मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बाई बाई विष्णु

    जनआन्दोलन भाग २ मा कलंकीमा घाइते भएर थलिएका विष्णुलाल महर्जनको शनिबार निधन भयो। रहेनन् विष्णुलाल। आइतबार हुँदैछ उनको अन्त्येष्टी। भौतिक शरीरबाट मात्रै मुक्ति पाएका हैनन् विष्णुलालले, यो दिक्कलाग्दो नेपालको हालत हेर्न र सुन्नबाट पनि मुक्ति पाए। शान्ति र समुन्नतिको आशामा होमिएका थिए विष्णुलाल लगायतका आन्दोलनकारीहरु जनआन्दोलनमा। नयाँ नेपाल बन्ने आशामा। तर घात गरेका छन् नेताहरुले। देशलाई फेरि द्वन्द्वमा फर्काउने काम हुँदैछ। अग्रगमन हैन यथास्थितिमा रहन चाहनेहरुको बोलवाला बढेको छ। ज्यानको बाजी राखेर आन्दोलनमा उत्रिएका विष्णुजस्ताको लागि के यो सब सह्य थियो त? विष्णुले बाई बाई गरेर गएका छन् त्यही भएर। पोल्छ त नेताहरुलाई विष्णुको निधनले ?

    आज विष्णुलालको पार्थिव शरीरमा सय रुपैयाँको फूल चढाएर गोहीको आँसु चुहाउने नेताहरुले जवाफ दिनुपर्ने हो विष्णु किन चाहिँ बाँच्ने? उनको आत्माले यस्तो प्रश्न सोध्थ्यो होला बोल्न सक्नेभए-

    गाडीले किच्दा मरेकालाई पनि सहिद घोषणा गर्‍यौ। मलाई पनि सहीद घोषणा गर्‍यौ। यो मेरो सम्मान हो कि अपमान?

    के एउटा राजालाई ढालेर अरु राजा बनाउन र उनीहरुलाई मनोमानी गराउन मैले ज्यानको बाजी राखेको हो? आज जनताबाट तिरस्कृत भएकाहरु सरकारमा गएर हामीलाई शासन गरिरहेका छन्। मन्त्रीहरुलाई सरकारी पैसामा तीन चार वटा गाडी चढेर मोज गर्नका लागि आन्दोलनमा मैले आन्दोलनमा होमिन परेको हो ? सरकारी ढुकुटीमा तिमीहरुलाई मोज गर्नका लागि मेरो रगत चाहिएको हो तिमीहरुलाई ?

    शान्तिपूर्ण आन्दोलनमा दमन भयो। खै कारबाही गरेको दमन गर्नेलाई, दमन गर्ने आदेश दिनेहरुलाई? सत्तामा पुग्नेबित्तिकै भुलिहाल्यौ है सबै कुरा। कसले रोक्यो कारबाही गर्न उनीहरुलाई? दण्डहीनता किन बढ्यो?

    खै तिमीहरुको त्यो वाचा ? आन्दोलनमा जनता नउत्रिएपछि हामी नेताहरु अब सुध्रिन्छौँ, पहिलेको जस्तो गल्ती गर्दैनौँ भनेका हैनौ तिमीहरुले? अब सबै मिलेर जान्छौँ, कुर्सीको खेलमा अल्झँदैनौँ भनेका हैनौ तिमीहरुले? अहिले संविधान बनाउन छाडेर के भइरहेको छ?

    तर अहँ, उनी बोल्न सक्दैनन्। त्यसैले यी र यस्ता अनेकन् प्रश्नको जवाफ दिन जरुरी ठान्ने छैनन् नेताहरुले।

    वैशाख ७ गते कलंकीमा भएको दमनमा घाइते भएका थिए विष्णुलाल। त्यो दिन के भएको थियो ? आउनुस् पुरानो दिनलाई सम्झौँ-

    त्यो दिन कलंकीमा भएको लाठिचार्ज। यहीँ भएको दमनमा सुरक्षाकर्मीहरुले अन्धाधुन्ध चलाएको लाठी गर्धनमा लागेर बेहोस भएका थिए विष्णु। कति महिना होसै आएन। आठ सय दिन बसे मोडल अस्पतालमा। अनि घरैमा लगी उपचार गरियो। अस्ति १४ गते फेरि बेहोस भएपछि उनलाई अस्पताल पुर्‍याइयो र आज १८ गते साँझ ५ बजे डाक्टरहरुले उनको मृत्यु भएको घोषणा गरे।

