मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माओवादीको ‘निर्णायक आन्दोलन’ हुँदा भारतीय सेनाप्रमुख आउने

    अब कुनै सहमति भएन भने माओवादीले माघ १० गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्नेछ। यसलाई उसले ‘राष्ट्रिय स्वाधीनताको निर्णायक आन्दोलन’ भन्दै प्रचार गरिरहेको छ। यदि अरु कार्यक्रम जस्तो फिर्ता नलिई जारी राखेमा बन्दको आठौँ दिन भारतीय सेना प्रमुख दीपक कपुर काठमाडौँ आउने छन्। उनलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको फूली लगाइदिनेछन्।

    यिनी तिनै कपुर हुन्, जसलाई प्रचण्डले तेस्रो चरणको आन्दोलनको समापन भाषणमा सेना समायोजनको विरोधमा बोल्ने को हो त्यो, के ऊ नेपालको गभर्नर हो? भन्दै गाली गरेका थिए।

    भारत र नेपालका प्रधानसेनापतिले एक-अर्को देशमा मानार्थ प्रधानसेनापतिको पद दिने पुरानो चलन छ। त्यसैका लागि हाम्रा प्रधानसेनापति अस्ति भर्खर दिल्ली गएका थिए। त्यहीँ जाँदा त हो नि कपुरले हाम्रा प्रधानसेनापतिलाई माओवादी सेना समायोजन गर्न हुन्न है भनी भन्यो भनेर प्रचण्ड आगो भएका !

    भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि दिने प्रस्ताव मन्त्रिपरिषद्ले दुई महिनाअघि नै पास गरिसकेको छ। भ्रमणको तिथि मात्र तय हुन सकेक थिएन। अहिले सैनिक स्रोत उल्लेख गर्दै आएका समाचार माघ १८ गते उनी नेपाल आउने भनिएको छ। माओवादीको बन्द कायम हुने हो भने उनको नेपाल बसाइले कस्तो मोड लिने होला ?

    No related posts.

    71 comments to माओवादीको ‘निर्णायक आन्दोलन’ हुँदा भारतीय सेनाप्रमुख आउने

    • shanti Nepal

      नेपाल र नेपालीहरुको लागि साँचो अर्थमा शान्ति र अग्रगामी परिवर्तन चहाने हो भने केहि पाउनको लागि केहि गुमाउनु अबस्य पर्दछ / त्यसैले झिना मसिना कुराहरुलाई छाडेर भ्रष्ट र घुसखोर नेता तथा कार्यकर्ताहरुलाई फाँसी तथा आजीवन जेल सजायको व्यवस्था हुदैन तबसम्म नेपालको बिकाश तथा अबोला निमुखा दीन दुखिहरुको लागि जे जस्ता मिठा मिठा सपनाका चर्का भाषण नाराहरु लगाए पनि असम्भब छ / आफ्नो देश र जनताको लागि परजीबी नभई आफै निर्णय गर्न सकिदैन र त्यसो गर्ने परम्पराको थालनी गर्न सकिदैन भने हाम्रा नेताहरुको नेत्तृत्व गर्ने पद तथा नेपाली नागरिक हुन् कि होइनन भनेर जांच तथा कारवाहीको लागि भाटा तथा लाठी मुग्रे पार्टी खोलेर कारवाही चलाई रहनु पर्दछ / त्यसैमा गेपल र नेपालीहरुको भलो हुनेछ /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • सर्ब प्रथमत क्रान्तिकारी लाल अबिबादन,
      हुनत क्रान्तिमा सोचेकै जस्तो हुन्छ भन्ने त हुदैन,त्यसैलेता आज सोतंत्र नेपाल लाई टुक्राउने खेल राजनीतिक दल बाट हुदै छ. त्यसो हुनत हामीले दिनुहुदैन यसकोलागी हामीले संघर्स गर्ने पर्नेहुन,त्यसै त भूपी सेचन ले त्यो कविता रचेनन – हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक २/४ सपुत मरेर नगए.
      १० बर्षे जन युद्द चलाई कन पुरानो तत्वो लाई फालेर यहासम्म आइ पुगेको छौ केहि तलमाथि भयमा छमा प्राथी छौ

      हामी यो सर्थ पुरा नाभायासम्मा क्रान्तिलाई अगल्नै पर्ने हुन्छा

      १, हामीलाई संबिधान ले दियको नतिजाको प्रमाण दिनु प्रदछ
      २, जनयुदा र मदेश आन्दोला लाई मेटेर जन अन्दोला लेख्नु प्रदछ
      ३, ३०१ बनाउने खेल भन्दा सत्य कुरालाई भुल्नुहुदैना
      ४, किनबेच को खेल लाई अन्त्य गरिनु प्रदछ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • हामी सबै लै थाहानै छ,
      माकुनेले यो नेपालको ”कत्पुतली ”सरकारको प्रधानमन्त्री हो यसको काम नेपाल लाई
      बेचेर वा लडाई चलाई कनाहोस् जसरि भयपनी कुर्शी छोड्ने पक्छेमा छैन, त्यसैले यो मेरो विचार मा नेपालको भाइरस हो जसलाई जनसागरले संबिधान को आम निर्बाचनमा २ ठाउँ बाट हरायको थियो
      ”प्रचण्ड ” जी!
      हामीलाई भंदाता हजुरलाई बढीमा थाहछा कि २ ठाउँ बाट हरेको मान्छे कसरि यो नेपालको प्रधान मन्त्रि भयो ?के संबिधान यसैको लागि हो? केपी,गिरिजा, भीम,बिध्या,कटुवाल जस्ता नेपाल को भाइरस लाई जरैदेखि नफाले नेपाल मा गणतन्त्र असम्भब छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • tilak subba

      नेपालीको सत्रु भारतीय होइन माओबादी हो त्यसैले सबै देस भक्त नेपाली मिलेर माओबादीको भण्डाफोर गर्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

      • madan bajracharya

        तिलकजी
        भारत तपाईंको ससुराली पर्यो कि मावली? मावोबादीको जन्म न्वारन बर्तमान अनि चाकमा लात हानेको भारतियेले नै हो/ किन पाले मावोबादी उहिले भारतले र अहिले किन लात हाने यसै प्रस्न भित्र लुकेको छ आज नेपालमा भईरहेको अशान्तिको कारणहरु/ यति पनि बुझ्नु हुन् भनि के बुझ्नु हुन्छ तपयिन ल्र भारतको हो भनेर र अहिलेको २२ पार्टीको सरकार बास्तवमा कसको प्रतिनिधित्वो गरिरहेको छ भनेर?

        मावोबादिलाई अहिले तपाईं जस्तै भारत पनि नेपालको राजनीति बात टाढा राख्न चाहिरहेको छ/ तेस्को कारण मावोबादिले उहिले धेरै जनता मारे भनेर होयिन अपितो मावोबादीलाई निस्क्रिये बनाई सके पछी को छ अरु नेपालको तराई लाई नेपाल बात उछितीं बात रोक्ने? गिरिजा? तेस्ले त् तराई बादी सिट सम्झौतानै गरि सके/ अनि के माकुने त्यो त् भारतलाई माहाकाली निल्न दिएने पातकी मात्रै होयिन तराईको सिमाना भारतले मिचेको हो भनि संसदिय टोलि समेत ले ठहर गरि उसैलाई प्रमाण सहित प्रतिबेदन दिंदा पनि भारतले सिमा कतै मिचेको छैन भन्ने/

        यी कुरा भनेर आहा मावोबादी क्या राम्रो भनिरहेको होयिन तर यो कुरा सत्य हो कि गिरिजा र माकुने बादी जस्ता नेपाली कांग्रेस र एमाले भित्रको धमिरा हरु भन्दा ज्यानमारा भए पनि प्रचंद्र रास्ट्र मारा भएको कुनै उदाहरण छैन/ प्रचंद्र्को पालामा कुनै कोशी गण्डकी महाकाली जस्तो सन्धि भारत सिट भएको छैन/ तर जसको पालामा भए तिनीहरु रास्ट्र माराहुन/ जनता प्रचान्द्र्ले लुटेकै हुन् त्यो कुरा प्रचंद्र आफैले पनि भनिरहेको छ/ तर गिरिजा माकुने ले देस लुटेर लुट्न दिएर पनि झुठो बोल्दै छन्/ कुन ठुलो अपराधी?

        अब तपाईं लाई आफ्नो ज्यान ठुलो रास्ट्र सानो भए अर्कै कुरा/ हामीलाई ज्यान भन्दा रास्ट्र ठुलो छ/ रास्ट्र मराहरु हटाउन ज्यान्मारकै सहयोग लिन परे पनि हामित लिन तयार छौं तर रास्त्र्माराहरु हरु स्वीकार छैन/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • minti

      भारत पनि नेपाली भुमि भारत बिरुद्ध प्रयोग नहोस !! धमिरा लागेको कथित् साम्यवादी चिन्तन केवल भारत मात्र होइन विश्वका अरु देशहरु पनि देख्न चाहदैनन् !! आथिर तिनै कथित् जनबादी सेनाले लाखौ जनताको ज्यान लिएको कम्मुनिस्ट इतिहास छैन र !!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • ibrahim

      स्वछा सहयोगी को भावना ले आउने भय त राम्रै थियो. तर के गर्ने तिनी हरु त झन् बिथोल्न मात्र आउने गर्छन र पो त/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • krishna gopal shrestha

      आदरणिय मित्र मदन जी,
      जय नेपाल ! ! !

      नागरिक न्युज को अन्तरबार्ता पढनु होला ‘बिदेश निती मा धमिलो पन आयको छ ‘ शिर्शक को।
      मदन जी ले लेख्नु भयको कुरा हरु कसैले पनि होइन भन्न सक्दैन। एक स्वाभिमानी नेपाली ले बोल्ने ‘सत्य बचन’ हो। सबै ले स्विकार्नै पर्दछ। नेपाली जनता ले आ-आफ्नो तर्फ बाट राज्य का लागि सक्दो बलिदान गर्नु पर्दछ। यस्मा कुनै दुबिधा छैन।
      नेपाल – भारत को राजनीतिक मात्र होइन अन्य संबन्ध पनि परंपरा देखी चल्दै आयको छ, आर्थिक , सामाजिक, धार्मिक अनी अन्य। नेपाल ले कुल बिदेशी सहयोग मा करीब ५०% भन्दा बढी भारत को सहयोग पाउंछ, नेपाली हरुको बिहे वारी भारतीय हरु संग अध्यापी चल्दैछ, करीब ७०% ब्यापार एक्लो भारत संग हुन्छ, राजा महेन्द्र हुंदा सम्म गोरख्पुर मा बर्ष को एक पटक गोरख नाथ मन्दिर मा जान्थे, यहाँ सम्म कि नेपाल का गौंथली हरु जनै पुर्णिमा का दिन देखी बनारस बस्न जाने र श्री पंचमी का दिन नेपाल फर्किने गर्दछन। यि यावत कुरा हरु लाई हेर्ने हो भने नेपाल भारत को संबन्ध लाई अझ सुढ्रिढ गर्नु पर्ने देखिन्छ। धर्म र व्यबहार मा भारत जत्ती नजिक छ ब्यापार ब्यवसाय मा त्यो भन्दा पनि बढी नजिक छौं हामी , त्यसैले २१सौं शताब्दी को कुरा गर्नु पर्‍यो जुन ब्यापार तथा आर्थिक क्रान्ति ले संसार खायी सक्यो। अहिले को समय हो नेपाल ले भारत र चाइना दुबै लाई आ-आफ्नो यथा स्थान मा राखेर संबन्ध कायम गर्नु। संसार का ६ अरब जनता मध्य नेपाल को दाँया बाँया ३३% जनता छन र अहिलेको युग यिनै दुई देश को ब्यापार मा अडियको छ र सन २०१० देखी तीन देश को खुल्ला ब्यापार हुंदा नेपाल ले के गर्ने भन्ने सोच बिकसित गर्न पायको छैन। यही प्रकार ले आन्दोलन र क्रान्ति अनी अनाबश्यक काम मा रुमल्लियीरहने हो भने नेपाल ले कहिले के गर्ने?
      मदन जी लेख्नु हुन्छ को हो यो भारत? सही हो हजूर को प्रश्न। नेपाल को आन्तरिक कुरा मा कसैले पनि हस्तक्षेप गर्न पायिदैन, तर शाही काल को निर्वाचन लाई अन्तर राष्ट्रिय जगत ले अमान्य गरी दिंदा त हामी खुब रमायका थियौ नि! अनी अस्ती हर्खर UNO लाई २२ दल ले बिरोध गर्दा हामी खुब रिसायका पनि थियौं। अब भन्नुस् कुन चै कुरा मान्ने अन्तर राष्ट्रिय जगत को? के माओवादी लाई फाईदा भयो भने मात्र मान्ने?
      मदन जी, वास्तब मा नै हजूर रास्त्र बादी हुनु हुन्छ तर कहिले कांही बढी राष्ट्रबादी हुंदा आफ्नो धोती फुस्केको पत्तो पाउनु हुन्न जसरी प्रचन्ड जी को फुस्केको थियो।
      मदन जी ले भन्नु भये जस्तै सबै दोश गिरिजा एक्लै को हो त्यस्मा कुनै शंका छैन तर के गिरिजा लाई गाली गर्दै मा नेपाल भारत को संधी खारेज हुन्छ? या भारत ले अरु हस्तक्षेप नगरला? १२ बूंदे संझौता हिन्दी भाषा मा लेख्नु, दिल्ली मा गएर गर्नु पनि गिरिजा को मात्रै दोष हो , ठिकै छ। तर के त्यस्मा अरु कोही सामेल छैनन?
      नेपाल मा कम्युनिष्ट हरुको आन्दोलन भयको करिब २० बर्ष हुन लाग्यो, के तिनी हरु लाई एक पटक सोध्ने बेला आयको छैन कहिले टुंगिने हो त्यो नाटक भनेर?
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • madan bajracharya

        कृस्ण गोपालजी

        चरित्र हिन र नियेत खराब भए पछी श्रीमान् ले श्रीमति लाई श्रीमती ले श्रीमान लाई त् पार पाचुके गर्छ भने सिमा, नदि मिच्दै, नेपालमा आतंक मचौनेहरुलाई खाख्मा खेलाउंदै नेपालमा मन परि गर्न आउने भारत् सिट सम्भंद बिच्छेद गर्न सकिन्न र?

        देस खुम्चिंदै गईरहेको भारतले सिमा मिचिंदा/ भारतले मिचेको सिमा भित्र परेका जग्गा जमिनको मालिक नेपाली हरु कङ्गाल बनेर चित्कार गर्दैछ/ आफुले नेपाल सरकार बात पाएको लाल पुर्जा तम्शुक, कुट तिरेको कर तिरेको रशिद देखाएर खै हाम्रो जग्गा कहिले फिर्ता पाउने भनि सरकारलाई बिन्ति पत्र माथि बिन्ति पत्र चधाउन्दै छ/ सिमा बिशेसज्ञ हरु सरकार कै अध्यन टोलीहरुले प्रमाणित गरेर प्रतिबेदन सरकार लाई बुझाएको छ कि भारतले सिमा मिचेको हो भनेर/ तर देसको विदेश मन्त्रि सुजाताले भन्छ भारतले सिमा मिचेको छैन भनि/ प्रधान मन्त्रि माधव नेपालले भन्छ भारतले सिमा मिचेको छैन भनि/ कांग्रेस को नेता राम शरण महत भन्छ सिमा मिचेको कतै छैन भनि/ हो र सिमा मिचेको छैनर? अब सरकारको प्रमुखले नै मिचिएको सिमा मिचेको छैन भने पछी अब मिचिएको सिमा त् भारतकै हुन् गए/ होयिन र कृस्ण गोपालजी?

        येस्तई हालत नदीहरुको छ/ भारतले कति पाए नदीहरुमा नेपाल डुब्ने गरि अंतर्रास्त्रिये कानुन मिचेर बाँध बनाई सके र अझै बनाउंदै पनि छन्/ महाकाली नदीको कुरा गर्नुस त्/ के महाकाली नदि यता पारि देखि उता पारि सम्म नेपालको नदि हो भनेर १९५०को संधिमै उल्लेख भएको होयिन्र? महाकाली सन्धि गर्नु अघि नदि बिसेसग्य दिपक गेवालिज्युले प्रस्तावित महाकाली सन्धि गर्नु हुन् भनि माकुने ओली आदिलाई सविस्तार सम्झाएको तर उनीहरुले नसुनेको भनि अन्तर्वार्तामा ती नेताहरुको पोल खोलेनन र?

        महाकाली सन्धि अनुशार महाकाली नदि पुरै नेपालको भएर पनि आधा भारतको भई गयो र महाकालीको पानि त् भारतको ९६.५% नेपालको मात्र ३.५%/ यो भयो सन्धि अनुशार/ अब सरकारी सिमा अध्ययन टोलीले त् के देखे भने पूराका पुरा महाकाली नदिने भारतले कब्जा गरेको रहेछ/ जबकी त्यो महाकाली नदि माथि गरिएको संधिनै अबैध भई सके/ के गरि रहेको छ तपाईंको गिरिजाको निर्देशनमा बनेको माकुनेको सरकारले?

        अब येस्तई हालत तराईको छ/ कसले प्रसय दिई राखेको छ नेपाल बात तराइ अल्ल्ग गर्नु पर्छ भनेर हतियार उठाएर तराईमा अरु नेपाली लाई काट्दै मार्दै लखेट्दै गरेको ती जय कृस्ण गोएत र नागेन्द्र पासवान लाई? अब तिनैका मतियार मधेसी फोरम सिट तराई लाई मधेश बनाई केन्द्रले कहीं कतै हस्त्छ्याप् गर्न नपाउने उनीहरुको सेना सहित को आत्म निर्णय गर्ने अधिकार भएको राज्य बनाउन दिने भनि गिरिजाले कुन अधिकार बात सम्झौता गरे? के यसबाट संबिधान सभा पंगु भयन र? अब कसरि समिधान सभाले संबिधान बनाउने कृस्ण गूअल्जी?

        अब तिनै मधिसे फोरुमको हाट मा सरकार टिकाउने साँचो ठम्याउन लगाएर गिरिजाको सिफारिस र भारतको समर्थन मा जनताले नपत्याएको हराएको प्रधान मन्त्रि उप प्रधान मन्त्रि लाई भारतको समर्थन भएको भनि भारत् किन भन्दै छ कृस्ण गोपालजी?

        अब कृस्ण गोपालजी भन्नु हुन्छ नेपालीको भारत् सिट बिहाबारिको सम्बन्ध छ, तरकारी किन्न भारत जानु पर्छ तेसैले भारत् सिट यो भन्दा मजबुत सम्भंद हुनु पर्छ भनेर/ होसमा त् हुनु हुन्छ कृस्ण गोपालजी?

        फेरी मलाई भन्नु हुन्छ मेरो लंगौती खुस्कियो भनेर/ यक त् मा लंगौती लगाउने नै होयिन फेरी लंगौती खुस्किएको छ भने तपाईं कै नेताहरुको खुस्किएको छ र एस्तो प्रतिक्रिया लाज पनि नमानी लेख्ने तपाईं, तपयिन कै जे खुस्कनु पर्ने हो त्यो खुस्किएको छ कृस्ण गोपाल जी/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • madan bajracharya

      “भारतको स्वार्थ को गहिर्याई मा डुब्दै गएको नेपालको अस्तित्वो”

      यो माकुने-गिरिजा-फोरम को गठबन्धन भित्र भारतको स्वार्थ लुकेको छ/ भारत जस्तो संसारको सबै भन्दा ठुलो प्रजातान्त्रिक मुलुकले जनमत लत्याउन लगाएर नचुनेको फालियेकोको जमातलाई यसरि काखी च्याप्नुको कुनै अर्थनै थिएँन/

      नेपालको यो सरकार त्यो सरकार लाई भारतको समर्थन रहेको भन्दै हिड्नु/ नेपालमा जनताले मत नदिएको हराएको राजनैतिक ब्यक्तित्वोहरु लाई प्रसंसा गर्दै तेस्ताको नेत्रित्वोमा चलेको सरकार लाई भारतले रास्त्रिये सरकार भएको भन्दै गर्नु/ नेपालमा अरु पार्टीले सरकार चलाई रहेको पार्टीको बिरोधमा आन्दोलन घोसना गर्दै गरेको बेला भारतले सरकार चलाई रहेको पार्टीको सरकारलाई समर्थन रहेको भन्दै गर्नु भारतको नियेत खराब भएको र यो बर्तमान गत बन्धन को सरकार सिट उसको कुनै स्वार्थ गाँसिएको छ भनि आसंका गर्नु पर्ने देखिन्छ/

      प्रजातन्त्रमा पार्टीहरुको सहमति ले जनताको मतलाई लत्याउनु भनेको प्रजातन्त्रकै उपहास हो/ जनताको भोट पाएको कुनै पनि पार्टी ले सरकार चलाउन पाउनु पर्ने हो, चाहे त्यो कांग्रेस होस् एमाले होस् माओबादी होस् बा मधेसी फोरम/ तर नेपालमा अहिले गठबन्धनको सरकार बनेको छ/ यसरि दलहरु मिलेर बनेको सरकारको नाम राखेको छ “रास्त्रिये सरकार”/ सुन्दै खेरि हाँसो उठ्दो/

      जनताले चुनेको सरकार पो रास्त्रिये सरकार हुन्छ/ दलहरुले बा जमात ले बनाएको सरकार त् तानाशाहीको सरकार हुन्छ/ दलहरु मिले रास्त्रिये सरकार/ दलहरुको निर्णय रास्त्रिये निर्णय/ दलहरुलाई पाएक पर्ने कुरा रास्त्रिये सहमति/ के हो यो? नेपालको रास्त्रियेता दल हरुमा निहित छन् र ? जनताले कसलाई कति मत दिए, कुन दलले कति प्रतिशत जनताको प्रतिनिधित्वो गर्दै छ/ कसैलाई केहि मतलव छैन/ एसको अर्थ त् येही हो कि नेपालमा जनताको कसैलाई मतलव छैन/ येस्तै हो भने यिनीहरु त् पंचेको सरकार भन्दा पनि खराब भए/

      अहिलेको यो गठबन्धनको सरकार बाहिर बात हेरिन्दा एमालेको नेत्रित्वोमा बनेको छ तर एमालेको नेत्रित्वोको सरकार गिरिजाको निर्देशनमा चलिरहेछ/ फेरी यो सरकार को साँचो मधेसी फोरुमको हातमा छ र मधेसी फोरम भारतको इसारा र प्रसयमा चली रहेको छ/ अहिले सरकार मा सहभागी बनेका फोरुमका नेताहरु जय कृस्ण गोएत र नागेन्द्र पासवान जस्ताको कार्य कर्ता मात्रै हुन्/ फोरम लगाएत नेपालमा अहिले सरकार सिट बार्ता गरिरहेका दलहरु मात्र जय कृस्ण गोएत को पार्टीको बार्ता शाखाहरु मात्रै हुन्/ यिनीहरु सबैको मूल नेता गोएत नै हुन्/ गोएत ले खुलेर तराई नेपालको भू भाग होयिन भन्दै हतियार उठाए/ फोरम लगाएतले कुरा घुमाएर कलम चलाएर नेपाल बात तराइ अलग्ग्याउने कुरा नेपालको संबिधान बाटै पुरा गर्न खोज्दै छ/ गोएत र पासवान भारत मा छन्/ फोरम लगाएत भारतकै प्रशय बाट उफ्रन्दै छन्/ ल साथीहरु फोरुमको निम्न माग हरु केलाएर पढ्नुस, के उनीहरु तराई नेपाल बात छुटाउन चाहिरहेको छ बा छैन भनि आप्फैलाई सोध्नुस/

      ०१. सम्पूर्ण तराई एक मधेश घोसना गर्नु पर्ने र तिनीहरुको आत्म निर्णय गर्ने अधिकार गर्न पाउनु पर्ने/ कस्तो आत्म निर्णय के नेपाल बात अलग्गिने त् होयिन? नभए मात्र स्वायत राज्यले त् केन्द्रको नीति अन्तर्गत रही निर्णय गर्नु पर्ने हुन्छ/ भारतकै प्रमाण लिने हो भने पनि अस्ति कोसीमा बाढी आएर नेपालमा नोक्सानी हुँदा बिहारकै मुख्य मन्त्रीले नेपाल आउँ चाहेको थिए तर केन्द्रले अनुमति दिएनन्/ के राज्य सरकार ले आत्म निर्णय गर्न पाउँछ?

      ०२. उनीहरुको आफ्नै सेना हुनु पर्ने/ यो त् ठाडै केन्द्र सिट परे युद्ध नै गर्ने कुरा भयो/ राज्य सरकारको आफ्नै प्रहरी मात्रै हुन् सक्छ सेना त् होयिन/ सेना भनेको केन्द्रको निर्देशन र अंतर्गत्मै रहन्छ त् किन चाहियो मधेसीलाई उनीहरुको सेना?

      ०३. उनीहरुलाई विदेश सिट सम्झौता गर्ने अधिकार हुनु पर्ने रे? कुनै पनि रास्त्र्ले अर्को रास्ट्र सिट सम्झौताको प्रस्ताव केन्द्रको सरकार लाई राख्छ राज्य सरकार लाई होयिन/ त् यो के मागेको उनीहरुले?

      ०४. उनीहरुको राज्यमा मधेसी समुदाय ले प्रथम प्राथमिकता पाउनु पर्ने रे/ के अरु जाति अनि त्यो राज्यमा दोस्रो दर्जाको भए? आप्रबाशी भए त्? राज्यको अबशर कुनै पनि नागरिकले कुनै पनि राज्यमा योग्यताको आधारमा पाउने कुरा हो/ न्युनतम आधारभूत आबस्यकता जस्तै शिछ्या, उपचार मा मात्रै पाउनु पर्नेले प्राथमिकता पाउनु ठिक हो/ जात बा समुदायेले प्राथमिकता पाउने?

      यस अतिरिक्त अहिले जसरि तराईमा अरु जातको नेपाली लाई काट्दै मार्दै लखेट्दै छन् यस बात भारतले सिक्किम भारतमा मिलाउन अघि त्याहाँ बात नेपालीमुलका सिक्किमेहरुलाई लगारेको जस्तै देखियो/ आत्म निर्णय गर्न पाउने भनेर भारत् सिट गाभिने निर्णय गरेर जनमत को घोसना गर्ने र तेतिबेला हुन् भन्न सक्ने जातिलाई अहिले देखि निकाल थालेको स्पस्तई देखिन्छ/ तर यी कुराहरुमा तेतिबेलाको प्रधान मन्त्रि गिरिजाले सम्झौता गरे/ के उसको अधिकार थियो एस्तो सम्झौता गर्न? यो त् ठाडै बन्न लागेको संबिधान बन्ने नदिने षड्येंत्र भयो नि/ अब कसरि संबिधान बनाउने? मधिसेहरु त् सम्झौता अनुसारै संबिधान मा उनीहरुको माथिको माग पुरा गर्नु पर्ने भन्दै छ/

      गिरिजाकती सम्म भारत मुखी छ भनेर टनकपुर को मामिलामा र मावोबादी सिट १२ बुंदे सम्झौता गरिने बेला मावोबादिहरु रोल्पा मा गर्ने भन्ने गिरिजा दिल्लीमा गर्ने भन्ने बात पनि स्पस्ट देखिन्छ/ के गिरिजाको आज सम्मको नीति हेर्दा कतै उ नेपाल को लेंग्दुप दोर्जी होयिन जस्तो देखिन्छ र ?

      दिल्लीमा मावोबादी सिट सम्झौता गर्दा हिन्दी भाखामा गरे किन? नेपालको प्रधान मन्त्रि गिरिजा र नेपालकै मावोबादीको बिचमा सन्धि रोल्पा बा नेपालमै कतै किन नगरिएको र किन हिन्दी भाषामा गरिएको? नेपालको संबिधान अनुशार कानुन अनुशार त्यो सम्झौता कानुनि त् छ? हिन्दी भाषा मा सम्झौता गरिएको कानुनि छ भने परमानन्दको हिन्दी भाषाको सपथ कसरि कानुनि भएँ यो तितो प्रस्न उठ सक्छ/ शायेद परमानन्दको वोकिल ले यो प्रस्न सर्बोच्चलाई सोध्न भुलेर मात्रै परमानन्द को हिन्दी भाषा मा लिएको सपथ अबैध भएको त् होयिन?

      अब मूल कुरामा/ भारत ले किन मावोबादिलाई पहिला समर्थन गरे अहिले किन गरेनन? यहीं देखि नेपालमा भारतको नियेत नेपाल प्रति नराम्रो भएको देखिन्छ/ भारत सिट लहसिएका भारत मुखी भन्ने दल तथा नेताहरु प्रति नेपाली जनमत गिर्दै गरेको र नेपाल भारतको बिचमा भएको उहिलेको अहिलेको सन्धि सम्झौता नेपाली जनतालाई मन नपरेको कुरा नेपालमा भारत सिट नगिचिन्दै गएको दलहरुले भोट अस्ति भन्दा हिजो, हिजो भन्दा अहिले कम हुँदै गए बात तेस्ता दल तथा नेताहरु भन्दा भारत बढी चिन्तित भएको देखिन्छ/ भारत् नेपालमा भारत् मुखी दलले सरकार चलाउन भनि चाहन्छ/ यो कुरा त् उहिले मरिच मान को पालामा पनि देखिएको थियो/ यदि नेपालले भारतको ४ बुंदे प्रस्ताव मानेर नेपालले भारत सिट उनीहरुले भुटान सिट गरेको जस्तो सन्धि नेपालले पनि गरेको भए मरिच मान को सरकार उहिले गिर्नु नपर्ने हुने थियो र अहिले मधेसी मुद्दा पनि यति जटिल हुने थिएँन/ प्रमाणको रुपमा अस्ति गिरिजाले बि बि सी सिट अन्तर्वार्तामा भारत सिट कुरा मिले मधेसी मुद्दा एक मिनेटमा समाधान हुन्छ भने बात पनि यो कुराको पुस्टि हुन्छ/ अस्ति सम्म पनि भारतीय नेताहरु नेपाल भ्रमण मा आउँदा नेपालले भुटान बात सिक्नु पर्ने भन्दै गरे बात यो कुरा प्रमानित्नै हुन्छ/

      अब प्रस्न उठ्छ किन भारत् नेपालमा यति बिग्न चासो लिंदै छ भनेर/ के भारत लाई सगरमाथामा चासो छ? के भारत लाई नेपालको उत्पीडित जन जातिको बारेमा चासो छ? पटक्कै छैन/ उसलाई न थारुको न मैथिली को मात्र भारत् बात आएका नेपाली बनेका मधिसेको चासो छ/ उसलाई चासो मात्र तराईको जल सम्पदा उसको हातमा पार्नुमै मात्र छ/ उसलाई चासो छ नेपालको तराईको मिचिएको भू भाग जसरि भए पनि उसैको अधिन मा कसरि राख्ने भन्ने मा मात्र छ/ उसलाई चासो नेपालमा त्यो पनि बिशेष गरि तराईमा कसरि भारतको बिरोध गर्न नचाहनेले भारतको बिरोध गर्न सक्ने हरु बिस्थापित गर्दै जाने भन्ने मा मात्रै छ/ सारंसमा कुरा यहि हो कि तराई नै भारतको चासोको केन्द्र बिन्दु हो र हाल एक मधिसे भनि उफ्रिने उफ्रन दिने तिनका मतियार मात्रै हुन्, स्वार्थ पुरा गर्न प्रयोग गरिने गोटी मात्रै हुन्/

      के भारत कोशी गण्डकी सम्झौता संसोधन गर्न चाहन्छ/ उ चाहन्दैनन तर नेपाली जनता चाहन्छ/ के भारत् नेपाल सिट गरिएको महाकाली सन्धि तेतिकै प्रयोजन बिहिन गर्न चाहन्छ? पक्कै चाहँदैन/ तर त्यो सन्धि त् मृत प्राय भई सके/ भारत ले समय सिमा भित्र दि पी आर बनाउने चाहेनन्/ अब त्यो सन्धि पुन बैध बनाउन नेपालको सरकारको निर्णय होयिन सदन को निर्णय चाहिन्छ/ यदि सदन जनमतको बने त्यो सम्भव नै छैन/ तेसैले भारत् चाहन्छ सदन र सरकार उसैको कुरा मान्ने हरु बात बनुन/ अहिले यहि त् छ/ गिरिजा माकुने र फोरम भन्दा भारत् बादी दल अरु कसको हुन् सक्छ? तेसैले भारत खुलेरै भन्दै छ भारत यो सरकार लाई मान्यता दिन्छ भनेर/ को हो त्यो भारत? नेपालको कुन सरकार लाई मान्यता दिने बा नदिने घोसना गर्दै हिड्ने? के नेपाल भारतको उपनिवेश हो?

      फेरी भारत् नेपाल भित्र १९५०को सन्धि को बिरोध हुँदै गएकोमा धेरै चिन्तित छ/ भारतले नेपाललाई सिमा देखि राज नीति र र नेपालको सम्पदामा व्यापारमा भारतको स्वार्थ लड्न सकेको तेही सन्धिले गर्दा हो/ भारत मात कोशी गण्डकी टनकपुर महाकाली पाएर अघाएको छैन/ उसलाई नेपालको तराईको सम्पूर्ण जल सम्पदा चाहिन्छ/ फेरी नेपालको तराईमा अहिले थोलो तेल भण्डार भएको भनि अमेरिकाको कम्पनीले पट्टा लगाएको छ/ भारत सम्पूर्ण तराई चाहन्छ/ भारत अहिले नेपाल बात भारत बगी आउने सबै नदीको पानि एउटा रास्त्रुये नहरमा मिलाएर सम्पूर्ण भारतमा पानीको वितरण गर्न चाहन्छ/ उसको टिन तिर बात घेरिएको समुन्द्रको पानि ले उसको अरब नाघेको जनताको पिउने पानि र अन्न उब्जाउन चाहिने पानि को ब्यबस्था गर्न सक्दैन तर नेपालको सम्पूर्ण जल सम्पदा कब्जा गर्न पाए सक्छ/ आखिर नेपालको तराईको जल सम्पदा संसारमा ब्राजिल पछी दोस्रो हो/ यो अर्थमा हेर्ने हो भने नेपाल गरिब होयिन भारत भन्दा धेरै सम्पन्न देश हो, तर भारत् नेपाललाई कङ्गाल बनाई उ धनि बन्न चाहन्छ/ कुरा यहि हो/

      भारत र भारत परास्त नेताहरु भारत नेपालको इतिहास काल देखिको मित्र भन्ने गर्छ/ तर के त्यो सत्य हो? नेपाल एउटा स्वोतन्त्र रास्ट्र भएको इतिहास काल देखि हो तर भारत त्यो त् भर्खरै जन्माएको बेलायत सरकार को झड्केलो सन्तान मात्रै हो/ भारत जन्मिनु भन्दा अघिको नेपाल कत्रो थिए अब करो बाकि छ र अझै त्यो पनि भारत बात मिचिने क्रम रोकिएको छैन/ मिचिएको भुमि आज सम्म एक इन्च फिर्ता दिन मानि रहेको छैन/ उल्टै नेपालको नक्सा समेत उसैले कोरी नेपाललाई तेस्मा सहि गर्न भनि दवाव दिंदै छ? के यो झुठ हो? भर्खरै माकुनेले के भारतले बनाएको नक्सा सदनमा पास गर्न खोजेको होयिनर? तर सदन मानेनन्, तेसैले अझै मिचिएको भुमि फिर्ता पाउने आस बाकि रह्यो नत्र…./

      जनता भन्दै छ भारतले सिमा मिचे भनेर/ सरकारकै प्रतिबेदनमा प्रमाणित भईरहेको छ भारतले सिमा मिचेको हो भनेर/ तापनि माकुने भन्छ भारतले सिमा मिचेको छैन भनि/ किन के भारत मित्र हो नेपालको? के माकुने नेपालको प्रधान मन्त्रि हो?

      हामीले अब बिकल्प खोज्नु पर्यो/ नभए नेपाली सब्दकै बिकल्प खोज्दै हिड्नु पर्ने हुन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

      • raj

        मदन जी मा तपाई संग पूर्ण रुप मा सहमति छु| राम्रो कमेन्ट को लागि धेरै धन्यबाद|

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • चीनको प्रमुख सेनापतिलाई पनि निमंत्रदिदा कस्तोहोला? दुइ देशको सेनाहरुलाई नेपालमा चिया पानि को निम्तो दिनुस् इडिया र चीनको भेट नेपालमा होस् कि कसो गिर्जा? मोर्ने बेलामा यति काम गरेर जान? प्रचण्ड जी को दुइसब्द ले इंडिया लाई निकै सोच्नेबनायो, के पहिला कुनै नेताले एस्तो कडा सब्द बोल्यो?
      इडिया ले जे भने पनि हुने ? हामीले भन्न नहुने?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • LALU

      बन्द के को लागी?
      आन्दोलन कसको लागी?
      पोलिटिकल स्लोगान ले मात्र देश बिकाश हुन्छा?
      कम्बोडिया को इतिहास किन नपढेको होला ?
      नेपालीलाई देश प्यारो छ/ कुनै पोलिटिकल पार्टी होइन क्या

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • SHOHAM

      Dear all,

      I think we are giving high importance to the Indian Army Chief which is not necessary. We have to change the traditioal ways of honouring Army Chief. We have been going through the very crucial time of history so we should be united to fight against the antinational activity. Civilian supremacy as addressed by the Prachanda in his recent speech too, should be the first priority of all Nepalese people. We should support Maoist (I think they are more progressive in national unity and development) rather than other congress and CPN…. parties. Be ware Nepali Janata, Nepali congress and CPN have done nothing during 12 years period. They just enjoyed the power durig their time. We need a solid, a strong party that lead our nation, that is only Maoist party at moment. Congress and other parties are afraid of Maoist party because as Maoist lead the government, then theier existence wil be in danger. That’s whey they don’t want Maoist to come in to the power and lead nation. So, they are looking forward help from India and they are even ready to divide country. So, we have to think and listen to Maoist party at this moment of crucial time. If we remember, who is the qualified leader in our Nepal? if we think, both baburarm bhattarai and Prachanda are quaified . how about Girija prasad and MADHAV? SO, WE HAVE TO SAVE OUR NATION AND WE WILL BE NEPALI OTHERWISE WE WILL BE DESI.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • surya

      माओवादीको चपाउने दांत र देखाउने दांत फरक फरक छ भन्ने सबैलाई थाहा छ l यदि कपूर आउने पक्का भएमा मावोवादिले कुनै अर्कै बहाना बनाएर कथित् आन्दोलनको मिति परिबर्तन गर्नेछ, यसमा शंका छैन l किनकि उसको आन्दोलनको लक्षित वर्ग वा दुख पाउनु पर्ने वर्ग भनेको उच्च वर्ग नभई सामान्य नागरिक हुन् l

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • नेपाल क नेपाली हूँ भन्ने मित्र हरुलाई सारै पिर परेजस्तो छ,को हुन र ति सेनापति भन्ने?.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Chandra Bahadur B K Nawalparasi

      नेपालको आन्तरिक मामलामा भारतीय सेनापतिलाई कुनै पनि हस्तछेप गर्ने अधिकार छैन ! एदी हस्तछेप गर्न खोज्छ भने सम्बन्ध नै नराख्दा कसो होला भन्नु को मतलब उसलाई नेपाल नाबोलाउदा नै बेस होला होइन भने एअरपोर्ट बाटै फर्काइदिए हुन्छ।आफ्नो देसको आन्तरिक समस्या सबै जना मिलेर आफै समाधान गर्नु पर्छ त्यो भारतीय सेनापतिले गर्ने होइन । भारतीय हरुले कहेलेई पनि हामी नेपाली को भलो चाहदैनन् तेसैले भारतीय हरुलाई नेपालमा भित्र्याउनु भन्दा नाभित्र्याउनु नै भलो होला हाम्रो लागि । तर के गर्ने हामी निमुखा जनता हरुले चाहेर नहुदो रहेछ हाम्रो सरकार नै भारतको इसारामा चल्छ तसैले भारत बिरुद्ध एउटा युवा अभियान नै चलाउनु पर्ला जस्तो लाग्छ ।यो मानार्थ प्रधानसेनापति चाही किन चाहिएको होला ? यो पनि बन्द गर्ने कि? किन एउटा अर्को देशको सेनापति अर्को देशको सेनापति? यो पनि नेपाल को हितमा छैन यो सबै भारतीय हरोको नेपाल हडप्ने दाउ हो तेसैले हाम्रा नेता भनौदा हरोको चाडै बुद्धि आवोस भन्ने कामना !!!!!!!!!!!!!!
      जय नेपाल
      चन्द्र बहादुर बि क
      साउदी अरेवीया
      रियाद सुलाई बाट

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Raj

      तपाई ले ठिक भन्नु भयो/ प्रचण्ड सत्ता मा हुदा होस् या बाहिर होस्/ आफ्नु ठाउँ बाट भारत को हस्तछेप बिरुद्द को लडाई लडेका छन्/ यो कुरा इतिहास र भबीसे बताउने छ/ I would like to sulute him .

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

    • Rakesh

      भारतीय सेना प्रमुख को भ्रमण र माओबादी को आन्दोलन को बीच क समबंदा छ बुझ्न सकिएन, भारतीय सेनापति को भमण त परम्परा अनुसार भएको हो, येश मा हल्ला मचौनु पर्ने क कारण छ र , हामी नेपाली हरु ले तिल्लाही पहाड बनाउन र बादी सशंकित हुन छोड्नु पर्दछ,

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • प्रेम अर्याल

      भारतीय ज्यादतिको भण्डाफोर गर्नु पर्छ भन्नेमा कसैको दुइमत नहोला, त्यो गर्नु पर्छ आज नभए कालान्तरमा कसैले त्यस सम्बन्धि निर्णायक भूमिका खेल्ला तर आज माओबादीले यो कुरा उठाएकोमा हास्यापद नै छ किनकि हिजो नेत्रित्यो पंक्तिमा हुदा माओबादी भारतको बिपक्षमा चुइक्क सम्म बोलेन र के आज माओबादीले कुर्सि पाउने सुइँको पाए यो सबै गर्ला? संकै छ

      दार्शनिक सुकरातले भनेका थिए ”म अरुको तरिकाले बोलेर बाच्न भन्दा म आफ्नै तरिकाले बोलेर मर्न चाहन्छु” साचो अर्थमा माओबादीमा यहि कुराको कमि छ किनकि बास्तबमा माओबादीले चाहेको के हो भन्नेमानै स्पस्टता छैन, हिजो जनयुद्धमा उसका नारा अर्कै थिए, शान्ति प्रक्रिया मा आए पछि अर्कै थियो सरकारमा आए अर्कै भयो अहिले सत्ता बाहिर छ नारा दिनानुदिन फेरिदै छन्, नबोलेर नगर्नु र बोलेर पनि नगर्नु अलग अलग कुरा हुन्, जस्तै काँग्रेस एमाले बोल्दैनन् गर्दैनन् पनि तर माओबादी बोल्छ र गर्दैन भने एस्लाई कसरि बुज्ने, एसको अर्थ यो हुन्छ सिमित पार्टीगत स्वार्थको लागि माओबादीले जनतालाई भ्रममा पारेको छ,

      कार्ल माक्सले एउटा कुरा के भनेका थिए भने हरेक सैदान्तिक मान्छे व्यवहारिक तरिकाले सफल हुन जसले एउटा कंक्रिड एजन्डा बनाउछ र प्राप्ति का लागि हमेशा त्यसैको पछि लागि पर्छ र एक पछि अर्को गर्दै अगाडी बढ्छ, यहा त्यसो भएन माओबादीमा उ हिजो जंगल के का लागि पसेको थियो त्यो नै भुली सक्यो यदि भुलेको थिएन भने र आफ्नो लक्ष प्राप्ति गर्ने बाताबरण थिएन भने उ शान्ति प्रक्रियामा आउनुनै गलत थियो, आए पछि आफुले भने जस्तो भएन भनेर फेरी जंगल पस्चोउ हतियार उथाउचौ तथानाम गालि गर्नु केटा केटि पन हो, गैरजिम्मेबारी पन हो, आफ्नो उचाई कम गर्नु हो,

      माओबादी राष्ट्रिय हैसियत बनाएको पार्टी हो उ माथि रास्ट्र को जनता प्रति जिम्मेबार पनि हुनुपर्छ, सिमा सम्बन्धि नदि नाला सिमा वरिपरी बन्ने बाध पुल आदि समस्या समाधान छन् nepaalkaa yeskaa lagi international kanun छ antraristriya muddhako rupma maoistle uthaun sakcha ahileko bato पनि hayi हो र sabile एसको sarhana पनि garchan, यदि माओबादीले yuropka jaarharu र hitlarko bato apanayo भने यो paripaksha मा tyasle nikash didain na maobadile नै nikash paucha na deshle

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 11

      • पुष्प

        प्रेमजी,

        माओवादी नेतृत्वको सरकार हुँदा माओवादीले केही बोलेन भन्ने भ्रम फेरि छर्नुभएछ । भ्रम नहोस्, प्रचण्डले भारत भ्रमणका क्रममा असमान र गोप्य सन्धि सम्झौताका बारेमा कुरा उठाएका हुन् र टुंगो लगाउने कुरा पनि भएको हो, तर गिरीजा हुँदैन भनेर कुर्लेका थिए । एकल सरकार नभएको र सहमतीमा जानुपर्ने अवस्थामा प्रचण्डले यो मु्द्दामा तत्काल धेरै कुरा गरेनन् । प्रचण्डकै पालामा सीमा समस्या हलका लागि कार्यदल गठन भएको हो र यो कुरामा समेत दक्षितपन्थीहरूको दबाब आएको हो । तर यसो भन्दैमा माओवादी यी सब मुद्दाबाट अलग्गियो ठान्नुहुँदैन । माओवादीको उदय नै यी मुद्दाहरूकै कारण भएको हो; र यसैकारण जनमत पाएर पनि सत्ता बाहिर बस्नु पर्ने अवस्था आएको कुरा बिर्सनुहुन्न ।

        प्रचण्डको अन्तर्वार्ता पढ्नसक्नुहुन्छ, http://www.ekantipur.com/np/news/news-detail.php?news_id=304162 । यसबाट पनि माओवादीको भारत-नीति छर्लंग हुन्छ ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 14

        • sambhi

          प्रचण्ड को बार्ता पढ्न सुझाब दिनु को कुनै तुक छैन किनकि प्रचण्ड को बोलि को भर छैन.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 12

          • madan bajracharya

            शम्भजी
            माने तपाईं को कुरा/ तव प्रचंद्र को बिकल्प माकुने गिरिजा बा मधिसे फोरुमको कुनै नेता हुन् सक्छन त् यो पनि भन्नुस/ नेपालीको भाग्यमा असल रोज्ने कुरा अहिले छैन/ अति खाराब मध्य बात कम खराब रोज्ने हुन्/ प्रचंद्र को बोलीको भर गर्न नहुने भएमा पनि कम से कम तितो सत्य बोल्न त् बोले/ अरुले जस्तो सिधै भारतको पाउनै मोल्न त् गएनन्/

            भारतले राम्रो भनेको कुरा बा व्यक्ति नेपालको निमित कहिले ठिक भएँन/ अब प्रचंद्र ठिक छैन भने हामीले अर्को बिकल्प रोज्नु पर्यो तर माकुने गिरिजाक र फोरुमको यो गठबन्धन भारतले ठिक भनेता पनि नेपालको लागि ठिक छैन/

            मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • Sheela

          पुष्प जी,
          क्या सटिक सम्झना रे’छ, Comment र Reply एस्तो स्पेचिफिक हुनु पर्दछ. मुरी-मुरी धन्यबाद पुष्प जी. Keep it up!
          Sheela

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

        • प्रेम अर्याल

          पुष्प जी जो जसरि कुर्लीय पनि हरेक कुरा उठाउने समय हुन्छ र गिरिजाले जे भने त्यो बेठिक पनि थियन, हरेक कुराको एउटा फेरेमवोर्क हुन्छ, भोलि के हुन्छ त्यसलाई चोड़ोउ भोलि काँग्रेस एमालेको अस्तित्यो समाप्त पनि होला माओबादीको पनि हुनसक्छ त्यो कुरा गर्भ मानै रहन दिउ, आज माओबादी को बहुमत छैन र यो संबिधान सभा हो र यसको लक्ष सेना समायोजन तथा पुनर्स्थापना संबिधान निर्माण राज्यको पुनर्संरचना हो, मैले पहिले पनि भनि सके भारतीय ज्यादती बिरुद्ध भण्डाफोर गर्नु पर्छ भन्नेमा दुइ मत छैन तर माओबादीले गर्ने क्रियाकलाप र भाषाले सधै धोका खान्छ.

          अब उसले उठाएका मुद्धा ठिक छन् मैले माथि अघिल्लो कम्मेंट्स मा भने सके माओबादी शान्ति प्रक्रिया लोकतान्त्रिक पद्धतिमा प्रतिबद्ध र सहमतीय प्रणाली (खास गरि संक्रमण काल भर ) प्रतिबद्ध छु भनिसके पछि उसको स्पस्ट बहुमत (माओबैले पाएको जनमत ३०%) नहुदा हरेक कुरा बहसमा ल्याएर रास्ट्रीय रुपमा टुङ्गो लगाउनु पर्छ, अब आफुले भनेजस्तो भएन भनेर नैतिकता भन्दा बाहिर गयर बोल्नु कति ठिक हो, के माओबादी जिम्मेबार छैन या जिम्मेबार नहुनुको प्रमाण दिएको हो? माओबादीले सडक बाट उठाएका मुद्धा सदन बाट पनि उठाउन सक्थ्यो कुटनीतिक पहल गर्न सक्थ्यो, के माओबादीले त्यो पक्ष समाप्त भएको हो?

          जनताको नाम कति जनतालाइनै तर्साउचौ, अरुको मतको पनि त सुनुवाई हुनु पर्यो नि हैन र, माओबादी ले अलि सबैलाई मिलाएर लैजाने नीति अबलम्बन गरोस भन्न खोजेको हो, नेपालमा एकदलीय या निरंकुश शासन छैन अरुको मतको पनि सम्मान गर्नुलाई लोकतन्त्र भन्छन, भोलि दुइ तिहाइ मात ल्याएर सम्बिधानै परिबर्तन गरे पनि हुन्छ, एक दलिया निरकुंश साशन लगाएपनि हुन्छ तर अहिले नै त्यसो सोचो भने माओबादीको त्यो गल्ति हुन्छ, देश भित्र भडुवा हुन्छन देश द्रोही हुन्छन राष्ट्र घाती हुन्छन त्यस्तै बाट देश लाई गति दिनेनै नेता हुन्छ नकी संक्रमण कालमा दोन्द बढाउने र देश लाई नै बन्दक बनाउने

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

          • पुष्प

            प्रेमजी,

            संविधान सभाको चुनावपछि बनेको सरकारको काम संविधान बनाउनेमात्र होइन, देश चलाउनका लागि पनि हो । “अरुको मतको पनि सम्मान गर्नुलाई लोकतन्त्र भन्छन्” भन्नुभो”, प्रचण्डले यसैकारण त त्यसबेला ती मुद्दामा कुरा गरेनन् । तर तपाईंले त प्रचण्ड सरकारमा भएको बेला यसबारे कुरै उठाएनन् भन्नेजस्तो भ्रमपूर्ण प्रतिक्रियामा मेरो प्रतिक्रिया लक्षित भएको हो ।

            राष्ट्रिय हीतका विषयमा कुरा गर्न आइतबार पर्खनुपर्छ र ? म त यो कुरा मान्दिन है ! तपाईंले नै कुटनीतिक पहल गर्ने कुरा गर्नुभो । के यो कुटनीतिक पहल होइन ? अहिले पनि प्रचण्ड स्वयम्‌ले पनि कुटनीतिक पहल भइरहेको कुरा गरेका छन् । तर सत्ताबाहिर बसेर भारतसँग कुरा गर्दा पनि उल्टै भारतपरस्त भएको कुरा काटिइरहेको वातावरण छ ।

            सं‍विधान बनाउने, सेना समायोजन गर्ने आदि मुद्दालाई अहिलेका टट्टुहरूले कसरी पाखा लगाउने काम गरिरहेका छन् भने तपाईंजस्तो मान्छेलाई भनिरहनुपर्छ जस्तो लाग्दैन । राष्ट्रपतिको कदमका विषयमा सदनमा कुरा गर्न नपाउने अवस्थामा कसरी सदनरूपी सरल बाटोबाटमात्रै सबै कुराको छिनोफानो हुन्छ ? हिजो निरंकुश र जनतामाराहरूलाई सडकबाटै फालिएकै हो । अब यी राष्ट्रघातिहरूलाई पनि सदनबाट मात्र पछार्ने काम होला जस्तो छैन ।

            प्रचण्डको बानेश्वर भाषणलाई नैतिकताभन्दा बाहिर गएर कुरा गरेको भन्न मिल्दैन, साँचो बोल्नु नैतिकहीन हुनु हो भने बेग्लै कुरा । प्रेमजी, संक्रमणकाल भनेकै संवेदनशील समय हो र हरेक मुद्दालाई छलफलबाटै समाधान गर्नुपर्छ; तर संसदले नै बनाएको राष्ट्रपतिका विषयमा संसदमै छलफल गर्न नपाइने भन्नेहरूसँग कतिञ्जेल मुखामुख गर्ने ? जनताको धैर्यको बाँध फुटिरहेको छैन ?

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

        • राजु

          पुष्प जी जय होस् |
          मनमोहनले भारत भ्रमणमा जाँदा राखेका कुरा भन्दा बढी प्रचन्डले के भने ? मलाई त कुनै नया कुरा भने जस्तो लाग्दैन | मावोबादी इतर दलहरु (कांग्रेसीहरु, एमालेहरु र अरु दलहरु) एदी देस द्रोही हुन् भने नेपालका ६५/७० प्रतिसत जनता पनि देश द्रोही हुन् वा देस्द्रोहिले भ्रममा राखेका छन् भन्न परो र ति दलहरुको भण्डाफोर गर्न परो, हैन भने नेपाल बन्द गरेर र काठमाडौँ मा टाएर बालेर भारतीय नीतिको भण्डाफोर हुने भन्दा नेपाली स्वास्थ्य र अर्थतन्त्रको भण्डाफोर होला |
          “`कुनै पनि अभियान लाइ सफल पार्ने हो भने सहि प्रक्रिया अपनाउनु पनि जरुरि हुन्छ | अस्ति संबिधान शभामा प्रचण्डले भने जस्तो साझा बैदेसिक नीति बनाउन परो त्यसका लागि लबिंग गर्न परो हैन भने सब्द को खेतिर सत्तोसराप (जस्तै दलाल, टट्टू,प्रतिक्रियाबादी,कठपुतली,पश्वगामी आदि) गरेर मात्रै न नया नेपाल बन्छ न भारतीय हस्तक्षप रोकिन्छ |
          “`भारतीय हस्तक्षप भएकै छ,र यसका बिरुद्दमा सबै नेपाली एक हुन पर्छ तर पहिला आफ्नो घर बलियो बनाउन पर्छ | सबै दल र नेताले असमान गोप्य सन्धि र सम्झौताको कुरा उतैका छन्,बरु हामीले “रांडी”भनेर कुर्लानेको स्वर सुन्ने अनि “बिधवा” भनेर बोल्नेको स्वर नसुन्ने गर्न हुन्न | उचित काम पनि अनुचित समयमा वा ठाउमा गर्दा उचित हुदैन,मावोबादिले उठाएको भारतीय हस्तक्षपको मुद्दा जाएज हो तर उसका प्रक्रिया र तरिका संग सहमत हुन गारो छ , र मूल कुरा उसको यस मुद्दाका पछाडी खराब नियत छ |
          ““`तपाइँ जत्तिको मान्छेले पनि “यसैकारण जनमत पाएर पनि सत्ता बाहिर बस्नु पर्ने अवस्था आएको कुरा बिर्सनुहुन्न ।” भनेको देखेर दिक्क लाग्यो | संसदीय राजनीति गर्दा संसद्को गणितीय नियम लाई मान्नै पर्छ नि पुष्प जी | मावोबादिले खसेको जम्मा जनमतको ५०% भन्दा बादी जनमत पनि पाएको हैन (३०%जति हो क्यारे ), अनि संसदमा पनि बहुमत गुमेपछि कता को बहुमत हो गाँठे ? ………अनि यो सबै आन्दोलन चाँही “सत्ता बाहिर बस्नु पार्ने अवस्था आएको” ले हो |

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

          • पुष्प

            राजुजी,

            “मनमोहनले भारत भ्रमणमा जाँदा राखेका कुरा भन्दा बढी प्रचन्डले के भने ?” के भन्नुभएको हो बुझिएन ।

            देशद्रोहीहरूको भण्डाफोर गर्नु जरुरी छ र राजुजी । उनीहरू त तपाईं-हामीलाई नांगो भएर आफू देशद्रोही भएको प्रमाण दिइरहेका छन् ।

            राँडी र विधवा भन्नु एकै हो; कुन राम्रो वा नराम्रो भन्ने कुरा विवादकै विषय हो । तर तपाईंले राँडीलाई नराम्रो र विधवालाई राम्रो भन्नुभएकै परिप्रेक्ष्यमा एउटा प्रश्न गर्न चाहन्छु, ‘राँडी’ भनेर ‘विधवा’को सम्मान गर्नेहरू राम्रो कि ‘विधवा’ भनेर ‘राँडी’को बेइज्जत गर्नेहरू ? यहाँ राँडी/विधवा भनेर हाम्रो देशलाई सम्झनुहोला ।

            संसदीय व्यवस्थामा अंकगणितीय खेल हुनु अनौठो पक्कै होइन । तर जब रातारात गणित फेल खान्छन् भने स्थितिले कोल्टे अवश्य नै फेर्छ र फेर्नुपर्छ । त्यसमाथि जनमत पाएकाहरू सडकमा आएको भन्दा पनि हरुवा र आफ्नै दलहरूबाट समेत तिरस्कृतहरू सत्तामा उक्लिएबाट पनि स्थिति सामान्य छैन भनेर ठोकुवा गर्न सकिन्छ ।

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

            • राजु

              पुष्प जी जय होस् |
              मनमोहन ले भारत भ्रमणमा उठाएका कुरा भन्दा बडी प्रचण्डले भारत भ्रमणमा के कुरा उठाए ? भनेको कुरा बुझ्नु भएन वा बुझ्न चाहनु भएन छ |
              “देशद्रोहीहरूको भण्डाफोर गर्नु जरुरी छ र राजुजी ।”~~~यो तर्कको ग्राउण्ड के हो पुष्प जी ? देशभित्र देशद्रोही छन् भने साँची नै देसद्रोही को भण्डाफोर गर्न जरुरि छैन त ? देशद्रोही को भण्डाफोर गर्न जरुरि नदेख्ने तपाई पनि देश नै भएन र ? घर भित्र फोहोर थुपारेर आगन सफा राखे कुराले तपाइको स्वस्थ राम्रो बनाउदैन |
              ~~~~ मावोबादी इतर हरु (देसका ७०% जनता लाइ) नाङ्गो र देशद्रोही देख्ने तपाईका आँखा को बयान कसरि गर्ने ? ति मावोबादले अन्धा भएका आखा हुन् कि अन्ध राष्ट्रबादले बिरामी आँखा हुन् ? ति साँच्ची नै कम्जोर आँखा हुन् कि कम्जोर गराइएका देशद्रोही आँखा हुन् ? ७०% जनता वा जनमत लाइ देशद्रोही देख्नु अग्रगमन वा क्रान्तिकारिता हुन्न दुस्साहस हुन्छ पुष्प जी, विचार गरेर लेख्नु राम्रो हुन्छ |
              ~~~~”राँडी र विधवा भन्नु एकै हो; कुन राम्रो वा नराम्रो भन्ने कुरा विवादकै विषय हो” रांडी र बिधवा भन्नु एकै होइन, कुन राम्रो र कुन नराम्रो भन्ने कुरामा विवाद छैन ( पुस्पे भन्नु र पुष्प जी भन्नु पनि एकै हैन र कुन राम्रो र कुन नराम्रो भन्ने कुरामा विवाद छैन)| गालीका शब्दले संसारमा कसैको सम्मान गरेको ईतिहास मैले पढेको/सुनेको छैन भए दृष्टान्त पाउ |(मैले कर्ण कटु र कर्ण मधु शब्दहरुको प्रयोगमा [भारत लाइ गाली/सम्बोधन गर्ने सन्दर्भमा ] कुरा गरेको थिए, तपाइले “यहाँ राँडी/विधवा भनेर हाम्रो देशलाई सम्झनुहोला” भनेर लेखेको मलाइ मन परेन |
              ~~~~”तर जब रातारात गणित फेल खान्छन् भने स्थितिले कोल्टे अवश्य नै फेर्छ र फेर्नुपर्छ” खै राजनैतिक इमान्दारिता ? खै नैतिकता ? खै लोकतन्त्र प्रतिको प्रतिबद्दता ? के आफुले भने जस्तो भए मात्र मानिन्छ खेलको नियम ? गणित फेल खाएको हैन पुष्प जी प्रचन्डले फेल खाएका हुन् ,गणित फेल खादैन त्यो देख्ने तपैका आँखाले फेल खाएका हुन् | अझ तपाइँ “जनमत पाएकाहरु सडकमा आएको भन्दा पनि” भन्नु हुन्छ ? के हो तपाइको जनमतको परिभाषा ? ३०% जनमत कि ७०% जनमत ? ६०१ मा ४०% सांसद को बिरोध जनमत कि माकुने ले पाएको ५८% संसद्को समर्थन जनमत ?……..?…………?
              ~~~~ के गर्ने पुष्प जी हरुवा लाइ बुइ बोकेर संसद छिराउने महान क्रान्तिकारी सुप्रिमो प्रचण्ड नै हुन् , सुजाताको के कुरा ? उनका बाउ त प्रचंड़का पनि सुप्रिमो | त्यसो हुँदा यस्ता प्रक्रियाको भण्डाफोर गरौ | मैले माथि लेखेको छु “तर हाम्रा राजनीतिज्ञ हरु नै भारतीय हस्तक्षप चाहान्छन चाहे त्यो नेपाल मै ताण्डब नाचेर होस् वा हनुमानीय सैलिमा दण्डवत गरेर होस् | आफ्नै छोरी उत्तौलीले मस्के पछी छिमेकी को छोरो ले आँखा झिम्क्याउनु स्वाभाविक नै हो” ~~छिमेकि संग झगडा गर्नु भन्दा पनि आफ्नै छोरीलाई ठेगानमा राख्नु राम्रो हुन्छ |

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

              • पुष्प

                राजुजी,

                माफ गर्नुहोला, तपाईंले नेपाली मनमोहनको कुरा गर्नुभएको रहेछ । मनमोहन भट्टराईपछि अरु कसले यसबारे कुरा गरे ? देशभित्र मदन भण्डारीले चर्को आवाज गर्दा उनी ‘दुर्घटना’मा परे । मनमोहनकै मृत्यु पनि कम रहस्यमय थिएन । भारतीय विस्तारवादलाई अझै पनि तपाईंले छिमेकीको झगडामात्र बुझ्नुहुन्छ तपाईं सुतिरहनुभएको छ; ब्यूँझनुस् राजुजी ।

                विभिन्न टोलीहरूले अतिक्रमण भएको प्रमाणित भइसक्दा पनि भएको छैन भन्ने सुजाता, यस्ता विषयमा केही नबोल्ने, आफ्ना मन्त्रीहरूले रडाको मच्चाउँदा कारवाही नगर्ने, धमलाजस्ता अपराधीहरूलाई मुक्त गर्ने, आफ्नो देश र जनता बलात्कृत भइरहँदा चुप लाग्ने तर आफ्नै जनताले बारम्बार कुरा उठाएर पनि नसुन्दा विरोधमा उत्रिएकाहरूलाई गोली ठोक्नेहरू राष्ट्रघाति होइनन् ? विभिन्न नदीनाला बेच्ने र पुराना भ्रष्ट र सामन्तहरूको बोलबाला हुनुले यो सरकारमा राष्ट्रघातिहरूले भरिएको छ भनेर किन नभन्ने ? के यिनीहरूलाई हामीलाई नांगो भएर देखाइरहेका छैनन् ? जे होस् माओवादीले गर्ने भनेको भण्डाफोर अभियानले सफलता पाओस्, कामना गरौं ।

                नेपाल एउटा राँडी/विधवाभन्दा कम छिन् ? तपाईंलाई नलागेपनि एकचोटि नेपाललाई राँडी/विधवा सम्झिनुस् र राँडी/विधवा बनाइएको अवस्थामा माओवादीले नेपालमा भएको हस्तक्षेप र विस्तारवादबाट भएको भन्ने राँडीजस्तो अभिव्यक्ति, र राँडी/विधवा भएर पनिकेही नभएको भनेर भन्नेहरूको अभिव्यक्तिलाई बुझ्नुस् भन्ने आशय थियो ।

                मैले पहिले पनि भनिसकेँ, अंकगणितीय खेल हुनु कुनै अनौठो होइन । तर रातारातको परिवर्तन अनौठोमात्र होइन । के जनताद्वारा तिरस्कृत हरूवा, भ्रष्ट र सामन्तका अवशेषहरूको भीड भएको सरकारले ७० जनताको प्रतिशतको प्रतिनिधित्व गर्छ ? के यसलाई अंकगणितीय राजनीतिमात्र भनेर भन्न सकिने अवस्था छ ?

                माकुनेजस्ता हरुवालाई बुइ बोकेको होइन राजुजी, यो त माओवादीको उदारता हो, माकुनेको बचेखुचेको साखलाई समर्थन गर्नेहरूप्रतिको सम्मान हो । माओवादीले भारतविरुद्ध खुलेर कुरा गर्दा तपाईंलाई मन पर्दैन भने के भन्नु र खै ! जतिसुकै संस्कार दिएर हुर्काएकी छोरी भएपनि अपराधीहरूको आँखा परेपछि के नै पो गर्न सकिन्छ र राजुजी ! बरु छोरीलाई संस्कारमात्र होइन, प्रतिकार गर्न पनि सिकाउनुपर्छ ।

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali mgr-Tara

      तपाइँ हामि कराएर हुन्छ र ?? नेता हरुले नै भारतीयहरुको गु खान थालेपछि अब हामि bhaaratiya hudaichhaui

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • sanjaya

      यो मानार्थ प्रधानसेनापति चाही किन चाहिएको होला ह? यो पनि बन्द गर्ने कि? किन एउटा अर्को देशको सेनापति अर्को देशको सेनापति? राष्ट्रियताको लागि हुने हरेक आन्दोलनमा मेरो समर्थन छ, चाहे जतिसुकै दु:ख खप्नु परोस /

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • suresh

      माओवादीको आदत कहिले पनि सुध्रिदैन मुखले राम राम र बगलीमा छुरा त जहिले पनि गर्दै आएकै छन् नि!किन आफु कम्युनिष्ट हुँ भन्दै आतंककारीको काम गर्छन अनि भारत संग पुछार लुकआउदै संसारमा कम्युनिष्ट को नामलाइनै कलंकको रुपमा चिनाउन प्रयत्नासिल रहन्छन,कसले उत्तर दिन्छ?प्रचण्डले या बाबुरामले?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 18

    • पुष्प

      आमहड्ताल र भारतीय सेनाप्रमुख नेपाल आमगनबीच सम्बन्ध होस् नहोस्; अबको आन्दोलन भारतीय विस्तारवादविरुद्ध परिलक्षित भई सफल हुनैपर्छ । जबसम्म भारतीय हस्तक्षेप र प्रभाव हावी हुन्छ, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौं । हामीले हाम्रो राष्ट्रिय स्वाधीनता पूर्णरूपमा प्राप्त गर्नैपर्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 15

      • anjan

        भारतीय बिस्तारबाद ले क्रान्तिकारी लै प्रयोग गरेर नेपाल लै टुक्रा पार्न लगाएको आन्दोलन सफल भए पनि नेपाल को हार असफल भए पनि नेपाल को हार/

        बेरोजगार आन्दोलन कारी लाइ बरु देश बिकाश हुने काम मा लगाए नेपाल सिंगापुर अलि चाडो बन्ने थियो कि?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

        • पुष्प

          अञ्जानजी, तपाईंलाई पनि प्रयोग गरे कि कसो ?

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • siri

      यो भारतिया चोरहरु ले भाई फुटे गवार लुटे को नाटक हेर्ने होला नि नेपाल मै आयर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 1

    • madan bajracharya

      भारतीय प्रधान सेनापतिलाई मानार्थ नेपालको प्रधान सेनापति बनाउँदा कानमा खुसुक्क त् भन्ने होलानी “हजुर त् नेपालको साँच्चिकै प्रधान सेनापति हो नि, अहिले नै भनि हाल्न नभएर पो”/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 9

    • Sheela

      यो भारतीय सेनापतिलाइ दिएको भ्रमण-निम्ता माकुने सरकारको स्वाभिमानी, देश प्रेमी नेपाली जनताको घोर अपमान हो / येस्ता कठपुतली नेता र बिदेशी दलालहरुले नेपाली आमाका छातीमा बूठ्ले हान्ने ज्यादती गर्छन भने देश प्रेमीहरुले प्रतिरोध गर्नु पर्छ/ हामि कलम र कम्प्युटर हुनेले Mysansar मार्फत यो काम गर्न सक्छौ भने देश द्रोहिहरुले Mysansar मा नै देश प्रेमी बिचार पक्षधरतालाई रातो कार्ड देखाएर भारतको पाउमा दाम राखेर ढोग्न सक्नु हुनेछ / दुबैलाई यो अबसर प्राप्त छ…धन्य Mysansar !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 15

      • madan bajracharya

        शीलाजी
        अस्ति कोपेनहेगनमा भारतीय प्रधान मन्त्री मन मोहनले खुस्सुक्क ‘माकुने तपाईं त् नेपालको सबै समस्या समाधान गर्न सक्ने विद्वान हुनु हुन्छ; हामि तपाईं को सरकार लाई समर्थन गर्छु” अनि माकुने फुर्कियेर भने उ सिट सबै समस्या निवारण गर्ने संजीवनी बुतिनै छ भनेर/ माकुनेको लागि समस्या भनु बा डर भनु तेही हो उ जनताले फालिएको प्रचंद्रको अरु कुरा जस्तै भए पनि उ पर्यो जनताले जिताएको/

        नेपालमा नेपालको जनताको मतको मान राख्नु पर्यो भने अरु उक्लिनेछ माकुने बबुरो कुर्सि बात खस्ने छ/ तर अब माकुने ढुक्क छ मनमोहनले प्रसंसा गरेर भारत माकुनेको साथ् छ भनेकोमा/ उ सिट संजीवनी बुटी छ भनेकै उसको पछाडी उसको प्रभु मनमोहनको हाट छ भनेर हो/

        मन मोहनको धाक देखाउन माकुनेले भारतीय प्रधान सेनापति बोलाएको हो अरु केहि पनि होयिन/ न भए देस अहिले एस्तो तरल अबस्थामा गईरहेको बेला भारतको सेनापति को भ्रमण को अर्थ के छ र ? अर्ध मन्त्रि आएको भए अर्कै कुरा/

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • MAHARJAN bimal

      बच्नु मात्र पर्छ जिन्दगीमा के के देख्न पाइन्छ पाइन्छ भनेर बुदापाकाहरुले भन्ने गर्थे, साचै हो रैछ |

      श्री पशुपतिनाथले नेपाल आमा र नेपाली जनताको रक्षा गरुन |

      जय देश, जय नरेश !!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

    • Binod Neupane 'B' Sydney

      भारतीय दलाल हरु ले नेपाली हरु लाई सोझो मात्र हैन मुर्ख पनि देखेका छन् हेर्दै जाऊ तेस्ता सोच्ने हरु म कत्ति अनविज्ञ रहेछु भन्ने छन् एक दिन

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • ram

      हैन के कुरा गर्नु हुन्छ हौ तपाई हरु??? नेपालमा हुने हरेको कुराको लागि इंडियामा गएर अनुमति माग्चन नेपाल को नेता हरु अनि इन्डियन ले आफ्नो विचार राख्दा चै अन्तरिक मामलामा हस्ताच्येप भन्नु सुहाउ६????

      In any case, the Maoist should not be included in the armed forces of Nepal. If they are, then that would be one more pitiful and one of the most sad decision for the well being on Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

    • Bhaktapure

      सेना समायोजन प्रकि्रया कहाँ पुगेको छ ? कहाँबाट थाहापाईन्छ ? समिति नै बनेको छ त त्यो समितिले भन्नु पर्यो नि अहिलेसम्म बाधक के रहेको छ भनेर । नेता भनौदाहरु यहिँ काठमाण्डूमै बढिमा ५ किमिको व्यास भित्र रहेका होलान् । तरपनि एउटा बैठक बस्न नसक्ने अनी धमलोको क्लवमा गएर कुर्लिएर समाधान हुन्छ ?

      प्रचण्डले लौ आउ समायोजनको बारेमा कुरा गरौं भनेर कसैलाई भनेका छन् ? यीनले बोलाएर भनुन् त्यसपछि बानेश्वर चोकमा कुर्लिउन न यसरी मैले समायोजनको बारेमा कुरा गरौं भन्दा फलाना फलानाले मानेनन् भनेर । यी सब नेताहरु चाहेमा एउछा मििटंग गर्न नसक्ने हो र ? वहाँ भने िसंगापुर जानु पर्ने- आफूहरु एकछिन सँगै बस्न नसक्ने अनी विदेशीले अनेक थोक भन्दैनन् त ? विदेशीलाई सरापेर समाधान हुने हो ?

      सबलाई थाहा छ सेना समायोजन नभई संविधान बन्न कठिन छ भनेर । कोही सिरियस छैनन् । गर्छु भन्ने हो भने नसकिने कुरै होईन यो । नेताहरु सिरियस हुने हो भने गर्न नसकिने केहि हुँदोरहेनछ । अस्तिको रुवाण्डा सम्बन्धी लेख यी नेताहरुलाई कस्ले पढाईदेला ? घैंटोमा घामलाग्थ्यो कि ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • mallajee

      साथीहरु हो यी सबै राजनीति दलका गु खाने नेता हरु को अझ पनि बुद्धि पलाएन भने भारतले छिटै नेपाल प्रान्तको घोसना गर्ने छ र तेस बेला हामी सबै भारतीय नागरिक भै सकेका हुने छौ. प्रार्थना गरौ एस्तो न होस् तर भैहालेमा चै जनताले अहिले भन्दा बढी सुख पाउने छन्. अस्तु .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 18

    • शिवपुरी

      यदि सरकारलाई नेपाल बन्द भन्ने थाहा छ भने किन त्यहिँ दिन त्यो कार्यक्रम पार्नु पर्यो ? बन्द पछी पर्न सकिदैन ? के चाला हो माकुनेको ? के पक्कै जनतालाई अबमुल्यांकन गर्ने हो त सधै ? कहिले सुध्रिने होला ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 9

    • prakirti

      भारतीय सेनाको नेपाल भ्रमण समय एकदमै ‘बेमौसमको बासुरी’ हो | उनको भ्रमण त्यस्तो समयमा राखिएको छ जुन समयमा उनले बोलेको अभिव्यक्ति र समग्र रूपमा भारतीय हस्तक्षेपको बिरुद्धमा माओबादीले आम हड्ताल आयोजना गरेको छ | काठमाण्डौका प्रतेक गल्लीगल्लीमा उनको अभिव्यक्ति र भारतीय हस्तक्षेपका बिरुद्ध नारा लागिरहेको बेला उनलाई आन्दोलनकारिहरुको अगाडी बाटै स्कर्टिंग गर्दै लैजादा यो सरकारले त गर्बसाथ भारत भक्तिको महसुस गर्ला तर आन्दोलनकारी ले पक्कै यसलाई सहज रूपमा स्वीकार्न सक्दैनन् | यदि माओबादी रास्ट्रीय स्वाधिनताको लागि आफ्नो अडानमा कायमै रहने हो भने उसले भारतीय सेनापति को त्यो सवारी लाइ पनि तेस्रो चरणको आन्दोलनको बेला बानेस्वरमा गरेको जस्तो विध्वंसात्मक प्रदर्शन गरि बिरोध नजनाउला भन्न सकिन्न | त्यो बेला फेरी एकपटक थुप्रै नेपालीहरुले (प्रहरी तथा आन्दोलनकारी) टाउको फोरिनु पर्ने स्वत छ त्यो पनि भारतीय सेनापतिको कारण |
      यसरि माओबादीलाई उक्साएर यो सरकारले माओबादीका बिरुद्ध भारतको अरु बढी आसिर्बाद प्राप्त गर्न लबिंग गर्नुका साथै यहि निहु बाट देशमा सङ्कटकाल लागु गरि संबिधान सभाको आयु लम्बाउन खोजिरहेको पनि स्पस्ट देख्न सकिन्छ |
      भारतीय हस्तक्षेपकै बिरुद्ध आन्दोलन भैरहेको बेला भारतीय सेनापति लाइ ससम्मान आन्दोलनकारीको अगाडी प्रदर्शन गर्नु भनेको पटक्कै उचित कदम होइन | यस्तो कदम नेपाली स्वाभिमानमा आच पुर्याउने मनसाय बाट ग्रस्त देखिन्छ | समग्र रास्त्रबादी नेपालि हरु तथा मातृभूमिका लागि ज्यान दिन भनि सुरक्षा संस्थामा काम गरिरहेका कर्मठ सुरक्षाकर्मीहरुले भारतीय स्वार्थका लागि हामिलाइ एकआपसमा लडाउने तत्वहरु
      बिरुद्ध एकजुट भएर प्रतिकार गर्ने बारेमा एकपटक शान्त पुर्बक सोच्नुपर्ने बेला भएको छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 8

    • HIMALEE

      भारतीय हस्तक्ष्येपको बिरोध गरौ
      भारतीय हस्तक्ष्येप निम्त्याउने प्रचण्ड अभिव्यक्तिको पनि निन्दा गरौ

      यदि कपुरले नेपालको आन्तरिक मामिलामा बोल्छ भने गुरुंगले पनि भारतीय मामिलामा बोलेर प्रतिउत्तर देउ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 8

    • sanu

      Now itme has come for Nepalese government to choose between
      1. A capable contry, ruled by visionary leaders and look for good future
      2. Continue as Indian servant with no sence of pride, puppet government and become a conuntry that is treated as Indian dirty potitics dumping yard which result in a garbage country ruled by garbage politicians
      3. Be a part of India, get general avenue of Indian citizens. Out of the three the second option is the worst one which currently every selfestemed Nepali has been badly hurt.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Nirbhik

      अहिलेको सरकारको आशा भरोशाको केन्द्र बिन्दु नै दिपक कपुर हो/ उसलाई मानार्थ पदवी मात्र होइन, कामार्थ महा-प्रमुख सेनापति पद दिन पनि यो सरकार पछीपर्ने छैन/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 9

    • durbasa

      किन भारतीय सेना प्रमुख नेपाल मा …????पक्कै माकुने ले उसको जुत्ता पोलिस गर्नेछा…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 13

    • mandeep

      होइन हो साथीहरु हामीले किन भुल्दै गको, भाई फुटे गँवार लूटे भन्ने उखानलाई !!!!! एदी देशलाई संचिकै निकासको बाटोमा अगाडी बढाउने हो भने सबै नेता अनि नेपालीले आ- आफ्नो बेक्तिबादी मोह त्याग्नुपर्छ !!!!!!!!!!!!!!!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • samir paneru

      फेरी माघ १९???

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • द्रोण

      तेसो भए चिन को सेना प्रमुख लाइ पनि डाकेर तेस्तै सम्मान दिनु पर्छ ,अनि भारत् तह लाग्छ ,नत्र कता कता भारत् को कोलोनी जस्तो लाग्छ नेपाल !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 3

      • Bhim Subedi

        द्रोण जी तपाइको कमेन्ट मा दह्रो दम छ, बधाई

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • milon lama

      नेपालको वर्तमान सरकार नै भारतले बनाएको छ, जे गरे पनि हुन्छा/प्रचंताले जति भोले पनि जे गरे पनि भारतले रेमोते कन्ट्रोल थिचेर चनल चाँगे नगरेसम्म चोर माकुने को भुत्ला पनि हलौना सक्दैन/जनताले भोट नदिएको रिसले गर्दा माकुनेले देशसंग बत्ला लिन खोजि रहेको जसको लाग्छा/ हेर्दै जाउ के के देशमा घटना दिनेहो??? मिल्छा भने एक कोहोरो पागल,मन्त्रीहरुले इन्दिअलाई बेच्न पनि बेर्लाग्दैन/देशको मुख्य पाडी भुनेको MAOS हो तर उनीहरु देशलाई जतिको लागि राज्य भाग लगाउदैमा बेस्ता छन्!!!हामीले यहाँ लेखन भन्दा के नि गर्न सक्छा र …….भारतको बिना अशी मोवती पाटी त सडकमा सुतैस….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 8

    • बीर

      माओबादीको अनिश्चित कालिन बन्द र भारतीय सेनापतिको नेपाल भ्रमण संजोग हो कि मिलाइएको हो ? यदि माओबादीको बन्द कायमै रहेमा उनि कसरी नेपाल आउने हुन् कुन्नि ? सरकारले एरपोर्टबाट हेलीमा हालेर त ल्याउने प्लान गरेको छैन ? यदि आइ हालेमा उनले फेरी के भन्ने हुन् र अस्ति आगो भएका प्रचण्ड यसपाली पानि हुने हुनकी ज्वाला हुने हुन् यी सबै हेर्न बाकी नै छ | जे जसो भएता पनि विदेश हस्तक्षेप चाही हुन दिनु भएन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 76 Thumb down 6

      • राजु

        बीर जी, जय होस् |
        मावोबादिलाई भारतले ignore गरे पछी पूर्व हिनेर पश्चिम पुग्ने रणनीति अनुसार प्रचण्डले भारतको ध्यान तान्न त्यो दोहोरो अर्थ लाग्ने गरि “मालिक” (भारत लाइ खुलामन्चमा मालिक भन्दा त्यो एक्सपोजर बाट उ रिसाउला कि खुसाउला ?) भनेर भनेको हो | यसरि उसले एकै तीरले एकातिर भारत संग बार्ताको कुरा अगाडी बढाउन चाहेको छ भने अर्को तिर नेपालीहरुको भारत प्रतिको बित्रिस्ना लाइ क्यास गरेर आन्दोलनलाई जीवित राख्ने अन्तिम अस्त्र फालेको छ | भारतले मावोबादिलाई कति हद सम्म इग्नोर गरेको छ भन्ने कुरा यसबाट थाहा हुन्छ |(आफ्नो पुनर्बहालीको वातावरण बनिरहेको विषयमा भारतीय नेताहरूलाई कन्भिन्स गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले लामो पर्खाइपछि पनि महत्वपूर्ण नेताहरूसाग भेटघाट पाउन सकेनन्। आफ्ना नातेदारको विवाह कार्यक्रमको सिलसिलामा एक साता राजस्थानको जोधपुर बसेपछि उनी नौ दिनअघि नयाादिल्ली प्रस्थान गरेका थिए|
        आफ्ना फुपाजु एवं कंग्रेस आईका प्रभावशाली नेता करण सिंहको माध्यमबाट उनले ११ तारिखका दिन प्रधानमन्त्री मनमोहन सिंहलाई भेट्ने, १६ तारिखका दिन कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई भेट्ने, त्यसपछि अर्थमन्त्री र विदेशमन्त्रीलाई भेट्ने एवं अन्तिममा १८ तारिखका दिन प्रमुख प्रतिपक्षी दलका नेता लालकृष्ण आडवाणीलाई भेट्ने समय मिलाएका थिए। तर भेटघाटको कार्यक्रम अचानक क्यान्सिल भयो। प्रधानमन्त्री सिंह र नेतृ सोनियाले मात्र होइन, विदेशमन्त्री र अर्थमन्त्रीले समेत भेट नदिएपछि निराश बनेर पूर्वराजा शाह हिजो आइतबार पुनः राजस्थानको जोधपुर फर्केका छन्।
        दिल्लीमा नौ दिनसम्म रहादा उनी होटल ओबरायमा बसेका थिए। भेटघाट उपलब्धिपूर्ण हुने अनुमान गर्दै उनले प्रभाकरशमशेर राणा, अशर्फी शाहलगायतका सहयोगीहरूलाई पनि अचानक दिल्ली बोलाएका थिए। तर भेटघाट किन क्यान्सिल भयो? भन्ने रहस्य अझै खुल्नसकेको छैन। उनको दिल्ली बसाइको सम्पूर्ण खर्च र सुरक्षा प्रबन्ध भारत सरकारले नै बेहोर्ने भनिए पनि अचानक क्यान्सिल भएको छ। सागर तिमिल्सेनाका नाममा
        होटल ओबरायमा बुक गरिएका आठवटा कोठामा पूर्वराजा शाहको दलबल बसेको थियो। जसमध्ये उनका लागि बुकिङ गरिएको सुइटको मूल्य दैनिक ६० हजार भारु र अन्य सात कोठाको १३/१३ हजार भारु थियो।भारतले सुरक्षा प्रबन्ध नगरिदिएपछि नेपाल सरकारको तर्फबाट गएका तीनजना सुरक्षाकर्मीहरूले नै उनको पहरा दिइरहेका छन्। नौ दिनको दिल्ली बसाइका क्रममा उनी होटलको मूलगेटबाट बाहिर ननिस्केका मात्र होइनन् कि होटलभित्रकै कुनै रेस्टुरेन्ट र बारहरूमा समेत छिरेनन्। खानासमेत सुइटमै मगाए थिए। आइतबार पूर्वराजा शाह सपरिवार जोधपुर फर्के पनि प्रभाकरशमशेर राणा दिल्लीमै बसेर भेटघाटको व्यवस्था मिलाउन लबिङमा लागिरहेका छन् भने दिल्लीले पत्याएका डा.असर्फी शाह भने काठमाडौं आइसकेका छन्।
        समाचार स्रोतका अनुसार माओवादीलाई जातीय गणराज्य घोषणा गर्न लगाउने र चीनसाग मित्रता गाासिदिने मामिलामा दरबार निकटहरूको भूमिका देखिएको सूचना पाएपछि राजसंस्था पुनर्बहाली गर्ने योजनालाई भारतले क्यान्सिल गरेको हो। जातीय गणराज्य घोषणा गर्दै विद्रोहद्वारा जनवादी गणतन्त्र स्थापना गर्ने चरणमा माओवादी पुगेको र चीनले नेपालका माओवादीमार्फत भारतका माओवादीलाई हतियार सप्लाइ गर्न थालेको सूचना पाएपछि राजसंस्था पुनर्बहाली गरेरै भए पनि यो संकट टार्नुपर्ने निष्कर्षमा भारत पुगेको बताउनेहरू पनि थिए। सोही योजनाबारे छलफल गर्न पूर्वराजा शाहलाई दिल्ली बोलाइएको थियो। माओवादीलाई यस्ता गतिविधिमा लाग्न दरबारले नै सहयोग पुर्यारइरहेको सूचना प्राप्त भएपछि भारत झस्केको हो पनि भनिन्छ। तर पूर्वराजा शाह भने जुनसुकै मूल्यमा पनि भारतलाई राजसंस्था पुनर्बहालीका लागि सहमत गराउने अभियानमा छन्। भारतीय नेताहरूलाई भेटेर आगामी जनवरी ९ तारिखमा राजा ज्ञानेन्द्रले स्वदेश फर्किने कार्यक्रम बनाएका छन्।)
        ~~~~~अब मावोबादिले कपुर आउने दिनमा बन्दको केन्द्र उनको मार्गमा नपर्ने गरि तय गरेर सारा शक्ति अन्तै लगाउने छन् र कपुरको बाटो अघोसित खुला गर्ने छन् | सायद प्रचण्ड र कपुरको पनि भेट हुने छ र प्रचन्डले सम्बन्ध सुधार हुने गरि कू….ल (पानी)बार्ता गर्ने छन् वा कपुरले प्रचण्ड लाइ भेट्ने सट्टा फुल देखाएर फर्किए भने प्रचण्ड बेरोजगार युवाको रगत उमाल्ने गरि ज्वाला हुने छन् |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 9

        • बीर

          राजुजी, तपाइको खोज र विश्लेषण राम्रो लाग्यो, धन्यवाद |

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • krishna (Maryland, USA)

      कुनै राष्ट्र को सेना प्रमुख मैत्रीपूर्ण निमन्त्रनामा आउनु लाई सामान्य रुपमा नै लिनु पर्छ / आन्तरिक मामिला मा हस्तक्षेप भएको अबस्थामा भने डटेर त्यसको बिरोध गर्नु पर्छ / अहिलेको संक्रमण कालिन अबस्थामा भने सम्बन्ध बिग्रन नदिनु नै राष्ट्र हितमा होला / यसको अर्थ घुंडा टेक्नु भन्ने होइन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 3

    • RB Ghimire

      देहरादुन मा कटुवाल संग सगैनै सैनिक course गरेका सहपाठी भयकोले माओबादी अलि झस्केको होला. उनले ब्यबसाहिक सैनिकको हैसियत को कुरा राखे जस्तो लाग्छा.
      नेपालि राजनीति मा भारतीय सैनिक team ले भन्दा सोनिया र राहुल गान्धी को टिम संगै काग्रेस आइ.ले नेपालि माओबादी पार्टी राख्ने दृष्टि कोण मा भर पर्छा. अब सिताराम येचुरी हरु भारतीय सत्ताको key role मा छैनन् तेसैले नेपालि माओबादी यात्रा तेती सजिलो छैन दिल्ली वाट ……………………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 7

    • Pur Thapa

      माओ-बादी भनेको “घरको बाघ –बनको स्याल” भने जस्तै हो ///नेपाल मा हुदा सम्म
      प्रचण्ड भुक्छन//इंडिया पुग्न पाए लुरुक्क झुक्चन// देख्नु भएको छैन तपैले त्यो फोटो पोहोर सालको जसमा प्रचन्डले मन-मोहन सिंह लाई आफ्नै “प्राण-प्यारा ” हो कि भने झैँ गरि “घ्वाम्ल्वांग” अंगालो हालेका छन्//हात्तीका २-वटा दात हुन्छन –एउटा देखाउने ..अनि अर्को चपाउने //तर माओ-बादी हरुका चै “शेष-नाग”का जस्ता हजार जिब्रा हरुछ्न//एउटा जिब्रो ले गाली गर्ने…अर्को जिब्रोले “तलुवा” चाट्ने….अनि अर्को जिब्रो ले डस्ने …अनि यी तिनवटै जिब्राहरू थाके भने तेस्रो चौथो,पाचौ र छैटौ जिब्रोलाई पालो दिने..ति पनि थाके भने सातौ ,आठौ र नवौ जिब्रालाई पालो दिने..इत्यादी //हजार जिब्रा भए पछी त क्या मज्जा पो हुदो रहेछा त!
      त्यहिँ भएर त “स्वस्थानी” मा हजार जिब्रा भएको “शेष-नाग” को त्यत्रो महिमा
      गाइएको रहेछा त! “हे हजार जिब्रा भएका माओबादी हरु हो…तिमीले त गर्न नसकेको चमत्कार ..हामी एक जिब्रा भएका हरुले कसरि पो गर्न सक्नु?” अस्तु!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 36

    • BISU

      आफ्नो देसको आन्तरिक समस्या सबै जना मिलेर आफै समाधान गर्नु पर्छ त्यो भारतीय सेनापतिले गर्ने होइन. !!!!!!!!!!!!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 118 Thumb down 15

    • Bhimsen Limbu

      देशभक्त नेपालीहरु एकजुट हुने होभने त्यस आमहड्‍तालपछि ठूलो उथलपुथल हुनेछ । देशद्रोही र देशभक्त नेपालीहरुको स्पष्ट कित्ता छुट्टिनेछ । भारतीय दलालहरु तथा भारतीय विस्तारवादीहरुको हार र देशभक्त नेपालीहरुको जित सुनिश्चित हुनेछ । भारतीय सेना प्रमुख आउनुजानुले केही फरक पर्दैन । तर उनको भूमिका के कस्तो रहन्छ ? त्यहीअनुसारको प्रतिकृया उत्पन्न हुनेछ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 129 Thumb down 48

    • peace shrestha

      को हो त्यो? भनेर गर्जने (भकुर्ने भनौ है कुकुर जस्तो बहुला प्रचंडे लाई) प्रचंडेको पुरानो बानी हो| पहिला टुडिखेल बाट पनि को हो त्यो रुक्मांगत कटुवाल भनेको थियो नि……‘राष्ट्रिय स्वाधीनताको निर्णायक आन्दोलन’ भन्दै नेपाल को आन्तरिक कुरा मिलौना इंडिया लाई गुहार्ने त्यो प्रचंडे को कुरा को पच्दी नलागौ साथी हो| अहिले संबिधान बनाउने समय हो नेता हरु ले तेस्मा ध्यान दिनु राम्रो|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 41

    • BISU

      नेपालको आन्तरिक मामलामा भारतीय सेनापतिलाई कुनै पनि हस्तछेप गर्ने अधिकार छैन ! एदी हस्तछेप गर्छ भने एरपोर्ट बाटै भारत फर्कैदिय हुन्छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 182 Thumb down 48

      • राजु

        नेपालको आन्तरिक मामिलामा हस्तक्षप गर्ने अधिकार भारतीय सेनापतिलाई मात्र हैन संसारका कुनै पनि शक्ति लाइ छैन | तर हाम्रा राजनीतिज्ञ हरु नै भारतीय हस्तक्षप चाहान्छन चाहे त्यो नेपाल मै ताण्डब नाचेर होस् वा हनुमानीय सैलिमा दण्डवत गरेर होस् | आफ्नै छोरी उत्तौलीले मस्के पछी छिमेकी को छोरो ले आँखा झिम्क्याउनु स्वाभाविक नै हो | हामी आम मानिस हरुमा भएको जस्तो राष्टियताको भावना सबै दलका नेताहरुमा हुन पर्यो र भारत संग डिल गर्ने राष्ट्रिय रणनीति बन्नु पर्यो अनि सकिन्छ हस्तक्षप रोक्न, नत्र जुन जोगी आए पनि कानै चिरेको भन्या जस्तो हो |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 85 Thumb down 5

      • राम चन्द्र ज्ञवाली

        नुन सुन तेल रासन भाषाण राजनीति हस्तक्षेप रोग ब्याधा राजा प्रजा काङ्रेश कम्युनिस्ट सिमा बिकास बिनास निकास हस्तक्षेप सबै आउँदै गरेको देश बाट फेरी सेना पर्मुख आउनु कौनो नौलो कुरा हो र ???? फेरी नेता को बिरोध त कुर्सिको लागि होइनर ??? जनता को आँखामा छारो हाल्न बिरोध बोल्छन अनी मिडिया ले बङायको भनेर चोखिन्छन प्रचन्ड जि लाई पनि कुर्सी मिल्दा त भारत दुस्मन थियन अहिले कुर्सी गयो नेता आगो छत् चुहिन्छ मझेरि लाई दोश
        घर मा पालेको सुगुर लाई दशै आयो भन्दा पत्याउदैन रे नवमी मा रेट्दा बल्ल चेते चेते भन्छ रे त्यस्तै नेपाली नेता र उनका अन्धभक्त हरु आफु कुर्सिमा रहन्जेल सबै राम्रो हटेपछी सबै भाताभुङ ,.,.,.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 15

      • Sasang Lama NY

        अब यो कुरालाई बढाई चढाई किन गर्ने? बन्द भएको बेला आउन नसके त्यो कपुर बन्द नभएको बेला आउँछ र त्यो झारा टराई दर्ज्यानी चिन्ह थापेर हिँडछ | तर नेपालको आन्तरिक मामिलामा त्यसले कपुरी “क” पनि भन्न पाउंदैन | अहिलेको लाछी सरकारले “तैंले त्यस्तो बोल्न पाउन्नस” भनेर खोइ भन्न सकेको ?

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

    • दुर्गा प्रसाद खनाल

      हामी यही माइ संसार मा हर्ने छौ कस्तो हुन्छ भनेर किन कि हाम्रा नेता का बोलि ठेगानमा छैनन् ! बोलि र काम का ठेगान नभएका को के विश्वास !!!1

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 8

    • shreesh thapa

      यो पुरानो प्रथालाई हटाउनै पर्छ जय नेपाल !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 35 Thumb down 43

    eXTReMe Tracker