Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

आज राम्रो खबर आउन सकेन

Update: तयारी नपुगेको भन्दै आज तीन ठूला दलका टाउके नेताहरुको बैठक स्थगित भएछ।
**********
महिनौँदेखि रहेको राजनीतिक गतिरोध आजदेखि अन्त्य भएको आशालाग्दो खबर आउन सक्छ। आज माओवादी, कांग्रेस र एमालेका टाउके नेताहरुको शीर्ष बैठक बस्दैछ। गिरिजा निवासमा बस्ने यही बैठकले अहिलेसम्मका असहमतिलाई हटाएर सहमतिको घोषणा हुने संभावना बलियो छ। सहमति भयो भने माओवादीले पुस ५ देखि थाल्ने भनेको तीन दिने नेपाल बन्दको दुःख सहनु पर्ने छैन।

सहमतिको संभावना किन पनि छ भने अधिकांश विषयमा तीन ठूला दलहरु सहमति नजिक पुगिसकेका छन्। अब केही भाषाको विवाद मात्र मिलाउन बाँकी छ। टाउके नेताहरु बसे भने यो पनि टुंगिने भनिएको छ।

जसले जे भने पनि समस्या उही राष्ट्रपतिको कदम कै विषयमा अल्झिएको हो। माओवादीले राष्ट्रपतिको कदम गल्ती हो भनेर साझा संकल्प प्रस्तावमा स्पष्ट उल्लेख गर्नुपर्ने अडान राखेको छ भने कांग्रेस त्यसको विपक्षमा छ।

माओवादीले बीचमा घुमाउरो भाषामा भए पनि त्यो उल्लेख हुनुपर्ने बताएको थियो। तर कांग्रेस त्यसमा पनि तयार छैन। एमाले भने त्यसमा सकारात्मक थियो।

संकल्प प्रस्तावमा उल्लेख गरिने शब्द र भाषाको विषयमा रहेको मतभेदलाई कोइराला, प्रचण्ड र खनालले कसरी हटाउने हुन्, त्यो हेर्न बाँकी छ।

नयाँ आएको कुरा अनुसार प्रस्तावको पृष्ठभूमिमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गल्ती गरेको र त्यही सन्दर्भमा राष्ट्रपतिको कदम हुन गएको भन्दै घुमाउरो भाषामा दुवैले गल्ती गरेको कुरा उल्लेख गर्न काग्रेस र एमाले सहमत भएका छन्।

यसैमा सहमति हुन्छ कि अरु कुनै विषयमा, साँझसम्ममा थाहा हुनेछ।

Related posts:

  1. आज पनि सहमति हुन सकेन, संवैधानिक संकट सुरु
  2. गौर घटना दोहोरिन सक्छ
  3. किन ढिला भइरहेको छ नतिजा आउन ?
  4. पत्रकार महासंघलाई धम्कीको इमेल आउन थाल्यो
  5. शान्तिप्रेमी नेपालीका लागि दुःखको खबर

65 comments to आज राम्रो खबर आउन सक्छ (update:सकेन)

  • Damber Kumar Pradhan

    “म मरे पनि मेरो देश बाँची रहोस ” पूर्व राजा महेन्द्र बी बी शाहा को भनाइ के हामीसबैले चरितार्थ गर्न असमर्थ छौ त ? महेन्द्र राजा संगै नेपाल देश पनि अर्काको देश संग गाँसिने भयो त ? भारतको गिद्दे दृस्टी हाम्रो देश प्रति परेको कुरा सबैलाई थाहा हुँदा हुँदै ” भाई फुटे गँवार लुटे ” गराउने हो त अब ? राजु लामाको देश प्रतिको
    राष्ट्रिय गीत बिफल भयो त अब ? वाहा जाँहा गए पनि जे खाए पनि जस्तो मोज मज्जा गरे पनि आखिर मलाई मेरै नेपाल देश प्यारो लाग्छ भन्ने उक्ति खेर गयो त ? तेसैले मेरो उद्गार पनि सुनी हालौ न त >>>>>>>>>>>>>>>>>>>>>>>>>>>

    बचाऊ बचाऊ बचाऊ,
    नेपाललाई बचाऊ,
    …………………………………………….
    गौरब हाम्रो देशको शान,
    दौरा सुरुवाल टोपी बचाऊ,
    रगत हाम्रो वीरहरुको,
    खुकुरीलाई बचाऊ |
    ………………………………………………………
    राष्ट्र अनि राष्ट्रीयतालाई प्राण दियर बचाऊ,
    भ्रष्ट चारी उन्मूलन गरि श्रष्ठाहरु बचाऊ |
    ……………………………………………………….
    ( देशको पूर्ब, पश्चिम, उत्तर,दक्षिन लाई बचाऊ )२
    सिमानालाई बचाऊ |
    ( सगरमाथा, डांफे र गुरास चिंन्ह हरुलाई बचाऊ )२
    राष्ट्रीयता बचाऊ |
    ………………………………………………………………….
    ( स्वयम्भू, पशुपति र गुहेस्वरी मंदिर हरुलाई बचाऊ )२
    धरोहरलाई बचाऊ |
    ( मेची, महाकाली, गण्डकी, नदीहरुलाई बचाऊ )२
    सम्पदालाई बचाऊ |
    ………………………………………………………………..
    ( पंचे, नौमती, बाजाहरू अनि मारुनी नांच बचाऊ )२
    संस्कृति लाई बचाऊ |
    ( गुन्यु, अनि चौबंदी चोली हेम्बरिलाई बचाऊ )२
    पहिरन्लाई बचाऊ |
    ……………………………………………………………….
    रचना+ संगीत ={ डम्बर कुमार प्रधान } Jayapur Budhabare, Jhapa.
    Reply Forward

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sahil gurung

    ३ वटा उपप्रधान मन्त्रि भएको जस्तै ३ जना नै प्रधानमन्त्री भयो भने त तेसै पनि सहमति भयिहल्छा नि…कि कसो हो ???

