बोस्टन, अमेरिका
यहाँको ७७९ सेन्टल स्ट्रीट, जमैका प्लेनमा अवस्थित टेडस्ची फुड स्टोरमा काम गर्ने नेपाली सुरेन्द्र डंगोल (४०) को शनिबार स्थानीय समय दिउँसो ४ बजे गोली हानी हत्या गरिएको छ । उनलाई छात्तीमा गोली हानीएको थियो र उनको तत्काल घटनास्थलमा नै मृत्यु भएको थियो । हाल मृतक डंगोलको सवलाई ब्रिंघम एण्ड उमन्स् हस्पिटलमा राखिएको छ । पछिल्लो पटक उनी नेपाल गएर दशैँ मनाई अक्टोबर २२ मा अमेरिका फर्केका थिए । उनी ४ वर्ष अघि डिभी भिसामा अमेरिका आएका थिए। पाकिस्तानी मूलका व्यापारीद्वारा संचालित उक्त स्टोरमा गएको हप्तादेखि मात्रै काम शुरु गरेका रहेछन्। उनको परिवार हाल वनस्थली काठमाडौंमा बसोबास गर्दारहेछन्। उनका श्रीमती एक छोरी छन् उनीहरु अमेरिका आउने तरखरमा रहेको उनको नजिककै साथीले बताए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र हालसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएको छ। मृतक डंगोलको फेसबुक प्रोफाइलबाट लिइएको यो तस्विर। उनको तस्विर फेसबुकबाट साभार गरिरहँदा निकै भावुक भएँ। म त्यस्तो प्रोफाइल हेर्दै थिएँ जसलाई अपराधीहरुले सँधैको लागि बन्द गराइदिएका थिए। मृतकको आत्माको चिर शान्तिको कामना।
No related posts.









Its very sad and shocking news for all.
यस्तो घटना फेरी न दोहोरियोस सबै चनाखो हुनु पर्यो
मन परे हरियो, नपरे रातो
3
0
may his soul rest in heaven.
मन परे हरियो, नपरे रातो
0
0
सुरेन्द्र डंगोलको गोलीहानी दिनदहाडै गरिएको पासविक हत्याले म लगायत समस्त नेपाली तथा मानब जातिकोलागी पीडाबोध तथा दुखदायी बनाएको छ / यसले अमेरिकामा पनि हत्याका घटनाहरु भैरहेका छन् भन्ने यथार्थ चित्रण गरेको छ / अब हामीले एकपटक आफ्नो काम गर्ने स्थान तथा सुरक्षाको बारेमा राम्रो संग बुझी काम खोज्नु पर्ने भए जस्तो लाग्छ मलाई / हामीले काम गर्दा ग्यास स्टेशन र एकान्त ठाउँमा काम खोज्नु सायद उपयुक्त हुदैन जस्तो लाग्छ / एक्लै काम गर्दा बढी खतरा देखाएको छ यस्ता घटनाले / म सुरेन्द्र डंगोलको परिवारलाइ समबेदना बाहेक के नै दिन सक्छु र अहिले / आखा भरि आसु झर्दै बस्नु बाहेक केहि छैन हामीसंग अहिले सुरेन्द्रको सम्झनामा ….
मन परे हरियो, नपरे रातो
1
0
यो खबर सुन्दा सारै नै दुख लाग्यो हरेक महिना दुइ महिना मा एस्तो खबरहरु यहाँ शुन्ना मा आइराखेका हुन्छन मारिनेमा प्राय नेपाली दाजु भै नै परेका हुन्छन के गर्ने एस्तो खतरा को ठाउमा काम गर्नु पर्ने हाम्रो आफ्नै बाध्यता र बिबसता नै हो येही कुरो नेपाल मा हुने आफन्त र साथी भैली भन्यो भने आफु गयो अनि अरुलाई सहयोग गर्नु पर्ला वनेर तर्कदै छ भन्छन / न त घर परिवारकाले नै यो कुरा लाई राम्रो संग लिदिने / काम गर्न गएको काम गर्न नसकेर फर्कने कुरा गर्छ भन्छन सबै ले काम गर्दा त किन नसक्ने भन्छन यो सबै कुरा दिनहु सुन्नु भन्दा त एक दिन त आखिर जानै पर्छ येही मारे मार्छन भनेर खतरा मोली काम गरि भासने हाम्रा नेपाली दाजु भाई यहाँ धेरै छन् नेपाल को राजनैतिक परिवेश राम्रो र दिर्घ हुन्त्यो भने जिउदै यो नर्क मा बस्न कुन नेपाली लाई मन छ र? म र मेरो अर्को साथी काम गरि रहेको बेला म गत दसैं को बेला रति पौने दश बजे गन पोइन्ट मा परेका छौ दैब को दयाले बचियो पैसा गएपनि जिन्दगीमा फिल्म मा भन्दा रियालिटी मा फेस टु फेस एसरि पिस्तोल निधार मा तेर्साएको त देखेको थिएन/ जति भने पनि जति लेखे पनि यो यहाको कहानी सकिदैन कृपया कुनै पनि नेपाली दाजु भाई हरु अमेरिका आउन का लागि दलाली लाई पैसा खुवाएर न आउनु होला यहाँ न तपाई बिमारी पर्दा कोहि कसैले हेर्छ न तपाई खान बिना मार्दै हुनुहुन्छ भनेर खान दिन्छ के आफन्त के अर्को के संस्कार के संस्कृति के मर्दा पर्दा अहँ केहि पनि छैन यहाँ त हामी ले हाम्रो नेपाल लाई नै राम्रो र बिग्रिएको राजनीतिक बाताबरण लाई सुध्रने तिर लागौ तेही स्वर्ग जस्तो देश मै बसौ कोहि kosai को lahai lahai मा न लागि आफ्नै bhumi मा केहि गर्ने jamarko garau yesaima हामी सबै नेपाली को bhalo र hamra aaune naya pidika ले hamile bhogeko दुख pida र asanti bhogna naparos . यो मेरो anubhab लाई pokheko matrai हो bichar तपाई हरु को aafnu
anta मा dhangol ji को mritatma ले santi paos pariwama dhairya dharan गर्ने shakti milos येही मेरो kamana . dhanyabad,
मन परे हरियो, नपरे रातो
4
0
खबर सुन्दा मलाई पनि दु:ख भो म आफु पनि बोस्तोन मै बस्ने हुनाले मिर्तक को आतमा ले चिर्सन्ती पओवस साथै मिर्तक को परिवार ले धर्य धरान गर्न सकुन.
