माधव नेपालको सरकारले धमला कान्डमा चारै जना अभियुक्तको मुद्दा फिर्ता लिने निर्णयसँगै १० महिना लामो यो ‘नाटक’ को अन्त्य भएको छ। यो मुद्दाको उठानसँगै अन्त्यसम्म पनि रहस्य नै रहस्य भरिएको छ। अदालती प्रक्रियामा अगाडि बढिरहेको यो मुद्दालाई सरकारले हस्तक्षेप गरी फिर्ता लिएपछि यससम्बन्धी सम्पूर्ण अनुसन्धानहरु अब रोकिने छन्। यो प्रकरणमा जतिसुकै नकारात्मक कुरा भए पनि एउटा सकारात्मक कुरा भने भएको छ। शक्ति र पहुँचका भरमा कुनै एकले मात्र उन्मुक्ति पाएर अरु चाहिँ दण्डित हुने अवस्था आएन। नत्र भने पावरका भरमा धमला मात्र रिहा हुन्थे होलान्, पत्रकार भएको भरमा महतो र केएममात्र छुट्थे होलान्। पावर पनि छैन पत्रकार पनि हैनको स्थितिमा रहेका एक जनामात्र जेलमा सड्नुपर्ने अवस्था आउँथ्यो होला। कम्तिमा त्यसो भएन। आउनुस् हेरौँ यो नाटकका केही अंश फर्केर-
फेब्रुअरी ३ मंगलबार साँझ हिन्दू राजतन्त्रवादी रणवीर सेना, जसले संविधान सभा भवनदेखि विमानस्थल र सुन्धारासम्म भएका विस्फोटहरुको जिम्मा लिएको थियो, त्यसैसँग संलग्न रहेको आशंकामा ऋषि धमलालाई रिपोर्टर्स क्लबबाटै सादा पोशाकका प्रहरीले गिरफ्तार गरे।
फेब्रुअरी ४ मा प्रहरीले पत्रकार सम्मेलन गरी भिडियो बयान प्रमाणका रुपमा देखायो। पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिमा रणवीर सेना नामक समूहको उपत्यका प्रमुखका रुपमा कार्यरत रहेका प्रदिप भनिने रामशुभक महतो तथा उक्त पार्टीको सैनिक प्रमुख विनायक भनिने मनोज महतोलाई काठमाडौँ अनामनगरबाट सबुत प्रमाणसहित पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको र उपरोक्त अपराधिक क्रियाकलापहरु सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गर्ने ऋषि धमला र वीरेन्द्रकुमार महतोसमेतलाई पक्राउ गरी निजहरुलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको थियो। प्रेस विज्ञप्ति जस्ताको तस्तै पढ्नुस्। प्रहरीले उनीहरुले गम्भीर अपराध गरेका हुन्, त्यत्तिकै छाडिँदैन भने।
प्रहरीद्वारा जारी अडियो प्रमाणहरुमा धमला र महतोको भनिएको संवादमा धमलाले “पैसा झार्नुपर्यो, क्षति गराऊ, मेरो सपोर्ट छ” सुनिएको थियो। अडियोहरु सुन्नुस्। त्यसैगरी प्रहरीले भिडियो कन्फेसन पनि प्रदर्शन गरेको थियो। जसमा मनोज मेहताले भनेका थिए “बम मैले नै पड्काएको हुँ”। भिडियो हेर्नुस्।
फेब्रुअरी ५ मा पत्रकारहरुलाई छुटाउन एनजीओ फ्रीडम फोरमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्यो। त्यसमा सुनुवाई गर्दै वर्तमान प्रधानन्यायाधीश मीनबहादुर रायमाझीको इजलासले गिरफ्तार गर्नुको कारणसहित धमलालाई उपस्थित गराउन सरकारलाई आदेश दियो।
फेब्रुअरी ८ प्रहरीले धमलाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अनुसार कारबाही गर्न १४ दिनको पूर्जि जिल्ला प्रशासन कार्यालयबाट लिएको भए पनि उसले सार्वजनिक गरेका अहिलेसम्मका कुनै पनि प्रमाणले त्यो ऐन अनुसार कारबाही गर्न सकिने देखिएन।
फेब्रुअरी ११ मा तत्कालीन गृहमन्त्री वामदेव गौतमले भने- धमलासँग मेरो नजिकको सम्बन्ध छ। उनलाई म राम्रोसँग चिन्छु। उनीविरुद्धको अभियोग पुष्टि नहोस् भन्ने मेरो कामना छ
फेब्रुअरी १७ मा प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै धमलालाई अझै पाँच दिन थुनामा राख्ने अनुमति लियो।
बन्दी प्रत्यक्षीकरणको रिटमा तुरुन्त फैसला हुनुपर्नेमा सर्वोच्चले आलटाल गर्दै विशेष इजलासतिर मुद्दा पठाइदियो। कुरो के थियो भने भर्खरै न्यायाधीश नियुक्त भएका अवधेशकुमार यादव र भरतराज उप्रेतिको पहिलो इजलासमा यो मुद्दा परेको थियो। उनीहरु यो मुद्दामा फैसला गर्दा विवादमा परिएला कि भनी झस्के जस्तो देखियो। अनि फेब्रुअरी १९ मा सर्वोच्च अदालतको मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र गौरी ढकालको विशेष इजलासले तीन पत्रकारको गिरफ्तारी गैर कानुनी भन्दै फ्रीडम फोरमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्यो। बहस यसरी भएको थियो।
फेब्रुअरी २७ मा धमलासहित अन्य आरोपीहरु डिल्लीबजारको खोरमा थुनिए।
फेब्रुअरी २८ मा घटनाको छिटो छानबिन गरेर सुनुवाईका लागि स्वतन्त्र न्यायालयमा नलगे आन्दोलनमा उत्रने चेतावनी नेपाल पत्रकार महासंघले दियो।
मार्च २ मा काँग्रेसका शीर्ष नेताको भेलामा धमलाको विषयमा छलफल भयो।
मार्च १२ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले धमला निर्दोष रहेको बताए।
मार्च १३ मा धमलालाई काठमाडौं जिल्ला अदालतले दुई वटा अभियोगमा साधारण तारेखमा रिहा गर्न आदेश दियो भने एउटा अभियोगमा थुनामा नै रहने भए।
अप्रिल ४ मा ऋषि धमलासहित पत्रकारहरु वीरेन्द्र केएम र रामशुभक महतोलाई फसाउन राज्यको निकायनै षड्यन्त्रमा लागेको ठहर गर्दै घटनामा पत्रकारहरुलाई चरम यातना दिई मानवअधिकारको गम्भीर उल्लंघन गरिएको निष्कर्ष पत्रकार महासंघले निकाल्यो।
अप्रिल ६ मा धमलालाई रिहा गर्न तत्कालीन प्रम प्रचण्डलाई गिरिजाले आग्रह गरे।
अप्रिल १० मा धमलालाई थुनामा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश कानुनबमोजिम नमिलेको ठहर गर्दै पुनरावेदन अदालतका न्यायाधीशद्वय मोहनप्रसाद घिमिरे र आनन्दमोहन भट्टराईको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दियो। बाँकी दुई पत्रकार र एक जना गैर पत्रकार भने सोही मुद्दामा थुनामा नै रहे।
अप्रिल १३ मा धमला रिहा भए। फूलमालामा सजिएका धमलाले भने-म निर्दोष छु, ममाथि अन्याय भएको छ र दोषी प्रमाणित भए पत्रकारिता गर्दिन।
मे १७ मा उस्तै अभियोगका अन्य तीन जना थुना मै रहे पनि धमला भने फेरि टेलिभिजनका पर्दामा देखिन थाले।
मे २३ मा माधव नेपाल प्रधानमन्त्री बने। सत्ताबाट हटेपछि जुलाईमा राष्ट्रिय सांस्कृतिक मञ्चद्बारा आयोजित कार्यक्रममा प्रचण्डले धमलालाई प्रमाणपत्र दिँदै सम्मान गरे।
सेप्टेम्बर ६ मा नेपालको पत्रकारिताको क्षेत्र विशिष्ट योगदान पुर्याएबापत उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई दोसल्ला ओढाइ विशेष अभिनन्दन गरे।
सेप्टेम्बर २० मा माधव नेपालले ऋषि धमलाको मुद्दा फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा राखे। मधेसवादी दलका मन्त्रीहरुले विरोध गरे। त्यसपछि रामशुभक महतो र वीरेन्द्र केएमको पनि मुद्दा फिर्ता लिने निर्णय भयो। गैर पत्रकार मनोज मेहतालाई भने बलिको बोको बनाइयो। उस्तै अभियोगमा अरु पत्रकार भएकाले मुद्दा फिर्ता हुने, उनी चाहिँ मुद्दा खेपेर बस्नुपर्ने भयो। सेप्टेम्बर २१ मा प्रधानमन्त्रीसँगै ऋषि धमला अमेरिका उडे।
अक्टोबर २३ मा काठमाडौँ जिल्ला अदालतले उस्तै प्रकृतिको मुद्दामा आंशिक रुपमा मुद्दा फिर्ता लिन नमिल्ने फैसला सुनायो। धमला बाहेकका अन्य थुनामा नै रहे।
डिसेम्बर २४ मा धमलासहित चारै जनाको मुद्दा फिर्ता लिने निर्णय सरकारले गर्यो।
No related posts.









धमला जस्तो इन्डियन टट्टूलाइ कसले छुने? माकुने ले? बिचरा माकुने, इंडिया रिसायो भने के गर्नु नि….
मन परे हरियो, नपरे रातो
0
0
होइन नेपाली हरु सधै गाली मात्रै गरेर आफुलाई राम्रो ठान्दछन कि के हो? गाली नै गाली मात्रै देखिंछा| जुनसुकै कुरा मा पनि सधै गाली मात्रै गरेको प्रतिक्रिया देखिन्छ त? अनि हामीहरु नै त हो नि neta bhanauda हरु ले मुख kholne bittikai थोत्रो tiar खोजेर sadak मा niskine अनि ढुंगा मुधा गरेर सामान्य janata lai बच्न समेत garho हुने गरि तर्साउने अनि koslai गाली गरेका तपाई हरुले? कि आफैलाई हो? एउटा bhanai chha नि malai के diyo होइन maile के diyen भनेर afailai सोध्ने हो कि? aru ले के गरे के गरेनन भन्नु भन्दा maile के गरे भन्ने हो कि? ek दिन sadak मा jana fursad हुने ले एक दिन bato banaune, sadak सफाई गर्ने, टोल टोल मा jagaran ka कुरा गर्ने हो कि? अनि अब्यबस्थित hamro सहर lai kasari बय्बस्थित गर्न सकिन्छ तेता lagne हो कि? तपाई हरु इरान ra north korea lai herne पनि गर्नुस न please. nakabandi लागेको कति वर्ष भयो tara पनि uniharu ramrai बाँचेका chhan त. अनि सधै bharat lai गाली गरेर हामी आफ्नो गल्ति त sachyauna सक्दैनौ नि कि kaso हो? aba येह ऋषि धमला को कुरा ले yetro kahani नै banayo अनि aru neta bhanauda हरु ले गरेका ku kritya को chai kina audaina कुरा? एउटी desh मा duita sarkar chha अनि गु घर मा jawan manche pauna sakidaina dar ra धम्कि ले अनि तपाई हरु computer को agadi basera गाली मात्रै गर्नु हुन्छ? sochnus साथी हो देश hamrai हो अनि सबै मान्छे नेपाली नै chan nepal मा अनि तपाई हरु कसरि टाढा huna khojdai hunu हुन्छ ?pahila afu sudhrau अनि aru lai गाली garau कि kaso?
मन परे हरियो, नपरे रातो
1
0
हा हा हा …..नेपाल मा जे छ नेता हरु कै छ….नेपाल आब नेपाली जनताको रहेन ..यो त aaba नेता हरु मनपरी गर्ने मैदान बनिसक्यो ….थुक्क माकुने ..एसको सजाय तलाई चाडै मिल्छ.. धमला ले नै तलाई बोम ले उडाऊछ ..अनि देक्चास
मन परे हरियो, नपरे रातो
1
0
एउटी नाम भएका मित्र, अन्य पाठाक लाइ भ्रम निवारण गर्न तपाइँ को नाम मा केहि जोडी दिनुस न.
मन परे हरियो, नपरे रातो
1
0
हैन कुकुरलाई घ्यु नपचे जस्तै नेताहरुलाई कुर्सि नपचे कस्तो हुन्थ्यो होला हे भगवान.
मन परे हरियो, नपरे रातो
5
0
सुन्नुहोस !सुन्नुहोस !!सुन्नुहोस !!!
साथी हो नया नेपालको भस्त्र प्रधानमन्त्री महामहिम श्री ३ माकुने लाइ नोबेल पुरस्कार को लागि नेपाल को पुरै लोकतान्त्रिक सरकार ले सेफरिस गर्ने भो, बिस्स्व मा सबी भन्दा लोकतान्त्रिक कम गरेको ले सिफारिस गरियको भन्ने उल्लेख गरियको छ, किन कि WORLD मा एस्तो कुनै देशको प्रधानमन्त्री नमिलेको पुस्टि भयको छ , उहा ले येस्ता धरै उधहरण ये काम गर्नु भयको छ , यो धमला काण्ड पनि नोबेल पुरस्कार सिफारिश गर्नुको मुक्खे महा काम हो,
तेसैले Max माओ क फोटा लुकायारा पनि काम चलाउने कम्युनिष्ट श्री ३ माकुने जु लै क्रन्तारी लाल असलम है हजुर, हामी सबै नेपाली को येही सुभकामना
OK
लाल सलाम
पन्त
जापान बाट
मन परे हरियो, नपरे रातो
2
0
पन्त जी
नया नेपालको नया
एमाले
मदन भण्डारीको नीति अब एमालेलाई बिनसितिको
उहिले भारत बिस्तारबादी, अहिले इस्ट देवता मानेको
न मार्क्स न लेनिन, आज गिरिजा एमालेको गुरु बने
सिंह दर्बारको साँचो दिल्लीमै रहेछ एमालेले अब माने
भोट नदिई धपाएको रिश फेर्न ऋषि धमला अंगालेको
पुर्खा माकुनेको भारतको भारतलाई तेसैले खुस्याएको
एक मधेस अहिले पछी बिदेस, बिकास येसैलाई मानेको
बहुमत नहुत्याये लात्यायिने, तेसैले मधसीको बुई चढेको
सिमा नमिचिएको,महान मित्र भारतले खुट्टा तन्काएको
नेपाल कत्रो छ भारतले मानेको जत्रो छ एमालेले मानेछ/
एकिकृत मार्क्स बादी लेनिन बादी एमालेको पुरानो नाम
यकिकृत मधेश बादी लेंग्दुप दोर्जे बादी एमालेको नया नाम
मन परे हरियो, नपरे रातो
0
0
माकुने को अर्को करामत
प्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रसंघीय मानवअधिकार निकाय (ओएचसिएचआर) को पत्रः
नागरिक बेपत्ता पारी मानवअधिकार उल्लंघन गर्ने सिंहलाई कारबाही नगरी उनको बढुवा गर्ने विषयमा छानबिन गर्न सरकारले कार्यदल गठन गरेकोमा हाम्रो आपत्ति छ, कार्यदलले बढुवा सिफारिस नगरेर मानवअधिकार उल्लंघनविरुद्ध कडा अडान लिनेछ भन्नेमा हामी विश्वस्त छौं
भैरवनाथ गणमा ४९ जनालाई बेपत्ता पारी मानवताविरुद्ध अपराध गरिएको भन्ने आरोपको जिम्मेवारी अन्तर्राष्ट्रिय कानुनका दृष्टिले कमान्डर मेजर जनरल तोरणबहादुर सिंहले नै लिनुपर्छ । त्यसैले त्यस्तो आरोप खेपेका उनलाई सत्य- तथ्य र निष्पक्ष छानबिनविना बढुवा नगर्न अनुरोध गर्दछौँ ।
मानवअधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेसनलको अपिलः
सिंह गम्भीर मानवीय अपराधमा आरोपित भएकाले उनीमाथि अध्ययन नगरी बढुवा नगर्न सरकारसँग माग गर्दछौँ ।
मानवअधिकारवादी राष्ट्रिय संघ/संस्थाको सञ्जाल जवाफदेहिता निगरानी समितिको मागः
सिंहलाई पदोन्नति गर्नुपूर्व उनको कमान्डमा रहेको १० नं बाहिनीअन्तर्गतमा भएका मानवअधिकार हननका घटनाको विश्वसनीय छानबिन हुनुपर्छ । भैरवनाथ गणबाट नागरिक बेपत्ता पार्ने घटनाका दोषी किटान गरी कारबाही गर्न तथा दण्डहीनतालाई बढावा नदिन सरकारसँग माग गर्दछौँ ।
उक्त बयाक्ती को बधुवा भएर नै छाड्यो. यो सरकार को अपराध को आर्को पातो हो.
मन परे हरियो, नपरे रातो
14
1
माकुने को अर्को करामत
प्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रसंघीय मानवअधिकार निकाय (ओएचसिएचआर) को पत्रः
नागरिक बेपत्ता पारी मानवअधिकार उल्लंघन गर्ने सिंहलाई कारबाही नगरी उनको बढुवा गर्ने विषयमा छानबिन गर्न सरकारले कार्यदल गठन गरेकोमा हाम्रो आपत्ति छ, कार्यदलले बढुवा सिफारिस नगरेर मानवअधिकार उल्लंघनविरुद्ध कडा अडान लिनेछ भन्नेमा हामी विश्वस्त छौं
ैरवनाथ गणमा ४९ जनालाई बेपत्ता पारी मानवताविरुद्ध अपराध गरिएको भन्ने आरोपको जिम्मेवारी अन्तर्राष्ट्रिय कानुनका दृष्टिले कमान्डर मेजर जनरल तोरणबहादुर सिंहले नै लिनुपर्छ । त्यसैले त्यस्तो आरोप खेपेका उनलाई सत्य- तथ्य र निष्पक्ष छानबिनविना बढुवा नगर्न अनुरोध गर्दछौँ ।
मानवअधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेसनलको अपिलः
सिंह गम्भीर मानवीय अपराधमा आरोपित भएकाले उनीमाथि अध्ययन नगरी बढुवा नगर्न सरकारसँग माग गर्दछौँ ।
मानवअधिकारवादी राष्ट्रिय संघ/संस्थाको सञ्जाल जवाफदेहिता निगरानी समितिको मागः
सिंहलाई पदोन्नति गर्नुपूर्व उनको कमान्डमा रहेको १० नं बाहिनीअन्तर्गतमा भएका मानवअधिकार हननका घटनाको विश्वसनीय छानबिन हुनुपर्छ । भैरवनाथ गणबाट नागरिक बेपत्ता पार्ने घटनाका दोषी किटान गरी कारबाही गर्न तथा दण्डहीनतालाई बढावा नदिन सरकारसँग माग गर्दछौँ ।
मन परे हरियो, नपरे रातो
8
1
प्रचण्डले भन्नुभयो -मेरो भनाइबाट यदि कोही राजनीतिक दलका नेता साथीहरूलाई नेपालको राजनीतिक स्वाधीनता र आन्तरिक राजनीतिक घटनाक्रममा विदेशी निम्त्याउन खोजेको भन्ने लागेको हो भने म सदनसम्क्ष यो प्रस्ताव राख्न चाहन्छु, हामी एउटा प्रस्ताव पारित गरौं, राष्ट्रिय स्वाधीनताका लागि, भारतसाग भएका असमान सन्धि सम्झौता खारेज गर्न, सुस्ता कालापानीलगायत सबै सीमा समस्या समाधान गर्न, स्वतन्त्र विदेश नीति विकास गर्न एक छौं भनेर प्रस्ताव पारित गरौं । कुनै न कुनै कुतर्कद्वारा सच्चाइलाई छोप्न सकिदैन ।
तर वैठकमा काङ्ग्रेसका दलका नेता रामचन्द्र पौडेल, एमालेका झलनाथ खनाललगायत अन्य राजनीतिक दलका नेताहरूले आफूहरू विदेशीको इशारामा नचलेको भने पनि अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाएनन् ।
बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भारतीय सेनाका स्थल सेनाप्रमुख दीपक कपुरबाट नेपालको स्वाधीनतामा हस्तक्षेप हुनेगरी आएको अभिव्यक्तिबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको
मन परे हरियो, नपरे रातो
10
1
गर्जिय संसद माँ प्रचंड भारतीय हस्तक्षेप को बिरुद्द माँ
” भारतीय सेना प्रमुख को हस्तक्षेपकारी बक्तब्य प्रति सरकार को द्रिस्तिकों ं के हो”? भनेर संसद माँ प्रचंड गर्जिदा कठपुतली माकुने र उसको मंत्री हरु न्यौरिमुन्ति न गरिराहे, न बोलन सके न खोकन नै सके, प्रचंड को यक्ष प्रश्न को जबाफ दिन ता परे जओस. सरकार माँ हुडा भारतीय हुकुम लाइ नातेरने बरु सत्ता त्यागं राजी हुने, लाखाऊ ू जनता को बिच माँ खुला मंच बात भारत को बिरोध गर्ने र संसद माँ जोड़ दार रूप माँ भारत को बिरोध गर्ने नेता भारतीय दलाल हुन्छ की भारतीय पुजारी फेरनहदें , भन्दै भारतीय को धोती समात्न पुग्ने रामचंद्रे, खडके आदि भारतीय दलाल? केसू, बीर, राज, निक, कृष्ण गोपाल, आदि जबाफ देऊ .
(आर्टिकल को कमेन्ट भन्दा बाहिर गएको भए पनी अत्यंत समासामयिक भएको ले यो कमेन्ट लेखेको हु.)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
महेस्जी
सहि कुरा सदन मा पनि सुनिएन याहाँ पनि कमैले सुन्छ होला/ तर महेस जी सहिकुराको लागि रातो निलो नहेरी लेख्दै जानु पर्छ/
मन परे हरियो, नपरे रातो
4
0
हाम्रा नेता हरुलाई मुरी मुरी धन्यवाद किनकि धमला काण्ड मात्रै हैन उनीहरुले यसरि नै धरै कु मुद्दा हरुलाई गधालाई गाई बनायर चोखायाका छन् ! जे भय पनि हाम्रा नेताहरु महान छन् नराम्रो कुरा लै प्रसय दिनमा तेसो त अब नेता हरुलाई मेरो एउटा अनुरोध छ .अब संबिधान हैन एउटा फिल्म बनाउनुस जसमा सबै मन्त्री भनौदा हरु हरुवा नेता लाई पात्र बनाउनुस अनि देश लाई सो फिल्म को युद्द को रणभूमि बनाउनुस हुनत यो बनाउन को लागि पैसा खर्च गर्नुपर्ने पनि मा देख्दिन किन अकी देश त रणभूमि नै बनिसकेको छ फिल्म चै सुपरहिट हुन्छ तेस्मा चै दुइ मत छैन .
मन परे हरियो, नपरे रातो
0
0
यो जनम मा अर्को चान्स आउदेइन पाएको बेलाम जे मनलाग्यो तेही गर्छु देस ,जनता ,कानुन भाड मा जाओस ,प्रधानमन्त्री जनताले बनाएको हो र अरुको आसिर्बाद बाट भएको हो म ! माकुने
मन परे हरियो, नपरे रातो
0
0
चाइनिज समान कमसल हुन्छ भन्छन साचो रहेछ प्रचण्ड ९ महिना मात्र टिके अब इन्डियन माकुने ले चाही साबित गर्ने भयो इन्दीन समान कमसल छैन भनेर. एस्तो टिकाउ बस्तु त export गर्न पाए हुने नि कि कसो
मन परे हरियो, नपरे रातो
0
2
यो माकुने कठपुतली सरकारले यसभन्दा बढी के नै गर्न सक्छ र \ देशको ढुकुटी रित्त्यौनी, गुन्दगर्दिलाई संरछन् गर्ने, सुकुम्बासीलाइ र गरिब जनतालाइ गोलि ठोक्ने, आफ्ना नातागोतालाई बिदेशमा सरकारी ढुकुटीबाट भ्रमण गराउने आदि कुकाम गर्ने नै माकुनेको विशेषता भयका छन् \
मन परे हरियो, नपरे रातो
1
0
खै के भन्ने? के नभन्ने? के सुन्ने? के नसुन्ने? म त केहि सोच्न सकिरहेकोछैन यहाका नालायक नेताहरुको चालामाला देखेर /
मन परे हरियो, नपरे रातो
0
0
हरी शिव …आखिर मुद्दा फिर्ता लिएरै छोड्यो……येस्ता देशद्रोही हरु लै पनि छोड्यो है …हुन त यो सरकार नै देशद्रोही हरु को सरकार हो आशा त की थिएन त पनि एउटा लाज भन्ने कुरा पनि हुन्छ नि … मन्त्रि भै सके पछि जे पनि गर्न पैंचा जे होस् नेपाल मा …. हैन यो माकुने त कुकुर नै भएर निक्लियो भन्या…. अब जे होस् मुद्दा फिर्ता लिएर निकाली हलेचौ अब धमला बजिया लै एउटा मन्त्रि पद पनि दिने हो कि त माकुने जी? लाज न भाका नक्कचारा ले येसो गर्न पनि बेर छैन …..
मन परे हरियो, नपरे रातो
2
0
शरदजीको पढेर आखानै रसायो। ……………म पनि विश्वासको साथ प्रतिक्षामा छु नयाँ विहानीको।
मन परे हरियो, नपरे रातो
1
0
बिचरा माकुनेको सातो गएछ, नाकै गएछ, नांगै भएछ बानेस्वोर्मा प्रचण्डले भाषण गरेपछी . त्यसलाई साटो फेर्न प्रचण्डको शासन कालमा अपराधी ठहरिएको देशद्रोहीको रुपमा चिनिएको धमलाहरुको मुद्धा फिर्ता गर्ने निर्णयले आफ्नो अर्को नाङ्गोपन ऊजागर गरेको छ.
मुर्कुट्टा सरकारले कुनै जनहित काम सके पो गरोस त् पनि . काम नभए पछि यस्तै ऊल्पत्यांग दूस्कार्य र रास्ट्रको ढिकुटी सकाऊन जम्बो टोलिहरु विदेश भ्रमण गर्न मात्र तल्लिन छन् . सत्तामा बसेको छु जे पनि गर्न सक्छु भनेर सत्ताको गलत ऊपयोग हो यो . माकुने तिमि सत्तामा बसेर राजनीतिलाई फोहोरी नबनाऊ . तिमीलाई भारतको पहलमा नेपालको प्रम पद हत्याएको हो, यो आफैमा लज्जास्पद छ . त्यसैको आडमा अत्तिरंजित किसिमले नेपाल आमाको बिरुद्ध दुस्कर्महरु नगर. तिम्रो ति पापहरु हजारौ गङ्गा हरुमा नुहाए पनि पखालीने छैनन् . भारतीय केहि धुस्रेहरुले तिमीलाई तथास्थु गरे पनि करोडौ देशप्रेमीहरुले तिमीलाई थुकेको थुकेकै छन् .
ख्याल गरेश.
मन परे हरियो, नपरे रातो
2
0
we cant except anything frm this puppet government . They r gifting all the criminals and culprits of janaandolan for their post. i am feeling shameful to called my self a nepali at this time
मन परे हरियो, नपरे रातो
1
0
मकुने को लाछी सर्कार ले गरेको यो फैसला मा मलाई कुनै आश्चार्य लागेको छैना. ये नेता हरु ले पछि सत्ता मा नहुदा लुटी खाने बाटो बनाको मात्र हो. माओबादी ले सुरु गरेर सबै लाइ सिकाई दियो अब सबले तेही बाटो अपनाउदै छन् अब सत्ता मा अफना मान्च्छे हुनेहरु ले जे गरे नि हुन्छ . यो दंदहिनाता को पराकास्ठा हो. यो गिरिजा,मकुने ,प्रचड़े जस्ता मान्च्छे हाम्रो देश मा हुन्जेल कसैले bomb पद्कायेपनी CDO कूटे पानी जे गरे नि कसलाई केही हुने वाला छैना . तेसैले यी रक्त पिपासु हरु नेपाल मा संबिधान बन्न दिदैनन.संबिधान बने यी जुकाहरु ले मनोमानी गर्न पाउनन नि .थुकक लाच्छी नेपाल आमाका कपूतहरु तिमी हरुलाई धिक्कार छ.
मन परे हरियो, नपरे रातो
0
1
होइन नेपाल मा पत्रकार ले चै कानुन भित्र बस्नु पर्दैन ? पत्रकार लाई छोयो कि प्रेस स्वतन्त्रता हनन हुने रे … एस्तो पनि हुन्छा कहिँ ?
मन परे हरियो, नपरे रातो
2
0
धेरै राम्रो कथा बनेछ यो १० महिनामा | एउटा चलचित्र बनाउनलाई पुग्छ होला |
नायक – धमला
चरित्र अभिनेता – गिरिजा
सह नायक – माकुने
खलनायक – नेपाली जनता (नेपाली चलचित्रमा नायकको बिरुद्ध जाने लाइ खलनायक भनिन्छ नि )
निर्माता – पत्रकार महासंघ
मन परे हरियो, नपरे रातो
3
0
ए… साच्ची … निर्देशक त छुटेछ
त्यो त सबैलाई थाहा छ नि – उही त हो — राकेश सुद एंड कम्पनि
मन परे हरियो, नपरे रातो
3
0
कस्ले किन पक्डयो? कस्ले किन छोड्यो? जनतालाई जानकारी चाहियो? सूचनाको हक भनेर वकालत गर्नेहरू किन जनतालाई जानकारी दिन डराउदछन् ? कम्युनिस्टहरूको नौटंकी देखेर जनता दंग छन ।
मन परे हरियो, नपरे रातो
1
1
हामीले लेखेर के हुन्छ कसले सुन्छ | अब हामी हुनुको कुनै अस्तित्व छैन | तर पनि म अझै नेपाली हुनुमा गर्व गर्छु किन ? मलाई नै थाहा छैन यो मेरो देश प्रेम हो कि मेरो पागलपन? मलाई अझै पनि नेपाली हुनुमा हिनताबोध छैन | म अझै त्यो सुनौलो बिहानीको प्रतिक्षामा छु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
0
शरद जी तपाइको भावना लाइ मा कदर गर्छु | मलाई पनि त्यस्तै लाग्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
7
शरद जी
के रुवाउन खोज्नु भएको हो?
मन परे हरियो, नपरे रातो
5
5
शरद जी,
तपाईको तिन लहर लेखाईले मनै छुयो
सुनौंलो बिहानीको प्रखाईमा को छैन सबै छौं…
मन परे हरियो, नपरे रातो
4
2
यी टेलीफोन संवाद सुने पछि चेतना नबिग्रिएको कुनै पनि मान्छेले यी पत्रकारको खोल भित्रका व्वासाहरुको असलियत राम्ररी नै थाहा पाउछ । यतिको घाम जस्तै र्छलङ्ग प्रमाणलाई पनि यो सरकारका मन्त्रिहरुले नवुझनु भनेको या त यिनीहरुको मष्तिस्कमा गोवर भरिएको छ या त यिनीहरु पनि यी जघन्य अपराधका मतियार हुन । फोन वार्तामा भएको पैसा यिनीहरुको खल्तिमा पनि पुगेको हुनु पर्छ । प्रहरीले राम्रैसंग प्रमाण पुर्याएर अभियुक्तहरुलाई पक्रेको थियो र स-प्रमाण अदालत पेश गरेको थियो । पत्रकारको बर्को भित्रका अपराधिहरुको चन्दा/अपहरण आतंकको टेलीफोन वार्ता विभिन्न समाचार माध्यमवाट संसारले नै सुनेको छ । तर कताको कुन वटम दावियो कुन्नी ? प्रम माधव नेपालले मुख हुदाहुदै नाकवाट पानी पिए । अदालत हुदादुदै ‘दुधको साक्षी विरालो’ पत्रकारहरुको छानवीन समूहले अपराधि धमलालाई ( नेपाल सरकारले नै सप्रमाण अपराधिको रुपमा पेश गरी राखेको अवस्था भएकोले उनीहरु अझै अपराधी नै हुन ) निर्दोष देखाएको कुरा वढि विश्वास लाग्यो र नेपाल प्रहरीको त्यत्रो अनुसन्धानलाई उनले धोती लगाई दिए । अझ अव आएर सवै निर्दोष ? नेपाल सरकार ! खवरदार ! अब यी पत्रकारहरुले बम हानेर मारेका स्कुले नानीहरु मारिएका होइनन् भनेर उनका बा/आमालाई जिम्मा लगाउ र तिम्रा यी प्रिय पात्रहरु विरुद्ध त्यो प्रमाण जुटाउने नेपाल प्रहरीको टीमलाई असल नागरीक विरुद्ध प्रहरीले षड्यन्त्र गरेको भनि कार्यवाही गरेर देखाउ । दुनियाका छोराछोरीको त्यो हविगत आखिर तिम्रा छोराछारीलाई भएको संझन नसक्ने यस्ता विवेकहीन पशुहरुलाई जनताको अविभावक हुन सुहाउदैन । अलिकति पनि नैतिकता बचेको भए सरकारी झुण्डका कुनैले यसमा फरक मत राखेर राजीनाम गरेर देखाउ । यो नाटकका कारण दुनियामा चेतना भएकाहरुले अहिले तिमीहरुलाई राम्ररी चिन्ने मौका पाए । दुनियाले नराम्रो गरी थुकेका छन यो सरकारका भनाउदो झुण्डलाई । मौकामा संझेलान यसको पनि हिसाव किताब !
मन परे हरियो, नपरे रातो
5
0
नाटक पनि नाटक नै रहेछ साला माकुने ले हेर अदालत लै पनि मात हानिदियो
मन परे हरियो, नपरे रातो
3
0
सरे लाज मर्दो कुरा भो यो त .
आखिर नेपाली नेता को औकात नै के छ र ?
यस्तै भएर त चुनाब पनि त हरे . अनि हारेका झुण्ड हरु त छ यो सरकार मा
पोलिटिक्स इस नोट लिके थिए डर्टी game .
राजनीति इज्जत र प्रतीस्ता को खेल हुनु पर्छा र बिकसित देश मा यस्तै हुन्छा.
धमला र सम्पूर्ण पत्रकार को बेइजत हो हो.
कुससन को नमुना हो.
मन परे हरियो, नपरे रातो
0
0
ल बल्ल भएछ “दण्डहीनता” को अन्त्य !
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो देश को जनता हरु ले तेस्तो हरुवा छेरुवा ओबामा संग फोटो खिच्न पाए भनेर रमाउने स्तर हिन कोपन्हेगन छलफल को निस्कर्स मेरो सरकार को सपोर्ट राम्रो छ भन्ने निस्कर्स ल्याउने बिबेक हिन देश को सम्बेदन सिल ठाउँ मा बम्ब पड्काउने र नेपाली जनता मार्ने अपराधी लाई निर्दोस बनाउने चरित्र हिन , देश को स्थिति थाहा न भए जसरि टुरिस्ट गाडी मा काठमाडौँ घुम्ने नाटकी प्रधान मन्त्रि कोस सकेर दोब्बर पैसा सरकारी कोष बाट पारित गर्ने नमुना लाई पनि पचाई रहेछन बिचरा लाचार र बिबस नेपाली ,,,हौ हामी हरु
मन परे हरियो, नपरे रातो
2
0
सुन्नेलाई गार्हो भयो यो माला !
गर्नेलाई जुत्ताको माला !!
यो कथा नरकमा जाला !!!
के नेपाली हरुले टुलु टुलु हेरी बस्ला ?
“काशी कास्मिर अजब नेपाल”
सुरज श्रेष्ठ
मन परे हरियो, नपरे रातो
1
0
बुढी मरी भनेर होइन की काल पल्क्यो भनेर डराउनु पर्यो | नेपालको राजनीतिक र कानुनी क्षेत्रमा यो बदनाम धमिला काण्ड दिर्घकालिन असर गर्ने नजिर भएर बस्ने छ | यो त दिउँसै रात पार्ने काम भयो र पुरै लाज पचाएर कालोलाई सेतो भनिएको छ |
मन परे हरियो, नपरे रातो
3
0
हैन वो अब जनता मिलेर केहि गरौं न यी नेताहरु सबैलाई देस बाट लखेतौं
.साथीहरु यी नेताहरु को नाटक त सारै धेरै नै भो.जसले जे गरेपनि हुने यो त रावण राज्य भएन र???
मन परे हरियो, नपरे रातो
4
0
like father like son,
like nepalese people like politicians. all those who r leavin their comments here are responsible for the current situation of nepal. all nepalese people have backed up these politicians to do whatever they r doin. have u guys ever thought of that?. “who cares, life goes on anyway”, the best nepalese proverb..! god bless nepal and its jerky and dumb people…
मन परे हरियो, नपरे रातो
0
1
हजारिया पत्रकार हुन् भन्थे, नेपालका पत्रकार…धमलाले गलत साबित गरिदियो, अब नेपालका प्रधानमन्त्रि नै हजार रुपैया मा किनिदियो…..
प्रधानमन्त्रि = हजार
रास्ट्रपति = देश को यो गति
पत्रकार = बेकार
जनता = अंधा
देल्ही = गर्यो हाम्रो यो इल्ली बिल्ली …!!!
मन परे हरियो, नपरे रातो
7
0
बिचरा माकुने ! नछाडी के गर्नु र ? जेल हालु इंडिया रिसाउने / गोलि हान्नु पत्रकारले पत्रकार सहिद घोषणा गर भन्लान भन्ने डर / मुद्दा फिर्ता लिए धमला लाइ मन्त्रि बनाउन पाइने / जनता ले केहि भन्दैनन् , केहि भने भने नसुने भै गो / माओबादी ले विपक्षबाट कराएर के नै पो बिग्रछा र ? थुक्क पतित !
मन परे हरियो, नपरे रातो
7
1
हाम्रो नेपाल बाट नोवेल शान्ति पुरुस्कार पाउने हरु को नामावलीमा गिरिजा कोईराला र ऋषि धमलाको नाम नोमिनेसन मा गाको छरे । मुद्दा फिर्ता लिनु परेन ।
मन परे हरियो, नपरे रातो
5
0
माकुने पनि बिचरो के गह्रोस भन्या रिमोट अर्कैको हात मा छ दर्सक हामी शान्ती को च्यानल मन पर्छ अब रिमोट हुनेले च्यानल चेन्ज गर्दिरहन्छन बिचरो बबुरो लाई के गाली गर्नु । हग भने हग मुत भने मुत । अब त दया लागेर आउन्छ हो साथी हरु ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
4
माकुने चलाउने घुम्ने रिमोट कन्ट्रोल को ब्याट्री सकिन लागि सक्यो/ अब के माकुने मुर्ति जस्तै ठिंग उभिरहने त् होलानी/ आफै चलन सक्ने त्यो होयिन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
3
माकुने को सरकारलाई खुला प्रस्न
अब के हामि पनि रंबिर सेनाको मतियारिगर्दै लुट हत्या र अपहरणको धम्कि फोनमा दिंदै फिरौती माग्न सक्छौं? के गर्ने अरु पेशाले धनि बन्न सकिएन/ फेरी इमानको अरु काम गर्न नेपालमा बन्द हड्तालले धेरै बाधा गर्छ र फेरी जागिर पाउन नेतालाई चाकरी गर्नु पर्ने र रकम पनि बुझाउनु पर्ने/ बेकारिले सारै हालत खराब भयो/ अब ऋषि धमलाकै पेशा अपनाउनु पर्यो तेसैले सोधेको/
फेरी जेलमा अरु पनि तेस्तै प्रकृतिको अरु पनि सदि रहेको छ उनीहरु पनि अब छुट्ने त् होलानी? छिटो छोदिदिनुस अनुभबी हरुको सलाह र साथ लिनु पर्ने भयो/ गर्नु पर्छ अब योंई नेपालको रास्त्रिये पेशा बन्ने भयो/
धन्य रहेछौ माकुने तिमित!! मन मोहन ले तेतिकै विद्वान भनेको रहेनछ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
2
nice tragedy …… कुरा सकियीहाल्यो नी ।।।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
बर्साजी
कति राम्री बच्ची/ उम्लिएको रिस पनि चिसिने/
मन परे हरियो, नपरे रातो
5
1
नाटक १० महिना देखि मात्रै हैन बर्सौ देखि चली आएको छ . किन ऋषि धमला ले नराम्रो कार्य गर्दा बिना सजाय मजा ले छुत्चन यो माधव नेपाल को कार्यकाल मा . किन यस्तो कार्यको लागि नेपाल बन्द हुदैन नेपाल मा. किन kunai भ्रस्ट ब्यापारी गिरिजा ले चुतौदा नेपाल बन्द हुदैन. किन हिसिला यमी ले आफ्नो मान्छे सरकारी कार्यालय मा नियुक्ति गर्छन त्यो बेला नेपाल बन्द हुदैन.
नेपाल मा खाली कुर्सि ko लागि मात्रै नेपाल बन्द बिरोध हुन्छ.
आफु बाहेकअरु लै कुर्सि मा हेर्न नचाहने आफु बाहेक अरु सबै लै नालायक भन्ने नेता संग कति ज्ञान छ भन्ने बारे मा कुरा गरौ न बरु .
सबै नेता हरु उस्तै हुन्, भनेर jahile पनि आन्दोलन गर्नु पनि राम्रो हुदैन होला. सत्ता मा बसेकालाई केहि kaam गर्न जोश्यु. र गलती गरेमा आन्दोलन गरौ. नकी नेता हरु को कुर्सि मोह लै साथ् दिउ.
पहिले कान चमु त्यसपछि दौदु, नेता हरुले भनेको सबै कुरा ठिक भनेर नसोचौ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
निर्लज्जता र लाचारिता नै हाम्रा प्रधानमन्त्रिको oxygen हो | रमिते जनता हरु र पागलपनले भरिपुर्ण नेताहरुले खचाखच भएको मेरो देश नेपाल मा हाम्रा भाबी पुस्ताहरुले इतिहास पढेर हास्नेछन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
5
bull shit…let’s kick this PM outta Govt….He’s not capable for the post…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
6
खै के भनौ कसरि भनौ मेरो देश मेरो देश नै हो भनेर | मसंग अब लेख्न सब्द नै छैन कसलाई गाली गरु कतिलाई सरापू | जे होस् आखा चिम्लियो, मुख थुन्यो र कान बन्द गर्यो | गान्धीका तीन बादर भए सब नेपाली अब | धिक्कार छ हामीलाई, हाम्रो देशलाई र हाम्रो जुनीलाई; बहादुर तर मुर्ख गोर्खालीलाई |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
3
Good well done Nepal comred !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
16
कथा खत्तम सुन्ने लाई सुनको माला भन्ने लाई फुलको माला यो कथा बैकुण्ठ जाला ……….. फेरी दोहोराएर भन्दा कसैले नसुन्ला ……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
17
उमेशजी
कथा खतम सुन्नेलाई सुनको माला भन्नेलाई फुलको मा यो कथा बैकुण्ठ जाला भन्नु भयो तर यो कथा बैकुण्ठ जान्दैन एमराज को अदालतको न्यायधिस चित्र गुप्त काहाँ अबस्येनै जाने छन्/ धेरै कुर्नु पर्दैन अस्ति सिंगापुर अब बिर अस्पताल मा मूल अपराधीको उता तिरको धुम धाम को यात्राको ब्यबस्था हुँदैछ/ मनमोहनले बडो सछ्यम र विद्वान भनेको माकुने ले यो कुरा मा ढिला गर्ने छैन होला भनि आस गरूँ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
7
जति घुमाएपनि उस्तै बह्ये पछी किन नाटक गर्नु पर्यो थुइक्क मरिजालास
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
12