Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

नाममा के छ र भन्या!

आजभोलि तपाईँले कतिको याद गर्नुभएको छ, एउटा दैनिकमा हाइवेको नेपाली शब्द राजमार्गको साटो लोकमार्ग प्रयोग हुन थालेको छ। अरु पत्रिका र सञ्चारमाध्यमले राजमार्गलाई नै कायम राखे पनि त्यो पत्रिका चाहिँ निरन्तर लोकमार्ग मै अगाडि बढिरहेको छ। राजतन्त्र हटेपछि राजा र राज शब्दसँग दुश्मनी भए जस्तो गरी शब्द जबर्जस्ती परिवर्तन गर्ने लहर चलेको छ। यसैलाई व्यङग्य गर्दै शरच्चन्द्र वस्तीले ‘यो साता’ मा एउटा रमाइलो लेख लेखेका छन्। त्यसैको साभार-

मथुराप्रसादको नामले राष्ट्रियताको अवमूल्यन गर्छ। विदेशको दलाल जस्तो देखिने त्यो नामको सट्टा असनप्रसाद अथवा बनेपाप्रसाद किन नराखेको होला? डिल्ली र राज शब्द मिसिएको डिल्लीराज डबल प्रतिगामी नाम भयो, त्यसको सट्टा काठमाडौंलोक नाम किन प्रयोग नगर्ने? अझ देवेन्द्रराजमा त देव, इन्द्र र राज तीनवटै शब्द सामन्त, शोषक र राजतन्त्रका प्रतीक एवं पर्यायवाची छन्, लोकतान्त्रिक गणतन्त्रमा तिनलाई बोकेर कति हिंड्ने? पहाडी उपनामले मधेशीलाई ठाडै विभेद गर्छ, त्यसको सट्टा नेपाली वा समावेशी भन्ने उपनाम किन नराख्ने? बाबुराम शब्दले आफ्नो बाबु राम हो (अर्थात् जसलाई लोकले उसको बाबु भनेर चिन्ने गरेको छ त्यो वास्तविक बाबु होइन) भन्ने अर्थ दिन्छ। बाबु मात्र होइन, आमाको समेत गरिमामा प्रश्नचिन्ह खडा गर्ने त्यो नाम बाबुरामले तत्काल किन नफ्याल्ने? अनि माधवकुमार अझ पनि ‘कुमार’ नै हुन् भने तिनका सन्तान चाहिं कसबाट जन्मिए?


नाम
शरच्चन्द्र वस्ती

बेलायतका विलियम शेक्सपियरकै भाकामा भारतका अब्दुर्रहीम खानखाना भन्छन् – ठूला मानिसलाई सानै नामले पुकारे पनि ती घटेर साना हुँदैनन्। चाहे गिरिधर भन्नोस् अथवा मुरलीधर, कृष्णलाई के फरक पर्छ?

नाम भनेको सामाजिक सहमति हो। एक खालको फूललाई गुलाफ भनेर चिन्ने हाम्रो सामाजिक सहमति छ, त्यसैले त्यो गुलाफ भयो। त्यसलाई रोज भन्ने सहमति शेक्सपियरको समाजमा छ, त्यसैले त्यहाँ त्यसको नाम गुलाफ नभएर रोज भएको छ। रूसी, चिनियाँ, नर्वेली वा रुवान्डाली समाजमा त्यो न गुलाफ हो न त रोज नै।

चलिआएको, समाजमा स्वीकृत भैसकेको नाममा अनावश्यक कचिंगल मच्चाउनुको कुनै अर्थ छैन। सारमा परिवर्तन छैन भने नाममा किचकिच गरेर के फाइदा? तर उही वस्तु, उही कुरालाई बुझाउने नाम फेरेर मानिस क्रान्तिकारी भएको भ्रम सँगाल्छन् र वितरण पनि गर्छन्। काँडाविहीन गुलाफ बनाउन सक्ने सामर्थ्य, प्रयास वा चाहनासम्म पनि हुँदैन तर ती भन्छन् – गुलाफको पहिलो अक्षरबाट दुर्गन्ध आउँछ र शुरूका दुई अक्षरले पनि फोहोरी वस्तुको चित्र आँखासामु उभ्याउँछन्। त्यसैले परम्परालाई तोडेर यसको नाम बदल्नुपर्छ र ‘सुलाफ’ राख्नुपर्छ।

लंगडो मानसिकता यस्तै तर्कको लौरो टेकेर उभिन्छ र खर्ल्याङखुट्टी गर्दै अर्काको टाउकामा त्यही लौराले हिर्काउन धक मान्दैन। यस्तै लौराको आडमा प्रजातन्त्र शब्दलाई लोकतन्त्रले विस्थापित गर्दैछ। तर्क छ – प्रजा शब्दले राजाको शासित, रैती भन्ने अर्थ बुझाउँछ, जनता बुझाउँदैन। कुइरेको चश्मा लगाएर हाम्रो भाषालाई हेर्ने चश्माचक्षुहरूलाई के थाहा – प्रजा शब्द राजा भन्ने शब्द र संस्था उत्पत्ति हुनुभन्दा धेरै पहिलेदेखि प्रचलित नाम हो जसको अर्थ ‘लोक’भन्दा भारी छ। कारण : दुवै शब्दले जन वा जनता भन्ने एउटा समान अर्थ त बुझाउँछन् तर त्यस बाहेक ‘प्रजा’ शब्दले मानिसका सन्तान अर्थात् चेतना भएका व्यक्ति भन्ने अर्को विशिष्ट अर्थ पनि बुझाउँछ। उता ‘लोक’ले चाहिं सामान्य रूपमा आँखाबाट देखिने निर्जीव वस्तु भन्ने दोस्रो अर्थ बुझाउँछ, जस्तै–चन्द्रलोक। अब भन्नोस्, भाषाको तराजुमा हाल्दा कुन शब्दको अर्थ भारी हुँदोरहेछ?

राजतन्त्र गयो त्यसैले राज शब्दसँग घृणा गर्नुपर्छ भन्ने अर्को शब्दद्रोही तर्क छ। तर्कबहादुरहरूले लोकतन्त्र बलियो पार्ने एकमात्र उपाय देखेका छन् – राज शब्द हटाएर त्यसको ठाउँमा सर्वत्र लोक शब्द राख्ने। युरेका! शहरभरि सबैतिर हरियो रंग पोतेर वातावरण संरक्षण गर्ने काठमाडौं महानगरको पुरानो ‘आइडिया’को जुम्ल्याहा भाइजस्तो लाग्ने यही तर्कको पुच्छर समातेर एकजना क्रान्तिकारी अर्थमन्त्रीले राजमार्गलाई लोकमार्ग भनेर न्वारन गरे। (मानिसहरू भन्छन्, त्यसको नाम त लोकमार्ग होइन परलोकमार्ग पो राख्दा पो बढी सार्थक र यथार्थमुखी हुन्थ्यो !) के थाहा, अब राजदूतलाई लोकदूत, राजनीतिलाई लोकनीति, देवराजलाई देवलोक र देवेन्द्रराजलाई देवेन्द्रलोक भन्न थालियोस्। अथवा शब्दकोषबाटै राज शब्दलाई विस्थापित गरियोस्।

शब्दसँगको द्वेष राज शब्दमा मात्र सीमित छैन। सामन्तवादको गन्ध आयो र राष्ट्रियता कमजोर हुनेभयो भनेर नाम फेर्ने र त्यति गर्नासाथ क्रान्तिले पूर्णता पाइहाल्छ भन्ठान्ने उपबुज्रुकहरूको लर्को आँखाले भ्याइनसक्नु छ। तर तिनकै अगुवाले आफ्नै नाम चाहिं किन नफेरेका होलान् – अचम्म लाग्छ। जस्तै : मथुराप्रसादको नामले राष्ट्रियताको अवमूल्यन गर्छ। विदेशको दलाल जस्तो देखिने त्यो नामको सट्टा असनप्रसाद अथवा बनेपाप्रसाद किन नराखेको होला? डिल्ली र राज शब्द मिसिएको डिल्लीराज डबल प्रतिगामी नाम भयो, त्यसको सट्टा काठमाडौंलोक नाम किन प्रयोग नगर्ने? अझ देवेन्द्रराजमा त देव, इन्द्र र राज तीनवटै शब्द सामन्त, शोषक र राजतन्त्रका प्रतीक एवं पर्यायवाची छन्, लोकतान्त्रिक गणतन्त्रमा तिनलाई बोकेर कति हिंड्ने? पहाडी उपनामले मधेशीलाई ठाडै विभेद गर्छ, त्यसको सट्टा नेपाली वा समावेशी भन्ने उपनाम किन नराख्ने? स्टालिनमान र चिनियाँमानदेखि भारती र भारतदत्त सम्मको लोकतान्त्रिक रूपान्तरण किन नगर्ने? बाबुराम शब्दले आफ्नो बाबु राम हो (अर्थात् जसलाई लोकले उसको बाबु भनेर चिन्ने गरेको छ त्यो वास्तविक बाबु होइन) भन्ने अर्थ दिन्छ। बाबु मात्र होइन, आमाको समेत गरिमामा प्रश्नचिन्ह खडा गर्ने त्यो नाम बाबुरामले तत्काल किन नङ्खयाल्ने? अनि माधवकुमार अझ पनि ‘कुमार’ नै हुन् भने तिनका सन्तान चाहिं कसबाट जन्मिए?

गिरिजाप्रसादले वाइसीएललाई यंग क्रिमिनल लीग भनिदिंदा माओवादीहरू आगो भए। तर क्रिमिनलको सट्टा कोअर्डिअल (मैत्रीपूर्ण) अथवा कन्टिनेन्ट (ब्रह्मचारी) शब्द प्रयोग गर्दैमा वाइसीएल सभ्य र संयमित हुने हो त? प्रयोग गरिने शब्दले सही अर्थ बुझाउनुपर्छ भन्नेमा शंका छैन। तर चरित्र, स्वभाव, स्तर, कार्यशैली, प्रवृत्ति, मनोवृत्ति आदि यथावत् राखेर शब्द मात्र फेर्नुको के अर्थ हुन्छ? फूटपाथको चियापसल माथि ‘फाइवस्टार’को साइनबोर्ड लगाउनुको के तुक?

नेपाली गुरुहरूले समुद्रपारिबाट नेपाल आएका शब्दहरूको मोटो श भ्यासेक्टोमी गरेर पातलो पारिदिएका छन्। उनीहरूको कृपाले उताका शेक्सपियर हामीकहाँ ‘सेक्स पियोर’ भएका छन्, जसको अर्थ हुन्छ – विशुद्ध लिंग वा शुद्ध यौन (झर्रो नेपाली शब्द आफैं खोज्नोस्)। नाममा केही छैन भन्ने ती बूढा स्वर्गबाट नेपाल झरे भने आफ्नो नामको बिजोग देखेर के भन्थे होलान्? जुलियटको मुखबाट भनाइएको ‘नाममा के छ?’ भन्ने उक्ति कायमै राख्थे होलान् कि थाप्लामा हात राखेर डिलिट गर्थे होलान्?

Related posts:

  1. नाममा आखिर के छ र ?
  2. भाषण भनेको गाली मात्रै हो र भन्या
  3. आधुनिक धृतराष्टहरुको नाममा
  4. अहिले नै कहाँ पाइन्छ र आमाको नाममा नागरिकता
  5. संसद नभएको बेला उपचारको नाममा करोडौं वितरण

75 comments to नाममा के छ र भन्या!

  • laxman

    बरु नेपाल मा बोलिने करिब ६३ भाषा लाई एक ठाउमा मन्थन गरेर नया भाषा बनाऊ न !

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • Janaki Ghimire

    टोपी त उसले लियो टोल्स्तोइ को जस्तो लगायो तर दिमाग भने कहाँ पाउछ? भनेको यही हो.
    एउटा कुरा स्विकार्नै पर्छ मान्छे नदेख्दा उसको नामले प्रभाब पर्छ (उदाहरण प्रचण्ड) , त्यसपछि पहिलो भेटमा बाहिरी भेषभुषा र अनुहारले पाच मिनेट लाई उसको ब्यकित्व देखाउछ (प्रचण्ड, झलनाथ) , त्यसपछि को केहि घण्टा उसको बोलि ले उसको बारेमा धारणा बनाउन मद्दत गर्छ (प्रचण्ड, के पी ) , त्यसपछि भने सबै कुरा उसको काम गराइमा भर पर्छ, मुख्य कुरा मान्छेले बोले अनुसार काम गर्छ वा गर्दैन भन्ने. यसको उदाहरण भने आफै खोज्नोस .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • Sasang Lama NY

    श्याबास! जिम्मी ! कमेन्ट यस्तो पो हुनु पर्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

  • Jimmy

    परिवर्तन लाई आत्मसात गर्न समय लाग्छ. शुरुमा बिरोध, केहि समय पछी केहीले आत्मसात केहीले बिरोध र अन्तिम मा सबैले स्वीकार गर्छन.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 10

  • raju

    सारै वजनदार लेख छ | नाम बदलेर गणतन्त्र ल्याउने पटमुर्ख हरु लाइ गतिलो झापड हानेको छ |

    “धन बहादुर” “स्वर्ण बहादुर” नाम राखिदिएर जनता धनि हुन्छन ? नाम फेर्दैमा गणतन्त्र आउछ ? नेपाल जस्तो अल्पसिछित मुलुकमा जातिय आगो सल्काउन उद्धत झुण्ड हरुलाई येस्ता लेख को सार के थाहा ?

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • govinda

    अब राजनीति लाइ लोकनीति भन्ने बेला आएको छ नेपालमा .

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 8

  • Dhananajaya Karki

    सटिक लेख्कोलागी धन्यबाद.

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • P4R££N1T4~

    काठमाडौँलोक त अतिनै भयो, यसले पनि यमलोक,इन्द्रलोक,स्वर्गलोक र पाताललोक भन्ने जस्ता शब्दलाई ग्राहयता दिन खोज्यो, देवता र राक्षसहरुको गन्ध आउन थाल्यो | रक्त क्रान्तिको ज्वालामुखी झल्किदैंन रे क्या ! काठमाडौँ/लोक को सत्ता काटमारनगर राखे कसो होला ? सबैको चित्त बुझ्ने काट मार गर्नेलाई पनि नगर्नेलाई पनि |

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 4

  • shekhar Bhurtel

    अमेरिका जहाँ कहिल्यै राजा थिएनन त्यहा हज्जारौ कम्पनि , पार्क , सडक (स्ट्रिट)हरु क्राउन, रोयल , प्रिन्स , त्यति मात्र होइन कत्ति को त फामिली नाम नै किङ्ग छ .अल्पबुद्धि र उपबुज्रुक अनि डेड अक्कली गोर्खाली को कुरै बढी भन्दछन नि काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर देश सोमालिया झैँ असफल हुन लागि सक्यो हाम्रा अल्पबुद्धिका नेता , नागरिक समाज आ आफ्नै सुगा रटाइ मा छन. राम राम भन्नु बाहेक उपाय देखिएन.

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 3

  • shan

    राम्रो लेख अब गरिब हरुको नाम धन बहादुर , कमजोरी हरुको नाम बल बहादुर र मुर्ख हरुको नाम बुद्धि बहादुर राखे कसो ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • Durga Khanal

    नेपाली सब्द कोष बाट “र” निकाल्दा पो हुन्छ कि ति खुरापाती हरु लाई |
    अनि लेखुंन न ” र ” |
    बिनासकाले बिपरित बुदि ”
    एउटा संकीर्ण सोच ….. अहमबादको ज्वोलंत उदाहरण

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 5

  • Rajesh sharma

    धेरै समय पछी राम्रो लेख पढ्न पाइयो !धन्यवाद !तपाईंमा बिस्लेषण क्षमता रहेछ ,लेख्दै गर्नु होला !यो लेख त राष्ट्रिय पत्रिका मा पनि छपाउनु भय अझ् राम्रो हुने थियो !
    भएभर को नाम जति सबै फेर्नु नै राष्ट्र को काँचुली फेरिनु हो भन्ने मान्यतामा आँखा चिम्लेर लाग्ने हरु ले यदि चाहेमा एकपटक सोच्ने बुंदा हरु दियको छ यो लेखले !तर हर कुरामा जंगे ले बोले पछी बोल्यो भनेर आफ्नो सोच नै सर्वोपरी ठान्नेहरुको लागि भने निरर्थक हुन् सक्छ !

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • sudarshan

    यो नाम फेर्नु को उद्ध्येसे अरु केहि होइन सोजा साजा नेपाली जनता को आँखो मा छारो मात्रै हालेको हो , नया नेपाल को नारा मात्रै हो , एउटा नदेखेको नछोएको र नजानेको हौवा शिबाए केहि होइन , उदाहरण को लागि
    *पाल्पा को रानी महल पोलिनु
    *राजा को नाम बाट जोडिएका नगरपालिका को नाम परिबर्तन गरिनु
    *राजा को नाम बाट जोडिएका क्याम्पस को नाम फेर्न खोज्नु
    *नेपाल को झन्डा फेर्न खोज्नु
    *जातिय राज्य को नाम मा सेतो साइन बोर्ड मा नेपाल को झन्डा र चली आएको विक्रम सम्बत नदेखाउनु
    *संबिधान सभा ले जातिय राज्य पास गर्दैन भनेर हतार हतार मा उधारो जातिय राज्य को सपना देखाउनु
    * पुरानो राजतन्त्र संग जोडिएको नेपाल को इतिहास नै मेटौना खोज्नु

    के नाम फेर्दै मा रुप फेरिन्छ होला ? यो कुरा हाम्रो नेपाल को सब भन्दा ठुलो दल माओबादी लै राम्रो संग था छ , रुप परिबर्तन गर्न गाह्रो हुन्छ र आस्वासन दिए जसरि परिबर्तन गर्न सकिदैन भन्ने कुरा बुझेर नै नया नेपाल को कार्ड फ्याकिएको हो र हतार हतार नाम परिबर्तन गर्न खोजिएको हो

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 4

  • Prakash

    कुरा गर्यो कुरैको दुक्ख : गुफ्फ़ गर्न नेपाली लै कसले जित्ने ! अरु तेस्तै भयो गफै गर्ने त हो ! काम गर्न तेसै भयो! नेताहरु बिदेश डुल्ने , जनताहरु गफ मा भुल्ने ! कुरा गर्यो कुरैको दुक्ख :

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • नया देखौना कै लागि भैरहेका केहि क्रमभंगता अनि आँखा मा चारो हाल्ने केहि प्रवृति चली रहेको बेला, सालोक्य जी को रमाइलो पोस्ट हेर्न पाइयो..

    रमाइलो लाग्यो, समाज मा चली याक राम्रा कुरा पनि यो नाम फेर्ने फेसन ले बिगारेको छ कति ठाउँ मा..

    खै नाममा केहि छ पनि केहि छैन पनि..

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • anurodh

    त्रिभुबन राजपथ को सट्टा प्रचण्ड पथ राख्न को लागि गरिएको सड्यन्त्र जस्तो लाग्छ मलाई त राष्ट्र को इतिहास बनाउने हरु को यो बिजोग आज हामीले आआफ्नै आँखा सामुन्ने देख्न पाएका छौ जो राष्ट्र बनाउने नाम मा आफ्नै दाजु भाई लाई मारेर आफुहरुलाई नै सर्ब सक्तिमान को उपमा दीलायेर मेरो गोरु को बार्है टक्का भन्ने यो नौटंकी प्रबित्ति कहिले सम्म रहिरहने हो हेर्न त बाकीनै छ नाम फेर्दैमा राष्ट्र र जनता को भलो हुन्छ भन्नु चाही एकदम नै गलत सोचाई हो सम्पूर्ण जनता ले मानिआएको स्थान चलन चल्ती को कुरा हरुलाई मात्र आफुहरुलाई मन पर्दैन भन्दा मा तेस्लाई बलजफती परिबर्तन गर्नु भनेको चाही हास्यास्पद कुरा नै हो कुनै पनि राष्ट्र मा पहिला कोहिना कोहि एतिहासिक ब्यक्तित्वो त छदै छ राष्ट्र पनि समय अनुसारको परिबर्तन भइनै रहेको छ उनीहरुलाई त केहि पनि फरक परेको छैन नाम ले त्यो अझ सम्म पनि जस्ताको तस्तै छ नाम ले के गर्छ र? काम ले गर्ने हो काम गरो साथीहरु देश बिकाश भैहाल्छ काम गर्न आल्छि गर्ने अनि कहाँ बाट हुन्छ खाली तेरो नाम यो र मेरो नाम यो भनेर नाम को अर्थ मात्र बनाएर देश को उन्नति हुन्न साथि हो , भोलि गएर हाम्रा सन्तति हरुले पनि पुर्खा हरुको बींड जस्ता को तस्तै धान्दीयो भनेत आज को नाम फेर्ने चलन पछि नहोला भन्न सकिन्न / त्यो बेलामा के भन्ने माओ बादी ले पनि कति मान्छे हरु मारेर घर घर मा चन्दा उठाएर हैरान पर्थ्यो भनेर
    माओबादी लाई पनि सामन्त बादी हरु र लुटेरा भनेर अहिले को जस्तै गरिदियो भने त्यो बेलामा के भन्ने ? तेही भएर मेरो अनुरोध छ भट्टराई ज्यु लाई जानी जानी आफ्नो खुट्टा मा आफैले बन्चरो हान्ने काम नगरौ ,सान्त नेपाल , आफ्नो बीचार को आदर गर्ने बानि बसालौ आफुलाई मन परेन भन्दा सबैले मन परौना हुन्न भन्ने अति तुच्छ बीचार लाई त्यागौ हामी nepali hami janta ani hamro rastra jindabaad ,भन्ने कुरा laai dhyan deeu jay rastra

