मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आज के के भयो?

    माओवादीले तीन दिन लामो नेपाल बन्द गरेका छन्। आज पहिलो दिन विशेष गरी काठमाडौँमा दिउँसो केही घण्टा स्थिति तनावपूर्ण भयो। राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तले यसलाई काठमाडौँको सडकमा जनआन्दोलन २ पछि कै खराब स्थिति भनेको छ। माओवादीले त आन्दोलनमा गोली समेत चलेको बताएको छ। माओवादी नेता बाबुराम भट्टराईले वक्तव्य जारी गर्दे भनेका छन्- “प्रहरीले गरेको गोलीप्रहार, अन्धाधुन्धा हवाईफायर, अश्रुग्याँस प्रहार, पानीका फोहरा प्रहार र लाठीप्रहारबाट सयौं आन्दोलनकारी घाइते भएका छन्। बानेश्वरमा प्रहरी दमनले घाइते मधु चौलागाईं आईसीयुमा छन्।” गृह मन्त्रालयले २१ सुरक्षाकर्मी घाइते भएको बताएको छ। गृहले प्रदर्शनकारी दुई जना मात्रै घाइते भएको बताएको छ। स‍ंवैधानिक आयोग राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलन फिर्ता लिन माओवादीलाई र शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र संयम अपनाउन सरकारलाई आग्रह गरेको छ। प्रदर्शन अनुगमन सञ्जालले शान्तिपूर्ण आन्दोलनलाई दबाउन सुरक्षाकर्मीबाट विश्वबाटै प्रतिबन्धित अश्रु ग्यास पनि प्रयोग गरेकोमा ध्यान आकर्षण भएको जनाउँदै सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन र कुनै पनि मानव अधिकारको उल्लंघन नगर्न, साथै भौतिक सम्पत्तिमा नोक्सान नपुर्‍याउन आग्रह गरेको छ।

    माओवादी, गृह मन्त्रालय र अन्य वक्तव्यहरु जस्ताको तस्तै हेर्न भित्र आउनुस्-

    घटना कसरी भयो ?
    माओवादीको आन्दोलन बिहान शान्तै थियो। टायरहरु पनि जलेका थिएनन्। गाडी र पसलहरु भने बन्दै थिए। प्रधानमन्त्री माधवकुमार नेपाल आजै कोपनहेगनबाट फर्कँदै थिए। औपचारिक भ्रमणबाट फर्कँदा प्रधानमन्त्रीको सवारी चलाउने गरिन्छ नयाँ बानेश्वर थापाथली हुँदै बालुवाटारमा। नयाँ बानेश्वरमा माओवादीहरुको हुल बसेको थियो। त्यही बाटो खुलाउन प्रहरीले शान्तिपूर्ण रुपमा बसिरहेका प्रदर्शनकारीमाथि पानीको फोहरा प्रयोग गर्‍यो। त्यसपछि प्रदर्शनकारीहरुले ढुंगा हाने। झडपका क्रममा प्रदर्शनकारीहरुले लखेट्दा मोटरसाइकलमा ठोक्किएर डीएसपी दीलिप चौधरी लडे। अनि उनलाई प्रदर्शनकारीले सख्त घाइते हुने गरी टाउकोमा ढुंगा हानिदिए। त्यसपछि प्रहरी अझ आक्रामक बन्यो। ओएचसीएचआरका अनुसार प्रहरीले भीडमा लाठी, टियर ग्यासमात्र हैन ढुंगासमेत हाने। त्यसबाट प्रदर्शनकारीहरु धेरै घाइते भए। प्रधानमन्त्री गौशालाको बाटो हुँदै बालुवाटार गएपछि बिस्तारै नयाँ बानेश्वर शान्त बन्यो।

    बानेश्वरमा झडपमा प्रहरीले गोली चलाएको भन्दै गोलीको खोका देखाउँदै माओवादी नेता एवं नेवा राज्य समिति सह सेक्रेटरी दिलिप प्रजापति। फोटोः किरण भट्टराई/रासस

    अब के होला त ?
    माओवादीको आन्दोलनको आज पहिलो दिन हो। उनीहरुले तीन दिन बन्द घोषणा गरेका छन्। यसअघि माओवादीले एक दिन बन्द गरेर छिटै सहमति नभए अझ कडा आन्दोलनको चेतावनी दिने वक्तव्य निकालेर बाँकी दुई दिनको बन्द जनताको पिरमर्कालाई ध्यानमा राख्दै फिर्ता लिने अनुमान धेरैले गरेका थिए। तर माओवादीले आज जारी गरेको वक्तव्यमा त भोलि र पर्सि (पुस ६ र ७ गते)को आमहडतालमा पनि अझ उत्साहपूर्ण र सक्रिय सहभागिताको लागि आह्वान गर्दै आन्दोलनकारी जनसमुदायको जीत र कठपुतली सरकारको पतनलाई दुनियाका कुनै ‘प्रभु’ हरूले रोक्न सक्ने छैनन् पो भन्छन्। साँझ लगातार दोस्रो दिन मसाल जुलुस निकालेर माओवादीले पहिलो दिनको आन्दोलन समापन गर्‍यो। सरकारले भने माओवादी आन्दोलन अराजक भएको निश्कर्ष निकालेर भोलि र पर्सि अझ सुरक्षा व्यवस्था कडा पार्ने रणनीति बनाएको छ।

    पर्यवेक्षकहरुले संयम अपनाउन सरकार र आन्दोलनकारी दुवै पक्षलाई आग्रह गरेको छ। यदि स‍ंयम नअपनाइए भोलि नराम्रो घटना हुनसक्छ।

    वक्तव्यहरु जस्ताको तस्तै

    माओवादीको वक्तव्य-

    सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरू एक होऔं!
    संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल
    केन्द्रीय समिति
    United National People’s Movement, Nepal
    Central Committee

    प्रेस–वक्तव्य
    राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी, नागरिक सर्वोच्चताको बहाली लगायतका माग राखी संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको नेतृत्वमा जारी तेस्रो चरणको सङ्घर्षको उत्कर्षको रूपमा आह्वान गरिएको तीनदिने आमहडतालको पहिलो दिन आज देशैभरिका जनसमुदायको सहभागितामा आमहडताल शानदार ढङ्गले सम्पन्न भएको छ। जनआन्दोलनको तर्फबाट हडताललाई शान्तिपूर्ण बनाउने भरमग्दुर प्रयत्न हुँदाहुँदै पनि काठमाडौंको बानेश्वरलगायतका ठाउँमा भएका नृशंस प्रहरी दमन र धरपकडका कारण केही मात्रामा प्रतिरोधहरू पनि हुनपुगेका छन्। प्रहरीले गरेको गोलीप्रहार, अन्धाधुन्धा हवाईफायर, अश्रुग्याँस प्रहार, पानीका फोहरा प्रहार र लाठीप्रहारबाट सयौं आन्दोलनकारी घाइते बनाइएका छन्। वानेश्वरमा प्रहरीदमनले घाइते मधु चौलागाईं आईसीयूमा हुनुहुन्छ। रामकृष्ण आचार्यको टाउकोमा गोली लागेको छ। सभासद्द्वय यशोदा सुवेदी र भीमप्रसाद गौतम, भुवन किरातीलगायतको टाउकोमा गम्भीर चोट लागेको छ। दीपक चौधरी, सुशिला महर्जन, सूर्य नेपाली, गायत्री, हिरा तामाङ, सुमन तामाङ, विनोद खतिवडा, आरसी चौधरीलगायत ५० औं जना घाइते बनाइनुभएको छ। मिनभवनमा दीपक खडीयारी झाँगड गोली लागेर लडिरहेको अवस्थामा फेलापरेपछि हाल उपचाररत हुनुहुन्छ। त्यसैगरी, गौशालामा प्रहरीको लाठी प्रहारबाट मोहन वि.क.को टाउको फुटेको छ र हिरा शाही, लक्ष्मी राई र बाबुराम भट्ट घाइते हुनुभएको छ।

    आजै प्रहरीले सप्तरीमा ए.ने.क.पा. (माओवादी)का जिल्ला सेक्रेटरी असर्फी सदा, कार्यालय सहयोगी मानपुर चौधरीलगायत ८० जना, बागलुङबाट ५ जना, कास्कीबाट माओवादी जिल्लासदस्य विकास सुनुवारलगायत ४ जना, काठमाडौंको सुनधाराबाट नेवाः राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सचिव सुरेश श्रेष्ठ, गौशालाबाट नरबहादुर तामाङ, प्रकाश अधिकारी, शेखरनाथ आचार्य, विशाल, राजेशलगायत ८ जना गरी ३० औं जना लगायत देशैभरि गरेर सयौं जनालाई गिरफ्तार गरेको छ। पर्वतमा सत्ताधारी नेपाली काँग्रेसका कार्यकर्ताले ए.ने.क.पा.(माओवादी)को जिल्ला कार्यालयमा ढुङ्गामुढा गरेपछि आन्दोलनकारीद्वारा सामान्य प्रतिरोध भएको छ।

    सर्वप्रथम त जनआन्दोलन कलकारखाना, सरकारी कार्यालय, शिक्षण संस्था, यातायातलगायतका विभिन्न क्षेत्रमा दिनभर हडतालमा उत्रनुभएका सम्पूर्ण मजदुर, कर्मचारी, शिक्षक, विद्यार्थी, यातायातकर्मीलगायतका जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। घाइतेहरूको निःशुल्क उपचार र गिरफ्तार आन्दोलनकारीहरूको तुरुन्त रिहाइको लागि राज्यसित जोडदार माग गर्दछ।

    जनसमुदायका जायज मागलाई सम्बोधन गर्नुको साटो उल्टै बन्दुक र लाठीको बलमा आफ्नो आयु लम्ब्याउने निरर्थक कसरतमा जुटेको कठपुतली सरकारको आदेशमा गराइएको उक्त प्रहरीदमनले शान्तिपूर्वक प्रदर्शन गर्न पाउने जनताको संविधानप्रदत्त अधिकारलाई अतिक्रमण गरेको छ। जनआन्दोलन कठपुतली सरकारको उक्त चरम अलोकतान्त्रिक र फासीवादी रवैयाको घोर भर्त्सना गर्दछ।

    अन्त्यमा, भोलि र पर्सि (पुस ६ र ७ गते)को आमहडतालमा पनि अझ उत्साहपूर्ण र सक्रिय सहभागिताको लागि जनआन्दोलन आम जनसमुदायमा हार्दिक आह्वान गर्दछ। आन्दोलनकारी जनसमुदायको जीत र कठपुतली सरकारको पतनलाई दुनियाका कुनै ‘प्रभु’ हरूले रोक्न सक्ने छैनन्।

    २०६६ पुस ५ गते

    क्रान्तिकारी अभिवादन सहित †
    बाबुराम भट्टराईं
    अध्यक्ष

    **************************

    गृह मन्त्रालयको वक्तव्यका प्रमुख बुँदा
    • एकीकृत नेकपा (माओवादी)ले आज सुरु गरेको आमहडताल शान्तिपूर्ण रुपमा गर्ने भनिएता पनि बिहान ३ बजेदेखि नै देशका विभिन्न भागमा तोडफोड, आगजनी तथा ढुङ्गामुढा गरी जनजीवन त्रस्त र अस्तव्यस्त तुल्याउने प्रयास गरेको
    • काठमाडौँको बत्तिसपुतली, तीलगङ्गा, बबरमहल, जयबागेश्वरी आदि स्थानमा माइक्रोबस, मिनीबस र ट्याक्सी तोडफोड गरिएको, मीनभवन र फर्पिङमा मोटरसाइकल तोडफोड गरिएको, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री चढेको बा१झ ८८८ नं.को र स्थानीय विकास राज्यमन्त्री चढेको बा१झ ७७९२ नं.को सरकारी गाडीमाथि ढुङ्गामुढा गरी क्षति पुर्‍याएको
    • उपत्यका बाहिर मोरङमा दुई वटा ट्रक, स्याङ्जा र पोखरामा एक–एक वटा बस, पाँच वटा ट्याक्सीसमेत गरी जम्मा बीस सवारी साधन तोडफोड गरिएको
    • प्रधानमन्त्री अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिई स्वदेश फर्कंदा माओवादीबाट सामान्य शिष्टाचार र देशको प्रतिष्ठालाई बेवास्ता गरी सवारी मार्ग नै अवरुद्ध गर्ने चेष्टा भएको, लाठी, रड र बाँसका भाटा लिएर सडकमा निस्किएका एमाओवादी कार्यकर्ताले बानेश्वरको मूल सडकलाई केन्द्रविन्दु बनाई सडक डिभाइडरलाई जथाभावी लडाएर टायर बाली आवागमनमा अवरोध पुर्‍याउन थालेपछि अशान्ति नमच्चाउन प्रहरी प्रशासनबाट पटक–पटक आन्दोलनकारीलाई आग्रह गरिएको तर त्यस्तो आग्रहलाई बेवास्ता गरी सो क्षेत्रमा माओवादी कार्यकर्ताले उच्छृङ्खल गतिविधि गरी सुरक्षार्थ खटिएका सुरक्षाकर्मीउपर ढुङ्गा प्रहार गर्दा प्रहरी नायब उपरीक्षक दिलीप चौधरीमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको घाइते चौधरीलाई हाल न्युरो अस्पतालमा भर्ना गरिएको
    • प्र.ना.उ. गोपीमान श्रेष्ठ, प्र.नि. गजुसिद्धि वज्राचार्य, प्र.ना.नि. धर्मेन्द्र अकौलियालगायत १७ जना नेपाल प्रहरीतर्फका, चारजना सशस्त्र प्रहरीतर्फका तथा प्रदर्शनकारीतर्फ दुईजना घाइते भएका
    • माओवादीले राजविराज क्याम्पसमा क्याम्पस प्रमुखको कोठामा आगजनी गरेको, भक्तपुरमा सीटीइभीटी र उच्चमाध्यमिक शिक्षा परिषद्मा तोडफोड गरेको, मकवानपुरमा नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा तोडफोड गरी सिसा, कम्प्युटर र फोटोकपी मेसिनमा क्षति पुर्‍याएको, बाग्लुङमा कृषि विकास कार्यालय तोडफोड गरेको, जुम्लामा नापी कार्यालयमा तोडफोड गरेको, बझाङ र सिन्धुलीमा नेकपा (एमाले) को पार्टी कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेको
    • तोडफोड आगजनी र सुरक्षाकर्मीउपर आक्रमण गर्ने काठमाडौँ उपत्यका र मोफसलका गरी ७२ जनालाई हिरासतमा लिइएको
    • शान्तिपूर्ण गर्ने भनी आह्वान गरिएको कार्यक्रममा उक्त किसिमले राष्ट्रिय सम्पत्तिमा गम्भीर क्षति र सुरक्षाकर्मीमाथि साङ्घातिक हमला गरिएकोप्रति गृह मन्त्रालयले खेद प्रकट गर्दै घाइते प्र.ना.उ. चौधरीलगायत सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको
    • स्थितिलाई थप उत्तेजित र अराजक बनाउन र जनताको आवतजावत गर्ने तथा आफ्नो पेसा, व्यवसाय गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न मन्त्रालयले सबैमा आग्रह गर्दै सरकार शान्ति र व्यवस्था कायम गर्ने कार्यमा संयम र धैर्यका साथ दृढतापूर्वक अगाडि बढ्न कटिबद्ध रहेको।

    यो राष्ट्रिय मानवअधिकार आयोगको वक्तव्य-
    प्रेस विज्ञप्ति

    २०६६ पुस ५ गते
    आमहड्ताल फिर्ता लिन तथा संयम अपनाउन आग्रह

    राष्ट्रिय मानवअधिकार आयोगले एकिकृत नेकपा (माओवादी) द्वारा आव्हान गरिएको तीन दिने आमहड्तालको अनुगमन गरिरहेको छ। आमहड्तालका क्रममा एम्बुलेन्स, मानवअधिकारकर्मी, सञ्चारकर्मी, पर्यटकका सवारीसाधनलाई आवागमन गर्न दिइएको थियो।
    आयोगका केन्द्रीय, क्षेत्रीय तथा सम्पर्क कार्यालयहरूबाट गरिएको पहिलो दिनको अनुगमनमा देशका सबैजसो भागमा हड्तालको प्रत्यक्ष प्रभाव परेको, शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायात ठप्प भएको छ। राजधानी उपत्यका लगायत देशका विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बलप्रयोग र प्रतिकारका केही घटनाहरू भएका छन्।
    आमहड्तालले सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गएकाले संवादको माध्यमबाट सहमतिमा पुग्न सबै राजनीतिक दलहरूलाई तथा यथाशीघ्र आमहड्ताल फिर्ता लिन एकिकृत नेकपा (माओवादी) लाई राष्ट्रिय मानवअधिकार आयोग आग्रह गर्दछ। साथै शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र संयम अपनाउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ।

    विशाल खनाल

    सचिव

    प्रदर्शन अनुगमन सञ्जालको वक्तव्य

    सचिवालय, शान्तिका लागि साझा अभियान (कोक्याप)
    अनामनगर काठमाडौं
    फोन नं ०१४२६५१४३/४२६०४९८,

    प्रेस विज्ञप्ति
    मितिः २०६६ पुस ५ गते

    एकीकृत नेकपा माओवादीले ०६६ पुस ५, ६ र ७ गते गर्ने भनेको देशव्यापी आम हडतालको अनुगमन प्रदर्शन अनुगमन संञ्जालले अनुगमन गरिरहेको छ। आज पुस ५ गते काहुराष्ट, इन्सेक, कोक्याप, हुर्फन, इन्हुरेड इन्टरनेशनल, हुर्डनका पर्यवेक्षकले अनुगमनमा छन्।

    आजको बन्दमा चाबहिलबाट बिहान ६ जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। गिरफ्तार हुनेहरुमा संकरनाथ आचार्य, नरबहादुर लामा, प्रकाश अधिकारी, विशाल राई, सागर शाही, दिपक साही छन्। भक्तपुरको ठीमीबाट सुवास ढकालसहित चारजना गिरफतार गरिएकाछन् । बानेश्वरमा प्रहरीको र प्रदर्शनकारीबीचको झडप हुंदा दिलिप चौधरी (डि.एस.पी) एक(प्रसनि) प्रदर्शनकारी यशोधा सुवेदी (सभासद) नारायण न्यौपाने (रासस), ज्ञानु अधिकारी (साइकल चालक ), साइला लामा र शसी श्रेष्ठ (माओवादी नेतृ) पूर्णप्रसाद बास्तोला घाइते भएका छन्। यसै गरी प्रदर्शनकारीद्धारा ललितपुरको कुपनडोलमा बा १६ प ८३२८ नंको मोटरसाइकलमा क्षति पुर्‍याइएको छ।

    नागरिकको शान्तिपूर्ण आन्दोलनलाई दबाउन सुरक्षाकर्मीबाट विश्वबाटै प्रतिबन्धित अश्रु ग्यास पनि प्रयोग गरेकोमा ध्यान आकर्षण भएको छ।

    हामी, सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन र कुनै पनि मानव अधिकारको उल्लंघन नगर्न, सथै भौतिक सम्पत्तिमा नोक्सान नपुर्‍याउन आग्रह गर्दै गिरफ्तार गरिएकाहरुको छानबिन गरी शीघ्र रिहाइको लागि अनुरोध गर्दछौं।

    ……………………
    बद्रीप्रसाद सिवाकोटी
    संयोजक

    सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको वक्तव्य
    सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कामका लागि डयुटीका कर्मचारी लिएर आएको अस्पतालको बा १ झ ५१६८ नम्बरको गाडी गौशाला चोकमा तोडफोड गरी कर्मचारीमाथि आक्रमणका साथै मानसिक दुर्व्यवहार गरिएकामा भर्त्सना गर्दछौँ।

    मुटुजस्तो संवेदनशील क्षेत्रमा कार्यरत अस्पतालको इमर्जेन्सीजस्तो अत्यावश्यक कार्यमा समेत बाधा पुग्ने गरी पटकपटक गरिने अमानवीय कार्यप्रति अस्पताल प्रशासन आपत्ति प्रकट गर्दछ। भविष्यमा यस्ता कार्य दोहोरिइरहने हो भने अस्पतालका कर्मचारी अस्पताल पुग्न नसक्ने भएकाले इमर्जेन्सी सेवालगायत अन्य सम्पूर्ण सेवासमेत बन्दका दिनमा सञ्चालन गर्न सकिने छैन।

    यसबाट सर्वसाधारण र मुटुका रोगीलाई पर्ने असरको जिम्मेवारी स्वयम बन्दकर्ता हुनेछ।

    अनि यो राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको वक्तव्य-
    UNITED NATIONS

    OFFICE OF THE HIGH COMMISSIONER

    FOR HUMAN RIGHTS IN NEPAL

    Press Release – 20 December 2009

    OHCHR-Nepal Urges Restraint

    20 December, 2009, Kathmandu

    OHCHR-Nepal expresses serious concern about the violence that erupted on Sunday 20 December on the first day of the general strike called by the Unified Communist Party of Nepal-Maoists (UCPN-M), especially at New Baneshwor,Kathmandu in the context of the Prime Minister’s return to the country. A number of police and protesters were injured, some seriously, when police used force to remove protesters on the Prime Minister’s planned route. After a calm morning, OHCHR-Nepal monitors observing the events at New Baneshwor witnessed the situation deteriorate rapidly after the DSP in command appeared to sustain a serious head injury when attacked by protestors. Thereafter, Police were observed to use excessive force on the crowd, including inappropriate use of lathis and tear gas, and even stone-throwing. Earlier, tensions were inflamed when police used a water cannon on protesters who were sitting passively on the road resulting in an aggressive response, including much stone-throwing by the demonstrators.

    “I recognise the right of the Police to keep clear the public highways and the right of demonstrators to protest peacefully, however I call on all groups to exercise restraint, to avoid provocation and to reduce tension through dialogue. Today’s display of violence was some of the worst on the streets of Kathmandu for several years, perhaps since Jana Andolaan-II. It must not be repeated and those responsible should be held to account“ said Richard Bennett, Representative of OHCHR-Nepal.

    No related posts.

    95 comments to आज के के भयो?

    • pratap

      केइ न केइ.!!! जति कमेन्ट लेखे नि केइ हुने होइन…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • AndangFung

      माइ संसार का पाठकहरु प्राय दिमागी खोक्रा हरु नै छन् , उनिहरु प्राय राजनीतिक बिस्लेसन गर्नु भन्दा पनि आफ्नो मुर्खता बडी प्रस्तुत् गर्छन,भन्नु नै पर्दा उनि हरु प्राय राजनीतिकरुपमा सुन्ना नै छन्, अहिले को कठपुतली सरकारलाई समर्थन गर्ने कुम्भकर्णहरु हो एक चोटी बिउझिएर हेर्ने प्रयास गर ……….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Pukar

      जब सम्म मावोबादी को अन्त्य हुदैन तब सम्म जनता को लागी खुसी को दिन औदैना

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • sandeep gupta

      खै क गर्न लाग्या का हुन् ye maobadi le,desh chai khattam nai banaune bhaya.bela na kubela andolan garchan.अनि येअहाका नागरिक समाज bhanne bhanuda haru aile कता haraye कुन्नि.पैले त khub karauthea aile सब लै प्रचण्ड le sita दाहाल को धोति भित्र हाले ki kaso.yuta ठो नि गरु बस्त्र लाउने पागल कता गयेओ टो,सायद २/४ jana संग paisa khayara bidesh पुरौना ja होला.kam तेई गर्ठेओ पैला त.साथी ho अब हामी ले jivan मा कैले bhul nagarau है,jungle लै सहर मा लायर.bagh लै खोर bata निकाले पछि क गर्छ टो त ठ होला नि,ये माओ pani तेस्तै ho./

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Rabin

      सरकारमा बस्ने र माओबादी दुवै राष्ट्र प्रतिको गैरजिम्मेवारीपना देख्दा मलाई त अहिलेको बन्दको बारेमा केहि पनि प्रतिक्रिया लेख्ने मन लागेन……………..

      आफु सरकारमा हुँदा यो बन्द सधैका लागि बन्द गर्नु पर्छ र यसमा कडा नीति ल्याउनु पर्छ भन्ने तिनै डाक्टर भनाउंदा बाबुराम कै नेतृत्वमा यो बन्द र हड्ताल भैरहेछ. बन्दकर्ताहरुले रड तथा घातक हतियार बोकिरहेका छन् र घाइते लडेका प्रहरीमाथि पनि क्रुरता पुर्वक ढुंगा मुढा बर्साएका छन् .. यो कस्तो मानवता र नागरिक सर्वोच्चताको आन्धोलन ???

      अनि सरकारमा बस्ने मन्त्रिहरु चाहिं हिजो यी पनि बन्ध हड्ताल गर्न कम थिएनन् र अहिले सरकारी ढुकुटीमा विदेश घुम्ने, विदेशीलाई कसरि रिझाउने र कहाँ बाट कति सम्म लुट्न सकिन्छ तेही दाउमा मात्र छन् … र आन्धोलानमा पक्रिए पछी पनि पिट्ने कस्तो मानव अधिकार प्राप्त छन् हाम्रा सुरक्षाकर्मीहरू !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • चाहे सरकार होस् वा प्रतिपछि बाँदर ले आफ्नो घर पनि बनौदैना अनि अर्काले बनाको पनि देख्न सक्दैन भनेको यही हो |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krisna kc

      संसार परिबर्तन गर्न जुर्मुरौने हरु ले बंद र हड़ताल गर्ने तरीका पनी परिबर्तन गरेर देखाउनु पर्यो .सर्बसधारण जनता लाई दुख दिएर गास बास खोस्नु आन्दोलन होइन मुर्ख पन हो.अब येस्तो दुख जनता ले भोग्न नपरोस .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Ramchandra Khadka

      माई संसार मा कमेन्ट मात्र लेखने मुर्ख हो तिमीहरुको कमेन्टले मात्र देश बन्ने वाला छैन! तपाईहरुको फाल्तु बहस useless छ!!२ सब्द लेखेर चु चु कठै गर्दे मा केहि हुदैन! गर्ने नै हो भने सबै एक जुट भएर मात्रभुमिमा उत्रेर आफूले हातले लेख्या कमेन्ट जस्त्तै मुखले पनि अवाज र नारा निकालेर भ्रस्ट सरकार को बिरुध् लड़ो! सब स्वार्थी नेतालाई आर्याघाट पुरावो
      नत्र भने एक डाडु पानि तताएर मरो!! अफ्फ्नो फाल्तु बकवास बन्द करो!!

      भन्दे ल जा त!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • man ranamagar

      बिजतमा गल्ति भएकै हो सबैले गरेकै हो | रास्ट्रपति को कदम को बारेमा पनि कोहि न कोहिले गरेकै हुन् | गल्ति तत्कालिन प्रधान मन्त्रि ले होस् या प्रधानसेनापतिले अथवा रास्ट्रपति ले ति बिगतमा केहि न केहि नभएको भए यो सब अहिले हुने नै थिएन | बिगतमा जसको तर्फ बाट गल्ति भए पनि त्यो छलफल हुनु पर्छ | छलफल हुनु पर्छ कसैलाई तल माथि पार्न हैन फेरी एस्तो गल्ति कसै बाटपनि नाधोहोरियोस भन्नलाई | अनि जुन सभाले रास्ट्रपति बनाए प्रधान मन्त्रि बनाए वहाहरुको कामको बारेमा तेही सभामा छलफल गर्न पाइदैन भने त्यो सभाले केको बारेमा छलफल गर्ने त ? त्यहाँ त सरकार र सरकार प्रमुख हरुले गरेको हरेक काम को एक एक गरेर छलफल हुनु पर्छ अनि मात्र सहि प्रजातान्त्रिक गणतन्त्र अथवा संघिय गणतन्त्रको अभ्यास हुन्छ | र जनताको लागि सहि संविधानको बुदाहरु लेखिन्छ | संबिधान सभा मा यदि कुनै सर्बसाधारण को बलेसी मिचिएको प्रस्ताब आए त्यो पनि छलफल हुनु पर्छ र कुनै सरकार संचालन या रस्त्रप्रमुख हरु बाट भएको गडबडी को बारेमा पनि प्रस्ताब आए छलफल हुनु पर्छ तेसैको लागि जनताले संबिधान सभा बनाएको हो |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Raj

      पुरानै सोचाई र दिमाखले कसरि नया र सम्मुनत नेपाल को संबिधान बन्न सक्छा र? सबै राजाका र खराब चिन्तनका स्वार्थी हरुको यो जमघट ले कसरि प्रगतिसिल संबिधान बनाउला? एकपटक सबैले सोच्नु पर्ने होंरा?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • tulsi

      बिचरा नेपाली जनताले बन्ध ;घेराउ ;हत्या;आतंक;कति दिन सहनु पर्ने हो/?त्यो स्वयम भगवान लाइ पनि थाह छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • tulsi

      बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छा भनेर सुँगा रटाइ गर्नेहरुको काम येही हो/यिनीहरुले देशलाई नै मरणासन्न बनाउछन /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • kanchho

      मलाइ त यो बन्ध देख्दा माओबादी भनेका पागलहरुको जमात भन्दा केहि फरक पर्ला जस्तो लागेन. २०५१ मा ४८ सुत्रीय माग राख्दा पनि नेपाल बन्ध भन्थे, अहिले २०६६ मा नेपाल बन्ध !!!!! यिनीहरुमा नया पन केहि छ त ??? अर्ध शिक्षित युवालाई सडकमा उतारेर, प्रचण्ड र बाबुराम सदै नेता हुने !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • bishnu

      अहिले को परिस्थिति मा माओबादी ले सत्ता वंडा बाहिर बसेरा किना काम गर्न सक्दैना?
      अहिलेको परिस्थितीमा मओबादिले सत्ता नै लिनु परचा वन्ने चारा?
      अनी सोझा गरीब जनता ली तीसरी सड़क मा निकालेर किना मराउनु पर्ने माओबादी ले?
      सत्ता प्राप्त गर्दा मात्र राजनीती हुंचा?
      यो गहिरियेरा हेर्दा खेरी प्रचंडा दाहाल को र राम बरन यादव हो जुंगा को लड़ाई जस्तो छ, अनी यी २ ओता को जुंगा को लड़ाई मा नेपाली ले नेपाली लाई किना मरनु पर्ने ?
      अबा गिरिजा होस या गिरिजा को बाऊ, प्रचंड होस या प्रचंड को हजुर्बाऊ, माधव कुमार नेपाल होस या माधव कुमार वरात. अबा दिलो वैसक्यो , अबा को स्थिति वनेको नेपाल चाडै
      अफगानिस्तान हुदै छ, रुवान्डा हुदै छ, मान्छे हरु धेरै मर्दै छान, ठुलो रक्तपात हुदै छ …येसको दोष कसले लिंचा?
      येसको निकास मा बन्ने सर्कार कस्तो हुंचा? देश मा इंडियन आर्मी अनी UNO को आर्मी हरु ठौ ठौ मा हुने छान…अनी टेस्को सहयोग मा बन्ने इराकी सर्कार जस्तो हुनेचा? के माओबादी ले तेहि नै चाहेको होरा?
      श्री पशुपति नाथ ले नेपाल र नेपाली को रक्छा गरुन, किना वने हाम्रा नेता ले बास्ताबमा हाम्रो कहिले वालो गर्ने रहेनचन, अनी हाम्रो वाबिस्ये अबा कसको हट मा छठा?
      बिष्णु, हाल USA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • देवराज जोशी, कैलाली

      होइन यी कांग्रेसी र एमाले लगायतका दलहरुको कहिले बुद्धिको विर्को खुल्ने होला, सेनाले प्रधानमन्त्री मा.कु.ने को मैना हत्याकाण्डका अभियुक्त लाइ प्रहरीको जिम्मा लगाऊ भन्ने आदेश पनि त मानेनन् नि ? देशमा लोकतन्त्र छ र यो नागरिक सरकार हो भने किन सेनाले सरकारलाई टेर्दैन ?
      बलात्कारी पुलिस लाइ कारवाही गर्दा के फरक पर्छ ?
      सी डी ओ लाइ झापड हान्ने मन्त्रि लाइ किन कारवाही नगर्ने ? के जनताले “साना लाइ ऐन ठुला लाइ चैन” मान्नु पर्ने वाध्यता छ ? विद्रोह किन नगर्ने?
      तै पनि म त के भन्छु भने अझै पनि वार्ता बाट समाधान खोज्नु पर्छ तर त्यसको लागि दुबैले केही न केही त्याग गर्ने पर्छ, मैले देखेको चाहि माकुने ले सत्ता त्याग्न सक्दैन तसर्थ माओवादीले नया संबिधान नबनुन्जेल सत्ता त्याग्ने, बदलामा उनीहरुको अग्रगमनको सबै एजेन्डा हरु नया संबिधानमा लागु गर्ने र संबिधान समयमै बनाउने अनि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, ल यही हुन् सक्छ अहिले कोसमाधान.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • sanjaya

      स्वतन्त्रताको निम्ति उठेका हातहरु कहिल्यै नथाकुन /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • Saurya Rana

      saathi ho j bhani pani yesori banda ra haadtaal bhandaa k nai garna sakchhan? sambidaan ta banaune haau kasamaa chhaina.k garne pade lekhe ko pani hunu paryo ni hahahaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh thapa

      सबाही वन्दा पहिले हाम्रा देस लाही माया गर्ने साथीहरु लाही मेरो नमस्कार छ.अनि सदाही सत्ता को लाघी लड़ाही गर्ने ति बेकार नेताहरु लाही तिरस्कार छ.र नेपाल को एअक ठुलो पार्टी भही जनताहरु लाही कस्ट दिहेको देख्दा तिमीहरु लाही मेरो धिकार छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saurya Rana

      hahahahahah kati ramailo hagi. 240 barsha ko sasan gayo? hahahahaha aabata naya netrito hola. Prachanda ko cd ko khulsaa nabhaye ko bhaye ta desh nai unko hunetyiyo tara k garne pol fuskyo hagi. Aani desh maa pragati hola bhanera neta haru ko bhar pare ko hunchhan jana ta haru tara sambidaan banauna tarfa nalagera aandolaan? hahahaha yo ta saarai sajilo kaam bhayo ni-jasle pani garchha prachanda ji plz ek bau ko chhora ho bhani la desh maa santi lyaunus ta.Desh lai tukra tukraa parnu cahaanu hunchha parnus haami lai kehy bhannu chhain tara pachhi tapai nai tesmaa algenu hunchha hahahahahahahahaha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pashupatinath le desh ko rakshya garun

      आज के के भयो भन्नु भन्दा पनि निकट भविष्य मा के हुने वाला छ भन्ने चिन्ता ले सम्पूर्ण दुखि जनताको मुटु जलिरहेको अवस्था छ l यो रोदन सुन्नेवाला नेपालमा अहिले कोहि छैन, गधा नेताहरुलाई पेट भर्दैमा र विदेश घुम्दैमा फुर्सत छैन, भारतीय हरु नेपाल खाने दाउमा कुरिरहेका छन्, कसैलाई केहि मतलब छैन, माओबादी भन्ने नेपाल आमाका आफनै कपूत सन्तानहरु उनकै बलात्कार गरिरहेका छन्, निमुखा जनताहरुले केहि गर्न सक्ने अवस्था छैन, बुद्दिहिन follower अझै पनि त्यै माओबादीले के के न देला भनेर सडकमा उफ्रिरहेका छन् l हे नेपाली दाजुभाई हो एकैछिन शान्त भएर सोच, यस्तो क्रियाकलाप छाडिदेउ, सुख शान्ति आफ से आफ आउछ l आफ्नो कर्म गर भाई भाई भएर एक आपसमा मारकाट नगर l

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Harculus

      माओबादी कति निक्रिस्ट छन् भन्ने कुरा साथीहरुको प्रतिक्रिया बाट प्रस्ट हुन्छ /
      इनिहरुलाई देशबाट लिट्टे जस्तै बनाएर लखेट्नु पर्छ अनि सारा भ्रस्तहरुलाई चाकमा बारुद राखेर पड्काउनु पर्छा /अनि सोचौला देश बिकाश को बारेमा ……..
      मान्छे को मासु र रगत पिउन नपाएर साला मोबदिहरु तद्पियेका छन् /
      जदौ

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • west nepal

      who is wrong actually? public, government or Maoist ? all are same, the most wrong is maoist! thanks

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • sudarsan

        The most wrong is public in this country , because they don’t think anything , they just do what the leaders say, why don’t the people of NEPAL understand that the leaders are just using the people for their advantage? and one thing to mr. PRACHANDA , BABURAm , U r creating the suicide bombers in NEPAL, remember one thing, the first 2 person will be u 2 by killed the nepalese suicide bomber. नेपाली जनता हरु ले पनि अब त बुझ्नु पर्ने हो नेता हरु को पछि लगेर केहि हुदैन , ये नेर हरु लै एकै ठाउमा राखेर बोम्ब ले उदाउनु पर्चा अनि मात्र नया नेपाल बन्छ. के ति बन्द गर्न हिड्ने जनता भनौदा भड़ो हरु लै थाहा छैन र तिमीहरु ले आफ्नै खुट्टा मा बन्चरो हानिरहेका छौ भन्ने कुरा, जब सम्म यस्ता जनता तथा कार्यकर्ता हरु को साथ नेता हरु ले पैएरहन्च तब समं नेता हरु ले लुतिरहंचन र जनता ले दुख पी रहन्चन.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prashanna

      सबको औषधि दैबले रचिदियो बिर्से छ कि मुर्खको !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • madan bajracharya

      अस्ति त् भाषा मात्रै मिलाउन बाकि भनिएको थियो/ दुबैको प्रक्रियागत गल्ति भएको कुरा राखेर सदनमा लगिने भनेको थियो/ फेरी यो किन? नेपाल बात तराई टुक्रिनु पर्छ र तराईमा मधेसी मुलको बाहेक अरु जात को नेपाली बस्न नदिने भन्दै मार्दै गरेको आतंककारी रास्ट्र द्रोही जय कृस्ण गोएत सिट बार्ता गर्ने भर्खरै माकुनेले निर्णय गरे/ तेस्तो रास्ट्र द्रोही आतंककारी सिट बार्ता र सम्झौता गर्न चाहिं माकुने राजि हुने तर देसमा बैधानिकता पाई सकेर बहुमत समेत भएको राजनीति पार्टीको माग को बारेमा सदनमा लागि छल फल समेत गर्न माकुने किन न चाहेको हो?

      कतै माकुनेको नियुक्तिकर्ता भारतले नचाहेर त् होयिन? भर्खरै भारतको मनमोहन ले माओबादी को आलोचना गर्दै माकुनेलाई बडो विद्वान छ भने/ एसको अर्थ त् येही लाग्छ नि/ भारतले आलोचना गरेको पार्टी को माग भारतले विद्वान भनेको माकुने ले सदन मा लग्न पनि कसरि सक्ने बिचरा माकुने? जनताले फालेको भारतले पालेको/ आफ्नो पालन हारको संकेत त् मान्ने पर्यो/

      तेस माथि माकुनेले कटुवालको बारेमा रास्ट्र पति सहि छ भनेर देस बासीको नाम मा तेती लामो लिखी भाषण ठोकेको/ सदनमा कसरि के भन्ने माकुनेले बिचरा/ तेसैले बरु जनतालाई आन्दोलन नारोकियेर दुख भए होस् भनि चाहेको जस्तो छ त्यो जनताले फालेको माकुने ले /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 9

    • champion

      Khai na pai chala ko topi lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      MAOIST JINDABAD. kp oli murdabad.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 12

    • Pashupatinath le desh ko rakshya garun

      प्रचंडे लाई सरासर लगेर दासढुंगामा खसाल्न सक्ने आर्को अमर लामा ननिस्के सम्म यस्तै भैरहन्छ l प्रचंडेको कठपुतली जाठो बाबुराम पनि नाम मात्र को विद्वान रहेछ बुद्दि भनेको पटक्कै छैन रहेछ l यस्ता बुद्दिहिन विद्वान हरु पृथ्वीका लागि भार हुन् l

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

      • पुष्प

        ‘पशुपति’जी,

        मदन भण्डारीलाई दासढुंगामा खसाल्नेहरू पनि ‘मेडइन इण्डिया’ नै हुन् । उनीजस्तो नेतासँग प्रचण्डको तुलना गरेर गज्जबले माओवादी साख बढाउनुभो । :)

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

    • asish

      sathi ho yeha ta maobadi ko samarthan ma lekheko coment haru kamai dekhainchha ra dekhaiye pani sahi ho ma cleak garyo lagdaina tara birodh ma cleak garyo vane fyattai lagi halchha, yesto pakchhyapat kina my sansar & salokya company??????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • यो प्रचंडे, बाबुराम, बादल हरुले ले नेपाल जनताको रगत धेरै खाइसके. अब सबै नेपालि मिलेर यो नरपशु हरुलाई शुलीमा चाडाउनु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • himal

      ये माओबादी हरु यदि तिमीहरु साँच्चै देश परिवर्तन गर्न चहन्छौ भने शान्तिपूर्ण तरिकाले लडेर देखाऊ जनता लै दुख दियर के को परिवर्तन हो??????
      १. कि तिमीहरुको परिवर्तन मा हत्या र हिंसा मात्र लेखियको छ???????
      २.के यस्ता हिंसात्मक गतिबिधि बिना आन्दोलन सफल पार्ने बुद्दी छैन तिमिहरुसंगा????????
      ३.के आन्दोलन मा घाइते हुनेहरु तिमीहरुका दाजुभाई हैनन र????????
      ४.के तिमीहरु राम्रो गर्छोउ भने जनता ले साथ नदियाका हुन्?????????
      ५.तिमीहरुले चाहेको के सफलता हो????????????
      ६.नेपाली जनता नै मारेर आउने सफलता कस्तो हो????
      ७.के जनता लै दुख नदिकन आन्दोलन सफल पर्न सकिन्न???????

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • Thapa

      Police le daman gareko sathai DSP Chaudari ra Ojha lai maobadi le karwahi ko list ma rakheko padhada 19 days ko jana andolan ko samjhana aayo. 19 days andolan ma pani purai din samlagna thiya. Antim din kalanki bata bhasan sunera aayaka hami sathiharu SATDOBATO KO POLICE CHAUKI ma uviyaka thiyau. Police pani wallma nai thiya. Tetikaima auta sathile aaba ta policele hepne ra kutne bela gayao bhannu ka sathai dherai chhed hannu bhayo. Ti kura sunirahanu bhaka ek jana andaji 44/ 45 yrs ka police daile k bhannu bhayo bhane” Bhaiharu panchayat phakera bahudal aauda pani yastai kura garthe ajha badhi lathi barsiya junsukai partiko sarkar aaya pani sarkarko nazerma jantalai dukha dine kam garema lathi hanne order aaya pachhi hannai par6 kam hudaina bada6. Sathai lathi ghuma bapat salary payain6. Naghuma ta nokari bata hatdhunu par6. Ani bal bachha bhok bhokai mardainan.” tesaile police mathi daga dharne jangali ankha lai tretment garnu bes hun6. Batoma abharodh garera kal karkhana banda kam garera banchne adhikarko hanan garneharu NAGARIK SARBOCHATA KO Kura garna laj manne gara . Sadak ma abrodh purayara sadharan jantalai hidna ta bato chhadi deau bhanda namane pachhi lathile nahane puja garnu. Yo kura tatkal maobdiko lagi bhaya pani aaba futur ma kunai parti wa samuhale abrodh sirjana garema, bhautik samrachana nasta garema lathi matra nabhara netrto garera agadi badnelai goli hannu par6. Teti gare matra hamile tax tirera banako bastuharuko samrajhan hun6.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jovan

      Blady Moaist what do they think of…is iNepal ur private property to do wat you want. Always stand up for Bandas for silly demand….You corrupted man, how come you think that people stand by you….it is just the fear and the money you used for. Infact nobody is in your favour. Stop Bandas and think that Nepal is ours and we live there. Don’t ever try to divide it pieces, got it?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • भत्केको घरको बिग्रेको चाल—–जता ततै प्वाल नै प्वाल …… क्या गजब छ है !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 5

    • Jovan

      I don’t understand what this going on Nepal…. maoist leader Puspakamal and baburam what do they think of Nepal…Is Nepal ther property to do whateever they want. If they think like that than its our too and we can do as well. But i don’t think I am that stupid to divid it in pieces. Stop the Bandas and you better mind your life. Nobody want to join you, everybody is tired of you and your silly demands… You never think of Nepali Janta, you just think of ur self. You coward

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • बीर

      हाँसौ त म संग हाँसो छैन,
      रोउ त म संग आँसु छैन |
      नेपाल अब रुवान्डा, कंगो जस्तो हुनलाइ,
      सायद धेरै दिन कुर्नु पर्ने छैन ||

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4

      • madan bajracharya

        बिर जी
        बिर बन्नुस यसरि नैरास्यता प्रदर्शन नगर्नुस मेरो येही सलाह छ/ नेपालमा बोल्न सक्ने हैसित निमोठिएको मा कमसे कम तपाई हामि पर्दैन/ आफुलाई लागेको कुरा राख्दै जानु पर्छ/ रातो मा टिक परुन बा हरियोमा त्यो ठुलो कुरा होयिन/ बिचार मन्थन हुँदै जानु पर्छ/ यसै बात नेपालमा को र के खराब भएर हालत बिग्रंदै गएको कुरा स्पस्ट हुँदै जान्छ/ आज म नेपालको नेपाली को मन खराब भएर बिचार खराब भएको भन्दा नेपाल माथि षड्येंत्र भएको कुरा नै मूल कारण मान्छु र कसैको षड्येंत्र सफल हुँदै गएकोमा कुनै नेता तथा पार्टी हरु समस्या सुल्झाउन जनताको माझ जानु भन्दा दिल्ली जान रुचायेकोले नै आज देस बिग्रंदै गएको हो भनि मान्छु/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • manoj h.k.

      गोरखा जी तपाइले भन्नु भएको ठिक हो..भाई भाई फुटे गबर लुते….तर यो माओ लुटेरा ,,हत्यारा ,,डाकाहरुले के बुझ्छ र…घोडा दाना से दोस्ती करेतो क्या खायेगा ?यो लुटेरा,,हत्यारा डाका हरुले नेपाली जनतालाई दाजु भाई सम्जियो भने …कसको लुट्ने, कसको हडप्ने,?अनि कहाँ बाट आउछ त् मोज मस्ती गर्ने सम्पति?यो माओबादीहरु के को नेपाली हुन् र….?येनिहरुलाई नेपाली र नेपाल देशको माया हुनु?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • manoj h.k.

      यो माओबादीले देश बिगार्नु सम्म बिगारो,जंगल बाट आको जन्गलिहरु न आफु गरि खान्छ न अरुलाई गरि खानु दिन्छ….लुटेर, खोसेर खानु बानी परेको माओ कार्यकर्ता अनि कुर्सिको मोह मा पल्केको नेताहरुलाई गरिब नेपाली जनताको के वास्ता छ र ……माओ नेताहरु कुर्सीमा बस्नु नपाएर ,नेपाली जनतालाई दुख दिनु,, बेकारको आन्दोलन बन्ध गर्छ….जसो गरेनी, जे गरेनी,जसले गरेनी आखिरमा दुख पाउने त् जनता नै हो……हुन् त् यो माओबादीले कहिले पो जनताको लागि के नै गरेको थियो?के नै सोचेको थियो र?माओबादी जन्गलिहरु हो,,,नेपाल देशको लागि …जनताको लागि केहि गर्नु सक्दैनौ भने …..नेपाली जनताको स्वतन्त्र हिड्ने,,,,स्वतन्त्र काम गरि खानु पाउने अधिकार त् नखोस ……१४हजर् नेपाली मारेर अझै अघाको छैन?अझै पुगेको छैन?आखिरमा यो माओबादीले के चै गर्नु खोजेको हो?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 9

    • jacky

      जंगल मा बसेर अरु को सम्पति खान जानेको पार्टी ले के को देश मा सम्भिदान् बन्न दिन्छ त येश्ले त दुन्य जनता मरे र इराक को सद्धाम हुस्सन को जस्तो सासन गर्न खोजे कोचा सबै ले बुज्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • राम चन्द्र ज्ञवाली

      मानव अधिकार मानव अधिकार यो नाम त कतै सुने जस्तै लाग्छ कुनै चारा को नाम हो कि ??कुनै नयाँ रोग को नाम ?? छुट्टाउन अली गाह्रो भयो मुख्य कुरा यही माइसन्सार कै कमेन्ट गर्ने मित्र हरु माओ ले इस्टालिन ले मान्छे मारे भन्ने कुरा लाई आधार बिना उडन्ते कुरा देख्नु भयछ ।।त्यसमा सिङो संसार साक्षी छ मेरो ब्यक्तिगत कुरा होइन .. जहाँ सम्मन माओबाद र आमा हर्ताल को कुरा छ राजा फाल्यौ भने घमन्ड त छ तर जनमत सङ्रह गरे हत्यारो ज्ञनेन्द्र पर्चन्द भन्दा कतै लोक प्रिय हुँदै त छैनन ??
      अनुभब को एउटा कथा छ
      एउटा ब्यापारि को भारी बोक्ने गधा रहेछ एकपटक नुन को भारी बोकेर आउँदै गर्दा खोला मा लड्यो र केहीछिन पछी उठ्दा भारी हलुको पायो
      उसलाई के ज्ञान भयो भने पानी मा भारी डुवाय हलुको हुने रहेछ त्यही गधा फेरी भारी बोकेर फर्कदै गर्दा त्यही खोला मा जानी जानी बस्यो तर त्यो बेला भारी नुन को होइन कपडा को थियो …
      त्यस्तै हिज बहुदल बादी वा माओबाद को समर्थन गर्ने जनता फेरी अर्को लाई नगरलान भन्ने केही छैन बिगत को गधा को जस्तै नतिजा काङ्रेश र एमाले ले त हेरी सक्यो अब माओबाद को पालो होकी ???

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • दुर्गा प्रसाद खनाल पांचथर

      नमस्कार

      के एस्तो हो त नया नेपाल ?
      कम्निस्ट सर्बहारा को पार्टी र यो पार्टी वर्ग संघर्स गर्छ ( कृपया म गलत हुन सक्छु ) मेरो बुझाई मा न कार्लमार्क ले जातियता को कुरा गरेका छन् । न लेलिन ले उठाए मावो पनि जातियता संग जोडिएको कुरा पढ्न पा छैन । तर प्रचण्ड पथ भने जातियता संग जोडिन जान्छ किन ? नेपाल का कम्निस्ट भनौदा नेता भन्दछन् “हाम्रो वर्ग संगर्ष आज जातीय संगर्ष हुन पुगो ” यो कस्तो कम्निस्ट वर्ग संगर्ष हो ? सायद ” खोज्छौ कर्म गर्छौ पाप जान्दैनौ कर्मको गति , रिठा को रुख रोप्दा कहा फल्छ र कागती ” भनेको जस्तै उल्टो – मार्क्स र लेनिन ले कागती रोपेका होलान तर प्रचण्ड को दिमाग सम्म आइपुग्दा रिठा को रुख भयो यो वर्ग संगर्ष !
      खोइ हाम्रो संबिधान ? अब ४/५ महिना बाकी छ ! आज कान्तिपुर टि भी को साझा सवाल मा बाबुराम भट्टराई र कृष्ण प्रसाद सिटौला भन्दै थे ” हामी संबिधान बेलै मा लेक्छौ ” ” सहमति को राजनीति गर्नु पर्छ ! १२ बुदे , सान्ति सम्जौता को आधार मा अगाडी जानु पर्छ ” सोझा जनता को कानमा नहुदो खबर र आँखा मा छारो हालेर बेरोजगार युवालाई उपयोग गर्दै देश लाई 100 वर्ष पछि banauna नै यो जुलुस र masal जुलुस हुनु parcha । यो जुलुस मावोवादी को होस् या अरु कसै काे देशकाे लागी उपयुक्त् छैन । देश प्यालेस्टाइन जस्ताे बन्दै gareko जस्तो dekinchha आजको नेपाल ko baneswor को dreshya मा !!! दल भन्दा माथि उठी सम्विधान निर्माण गर्न ने. क. पा. एकिकृत (माओबादी) ra aru paati संग मेरो बिनम्र अनुरोध छ ।
      जय पशुपतिनाथ नेपाल लाइ बचाउ ।

      शुभ रात्री
      साउदी अरब
      रियाद सुलाइ बाट

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • किल ऑल मओइस्त्स एंड नेपाल विल बे पाचेफुल अगेन.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • माओबादी को अस्तित्यो स्वीकार गर्न न खोज्नु नै अरु पार्टी हरु र सरकार को ठुलो गल्ति हो आज को पर्दर्सन पछी अर्कै एक्शन लिएको सरकार ले भोलि २०० ४०० जना माओबादी को ज्यान न लेला भनेर भन्न सक्नी अवस्था छैन त्यस पछी शान्ति सम्झौता भङ्ग हुन पनि सक्छ आसा गरौ तेसो नहोस श्रीलंका को सिको गर्दै सुकुम्बासी लाइ त उठिबास लाउन सफल भयो कामना गरौ नेपाल लाइ श्रीलंका सम्झेर भोलि पनि दुडेझारी मा झैँ गोलि ले भुटेर सक्छु भन्ने सपना न देखोस
      जय बाबा पशुपतिनाथ नेपाल लाइ बचाउ यार

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 15

    • minti

      एउटा प्रश्न: होइन यी ब्रैन्वाश गरिएका कार्यकर्ताहरु के पाइने आशमा सडकमा बलिदान गरिरहेका छन् !! यो अनादोलन त एक तानाशाह लाइ अर्को तानाशाहले विस्तापित गरनको लागि मात्र गरिएको हो !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 8

      • पुष्प

        जनताले आफ्नो अधिकार माग्दा ब्रेनवाश गरेको देख्नेलाई कसले ब्रेनवाश गर्यो नि मिन्तीजी ?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 10

    • Mohan Basnet

      krishna gopal shrestha ekpachhiya congressi ho bhanne duniya lai thah chha ..”aafno aang ko bhainsi nadekhene arkako aang ko jumra pani dekhne ” bhane jhain maobadi ko kharo garne krishna ji yo samaya ek pachha ko dhoti kholne haina tapain jasto padelekheko bhanaudo le sabai pachha ko mulyankan gari nirachar ra ashachet janata lai sahi ra satya janakari haru ko adanpradan garne bela ho…purbagrahi khabar ra jankari diyera aruko dimag bhutne kam nagarnus..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 25

      • krishna gopal shrestha

        आदरणिय मित्र मोहन बस्नेत ज्यु,
        जय नेपाल ! ! !

        माइ संसारमा मलाई धेरै मित्र हरु सोध्छन के म ए मा ले को पूर्व सांसद हो? भनेर तर हजूर ले त एकै नजर मा मलाई चिन्नु भयछ।
        बिगत ८ महिना देखी यस् ब्लग मा आइ आफुले जाने बुझेको र सत्य तथ्य कुरा हरु मात्रै लेख्ने गरेको छु जुन ईतिहास मा उल्लेख छ, जस्को म पुरा उत्तरदायी हुन्छु र कानूनी रुप मा जहाँ गय पनि प्रमाण पेश गर्न सक्छु। अब हजूर भन्नुस् म कस्को पक्षपाती भएं र कस्को धोती खोल्न लागें?
        संदर्भ राजनीतिक हो तर निश्कर्ष बिकासशील हुनु पर्दछ भन्ने मेरो धारणा छ जुन सबै लाई पाच्य नहोला। बि सं १८२६ ईन्द्रजात्रा को दिन मा नेपाल एउटै बन्यो र त्यो दिन देखी को ईतिहास ले जो जस्ले देश का लागि मरी मेटे के अब तिनी हरु को नाम निशान केही हुंदैन? के राज तन्त्र हटाउंदैमा नेपाल को अरु सबै ईतिहास मेटिन्छ? के संसार को ईतिहास मा गणतन्त्र १००% सफल भयको छ वा गणतन्त्र मात्रै अन्तिम लक्ष हो?
        मित्र बस्नेत जी, सब भन्दा पहिला त देश बांकी हुनु पर्‍यो, बाद र बादी त आँफै आउंछन नि, तन्त्र र तान्त्री कतै खोज्नु पर्दैन। तर आज जुन हौवा दियियको छ नागरिक सर्बोच्चता को त्यस्ले के प्रमाणित् गर्दछ? १२ बर्से जन युद्द ताका के त्यो पनि ४१ बूंदे मांग मा थियो? हुन त माधव नेपाल प्रधान मन्त्री पदमा आसिन भयको दिनको प्रचन्ड जी को भाषण सुन्ने हो भने साम्यवादको शब्द्कोश नै रित्तिने गरी गालीको बर्षा गर्नु भयको थियो के सर्बहारा हरु लाई कुर्सी छोड्नु पर्दा को पिडा आफ्नो जन्म दाता को मृत्‍यु भन्दा प्यारो हुन्छ? अब आएर जन गणतन्त्र रे, भोली गयर के बाबु राम तन्त्र भने पनि चुप लाग्ने?
        देश मा संबिधान सभा को निर्वाचन पछी बनेको प्रचन्ड को सरकार को मुख्य काम भनेको समय मा संबिधान निर्माण गर्नु, हात हतियार सरकार लाई बुझाउनु, कब्जा गरेको संपत्ती फिर्ता गर्नु, राज्य ब्यबस्था को पुनर्-संरचना गर्नु र जन सेना लाई उचित ब्यबस्था गरी समायोजन गर्नु थियो । अब हजूर आँफै भन्नुस् कुन एउटा काम गरेर गय ९ महिना को अबधिमा? आफु काम गर्न नसक्ने दोश अरु लाई? के मेरो गोरु ले हजूर को धान बाली नस्ट गरे भने हजूर ले धान बाली लगायर मेरो गोरु को बानी बिग्र्यो भन्ने?
        मैले माइ संसार मा ब्यक्तिगत रुप मा दैनिकी चलाऊन आम्दानी र खर्च देखी राष्ट्र का लागि गर्नु पर्ने आबश्यक राष्ट्रिय योजना हरु पेश गरी सकेको छु साथै त्यस्ता योजना माइ संसार मार्फत नै सबैले अगाडि सार्ने हो भने कम्तिमा सरकार लाई दबाब मूलक कार्य हुन सक्छ भनी धेरै पटक कोशीस गरेको छु, (खुशी को कुरा एक जना मित्र ले देश का सबै सरकारी गाडी हरु सरकारीकरण गर्नु पर्दछ त्यस बाट देश को केही बर्ष को बजेट चल्न सक्छ भन्ने कार्यपत्र पेश गर्नु भयको थियो ) तर नेपाली जनता लाई ‘संतोश नै प्रगतिको बाधक हो ‘ र ‘स्वोतन्त्रता बन्दूक को नाल बाट निस्कन्छ ‘ भन्ने घोकन्ते पाठ पढ्ने बानी लागि सकेको हुंदा यहाँ गाली गलौज भन्दा अरु केही अपेक्षा गर्न सकिन्न। उखान पनि छ जता जता पानी उतै उतै उतै माच्छा। अब हजूर आँफै भन्नुस् म के गरौं?
        धन्यवाद
        जय नेपाल
        कृष्ण गोपाल श्रेष्ठ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9

    • Utsahi

      मानब अधिकारबादिहरुलाई प्रश्न: तिमीलाई बजार, बाटो बन्द गराएको, कसैको काम गरि खान पाउने अधिकार खोसेको चाही मानब अधिकारको परिभाषा भित्र पर्छ जस्तो लाग्दैन है. बाहिर बाहिर आन्दोलन नगर भन्ने (खास गरि डलर वाला अधिकारबादी संस्था) अनि संग संगै आन्दोलन/मुध्भेड बढाउन अनेक ढङ्ग ले लाग्ने र मानब अधिकार बादी भनेर खाएको जागिर/डलर पचाउने ? धन्य नेपालका मानब अधिकारबादीहरु!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 9

    • Rohan Denmark

      नेपाल का अहिलेका चोर नेता हरु जति पनि छन् तिनीहरु लाई एकै ठाउँमा राखेर गोलि पढ़कयेरा तिनी हरु का आन्द्रआ नाछारे सम्म अनि बाँकि भ्रस्ट हरु लाई टुपी मा धुँवा को मुस्लो राखेर मुख बाट धुँवा नाएंजाल सम्म आगो सेक्न सकिएन भने कहिले नेपालमा सान्ति औदैना हो साथी हो के भन्नु हुन्छा तपाई हरु ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • suresh bhattarai

      अब माओबादी ले फेरी जंगल गयर नेपाली को हत्या गर्नलाई धम्क्याउने होला हहहह्हः ह हाहा हाहाहा ….अरुता के नै गर्न सक्ला र ?मान्छे मर्न भने सक्छ है .यो उसको जन्म सिधा अधिकार पनिहो .अब कति मारिनेहुन ? बिचार हामी नेपाली जनता

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 23

    • sujan

      साथी हरु कालिमाटी को पुरानो महेन्द्र सालिक मा अहिले भर्खर १०:४५ मा यौटा घटना को जानकारी गराउन चाहन्छु , २ जना केटिहरु अन्दाजी २०-२२ को लै वेन मा आयका police हरु ले लखेटी लखेटी कुटी कुटी लगेको छ केटि हरु रुँदै थिय के भयको भन्ने बुज्न खोज्दा खोजदै तिनीहरुले जबर जस्ती(केटा पोलिसहरुले ) वेन मा हालेर लागि सक्यो, अब यो किन भन्ने प्रस्न ले गर्दा सुत्न सकी राखेको छैन,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • Rmesh

      साला माकुने लाइ पनि आजै आउनु पर्ने माओबादी ले बाँध गर्या छ भन्ने थाहा थियन ??

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 37

    • arjun ghimire

      यो कठपुतली हरुवा हरुको जमात सायद वोर्ल्ड मा नभयका इ फटाहा मन्त्रि भनौदा हरुलाई जनताले सिंहदरबार बाट न धपाय सम्म आम नेमाली जनताले मुक्ति मिल्दैन सो नेपाली जनता हरु ले समय मा नै यी फटाहा चोर हरुवा हरुलाई देस निकाला गर्नु पर्छा अनि मुक्ति मिल्छा हामी नेपाली अजई रगत बगाउन तयार छौ यो हरुवा हरुलाई नाधपय सम्म

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 40

    • mra

      कहिले हो यो आन्दोलन रोक्ने ? म कस्लाई सोध्ने ? म त बिरक्त भैसके यो आन्दोलन आन्दोलन सुनेर | कमसेकम यो बन्द त नगरे हुन्थियो | सर्बसाधारण अनि खान को लागि काम गर्ने होरु ले त बच्ने अधिकार पाउने थिए |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 6

    • SHAAN

      प्रचण्ड ,बाबुराम ,महरा , हरु चै घाइते भएनन् ? कि चेलाहरुलाई सडकमा उतारेर आफुहरु दुलाभित्र पसेकी क्याहो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 15

    • nimesh, BKK

      श्री लंकामा जेविपी (जनता विमुक्ति पेरमुना) पार्टीका नेताहरुलाई श्रीलंकाली सरकारले सफाया गरे जस्तै नेपाली खाओवादिहरुलाई पनि सफाया गर्नु पर्छ अनिमात्र देशमा शान्ति आउछ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 17

    • भक्तपुरे

      यी प्रेश वक्तव्यहरुबाट मैले बुझेको:

      पहिलोबाट- जबरजस्ती अर्काको बाटो छेक्नु सम्पत्ति तोडफोड गर्नु चाँहि कुनैपनि मानवअधिकारमा नपर्ने रहेछ ।

      दोस्रोबाट- सयौंजना घाइते भाकाछन् तर बाबुरामहरु भाका छैनन् अनी बाबुरामहरुलाई यो कठपुतली सरकार कहिले ढल्छ र यसको आयु लम्बिन्छ कि भन्ने मात्र चिन्ता छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 9

    • Mekh Rana Magar

      सबै मिलेर सबिधान बनाउने बेलामा हाम्रो देश को ठुला पार्टी हरुको नौटकी अचम्मलाग्दो छ न सरकारको गित र मादल मिलेको छ न माओबादीको नचाई सुहाउदो छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • raj

      यसरि देश लाइ सधै अपांग राख्न्नु भन्दा त कुनै निस्कर्समा पुग्नु नै आजको जरुरि छ, चाहे त्यो आन्दोलन बाट होस् या समझदारीबाट| जनता कति दिन एस्तो माहोल मा बस्न सक्छन, न देश मा रोजगारी छ, महंगी ले धुरी नागेको छ, केहि गर्छु भन्नेहरुले पनि केहि गर्न पाई रहेका छैनन्, कसरि बाच्ने? नेपाल का जनताहरु जेल भित्र का कैदी को जीवन गुजार्न बाध्य छन| जनताहरुहो सबै एक होउ, आफ्नो लागि जे राम्रो हुन्छ त्यहिँ गर| तोड यो जेल का पर्खालहरु, र ल्याउ नया जीवन को बिहानी जहाँ शान्तिको स्वास फेर्न सक्नेछौ| अब आफ्नो आधिकार को कुनै समझैउता नगर, इनफ इज इनफ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 7

    • BGG

      जनताको शांतिपूर्ण बाँच्न पाउने अधिकारलाई न त सरकारले नै सहयोग गरेको छ न त माओबादीहरूले नै | हुन पनि ‘Democracy ‘ म़ा जनताबाट पराजितहरुले सासन गरिरहेको अबस्थाम़ा यो आमहद्ताल ठीकै देखिन्छ भलै माओबादिहरुको नियत नराम्रो नै किन नहोस | जितेकाहरुले आफ्नो पूर्णकालीन सासन गर्न पाउने अधिकार कसरी हरण भयो ? यो प्रश्नको आ-आफ्नै उत्तर होलान | तर जे भै रहेको छ त्यों ठीक भै रहेको छैन | २०४६ साल पछिको अबस्था लाई बिश्लेषण गरेर हेर्ने हो भने हालसम्म नेपाली कांग्रेस ले मात्रात्मक रूपले सासन गरेको देखिन्छ तर जे परिमाण गुणात्मक रूपले देखियो येस्का कोही नेता स्विकार्न तयार छैनन | ०७ साल देखि २०१७ साल सम्म के भएको थियो, हाल का युबा पिंडीले अब पुस्तक पल्टाएर हेर्नु पर्ने छैन | तर पनि नेता भनौदाहरु कान माँ तेल हालेर जनता लाई अझै भेड़ाबाख्रा नै किन सम्झंछ्न ? उत्तर कसले दिने ? तसर्थ अब की त माओबादी बिलायेर जानु पर्यो की अरु पार्टी | नत्र देशमा शांति हुने छैन | तर एउटा सत्य के हो भने चाहे जति सुकै ‘Important ‘ नेता भय पनि जनताबाट तिरस्कृत भय पछि पनि सतत़ा म़ा जानु / बसिराखनु भनेको हामी जनता भेड़ाबाख्रा हुनु नै हो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

    • BHG

      जनताको शांतिपूर्ण बाँच्न पाउने अधिकारलाई न त सरकारले नै सहयोग गरेको छ न त माओबादीहरूले नै | हुन पनि ‘Democracy ‘ म़ा जनताबाट पराजितहरुले सासन गरिरहेको अबस्थाम़ा यो आमहद्ताल ठीकै देखिन्छ भलै माओबादिहरुको नियत नराम्रो नै किन नहोस | जितेकाहरुले आफ्नो पूर्णकालीन सासन गर्न पाउने अधिकार कसरी हरण भयो ? यो प्रश्नको आ-आफ्नै उत्तर होलान | तर जे भै रहेको छ त्यों ठीक भै रहेको छैन | २०४६ साल पछिको अबस्था लाई बिश्लेषण गरेर हेर्ने हो भने हालसम्म नेपाली कांग्रेस ले मात्रात्मक रूपले सासन गरेको देखिन्छ तर जे परिमाण गुणात्मक रूपले देखियो येस्का कोही नेता स्विकार्न तयार छैनन | ०७ साल देखि २०१७ साल सम्म के भएको थियो, हाल का युबा पिंडीले अब पुस्तक पल्टाएर हेर्नु पर्ने छैन | तर पनि नेता भनौदाहरु कान माँ तेल हालेर जनता लाई अझै भेड़ाबाख्रा नै किन सम्झंछ्न ? उत्तर कसले दिने ? तसर्थ अब की त माओबादी बिलायेर जानु पर्यो की अरु पार्टी | नत्र देशमा शांति हुने छैन | तर एउटा सत्य के हो भने चाहे जति सुकै ‘Important ‘ नेता भय पनि जनताबाट तिरस्कृत भय पछि पनि सतत़ा म़ा जानु / बसिराखनु भनेको हामी जनता भेड़ाबाख्रा हुनु नै हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 15

    • सुरज श्रेष्ठ

      माओबादी मूलधारमा आइ १२ बुंदे सम्झौताको पालना भइ सबै दलहरुले रचनात्मक भूमिका निर्वाह गरि नेपालमा शान्ति स्थापना हुनेमा नेपालीहरु निकै आशावादी थियो। सोहि आशामा “सम्विधान सभा” निर्वाचन भएपनि यस्तो हालतमा नेपालीहरुको आशामा कालो बादल देखिन थालेको हेर्दा सारै दुख लाग्छ। यौटा सिपाही (कटुवाल) को प्रकरणलाई लिई सरकारको सति दिई माओबादी आफ्नो जिम्मेबारीबाट भागेकोमा म सारै दुखित छु ।
      झन् झन् नया नया निहुमा देशमा अशान्ति, हडताल, बन्द र चन्दा आतंकले देश अधोगतिमा जानु मात्र हुन्छ । सम्विधान निर्माण ने. क. पा. एकिकृत (माओबादी) बिना सम्भव छैन । तसर्थ दल भन्दा माथि उठी सम्विधान निर्माण गर्न ने. क. पा. एकिकृत (माओबादी) संग मेरो बिनम्र अनुरोध छ ।

      सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 11

    • गोरख

      जहाँ जे भये पनि आँखिर नेपाल हाम्रो देस हो नेपाल नै नभये पछी हामी नेपाली कसरी रहने अनी नेता पार्टी ले पनि यो बुज्नु पर्छ कि भोली नेपाल नै नरहे शायद कुनै पनि पार्टी रहदैन होला । द्वोन्न्द ले आँफैलाई कम्जोर बनाउछ । भाई फुटे गबार लुटे भन्ने कुरा बुजे देखी भोली नै समस्या को समाधान निस्कन्छ। घरको झगडा छिमेकीले मिलैदिनुको सट्टा झन आगोमा घीउ थप्ने काम बाहेक अरु हुँदैन भनेर घरका मान्छे मिले समस्या समाधान हुन्छ । बन्द र हड्ताल ले देस अनी जनता ले सास्ती बाहेक केइ पाउदैन । बन्द हद्ताल ले समस्या निराधार हुँदैन । कलम ले समस्या समाधान हुने ठाउँ मा किन तर्बार । पशुपती नाथ ले सबै को कल्यान गरुन । गोरख

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 5

      • madan bajracharya

        गोरखजी
        १००% ठिक भन्नु भयो/ नेपाल नेपाल रहुन भनेर कांग्रेस ले कहिले पनि चाहेनन्/ आखिर भारतले भारतमै जन्माएर भारत्लेनै सघाएर अरुले गरेको क्रान्तिको जस दिएर नेपालमा भारतले मनपरी सन्धि सम्झौता लाद्न दिनेको लागि कोयिरालाहरुलाई कुर्सीमा राख्दै आए र कोयिरालाहरु उसैको बाबु को बिर्ता ठानेर भारतलाई नदि नाला दिंदै आए,/

        मओबादिकाई कुरामा पनि भारतकै इसारा बमोजिम गिरिजाबादिहरु कहिले माओबादी लाई लखेट्दै आए त् कहिले अंगाल्दै आए/ नेपालमा जनमत प्राप्त गरेको पार्टीहरुमा मेल हुन् नदिएर अल्पमतको मधेसी माग कसै गरि पनि पुरा गराउने यो सबै बितान्दना मचायिरहेको हो/

        संबिधान सभा जनताले चुनेको हो/ संबिधान कस्तो बनाउने त्यो निर्णय गर्ने काम जनताले चुनेको संबिधान सभाले बहुमतको आधारमा निर्णय गर्न दिनु पर्ने मा त्यो लाउके गिरिजाले अधिकार नभईकनै टनकपुर सम्झौता गरि आए झैँ मधेसी फोरम लाई उनीहरुले चाहे झैँ यक मधेश बनाउने सम्झौता गरि संबिधान सभालायिनै पंगु बनाए/ के संबिधान सभाले निर्णय गर्नु पर्ने कुरामा गिरिजाले सम्झौता गर्ने अधिकार छ?
        पक्कै छैन/ संविधानको एक एक अछ्यर बहुमत बात निर्णय गरिनु पर्छ/ तेसो गर्न दिएमा गिरिजाले मधेसीलाई बचन दिएर आएको एक मधेस कहिले बन्ने सक्दैन/ त्यो कुरा गिरिजालाई पनि थाहा छ र तराईमा एक मधेश बनुन भन्ने भारत् लाई पनि थाह छ/ तेसैले उनीहरु अहिलेकै गिरिजा माकुने मधिसेको सरकार लाई रास्त्रिये सहमति को सरकार भन्दै जनमत लाई सदनमा हुल्न नदिने प्रयत्न गर्दै गरेको छ/ भारतले भने जस्तो गिरिजाले भने जस्तो यो माकुने को सरकार रास्त्रिये सहमतिको सरकार हो? पक्कै होयिन रास्ट्र सब्दले जनताको प्रतिनिधित्वी गर्छन यो सरकारको जनमत होयिन भारतीय मत मात्रै छन्/ वास्तव मा भानु भने यो सरकार भारत्-बादी को एक मधेशबादी सरकार हो/
        अस्ति भर्खरै मात्र नेपाल बात तराई छुटाउने भनि हतियार उठाएर तराईमा अरु जातको नेपाली मार्दै हिड्ने जय कृस्ण गोएत सिट बार्ता र सम्झौता गर्न माकुनेको सरकार राजि भए/ एस प्रसंग मा जय कृस्ण गोएत जस्तो देस द्रोही सिट माकुने बार्ता र सम्झौता गर्न राजि हुने रे तर बैधानिकता पाई सकेको बहुमत पनि भएको पार्टीको कुरा चाहिं सदन मा छलफल गर्न नमान्नु को पछाडी त्यो एमालेको गिरिजा भएरै हो/

        अस्ति भर्खरै भारतको प्रधान मन्त्रि मनमोहन सिंहले माकुने लाई महान ज्ञानी प्रधान मन्त्रि भन्दै माओबादीको आलोचना गरे/ माकुने लाई उसैले पाल्दै पोस्त्दै गरेको हो तेसैले माकुने लाई महान भनुन बा अर्को महा मानव भनुन त्यो कुरामा नेपालीलाई चासो छैन/ तर नेपालको अर्को कुनै पार्टीको आलोचना गर्ने भारत को कुनै अधिकार छैन/ नेपाल भारत् भन्दा आकारमा सानो मात्र हो अधिकारमा होयिन/

        तेसैले आज नेपालमा नेपालीको समस्या ले आन्दोअल्न हरु भई रहेको होयिन/ बिदेशी स्वार्थले यो सबै भई राखेको हो/

        को tesaiको kaarysर् samn अहिले मधेसी लाई पनि अंगालेको र तिनीहरु सिट ८ बुंदे सम्झौता गरेको पनि भारतकै इसारामा हो नि/ माओबादी सिट दिल्लीमा हिन्दी भाषामा सम्झौता गरेको पनि भारत् कै इसारामा हो/ अहिले पनि नेपालमा कतुवाल्कै प्रसंग मा पनि माओबादीले रास्त्र्पतिको दोष भनेता पनि त्यो दोष गिरिजा बादिकै हो/ रास्ट्रपति कान्ग्रेस्सको सदस्य हो तेसले कांग्रेस पार्टीको सहमति बिना कटुवाल लाई पुन नियुक्ति दिएको होयिन/ माओबादीले कटुवाल हटाउन खोजि रहेको बेला कांग्रेस ले भारतकै बोलि मा बोलि मिलाई कटुवाल हटाउने कुरा को बिरोध गर्दै थिए/ अहिले पनि जब माओबादीले भाषा मात्रै मिलाएर कटुवाल को मुद्दा सदनमा छलफल गरियुं भन्दा नमान्नु पर्ने कारण के थियो? के सदनमा राजनैतिक मामिला र संबैधानिक मुद्दाहरु बहस गर्न सकिन्न मात्र तिनीहरुको तलब भत्ता तोक्न बैठक गर्ने थाहुन हो?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

      • madan bajracharya

        राजुजी
        तपाईंको कांग्रेस चोख्याउने कुरामा बाहेक अरु कुरा मा समर्थन गर्छु/ तपाईंले येक्दलियेताको बिरुद्धमा कांग्रेस ले बम हानेको हवाईजहाज अपहरण गरेर जनता नमारेको तर सरकारी धन लुटेको ले त्यो गलत नभएको तर्क गर्नु भयो/ येस्मा सहमत हुन् सकेन/ येक्दलियेताको बिरुद्ध आफ्नै राजनीति बलमा राजनीति बिद्रोह गर्नु पर्द्थियो/ तेस्तो काम गरिनु हुन् थिए/ अपराधको बाटो लिने राजनीति राजनीति रहन्न राजुजी अपराध नै हुन्छ/ भन्नुको तात्पर्य राजनीति बिरोधको नाममा अपराध को बाटो कान्ग्रेस्सले नै देखाएका हो/
        अब २००७ साल मा प्रजातन्त्र आईसकेको थियो र कान्ग्रेस्सको २/३ बहुमतको सरकार थियो/ त्यो मात्र महेन्द्रले चाहेर फाल्न सकेको थिएँन/ तेस्मा कान्ग्रेस्सको पार्टीको बढ्दै गएको भारत् परास्त नीति, देसको नदि हरु भारतलाई सुन्पिन्दै गएको र मात्रिका र बि पी को आआफ्नो पद लोलुपता को कारणले बिबाद बढेकोले नेपाली कांग्रस कम्जोर हुँदै गएको प्रमुख कारण हरु थिए/ चाहे त्यो बि पी हुन् बा मात्रिका बा गिरिजा यी कोयिरालाहरुको पदलोलुपता र आफुनै पार्टीको सबै भदा शक्तिशाली बन्ने लोभले पार्टी पनि खस्कंदै गए देसमा पनि देस थाम्न नसक्ने पार्टीहरुको हैकम बढ्दै गए/ आज साता चलाउने साँचो ठुलो पार्टीको हाट मा होयिन ने म कि पा, सद्भावना आदि बात को हातमा हुँदै आज देस्नै टुक्रा गर्न खोज्ने मधेश बादीको हातमा पुगे/ एसको लागि कोयिरालाबाद नै दोषी छन्/
        म कांग्रेस लगाएत कुनै पार्टीको बिरोधि होयिन तर तेस्का गलत नेताहरुको बिरोधि हुँ/ म माओबादीलाई पनि राम्रो मान्दिन/ एदी उनीहरु नेपाली बामपन्थी पार्टी भनेर आएको भए अर्कै कुरा तर उनीहरु आएको छिन् को माओ को नाम मा/ बिदेसी नेताको नाम भजेर देस टुक्रा गर्ने भनेर आएको पार्टीहरु दर्तानै नहुनु पर्ने थियो/ तर दर्ता पनि गरिए तिनीहरु सिट सम्झौता पनि गरिए/ अब ती पार्टी हरु चुनावमा केहि मत पनि पाए तेसैले ती पार्टीहरु मुर्दाबाद भन्न सक्दिन/ किन भने बहुमत बा अल्पमत जेहुन जन मत तिनीहरुको ढाल बनेको छ र दर्ता भएको ले ती पार्टी हरु बैधानिक भएको छ/ तेसैले नेपालमा बहुमतको शासन होउन भनि चाहन्छु/ सदन मा संबिधान सभामा बहुमत हाबी भएमा माओबादीको मात्र ३०% जनमत भएकोले उसले चाहेको जस्तो सबै कुरा पास हुँदैन/ तेस्तै मधेश बादी जस्तो अल्पमतको पार्टीले चाहे जस्तो एक मधेस पनि संबिधान सभाले मान्न सक्दैन/ किन कि माओबादीको ३०% भन्दा र एक मधेस बादीको अल्पमत को भन्दा अरु पार्टीको संयुक्त मत बहुमतमा हुँ जाने छ र बहुमतले नमानेमा एक मधेश बादी लुत्रिन बाध्य नै हुने छ/

        तर येहीं निर गिरिजाले धाँधली मात्र होयिन रास्ट्र घाट नै गरे भन्दा फरक पर्दैन/ म लाई माओबादीको मुद्दा कुनै मुद्दानै नभएको कुरा मान्छु/ सदनमा लगेर माओबादी मागको बारेमा छलफल गरेर निर्णय गरेमा त्यो निर्णय माओबादीले भने जस्तै नभए पनि त्यो मान्न माओबादी बाध्य नै हुने थियो/ तर माकुने ले चाहेनन् किन?

        तेस्तै एक मधेश बादी सिट संबिधान सिट जोडिएको बुंदामा गिरिजाको सम्झौता गर्ने अधिकार्नै थिएँ तर उसले अधिकार नभईकनै टनकपुर सम्झौता गरे जस्तै उनीहरु सिट सम्झौता गरे किन?

        उतार ययूतई छन् राजुजी/ नेपालमा भारतीय षड्येंत्र हाबी छन्/ मधिसे एक मधेश माग मधिसेको माग हुँदै होयिन/ तराईको बहुमत उनीहरुको बिरोधमा छन्/ तेस्मा भारतको स्वार्थ लुकेको जो कोहिले महसुस गर्न सक्छ/ अब एक मधेश बादी अल्पमतमै भए पनि उनीहरुले चाहेकै जस्तो संबिधान बन्न दिन त् बहुमत पाएको पार्टीलाई फाल्ने पर्यो नि/ अहिले भारत् मधेश बादी हाबी भएको चुनावमा हारेको माकुने र तेस्माठी अंकुश लगाएर बसेको गिरिजाको सरकार लाई रास्त्रिये सरकार भन्दै त्यो सरकार तिकुन भनि प्रयत्न गर्दै छ किन?

        भारत् परास्त नेताहरु र एक मधेश बादी बहुमतले निर्णय गरेर होयिन एक मधेश बादी सिट सम्झौता गरे बमोजिम सम्बीधान बनुन भनि यो सबै नाटक भईराखेको हो/ अहिले भर्खरै पनि मनमोहन ले माकुने बडो विद्वान भनि प्रसंसा गरे/ हो माकुने तेत्रो विद्वान?

        अब माओबादीको कटुवाल मुद्दा सदनमा लाग्न माकुने नचाहने तर जय कृस्ण गोयेत सिट बार्ता र सम्झौता गर्न तयार/ यो कुरा अति नै भएको जस्तो लाग्दैन राजुजी लाई?

        अन्तमा बिचको कुरा/ ३०३६सालमा आफु पनि लागेको थिएँ/ आदर्श छापाखाना नकली मत पत्र छापिएको कुरा सबैले सुनेकै कुराहो/ गणेश मानको बिरोध सबैले सुनेकै हो/ तेतिबेला पनि बि पी ले ३३ सालमा झैँ राजा बचाई कुरा गरेको थियो/ एक्लो गणेश मान अब नेपालमा जियाउल हक र खोमेनी अब जन्मिने छन् भन्दै थिए/ सहि थिए गणेश मान जन्मेनी तेस्ता नेता नेपालमा अहिले/ राज तन्त्रकै कुरामा अस्ति भर्खर सम्म पनि माओबादीले राजतन्त्र हटाउने माग गरे पनि गिरिजा कांग्रेस पार्टी संबैधानिक राजतन्त्रको समर्थक भन्दै थिए र तेस्का छोरी कुजाता राजतन्त्रको महिमा गाएर भासन गर्दै थिए/ त्यो त् माओबादीले गिरिजालाई प्रथम रास्ट्रपति बनाउने लोव्ह दिएर गिरिजालाई घुमाई दिएको थिए/ तेसैले गिरिजा बहुलायर माओबादीले मलाई प्रयोग गरेर फाले भनि भट भत्यौन्छ नि/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

        • राजु

          मदन जी जय होस् |
          जहाज अपहरण काण्ड युद्द वा अपराध के हो भनेर मैले तपाई संग विवाद गरेको हैन | कुरा के हो भने कुर्सिको लागि बम हानेको र जजाज अपहरण गरेको भन्ने तपाइको भनाइ प्रति मेरो असहमति हो, त्यो राज्य व्यवस्था परिबर्तनका लागि थियो भन्ने मेरो समझ छ | राज्य व्यवस्था परिबर्तन पछी नया व्यवस्था मा परिबर्तनका सम्बाहक हरु सत्तासिन हुनु स्वाभाविक हो | मावोबादी पनि अस्ति सत्तासिन भएकै हुन् सौताको रिसले पोइको काख उसले मुतेकै हो ( प्रभु/कांग्रेस/एमाले /कटुवाल जो होस् संग राजनैतिक खेलमा टिक्न नसकेर सरकार छोडेको हो, हुन त बाबुराम ले monthly review ( http://www.monthlyreview.org/mrzine/bhattarai081109.html मा नोकरशाही(सेना,कर्मचारी/पुलिसहरु लगाएत ) भित्र आफ्नो पक्ष मा लबीइंग गरि सके पछी विद्रोहको तयारी गर्न एउटा राम्रो निहु मा सरकार छाड्नु नै हाम्रो रणनीति थियो भनेका छन् यसलाई साँचो मान्ने हो भने नागरिक सर्ब्बोच्चाता को “मुद्दा राम्रो निहु” मात्र हो यसरि बुझ्ने हो भने मावोबादी संबिधान बनाउन चाहदैन बरु देसमा दण्ड हिनता को स्थिति सिर्जना गरि राज्यब्यबस्था लाइ कम्जोर बनाइ व्यवस्था परिबर्तन चाहन्छ |) मावोबादिले या त वास्तविक जनबादी साशन व्यवस्थाका लागि लडाई गरेको भन्ने हिम्मत पर्यो या त संसदीय राजनीति ( संख्या को खेल, समिकरणको खेल, दाउ-पेचको खेल, खुट्टा तान्ने खेल =गन्धे खेल) का नियम भित्र बसेर खेल्ने हिम्मत गर्न पर्यो, जनताका नाममा जनता मार्ने राजनीति गर्न भएन, जनता लाइ भन्ने एउटा, कार्यकर्ता लाइ भन्ने एउटा,बिदेसीलाई भन्ने एउटा, गिरिजा लाइ भन्ने एउटा,गर्न हुन्न जनता लाइ धोका दिन हुन्न भन्ने हो |
          २०१७ सालको घटनाका पछाडिका कुरा तपाइले उठाउनु भो, मा तपाईका मूल बुंदा संगै सहमत छैन | socialist international को movement मा नेहेरु, बि.पी. बिली ब्रान्ट,लि क्वान लगाएतका राजनीतिज्ञ हरु संलग्न थिए, र बि पी को विचार र व्यक्तित्व इस्रैल को भाषण पछी नेहेरु को भन्दा माथि उठ्यो र इंडिया का प्रमुख पत्रिका हरु समेत ले बि पी का कुरा लाइ प्राथमिकता दिए, जुन नेहेरु लाइ सह्य भएन भने यता राजा महेन्द्र पनि राज्यको बागडोर आफ्नो हातमा लिन चाहन्थे, यसले बि पी लाइ फाल्ने अन्तर राष्ट्रिय परिस्थिति बनायो | अर्को कुरा बि पी को तत्कालिन क्रान्तिकारिता बाट रजौटा हरु (जसको उन्मोलन गरिदैथ्यो), तालुकदार,जिम्मावाल, मुख्य, बिर्तावालहरु दिक्दार थिए र उनीहरु त्यस सरकारको विकल्प चाहन्थे | जनता निरिह थिए,संचार को माध्यम थिएन, राजनैतिक चेतना ज्यादै न्युन मानिसहरुमा थियो | राजालाइ बिष्णुको अवतार मान्ने हरुको जमात थियो, र राजाले गल्ति गर्छन वा यो कदम गल्ति हो भन्ने कुरा मानिसले सोच्न समेत सक्दैन थिए | राष्ट्रिय परिस्थिति त्यस्तो थियो , तपाइले भने जस्तो बि पी को भारत परस्त नीति भएको भएर जनता रुस्ट भएर राजा लाइ साथ दिएको हैन |
          कांग्रेसका नेता भ्रस्ट छन्, पार्टी पुरै अनुसासनहीन हरुको मण्डली नै हो भने हुन्छ( हुन त यो समस्या सबै दलमा छ कंग्र्स्मा बढी हो),क्रियात्मक रुपमा केहि गर्न सकेको छैन, तर उसको राजनैतिक सिद्दान्त( प्रजातन्त्र र समाजबाद)ठिक छ |तर मावोबादी कहाँ उभिएको छ ?बहुदलियातामा कि जनबादी केन्द्रीयतामा ?
          गोइत संग को बार्ता राम्रै कुरा हो भन्ने मलाई लाग्छ, किन कि दमन गरेर मान्छे मारेर बिद्रोह समाप्त हुन्न भन्ने कुरा हिजोका दिनबाट देखिएको छ | बार्ता बाट उनका मागलाई कसरि सम्बोधन गरेर स्थिति लाइ राष्ट्र र शान्तिका पक्षमा पार्ने भन्ने कुरा मूल कुरा हो,निशेधले समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन |
          कटुवालको मुद्दा सदनमा लाने सम्बन्धमा मैले मेरो धारणा माथिको प्रतिक्रियामा लेखेको छु | राष्ट्रपतिको कदम को जड मावोबादी को कदम( प्रक्रिया नमिलाई कटुवाल हटाउने काम) हो, दुवै पक्षले गल्ति स्वीकार गर्नु पर्छ | एउटा असंबैधानिक कदम सच्याउन अर्को असंबैधानिक कदमको माग कति जायज हो (मावोबादिले भनेको साझा प्रस्ताब ल्याउन कनूनत नमिल्ने कुरा शाभामुखले बताएका थिए) ?
          २०३६ सालको जनमत संग्रहमा धाँधली भएकै हो र त्यो कुरा बि पी लाइ पनि थाहा थियो त्यो परिणाम उनले कुन परिस्थितिमा स्वीकार गरे भन्ने मेरो धारणा माथि लेखेको छु | मलाइ लाग्दैन उनले पंचायतको हितका लागि त्यो परिणाम मानेका थिए |
          कुजाता त कलङ्क नै हो, यसमा दुइ मत छैन | बिडम्बना त के छ भने सत्ता परिबर्तन का लागि मावोबादी पी. एम. मान्न तयार हुन्छ र माकुने हरु डी. पी. एम.बनाउछन |
          नेपालमा राजनीतिमा south block हाबी भएको तपाइको कुरा सहि हो तर त्यसमा मावोबादी पनि उत्ति नै जिम्मेवार छ | हिंशा को राजनीति र क्षत्रिय र जातीय राजनीतिको पिता मावोबादी नै हो जसले मुलुक लाई अस्थिर असान्त र दण्ड हिनता हुँदै बिखण्डनको भयङ्कर डर लाग्दो मोडमा देशलाई उभ्याको छ | मूलुकमा जति राजनैतिक अस्थिरता र अशान्ति हुन्छ त्यति नै राजनीतिक दलहरुको आफ्नो भूमिका कमजोर हुँदै जान्छ र बाह्य शक्तिले बढी खेल्ने ठाउँ पाउछ | कुनै पनि घटना वा परिस्थिति का पछाडी प्रतक्ष र अप्रतक्ष दुवै खाले कारण हुन सक्छन र ति सबै तथ्यको विश्लेषण गरिनु बुद्दिमानी हुन्छ भन्ने मलाई लाग्छ |

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • krishna gopal shrestha

      आदरणिय देश प्रेमी हरुमा,
      क्रान्तिकारी जय नेपाल ! ! !

      हुन पनि नेपाली नागरिक हरु को मन्दिर तोड्ने देखी लियर मान्छे को गर्दन भांच्ने अधिकार को सदुपयोग गर्न लाग्दा यि प्रहरी हरुको किन टाउको दु:खाइ? हाम्रो अधिकार हामी आफ्नो ढंग ले आफु खुशी प्रयोग नपाउनु अत्यन्त दु:खदायी, पिडाडायी एबम भर्त्सना योग्य छ। यदी तेसो गर्न न पाउने हो भने के को ‘नागरिक सर्बोच्चता’? गणतन्त्र बहाली भयी सक्दा पनि राज तन्त्र कै दास जस्तो भयर बस्न हामी चाहंदैनौ। हामी चाहे अरुको ज्यान लिउं या अरुको घर मा आगो झोसौं , सरकार लाई किन चासो? रुस , चाइना, उत्तर कोरिया, क्युबा लगायत कम्बोडिया अनी ईराक मा लाखौं जनता मार्नु हुने नेपाल मा नहुने? के हो यस्तो?
      खबर्दार ! अरुको टाउको काट्ने हाम्रो जन्मसिद्द अधिकार खोस्ने कुचेस्टा कसैले पनि नगरोस। यस्को परीणाम जे जस्तो हुन्छ हाम्रो बिरोध गर्ने हरु नै जिम्मेवार हुने पनि शहर्ष घोषणा गर्दछु।
      भोली र पर्सी हुने बांकी आन्दोलन मा सके सम्म हरेक घरका नागरिक हरुको सहभागीता होला भन्ने आशा मा, साथै हाम्रो क्रान्ति सफल भय पछी कोही पनि सुकुम्बासी र बेरोजगार हुनु पर्ने छैन। बास नहुने लाई पेरिस डांडा को महल र बल्खु दरबार दियिने अनी भोका जनता लाई अस्ती भर्खर खुलेको KFC र Pizza Hut को खाना निशुल्क बितरण गरिने छ। अन्य भाग बण्डा गर्नु परे सिंह दरबार र नारायणहिटी दरबार पनि सदा सर्बदा का लागि खुल्ला गरिने पनि घोषणा गरिंदै छ।
      धन्यवाद
      क्रान्तिकारी जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 143 Thumb down 74

      • गगने

        sick person! very poor thought. lower than nonsense!!! अगुल्थोले हालेको कुकुर बरु चेत्ला तर!!!!!!
        K G, Comunism became change according to time and people need (some poeple and some country has miss-use and miss lead it) but you can’t because you are nonsense never.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 21

      • बीर

        कृष्ण गोपालजी, त्यसो भए म पनि भोलि देखि नै माओबादीको झन्डा फरर गर्दै आन्दोलनमा गए है त | सबै चिज फ्री मा पाउने भए पछी के दुख गरेर बस्नु तात्तो न छारोको | रिस उठेको जतिलाई थताउना पनि पाइने |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 10

        • krishna gopal shrestha

          मित्र बिर जी,
          क्रान्तिकारी जय नेपाल ! ! !

          धन्यवाद। मेरो क्रान्तिकारी अभियान सफल गर्ने सहयोग को बाचान बद्दता का लागि। हुन पनि यो १५ बर्स को क्रान्ति को समयताका कसरी आफु पछी परीयछ आँफै लाई सोध्न मन लाग्छ। नत्र मेरो पनि काठमाडौं जस्तो नगरि मा कम्तिमा ४ आना जग्गा मा बनेको सानो घर भय पनि हुन्थ्यो। राजनीतिकै कारण ले चिन जान भयका थुपरै राजनीतिग्य र ठुला घराना का ब्यापारी हरुका परिवार लाई अपहरण गराइ २-४ करोड भय पनि बैंक मा राख्न पायिन्थ्यो। के गर्नु भैसी को मासु खायको ले बुद्दी ढिलो आयो।
          धन्यवाद
          क्रान्तिकारी जय नेपाल
          कृष्ण गोपाल श्रेष्ठ

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 7

          • बीर

            कृष्ण गोपालजी, तपाइको चाँही भैसीको मासु खाएर बुद्धि ढिलो पलाएछ, मैले पनि भैसीको मोमो धेरै खाएर हो कि के हो कुन्नि आफ्नो जिउमा भैसी हिडेको फ्याट्टै देख्न सक्दैन खालि अरुको जिउमा जुम्रा हिडेको मात्रै देख्छु, त्यसैले मेरो जिउमा हिड्ने यी भैसीहरुको सफाया गर्न माओबादीमा लाग्नै पर्ने भयो, अनि मात्रै वाई सी एल लगाई यी भैसिहरुलाई तह लगाउन सकिन्छ कि ?

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

          • madan bajracharya

            कृस्ण गोपालजी
            तपाईं श्रेष्ठ भए पछी नेवार नै भए/ नेवार हरु भैंसी को मासु खान्दैना र कानुन भैसी लाई मार्न पाईंदैन त् तपाईंले भैसीको मासु कसरि खानु भयो? बुद्धि होयिन कृस्ण गोपालजी तपाईंको सुद्दी हराए जस्तो छ/ नेवार भएर नेवार जातिकै गिल्ला हुने कुरा गर्ने फेरी मनमा त अपहरण लुट्ने लालसा पनि पाल्ने यो त् अपराधिक नियेत भए/ हामीले त् आदर्सबादी भन्ठानेको/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

            • बीर

              मदन दाई, हुन त सबैको आफ्नो आफ्नो तरिका हुन्छ कुरा बुझ्नलाई, तपाईंले कसरी बुझ्नु भयो त्यो त मलाई थाहा भएन तर कृष्ण गोपालजीले भैंसीको मासुको कुरा गरेर नेवारको गिल्ला गरे जस्तो चाँही मलाई लागेन | किनकी माथिको कुरा मलाई वहाँले एउटा ब्यंग्य गरेर छेड हानेको जस्तो मात्र लाग्छ, म एउटा मगरको छोरा हुँ त्यसैले जाड रक्सी खाने जात परेकोले गतिलो पढिएन भन्दा शायद मगरहरुको गिल्ला गरे जस्तो हुँदैन होला जस्तो मलाई लाग्छ |साथै मनमा त अपहरण लुट्ने लालसा पनि पल्ने भन्नु भएको पनि एउटा छेड नै हो | वहाँको राजनीतिक सोचाइ फरक छ होला तर वहाँ त्यती सारो मुर्ख हुनुहुन्छ होला जस्तो चाँही मलाई लाग्दैन |

              मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

        • Sasang Lama NY

          कांग्रेसमा बाबु छोरी दुवैले कसैलाई पनि केहि खान नदिए जस्तो छ | कृष्ण गोपालजी र बीरजी माओवादीमा दलबदलु गरेर निशुल्क तर मार्न आउने रे ! सानैदेखि हण्डी खाने बानी थियो कि क्या हो ? नानीदेखि लागेको बानी, नपाउँदा त बोरै भयो नी ! माओवादी हुन सजिलो छैन है साथि हो ! ह्याकुला दह्रो चाहिन्छ |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 28

          • बीर

            ससंगजी, हामीलाई कांग्रेसको बाबु छोरा देख्नु भएछ, तपाइँ चाही के पर्नु भयो नि ? मैले माओबादीको आलोचना गरे पनि कांग्रेस एमाले राप्रपा को बखान गरेको कतै देख्नु भएको छ ? माओबादीको बखान गरेर नथाक्ने भएकोले तपाइँ चाँही माओबादीको बराजु पर्नु भयो होला नि त्यसो भए होइन र ? अब बराजु परे पछी सन्तानको रक्षाको लागि बखान त गर्ने पर्यो नि | अनि माओबादी बन्नलाइ ह्याकुला दह्रो चाहिन्छ भन्नु भयो, त्यहिँ दह्रो ह्याकुला भएर तपाई अमेरिकाको शरणमा बसेको होला नि | यस्ता कुरा गर्नेले त आफु पनि आन्दोलनको आगोमा होमिनु सक्नु पर्छ, न कि विदेशमा शरण लिएर |

            मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

        • arjun

          बिर जी
          आफु ले पाउने सुजाता को हुण्डी ऋषि धमला ले उड़ैसक्यो, अनि क्रिश्ने (कृष्ण गोपाल) नाबौलाए को बहुलाउछ त.

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • yesyeshakya

        यो घरानिया, खानदानी, हुकुम-बासि कृष्ण गोपाल “बौचा” जहिले पनि बस-पार्कमा बौला कराको जस्तै भट-भट-भट गरि रहन्छ ! नेपालमा यसले W-श्यालको बाघ-झापु भेटे जस्तो छ – पट-पट-पट तातो न भुत्लो के के भन्या हो भन्या !

        फोटोमा मुख देखाउन डराउछ फेरी……यसको फोटोको “याक्सन” हेर न कस्तो छ….यसले लगाको पाइन्टको मोता हेर्दा मलेसिया तिर हुनुपर्छ यो बौचा !

        पट-पट-पट-पट !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 20

      • madan bajracharya

        कृस्ण गोपालजी
        मूल बिशयेमा प्रतिक्रिया लेख्नु नि/ खालि लेखे उही जिजु बाजेको कथा लेख्नु हुन्छ/ देस विदेशको कुरा लेख्नु हुन्छ/ आफ्नै देसमा जे भई रहेछ को दोषी छन् किन छन्/ परिस्थिति केलाएर लेख्नु भए तपाईं लाई सुहाउँछ/

        अब मन्दिर तोड्ने र गर्दन तोड्ने कै कुरागर्नु हुन्छ भने, कुर्सि नपाएको झोकमा बम हान्ने देखि हवाईजहाज अपहरण गर्ने राजनैतिक पार्टीलाई आ आफ्नो सेना राख्नु पर्ने, कुर्सि मा टिक्न भारतिय समर्थन चाहिने भन्दै रास्ट्रको सम्पति लुताउन्दै जाने, आफुलाई कुर्सि मा बस्न दिएँ भनेर भारतमा गएर नेपालमा फेरी नाकाबन्दी लगायिदेउ भनि भन्न जाने आदिको कुरा पनि उठाउनुस/
        आज देस यो हालतमा पुगेको कांग्रेस कै कारण ले हो/ साँच्चै भानु भने कांग्रेस का अपांग बनाईएका जति रास्ट्र बादी छन् त् कुर्सीमा पुगेका जति खराब मा खराब पन्चे माओबादी खाओबादी भन्दा निस्क्रिस्ट छन्/

        अब येसो भनेमा उहिले १७महिनामा कान्ग्रेस्सले त्यो बनाए उ बनाए भन्नु हुनेछानै होला/ तर जे बनाए भने पनि नेपालको कोशी गण्डकी टनकपुर महाकाली पन्चेस्वोर जस्ता नदि भारतलाई सुम्पेर जुन नोक्सानी नेपाल र भाबि पुस्तालाई गरेनी तेस्को लागि तपाईंको कांग्रेस पार्टीलाई जस्तै सजाए दिए पनि अधुरो नै हुनछ/

        माओबादी पनि गिरिजाकै अहम बादले बिउले जन्मिएको हो/ मधेसीहरु गिरिजाको अनैतिक पुत्र धर्म पुत्र हुन् किन भने गलत र नाजायेज तरिकाले तिनीहरुलाई नेपालको नागरिकता दिन खोज्ने र दिएको गिरिजालेनै उनीहरु सिट एक मधेसमा सम्झौता गर्ने पनि गिरिजानै हुन्/ आज देसको ठुलो समस्या माओबादी होयिन मधेश बादी हुन् र त्यो समस्या नेपाल माथि गिरिजालेनै लादेको हो/

        २०३६ सालको जनमतमा धोका भयो संघर्स गर्नु पर्छ भन्ने गणेशमानको घांटी निमोठेर राजाको गर्दन सिट बि पी गिरिजाको गर्दन जोडिएको छ भनेर पंचायेत टिकाउने पनि तपायिन्कै बि पी र गिरिजानै हुन्/

        अस्ति माओबादीले राजतन्त्र हटाउ भन्दा आतंकबादी भन्ने पनि गिरिजा, सेना लगाउनु पर्यो भन्ने पनि गिरिजा कृस्ण प्रशाद्लाई दबाउन सकेन भनि निकाल्ने ले शेरबहादुरले अन्तारास्त्रिये सहयोग समेत पाएर दवाउन खोज्दा भारतिय इसारामा शेरबहादुरलाई पार्टी बाटै निकालेर आफु कसै गरि कुर्सीमा पुगे पछी दिल्लीमा गएर माओबादी सिट हिन्दी भाषामा सम्झौता गर्ने पनि गिरिजानै हुन्/ माओबादीलाई नभए शेरबहादुरले सिध्यौनेनै भई सकेको थियो/ अब भन्नुस कृस्ण गोपालजी माओबादीको बाउ को हो भनेर/

        सम्झौता अघि माओबादीले थालेको जनयुद्ध मा धेरै नागरिकहरु मरे तर तेस्को दोष माओबादिमै मात्र जान्दैन/ मूल दोसी त् कान्ग्रेस्सको माओबादी सम्भंद मा भएको दोगले नीतिनै हो/ माओबादीले राजतन्त्र बिरुद्ध आदि माग राखे भनेर आतंक बादी घोसना गरेर सेना लगाई युद्ध निम्त्याउने र त्यो युद्धमा कांग्रेसी आदेशमा बन्दुक चलाउने सेना र प्रचान्द्रको आदेशमा बन्दुक चलाउने माओबादी सेना दुवै उतीकै दोषी छन्/

        तर कुरा यो भन्दा पनि गलत के भने जुन माग राखे बापत कहिले आतंकारी घोसना गरिएको माओबादीको तिनै माग मानि फेरी उही गिरिजा ले गरे/ उहिले नै मानि सम्झौता गरेको भए १०/२० हजार जनता मारिने नै थिएन/ माओबादी प्रकरणमा मान्छे मारिएको मा गिरिजाको पद लोभ नै प्रमुख कारण हो/

        अहिले पनि माओबादीले सदनमा छलफलको माग राखेका थिए/ कटुवाल र रास्त्र्पतिको र माओबादीको कुरा अब पार्टीगत भन्दा राजनैतिक मुद्दा बनि सकेको मा सदनमा छलफल गर्न नमान्नु को कारण किन? देस टुक्रा गर्ने जय कृस्ण गोएत सिट बार्ता गर्न हुने तर माओबादी सिट सदनमा छलफल गर्न नहुने किन? के सदन भनेको नेता कार्य कर्ता को भ्रमण र उपचारको खर्चको बारेमा मात्रै छल फल र निर्णय गर्ने थलो हो?

        मेरो यो कुरामा जवाफ लेख्नु छ भने बुँदा गत लेख्नु होला जिजुबाजेले खाएर हगीसकेको कुरा नलेख्न अनुरोध गर्दछु/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 17

        • समर्थन मदन जी

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

        • राजु

          मदन जी जय होस् |
          माफ गर्नु होला कृष्ण गोपाल जी लाइ सम्बोधन गर्नु भएकोमा मैले केहि कुरामा प्रतिबाद गर्ने विचार गरें |
          ने का ले एक दलियता को बिरुद्दमा, प्रजातन्त्रको लागि बम हानेको थियो, जसमा सैदान्तिक राजनीति मै मत भेद भएको अवस्था थियो, ऐले मावोबादिले बहुदलीयता लाई मानेको भनेको अवस्था छ | जहाज अपहरण काण्डमा व्यक्तिको ज्यान लिईएको थिएन र सरकारी धन लुटिएको थियो | मुक्ति सेनाले सरकारी सैन्य बल संग लडाई गरेको थियो न कि व्यक्ति हत्या | यो व्यवस्था परिबर्तनको लडाई थियो, न कि कुर्सिको | आज सत्तामा रहेको कांग्रेसी हरु (केहि लाइ छाडेर ) तपैले भनेको जस्तै निक्रिस्ट छन् त्यो ने का को अन्तरिक अनुशासन को कमजोरीले हो तर राजनैतिक रुपमा जनता लाइ धोका दिएको छैन | अब भारत मुखी भन्ने कुरामा को कति हुन् भन्ने कुरा समानै होला ( भारतीय पत्रिकालाई दिएको बाबुरामको अन्तरबार्ता हेर्नुस )|
          सत्तामा लामो समय रहेको र लोभी पापीको संगठन भएको ले धेरै नराम्रा र केहि अक्षम्य काम ने का बाट भएको छ संगै धेरै राम्रा काम पनि भएका छन् |
          मावोबादी ने का र एमालेको अपराध बाट जन्मेको अबैध सन्तान हो त्यो भएर उसको बेहोरा धुन्धुकारीको जस्तो छ भने बाँकि मदेशी र अरु जातीय समूह हरु उसका सन्तान हुन् | अब कसको बाउ को हो आफैं छुट्यौनुस|
          जीवनको उत्तरार्धमा बि पी अहिम्षा बाट प्रभावित थिए र जुनसुकै प्रकारको रक्तपातको सकभर बिरोधमा हुन्थे | जनमतको कदर गर्थे | बिधि र प्रक्रियालाई मान्थे र हार लाइ स्वीकार्न सक्ने साहस उनमा थियो | त्यसो हुदा रक्तपात रोकेर सान्ति बहाली गराउन जनमत ( धाँधली नै भए पनि) को कदर (जुन प्रजातान्त्रिक मूल्य र मान्यताको आत्मा हो ) गर्दै परिणाम स्वीकार गरेका हुन् ,त्यो उनको प्रजातन्त्र प्रतिको प्रतिबद्दता र साहस पनि हो | राजा को र मेरो घाटी जोडिएको छ भनेको मेलमिलापको नीति लिई 0३३ सालमा स्वदेस फर्कदा हो 0३६ सालमा हैन |
          अब मात्रिका ले ससस्त्र युद्द गर्ने भन्दै छन् सरकारले उनका माग पुरा गरोस ? मदन जी सबै भन्दा बलवान समय हो १२ बुंदे समजदारी पनि समयले गरेको हो पहिले नै गिरिजाले नमानेर मान्छे मरे भनेर तपैले सहि मुल्यांकन गर्नु भएन | एउटा कुरा के चाही सत्य हो भने गिरिजा अत्यन्त निक्रिस्ट मानिस हुन् तथापी बिगत २०/२१ वर्षा देखि नेपाली राजनीति उनकै वरिपरी घुमी रहेको छ आज पनि क्रान्तिकारीका सरदार प्रचण्ड उनको चाकरी गर्दै छन् , त्यो बिडम्बना नै मान्नु पर्छ | तर सर दोष उनकै हो भन्ने कुरा जायज छैन | आफ्नो पार्टी का २८ जना के स ले हतियार सहितको मावोबादी लाइ चुनाब मा लान हुन्न भन्दा भन्दै पनि उनले एक्लै मवोबदिलाई बिस्वाश गरेर सेना र हतियार सहितको मवोबदिलाई चुनाब मा लागेका हुन् , जसको परिणाम मावोबादी आज तेती बलियो र ने का तेती कम्जोर भो |
          अहिलेको सदन भनेको मुलत संबिधान बनाउने हो | नया संबिधान निर्माण बारेमा व्यक्ति-व्यक्तिको तह सम्म हरेक मुद्दामा बहस चल्नु पर्थ्यो र ठुलो दल को हैसियतले तथा नया नेपाल,संबिधान सभा उसैको फसल भएकाले मावोबादिले यसको नेत्रित्वो गर्न पर्थ्यो दुर्भाग्यबस मावोबादिले रक्षा आफैं संग राख्ने जिद्दीले कांग्रेस लाई बाहिर पारे | प्रचण्ड सक्तिखोरमा सत्ता कब्जा को कुरा गर्दै टुंडिखेलमा पाजी कर्मचारी कटुवाल संग टुंडिखेलमा दोहोरि खेल्न थाले | राजनेता का रुपमा संबिधान निर्माणको अभिभारा पुरा गर्नु पर्ने प्रचण्ड कटुवाल को कट्टु तान्न थाले (तपाई भन्नु होला यी कुराहरु आपसमा सम्बन्धित छैनन् तर स्याल कराउनु र बाख्रो हराउनु एकै चोटी परेको अबस्थामा अरुले मावोबादीलाई भरोसा गर्ने ठाउं थिएन ) | रास्त्रपतिको कदम बैधानिक थिएन तर प्रचण्डको कदम पनि सहि chanel बाट आएको थिएन बरु बदनियत पूर्ण थियो (भलै नियत भन्ने चिज भौतिक रुपमा प्रमिनित गर्न सकिन्न) भन्न सकिन्छ | लोकतन्त्र मान्ने ले संसद बाट नागरिक सर्बोच्चता कायम गर्ने कि संसद लाई बन्द गर्ने ? के नया संबिधानमा यी सबै कुरा लाई ब्यबस्थित गरेर जान संबिधान सभा को उपयोग गर्न सकिदैन ?प्रभु को इसारा को बेवास्ता गर्दै नेपालीको चाहना अनुसार चल्न नसकेर सत्ता छाड्ने प्रचण्ड र खाली कुर्शीमा बेसरम (हरुवा भएकाले) बस्न जाने माधव बीच मा केहि फरक देख्दिन | जनताले मावोबादिलाई माग्ने हैन दिने हैसियतमा पुर्याएको हो तर आज रेखा थापा संग नाच्दै उही कठपुतली (मावोबादी भाषामा ) सरकार संग नागरिक सर्बोच्चता माग्ने मावोबादी को द्वैधसत्ताको कुरा र नागरिक सर्बोच्चता को नारा कार्यकर्तालाई ingage गराउने रणनीति हुन र आन्दोलन सत्ताका लागि हो जुन कुरा पोलिट ब्युरो को बैठक मा पनि उठी सक्यो , मलाई लाग्छ यो सबै तपैले बुझ्नु भएको छ | सहमतिको राजनीतिमा आउन सबै दल तयार हुनु पर्छ अहिले मावोबादी नै बढी गैर जिम्मेवार देखिएको छ, यदि उ लोकतन्त्र प्रति प्रतिबद्द छ भने धक धम्कि र बिद्रोह हैन लोक तान्त्रिक प्रक्रिया बाट राजनीति खेल्नु पर्छ र हार जित दुवै लाइ स्वीकार गर्न सिक्नु पर्छ | प्रजातन्त्र भनेको जित्ने मात्र खेल हैन |

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

          • बीर

            राजुजी को कुरामा १००% सहमत, सायद यति सत्य, तथ्य र यथार्थ तर्क कसैसंग छैन होला र यसको जवाफ पनि कसैसंग छैन होला |

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

          • Raaz

            राजुले लेखेको कुरामा कतै त्रुटी भेटाउछौ भने भन अन्धभक्तहरु | राजु जी, यो कुरा घाम जत्तिकै छर्लंग छ | तर के गर्ने बुझ पचाएर पछी लाग्ने हरुलाई धिक्कार छ |

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Dr. Shrestha

      खै के भन्ने के नभंन्ने ,
      मलाई त अब नेपाली जनताहरुले कुनै दिन बन्द र आन्दोलन हेर्न पाएनन् भने केही गर्न भुलेको जस्तो महसुस गर्छन् भन्ने कुरामा दुई मत छैन जस्तो लग्न थाली सक्यो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 121 Thumb down 7

      • limbu akash "Limbuwan"

        जुन सुक्कै पार्टीहरुले जे सुक्कै गरोस हामी त्यसको पछी लाग्नु आफै गोरु बन्नु हो हेई लाटा जनताहरु हो,कमसेकम राजनीति नबुझे पानी वाक्क दिक्क हुनै पर्ने हो त त्यति नि छैन ? थुइक्क/ किन ? हावामै तिमीहरुले हात खुट्टा भचाउछौ, ज्यान गुमाउछौ,आँखा फुटाऊछौ यी नाइके चोरहरुलाई पहिला हेर ! माधब नेपालको हात भाज्या छ ? बाबुराम र प्रचण्डको जीउमा कमिलाले चिल्या जतिको चोट छ ? कि कोइरालाको ? थुइक्क लाटाहरु/ यी चोरहरुले लिम्बुवानलाई पनि कम सास्ती दिएको छैन लिम्बुवानलाई चार टुक्रा बनाउन मरिहत्ते गरिरहेका छन् बस्ताबमा लिम्बुवान भन्नाले १८३१ साउन २ गते पृथ्बीनारायणशाह संग गरेको सम्झौताको उल्लेखित बाक्कैदा साथ “लालमोहर्” अनुसार झापा,मोरंग,सुनसरी,धनकुटा,तेरथुम,इलाम,संखुवा सभा,र ताप्लेजुंग गरेर ९ वटा जिल्लाहरुलाई लिम्बुवानराज्य भन्दै सह राज्यको रुपमा रहने भनेर भए पनि उनि पछिका तानाशाही शासकहरुले दमन गर्दै २०२१ साल आइपुग्दा भूमीसुधारको नाममा लिम्बुहरुको सम्पूर्ण किपोट नै खोसियो ति खोसिएको अधिकार् नै पुनर्स्थापना हुनुपर्छ भन्ने लिम्बुहरुको माग हो जुन सन्धि पत्र पालना नगरेमा बंश विनाशको कसम दुवै राजाहरुले खाएका छन् तर यो “लालमोहर” लिम्बुहरुले सजिलै पाएको चै होइन १७ पट्टक सम्म लिम्बुवान माथि आक्रमण गर्दा पनि हार मात्र खाए पछि पृथ्बीनारायण शाह धुरु-धुरु रुँदै बाध्य भए पछिको उपाय थियो /

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 32

        • Nepali

          के को लिम्बुवान, के को सानु राज्य? नेपाल को कुरा गर्नुस न पुरै देश को हालत यस्तो छ तपाई जस्ता ले गर्दा देश टुक्रिन लागेको छ, माथि त माओवादी र अरु नेता हरु लै चिने जस्तो कुरा गर्नु हुन्छ अनि लास्ट मा गएर देश टुक्र्याउने कुरा गर्नु हुन्छ ? मुर्ख त तपाई जस्तो मान्छे हो जसलाई सब थाहा हुदा हुदै बेवकुफ जस्तो कुरा गर्छन

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 6

    • himal sharma

      माओवादी को झुटको खेती को ज्वलन्त उदाहरण !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 197 Thumb down 96

      • megh tamu

        जनता बिरोधि हरुवा काठपुतली सरकार ले सान्ति पूर्ण आन्दोलन मा दमन गरेर लोकत्रन्त्र को खिल्ली उडाएको छ ,जान आन्दोलन प्रति एक्यबधता ,,

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 93 Thumb down 203

        • Prakash

          माओबादीहरुको पछयलिएर लेख्ने कमेन्टलाइ – ० ० अनि काठपुतलीको सरकारको प्रसंसा गर्नेलाइ + पोइन्ट देख्दा माइसंसारका पाठक पनि सबै भिजिलान्तेहरु रहेछन.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 30

      • shreesh thapa

        धेरै % राम्रो काम नगरे पनि केहि % काम राम्रो पनि गरेको छ अल्ली यति साह्रो भन्न त अल्ली नमिल्ला कि हिमाल जी

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 48 Thumb down 120

        • reg

          करिब १०००० ज्यान लिएर गरेको काम राम्रो कहिले हुदैन. म सरकारको पछे होइन तर माओबादी को बिपचे भन्दा फरक पर्दैन.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 16

      • Okhaldunge

        शान्ति र समझौता माओबादी ले भंग गरेको होइन बल्कि कांग्रेस र एमालेको ज्ञाने शैली हठबादी नीतिले देशमा फेरी माओबादीलाइ युद्दको तयारी गर्न बाध्य तुल्याऊंदैछ ,पुलिसको ज्याद्दत्ति फेरी ज्ञाने शैली जस्तै गरी सुरु हुन थाले,अरुको आंगमा झूम्रा हिंडेको देखने आफ्नो आंगमा भैंशी हिंडेको नदेखने एमाले र कांग्रेस ले देशको पुनसंरचना र नागरिक हक़ हित र अधिकार संपन्न ऐतेहांशिक संबिधान निर्माण गर्न कन्जुस्याई गर्ने प्रजातान्त्रिक समाजबादी र बहुदलीय जनबादीको सक्कली अनुहार बल्ल पर्दाफास भयो,यिनीहरुको सक्कली रूप देशका नागरिकले प्रष्ट रुपमा देखन पाए,बाकी रह्यो,मोहन बिक्रम,चित्र बा.के.सी.र रा.प्र.प्.सब भैशीको थाप्रा नै हुन, यी पंगुहरूले संबिधान निर्माण गर्न को साटो चिप्लो कुरा गरेर देशको नागरिकलाइ भ्रममा पारेर सत्ता हडपने र पुरानै ढर्रा (शैली)मा देशलाई डोरयाएर देश र नागरिकलाइ अन्धाकारमा डुबायेर मोज गर्ने सिबय अरु केही गरेका छैनन,कुरा गर्न सिपालु,काम गर्न जीरो,यी पार्टीका नेता र कार्यकर्ता को चरित्र निरंकुश पंचायत भन्दा एक आना फरक छैन,नागरिकको हक़ हित र अधिकार संपन्न संबिधान निर्माण गर्दा कांग्रेस र एमालेको बाबुको बिर्ता र आमाको दाइजो दिनु पर्ने हो र ?के नेपाल देशको नागरिक कांग्रेस एमाले र तिनका अरौटे भरौटेहरु मात्र हुन र ?होइन भने देश र नागरिकको पक्षमा संबिधान बन्नू पर्छ भन्दा किन बाधक हुनु पर्यो, कुरा बुझ्न जरुरी छ,कागले कान लाग्यो भनेर कागको पिच्छा गर्ने होइन की पहिला आफ्नो कान छाम्नु पर्यो,यी कांग्रेस र एमालेको चिप्लो कुरा सुनेर पिच्छा लागेर हिंडीयो भने देश नागरिक सब भडखाँलोमा जाकिन्छ,

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 66 Thumb down 141

      • Okhaldunge

        शान्ति समझौता माओबादी ले भंग गरेको होइन बल्कि कांग्रेस र एमालेको ज्ञाने शैली हठबादी नीतिले देशमा फेरी माओबादीलाइ युद्दको तयारी गर्न बाध्य तुल्याऊंदैछ ,पुलिसको ज्याद्दत्ति फेरी ज्ञाने शैली जस्तै गरी सुरु हुन थाले,अरुको आंगमा झूम्रा हिंडेको देखने आफ्नो आंगमा भैंशी हिंडेको नदेखने एमाले र कांग्रेस ले देशको पुनसंरचना र नागरिक हक़ हित र अधिकार संपन्न ऐतेहांशिक संबिधान निर्माण गर्न कन्जुस्याई गर्ने प्रजातान्त्रिक समाजबादी र बहुदलीय जनबादीको सक्कली अनुहार बल्ल पर्दाफास भयो,यिनीहरुको सक्कली रूप देशका नागरिकले प्रष्ट रुपमा देखन पाए,बाकी रह्यो,मोहन बिक्रम,चित्र बा.के.सी.र रा.प्र.प्.सब भैशीको थाप्रा नै हुन,यी पतितिहरुको बारे लेख्नु भन्दा नलेखेकै बेस होला,प्रजातन्त्र र जनबादका हिमायती पंगुहरूले संबिधान निर्माण गर्न को साटो चिप्लो कुरा गरेर देशको नागरिकलाइ भ्रममा पारेर सत्ता हडपने र पुरानै ढर्रा (शैली)मा देशलाई डोरयाएर देश र नागरिकलाइ अन्धाकारमा डुबायेर मोज गर्ने सिबय अरु केही गरेका छैनन,कुरा गर्न सिपालु,काम गर्न जीरो,यी पार्टीका नेता र कार्यकर्ता को चरित्र निरंकुश पंचायत भन्दा एक आना फरक छैन,नागरिकको हक़ हित र अधिकार संपन्न संबिधान निर्माण गर्दा कांग्रेस र एमालेको बाबुको बिर्ता र आमाको दाइजो दिनु पर्ने हो र ?के नेपाल देशको नागरिक कांग्रेस एमाले र तिनका अरौटे भरौटेहरु मात्र हुन र ?होइन भने देश र नागरिकको पक्षमा संबिधान बन्नू पर्छ भन्दा किन बाधक हुनु पर्यो, कुरा बुझ्न जरुरी छ,कागले कान लाग्यो भनेर कागको पिच्छा गर्ने होइन की पहिला आफ्नो कान छाम्नु पर्यो,यी कांग्रेस र एमालेको चिप्लो कुरा सुनेर पिच्छा लागेर हिंडीयो भने देश नागरिक सब भडखाँलोमा जाकिन्छ,

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 53 Thumb down 100

      • peace shrestha

        ठिक भन्नु भो| ति गोलि हरु माओबादीहरु ले प्रोपोगान्डाको लागि [आफु संग भएको गोलि आफैले देखाएका] प्रयोग गरेका हुन्| माओबादी आतंककारी लै जनता ले चिनिसके| अब जनतालाई मुर्ख नसम्झनु| खबरदार!!!|
        अनि आतंककारी गतिबिधि गर्ने लाई रोक्नु जुनसुकै सरकारको कर्तब्य हो|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 146 Thumb down 62

    eXTReMe Tracker