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • बीर

    यो नौटंकीको चाडो अन्त भएकै राम्रो | तर सिरियल परेछ कति भाग सम्म तन्काउने हुन् कुन्नि ? कसौटी जस्तो पर्यो भने चाँही देश बर्बादै हुने भयो |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • madan bajracharya

    यो प्रचंद्र पनि के हो? कटुवालको कट्टु तान्न खोज्दा आफ्नै लंगौती खुसकी सक्यो, तैपनि चेतेको होयिन/ रास्त्र्मा येत्रो येत्रो समस्याहरु छन् उसलाई मात्र कतुवाल्कै कुरा ठुलो लागे/ येस्तई हो भने अर्को चुनावमा लोप्पा खाने छ जनताको/ कांग्रेस एमाले छोडेर अलिकति के भोट पायो होस् गुम भएको हो कि मात लागेर सुद्दी हराएको हो तेस्को, जनतालाई समस्या परेको कुरामा सदन अबरुद्ध गरेको भए ठिकै मान्नु पर्ने तर मात्र जहिले पनि तेही कटुवाल कटुवाल को कुरा त्यो पनि उसैको पार्टीको नाक को कुराको निमित/
    याहाँ जनता को हक मिची रहेको छ रास्ट्रको सिमा मिचिरहेको छ चोर फटाहा हरुले रास्ट्रको ढुकुटी लुटिरहेको छ त्यो भन्दा कटुवालको कुरा उसलाई ठुलो भएको किन उसलाई? होयिन के उसले हामि जनतालाई मुर्खै ठानेको छकी क्याहो?

    रास्ट्रको सिमा मिचिएको, जनप्रतिनिधिहरु को अधिकार हारेका फालेका हरुले खोसेको, देसमा कानुनको उपहास गरिएकोमा न्यायेलाये पंगु बनाएको, लुटेको सम्पति फिर्ता नपाएको, पहाडी भन्दै अर्को जातिको नागरिक तराईमा लुतिन्दै मारिंदै गएकोले पो जान सर्बोच्चताको उपहास भएको छ न कि त्यो कटुवालको कट्टु फुस्कौं नसकेको ले/

    कटुवालको कट्टु भित्र मात्र उसको जान सर्बोच्चता उ देख्छ भने, किन अलमल गरि राखे रास्त्र्नै जाउँ कतुल्कै कोठामा गिरिजाको कोठामा पनि किन, तहीं फुकाल्न कटुवालको कट्टु अनि हेर आफै/ झोंक चल्यो मलाई पनि उसको त्यो कटुवाल कटुवाल सुन्दा/

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

    • बीर

      मदन दाइ, अति राम्रो कमेन्ट गर्नु भयो, तपाइको जस्तै सोचाई र बुझाई सबै माओबादी साथीहरुको भै दिएको भए नेपाल अहिलेको अबस्थामा पुग्ने थिएन होला, साथै ७०% जनता माओबादी बिरोधि नभई समर्थक हुने थिए होलान |

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • madan bajracharya

        बिर जी
        तपाईं ले भन्नु भएको ‘तपाईंको जस्तै (मेरो) सोचाई र बुझाई सबै माओबादी साथि हरुको भई दिएको भए..(यानिकी मा समेत तपाईंले घुमयिकन भनेको त् येही होयिन र ?)/ तापनि धन्य बाद दिन्छु बिर जी लाई/ बिर जी चोर ले पनि चोर्नु राम्रो होयिन भने हामीले ठिकै हो भन्नु पर्ने हुन्छ/ चाहे ठिक गर्ने गिरिजाले नै होस् बा माकुने बा प्रचान्द्र्ले भनुन ठिक लाई ठिक हामीले भन्नु पर्छ, हामि जनताको दायित्वो अहिले लाई येतिमा सिमित भएको छ/

        बिर जी लगाएत साथीहरुलाई एउटा सुझाव/ अहिले हाम्रो र हाम्रो देसको सत्रु भनेको कुर्सि आयु लम्ब्याउन गरिने गलत सन्धि सम्झौता सहमति र तिनीहरुको आत्म समर्पण बाद हो/ भारत् बलियो छ र नेपाल सानो छ भनि हिन भावना त्यागेर हाम्रो देस पनि उनीहरु जस्तै एउटा स्वोतन्त्र देस हो भनि सोच्नु पर्ने हो/ भारतिय अतिक्रमंकै कारणले पनि कटुवाल को कुरा एती चर्किएको हो/ नभए तेती बेला माओबादीको कटुवालको बारेमा नीति गलत नै भएमा बा रास्त्र्पतिको आदेश पनि गलत नै भएमा त्यो कुनै सुल्झाउन नसकिने समस्यानै थिएन भनि आज यिनीहरुको गिरिजाको घरमा बैठक बसेकोले नै प्रमाणित हुन्छ/ तेस्तो बैठक उहिले पनि गर्न सक्थे/ तर समस्या चर्काएको भारत् को हस्त छ्येप ले नै हो/

        भारत् नेपालमा मधिसे-बाद सिट झुकेको सरकार बनेको हेर्न चाहन्छ/ र तेस्तै को सरकार बात संबिधान बनाउन लगाएर मधिसे-बाद लाद्न चाहन्छ भारत/ बिर जी एक चोटी घोत्लिएर हेर्नुस बुझ्नुस कि मधिसे को आत्म निर्णय गर्ने अधिका को माग पछाडी कस्तो कुरा लुकेको छ/ आज मधिसेको आफ्नै सेना हुनु पर्ने भने बात उनीहरु पछी केन्द्रको सरकार सिट भिड्ने मंशाये प्रस्टै देखिन्छ, नभए त्यो मधिसे सेना भारत् सिट लड्न त् हुँदै होयिन/ भारतले तराईकै सिमा मिचिरहेको हो मधिसे हर चुयिंक बोल्दैन किन?/ मधिसे हरु विदेश सिट सम्झौता गर्ने अधिकार चाहन्छ के त्यो कहिँ भारत सिट सैन्य सम्झौता हुन् सक्दैन?/ अर्को कुरा मधिसे-बादी हरु आज तराई बात अरु नेपाली लाई लखेट्दै छ र उनीहरु भन्दै पनि छ उनीहरुको मधेसी राज्यको हरएक छ्येत्र्मा मधेसी हरुको नियुक्ति हुनु पर्छ भन्दै/ यो कुराले उहिले सिक्किम मा भारत सिट बिलाए हुने कुरा मा बिरोध गर्ने जति निकालेर नेपाल धपाएको जस्तै हो/

