मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हरे भगवान, फेरि नेपाल बन्द!

    माओवादीले तीन दिने बन्द गरेको १० दिन के भा’थ्यो फेरि अर्को बन्दको मार खेप्‍नु परेको छ हामीले। यो बन्द चाहिँ कुनै राजनीतिक दलले गरेको नभई आदिवासी/जनजाति बृहत मोर्चा नेपालले गरेको रहेछ। खासै प्रचार पनि भएको हैन बन्दको। बन्द भनेर पहिलो पटक हिजो एक जना साथीले भन्दा थाहा पाएको थिएँ। नेपाल बन्दको बारेमा अपडेट गरी बस्ने नेपालबन्द डट कमले समेत यो बन्दको बारेमा सुँइको पाएको रहेनछ आज बिहानसम्म। क्या जमाना आएछ यार अब, बन्द भनेर थाहै नपाई पनि बन्द हुने भएछ। फेरि इस्वी संवतको वर्ष फेरिएको पहिलो दिन नै बन्द भएपछि न्यु इयर मनाउनेहरुले खुब दुःख पाउने भए।

    बन्दको अघिल्लो साँझ निकालिएको मसाल जुलुस। सबै फोटो सौजन्यः पुरुषोत्तम बराल/रासस

    बन्द आयोजकले राखेका मागमा आई.एल.ओ. महासन्धि नं. १६९ लागू हुनुपर्ने, नयाँ संविधानमा आदिवासी/जनजातिको आत्म निर्णयको अधिकार, सामूहिक अधिकार, ऐतिहासिक पृष्ठभुमि र पुख्यौली भूमिको पहिचानसहितको जातीय स्वायत्तता लगायतका विषयहरु पुस १९ गतेभित्र संविधानको मस्यौदामा समावेश गर्ने जस्ता रहेछन्।

    रमाइलो कुरा त के छ भने जातीय स्वायत्तताको लागि यो बन्द अहिले आयोजना भइरहेको छ। अब केही दिनमा नै राष्ट्रिय जनमोर्चाले त्यो हुनुहुँदैन भनी अर्को बन्द आयोजना गर्दैछ। जनमोर्चाले संघीयताको विरोधमा तीन तीन दिनको फरक पारेर दुई वटा अञ्चल बन्द गर्दै आएको छ।

    गज्जब छैन त, एउटा पक्षले यो चाहियो भन्दै बन्द गर्ने, अर्को पक्षले चाहिँ त्यो हुन्न भन्दै बन्द गर्ने। जनताको नाममा जनतालाई दुःख दिने काम।

    बन्दको शृङ्खला कहाँ यत्तिकैमा अन्त्य हुन्छ र। कमल थापाको पार्टीले संविधान छिटो बनाउनु पर्‍यो भन्दै बन्द गर्दैछ केही दिनमा। माओवादी त झन् ठूलो पार्टी, कहाँ यस्ता एकदुई दिने बन्द गर्छ र, माघ १० देखि अनिश्चितकालीन बन्द गर्ने भनेको छ। दिनमा छ घण्टा बत्ती बन्द हुन्छ। धारामा पानी बन्दै छ। कति बन्दको वाक्कलाग्दो कुरा गरिरहनु, लौ भो, अब योभन्दा बढी लेख्‍नै बन्द।


    No related posts.

    66 comments to हरे भगवान, फेरि नेपाल बन्द!

    • Dinesh Rai

      बन्द.. बन्द.. बन्द.. बन्द …बन्द.. बन्द.. बन्द.. बन्द ..बन्द.. बन्द.. बन्द.. बन्द.. बन्द …सुन्दा सुन्दा वाक्क ब्याक्क भैसके | अब त भात खान नै बन्द गर बुझिस ??? साले, भाते, चोर, डाका नेता भनौदा हरुलाइ फासी दिऊउ न है नेपाली जनता हो| के हेरिराखेका छौउ हामीहरुले ह साथी हो ????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रतिक्रिया लामोनालेखी छोटो र मिठो बनाएर लेखे सबैले ठाउं पाउँने थियोकी?किनभने पढे पछी सबैलाई केहि न केहि लेख्न मन लगिहल्छा/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • गैजत्रै भयो नेपालमा त. हे प्रवु इ नेताहरुलाई कि बुद्धि देउ कि मृतु देउ.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • सुरज श्रेष्ठ

      अब त नेपालमा बन्द न भएको दिनमा निद्रा लाग्नपनि छाड्यो । बन्द भएपछि आज यौटा काम भए जस्तो लाग्छ । अनि ढुक्क भईन्छ । नेपाल बन्द हामीहरुको संस्कृति नै भैसक्यो ।

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Amit

      मेरो संसार को server लाइ reinstate गर्नु पर्यो भनेर चन्दा उठाउदा १० दिन मा पैसा उठेको थियो. इन्टरनेट मो मार्फत बाट एउटा योग्य मान्छे लाई vote गरि संसार का सबै नेपाली ले support गरौ न. येसो भएन र उसो भएन भनेर SLC Fail नेता लाई दोष लाउनु भन्दा म आफ्नो छ्यामता एती गर्छु, अरु २० करोड नेपाली सबै ले अलि अलि गरे हर्म्रो दुई भित्ते देश दुई महिना म बन्छ.

      मुला प्रचंडे ले देशलाई गणतन्त्र बनाउछु भन्दै भासन गर्छ. हामी के अब घर अगाई तापेर बस्ने हो त. औला मै गाने हो भने १०-१२ जना होलान. गिरिजा, प्रचण्ड, बाबुराम, माकुने, ब्लाह ब्लाह ब्लाह. कस्सिएर झापड हान्ने हो भने भुतुकै हुने गरि ढल्छ त्यो गिरिजा. अरु भन्या भाडा का टट्टू हुन्, २-४ करोड मुख मा फय्ल्दियो भने साब चुप लग्चन. ई दुए चार जना लाई तह लगाउन सकियो भने एउटा राम्रो vision भएको मान्छे चाहिन्छ देश बनाउन.

      मा आफ्नो तर्फा बाट USD 1,000 दिने भए. mersansar लाई अनुरोध छ. देश बनाउने जिम्मा हामी आफ्नो हात मा लीउ. तपाई हरु ले एलाई co-ordinate गर्ने जिम्मा लिनुस. के भन्नु हुन्छ? आट गर्न सकिन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • आन्दोलन मा टेकेर आएका त्यस्ता पार्टीहरु को कुरा चले न चले पनि आदिबासीहरु को चाँही यति धेरै, आधिकारका लागि त यीनले पनि बन्द गर्न पाउने अधिकार छ नि.फेरी यीनले गरेको बन्द बनाउने पक्षमा त थियो होला l

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 5

    • Dr.James Hong Lee

      वास्तवमा जनजाति अधिकारको नाममा मुलुकलाई पुन गृहयुद्धतर्फ धकेल्ने प्रयास भै रहेको छ|म के विश्वास गर्दछु भने अधिकार लिनको लागि अधिकार पाइसकेपछि सो अधिकारलाई राम्ररी प्रयोग गर्न सक्ने हुनुपर्दछ|अधिकारको नाममा म आफ्ना सन्तानलाई १२ औं शताब्दी तिर धकेल्न चाहन्न |खरर नेपाली बोल्ने र कम्तिमा सरर अग्रेजी लेख्न सक्ने जनजातिहरु नै सांचो अर्थमा कम उत्पीडित हुने कुरा अनुभवासिद्द तथ्य हो|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपाल मा सर्रबसधरण जनता लै सजिलो ले बच्न नदिने बो नेता हरु ले ? बिचार जनता दिन मा रोट मा जुलुस राती गरम जुलुस किन कि सबै चिजको बाऊ बढेर केखी छुनु सक्ने बएन बिचरा बेलुका जुलुस बाट गर फर्कन्ध गरम चमल सिधे को होलान के गर्नी श्रीमति सित जगाडा गरे र हुधई न कमगरेर पैसा कामु ने बेला जुलुस मा जधा ठिक हुन् छन कसरि आफ्नो परिवार पाल्ने त्यसै ले बरु आफ्नो गर को मात्री मण्डल लाई लाई पहिले पर्थमिक त दिदा राम्रो हुन्छ जस्तो लाग्छ हुन त आफ्नो आफ्नो विचार हो ………………..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जबसम्म कठपुतली सरकार सत्ता माँ हुन्छ समस्या समाधान हुने वाला छैन तसर्थ सबै नेपाली जनता मिलेर सहमति को राष्ट्रीय सरकार को लागी आवाज उठाउनु ठीक हुन्छ
      i

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • iku

      आगोको झिल्कोबाट शुरु भएको मानव ईतिहास अहिले नेपालमा मशाल जुलुसमा बिकास भएकोछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Deepak

      रोजगारी को अवसर नभए पछि मान्छे लाई फुर्सद नै फुर्सद हुन्छ र ब्यबहारिक असन्तुष्टि र दिक्दारी ले गर्दा जे सुकै होस् भनेर यस्ता विध्वंसात्मक गतिबिधि मा लाग्न तयार हुन्छ र नेपालका राजनैतिक पार्टी हरु (जो यो समस्या सिर्जना गर्नको लागि दोषी छ) यस्ता जनता लाई उकासेर आफ्नो सत्ता प्राप्ति को लागि भर्यांग को रुपमा प्रयोग गर्छन/ पार्टी हरु जनता जनता बीच फुट ल्याएर देश लाई टुक्रा टुक्रा मा विभाजित गरेर बिस्तारै गृह युद्ध तिर लाँदै छन् र हामी जनता हरु चाहिं लुरु लुरु उही पार्टी को इशारा मा मोहिनी लागे जस्तै भाष तिर अघि बढ्दै छौं/ कसै लाई पत्तै छैन भोलि कहाँ पुगेर कसरी सबै (देश र जनता) को दुखद अन्त हुनेछ /
      आज नयाँ वर्षारम्भ २०१० को पुनित अवसर मा हामी सबै नेपाली यो प्रण गरौँ कि हामी नेपाली मा पनि चेतना छ र अब हामी कसै को लहै लहै मा लाग्ने छैनौं, गुण र दोष को आधार मा पार्टी/नेता लाई समर्थन र बिरोध गर्नेछौं, अब राजनैतिक मुद्दा हैन आर्थिक मुद्दा हेरेर पार्टी लाई समर्थन गर्ने छौं, आर्थिक कार्यक्रम का लागि हामी जनता पार्टी लाई समर्थन गर्ने छौं न कि सदा झैं राजनैतिक कार्यक्रम का लागि, असल र निष्कलंक नेता माथि मात्रै बिश्वास गर्ने छौं न कि पटक पटक असफल सिद्ध भएका नेता माथि, सधै बन्द मात्रै गर्ने/भत्ता पचाउने तर देशको समस्या को गाँठो फुकाउन मिलेर अघि बढ्न नचाहने नेता हरु लाई बहिस्कार एवं भण्डाफोर गर्ने छौं, यो २०१० बाट हामी अब हाम्रो पुरानो पहिचान (खुट्टा तान्ने प्रबृत्ति) लाई त्यागेर आपस मा सहयोग र आत्मियता साट्ने छौं, विश्व लाई देखाई दिने छौं कि हामी नेपाली पनि सक्षम छौं भनेर/
      त्यसैले, यस्ता बन्द का कुरा को सदा बिरोध गरौँ र सकारात्मक सोच र काम को थालनी आजै बाट सुरु गरौँ/ नयाँ वर्ष को प्रण यहि होस् सबै नेपालीको/

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • mani

      कहिँ नभएको जात्रा हाड़ीगाउमा भनेको यहि हो . कति बन्द गर्न सकेको हो यो देश का नेताहरुले .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • suresh bhattarai

      माओबादी चोर हरुले देशलाई पल्लो छेउमा नै पुर्यायर छोड्ने भय.हैन यीनी हरुको बुद्धि कहिले औछा होला.कहिले के कहिले के भन्दा भन्दै देश लै टुक्रा टुक्रा परे र बेच्ने भय. भारत् ले गोर्खाल्याण्ड किन दिन मान्दैन भन्ने पनि बुझेका छैनन कुकुर हरुले. यीनी हरुलाई भाग बन्दा गर्न नै हतार छ .ठुलो kaam गरे भन्ने लागे को होला. तर सबै काम गलत गर्दैछन .सबै मिलेर देश बनाउने भाबना मा प्रेरित हौ भंनेता छैन .मेरो गोरु को १२ टक्क भने बसे बोल्ने लै मार्यो बस तेती जानेका छन् terrorist हरुले.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Ravindra Sapkota

      नया नेपाल मा एउटा एस्तो नया पार्टी जन्मियोस, जसले आफ्नो बिधान मा नै बन्द र हड्ताल आफुले कहिल्यै नगर्ने प्रतिबध्दता राखोस. त्यस्तो पार्टी बनेर आएमा मेरो एउटा भोट पक्का. साथै मेरा धेरै साथीहरुले पनि भोट दिने रे….मेरो बिचारमा अरु पनि धेरै छन् जो बन्द र हड्ताल बाट दिक्क भैसके.
      कुनै पनि समुहगत माग कसैको छ भने निश्चित संख्या मा हस्ताक्ष्यर पुरायेपछी त्यो माग स्वत संबिधानसभा अथवा भविस्यको संसद मा छलफल हुनै पर्ने ग्यारेन्टी नया संबिधान मा राखिनु पर्छ जस्तो छ….अनि येसरी नेपाल बन्द गर्नु पर्ने आवस्यकता पनि कम हुन्थ्यो होला…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Ravindra Sapkota

      जबसम्म सम्पूर्ण नेपाली जनताले येसरी बन्द गर्नु गलत हो भन्दैनन् तबसम्म यो बन्द को चक्कर मा पिल्सिनु हाम्र बाध्यता हुनेछ. अहिलेसम्म त के मात्र देखिन्छा भने अरुबेला बन्द को बिरोध गर्ने हामी जब हामीलाई ठिक लाग्ने माग लिएर बन्द हुन लागेको देख्छौं तब बन्द को बिरोध गर्न छोडेर माग को समर्थन गर्न तिर लगिहाल्छौँ . अरुको माग मा बन्द हुनु गलत, तर आफ्नो माग को लागि बन्द हुनु जायज भन्ने मानसिकता बाट बाहिर आउन सक्ने कहिले होला हामी नेपालीले ? बन्द र हड्ताल को विकल्प के हुन सक्छा भनेर सोच्ने बेला आएको छ अब. एक दिनको बन्द लाइ अरु कुनै शालीन तरिकाको विरोध कार्यक्रम ले विस्थापन गर्दा देशलाई करोडौं रुपैयाँ को नोक्सानी बाट बचौना सकिन्छ. त्यता तिर सोच्ने को निस्केला खै… सबैलाई आफ्नो माग तातो ज्वाला बनाएर पस्किने हतार छ……!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Chandra Bahadur B K Nawalparasi

      नेपाल मा बन्द हुने प्रवृति धेरै भै सक्यो तेसैले नेपाल मा खतरा छ भनेर प्रयेटक पनि कमि हुदैछन । तर पनि हाम्रा नेता जी हरुलाई बुद्धि कहिलेइ आएन ।जनता को राम्रो माग लाइ सरकारले बिना बन्द नै सुनिदिने हो भने बन्द प्रबिर्ती पनि अलि कमि हुन्थोय कि?तर पनि जुन जोगी आए पनि कानै चिरेको भन्दाको छाट भै सक्यो ।
      धन्य हो नेपाली जनता बिजुली छैन, जलस्रोतको धनि देस पिउने पानि छैन , आफ्नो दुख गरेर कमाउने अधिकार छैन, सधै नेपाल बन्ध हुन्छ तर पनि हामी बाचेका छौ ।
      अन्तमा खबरदार नेता भनाउदा हो अबत नेपाली जनता वाक्क भै सके तिम्रै बिरुद्ध उठ्न पनि पछी पर्ने छैनन् एदी यो बन्द प्रवृति लाइ छोडदैनौ भने ।
      चन्द्र बहादुर बि क
      साउदी अरेवीया
      रियाद सुलाई बाट

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • dipak titung tamang

      बस्ताब मै नेपाल बन्द ले सबै लै दिक्क बनायो तर केगर्ने एती नगरे काम न हुने ……….जय नेपाल ………..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • shailen

      यो बन्द गर्ने प्रथा भ्रष्ट नेताहरुको देश डुबाउने दुष्ट प्रयास हो। नेपालजस्तो गरिब देशलाई तहसनहस पारेर आफ्नो देश सम्रिद्ध पार्ने शक्तिशाली राष्ट्रहरुको क्रूर चाल हो। कहिले बुझ्ने हामी नेपालीहरुले यो कुरा? कहिले बन्द गर्न छोडेर बिकासको योजना साकार पार्ने?

      बन्द बन्द बन्द बन्द कहिले बन्द गर्न बन्द गर्ने हो?

      नेपाल देशको पनि भलो हुने दिन छिट्टै आओस्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Cesar

      येही हो हाम्रो नया नेपाल | एथार्थ | अब येस्तै नै चल्छ | किन कि हामीले रोजेको, नेताले दीएको “नया नेपाल” को चित्रण येस्तै हो |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

    • bhupal khatri

      देस चलाउन नसक्ने हे मुर्ख नेताहरु हो दिनहु देस बन्द गरेर कति दिन सम्म सोझा सिधा जनतालाई मारमा पर्दछौ एक छाक खान पनि धौ धौ परिरहेको छ जनतालाई तर नेताहरुले देसको ढुकुटीमा रजाई गरेर बसिरहेका छन जनतालाई दुख दिइरहेका छन् . पसल बन्द , बाटोघाटो बन्द , गाउँ बन्द , शहर बन्द , कसरि जिउने जनताले ? यदि देश चलाउन नसक्ने भए जिम्मा लगाऊ विदेशीलाई . जनताले बन्दको मार त खेप्न पर्दैन होइन भने बन्द हडतालको अन्त्य हुनु पर्यो जनताले शान्ति सुरक्षाको अनुभूति पाउनु पर्यो . हरेक नेपालीले एकै आमाका सन्तान सरह मिलेर बस्ने बताबरं को श्रीजना गर्नु पर्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • lochan

      नेपाल को कानुन दैब ले पनि जान्न छाडिसके हो Nabinkumar karki जी

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • हिमाली

      बिरोध गर्नु बन्द नै गर्नु पर्छ भन्ने के छ र?
      अब त खोलेर पनि बिरोध गरौ न /

      बिरोध गर्नु तोडफोड नै गर्नु पर्छ भन्ने के छ र?
      अब त केहि बनाएर पनि बिरोध गरौ न/

      बिरोध गर्नु मशाल नै बाल्नु पर्छ भन्ने के छ र?
      अब त ज्ञानको ज्योति बालेर पनि बिरोध गरौ न/

      आखिर जसरि बिरोध गरे पनि सुन्ने,हुने केहि होइन

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

    • Jhalaknath

      अब हरेक क्रिया को नकारात्मक तथा सकारत्मक प्रतिक्रिया हुने मा यो बन्द लाई मैले सकारात्मक रुपमा लिएको छु बिशेष गरि आजको दिनको बन्दलाई ….
      कसरि भने अब आज न्यु येअर अनि आफु परियो विदेश मा, अब घर को बुडी को येसो केटो साथी संग कतै अलि टाढा घुम घाम गर्ने कार्यक्रम थियो कि.. तर अब बन्द भए पछि त जाने कुरा आएन… खुसि नै लागेको छ. येसो कहिले कहिँ येस्तई अवसर परेर बन्द गरिदिंदा बन्द आयोजक हरु प्रति आभारी हुने थिए……

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • पुष्प

      परिवर्तनको संघारमा पुगेको हाम्रो देशमा यस्ता उथलपुथल हुनु कुनै अनौठो हो जस्तो लागेन । हुन त आ-आफ्ना माग पूरा गराउने अन्य विकल्प र ठाउँ पनि छन् । तर टट्टु सरकारले जनताको माग सुन्ने हुन् र ? संघीयताको नाउँमा नाक खुम्चाउनेजमातको भीड लागेको तथाकथित सरकारले जातीय संघीयताको विषय सुन्ने कुरै भएन ।

      सबैभन्दा ठूलो दल माओवादीको समर्थन रहेको जातीय संघीयताको पक्षमा भएको आजको बन्दका बारेमा धेरै नै अलमल भयो । भारतको दानपानीमा चलेका सञ्चारमाध्यमहरूले समेत यसलाई त्यति महत्व नदिएकै कारण अलमल भएको पनि हो । त्यसैले मोडरसाइकलहरू फाट्टफुट्टरूपमा चलिरहेका छन् । सुरक्षा व्यवस्था पनि कडै छ । तर ‘हैसियतै’ नभएको जनमोर्चाले गर्ने भनेको बन्द चाहिँ व्यापक सफल हुनेजस्तो छ; बरु त्यसदिन सुरक्षाकर्मी र पत्रकारको खोल ओढेका पत्रुकारहरू नै बन्द गराउने काममा लागेको पाइए अचम्म नमाने हुन्छ ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 21

      • Rakesh

        पुष्प जी जे माग राखेर आज नेपालबन्द गरियो त्यो माग कुनै पनि सरकारले पुरा गर्न सक्ने हैन, शंघियता को मोडल कस्तो हुने, कति वोटा प्रान्त हुने भन्ने निर्नादा संबिधान सभा बाट हुने हो र राज्य पुनर्संरचना समितिले यो काम गर्दै छ , समानुपातिक प्रतिनिधितोव को आदर्मा संबिधान सभा मा प्रतिनिधित्वो भै सके पछि , आफना मागहरु तेही उठाउने हो , सडक मा होइन, संबिधान सभाले संबिधान बनाउने हो , सडक ले हैन, र संबिधान सभा लाही प्रभावित गर्ने गरि कुनाही पनि किर्याकलप गर्नु गलत हो.

        जातीय राज्य को माग आज गर्ने हरु नेपाल लाही २२ से र २४ से राज्य मा पगेरी तुक्रेउने सपना देख्ने हरु हुन्, पृथ्वीनारायण शाह को सालिक जलाउने, उनिलाही बिस्तारबादी भनेर आरोप लगाउने, अनि बेलायत र भारतीय सेना मा भर्ति हुन जाने हरुको माग हो यो, नेपाल मा ६० वोटा भन्दा ज्यादा जातजाति हरु छन् कति वोटा लाही राज्य बढ्ने हो, सम्भब नही नभए को कुरामा सडक मा उफ्रिएर हुन्छ.

        कुनाही पनि बन्द जनता को समर्थन ले सफल भए क छैनन्,जबर्जस्ति बन्द गरहिये को हो, बन्द मा एदी तोडफोड नहुने हो भने कसैको बन्द मा पनि साबिक बमोजिम गाडी चल्दछां , शान्ति पूर्ण बन्द भनिन्छ तर बिहानै देखि ताएर बल्न थालिन्छ, अनि जनता फानो अधिकार जबर्जस्ति कुण्ठीत भएको हेर्न बध्हाया हुन्छन.

        तपहिले जुन रुपले संचार मध्हयम माथि लान्छना लगाउनु भयो त्यो खेद जनक छ, हिजो निरग्कुस कालमा नेपाली प्रेस ले खेले को भूमिका बिर्सनु भयो, क माओबादी को समर्थन नगर्ने भितिकै आज उनीहरु भारतीय दलाल भए, सायद तपहिले सबै नेपाली पत्रकार हरुले मिसन पत्रकारिता गरिदिउन भने सोच्नु भए को होला, तर आज को जमाना मा मिसन पत्रकारिता को भबिस्य छैन, र टिक्दैन.

        हुनत कम्युनिष्ट हरु को चिन्तन नही तेस्स्तई हो, विचार नमिल्ने लाही तल्लो इस्टर मा झरेरा गाली गर्ने, हिजो प्रचण्ड ले बाबुराम लाही भारतीय दलाल भनेर पार्टी बाट कारबाही गरेको हो, माधब नेपाल हरु भारतीय दलाल भन्ने बामदेव ५ बर्सपानी नपुग्दै फेरी फर्किए, स्टालिन ले त्रतासकी लगाएत का नेता हरु लाही येस्तई आरोप मा मरेको हो भने, माओ ले पनि लेन प्याओ लाही तेशाई गरे को हो, दुनियामा अरुपनि मान्छे बसचन र अरुहरु को पनि विचार हुन्छ भने कुरा कम्मुनिस्ट हरुले कहिले बुझने होला.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

        • पुष्प

          राकेशजी,

          मैले कुनै पनि कुरा उठाउनका लागि विकल्प र ठाउँ छन् भन्ने कुराको संकेत तपाईंले भनेजस्तै हो । तर हरेक समस्यामा कानमा तेल हालेर बसेको तथाकथित सरकारलाई दबाब दिन पनि यस्ता कार्यक्रमहरू आउनु अनौठो होइन । यसअघिको शान्तिपूर्ण भनिएको ३ दिने बन्दमा तोडफोड भएको पक्कै हो । तर माओवादीले पहिले नै तेस्रोचरणको आन्दोलन सशक्त हुने घोषणा गरेकै हो । बरु त्यसअघिको शान्तिपूर्ण बन्द त सबैले देखेकै हो । सांस्कृतिक आन्दोलनको स्वरूप लिएको उक्त आन्दोलनमा प्रचण्ड रेखा थापासँग नाचेकोमा पनि केही सञ्चारमाध्यमहरूलाई सह्य भएन र अनेकथरि कुरा गरे ।

          जातीय राज्य भन्नेबित्तिकै बुरुक्क उफ्रिहाल्नुपर्ने कुरा छैन । मैले यसको विरोध वा समर्थन गरेको होइन । तर यसको विरोध वा समर्थन गर्नुअघि यसका अवधारणाहरूबारे पनि बुझ्नु जरुरी छ । जातीय राज्यका विषयमा अझै पनि अन्योल छ । जातीय राज्यको माग उठाउनेहरूले यसलाई ‘जात’-ईय राज्य भनेर नबुझ्नसमेत आह्वान गरेका छन्, उनीहरूले यसलाई राष्ट्रियतासँग जोडेका छन् भने यसबारे बुझाउन पनि सकिरहेका छैनन् । जे होस् जातीय राज्यको अवधारणामा धेरैको समर्थन रहेको कुरा बिर्सनुहुन्न ।

          कम्यूनिष्ट भनेर सबैलाई एकै दृष्टिकोणले हेर्नु गलत हो । सबै कांग्रेसी लोकतन्त्रवादी नभएझैं सबै कम्यूनिष्ट समाजवादी हुँदैनन् । तल्लोस्तरमा झरेर गाली गरेको कुरा खै मैले त कतै पाएको छैन । बाबुरामलाई प्रचण्डले भारतीय दलाल भनेर कारवाही गरेको हौवा पिट्नुभएछ, गज्जब लाग्यो । शायद यो पनि मिशन पत्रकारिता नै हो । बरु माकुने भारतीय दलालमा राम्ररी नै दरिए, योचाहिँ पक्का हो ।

          राकेशजी, अहिलेको जमानामा कोही एक्लो भएर हिँड्न सक्दैन । पूँजीवाद होस् वा साम्यवाद, कुनै एकलवादलाई लाद्न सकिन्न । त्यसैले सबै मिलेर जानैपर्छ । परिवर्तनको संघारमा रहेको हाम्रो देशमा वृहत् छलफल हुनु जरुरी छ, चाहे त्यो सदनबाट होस् वा सडकबाट, अन्यथा लिनुहुन्न । सडकमा कुरा उठ्यो भन्दैमा जबर्जस्ती भएको भन्ने ठान्नुहुन्न, यो त सम्बन्धित ठाउँमा दबाब दिनका लागि हो नि, होइन र ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

          • Rakesh

            पुष्प जी जबाफ को लागि धन्यबाद , सशक्त आन्दोलन भने को तोडफोड गर्नु र तयार बल्नु हो भने मेरो भन्नु क हि छैन, तर तोडफोड शान्ति पूर्ण आन्दोलन भित्र पर्दैना होला जस्तो लाग्दछ,माग पुरागर्ने निकायमा आफै भएर पनि आन्दोलन गर्नु चाही नौटंकी हो र अस्तिको बन्द को तेही भएर बिरोध भए को हो, समानुपातिक आधारमा संबिधान सभा मा प्रतिनिधितोव भएको अबस्थामा पनि सदन मा अवोज उठाउने भन्दा सडक मा उफ्रने कम गलत हो. रेखा थापा संग नाच्नु संस्कृतिक आन्दोलन को विकृत रुप थियो तेही भएर बिरोध भए को हो, जातीय राज्य को बिरोध मैले गर्नु परेन, १३ वोटा राज्य बाट ६ वोटा मा झर्ने प्रस्ताब गरेर प्रचण्ड आफैले त्यो प्रस्ताब गलत हो भनेर पुस्टि गरि सके, जातीय आधार मा संघियता मा जानेहरु टुक्रिए क उधाहरण हरुलाही भुलेर, इतिहासिक , भौगोलिक , प्राकृतिक आधार मा धयान नदिएर सस्तो लोकप्रियता को लागि माओबादी हरु उफ्रिरहेका छन् तेसोको प्रतिरोध हुनु जरुरि छ,

            बाबुराम भट्टराई को कारबाही को बिसयमा तपहिलाही सम्बबता जानकारी रहेनछ, २०६० शाल मा रोल्पा को बैठक ले लालाधोज (बाबुराम) र हिसिलायामी लगाएतका नेता हरुलाही भारत मुखी भएको भनेर कारबाही गरेको दस्ता बेज त अजाही पनि पदना पाहिन्छ, सबबता तपहिलाही जानकारी नभएको होला , तपाही को सजिलोको लागि , कमोदादा को प्रचण्ड को भासन हरु पन्द्नुहोस, तेह उनले तिकुरा हरु उल्लेख गरेका छन् र त्यो कारबाही देल्ही मा भएको १२ बुदे सम्झौता पछि फिर्ता लिए को हो, मिसन पत्रकारिता को आरोप लगाउनु भन्दा अगाडी अलिकति समबन्धित बिसय बस्तुको अध्यन गर्नुभएको भए राम्रो हुन्थ्यो कि.

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

            • पुष्प

              राकेशजी,

              अवश्य पनि तोडफोड शान्तिपूर्ण आन्दोलनभित्र पर्दैन । तर माओवादीले पहिले नै सशक्त हुने भनी भनिसकेको अवस्थामा पहिलेजस्तै शान्तिपूर्ण आन्दोलन होला भन्ने आशा नगरेकै भए हुन्थ्यो । मैले बारम्बार उल्लेख गरिसकेँ कि माग राख्ने ठाउँ र विकल्पहरू छन् । अहिलेसम्म टट्टुसँग कुरा भयो तर टट्टुहरूको इन्द्रीय हुन्नन् भन्ने ज्ञात तपाईंलाई अझै भएनछ । त्यसैले टट्टु खेलाउनेसँग कुरा गर्नु बेस हो ।

              रेखा थापासँग नाच्नु साँस्कृतिक आन्दोलनको विकृत रूप थियो भनेर गज्जबले भन्नुभयो । एउटा सार्वजनिक व्यक्तिले आन्दोलनमा आफ्नो पेशाअनुरुप नाच्नु र नचाउनु विकृति हो भनेर खै कुन ‘शास्त्र’मा लेखेको छ ?

              जातीय राज्यको अवधारणा तपाईंले भनेजस्तै ऐतिहासिक, भौगोलिक आदि पृष्ठभूमिमा आधारित छ भन्ने कुरा माओवादीले गरिरहेकै छ । बुझ्ने हो भने यसलाई नकार्न पनि मिल्दैन । बरु अझ वृहत् आधार र आकारबारे छलफल गर्नु राम्रो हुनेछ ।

              बाबुरामले भारतसँग सिधै ‘जोरी’ खोज्नुहुन्न भन्नेजस्ता विचार राखेका कारण दलले बाबुरामलाई ‘कारवाही’ गरेको हो । यसलाई कारवाहीको संज्ञा दिनुभन्दा पनि नीतिको विरुद्ध गएकोमा सचेत गराइएको बुझ्नुपर्छ । सञ्चारमाध्यमहरूले यसलाई बढाइचढाइ गरेकामात्र हुन् । वास्तवमा यस्ता कुराहरू लोकतान्त्रिक पद्धतिमा पर्छन् र पर्नुपर्छ । यसलाई त सम्मानको दृष्टिले पो हेरिनुपर्छ त । सरकार टिकाउनकै लागि अरु दलका मन्त्रीहरूको चड्कन र तोड्फोडहरूलाई समेतमा चुँइक्क नबोल्नेहरूका बीचमा त नीतिविपरीत गएकोमा आफ्नो दलको शीर्ष नेतालाई समेत ‘कारवाही’ गर्ने माओवादीको नीतिगत अडानलाई सलाम गर्नैपर्छ नि, होइन र ? मातृका यादवको विषयमा यस्तो अडान देखिएकै हो ।

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

              • Rakesh

                पुष्प जे रेखा थापा नाच कुन सास्कृतिक अन्दोअलं को विकृत रुप्तियो किनको त्यो भिड जम्मा गर्न पैसा दिएर बोलाहियेका कलाकार हरु थिए, पैसा तिरेर कार्यक्रम गर्नु नराम्रो कम हैन तर राजनैतिक उदेशेका लागि पैसा तिर्रेरा मान्छे बोलाउनु विकृत राजनीति को परकस्ता हो, बाबुराम भट्टराई को कारबाही को बिसय मा तपहिले अझै तेतिखेर क दस्ताबेज हरु पदनु जरुरि छ, त्यो सचेत थिएन, बाबुराम लाही मात्रै हैन, पति लाही सम्झाउन नसकेको भनेर हिसिलालाही पनि कारबाही गरिएको थियो र बाबुराम लाही ३ महिना सम्म माओबादी लडाकु को नियेंत्रण मा राखिए को थियो, यी कुराहरु प्रचादा , बाबुराम अधिले स्विकारी सकेको अबस्ता मा तपहिले पत्रकार को दोष देख्नु बिसयाबस्तु मा कम जानकारी भएर हो जस्तो लग्यो, फेरी बाबुराम लाही कारबाही को कारण भारतमा मोबदिहरु पक्राउमा पनि बाबुराम को हात छ भन्ने थियो,

                कारबाही गर्नु पार्टी को अन्तरिक प्रकिया होला, तर तेतिखेर माओबादी ले भित्ते लेखा हरुमा, बाबुराम लाही भारतीय दलाल भनेर लेखेको रोल्पा थावंग, रुकुम को बिन्देशोरी हरुमा देखिन्छ, अरुलाही दोष लगाउनु भन्दा पहिला बिसय बस्तु मा जानकारी रक्नेकी.

                एदी आन्दोलन शान्ति पूर्ण थिएन भंमे प्रहरी परिचालन को किन बिरोध गरेको, संबिधान ले शान्तिपूर्ण आन्दोलन को अधिकार दिएको हो,थोड फोद को हैन, तपाही को भनाही मान्ने हो भनेता वर्तमान संबिधान अनुरूपको कार्य त माओबादीले नगरेको देखियो हैनर.

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                • पुष्प

                  विकृत रूप त तपाईंको सोचमा देखियो राकेशजी । कलाकारहरू पनि यो देशका नागरिक हुन् । उनीहरूले पनि राम्रो वा नराम्रो कुराको समर्थन गर्न पूरा अधिकार छ । कसरी चाल पाउनुभयो उनीहरूलाई पैसा दिएर नाच्न ल्याइएको थियो भनेर ? के सयौं कलाकारहरूको औपचारिक माओवादी-प्रवेश पनि पैसाबाट भएको हो ? कस्तो विकृत सोच राकेशजी !

                  बाबुरामलाई कसरी हुन्छ भारतपरस्त देखाउन खोजेर माओवादीमा भाँजो हाल्ने काम उहिल्यैदेखिको हो । बाबुरामलाई गरिएको ‘कारवाही’ पनि यसैको शृंखलामात्र हो । तर यसले अन्तत: राम्रै रूप लियो र दलीय शक्ति अझ बलियो हुँदै गयो । बाबुरामका विषयलाई लिएर माओवादीमा भाँजो हाल्ने काम यथावत छ ।

                  दोस्रोचरणको शान्तिपूर्ण आन्दोलन सबैले देखेकै कुरा हो । तर केही ठाउँमा नियोजितरूपमा आन्दोलनलाई भड‌्काउन नीतिअनुरुप प्रहरीदमन गर्ने काम भएको हो । तेस्रोचरणको आन्दोलनका सशक्त हुने कुरा त भनेकै हो तर बानेश्वरलगायतका ठाउँमा माकुनेको फिर्ती सवारीका क्रममा भएको झडपका क्रममा प्रहरीको ज्यादती देखिएकै हो । त्यस्ता किसिमका प्रहरी परिचालनमा माओवादीले विरोध जनाएको हो ।

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • anjan

        जतियेता को नाम मा आफु पनि खाल्टो मा जादैछौ अनि देश लाई पनि लादैछौ

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • alokshree

      जबसम्म हाम्रो देशमा जातीय राजनीतिको अन्त्य हुँदैन, तबसम्म देश कुनै हालतमा पनि माथि उठ्ने छैन | जात के हो ? किन जात पात र भेदभाव को बिरोध गर्ने पार्टी हरु चुप हुन्छन येस्ता समयमा ? किन जातीय राजनीतिलाइ प्रोत्साहन गरिन्छ हाम्रो देशमा ? किन सरकार चुप हुन्छ, दिन दिनै सडक र जनजीवन अस्तव्यस्त हुँदा ? किन सरकार निरिह बसिरहन्छ ? किन यो सरकारले बन्द आयोजना गर्ने नेता वा संघ संस्थालाइ कारबाही गर्न सकिने कानुन ल्याउन सक्दैन ? के यो देश यथास्थिति बाट माथि उठ्न नसक्ने नै हो त ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • Ananta

      नेपाल मा केहि राम्रो कुरा होला भन्ने ०% पनि आश रहेन| के कुरा राम्रो छ| हप्ता मा ५१ घण्टा ब्लैक ओउट| पानि बन्द| नेपाल बन्द| नेपाल टुक्रियो| काठमाडौँ मा फोहर मैला| संबिधान बन्न ढिलो|नेता हरु बाट राजस्व सखाप| niti niyem ko kadar na hunda yesto hundo rahecha.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • नेत्र अर्याल

      यो सब बादी सीट जितेको मावोबादिले सिकायको पाठ हो / जसले जे गर्दा पनि हुने परिपाटी बसे पछी के नै राम्रो होला भनेर आश गर्नु र ? बन्दको शृङ्खला कहाँ यत्तिकैमा अन्त्य हुन्छ र। कमल थापाको पार्टीले संविधान छिटो बनाउनु पर्‍यो भन्दै बन्द गर्दैछ केही दिनमा। माओवादी त झन् ठूलो पार्टी, कहाँ यस्ता एकदुई दिने बन्द गर्छ र, माघ १० देखि अनिश्चितकालीन बन्द गर्ने भनेको छ। दिनमा छ घण्टा बत्ती बन्द हुन्छ। धारामा पानी बन्दै छ। कति बन्दको वाक्कलाग्दो कुरा गरिरहनु, लौ भो, अब योभन्दा बढी लेख्‍नै बन्द।

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

      • madan bajracharya

        नेत्र अर्यालजी
        तपाईंको कुरा सुन्दा त् मावोबादी भन्ने पार्टीको जन्म हुनु भन्दा नेपालमा कहिले नै हड्ताल बन्द नभएको भन्न खोज्नु भए जस्तो छ/ मावोबादिले सिकाएको भन्नु भन्दा मावोबादिले को बात सिके त्यो भन्नुसंन/ भानिन्छ्नी गलत कुरा छिटो सिकिन्छ भनेर, मावोबादिले छिटै सिके पनि सिकाउनेले भन्दा बढिने जाने पनि / अर्को सब्दमा भानु भने गुरु भन्दा चेला जान्ने भए/

        नेत्र्जी बहुदल बादी हुनु हुन्छ भने भन्नुस कसरि किन कमल थापाले संबिधान बनाउनु पर्यो भन्न पाउंदैन भनेर/ संबिधान छिटो बनाउ भनेर ग्यानेद्र्ले पनि भन्न पाउछ नि के उ मात्रै नेपालको अनागरिक होर?

        प्रजातन्त्रमा सबैको सबैले गरेको कार्य गर्ने समान अधिकार हुन्छ/ नभए कानुन बनाएर के गर्नु हुन् त्यो भन्न सक्नु पर्यो/ आफ्नो दलको बाहेक अरुको दल नमान्ने हरु बास्त्बिक्मा भानु भने पन्चे भन्दा बढी निर्दल्बादी हुन्/

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • sudarsan

      If nepalese people really want the constitution , they must put all the leaders inside the BICC and close the door from outside ,,,,,, and just give them two options DO or DIE

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

      • हिमाली

        Sudarsan Jee
        I agree with you

        If you shut them up in the BICC, they will just sleep there or fight themselves until the death but won’t make any constitution though in the both case, it would be better for nation.
        Let’s do it.

        जय नेपाल
        हिमाली

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Nabinkumar karki

      नेपालको कानुन दैबले जानुन .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • hankimdo

      जति सुकै नीति नियम फेरिपनि त्यस्तै हो व्यक्ति त सधै उही नै छ त्यसैले यो सति ले सरापे को देश मा जसले जे गर्दा पनि हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • जी बि घिमिरे जी आदिवासी जनजातिहरुलाई यति कम्जोर र मुर्ख नठान्नु होला ताकी कसैले उचालेर वा थेचालेर मात्र उनीहरु रहन्छन |आदिवासीहरुको आन्दोलन भनेको अबको नया संविधानमा आदिवासी जनजातिहरुको अधिकार हरु सुनिश्चित हुनुपर्छ यदि त्यसो भएन भने कुनै हालतमा हामि त्यो बन्ने संविधानलाई मान्न तयार छैनौ भनेर खबरदारी दिएको मात्र हो |यदि त्यत्ति गर्दा गर्दै पनि राज्यले, ठुला दलहरुले षड्यन्त्र गरेर अधिकार बाट वन्चित गराउन खोजे भने अनि मात्र आन्दोलनको सक्कली रुप देख्न पाइन्छ |यो ग्यारेन्टी हो तपाइले लेखेर राखे हुन्छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 14

    • tulsi

      नेपालमा बन्द फेसन भएको छ/ बन्दले मुलुकलाई कति नोक्सान हुन्छ भन्ने कसैलाई वास्ता छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • रबिन्द्र राज गिरी

      जसको दिमाग नै छैन तिनीहरुलाई अरुको दुखको के को कुरा भयो र | यो कुराको आशा गर्नु नै बेकार छ हामीले | यो बेला बेला नेपाल बन्द गर्नु भन्दा सधैं को लागि नेपाल नै बन्द गर्न सके बरु गिनिज बुकमा नाम चाहिं रहने थियो | यो चाहिं बुद्दी अहिले सम्म कसैलाई आएको छैन | कुनै बुद्दिमानले यो बुद्दी निकाली हाले भन्ने पनि अचम्म मान्नु अब पर्दैन |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • manoj h.k.

      मेरो बिचारमा बन्द गर्नु नपाउने एउटा नियेम कानुन बनाउनु पर्छ,जसको जे माग छ ,जसको जे बिरोद गर्नु छ त्यो सम्बन्धित ठाउमा मात्र गर्नु पाउने, तर बन्ध गर्नु नपाउने………सडक लाई आन्दोलन ,बन्ध निषेधित छेत्र घोषित गर्नु पर्छ …जसले बन्द गर्छ तोडफोड गर्छ तेस्लाई जेल हाल्ने ,बस जलाउने कुटपिट गर्नेलाई त् गोलि हान्ने….. कडा भन्दा कडा कानुन बनाउनु पर्छ अनि कसले गर्छ बन्ध ,तोडफोड?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • sanu

      When I look from outside, Nepal is completely failed country. Because there is no law and order, there is an illogical and illegal government, there is corruptiion everywhere, there are so many idisciplined ministers with no responsibility and there is ongoing ruling of the country by thugs and criminals and governments ministers living on begged booty and commission and a result there is no accountibility for these criminals. What else a government need to be declared as failed government.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • द्रोण

      अब नेपाल बन्द हुनुको साटो नेताहरुको मुख बन्द भए कति राम्रो हुन्थ्यो,यहा धेरै बक बक गरेर कुरा बिग्रेला जस्तो छ |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Dilendra k. Tumbahangphe "Limbuwan"

      नेपाल बन्द भनेको त सांकेतिक आन्दोलन मात्र हो आदिबासीहरुको आन्दोलन भनेको के को आन्दोलन ? किन आन्दोलन ? यो आन्दोलन जायज माग हो अन्यथा संझे त्यो पट मुर्खता हो कांग्रेसले आन्दोलन गर्दै सत्तामा पुगे पछि देश बेच्या जस्तो होइन एमालेले दहि चिउराले सत्ता चाख्या जस्तो होइन माओबादीले १५ हजारो जनता मार्या जस्तो पनि होइन लाटो बाहुनहरुले ठुकुटी लूटा लुट गरेर राष्ट्रलाई कंगाल बनाए जस्तो त झन् हुनै होइन अब कुरो आयो यो आन्दोलन के को लागि त भने एकल जाती,एकै भाषी,एकै धर्म र एकै क्षेत्रमा सीमित राज्य सातालाई ९२ भाषी र १०१ जातीहरुलाई संबोधन गर्दै समाबेशीकरण र केन्द्रिकृत राज्य सत्तालाई बेकेद्रिकरण गर्न आदिबासी जनजातीहरुले आन्दोलन गर्नु परेको हो यो शान्तिपूर्ण आन्दोलनले निकास पायो भने त साह्रै जाती तर तत्कालिन शासकहरुले “बाँदरको हातमा नरीवाल, बाहुनको हातमा लोभीको सत्ता” भने झैँ भएमा त्यसको विरुद्ध कडा भन्दा कडा रुपमा उत्रन बाध्य हुनेछन हिंसात्मक गतिबीधि या चरम गृहयुद्धको गलत बाटोतिर जान नपरोस भोलि घट्न सक्ने नोक्सानी अहिलेनै पूर्व अनुमान गर्न लाटो नेताभनाउदाहरुले कति को सोच्दै होलान संघीय सरचनामा जसरी पनि जातीय राज्यहरु दिनै पर्ने हुन्छ एउटा शिक्षा माओबादी आखिर सत्तामा पुग्न मात्रै रहेछ यति बुझ्न नसक्नाले अनाहकमा नेपालीहरुको ज्यान गयो त्यसरीनै जातीय राज्यहरु पनि जसरी भए पनि स्थापना भएरै छोड्नेछन् उनीहरुको माग तत्कालै पुरा गर्नु पर्ने हुन्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 12

    • krishna (Maryland, USA)

      गणतन्त्र नेपालमा ऐतिहासिक नमुना अभ्यास हरु भै राखेका छन् / सपुत बन्न नसके पनि कपुत चै नबनी दिए हुन्थ्यो / रोगी मनुवाहरू लाइ भीर बाट हाम फालेर आत्महत्या गर्न किन यस्तो होडबाजी ? उपचार तिरको सोच खोइ हौ ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • बीर

      जसले जे गर्दा पनि हुने परिपाटी बसे पछी के नै राम्रो होला भनेर आश गर्नु र ? नीति नियम र कुनै नैतिकता नै नभएको देश अब पूर्ण असफल हुन मात्रै बाकी छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 3

      • MAHARJAN bimal

        असफल नै चै भै हल्दैना होला बिर जी, मुख मा ज आयो तेही प्वाक्क नबोलिदिए हुन्थियो, फेरी सबै को मुख मा तेही कुरा सुगाको बोलिझैँ झुन्दिंचा, आशाबादी बनौ, देश अजै केहि भाको छैन, रोम एक दिन मा बनेको सहर होइन, समय लाग्छ, नीति र नियेम को कुरा गर्नु भयो, वर्ष मा कति कर तिर्नु हुन्छ तपाई ?
        देशको लागि आहिले सम्म पनि केहि गर्न नसके पनि, नेपाल आमालाई माया गर्ने संसारमा धेरै देशभक्त नेपाली हरु छन्, तसर्थ येस्ता निरसबादी सोच हरु लेख्न छोडेर, जोश र जाँगर युक्त लेख लेखि दिन मेरो हजुर लाई आग्रह छ |

        जय देश, जय नरेश !!!

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 12

        • बीर

          बिमलजी,
          सर्बप्रथम तपाईंको भावनालाई ठेस पुग्न गएकोमा क्षमा चाहन्छु | के गर्नु मित्र मेरो कम्जोरी चाँही जस्तो देख्यो त्यस्तै प्याच्च भनी हाल्ने छ तर आफै बिचार गर्नुस् कि प्रचन्ड जस्ता ठुला र दुरदर्शी नेताले त जे पायो त्यही प्याच्च भन्दै हिद्छन भने म त जाबो एउटा सर्बसाधारण नागरिक हुँ, त्यसकारण म जस्ता सर्बसाधारण नागरिकबाट यस्ता कुराहरु हुनु शायद त्यती ठुलो कुरा होइन, तर पनि मैले कहिल्यै साह्रै नहुने र नसुहाउने कुरा गरेको जस्तो पनि लाग्दैन् | देश कहिल्यै असफल नहोस्, हामी सबैको चाहना यही नै हो र यसमा तपाईंले भने झै आशाबादी पनि हुनु पर्छ | तर ओखती तितो हुन्छ भने झै देशको अहिलेको स्थिती हेर्दा त देश सफलता भन्दा असफलता तिरै बढी धकेलिदै छ | घरलाई बाढिले बगाउन लागि सक्यो तर आ केही हुँदैन भनेर भन्नु कत्तिको सत्य र जोखिम छ ? तर त्यही कुरा बेलैमा आउल्याउन खोज्नु शायद जतिकै तितो भएता पनि मेरो विचारमा गल्ती चाँही हुँदैन होला |

          अर्को कुरा तपाईंले मलाई आजसम्म कती कर सरकारलाई तिर्नु भएको छ भनेर प्रश्न गर्नु भएको छ, यस बिषयमा म के भन्न चाहन्छु भने म त्यती साह्रै धेरै आयश्रोत भएको ब्यक्ती त परेन तर मेरो ब्यक्तिगत आय मुताबिक जती तिर्नु पर्ने हो त्यो चाँही तिरी रहेको छु | अरुलाई यती प्रश्न गर्न आँट गर्ने तपाईंले पनि अबश्य तिर्नु भएको छ होला भन्ने मलाई लगेको छ |

          अब देशको लागि के गर्नु भएको छ भनेर सोध्नु हुन्छ भने, देशको लागि त खासै केही गरेको छैन र गर्न सक्ने क्षमता पनि छैन किनकी म एउटा कुनै राजनीतिक र सरकारी पहुच नभएको एकदमै साधारण नागरिक हुँ, तर पनि आफ्नो क्षमता र हैसियतले भ्याए सम्म गाउँ घरको लागि भने धेर थोर योगदान गरेकै छु (जुन अप्रत्यक्ष रुपमा देशको लागि पनि योग्दान हो जस्तो लाग्छ) जस्तै:

          (१) १०-१२ बर्ष पहिले गाउँको नि मा बि लाई मा बि बनाउदा ब्यक्तिगत पहलबाट रु ३६,००० (आजको हिसाबमा लग्भग रु ३ लाख) चन्दा संकलन गरी बिद्यालय सन्चालन कोशलाई सहयोग,
          (२) ब्यक्तिगत पहलमा १० बर्ष पहिले गाउमा रु २३,००० को दैबी प्रकोप सहायता कोशको स्थापना र अहिले त्यो कोश रु २ लाख भन्दा बढी पुगेको छ,
          (३) २ बर्ष अगाडि गाउको लघु जलबिद्युत योजनाको लागि ब्यक्तिगत पहलबाट रु ३ लाख भन्दा बढीको चन्दा संकलन गरी जल बिद्युत कोशलाई सहयोग,
          (४) गत बर्ष गाउको मा बि लाई उच्च मा बि बनाउनको लागि रु ५० हजारको अनुदान सहयोगको ब्यवस्था,
          (५) गाउँको बिद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन र हौसलाको लागि हरेक बर्ष उत्कृष्ट विद्यार्थीहरुलाई रु ५००० बराबरको अनुदान पुरस्कारको ब्यबस्था,
          (६) गाउँबाट काठमाडौं बिस्थापित तथा बसाइ सराइ गरेका गाउँका गरीब तथा असहाय विद्यार्थीलाई ब्यक्तिगत पहलमा छात्रब्रित्तीको ब्यबस्था (हाल ४ जना विद्यार्थीको प्राइभेट बोर्डिङ स्कुलको मासिक शुल्क ब्यहोरिदै छ, आशा छ यो सँख्यामा ब्रिद्धी हुनेछ ),
          (७) हालै गाउँमा स्थानिय सस्कृति र परम्पराको जगेर्ना र पुनरुत्थानको लागि रु २ लाख बराबरको अनुदानको ब्यबस्था र कार्य सम्पन्न,
          (८) गाउँले र स्थानिय विद्यार्थीहरुको जन चेतना बढाउनलाई हामीले पनि बाघबिर पुन दाइले जस्तै गाउँमा एउटा पुस्तकालयको ब्यबस्था गर्न ४-५ बर्ष पहिले पहल गरेका थियौ, तर बिबिध प्राबिधिक कारणले उक्त योजना सफल हुन सकेन, किनकी त्यो बेला सहयोगको आह्वानको लागि अहिलेको जस्तो माइ संसार पनि थिएन,

          यो भन्दा बढी गर्न चाँही मेरो ल्यागत र क्षमता पनि थिएन वा केही गर्छु भन्ने भावना हुँदा हुँदै पनि परिस्थितीले पनि साथ दिएन भनौ | कारण सानै देखी गाउँ घरको लागि केही त गर्नु पर्छ भन्ने मेरो भावना भएता पनि पेशा र कार्यब्यस्तताले गर्दा ९०% समय गाउँ घर बाहिरै बिताउनु परि रहेको छ | त्यसकारण एउटा दुर्गम र बिकट ठाउको मेरो गाउँलाई देशकै त भन्न मिलेन तर जिल्ला सम्म कै भए पनि एउटा नमूना गाउँ बनाउने मेरो सपना समय, परिस्थिती, जनयुद्ध र ब्यक्तिगत समस्या तथा बाध्यताका कारणले साकार हुन सकेन तर पनि यदी अरु सबैले यस्तै सोचाइ राखी आफ्नो गाउँ ठाउलाई एउटा नमूना गाउँ बनाएमा प्रचन्डजीले भने झै १० बर्षमा स्विजर्ल्यान्ड त होइन २० बर्षमा थाइल्यान्ड सम्म चाँही पक्कै बनाउन सकिन्छ |

          अन्तमा म तपाईंलाई के जानकारी गराउन चाहन्छु भने म कुनै राजनीतिक पार्टी, सरकारी निकाय, NGO, INGO आदी सँग सम्बद्ध ब्यक्ती होइन, साथै म एउटा धनी ब्यक्ती पनि होइन, केबल २ छाक खान र लाउन पुग्ने एउटा सर्बसाधारण नागरिक हुँ | यि कुरा कुराहरु मैले यसरी सार्वजनिक रुपमा भन्नु त्यती उचित थिएन र होइन पनि, तर तपाईंले त्यस्तै खाले प्रश्न गर्नु भएकोले भन्न र लेख्न वाध्य भए, त्यस्को लागि क्षमा चाहन्छु |

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

      • Ravindra Sapkota

        बिर जी,
        तपाइले गर्नुभएका कामहरु देखेर लाग्यो, देश मा तपाई जस्तै कर्मठ नागरिकहरुको खाचो छ. बिबिध बिषय हरुमा हाम्रा मत नमिल्न सक्छन, आखिर सबैले एउटी विचार राख्ने हो भने दुनिया नै निरस हुन्छ. बिकाश र उन्नति को लागि पनि फरक फरक विचारहरुको पनि उत्तिकै खाचो हुन्छ.
        हामी सबैमा हुने मानवीय कमि कमजोरीहरुका बीच तपाइको देशप्रति अथवा समाजप्रतिको योगदान चाही एक कित्ता माथि नै रहेछ भन्न चाहन्छु.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

        • बीर

          रबिन्द्रजी, कमेन्टको लागि धन्यबाद ! मनले त आकाशकै जुन तारा झार्न मन लाग्छ तर हरेक मानिसको आ-आफ्नै समस्या, बाध्यता र बिबसता हुदो रहेछ जसले गर्दा कति कुरा चाहेर पनि गर्न नसकिदो रहेछ |

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • RB Ghimire

      यो सबै भुरे टाकुरे २२ दलको संबिधान नबनाउने जाल झेल हो. आखिर चुनाब नजिती सत्ताको चास्नी खान पाइन्छा भने किन संबिधान बनाउन पर्यो अनि किन चुनाब गरुन पर्यो? चुनाब गरे भोट आउने हैन? बन्द गर्यो, जनजाति लै उचाल्यो, कहिले कसलाई उचाल्यो अनि संबिधान सभा भङ्ग गर्न तिर लग्यो ……………. यी टुक्क्रे दल को के नै काम हुने भयो र?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 13

    • Nikunja

      जनताको लागि गरया रे! कुन जनताको लागि गरया हुन् यी पार्टीहरुले? जनताले के चाहन्छन कहिले कसैले सोधेको छ? डराएर धम्क्याएर जनताको मुखमा बुझो राखि दिएका छन्. प्रशाशन बलियो भयो भने शान्ति सुरक्ष्या हुन्छ, अनि बल्ल पो जनताले आफ्नो मुख खोल्ने मौका पाउछन, अहिले न प्रशाशन छ, न शान्ति सुरक्ष्या नै! जनताको आँखामा र मुखमा पट्टि बढेर औंठाको छाप लगाउने कार्य गरेका छन् पार्टीहरु! के गरिब जनताले यो बन्दमा रमाएका छन्? बन्दको दिन दैनिक परिश्रम गरेर कमाउने आम नेपालीले कसरी खान्छन, कसैले सोचेको छ? खाली ५ सय / एक हजार जना बेरोजगार, हुल्याहा युवा/युवतीहरुलाई बटुलेर हुलदंगा मच्चाई देशलाई नै तहस नहस पार्छन. के हो एस्तो? के यो नेपालका २ करोड ४० लाख जनताको भलाइ को लागि गर्या हो त? कहिलेसम्म आम जनताको नाम मा देशको छाला काढ्ने यिनीहरुले ? के आम जनतामा नागरिक सर्बोच्चताको केहि धारणा छ? त्यो सर्बोच्चता कसको लागि? यसरी अगाडी बढ्दै गरयो भने नेपाल नर्क हुन पुग्छ . हाम्रो शान्ति प्रिय देश … हाम्रा शान्ति प्रिय जनता… भन्थ्यौ…. थुक्क हाम्रो भाग्य!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

    • Bhimsen Limbu

      हा हा हा हा सालोक्यजी !
      उक्त समाचार प्रस्तुत गरिएको तपाइँको शैली बडा रमाइलो लाग्यो । यो देशमा यस्तै हो । बन्द एउटा अति सस्तो र सुलभ सँस्कृति बनिसकेको छ । बन्दलाइ झेल्न हामी अभ्यस्त भइसकेका छौँ । छापामार शैलीका बन्द पनि अब त सहज लाग्न थालिसके । आदिवासी जनजातिहरुको यो बन्द अचानक चाहिँ गरिएको होइन । प्रचार पनि गरिएकै थियो । तर, सर्वत्र पुग्ननसकेको सही हो ।
      नयाँ नेपालको बन्नेवाला नयाँ संविधानको प्रस्तावनामै आदिवासी जनजातिका अधिकारहरु किटान गरिँदैनभने निश्चितरुपमा उनीहरुमा ठूलो शंका उत्पन्न हुनु स्वभाविकै हो । 2047 सालको जस्तै ए‍कपक्षीय(हिन्दूअधिराज्यमुखी) संविधान नै दोहोरिने हो कि ? हालका बाइसदले कतिपय नेताहरुबाटै त्यस 2047 सालको संविधानलाइ संसारकै सबैभन्दा उत्कृष्ट संविधान भनेर घोषणा गरेका थिए । तिनीहरुले जालझेल नगर्लान् भन्ने के विश्वास ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 14

    • Mohan

      यही सधै को नेपाल बन्दले गर्दा त होनी नेपाल मई केही गर्ने इच्छा हुदा हुदै पनी बाहिर जानू परेको. अस्तिको तिन दिन बन्दले गर्दा राम्रो सग शौपिंग गर्न पनी पायियाना .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 8

    • BISU

      मेरो बिचारमा नेपाल बन्द अब बनाउने संबिधानमा बन्द गर्न नपाउने भनेर लेखनु पर्छ. एक दिन बन्द गर्दा जनताले कति दुख पाउछ,,,कति बिरामी परेर अस्पताल जान पाउदैनन, कति जनाले बिहान ज्यालादारी काम गरेर बेलुका छाक टार्नु पर्छ. येसरी सदै बन्द हुदा त्यो गरिबको भोको पेटको जिम्मा कसले लिन्छ ????????????? त्यो बन्द गर्नेले???????????????????? अथवा सरकारले ????????????????????????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 5

      • बिनोद तिमिल्सिना,धरान

        नेपाल र नेपालीलाइ तह लगाउने एउटा हिटलरको आवश्यकता छ
        नेपालमा,त्यस पछि नेपालीहरुले स्वतन्त्रताको अर्थ राम्ररी बुझ्थे कि!अति नै भयो,अति भयो भने खति त हुन्छ नै!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 6

      • madan bajracharya

        बिसुजी
        कानुन बनाएर जिम्मेवार व्यक्ति बा समुह बा दल बात हर्जाना बा छ्यति पूर्ति तिराउन पाउने भए एस्तो बन्द हड्ताल गर्न अलि गारै हुने थियो/ बाहिर मुलुकमा येस्तई कानुन कडाई सिट लागु गरिने भएकोले सबै सतर्क हुन्छन कतै आफ्नो कारणले अरुको हानि त् हुँदैनन् भनि पहिला बिचार गरेर मात्रै कुनै कार्यक्रम चलाउँछ/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • दुर्गा प्रसाद खनाल

      माइ संसार का लेखकहरु / कमेंन्टर कैले देखी नेपाल खुल्ला त ? हाम्रा नेता त इरान लाई खुल्ला भिस्सा दिन तैयार छन् ! नेपाल भने जैले बन्द ? नया नेपाल होइन रहेछ बन्द नेपाल पो रहेछ ! हैन यी नेताहरु लाई नै बन्द गर्न सकिदैन र ?
      एसको लागि हामीमा एकता र एक सोच हुनुपर्ला नि होइन ? ६०१ जना आटने बानेस्वोर भवनमा राखेर बन्द गर्दा हुने थियो तर भदौको रागो जस्तो गर्छन के गर्नु एक्लै हुदैन ! लौ बन्द नेपाल र बन्द भित्रका सम्पूर्ण नेपालीहरु लाई नया वर्ष २०१० को ….. कामना !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 9

    • द्रोण

      जसलाई जे मन लाग्यो तेही गरे हुने भयो नया नेपालमा !!!
      यसै गरि एक दिन नेपाल पनि १९९४ को रुवान्डा बन्न बेर छैन !

      द्रोण

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • sujan

      अब बन्द सदा को लागि बन्द गनुपर्छ भनेर बन्द गरौन.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

    • shreesh thapa

      बन्द गरेर देश बन्छ भन्ने मनस्थिति भएकाहरु को के कुरा गरिरहने

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 8

    • Swapnil

      हे नेता हो अब त बन्द गर यो बन्द लाई / अब त मेरी नेपाल आमा निसासिसकिन यो बन्द ले /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

    • SHAAN

      बधाई छ नेपाली जनतालाई !!! कमसेकम केहीमा अगाडी नपरेनी बन्द, हड्ताल, बिरोद,- मा नेपाल top १ मै पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 8

    • MAHESWOR

      कृपया नेपालको बन्द तालालाई खोलेर त्यो साँचोलाई गालेर एउटा बुद्धको मुर्ति बनाऊ अनि देश सधै को लागि खुल्ला रहनेछ संधैं शान्ति छाउने छ
      जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 8

    eXTReMe Tracker