Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

'गिरिजाको उपचार वीर अस्पतालमा ?'

गिरिजाको उपचार वीर अस्पतालमा- के यस्तो शीर्षकको समाचार आउला त निकट भविष्यमा पत्रपत्रिकामा? बुधबार सरकारले लागू गरेको नयाँ नियम हेर्ने हो भने यस्तै हुनुपर्छ। किनभने नियममा भीआईपीहरुको स्वास्थ्य उपचार आइन्दा महँगा नर्सिङ होमहरुमा हैन, वीर अस्पताल र टिचिङ अस्पतालमा मात्र गराउन पाइनेछ। नेपालमा उपचार हुन नसक्ने रोग लागेमा मेडिकल बोर्डको सिफारिस चाहिने भो विशिष्ट व्यक्तिको विदेशमा उपचार गराउन। विदेश मै उपचार गरे नि अहिले जस्तो उपचार खर्चका नाममा करोडौँ लिएर रोल्स रोयल्स चढेर घुम्न पाइने छैन, किनभने अब उपचार खर्च सरकारले सीधै अस्पताललाई तिर्नेछ।



उपचार खर्च पनि जति मन लायो त्यति कहाँ दिन पाइन्छ र अब। अस्ति भर्खर त हो गिरिजालाई सिंगापुरमा उपचारका लागि सरकारले एक करोड खर्च छोरी सुजातामार्फत् दिएको। तर अब त्यसो गर्न पाइने छैन।

अब राष्ट्रपति, उपराष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई बढीमा १५ लाखमात्रै दिइनेछ। पूर्व सभामुख, प्रधान न्यायाधीशलाई पनि बढीमा १० लाख दिइनेछ। पूर्व मन्त्रीले भने ५ लाख रुपैयाँसम्म मात्रै पाउने छन्।

त्यसैगरी नयाँ नियम अनुसार अब प्रधानमन्त्रीको हात पनि बाँधिएको छ राष्ट्रिय ढुकुटी चलाउनका लागि। नत्र राष्ट्रिय ढुकुटीमा प्रधानमन्त्रीको हात जगन्नाथ पो हुन्थ्यो त। माधव नेपालले प्रधानमन्त्री सहायता कोषमा वर्षदिनका लागि छुट्याइएको २५ लाख दुई महिनामै झ्वाम पारेर पनि भदौमा नै थप ३१ लाख रुपैयाँ रुपैयाँ सिध्याइ सकेका थिए। त्यतिले नपुगेर फेरि आदेश दिएका थिए अर्थमन्त्रालयलाई थप १६ लाख रुपैयाँ प्रधामन्त्री सहायता कोषमा जम्मा गर्न।

अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नौ महिनाको कार्यकालमा कार्यकर्तालाई ३२ लाख बाँडेका थिए। तर माधव नेपालले त त्यति समय पनि नबित्दै बजेटभन्दा दोब्बर रकम सिध्याएका थिए। उनी प्रधानमन्त्री रही रहे वर्ष दिनमा उनले रकम गैरकानूनी ढङ्गले बाँड्न भ्याउँथे होला?

त्यही भएर यो नयाँ नियमले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई आर्थिक सहायताको अधिकारबाट विमुख गरेको छ। अब उनले रकम बाँड्ने अधिकारै पाउने छैनन्।

त्यसैगरी रक्सी खाएर गाडीले किचेर मर्दा पनि चक्काजाम र बन्द गरेको आधारमा ५ देखि १० लाख पाइने छैन। नत्र त मान्छेको मोलै १० लाख जस्तो भइसकेको थियो। केही भयो कि शहीद घोषणाको माग र १० लाख क्षतिपूर्तिको माग। अनि चक्काजाम, हुलदंगा। अब त बढीमा डेढ लाख पाउने छन्। त्यो पनि सुरक्षा कारबाहीमा, द्वन्द्वरत समूहको आक्रमण र दोहोरो भिडन्तमा परेका निर्दोष सर्वसाधारणले मात्र यस्तो क्षतिपूर्ति पाउने छन्।

नियम त राम्रो बनेको छ। तर यसको कार्यान्वयन पक्ष महत्त्वपूर्ण हो। साँच्चिकै यस्तो नियम कार्यान्वयन भएमा हाम्रो करको पैसा अरुले उडाएको देखेर चित्त दुखाएर बस्नुपर्दैन थियो।

Related posts:

  1. गिरिजाको ठाउँमा सुजाता र शेखर कोइराला
  2. गाउँको बिरामीलाई सहरका डाक्टरबाट उपचार
  3. अनुहारभरी रौँ, कसले गरिदेला उपचार ?
  4. वीर अस्पतालको मुर्दाघरमा जिउँदो मान्छे छट्पटाउँदै!
  5. शेरचन मानसिक अस्पतालमा, रिपोर्ट दुई सातामा

118 comments to ‘गिरिजाको उपचार वीर अस्पतालमा ?’

  • shiwani

    उमेश जी
    माफ गर्नु होला जान्ने भएकोमा तर रोल्स रोयल्स हैन रोल्स रोयस(Rolls royce) .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • himal

    गिरिजा नर्क नपुग्ने बेला सम्म यो नियम कार्यन्वायन हुँदैन …यो १००%जानेको कुरा हो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Asharam

    यस्ता नियम नेपाली नेताहरुले जनता लाइ आँखामा छारो हाल्न बनायका हुन् | यसले केहि रोक्दैन | चाहिएको बेलामा तुरुन्त मेडिकल बोर्ड को सिफारिश लियर मस्ती गर्छन |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • sushil

    चान्स नै छैन, ४६ साल को प्रजातन्त्र बिगार्ने गिरिजा र देश को उत्क्रिस्त नेता गिरिजा बाबु को उपचार त्यो पनि बिर अस्पताल मा, चान्स नै छैन? एस्तो नेपाल मा हुने भए अहिले देश कहाँ पुग्थ्यो होला

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • santosh

    यो त सबै जनतालाई देखाउने नियम मात्रै हो राजनीति भनेकै यस्तै हो साथी तेसैले खुसि हुन्हुपरने कुनै कुरा छैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • कृष्ण उपाध्याय

    उपचारै उपचारले जीवन धानिएका गिरिजाको उपचार मात्र हैन, नेपालका सर्वहारावादी नेताले नै पनि वीर अस्पतालमा पंक्तिवद्ध बनेर उपचार गराउन तम्सिका दिन नेपालका केही रोगहरू निको हुनेछन् !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • एकलब्य, अमेरीका

    के, नेताहरुलाई “विशेसज्ञको सिफारीस” चाहीएमा पाउन गाह्रो होला? यो सब बकम्फुसे कुरा, जनताको आंखामा धुलो हाल्ने कुरा मात्रै। ‘गिरिजाको उपचार वीर अस्पतालमा’ भन्दा ‘गिरिजाको निधन वीर अस्पतालमा’ भनेको भए राम्रो समाचार हुन्थ्यो। गिरीजा र विशेष गरेर तेस्को अयोग्य पुत्री नेपालको लागि क्यान्सर जस्तै हुन्। गिरीजाको निधन पछि दुईटै लोप हुने आशा गरेको छु।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • deepak basbet

    स्वर्ग जाने बेला भएका गिरिजा बाबु लाइ बिर अस्पतालमा हैन अब स्वर्गका राजा इन्द्रले उपचार गर्ने छन् किन भने गिरिजा पनि नेपालको राज परिवारको एक चेला त हुन् नि.अब यो गिरिजा लाइ उपचार गरेर देशको सम्पति सक्नु भन्दा त जति सक्दो चांडो पूर्व राजा बिरेन्द्र संग भेट गराउदा राम्रो होला.उतै पुरानो मित्र संग भेट पनि हुने उपचार पनि हुने कस्तो राम्रो हैनत साथी हो मेरो कुरा कस्तो लग्यो…….नराम्रो मान्नु भयो भने….लास्टमा तै हो .

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • SITA SAPKOTA

    I like this policy but everybody should follow the rule ,everybody should think for public not for only themself. Hope so…………….God bless us and give the good thinking to our LEADERS,otherwise nobody trust to our LEADERS.Jun jogi aaye pani kaanai chireko……what do u think??why r u confused ?,,yes i m asking with u……………….

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • madan bajracharya

    अपराध को रोग जुन मुलुकमा लागेको थियो तेही मुलुकमै हुने भनेको सहि रहेछ/ बिनसित्ति करोडौं खर्च गरेर त्यो नेपालको लेंग्दुप दोर्जी लाई विदेश लगियो/ त्यो लेंग्दुप दोर्जी लाई त् मुटुमै दिमागमै कुर्सि को क्यान्सर लागेको छ, पेटमा भ्रस्टाचार को अल्सरले गर्दा कुनै औषधि खाने सक्दैन, आफ्नै जमातले यसलाई तानासाहिको कुस्थ रोग लागेको भन्दै छि छि गर्न थाले/ येसो बिराटनगर घर तिर जान खोजेको तर उसैको बिराटनगर घर जिल्लाले त्यो कुस्थ रोगि हुल्न दिन मान्दैन/ अहिलेनै आर्य घाट गए भने मर्दा पर्दा तेस्को तेस्तो गन्दा रोग लागेको शरीर को खरानी बागमतिमा बागमती सुधार्ने संस्थाले बगाउन दिंदैन/ अनि कहाँ लाग्ने त् त्यो बिचरा लेंग्दुप दोर्जी लाई ? उही एउटा बिर अस्पताल्नै त् एउटा छ तेसैले उतै तिर लागे/ बरु अरुलाई तेस्को रोग सर्ला, ध्यान पुर्याउन जोड गरूँ साथीहरु/

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • बास्तबमा यो नीति लागु भएमा अतेन्त राम्रो हुने थियो नीति मात्र भन्दा पनि लागु हुनु पर्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • यी सब कुरा नेपालीलाई देखाउन गरिएका नौटङ्की मात्र हुन । किनकी के पी वली बिध्या भण्डारी गिरिजा आदि सक्तीमा रहेकाहरू कम्युनिस्ट भएपनि बिदेशमा नै उपचार गराउने गरेका छन। यी नया शोषकहरू नै हुन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Prakash

    जनताको रगत चुसेर खान पल्केकाहरुहो हालसम्म कति नियमकानुनहरु बनाइसक्यौ तिमीहरुलाई नै सम्झना छैन होला, नियमजती जनतालाई देखाउने हात्तिको दाह्रा जस्तै हो, जनताका नजरमा तिमीहरु कत्ति गनायाका छौ कि तिमिहरु जनताका बीचमा जाने हिम्मत पनि गर्दैनौ | यदि गैहाल्यौ भने पनि तिमीहरुलाई दिन जनतासंग घृणा, ढुंगामुढा जुन प्रकृतिप्रदत्त छ, अनि कालो झन्डा छ | सायद अब त्यतिले नपुग्ने नै भय जस्तो छ | अब त तिमीहरुका बिरुद्द केवल नेताका बिरुद्द जनताले हतियार उठाउन बाँकि छ | आशा छ त्यो दिन चाडै आओस |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • deepak

    नसेडी लाई लागु पदार्थ नखाई बिसेक नभए जस्तै नियमकानुनमारा नेताहरु लाई पनि कानुन मै नभएको झवाम गर्दा बिसेक नभएर कानुन बनाई टोपलेको हो | यो कानुन कार्यन्वयन होस् र यसले जनताले तिरेको कर को दुरुपयोग रोकोस|

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Devi

    नियम को पालना गरेत राम्रो नै हो तर ….सोच्नै पर्ला यी नेता हरुले पालना गर्ने हुनकी होइन भास्ताचार नगरी त के बस्लन

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • deepak

    यी नेताहरुलाई लागु पदार्थ जस्तै कानुन नै नतोडी नहुने नशा चडी सकेकोले ,कानुन मै नभएको काम गर्दा उति नशा मेट्टीएन होला, कुनै मज्जा आएन होला|
    नभए नेताहरुले पाउने आर्थिक सुबिधा संग सरोकार राख्ने कुरामा कहिले कतै यहानेर कटौती गरौ है भन्ने सुनिएको छ | अरु कुरा कहिले मिल्दैन, तर खाने कुरा आयो कि सबै को एक मत | यो पनि तोड्न लाई नै बनाएको कानुन हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Narayana

    हित्या कसरी भएको थियो ?

    २९ माघ ०६० मा घरबाटै पक्राउ परेकी पोखरीचौरीकी १७ वषर्ीया रिना रसाइलीलाई सुरक्षाकर्मीले हत्या गरे । आफ्नी दाइकी छोरीको हत्या भएको सुनेर माइती पुगेकी खरेलथोक- ५ की देवी सुनारले घटनाबारे मानवअधिकारवादी र पत्रकारलाई बताइन् । र, तत्कालीन शाही नेपाली सेनाको नजरमा परिन् देवी सुनार । सेनाले खरेलथोक- ५ की विमला विकलाई पक्राउ गर्‍यो र उनैको सूचनाको आधारमा देवीको खोजी सुरु भयो ।

    पाँचखालस्थित युद्धकार्य शान्ति तालिम केन्द्रका कार्यवाहक प्रमुख महासेनानी बबी खत्रीलाई विमलाले भनेकी थिइन्, ‘देवी सुनार माओवादी हो । उसलाई घरबाटै समाउन सकिन्छ ।’ यही आधारमा देवीलाई पक्रने योजना बन्यो । महासेनानी खत्रीले आदेश दिए, ‘त्यो देवी सुनारलाई जसरी पनि पक्रेर ल्याउनू ।’ आदेश पाएका तत्कालीन सहसेनानी निरञ्जन बस्नेतको नेतृत्वमा सेनाको कोभर्ट टोली ५ फागुन ०६० मा खरेलथोक हिँड्यो । केन्द्रबाट आठ किलोमिटर टाढा रहेको सुनारको घरमा सो टोलीले देवीलाई भेटेन र कक्षा ९ मा पढ्दै गरेकी देवीकी छोरी १५ वषर्ीया मैनालाई लिएर हिँड्यो । आँखामा पट्टी लगाएर हात बाँधेर मैनालाई केन्द्र ल्यायो सो टोलीले । मैनालाई जब तालिम केन्द्र ल्यायो र सुरु भयो यातनाको शंृखला ।

    माओवादी भएको आरोपमा मैनामाथि यातना दिन सुरु भयो । सेनाले ०६० मा गठन गरेको ‘कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनमा समेत उनीमाथि चरम यातना दिएको’ उल्लेख छ । सो प्रतिवेदनका अनुसार, महासेनानी खत्रीको नेतृत्वमा मैनालाई सुरुमा बाँधेर पिटियो । अनि बाल्टीमा पानी राखेर डुबाउँदै, निकाल्दै गरियो । यतिमात्र यातना सहिनन् मैनाले । उनीमाथि पटक-पटक करेन्टका झट्काहरू लगाइए । एक घन्टाभन्दा बढी यातना दिइसकेपछि मैना बेहोस् भइन् । र, बिस्तारै मुखबाट फिँज काडेर त्यहीँ मृत्युवरण गरिन् ।

    मैना गिरफ्तारीको खबर आगोसरि फैलियो गाउँमा । माइती गएकी देवी घर फर्किन् । तीन दिनपछि तालिम केन्द्र पुगे गाउँले । ‘हाम्री मैनालाई यहाँ ल्याइएको छ रे’ गाउँलेले सोधे । तर, महासेनानी खत्रीले भनेका थिए, ‘को मैना ? हामीलाई केही पनि थाहा छैन । हामीले यहाँ ल्याएका छैनौँ ।’

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • नियम बनाएर मात्र भएन पालन पनि गर्नु पर्यो ||||||||||||||||||||||||||

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • राम्रेा समाचार हेा। व्यवहारमा लागु गरे त।विभिन्न वाहानामा पर्नेहरूले दश लाख पाइन्छ भनेर शहीद घेाषणा गराएर पैसा पाउने कुरालार्इ यसले रेाक लगाउंछकी। यसले गर्दा वन्द चक्काजाम पनि कम हेाला की । अैाषधी खर्चकेा रकम तेाकेर राम्रेा काम भएकेा छ । नेपालका अस्पतालमा उपचार गराउनु पर्ने र रकम नगद नदी राज्यले तिरीदिने व्यवस्था हुने हेा भने धेरै हद सम्म पारदर्शी हुन सक्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • बतास

    खाश मा यो नियम सबै नेताहरु मिलेर सरकारी दुकुटी बाडेर खाने मेलो मात्र हो |पदमा रहेको लाई मात्र उपचार गरे पुग्छ नत्र नेपालमा आउरे बाउरे मन्त्रि भएको हरु हजार भन्दा बढी छन् उनीहरुलाई एकै चोटी हैजा लाग्यो भने त नेपालको बजेट ले पनि नपुग्ला त | फेरी यो जिन्दगीमा सभासद हुन नपाउने हरु सभासद भएका छन् अनि गाबिसको अध्यक्ष हुन नसुहाउने हरु मन्त्रि भएको छन् | ति एक पैसा को काम नलाग्ने नेताहरुको हामी गरिब जनता ले उपचार गर्नु पर्ने नियम ? अनि राम्रो नियम ?
    थिचौ रातो जति थिचे पनि हुन्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • pradip dahal

    kina ra yo makune le garcha jasto lag 6 yaha haru lai.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • bijay

    बुढो कोइरालालाइ पशुपति आर्यघाटमा लगेर उपचार गरे राम्रो होला जस्तो छ/ नेपालको बोज अलि हलुका हुन्छ/ अनि त्यो कुजता जोस्ट कोइरालिनी लाइ चै मर्ने बेलामा पनि rolls royce वा mercedez मा राखेर लानु पर्ने होला /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • maya dolous

    कुरा त ठिक हो /

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • sushil

    सबै छोडी लुता हात भने जस्तै यी सबै कानुन जति कुकुर का कँदो पछाडी झुन्दायी दिए हुन्छा / यी कानून लाई कसले टेरेको छ र बडो कानून को कुरा गर्ने /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • ja3 aus

    ekdum ramro kuro ho yo ta, lagu hunu na hunu aafno thau ma chh, tara prasansaniya chh.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • prakash silwal

    नियम त राम्रै बन्यो. तर हेरौ कत्तिको लागु हुन्छ.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • प्रेम कार्की (seychelles)

    गिरिजा , माधव ,प्रचन्ड , बाबुराम , सुजता अनी तिनी हरु का भरौटा हरु को काल ले सिमल को रुख खोपी रहेको छ त्यो रुख मा के हुने हो हर्नुस् पछी थाहा पाउनु हुने छ

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • yesyeshakya

    संसदिय काल देखि यी संसदिय नेताहरुले नतिरेको १० करोडको पेश्की मिनाह गरेको घोसणा गरि सकेपछी, अहिले आएर यो के को नौटंकी नि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • Joshi

    एउटा प्रजातान्त्रिक सरकार ले मात्रै आफुलाई समेत प्रजातान्त्रिक नियन्त्रण मा राख्ने निर्णय गर्न सक्छ भन्ने कुरा को प्रमाण हो यो . के बुझ्नु जरुरि छ भने यो आरुले निर्णय गरिदियको हैन , संसद ले पनि हैन . सरकर स्वयम ले हो . यो निर्णय सरकार माथि गर्ब गर्न लायक छ . पुर्बग्रह बिर्सेर हेर्यौ भने .

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

    • देवराज जोशी, कैलाली

      निर्णय एउटा तर व्यवहार अर्कै गर्ने सरकारमा के को गर्व गर्नुनि जोशी जी, निर्णय गर्दैमा केही हुदैन कार्यान्वयन हुन्छ हुदैन हेरौ न.

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • purna dhakal, uk

    हाम्रो देश मा जस्तो राम्रो नियम कतै पनि बन्दैन …. तर लागु हुन भने निकै गारो हुन्छ .

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • गोरख

    नियम कानून शायद नेपालमा कडा नै छ लागु नभएर पो जस्ले बनाउछ ओसैले तोड्छ शायद एस्मा हस्तक्षेर गर्ने पनि तिनै एअर अंबुलेन्स चडेर जानेनै होलान । केटा मान्छे साम्सद ,मन्त्री ले सुत्केरी को औषधी पचौछन् अब यो नियम लाई सजिलै पचाइहाल्छन् नि । गिरिजा त बिरामी छैन म भन्दै थिए नि छोरी लाई मोज अनी हाम्रा कोम्रेड लाई भोज को बेबस्थाको लागि माकुनेजि ले मिलैदिनु भएको २ करोडको प्रसाद हो ग्रहड गरिहालेनि । गोरख

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • arjun gurung

    कुरो चाही बल्ल गर्यो है सरकार ले हा.हा. हा राम्रै गर्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Bhoj Raj Giri

    नमस्कार सबैलाई बिसेस गरेर यो यो लेख लेखनी साथी जी लाई .
    धरै खुसि लाग्यो padada kheri तर मलाई लग्दैनाकी यो sabai niyam र कानुन लाई पालना हुन्छ भनेर. किन कि नेपाल भनेको धेरै कुरा बोलनी अनि भासन गर्नी
    अनि काम थोरै गर्नी बरु भास्ताचार माहाधरै गर्नी देसमा त नेपाल पहिलो नै छ तो
    त सबैलाई थाह छ नि हगी ???????????????????????????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • P4R££N1T4~

    सरर हवाई जहाजमा शयेर गर्न पल्केका नेताहरुको रोगले नेपालको डाकसापहरुलाई के पत्याउला र ? हाम्रो डाकसापहरुको दक्षता चाही कागजको खोस्टामा शिफारिस गरे बाफत कमिशन खान मात्र काम लाग्ला जस्तो छ | तर दुखको कुरा, यो नियमले डाकसापहरुको बिजनेस चाही राम्ररी फस्टाउने भयो | कति सासुले मात्र,अब बुहारीको पनि पालो भनेर यिनीहरुले पनि सक्दो कुम्ल्याउने कोशिस गर्ने छन् | जनताको रगत पसिना चुस्न पल्केका यी जुकाहरु समय अनुसार नया नया रुप रङ्गमा जन्मिदै छन् |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shiva

    the new rule is good but i am sure that it shall never be implemented and the situation remains the same…………..cuz these dogs can easily escape the eyes of people and the law..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • Sasang Lama NY

    साना नेता र साना कर्मचारीले औषधोपचार खर्च पाएको सुनेको छैन| ठुला नेता र ठुला कर्मचारी धेरैजसोले घुस खाएकै हुन्छ | बिरामी हुँदा त्यही घुस खाएको पैसा चलाउनु नी ! दुनियाँको आँखा छल्न भुत्रा गर्न यस्तो पांग्दुरे नियम बनाएको ? काम गरे बापत तलब र घुस त पाएकै छ नी ! तिनले जांड र रक्सि अत्यधिक खाएर पालेको रोगलाई निको पार्न जनताले तिरेको कर खर्चन लाज लाग्दैन ?

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 1

  • Rajesh sharma

    नियम बनाउनु पनि सकारात्मक कुरो हो ,धन्न बनायछ्न !
    अचम्मै भयो!
    सांसद,मन्त्रि हरु देखि प्रधानमन्त्री र रास्ट्रपति जति सबैको उपचार सरकारी अस्पतालमा,यिनका छोरा छोरी जति को पढाई सरकारी स्कुलमा हुने नियम आए कति राम्रो हुनेथियो !आफुलाई परेपछि बल्ल गुणस्तरमा ध्यान दिन थाल्थे कि !
    अझ मैले जानेको त ,यी नेताहरु बिरामी हुनासाथ तुरुन्तै हेलिकप्टर मा राखेर जाजरकोट को दुर्गम गाउँमा लगेर छाडिदिनु पर्छ ,जहाँ बाट स्वास्थ चौकी पुग्नलाई दुइ दिन हिंड्नु परोस र स्वास्थ चौकीमा स्वास्थ कर्मी नहोस ,न आवस्यक औसधि नै ,तब थाहा पाउछन् जनता को मर्का !

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • Himalaya Sharma

    धेरै राम्रो समाचार को लागि धन्यवाद. छ नियम बनाउने अनि समाचार बनाउने लै

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Prem

    नेपालको कानुन बेलायेत को भन्दा पनि राम्रो छ | तर के गर्ने नियम नियम मै सिमित भएपछी| नेपालमा धेरै राम्रा नियमहरु छन् सबैलाई थाहा भएकै हो | तर नियम को पालना नगरेपछि कसको के लाग्छ र |

    काग कराउदै छ पिना सुक्दै छ भनेको येही हो ! नियम हरु बन्दै गर्छन नियम मै सिमित रहेर | नेपाल सुन्दर छ नेपाली सुन्दर छन् तर बेबहारमा सुन्दर नभए पछी कसको के लाग्छ र |

    गिरिजा को उपचार अब नर्क मा हुन्छ बिर अस्पताल मा हैन |

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • पहिले कान सिधै समात्न पाएका थिए अब घुमाएर समातन्ने छन् ,चोर को हजार दाउ

    अनि यी प्रधानमन्त्रि माधव नेपाल जी ले त्यो प्रधानमन्त्री कोष को पैसा थपी थपी के मा सकेका रहेछन?बिचार सोझा माकुने ले जुम्ला हुम्ला बाजुरा तिर का झाडा पखाला लगेर थला परिरहेका हरु को लागि सिटामोल तथा अन्य औसधि मुलो लाई पो खर्च गरे कि ?के हो साथी हो खाट्टी कुरो? कोहि साथी हरु ले भन्न सक्नु भएन भने म पछि तपाई हरु लाई भन्ने छु अर्को कमेन्ट मा है त ””””

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • susilji

    nepal is full of ministers and leaders……so everybody should pay on their own …they all are given salary…..

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • सुरज श्रेष्ठ

    “गोत्र हराए काशी जानु, न्याय हराए गोर्खा”
    तसर्थ नेपालमा कानुन .. ह़ा ह़ा ह़ा !!!!!
    नेपालमा कानुन र नियम भनेको के हो ?

    सुरज श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • raj

    जड्या लाइ रक्सीको प्रतिबन्ध………..जसरि पनि खान्छ, ब्रान्डेड नपाउला लोकल ठर्रा त मिल्छ मिल्छ|

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • dave

    यसको लागि उमेर तोक्नु पर्चा ५० वर्ष भन्दा माथि का लाइ अवकाश अनि पूर्व मन्त्रि लै चाही किन नि?
    अझ पैसा दिए पनि ऋण को हिसाब मा दिनु पर्चा अनि थाहा हुन्छ देश को पैसा लै पनि आफ्नै पैसा हो भन्ने सोचे पो
    देश को सम्पत्ति हाम्रो सम्पत्ति त्यसैले यसलाई भाच्ने बिगार्ने ठग्ने कार्य गर्ने मान्छे पशु नै हुनु पर्चा

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • shan

    बिरामी पनि एक शारीरिक र अर्को मानसिक हुन्छ हाम्रो नेताहरुलाई धेरै जसो देल्ली नै जान पर्छ . अब विदेश बाट ठुला ठुला डाक्टर हरु नेपालमा भटा भट आउन थाले पछी . नेताहरुको उपचार नपालमा हुने भो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Rajaram

    नियम कानून भंन्दा माथि बसेका नेता हरु ले , यो नियम लाई मान्लान भनेर कसरि विश्वास गर्ने ? जसरि भएपनि खाने दाउ निकाली हाल्छन .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • समिर पनेरु

    कुरो किन राम्रो नहुनु र साथी? तर गाल पार्ने कुरा त यो पो छ कि नेपालमा कथित् दिमाग भएका र मसंग धेरै योजना छन् भन्ने खालका समूहको बिगबिगी छ तर काम गर्ने जामत छैन……ग्यास र पेट्रोलको मूल्य वृद्धि हुदा यो ठिक भएन सरकारले येसो पो गर्नुपर्छ भनेर मुख फोर्ने हरु धेरै छन् तर आफै पेट्रोल थाप्न लाइनमा बस्न जान्छन……नौलो सोच छ भने किन अर्काकै मुख ताकिरहने? यो ब्लगको कुरा पनि सुन्न र “हो है, यसो भएमा कति जाति हुन्थ्यो” भन्नमा ठिक छ अनि रमाईलो पनि छ तर कार्यान्बयन गर्ने नै बर्बाद तालका छन्……..”यहाँ मुत्ने कुकुरको छोरा “लेखेको ठाउँ मुनि कुकुरले त्यो गालि पढेर नमुत्ला र?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • sanjaya

    हात्तिको एउटा देखाउने दाँत र अर्को चपाउने हुन्छ त्यस्तै हो /

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • RAJ,VIRGINIA

    यी चोर नेताहरुलाई बिदेशमा उपचार गर्न मेडिकल बोर्डको सिफारिस चाहिने होइन फोनको भरमा मेडिकल बोर्डको सिफारिस आफै घरमा रातारात आउछ .
    नियमको पालना गरेको भएत आज देशको यो हरिगति हुन्थियो र ?
    नियम त सोजासाझा र गरिब र जसको माथिसम्म पहुच छैन ति जनतालाई मात्र लागु हुन्छ.
    कति negative मात्र सोच्ने हुन्छ मनमा तर के गर्ने positive सोच्ने बाटोपनि त हुनु पर्यो.
    येस्ता नियम नेपालमा कति बने कति गए.
    हेर्नुहोस नेपालको अख्तियार दुरुपयोगको हरिगति ……..सिर्फ अख्तियार दुरुपयोग आत्मासाथ,र कसैको दबाबमा नपरेर,झुटलाई झुट,साचोलाई साचो हो भनेर यी चोर र घुसखोर नेताहरुमाथि जाई लाग्छ भने देशले कोल्टे फेर्ला नत्र यस्ता नियम बनछन्,जानछन् .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • sudarshan

    नपाउने ले केरा पायो बोक्रै सित खायो ! भने जस्तो माकुने ले आफ्ना कर्येकर्ता पोस्न को लागि २ महिना मा पुरै वर्ष को खर्च रित्तो पार्यो

    जहाँ सम्म गिरिजा को उपचार पनि बिर अस्पताल होला कि भन्ने अनुमान हो , अरु लाई नियेम लागे पनि गिरिजा लाई यो नियेम ले छोला भन्ने रत्ति भर बिस्वास छैन किन भने सबै कुरा को साँचो त्यो बुढो ले लुकाएर राखेको छ त्यो पनि राष्ट्र पति हुन नपाएको झोंक मा !! तेसै ले त प्रचण्ड बाबुराम जस्ता महापुरुष भनौंदा हरु पनि साँचो पाउने आशामा उसको अगाडी लम्पसार पर्छन अनि साँचो हात मा परेपछि गिरीजा लाई फेरी उल्लु बनाउ छन् उनि हरु को रणनीति भनेको एती नै हो जस्तो लाग्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • मकुनेले त के मान्ला र? मा प्रधानमन्त्री हो भनेर कुर्ची हलले पछि करौन्चन वा रुन्छ अनि फेरी माकुने ले ढुकुटीमा हाट हाल्छ|

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • pradip dahal

    bharesta haru ko sangal ko yo sarkar le matra ra janta ko aakha ma charo hale ko ho yo kehi hune wala chai na.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shree

    नियम त राम्रै राम्रो बनायाछान तर लागु हुन त अकस्कै फल त होलानी होइनर?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ‘गिरिजाको उपचार वीर अस्पतालमा ?’
    सिरसक हेर्दा गरमागरम बिसय जस्तो लाग्यो तर हाम्रो जस्तो देशमा कुनै कुरा नेताहरुलाई चित्त नबुझ्ने भयो भने संबिधान नै संसोधन गरेका कयोई उधाहरण हरु बिधमान छन् तेसैले भोलि फेरी गिरिजाको उपचारको कुरा आयो भने यो नियम ले गिरिजाको उपचारमा उप्थायारो भयो भन्चन संसोधन गर्छन किनकि यो बिसय संबिधान जतिको असजिलो छैन परिबर्तन गर्न, तेही माथि गिरिजाकी छोरि नै मंत्रिमंदल्ल मा छ | तेसैले मलाई यो नियम भनेको सर्बसाधारण हरुको लागि मात्र हो टाउके हरुलाई होइन जस्तो लाग्छ मलाई . सर्बसाधारण लै दिने गरेको १० लाख मा चाही केहि कन्ट्रोल चाही हुन्छ कि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • दुर्गा प्रसाद खनाल पांचथर

    नियम त राम्रो बने छ तर लागु पो नहुने डर छ त ! हैन सबै आफु खुसि नियम बनाउछन सायद आफु बच्न होला ! मर्ने बेलामा हरियो काक्रो त होइन ?
    ए नियम बनाउने ले आफुको मन्त्रालय बाट लागु गर्दा पो थाहा हुन्छ यो पनि जनता को आँखा मा छारो मात्र हो है
    बाकी आउदा दिन ले नै बताउने छः

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • विचरा गिरिजा जस्तो मान्छे लाई पनि बिर अस्पतालमा उपचार गरेर कहाँ हुन्छ र?? त्यो त गरिब जनता जो आफैले पैसा तिरेर उपचार गर्ने ठाउँ हो… अब गरिब जनताको रगत पसिना बाट असुलेको करको पैसाले बिदेशी अस्पतालमा बिशेष उपचार अनि छोरीलाई सानदार होटेलको अनि लेमोजिन को बिलाशिता त्यो सबै चाहिन्छ नि.. नत्र बिरामी परेको पनि मज्जै भएन नि … अनि आर्को कुरा अब गिरजा स्विकिन पनि बेर छैन कुजाता अलपत्र पो अलपत्र पर्ने भई …. घरको न घाटको न पार्टीमा ठाउँ न सरकारमा उपप्रधान मन्त्रि ….

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 4

  • Binod Neupane 'B' Sydney

    बिदेस मा इमिग्रेसन , सुरछ्या कर्मी र फाइन देखि डर हुन्छ र नियम सबै ले पालना गर्छन तर नेपाल मा कसलाई कसको डर छ र ,,,?? बस सोझा साझा जनता लाई हतियार धारी संग को डर ,,पहिला नेपाल का नेता हरु लाई जनता देखी डराउने बनाउनु पर्छ जनता हरु पार्टी रहित हुनु पर्छ बल्ल नेता हरु ले नियम र कानुन को उलंघन गर्दैनन् अनि जनता ले पनि

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • arjun

    हे भन्ने मात्र हो हात्ती क देखाउने दात मात्र हो साठी चपाउने दात भत्र वाया जस्तो ??

    हे g

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • रबिन्द्र राज गिरी

    यो हामी नेपाली जनतालाई आँखामा छारो हालेर मुर्ख बनाउने कुरा मात्र हो | खाने मुखलाई जुंगाले किन छेक्थ्यो र | जसरि पनि खाईहाल्छन | नेपालको राजनीतिक तहको ठुलो बिशेषता भनेको नै जनताको रगत पशिनाबाट तिरेको कर र जनताको नाममा विदेशीले दिएको ऋणमा हर्थुगा डुबाएर मन लागेजती खानपाउनु हो | खान बानि परेकाहरुले कसरि खान छोड्न सक्छन | यदि हाम्रा नेता भन्ने जन्तुहरुको उदेश्य यो हुँदो हो त आज यो अबस्थामा हामी आईपुग्ने नै थिएनौं | सधैं माग्ने भयौं अहिले सम्म र सधैं माग्ने मात्र भएर बाच्नु पर्ने छ हामी नेपालीले | यो भन्दा ठुलो दुर्भाग्य हाम्रो अरु के हुन सक्ला खोई |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • pujana

    सुजाता का दिन आए फ़ेरीईईईईइ

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 4

  • jordan

    नियम त राम्रै हो । तर यसको कार्यान्वयन कति हदसम्म हुन्छ त्यो त हेर्ने बाकी छ ।फेरी हाम्रा नियम नराम्रा कुन छन् र ?सबै राम्रै छन् तर कार्यान्वयन नै गतिलो संग हुदैन कामना गरौ यसपाली राम्रोसंग कार्यान्वयन होस्

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

  • ujjwal

    अब फेरी दिन आए नेपाली डाक्टरहरुको,,ल बधाई छ नेपाली डाक्टरहरुलाइ ,,,,अनि नेताहरुलाई पनि किनकि अब बिरामी भै रहदा भयो नि टाडा पनि जानु नपर्ने डाक्टरहरु पनि किन्न सकिहलिने वहा नेपाली कानुन …………..

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • sushil

    सबै कुरा को बिरोद मात्र किन गर्ने / नेयम राम्रो ६ यसै गरि( सरकारी / गएरसर्खरी ) कर्मचारी को पनि ओफ्फिस ले बिल को रकम तिर्नु भन्दा सीदै अस्पताल मा नै तीर्दा राम्रो हुन्छ /खर्च बढाएर रकम लीने बनि मा अलि कमि औंचाकि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 6

  • Manandhar

    यो नियम हात्तीको देखाउने दाँत मात्र हुने होला

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • Rabin

    हाम्रो देशमा बनेको कानुन कहिले चाही नराम्रो थियो र ? मुख्य कुरो आयो नियत र कार्यान्वयनको . हाम्रा कुनै पनि पार्टी र नेताहरु को नियतीनै सरकारमा कसरि जाने र राष्ट्रको ढुकुटीमा रजाई गर्ने भन्ने छ तेसैले त आज सम्म देश पछाडी परेको छ यो कुनै राज्य व्यबस्थाको कारणले होइन . जव सम्म सहि नियत र दुर द्रीष्टि भयका नेताको यो देश जन्म हुँदैन तव सम्म कुनै कानुन र व्यवस्थाले केहि हुनेवाला छैन .
    बुझ्ने कुरो र शैदान्तिक कुरो हाम्रा नेता र सरकारी कर्मचारीले जति दुनियामा कसैले पनि जानेका छैनन् र ढुकुटी लुट्न पनि तेत्तिकै नामी.

    यदि राष्ट्रको लागि राम्रो कम गर्ने हो भने त्यस्ता राष्ट्र सेवकलाई दुनियाको जस्तो सुकै महँगो ठाउँमा लगेर पनि उपचार गराउनु पर्छ र उनीहरुको भविष्य पनि राष्ट्रले सुनुस्चित बनाउन कंजुस्यायीं गर्नु हुँदैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • amar

    मन्त्रि हरु को उपचारको कुरो त भयो/ अब चड्कन मन्त्रि र सिसा फुटाउने मन्त्रि हरु को कुरो चाही कहिले हुनेहो?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

  • राजु

    कागजी खोस्टो | सिफारिसमा २ घण्टा भित्र फेरी नरसिंग होम वा दिल्ली वा सिंगापुर |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • madan bajracharya

    एउटा खुल्दुली/
    नेताहरुको व्यय भार देसले बेहोर्दै आएको छ/ यसै क्रम मा एउटा कुराको सम्झना भयो/ उहिले एक चोटी चुनाव जितेर सांसद भएको ले उ सांसद नभई सके पनि २५% सांसद भता पाईने रहने, दुई चोटी जितेकाले ५०% र टिन चोटी जितेकाले १००% पाउँदै रहने कुरा भएको थियो/ के त्यो कुरा अहिले पनि लागु छ? कुनै साथीलाई थाह भए लेख्नु हुनेछ होला/

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 9

  • Dinesh

    नियम त राम्रै बनायो ,नेपाली जनता को आँखामा छारो हाल्यो ,एकछिन मक्ख बनायो हगी| खाने मुखलाई जुँगाले कहाँ पो छेक्दो रहेछ त यार …..तेस्तो मेडिकल बोर्ड सोर्ड कुरा नगरोउ है मित्र | समयको बर्बाद …. बेकारमा टेन्सन मात्रै | बिर नेपालीलाइ कसले रोक्न सक्छ ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • madan bajracharya

    सरकारले तेस्ता नेता हरुको उपचार खर्छ बेहोर्न तिनीहरु रास्ट्र द्रोह भ्रस्टाचार र अन्य फौजदारी अभियोग नलागेको हुनु पर्ने भन्नु पर्ने/ रास्ट्र द्रोह पनि गर्ने घुस पनि खाने मान्छे मार्दै लुट्दै हिड्ने नेता नाम का अपराधीको उपचार रास्ट्रको धुकुतिले किन बेहोर्ने?

    साँची भानु भने आफ्नो अधिकारनै नभएको टनकपुर सन्धि गरेर आएको त्यो नेपालको लेंग्दुप दोर्जेलाई पहिला कैद गरेर अनि उपचार गर्नु पर्ने थियो/ तेस्तै उ मात्र एक्लो छैन, धेरै छन् तेसैले उनीहरु जस्ता अपराधीको भार किन रास्ट्रको ढुकुटीमा?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 10

  • Shyam

    खाने मुख लाई जुँगा ले छेक्दैन .

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • Ananta

    नियेम बनाउने हरु ले नियेम उलंघन नगरे राम्रो|

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 12

  • NaBeEn

    नियम आतीनै राम्रो छ अब हेरौ कर्यवन कति को हुन्छ ! आसा गरौ जो मुखीया तेई बाटो हगुवा नहोस् !!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 4

  • Bhamir Thapa, Swiss

    जनताको पसिनाको कमाइले Marsadez र BMW मा बसेर रात्री भोज र डीनर घुम्दा र आफ्नो पुरा परिवार साथै आफ्ना सबै नातेदारहरु लाई विदेश भ्रमण गराउदा कसको मनले शान्ति देला र ! आशा छ, नियमको कार्यान्वयन छिटै होस् र यस्ता शोसक र भ्रष्टाचारीहरु माथी गहकिलो लगाम लागोस ! नत्र भने माकुने र अहिलेको unprefect माकुने सरकारले सहायता कोष मात्र हैन पुरा देश नै रित्तो पार्न पछी नपर्ने छन् |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • mra

    यो नियम भनेको कानुन हो कि संबिधान ?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 11

    • राजु

      यो इमान्दार प्रस्न हो कि अर्थोकै ?
      जे होस् नियम भनेको सामान्यतया प्रचलित कानूनको अन्तर्गतमा रही बनेको कानून नै हो | strength को आधारबाट हेर्दा कानून संग बाझेको नियम बदर हुन्छ भने संबिधान संग बाझेको कानून बदर हुन्छ | संबिधान मूल कानून को रुमा हुन्छ र कानून, नियम,विनियम हरु orderly मातहतमा हुन्छन | नियम विनियम हरुले कुनै खास बिषयबस्तु माथि focus गरेर detail मा कानून निर्माण गर्छन (मेरो बुझाईमा |

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • nepjap

    अब बल्ल बिर अस्पताल र टिचिंग अस्पताल को डाक्टरहरुको दिन आउला जस्तो छ! फोन गरेर मन्त्रिहरुले रिपोर्ट बनाउन लगाउने भए अनि डाक्टर त मन्त्रिहरु सरकारी पैसा आधाआधा !! सत्य तत्य खोज्न जाने भनौदा पत्रकारलाइ फेरी भाकुरिने भयो ! :) :)

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 10

  • arjun sharma

    कुरा त ठिकै हो तर कार्यन्वयन गर्न सक्नु पर्छा. यी चोर हरु लै देस को ढुकुटी खाली पर्न दिनु हुन्न.मलाई पनि राज जी ले भने जस्तै खान पल्केका चोर हरु चोर बाटो नाखोज्लान भन्ने लाग्दैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • Drona " Bishwas" Pandeya

    नियम त बन्यो तर पालना पो कसरि हुने हो हेरौ
    जसले नियम बनायो उसैले उलंघन नगरे हुन्थ्यो……………..

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 7

  • Mohan Sunuwar

    यो नियम बनाउने हरु पनि तिनी चोर हरु हुन
    यी खाना नपाएको ले बनाएको ता होलानी? खाने मुखलाई जुंगाले कहा छेक्छा रा?
    घुमाई फिराई हसिया को मुख आफै पट्टी टा हो नि.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 9

  • हे भगवान! गरिब हरुको कुन त एउटा अस्पताल त्यो पनि अब भी आइ पी हरु जान थाले पछी गरिबलाई चाही कुन डाक्टर ले हेर्ने……?? होइन रमाइलो गरेको जे होस् यो कार्यान्वयन भयो भने चाही राम्रो हुन्छ कमसे कम अस्पताल को निरीक्षण त हुन्छ बेला बेला मा………….

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 6

  • Prem Aryal

    लागु गराउनु पर्छ एसको दबाब हामीले दिने हो, राम्रो कामहो र लागु होस् भन्ने हाम्रो धारणा,

    अझ बिरामी परेको नाममा एअर एम्बुलेन्स मगाएर डेढ दुइ करोड सक्दा रिसले रोउ ठाडा हुन्छन के गर्नु सहनुको विकल्प छैन, थोत्राहरु मारेर के हुन्छ र, के देशमा युबा हरु कम छन् र

    यति धेरै पैसा खर्च गरेर जानु भन्दा एउटा भी आइ पी अस्पताल्नै नेपालमा बनाए हुदैन, गिरिजा थोत्राले गरेको खर्चले मात्रै भवन बन्छ, गतिला डाक्टर जातिलाई देशमा फर्कने बाताबरण हुन दिदैनोउ चोरहरु नत्र नेपालि को भन्दा कम छन् र

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

  • ashok

    हाम्रो देश का नियम-कानुन अरु बिकसित देश का भन्दा कहाँ कम छन् र तर तिनीहरु लाई लागु गर्ने गराउने नै पक्ष नै कमजोर भयपछी नियम नियम मात्र मा नै सिमित हुन्छ , यो नियम भयपनी नभयपनी केहि फरक हुने वाला छैन .

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

  • Pratik

    हगी सक्यो दैलो देख्यो भने जस्तै / गिरिजा र गिरिजा पुत्रीले ढिकुटी रित्याई हाल्यो . साथि हो यो सबै नेताहरुको चाल हो / कुटे जस्तो र रुये जस्तो मात्र हो / गिरिजा पुत्रीको चारै तिर बाट बिरोध आयो भनेर पानि माथि ओभानो हुन मात्र खोजेको हो /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

  • rajesh nepal

    शालोक्य जी
    नमस्कार
    यो अति राम्रो कुरा भयो लागु गर्न सक्यौ भने अहिले को अराजकता मा अलिकति भए पनि लगाम लाग्थ्यो
    गिरिजा प्रशाद को उपचार खर्च भनेर दुइ करोड दिएको होइनारा?
    राजेश नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 8

  • Ram

    नेता हरु को लगी अबा हॉस्पिटल रुकुम मा खोले राम्रो होला की …अलीकती भये नि बिकाश त हुन्छा ……..माय संसार हेर्ने साथी हरु लाई कस्तो lagchha किर्पया पर्तिकिर्या दिनुहोला.
    राम ढकाल अंबु खैरेनी

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 8

  • madhavdai17

    फेरी सोजा जनता झुक्काउने नीति त हैन यो?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

  • राम्रो छ यसरि हुनुपर्छ ,

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 7

  • Himalee

    यो नियम लागु र पालना होस्
    राष्ट्रिय ढुकुटीको दुरुपयोग रोकिनु पर्छ
    तर
    अनियमितता, भ्रस्टाचार, अख्तियारको दुरुपयोग जस्ता कुरा हाम्रा समाजमा हामीले नै मल-जल गरेर राखेको छौ / जानी जानी वा नजनिकनै भए पनि हामि भ्रस्टचारलाइ सम्मान गर्ने परम्पराको बिकाश गरि सकेको छौ र यसको निवारण अपरिहार्य छ र त्येसमा सामाजिक सोचाइ नै परिबर्तन हुनु आवस्यक छ,

    कसरि?

    १. मालपोत कार्यालयको कर्मचारी र त्येही दर्जाको हुलाकको कर्मचारी लाई समाजले के एउटा दर्जामा राखेर हेर्छ?

    २. तीसौ वर्ष जागीर खाएर राजधानीमा घर जग्गा जोड्नु नसक्ने सचिबज्युलाई समाजले के भन्छ? इमान्दार? तर होइन, मुर्ख भन्ने गर्छन /

    ३. नम्र भएर सम्झाई बुझाई गर्ने प्रहरी अधिकृत (थानेदार) लाई समाजले के भन्छ ? अनुसासित? सभ्य ? तर होइन कायर भन्छन /

    ४. भन्सार विभागमा कार्यरत शाखा अधिकृत र स्वस्थ्थ्य सेवाको शाखा अधिकृत छोरी माग्न गयो भने कसले प्राथमिकता पाउला ?

    जय नेपाल
    हिमाली

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 5

  • ananta

    “खाने मुख लाई जुँगा ले छेक्दैन ” चोर नेताहरु ले जहाँ बाट नि खाने नै छन् नत्र नेता नै बन्दैनन् |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

  • susan

    चोर को आनेयक दाउ हुन्छ, जसरि पनि सरकारी ढुकुटी रित्यौछ जो सुकै को सरकार भयपनी. हाम्रो काम चै कसले कति खायो तेस्को लेखा जोखा राख्ने अनि तेस्को तुलना गर्ने अनि को कम भ्रस्टचारी हो तेस्को खोजि गर्ने. अनि blog site हरु मा आफ्नो मन को बेथा देखाउने. अरु के नै गर्न सक्छौ र सोजा सिदा जनता. हैन यो जिम्बवार ब्यक्तिहरु blog site पर्दैन कि के हो?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 10

  • Cesar

    अब चै डाक्टर साब संग मिलेर २ लाखको बिलमा १५ लाख खाने भए|

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 9

  • Sameer

    ए हो र? एस्तो पनि भएछ? ल राम्रो हो कुरो त तर ब्यबहारमा कत्तिको लागू हुन्छ हेरौ न /

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 10

  • Basanta Lamichhane

    कुरा एकदम ठिक हो !!! बरु जनता बिमारी भए भने सुबिधा दिनु पर्छ, यी मन्त्रिहरुलाई केहि नदिए हुन्छ / /

    मन्त्रि हरुलाई केहि पनि सुबिधा नदिनु हो भने, मन्त्रि बन्ने होडबाजी पनि रोकिने थियो कि ? नया नेपाल मा !!!!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 8

  • पन्त जी

    नियमत राम्रो छ. तर मलाई लाग्छा येसको बिरोध माओबादीले गर्छानै किन भने उ बिरोध गर्ने जन्मेको हो. साथै नेपाली कांग्रेस नेकपा एमाले पनि गर्ने छ. भास्त्रचार नगरेसम्म उनि हरु काम गर्ने नसक्ने भैसके. be positive think positive the result will be positive भने जस्ती सकारात्मक सोच राखौ. साएद परिणाम पनि सकारात्मक हुन्छकी.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 17

  • राजजीको कुरो एकदम ठिक हो / नियम बनाएर मात्रै के गर्नु पालन पनि गर्नु पर्यो / तर नेपालका जनता शोषक नेता भनौदा चोर हरुले नियम कहाँ पालन गर्छन र ? कुनै न कुनै बहाना बनाएर सरकारी ढुकुटी अनि गरिब जनताको पसिना चुसी हाल्छन नि

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

  • इन्द्र महर्जन

    कार्यान्वयन गर्न सके राम्रो । तर यिनीहरु उपचार एक बहाना मात्र हो । भारतका नेताहरु सित नेपालको भेटी चढाउन यिनीहरुको उपचारको नाटक मात्र गर्छन् । यो सबै जनतालाई थाहा भएकै कुरा हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 9

  • shailen, china

    हैन यो नियम नेपालमै बनेको हो र? हो भने त राम्रै हो। अस्पतालको खर्च सिधै अस्पतालमै बुझाउने परम्परा बनाउनु पर्छ। नक्कली बिल पेश गरेर जनताको करलाई मनोमानी प्रयोग गर्ने वातावरणलाई निर्मूल गरे मात्र यस्तो भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 8

  • Himalee

    नियम त बन्यो तर कार्याँनबयन कसरि हुन्छ हेर्ने बाकि छ /
    जे होस् यस्ता नियम तर्जुमा हुनु पनि सकारात्मक रुपमा नै लिदा हुन्छ किनकी कुनै न कुनै दिन त एउटा न एउटा गतिलो मनिषले पनि देशको बागडोर हातमा लेला नि, हो त्यो दिन चाहि उसले यो यस्ता नियमको प्रयोग अवस्य गर्लान नि/ त्येही आशाको साथमा
    जय नेपाल
    हिमाली

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9

  • Pukar

    नियम त यक दम सहि हो तर लागु हुन पर्यो यस्तो भयो बने त अली चित्त बुझनी थियो नि त तर खान पल्केका चोर हरु संका नै लाउनी के गर्नी हुन के

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 10

  • Mukta

    नियम त राम्रै हो , नियम कार्यान्वयन हुने कुरा चै खोइ तेस्तै होला…यहा ठुलाबडालाई कहा कानून लाग्छ र …

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 12

  • gunjan

    देश को नाम मा राज्य को ढुकुटी मा मनपरी गर्ने ति चोर नेता हरुलाई राम्रो सबक हो यो हामी सबै नेपाली को स्वागत छ यो निर्णय प्रति. नेपाल एस्तो देश हो जहाँ एस्तो समूह पनि छ जो दिनभरी काम गरेर बेलुका को खाना जोहो गर्नुपर्छ.अझ हामीले तिरेको कर मा मनपरी गर्ने नेता हरु प्रति पुरा बिरोध छ.यदि यो व्यवस्था कार्यन्वयन भएमा हामी नेपाली ले चित्त दुखाउनु पर्ने छैन हाम्रो पैसा मा मनपरी रजाई भयो नेता हरुको भनेर.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 10

  • krishna

    यो त अति नै राम्रो कामको सुरुवात हो, अब चनाखो भएर यसको कार्यन्वयनपक्ष हेर्नु अति नै जरुरि छ, हैन भने सधै जस्तो यो वा त्यो नियम र कानून बनायो, बनिसकेपछि फास्स न फुस्स नहोस, के यो सरकारले अब बनेका नियम कार्यन्वयन गर्ने दरिलो साहस गर्ला त? भोलिका दिनमा नै यो कुरा छर्लंग हुनेछ, अहिले भने राम्रो भविष्यको लागि आशा गरौ ||||||||||||||||||||||||||||

    कृष्ण

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 11

  • Robon

    राम्रो सुरुवात हो. तर मेरो विचारमा त अहिले सम्म जो जसले हामी जनताले तिरेको कर अनावस्यक खर्च गरेका छन् , चाहे त्यो यमलोकका चण्ड, प्रचण्ड होस् वा कृष्णजीका माधव, गिर्न केहि बाँकि नरहेको गिरिजा होस् वा कुजाता, इन्द्रिय नभएको ज्ञानेन्द्र होस् , सबैबाट हाम्रो रगत र पसिना फिर्ता लिनु पर्छ/ अनि त्यो पैसा देश विकास मा लगाउने हो भने ५ बर्षमा हाम्रो देश नेपाल पनि गर्व गर्न लाएक को हुनेछ / कि कसो साथीहरु?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 4

  • पुष्प

    नियम त राम्रै बनाएछन्; साथमा प्वाल पनि पारिछाडेछन् । खान पल्केका मुसाहरूलाई यो प्वाल काफी छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 20

  • pujan

    कुरो त राम्रै हो,हामी कर तिर्नेहरुता यो रकममा अरु कटौती गरेर बिकाश निर्माण मा लगाउदा कर को सहि सदुपयोग हुने थियो नि ,,सुजाता जोस्ट जस्ता गैर -नेपाली ले त त्यो पैसा दुरुपयोग गर्न सक्दैनथे,

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 4

  • कबिन

    नियम त राम्रो छ तर पालन गर्लान जस्तो लाग्दैन यी चोर नेताहरूले..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 11

  • raj

    कुरो त राम्रै हो, तर कुलो चाही कसरि बग्ने हो थाहा छैन, यी खान पल्केका चोरहरुले अर्को बाटो जसरि पनि खोज्नेछ्न|

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 222 Thumb down 15

    • द्रोण

      ‘यो नियम भित्र के बस्लान र ,मोरेपछी पोल्न हवाई टापुमा प्लेन चार्टर गरेर लानुपर्ने हो कि ‘

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 11

      • shreesh thapa

        यो नियमको पालना सबैले गरुन यो भन्दा अरु धेरै कुरा छाटन अल्ली मन लागेन किन कि सबैलाई थाहा छ अब के होला भनेर ………..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 14

        • मोतिलाल राना मगर

          “अछ्युं खाएँ बछ्युँ खाए झुसे बारुलो”

          संविधान/ कानुनले रोक्न नसकेकाहरुलाई जाबो सानो नियमले रोक्ला र?

          सोझा जनताहरुको आँखामा छारो हाल्नको लागी कागजमा मात्र सीमित।

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

      • shree

        सारै रमाइलो लागो
        हजुर को कमेन्ट त

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 10

    • ardniban

      कुरो त सहि निकाले तर जे पनि कार्यन्वयन पो हुदैन यहाँ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 11

    • बीर

      अराजकताले छाएको देशमा एउटा नया नीति ल्याउदैमा पूर्णरुपले लागु होला भनेर त हामीले पनि आश गर्नु भएन तर “बार बारे तिल जोगिन्छ” भने झैँ एउटा हदबन्दीको नियम लागेमा धेरथोर भए पनि अनिमियाता र मनपर्दीमा रोकथाम हुने नै छ, साथै नेताहरुले लाजै पचाएर सरकारी ढुकुटीबाट लिने सुविधामा केहि कमि अबस्य आउनेछ | त्यसकारण यो नया नियम लागु भएकोलाई राम्रै भन्नु पर्छ र यसको स्वागत गर्नु पर्छ साथै सरकारले अन्य यस्ताखाले हदबन्दी नियमहरु लगाउन पनि अति जरुरी छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • Ananta

      अन्त मा आएर, सुजाता ले विदेश मा पैसा उदाए को कसै लाइ पनि मन परेन छ भन्ने कुरो चाही छर्लंग भा छ| येति हुन पनि ठुलो सफलता हो| नाइँ, होइन, पर्दैन भन्न गारो छ| मलाई त याद छ एक चोटी ” नाइँ” कसरि भन्ने, भन्ने बारे conference नै भा थियो म बस्ने देशमा | सायद माकुने को सरकार लाई सुजाता लाई रकम दिन नाइँ भन्न गारो भा थियो होला| त्यसै ले उनीहरु ले एस्लाई नियेम बनाउन पर्ने आबस्येकताको महसुस गरेको हुनुपर्छ| नियेम बन्य अनुसार काम पनि भो भने चाही मान्नै पर्चा|

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

    • Ananta

      अन्त मा सबै ले भुझे जस्तो लाग्छ सुजाता ले उदाए को पैसा बारे| खुब राम्रो नियेम बनेछ बल्ल| नाईं, होइन, पर्दैन भन्न गारो छ जब सम्बन्ध नजिकि दै जान्छ| म बसिरहेको देश मा एक पटक ‘नाईं’ कसरि भन्ने भन्ने बारे conference भा थियो| सायद माकुने को सरकार लाई नि सुजाता लाइ नाई भन्न गारो भा हुनु पर्छ| भबिस्यमा सिद्धाई नाईं भन्न नसक्ने भाको ले नियेम मै बनियो| धेरै राम्रो| नियेम को पालना पनि हुन सके चाही सुन मा सुगन्ध नै हुन्थ्यो|

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

    • Okhaldunge

      देशमा सच्चा ईमानदार देश भक्त गरीव नागरिकहरु ले साधारण उपचार नपाएर अकालमा ज्यान घुमाई राखेका, यी देश द्रोही भ्रष्ट चोरहरू भ्रष्टचार गरेको रकम बैंकमा श्रीमतीको नाममा राखेर राष्ट्रको दुकुटी बाट उपचार गर्न देश बिदेश जाने कस्तो बिडम्बना,स्वार्थमा लिप्स भएका यी नक्कली देश भक्त नेता भानाउदा यो देश बिगार्ने राक्षेशहरुको करतूत सच्चा देश भक्त नेपाली नागरिकहरुले किन बुझ्न सकी राखेका छैनन,

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes