor को बारेमा? अनि कुन कानुन अनुसार एउटा doctor को character lai tapaile invasion garna khojnu vayeko? under civil law followed by tort law…followed by quasi intentional tort….followed by SLANDER – FALSE ORAL STATEMENTS THAT UNJUSTLY DAMAGES REPUTATION…. According to all these international medical law and ethics, you should be in jail with monetary fine $50000 ….. स्वतन्त्र पत्रकारिताको नाम मा गलत सूचना को प्रबाह नगर्नु होला..अनि तेसरी प्रोफेस्सोर जस्तो सम्मानित मान्छे को character invasion garne khale samachar prabaha pani nagarna huna anurodh gardachu.
Oakland University
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
सुर्य खड्का जी
तपाइको कुरा त ठिक हो
मौसम औसर छेपाराले जस्तो रंग फेर्ने तपाइको बनि पनि त कम छइन नि?
अरुलाई भन्न भन्दा आफैलाई सुधर्नुस बस खत्तम
मन परे हरियो, नपरे रातो
10
0
सरसर्ती यो लेख पड्दा मलाई अलि अलि कस्तो कस्तो लग्यो.. भन्ने सकिन कस्तो लग्यो भनेर..सम्पूर्ण लेख अलि पुर्बग्राही भाको जस्तो लग्यो.. नितान्त एकोहोरो पारा मा पत्रकार महोदय ले दोष माथि दोष, गालि माथि गालि गर्दै जानु भएको पाए, लेख्ने क्रम मै आफुलाई एकदम हीरो को रुप मा चित्रण गर्ने अनि जो बिपक्ष्य हो उसलाई चाही कुनै description नदिकन सिधै दोषारोपण गर्नु भयो.. खास कुरा के हो मलाई थाह भएन.. तर पत्रकार ले लेखेको जस्तो त हुदै भएन.. कान काटेर बाजी ठोक्छु .. के येही हो त निस्वार्थ, सत्य तथ्य पत्रकारिता? अस्पताल हरु मा अनियामताता, डाक्टर हरु को superiority complex, उचित सेवा को कमि , फोहोर , लापरबाही, त छ नै , देखेको बुझेको कुरा हो, पत्रकार साथी हरु को प्रयास पनि प्रशंशानिया नै छ .. तर त्येस्तो कुरा हरु लाइ लिएर पत्रकारिता भित्र नै अलि फोहोर राजनीति घुसेको जस्तो चाही मलाई अलि अलि लाग्छ है.. कलम अलि शक्तिशाली हतियार नै हो .. र शक्ति को दुरुपयोग जहाँ पनि हुन्छ.. शक्ति को किनबेच पनि हुन्छ.. र शक्ति माथि राजनीति पनि एकदम हुन्छ, मलाई एकदम दुखः लागेको छ.. mysansar.com जस्तो धेरै कम निस्पक्ष्य पत्रकारिता गर्ने ठाउ मा त्यो discrepancy हरु छिरेको मा.. सुर्य जी तपाईका शब्द हरु एकदम खोक्रो, एकपक्षीय, लाग्यो है मलाई त.. आशा छ यो कमेन्ट प्रकाशित हुन्छ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
मैले यो कुरा बुझ्न सकिन, के समाचार संकलन गर्न पत्रकारको जत्थानै जान्छन र भन्या| यहाँ त सूर्य जी को भनाइमा हुलनै पत्रकार गएको स्पस्ट हुन्छा| यसबाट यो पूर्ब नियोजित तर चुरो लुकाएको जस्तो लागो मलाई त|
मन परे हरियो, नपरे रातो
10
0
ऋषि धमला को हो -पत्रकार ,अनि पिउन को छोरा को नाम निक्लदा बन्द गर्ने को -डाक्टर अब हे नेपाली जनता हो कुरा बुज्नुस न हो किन कमेन्ट गर्नु हुन६अ ,सब चोर हो,कोहि छैन नेपाल लै माया गर्ने ,नेता ,पोलिसे ,आर्मी,आफ्नो सुरक्षा आफै गर्नुस ,सब पैसा मा पैसा पैसा पैसा पैसा पैसा मा बिकेका छन् ,मा कसम ,ठण्डा दिमाग ले सोच्नुस ,कमेन्ट गर्ने समय अरु कम मा लागौनुस हजुर ,बिन्ति,मनकामना मै ले हजुर हरु को कल्याण गरुन
मन परे हरियो, नपरे रातो
6
1
Professionalism is very important when you speak about Doctor AND journalist. I think because of some handful of people we can not generalize every doctor are bad and all the journalist are wrong. It seems to me these days we as a public are too much narrow minded, the way we comment things here are all full of hate and so much anger. but friends with in each person there is something good too and lets try to find good rather then bad. lets try to see a glass as a half filled rather then half empty. do you know how much effort you have to put to be a good physician? or countless night and effort put forth by a journalist to came up with a news which can shape the society? people please lets try to respect each other and cool down. I don’t know what kind of audience this blog have but i hope they can comment much better way then these.
मन परे हरियो, नपरे रातो
8
0
सत्यवचन … समर्थन ।
मन परे हरियो, नपरे रातो
0
2
ऋषि धमला जस्तो पत्रकार अनि हिमालयन पोस्ट अनि अन्नपुर्ण अनि कान्तिपुर जस्तो मेडिया,,,,गिरिजा ,माकुने, प्रचण्ड अनि अरु खाते पाते जस्ता नेता ,क्या अभागी है हामी नेपाली येस्ता को कुरा सुन्न ,हेर्न अनि देख्नु पर्ने,हे भगवान मलाई माथि बोलाऊ
मन परे हरियो, नपरे रातो
6
1
पत्रकार पनि कहाँ kam छन र नेपाल kaa
मन परे हरियो, नपरे रातो
4
0
सायेद आभाष जी त्यसै ले होला माओबादीहरु को dictionary मा प्रेस स्वचंद्रता भन्ने शब्द छैन होला, उनिहरु निकै डराउछ प्रेस संग ?
मन परे हरियो, नपरे रातो
2
2
“अस्पताल निर्देशक केपी सिंहसँग भेटेर रिपोर्टिडको अनुमति लिने र राम्रा–नराम्रा पक्षको उद्घाटन।”
के हो एस्तो , अनुमति लिएर भण्डाफोर गर्ने रे |
Teaching Hospital मा जे जति भण्डाफोर भएपनि त्यो बैद्यजी को घर हो , कसरि सहमति होलान आफ्नै घर फुटाउन | एदी सक्नु हुन्छ भने सहमति नलीइकन , भित्र को मान्छेलाई हातमा लिएर केहि समाचार बनाउनुस |कस्तो नकचरो तपाईहरु , जे पनि सिकाउनु पर्ने | यता मन्त्रीहरुले तेस्तै टेन्सन , तेता क्यामरा समाएका मान्छेहरुले तेस्तै टेन्सन| पुलिस आउनु भन्दा अगाडी खिचेको Video राख्नुस Mysansar मा | धेरै भो अपुरै अपुरो Blog, अलि चिन्तन गरेर काम गर्नुस !
मन परे हरियो, नपरे रातो
6
2
जति ठूलो पद र पदवी धारण गरेको मानिस भए पनि इतिहासको आरनमा खारिएर जनताको सेवक ठहरिएको छैन भने मानिसको पद र पदवीको आफैमा अपमान हुन्छ|डा.साहेवहरुले त्यसो गर्नु नै भएको हो भने त्यो केटाकेटी काम हो |होइन सूर्य भाइले अरु नै नियतले कुरा बनाएर लेखेको भए त्यो पनि पत्रकारिता होइन|श्रीषा कार्कीलाई आत्महत्या गर्न विवश तुल्याउनेहरू पनि पत्रकार भनाउदाहरु नै थिए भन्ने कुरा नेपाली जनताहरुलाई प्रष्ट थाहा छ|
मन परे हरियो, नपरे रातो
8
0
टीचिंगका dr पनि dr हुन् र सुइपेर को छोरा ले dr मा नाम निकाल्यो अनि dr को छोरा ले निकाल्न सकेन भनेर आन्दोलन गरेर आफ्नो छोरा padhauna lagauna badhya parne , k suiper ko chora le dr padna nai na hune? testa chor dr ta na bhaye kai jatti.