    त्यो दिनको कलंकी हत्याकाण्डः भिडियो, फोटो फिचर
    कलंकीमा ३ जनाको मृत्यु भएको पुष्टि, ८ मारिएको आशंका
    कलंकीमा मारिएकामध्ये एकको सनाखत

    १९ दिने जनआन्दोलनका क्रममा मारिएका शहीदहरु
    १. दर्शनलाल यादव (सप्तरी)
    २. भीमसेन दाहाल (काभ्रे)
    ३. तुलसी क्षेत्री (चितवन)
    ४. शिवहरी कुँवर (काभ्रे)
    ५. विष्णु पाण्डे (नवलपरासी)
    ६. हिरालाल गौतम (बारा)
    ७. सेतु विक (बाँके)
    ८. राजन गिरी (चन्द्रगढी)
    ९. सुरज विश्वास (झापा)
    १०. यामलाल लामिछाने (बर्दिया)
    ११. वासुदेव घिमिरे (काठमाडौं)
    १२. दीपक विश्वकर्मा (सोलुखुम्बु नेचा बतासे-९ नाम्लो गाउँ)
    १३. सगुन ताम्राकार (काभ्रे)
    १४. गोविन्दनाथ शर्मा (पर्वत)
    १५. प्रद्युम्न खड्का (काठमाडौं, स्युचाटार)
    १६. जहाँगिर खान (भारतको बिहार राज्य, सीतामढी जिल्ला, शिवनगर-६ हस्पिटल रोड)
    १७. अनिलकुमार लामा (काभ्रेको नांग्रेगर्चे सोमपति)
    १८. चन्द्र बयलकोटी (विदुर नगरपालिका-७, लामाटार)
    १९. विष्णुलाल महर्जन (काठमाडौँ,सतुंगल)

    सरकारले विष्णुको निधनअघि जनआन्दोलन २ का सहिदको संख्या २५ भएको बताए पनि त्यसमा १९ दिने जनआन्दोलनअघि शाही सरकारको विरोध गर्ने क्रममा मारिएकाहरुको पनि सूचि छ। त्यसमा पेट्रोलियम पदार्थको भाउ बढ्दा भएको आन्दोलनमा गोली लागेकोदेखि कर्फ्यु लागेका बेलामा शौचालय गएका बेला गोली हानी मारिएकासम्म शामेल छन्। माथिको सूचि भने १९ दिने आन्दोलन कै क्रममा मारिएकाहरुको हो।

    No related posts.

    72 comments to बाई बाई विष्णु

    • Anish Rajbhandari

      देश लै बलिदान दिने नेपाली हरुको ठुलो योग्दाने छ यो देशलै टर नेपाली नेताहरु ले कहिले भुजने सहिद हरुको सपना

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sabasi Thapa

      पार्थिव शरीर छाडेर गए पनि तिम्रो नाम अमर रहन्छ बिष्णु! अब शहिद हुने पालो जनताको छोराको होइनकी नेताको आउनु पर्छ, देशलाई नेता होइन राजनेताको खाँचो छ ! स्रदा सुमन महान जनताको छोरा बिष्णु तिमीलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Prakash

      खोइ कहिले यी नेता भनौदाहरु ले यस्ता महान शहिदहरुको बलिदान के को लागि हो ?भनेर बुझ्ने हुन्????

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • prem raj tumabapo (limbu)

      हाम्रा बीर साथी स्व बिष्णु महर्जन मा आम नेपलीहरु को हार्दिक समबेदना !हामीले प्रबास मा बसेर समाचार हेर्यौ नेपालीको दुख हरु जहाँ गए पनि उस्तै नै छ बिष्णु महर्जनको अनि अन्य सहिद साथी हरुको कथा एकै हो हामीले त्यो दिन अनि आज को दुख को दिन लाइ बरण गर्न सकिरहेका छैनौ . अन्तिम घडी मा बिष्णु महर्जनको एखोहोरो हेराइ अनि आखाहरुको बोलाइ हरु , धेरै शब्द थिए त्यहा छेकिएका थिए भासिएका थिए आवाज बिलाएको थियो . हरेक नेपालीहरुको मन रोएको छ जहाँ बिष्णु महर्जनको त्यो सपनाहरुमा आज सत्ता ,कुर्सि लोभ , मा सडक नाटक , बन्द हर्ताल चक्का जाम सधै मारपिट , अनि सत्ताको निम्ति मात्र आन्दोलन भएको यो अति दुख पूर्ण समयमा महर्जनको बलिदान आज नेताहरुको खाने र बोल्ने मात्र पो बाटो बन्यो कि जस्तो लाग्न थाल्यो .हरेक नेपालीको बिना समर्थन सरकार कहिले पनि बन्न सक्दैन तर खै नेपली जनताको सम्मान सहिद भनि दिए पुग्छ ? हामीले स्वतन्त्रता का साथ नेपाली भूमिमा गौरबको साथ हिड्न बाच्न पाउनु पर्छ.बिष्णु महर्जनको सम्मान सहिद र फुल मालाले होइन उहाको देस प्रति नेपाली भावना प्रति निर्धक ज्यान बलिदान दिनी भएको छ उहाको सपना हरु लाइ आज सम्मान पुर्बक कर्तब्य निष्ठा भै अघि बढे मात्र सहिद हरुको सपना हरु पुरा हुनेछन.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Bikash gopali

      दिबङत् हुनु भयका दाजु शहिद बिष्णु लाल महर्जन मा हार्दिक स्रदान्जली अर्पण गर्दछु र साथै शोक सन्तब्द परिवारमा भगवान ले धैर्य ध!रान गर्ने शक्ति प्रद!न गरुन ! बिक!श गोप!ली अफ्घानिस्त!न

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raj

      हार्दिक श्रदान्जली सहिद विष्णुलाल महर्जन लाइ| यी पतित हुतिहारा निकम्मा नेता को नाम मा खोल ओडेका चोरहरु यिनै सहिद को रगतमा होलि खल्दै छन, धिक्कार छ निकम्माहरुहो तिमीहरुको यो जमातलाई, | कति पाप बोक्छौ पापिहरुहो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो पोस्ट को सिर्सक राम्रो भयन, यो कुनै फिल्मी कुरा होइन,
      अर्को कुरा यस्तो नकारात्मक रुपमा लेख्नु भयन, केहि कुरा भै रहेका छन्, जो जनता ले न धेरै नेता ले नै चाहेका छन्

      बिष्णु लै लाठी त लागेको होला, तर यो समस्या लाठीले होइन, प्रहरीको लाठी चार्ज बाट बच्न भाग्दा ठुलो कान्ला बाट हम फाल्दा उनको गर्दन ले टेकेको थियो, विवरण सहि भयन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • घैंटे याजेन

      ए देशका नेता भनौदा हरुहो ? तिमीहरुलाई हाम्रा महान सहिदहरुको आत्माले सराप्ने छ | मलाई त रिस पो उठ्यो त , बिष्णु जी, हजुर लाई हार्दिक स्रदान्जली | हजुरले रगत बगाउनु भएको नेपाल आमा त माओबादी, कांग्रेश , एमाले , मदेशी अनि के के हो के के बाट बलात्कृत भएर पनि सिङ्ग दरबारको गेट को छेउमा तपाइको आशमा बसेकी देखेको थिए मैले |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash maharjan

      देशको निम्ति तिमीले रगत बगायौ ,जनताको निम्ति ज्यानै गुमायौ,के दिन सक्छौ तिमीलाई स्रदान्जली सिवाय, हाम्रा अमर शहिदहरु …………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • दुर्गा प्रसाद खनाल रियाद

      शहिद बिष्णु प्रति हार्दिक समबेदना, नेताहरुको कुरा सुनेर आन्दोलनमा होमिने दिन गए, शहिदको रगतको अबमुल्यन हुने ठाउमा केको युद्ध केको क्रान्ति “खोला तर्यो लौरो बिर्स्यो”’ यी अपाङ्ग नेताहरुको इसहरामा कसैले ज्यान गुमाउन नपरोश

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Gyan

      जन आन्दोलन आंधीबेरी जस्तै गरि आयो / टाठाबाठा राजनेताहरुले भागबन्डा गरि देश चलाउन पाएपछी जन आन्दोलन शान्त भए / जन आन्दोलनका मर्महरू नेताहरुले त बिर्षे बिर्षे, हामी जनताले पनि बिर्शी सकेका छौ / यो समाचारले हामी पाठकहरुलाई एकछिन गम्भीर बनाए पनि भोलि देखि बिर्सने छौ / सहिदको परिवारको अवस्था, अंगभंग भएका र उनको परिवारको अवस्था र घाइतेहरुको अबस्था सहितको शहिदको मर्म बारे प्रत्यक दिन वा प्रत्यक हप्ता संचार माध्यमले प्रचार प्रशार गरेर जनतालाई जागरण गराउनु पर्छ / ‘खोला टर्यो लौरो बिर्स्यो’ बने जस्तै जन आन्दोलनको मर्म हामी सबैले बिर्सी सकेका छौ / सहिदको परिवारको अवस्था, अंगभंग भएका र उनको परिवारको अवस्था र घाइतेहरुको अबस्था बारे माई संसारले प्रत्यक हप्ता राखेर जनता र राजनेताहरुलाई सुसिचित गराउनु पर्यो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mahesh

      बन्दैन मुलुक दुइ चार सपूत मारेर नगए भन्ने सुनेको हो तर यहाँ त १९ सपूतले आफ्नो ज्यान दिए, रत्ति भरपनि सुधार देखिएन देशमा | अब अर्को आन्दोलन नहोश र यी गिदी नभएका नेताहरुको इसहरामा कसैले ज्यान गुमाउन नपरोश | श्रदान्जली छ बिष्णु महर्जनलाइ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • krishna (Maryland, USA)

      यस्ता श्रद्धा ले शीर झुकाएर सम्मान गर्नु पर्ने जन आन्दोलन का योद्धा नै वास्तविक शहीद हुन् / के गर्नु जथाभाबी शहीद घोषणा गरेर वास्तविक शहीद को अपमान गरिसके र पो त ? शहीद बिष्णु को आत्माको चीर शान्ति पाओस ! उनको रगत , उनको पीडा मा राम्रै होली खेली राखेका थिए जन आन्दोलन का अगुवा हरु / कम से कम आफ्नै रगतमा खेलेको होली को उत्कर्ष त हेर्नु परेन ? अब डर छ उनको शब मा राष्ट्रिय झन्डा आउने हो कि जातीय , साम्प्रदायिक कि पार्टीगत झन्डा ? खबरदार ! राष्ट्रिय झन्डा बाहेक अन्य कुनै झन्डा ले त शहीद को सम्मान हुन् है ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Chandra

      जनता हरु ले कति रगत बगाएका छन् नेपाल को उज्जल वबिस्य को लागि तर हाम्रा नेता हरु ले कहिले बुज्ने हो, के को येत्रो झगडा सन्दै, यी सबै नेता हरु नेपाल को र नेपाली जनता का सत्रु हरु हुन्. यिनी हरु ले आफ्नो सत्ता, कुर्सि, पावर को लागि नेपाली जनता त के नेपाल लै नै बेची दिन सक्छन / खबर दार जनता ले दिएको कर्तब्य पुरा गर्न सक्दैनौ भने तिमि हरु लै जनता ले एक दिन हिसाब माग्ने छन्. आफ्नो जन्म भुमि लै नमार पागल नेताहरु

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • baba

      धिकार छ नेपाली राजनैतिक पार्टी हरुलाई जसले जे गरे पनि हुने यो हाम्रो देसमा येस्तई हुदै छ आज यी सहिद का आसु हरुले कति सराप दिएका छन् होला जसले देसका लागि प्राण को आहुति दिय सिरिफ नेता हरुलाई कुर्ची दिलाउने वाहयेकन अरु केही पनि भएन, हे प्रचंडे, गिरिजा मादव कमसे कम अब त सोच केहि त गर कमसे कम यी सहिद को रगत ले सिंचित नेपली भूमिलाई, खाली कुर्सि को लागि कति लड्छौ
      हाल स्पेन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ankit

      बुझेर!!!राम्रो संग सोचेर काम गर्नु पर्छ…..भारत को दिल्ली मा बसेर नेपाल को नया परिवर्तन खोज्ने नेता हरु को पछि लाग्नु भनेको गलत थियो भन्ने मान्येता मेरो तेही बेला पनी थियो !!!!!र आज पनी छ!!!! केटाकेटी पर ले बुझ्दै न बुझी सपना को घर बनाउन भाको घर मा आगो लगाएर कुनै कुरा हासिल हुदैन!!!!आखिर दलाल हरु ले आफैले मालिक को भनेर त कराई हाले नी !!!!यो कथित् परिवर्तन ले कसलाई फाइदा पुग्यो?? भारत लाइ!! भने पछि तेती बेला ज्यान दिने हरु ले कसका लागी ज्यान दिन पुगे त??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • Ravi

        You…….negative attitude!!!!! नेपाली को यहि नहुने. जे मा पनि negative attitude र negative criticism. त्यो बेला मा आन्दोलन मा होमिने हरु लाई अहिले एस्तो हुन्छा भनेर थाहा भएको भए अर्कै कुरा. के तपाइलाई थाहा थियो र अहिले एस्तो गफ गर्नु हुन्छा??

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • देवराज जोशी, कैलाली

      वीर शहीद विष्णु लाल महर्जन प्रति मेरो भावपूर्ण हार्दिक श्रद्धान्जली छ वहाको त्याग र बलिदानको उच्च मूल्यांकन हुनु पर्छ | वहाको शरीर नरहे पनि वहाँ शहीदको रूपमा अमर भैरहनु हुनेछ, ईश्वरले वहाका शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शाहस प्रदान गरुन |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Apekshya_Parajuli

      Tribute to you बिर सहिद .What you did for the country is Praiseworthy ..but the leaders sitting on the governence acheived by your contribution can never realise the importance of your sacrifice until and unless they themself experience the pain that you have suffered every second after you were injured………..I pray that your soul may rest in peace in heaven.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मर्ने त मारेर गए, यहाँ मर्नु न बच्नु भयकालाइ पनि हेर्नु पर्यो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tenzing sherpa

      महान सहिद अमर रहुन….कवि भुपी शेरचनको कविताको एउटा हरफ याद आयो…बन्दैन यो मुलुक दुइ चार सपुत मरेर नगए ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो देसको र समाज को लागि उनले गरेको कुर्बानी हो . यसलाई तेसै खेर जना दिनु हुदैन. उनको समर्पण र बलिदान ले सबै राजनीतिक नेता हरुलाई एकै ठाउमा बसेर पार्टीगत लाभ हानी बाट माथि उठेर देश को बारेमा सोच्न पेरित गर्यो र सम्भिधान तोकिएको समय मा नै बन्यो भने माकुने, प्रचण्ड, गिरिजा, उपेन्द्र सबै ले छमा पौने छन् होइन भने यी सहिद हरुको आत्मा ले उनि हरुलाई धिकर्ने छ. र उनीहरु जनता को नजर बाट सदा सदा त्रिस्क्रित हुनेछन
      अन्त मा विष्णुलाल महान छन् , उनि सदा हामी हरुको मन मुटुमा बाची रहनेछन. र हाम्रा भाई भतिजा बाद मा रमाई रहने नेतागण हरुलाई सदा सतबाटो मा रहन प्रेना दिई रख्नेछां !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kamla

      भाब पूर्ण श्रद्धा सुमन महान सहिद प्रति/सहिद हरुको balidani सम्झदै संबिधान सभाले तोकिएको समय सिमा भित्रै नया लोकतान्त्रिक संबिधान निर्माण गर्न सकोस यसो भय मा मात्र सहिद हरुप्रति सच्चा श्रन्धंजलि हुनेछ

      कमल गौतम
      राम्जा देउराली – पाँच, पर्बत

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BIBAS GHIMIRE

      एमालेका संगठित सदस्य रहेका महर्जन आन्दोलनमा जानुअघि संतुगलमा लुगा सिउने काम गर्दै आएका थिए । महर्जनको श्रीमती, दुई छोरी र एक छोरा छन् । महर्जनको उपचार खर्च जनआन्दोलन प्राथमिक उपचार कोषबाट भइरहेको थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Drona " Bishwas" Pandeya

      May Bishnu Lal Maharjan’s soul rest in peace and heart of all Nepalese………………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dave

      के नेपाली जनता सचाई मुर्ख नै हुन् त. के नेपाली जनता सचाई, मुर्ख, गधा नेता ले चढ्ने घोडा नै हुन् त.
      के सबै नेपाली जनता, हरु मुर्ख नै छन् त, जति नराम्रो गरे पनि त्यहिँ नेता हरु को पछि लाग्ने. अब त सुध्र्यिउ,
      नेता गरेको नराम्रो कार्य लै खुलेर बिरोध गरौ र राम्रो कार्य लै खुलेर तारिफ गरौँ. हैन भने यी नेता हरु त दुब्चन dubchn

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • प्रेम अर्याल

      शहिद बिष्णु प्रति हार्दिक समबेदना, नेताहरुको कुरा सुनेर आन्दोलनमा होमिने दिन गए, शहिदको रगतको अबमुल्यन हुने ठाउमा केको युद्ध केको क्रान्ति