        आज यिनै मधिसे बादी सिट तिन्का येस्ता माग पुरा गर्ने भनेर ८ बुंदे सम्झौता गरेर संबिधान सभालाई पंगु बनाए गिरिजाले/ भारत् आज नेपालमा माकुने गिरिजा र मधिसे-बादी मिरेर रास्त्रिये सहमतिको सरकार बनुन र तिकुन किन भन्दै गरेको छ? सोच्नुस के यिनीहरुको यो सरकार रास्त्रिये सरकार हो? यो त् मधेस-बाद को माग पुरा गर्ने भारतको चाल हो/ कसरि भन्नु होला बिर जी ले/ हेर्नुस बिर जी सातामा प्रधान मन्त्र मन्त्रि बन्ने हरु पार्टीको प्रथम तथा प्रभाब शाली श्रेणीको नेताहरु हुन्छ भने संबिधान सभामा हुने प्रायेस दोस्रो दर्जाको नेताहरु हुन्छन/ संबिधान बनाउने क्रम मा कुन कुरा मान्ने कुन कुरा नमान्ने भनि पार्टीको high कमाण्ड ले निर्देशन दिन्छन र व्हिप पनि जारि गर्छन/ अब सरकार ठुला नेताहरु सबै नै भारत् परास्त र मधेश बादी हाबी भएको यो नामको रास्त्रिये सहमतिको सरकारले संबिधान बनाउने कुरामा कस्तो निर्देशन र व्हिप जारि गर्छन सोचिरहण समेत जरुरि छैन/ येही सरकार रहे र यिनीहरुकै पालामा संबिधान बन्ने भएमा बिर जी तराई मधेस बनिने सके भनेमा फरक हुने छैन/ अहिले को रास्त्रिये सहमतिको सरकार एउटा को पछाडी ठुलो षड्येंत्र छ/
        एदी यो कुरामा सबै साथीहरु सहमत छन् भने आज हामि एक आपस मा तिमि माओबादी म कांग्रेस आदि भन्दै विभाजित हुने समय होयिन/

        कुनै बेला कांग्रेस ले बढी मत पाए कुनै बेला एमाले र अहिले अलिकति माओबादीले/ के ठुलो कुरा हो त्यो जुन बेला जनताले चाहँदैन उनीहरु कसैले भोट पाउन नसक्ने हुन्छा नै/ हामि सहि कुरामा कांग्रस को कुरा पनि सुनु, एमाले को पनि सुनु माओबादीको पनि सुनु तर मधेस-बाद को बिरोध गरूँ/ भारत परास्त नेताहरुको बिरोध गरूँ/

        हाम्रो देस को हामि जनाता हौं/ इतिहास बोल्छ नेता बिक्न सक्छ तर जनता कहिले बिक्दैन/ तर जनताको अस्तित्वो रास्ट्र रहेमा मात्रै रहन्छ/ मधिसे हरु बलियो भारत् बात समर्थित छ भन्दैमा तिनीहरुलाई बुई चढाउने काम को हामि बिरोध गर्नु पर्छ र तिनीहरुको नेपाल र नेपाली प्रतिको दुर्भावना लाई प्रसये दिने चाहे त्यो गिरिजा हुन् बा माकुने हुन् बा प्रचंद्र हुन् हामीले मिलेर एकै स्वोर मा बिरोध गर्नु पर्छ/

        साथीहरु कुनै हिजो कान्ग्रेस्सले येस्ता येस्ता काम गरे भन्छन/ कोहि एमालेको ९ महिने सरकार को गुण गाउन्छां कोहि अस्ति माओबादीले भारत सिट गरिएको असमान सन्धि खारिज गर्नु पर्छ भनेकोले माओबादी राम्रो भन्छन/ त्यो सबै उहिलेको कुरा र भनेको कुरा हुन्/ हामीलाई आज देस मा कसरि रास्ट्र बाद बचाउने प्रस्न छ/

        बिर जी प्रजातन्त्र मा पार्टी र पार्टी प्रतिको आस्था मात्र प्रयोग गर्ने बस्तु हुन्/ उपयोगी भए अपनाउने नभए त्याग्ने र अर्को उपयुक्त कुन हो रोज्ने/ अलि लामो लेख्ने माफ गर्नुस/

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • बीर

          हत्तेरिका मदन दाई, तपाईलाई मैले कहाँ घुमाएर भन्नु, सोझो कुरो गरेको, सायद मेरो भन्ने तरिका त्यति प्रस्ट भएन होला |

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पुष्प

      मदनजी,

      कटवाल प्रतिनिधि पात्रमात्र हुन् । उनी र राष्ट्रपतिले सैनिक सर्वोच्चतालाई बढावा दिने काममात्र गरेन, जनमतको ठाडै उपहास गरेको हो । दशकौं लगाएर ‘प्रजा’ले प्राप्त भएको ‘नागरिक’ अधिकारलाई फेरि कुल्चने दुष्प्रयास भएको हो । यस अर्थमा यो सानो मुद्दा होइन ।

      सीमा विवाद र सन्धीका सम्बन्धमा कुरा उठाउने हिम्मत गर्ने नै माओवादी हुन् । तर सन्धी बदल्ने ‘सहयात्री’हरूले नचाहनेहरूले प्रमको अधिकारै नभएको जिकीर गर्दै त्यो कुरालाई उठाउन दिएन । सीमा मिचिएको विषयमा पनि माओवादीले अध्ययन गरिरहेको समाचार आएको छ । देशमा नियम कानूनको प्रत्याभूति सरकारले गर्ने हो । तर अहिलेको टट्टु सरकारले आफ्नो आयु लम्ब्याउन नियम कानूनलाई धोती लगाइरहेका छन् ।

      यी र यस्ता यावत कुराहरूका विरुद्ध नै माओवादी विद्रोह नाजायज हो भनेर भन्नुहुँदैन ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raaz

    ..हामी जस्ता मुर्ख, भारस्ताचारी, देशद्रोही लै मत दिएर मन्त्रि बनाउने जनता को गल्ति भनेर राखे पनि हुने थियो, यदि तेती ले नै सहमति बन्छ भने….
    ..मावोबादी,काँग्रेस ,एमाले सबै मिलेर खाए पनि हुन्छ, एदी सहमति बन्छ भने, म त खास केहि फरक देख्दिन है माधव प्रधानमन्त्रि हुनुमा र सुजाता या प्रचण्ड, गिरिजा जो भए पनि…मिलेर खाओ न हो, अब खान पनि राकेश सुद ले सिकौना पर्ने , हरे कस्तो बिडम्वना….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गगने

    “नयाँ आएको कुरा अनुसार प्रस्तावको पृष्ठभूमिमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गल्ती गरेको र त्यही सन्दर्भमा राष्ट्रपतिको कदम हुन गएको भन्दै घुमाउरो भाषामा दुवैले गल्ती गरेको कुरा उल्लेख गर्न काग्रेस र एमाले सहमत भएका छन्।”
    माओबादी अनि पुष्प कमल दाहाल यति सम्म मुर्ख छ जस्तो लाग्छ तपाइँ लाइ?
    जनतालाई पनिता थाहा छ कसको गल्ति थियो र गरेका थिया भनेर, जनताको आखामा छारो हाल्ने काम अन्य पार्टीले गर्ला तर माओबादीले गरिहाल्ला जस्तो यो गगने लाइ लाग्दैन!
    देशलाई परिबंधित समस्याबाट क्षणिक निकाश दिनलाई त ठिकै होला तर कालान्तरमा यसले कस्तो असर पार्ला त्यो पनि बुझ्नेहोकी!
    गल्ति भयको र गरेको कुरालाई स्वीकार्न नसक्ने,आत्मालोचना गर्न नसक्ने र जनतालाई भ्रम मा रुमल्यायारा आफ्नो सिमित नितान्त निजि स्वार्थ पुर्तिगारी आफ्नो जागिर धन्न लागिपर्ने यस्ता घामड नाइकेहरु ले नेत्रित्वो गरेको छ पार्टीहरुलाई र देशलाई अनि त सधै यस्तो छ हालत! समाज र देशको लागि त्यागको राजनीति भन्नेकुरा हरुकोता आशा मात्र गर्नु पनि महा मुर्ख्याई हुने भैसक्यो अबत!

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • Rayamajhi

    यो सबै पर्चंडले गर्दा भएको हो. माओबादीले नेपालमा भएको आसान्तिको जिम्मा लिनुपर्छ. माओबादी नहुन्जेल नेपाल बिस्वको सान्ति देश भनेर चिनिने गर्थेयो तर आहिले आएर आफ्गानिस्थान र इरितेरिया संग तुलनागर्दा फरकनहुने भयो. नेपाली आमाको सरापले इनिहरुको आनुहारमा कहिलेनि हासो नआओस. सबैलाई लाइन लगाएर गोलि हान्न पर्ने!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Suraj

    होइन हौ यी नेताहरु ले देश बनाउन सहमति गर्न खोजेका हुन् कि आ-आफ्ना सन्तानहरु लै ठुलो कुर्सि दिलाउन सहमति गर्ना लाग्या हुन् ? थुक्क नकचरो हरु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suraj

    होइन यो नेपालको राजनीति भनेको के नेता हरुको सम्पति हो र? अनि नेताहरु को सहमति संबिधान बनाउन हो कि आ-आफ्नो छोरि नाती लाई कुर्सि दिलाउन हो ???थुक्क नकाचरोहरु…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ramhari

    आशा गरौ यो सहमति होस् र यसले पूर्ण सफलता पाओस /

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Anup

    आमै ! प्रचंडेको बुद्धि यातिचादै फिरे छ ! पक्कै पनि इंडियाले सुनको थाल दिन्छु भनेर फकायो होला / हुन त माओबादीको कुरा काट्नु नै हुदैन हात, औला कति दिन्छन तैपनि कोहि माओबादीहरु बिबेकी छन् भने कुरा बुझ्लान

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

    • Prem Aryal

      अनुप जी, सावधान ! सावधान !! सावधान !!!

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

      • mra

        हा हा हा प्रेम जी नत्र “टीका विष्ट” जस्तो होला भन्न खोनु भा हो कि क्या हो ?

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

        • Prem Aryal

          mra जी यहा येस्तई हुन्छ बोल्यो कि त चिर्न सुरु, के भन्ने त सावधान नभने

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

          • mra

            प्रेम जी, तपाइको कुरा ठिकै होला एउटा हिसाब बाट | तैपनि हरेक कुरा को समाधान डर, धाक, र धम्कि बाट हुदैन भन्ने मलाई लाग्छा | तपाई हामी नेपाली दाजु भइ मिलेर बसौ भन्ने भावना सबै मा होस् | र असहमति जनाउने विभिन्न तरिका हरु छन् | तातो रगत राम्रो होइन |

            मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

            • Prem Aryal

              माओबादी अन्धभाक्ताभित्र पनि तपाइले भने जस्तै सुबुद्धि पलाउस भन्ने शुभकामना mra जी

              मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • NaBeEn

    आस गरौ !!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • Baru

    राम्रो खबर को लागि त हामी हरु तपाइको पर्खी मा छु Mai Sansar को
    चाडो भन्दा चाडो खबरको लागि कुरेको छु. मेरो Nepal हाम्रो नेपाल
    लै दुख को समुद्र बाट बाहिरा जानु छ Hey god watting a good news about Nepal help su our chuntry and our life

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Tarakh Shrestha

    ल राम्रो होस् , सहमति होस् , अन्त होस् यो सबै किचलो. जनता हरु शान्ति/सुख ले बस्न पाउन, तर यो नेताहरुले कहाँ गर्लान र खै|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • krishna

    यस्ता कोठे सहमतिले अब देश बन्नेवाला छैन हो / सहमति नै गर्ने भए संबिधान सभा कै बैठक मा सर्ब सम्मत ढङ्गले गर जनताले प्रत्यक्ष देख्न पाउने गरि टेलिविजन बाट भए पनि / नत्र त के बिश्वास तुरुन्तै न टुट्ला भनेर?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

    • Harke

      गेंगस्टार र मिनिस्टर एकै व्यक्ति हुनेदेशमा बसेर, दलीय सहमतिको बैठकको प्रतक्ष प्रसारण हेर्ने सपना सायदै पुरा होला कृष्ण जी !

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun

    आस त गरौ तर यीनेता बाट भर नगरौ

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • SAJAN,CHINA

    सबाल-म भन्छु::::म भन्छु:::म भन्छु,म जे भन्छु त्यो गर्दिन,जे भन्दिन त्यो गर्छु के हो?
    जबाफ-माने हाम्रो पार्टीको सिद्दान्त बाँदरको कथा सँग अलि-अलि मिल्छ,हामी काम पनि गर्न सक्दैनौ र अरुलाइ पनि काम गर्न दिदैनौ,माने चाहे त्यो दल होस्,वा त्यो ब्यक्ति।
    आज पनि यती नै होला ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • बिद्याभुषण

    पछिको पुस्ताले हाम्रो अहिलेको समयलाई यउटा असफल मान्छे हरुको समय भनेर औंल्याउने छन। समस्याहरुको पहिचान गर्न नसक्नेहरुको समय हो यो, समाधान त परै जावस। गएको ६० बर्ष ( २००७) को राजनितिले आम नेपाली हरुलाई के दियो???? नेपालीहरुको अन्तराष्ट्रीय पहिचान के छ??? गरिब , माग्ने , सस्तोमा श्रम बेच्नेहरु??? आफुले ठुलो कुरा गरेर केही हुँदैन। आफ्नो मुल्याङ्कन अरुले गरेको बाट हुन्छ। के यि चोर नेता भनाउँदाहरुले नेपालीको यो नराम्रो पहिचान फेर्न केही गरे??? अहिलेको नेतृत्व वाट त्यो संभब नै छैन।
    एउटा राजा गयो
    धेरै रजौटाहरु उदाए’
    एउटा पारस गयो
    चम्चे जति सबै पारस भए
    अहिलेको समय यस्तै छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lochan

    नबिर्सनु होला फोरम पर्ख र हेर को दाउ मा छ यदि राम्रो सहमति भयो भने धोति को पालो जस्तो छ आन्दोलन गर्ने पालो
    जय नेपाल.
    लोचन

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • mani

    गल्ति कस ले गरेको भन्ने भन्नु भंधा पनि आब एस्तो गल्ति हुन्न भनि जनता सामु प्रायास्चित गर्नु पर्छ जस्तो लाग्छ. सुजाता को जस्तो भाग्य सबै नेपाली नेता को हुन्न. अनि प्रचण्ड को जस्तो गल्ति पनि कैले गर्दैनौ भन्नु पर्छ.

    “जब सम्म देशका जनता गरिब हुन्छन तब सम्म कॉम्मुनिस्म हावी रहन्छ, यो कुनै राजनीतिक विचार होइन एक दम तितो सत्य हो. जब जनता सिछित हुन्छन र जनताको क्रय सक्ति बढ्न थाल्छ तब बिद्रोह हुन्छ तेश बेला मा जनता को माग परिवर्तन हुन्छ उनलाई पुन्जिबादी सरकार चाहिन्छ”

    अईले सानो सत्ता परिवर्तन लाई सहन नसक्ने पार्टी ले पछि सत्ता काया पलट सहन्छ भन्ने guarantee दिन सक्छ माओबादी ले.
    अनि हामी हाम्रो पार्टी प्रजातान्त्रिक छ भन्ने तर राजा भन्दा ठुलो गिरिजा भन्ने कथन बाट माथि आउन सक्छ नेपाली कांग्रेस?
    अनि आफु लै सुदर बादी कम्युनिष्ट भन्न रुचाउने एमाले छेपारो जस्तो रंग परिवर्तन गर्दिन भन्न सक्छ त.?
    मा जस्तो मानिस को बोल्ने अधिकार को के हुन्छ.
    पत्रिका मा एउटा लेख सहन न सक्ने अनि लेखने लाई यातना दिने बन्द हुन्छ त अब ?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • Pramesh Neupane

    यही नयाँ समाचारको प्रतिक्ष्या गर्दा गर्दा झन्डै हावानै फुस्केको।।।।।।।।।।।अझै नि के भरोशा छ र ????????

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 4

  • P4R££N1T4~

    यस्ता सहमतिका बैठक त कति आए कति गए, जनताले गरेको आशा जहिले नि निराश नै गराए | ….सिनुको लागि गिद्दहरु लुछा लुछ गर्छन अन्त्यमा आएर गहन बिषयमा कुरा मिलेन भन्छन भङ्ग गर्छन, ढुंगा मुडा गर्नलाई जनतालाई प्रयोग गर्छन | यो कुन चाही नौलो कुरा होर र हाम्रो नेपालमा | देश र जनताको लागि कसले सोच्ने ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • bhojpure kiranti

    उहिले को कथा, माझीहरुले एउटा गाउलाई कसरी नदी बाट पारी तार्ने भनेर सल्लाह गर्दा सात गाउ दुबी सक्दा पनि सल्लाह सकिएको थिएन रे भनेझै यहाँ त झन् नेताहरुले देशै डुब्न लागि सक्दा पनि यिनीहरुको कहिले सल्लाह सकिदैन.के गर्ने र यिनीहरुको “खोपडीमा गिदी होइन कुक्कुर को लिदी” भरिएको छ.
    हे भगवान नेपालराष्ट्र लाई बचाऊ प्रभु

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • kabir

    हाम्रा महान चोर नेता हरु ले केहि राम्रो सुखद समाचार सुनाउलान भन्ने आशा गरेको छु!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • gnsbro

    मावोबादी येस्मा सहमत हुदैन जस्तो लाग्छ मलाई किन कि प्रचण्ड ले सेनापति हटाएर गल्ति भएको मान्न साएद मावोबादी तयार हुदैन होला किनकी या त रास्ट्रपति ले पनि गल्ति गरेको भन्नु पर्छ नत्र सो कदम चालेको भन्नु को अर्थ गल्ति गरेको भन्ने नै हुन्छ भनेर भन्न सकिदैन अनि सेनापति हटाउन सरकारले त सक्ने नै भएँन एदी प्रचण्ड ले गल्ति गरेको हो भनेर भन्यो भने फेरी प्रस्न आउन सक्छ सेना सरकार को मातहत मा कि रास्ट्रपति को मातहत मा एदी सरकार को मातहत मा सेना रहन्छ भने त प्रचन्डले किन गल्ति गरेको हुन्छ र ?? तर दुबैले गल्ति गरेको भनेर नया रास्ट्रीय सरकार बन्छ भने चाही त्यो साएद मावोबादी ले मान्न सक्छ तर खबरदार अहिले जस्तो लाजमर्दो सरकार जनताले चाहदैन किनकी अहिले को सरकारले जनताले दिएको मत को खिल्ली उडाको छ अज भनौ चुनाब ता खाली जनता लाई झुक्काउने खेलौना बनाएको छ ………………..धन्येबाद मित्र हरु मेरो कमेन्ट पढिदिनु भएको मा ……….