मन परे हरियो, नपरे रातो
2
0
साँच्चै है ! उक्त काण्डले ती डाक्टरहरू साब होइनन् साँप हुन् भन्ने कुरा प्रमाणित गर्छ ।
मन परे हरियो, नपरे रातो
2
4
यस्तो घटनामा कि डाक्टर बहुलाएको हुनुपर्छ कि आफ्नो गल्ती ढाक्छोप गर्न उसले त्यों कदम चालेको हुनुपर्छ पत्रकार हरु त पक्कै बहुलाउदैनन होला जे होस गल्ती गर्नेलाई त्यसै छोड़नुहुन्न |
मन परे हरियो, नपरे रातो
2
4
जनक सापकोटा पनि नेसनल टिभी छन् र
मन परे हरियो, नपरे रातो
0
0
सुर्य बाउ, यो कुरो ऋषि धमलालाइ सोधौंन एकपटक ल !
मन परे हरियो, नपरे रातो
2
0
ठिक्क पर्यो पत्रकार महोदय तिमि हरु निक्केव ठुला सम्झन्छु होइन ?
तिमि हरु अलिक बडी नै फुए देखाऊ छौ
ल ल अब त ऐना मा हेर्ने गरा मा को हु भनेर ?
जे वायो ठिक वयेना .
मन परे हरियो, नपरे रातो
7
0
सबै पत्रकार नराम्रा पनि हुदैन, त्यसैले राज्यको तेस्रो अङ्ग को पनि सम्मान गर्न जान्नु पर्छ निता !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Majority of Nepalese journalist are fraud. I dont know how can Mr. Surya Khadka be exceptional.
PRAKASH
मन परे हरियो, नपरे रातो
8
0
शुर्यजी तपाईहरुलाई किन नरोक्नु त? त्यहाँ हाम्रा देशमा महान राजनितिग्यहरुले महान सेवा स्वरूप नियुक्त गरेका स्वच्छ सेवाग्राही कर्मचारीहरुका कार्य शैली, लुटशैली, भ्रस्टशैली देखाइदिनु हुन्थ्यो अनि ति महान व्यक्तिहरुले आफ्नो तेस्तो प्रसंशाका कुराहरु देखाउन दिन्छन त? तपाईपनि यार बरु यसो माशिक भत्ता लियर चलेको भय भैहाल्थ्योनि, खुव राष्ट्रबादी बन्नु पर्ने , यो देशमा पनि कहिले राम्रो गरेर ईज्जत कमाईन्छ त ? जसरि भएपनि लुटेर दाम कमाए पो ठुलो होईन्छ, लौ हेर्नुस न हाम्रा राष्ट्र सेवक कर्मचारीहरुलाई, हाम्रा महान राष्ट्र सेवक नेताहरूलाई . तेसैले अबदेखि तपाईपनि मिल्नुस तेतैतिर यदि यो देशमा ईज्जत संग बाच्नु छ भने अनि भन्नुस जय भुडी!! जय भ्रस्ट महाप्रभुहरू !!!
मन परे हरियो, नपरे रातो
1
3
Doctor bhaye bhandai ma aafu mankhusi garne anijantalaai susuchit garne adhikaar payeko Sanchaar laai police lagyera daman garne yesta doctor haru lai Kadaa bhanda kada kaarbahai garnu paracha ra . aam mysansaar kaa paathaak haru ko hajur haru laai samarthan chha .
मन परे हरियो, नपरे रातो
1
3
पत्रकार माथि दमन गरि सत्य तथ्य समाचार बाहिर ल्याउन बाट बन्चित गरि लाठी प्रहार गर्ने प्रहरी र डाक्टरलाइ कारबाही होश भन्ने चाहन्छु/
महेश्वोर नेपाल
काभ्रे
हाल :- दोहा कतार
मन परे हरियो, नपरे रातो
0
5
होइन नया नेपालमा कति टि वी छन् हो,,,,,अनि कति पत्रकार ……कति सस्ता भय है यिनी हरु,,,,,,,देश अनुसार त अचाक्ली भो ,,,,हरेक पत्रिका .चंनेल मा तेही समाचार सधैं…..१० पल्ट दोहोरयारा ….मेरो विचार मा यिनी हरुको लेवेल छुट्याउनु पर्छ ,,जो जाही कलम र कपि लियो …पत्रकार भन्यो छिर्यो,,,,,..पत्रकारको लेवेल न त मतलब छ न त पत्रिका या टि बि चंनेल को नै ….
मन परे हरियो, नपरे रातो
3
0
these days maharajgunj is full with ghuskhoris….this year only the iom entrance papers for pg was in sale @ 10 lakhs per question…
मन परे हरियो, नपरे रातो
0
3
खास यो घटनामा पत्रकारहरुको तर्फबाट लचकता नअपनाई तिनीहरुको तर्फबाट लचकता हुनुपर्ने थियो तर गजबको कुरा त जे गर्न सक्छ गर भनिएछ । नेपालमा प्रेस स्वतन्त्रता नै छैन । टीका बिष्ट जस्तो पत्रकारलाई हमला गरिन्छ एउटा न्युज लेखेकै भरमा । तपाईहरु जस्तो पत्रकारहरु कुटिन्छ समाचार संकलन गरेकै भरमा । प्रहरीहरु अन्धा नै थिए कि क्या हो घटना राम्रो नबुझी लाठी चार्ज गरी थुन्ने प्रहरीहरु ५ कक्षा पास नगर्ने खालका होलान् तीनिहरुलाई पत्रकार के हो भन्ने पनि थाहा रहेनछ । धिक्कार छ । दोषीमाथी कडा कारवाही गरिनु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
2
पियनको छोराले एम बी बी एस मा नाम निकाल्दा हड्ताल गर्ने डाक्टरहरुको सामाजिक जिम्मेवारी र नैतिकतामा खडेरी परेको हामीले देखिसकेका
छौ| कंहा थिए त्यसबेला चिकित्सक संघ जब शिक्षण अस्पतालका डाक्टरहरुले
पेशालाई नै कलंकित पारेका थिए|
सुर्य खड्काजीलाइ पूर्ण समर्थन छ| Investigative journalism को आवश्यकता
हामीले महसुस गरिरहेका छौ|
माल अड्डामा दिनहु घुस लिरहेका छन् कर्मचारीहरुले| जग्गा नापी र हाल साबिक
भनेर पिडीत जनताको करोडौ लुटिरहेका छन्| लौ क्यामेरा राखेर वा के गरेर हुन्छ यसको पर्दाफास गर्नपर्यो| भन्सारका जागिरेहरु र उनीहरुका परिवारहरुमा पर बाटै
घुस को दुर्गन्ध आउंछ| कसरी हुन्छ घुसखोरी लाइ सामाजिक वहिष्कार गर्ने
वातावरण सिर्जना गरे कसो होला|
मन परे हरियो, नपरे रातो
0
1
घटना क्रम र एक तर्फी मात्रै कुरा सुन्दा डाक्टर को गल्ति देखिन्छ तर यहा तपाइँ जस्ता सब्द प्रयोग गर्नु र दुवै तिरको यथार्थ कुरा बाहिर नआउदा सम्म कसैलाई समर्थन या भत्सर्ना गर्ने स्थिति छैन,
सबैले आफ्नो पहुच बढाउनु र पब्लिसिटी कमाउनु खोज्नु राम्रो हो तर प्रक्रिया सहि हुनु पर्यो, हेरोउ एथार्थ कुरा बाहिर आउला अनि फेरी गरौला बहस
मन परे हरियो, नपरे रातो
5
0
ठिक्क भएछ!!!…हात मा कामेर भए पछि त आफु लै राजा अनि प्रचण्ड ठान्ने हरु लै एस्तो नभए के नै हुन्छ, पत्रकार भने पछि जे पनि गर्न पैएन्छ, स्वतन्त्रता भन्दै मा जे पनि गर्ने ?? अनुमति नालिगी जबर्जस्ति आस्पताल मा किन छिर्नु पर्ने हो, गुन्डा गर्दी गर्ने ?!
