मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यसरी मारिए डंगोल

    यतिखेर म वोस्टनमा गत शनिवार गोली हानी मारिएका सुरेन्द्र डंगोलको एपार्टमेन्टबाट भर्खरै आएर यी हरपहरु लेख्दैछु । गएका दुई दिनदेखि हामीहरु उनका परिवारलाई अमेरिका झिकाउनको लागि अमेरिकास्थित नेपाली दुतावाससँग पहल गर्ने उनको अन्त्यष्टि गर्नको लागि व्यवस्था मिलाउने आर्थिक सहयोग जुटाउने उनले काम गरेको कम्पनीसँग क्षतिपुर्तिको लागि कुरा गर्ने यहाँका स्थानिय तथा राष्टीय मिडियाहरुमा आफ्ना कुराहरु राख्ने र आफन्तहरुलाई संझाउने कार्य गर्दैछौं । कि्रसमसको र नयाँवर्षको होलिडेको याम भएकोले पनि केहि कार्यहरु ढिलाई भइरहेका छन् । अस्तिदेखि यहाँको मिडियाहरुमा यो खवर जोडदार रुपमा उठाइएको छ । ती आवाजहरु पिडितलाई न्याय दिलाउन र हत्यारालाई कानुनको दायरामा ल्याउनको लागि सहयोगी वनेका छन् । हत्यारालाई पक्रनको लागि पुलिसले जनतासँग अपिल गरेका छन् । तर हत्याराको अझै पत्ता लागिसकेको छैन ।

    आज पुलिसले सिसिटिभी क्यामेराले खिचेको लामो भिडियोको क्लिप सार्वजनिक गरेको छ । जसमा देखिए अनुसार लुटेरा सेतो सेडान गाडीमा आएर त्यस स्टोरको वाहिर पट्टी करिव २० मिनेट जति समय विताएको र मौका पारेर भित्रपसेको छ । पुलिसका अनुसार हत्याराले वस कुर्ने मान्छेसँग पनि गफ गरेको पनि हुनसक्छ । उसले पसल भित्र पसेर हतियार देखाएर पैसा राख्न भनेको र हतियार देखिनसाथ डंगोलले दुवै हातमाथि उठाएर आत्मासर्मपण गरेको र सवै पैसा हत्याराले दिएको व्यागमा हालिदिएको देखिएको छ । मृतक सुरेन्द्रले हत्यारासँग एकदमै सद्भावका साथ पैसा राखिदिएका छन् कुनै प्रतिकार गरेका छैनन् । गोली हानिनु भन्दा केहि सेकेण्ड पहिलेसम्म उनले दुवै हात माथि उठाएका छन् तर पनि किन उनलाई गोली हानीयो यसले यहाँका मिडिया पुलिस र सवैलाई अचम्ममा पारिदिएको छ । तरपनि आज सफोक काउण्टीका एटोर्नी जनरलले मिडियालाई आश्वस्त पारेका छन् । “जसले यो कुकर्म गरेपनि उलाई कानुनको दायरामा नल्याएसम्म हामी चैनसँग वस्दैनौं ।”

    मृतक सुरेन्द्र डंगोल डिभी परेर सन् २००४ मा अमेरिका आएका थिए । उनी पछिल्लो पटक नेपाल जान भन्दा पहिले पनि टेडिस्की फुड सफमा नै काम गर्दथे र नेपाल गएर आएपछि फेरि त्यहि काम गर्न शुरु गरेका थिए र त्यसैको ९ दिनमै उनी मारिए । उनले काम गर्ने कम्पनी टेडिस्की फुड सफ पाकिस्तानी नागरिकको प्रुान्चाइज कम्पनी हो । त्यसकारण उनले पाउनसक्ने विमा वा अन्य सुविधाहरु सम्वन्धी पनि पाउने नपाउने कुरामा अलिकता शंका उपशंका भइरहेको छ । हामीहरुलाई कानुन जानेका मान्छेहरुको अभाव निकै खड्किएको छ । कम्पनीको पहलमा बैंक एकाउण्ट र हामीहरुले पेपाल मार्फत सहयोग उठाउन पनि शुरु गरेका छौं ।

    मलाई सबैभन्दा खड्किरहेको छ हाम्रो देश गरिव र अविकसित हुनुको पिडा हामी यतिखेर भोगिरहेका छौं जस्तो लाग्छ । आखिर अमेरिका आएर यहि वसेपनि देश त सँगै जोडिने रहेछ । कल्पना गरौं कुनै धनी देशका विदेशी नागरिक नेपालमा यसरी काम गरिरहेको वखतमा मारिएको होस् म कामना गर्दछु त्यस्तो कहिल्लै नहोस । त्यो वेला नेपालले कति कुटनैतिक दवावको सामना गर्न पर्दथ्यो होला । तर यहाँ गरिव देशको नागरिकको हत्या भयो । करिव दुई दिनसम्म त कहाँ को के भन्नेसम्म थाह भएन नामसम्म अज्ञात थियो । माइसन्सारको अघिल्लो पोष्ट लगाएतले नेपाली मिडियाले त थाहा पाए तर यहाँको मिडियाले थाहा पाएनन् । शुरुमा कम्पनीको साहुले उनका आफन्तहरुलाई यहाँको मिडियामा जान हुदैन भन्ने जस्ता कुराहरु गरिदिएकोले दुईदिनसम्म घटनाको बारेमा चर्चापरिचर्चा नै भएन । मैले माइसन्सारमा लेखेको विषयलाई लिएरपनि मान्छेहरुले गाली गरे भन्ने पनि सुने । तर जब हामी यहाँको मिडियामा उनको बारेमा भन्यौं चारैतिरबाट सहयोग प्राप्त भइरहेको छ । आर्थिक सहयोग गर्नको लागि मानिसहरुले चासो देखाइरहेका छन् । कम्पनी लगायत सबैलाई दवाव पनि परिरहेको महसुस गरिरहेका छौं ।

    केहि सवालहरु

    अमेरिका आएका करिव ४० प्रतिशत नेपालीहरु ग्याँस स्टेसन कन्भिनेन्ट स्टोर आदीमा काम गरिरहेका छन् । त्यस्ता पसलहरुमा काम गर्ने नेपालीहरुलाई प्राय लुटिएका छन् पिटिएका छन् । सन् २००९ मा मात्रै यसरी नै ४ जना नेपालीको हत्या भइसकेको छ । त्यो क्रम बढिरहेको छ । तर हाम्रो आफ्नै वाध्यताको कारण ती घटनाहरु ओझेलमा परेका र पिडितले क्षतिपुर्ति पाउन सकेका छैनन् । अमेरिका भरिमा करिव ५०० नेपाली संघसंस्थाहरु छन् तर ती संघसंस्थाहरुले कुनैले पनि पिडितलाई न्याय दिलाउने पक्षमा केहि काम गरेको सुनिएको छैन । यद्यपी आर्थिक सहयोग लगायतका थुप्रै सहयोग उठाएका छन् । वोष्टन तुलनात्मक रुपमा धेरै नेपाली वस्ने शहरको नेपाली संस्थाहरुको पनि हालत उस्तै छ । धेरै संस्थाहरुलाई आपत विपत पर्दा कसरी न्यायको ढोका ढकढकाउने कसरी मिडियामा प्रस्तुत हुने जस्ता समस्याहरु देखियो ।

    नेपाली दुतावासवाट पनि यस्ता घटनाका पिडितलाई क्षतिपुर्ति दिलाउने सम्वन्धमा कुटनितिक पहल भएको वारेमा त्यति थाहपाइएको छैन । यद्यपी दुतावासका कर्मचारीहरु यस घटनाको सम्वन्धमा हामीसँग धेरै सहयोगी हुनुभएको छ । दुतावासले पनि क्षतिपुर्ति दिलाउनमा कुटनितिक पहल गरिदिनु पर्दछ जस्तो लाग्छ ।

    अमेरिकामा स्टोरहरुमा काम गर्ने डिभी परेर आउनेहरुमा पनि स्पष्टसँग अंग्रेजी भाषा वोल्न नसक्ने भएकोले विद्यार्थी वा राम्रो अंग्रेजी वोल्नसक्ने मानिसहरुको अभाव पनि खड्किदो रहेछ । त्यसकारण विद्यार्थी र काम गर्ने समुदायविच सहकार्य हुन आवश्यक देखिन्छ । काम गर्ने मानिसहरुले विद्यार्थीलाई अर्के दृष्टीले हेर्ने र विद्यार्थी वर्गले काम गर्ने नेपालीहरुलाई अर्कै हिसावले हेर्ने परिपाटीको अन्त्य हुन जरुरी छ ।

    दुर्भाग्य सुरेन्द्र डंगोलको हत्या एउटा गतिलो पाठ पनि हुनसक्छ नेपाली समुदायको लागि । मर्ने मरेर गएपनि पिडितको परिवारले न्याय पाउनु पर्दछ । यो घटना अमेरिकामा वस्ने सवै नेपालीको लागि एउटा पाठ बनोस् । कृपया तपाईहरुसँग केहि जानकारी छन् भने हामीलाई खवर गर्नुहोस् । तपाईहरुले आर्थिक सहयोग पनि गर्नसक्नु हुन्छ ।

    ubshrestha@yahoo.com


    No related posts.

    73 comments to यसरी मारिए डंगोल

    • Nabaraj

      त अलि मुर्ख मानब जस्तो लाग्यो / dv भनेको म सरनार्थी हु भनेको होईन / तलाई डि भी नपरेर होला, तेसो भनेको /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • annapurna

      दिभी भनेको माँ सरनार्थी हु भनेको हो . अरुको देस्मा सरन लिन जानु राम्रो
      होइन सबैले बेलैमा सोचन जरूरी छ साथी हो.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 8

    • Dinesh

      I feel very sorry for Him. R.I.P. Dangol

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Dc binoD,taipEi

      मृतक आत्मा को चिर शान्ति तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • purushottam babu

      so sad news to all and we still not believing this video .look like Dangol is still alive and he is around to us ,smiling and laughing with us
      everybody if u want to see more video inside and outside and how was he running after shooting to dongol ,press this link but becareful it will be heart u ,if u are more hearty to our dear brother if it don’t look up.

      http://www.myfoxboston.com/dpp/news/local/Reward-offered-in-Tedeschi-shooting

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • purushottam babu

      http://www.youtube.com/watch?v=Kzrt_5DFq_I
      http://www.youtube.com/watch?v=4y1J66YSbyo

      we are so unlucky
      we lost our brother,
      we are so unhappy
      we got this gloomy day ,

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Dr. Lee James Hong

      हामीले अब जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण परिवर्तन नगरी धरै छैन |आफ्नो नागरिक मारिदा हाम्रा राष्ट्रपति र प्रधानमन्त्री ज्यूले एकपल्ट ओबामालाई फोन गरेर त्यो घटनामा पिडित लाई क्षतिपूर्ती दिलाउने प्रयत्न गर्नु पर्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • नेपालमा मानिस हरु अमेरिका आउँ न मारी हते गर्छन /हेर्नुहोस अमेरिका मा कस्तो हालत छ/केहि ले सुख पाएका होलान तर धेरैको हालत खतम छ /
      के गर्ने फाटाहा नेता हरुले गर्दा नेपाली हरुको बिजोग छ/ सदैको चक्काजाम ,
      बन्द, हड्तालले गर्दा नेपाल के हुने हो ?यो कर्म जहा गए पनि दुखै दुख/जे होस् सुरेन्द्र जी को आत्माले सान्ति पाओस र वहाको परिवारले न्याय पाउन!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • विशाल डंगोल

      प्रहरीसंग CCTV camera ले लिएको विडियो छ भनेको हैन?? खोइ त्यो विडियो सार्वजनिक गरेको भए सायद त्यो अपराधी लाई पक्रन केहि सहयोग पाइन्थ्यो कि….??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Er.Sanjeeb Yadav,usa

      it is very critical situation for nepalease in usa.How nepali people stay in usa. but we nepalease must unite in usa to face such type of problem.Er.Sanjeeb Yadav.Aiken ,South carolina.USA

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Sarada

      The family should consult with a good attorney in MA, who practices both personal injury and worker’s compensation law.
      Also, they should check with the Social Security Administration if they can get any compensation.
      Sorry for the loss…

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Basanta Thapa.Maryland.USA

      इमान्दारिता र बिस्वासले अपराधीको अगाडी बाच्न सकेन प्रभु ! जो जहा रहे पनि यस्तो अन्यायी,दुखद,पीडाजनक बिछोड कसैले पनि भोग्न नपर्ने परिस्थिति बन्न सक्दैन त प्रभु !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh dhakal

      अमेरिकाको gas स्टेशनमा काम गर्ने नेपाली हरु को जति पनि हत्या हुन्छ त्यो सब इन्डियन र पाकिस्तानी सोसक र दलाल स्टोर मालिक ले गर्दा हो /धोति र पाकिस्तानी साउहरुले गरिब नेपालीलाइ निम्न पैसा मा काम लगार श्रम सोसन गरको छन् /प्राय अमेरिकामा इन्डियन र पाकिस्तानी सोसक र दलालहरुको gas स्टेशनमा बुलेट प्रुफ ग्लास हुन्न किनकि उनिहरु गरिब र इमान्दार नेपालीहरु लाइ काम तेस्तै बुल्लेट प्रुफ ग्लास नभको स्टोर मा दिन्चन र नेपालीले त काम गर्ने हो नि भनेर सेकुरिटीको मतलब गर्दैनन् /तेसै ले एस्तो घटना अमेरिकामा हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • basu shrestha

      सेप्टेम्बरको अन्ततिर नर्थ क्यारोलाइनाका रबिन्द्र शर्मालाई उनको आफ्नै स्टोरमा गोलि हानि मारिए पछि लेखिएको लेखको केहि अंश सान्दर्भिक ठानेर तल पेस्ट गरेको छुँ | लेखको पुरा अंश पढ्न http://nepalipost.com/index/?a=read&catid=2&id=9952 क्लिक गर्नु होला | तलको अंशमा सबैले ध्यान दिनु जरूरी छ र यथाशिघ्र पाइला चाल्नु पर्छ भन्ने मलाई लाग्छ |

      “प्रत्यक्ष रुपमा नगद कारोबार संचालन गरिने स्थानहरुमा काम गर्ने कर्मचारीहरुलाई व्यावहारिक रुपमै कथम् कोहि नगद लुट्न आएमा कुनै प्रतिकार विना हात उठाएर लुटेरालाई लुट्न दिनु भनेर सजग बनाइएको हुन्छ । यहाँ सम्मकी लुटेरा भनाउनेले “मसँग बन्दुक छ, खुरुक्क पैसा दे” भनेर मागे पनि लुटेराले भनेको मागलाई पुरा गर्नु भनेर काम शुरु गर्ने बेलामा नै कर्मचारीलाई सजग तुल्याइएको हुन्छ । कतै हाम्रा यि दाजुभाइमा यस्ता सजगताको कमी त भएन ? र यो बढि सम्भव पनि छ । किनभने ग्यास स्टेशन या यस्तै स्टोरहरु धेरैजसो भारतीय, पाकिस्तानी या बँगलादेशीहरुले सञ्चालन गरेका छन् । र, हाम्रा नवागन्तुक नेपाली दाजुभाइहरु चाहेर या नचाहेर अमेरिकी जीवन चलाउन यस्तै स्टोरहरुमा काम गर्न पुगेका हुन्छन् । फेरि यस्ता स्टोरहरुले अध्यागमनको नियम पुर्णतः पालना नगर्ने भएकोले काम गर्ने इजाजत (वर्क परमिट) नभएकाहरुलेपनि यस्तो स्टोरमा काम पाइरहेका हुन्छन् । स्वभावतः यस्ता स्टोरका मालिकहरुले “लुटेरा आएको अवस्थामा आफ्नो ज्यानलाई प्राथमिकता दिएर पैसाको परवाह नगर्नु” भनेर कहिल्यै भनेका हुँदैनन् । नुनको सोझो गर्न सिकेका हामी नेपालीहरु यस्तो स्टोरहरुमा काम गर्दा लुटेराहरुसँग प्रतिवाद गर्ने क्रममा बन्दुकको शिकार त हुन पुगेका छैनन् ? यस बारेमापनि नवागन्तुक नेपालीहरुलाई सजग बनाउन सामाजिक संघ संस्थाहरुले ध्यान दिने हो कि ?

      …. रविन्द्र शर्मा कानुनतः अमेरिकी राज्यमा काम गर्न पाउनेमात्र होइन कि उनका श्रीमती र छोरी समेत अमेरिका आउने तरखरमा थिए । झण्डै एक महिना बाँकी थियो उनको श्रीमती र छोरी अमेरिका आउन ।

      ….अमेरिकी सरकारको अर्थ व्यवस्थामा योगदानको एक सानो अँश बन्न खोजेका रविन्द्रको हत्याराको पक्राउको लागि स्थानीय सरकार या प्रहरीले के कस्तो प्रयास गरिरहेको छ यो कसैले चासो लिएको छैन । यसप्रति स्थानिय प्रतिनिधिहरु मार्फत प्रहरीप्रति दबाव बढाउन सकिन्थ्यो कि ? मृतकको परिवारले कहिँ कतैबाट कुनै शोधभर्ना र क्षतिपूर्ति पाउँछ पाउँदैन, नेपाली भएको हैसियतले नेपालीको प्रतिनिधित्व गर्ने नेपाली राजदुतावासले यस प्रति कुनै चासो लिएको छ कि ? केहि वर्ष पहिलेसम्म नेपालीको हत्या वा मृत्युमा कुनै सरोकार नराख्ने दुतावासले शोक सन्देश या समवेदना प्रकट गरेर दुखमा दुख मिलाउने भएको छ । तर नेपालीहरु प्रतिको दुतावासको जिम्मा के यत्तिलेमात्र पुग्छ त ?

      उद्यमी, व्यापारीको हत्यामा सरकारको तर्फबाट मृतकको परिवारले पाउने क्षतिपूर्ति दिलाउन नेपाली संघ संस्थाले कुनै तदारुक पाइला चाल्यो कि चालेन ? या चाल्नु पर्ने थियो या थिएन ? हत्यारालाई पक्राउ गर्न तथा आफ्ना सरोकारका नेपाली नागरिकहरुको सुरक्षाको लागि स्थानिय सरकार या प्रहरीलाई दबावको सिर्जना नेपाली राजदूतावासले गर्न मिल्छ कि मिल्दैन ? या यसबारे कुनै पाइला चालेको छ कि छैन ? दुइ राष्ट्रकाबीच कुटनैतिक सम्बन्ध कायम गर्नु बाहेक कुनै विशेष देशमा बस्ने आफ्नो नागरिकको हक, हित र सुरक्षाको लागि पनि हो राजदुतावासको आवश्यक परेको । यस परिप्रेक्ष्यमा नेपाली दुतावासको आफ्नै केहि बाध्यता, सीमितता होलान्, हुन सक्छन् । तर भए पनि आफ्ना नागरिकको लागि दुतावासले होस्ट राष्ट्र समक्ष बोलेको या उठाएको विषय एक व्यक्ति या कुनै सामाजिक संस्थाले बोलेको भन्दा बढि प्रभावकारी हुन्छ भनिरहनु पर्दैन । भविष्यमा हाम्रो दुतावासले आफ्ना नागरिकको लागि अमेरिकी सरकार समक्ष निर्धक्क बोलेर हामीलाई आफ्नो राष्ट्र अमेरिकामा भएको अनुभूति दिलाओस् भन्ने कामना गर्न चाहन्छु ।

      यसैगरि स्थानिय संघ संस्थाहरुलेपनि नवागन्तुक नेपालीहरुलाई उल्लेखित समस्याको निदानको प्रभावकारी उपाय खोज्नुका साथै स्थानिय सरकारसँग प्रभावकारी ढंगले आफ्नो अस्तित्वको बोध गराउन सक्नुपर्छ र यस्तो भएको हामी हेर्न उदात्त भएका छौं भन्दा उचित नै होला ।”

      मृतक डंगोलको आत्माले चीर शान्ति पाओस भन्दै उनको परिवारमा हार्दिक समवेदना भन्न चाहन्छु |

      बासु श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • मृतक आत्मा को चिर शान्ति तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Yogendra

      It is very sad event. I am very sorry to hear. I am not agree all people come Nepal through Dv which have poor English. It is too general and steiro types of analysis. student and DV people have been suffering in USA specially who work in store. Most people have been segregated who have not authority to work full time . they have been exploited.

      Yogendra

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • गरिब राष्ट्र को गरिब जनता अनि आवाज पनि सानो एस्तै हुदो रहेछ हजुर दुख को कुरा सुनियो, धेरै नरमाइलो लाग्यो
      मृतक आत्मा को चिर शान्ति तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना,

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • यो समाचार पढदा सारै दुख लग्यो : त्यस्यैले हामी सबै नेपालीहरु एस किसिमको घटना हरु को घ्होर बिरोध गर्ने पर्छ र हामी यस्ता हमार सामाजिक बिषयमा एक भएर मात्र यस्ता कुरालाई निउनिकरण ताथ निराकरण गर्न सक्छोउ मेरो पनि सुरेन्द्र डंगोल को आत्मा ले शान्ति पाओस भन्ने कामना सहित सम्पूर्ण डंगोल परिवार लै एस घडी मा धर्य धरान गरि निज हत्यारा लै कडा भन्दा कडा करबि गरियोश भन्ने कामना गर्दछु
      धन्यवाद
      दिपक
      काठमाडौँ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पुष्प

      सकेसम्म आफ्नै देशमा पसिना चुहाउनुजस्तो असल अरु के हुनसक्छ ! तर विदेशिनु कसैका लागि बाध्यता त कसैका लागि रहर भएको छ । जुनसुकै अवस्थामा अमेरिका हानिए पनि अधिकांश नेपालीहरूले पाउने काम भनेको ग्याँस स्टेशन, कन्भिनिएन्ट स्टोरको काम नै रहेको कुरा बाहिर आएको छ । केही अघिमात्र एकजना नेपाली विद्यार्थीको यस्तै स्टोरमा गोली हानी हत्या भएको थियो । त्यसबेला उठेका एउटा प्रश्नको उत्तर मैले अझै पाएको छैन । त्यो हो त्यस्ता स्टोरहरूमा काम गर्ने कामदारहरूको सुरक्षा व्यवस्था । अधिकांश स्टोरहरूमा सुरक्षाका नाउँमा सीसीटीभी, आत्मसमर्पण या त प्रतिकारका लागि हतियारको मात्र व्यवस्था हुने रहेछ । तर यसले ज्यान जोगिने अवस्था रहेन अब । दिनरात खुल्ने यस्ता स्टोरमा सुरक्षाका लागि बुलेटप्रूफ शिशा राख्न मिल्ने कुरा उठेको थियो । यसका लागि अमेरिकामा बस्नेहरूले मिलेर वा कुनै नेपाली संस्था मार्फत् नै भएपनि यस्ता सुरक्षा व्यवस्था अनिवार्य गर्न सरकारलाई दबाब दिन मिल्छ कि ? अबका दिन मृतकको शोक मनाउनु र सहयोगका लागि पैसा उठाउनेमा मात्र सीमित नभएर यी कुराहरूमा पनि ध्यान दिने हो कि ?

      मृतकको आत्माको चीर शान्ति र परिवारमा धैर्य धारणको कामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Khagendra Thapa

      शर्बप्रथम म डंगोल परिवार लै हार्दिक समबेदना दिन चाहन्छु . यो साह्रै दुखलाग्दो घटना घट्यो. मृतक दंगोल्जी को आत्माले शान्ति पाओस.

      उत्तमजिले यो लेख लेखेर सबैलाई खबर गर्नु का साथै मृतकको परिवार लाई धेरै मद्दत गर्दै हुनुहुन्छा. यो धेरै दुखको कुरा होकी हामी नेपाली हरु गरिब देशको भयको हुनाले हामीलाई हेपिन्छा उत्तमजी लेखैझ्हैन एसको मुकाबिला हामी सबै मिलेर गर्नु परछा

      यो घटनाले हामी नेपाली लाई आफु आफु मा मिलेर बस्ने र एकले अर्कालाई सहयोग गर्ने बुद्धि देवोस .

      खगेन्द्र थापा
      मिचिगन
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      इमान्दारिता र बिस्वासले अपराधीको अगाडी बाच्न सकेन प्रभु ! जो जहा रहे पनि यस्तो अन्यायी,दुखदायी,पिडामय मिर्त्यु नपाओस के यस्तो सम्भब छैन र प्रभु !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • gopal BOSTON USA

      यो घटना कुनै गरिब या नेपाली भएर घटेको हैन तेतिबला त्याहाँ जुनसुकै देशको नागरिक भए पनि मारिन्थ्यो होला हरेक कुरा देशलाई र गरिबीलाई जोडेर हेर हेरिनु हुदैन . यो आपराधिक घटना हो येस्मा नेपाली हुनु र गरिबी हुनुको केहि सम्बन्ध छैन जस्तो लाग्छ चाहे जो सुकै होस् यस्तो घटनामा मारिनु हुदैन . सुरेन्द्र डंगोलको आत्मालाई चिर शान्तिको कामना तथा परिवारलाई हार्दिक समबेदना .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

      • pradhan

        सामुदायिक संस्था हरु ले सूचना केन्द्र तथा नेपाली सपोर्ट निकाय स्थापना गरेर नया आगन्तुक लै स्थानीय ‘परिचय’दिने र भैपरिआयेम (एस्तो घटना) मा सबै कानूनी आदि को सहयोग गर्ने भन्न खोज्या. एन र एन जस्ता मै भन्ने ले गर्नु पर्यो हैन भने तेस्तै हो चिया पानि कुकिस र भेटघाट मात्रै.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradhan

      येस्मा एन आर एन संस्था को के दायित्व छ र हुनेछ? एस्तो घटना धेरै ठाँउमा घटेको छ र फेरी घटना सक्छ. एन आर एन को रोल हुनुपर्यो हैन र साथी हो. सिड्नी मा पनि धेरै येस्ता सुनियो तर कुनै संस्था को एजेन्डा मा चाही परेको देखिएन. अब यता तिर पनि सम्धित निकाय हरु को ध्यान जावोस.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Bhola Ghimire

      “मलाई सबैभन्दा खड्किरहेको छ हाम्रो देश गरिव र अविकसित हुनुको पिडा हामी यतिखेर भोगिरहेका छौं जस्तो लाग्छ । आखिर अमेरिका आएर यहि वसेपनि देश त सँगै जोडिने रहेछ । कल्पना गरौं कुनै धनी देशका विदेशी नागरिक नेपालमा यसरी काम गरिरहेको वखतमा मारिएको होस् म कामना गर्दछु त्यस्तो कहिल्लै नहोस । त्यो वेला नेपालले कति कुटनैतिक दवावको सामना गर्न पर्दथ्यो होला । तर यहाँ गरिव देशको नागरिकको हत्या भयो । करिव दुई दिनसम्म त कहाँ को के भन्नेसम्म थाह भएन नामसम्म अज्ञात थियो । माइसन्सारको अघिल्लो पोष्ट लगाएतले नेपाली मिडियाले त थाहा पाए तर यहाँको मिडियाले थाहा पाएनन् ।…… ”

      प्रिय मित्रहरु ,
      माथिका वाक्यहरुले प्रस्ट देखाउन्छन् कि हाम्लाई देश चाहिन्छ | तसर्थ अब म अहिले नै सबै बिदेशमा बसेका मित्र हरुलाई आग्रह गर्न चहान्छु कि आउनोस् ” नेपाल मा नै बसौ, सुख दुख मिलेर साटासाट गरम | मरे र लानु केहि छैन | येही का सन्तति लै दिम | साँचो बोल्न सिकुम् | बुद्ध को सिरोपर गरम | हाम्रो देश १० वर्ष भित्र संसार को सबै भन्दा राम्रो देश हुनेछ | अनि “DV ” नेपाली ले होइन अरेरिकन ले भर्नु पर्नेछ नेपाल आउन |
      अन्त्य मा मृत्यात्मा को चिर सान्ति को कामना !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • bimal

      मृत आत्माले चिर शान्ति पावोस…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • बीर

      सर्बप्रथम मृत आत्माले चिर शान्ति पाओस अनि डंगोल परिवारलाई धैर्य धारण गर्ने भगवानले शक्ति दिउन | समाचार पढेर यो हत्या कुनै सुनियोजित नभई मृतक र हत्यारा बिचको misunderstanding ले हुन गयो जस्तो छ | कारण CCTV मा गोली हान्नु भन्दा केहि सेकेन्ड पहिले मृतकले हात तल झारेको भन्ने कुराले के संकेत गर्दछ भने victim ले अब त सबै पैसा लगी सक्यो के पो गर्ला र भन्ने ठानेर हात तल झारेको होला, तर हत्याराले यसले त कुनै एक्सन (अलार्म बजाउने आदि) गर्न लाग्यो भन्ने ठानेर हतारमा गोली चलाए जस्तो छ | यही हात तल झार्नुले नै अभागी सुरेन्द्रको ज्यान लिन गयो जस्तो छ, किनकि उठेको हात तल झार्न आधा सेकेन्ड पनि लाग्दैन भने त्यहाँ कही सेकेन्ड उल्लेख गरिएको छ अनि अपराधीले आफु खतरामा पर्ने स्थिति देखेर गोली हानी हाल्यो | दुर्भाग्य एक नेपालीको अनाहकमा ज्यान गुम्यो |

      बिकसित देशहरुले आफ्नो नागरिकको कहाँ सम्म हेरविचार गर्छन चाहे तिनीहरु अपराधी नै किन नहुन भन्ने कुरा हालैको चीनमा मृत्यु दण्ड पाएका ब्रिटिश (मुस्लिम) नागरिकको केसले प्रमाणित गर्दछ | तर बिडम्बना नेपाली लोकदुतहरु भने खाली भत्ता खान र मोज गर्नको लागि खटिएका छन्, देशका नागरिकले भोगी रहेका दुख र समस्यासंग के मतलब ?

      अमेरिकामा DV परेका वा ग्रीनकार्ड पाएकाले जाबो बिद्यार्थी भनेर बिद्यार्थीलाइ वास्तै नगर्ने र बिद्यार्थीले हामी पो विद्वान भनेर अरुलाई मान्छे नै नगन्ने भन्दा नराम्रो सस्कार र उदाहरण अरु के पो पाईएला र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 8

    • Dr. Lee James Hong

      सम्पूर्ण नेपालीहरुले प्रवासमा भोगिरहेको उत्पीडन,श्रम शोषण,अपमान र अकालमा भोग्नु पर्ने मरणको जरो काठमाण्डुमा छ |यसको कारण राजनीतिक छ |राजा डेविदको पुत्र शोलोमनको शेष पछि प्रवासिएका यहूदीहरु झैं हामी नेपालीहरु मारिई रहेका छौ |अब हाम्रो देशको व्यवस्थापन पक्ष जति नै कामचलाउ र फितलो भए पनि प्रत्येक नेपालीहरु प्रवासमा रहेका मातृ भूमिका छोराछोरीहरुको लागि एकजुट हुनै पर्छ |विभिन्न रुपमा संगठित हरेक नेपाली संघ संस्थाहरुलाई मैले भविष्यमा निर्माण हुने एक सशक्त,चुस्त र दिमागदार एकिकृत नेपाली सस्थाको छायारुपमा विश्लेषण गरेको छु |जसरी रोमन साम्राज्यको थिचोमिचोमा परेर धूलो पिठो भएको भएको इजराएल देशलाई दाएस्पोरामा रहेका यहूदीहरूले आफ्नो तन,मन र धन खन्याएर पुन:निर्माण गरे उसरी नै अकालमा मारिनु भएका स्वर्गीय डंगोल ज्यू को परिवारमा आइपरेको यस छाती चिर्ने हृदयविदारक घडीमा हामी सबै नेपालीहरुले शोकलाई शक्तिमा बदल्न परेको छ |सचेत र सक्षम प्रत्येक नेपालीले अब हाम्रो जनता र देशलाई असल नेतृत्व दिन मुलुक फर्कन आवश्यक छ |यो भनेको के हो ? मुलुक फर्कने भनेको हरेक नेपालीलाई तिनीहरु जस्तो छन् त्यस्तै अगाल्न्नु हो |उनीहरुलाई मदत गर्नु हो -विद्यार्थी हो -पढेलेखेको छु भनेर कामदार नेपालीहरुलाई नहेप !कामदार साथी हो – पढाई भएकाहरुले हेप्छ्न भनेर उनीहरुदेखि नतर्स!व्यापारीहरु हो यो बेलामा आर्थिक सहयोग गर ! वकिलहरू हो -सकेको कानूनी मदत गर !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • kris

      अमेरिकी पुलिस कति पानीमा छ भन्ने अब थाहा हुन्छ। मुख्रय कुरा इच्छा शक्ति हाे तर पुलिस निकै सिरियस भए जस्तै देखिन्छ। यतिका इभिडेन्स हुँदा पनि अपराधी समात्न सक्दैन भने बस्टन पुलिस सुपरिटेन्डेन डेनियल लेन्स्कीले राजीनामा दिए हुन्छ। उनलाइ त्याे कुर्सीमा बस्ने अधिकार छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • जीवन

      यदी नेपालमा अमेरिकाको नागरिक मरेको भए कती नेपालीले सम्म दु:ख पाउथे होला तर निहत्था नेपाली अमेरिकामा मर्नु पर्‍यो, कुनै लेखा जोखा हुन्न । नेपाली जनता तथा नेताहरु सबै राजनीतिक भुमरी मै रुमाललिरहेका छन । हे आमा नेपाल यस्तो एउटा सपुत को जन्म देउ कि भोली डङ्गोलले जस्तो अरु नेपालीले बिदेशमा मर्न नपरोस । मृत आत्माको चिर शान्तीको कामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • ashis

      आफै अमेरिका मा मर्ने बच्ने को ठेगान छिन के आरु को कुरा गर्ने ……

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • द्रोण

      नेपालमा सजिलो संग पैसा टिप्ने भनेकै दलालहरुले नै हो अनि यो सगुन भन्ने पनि दलाल नै रहेछ कि क्या हो

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Ravindra Sapkota

      कति दुख लाग्दो खबर… म आफै पनि झन्डै त्यस्तै अवस्था बाट गुज्रिएको हुनाले त्यो पीडादायी क्षण को मर्म बुझ्न सक्छु…मृतक को आत्मा को चिर शान्ति को कामना गर्छु…विदेशी हरुप्रति हिंसा अहिले अमेरिका मात्र होइन अरु देशहरुमा पनि बढिरहेको छ ….हाम्रो देश को बिजोग ले गर्दा कोहि रोजगारी को खोजीमा, कोहि उच्चा शिक्षा को खोजीमा त कोहि सुरक्षित जीवन को खोजीमा विदेश विदेश भौंतारिनु परेको छ हामी नेपालीले…..हामीले एस्तो गर्नु परेपनि हे भगवान हाम्रा सन्ततिले यो बाध्यता भोग्नु नपरोस…
      तर एउटा कुरा चाही छ है, अमेरिका मा भएको घटना हुनाले मृतक का परिवारले न्याय पाउने सम्भावना म बढी देख्छु….नेपालमा भएको भए चाही त्यति कुराको आश राख्नु पनि धेरै हुन्थ्यो कि…..

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • utam

      मृतकको आत्माले चिर शान्तिको कामना र हत्यराले सजाय पाओस

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • THAPA RAJBARSINGHA / CANADA

      हजुरको कुरा मा सतप्रतिसत सहमत छु,अमेरिका मा ग्यास स्टेशन मा धेरै धेरै नेपाली ले काम गर्नको कारण थाहा पाउन सकिन,.बढी नगद व्यापार हुने र मानिसको जमघट पनि कम हुने हुनाले लुटेरा हरुको पहिलो रोजाई यस्ता स्टेशन हरु हुने गर्द छन् ,अर्को कुरा हामी नेपाली मा सेफ्टी को बारेमा साधारण ज्ञान को कमि ले पनि हुन् जान्छ यस्तो भयानक दुर्घटना ,,,यस्ता नगद कारोबार हुने र लुटपाटको डर हुने स्थान मा काम गर्दा हामी सबै नेपाली दाजु भाई हरुले नगद कारोबार गर्दा अपनाउन लियको वा दिएयाको तालिम लाई सदैब दिमाग मा राख्नु पर्दछ .सारै दुख लग्यो यो समाचार ले .त्यहाँ हुने सबै दाजु भाई हरुले सकेको सहयोग गर्नु ,होला ,.तपाई हामी सबै लाई थाहा नै छ हाम्रो देशको कुटनीति नाम मात्रैको हो केहि आशा गर्नु बेक्कार छ …..
      समाचार अनुसार हत्यारा सुरेन्द्र लाई चिन्ने मानिस हुनु पर्छ,तेही भयर उसले पैसा लिया पछि पनि सुरेन्द्र लाई छोड्न चाहेन ……

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • रेशम (कोरिया)

      मृतक आत्मा को चिर शान्ति तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना !!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • ओह्ह सगुन जी कति sajilo छ है नेपाल मा पैसा टिप्न? तेस्तो बिध्या जानेको भए हामीलाई नि सिकाउनुस न…

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • Mr.Pant

      मृत आत्माले चिर शान्ति पायोस
      पन्त जापान

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • gaurab

      very very sad news ,i have got a link to the video please watch at
      http://wbztv.com/video/?id=84797@wbz.dayport.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • ardniban

      मृत आत्माले चिर शान्ति पावोस ! अमेरिका मा मात्र होइन हरेक ठाउँ मा गरिब देश को नागरिक हुनु को पिडा भैरहेको छ ,सरकारका लाचार राजदूत भत्ता तलब मै मस्त छन्, कहिँ पनि कुटनीति राम्रो छैन हामीहरुको न त आफ्नो भूमिका बोध छ न त अरु देश को सरकारले हाम्रो कुरा सुन्छ ! कमसेकम घटना पछाडी त केहि गरोस राजदूताबासले! खैर क गर्नु सरकार को सिफारिसमा त छानिन्छन दुत न केहि ज्ञान न योग्यता ,

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • Durga Khanal

      भावनात्मक सहयोग मेरो तर्फबाट । हत्यारा लाई चाडो कारबाई होस् । अमेरिका होस् या भारत , खाडी राष्ट्र होस् या नेपाल मै किन न होस् हत्यारा लाई कारबाई हुनु पर्छ सम्बन्धित देश को कानुन अनुसार ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • SONAM (The Nepali Babu)

      उन्हा को आत्माको चिर शान्तिको कामना गर्दछु र हत्यारालाई कानुनी दायरामा ल्याउनु को लागि सक्दो प्रयास गर्न को लागि सबै संग आपिल गर्दछु .सबै ले आफ्नो आफ्नो ठाउँ बाट सक्दो सहयोग को लागि हात बढाउनुहोस् साथी हो .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • रोकेर रोकिदैन त्यो ….छेकेर चेकिदैना त्यो ….सिकेर सिकिन्छ धेरै नै..सहयोग गरे सहयोग अवस्य पाउछ पनि..!! तिम्रो आत्मा ले शान्ति पाउन.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • rina

      मृतक आत्माको चिर शान्तिको कामना गर्दै हत्यारI चाडैनै पक्रिने छ भन्ने आशा गर्दछु|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sanu

      Some of the Asians may have not covered their employees benefit, insurence and they pay them low. May the Pakistani owner has something to hide so he advised not to go to the media which may drag him into his business ethics and he is worried about some of the legality of the business.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • बोस्टनमा नेपाली कानुन व्यवसायी नभएको हुनाले यस प्रकारका घटनामा के कसो गर्ने र तत् सम्बन्धमा आवस्यक प्रक्रिया कसरि अगाडी बढाउने भन्ने बारेमा आम नेपालीहरुलाइ जानकारी नभएको हो | यस्ता प्रकृतिका मुद्दा मा प्रेमिसेस लाइयाबिलीटी लयर राख्नु पर्ने हुन्छ | यहाँ सम्पूर्ण व्यहोरा लेख्न अपर्याप्त भएको हुदा, नेपाल अमेरिका कानुन ब्यवासी संगठन को साईट (www.anlus.org) मा बिस्तृत जानकारी राखिएको छ |

      पिडित परिवारले न्याय र उचित क्षतिपूर्ति पाउन सम्भव छ !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • सुरेन्द्र जी को मृत्यु को खबरले म र मेरा साथीहरु अत्यन्त मर्माहत भएका छौ . शोक को यस घडी मा हार्दिक समबेदना प्रकट गर्दै हत्यारा लाई तुरुन्त समाती कार्यवाही गरियोस भन्ने अमेरिकी सरकार संग अनुरोध गर्दछु

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • HIMALEE

      ” नेपाल मै जत्ति पनि कमाउनु सकिन्छ ” तर तपाईले भन्याजस्तो सजिलो गरि चाही होइन / हुनत बिदेशमा पनि सजिलो संग त किन कमाउनु सकिन्थ्यो र तर पनि विदेशको जीबन स्तरको हारा-हारीमा पारिश्रमिक पाउदा नेपालको लागि धेरै हुन् आउछ र बचत गर्नु सके मा त्यो परिणाम नेपाल मा ठुलो देखिन्छ /

      तपाइको प्रश्नलाइ मेरो पनि प्रति प्रश्न छ :
      एक जना निर्माण श्रमिकले दिन भरि काम गरेमा उसको

      १. कति प्रतिशत आवस्यकता पूर्ति हुन्छ ?
      २. कति प्रतिशत बचत हुन्छ ?

      तर बिकशित देशहरुमा यदि काम पाएको खण्डमा फजुल खर्च नगर्ने हो भने, उसको सम्पूर्ण आवस्यकता पुरा भै कन पनि केहि प्रतिशत बचत हुने गरि पारिश्रमिक तोकिएको हुन्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

      • HIMALEE

        हुनत म आफै पनि बिदेशिनु राम्रो हो भन्ने पक्ष्यमा छैन तर पनि “बाध्यताको अगाडी आदर्शले सधै घुडा टेक्छ” भन्छन नि /
        अनि अर्को कुरो आज भोलि हाम्रो समाजमा विदेश जानु भनेको त ” प्रतिष्ठाको बिषय ” भैसकेको छ (बिशेष गरि बिकशित मुलुक जानु ) चाहे त्येहा गएर जे सुकै किन गर्नु नपरोस/ हाम्रो समाजमा “मेरो छोरो अमेरिकामा छ ” , ” मेरो छोरी जापानमा छ” ” मेरो दाई/भाई बेलायतमा छ” भनेर गर्ब नगर्नेको शंख्या सायदै होला नेपालमा तर त्येही कुरो भन्नु शंकोच मान्नेहरु पाउनु पनि गार्हो छ/ यो समाजको यतार्थता हो /

        जय नेपाल
        हिमाली

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • Pur Thapa

      एउटा नेपालीले लोत्टो चोरेको चै संसनिखेज समाचार बन्छा यु.एस.ए.को मिडिया मा
      //तर एउटा नेपाली अनाहकमा मारिदा चै बाल-मतलब छैन?के हो यस्तो?
      अनि तपाई डिभी परेका नेपाली दाजुभाई हरु त कम्तिमा पनि ग्यास स्टोर इत्यादी मा काम नगर्नुस न यार! तपाई हरुलाई त जे जस्तो काम गर्न पनि छुट छ नि !! अलिकति मेहनत गरेर अल्ली कम रिस्की ठाम तिर पो काम गर्न पो कोसिस गर्नुपर्छ त! स्टुडेन्ट हरुलाई पो बिचरा धेरै अप्सन नै छैन … त्यसैले ग्यास स्टेशन मा भए पनि गर्नै पर्यो///तर तपाई डिभी परेका नेपाली दाजुभाई हरु त कम से कम् अल्लिकती अरु नै काम तिर पो प्रयास गर्नु पर्छ त!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • आत्माले चिर शान्ति पाओस.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • sunil

      saharai dukha lagyo marne ta maregaye bachenelai kati garo hunehola !
      phere phere yesto ghatna nadohoreyos bhanene kamanagardachu .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Generally, a store owner is responsible for the safety of staff inside the store as well as the safety of all those outside in the parking lot. If they fail to keep their premises safe, then they are considered liable for any harm caused be their negligence. Retail store negligence cases can include accidents that occur on the premises, attacks and assaults that occur on the premises, and any harm that occurs as a result of an illegal sale. A retail store negligence attorney must be contacted as soon as possible.

      A quick google search for Personal Injury Lawyers (retail store negligence) in Boston. MA gave some results, given below.

      http://www.morrisonmahoney.com/ [Boston, Massachusetts, 250 Summer Street, Boston, MA 02210, Phone: (617) 439-7500, Fax: (617) 439-7590. Email: boston@morrisonmahoney.com]

      http://www.bostoninjurylawfirm.com/
      http://www.parkerscheer.com/personal_injury.html

      Generally, an initial consultation with these law firms is free. It is possible that the lawyer may agree to work on a contingent basis e.g. 1/3 of the amount recovered as the fee.

      Sadly, Nepali lawyers are mostly based in New York , who cannot practice a MA law with NY License. This raises the concern of legal representation and lawyers from our community in all states resided by Nepalese.

      ANLUS is willing to assist the family and community to get connected with an attorney for appropriate legal action asap. Please communicate regarding this matter at anlusnepal@gmail.com OR leave a message at http://www.anlus.org

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Nikunja

      अति राम्रो काम गर्नु भयो उत्तमजी. बिचल्ली भएको परिवारलाई शान्ति मिलोस भन्ने कामना गर्दछु. नेपालिहरु डिभी लटरी परेर यहाँको लागि रमना दिनु भन्दा अगाडि भाषा र केहि शीप लिएर आउँनु जरुरि देखेको छु. तपाइँलाइ कस्तो लाग्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • sagun tamrakar

      मेरो प्रश्न … किन जान्छन मान्छे हरु अमेरिका, जापान , कोरिया ?किन जानु पर्यो??? पैसा को लागि? पैसा नै कमाउने हो भने नेपाल मै जत्ति पनि कमाउन सकिन्छ . नेपालमा पैसा तेत्तिकै उडिरहेको छ, समाउन जान्न पर्छा…एस्तो आर्थिक मन्दी को बेला मा मान्छे न मारेर के गर्छा त चोर हरुले? अझै धेरै नेपाली हरु ले ज्यान गुमौछं भविस्य मा… हेर्दै गर्नु

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 98

      • SanjaY

        Drar Mr. Tamrakar,

        सबैले तपाइले जस्तै पैसा टिप्न नसकेको हुन सक्छ र बाध्यता बस बिदेसमा जान्छन पैसा कमाउन. तपाइलाई पैसा कमाउने धेरै आइडिया छ भने कृपया हामीलाई पनि सिकाउनुस येही ब्लग मार्फत — धन्यबाद

        हत्यारालाई छिटो समातेर सजाय होस् .

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 3

      • THAPA RAJBARSINGHA / CANADA

        तपाइको कुरा ठिक हो ..छातीमा हात राखेर भन्नुस विदेश जाने चक्कर कति पल्ट गर्नु भयो ????कि कुनै बिदेसी भुनी बाट यो लेख्दै हुनुहुन्छ …….. कसलाई छोड्न मन छ मातृभूमि ?????? कसलाई मन छैन देश मै बस्न अनि देशको लागि गर्न ///////
        तेस्तो कु तर्क ले बिदेशमा बसेर पसिना बगौदै …देशको अर्थतन्त्र धान्ने सबै नेपालीको मन दुक्छ/////

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

      • dipika

        सगुनजी तपाइलाई डिभी परेन जस्तो छ है, पर्यो भने तपाई पनि सबै कुरा बिर्सेर रमाउदै जानुहुन्छ होला बिदेस .

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 6

        • sagun tamrakar

          आमा कस्सम मैले जिन्दगि मा डिवी को लागि दुख गरेको छैन. मलाई मन पनि पर्दैन एस्तो घटिया कुरा हरु. डिवी भरेर पाई हालियो भने पनि के काम? विसा पाउदैन. विसा पाए उ तेही डंगोल कै ताल हो.. मरियिन्छ . अनि कत्ति ले मेरो कमेन्ट को बारे मा लेख्नु भएको छ…. छाति मा हात राखेर भन्दैछु मैले कहिले विदेश जाने चक्कर काटेको छैन न नै मलाइ विदेश जानु पर्ने खाचो छ तिमीहरु जस्तो. अनि अर्को ले चाही भनेको छ… पैसा टिप्ने? मैले पैसा टिप्ने कुरै गरेको छैन. मैले त पैसा नेपालमा उडिरहेको छ… समाउनु जान्नुपर्छ भनेको हो.. दुख गरे आफ्नै मात्री भुमि मै पैसा छ….. बस येही हो…

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • kumar

      परदेसिनु आफैमा एउटा पिडा हो,
      अनि त्यसै माथी एक निर्दोश नेपाली को हत्या ले हामी सम्पूर्ण बिदेसिएका नेपाली लाई स्तब्द बनाएको छ ।

      Please Help and Support Late Dangol’s family as much as you can
      Kumar
      Arlington VA

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 5

    • Pukhar

      मृतक आत्मा को चिर शान्ति तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

    • Akash Kandel

      सुरेन्द्रको आत्माको चिर शान्तिको कामना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • keshav prasain

      साहुले किन तेसो भनेचन, यहाको मेडिया मा जानु हुदैन भनेर…अलि दीतैल मा समाचार पाए हामी आवारी हुनेथियेउ…हत्यारा जो सुकै वयेनी छोड्नु हुदैन…डंगोल को चिर सान्ति को कामना गर्दछु….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 4

      • THAPA RAJBARSINGHA / CANADA

        केशव सर तपाइलाई थाहा नै छन् नि पाकी ,धोति ,बंगाली ले कसरि व्यापार गर्छन यहा तिर भनेर …त्यो पनि सोध्ने होर भनेको …त्यो फ्रंचैसे हो …मात्र बारसिक कम्पनि को घोसित पैसा तिरेर चलैयाको अब त वोर्कर को बिमा तिर्नु पर्यो NIYAM KANUN ANUSAR CHALNU पर्यो ,,,,,,ANI त ..कम्पनि ले त CHOD DAINA …….

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Ananta

      धेरै dukkha को समाचार छ| नेपाल बलियो नभए सम्म नेपाली लाई कसै ले चिन्ने छैन र गरिब नेपाली को आवाज लाई कसै ले मान्यता दिने छैन| हाम्रो आवाज सबै ले सुनुँ भनेर नै हामी एक भै अघि बढ्नु पर्ने हो| तर कस्तो दशा लाग्या छ हाम्रो देश लाई|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • Bjay

      मृतक आत्माको चिर शान्तिको कामना गर्दै हत्यारो चाडैनै पक्रिने छ भन्ने आशा गर्दछु|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 6

    • कबिन

      सारै दुखदायी समाचार..नेपाल मा केहि छैन..परदेश गयो अनि एसरी मारिनु पर्ने न कुनै कारबाही..न कुनै न्याय…डंगोल जी को हत्यारा लाई कुनै पानी हालतमा खोजी गरी हदैसम्मा को सजाये गर्नुपर्छ.. अनि मात्र वहाको आत्माले शांति पाउछ..मेरो समबेदाना..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 2

      • GOPAL

        “जो होचो उसैका मुख मा घोचो” भने जस्तै हामी नेपाली गरिब राष्ट्र का नागरिक भएर होला सबै ले हेपेका हुन् र विदेश मा त झन् नेपाल को कुटनीतिक नियोग नै छैन भने पनि हुन्छ | नेपाली को आपत् बिपत मा बोलिदिदैन वा बोल्नै डरौछ | तेसैले बिदेसिनु हाम्रो आफनै बाद्यता हुनसक्छ | तेसैले विदेश मा हामि आफै सजक हुन जरुरि छ |

        सुरेन्द्र डंगोल को आत्माले चिरशान्ति पावस हाम्रो कामना छ उनको आत्मा लाई | अनि उनको परिवारजन लाई धैरिय धारण गर्नसक्ने सक्ति प्रदान गरुन उनै आरद्यदेब श्री पशुपति नाथ ले !!! जय पशुपति नाथ …………………..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    • Drona " Bishwas" Pandeya

      मृतक आत्मा को चिर शान्ति तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना …………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 137 Thumb down 5

      • ‘सुरेन्द्र डंगोलजी हामी बीच रहनु भएन / पापीले उहा जस्ता निर्दोष,दुखी र इमान्दार नेपालीलाई सदाका लागि सुताई दिए/ उहाको सपना,आकांक्षा अनि उद्देश्य सबै उडाई दिए /मलाई सुन्न साथ कति नमज्जा लाग्यो| उहाको आत्माले चिर शान्ति पाउन र उहाको शोक सन्तप्त परिवार पर्ति इश्वरले धैर्य धारणकोलागि शक्ति प्रदान गरुन मेरो यो शोकको घडीमा मेरो यहि समबेदना प्रकट गर्दछु|”

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 0

        • prakash

          यो नेता भनौदाले गर्दा एस्तो भएको हो, देशमा नेपालीलाई फुटाएर स्वत्य गनराज्या बनाउछन, अब सुरेश डङ्गोल जि नेवारी गनराज्यका हुन म किरात गनराज्यको परे, तेसैले उहाको बारेमा केहीबोले मलाई अफ्ठेरो लाग्छ, तर पनि उहाको परिवारलाई समबेदना,

          नेपाली भन्न पाउ नेपाली भनेर चिनाउन पाउ,१ नेपाली मर्दा पर्दा म नेपाली हुँ मैले नेपालीलाई शाहायता गर्नु पर्छ भन्ने भावना निकाल्न पाउ एही मेरो प्रथाना छ.

          गुरुङ बुढो
          वासिङ्टन डिसी

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 17

          • गोरख

            डी वि चिट्टा परेर घिरौलो जत्रो नाक बनाएर जाने अनि नेता लै दोस दिन भएन नि गुरुङ बुडा .

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 15

      • das

        http://www.youtube.com/watch?v=Kzrt_5DFq_I&feature=player_embedded

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    eXTReMe Tracker