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • dev kumar banjare

    सहमति भन्ने कुरा कहिले पनि सम्भव छैन … माओबादी लै सत्ता चाहिएको छ र अरु पार्टी हरुलाई गरिखाने कचौरा चाहिएको छ …..

    जनता का छोरा छोरि हरु ले दुख पाउन या मरून कसलाई के मतलब………….
    अब जनत उठ्नु पर्चा र सबै नेता हरुलाई कपाल मुडेर देश कटाउनु पर्दछ………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    प्रम र राष्ट्रपति दुवैले गल्ती गरेको मान्ने हो भने त माओवादीको अहिलेसम्मको अडानको कुनै अर्थ रहन्न र ‘नागरिक सर्वोच्चता’ खोक्रो नारामा परिणत हुनेछ । त्यसैले जसरी माओवादीहरूले आफूले गरेको गल्तीहरू स्वीकार गर्न कत्ति लाज मानेन, कांग्रेस (गिरीजा)ले पनि मान्नुहुँदैन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 10

    • Prem Aryal

      पुष्प जी त्यो त गर्नु पर्छ दुवै पक्ष ले मेरो मतलब मेरो गोरुको १६रै टक्का भनेर हुदैन, रह्यो नागरिक सर्बोचात्ता माओबादीले उठाएको कुरा जायेज हो कसैले पनि सैनिक सर्बोचाता चाहादैन तर प्रक्रिया गलत, सहमतीय सस्कार माओबादीले तोडेको थियो, संक्रमण कालमा सहमतिको कुरा भुल्नु हुदैन भन्ने कुराको आउदा दिनमा ख्याल राख्नु पर्छ

      आज राम्रो खबर औदैना पर्चंड पार्टी कार्यक्रम लाई सम्बोधन गर्न राजधानी बाहिर

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

      • पुष्प

        प्रेमजी,

        यो ‘युद्ध’ न्याय र अन्यायको हो; विचारको होइन । दशकौंको समय र हजारौंको बलिदानीले ढालिएको सामन्ती संरचना फेरि निर्माण गर्ने कुचेष्टा भइरहेको छ । राष्ट्रपतिको कदममार्फत् यसको शिलान्यास गरी जग बसालिएको हो । तसर्थ यसले पूर्णता पाउनुअघि यो जग भताभुंग पार्नैपर्छ ।

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

        • Prem Aryal

          पुष्प जी न्याय अन्यायको युद्ध पनि बिचारको उपज हो, हरेक युद्ध को एउटा प्रक्रिया हुन्छ, प्रक्रियागत रुपमा जानु पर्यो भन्न खोजेको मात्रै हो

          मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

          • पुष्प

            ‘प्रेम र युद्धमा सब जायज हुन्छ’ भन्ने सुनेको थिएँ; यो प्रक्रिया भन्ने कुरो चाहिँ पहिलो पटक सुन्दैछु ।

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Arjun Pandit

    प्रिय माई संसार का पाठक साथीहरु…तपाइहरुलाई तलका मद्दे कुनै उखान यस प्रसंग मा घत लाग्दो लाग्यो भने हरियो मा क्लिक गर्नुहोला है…….
    १) “झर्ला र खाम्ला” भन्दै स्याल भौतारिन्छ साढेको पछी पछी……
    के यहि हो त हाम्रो हबिगत हामी चै झन् तिनै स्याल हरुको पछि पछि !!!!”
    २)”आश त गरे भर चै नपरे” गोतामे भाई…
    ताक परे तिवारी दाई..नत्र त तिमि नै ”
    ३)”जुन पत्रकार आए पनि वाई सी एल बाट औलै चिरिएको…………….
    के साचै हो त गिरजा ,झाले र पुकदा (पुष्प कमल दाहाल)को बुद्दी फिरिएको?”

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • shrestha

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गल्ती गरेको र त्यही सन्दर्भमा राष्ट्रपतिको कदम हुन गएको भन्दै घुमाउरो भाषामा दुवैले गल्ती गरेको

    मा पनि येश कुरामा शहमत छु! बल्ल नेताहरु को दिमाग मा घाम लागेओ जय होश

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 6

  • susan

    जति चोर, डाका, भ्रस्ट, हत्यारा भनि नेतालाई गाली गरेपनी उनीहरु कै आशा भरोसामा हामी सबै बसिराखेका छौ! हे भगवान तिनीहरु को मगज मा सत्बुद्धि दिनुस अनि आजको बार्ता सफल बनौनुस!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 4

  • जीवन कुमार बलमी

    १२ छोरा १३ नाती बुढाको आँखा मनिषा माथि भनेको जस्तो सबैको आँखा कुर्सी मा छ के को सहमति होला र भनेको ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • Hom Rai

      Jiban kumar ji
      12 chhora 13 nati , Jhale & Girija ko eye P.M. ko kurchi mathi vayo vane jhukkiyera kura milna sak6! Tara feri kurchi kaslai vanera 3 jana ko running ma arko lafada hune chha heri rakhnu hola..

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • हर्केजी कुजाता प्रधान मंत्री बने पनि ठिकै हो / किन भन्नु होला ? माकुने अनि कुजाता मा फरक नै के छ र / दुवै जनताले थुकेका व्यक्ति त हुन् नि / जुन जोगी आए पनि कानै चिरेको भने जस्तै हो / हामीले राम्रो सरकार पाइएला भन्ने आशा गर्नु नै पर्दैन / खोइ के गर्ने !

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 6

    • Harke

      को प्रधानमत्री बन्ला भन्दापनि के को लागि बन्ने कुरा महत्वपूर्ण हुन्छ, होइन र हिमाल जी?
      हिजो प्रचण्डले राजिनामा दिएर, सरकार हिनताको बेलामा माकुने (हारेकै किन नहोस सभा सद त हो नि) लाइ प्र.म. अपुताली पर्नु र आज सहमतिको नाममा कुजातालाइ लेराउनुमा फरक त छ नै !
      यो सहमति नेपाली जनताको लागि हुन लागेको भन्ने कुरामा थोरैलाई मात्र बिस्वास होला, किन कि ?
      १. माओबादीलाइ आफुले खनेको खाल्डो मा फेरी एकपटक आफै जाकिनु पर्ने स्थिति आएको छ र उ आफु जोगिन चाहन्छ! जसरि समानुपातिक निर्वाचन भनेर र जातीयताको नारा दिएर जाकिएको थियो !
      २. गिरिजा (सबै कांग्रेस होइन) एकपटक आफनो कुपुत्री लाइ प्र म को कुर्ची मा हेरेर मर्न चाहन्छ
      ३. एमालेलाइ जसरि भएपनि आफ्नो पार्टी भित्रको बिग्रह, थामथुम पार्नु छ र सत्ता हेरफेर हुनेभायेपछी तेहा पनि कित्ता हेरफेर हुनेछ र बिग्रह थामथुम हुनेछ !

      तर, नेपालीलाइ भने के फाइदा होला त ?

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • Rabin

    आज पनि केहि सहमति चाहिं होला जस्तो लाग्दैन किन भने हाम्रा देशका पार्टी र नेताहरु राष्ट्रका पार्टी र नेताहरुनै होइनन यिनीहरुलाई त कसरि आफ्नो पार्टीलाई अघाडी बढाउने , आफ्नो स्वार्थ कसरि पुरा गर्ने कुनचाहिं शक्तिशाली देशको दल्वालाइ खुशी पार्ने, देश र जनताको नाममा राज्यसत्ता चलाई आफुले मोज मस्ती गर्ने मात्रै यिनीहरुको ध्याउन्न हुन्छ. यदि साच्चै राष्ट्रको लागि सोच्ने हो भने र काम गर्ने हो भने त हाम्रो देशको बिकाश गर्न केहि पनि समयनै लाग्दैन . किन भने हामी दुई शक्तिशाली देशको बिचमा छौ अनि यिनीहरु संगको सम्बन्धलाई सन्तुलन मिलाएर चल्ने अनि बिदेशिएका नेपालीहरुलाई नेपालमै आउन आकर्षित गर्ने हो भने ति बिदेशमा पहिला जाँदा अदक्ष्य थिए अहिले धेरै नेपालीहरु धेरै राम्रा स्तरका दक्ष्य भैसके .

    तैपनि आशा गरौँ यी नेताहरुको बुद्धि आओस अनि हाम्रो देशको राजनीति स्थिरता तिर जाओस अनि देशले चाढै प्रगति गरि हामी पनि विदेश भ्रमण गर्दा हामीलाई अन्य देशको मानिस जस्तै सम्मानित ढंगले स्वागत गरुन यहि छ मेरो कामना !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Prem Lama

    के यो सम्झौता राष्ट्रिय एकता अनि अखण्डताको लागि सहयोगी हुन्छा? हैन भने येस्ता कथित् सम्झौताको कुनै तुक छैन/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Binod Neupane 'B' Sydney

    समय एहि हो नेता ज्यु हरु, तपाई हरु आफ्नो कार्य कर्ता को लागि मात्र राम्रो हुन न खोज्नुस , देश र जनता को लागि एउटा सछ्यम नेता भएर देखाउनुस मिल्नु पर्ने समय हो यो स्वार्थ हटाएर देश बनाउन तिर लागौ l

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 3

  • Himalee

    राम्रो खबर न-आए पनि नराम्रो खबर चाही न-आयोस येही छ कामना /

    जय नेपाल

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

  • Himalee

    सहमति भए पनि नभए पनि जनताले दुख पाउनु चाही भएन कुरो को चुरो त्यति मात्र हो / जनताले चाहेको पनि त्येतिमत्र हो हाल लाई/

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 4

  • siri

    देश को बिग्रिदो स्थिति मा कहिले कहिँ राम्रो खबर सुन्न पाय विदेश मा हुने नेपाली लाई पनि केहि राहत मिल्थ्यो होला- पशुपति को कृपा ले देश मा शान्ति होस् यहि छ तमाम नेपाली को कामना !

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 7

  • रबिन्द्र राज गिरी

    सहमति भए त हामी सबै नेपालीको लागि अति नै खुशीको कुरा हो | तर यस्ता सहमतिको कुरा कति भए कति गए, त्यसैले खोई म चाहिं त्यति आशाबादी हुन सकिरहेको छैन | सबैको आ-आफ्नै निहित स्वार्थ र अडान छन् | अलि दुरदर्शी भएर हेरिदिए त राम्रो हुने थियो |

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 6

    • रबिन्द्र राज गिरी

      मेरो अनुमान सहि नै त रह्यो | धेरै साथीहरुले मेरो अनुमानलाई पत्याउनु भएको थिएन | यो सबै नेताहरुको हाम्रो आँखामा छारो हाल्ने नियत मात्र हो | देश र जनताको यिनीहरुलाई अलिकति पनि माया छैन |

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • prem raj tumbapo(limbu)

    जे भए पनि हाम्रो नेता हरु बाट राजनीति गतिरोध लाइ मिलेर निकास ल्याउछान भने नेपाली जनताको ठुलो र खुसीको कुरा हो यसलाई नराम्रो भन्न मिल्दैन .प्रयास निन्दा खोजि र निरन्तता सहमति ले नै desa ko bikas र nirman shanti ko byabasthapan hunchha .rajnitiko bahasa लाइ matra jod hoina janatako pahilo samasya हरु लाइ eka patak netahru ले eka thau maa basera kasari hunchha samasya हरु hal garna prayas गर्नु parchha .des ko abagun dos hatya hinsa apharan jasta mul samasya aajako mukhaya bibhed hun yasalaai nirmul hunu jaruri chha yasari netaharuko bheta sallaaha sahamti ko hune din wa hun khojeko subarna abasara लाइ hardika shubhakamana.
    .

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 4

  • dipika

    यी आफुलाई देशको माउ पार्टी सम्झिनी खलनायकहरु बीच सहमति भये नेपाली जनताले अलिकति भये पनि राहत पाउथिए कि ? नेपालक नेता भनौदाहरुको बुद्दी कहिले पलौनी होला अनि नेपाली जनताहरु ले सुखको सास फेर्न पाउनी होला भन्या?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 6

  • Harke

    असल सहमतिको कामना छ !
    तर मलाइ त कतै कुजाताको प्रधान मंत्रित्वमा माओबादी सम्मिलित राष्ट्रिय सरकारको डरलाग्दो र घिनलाग्दो सहमति पो होला भन्ने ड़र लागेको छ !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 17

    • shreesh thapa

      आशा गरौ भर नपरौ

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 3

    • madan bajracharya

      हर्के जी
      नाटक को अन्त येसरी नहोला भन्न सकिन्न/ आज राम बरण कुनै कारण बात हट्नु परे आर्य घाट बात पनि गिरिजा उठेर आउने छन्, अरु लाई त् दिल्लीले मान्दैन पनि/ दिल्ली नमाने पछी …..

      अनि माकुने जति कम्जोर प्रधान मन्त्रि त् देस को इतिहासमै कोहि भएको छैन/ त्यो हतेमा बा हतायियेमा काम चलाउन भनेर पनि कुजाता प्रधान मन्त्रि बनाउने सपना बुंदर त् तेसरी चोर बाटो बात ……/ येतिकै निमित त् कसैको स्वास अड्किरहेको छ/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 15

      • Harke

        नेताहरु देश र जनताको प्रति सच्चा सही नियत, हुदो हो त यो बार्ता सम्भिधान सभाको बैठक कोठा, बालुवाटारको बैठक कोठामा हुन्थ्यो वा कुनै जनताले तिरेको कर बाट संचालित सरकारी कार्यालयमा ! कुनै नागरिक (भू पु प्रधानमत्री किन नहोस) को बैठक कोठा मा होइन !

        जनताले सकी नसकी कर तिरेर सिंहदरबार देखि बलुवाटार दरबार चलाएका छन् ! मन्त्रलाय देखि सम्मेलन केन्द्र संचालालन गर्न पैसो तिर्छन….! देशको लागि महत्वपूर्ण निर्णय भने नेताहरु निजि घरमा गर्छन….! कस्तो बिडम्बना !

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 5

        • अनौपचारिक बैठक कहाँ गरे त्यो महत्तोपुर्ण होइन होला, देश को हितमा चाडै सकारात्मक कुरा निस्किन्छ कि निस्किना त्यो राम्रो हो,
          कुनै देश को दुताबासमा या जनद्रोही को घर मा भयको भय यस्तो कमेन्ट ठिक हुन्थ्यो होला, गिरिजा को घरमा भयर तेस्तो कुन्नी अप्पति छैन hola

          मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

        • madan bajracharya

          हर्के जी
          फेरी सारै ठिक कुरा उठाउनु भयो/ हो नि प्रजातात्रिक प्रबिती भएको यी कोठे नाक भाँचेका नेताहरु जनता बात लुकेर कोठा कोठा मा बैठक गर्छ त्यो पनि आफ्नै स्वार्थ को निमित/ को हो त्यो गिरिजा? न चुनेको हो न कसैले मान्नु पर्ने गरि रास्त्र्लाई केहि योगदान दिएको व्यक्ति हो त्यो/ कसैलाई केहि तेस्ले दिएको छ भने तेही टनकपुर महाकाली भारत् लाई दिएको छ, बिहरिहरुलाई नागरिकता दिएको छ, संबिधान सभाले कस्तो संबिधान कस्तो बनाउने भनि छलफल सम्म पनि नगरिएको अबस्थामा अब बनिने संबिधानमा मधिसेको एक मधेस माग पुरागर्छु भनेर सम्झौता गरेको छ, माकुने र कुजाता जस्तालाई जनताले चुनेको प्रतिनिधिको हक छिनेर पद दिएको छ, मैथिली भाषालाई लात मारेर हिन्दी भाषालाई रास्ट्र भाषालाई बिस्थापित गराउने षड्येंत्र गरेको छ/

          कुनै दिन जनताले चुनेको जनताको प्रतिनिधिको सरकार बनेमा जेल जानु पर्ने त्यो गिरिजा कै चाकरी कसैले किन गर्दै गरेको हो? गिरिजाको कोठामा बैठक गरेकोत मात्र तेस्को पछाडिको दिल्लीको प्रभुको भजन गाउन तेस्को कोठा मा बैठक बसेको हो तिनीहरु?

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

    • mra

      प्रचण्ड :- लौन गिरिजा बाबु हैरान भो आन्दोलन गर्दा गर्दा अनि हेरोइन हरु संग नाच्दा नाच्दा | त्यो प्रधानमन्त्री को कुर्ची चै सारै रश लाग्दो थियो | कै गर्नी पर्यो |
      गिरिजा :- ये एती जाबो कुरा पो | मलाई नेपाल मा महिला प्रधानमन्त्री भएको हेर्ने एउटा खड्को भएको ले बाचेको येश को लागि तिमि हरु ले सहयोग गर्चोउ भने म नेपाल बेचोउ भने पनि बेच्दिन्छु |
      झल्लु :- बेची चै न हालु , बन्दगी चै राखे हुन्छ | मलाई पनि यो माकुने को चुरी फुरी मन परि रह छैन | मेरो आफ्नो मान्छे लै चै अलि धेरै मन्त्रि दिनु पर्छा है |
      प्रचण्ड :- तेसो भए मैले पाउने के त ?
      गिरिजा :- तिमि लाई त्यो राष्ट्रपति को कदम गलत हो भनेर भने पुग्छा भनेको होइन ? कि रस्तापति नै हटाउनु र मलाई बनौ | तेसो गरौ भने तिमि PM बन्न पोउचोउ | बहाना सहमत छ ?
      झल्लु :- हेरु है यी सबै कुरा म माकुने लाई भंदिउला एदी मैले कै पाएन भने |

      इतादी इतादी इतादी इतादी , Outcome = 0

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes