मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दिमाग मै फोहर भएसि यस्तो त हुने नै भो नि

    एक हप्ता भइसक्यो काठमाडौँका सडकमा यस्तो दुर्दशा देख्‍नुपरेको। अझै कति दिनसम्म देख्‍नै पर्ने बाध्यता छ। काठमाडौँको समस्या टुरिस्ट बसको झ्यालबाट हेर्नेहरु अहिले तिब्बतको पोताला दरबार अवलोकन गर्न व्यस्त छन्। प्रमुख प्रतिपक्षी नागरिक सर्वोच्चताबाट विदेशी दलालको पर्दाफास गर्ने आन्दोलनमा लागेको छ। जनताका समस्या सुनिदिने कोही छैनन्, उनीहरुलाई परेको मर्का बुझिदिने कोही छैनन्। र त यत्रो थुप्रो फोहरको नजिकैबाट नाक थुनेर चुपचाप हिँड्न बाध्य छन् उनीहरु। रहर थिएन मलाई यस्तो फोहरी फोटो राखेर ब्लगै फोहर देखिने बनाउन। तर बाध्य भइँदो रहेछ।

    यस्तो दुर्दशाको स्थिति कसरी आएको भन्नुभएको? दिमागमा फोहर भएकाहरुले निम्त्याएको हो यस्तो स्थिति।


    स्थानीय निकायका कर्मचारीहरु आन्दोलन गरिरहेका थिए। उनीहरुको माग थियो अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्‍यो, फलानो वर्षसम्म काम गरेपछि स्वतः प्रमोसन हुनुपर्‍यो, ट्रेड युनियनको अधिकार चाहियो, वृत्ति विकास हुनुपर्‍यो आदिआदि। ठीक छ माग थियो उनीहरुको। स्वतः वालाहरुको त यस्तै स‍ंक्रमण कालमा त हो फाइदा उठाउने। स्थायी भएपछि ढुक्क भइहालिन्छ। तर आफ्नो माग पूरा गराउनका लागि उनीहरुले हजारौँको स्वास्थ्यमा खेलवाड गर्ने काम गर्नु हुन्छ ? फोहर नउठाएर हजारौँको स्वास्थ्यमा जोखिम पार्ने काम अपराध हो कि हैन ?

    धन्य, आइतबार साँझ कुरा मिलेछ आन्दोलनकारी र सरकारको। तर अब ४ हजार थुप्रिसकेको फोहर उठाउन अझै कयौँ दिन लाग्नेछ।

    आन्दोलनको यस्तो शैलि फरक हैन नेपालको लागि। यी भर्खर स्थानीय निकायको देशैभर फोहर थुपार्ने आन्दोलन के सक्याथ्यो, आजदेखि फेरि डक्टरहरु आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगको वार्ता टु‍गोमा नपुगेपछि नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका स्वास्थ्य संस्थाको सेवा सोमबार बन्द हुनेभएको छ। सङ्घले देशभरका स्वास्थ्य संस्था यही पुस १३ गतेदेखि अनिश्चितकालीन बन्दको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।

    उपचारका क्रममा कुनै बिरामीको मृत्यु भएपछि उसका आफन्तले चिकित्सक एवं स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने शृङ्खला नरोकिएकाले सङ्घले चिकित्सकहरूको सुरक्षाको माग राख्दै आन्दोलन थालेको हो। स्वास्थ्य सेवा व्यवसाय ऐनको कार्यान्वयन एवं चिकित्सकको नियुक्ति र सरुवासम्बन्धी विभिन्न मागहरू पनि उनीहरुले राखेका छन्। बिहान बस्ने भनिएको मन्त्रिपरिषदको बैठकको निर्णयले सङ्घका मागहरू सम्बोधन गरेमा आन्दोलन फिर्ता गरिने नत्र अझ कडा आन्दोलन गर्ने रे।

    No related posts.

    90 comments to दिमाग मै फोहर भएसि यस्तो त हुने नै भो नि

    • madan bajracharya

      जनताले फोहर सडकमा फाल्नुको सट्टा सिंह दर्बार मन्त्रि निबाश र तुन्दिखेल मा फाल्नु पर्ने/ तव समस्या को समाधान हुन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • sunarramchandra

      बिग्रेको मान्छे भत्केको घर जस मन लायो त्यसै गर भने जस्तै काठमान्डु को हाल बनेको छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • शिखर हिमाल

      नया पत्रीकामा प्रकाशित शक्ति बहादुर बस्नेतको “राष्ट्रवादी उद्घोष र दिल्ली” लेखले सबै राष्ट्रवादी, देशभक्त तथा गणतंत्रवादी नेपालीहरुलाई गंभीर भएर सोच्न आग्रह गरेको छ. लेख निकै मार्मिक र उच्च स्तरीय लाग्यो. लेखकले वर्तमानको तितो सत्यलाई संबैले बुझ्ने भाषामा प्रस्तुत गर्नु भएकोछ.

      नेपालको वर्तमान राजनैतिक अवस्थालाई मात्र हेरेर एकांकी तरिकाले, मनोगत शैलीले, पार्टीगत तथा गुटगत तरिकाले, वर्तमान सत्ता स्वार्थले प्रेरित भएर विश्लेषण गर्ने हो भने यो लेखको मर्म र गम्भिर्यतालाई कदापि बुझ्न सकिने छैन. लेखको मर्म र भावनालाई बुझ्न नेपाल राष्ट्र र नेपालको राष्ट्रीयताप्रति माया हुनुपर्छ. बिरोधीका
      सबै कुराको खंडन गर्नै पर्ने संकुचित मानसिकतालाई बदल्नुपर्छ. आफ्नो मात्रै अनुहार हेर्ने ऐनालाई बदल्नुपर्छ. लेखको मर्मलाई बुझ्न र विश्लेषण गर्न सागुरो दायरालाई फराकिलो पर्नुपर्नेहुन्छ. इतिहासको गंभीर अध्ययन गरी नेपालको आतंरिक मामिलामा भारतीय हस्तक्षेपको एक सच्चा देशभक्त नेपाली भएर विश्लेषण गर्न सक्नुपर्दछ.

      वर्तमान समयमा आएर नेपालको राजनैतिक तथा भौगोलिक क्षेत्रमा भारतीय हस्तक्षेप सतहमा सबैले देख्ने र बुझ्ने भाषा मै छाताछुल्ल भएको छ . वर्तमान सत्ता स्वार्थले प्रेरित भएर भारतीय हस्तक्षेपलाई बुझेर पनि बुझ पचाउने र राष्ट्रीय भावनाको रक्षा
      गर्नुको सट्टा उल्टो गुलामी गर्ने वर्तमान सत्ता पक्ष र त्यसको वरिपरी घुमने संकुचित मानसिकतामा परिवर्तन आउनुपर्छ .

      नेपाल राष्ट्र माथि बिदेशीहरु, बिशेष गरेर भारतीय पक्षबाट हुदै आएको राजनैतिक तथा भौगोलिक हस्तक्षेप को प्रतिकार गर्ने सबै नेपालीको कर्तव्य हो. यसको लागि सबैले आ-आफ्ना स्वार्थी भावना त्याग्नुपर्छ र राष्ट्रीय मामलामा सहमति हुनसक्नुपर्छ.
      अन्यथा नेपालको राष्ट्रीयता माथिको खतरा तथा राजनैतिक हस्तक्षेप भविष्यमा अझ तीब्र भएर जानेछ भन्दा अतिशयोक्ति नहोला.

      शिखर हिमाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Janardan

      अब नेपालमा मकुनेले एकजना फोहोर हेर्ने मन्त्रि राखेको खण्डमा यो समस्या समाधान हुन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Sampurna

      बाहिरी फोहर भन्दा पनि बढी हामी नेपालीहरुको दिमागमा बस्या फोहोर उठ्न जरुरि छ |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Arun Adhikari

      होइन हो, यी नेताहरूलाई जनताले घृणा गर्छन भन्ने पत्तो छैनकी क्या हो? उनीहरु त आफ्नो दैनिक जीवनशैलीमा चले जस्तो गर्छन बा! कूनै कुराको मतलब जस्तो!! नक्चारहरूलाई त्यही फोहोरको डून्गुरले पूर्नापाये कति आनन्दले निन्द्रा लग्थ्योहोला जनतालाई!!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • नेपाल नामको बस गुड्ने राजतन्त्र , प्रजातन्त्र , लोकतन्त्र अनि गणतन्त्र नामका हरेक स्टेसन मा राजनैतिक , भौतिक , शैक्षिक , स्वास्थ्य हरेक क्षेत्र को फोहोरको डङ्गुर झन् बढेर अब त बस नै गुड्न गारो भै सक्यो फोहोर सफा गर है माकुने
      कसैलाई के को पीर, कसैलाई के को पीर, घरज्वाईलाइ भने खाना कै पीर ! कोही मौकामा चौका लगाउन ब्यस्त, कोही व्यक्तिगत स्वार्थपुरा गर्न ब्यस्त, कोही पार्टीको स्वार्थपूर्ति गर्न ब्यस्त, कोही भण्डाफोर गर्नमा ब्यस्त, सबै आ-आफ्नो उद्देश्यपूर्तिमा ब्यस्त, अनि कसले हेर्ने जनताका पीर मर्का ? कसले गरोस देश र जनताको भविष्य र हितमा छलफल ? कसले बनाओस गतिलो नीति नियम ? देशको हित र रक्षाका लागि निर्बाचित सबै कुकुरहरु हड्डीको लुछाचुडीमा हराए पछी कुकुर पालेर पनि के मतलब भयो र ? मदन दाइले भने जस्तै यी काम नलाग्ने सबै कुकुरहरुलाई अर्को चुनावमा घुम्ती भेटेनरीबाट सुइ लगाएर जनताले तह लगाउनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • Gurung DB ( Tanchok 3 )

        हेल्लो भाई , साएद सिनो ले त भाई नै पर्यो होला ?
        गजब छ ….काठमाडौँ बासि रास्ट्र का मुटुमा बसेका सिछित , धनि अनि रानीतिक गर्ने टोप्लेका भाले जुक्का को थलो…..पिउनलाई पानि छैन , राति आफैले मैलो फाल्यो बिहान आफै अची भन्दै हिड्ने रैथाने हरु …..नेपाल को नेताले पनि देश र जनताको लागि केहि गर्छारा ? आफै भोका-नांगा छन् …..जल-झेलको दोहोरि गाउदा-गाउदा धोति खसेको पत्तो हुँदैन …..आफ्नो घर , अन्गान अनि टोल को मैलो र साप-सफाई आफैले गर्न सिक थुक्क काठमाडौँ बासि ….

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mr.Pant

      अहिले को मन्त्रि हरुको हैसेयत नै येही त हो नि कि कशो साथी हरु हो !
      माकुने को अवस्था नै यो कुहियाको फोहर भन्दा गएको छ त के गरुष बारा माकुने ले उसलाई कुर्छी बचौना मा नै बेस्ट छ ब्रा है ,येस्तई हो माकुने खप्पर मा त लेखेरनै लेयाको रहेछा नि बज्याले, हेअर्दा हेअर्दै काठमाडौँ लै फोहोर मन्दु बनायो यार,,,,,,
      पन्त जापान बाट

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • tulsi

      नेताहरुले फोहरको थुप्रोमाथि राजनीति गर्न होला/फोहर थुपारेको/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna

      ए बाबा हो नि ! नेपाल नामको बस गुड्ने राजतन्त्र , प्रजातन्त्र , लोकतन्त्र अनि गणतन्त्र नामका हरेक स्टेसन मा राजनैतिक , भौतिक , शैक्षिक , स्वास्थ्य हरेक क्षेत्र को फोहोरको डङ्गुर झन् झन् बढेर अब त बस नै गुड्न गारो भै सक्यो बा ! फोहोर सफा गर है माकुनेहरु हो ! बस फर्काएर पहिले कै ठाउँ तिर लैजालाउ भन्ने पो डर भो त बा ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BIBAS GHIMIRE

      सशस्तर् द्वन्द्वमा लडेका एक जना माओवादी कमान्डरलाई मैले एकपल्ट सोधेको िथएँ, ‘मान्छे मानर् गा॑ो हुँदैन
      ?’ उनले जे जवाफ िदएँ, त्यो सम्झँदा अिहले पिन मेरो जीउ िसरंि◌ग गछर्, ‘केही पिन गा॑ो हुँदैन । बन्दुकले
      हान्न पाए त, सिजलै भइहाल्यो । खुकुरी भयो भनेचािहँ कुखुरा काटेजःतै हो । एकपल्ट हान्यो, फटफटाउँछ,
      कुखुराले पखेटा फटफटाएजःतै । फेर ि◌हान्यो, आफ्नै जीउभर ि◌रगतका िछकार्हरू पछर् अिन तेॐोचोिटमा त
      पूरै िशिथल भइहाल्छ ।’ सहजतापूवर् उनले थपेका िथए, ‘पर् यो भने, फेर ि◌पिन मानर् सिकन्छ, केही गा॑ो
      हुँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BIBAS GHIMIRE

      घर जिलरहेका बेला घरका मूलीहरू कुनै पिन हालतमा हाँःन िमल्दैन । घरका गा॑ाहरू चिकर् रहेको, धुरी
      चुिहरहेको, परिवार फुिटरहेको, आफन्तहरू मरिरहेका बेला र अझ वषौर्ंवषर्सम्म अटल रहेको घरलाई आफैँ ले
      यःतो दुरावःथामा ल्याइपुर् याएका बेला, कुन मुखले हाँःने ? शािन्त ूिबया सम्पन्न हुने हो/होइन, थाहा छैन,
      संिवधान लेिखन्छ/लेिखँदैन, थाहा छैन र सम्भाव्य नवसंघीयताको पीडाले देशलाई किहलेसम्म पोल्ने हो, त्यो
      पिन थाहा छैन । देश बनाउँछु भन्ने घरमूलीहरू, कसैको हात रगतले रंिगएको छ, कसैको िनधारमा चरम
      ॅष्टताको कालो दाग छ, कोही ःवाथिर् लप्सामा डुबेका छन ्अिन जो ःवच्छ छन,् ती सबै िनरीह छन ्। त्यसलै े,
      अरू केही नभए पिन कमसेकम यो शािन्त ूिबया टुंगोमा नपुगेसम्म र नयाँ संिवधान नलेिखएसम्म यो
      देशका नेताहरू कसैलाई हाँःने त कुरै छोिडिदउ“m, मुःकुराउने अिधकार पिन छैन । ितनले िशर ठाडो होइन,
      सधैँ झुकाएर िहँड्नुपछर्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjeev Maharjan

      सतिले सरापेको देस हो क्या. कलियुगका कृष्ण नाच्दै छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hem Kumar

      Now ‘Government’ word is no more there in nepal.Nepalese People ! Be noticed !! no pay VAT-tax any ‘KAR’ just they are soaking us !!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • drishthi

      नेपाल मा एस्तो किन हुन्छ हँ ?
      नेपाल का नेता एउटा राजदूत संग डराउने
      नेपाल का नेता हजुर झगडा मिलाई दिन पर्यो भनेर दक्षिण तिर धाउने
      नेपाल का नेता मात्री भुमि बेच्न पनि पछी नपर्ने
      जनता ले दिए को मत दुतावास मा बुझाउने
      फोहर को थुप्रो लगाउने
      तर इनी बज्जिया हरुलाई नगनाउने
      नेपाल मा एस्तो किन हुन्छ हँ ??

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • जनताको प्रयासको हुनु पर्यो अब सरकारले केहि गर्ने भएन / घर घर बाट फोहोर ब्यबस्थापन गर्न थाल्नु पर्यो सबैले / garbage र Recyclable छुट्टा छुटै राख्ने सडकमा नफाल्ने / नगरपालिकाले नि garbage र Recyclable छुट्टा छुट्टै ट्रक मा बोक्ने / गर्बेज जति कम्पोस्ट मल बनाउने हो भने फोहोरको रुप अहिले जस्तो डरलाग्दो हुन्न / बरु नगरपालिकाले हरेक घरलाई फोहोर राख्ने भाडा र प्रयाप्त तालिम र जनचेतना चाही दिनु जरुरि छ /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • जनताको प्रयासको हुनु पर्यो अब सरकारले केहि गर्ने भएन / घर घर बाट फोहोर ब्यबस्थापन गर्न थाल्नु पर्यो सबैले / garbage र Recyclable छुट्टा छुटै राख्ने सडकमा नफाल्ने / नगरपालिकाले नि garbage र रेच्य्च्लाब्ले छुट्टा छुट्टै ट्रक मा बोक्ने / गर्बेज जति कम्पोस्ट मल बनाउने हो भने फोहोरको रुप अहिले जस्तो डरलाग्दो हुन्न / बरु नगरपालिकाले हरेक घरलाई फोहोर राख्ने भाडा र प्रयाप्त तालिम र जनचेतना चाही दिनु जरुरि छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhan thapa

      now government have to cut down their budget from army n police service.and extend more towards environment and sanitation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हाम्रो देशको अस्तव्यस्त स्थिति, हारुवा नेताहरुको हारुवा प्रवृति !
      यो सरकार जति टिक्दै जान्छ देशको स्तिथि त्येतिनै बिग्रदै जान्छ !
      देखाउने मौका त पाएकै थियोनी, नत्र हारुवाहरुले आजुसम्मा कहिल्येई सरकार चलाउने मौका पाएको थियो ?
      तर देखाई दियो माकुनेले उल्टो पारेर !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BIBAS GHIMIRE

      व्यवस्थापिका-संसद्का एक निर्वाचित सभासद् पुस ६ गते लैनचौरस्िथत भारतीयब दूताबासमा पुगे, नेपालका लागि भारतीय राजदूत राकेश सुदसँग भेट्न । ती सभासद् माओवादीप्रतिको ताजा भारतीय दृष्टिकोण बुझ्न चाहन्थे । जिज्ञासामा राजदूत सुदले माओवादीप्रति अति कडा टिप्पणी मात्र गरेनन्, उस्तै परे माओवादीलाई नेपाली राजनीतिबाट ‘छुमन्तर’ गराइदिन सक्ने आफूहरूको हैसियत भएको दाबी पनि गरे ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BIBAS GHIMIRE

      भारतले इतिहासका विकृतिलाई अन्त्य गरी उदारतापूर्वक छिमेकीसँग समानता कायम गर्न सक्नुपर्छ । अंग्रेजको जमानामा भएको सुगौली सन्धिले नेपाललाई अपमान गरेको छ । दुर्भाग्य १९५० को सन्धि, महाकाली सन्धिदेखि अहिले भइरहेका गतिविधिले नेपाली जनताको मन कुँडिएको छ । भारतबाट अंग्रेज त गयो, अंग्रेज मानसिकता गएन कि भन्ने नेपाली जनतालाई लागेको छ । भारतले इतिहासलाई समीक्षा गरी सम्बन्धलाई नयाँ आधारमा विकास गर्नुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RB, Ghimire

      तर राजनीति भन्दा अलि सफा देंखे मैले त. त्यो Dumping भयको फोहोर ……………………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • premraj

      ycl & youth force pls clean our city forget govt, we can support if we work like city clean , who ill pls send to hospital and give some donositon , do’t go always banda,fire our perporty pls if u ycl or youth force do some thing new then people suport to u do not suport only yr pati think deeply and do some make new nepal,

      thanks

      prem raj
      pardasi gf

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • akash

      यो फोहोर कस्ले फालेको? सरकार ले कि जनता ले? आफु ले गरेको गल्ति कशैले देख्ने होइनः,,खाली सरकार सरकार … हामीले नै वोते दिएर जितायेअको त हो नि यो सरकार लै होइनः र? abha यो दुर्गन्ध पनि हामी नै किन सफा नगर्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • krishna koirala(denmark)

      लौन यस्तो बेजेत नेपाल को कता गयो माकुने फोहोर उठाउन लगाउनु पर्यो …………..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पानीबिनाको रानीपोखरी र फोहोर्बिनको काठमाडौँ के काम ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Gurung DB

      थुक्का काठमाडौँ ! त लाई अलिकति पनि लाज लाग्दैन ??? थुक्का काठमाडौँ रैथाने बासि तेरो बुद्धि र बिबेक ….? तेरो गिरजा ले पनि फाल्दैना अनि गणेशमान ले पनि , त्यो माकुनेको को पनि त्येही ताल, अनि त्यो प्रचंडे को धाक पनि ……तँ आफै बसेको , तँ तेरो टोल अलिकति ब्यबस्थित गर्न तँलाई , तेरो मगज मा अलि कति सोच्ने विचार गरे कसो होला ? तेरो देशको हालत तेस्तै भयो तैले बिएद्शी channels TV हरुमा त देखाकै हौला ? किन तेरो समय खेर फाल्दै छाश पैसा तिरी-तिरी ??? तेरो अलि कति मगज र मन मा पिर छ भने केहिना -केहि जान्नु पर्ने सिक्नु पर्ने होइन …….थुक्का तँ काठमाडौँ बाशी …….तेरो घर अगंन तँ आफै सफा गर ……तेरो मैलो आफैले फाल्दैमा तँ मर्दैनाश , बरु तँलाई मर्न बाट बचाउने छ , तँ Asshole people थुक्का मान्छे पुगे जुनमा , तँ गधा हरु आज मैलो फाल्न जाँदै न which cat can do ? राति आफैले मैला फाल्यो , बिहान आची भन्दै ……नेतालाई दोष दिदै इ ……लाज छैन This kathmandu human dogs…….my points of view Nepal builder leader not given birth by our lovely Nepal mother ( नेपाल आमाले ) तेस्तो सपुत्र को आज जन्म दिनु भएको छैन ! Build the system in your own neighbour hood, work in volunteer basis ……example once a week work for your tola for 2 hours……. and build the system to throw garbage , what day what garbage to throw…….? बिकसित रास्ट्र मा मैला फाल्ने दिन तोकिएको हुन्छा Example ….burnable , unburnable and hard garbage…..खै काठमाडौँ बासि लाइ कसरि भन्दा बुझ्न सजिलो होला ??? मैलो भन्दै दिनै फाल्न पैदैना ! तेही अनुसार बिकसित देशमा तेही मैलो लाइ पैसामा परिबर्तन गर्छान हजुर …..थुक्का तँ काठमाडौँ बाशी हरु …..नेपालका भोगी – दलृति नेताको आश गरि बस्ने ??? यिनले केहि पनि गर्दैनन् देश र जनता को लागि ! आफु बिमार भए रास्ट्र को ढुकुटी खर्छा गरेर विदेश उपचार को लागि जान्छन ….त्यो बेला थुक्का नेपाली चुप लागेर बस्छा…. तिमीहरुको मगजले काम गर्छा भने गर्न त्यो बेला चक्का-जम्म गर ? किन अरुबेला यो बन्द – त्यो बन्द गरेर देश र जनतालाई दुख दी रहन्छाश ?
      थुक्का राजनीतिका गर्ने टोप्लेका डाले जूक्का अनि तिनका आसे-पासे हरु …..काम गर्न सिक….. मेहनत गर्न सिक ……इमान्दार हुन सिक …..सबैको भलो हुने कुरा को अविस्कार गर अनि सधै को लागि तरिका -तालिका गरेर राख ……बिकाश भनेको भासान गरेको जस्तो होइन ……बिकाश भने को आजको भोलि हुने कुरा पनि होइन ? बिकाश भनेको कुरा यो बन्द – त्यो बन्द चक्का जम्म गरे जस्तो होइन , जुन आजको भोलि भैरहन्छा……..तेस्तै सोचेका छन् होला….. Sorry Nepali human dogs….. thats all

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • p gurung

      यशारी आफु बस्ने घर वरिपरी फोहोरको दुन्गुर थुपार्ने मनिष हरु हैन पशु नै हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • p gurung

      थुक्क फोहोरी नेता हो के मुख देखाएर हिड्न सक्या हो ? हिड्ने बाटो त त्यैनै हो ..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • RaaZ

      होइन हो यो फोहोर को बारेमा भन्नुपर्दा नेताहरु मात्र होइन जनताहरु पनि साबधान हुनुपर्दछ भन्ने लाग्दछ माओबादी त अबुज भए आन्दोलन भन्छन बन्द भन्छन हिद्छान तर ति डाक्टरहरु पढेका बेक्ती पनि आन्दोलन भन्दै हिड्छन , अब को पाठ्यक्रममा आन्दोलन बारे बिषय राख्नुपर्ने हुन्छ ताकी बच्चा देखि नै आन्दोलन प्रति घिर्ना आओस ,

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Himalee

      फोहोर उठाउदा नै पनि त्यो गति थियो अझ फोहोर नै न-उठाउदा त यस्तो दुर्गति हुने नै भो नि थुक्क ” कामनपा ”
      अर्को कुरो,
      होइन यस्तो सारो फोहोरको डङ्गुर देख्दा देख्दै फोहोर बिसर्जन गर्न चाही नछोड्ने नागारिक भनाउदा, नेता र प्रशासनको कुरो काटेर न-थाक्ने महानागारिकहरु चाही अलिक संयम गरेर फोहोर फाल्दा हुन्न? आफ्नो घर सफा राखे बाटो-घाटो चाही भाडमा जाओस भनेर सोच्नु त भएन नि महानागारिकहरुले पनि/
      जे होस्” नेपालमा बिदेशी लगानीको भबिस्य उज्ज्वल छ ” भन्छन हो जस्तो लाग्यो / अब चाडै नै बिदेशी मल कारखानाहरु नेपाल भित्रनु सक्छन यो दृश्य देखेर/

      जय होस् झिन्गपुरको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • susilji

      comment given by sanu was quite good…i think Nepalese army can help in all those

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Radheshyam

      यो फोहोर सबै नेताहरुको खानामा हालेर अली अली खुवाउनु पर्छ । त्यसपछी मात्र देशले सफा हुने मौका पाउछ । अहिले आन्दोलन गरिरहेको माओवादी पार्टीका आन्दोलनकारीहरुलाई खाजामा अली अली खुवायो भने त त्यो सबै फोहोर सकीहाल्छनी कि कसो साथीहरु ? जस्ले आन्दोलन गर्छ फोहोर त तिनिहरुको घर घरमा भोजनको रुपमा पुर्‍याउनु पर्छ ।
      अनी सफा हुन्छ देश ।

      संसार कहाँबाट कहाँ पुगीसक्यो यिनिहरु सधैं अन्न्दोलन र चक्का जाम गर्दै बस्ने ? के कुर्सीको लोभमा परेर आफ्नै बाबु छोरा दाजु भाईमा लडाईं पार्ने ?
      यो सबै कुर्सिको लडाईं हो । हामी सबै जनताहरु मुर्ख बनाइदै छौ । किन अझ पनि हामीहरु मुर्ख बन्दै छौ ?
      एकजना साथीले बिदेशमा बसेर गफ चुट्ने बिद्ववानहरु भनेर सम्बोधन गर्नु भएको रहेछ, के बिदेशमा बस्नेहरुलाई आफ्नो देशको माया हुँदैन र ? मलाई लाग्छ देशको अर्थतन्त्र को १७ प्रतिशत बिदेशमा बस्नेहरुको रगत पसिना एक गरेर कमाएको पैसाबाट पुरा हुन्छ अनी उनीहरुले देशलाई देश भित्र बस्नेहरुले भन्दा बढी माया गर्छन् ।

      यी देशमा बस्ने नालायकहरुले देश बढो न राम्रो सँग बिगारे । देश राम्रो भए त को चाँही बिदेशमा बसेर दु:ख गरेर बस्दो होलान ?

      अब हामीहरुले यो देश यो फटाह नेताहरुलाई दिनु हुन्न । यिनिहरुलाई तातेको तेलमा जिउदै हालेर फराइ गरेर चिल कौवा लाई खुवाउनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • दुनिया लुटेरा खाएको पैसाले येसो फोहर सफा गर्न लगाए हुनी नि ति Y स्याल हरु लै काम नपाएर karimboard खेलेर बसिराका छन् चोक चोक मा हुनत आफ्नो पार्टी को मान्छे लै केहि हुने होइन क्यारे के भयो र दुख गरेर कमाएको सम्पति लुट्न मात्री जानेका त छन् नि चोर हरु आफुले केहि नया कार्य गरेर येही फोहर YCL ले सफा गरेरे भन्ने समाचार सुन्न पाए कस्तो हुने थियो कान धन्नेये हुने थियो. तेस्तो किन हुन्थियोरा अस्ति चोक मा गाजा तान्दै हिड्ने बेकामी मान्छे अहिले त जग्गा को दलाल रे ycl ko कुनी के के रे hero bhaka chha hai . achham ko Nepal……….

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Bhai Raj

      हरेक चीज लाई राजनीति संग दाजेर हेर्ने बानि परिसकेको छ यहाँ हरु लाई !!किन केहि गर्ने हिम्मत/प्रयास गर्नू हुन्न तपाईहरु ? अनि फलानू नेता , ढीसकानु नेता भनेर नेताहरु को धोति पखाल्ने काम मात्रै किन आखीर ? ति नेताहरु लाई बाल मतलब उनीहरु पजेरो, बि. एम. डब्लु. , अनि लेमोजीन चडदै ठिक्कै छ ! भोलि नेता बन्न पाउने हो कि हैन अब आज मिलेको सरकारी येश लाई किन छोड्ने ! Illiterate harami कुत्ता हरु !!!!! यिनी हरु लाई एक एक गरेर सखाप पार्नु पर्यो मित्र हरु !!! तपाई हामी जस्तै भेडा जनताहरु ले गर्दा आज यो देश यहाँ सम्म आईपुगेको छ ! अब अझै कति सहने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Ananta

      खोइ हाम्रो कमेन्ट ले केहि होला त| यो फोहोर ले हाम्रो नेता हरु को मानसिकता दर्साउन्छ| हाम्रा नेता हरु को मन पनि त्येस्तै फोहोर छ| च्याआआ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • MAHARJAN bimal

      यो फोहर पनि हिन्दुस्तानमा भाको दिल्ली दरबारले बेबस्था गरिदिन्छ कि ? लाजिम्पाट तिर कति को फोहर को दुन्गुर छ, येसो फोटो हेरेर भए पनि चित्त बुजौना पाए यो गरिब आवारी हुने थिए |

      जय देश, जय नरेश !!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • soyag

      छि छि छि ! कस्तो घिन्लागेर आयो फोटो देख्दा त भने सानु तिमिकसरी बसेकी छौ त्यो पैखानामा ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • दीपक

      सबैले आन्दोलन गरे मैले किन नगर्ने भनेर फोहोरले पनि नेताजीहरुबाट पाठ सिक्न थालेछ क्यारे | पोहोरको पनि माग पनि होलानी ओखरपौवा नजाने ! काठमाडौँको फोहोरी राजनीति गर्ने नेताहरुलाई रोगि बनाउन पाऊ भन्ने |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • HIMALEE

      फोहोरी नेता+फोहोरी कार्यकर्ता+फोहोरी राजनीति+फोहोरी कर्मचारी+फोहोरी प्रशासन+फोहोरी कुटनीति

      परिणाम =फोहोर सहर

      झिन्गापुरको जय होस्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • Narayan Adhikari

      हुन त यो समस्या नया होइन तर आज यो तस्बिरसहित ब्लगमा फोहोरको थुप्रो देख्दा नाकै थुने मैले पनि | यस्तो लाग्यो कि तस्बिरबाट नै दुर्गन्ध आइरहे जस्तो | अर्को कुरा साचै भनौ म रोए पनि यो द्रिस्य देखेर, आसु नै आयो मेरो देशको दुर्गति देख्दा |

      माधव बाबु, कोपेनहेगनमा डेनमार्कलाई हेरेनौ ? तिब्बत पुगेका छौ बाबु, फोहोरको थुप्रोको खोजी गर है राजा | हुन त तिमी आफै पनि राजनीतिको फोहोरमा भासिएका छौ तर काजी बुझ राजनीतिको फोहोरले तिम्रो कुस्री ढल्ला तर सडकको फोहोरले त जनताको बर्बादी भयो नि बाबु !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • anjan

      अब नया नया गणराज्य हरु घोसना गरेका छन्/ कुन फोहोर कुन गणराज्य बाट आएको हो त्यो पहिचान हुनु पर्यो/ पुरानो फोहोर लाइ नया फोहोर ले फेर्नु पर्यो/

      मलाइ पक्का थाहा छ त्यो फोहोर को आदि जति त त्यो गणराज्य घोसना कार्यक्रम मा आउने ले खाएको सुन्तला र बदाम अनि प्लास्टिक कागज मात्रै छ/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • यता हेर्यो यता फोहोर, उता हेर्यो उतै फोहोर
      नेपाल जस्तो पवित्र देशमा भएर होला नेता चोर..!
      सान्ति, सुन्दर, सफा देश
      चोर नेताहरुले बिगारे हाम्रो बिरताको देश…!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • madan bajracharya

      अस्ति बाताबरण प्रदुषण हुँदै गएकोमा बिस्वोको ध्यान आकर्सित गर्न सगरमाथामा मात्री परिषद्को बैठक गरेको नाटक गरे/ अब बिस्वो ले काथामान्दुको फोहरको दुन्गुरमा बिस्वो बाताबरण र नेपालको भूमिकाको बारेमा बिस्वो सम्मेलन गरुन/

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • N.Giri,USA

      देश लाई लुटिरहेका माकुने जम्बो टोलि का सम्पूर्ण मन्त्रि को घर अगाडी यो फोहर डम्प गरिदिए हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

      • Himalee

        ठिक भन्नु भो,
        देशलाई लुटिरहेको माकुनेहरुको घर अगाडी फोहोर डम्प गरौ
        तर
        देशलाई कुटिरहेको माओबादी को घर पनि नछोडौ है मित्र /

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • sanu

      No one seems interested to resolve the problem. But they want to use the problem to justify the government of their choice. Thugs, corrupt, thieves and lazy keep advocating Congress or UML or makune govenment. Rebels, brain washed, poors and uneducated, racists want maoist governement. Old blood suckers, past criminals, corrupt and those who do not want to loose their old power base either want army rule to bring the back the cirminal Gyanendra. The Indians (illegal Indian Migrant who already made their power base in recent years), want either India should promote them to rule the country or they want India to rule the country. But non of these stupids, lazy blood suckers want to do any thing for the country or people. I am sure Nepalese army hardy do anything. If they were serious of the situation they could have easily clean the city. They have a man power tha does nothing but lives on tax payers food and salary. Is anybody stopping army to do the garbage collection job. They also just want power. If they would have done different useful job for the country, people would have chosen then over the other group of criminals.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Raju pulami

      नेता हरु मन्त्रि हरु विदेश घुम्दैमा समय ठिक छ. अनि उनि हरु सबै पजेरोमा सवारी हुन्छन.के देखेत्यो फोहर.यस्ती हो यहाँ को चालान जुन जोगी आय पनि कानै चिरेको भनेको यहि हो.सबै चोर डाका हरु नेता छन अनि कहाँ बाट देस को विकास हुन्छ त औटा फोहर त सफा गर्न सक्देन भने देस कसरि चलाउन सक्छ नेता हरुले खाली जनता लाई भासन दिदेमा हुन्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Shiva Sasmit

      जताततै अब्यबस्थित, बिनाकामको ठुलो काठमाडौँ
      भन्न पनि लाजमर्दो, धुवा र धुलो काठमाडौँ

      फोहोरका डुंगुर छि सगरमाथै बनेका छन्
      आफ्नो भाग जोख्न बन्यो तुलो काठमाडौँ

      धेरैले जीते चुनाव हजूर यही नारा लगाएर
      खोई त फेरी मेलम्चिको कुलो काठमाडौँ

      मनै फोहोर भएपछी कस्को पो के लाग्दोरैछ
      सत्ता अनि कुर्ची तिरै भुल्यो काठमाडौँ

      देशको बिकाश गर्ने भनि सबै लागे त्यतैतिर
      आखिर केहि गर्ने होइन मुलो काठमाडौँ

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      होइन देशको हालत किन झन् झन् यस्तो हुदै छ …..देशले साचै सैनिक सासन खेजेको हो कि क्या हो ….यी पानीमरुवा चोर .दलाल.स्वार्थी नेता भनौदा हरुले खै के गरे र ?? अनि के पो गर्लान र ?? सबै चोर ,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • prem sharma

      नेपालमा कानुन नै छैन भन्दा पनि हुन्छा किन कि सरकार एउटा जिउदो लास जस्तो छ | जले जे गरे पनि हुन्छ | राम्रो काम गर्ने मानिस लाइ करबि हुन्छ जसले नराम्रो काम गर्दछ उसलाई पुरुस्कार मिल्दछ | एस्तो देस मा कानून कसरि छ भन्नु र | जनता इमान्दार भएको भए नेता पनि इमान्दार नै हुनेथिए होलान किनकी नेता पनि जनता का छोरा छोरि नै हुन् | तेसैले बिग्रेको समाजको इस्थितीलाइ सुधार्न हामीसबैले धेरै हार्ड वोर्क र त्यग गर्नु पर्दछ | देस बिगार्नुमा हामीहरु सबैको पूर्ण रुपमा दोस छ इमान्दार भएर कुरा गर्दा | तेसैले देशलाई सपार्न हामीले हामी प्रतेक युवाले एक भएर देसमा भएका बिकृतिहरुलाई फोहोरो बढारे झैँ बढार्नु पर्दछ कि कसो हो साथि हो | अरुलाई दोस लगाउनु भन्दा पहिले आफुलाई हेरु र परिबर्तन आफुबाट नै सुरु गरु | एक आपसमा नालड़ौ एकले अरुलाई गालि गालौच नगरौ येही नै हाम्रो सुरवात हुन् पर्दछ मेरो विचारमा | जे देस जे हवस् हामी सबैको |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • tulsi

      सायद फोहरमा पनि नेताहरुको राजनीति गर्ने विचार छ होला/

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • RAJ,VIRGINIA

      जबसम्म हामी आफै जनता चेतनसिल हुदैनौ तबसम्म यस्तो फोहोर एकदिन होइन सधै देखने छौ .
      हामी लेडे नेपाली जनता हडताल भनेपछि ढुंगामुडा आफै गर्ने ,आगो बाल्ने ,टाएर बाल्ने ,अनि सडक दुर्गन्ध गराउने अनि हामीलाई सहर सफ्फा चाहियो भनेर सरकारको मुख ताक्ने ?????/
      हड्ताल गर्न जान्छौ किन ???/
      नेताहरुको लागि हड्ताल गर्छौ ,नेताहरु घरमा बसेर कुखुरा र बीएर खाएर ५० इन्च को सोनी टिवी बाट तिमीहरुलाई हेर्छन..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • durbasa

      माकुने को सबै परिवार येही फोहर को कारण रोग लागोस ……येही मेरो कामना छ…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 14

      • तेही भएर माकुने ले आफ्ना आसे-पासे लिएर चिन तिर लागेको साथी हो. किनकि उनीहरु आइ पुग्दा सम्म कतै काठमान्डू सफा भैहाल्छा कि, भन्ने सोचेर होला नि.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • रबिन्द्र राज गिरी

      नेपालमा सबैलाई लोकतन्त्र आएको छ | ल ल यहि हो बेला | जे जे चाहिएको छ अहिले नै पुरा गराउनु पर्छ | पछी के हो के हो | संसारमा कहीं नभएको जात्रा नेपालमा | वास्तबमा यो कुरा धेरै लाई पच्दैन | मलाई चाहिं के लाग्छ भने नि हामि नेपालीलाई धेरै छोटो समयमा यति धेरै स्वतन्त्रतता मिलेकोले यो अहिलेको अस्त ब्यस्त अबस्था आईलागेको हो | जे कुरा पनि क्रमिक रुपमा भयो भने दिगो पनि हुन्छ र त्यसको नकारात्मक अशर पनि त्यति धेरै देखिन्न | यसको बिपरित त्यहि परिबर्तन धेरै छोटो समयमा भयो भने त्यसको नकारात्मक अशर धेरै हुन्छ र त्यो बिकृतिहरु बाट छुट पाउन फेरी लामो समय लाग्छ | हामि नेपालिको अहिलेको लोकतन्त्र पचाउन सक्ने पाचन शक्ति छैन | त्यसैले अहिले छेर चलेको हो | यो हाम्रा नेताहरुको अदुरदर्शिताको प्रतिक हो, जो केवल लोकतन्त्र मात्र भनेर कराउन्छन्, तर त्यसको ब्यबस्थापन भन्ने कुन चराको नाम हो भन्ने सम्म उनीहरुलाई थाहा छैन | केवल लोकतन्त्र र स्वतन्त्रता मिल्दैमा यति बिधि खुशी हुने पर्ने कारण छैन | त्यो संग आउने बिकृति लाई ब्यबस्थापन गर्न सके मात्र घिरौंला जत्रो नाक पर्नु उचित होला मेरो बुझाईमा |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Do you have more photos related to waste in Kathmandu???

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • BISU

      यो देसमा राजनीतिक दलका सबै नेताहरुलाई आफ्नो पार्टी र कार्यकर्ता हरुको बाहेक जनताको केहि ख्याल छैन ! खाली आफ्नो स्वार्थ बाहेक नेताहरुलाई देसको केहि मतलब छैन ! एउटा पार्टीले अर्को पार्टीलाई आरोप गर्ने, सरकार बनाउने र गिराउने भन्दा केहि आउदैन . यो नेताहरु देसको ढुकुटी सकेर बिदेसमा मोजमस्ती गर्छन र त्यहाको टुर गर्नमा ब्यस्त हुन्छन,, !!!! हामी सबै लाई थाहा भएकै कुरा हो राणाहरुले बिदेसमा गएर फर्कदा तेहाको कपि गरेर अलिकति भनेपनि विकासको काम गरे यी अहिलेको नेताहरुको त ति राणाहरुको जति पनि बुद्धि रहेनछ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

      • THAPA RAJBARSINGHA / CANADA

        हजुर संग सोरै आना सहमत ,.,…

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • सुरज श्रेष्ठ

      दरिद्र नेपाल को भताभुंग ताल !
      फोहरी नेपालीको ढेखियो चाल !!
      गफी नेपालीको छ यस्तै हाल !
      काशी कश्मिर अजब नेपाल !!

      सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • prem kumar

      भो भो दोष सरकारलाई नदिउ। फोहर मैलाको समस्या कुन चाँहि सरकारको पालामा नदेखिएको हो र? हाम्रो आफ्नो दिमाग सफा नगरे सम्म यो समस्या ज्यूँका त्यूँनै भइरहन्छ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • drishthi

      दोषी सरकार कि हामी सरकार भनेको के हो ? तेही सरकार क समर्थक हरु उच् शिक्षा प्राप्त ब्यक्ति भनाउदा छन् तिनी हरु लले नै आफ्नो स्वाभिमान र इमान्दारिता पार्टी क संचालक हरु को राख्यौटी बनाए पछी हुन्छ त् काम नेता भडुवा तिनका समर्थक झन् माहा भडुवा पार्टी को सदस्यता को नाममा गुलामी गरेर नथाक्ने अवसर बादी गुलाम हरु ले नै बिगारेको हो यो देश
      एउटा पनि स्वतन्त्र मान्छे छ त हाम्रो देश मा ?? गुलाम हरु बाहेक

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

    • drishthi

      दोषी सरकार कि हामी सरकार भनेको के हो ? तेही सरकार क समर्थक हरु उच् शिक्षा प्राप्त ब्यक्ति भनाउदा छन् तिनी हरु लले नै आफ्नो स्वाभिमान र इमान्दारिता पार्टी क संचालक हरु को राख्यौटी बनाए पछी हुन्छ त् काम नेता भडुवा तिनका समर्थक झन् माहा भडुवा पार्टी को सदस्यता को नाममा गुलामी गरेर नथाक्ने अवसर बादी गुलाम हरु ले नै बिगारेको हो यो देश
      एउटा पनि स्वतन्त्र मान्छे छ त हाम्रो देश मा ?? गुलाम हरु बाहेक

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • sita (USA)

      यो माकुने कठपुतली सरकारको प्रकास्तको नतिजा हो \ विरोधीलाई दबाउने, बिपछीहरुको जायज मागको बेवास्ता गर्ने, सुकुम्बासी र गरिबलाई गोलि ठोक्ने, देशको ढुकुटी विदेश भ्रमण गरेर सक्ने, आदि कुकर्म बाहेक यो कठपुतली सरकारले के नै गर्न सक्छा र ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 59

      • Arjun

        सित जिउ ले त मावोबादी को मान्छे चोर डाका, लुटेरा, घर गग्गा गबर्जस्ती बन्दुको भर मा लूटने अनि प्रचण्ड चोर को जालो मा फसे जस्तो छ, अमेरिका मा आएर अलि ठुलो दिमाग लगाएर सोचे राम्रो होला

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 13

      • raj

        सीताजी,
        अमेरिकामा मनोचिकित्सक संग परामर्स गर्न महँगो पर्छ हो ?
        नेपालमा मनोचिकिस्तकहरु संख्यामा धेरै उपलब्ध नभए पनि डलर खर्च गर्नु भए अबश्य हाम्रै देशमा राम्रो उपचार हुन्छ है / सम्पर्क स्थान इन्टरनेटमा हेर्नु भए पनि हुन्छ .

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • keshav prasain

      कहाँ गए प्रचण्ड र उनका वाई सी अल ….देश निर्माण मा लग्नु पारो…खाली देश लै फोहोर बनाउने कम गर्नु वयेना…काठमाडौँ को फोहोर मात्र हतौना नेता सफल भए भने त्यो नै धेरै ठुलो उपलाभ्धि हुनेछ…क्यापीतल सिटी ….फोहर जता ततै…केहिता गर..नेता हो…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 7

    • Okhalgunge

      विदेश गएर दुनिया डिग्री लिएर बिभिन्न राजनीतिक पार्टीमा लागेका महान बिद्द्वानहरुलाइ कृपय यस बारे केहि भन्नु छ कि?अनि बिदेशमा बसेर गफ चुट्ने
      बिद्द्वान ज्यु,हरुलाई यस्तो देख्दा कस्तो लाग्यो,दुइ हरफ लेखि दिनु हुन्छ कि,

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 11

    • ….कस्तो बिजोग मेरो देश को …कति रुइ कराई रहेको होला यो दुर्दशा देखेर मेरो धर्ति माता …हे भगवान ! होइन हाउ अब पनि हामी कति चोर नेता हरु को पछाडी लाग्ने हाउ हामी हरु … यो देश को बिजोग बनाउने नेता हर लाइ त कै न कै त पक्कै गर्न पर्छ अब त .. एस्तो बिजोग त संसार को कुनै ठाउँ मा छैन होला …!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • It was less than 3 years ago that Nepali people choose to change a 240 year old institution without giving a chance of referundum. At the time, we all knew this massive change was totally dictated by India. The first act passed by the resurrected parliament with the consent of Maoist, Congress and UML was to issue citizenship to millions of Indians.
      When the same monarchy that had refused to accept granting of citizenshipe to million of Indians was overthrown, there was great jubilation in Nepal. So it was the Nepali people who anted this change. Threfore, please stop bickering and accept this change. I am sick of reading all these complaints against the parties and mainly against India. You changed the system. So stick with it. Do’nt bicker. Grow up. Thats all.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • Nikunja

      मैले कुरा बुझिन! यो फोहोर फाल्ने काम नेताको हो कि महानगरपालिकाको हो? नेताहरु कुर्सिको लागि लड्दै छन्. तर महानगरपालिका के गर्दै छ? यो काम मेयरले भनेर हुने हो कि महानगरपालिकाको फोहोर मैला ब्यबस्थापन प्रशाशनले गर्ने हो? कुरो बुझ्न गार्हो भयो है.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • Arun Bibek

      मान्छे मारेका हत्त्याराहरु, लुटेराहरु र सार्बजनिक सम्पतिको अथाह विध्वंसकहरु, लाइ भोट दिएर सत्तामा पुर्याउने, ब्यबस्थापिकामा पुर्याउने बिबस र लाचार मानिस हरु भएको यो देशमा कर्मचारी , डाक्टर हरुलाई अलि आली नै भए पनि उपद्रो गरेर आफ्नो स्वार्थ हासिल होइहल्ला भन्ने आस लागेको होला. तुलना गरौ त यी डाक्टर अनि कर्मछारिहरु को उपद्रो कति नगन्य छ, देशमा नै आगोलगाउने माओबादीहरुको कर्तुतको आगाडी, …त्यसै ले उनीहरुको यो सानो संघर्सको समर्थन गरौ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 13

    • nrajan

      सम्पूर्ण सरकार तथा नेता पिडित नेपाली जनता हरु……..
      फोहोर ब्यबथापन का लागी एक उचित तथा प्रभाबकारी विकल्प ………

      यदि फोहोर को उचित ब्यबथापन चाहनुहुन्छ भने तपाई हरु को घर टोलबाट
      निस्कने फोहोर सिंहदरबार, BICC तथा प्रधानमन्त्री निवास बालुवाटार लगायतका आसपास का स्थान मा लगेर फ्याक्नु होला

      आफै हुनेछ फोहोर को उचित ब्यबथापन…………..??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 5

      • बीर

        वाह क्या दामी समाधान राजनजी, साथै फोहोर त्यहाँ मात्रै होइन जुन पायो त्यही बेला हड्ताल गर्ने यी कर्मचारीहरुको घर घरमा पनि लगेर फाल्नु पर्छ, अनि बल्ल चेत्लान कि ?

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • बीर

      कसैलाई के को पीर, कसैलाई के को पीर, घरज्वाईलाइ भने खाना कै पीर ! कोही मौकामा चौका लगाउन ब्यस्त, कोही व्यक्तिगत स्वार्थपुरा गर्न ब्यस्त, कोही पार्टीको स्वार्थपूर्ति गर्न ब्यस्त, कोही भण्डाफोर गर्नमा ब्यस्त, सबै आ-आफ्नो उद्देश्यपूर्तिमा ब्यस्त, अनि कसले हेर्ने जनताका पीर मर्का ? कसले गरोस देश र जनताको भविष्य र हितमा छलफल ? कसले बनाओस गतिलो नीति नियम ? देशको हित र रक्षाका लागि निर्बाचित सबै कुकुरहरु हड्डीको लुछाचुडीमा हराए पछी कुकुर पालेर पनि के मतलब भयो र ? मदन दाइले भने जस्तै यी काम नलाग्ने सबै कुकुरहरुलाई अर्को चुनावमा घुम्ती भेटेनरीबाट सुइ लगाएर जनताले तह लगाउनु पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 71 Thumb down 4

    • खोइ के भन्ने ताल देखेरै उदेक लागेर आउछ ,,, के पारा हो यो का.म.न.पा को …नेपालको पदाधिकारी सबै नालायक छन् … यिनीहरुलाई अलिकति पनि शरम लाग्दैन… हाम्रो रोग दिर्ग रोगको दल दल मा फसिसकेको छ अब यसको उपचार निकै कठिन छ तर आसंभव भने छैन .. यी सबै नाङ्गो नाच देखाउने हरुलाई पाखा लगाउने बेला आयो जस्तो लाग्छ मलाई त अब ….

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • Raju Adhikari

      नेपाल मा चलन नै यस्तो नि, फोओर सबै को दिमाग मा छ, नेता को त कुरा नै न गरु, तर आचाम्मा को कुरा त क बहाना डाक्टर लै चै पिट्न छोड्न हुन्न है, लापर्भई ल गर्दा धारी को जान गको छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 11

    • राउते

      आहा कति राम्रो स्वच्छ सफा हरा भरा काठमाडौं।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

      • राउते

        माओवादीले चौथो चरणको आन्दोलन घोषणा गर्नु भन्दा आफ्नो सबै कर्यकर्ता नभए पनि वाइ सी एल जतिलाई काठमाडौंको मैला सोर्ने काममा लगाउनु पर्ने, स्वच्छ सफा हरा भरा काठमाडौं भए पछि नेपाललाई किन १० बर्षमा स्विजरलैन्ड बनाउनु पर्यो।

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • raj

      यहि फोहर ले निम्त्याएको रोगबाट सबै भन्दा पहिले नेपालका सबै नेताहरु मरून मेरो येही अग्रिम शुभ कामना छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 289 Thumb down 9

      • Deepak

        काठमाडौँ मा जब सम्म प्लेग को माहामारी निम्तिदैन तब सम्म न सरकारको चेतना खुल्छ, न नै जनता को . प्लेग ले सुरत् मा हजार भन्दा बढी मरे पछी अहिले सुरत इंडिया कै सफा सहर मा गनिए.. जस्तै काठमाडौँ मा पनि एउटा प्लेग को माहामारी चाहिन्छ जनता, कर्मचारी , नेता, राजनीतिक कार्यकर्ता इत्यादी हरु को दिमाग र सहर बाट फोहोर सदाको लागि तह लगाउन . …

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 9

        • madan bajracharya

          दिपक जी
          प्लेगको महामारी फैलिएमा त् यिनै भ्रस्ट नेताहरुको अरु दुई चार वोटा बङ्गाल बन्ने छ/ उनीहरुले चाहेकै देसमा जनता रोग ले आन्दोलन ले बेकारिले असक्त होउन भनेर हो ताकी यिनीहरुले जेजस्तै कुकर्म गरेता पनि जनता पेटको समस्यामै पिल्सीयर बोल्ने नसक्ने बनुन/

          के गर्ने तानाशाही गर्यो भनेर राजा फालियो, तर अहिलेका के कम तानाशाही छन् र ?यस्ता बेकम्मा र निकम्मा बेयिमान भन्दा नराम्रो पन्चेनै अहिले ठिक थिएकी भनि सोच्न बाध्य हुँदै छ/

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 8

          • tukche ang

            काठमाडौँको बासीहरु आफ्नो घर बाट निस्कने फोहर , हफ्ताको एक चोटी संसत भवनमा फ्याक्नुहोला !!वा नजिकैको राजनेतिक पार्टी को कार्यलयमा बुजाउनुहोला !!

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

        • राम चन्द्र ज्ञवाली

          मान्छे को गर्दन छिदाल्ने हरु नागरिक सर्बोच्च्ता ,, हरुवा हरु को पर्जातान्त्रिक गण्तन्त्रैक सरकार ।ाफ्नो घर को फोहोरो बटुलेर पलास्टिक मा पोकोपारेर फ्याक्ने सिक्षित नेपाली हरु देश बिदेश मा बसेर माइसन्सार मा कमेन्ट लेख्दै यो भयन त्यो भयन भन्ने कमेन्टर हरु , घुस बिना काम नगरने कर्मचारी हरु भयको देश न हो नेपाल ।।बन्द हर्ताल तोड्फोर्ड पो नागरिक लाई पार्टी हरु ले सिकाउने हो नि सफा किन गर्ने त्यो त सरकार को काम हो

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 10

          • Okhalgunge

            अरुलाई बिदेशमा बसेर कमेन्ट लेख्ने भन्ने ज्ञवाली जी,मेरील्याण्डमा बसेर माइ संसारमा कमेन्ट लेख्ने चहीँ को हो नि?बिकसित देशमा बसेर पनि नेपालका नैतिक हीन राजनीति दलका नेता भनाउदा भ्रष्टहरु आउदा पुरानै मानसिकताले ग्रसित गुलामी गर्ने नेपालीहरुलाई के भन्ने नि ज्ञवाली जी ?

            मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

            • राम चन्द्र ज्ञवाली

              ओखल गुङे जि मेरील्याण्ड कोही मेरै नाम गरेको ब्यक्ती हुन सक्छ तर म होइन

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

      • madan bajracharya

        राज जी
        यी नेताहरु बिरामी भएर उपचार गर्न फेरी करोड करोड राज्यले खर्च गर्न नपर्ने गरि भुतुक्कै होउन/ म पनि यहि चाहन्छु/ भाकल कुनै देवताको गर्न परे बलि मेरै लिउन म तयार छुँ/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 5

      • dhan thapa

        टिक भन्नु भयो तपाईले..
        यो फोहरले हाम्रो नेताहरुलै हैजा लगेर मरुन !!!!!!!!!!!!!!!

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

      • santosh kc

        हे जनता हरु हो यी आँफै फोहोर नेताहरुले के फोहोर सफा गर्छन?आँफै ले आफ्नो टोल सफा राख !!! हामी आँफै परिवर्तन हुनुपर्छ.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    eXTReMe Tracker