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 5

  • शरद

    भन्ने नै हो भने प्रचण्डको नाम सबै भन्दा पहिले फेर्नु पर्छ किनकि यो सब्द पंचायती राजाको गुनगान गाउने सब्द हो | प्रचण्ड, प्रतापी भूपति ……….

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

  • एउटा संकीर्ण सोच ….. अहमबादको ज्वोलंत उदाहरण …..अब कहिले झन्डा फेर्ने कुरामा रडाको कहिले राजमार्ग लाई लोकमार्ग भनेर नाम फेर्न पर्यो भनेर …. यस्ता गौण कुरा लाई लिएर सधै बखेडा निकाल्नेलाई जनताले विस्थापन गरे सबै भन्दा राम्रो हुने थियो …. सडक विस्तार गर्नु मर्मत संहार गर्नु अनि अतिक्रमण हुन नदिनु त्यो बुद्धि कहिले आएन !!! धिक्कार होस् नेपाल आमा तिम्रा सन्ततिलाई ……

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

  • manyata

    after long long span of time i really liked n giggled reading it ….has points n equally hilarious too

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • sita

    अरु त सालोक्य जी ले ठिकै भन्नु भो तर उहाँको एउटा उदाहरण चाहिं मलाई मन परेन उहाँ ले लंगडो भनेर अपाङ्ग असाहय लै नराम्ररी होच्याउनु भा को छ, हामी नेपाली को बानी कहिले सुध्रने हो? पुराना उखानलाई जोडेर अपाङ्ग दाजु भाइ दिदि बहिनीको आत्मबल गिराउने काम भएको छ यो ब्लग पढ्ने कुनै अपांगको मस्तिस्क मा नराम्रो चोट पर्न सक्छा त्यसैले एस्तो बानी बिस्तारै छाड्न सल्लाह दिन्छु.
    “लंगडो मानसिकता यस्तै तर्कको लौरो टेकेर उभिन्छ र खर्ल्याङखुट्टी गर्दै अर्काको टाउकामा त्यही लौराले हिर्काउन धक मान्दैन।” I hate that sentence.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 19

    • dev kumar banjare

      सिता जी , अब सालोक्य ले अपाङ्ग लै होचायो त ठिकै छ …. तर तपाईं ले पनि त अपाङ्ग लै होचैउन्दै हुनुहुन्छ नि होइन र ?
      अपाङ्ग भनेको असह्य कहिले देखि भयो ?
      एदी अपाङ्ग लै सबै सरह व्यवहार गर्ने हो भने अपाङ्ग हरु लै सहानुभुति होइन अवसर दिनु पर्दछ …. अब कुरा आयो सालोक्य को ….. साहित्य र लेखन मा लंगडो भन्नु र वास्तविक जीवन मा लंगडो भन्नु मा धेरै नै फरक छ , होइन र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

  • nabaraj

    मलाई धरै दिन देखि दिमाख मा यो कुरा खेली रहेको थियो आज पडन पाउदा खुसि लागो |
    नेपाली को शोच बदल्ने lekh छ | बरु नेता फरे के हि हुन्छा कि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • dev kumar banjare

    लाटो को देश मा गाँदो तन्नेरी भनेको येही हो ….

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • Jillabashi Baburam

    १. महको एउटा लाइन याद आयो:
    अब त रुम पार्टनरको को नाम पनि आनन्द राख्न पर्ने भो, किन भन्दा
    कसैलाई भन्दा पनि आनन्दसंग बस्या छु भन्न पाइन्छ!
    २. ढिकी को स्वरले के भन्छ?
    आफूले जे चितायो त्यहिँ भन्छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 3

  • buddha

    नाममा केही राखेको छैन भन्ने सोच भए लोकमार्गमा किन चित्त नबुझाउने त? आखिर बुझाउने त दुबैले सडक नै हो।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 26

    • गगने

      तेहित, आखिर राजमार्गले एउटा निश्चित पृष्टभूमिको पारिवारिक र प्रथालाई एकल प्रतिनिधित्वो गर्छा भने लोकमार्गले सारा जनतालाइ समग्रमा प्रतिनिधित्वो गर्छ, होइनत? नाम केहि होइन भन्नेले नाम कै लागि यत्रो लेख लेखेर किन बखेडा गर्न खोज्नु त होइन?
      आखिर लेखा लेख्ने ले शरच्चन्द्र वस्ती किन लेख्न भ्यौनुभोत, मात्र लेखक लेखेको भय भै हाल्थ्यो त?
      समग्रमा गगने भान्छ! नाम केहि हो र केहि होइन भन्ने कुरा अनि केहि राखेको छ र छैन भन्नेकुरा “बुझ्नेलाई श्रीखण्ड त नबुझ्नेलाई खुर्पाको बिंड” भन्दा फरक नहोला!
      लेखलाई सर्वथा त नकारिदैना तर कुनैपनि कुरालाई आबस्यक भन्दा बढी उछित्याई गर्नु एक छिन को रमाइलो र मजाक को लागि त राम्रै हो तर बिबेकशील बिबेशाना भन्ने कुराले छुट्टै अर्थ र महत्वो राख्ने गर्छ यो पनि बिचार गर्दा राम्रो होला!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 21

  • गोपाल

    राम्रो र सान्दर्भिक लेख छ
    माओबादी को बिरोध गरेको मा हैन कि यसको यथार्थपरक शैली र प्रासंगिक गहनता ले गर्दा हो
    सबै राजनैतिक पार्टी हरु नेपाल मा छद्म भेष प्रयोग गर्दछन तर माओबादी ले ल्याएको क्रान्तिकारिता लाइ राम्ररि केलाउदा आफुमा भएको दृस्टीभ्रम उदांगो हुन्छ जस्तो लाग्छ
    कहिँ हामि यो क्रान्तिकारिता को नाम मा भएको अपराध प्रति दृस्टीहिन त भै राखेको छैनौ?
    आर्का को घर जग्गा कब्जा गर्ने, अपहरण गर्ने, मानिस मार्ने, तोड फोड गर्ने संस्कृति मा क्रान्तिकारिता देख्ने हामि त्यसले ल्याउने दुरगामी प्रभाव लाइ कसरि बिर्सनसक्छौ?

    हिजो का मण्डले आज माओबादी का नेता छन् र हिजोकै जस्तो अपराध गर्दैछन

    क्रान्तिकारिता को नाम मा खुल्ले आम अपराध भै राखेको छ र हामि तालि पिटेर ति मण्डले हरु लाइ क्रान्तिकारी भनेर साथ दी रहेका छौ

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 4

  • darshanz

    What’s in a name? That which we call a rose by any other name would smell as sweet. – William Shakespeare
    नाम परिवर्तन गरेर नयाँ नेपाल बनाउन खोज्ने हरुले कसरी यो कुरा बुझ्न नसकेको होला
    नाम हैन सोचाई माँ परिवर्तन गरे बरु केहि हुन्थ्यो कि..

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • वाहिद अलि

    बस्ताब मा भन्ने हो भने यो लेख एकदम बेस्ट छ कहिले काही लेख हरु पढ्दा पढ्दा छिटो सकियोस भनिन्छ न छोड्न सकिन्छ तर त्यो लेख बढेर मलाई अरु धेरै भैदिए को भए हुने थियो जस्तो लागि राखे को छ बस्ताब मा राजा भन्ने सब्द कहिले पनि नराम्रो हैन किन कि बेलायत र जापान जस्ता सन्सार का धनि र बिकसित देश हरु मा पनि राजा छन् एउटा ज्ञानेन्द्र ठिक भएन भनेर बिरोध गर्ने हाम्रो यो सैली ठिक लागे को छैन राजा का पला मा ज्यान को बाजी राखेर राजा को दर्सन गर्ने नेपाली हरु अहिले को लोकतान्त्रिक जना सभा मा भन्दा कम हुन्थेन त्यो बेला मा सभा मा गए ज्यान जाने थियो भने अहिले सभा मा न आए ज्यान जाने त्येसैले बेलेको आगो ताप्ने नेपाली जनता २१० बर्ष राजा हरु को जहानिया तानासाही सासन मा भन्दा अहिले को बेबी लोकतन्त्र को ३ बर्ष मा नेपाली जनता ले धेरै सास्ती बेहोर्नु परेको छ. हुन त यस्तो कमेन्ट देख्ने बितिकै ठुलो बेइजत सहनु पर्छ तर पनि नाम फेरेर केहि हुने छैन भन्ने यो लेख पढेर यो दुइचार सब्द लेख्न मन लाग्यो फेरी पनि यो लेख को लागि हाम्रो सोलाक्य दाई लाई धन्यबाद छ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

  • Rajeev Neupane

    नेपाल का जनता हरु ले ठूला ठूला कुरा हरु पाचऊना थाली सके एस्तो लेख ता खाली मुस्कान ब्यक्त गर्ने बहाना मात्र हुन६ लाज भएका नेपाली भये पो छुनु लाज नभएका हरु हुन खिस्सा हास दिन ६न सिद्धि हलयो नि

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 6

  • dilliram

    देश मा राजतन्त्र बाट प्रजातन्त्र हुदै , लोकतन्त्र र गणतन्त्र आयो ! के नै भो र ! अपराध बढ्या बढ्यै छ ! देश चलाउने मान्छे उस्तै हो !

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • sidhartha

    चरित्र, स्वभाव, स्तर, कार्यशैली, प्रवृत्ति, मनोवृत्ति आदि यथावत् राखेर शब्द मात्र फेर्नुको के अर्थ हुन्छ? फूटपाथको चियापसल माथि ‘फाइवस्टार’को साइनबोर्ड लगाउनुको के तुक?
    कति तथ्य कुरा लेख्नु भयो म पुरै सहमत छु.

    धन्न्येबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 2

  • Prem Aryal

    नराम्रो सस्कार त्याग्नु पर्छ सस्कार परिबर्तनको बनाउनु पर्छ, परिबर्तनको नाममा पहिचान र एतिहासिक महत्यो गुमाउनु हुदैन त्यसको संरक्षण गर्न सक्नु पनि परिबर्तन नै हो, एक किसिमले

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • Mukta

    नाम परिवर्तन भन्दा बिकाश तिर ध्यान दिय कति राम्रो हुने थियो होला ..

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • ramesh

    बुज्ने ले कुरा नाबुजे पछि …..

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 5

  • Sameer

    खै के भन्नु र मित्र , लोक तन्त्र को नाम मा जनता मारिन्छन , नागरिक सर्बोच्चता को नाममा नागरिक ले दुख पाउछन | पत्रकार हरु कुटिन्छन अलग विचार को लेख लेखियो भने यो लोक तन्त्र मा | यो माओबादी हरु को नाम पनि परिबर्तन गरेर लोक बादी राख्नु पर्ला जस्तो छ किननी लोक भनेका केवल माओबादी मात्रै हो क्यारे

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 3

  • Krishna ( Maryland, USA)

    नाम परिवर्तन को साटो हाम्रो सोचमा नै परिवर्तन आउनु जरुरी छ / परिवर्तनको नाउँमा हाम्रो शब्दकोशलाई खुम्च्याएर समय खेर फाल्नु भन्दा वैचारिक र बस्तुगत परिवर्तनको सोच लिएर अघि बढ्नु राम्रो होला कि ? सालोक्य जी को प्रस्तुति र शरदचन्द्र वस्ती जी को लेखन राम्रो लाग्यो /

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 3

  • पुष्प

    कुनै खास वस्तुसँग ‘एलर्जी’ भएको पत्ता लागे औषधीले नियन्त्रणसम्म गर्छ; तर पूर्णरूपमा निको हुन घण्टा, दिन, हफ्ता, महिना, वर्ष वा दशकसमेत लाग्नसक्छ । अझ कतिपय एलर्जीको कारण नै पत्ता लगाउन सकिन्न । यस्ता ‘एलर्जी’ जीवनपर्यन्त निको नभए आश्चर्य नमाने हुन्छ । यो ‘राज’सँगको एलर्जी पनि प्रचण्ड, गिरीजा, माकुने, माइला, उपेन्द्र, खुमबहादुर, गोविन्दराज, सूबथा, कमल थापा, गच्छेदार, जेपी गुप्ता, परमानन्द, रामवरण, कटवाल, ओली, वाग्ले आदि शब्दसँगको एलर्जीजस्तै हो, फरक यत्ति हो कि कुनै पत्ता लागेका एलर्जी हुन् भने कुनै पत्ता लाग्न नसकेका ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 45

    • prakirti

      मेरो बिचारमा पनि यो “नाम” सित कै एलर्जी हुनसक्छ |
      आजभोली ‘माइ संसार’मा रातो र हरियो बुढी औला थिच्ने व्यबस्था भएपछी कतिपय पाठक हरुले कमेन्ट नपढ़दै कमेन्ट लेख्नेको नाम हेरेरै रातो र हरियो थिच्न थालेको देखिदै गएको छ |
      यो कुरो एस्तै हो जति गरे पनि नसकिने – नाम मा आखिर के नै पो छ र ? नाम ले कसैको चरित्र बोलिदिदो रहेनछ क्यारे |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 36

    • राजु

      पुष्प जी, जय होस् |
      एउटा कुरा पत्रिकाले नै अभियानका रुपमा लोक मार्ग लेखेको सन्दर्भमा र संगठित संघ/संस्था, राजनैतिक दलहरु र महत्वपुर्ण व्यक्ति हरु समेत ले पुराना चलन चल्तीका शब्दको सट्टा बैकल्पिक शब्द हरु प्रयोग गरेको देखिन्छ | यस लाइ निहित फाइदा र क्षणिक आनन्द का रुपमा प्रयोग गर्ने गरेको हो, एलर्जी जस्तो मात्र हैन कि जस्तो लाग्छ |

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

      • पुष्प

        कसैले त्यस्तो भन्नु र तपाईंले यस्तो सोच्नुलाई पनि एककिसिमको ‘एलर्जी’ नै मान्नुपर्छ । ‘मेरो संसार’मै हेर्नुस्, सशां‍क, गगने, प्रकृति, लुना, पुष्प भन्ने नामको ‘एलर्जी’ भएकाहरू पनि हुनुहुन्छ । अब यी ‘एलर्जी’का कारण अन्धविरोध गर्नुले उहाँहरूको ‘एलर्जी’ ठीक हुनु त राम्रै हो, तर यसबाहेक अरु के फाइदा पुग्छ होला ?

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 8

        • राजु

          ए त्यसो भए एलर्जी नभाको मान्छे हुन्न भन्ने तपाइको तर्क | मान्छेको अलग दृस्टीकोण लाइ नै एलर्जी देख्ने तपाइँ आफैमा एलर्जी छ कि छैन नि ?
          अन्ध बिरोध त दृस्टी कोण ले हो नि, राजनैतिक दर्सन अलग भएर | तपाईहरु पनि त आपसमा धुर पस्न र अरुको बिरोध गर्न कम हुनुहुन्न | व्यक्तिगतरुपमा भन्नु हुन्छ भने मलाई तपाइँ हरु संग एलर्जी हैन मावोबादी गतिबिधि संग तिब्र असहमति छ, म त्यसलाई एलर्जी भन्दिन | अब यसलाई तपाइँ हरु प्रतिको एलर्जी कै रुप म बुज्नु हुन्छ भने ब्लग/बहस र तर्क नगरे राम्रो |

          मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • कुरा एकदम राम्रो हो, तर माओबादी ले बुझिदिए भने मात्र, के गर्नु उनीहरु को बुद्धि मै किरा लागेको छ.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

  • Mohan

    शब्द मा शक्ति लुकेको हुन्छ . बाइबल मा लेखिएको छ In the beginning was WORD, WORD was with GOD and WORD was GOD. व्यक्ति को चरित्र अनुसार को नाम जुरेको हुन्छ जस्तो लाग्छा मलाई त . रमाइलो लेख को लागि धन्यवाद .

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 0 Thumb down 28

    • राम्रो लेखनु भएछ त्येसैले लेखक लाई धेरै धेरै धन्यवध !
      मोहनजी तपाइले नाममा शक्ति हुन्छ भन्नु भयो यो एकदमै गलत किनकि शक्ति नाममा होइन उसको छ्यमता, योग्यता आदिमा
      हुन्छ र उसको त्यही शक्ति उसको नाममा जोडिन जान्छ कि कसो ?

      मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 2

  • deepak

    मेरो नाम दिपक पराजुली हो । त्येसो भए पराजुलीको थाउमा पलोकुली हुनेभयो ।

    अब मेरो नाम, दिपक पलोकुली । ल बदाइ छ मलाइ ********************

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 0

  • Bibek

    राम्रो लेख . सलोक्याजी को यस लेखले हिजो आज का नेता हरु को घैटो मा केहि घाम लाग्छ भन्ने आश गरौ बिशेष गरि नाम परिवर्तन मा आफ्नो दिन बिताउने पार्टी र नेताहरु.

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • kishor, canada

    realistic article, we should change our mentality not the name.

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • alokshree

    just hillarious article, indeed. Can’t stop laughing with the examples given. Excellent!

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • NaBeEn

    लेख एकदम राम्रो लागो!!! बस्ताबमा नाम परिवर्तन गरे र हुने वाला केही छैन !! सोच परिवर्तन गर्नु पर्यो !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

  • Bikash S. Hamal

    MRA जी सालोक्य हैन शरच्चन्द्र वस्ती हो | साथी ले न पढी राम्रो भने जस्तो लग्यो है :~)

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 7

  • kishor

    OMG, what a refreshing article! Laughed many times reading this, and enjoyed. Irony – it is a reality of my country.

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 2

  • जीवन

    एकदम चित्त बुझ्दो छ है । कुरा ठीक हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • नाम भनेको बिशेषता जनाउने खालको हुनुपर्दछ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 12

  • भक्तपुरे

    यो पत्रिकाकाले अभियान कै रुपमा लोकमार्ग प्रयोग गर्न थालेपनि बिचबिचमा धोती चाँही खुस्काइरहँदोरहेछ । बाहिर ढाडि अक्षरमा लोकमार्ग लेख्ने अनी भित्र बिच बिचमा चैं राजमार्गनै लेख्या मैले भेटेको छु । त्यसैले नचाहिने कुरामा बढि जान्ने हुनु मनासिब देखिदैन । अन्य हिसावले राम्रो हुँदा हुँदैपनि “कौवा बाठो भयो भने कुन्नी के खान्छ” भन्थे यसले कालान्तरमा त्यही खाला जस्तो छ ।

    ऋतुराजले एकपटक हिमालमा लेख्या थे नि राजलाई लोक बनायो भने यस्तो हुन्छ भनेर
    राजमार्ग – लोकमार्ग
    राजमा – लोकमा
    राजन – लोकन
    राजमान – लोकमान
    राजर्ऋी – लोकर्ऋी
    राजपुर – लोकपुर
    राजनीति – लोकनीति
    राजकुलो – लोककुलो आदि आिद

    हेमराज ज्ञावाली त्यो पत्रकामा अझै भैदिया भए उनको नाम पनि हेमलोक ज्ञावाली लेख्थे होलान कसो धन्न चाँडै नै छुट्टिएछन ।

    सबै शँदमा यसरी नै परिवर्तन गरे भैहाल्यो नी नयाँ नेपालमा नयाँ परिवर्ततको सुत्रपात कसो ?

    - भक्तपुरे

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 0

  • satyaki

    कहिँ नभएको जात्रा हाडीगाउँमा / बिस्वमा कहिँ नभएको जातको नाम बाट राज्य बनाउन लागेको कलंकित हरुको देसमा/ एमालेले त जातको नाममा राज्य प्रस्ताब गरेको छ रे/ अब त म एमालेको सदस्येता पनि बदारलाई दिन्छु /

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 3

  • Himalee

    नाम नै सबै कुरो होइन तर नाम केहि पनि होइन भन्नु पनि मिल्दैन / नामले समाजमा एउटा आफ्नै प्रकारको अस्तित्व बनाएको हुन्छ र त्येस्लाई अन्ध-धुन्द रुपमा परिबर्तन गर्नु भनेको हुतिहारापनको प्रदर्शन मात्र हो / नाम बदल्दैमा काम पनि बदलिने भए त धेरै ले नाम “बिल गेट्स” वा “आइन्स्टाइन” नाम राख्थे होला नि तर,,,,,,,

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

  • Harke

    अब
    १. राजदुत होइन लोक दुत भनौ वा गणतान्त्रिक-लोकदुत !
    २. राजश्री खैनी बनाउने कम्पनी मा वाई स्याल पठाएर लोकश्री खैनी उत्पादन गर्न लगाउ !
    ३. माइ संसार मा कमेन्ट गर्ने साथी “राज” हरुले पनि आफ्नो नाम “लोक” लेख्नुहोस, किन कि त्यो सामन्ती नाम नया नेपाल मा चल्दैन….!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 3

    • बीर

      राजधानीलाइ पनि लोकधानी भन्ने कि ?

      कस्तो खाले घटिया, दरिद्र सोचाई छ अहिलेको नेपालमा, यथार्थ र वास्तविकतासंग कसलाई के खाँचो ? परिवर्तनको नाममा यस्तै नहुने नहुने कुरा निकाल्यो, लाटो सोझो जनतालाई मुर्गा बनायो अनि आफ्नो दुनो सोझ्यायो | सक्छन भने अलिक गतिलो कुरो र काम गरेर देखाउनु नि | नमच्चिने पिंगको सय झट्को |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 3

  • सारै आनन्द लग्यो यो लेख पढेर. किनकि नाम फेर्दैमा मुलुक फेरिणी हैन . मान्छे फेरिनु पर्यो नि. तेसकारण नाम फेर्न झन्झट गर्न भन्दा पहिला देश चलाउने हरुले आफ्नो बानि फेरे सारै राम्रो.ra

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 2

    • भन्न मन लागेको तर भनीनसकेको कुरा बस्तीजीले भनीदिनु भएकोमा धेरै धन्यवाद छ। बर्सौं पुरानो ग्यास्ट्रिक निर्मूल भएको महसूस भयो।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

  • Harke

    निश्चयनै सालोक्य जी,
    त्रिभुवन नगर पालिकाको नाम दांग नगर पालिका राख्दैमा तेस्को बिकास रातारात हुने त होइन, तेस्तै मरेको मान्छेहरुको सालिक फुटाउदैमा तिनीहरुले गरेको पाप हराउने त होइन !
    नेपाल येही हो अगाडी “नया” थप्दैमा केहि हुने वाला छैन, जब सम्म हाम्रो काम हामि आफै गर्न सक्दैनौ !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 3

  • Himalee

    हुतिहाराहरुले अरु त के नै गर्छन र ? यिनीहरुले कुन दिन चाहि नेपालको नाम नै “उत्तर बिहार” राख्न बेर लगाउदैनन

    जे होस् बस्ति जी को लेख बडो राम्रो लाग्यो/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 3

  • mra

    ल सलोक्ये जी राम्रो लेख लेख्नु भो | यो कुरा बुझ्नु पर्ने हरु ले बुझे त राम्रै हुने हो | नाम परिबर्तन भन्दा पनि देश मा भएका नराम्रा कुकृति हरु परिबर्तन तिर ध्यान दिए राम्रो हुने थियो | लोकतन्त्र आयो धेरै नाम हरु परिबर्तन भए तर एउटा पनि नराम्रो काम परिबर्तन गरेर राम्रो गर्न सक्या होइन | के भानु र खोइ मैले येश मा |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 10

    • AP

      लेखक को नाम हेर्नु छैन, “ल सलोक्ये जी राम्रो लेख लेख्नु भो” रे! ह ह ह हाहा हा कति हास्नु ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 13

      • mra

        हे मित्र, गल्ति मा हास्नु भन्दा पनि गल्ति सुधार्न मौका दिनु लाई बुद्दिमानी मानिन्छ | हुन त येश मा तपाइको कै गल्ति छैन, तपैले परिवार अनि समाज बाट क सिक्नु भो तेस्तै गर्नु भो | मलाई कत्ति दुख लागेको छैन | धन्येबाद गल्ति औलाउनु भएको मा | ठुलै गल्ति भो blogger को नाम गल्ति गर्नु त |

        मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 4

      • Krishna

        “नाम” मा के छ र, भनेर यति चर्चा गरिसके पछी लेखक को नाम गल्ति भो भन्नु मुर्खता हुन्छ, मह्त्वोपूर्ण कुरा लेखक ले के लेखेका छन् भन्ने हो, लेखक को नाम के हो भन्ने होइन

        मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

      • MAHESWOR

        के हो मित्र

        माथि लेख मा त by Salokya नै भनेको छ त
        लेखक सरद चन्द्र बस्ति भए पनि यसमा blogger सालोक्य नै भनेको छ नि होइन?

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ananta

    सत्य सत्य नै हो नाम फेरेर केहि हुन्न परिवर्तन हाम्रो सोचाई र तेश्को गुणस्तर मा हुनु पर्यो | ति सब्द हरु हाम्रा आफ्नै हुन् , नराम्रा मान्छे ले प्रयोग गर्ये भन्दै मा नराम्रो हुदैन | पैसा सुन धन सम्पति आदि ले पनि सामन्त बाद को झल्को दिन्छ के यी चिज पनि त्याग्ने हो र?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 116 Thumb down 6

    • सार्थक, दोहा-कतार

      साह्रै घत लाग्यो यो लेख पढेर । धेरै दिन पछी मन छुने सामाग्री पढ्न पाइयो ।

      नाममा मात्रै किन जातमा पनि के राखेको छ र ? संसार कहाँबाट कहाँ पुगी सक्यो हामी भने अठारौं शताब्दीभन्दा पछाडि जाने क्रममा छौ । यसको प्रतक्ष उदाहरण भनेको माओवादी उछालेको जातिय राजनीति र हालैको तथाकथित जातिय (संघिय हैन) राज्यको घोषणालाई लिन सकिन्छ ।

      कुनै मान्छेले आफ्नो इच्छाले यो वा त्यो जातमा जन्मिन्छु वा जन्मिन्न भनेर जन्मिएको हैन । कुनै पनि जातमा जन्मिनु एउटा संयोग मात्र हो, यो ऐच्छिक कुरा पट्टक्कै हैन । त्यसैले कुनै पनि मान्छेले कुनै एउटा जात थरमा जन्मिएकोमा गर्व गर्नु पर्ने वा कुनै अर्को जात थरमा जन्मिएकोमा हिनताबोध गर्नु पर्ने कारण पनि छैन । एक वा अर्को जात-थरमा जन्मिएकै आधारमा मान्छेले मान्छेलाई घ्रिणा गर्ने कुरा त अमानविय मात्र हैन जंगली पनि हो । अनी यही जातकै कारणले कसैले कुनै बिशेष अधिकार पाउने वा कोही आफ्नो बाँच्न पाउने अधिकारबाट समेत बन्चित हुनु पर्ने भन्ने पनि छैन ।

      रह्यो माओवादीको कुरा । नामले र गफले आफूलाई संभवत संसारकै एक मात्र विशुद्ध कम्युनिष्ट ठान्ने एनेकपा (माओबादी) आधारभूत कम्युनिष्ट सिद्धान्तबाट धेरै टाढा मात्र हैन कम्युनिष्ट सिद्धान्तकै विपरित चली रहेको छ । कम्युनिष्टहरुले गाउँने गरेका मात्रै दुइवटा गीतहरुलाई यहाँ प्रस्तुत गरेर म यो कुरा प्रमाणित गर्न चाहन्छु ।

      हामी सानै छंदा तत्कालिन नेकपा (माले) र पछी माओवादी युद्धकालमा (किन कि यो देशलाई हैन माओवादीलाई मात्र शक्तिसाली बनाउने युद्ध भएकोले यो जनयुद्ध नभनेर माओवादी युद्ध मात्र भन्नु पर्ने हुन्छ) हामीले सधैं सुन्ने गरेका यी गीतहरुले के भन्छन?

      गीत नम्बर (१)

      बर्गिय समाजमा बर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ।

      पोखराको गुरुङले पोखराकै गुरुङलाई ठग्छ ।
      झापाको बाहुनाले झापाकै बहुनलाई ठग्छ ।
      एउटै जातका हौ हामी भनी गरिने प्रेम
      व्यवहारमा झुठो हुन्छ ।
      बर्गिय समाजमा बर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ।

      नेवार भाषा बोल्नेले नेवार भाषा बोल्नेलाई ठग्छ ।
      तामाङ भाषा बोल्नेले तामाङ भाषा बोल्नेलाई ठग्छ ।
      एउटै भाषा बोल्ने हामी भनी गरिने प्रेम
      व्यवहारमा झुठो हुन्छ ।
      बर्गिय समाजमा बर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ।
      …………………………………………………….
      …………………………………………………….

      (यस्तै यस्तै)

      गीत नम्बर (२)

      जाग उठ हे भोका नङ्गा हो ।
      ………………………………..
      यो अन्तिम युद्ध हो ।
      ……………………………………..
      अब मानिसको अन्तराष्ट्रिय जात हुनेछ ।
      …………………………………………..

      (यस्तै यस्तै)

      (माफ गर्नु होला उपर्युक्त गीतहरु पूर्ण र शुद्ध छैनन् । गीतका धेरै अंशहरु मैले बिर्सी सकेछु पनि । खाली सन्धर्भ मिलाउनको लागि मात्रा यहाँ प्रस्तुत गर्न खोजेको हो ।)

      अब तपाईंहरु आँफै भन्नुस् माओवादी कुन बाटोमा छ ? देशलाई साम्प्रदायिक युद्धको संघारमा पुर्याउनमा माओवादी अनी प्रचन्डको भूमिकालाई कुन स्थानमा राख्ने? अनी त्यसलाई बिच्क्याउन र मलजल गर्ने काँग्रेस अनी गिरिजाको भूमिकालाई कुन स्थानमा र कहिलै हो पनि नभन्ने हैन पनि नभन्ने, ठीक पनि नभन्ने बेठिक पनि नभन्ने नेकपा (ढुलमुले) र माकुनेको भूमिकालाई कुन स्थानमा राख्ने ? बाँकी अरु पार्टी र नेताहरु त सहायक भूमिका निर्बाहकर्ता मात्र हुन ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 7

    • राजु

      नाम फेर्न नपर्ने २ अधम हरु :-
      गिरिजा= पहाड ( छबिलाल हरु अझै गिरिजा को फेरी लाउदै छन् , लाग्छ उ पहाड
      नै हो कहिले झुकेन |)
      गिरि+जा = ९५% नेपाली ले उनलाई भन्न मन पराउने तरिका , पटक पटक
      नैतिक स्खलन को पहिरोले क्षत विक्षत भएर गिरेका, त्यो कुरूप
      रुपमा अझै भौतिक रुपमा रहेका र गिरेर पनि अझै सबै भन्दा अग्लै
      रहेका |
      छबिलाल= रातो छबी भएका (रातो अबिर देखि रातो रगत सम्मका भोका)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

    • Sasang Lama NY

      अनन्तजी ! तपाइंले उल्लेख गर्नुभएको भौतिक चिजहरुले सामान्तवादलाई प्रश्रय दिन्छ, तर यो नै अन्तिम सत्य होइन | त्यस्तै नाम र केहि जनजिब्रोमा बोलिने शब्दावलीले पनि सामान्ती प्रवृति झल्काउँछ | हामीले हामिभित्र जबर्जस्तिरुपमा हुर्काएको दासमनोवृतिलाइ क्रमश हटाउनलाई पनि सम्पूर्ण नेपालीले बुझ्ने जनाशब्दावाली समयको फेरो संगै प्रयोगमा ल्याउन अत्यावश्यक छ |पहिले दरवार र राणा परिवारमा बोलिने “खाइस्योस, लाइस्योस ” भाषा अब त मध्यम र निम्न मध्यम नेपाली परिवारमा मज्जाले बोलेको सुनिन्छ | म त यसलाई भाषा परिष्कृत भएर आम समुदायसम्म पुगेको ठान्छु | कालेको बाबुलाई खाटमा पल्टिनु भन्दा सुकुला गर्न मन लाग्छ भने यो उसको लोकतान्त्रिक अधिकार हो | तर यस भाषाको माध्यमबाट सामन्ती प्रवृति र दासमनोवृति चाहिं झल्किनु भएन |

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 9

    • Okhaldunge

      टपरीमा भात खाने जातले काँचको थालमा भात खाएको चांदीको कपमा चिया पिएको कहाँ देखन सकिन्छ र ढुंगालाइ गाईको दूध ख्वाएर आफुहरू गाईको मूत खाने जातले अरुलाई गाईको मासु खाने भनी कसरी गिल्ला गर्नसकेको, आफैले आफुलाई ठुलो हूँ भनी कसरी भन्न सकेको,यो लोकमा पशुको मूत खाने पशु हुनकी दूध खाने पशु हुन लौ तपाईहरु आफै भन्नुस!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 3

Leave a Reply

 

 

 

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes