Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

अब चड्कन लाउँदिनः राज्यमन्त्री करिमा

पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई पुरानो गाडी पठाएको निहुँमा हात हालेर चश्मासमेत फुटाइदिएकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले घटनाका बारे मंगलबार दोस्रो पटक विज्ञप्ति प्रकाशित गरी आइन्दा त्यसो नगर्ने बताएकी छिन्।

मंगलबारको वक्तव्यमा पनि धेरैले माग गरे जस्तो माफी मागिएको छैन। प्रधानमन्त्री माधवकुमार नेपालले नै अहिलेको अवस्थामा मलाई नै गालामा हान्या भए नि योभन्दा बढी कारबाही हुन सक्दैन भन्ने शैलिमा सार्वजनिक रुपमा कारबाही नहुने बताइसक्दा पनि किन फेरि वक्तव्य जारी गर्नुपरेको त करिमालाई ? कारण अर्कै छ।

मबाट गत कात्तिक २४ गते प्रमुख जिल्ला अधिकारीमाथि हात उठेकोजस्तो घटना अब उप्रान्त नहुनेमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छु।

सो दिन पर्सा जिल्ला प्रशासन कार्यालयमा तत्कालीन परिस्थितिजन्य अवस्थामा प्रजिअमाथि आफूबाट हात उठ्न गएको घटना अप्रत्याशित, दुःखद र नराम्रो भएको कुरा मैले यसअघि नै सार्वजनिकरुपमा महसुस गरिसकेको छु।

-करिमा बेगम


धेरैलाई अचम्म लाग्ला, अहिले त कर्मचारीहरु पनि विरोधमा उत्रिएका छैनन्, काममा फर्किसके। दलहरुले पनि विरोध गरेका छैनन्। प्रधानमन्त्री जम्बो टोली लिएर कोपनहेगन लागिसके, उनले पनि दबाब दिएका छैनन्। त्यसो भए किन फेरि वक्तव्य निकाल्नुपरेको त ?

किनभने पर्साका कर्मचारीहरु आन्दोलनमा फर्कनुअघि हालका सीडीओसित एउटा सम्झौता गरेका थिए। हालका सीडीओले पर्सामा राज्यमन्त्री आए उनलाई पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने आश्वासन दिएका थिए।

करिमालाई यो कुरा थाहा थियो। त्यसैले उनी १५ दिनअघि इद मनाउन गृह जिल्ला आउन सकिनन्। आएमा पक्राउ गर्ने चेतावनी सीडीओले दिएका थिए। मनमा त यो सीडीओलाई नि चड्कन हानौँ कि जस्तो भा’थ्यो होला। तर क्यार्नु, एक जनालाई हानेको चड्कनले त यत्रो जात्रा भयो। अर्कोलाई नि हान्यो भने त बल्लतल्ल पाएको कुर्सी खुस्कन बेर लाउँदैन भन्ने भो होला नि।

प्रत्येक वर्ष आफ्नै घरमा भव्य रुपमा ईद बकरीद जस्ता पर्व मनाउदै आएकी थिइन् उनले। यस पटक भने घरबाट भागीभागी बस्नु पर्‍यो। हेर बेइज्जत। सरकारका मन्त्री नै घर जान सक्दैनन्। कात्तिक २४ गते पर्साका तत्कालिन प्रजिअ दुर्गा प्रसाद भंडारीलाई हातपात गरेको भोलिपल्ट राजधानी गएपछि उनी गृहनगरमा आउन सकेकी छैनन्।

वीरगंजमा केही दिनअघि भएको सर्वपक्षीय बैठकमा प्रजिअ यादव कोइराला र प्रहरी उपरीक्षक सुबोध घिमिरेले राज्यमन्त्री बेगम वीरगजमा आए लगत्तै उनलाई पक्राउ गरी कानून बमोजिम कारवाही गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

अब यही कुरालाई सामसुम पार्न बेगमले फेरि वक्तव्य निकाल्नु परेको हो।

Related posts:

  1. सकियो चड्कन काण्ड
  2. फेरि अर्को चड्कन काण्ड
  3. माफी मगाउन सकेनन् चड्कन मन्त्रीलाई प्रमले
  4. मन्त्रिमण्डल विस्तार, १२ मन्त्री, ६ राज्यमन्त्री
  5. ‘राजा’को गालामा मन्त्रीको चड्कन

59 comments to अब चड्कन लाउँदिनः राज्यमन्त्री करिमा

  • madan bajracharya

    अब चड्कन लगाउन्दैनन् तिनले बिहार बात गुण्डा मगाएर बिताउने छन्/ उहिले दन्त्य कथा मा फलाना दैत्य को प्राण कता छ भने झैँ माकुनेको प्राण पनि तेस्तै करिना को मा पो छ/ अनि के को कार्य बाही/ कार्य बाही खोज्ने लाई त् सके तेस्ले……..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan bajracharya

    अब चड्कन लगाउन्दैनन् तिनले बिहार बात गुण्डा मगाएर बिताउने छन्/ उहिले दन्त्य कथा मा फलाना दैत्य को प्राण कता छ भने झैँ माकुनेको प्राण पनि तेस्तै करिना को मा पो छ/ अनि के को कार्य बाही/ कार्य बाही खोज्ने लाई त् सके तेस्ले……..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Chandra bahadur B K

    पर्सामा गरेको गल्ति काठमान्डू मा बसेको मान्छे लै समात्न नमिल्ने कहाको नियम हो यो ?
    त्यो नियम मन्त्रीलाई मात्र हो कि ? अरुलाई पनि हो ?
    हे माधव सरकार बताईदिनु पर्यो तेस्ता नेता हरुलाई देस निकाला हुने गरि कारबाही हुनु पर्यो हो अनि मात्र जनताले तिमि लाइ पर्धानमन्त्रि भन्लान है मा कु ने होस् गर नत्र पछी चुनाब मा फेरी पनि जाउला खाल्डो मा i

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • पूर्ण

    मलाइ धार्मिक अन्धविश्वासी नभन्नु होला किनकि मा नास्तिक हुँ तर यो यथार्थ भएकाले मात्र यहा प्रसङ्ग उचालेको हुँ

    मुसलमान देश मा हिन्दु नारि लाइ खोजि खोजि बलात्कार गरेर नांगै घुमाउछन भन्ने कुनै पनि नेपालि लाइ थाहा नहुन सक्छ

    बंगालादेश र पाकिस्तान को यो दैनिकी हो
    समाचार पढ्नुस

    नेपाल मा मुसलमान भनेपछि प्रचण्ड गिरिजा को पनि सुरुवाल गिलो हुन्छ
    यी करिमा बेगम लाइ कारवाई गर्ने आट नेपाल मा राजा भएको भए उसको पनि हुदैनथ्यो

    नेपाल मा हुम्ला जुम्ला मा मानिस खान नपाइ सुकेका छन् यी मुसलमान हरु लाइ रामदान मा मक्का मदिना जान सरकार ले करोडौ रुपैया दिदै आएको छ
    राजा चोर ले त दियो दियो यसलाई भगवान नमान्ने नास्तिक माओबादी ले समेत चुइक्क बोल्न सकेनन

    हुन त यी माओबादी हरु नेपाल का मौलिक धर्म र देवता पो नमान्ने हुँ त बिदेशी धर्म त यिनको घाटिमै अड्केको छ
    नपत्याए पुष्प कमल को टाई हेरौ न

    नेपाल यस्तै हुने हो भने यी धोति हरुको बिर्ता हुने छ
    हामि आदी बासी हरु गलहत्तियेर यी धोति हरु ले गोरु नार्ने छन्

    खै के कुरा गर्ने आफ्ना नेपालि हरु सग
    भैस के आगे बिन बजाए भैस पागुर मारे

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • tara adhikari

    म करिमा जी लाई धन्धबाथ दिन छाहंछु.किनकि कुर्छिमा बसेर आफ्नो दहित्तो बिर्सने मुर्ख पापी लाई यो नै राम्रो सजाय हुन सक्छ.अब बल्ल बुधि आउछ कि

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • saubhagya

    लौ हेर, अब त्यो बिचरी को पढाई पनि छैन, बुद्दी पनि छैन, एक चोटी लै माफ गर्दिम हो साथि हो. . .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 4

  • madhu

    के यो अग्रिम प्रोपोगान्डा नै हो त, छिमेकि को लागि आमा बेचेनी, लौ देश लै याक बाट टुक्रा पार्ने, राष्ट्रिय झन्डा फेर्ने त भै सकियो अब कानुन पनि बेग्लै हुदै छ भन्ने संदेश हो कि के हो
    मान्छे ले मान्छे को रगत संग होलि केल्नी हरु, अब अर्को चै के गर्न हो,
    राष्ट्रिय पत्रकार हु भनि खुब घमण्ड गर्ने हरु यस्तो कुरा लै यथुना चै किन नि पछि, कि योगियता छैन कि, कि त बिकाउ हो

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • tilsi

    मैले बुज्न नसके को कुरा यो पर्सा जिल्ला कहाँ कुन देश मा पर्दो रहेछ त्यो पर्सा जिल्ला सित नेपाल को सुपुर्दगी सन्धि छ कि छैन हौ ?
    मित्र हरु ले मलाई पर्सा जिल्ला पनि थाहा नभए को कति मुर्ख रहेछ भन्नु भयो होला हो ?यदि पर्सा जिल्ला नेपाल मा पर्छ भने पर्सा मा अपराध गरेर भागे को अपाराधि लाई काठमाडौँ मा समात्न नामिल्न्ने कस्तो खालको निकम्मा कानून हो ?
    त्यस माथि पनि नियेम कानून को सधै पालना गर्छु भन्दै पदीय दाइत्य समाल्दा सपथ खाएको मान्छे ले आफु जस्तै अर्को एउटा विभागीय जिम्मेबारी बोकेको मान्छे लाई सार्बजनिक स्थान मै चस्मा नै फुट्ने गरि चडकन बजारेर नेपाल को एउटा जिल्ला बाट अर्को जिल्ला मा गएर गरिब जनता ले रगत पसिना ले कमाए को कर को पैसा मा मोज मस्ती गरेर हिन्दा पनि राज्य को कानून ले नछुने कस्तो झुत्रो कानून होला प्रसासन होला गज्जब छ बा /////
    लौ त नेपाल का अपराधी वर्ग हरु लाई बधाई छ जसले पनि अब एक जिल्ला मा अपराध गर्यो अर्को जिल्ला मा सान सित हिड्यो कानून न सानून
    करिमा बेगम पक्कै पनि कसै को त आमा होलिन (उनको पारिबारिक आबस्था मलाई थाहा छैन ) अब भन्नुस उनको बच्चा हरु मा आफ्नी गुंडी आमा को कस्तो प्रभाव परेको होला एक छिन् है म तपाई लाई एउटा सत्य घटना भन्छु है लौ सुन्नुस…….

    यहि बेल्जियम मा मेरो एक जना नेपाली मित्र हुनुहुन्छ बेल्जियम बसाई को क्रम मा संघर्ष गर्नु भयो बेल्जियम सरकार ले उहा लाई बेल्जियम बसोबास गर्न पाउने अधिकार भएको कार्ड दियो नेपाल फर्कनु भयो बिहे गर्नु भयो केहि अन्तराल पछि एउटा छोरा पनि भयो छोरो पुल्पुलिएर बढ्यो त्यो क्रम मा चाडवाड् मान्न नेपाल आउने जाने गर्नु हुन्थ्यो स परिवार नेपाल मा पनि त्यस्तै सबै को हात हात मा भयो बच्चा पुलपूलौने क्रम मा ”बाबु मामा लाई पाइया गर ,काका लाई पाइया गर कान्छी लाई पाइया गर जेठी लाई पाइया गर ” अब हेर्नुस बिद्दम्बना बच्चा हुर्क्यो ”पाइया” सस्कार र समाज मा केहि दिन को रमझम पछि कर्म थलो बेल्जियम फर्किए अब बच्चा लाई स्कूल हाल्ने समय पनि भयो स्कूल भर्ना भयो स्कूल जान थाल्यो अब दुख को कुरा हेर्नुस यहाँ ”पाइया सस्कृति” मा हुर्केको बच्चा ले स्कूल पनि आफु ले सिकेको कुरा आफ्ना सहोदार हरु लाई देखाउन थाल्यो सानो सानो कुरा मा पनि उसले साथी हरु लाई ”पाइया” गरी हाल्ने साना साना नानि हरु ति पनि गोरा हरु का उसले पाइया गर्दा त कसै को नाक नै फुट्ने कसैको उसले धक्का दिदा लडेर चोट लाग्ने अब स्कूल मा जिम्मेबारी बोकेका लाई त पर्नु फसाद पर्यो सम्जाये बुजाये किन मान्थ्यो ,घर मा बच्चा को आमा बाउ लाई खबर गरे पत्र काटे किन सुद्रिन्थ्यो ,घर मा नै पनि बाउ ले बच्चा लिएको बेला आमा लाई पाइया गर भन्ने अनि आमा ले लिएको बेला बाउ लाई पाइया गर भन्ने ल हेर्नुस त बिजोक एक दिन त स्कूल का मान्छे हरु ले हामी यो बच्चा पडाउन सक्दैनौ भनि बाउ आमा लाई बच्चा घर मा नै पुरौन पुगे त्यस पछि आमा बाउ बच्चा को लागि अर्को स्कूल को खोजि मा थिए
    अब एसको मतलब यो हो कि इ करिमा बेगम पनि त्यस्तै ”पाइया सस्कृति” मा नै हुर्के कि हुन् भन्ने कुरा मा त २ मत नै छैन उनका पाइया सस्कृति को मार् मा अजै कति का गाला हरु पर्खी बसेका होलान र पक्का पनि उनका छोरा छोरि पनि उनकै ”पाइया सस्कृति” मा हुर्केका होलान र कति ठाउँ मा ”पाइया सस्कृति” को पाठ पनि आफ्ना दौतरी हरु लाई पढाई सके होलान र पढाउने तयारी मा होलान यसो माई संसार ले खोज पो गर्ने हो कि ? तपाई हरु को लागि पनि फेरी एउटा स्कूप हुने छ र अनि हामी पाठक हरु त कमपुटर का की बोर्ड नै भत्किने गरी कमेन्ट गर्ने जिम्मा हाम्रो कि कसो साथी हरु ?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 5

  • Prem Aryal

    सरम भन्ने चिजै मान्छेमा नरहेपछि त के गर्न मिल्दो रहेछ र

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

  • raj

    बिरगंज आएको भए मात्र कानुनको दायरामा आउने काठमाडौँमा भए बिरगंजको सिपाहीहरु काठमाडौँमा गएर समात्न नमिल्ने कस्तो किसिम को कानुन छ हो नेपालमा ?
    त्यसो भए भारत या अन्य मुलुकमा भागेका अपराधीहरुलाइ समात्न या सुपुर्दगीको सम्झौता को नाटक किन ? कि बिरगंज(पर्सा) देश…(? ) र काठमाडौँको सुपुर्दगी सम्झौता भएको छैन ? करिमाको शब्दमा नै पर्सा उनीहरुको देश हो रे/
    जबकि आफ्नै देशमा त अपराधी हरुलाई समात्न नमिल्ने र नसक्ने कानुनका रखवालाहरुले देश र जनताको कहिले र कसरि भलो गर्ने हुन् / देशको के हालत बनाउने हुन् यस्ता पटमुर्ख नेताहरुले ? के यिनीहरुमा देशभक्तिको भावना अलिकति पनि छैन ?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • ढिलाई भए पनि बुद्धि त फिरे छ तर, अहिले फिरेको बुद्धि ले हजुर को मुर्खता छोप्न त सक्दैन होला है मत्रानी जेउ, कि कसो हो साथी हरु…………………..

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • जीवन कुमार

    हिजोको दिनमा मैले गल्ती गरेको नै होइन, म क्षमायाचना कदापी गर्ने छैन भनेर खुब धक्कु लगाउदै हिंडेको थियो अनी कान्तिपुर चनेल को समाचार बचक र बचिका (रुपेश र सिम्रिका) लाई समेत् झन्डै झन्डै कुटौला जस्तो गरेको थियो । आज आएर बल्ल महसुस भएको हो कि समय सधैं एकै हुन्न भनेर । हुन त कुहिएर भित्र भित्र खतम हुन लगेको ईण्डियन दलाललाई यस्तो महसुस हुनु भनेको पत्याउन नसकिने कुरा हो मलाई त लाग्छ अर्को कुनै षड्यन्त्र हो कि भन्ने, र घर पनि जान नपाएको अनी आफ्नाहरु सँग को बियोग ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Nabin

    गलती सबै बाट हुन्छ गल्ती को महसुस गर्नु ठुलो कुरा हो देश मा ठुला ठुला मुद्दा हरु छन् यस्ता झिना मसिना कुरा लाइ ठुलो बनाएर घरी घरी कुरा उठाउनु राम्रो कुरा होइन होला की कसो हो मलाई अली राम्रो लागेना

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 14

  • Narayan Adhikari

    सभ्यता, संस्कार, अनुसासन भन्ने कुरा जीबन प्रबृत्ति हो, जसमा यी चिजहरु नै छैनन् त्यसले वक्तब्य दिनुको अर्थ नै के छ र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • raj

    जब पोथी एक चोटी बास्छ बारम्बार बस्ने कोसिस गर्छरे त्यसैले त्यो पोथी लाइ सेकुवा बनाईन्छरे (मैले भनेको होइन है साथी हो पुर्खा ले भनेको उखान) अब यो करिमा भन्ने कुखुरिलाई कुन कुवा चाहिएको हो मैले त बुझ्नै सकिन तपैहरुले बुझेको भए सेर गर्नुस है | (महिलाहरुलाई मेरो कुनै अफेन्स छैन)|

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 5

  • द्रोण

    देख्दै बाइ जस्ती !!पंचायत kaalki नानीमैया ,झैँ yi फोरम कि नानीमैया हुन् |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

  • amada, japan

    हैन यो माई संसार माकुने वा अन्य नेता हरु ले हेर्दैनन् कि क्याहो ?
    एक चोटी देखाउने पर्ने तिनी हरु लाई….

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • shiva

    जो पायो तेही मान्छेलाई कुर्चीमा राखेपछि के के देख्नु पर्दछ .

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 2

  • समात्न तेही फर्कनु पर्छा र भन्या? कानुन त देश भरि नै समान हुनु पर्ने हैन र ? :)

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

  • बज्रबारही

    आदरणीय मित्रहरु ! करिमा बेगमले सिडिओलाई पुरानो गाडी पठाएको कारण कुटेको कुरा त बनिबनाऊ कुरा थियो । उनले सिडिओ कुट्नुको खास कारण पर्सा जिल्लास्थित वीरगन्ज उपमहानगरपालिकामा रहेको नारायणी उपक्षेत्रिय अस्पतालको पछाडि पट्टी केही कोठीहरु छन् । ति कोठीहरु उनको आफ्नै लगानीमा सञ्चालित छ । सोही कोठीमा वेश्यावृत्तिमा निर्वाध सुचारु गर्न प्रहरीले अबरोध सिर्जना गरेको, वेश्यावृत्तिमा संलग्न महिलाहरुलाई पक्राउ गरी प्रहरीले दुःख दिएको कुरा उनले पटक पटक जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भण्डारीलाई जानकारी गराएकी थिइन । तर ति सिडिओले नमानेकै कारण पुरानो गाडीको बहानामा त्यसरी कुटपीट गरेकी हुन । अहिले पनि तपाईहरु वीरगन्ज आएर केही बेश्याकोठीबारेमा अनुसन्धान गर्नुस् बेगमको को हुन् भन्ने कुरा थाहा पाउनु हुनेछ ।
    अर्को कारण पनि थियो । उनका पछिल्ला श्रीमानले भारतबाट ल्याएको टायर भन्सार नतिरेको कारण प्रहरीले पक्राउ गरेको थियो । भन्सार नतिरेको टायर छोडिदिन प्रहरीलाई बाध्य पार्न नसकेको आरोप पनि ति सिडियोमाथि लागेको थियो ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • madan bajracharya

      बज्र बाराही जी
      राम्रो पोल खोल्नु भयो/ एमाले ले अब अर्को चुनावमा एमाले ले “घरमा बुढी करिनाकोमा तरुनी, चड्कन हान्ने को माकुने को धड्कन हो ” भन्दै भोट माग्ने छन्/ अरुको नभए पनि दल्ले हरुको भोट खुबै पाउने छ माकुनेले/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • G Acharya / Japan

    पर्सामा गरेको गल्ति काठमान्डू मा बसेको मान्छे लै समात्न नमिल्ने कहाको नियम हो यो ?
    त्यो नियम मन्त्रीलाई मात्र हो कि ? अरुलाई पनि हो ?
    हे माधव सरकार बतैदिनु पर्यो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

  • Himalee

    हुन् पनि कति पटक मर्छौ माकुने?
    हुनत
    सपुतहरु कहिले मर्दैनन् सदा अमर रहन्छन
    जन साधारणहरु १ पटक मर्छन
    माकुने जस्ता घृणितहरु पटक पटक मर्छन किनकी जिउदो हुदा पनि मरे तुल्य नै हुन् तिनीहरु