मन परे हरियो, नपरे रातो
6
0
यस पटक आफ्नो बारेमा,
यस अघि चाहिं माल्दाई….को बारेमा!
मन परे हरियो, नपरे रातो
3
0
डाक्टर ले बच्चा चोरे
details on page kantipur daily mangsir 29 page no 6 just below editorial
मन परे हरियो, नपरे रातो
0
0
एउटा टीभीको समाचार नेतृत्व सम्हाल्नुभएका पत्रकारले यसरी ‘मेरो संसार’मा ‘हारगुहार’ गर्नुले घटना संवेदनशील नै रहेको भान हुन्छ । तर यसका लागि पत्रकार महासंघलगायत अन्य थुप्रै संस्थाहरू छन्, उनीहरू लाग्नुपर्ने हो । जे होस् सूर्यजीको कथन सही हो भने दोषीहरूमाथि कारवाही हुनुपर्ने कुरामा दुइमत छैन । अनि नयाँ टीभीबारे जानकारी गराउनुभएकोमा धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
3
Rastra kaa sacha pahredar patrakar mathi yati tallo star ma utrera paashwik byawahar dr harulai turunt sarwajanik sthal maa mrityudand dinu parchha. Rastra lai harikangal banune ra barbad parne yi dr haru nai hoon.
मन परे हरियो, नपरे रातो
0
3
तपाईं हरु पत्रकार आफ्नु गुनासो पोख्नु भयो दुख पाउनु भयो थाहा भयो /
के डाक्टर प्रदीप ले चैं कहाँ उनको दुख पोख्ने सत्य तपाइको मात्र नहुन सक्छ /
गुमराह को खेती नेपाल मा प्रसस्त चल्छ मलाई किन किन पूर्ण विश्वास भएन तपाईं को गुनासो / कृपया यसलाई अन्यथा नलिनु होला पत्रकार को म हदै सम्म सम्मान गर्छु तर कलम छ तपाईं हरु लेख्नु हुन्छ त्यो कलम ले सत्य र तथ्य ओकलोस /
डाक्टर संग कलम छैन उनका पनि केहि गुनासा हरु होलान कसले लेखिदिने ?
मन परे हरियो, नपरे रातो
2
0
एकदम ठिक भएछ.पत्रकार भएपछी श्री३ जंगे भन्दा पनि शक्तिशाली हु भनि निरङ्कुश बन्न खोजे पछी तेस्तै हुन्छ बाबु सुर्य
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
9
अब नेपाल मा त कानुन छैन . कसरि न्याय पाउनु है , अब पत्रकार साथी ले चै गोर्खा जानु पर्ला जस्तो छ ,न्याय चाहिए गोर्खा जानु भंथिये बुढापाकाले..अब त पृथ्वी नारायण शाह नि रहेनन् , क गर्ने होला नि..अब तपाई पनि झिकी कटक गर्नुस..जाई कटक नगर्नु झिकी कटक गर्नु,,नाछोड्नुस तेस्ता को पर्दा फाश गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
2
नैसर्गिक अधिकार भित्र स्वतन्त्र बोल्न र व्यवहार गर्न पाउने अधिकार पर्छन ! तर आफ्नो वा पेसागत स्वतन्त्र व्यवहार निर्बाहा गर्दा कसैको नैसर्गिक स्वतन्त्र अधिकार पनि हनन हुन दिनु हुदैन!
Listen dude!
Your team want to wrong place at wrong time. Try to be professional. If you want somebody to respect your professional freedom try to learn to respect others professional freedom too.
Next time try to get exact appointment with exact person. Be punctual! Once you reached in the venue give a call to the person whom you want to interview/ film. Tell them you and your team are waiting outside. If possible ask him to send some one to escort your team to the place where you want to film or interview. Tell the hospital management to maintain a logbook. Register you and your team with your equipments. Learn about do’s and dont’s in filming the hospital area. Always try to get permission of the are you want to film. If it happen the Doctor or the person from the hospital inform you that he/she want to cancel the appointment, take it easy. Patients appointment is more important than yours. Try next day or time to get the appointment for film or interview.
If you maintain above these things and something nasty happen to you always be handy with emergency police number (like 100). And follow the proper procedure and place to settle the dispute lawfully.
Your time is precious, mine too… and I don’t need to say how precious is time for ethical medical professionals.
Our country is in the process to learn and develop to an ideal society, event like this might happen from any or many corners. Be careful and sensible watchdog. And share with everyone in right place and right time.
All the best to your professional media career.
Netizen, Krishna Ghoraisaine
Sindhupalchowk
मन परे हरियो, नपरे रातो
9
0
डा. प्रदीप बैद्य नीयतले खराब व्यक्ति हुन जस्तो लाग्दैन/ अस्पताल मा उपचार गराउन जाने सिलसिलामा समय अनुकुल नहुदा वहा ले आफ्नो क्वाटर मै भेट्न बोलाइ उपचार परामर्श दिनुभयको मेरो व्यक्तिगत अनुभब छ/ त्यसैले डा. प्रदीप बैद्य भन्दा पत्रकार मोहदय हरु को घटना लाई आफ्नो पक्ष्यमा पर्ने चाला जस्तो लाग्छ मलाई/ आगे तपाई को मर्जी !
प्रबिणद्व्स
संयुक्तराज्य
मन परे हरियो, नपरे रातो
5
0
The doctors of Teaching Hospital are wild ( Tiger) who are always drinking hot blood of the patients. Nepali citizens should punish Pradeep Baidhye……
मन परे हरियो, नपरे रातो
0
5
यो लेख पढ्दा यौटा कुरा प्रस्ट गर्न खोजेएको छैन भन्ने कुरा सहजै थाहा हुन्छ. त्यो हो घटना को बिस्तृत बिवरण. यसको पछाडी के कारण होला, बिरोध गर्ने मित्र हरु ले भन्नु होला. साथै अस्पताल मा भन्सार भन्दा बढी भ्रस्टाचार हुन्छ भन्ने बन्धु ले सो को बारेमा केहि थप बतैन्दिनु भए आभारी हुन्थिये. मैले यो अस्पताल लाई रामरी र सो डाक्टर साहब लै पनि केहि हद सम्म चिनेको हुनाले मलाई जान्न सारै उत्सुकता भयो.
मन परे हरियो, नपरे रातो
1
0
दुःख पाइस मंगले आपुनै ढंगले । पत्रकारहरुले अचेल समाचारका लागि सूचना लिँदा प्रहरी जस्तो केरकारको शैली अपनाउन थालेका छन् । अभियुक्तलाई प्लाष्टिकको पाइपले हिर्काउने प्रहरीको आलोच्य शैलीलाई पछ्याउने पत्रकारको बेहोराले सूचना दातालाई दिक्क बनाउनु अस्वभाविक हैन । सूचना लिनेको सम्मन गर्न नजाने पत्रकारले दुःख पाउँछ । यो कुरा पत्रकारहरुले बुझ्नु पर्छ । चिकित्सक जस्तोले दुव्यवहार नगर्नु पर्ने हो यसमा कसैको दुई मत छैन । तर पत्रकारहरु पनि अचाक्लि मात्तिएका छन् । बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रको प्रश्न गर्ने ठाडो शैली यहाँको दिमाग नभएका भुत्ते पत्रकारहरुले अपनाउँदा सूर्यको जस्तै बेहाल हुन्छ । सूर्य तिमी पनि सुध्र बाबु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
6
सुर्य जी,
क्यामेरा साथै थियो, भिडियो पनि खिचियो होला….!
ताण्डब हेरेर मख्ख परेर त बसिएन होला, कि पिठ्युँ फर्काएर हिडियो होला, कि त ताण्डबको प्रत्युत्तर दियियो होला !
तेस्को विवरण दिन वा भिडियो राख्न (खिचेको भए) किन कन्जुस्याई ?
पूर्ण तथ्य सहितको सुचना नदिई आर्तनादको भरमा सहयोग वा समर्थन माग्ने परिपाटीको अन्त्य पत्रकारहरु बाटै हुनु जरुरि छ, किनकि प्रकार नै सुचनाका सम्बाहक हुन….!
मन परे हरियो, नपरे रातो
4
0
होइन सबै जना को मानसिकता के भाको ? एदी कसैले नराम्रो काम गर्यो भन्दै मा, उसमा पंचायेती सासन किन झल्किन्छ ? शोर्गीये राजा बिरेन्द्र लाई त सारा नेपाली जनताले मन पराएकै हुन् | श्री पाँच महाराजधिराज ज्ञानेन्द्रले जे गरे, तेसैको आधार मा पंचायेती सासन भन्न त आली सुहाएन नि किनकि नेपाल मा उनि एक्लैले मात्र सासन गरेनन | राम्रो काम सबै आफ्नो, नराम्रो काम सबै पंचायती भनेर उमकना नाखोज्नुस, आहिले नेपाल मा लोकतन्त्र छ, त्यो भन्दा पहिले बहुदल, सबै दोष श्री पाँच लाई दिएर, नेता हरु सबै लाई सून पनि छर्कने प्रयेस चाही नगरिदिनु हुन लेखक महोदय लाई अनुरोध गर्न चाहन्छु | पत्रकारिता लाई सरल, सव्ये र राजनीति मुक्त राख्दै, देश बिकाश मा योगदान पूरौना सम्पूर्ण पत्रकारहरु लाई आग्रह गर्दछु | जय नेपाल, जय नेपाली, जय नरेश !!!
मन परे हरियो, नपरे रातो
3
0
कुन नरेश बिमलजी, माइला ?
मन परे हरियो, नपरे रातो
0
0
Patrakar ko billa jhundaudai ma je patyo tyahi jun samaya ma payo tyahi samayama Hospital bhitra jana paaidaina. Those people who work in hospital also deserve personal security. How many people have such Patrakari Billa, more than 10,000? Should every disgruntled journalist goes with his crews and distrub the peace and try to get what he think is right. No way. Journalists should not get free pass to every place as they wish. They must follow certain steps, so that they don’t distrub the peace and working environment. Most journalists in the world are copy cat of Paparazzi, and they just chase common people and professionals in the name of information, and end up making chunk of money from nothing by creating Hoax news which is never verifiable. Mr. Khadka’s article does not have transparency / not complete information. Why did you go to hospital? Did you go like a Bhusyaha Dog in the search of left over food or there was real information that you got through someone. If you are investigative journalist, then you should have gone there hiding the camera, not gone with crew as if a Dhawa / War. If I were head of the Hospital, I would gone to court filing case for distrubing the peace and obstructing public employees’ work. Mr. Khadka you are a cunning rotten journalist, nothing less, nothing more. Stop coooking stories. Period.
मन परे हरियो, नपरे रातो
6
0
यहा एउटा कुरा बुझ्न जरुरि के छ भने …………हो सबै नेपालका डाक्टरहरु ठिक हुदैनन् र सबै देशका पत्रकारहरुपनि साचो कुरा लेख्दैनन् ….
हो हाम्रा देशका पत्रकारहरु जनताका आखा हुन् र यिनीहरुमा कलमको सक्ति हुन्छ र यदी यिनीहरुले चाहे भने देशमा परिबर्तन ल्याउन सक्छन तर …… यदी पत्रकार इमान्दार ,सही कुरा लेखने, झुटो कुरा नलेखने र सधा देशको र देशका जनताको भलोको निम्ति काम गर्छ भने अबस्य पत्रकारहरु जनताको माझमा लोकप्रिय हुन्छन र देशले पनि प्रगति गर्छ .
तर ……हाम्रा देशका पत्रकारहरु कोहि परे नेपाली कांग्रेस का, कोहि परे मालेका , कोहि परे माओबादीका ,कोहि परे फोरमका त कोहि परे पंचायतका र कोहि परे बिकाउ ,कोहि परे भारती ..
केहि पत्रकारहरुको गलत काम र देश प्रति बफादार नहुदाले …………
आज देशमा अझै पत्रकार प्रति झट्ट हेर्दा जति जनताले विश्वास गर्न पर्ने हो र जनताको माझमा जति लोकप्रियता पाउनु पर्ने हो त्यो पाउन सकिरहेका छैनन् र पत्रकारिता जगतले जति जनताको मन जित्न सक्न पर्ने हो त्यती जित्न सकिरहेको छैनन् .
यदी पत्रकार जगतले झुट हो भने झुट र साचो हो भने साचो कुरा गर्छ,एकजुट भएर घुसखोरहरु र घुसखोर नेताहरुको विरुद्ध पर्दाफास गर्छ र लेख्छ भने अबश्य पत्रकारहरु जनताको माझमा लोकप्रिय हुने छन् र देशपनि प्रगतिको बाटोमा लम्कने छ.
मन परे हरियो, नपरे रातो
5
0
“……अनुमति माग्ने प्रक्रियामा जाँदाजाँदै प्रदीप डा. साबले झिके ताण्डव नृत्य। सुरु गरे गालीगलौज। अरु कर्मचारी पछि लागे। सबै खनिए नेशनल क्र्युमाथि। धक्कामक्का निकै भयो। विचरा पत्रकार न परे कुट्न सक्दैन थिए कुटाइ खाए।…”
सुर्य जी, यत्ती जानकारी दिएको भरमा हामीवाट कस्तो समर्थनको आश गर्नु हुन्छ ? या त पूर्ण जानकारी दिनुस, होइन भने यो आर्तनाद बन्द गर्नुस !
हल्ला र अपूर्ण समाचारले कसैको भलाइ गर्दैन जुन यहाले “ऋतिक रोसन” काण्डवाट राम्रोसंग सिक्नु पर्ने हो !
मन परे हरियो, नपरे रातो
5
0
खास भयको चै के थियो नि?तपाईहरु त्येस्तो के कुरा को रहस्योघाटन गर्दैहुनुन्थ्यो र डा.साब यसरि आक्रोस मा आयर ताण्डब मच्चाउनु भयो हँ?येसो थाहा पाय हुने थियो. केहि त पक्कै भयको हुनु पर्छ. आसा छ अर्को लेख लेख्नु हुने छ प्रस्ट संग. धन्यबाद.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
Before we make any comment, we have to be clear on:
WHETHER,
The gernalist is like devil Rishi Dhamala,
OR,
The doctor is devil,
OTHERWISE,
Any comment does not make any sense.
मन परे हरियो, नपरे रातो
0
0
यो अस्पताल को धेरै लामो कथा छ/ अस्पताल मा भन्सार भन्दा बढी घुस खोरी छोरि बपारी हुन्छा. एसको उदाहरण अनगिन्ति छन्. सायद तेस्लाई छपन्न कसैको आजसाम्मा आताएको छैन. १९८४ देखि २००० सम्म को बास्तबिकता र २००० पछि का केहि प्रमाण हरु आझै सुराचीत्च्हन.
आब कुरा रह्यो प्रदीप बिध्या को. येस्मा एक जना लेखक ले भनेजस्तो बेक्तिगत कुरा थियो कि/ त्यो थाहा भएन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
9
मित्रमणि ज्यु
कृपया यस अस्पताल मा भन्सार भन्दा बढी घुसखोरी कसरि हुन्छ भनेर प्रस्ट पारिदिनु भए सारै आभारी हुनेथिए.
मन परे हरियो, नपरे रातो
5
0
Khaas ma bhayeko ghatna ke ho ? kasari ghatna le yasto moda liyo, khadkajee lai prasta pari din binamra anurodh gardachhu.
मन परे हरियो, नपरे रातो
2
0
Dr Pradeep Vaidya, MBBS, PHD
no master.
M=Manchhe
B=badhne
B=baulauna
S=sahayig garne
P=Pitaune
H=hirkaune
D=Datne
डाक्टर उर्फ डाकु
ट्याक्सी चलाउने द्रैवर
प्लेन चलाउने पाइलट
गरिब छुरा चलाउने ठग डाकु
धनि छुरा चलाउने ठग डाक्टर
मन परे हरियो, नपरे रातो
0
13
यहाँ पत्रकार कुतियाको भन्दा पनि जबर्जस्ति निकालियको(घोक्रेठ्याक लगाएको) जस्तो लग्यो.पत्रकार हु भन्दैमा जहाँ पायो तेहा जान दिनु पर्छा भन्ने छैन.फेरी अनुमति माग्न भिड नै बोकेर जानु पर्छ र?फोन बाट पनि माग्न सकिन्छ. १ जना मात्र पनि जान सकिन्छ.अनि अर्काको घर मा पस्न अरुले दियानन बहाना चुप लगेर फर्कनु हुन्न र पत्रकार ले ? झगडा नै गर्नु पर्छ सधै ? अस्पताल जस्तो ठाउँ मा बेला कुबेला पत्रकार आएर मैला खिच्नु पाउनु पर्छा भन्छ भने त्यसलाई घोक्रेठ्याक लगायाकै राम्रो.
मन परे हरियो, नपरे रातो
3
0
डाक्टर त आधुनिक डाकु हो नि त्यति पनि थाहा छैन सुर्य जी लाई? भुमि मा गाडी चलाउने द्रिवर आकाश मा चलाए पैलोत जस्तै गरिब ठग भए चोर डाकु धनि चोर ठग भए डाक्टर
मन परे हरियो, नपरे रातो
0
7
OMG ! सुर्य खड्का Ji लाइ एस्तो आपद ? How can one
believe?
मन परे हरियो, नपरे रातो
0
1
घाइते हरुको उपचार गरेर जीवन रक्षा गर्नु पर्ने अस्पतालका डाक्टरले नै अस्पतालमा घाइतेहरूको संख्या बढाउने कार्य गर्छन भने यी निर्दयी बाट के उपचार को आशा गर्नु ?
बास्तबमा दुखद कुरो चाहिं प्रेस माथि को दमन नै हो / अब यस्ताहरुको उपचार यिनीहरुको भण्डाफोर गरेर मात्र सम्भव होला पत्रकार साथीहरु / तपाई देशका सम्पूर्ण पत्रकारहरु देशभक्त नेपाली भएर जनताको पक्षमा कलम चलाउनु होस् / यस्ता डाक्टर प्रदीप हरु अबश्य लोप भएर जानेछन / दुख लाग्यो पत्रकार माथि दुर्ब्यबहार भएको मा /
मन परे हरियो, नपरे रातो
1
5
साथीहरु
सुर्य खड्काले हामि बात समेत न्याएको लागि आवाज उठायिन सहयोग माग्दैछ/ डाक्टरले पिटेको बा उसले पिटर पनि नपिटेको भन्न पनि सक्छ/ त्यो आफ्नो थाहुंमा छ/ तर पिटिएको पत्रकारले नै एउटा पत्रकार माथि हाट पात गरिएको छ भन्ने कुरा प्रमाणित हुन्छ /फेरी प्रहरीले पत्रकार माथि कुनै अभियोग पनि नलगाएको र बार्ताको माहौल बन्नु ले पनि एउटा पत्रकार पिटिएको घटना पुस्टि गर्छ/
साथीहरु हामीले सुर्येजीको गुहार सुनी दिनु पर्छ र डाक्टरले पिटेको होस् बा प्रहरीले आफ्नो कर्तब्य पालनाको लागि अस्पताल पुगेको पत्रकार माथि हाट पात गरिनु गलत हो र छानबिन गरि दोसी ठहरिएको व्यक्तिलाई उसको पद को प्रभाव मा नपरी सजाए गरिनु पर्छ भनि आवाज उठाउ/
पत्रकार पिट्ने लाई कार्य बाही होस्/ देसमा कानुन ब्यबस्था लागु होस्/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
24
मदन जी,
सुर्य जीले गुहार माग्नुभएको छ र पीडक ले सामान्यतया गुहार माग्दैनन, तेसैले सुर्य जीलाइ एस घटनामा पिडित मान्न सकिन्छ !
तर सुर्य जीले सुचना लुकाउन पुग्नुभएको छ ! आफुसंग भएको सुचना पूर्ण रुपमा नदिनु कदापि उचित होइन !
मन परे हरियो, नपरे रातो
3
0
हाम्रो देश का बिरामी जाँच्ने डक्टर बिग्रे भने ताण्डब नाच हुदो रहेछ
राजनीति गर्ने मान्छे डाक्टर परे भने बाबुराम भट्टराई जस्तै हुदा रहेछन , होइन यो डक्टर अनि डाक्टर सन्काहा मात्रै हुदा रहेछन कि क्या हो !?
मन परे हरियो, नपरे रातो
4
3
सुर्य खड्का जी ,
पंचायत को वोकालत गर्नी मान्छे ले आज डाक्टर साब हरुको प्रत्रिकृया ल पंचायेती दमन वन्नी आट कसरि गर्नु भयो ,कि आजकल पंचायत को बिरुद्ध मा उभिन लग्नु भयो ?
मन परे हरियो, नपरे रातो
3
1
Sachchi नै सहानुभूति batulnu छ भने bistrit janakari दिनुपर्यो. Lekhak को भनाइ anusar anuman Garda ghatana kamtima २-३ घण्टा Lamo bhayeko hunuparcha. Tara janakari ekdamai thorai bhayo. Anumati magne kram ma k kasto bartalap bhayo. Kehi lekheko chaina. Arko kura hospital को Kami kamjori को bhandaphor गर्न गएका पत्रकार साथीहरु समाचार को लागि यत्तिका khurak पाउदा पनि किन तहल्का मच्चायेनन र sahamati गर्ने bhanera बसे? यी प्रश्न हरु को उत्तर नआएसम्म सहनुभुती Dina हिच्किचौनै पर्ने हुन्छ.
मन परे हरियो, नपरे रातो
2
0
यदी पत्रकार साथीहरुबाट कुनै गल्ति भएको छैन भने त्यो डाक्टर लाइ जन आद्लत मा उभौनु पर्छ किनकि नेपाल सरकार को अदालत बाट त् त्यो फुत्किहाल्छ| नेपाल मा निकै राम्रा डाक्टर छन तर डाक्टर को नाम मा धरै कलंक छन, यी कलंक लाइ त साफ गर्ने पर्छ| न इनिहरु दुर्गम जान्छन, काठमाडौँ नै चाहिन्छ, नही यिनीहरु राम्रो स्वास्थ्य सेवा नै दिन सवल छन | मेरो विचार हो है साथी हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
36
राज जी तपाई को जन अदालत कस्तो हो ??कि ठेक्का पट्टा न पाएर वाई सी यल लगाएर मान्छे काटमार गराउने अदालत त होइन ??कि टिका बिस्ट जस्ता पत्रकारलाई कारबाही गर्ने अदालत हो ??कि लम्जुंग को शिक्षक लाइ रुख मा झुन्डाएर मार्नलगाउने अदालत होकी?? स्पस्ट पार्नु हुन्थ्यो कि महोदय !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
जन आद्लत भनेको जहाँ तपैले सहि न्याय पाउनु हुन्छ, मैले माओबादीको या कांग्रेस को या एमाले को भन्न खोजेको होइन| नेपाल नेपाली को हुनु पर्छ नेता र सरकार को होइन, कुनै कुरा पनि कुराको फैसला जनता को हात् बाट हुनु पर्छ किनबेच हुने तस्कर हरुबाट होइन, समग्र मा दोसी लाइ कारवाही हुनु पर्छ भन्न खोजेको हो मित्र, हरेक चिज लाइ सिधै पार्टीगत तरिकाबाट सोच्न छोड्नुस| आर्को शब्दमा भन्दा जनता ले आदलात लाइ दबाब दिनसक्नु पर्यो ता कि जनता को चाहना अनुरुप फैसलाहोस| मेरो भनाइ त सहि जस्तो लाग्छ सायेद बुझाई गलत भयोकी?
मन परे हरियो, नपरे रातो
0
5
raj जी, “नेपाल मा निकै राम्रा डाक्टर छन तर डाक्टर को नाम मा धरै कलंक छन”
यो कुरा तेसरिनै या त्यो भन्दा बेस्सरी पत्रकार र पत्रकारितामा पनि लागु हुन्छ! अनि डाक्टरलाई मात्रै किन जन-अदालत, नेपालमा धेरै छन् जन अदालतमा ठहर्याउनु पर्ने.!
मन परे हरियो, नपरे रातो
7
2
बिल्कुल सहि भन्नु भयो मित्र, सहि कुरा धरै छन जन अदालत मा उभौनु पर्ने|
मन परे हरियो, नपरे रातो
1
5
राज जी,
१. जन अदालतले हुने भए….प्रचंडेले किन चुनाब लड्थ्यो ?
२. आफुलाई माओबादी भन्न रुचाउनेले “खसीको टाउको देखाएर कुकुर को मासु बेच्ने ठाउबाट ..” तलब किन खान्थे ?
३. बन्दुकको टुटी बाट मात्रै सत्ता परिवर्तन हुनसक्ने भए, नेपालमा संबिधान सभाको चुनाब किन हुन्थ्यो…?
डाक्टर गतल थियो भने तेस्लाई कारबाही हुनै पर्छ, तर गलत तरिकाले होइन !
मन परे हरियो, नपरे रातो
11
2
डाक्टर गतल थियो भने तेस्लाई कारबाही हुनै पर्छ, तर गलत तरिकाले होइन ! you are 100% right. try to understand the real meaning of the word “people’s court” . The court where people has complete power to make right decision.
मन परे हरियो, नपरे रातो
2
3
हेर्न यसको बुधि फेरी जनाद्लत रे ,,,अद्लत भन्न ,किन जन थप्न पर्यो ….दलेर ,,औंला र घटी रेट्ने विचार छ को वैस्यल ल्यायर …सधै गरे झैँ गर्नी विचार छ …..राज ????
मन परे हरियो, नपरे रातो
9
1
मुख समालेर बोलनुस साथि (त, भन्), राम्रो संग बोल्न आउदैन| सभ्य भाषा को प्रयोग गर्न सीके राम्रै हुन्थ्यो कि ? यदि लेख्दा गलत भएको हो भने ठिकै छ हाम्रो येही सोचाई गलत छ जन आद्लत भन्ना साथ् साथी हरु पार्टीगत रुप मा तयार पारिएका आद्लत सम्झिन्छंन, मैले भनेको हाम्रो आद्लत जहाँ हाम्रो आवाज सुनिन्छ, पैसा को होइन| आर्को शब्दमा भन्दा जनता ले आदलात लाइ दबाब दिनसक्नु पर्यो ता कि जनता को चाहना अनुरुप फैसलाहोस| मेरो भनाइ त सहि जस्तो लाग्छ सायेद बुझाई गलत भयोकी?
मन परे हरियो, नपरे रातो
1
3
राजजी अनि त्यो जनअदालत चाहिं कत्तिको स्वोच्छ छ नि ? माओबादीको सदस्यता लिनुपर्ने होला होइन? अनि कुन चाहिले खुकुरी खाने हो कि ? ब्लेडले चिरिनु पर्ने हो ? हा हा हा हा गजवका छन् बा यो देशमा न्यायका ठेकेदारहरू पनि !! बन्दुकेले न्याय गर्ने रे हा हा हा हा रुकुमकै जस्तो त होला नि ?
ल है शुर्यजी निबेदन पेश गरि हाल्नुस्……………….हा हा हा हा
मन परे हरियो, नपरे रातो
5
0
रबिन कति मजाले हास्नु भयो, खुसि लाग्यो| जन अदालत भनेको कुनै पार्टीको अदालत होइन जनता को हो| नेपालि नागरिकता छ भने आरु कुनै सदस्यता लिनु पर्दैन| देशमा भएको तस्कर को अदालत लाइ दबाब दिनसक्नु पर्यो ता कि जनता को चाहना अनुरुप फैसलाहोस| मेरो भनाइ त सहि जस्तो लाग्छ सायेद बुझाई गलत भयोकी? हा हा हा हा……. no offance please. be happy and always smile, good for health.
मन परे हरियो, नपरे रातो
0
2
It has to be clear:
WHETHER,
The gernalist is like Rishi Dhamala,
OR,
The doctor was like devel,
OTHERWISE,
Commenting on incident doest not make any sense.
मन परे हरियो, नपरे रातो
4
0
यो सरकारले कसलाई सुरक्षा दिन सक्छ र ? प्रेस को त क कुरा ,, सरकार राम्रो भए त प्रेस लाई सुरक्षा दि हल्थियो नि ??????????????/ सरकार छ कि छैन ?????????????????????????????????/
मन परे हरियो, नपरे रातो
0
3
Firstly, it has to be clear:
Whether the gernalist was like Rishi Dhamala,
OR
The doctor was like devil;
OTHERWISE,
Commenting on the incident does not make any sense.
मन परे हरियो, नपरे रातो
5
0
डा. भनेको त् डाका पो परेछ कि क्या हो पत्रकारको महत्व बुझाउन त कुनै पनि डा. साब हरुलाई पर्छ जस्तो लाग्दैन . घटनाको कारण जे भया पनि यो दादा गीरी नै हो सजाई पाउनु नै पर्छ .नत्र अरु इमान्दार डा .साब हरु पनि …………………………….
मन परे हरियो, नपरे रातो
2
6
यो त Doctor वनौदा प्रदिप को नामको अगाडी को DR. को धक धम्की मात्रै हो.
मन परे हरियो, नपरे रातो
1
4
पत्रकारले अलि बढी नै push गर्यो होला, त्यसैले डाक्टरको गाली खायो….
मन परे हरियो, नपरे रातो
7
0
मन परेर हरियो मा थिच्नुस कि नपरे रातो रातोमा मेरो त दृष्टीकोण प्रष्ट छ । मान्छे को नामको अगाडी जब डाक्टर झुण्डिन्छ तब त्यो मान्छे नै रहदैनन आफुलाई भगवान भन्ठान्छ। नामको अगाडी डा नलेख्नेलाई मान्छे नै मान्दैनन । कम्तीमा मेरो लागी सन्सारमा सब भन्दा लिच्चड र घटीया पेसा भनेको डाक्टरी हो ।
मेरो कुरा यही हो । जसले सुकै जे सुकै भनोस ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
14
जब मान्छेको नामको अगाडि ‘पत्रकार’ झुण्डिन्छ, तब के ऊ आफुलाई के ठान्छ होला है विस्मृतिजी !
मन परे हरियो, नपरे रातो
9
2
जब मान्छेको नामको अगाडि ‘पत्रकार’ झुण्डिन्छ, तब ऊ आफुलाई के ठान्छ होला है विस्मृतिजी !
मन परे हरियो, नपरे रातो
5
2
प्रकृति जी सन्सार रहे सम्म ३ पेशा सधै मालामा हुन्छन (१) डाक्टरी (२) व्यवस्थापन र (३) पत्रकारिता
कसरि भन्नु भयो भने पुस्टि पनि गरौला , अब प्रेम यी तिन मद्धेकै एक होला तर होइना
मन परे हरियो, नपरे रातो
1
0
डाक्टर हरुले निजि किलिनिक बाट लाख्यो कमाउचन !! तेसैको मात लागेको हो!!
कालिकोट का जनता जीवन जल नपाएर मरचन/ काठमाडौँ का डाक्टर हरु करोडपति हुन्छन…
यी डाक्टरलाइ कालिकोट कम्तिमा ३ वर्ष को लागि पठाउनु पर्दछ /
मन परे हरियो, नपरे रातो
4
6
कुनै पनि कथाको तिन पाटो हुन्छ भन्छन: तिम्रो पाटो, मेरो पाटो अनि वास्तविक पाटो। सूर्य खड्काको कथा पढ्दा यो वास्तविक पाटो हो भनेर पत्याउन सकिएन।
“अनुमति माग्ने प्रक्रियामा जाँदाजाँदै प्रदीप डा. साबले झिके ताण्डव नृत्य। सुरु गरे गालीगलौज। अरु कर्मचारी पछि लागे। सबै खनिए नेशनल क्र्युमाथि। धक्कामक्का निकै भयो। विचरा पत्रकार न परे कुट्न सक्दैन थिए कुटाइ खाए।”
डा. साबले ताण्डव नृत्य किन गरेका रहेछन त, प्रस्ट छैन नि। अनि साच्चै, पत्रकार त जहिले पनि विचरा नै हुदा रहेछन हगि, ऋषि धमला जस्तै विचरा।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
0
पत्रकारजीको भनाइ अनुसार नया टेलेभिजनलाइ जनता माझ लोकप्रिय बनाई स्थापित गर्नलाई नराम्रा काम र क्रियाकलापहरुको भण्डाफोर गर्दै हिडे जस्तो बुझियो, यसै क्रममा शिक्षण अस्पतालमा भएको कमि कमजोरीलाई जनतासामु ल्याउनलाइ त्यहाँ जाँदा डा. प्रदिप बैद्यलाइ त्यो कुरा सैह्य नभएको जस्तो देखिन्छ | यो कुरामा कत्तिको सत्यता छ त्यो त त्यस घटनामा संलग्न दुइ पक्षलाइ थाहा होला, तर एउटा डाक्टर जस्तो मान्छेले साच्चिकै त्यस्तो व्यहोरा देखाएको हो भने त्यो घमण्डको चरम सिमा हो र त्यस्ता घमण्डी डाक्टरलाइ सबक चाँही सिकाउनै पर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
29
“तर अस्पतालको पञ्चायती मानसिकता र प्रहरीको दमनशैलीबीच सञ्चारकर्मीले काम कसरी गर्ने त? सुझाव अपेक्षित छ।” सुर्य खड्का जि बाट यो भनाइ? गगने लाई यो कुरा बुझ्न अली गाहारो भयो!
त्यहाँ वास्तवमै के भयको हो र किन यस्तो भयो भनेर सत्य तथ्य दाँया बायाको पत्रीका(हाल सम्म यो बारेमा कुनै कतै समाचार सुन्न र पढ्न पायियको छैन)हेर्न मौका नपाउदा खड्काजिको एकोहोरो यो लेख पढेर फ्याट्टै ति तमाम अस्पातलका कर्मचारी,पुलिस लगायत लाई मुर्ख,पागल आदी अनादी भनिहाल्ने पक्षमा गगने छैन,तेसोत तपाहिको कुरामात्रै सुन्ने र बुझ्ने हो भने तेसै भनिदियोस भनेर लेखियको पाईन्छ र यो सत्य हो भने तिनिहरुको बिरुद्दमा बोल्नुपर्ने र कारबाही गर्ने आवाज वा गर्नु पर्ने देखिन्छ! तर एउटा कुरा के सत्य हो भने, पत्रकारहरु पत्रकारिता र यस्को मर्यादा अनी विश्वाशनियता को आज अत्याधिक दुरुपायोग पनि गरिहरेको कुरा स्पस्त देखिन्छ, पत्रकार भयकै नाताले उनिहरु आफुलाई देशकै सक्तिशाली र सर्बेसर्बा ठान्दछ यसमा सुर्य खड्का र यहाँ जस्ताइ पत्रकारको बिगबिगी बढी छ, सबै पत्रीकालाई कान्तिपुर,गोरखापत्र,आदिको दाजोमा राख्न सकिन्न भने सबै पत्रकार लाई पदम ठकुराथी या वा नारायण वाग्ले को दार्जा दिन पनि नसकियला र दिनुपर्ने जरुरी पनि छैन, एउटा पत्रीकाको परिचय पत्र भिरेको भरमा पत्रकारको सबै मान सम्मन र सर्बत्र स्वोतन्त्रता तिनिहरुलाई हुनुपर्छ वा दिनुपर्छ भन्ने जरुरी छैन! यही तपाहिकै लेखमा कुरा र सुचना अनी यथार्थता र परिस्थिती लाई लुकाइ कसरी आफ्नो पक्षमा मोड्ने कोशीस गर्नु भयको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ!
के त यि तपाईं जस्ता पत्रकार बाहेक का सबै अरु कर्मचारी,प्रहरी,जनता पागल हुन त?
सारी खड्काजी यत्तिले मात्रै म तपाहिलाई समर्थन र तपाही सँग सहमति हुन सक्दिन, तर तपाहिले जे भन्ने कोशीस गर्नु गर्नु भयको छ त्यो तपाहिको प्रयास सह्रानिय छ तर तपाही जस्ताइ पत्रकार हरुले पत्रकारिताको धर्म र स्वोतर्त्रता अनी बिस्वोसानीयता को दुरुपायोग गरी रहेको कुरा पनि मान्नै पर्छ। किनकी कतिपय अवस्थामा घटनाको प्रत्यक्षदर्शी लाई त घटनाको यथार्थता भेग पाउन मुस्किल परेको हुन्छ भने यहाँ तपाही जस्तोको लेखाइ पढेर के भन्न सकिन्छ, सारी तपाही जे सुन्न र भनाउन चाहनु हुन्छ कदापी यो गगने चाँही भन्न सक्दैन!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
169
12
पहिलो पल्ट गगने को कुरा ठिक लाग्यो है ….
मन परे हरियो, नपरे रातो
6
1
जत्ति निन्दा गरे पनि पुग्दैन . अस्पतालमा जागिर खाने डाक्टर हरु ले मान्छे को जीवन हातमा लेक हुन्छन तर मौकामा यिनीहरु मान्छे को ज्यान पनि लिन तयार हुन्छन कुरा साचो हो … संसार मा जहासुकै पनि खराब कुरा लै कसैले राम्रो भन्दैन.. पत्रकार हरु भनेका जनता का आखा हुन्… साचो कुरा खोज्न जादा जथाभाबी गर्नेलाई सक्दो सजाय हुनुपर्छा…चाहे जुन सुकै दल को होस्
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
35
मलाई त नेपाल को प्रायजसो डाक्टर र butcher मा केहि फरक लाग्दैन,तिनी हरु संग न बोल्ने राम्रो सैली छ,न करुणा,पैसा भय मान्छे को उपचार हुन्छ नभय तेही डाक्टर को अगाडिनै त्यो मान्छे को मृतु हुन्छ,बिरामी लै छुन नि घिन मान्छन,nepal को डाक्टर ले doctor रि बाहेक अरु धेरै कुरा सिक्नु पर्छ.
मन परे हरियो, नपरे रातो
5
9
तपाई ले भन्नु भएको कुरा लै केहि उदाहरण दिएर प्रस्ट पारिदिनु भए सारै आभारी हुने थिए. एक जना चिकिताशासास्त्र का प्रोफेसर जस्ता मान्छे ले बिना कारण पत्रकार लाई कुटपिट गरे वा गर्न लागे भन्ने कुरा अलि हजम भएन. हुन त विद्वान पत्रकार ले अर्को लेख मा घटना बारे थप लेख्नु हुन्छा होला.
मन परे हरियो, नपरे रातो
11
0
इट is an unfortunate incident. But as they say, every coin has two sides. There must be an other side. But whatever it is, I condemn the manhandling of journalists. इफ ours was a society with an intact social fabric where violators of the laws are duly prosecuted, the doctor would be behind the bar.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
14
यी डाक्टर हुन् र यीनि हरु त डाक्टर को नाम मा कलङ्क हुन् पींयन को छोरा ल एम बी बी एस मा नाम निकालदा हड्ताल गर्न यीनि हरु लै कालो मोसो डलर चार पाटा मुडयायर गधा माथि राखेर सहर प्रक्रिमा गराउनु पर्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
48
50
एउटा शक्ती आतंक को परकास्ट नागेछन डाक्टर साब ले …. इनलाई माफि हैन कानुनी रास्टको कठघरमा उठाउनु पर्छ …
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
55
तेतिकै त जनावरले पनि झाम्तिदैना .
पत्रकार साथि पुरा कुरा भन्नुस न. अनुमति माग्दैमा येत्रो बबाल??
कि त्यो प्रदीप भन्ने को बेक्तिगत रिश थियो कि कुनै पत्रकार माथि.
खुलस्त पार्नुस न पुरा तर खास कुरा के हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
168
5
एकदम ठिक point निकाल्नु भयो तपाईले। लेख पढेरै थाहा हुन्छ, समाचार पुरै एकतर्फी छ भनेर. journalist हरुले जे चाह्यो तेही कुरा हाम्रो दिमागमा कोच्न सक्छन। यस्तो समाचार पढेर आफ्नो विवेक नलगाईकन पत्याइहाल्नु हुदैन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
2
डाक्टर साबले ताण्डब नृत्य गर्नुको कारण चै के थियो ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
129
5
ए तो डक्टर त यो रहिछा हइना ?

Dr. Pradeep Vaidya, MBBS, Ph.D.
Professor
Department of General Surgery
email: praidya@yahoo.com
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
72
42
बिरामीहरुलाई शोषण गरि खान पल्केको यी भाते डाक्टर निच कुलंगार हो पत्रकार माथि दमन गरि सत्य तथ्य समाचार बाहिर ल्याउन बाट बन्चित गरि लाठी प्रहार गर्ने प्रहरी र डाक्टरलाइ कारबाही होश भन्ने चाहन्छु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
95
69
Thapaji,
Do write comment like a civilized person; you don’t want to say “BHATE ” to any doctor. I beleive the doctor is not in fault position. In general, doctors are not bad.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
12
खड्का जी
त्यो डाक्टर को नाम को पशु रहेछ, तर तपाइँ पनि पत्रकार नाम को पर्चाकर हो भन्ने त धेरै पहिले देखि नै पुस्टि हुन् आएको छ. अझ तपाइँ ले त आफै कमल थापा गृह मन्त्रि हुदा सरकारी हुण्डी खाएको पनि स्विकार्नु भएको छ. तेसकारण तपाइँ माथि आक्रमण भएको मा बिरोध गर्दै ऋषि धमला, तपाइँ, जस्ता पत्रकार को खोल ओडेका पर्चाकार र पत्रुकार हरु ले पनि आफु लाइ परिमार्जन गर्न आबश्यक छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
12
त्यो डाक्टर को ठेगाना पनि थाहा भय राम्रो हुन्थो किन कि तेस्तो लाइ जनता ले ठिक पर्चन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
64
56
तपाई पनि जनता ले ठिक पर्ने खालको व्यक्ति पर्नु भयो . सबै जनताले ठिक पर्न थाल्यो भने फेरी देश त खत्तम हुन्छ त साआथी
मन परे हरियो, नपरे रातो
6
3
सुर्य खड्का त राजा आएर देश बचाऊ भनी मान्छे, अनि पंचायेती बेवास्ता भन्दा हासो उठ्यो… लाज नभएको मान्छे…..doctor ले तेसै पिट्ने त पक्कै थिएन, आफ्नो कुरा लुकाएर doctor लाई दोष दिएर आफु hero हुन खोजेको जस्तो लाग्यो है, नत्र doctor ले हात हाल्नु को कारण किन खुलाई एन ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
6
hospital जस्तो सम्बेदन शिल ठाउँ मा गएर क्रु मेम्बेर लिएर हल्ला खल्ला गर्न जाने सुर्य खड्का को दोष नभई doctor ले तेसै हात पात गरेको पक्कै हैन……पत्रकार भन्दै मा hospital , jail , जन्हा पनि गएर जेए पनि गर्न पाइन्छ भन्ने त छैन नि !!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
5
ये डाक्टर साब चै सर्जन पो परे .. सामान्यतया सर्जन को तलब अरु डाक्टर को भन्दा बडी हुन्छ .. तेही भएर पैसा को फुर्ति हो कि ! तेस्माथी नेपालमा सर्जन धेरै काम छन् ..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
19
कुनै बेला करिब बिस(२०) बर्ष अगाडी म उक्त प्रदीप बैद्य भन्ने मान्छेको( ऊ त्यो बेला पनि शिक्षण अस्पतालमा डाक्टर कै रुपमा कम गर्दथियो) करिब करिब नाङ्गो गुन्डा गर्दीमा परेको थिएँ | म त्यो बेला उक्त अस्पतालमा निम्न स्तरको कर्मचारीको रुपमा कार्यरत थिएँ | शल्य क्रिया को सिलसिलामा उसले चाहेको जस्तो भएन भनेर उ रिसाएको साँढे जस्तै रातो रातो आँखा बनाएर हाम्रो एउटा सानो बिभाग माथि खनिएको थियो | म अगाडी सरेर कुरा स्पष्ट पर्न खोज्दा “तैंले के खोजेको ?” भन्दै सरदर कार्यालयहरुमा हुने सामान्य अंतरबिभागिये बिबादको समाधानको सौर्हर्दताको सिमा नाघी street fight को तहमा झरी मलाइ आक्रमण गर्न खोजेको थियो | हामी निम्न स्तरको कर्मचारी हरुको समयेमताले गर्दा अप्रिय घटना हुन पाएन |
मैले यो घटना को बारेमा यहाँ लेख्नको कारण के हो भने उक्त व्यक्तिबाट पत्रकार माथि जुन किसिमको दुर्ब्यबहार भयो, त्यो उसको innate nature माथि ध्यान दिदा अपेक्षित नै छ | कुरा रह्यो दण्डताको | hamro desko sthiti के छ भने सबैले डाक्टर भन्छन| uniharu ( डाक्टर) God compex ले ग्रस्त छ | आफुलाई भगवान भन्दा एक इन्च पनि तलको ठान्न डाक्टर हरु तयार छैनन् | नत्र डाक्टरहरु मिलेर बिरामी र बिरामी कुरुवा कुट्ने जस्तो घृणित र अबिबेक्शील घटना घटने थिएन | आफुलाई पनि अरु कर्मचारी जस्तै एउटा सामान्य अथवा प्राबिधिक कर्मचारी होउ भन्ने स्वीकार भए कसरि खालि हुन्छन दुर्गम अस्पताल हरु ! एउटा खरदार, एउटा सुब्बा, एउटा इन्स्पेक्टर, एउटा डिएसपी, एउटा सिडिओ दुर्गम जिल्ला मा पुगेर काम गर्न सक्ने , एउटा डाक्टर चाहिं बस्न नसक्ने ! पन्ध्र दिन सकी नसकी बसे जस्तो गर्यो, अनि बर्षौं बर्ष काज मा ठुलो ठुलो शहरमा, क्लिनिक चल्ने ठाउँमा बस्यो | यो जस्तो gair jimmewari panaa अरु के हुन sakchha |
aba कुरा रह्यो pradeep बैद्य को | hola, उसले kati paye बिरामी lai saphal upachar gareko hola. tes prati byektigat rupmaa उ prati kohi pratekshya rupma anugrahit hunu samanya हो | tara कुरा सरदर prabittiko हो | dandahinatako karanle गर्दा उसको त्यो prabittiko repetition kaiyoun patak भयो hola tapaai hamro jankaari भन्दा bahira |
Teskaran (therefore)..
Gair jimmewar attitude lai danda dinai parchha. नत्र उसको dusmanobal ajha baddhai jaanchha. म sanga byektigat रुपमा encounter भयो भनेर personal revenge को कुनै abhipraye chhaina mero. I always wish him success, wish him good luck. Only thing he needs to take care is to come down to the ground where average people like me, he, she, harke, rame, joe, jessica, michael, sita etc. stand.
I have my solidarity with fourth state esp. nepalese journalism.
Wish you good luck Surya Khadka ji.
James Dean
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
20