मन परे हरियो, नपरे रातो
0
0
म लगायत सबै नेपाली यो खबर बाट मर्माहत भए को छौ. मा मधेसी फोरम को केन्द्रीय सदस्य को नाताले हाम्रो संगठन को मार्फत सम्पूर्ण नेपाली लाई यो दुखद समयमा ईस्वर ले धैर्य धारण गर्ने छामता प्रदान गरुन
मन परे हरियो, नपरे रातो
0
2
we all nepalease hurt after hearing this news. Terroist should be clean from whole wold.We all should fight against terriosm and terroist.Either Dv lottery sould be closed by us government or usa government should provide safety of its all immigirant from different part of whole world or american embassy in should be closed by nepal government from its goverment level decision. As nepalease citizen we all nepalease should talk to our primeminister and president of nepal Dr.R.B.Yadav.From all madhes and medhesi of nepal we going to talk with upendra yadav,rajendra,bijay gachhedar and matrika yadav about this situation of nepalease in usa.
मन परे हरियो, नपरे रातो
1
2
Its very sad and shocking news for all nepalease stay in forigen contry
Er.Sanjeeb yadav
Aiken
South carolin
मन परे हरियो, नपरे रातो
0
0
अमेरिकनले नेपालीको छातीमा सिधै गोलि हान्नु हुने , तर नेपालीले अमेरिकनको लोटेरी ठग्नु नहुने ……….???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
12
मृत आत्माकॊ चिर शान्तिको कामनाका साथमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना
प्रकाश हुमागाई
उमा खतिवडा हुमागाई
सिड्नी
मन परे हरियो, नपरे रातो
0
0
सुरेन्द्र डंगोल जी को आत्मालाई चिर शान्ति को कामना गर्दछु
मन परे हरियो, नपरे रातो
0
0
सुरेन्द्र डंगोलजीको दुखद घटनाले सबै नेपालीलाए स्तब्ध बनायो । मृत आत्माको चिर शान्तिको कामना। मिर्तक को आफन्तलाई समबेदना पर्कट गर्दै भगवान ले धैर्य धारण गर्ने सक्ति पर्दान गरुन, पार्थना गर्छु | यो क्रुर हत्या हरुमा सलग्न पापी हरुचाडै नै कानुनको हत्केडि लागोस जहा मिर्त आत्मा ले शान्ति पाउने छ भन्दै म हार्दिक समबेदना ब्यक्त गर्दछु.
मन परे हरियो, नपरे रातो
1
0
i am very shock by listening this news. it is very sad to all the nepalese people who stay in usa. i had deep regret with his family members in this situation. i like to give the deep condolence to all his family from our madeshi people .
मन परे हरियो, नपरे रातो
0
0
it very shocking for all neplease community who stay in nepal.i had deep regret with his family member in this situation. i like to give deep condolence to all his family member from our madhesi community front in united state of america. terroist did not know importance of human life.we all must united to defeat such a crimanal activity in usa.
मन परे हरियो, नपरे रातो
0
1
हार्दिक समबेदाना ! मृत आत्माको चीर शान्तिको कामना !
मन परे हरियो, नपरे रातो
0
0
i am very sad while hearing this news. hope god will help to support their family.we all are always ready to help them who suffer from accdient.
मन परे हरियो, नपरे रातो
2
0
अमेरिका दिन प्रतिदिन असुराचित हुदै छ /////
मन परे हरियो, नपरे रातो
6
0
संजीब निरुला जी यो ब्यंग गर्ने समय होइन / ख्याल गर्नुहोस /
मन परे हरियो, नपरे रातो
2
1
अमेरिका मा नेपालि माथि किन यसरि शृंखलाबद्द तरिकाले हत्या भैरहेको छ हँ?समाचार पढेर सार्है दुख लाग्यो. मृत आत्मा को चिर सान्तिको कामना अनि सोक सन्तप्त परिबार मा हार्दिक समबेदना ब्यक्त गर्दछु.
मन परे हरियो, नपरे रातो
2
1
सोर्गीय डंगोलजी को आत्माले सांति पयोस र संतप्त परिवारमाँ हार्दिक समबेदाना ब्यक्त गर्दछु साथै भागावानले सहन सकती प्रदान गरून
मन परे हरियो, नपरे रातो
2
0
May his departed soul will rest in peace in heaven.
मन परे हरियो, नपरे रातो
0
0
एक नेवार युवा को निर्मम हत्या भयकोमा सारा नेवा: राज्य स्तब्ध छ | मृतात्मा ले चिर शान्ति पावोस |
मन परे हरियो, नपरे रातो
0
15
Heartly condolence……………
मन परे हरियो, नपरे रातो
0
0
डंगोल जी को आत्माले शान्ति पावोस
हत्याराहरुलाई पुलिसले चाडै समावोस
भाउजु र नानिले धर्यता गर्न सकुन
मार्ने र मर्ने नहोस कामना यहि गरौ**
संसार मा मानवता पलावोस
सबै भाइ भाइ को बीच प्रेम आवोस
नेपालमा रोजगारी होस् प्रसस्तै
नजानुपरोस विदेश मा जिबन धान्नै
संसारमा हिँसा र हत्या किन हुन्छ ?
नेपालि चेलीको सिन्दुर किन खोसिन्छ ?
सबै मिलि यसको छान बिन गरौ है
बाच्न र बचाउन नेपालि ले सघाउ* है
संसारको सक्तिसाली देश यहि हो
बिस्व भरिको मानब बस्ने घर हो
तर पनि किन हत्या यस्तो हुन्छ ?
उत्तर यसको भ न को संग छ ?
ए भाउजु नरुनु होस् जे हुनु भयो नि
हामी पनि रोयौ** अति,जानु नै भयो नि
इश्वर संग पार्थना गर्दछौ** सारा
हजुरहरुको इस्वर बनुन सहारा
मन परे हरियो, नपरे रातो
5
3
So sad news.
मन परे हरियो, नपरे रातो
0
0
दुख लाग्यो डंगोल जी आत्मा ले शान्ति पाओस के गर्नु अपराधी छिट्टो समतिएओस्
मन परे हरियो, नपरे रातो
0
0
सारै दुख को खबर आयो/ कुनै दिन मा तेही 779 सेन्टर स्ट्रीट नजिक काम गर्थे/ आज तेही नजिक एस्तो खबर ले डर लाग्छ/ मृतकको आत्माले चिर शान्ति पाओस/ jamica plain त सेफ छैन र बोस्टन राति घर जादा सारै डार् हुन्थो/ जे भय पनि सबै नेपाली को लागि अर्को दुख को खबर हो यो/
मन परे हरियो, नपरे रातो
0
0
मृत आत्माको चिरशान्तिको कामना !!!!
मन परे हरियो, नपरे रातो
0
0
सारै नराम्रो खबर । मृतकको परिवारलाई हार्दिक समवेदना तथा मृत आत्माले चिर शान्ति पाओस । अपराधीको पहिचान गरि सम्बन्धित देशको कानुन बोमोजिम कारबाही होस ।
दुर्गा प्रसाद खनाल
सुलाई रियाद
के स ए
मन परे हरियो, नपरे रातो
0
2
सुरेन्द्र डंगोलजीको हत्याको समाचारले सारैनै इस्तब्ध बनायो, उँहाको आत्माको चिरशान्तिको लागि भगवानसंग प्राथना गर्दछु र परिवारजनमा यो दु:खको घडीमा धर्य धारण गर्न सक्ने क्षमता भगवानले प्रदान गरुन / अपराधीको पता गरि उचित कारबाहीको लागि सम्बन्धित निकायको लागि आनुरोध गर्दछु /
प्रकाश अधिकारी
मन परे हरियो, नपरे रातो
3
0
सारै नराम्रो समाचार सुन्नु पर्यो,डंगोल जी को आत्माले शांति पायोस/
मन परे हरियो, नपरे रातो
2
0
सारै नराम्रो खबर सुन्नु पर्यो, उहा को आत्मा ले शांति पायोस /
मन परे हरियो, नपरे रातो
2
0
हाम्रा अतिनै मिलन सार साथी सुरेन्द्र डंगोल को मृतक आत्मा ले चिर शांति पाओस/
मन परे हरियो, नपरे रातो
5
0
ओहो कस्तो नराम्रो समाचार सुन्नु पर्यो चिर सान्ति को कामना गर्दछु
कृष्ण कोइराला
मन परे हरियो, नपरे रातो
6
0
अमेरिका भयका सबै नेपालीको बिसेसता बिधार्थीहरुको समस्या तेही हो स्टोर मा काम गर्नुपर्छ अनि मिर्तु संग लड्नुपर्छ| यो दुखको कुरा हो हाम्रो देशको स्तितिले बाध्यात्मक रहर बनायको छ नेपालीलाई विदेश जान| यो दुखद घडीमा मिर्तक आत्माको चिर सान्ति को कामना गर्छु साथै मिर्तक को आफन्तलाई समबेदना पर्कट गर्दै भगवान ले धैर्य धारण गर्ने सक्ति पर्दान गरुन, पार्थना गर्छु |
मन परे हरियो, नपरे रातो
7
0
may his soul rest in heaven
nepal =america
crime in nepal =crime in america
using drugs in nepal=using drugs in america
मन परे हरियो, नपरे रातो
3
1
may his soul rest in heaven
एक नेपालीले दश लाख डलर लुट्दा Fbi लगायो अहिले एक नेपाली को हत्या हुदा कता गयो अमेरिकन कानुन र fbi
नेपाली र अमेरिकन मा के नै फरक भयो र
मन परे हरियो, नपरे रातो
6
5
when the guy robbed 1 million dolars,, it was from the state lottery.. state means BIG,, a guy at a common convenient store went down,, sad coincidence he was our nepali brother,, lotta people go down here everyday in states,, FBI is for state and country,, for these homicides and lil crimes,,police is there,,and they are investegating..
i am staying here since 8 years now… its white people place,,who gives a damn about us which cant be even known in the globe..
मन परे हरियो, नपरे रातो
0
2
well i wish his eternal soul rest in peace and deepest sympathies to family members.
मन परे हरियो, नपरे रातो
0
0
दुखद घटना ले स्तब्ध बनायो । मृत आत्माको चिर शान्तिको कामना। शोकाकुल परिवार प्रति सम्बेदना ।
नेपालमा मारिएको भए नेपाल बन्द हुन्थ्यो होला। भनिन्थ्यो होला माओबादीले मारे । किन होला अमेरिकामा पनि सुरक्षा को ग्यारेन्टी नभएको ?????????? अमेरिकामा बस्नु हुने सबै नेपाली दाजु भाइ हरु मिलेर शबलाई नेपाल पठाउनु हुन पहल गर्नुहोस् आशा राखौ अरु नेपाली ले ज्यान गुमाउन नपरोस। एक नेपाली = एक डलर चन्दा उठाएर अलिकती आर्थिक सहयोग पनि गरौ । कसो मित्रहरु ??????????
मन परे हरियो, नपरे रातो
11
5
मृतकको परिवारलाई हार्दिक समवेदना तथा मृत आत्माले चिर शान्ति पाओस!!!!!!!!!!
sherpa family form newyork.
मन परे हरियो, नपरे रातो
2
0
हार्दिक समबेदना !!!
आत्मा ले शान्ति पाओस
Madhav Mainali
Huntsville, AL , USA
मन परे हरियो, नपरे रातो
1
0
हार्दिक समबेदना !
आत्मा ले शान्ति पाओस, ऊ परम् तत्वाय नारायण गुरुभ्यो नमः
माधव मैनाली
हन्त्स्विल अमेरिका
मन परे हरियो, नपरे रातो
3
0
My heartfelt condolence to Dongol Family. May his Soul rest in heaven
मन परे हरियो, नपरे रातो
0
0
हार्दिक श्रद्धाजलि , मृतकको आत्माको चिर शान्तिको कामना गर्दछौ । सोक सन्तप्त परिवारजानमा समबेदना ब्यक्त गर्दछौ …
भगवान! सुन्न नपरोस यस्तो दुखद समाचार अब देखि । हुन त हामी पनि विदेश मा छौ यहा पनि हाम्रो ज्यान को सुरक्षामा त भर छैन तर पनि यो दुखद निधनमा हामी नेपाली दुखित हुनु बाहेक अरु के नै पो गर्न सकिन्छ र? अपराधीको पहिचान गरि सम्बन्धित देशको कानुन बोमोजिम कारबाही होस ।
दुर्गा खनाल
रियाद, सुलाई
मन परे हरियो, नपरे रातो
2
1
मृतकको आत्माले चिर शान्ति पाओस तथा शोकाकुल आफन्त र प्रिजनलाइ यो दु:खको घडीमा धर्य धारण गर्न सक्ने क्षमता भगवान बाट प्राप्त होस्
मन परे हरियो, नपरे रातो
2
0
यो सोकाकुल परिस्थिति मा डंगोल परिवार लै भगवान ले सक्ति दिउन….
मन परे हरियो, नपरे रातो
0
0
दुखद घटना घटेछ | दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु |
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु तेही सुरक्छा छैन, अनि अरुको देसमा गएर सुरक्छा दिन्छु भनेर फलाक्नु बेकार छ, मृतक को आत्माले सान्ति पाओस, ओम माने पद्मे हुम!!!
मन परे हरियो, नपरे रातो
7
3
धेरै दुखद घटना, मेरो डंगोल परिवार प्रति हृदय बाटै समबेदना
भगवान ले डंगोल परिवार लाई शक्ति प्रदान गरुन| बारम्बार सुन्न नपरोस यस्तो दुखद समाचार।
मन परे हरियो, नपरे रातो
6
0
जीवन भारी धेरै सपना हरु बोकी सात समुन्द्र पारी बसी परिवारको सुखद दिने ठुला महल बनाउने सपना हरु यसरी नै बीच बाटो हरुमा अपुरो जीवन अपुरो सपना हरु लाई बिर्सदै दु:ख बेदना हरु लुकाउदै ,सुरेन्द्र डङ्गोल यो धर्ती बाट नचाहादा नचाहादै पनि पापी हरुको क्रुर हरुको हात मा दु:ख पूर्ण रुपमा प्राण त्याग्नु भएको मा हामी सम्पुण प्रबासी नेपाली हरु दु:ख मा स्तब्ध भएका छौ । स्व सुरेन्द्र डङ्गोल मा चिर शान्ति को कामना चाहन्छौ साथै हार्दिक समबेदना ! यो दु:ख को समयमा उहाका परिवार् मा धर्य धारणा , साहस , को भावनाले बरदान गरुन । यो क्रुर हत्या हरुमा सलग्न पापी हरुचाडै नै कानुनको हत्केडि लागोस जहा मिर्त आत्मा ले शान्ति पाउने छ ।मान्छेको जीवन दुई देने घाम छाया हो बाचुन्जेल आशा हरु सयपत्री माला झै उनेर यात्रा गरिन्छ जहाँ हाम्रो अन्त्य हुन्छ सपना हरु शिसा झै चकना चुर हुन्छ । यो त मानब जीवनको अधुरो संसार मात्र हो जो पाइयो त्यो नै राम्रो जे छ त्यो नै काफी छ ।
मन परे हरियो, नपरे रातो
11
0
मृतक आत्मा को चिर शान्ति को कामना र परिवार लाही भगवानले धर्य धारणा गर्ने शक्ति प्रधान गरुन. ज्यादै नराम्रो खबर ,
मन परे हरियो, नपरे रातो
3
0
भगवान ले उहा को आत्मा को शान्ति गरुन
मन परे हरियो, नपरे रातो
2
0
मृतक आत्मा को चिर शान्ति को कामना र परिवार प्रति हार्दिक समवेदना
मन परे हरियो, नपरे रातो
1
0
के यै हो त? अमेरिअकन् सेकुरेती…..नेपाली हरु को दुर दशा हुदा दा पनी र बरमा बारा यस्ता घाटा न हरु घट दा पनी ?कीन मौन छ बिशोव्को सक्ती साली भने देस? ……..पुरा अमेरिका ….का नेपाली हरु को securiety होश भने मेरो संदेश ;
सुरेन्द्र डंगोल जी को आत्मालाई चिर शान्ति को कामना गर्दछु, उहाको परिवार लाई
भगवान ले आवस्यक बल प्रदान गरुन
मन परे हरियो, नपरे रातो
0
9
मृत आत्माले चिरशान्ति पावोस, सोकाकुल परिवारजनमा समबेदना ,
येस्ता स्टोर्स मा काम गर्ने साथीहरू तेस्ता चोरहरु आए defence गर्ने प्रयास नगर्नु होला खुरुक्क छोड्दे हुन्छा लैजा भनेर , अनि लेर जाने बित्तिकै पोलिसलाई खबर गर्नु,
इन्स्योरंस ले तिरी हल्छा नि, आफ्नी ज्यान जोखिम मा नपार्नु, येस्ता काम गर्ने धेरै जसो druggist हरु हुन्छन , जसलाई आफ्नो ज्यानको कुनै पर्बाह हुदैन.
पुन: हार्दिक श्रद्धाजलि !!!
मन परे हरियो, नपरे रातो
8
0
दुख त धेरै लाग्यो नै तर स्वबिमानी मन र पौरखी हात नेपाली माटोमा उपयोग गर्न सकियको भय आज यो समाचार बन्ने थियन /
मन परे हरियो, नपरे रातो
3
0
मित्रक आत्माको चिर शान्ति को कमाना र परिवारमा हार्दिक समबेदना
ये नेपाली मित्र हो आफनी देश आहु , विदेश मा जति मेहेनेत गरे यहि पनि सुन फलौना सकिन्छः बिदेशी को देश मा गएर मर्नु भन्दा आफनी देश मा हलो जुज्तु बेस हैन र.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
26
फेरी एउटा सपूतको रगत बिदेशी भूमिमा खेर गयो | हरे भगवान यो सिलसिला कहिले सम्म चल्ने होला? उहाको दिबंगत आत्माले चिर सान्ति पाओस र परिवारलाई भगवानले धैर्य धारण गर्ने सक्ति दिउन |
मन परे हरियो, नपरे रातो
9
1
एउटा नेपाल र नेपाली नागरिकहरुलाई अति प्रेम गर्ने खरो स्वभावको दरो राष्ट्रवादी भएको नाताले म संयुक्त राज्य अमेरिकाको केन्द्रीय प्रशासनलाई,राष्ट्रपति बाराक ओबामा र उनी मातहतको प्रशासनलाई तुरुन्त यो हत्याको छानविन गरि दोषी को हो पत्ता लगाएर त्यहांको कानून बमोजिम सख्त कारबाही चलाउन अनुरोध गर्दछु| मुलुकमा आफ्नै समस्याले गर्दा अहिले म जुनै देशको नागरिक भए पनि पनि मेरो देश नेपाल हो र प्रत्येक नेपाली दाजु भाइ तथा दिदी बहिनी मेरा आफ्नै हुन्|श्री डंगोल ज्यूको शोकाकुल परिवारलाई परमेश्वर पिताको प्रेम , प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको शान्ति मिलोस भनि प्रभु संग प्रार्थना गर्दछु|
डा. जेम्स हंग ली
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
23
मृतकको आत्माको चिरसान्तिको कामना!
Dr lee ज्यु को नामको बारेमा कौतुहल्ता भयो … कौतुहल्ता मेटाई दिनु हुन्थ्यो कि?
मन परे हरियो, नपरे रातो
1
0
मृत आत्माले चिरशान्ति पावोस, सोकाकुल परिवारजनमा समबेदना । सारै दु:ख लाग्यो ।
मन परे हरियो, नपरे रातो
7
0
मृतकको आत्माको चिर शान्ति को कामना अनि अपराधी हरु चाडै कानुनको हात परुन !!!
मन परे हरियो, नपरे रातो
7
0
हार्दिक श्रद्धाजलि
! एउटा नेपालीको असामयिक दुखद निधनमा अर्को नेपाली दुखित हुनु बाहेक अरु के नै पो गर्न सकिन्छ र?
मन परे हरियो, नपरे रातो
11
0
समाचार गलित लेखेको रहेछा साथी हरु . बोस्टन मा नेपाली को हैन नेपा राज्य को नेवार को हत्या पो रहेछा .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
77
निरौला
तिमि मरयो भने कुन राज्य को भनेर चिन्ने?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
4
त जस्तै डाका र सैतानी दिमागले देस जलाएको हो, मनबता नभएका भेडे बाख्रे, धिक्कार छ त निरौला जस्तो छोरो नेपाललै
मन परे हरियो, नपरे रातो
9
3
I pray with god to give “sadbuddi” to person like you. Just think about situation and do write comment accordingly.
मन परे हरियो, नपरे रातो
2
0
हैन हो साथी तपाई कुन राज्य को हो अहिल्य नै थाहा पाउन सक्यौ भने तपाईको समबेदना गर्दा नेपाली नभनी राज्यको नामबाट गरौला कृपया नेपाली नेपाली नही हो संकिण मानसिकताको उपज होइन राज्यको विकास नभई देश को विकास र देशको विकास नभइ जनताको जिबनस्तरमा परिबर्तन हुदैन
मन परे हरियो, नपरे रातो
1
1
Rest In Peace……May God give strength to his family to bear this Tragedy…
मन परे हरियो, नपरे रातो
5
1
उनको आत्माको चिर शान्तिको कामना गर्दछु |
मन परे हरियो, नपरे रातो
8
1
I offer my heartfelt condolence to the deceased soul, at the same time, this is not any new case for Nepali, who had sacrificed their lives at the hand of criminal in America, so what else can we expect in a country with culture of: Drugs and Guns!
मन परे हरियो, नपरे रातो
7
5
यहाँ अमेरिकामा केहि हुनु पर्दैन एउटा सिगरेटको निउमा पनि गोलि चलाइन्छ. रक्सिको नसामा मात्तिएका खरानेहरुले रिसको झोकमा जे पनि गर्न सक्छन, म पनि एउटा त्यस्तै स्टोरमा काम गर्दैछु, रात छिपिन्दै गएपछि धेरै डर लाग्छ, आर्थिक मन्दीका कारण अरु काम पाउन निक्कै गारो छ. यस घटनाले धेरै दुखित छु,, स्वर्गीय डंगोलको आत्माले सदा सान्ति पाओस, सोक सन्तप्त परिवारजानमा समबेदना…
(सानफ्रान्सिस्को)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
0
हार्दिक समबेदना !!
बिश्वोकै नामुद हु भन्ने अमेरिकन पुलिस, हेरौ कति छिट्टो अपराधि पक्रदो रहेछा?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
17
May his soul rest in Heaven… !
मन परे हरियो, नपरे रातो
6
3
दुखद समाचार | उनको आत्माको शान्तिको कामना गर्दै परिवारप्रति समबेदना |
मन परे हरियो, नपरे रातो
11
3
सारै चित्त दुख्यो यो समाचार पढेर! मलाई उनको परिवार को पो के हुने हो भनेर चिन्ता लाग्यो! हे भगवान!
मन परे हरियो, नपरे रातो
10
3
हैन किन जाने हो अमेरिका, काला हरुको गोलि खान ? धेरै नेपाली हरु मरि सके, के तेत्रो बिस्वो को महान प्रजातन्त्र को देश भनेर चिनिने ठाउं मा येस्तै हो सुरक्ष्या को स्थिति. डंगोल जी बिचरा अपराधी त होइनन होला, एउटा निरपराध व्यक्ति ले बिना पत्थामा ज्यान गुमाउनु पर्ने मुलुक मा किन बस्ने हो ? यहीं छ हो साथि हो struggle गर्न सके यहीं छ ठाउँ …. हामि पनि खाइ नै राखेका छौं, हाँसेरै बसेका छौं त…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
48
39
अमेरिका मा पनि नेपालमा जस्तै life को सुरक्षा त नहुने रहेछ , धेरै जनाले पो अकालमा ज्यान गुमाएको दुखद खबर सुन्नु पर्यो , मृत आत्माको चिर सान्तिको कामाना !!
हिमाली बाबु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
8
दुखद समाचार मृतक आत्माको चिर शान्तिको कामना,
अपराधीको पहिचान गरि सम्बन्धित देशको कानुन बोमोजिम कारबाही होस
मन परे हरियो, नपरे रातो
13
3
हार्दिक समबेदना !!
(अपराधि लाइ तुरुन्त कारबाही को माग , बिश्वो कै नामुद भन्ने अमेरिकन पुलिस, हेरौ कति छिट्टो अपराधि पक्रदो रहेछा )
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
23
मृतात्मा को चिर शान्ति को कामाना . अमेरिका भनेर नाक फुलाउने हरु एक पल्ट आफ्नो लागि नसोचे पनि परिवारको लागि सोच्देउ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
12
सुनेर सारै नै दुखि लग्यो. ऊह्वाको आत्मा ले शान्ति पाओस.
मन परे हरियो, नपरे रातो
8
3
नेपाली युवाहरु कति दुख पिडा सहेर विदेश पैसा कमाउन गएको हुन्छ आफ्नो परिवारलाइ खुसि पार्नको लागि , उ जहाँ भए पनि आफ्नो देशको प्रतिनिधितो गरेको हुन्छ , परिवार त छदै छ , यस्तो घटनालाइ सरकारले प्राथमिकता दिनुपर्दछ , उसको परिवारलाइ यो दुखद घडी मा धैर्य धारणाको शक्ति भगवानले पुर्याउन र मिर्तक आत्माको चिरायुको कामना गर्दछु ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
3
मृत आत्मालाई चिरशान्ति को कामना/सोक सन्तप्त परिवारलाई भगवान्ले दुख सहन सक्ने शक्ति प्रदान गरुन/
मन परे हरियो, नपरे रातो
12
1
मान्छेको जिन्दगि भोलि को कुनै ठेगान छैन हामि सबैकुरा भोलि गरौला भोलि भेटौला भोलि लाउ;ला भोलि दिउला भनिन्छ /तर भोलि देख्न पाउने हो कि होइन कुनै ठेगान छैन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
मृतकको परिवारलाई हार्दिक समवेदना तथा मृत आत्माले चिर शान्ति पाओस!!!!
- विशाल डंगोल
बिरगंज, नेपाल
मन परे हरियो, नपरे रातो
15
2
मिर्तक आत्माको चिरशान्तिको कामना तथा परिवार पर्ति समबेदना इशोर को लिला
मन परे हरियो, नपरे रातो
13
2
धेरै दुखद घटना आत्म को चिर शान्ति को कामना फेरी एस्तो घटना नदोहोरिवोस
कृष्ण गिरी
दोहा कतार बाट
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
भगवान! फेरी सुन्न नपरोस कहिल्यै पनि यस्तो समाचार।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
3
धेरै दुखद घटना आत्म को चिर शान्ति को कामना
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
1
सारै नराम्रो खबर………..हाम्रो नेपाल मा रोजगार को अवसर छैन के गर्ने यो हाम्रो बद्यता हो बिदेसिनु…….जे होस् मृतक को आत्माले सान्ति पवोस र फेरी एस्तो घटना नदोहोरिवोस .
राम कोरिया
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
5
मिर्तक आत्माको चिरायुको कामना गर्दछु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
5
मृत आत्माको चिरसान्तिको कामना अनि सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना.
NB मिलन रावल लाई, लेख्न नजाने नलेख्नु नि. मरेको आत्मा को लाई चिरायु लेख्ने
मन परे हरियो, नपरे रातो
10
2
दुखद समाचार | उनको आत्माको शान्तिको कामना गर्दै परिवारप्रति समबेदना |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
2
मेरो डंगोल परिवार प्रति हृदय बाटै समबेदना
भगवान ले डंगोल परिवार लाई शक्ति प्रदान गरुन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
1
सारै नराम्रो खबर |
मृतकको आत्मालाई शान्ति मिलोस |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
2
Really a Bad news for NEpal
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
5
ओहो कस्तो नराम्रो समाचार सुन्नु पर्यो चिर सान्ति को कामना गर्दछु
राजेश नेपाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
82
2
मिर्तक पर्ती सर्दान्जली तथा सोकाकुल परिवार मा समबेदना यो दु:खद घडी मा आफन्त पर्ती धैर्य र सहास् श्री पर्मेस्वर ले पर्धान गरुन
कतै ससै सँग बैमनस्यता थोयो कि ?कुनै ठाउँ मा काम गर्दा नराम्रो भयको थियो कि ?लुटेरा ले हो कि ?? आफन्त बाट पो होकी ?/
कतै आर्थिक कुरा होकी ?? कतै माया जाल का कुरा होकी ?? जे भय पनि हत्यारा को पहिचान होस् र कारबाही होश
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
12
ओहो !धेरै न राम्रो खबर सुन्नु पर्यो|मृतक को आत्मालाई चिर शान्ति को कामना !!
बरु किन र कसले ,के कारण को लागि एस्तो अपराध गरेछ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
132
5
सारै नै दुख को खबर पढ्नु पर्यो !
सुरेन्द्र डंगोल जी को आत्मालाई चिर शान्ति को कामना गर्दछु, उहाको परिवार लै भगवान ले आवस्यक बल प्रदान गरुन ..
अनि अपराधीलाई चै छिटो वन्द छिटो पोलिसले पक्राउ गरेर कारबाही गर्न सकोस !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
80
4
सुरेन्द्र डंगोल जी को आत्मालाई चिर शान्ति को कामना गर्दछु, उहाको परिवार लै भगवान ले आवस्यक बल प्रदान गरुन ..
साथै म नेपालमा बस्नु हुने सबै साथी हरुलाई क भन्न चाहन्छु भने यो विदेश भनेको यस्तै हो यहाँ हामी ले सोचेको जस्तो हुदैन………धेरै पैसा खर्च गरेर यहाँ आएर दुख पाउनु भन्दा त नेपाल मै की गर्न सक्यो भने राम्रो………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
14
dronjee
म पनि अहिले अमेरिकामै छुँ/ आफु त् आयियो आयियो तर जाने जति साथीलाई न आउन सलाह दिन्छु/ कुनै अपवादमा राम्रो काम पाएर बा कुनै कागताली परेर अलि राम्रो जिबन यापन गरि रहेका बाहेक अरु को जिबन याहाँ सुखको जिबन बितायिरहेको छैन/
प्रायेस सबै ग्यास स्टेसनमै बा ग्रोसरि पसलमै दैनिक ८ डलर ज्यालादारीमा काम सुरु गर्छन/ नेपाल को पढाई र डिग्रीको कुनै अर्थ छैन/ मैले नेपालको डाक्टर सांसद यिन्जिनियर यम य पाश गरेका हरु येस्तैमा बर्सौं अल्झी रहेको देखेको छुँ/
अब घर भाडा लगभग ६०० देखि ७०० तिर्नु पर्छ/ बतिको कमसेकम १०० पानीको २५ देखि ५० कमसेकम, गाडीको बिमा कमसे कम ४० देखि माथि, गाडीको तेल खर्च बा यातायात लग भाग १०० बिमारी बिमा १०० खाना खर्च कमसे कम ३०० अतिरिक्त २०० / कमसे कम महिनाको १५०० डलर त् चाहिन्छ्नै/ घन्टाको ८ देखि १२ डलर औसत ज्यालादारीमा हप्तामा ३५/ ४० घण्टा काम गरेर कमाउने अधिकतम येतिनै हो/
अब अमेरिकामा राति सुत्न को लागि मात्रै औनेहो भने मेरो भन्नु केहि छैन/ न भए सबैको बिहान कमाएर बेलुका खाना को जोगाड गर्नु पर्छ/
अब ग्यास स्टेशन बा ग्रोसरी पसलमा ज्यानको खतरा छ/ धेरै मरिसके/ अब पनि मर्नेनै छन् यो क्रम अमेरिकाले बरु तेस्रो बिस्वो युद्ध रोक्न सक्ला यो ग्यास स्टेशन, ग्रोसरी बा डेरामै आएर कसैले मार्ने क्रम रोक्न सक्दैन/ अपराधीलाई प्रहरीले पक्दिये पछी सजाएँ पाउन्छा नै/ मन्त्रि संत्रिको हुकुम चल्दैन प्रहरी लाई/ अपराधीले पकदिये पछी दण्ड भोग्ने पर्छ/ तैपनि अपराध गर्नु धेरैको बाध्यता छ/ अपराध नगरी उ बाच्ने सक्दैन/ किन भन्नु होला कारण धेरै छन्/
०१. नेपालमा जस्तो श्रमिक अधिकारको कुरा याहाँ छैन/ श्रमिक हरु कम्पनीले काम लगाए काम पाउने न भए आज को अहिले निकालिन्छ/
०२. काम पाउन उसको पहिला काम गरेको थाहुन्मा राम्रो काम गरेको रिकर्ड हुने पर्छ नभए काम पाउंदैन/
०३. क्रेडिट कार्ड बिना कोहि बाच्ने सक्दैन/ क्रेडिट कार्डको पैसा समएमा नबुझाए क्रेडिट रिकर्ड खराब हुन्छ/ काम दिनु भन्दा अघि कम्पनीले क्रेडिट रिकर्ड हेर्छन, नराम्रो भए काम पाईंदैन/
०४. परिस्थिति बस कसैबाट गल्ति हुन् सक्छ, पुलिश केस बनेमा उसको रिकर्ड नराम्रो हुन्छ तव उसलाई कसैले काम दिंदैन/
०५. भाडा नतिरेमा तुरन्तै डेरा खालि गर्नु पर्छ/
०६. कामदार हरुलाई काम हेरेर स्थायी पनि गरिन्छ तर स्थायी भनेको कम्पनीलाई आबस्यकता भए सम्म को अबधिको लागि मात्र हो हामि कहाँ जस्तो होयिन/
अब कुनै व्यक्ति जो अमेरिका छोड्न सक्दैन माथिको कुनै अबस्थाले काम पाएनन् भने के गर्ने? मुस्किल सिट कुनै सिट १०००/२००० को जगेडा हुन्छ तेस्पछी उ जान्छन चोरी गर्न लुट्न मार्न मात्र एक छाक खान को लागि भए पनि/ येस्तैको हाट बात धेरै नेपाली मरी सके/
प्रायेस याहाँ अमेरिकामा गैर कानुनि तवरले रही आएका र अपराधिक बा क्रेडिट हिस्तोरी भएका हरु अपराधमा लाग्न बाध्य नै छन्/ काम तेस्ताले पाउँदै पाउंदैन त् उ बाच्न खाने पर्यो खान लुट्ने बाहेक अरु कुनै उपायेनै छैन/
म पनि कसै गरि ज्यान जोगिएको थियो/ म पहिला ग्यास स्टेशन मा काम गर्थियें/ एक जना जहिले पनि आएर खाने कुरा चोरेर खान्थिये/ एक दिन मैले उस्ला यी प्रस्टै भने मैले उसले चोरेर खाएको थाह छ भनि/ अनि उसले भने उ भोको छ तर उसित पैसा छैन भने/ अनि मैले उसलाई भने तेसो भए म हरएक ६ घन्टामा नबिकेको हात डग आदि खाने कुरा फाल्नु पर्छ, यदि तेस्तो खाने कुरा खाने भए म सिट माग्नु तर न चोर्नु भने/ तेस्पछी उ मागेर खान थाले/ चोर्न छोडे/
एक दिन ३ जना मान्छे रातको २ बजे मेरो ग्यास स्टेशन लुट्न भनि आए/ मलाई घेरेर बसे/ प्रतिबाद गर्नु हुन् तेस्तो सिट लुट्न आए लुट्न दिने कम्पनीको निर्देशन नै हुन्छ/ केहि नेपालीहरु बहादुरी देखाउन्छांन र चोट पाउन्छांन/ तेतिनै बेला म सिट मागेर खाने आए/ उसले तिनीहरु सिट उनीहरुको भाषामा कुर गरे बाझे अनि चारै जना बाहिर गए/ करिब एक घण्टा जति पछी त्यो म सिट खाना मागेर खाने आए र मेरै अगाडी घोप्टो परेर बेहोस् भए/ उसको जिउ भरि काटिएको घाउ थियो/ उ बेहोस् हुनु भन्दा अघि मलाई भने तिमीले मलाई खान दियौ मैले तिमीलाई बचाए , उनीहरु तिमीलाई लुट्न आएको हो/ येस्तै गरि मलाई मेरै डेरा मुनि राति छातीमा पिस्तोल तेर्साई ३ डलर(!!!) लुटेको थियो/
याहा येस्तै हो/ कुनै नेपाली सिट बिशेस शिप छ आउनु ठिक, न भए …….
येसो भने मलाई भन्ला तिमि किन बसी राखेको त् भनि/ बस म कुर्दै छुँ आफ्ना सन्तान ले राम्रो सिट पढाई सकियुंन भनि/ याहाँ कुनै पार्टीले स्कुल कलेज बाटो कार्यालय बन्द गर्न पाउंदैन/ गरे करोड करोड हर्जाना तिर्दै जेल जानु पर्ने हुन्छ/ बस सन्तानको पढाई सकियुंन तेही कुर्दै छुँ तेस पछी अर्को स्वास नेपालमा लिने हो/ हाम्रो नेपाल नेताहरुले न बिगारेको भए धरतीको स्वोर्ग नै थियो/ अमेरिकामा को राम्रो भनेर कसैले मलाई सोधे अमेरिकाको प्रहरी भंछुं/ तेस्तै प्रहरी मान्शिकता हाम्रो नेपालको प्रहरीमा भई दिएको भए यी नेताहरुले खासै बिगार्न सक्दैन थिए/
फेरी एउटा कटु सत्य पनि सुन्नुस अमेरिका को हावापानी मा हुर्केको सन्तान कुनै कुनै बाहेक प्रायेस सबैले तपाईं हामि बुढो भय पछी कहिले कहिँ हाई दायद भन्न आउने मात्रै हो, अरु बेला बुढो बाउ र बुढी आमा याहा करोड पतिको पनि एक्लै बाच्ने प्राणि मात्र हो/
मैले अब गालि धेरैको खायिन्छ होला/ माफ गर्नु होला कसैलाई तितो लागे/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
121
9
खोइ, अमेरिका लाइ त land of oppurtunity भनिने गर्छ| मलाई पनि एक चोटी अमेरिका गएर हेर्न त मन लाग्छ| तर एस्तो खबर सुन्दा त अमेरिका एकदमै असुरचित जस्तो लाग्छ| निर्णय गर्न गारो छ|
मन परे हरियो, नपरे रातो
11
6
मदनजु तपाइको लेख एकदम संदर्विक छ तपैले भनेजस्तै मानिस विभिन्न स्वभाब्द्वारा निर्मितछन् तेसकारण राम्रो लाइपनी खण्डन गर्नखोज्ने मानिस भानाउदोको कमि त छैन तेसैले त सिकको दुइ पाटा बनेकहोलन, तैपनि तपैले जुन सरल भाषामा येथारता ता पस्किनुभएको छ एस्लाई कुनैपनि पाटाले जवाफ मुख फर्काउनु भन्दा अगाडी सोच्न बद्ध्याबनौछ मदन्ज्यु मो पनि दिन गंतिमै छु.
मन परे हरियो, नपरे रातो
3
2
सुरेन्द्र डंगोल जी को आत्मालाई चिर शान्ति को कामना गर्दछु, उहाको परिवार लै भगवान ले आवस्यक बल प्रदान गरुन ..
मन परे हरियो, नपरे रातो
1
0
मैले चिनेकै व्यक्ति जस्तो लागे/ धेरै दुख लागे/ बस अरु के भनु/ अमेरिकामा दैनिक ज्यालादारीमा ग्यास स्टेशन र ग्रोसरिमा काम गर्ने हरुले कुन दिन के हुने भन्ने सक्दैन/
मन परे हरियो, नपरे रातो
7
3