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

  • Dr. Lee James Hong

    सम्माननीय राज्य मंत्री श्रीमती करिमा बेगम बैनीले गरेको काम संसारको कुनै पनि मुलुकको कानून र मानवीय नैतीक आचरणको विरुद्धमा छ|यसरी दादागीरी गरि हिड्नेलाई पनि अझै काखी च्यापेर हिडेको देख्दा मलाई सम्माननीय प्रधानमंत्री माधव कुमार नेपाल ज्यूको राजनीतिक सुझबुझ,जीवन दर्शन र न्यायपालिकाको सम्मान प्रति शंका लागेर आयो|प्रधान मंत्री र मंत्रीहरु अस्थायी हुन्|सम्माननीय सिडिओ ज्यू सरकारको स्थायी कर्मचारी हुन्|त्यति ठूला सरकारी पदेन सदस्यलाई कुट्ने काम गरेर करिमाले आफ्नो मात्र नभई सिंगो मंत्री परिषदको गरिमालाई धुलिसात पार्ने काम गरेकी छिन् |सायद उनले मानव अधिकारको विश्वव्यापी घोषानापत्रको धारा ३ र १९ पढेकी छैनन् जस्तो लाग्यो |सी डी ओ साहेपलाई सरकारले जनताको सेवा गर्न पठाएको हो करिमाको भ्रमणमा उनको साडीको फेरो समात्दै जम्लाहात जोरेर राणाकालीन शैलीमा चाकरी गर्न होइन| यो मान्यतालाई सिडिओ साहेपले नजीरको रुपमा स्थापित गर्नु भएको छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • prem sharma

    होइन हाम्रो देस मा जेगरे पनि हुन्छा भनेया| होइन हो साथी हो अब युवा को बलियो संगठन खोल्नुपरेयो है समाज क बिकृति लै बदार्ना को लागि फेरी YCL जस्तो होइन नि| बेगम जी जस्ता लै समाज बाट बहिस्कार गर्नलाइ केन्द्रित भएर मात्र लग्नु को विकल्प छैन है मित्रहरु हो| युवाहरु एकत्रित भएपछी कसको के लाग्छा र होइन न मित्रहरु जिउ|

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • sujan from denmark

    होइन हो लाज पचेसी कसको के लग्दोरैछ र , हुनपनि एउटा गाबिसको सदश्य हुन हैसियेत नाभाकी करिमा लाइ मन्त्रि बनायेसी कहीं नभाको जात्रा त हादिगाउमा हुनुनै पर्योनी, कि कसो हो साथीहरु?

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • Jillabashi Baburam

    नपुंसक सरकारले कारवाहि गर्न न सके पनि यो आइमाईलाई
    आफ्नै कूकर्मको हिनताबोध, आत्मग्लानी, लाज, बेइज्जतिले
    जिन्दगी भर पिरोली रहोस! सपनामा पनि झ्याम्म गालामा
    चड्कन लगाएका दृश्यहरु देख्दै झस्याङ्ग ब्युझदै गर्न परोस!
    जनताले सामाजिक बहिस्कार गर्ने हो भने त्यो पनि राम्रै
    सजाय साबित हुन सक्छ!
    Let her evil action haunt herself throughout her life!
    चेतना भया!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

  • Narayan-Hong Kong

    सबै भन्दा ठुलो कानुन ??
    होईन होईन सबै भन्दा ठुलो त करिमा बेगम ??
    कि जनताको हात का औला काट्ने अरुको देशको नेताको नाम बाट पार्टि बनाएर हाम्रो हत्या गर्ने मावबादि??
    साचै को होला हाम्रो देशको सबै भन्दा ठुलो ??

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 10

  • ए भगवती स्वरुपिनी तिमी कस्ती भने सहस्र जिब्रा भएका नाग हरुले पनि बर्णन गरेर नसक्ने तिम्रो त्यो अपूर्व महिमा को बर्णन कसले गरेर सक्छ नत दुर्गा प्रसाद भण्डारी ले गर्न सके नत माकुने ले सके तिम्रो अभूतपूर्व लिला को /चमत्कार को बर्णन हामीले कसरि गरिसक्नु /
    तिमि चण्ड , मुण्ड , रावण राज कि सुपर्णखा तिमी कैकेयी , तिमी यस देश कि रनचंड्डी कोटी कोटी प्रणाम तिमीलाई
    सक्छोउ भने हान चड्कन गिरिजा माकुने अनि प्रचण्ड लाई पनि ……………………अम्रिका बाट

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 4

    • nishan

      कस्तो क्रान्तिकारी बाहुन रहेछ, हिजो सम्म त करिमा नानी को भक्ति भाब गाउथ्यो , जय जयकार गर्दथ्यो , आज कसले जाड दिएछ ….

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • Mohan

    एती धरै मजाक त्यो देश को उडेको थिएन आहिले सम्म .
    हास्दा हास्दा पेट नै दुखी सक्यो !

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 1

  • GG USA

    करिमा बेगम को काम गराईको शैली माफी मगाई को शैली भन्दा पनि अचम्मको त हाम्रो देशको कानुन पो रहेछ बा .. त्यहि देशको मन्त्रालयमा आफ्नो दैनिक काम गरेकैछिन .. सार्बजनिक कार्यक्रम मा तराई मा कफी फलाउने निर्देशन दिन पनि भ्याकैछिन .. गृहमन्त्री संगै भोज पनि चलेकै छ .. कहिले माकुने प्रशासनले कारबाई गर्ने शाहस नगरेको ठाउमा अब कहाको सर्बदलीय बैठक ले यस्तो आटिलो निर्णय गर्न भ्याएछ … एउटा प्रान्तीय राज्यमा अपराध गरेर अर्को राज्यमा पुगे कुनै कारवाई गर्न नमिल्ने संघियताको पूर्व अभ्यास होकी के हो यो ??

    मन परे हरियो, नपरे रातोः Thumb up 15 Thumb down 2

  • raaz

    भैहाल्यो नि त करिमा नानीले महसुश गरिहलिन, अब सीडीओ साबले नि करिमा नानिलाई चड्कन लगाई …गल्ति महसुस गरे भैहाल्यो, बेकार मा येत्रो लफडा किन ????

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 18

  • बीर

    बिग्रिएको छवि सुधर्नालाई नेताजीको झुटो र सस्तो बचन तर अझै पनि गल्ति नस्वीकार्ने ? तिम्रो भाग्य बलियै रहेछ |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 5

  • मैले बुज्न नसके को कुरा यो पर्सा जिल्ला कहाँ कुन देश मा पर्दो रहेछ त्यो पर्सा जिल्ला सित नेपाल को सुपुर्दगी सन्धि छ कि छैन हौ ?
    मित्र हरु ले मलाई पर्सा जिल्ला पनि थाहा नभए को कति मुर्ख रहेछ भन्नु भयो होला हो ?यदि पर्सा जिल्ला नेपाल मा पर्छ भने पर्सा मा अपराध गरेर भागे को अपाराधि लाई काठमाडौँ मा समात्न नामिल्न्ने कस्तो खालको निकम्मा कानून हो ?
    त्यस माथि पनि नियेम कानून को सधै पालना गर्छु भन्दै पदीय दाइत्य समाल्दा सपथ खाएको मान्छे ले आफु जस्तै अर्को एउटा विभागीय जिम्मेबारी बोकेको मान्छे लाई सार्बजनिक स्थान मै चस्मा नै फुट्ने गरि चडकन बजारेर नेपाल को एउटा जिल्ला बाट अर्को जिल्ला मा गएर गरिब जनता ले रगत पसिना ले कमाए को कर को पैसा मा मोज मस्ती गरेर हिन्दा पनि राज्य को कानून ले नछुने कस्तो झुत्रो कानून होला प्रसासन होला गज्जब छ बा /////
    लौ त नेपाल का अपराधी वर्ग हरु लाई बधाई छ जसले पनि अब एक जिल्ला मा अपराध गर्यो अर्को जिल्ला मा सान सित हिड्यो कानून न सानून
    करिमा बेगम पक्कै पनि कसै को त आमा होलिन (उनको पारिबारिक आबस्था मलाई थाहा छैन ) अब भन्नुस उनको बच्चा हरु मा आफ्नी गुंडी आमा को कस्तो प्रभाव परेको होला एक छिन् है म तपाई लाई एउटा सत्य घटना भन्छु है लौ सुन्नुस…….

    यहि बेल्जियम मा मेरो एक जना नेपाली मित्र हुनुहुन्छ बेल्जियम बसाई को क्रम मा संघर्ष गर्नु भयो बेल्जियम सरकार ले उहा लाई बेल्जियम बसोबास गर्न पाउने अधिकार भएको कार्ड दियो नेपाल फर्कनु भयो बिहे गर्नु भयो केहि अन्तराल पछि एउटा छोरा पनि भयो छोरो पुल्पुलिएर बढ्यो त्यो क्रम मा चाडवाड् मान्न नेपाल आउने जाने गर्नु हुन्थ्यो स परिवार नेपाल मा पनि त्यस्तै सबै को हात हात मा भयो बच्चा पुलपूलौने क्रम मा ”बाबु मामा लाई पाइया गर ,काका लाई पाइया गर कान्छी लाई पाइया गर जेठी लाई पाइया गर ” अब हेर्नुस बिद्दम्बना बच्चा हुर्क्यो ”पाइया” सस्कार र समाज मा केहि दिन को रमझम पछि कर्म थलो बेल्जियम फर्किए अब बच्चा लाई स्कूल हाल्ने समय पनि भयो स्कूल भर्ना भयो स्कूल जान थाल्यो अब दुख को कुरा हेर्नुस यहाँ ”पाइया सस्कृति” मा हुर्केको बच्चा ले स्कूल पनि आफु ले सिकेको कुरा आफ्ना सहोदार हरु लाई देखाउन थाल्यो सानो सानो कुरा मा पनि उसले साथी हरु लाई ”पाइया” गरी हाल्ने साना साना नानि हरु ति पनि गोरा हरु का उसले पाइया गर्दा त कसै को नाक नै फुट्ने कसैको उसले धक्का दिदा लडेर चोट लाग्ने अब स्कूल मा जिम्मेबारी बोकेका लाई त पर्नु फसाद पर्यो सम्जाये बुजाये किन मान्थ्यो ,घर मा बच्चा को आमा बाउ लाई खबर गरे पत्र काटे किन सुद्रिन्थ्यो ,घर मा नै पनि बाउ ले बच्चा लिएको बेला आमा लाई पाइया गर भन्ने अनि आमा ले लिएको बेला बाउ लाई पाइया गर भन्ने ल हेर्नुस त बिजोक एक दिन त स्कूल का मान्छे हरु ले हामी यो बच्चा पडाउन सक्दैनौ भनि बाउ आमा लाई बच्चा घर मा नै पुरौन पुगे त्यस पछि आमा बाउ बच्चा को लागि अर्को स्कूल को खोजि मा थिए
    अब एसको मतलब यो हो कि इ करिमा बेगम पनि त्यस्तै ”पाइया सस्कृति” मा नै हुर्के कि हुन् भन्ने कुरा मा त २ मत नै छैन उनका पाइया सस्कृति को मार् मा अजै कति का गाला हरु पर्खी बसेका होलान र पक्का पनि उनका छोरा छोरि पनि उनकै ”पाइया सस्कृति” मा हुर्केका होलान र कति ठाउँ मा ”पाइया सस्कृति” को पाठ पनि आफ्ना दौतरी हरु लाई पढाई सके होलान र पढाउने तयारी मा होलान यसो माई संसार ले खोज पो गर्ने हो कि ? तपाई हरु को लागि पनि फेरी एउटा स्कूप हुने छ र अनि हामी पाठक हरु त कमपुटर का की बोर्ड नै भत्किने गरी कमेन्ट गर्ने जिम्मा हाम्रो कि कसो साथी हरु ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 125 Thumb down 5

    • पुष्प

      सही भन्नु भो । जुन जिल्लामा अपराध गर्यो त्यहीँ भेटिएमा मात्रै कारवाही गर्न मिल्ने हो र भन्या ? कि आफ्नै देशमा पक्राउ गर्न पनि ‘रेड कर्नर नोटिस’ जारी गर्नुपर्ने हो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 6

      • madan bajracharya

        पुष्प जी
        अघोसित तवरले काठमान्डू त् विदेश भई सके नि/

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

  • ud poudel

    सीडीओ को शाहसलाई हामी सबै ले मान्नु पर्दछ करिमको गरिमा भन्दा सीडीओ को
    गरिमा ठुलो लाग्यो!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 2

  • Purbeli

    नियम कानुन सबै को लागि समान हो | कानुन अनुसार कार्वाही गर्न जोडदार माग गर्दछु |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 3

  • nisha adhikari

    करिना तिम्रो काम मलाई मन पर्यो.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 43

    • Himalee

      किन? कसरी?
      त्यो चड्कन यहाको बा, काका, दाइ, भाई को गलामा बज्रेको भए यहाको प्रतिक्रिया कस्तो हुन्थ्यो?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

      • Bhamir Thapa, Swiss

        Himalee ji,
        निशा जी ले करिमालाइ हैन करिनालाई भनेको रे क्या !

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

      • Nabin

        यक पटक सोच्नोस् यातिकई चड्कन हनियन होला का भयको थियो किन तेसो भयो यहाँ लाई थाहा च बने यस्सो बताई दिनोस न चड्कन हन्नू त राम्रो होइन तर त्यहा कुनै नराम्रो काम भयको थियो की ???

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 13

    • nishan

      करीना कपूर त मलाई नि मन पर्छ.

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 13

  • sudarshan

    यो राज्येमंत्री को भेस मा काठमाडौँ मा लुकेर बसेकी अपराधी आइमाई हो !! एसले अझै पनि सोजा साजा नेपाली जनता को आँखा मा छारो हाल्न खोज्दै छे एउटा तुच्छ बिगेप्तिको नाम मा !! एस्लाई तुरुन्त राजिनामा दिन बाध्हे पारेरा सार्बजनिक अपराध एन अनुसार कारबाही हुनु पर्छ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 2

  • BISU

    सिडियो लाई मान्नु पर्छ जुन काम सरकारले गर्नु परत्यो ! कमसेकम तेती सम्म आट गर्नु सिडियोको मुटु चै दरो रहेछ तर विचार गर्नु होला कतै तपएको जागिरमा पापिहरुको आखा लाग्ला है ???????????????????????? तपएलाई मेरो धन्यवाद छ !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

  • bikram

    aba mantri madam sahiban le kathmandu mai ghar banaaisiyeko hola k jaanu paryo ra purano ghar tira pani.bichara hami nepali soja janta lai j gare pani भएकै छ.

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 3

  • shreesh thapa

    कुर्सिको मोह थाहा पाइसकेकालाई कुर्सि बचाउनको लागि जे गर्न पनि तयार हुन्छन

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 5

  • mra

    हे करिमा तिमीले जति नै बिज्ञप्ति निकाल तिम्रो गल्ति सुध्रिदैन | तिमि ले कानुन लै हात मा लिने कोशिस गरेको हो | तिमीलाई एक सर्बसाधारण लाइ जत्ति सजाए हुनु नै पर्छा | नत्र जसले ज गर्दा पनि भो |
    यी नया CDO ले शक्चौ भने उस्लाई पक्र र जेल मा हाल अनि एक साधारण कर्मचारी अनि जनता को अधिकार लै आदर गर्नु पर्छा भन्ने पाठ पढौ यी बिग्रेका नेता हरु लाई |

    जय नेपाल

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 3

  • dev kumar banjare

    दुध ले नुहाएर गधा गाई हुने भए त क्या राम्रो हुन्त्यो नि. ….
    अब करिमा जस्तो मनस्थिति भएका नेता हरुले बनाउने संबिधान कस्तो होला त (संबिधान बनेको खण्ड मा )?
    पर्सा को सिडिओ लै चाहिं राम्रो काम गरेको मा धेरै धेरै धन्यवाद …..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 123 Thumb down 9

    • ardniban

      हेर्दै जाउ संविधान त नबन्ने निश्चित प्राय नै भै सक्यो एदी बनि हाले मा पनि नि तेईता हो नि उ क्यात् हतारको काम लतार,त्यो पनि भ्रस्ट,दादा,नैतिकताहिनले बनाउने संबिधान कस्तो हुन्छ अहिले नै निर्कुएल् गर्न सकिन्छ ,देश अहिले पखेटा काटिएको चरा भएको छ आकास मा उड्न नि सक्दै न मर्न नि सक्दैन !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • Bhim Subedi

      अब जनताले पनि जसलाई मन लाग्यो तेसै लाई चद्कौदै हिड्ने अनि बक्तब्य निकालेर मैले गरेको त्यो कार्य ठिक थियन भनेर उम्किने अरुलाई सहिया होला पर्साको CDO बाट नै सुरु गर्नु पर्ला जस्तो छ

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • munna gautam

    यहाँ मान्छे मार्ने, औला चिरिदिनेहरु त खुलेआम दादागिरी देखाउदै, अझ के प्रमाण छ भन्दै कुर्लदै हिड़छन् अब चड्कन त्यो पनि कोमल haat ले? के कुरा गर्नु ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 141 Thumb down 52

    • Jillabashi Baburam

      वाह वाह आशिक मुन्नाजी,
      तपाइको यो “कोमल” हात देखेर यसो लाफ थेरापी को याद आयो मुन्ना भाइ एम बि बि एस मा!
      आशा गरौ तपाईलाई त्यो कोमल हात छिटै मिलोस, चड्काउने हैन नि
      एसो माया गर्ने क्या!
      यो उखान तपाइलाई साथै सबै पाठकलाई-

      बिहे गर्नु भन्दा पहिले उनलाई चन्द्रमुखी देख्छु रे
      बिहे गरेर घरमा ल्याएपछि बिस्तारै सूर्यमुखी देख्न थाल्छु रे
      अलिक बर्ष पछि [कोमल हातको सट्टा कुचो, मुङ्ग्रो को प्रयोग हुन थाले पछि] फेरि ज्वालामुखी देख्न थाल्छु रे!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 6

      • munna gautam

        चड्कन खाने CDO ले मानहानीको मुद्धा हाल्न सक्थे, अदालतले क्षतिपुर्ती दिलाउने या तलब भत्ता रोकिदिने, तथा फेरी पनि त्यस्तै काम गरे सभासद् को पद खारेज गरिदिने खालको फैसला गर्न सक्थ्यो.
        न त मुद्धा हाले, खालि आन्दोलन, बन्द, तोडफोड………….फेरी अदालतले फैसला दिए पनि उनको पार्टीले अर्को बन्द गर्थ्यो होला . के गर्नु न त कानुनि राज्य छ न कानुन छ
        कांग्रेस एमाले ले खिल्ली उडाउने सुरु गरे . माओवादीले त रोक्ला अनि कानुनको पालना गर्ला भनेको त झन् ठुलो राक्षस पो निस्क्यो, के गर्ने हामि जस्ताहरु टुलु-टुलु हेरेर कमेन्ट लेख्ने र जोक गर्ने बाहेक अरु के नै गर्न सक्क्षौ ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 5

    • राम चन्द्र ज्ञवाली

      काठमाडौं वा जिल्ला को सदर्मुकाम नै अपराधी को जमघट हुने ठाउँ हो रहेछ हत्या हिम्सा गर्ने हरु नै नेता को घर मा शरण लियर बसेको घटना त नौलो होइन पार्टी अनुसार का अपराधी हरु नेता हरु कै घरमा बस्छन । कुन नेता छन र अनैतीक काम नगरेका ???? मित्र हरु जिल्ला फर्क भयर मात्रा होइन पक्डन नसकेको अब हेर्दै जानुहोस् , अब त त्यो फलाओ राज्य को मान्छे किन पक्डने ? फलानो जात को मान्छे किन पक्ड्ने ? यो त मजदुर हो किन पक्डने ?यो पुर्बिया हो यो पक्षीमेली हो यो उत्तरएे हो यो दक्षिण को हो किन पक्डिने ?फलाना ले यहाँ अपराध गरेको होइन किन यहाँ पक्डने ??? अनी फलाना ले यो योभन्दा धेरै अपराध गरेर ठुलो मान्छे भयो म किन नहुने जस्ता कुरा हुनु अनौठो होइन

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 5

      • madan bajracharya

        कान्तिपुर को नाम बदलूं/
        सबै जिलाको गुन्दै गुण्डा बस्दै आएको यो कान्तिपुर नगरीको नाम गुण्डा नगरी राख्नु पर्यो कि/ संबिधान बनाउँदा खेरि येसैलाई गुण्डा स्वायेत राज्य घोसना गरि मधेसी ले तराईमा चाहे जस्तै यिनीहरुलाई नै आत्म निर्णय गर्ने अधिकार दिएर, यिनीहरुकै गुण्डा सेना राख्न दिएर, अरु बिदेशमा रहेको गुण्डाहरु सिट सम्झौता गर्ने अधिकार पनि दिए अनि याहा मधेसीले तराईमा मधेसी बाहेक अरु बस्न नपाउने भने झैं यिनीहरुको यो गुण्डा राज्यमा ठग फटाहा भ्रस्ट बिदेसी दलाल र गुण्डा मात्र बस्न पाउने गरे तन तनै खतम हुने जस्तो लाग्यो/

        मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 5

    • radha mainali

      Ha.. Ha.. Ha.., you are absolutely wrong munnaji. According to victim (CDO), her hand was so hard ( as hard as iron). Do you like to give a try munnaji?

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 6

    • bishnu sapkota

      कुरा चड्कन को भन्दा पनि प्रबृत्ति को हो यो देशका नेता र फटाहा पन्छे र दरबारिया हरुले हानेको अदृश्य चड्कन सहेर बस्ने हामी जनता लाई एस्तो चड्कन ले केहि होला र ? कुरा त चड्कन लगाउने लाई भन्दा पनि तेस्तो बुद्धि भ्रस्ट मान्छे लाई सरकार मा लानेको हो आब जनता नै बिस्तारै होसियार नभए येस्ता चड्कन को बर्ष नै लाग्छ ,,,,,,,,,,कसो?

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes