मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कोपनहेगन सम्मेलनमा यस्तो देखियो

    डेनमार्कको राजधानी शहर कोपनहेगनमा ठूलै होहल्लाका साथ सुरु भएको विश्व जलवायु सम्मेलन खासै सोचे जस्तो सफलता नै नपाई सम्पन्न भयो। हाम्रो देशको मन्त्रिपरिषद्को बैठक सगरमाथाको फेदीमा गएर गरे। नेपालबाट प्रतिनिधित्व गर्नेहरुले हिमालको कुरा पनि उठाए। तर सगरमाथा त के, हिमालको ‘ह’सम्म पनि सम्मेलन भर छलफलसमेत भएन। त्यसो भए जम्बो टोलीसहित नेपालको सहभागिता फलदायी भयो कि भएन त? पक्कै भयो, तर उनीहरुको युरोप घुम्ने रहरका लागि मात्र। काठमाडौँस्थित डेनिश दुतावासले सम्मेलनकै लागि छ सय जनालाई भिसा दिएको थियो। त्यसमा सरकारी, गैर सरकारी प्रतिनिधि, पर्वतारोही, पर्यटन व्यवसायीहरु लगायत सभासद आदि थिए। वनमन्त्री दीपक बोहोराले त नातिनी मात्रै हैन, भान्जीसमेत ल्याएका थिए। हाम्रो छिमेकी भारतको प्रतिनिधि मण्डल जम्मा ३४ जनाको थियो तर हाम्रोमा भने यो सम्मेलनमा कामै नभएका मन्त्रीहरु पनि त्यहाँ पुगे। मन्त्रीहरुकै उपस्थितिले पनि खास अर्थै नराख्ने सम्मेलनमा मन्त्रीका नातीनी र भान्जीको यहाँ के काम भन्या। मौकामा चौका हानेकै हुन् तिनले।



    डिसेम्बर एघारमा पर्वतारोहीहरुले सगरमाथा बचाऔं भन्ने नाराका साथ कोपनहेगनको मध्य भागमा रहेको पार्लियामेन्ट स्क्वायरमामा भव्य प्रदर्शन गरे। त्यसमा केही विदेशी पर्वतारोही र यहाँका स्थानीय डेनिश नागरिकहरुको पनि उल्लेख्य सहभागिता थियो। यहाँस्थित नेपाली दुतावास, यहाँ रहेका विद्यार्थीका दुई संस्थाहरु र एनआरएन डेनमार्कले पहल नगरेको भए त्यत्तिको सहभागितासहितको प्रदर्शन हुने थिएन। तर प्रदर्शनपछि एक जना मन्त्री भन्दै थिए “मैले नेपालदेखि गरेको प्रयास हो। मेरै सक्रियतामा आज प्रदर्शन सफल पारें। त्यत्ति ठूलो प्रदर्शन विदेशी भूमिमा नेपालीहरुले गरेको सायद पहिलो हुनुपर्छ। तर नेपालबाट सम्मेलनको लागि भनेर आएका २५ भन्दा बढी पत्रकारहरुको नजरमा त्यो परेन। तर पनि यहाँका स्थानीय मिडियाहरुले प्राथमिकताका साथ यसको प्रत्यक्ष प्रसारण साथै समाचारमा देखाएका थिए।

    सम्मेलनका लागि भनेर नेपालबाट आएकाहरु कोपनहेगन आएको भोलिपल्टै युरोपका अन्य देश पुगिसकेको पनि थाहा पाइयो। के गर्ने, कोपनहेगन त बहाना मात्रै हो। ताक त अर्कै भएपछि के गर्ने? यसमा कतिले दलाली काम गरेको पनि सुनियो। कति हो लाख लिएर केही गैर सरकारी संस्थाहरुले केहीलाई युरोप छिराइदिए रे। अर्को कुरा एक जना नेपाली पत्रकारले महिला पर्वतारोही तथा अन्य महिलाहरु बसेको होटलको कोठामा मध्य रातमा गएर अपशब्द तथा दुर्ब्यबहार गरेको कुराले होटलको वातावरण अशान्त बनेको थियो।

    सम्मेलनमा सहभागी हुन आउने सरकारी तथा अन्य मन्त्री एवं सभासदहरुका लागि होटल ब्यवस्थापनको जीम्मेवारी लिएको नेपाली दुतावासलाई भने होटल मिलाउनका लागी निकै कसरत गर्नुपरेको थियो। यस्तो विश्व सम्मेलनमा होटलहरु तीन महिना अगाडिदेखि नै बुकिङ भइसकेको हुन्छ। नेपालबाट सहभागी तथा आगन्तुकहरुको सूचीसमेत प्राप्त नभएको अवस्थामा होटल मिलाउनु पनि ठूलो कुरा हो। त्यहीमाथि मन्त्री तथा प्रधानमन्त्रीको टोलीमा आउनेहरुको नामावली दिनदिनै थपघट भइरहेको पनि सुन्नमा आएकै हो।

    सम्मेलन शुरु हुनु भन्दा अगाडि र सम्मेलन अवधिमै आएका अफिसियल बाहेकका अन्यको नेपाल फिर्तीको लागि जहाज टिकट प्रधानमन्त्रीसँगैको उडानमा थियो रे। तर प्रधानमन्त्री नेपाल फर्कंदा जति गएका हुन् हो त्यति भने फर्केनन्। तर राष्ट्रको बेइज्जत भने नहोस् है।

    No related posts.

    36 comments to कोपनहेगन सम्मेलनमा यस्तो देखियो

    • bataju

      ताकपरेतीवारे नत्र गोदामे भने जस्तै हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुर्गा खनाल

      देश को इजत त गएनर ? जाबो नेपाल को प्रतिनिधि ४४/४४ जना एसमा पनि भान्जी नातिनी पुत्नेछोरी सबै जादा खोइ हाम्रो इजत ? हामी धन का होइन मन का गरिब ! मेरो विचार मा त वातावरण सचिब र पर्यटन सचिब मात्र जानु पर्थियो यी नेता त !!!!! धन्न नेता भागेनन् युरोप देश मा पैसा कमाउन !
      लाज पचेका लाई एक सब्द मा गाली गर्दा के भन्नु पर्ला ” नकचरो “

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Madan rai

      माकुने जब राजनीतिकमा लागेका थिय,
      लिस्ट तयार गरेका थियाछ,
      लिस्ट मा म प्रधान मन्त्रि बनेर, राष्ट्र को सम्पति ले, यो यो देसको भ्रमण गर्छु भनेर.
      आजकल घुमेको घुमेकोई छ.अर्को लिस्टमा चीन परेछ , मजा गर्ने भयो राष्ट्र को सम्पतिमा ……………..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mahesh

      भन्यो भन्यो केहि हुने हैन | नेताहरुले एती लाज पचाएका यो पहिलो पल्ट पनि होइन नी | कमेन्ट गर्यो हातलाई दुख | सब गिदी नभएका जति सिंहदरबार पुगेका छन् | अर्को सम्भेलनमा ७०० जना नलगलान भन्नु पर्दैन | कति त लुकी हाले होलान नी युरोपतिर | अर्को दश वर्षलाइ कुनै पनि सम्मेलनमा भाग लिन नपाउने गरि रोक लगाउन पर्ने अनि देशमा बसेर देशकै बारेमा केहि सोच्छन कि |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sanjaya

      अलिकति लाज भन्ने कुरा भए यस्तो दिन देख्नु पर्थेन /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • समिर पनेरु

      एह्ह्ह………जुलुस निकालेर पैसा माग्न पो गएका रहेछन हाम्रा असम्बन्धित विज्ञहरु………अब यहाँ मन्त्रीको पद सम्हालेर बसेपछि जुलुसमा भाग लिन जान पनि मिलेन……जमानादेखिको हुलदंगा र तोडफोड गरेको बानी सम्झेर तिर्सना मेट्न गएका होलान नि हाम्रा बिशेष राजनीतिज्ञहरु…….नेपालमा यसो संसदको टेबल ठोकेको भरमा माग पुरा हुन्थ्यो…..अब विदेश जस्तो ठाउँ….हुल क हुल मन्त्री नगए त क माग मान्लान र???????

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • bishnu sapkota

      व्यवस्था परिबर्तन भयो तर संरचना र काम गर्ने मान्छे परिबर्तन भएनन्! हिजोका लुटेरा हरु नै आजका असल नेता बने !अनि त हुने नै भयो नि अस्थिरता ! यो त सामान्य हो हेर्दै जौ येस्ता घटना हामीले धेरै देख्न र सुन्न पाउछौ आखिर खप्परमा त हामीले पनि लेखेरै ल्याएका रैछौ हिजो त जनताले जिताएर पठाएका हरुले सखाप पार्थे आज त जिताउन पनि नपर्ने भयो !हारे पनि मन्त्रि जिते त कुरै छोडौ !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • shan

      शान्ति प्रदर्शन भएछ देश को ढुकुटी रित्याए गए पनि टाएर बालेन छन् , चक्का जाम गरेन छन् र चन्दा आतंक गरेन छन् धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • madan bajracharya

      कतिजनात कोपेनहेगन बात अर्कै देस लागि सकेको रहेछ/

      यो कुरा पढेर मलाई एउटा कुराको याद आयो/ तेस्तै २००१ तिर को कुरा हो/ कान्ग्रेस्सको नविन्द्र राज जोसी लगाएत नेपाली तरुणदल र नेपाल बिद्यार्थी संघका सदस्य हरु जर्मन आएको थिए/ उनीहरुको तेत्रो जमात शा ने बा नि बात निसुल्क टिकट लिएर आएको थिए/ तिनीहरु मध्य केहि फ्रान्कफोर्टको ट्राम कुरी बसेको र तिनीहरुको पछाडी म थिए/ ती मध्य कसैले भन्दै थिए हेर अब सम्मेलन कुरेर बस्ने होयिन अब याहाँ बात भाग्ने भन्दै त्राम चढेर गए/ म फर्केर शा ने बा नि को कार्यालय आएँ/ तेतिबेला सिजनको समय थियो/ निगम को उडानमा निसुल्क उड्ने को लागि कुनै सिट उपलब्ध थिएँन तर नविन्द्र राज जोसी आफ्नो प्राभावमा सिट बुक गर्न खोजि रहेको थिए/ मलाई झोंक चल्यो र भने तपाईंका साथीहरु त् अघि भाग्ने भन्दै त्राम चढेर गई सके/ देशकै बेयिज्जत हुने भयो भने/ नविन्द्र राज जोसी बात अचम्मको जवाफ पाएँ/ उनीहरु भागेर गए पनि अलि पैसा कमाउने छन्/ वह नेता हरु ….

      अहिले पनि येस्तै हुने हो/ तेस्तै भन्ने हो/ एक अरब भन्दा बढी जनसंख्या भएको भारत् बात जम्मा २४ जना नेपाल बात…….!!! भाग्न भगाउन त् हो नि/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • bikusir

      तेत्तिकई गाको हुन त यी गुमाने जम्बो टोली, पसुपतिको जात्रा सिद्रको ब्यापार गर्न गाको हूँन नि / आब फेरी फेरी मंत्री बन्न पाइने हो की हैन के थाहा पाको मौका कसले गुमाउने ? बरु अर्को सम्मेलन को लगी पानी जाने मंत्री अनी आफंता हरुको नामावली चाही बनौदै गर्नु होला है मंत्री महोदयहरु तेसो गरे कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • P Shrestha

      काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर/ कोनी के लाई भन्दा देख्नेलाई लाज भने झैँ हो त्यो/ हन के भाका हौ यहाका नेता हरु कोहि विदेश जाने बहाना मात्र चाहिने कोहि देश बसेर उपद्रो गर्ने/ हे भगवान हामी लाई अलिकति दया गर/सदबुद्धि देउ/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • dilip

      लुके लुके लुके !! ८० % लुकको हुनु पर्दछ !! कति त बेल्जियम छिरे होलान / बेल्जियम मा माओबादी, खायोबादी करिब ३०,००० जति हुनु पर्दछ /

      आखिरी दलाल ले पनि ५- १० लाख खाए होलान./ यी चोर मन्त्रि, अनि कर्मचारी ले जाजरकोट को जनता बाट उठेको कर बाट डेनमार्क मा मोओज गरे / तर जाजरकोट का जनता नून , तेल, चामल , जीवनजल नपाएर मर्दैचन / हैजा लगेर ३००० जनता ले औशादी नपाएर पश्चिम नेपाल मा नेपाली मर्दा यी कुकुर नेताहरु डेनमार्क को होटेल मा जाड खाएर हल्ला गरि रेड लाइट मा गएर सुरा सुन्दरी सिट मोओज मस्ती मा छन् /

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Neru Giri,Pennsylvania,USA

      हाम्रो देश मा फटाहा हरु जहापनी जहिले पनि अग्र पंतिमा पुगेको देख्दा सारै दिक्क लाग्छ | सधै यौटा बहाना को खोजीमा हुन्छन गधा हरु | यो पटक कोपन्हेगन सम्मेलन तेस्तै बहाना बन्यो, कोहि देश लाइ लुट्ने , कोहि युरोप टाप ठोक्ने |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • purushottam babu from usa

      हैन त्यो ब्यानर बनाउने नेपालीनै हु न् त ? अनि कस्तो हिमालय को स्पेलिंग पनि लेख्न नजान्ने होला हगी ? जुन चाहि ठाउ को बिसेस फोकस हुनुपर्ने हो त्यो ठाउ कै नाम गल्ति भए पछी भ्रमण को के अर्थ रहो र ? ल तपाईं नै हेर्नोस त himalyas लाइ सुद्द उच्चारण गर्दा हिमाल्यास हुन्छ तर यहा* त हिमालयज(himalayas ) हुनुपर्यो नि त इन्ग्लिश सब्द a देखि रिस उठेको त होइन होला नि त !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Krishna ( Maryland, USA)

      आर्थिक रूपमा भन्दा मानसिक रूपमा नै बढि दरिद्र छौ हामी भन्ने कुराको प्रमाण दिएर कोही फर्किए त कोही फर्किएनन् / आशा गरौ आगामी दिन हरुमा विदेश गएर नांगिने होडबाजी मा यस भन्दा ज्यादा लुगा फुकालेको खबर नाओस /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • siri

      यस्ता मौका मा चौका हान्न जानेका कुलंगरहरु नेपाल मा मात्रै सिमित छैनन बिदेश मा नि फैलियका छन सायद यस्तै नेता हरु को सिको गर्दा हूँन यिनिहरू ले नि !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • gnsbro

      कस्सो माकुने पनि ओबामा को पछि लागेर अमेरिका छिरे न छ हुन् त नेपाल मा बल्ल र तल्ल पाको प्रधानमन्त्री पद छोडेर के जान्थ्यो र त्यो .. तर प्रधान मन्त्रि नभएको भए त पक्कै भन्थ्यो होला “जाम जाम गायेत्री अब यिनै ओबामा का पछाडी लागेर छिरम अमेरिका अनि ग्रीन कार्ड त देलान नि ईन्ले चुनाब मा पनि दुइ दुइ ठाउमा हारियो ” …………………..अरुको त कुरै छाडौ सब चोर हरु हुन् ………..धन्देबाद gnsbro comment को लागि

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Ananta

      समाचार को लागि धन्यबाद| नेता हरु ले गर्ने क्रिया कलाप हरु ले जमाना मा सिमा नाघी सकेको छ| अब त कुनै स्वछ देश प्रेमी को आबस्येअक छ| चोर नेता हरु को कुरै नगरोउ| कुकुर ले हड्डी खाए जस्तै नेपाल आमा को गरिराख्या छन् यी डाँका हरुले| सबैलाई भुट्नु मात्र बाकी रहेको छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • tulsi

      सानेबानी देखि खानेबानी परेका ;डलर काण्ड देखि मल काण्ड सम्म पचाएका बेसरम लाइ भान्जी लिएर युरोप उड्न कुन ठुलो कुरा भयो र?

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • tulsi

      लाज पचाएका मन्त्रि हरु र उतर्दायित्व बाट बिमुख सरकार/

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • hankimdo

      के गर्ने नेपालीको पसिना ले साचेको दुख लाई नेता भनौदा हरुले सक्ने भए !!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • tulsi

      लोभी पापी हरुको देशमा येस्तई हुन्छा जनता भन्दा बढी नेता र जनसंख्या भन्दा बादी सहभागी/कतिपय महासय लाइ त् म के कार्यक्रममा सहभागी भैरहेको छु भन्ने समेत थाह थिएन होला/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • tulsi

      जनसंख्यामा ५० गुना र छेत्रफलमा २३ गुना ठुलो देश भारत बाट मात्र ३४ जना ले सहभागिता जनाए;तर नेपालजस्तो फुच्चे मुलुकले ६००जन लाइ प्रतिनिधित्व गराएर काही नभएको जात्रा हादी गाउमा भन्ने उखानलाई चरितार्थ गरेको छ/

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • Bhim Subedi

      नेपालको हिमाल पग्लेर हिम नदीको बहाब बढ्नु भन्दापनि हिमालमा हिउ जम्न छाडेर भबिस्यमा हिउ नदि नै लोप हुन सक्छ जसको कारण हिउ नदीबाट बिदुत उत्पादन बन्द हुन्छ यो नेपालको अर्को गौरबको नास हुनु हो

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Basanta Lamichhane

      नेताहरुले हाम्रो देश को बदनाम गर्ने भए !!! अब खर्च भएको सबै रकम उनीहरुबाटै उठाउनु पर्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • कबिन

      ताक परे तिवारी नात्र गोतामे ..ल ल बधाई छ मंत्रीहरु…के गर्नु ब्यापार न हो..फेरी अर्को पनि सम्मलेन होला..अहिले नै कतिजना यूरोप पुराउने हो तयारी गर्दै गरे कसो होला..इज्जत नभएका नेपाल को नेता भानौदा नकाचारोहरू..दलाली नेताहरु..धिक्कार छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • Kamal

      देशको ढुकुटी रित्ताउने भयो, नातिनी अनि भान्जी समेत लगेर, धन्य छ हजुर नेपालको भबिष्य प्रतिको खेलवाद्लाईi

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • Jillabashi Baburam

      :( पशुपतिको यात्रा सिद्राको ब्यापार!
      :( हग्नेलाई भन्दा देख्नेलाई लाज!
      :( हरिपले औंला पायो, डुडुलै समेत चपायो!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 3

    • thakur

      ६०० जना जानी त make sense गर्छ.. येसो मौका परेर ५०० जनता त ते तै गाएब घयो होला नि ..
      कहिले पनि सुद्रिनी भएन .. येस्तई छ ..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

      • राजु

        हा हा हा हा हा हा
        आहा अब देशमा रेमिटेन्स बढ्ने भो कस्तो दुर्दर्सी काम |
        नेपाली अर्थतन्त्र टाट पल्टन्छ भन्ने हल्ला छ नि त्यस बाट बच्न नेपाली लाइ बिदेशमा लाने र $$$$$$ भित्र्याउने रणनीति होला नि |

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

      • ram

        तातो न छारो ……………..सक्ने भए देश को ढुकुटी ….कहेले सगरमाथा मा बैठक …..त ….कहेले कोपन्हेगन …मोज गर है नेता हो येही हो बेला …….ने लाई भन्दा देख्ने लाई लाज …छि छि………

        मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • deepak

      मौका मा चौका हान्न कुन नेपाली ले छोड्ला र . ति माथि नेता हरु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • Om

      दुखि छु, दरिद्र मानसिकता देखेर. धन ले न भए नि हामी मन ले त धनि बन्न सकौ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 5

      • प्रेम अर्याल

        हाम्रा देशका राजनीतिबाट रितायेर भएर १-२ पल्ट मन्त्रि प्रधानमन्त्री ले त EDV भर्चन अब फोकटमा युरोप छिर्न पाय पछि त कुरा अर्कै

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

      • shreesh thapa

        पशुपतिको यात्रा सिध्राको व्यापार

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

      • peace shrestha

        आज हाम्रा साथी हरु जो यसै गरि कुनै न कुनै सम्मेलन मा युरोप आएर यहाँ refugee भएर बस्ने अनि अहिले यहाको nationality कार्ड पाउनु भयका साथी हरु को कमेन्ट पढ्न मन लग्यो| आखिरी कसरि बस्दा रैछन? कसरि लुक्दा रैछन? अनि अहिले हामी जस्ता बिधार्थी लाई मान्छे नै किन नगंदा रैछन?

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    eXTReMe Tracker