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • रामकुमार बिमली

      वीर वहादुर आज
      १९ वैशाख २०६३, काठमाण्डौ
      अठोटका ऋचाहरु गुनगुनाउदै
      तपश्याका पन्चाग्निहरु तापेर
      हिमालयमा अठत्र स्नान गरी
      आस्थाको पशुपतिनाथ जप्दै
      विश्वासको सगरमाथा उठाउन
      वीर वहादुर ज्यान छाडेर सडकमा ओर्लियो
      आफ्नै उच्च सहादतको घोषणा गरेर ।१

      सताव्दियौंको दासतालाई अवज्ञा गर्दै
      निरंकुशताका फलामे जंजीरहरु तोडेर
      अग्रजका कैयौ पुस्ताहरुको
      मूल्यविहिन आहुतिको हिसाव-कितावका लागि
      जीवनका अनेकौ व्रि्रोहहरुको
      एउटै वुलन्द आवाज जुटाउदै
      अन्तिम लर्डाई लड्यो वीर वहादुर ।२

      इतिहासका ती दुखद् हविगतहरु
      त्यहि सानो प्राप्तीमा उसै भुलेर
      मरुभूमिमा वागको निर्माण गरी
      अव फेरि नयाँ सुनगाभा फुलाउन
      जोखिमको अन्तिम किनारामा उभिएर
      प्यारो देश र वाकी जीन्दगीका लागि
      कफन वाँधेर टाउकोमा
      अन्तिम युद्धमा लड्यो वीर वहादुर ।३

      ‘हुन्छ हुन्छ’ भन्दै कहिल्यै नगरेर
      ‘बुझे-बुझें’ भन्दै कहिल्यै नबुझेर
      दासत्वका लाचार महावाणी घोकाउदै
      अत्याचारका लाठ्ठी-गोली चखाएर
      निरंकुशताका दाशहरुले घेरिएर
      जनआवाजलाई निर्ममता साथ कुल्चिएर
      युगलाई अब पनि
      पछाडि धकेल्न खोज्ने साहुलाई
      आफ्नो शक्तिको परिचय दिएर
      आज आफ्नो पहिचान वनाउन
      सफल भएको छ वीर वहादुर ।४।।

      यो कविता जनआन्दोलन २ को बेला यो लेखेको थिएं, आज त्यै एक वीर वहादुरको सहादत भएको थाहा पाउदा दुःख लाग्यो । आत्माले चीर शाान्ति पाओस, नेताहरुमा हिजोका ती प्रतिवद्धताको स्मरण होस र आफुलाइ सच्याउन । यहि कविता र्समर्पण गर्दै हार्दिक श्रद्धाञ्जली ।।। रामकुमार बिमली .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Rakesh

      भाब पूर्ण श्रद्धा सुमन महान सहिद प्रति, सहिद हरुको बलिदंलाही सम्झदै संबिधान सभाले तोकिएको समय सिमा भित्रै संबिधान बाद र बहुल्बाद मा आधारित नया लोकतान्त्रिक संबिधान निर्माण गर्न सकोस तेहिनाही सहिद हरुप्रति सच्चा श्रन्धंजलि हुनेछ.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • इन्द्र महर्जन

      सर्वप्रथम शहिद विष्णुलाल महर्जनलाई श्रद्धान्जली तथा न्यानो अभिभादन छ ।

      नेवारहरुलाई कायर भन्ने तथाकथित ब्राम्हणवादीहरुलाई यो एउटा ठूलो उदाहरण बनेको छ । नेवारहरु पनि वीर धेरै छन् भन्ने ताजा उदाहरण । तर अझै नेवारहरुले प्रतिफल पाउन सकेको छैन । तीनै शहिदको नाम जपेर फेरि ती चैते नेताहरुले नै भोज भतेर गरेका छन् । अझै हामीले कति शहिदहरुको बलि चढाउनु पर्ने होला यो देशमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

      • rajesh nepal

        इन्द्रजी
        नमस्कार
        यो माई संसार को आजको बिसयमा कसले जात जातीको कुरा उठाएको छ र? इन्द्रजी, यहाँ करिब करिब सबै जात जातिको मान्छे सहिद भएका छन् कुनै जात का अलि धेरै होलान कुनै जात का अलि धेरै होलान के फरक पर्यो र?यहाँ बाहुन छेत्री ले हाम्रो त १० जना सहिद भए भनेर नाक फुलाउनु पनि बेकार छ नेवार बन्धु ले हाम्रो बल्ल २ जना भए भनेर चित्त दुखाउनु पनि बेकार छ .सम्पूर्ण सहिद हामी नेपालीहरु कै लागि सहिद भएका हुन् कुनै जात बिसेस को लागि होइनन
        अन्त मा बिष्णु लाल महर्जन प्रति सच्चा श्रद्धान्जली अर्पण गर्न चाहन्छु

        राजेश नेपाल

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • Ravindra Sapkota

        इन्द्र महर्जन जी,
        सर्वप्रथम शहिद विष्णुलाल महर्जनलाई मेरो पनि श्रद्धान्जली तथा न्यानो अभिभादन छ ।
        तर स्मरण गर्नुस, नेवारी वीरता को परम्परा धेरै पुरानो हो….अमर शहिद धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ को वीरतापूर्ण बलिदान नेपाली जनता ले कहिल्यै भुल्ने छैनन्. त्यसभन्दा धेरै अघि नै पृथ्वी नारायण शाहले नेपाल एकीकरण को भेलमा काठमाडौँ कब्जा गर्न खोज्दा संख्यामा धेरै कम भएपनि काठमाडौँवासी नेवारहरुले बर्षौं बर्ष सम्म सफलतापूर्वक लडेर प्रतिकार गरेका थिए. केहि नलागेपछि जात्राको अवसर पारेर पृथ्वी नारायण शाहले काठमाडौँ कब्जा गरेका हुन्.
        थोरै शब्द मा भन्नु पर्दा नेपालका विभिन्न जातजाति हरुको जातीय गौरव को कुनै कमि छैन. यो नै हाम्रो देशको बल हो.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • tulsi

      बिष्णु तिम्रो पार्थिव शरीरलाई भावपूर्ण स्रदान्जली /देशकोलागी तिमिलेदिएको बलिदानलाई देश र सरकारले कसरि मुल्यांकन गर्छ त्यो त हेर्न बाकिनैछ/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • samukh

      शर्वप्रथम त बिष्णु महर्जनको आत्माले चिर शान्ति पाओस /
      तर देशमा कति शहिद बनाउने ? कतिलाई शहिद भन्ने ?! शहिदको रगतले देश बन्ने भए नेपाल निकै आगाडी बनिसक्ने थियो / अझै मार्ने र मराउने काम भै नै रहेको छ / व्यक्तिगत रुपमा सोच्ने हो भने मरिसके पछी बनेको देश कस्तो हुन्छ कस्तो !! मरेको मान्छेलाई कसरि के थाहा हुन्छ र !! तै पनि इतिहासले जनतालाई शहिद बनाउन प्रेरित गर्छ जुन स्वोभाविक पनि छ / तर नेताहरुले, राजनीतिक पार्टीहरुले जबरजस्ती सडकमा लगेर मर्न बाध्य बनाइएकाहरु पनि मरिरहेका छन् / जसको बिचमा बिष्णु महर्जनको शाहिदत्व फिक्का नपर्ला भन्न सकिदैन, तेसै गरि कुनै बेला देश निर्माण गर्न शहिद भएका प्र. भिमसेन थापा पनि फिक्का पर्ने भए / तेसैगरी गङ्गालाल, धर्मभक्त, शुक्रराज जस्ता शहिदहरु जसले बिना कुनै बिदेशीको आडमा पनि तेसबेलाका शासकहरुका बलिया पर्खाल भात्काउना सफल भएका थिए, तिनिहरुला अस्तित्व पनि फिक्का पर्न थालिसके / राष्ट्र निर्माणको पहिलो इँटा राख्ने पृथ्वीनारायण शाह पनि फिक्का पर्ने भए / अव त लाग्छ कि हाम्रो इतिहास नै छैन कि क्याहो भनेर !!! यसो सोच्दा नेपाली शाशकमा मात्र एक पटक चेतना पलाएको थियो, त्यो पृथ्वीनारायणको पालामा / उनले तेसबेलाको ब्रिटिशहरुले भारत् खाएर उत्तरतर्फ बढिरहेका अंग्रेजलाई देखेर बाइसे, चौबिसे लगायतका टुक्रे राज्यहरुलाई एकीकरण गर्ने काम गरेर अन्ग्रेजसंग मुकावला गर्न सक्ने राज्य निर्माण गरेर ठुलो काम गरेका थिए / तेसैको उपज आज हामि “नेपाली” भनेर परिचय दिन सकेका छौ / तेस्पछिका शासकहरुमा पृथ्विनारायण शाहका दुइ चार पुस्तापछीका शासकहरूमा त कहिले पनि चेतना आएन / अहिले त शासक मात्र होइन कि शासक निर्माण गर्ने जनताहरु पनि चेतना शुन्य भएका छन् /

      पुन बिष्णु महर्जनको आत्माले चिर शान्ति पाओस /

      जय देश

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • suraj shreshta

      सुकरामको कुरामा म १०० % सहमत छु | श्रदान्जली सभामा चोर, डाका र फताहाहरुलाई प्रवेश निषेध गर्नु पर्छा |
      र सहीद बिष्णु लाल महर्जन प्रति हार्दिक श्रदान्जली !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • sanjeev maharjan

        सहिद Bishnu Lal Maharjan को पर्थविक सरीरमा माकुने , विद्या भण्डारी र सुजाताद्वारा पुष्प गुच्छा अर्पण गरेको फोटो देखे,
        कति पनि लाज नभएका यी चोर डाकु नेता हरुले सहिदको त्यागलाइ अपमान त गरेनै साथ नेपाली जनताको छातीमा पनि लात हने
        सहिद Bishnu lal Maharjan को allowance double गर्ने रे सान्त्वना दिनेरे माकुनेले , लगन पछी को पोते, देस सम्रिध गर्नु छैन चोर काम गर्दै ठिक
        कुनै दिन देस india लाइ loan मा दिउला अनि नेपाली जनतालाई indian currency distribute गरौला भन्दै फकौला चोर २ २ ठाउँ बाट हरुवा अलोकतान्त्रिक प्रधान मन्त्रि ,
        नेपाललाइ बचाऊ यी चोर डाकु को हात बाट/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Pukar

      हार्दिक श्रदान्जली योद्दा बिस्नुलाल महर्जनलाई! साथै समबेदना परिवार जनमा.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Sanjeev Maharjan

      आज पनि सम्झेको को छु मैले कहाली लाग्दो कलंकी को जन-आन्दोलन, भाग दौड अनि गोलि फायरिंग, देस परिबर्तनका लागि जनताको ओइरो लागेको थियो, त्यस आन्दोलन मा जीवन समर्पण गरेका
      Bishnu Lal Maharjan , हिजो यस धर्तिबाट बिदा भएको थाहा पाउदा मन सुन्य भएको छ,
      देस परिबर्तनको बहानामा यी पार्टीका नेता दानब भै नेपाली जनताका लाइ कलंकी र अन्य ठाउमा बलिको बोका बनाई देसको कुर्सि पाउने निच स्वार्थ लागेको देख्दा नया नेपाल को सपनाको पाना जलिरकेहो देख्दा कसको मन नरोला र,
      अत्यन्त भाव पूर्ण श्रध्हन्जली सहिद Bishnu Lal Maharjan र सोक्काकुल सम्प्रुण नेपाली जनता प्रति

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Mohan

      बिदाई बिष्णु,
      तिम्रो रगत मा टेकेर नेपाल आमा माथि बलात्कार गर्ने
      राजनैतिक ब्यापारी हरुको रगत ले तिम्रो रगतको साटो
      लिनेछन !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • sukaram ranabhat

      आज खुल्ला मंचमा हुने बिष्णुलाल महर्जनको पार्थिब शरीरमा पुष्प जुच्छा अर्पण र श्रद्दान्जली सभा मा ६०१ सभासदको उपस्थिति लाइ बहिस्कार गर्नु पर्छ भन्ने लाग्छ, किन कि तिनीहरु त्यहाँ आउदा शहिद को अपमान हुन्छ ………………………

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • sanjaya

      आज सबै नेपालीले ति नेताहरुलाई प्रश्न गरिरहेकाछन – किन १९ दिने आन्दोलन गरेको ? जनता प्रति उत्तरदायी भए पो यसको उत्तर दिन्थे यी भतुवा नेताहरुले / खबरदार हरुवाहरु हो तिमीहरुको अब अन्तिम हिक्का मात्र बाकी छ र तिमीहरु त इतिहासको कालो धब्बा नै हौ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • शिवपुरी

      हार्दिक श्रन्दांजलि छ बिष्णु . एकदिन तपाईको सपना साकार अबस्य हुने छ .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Thakur(Dilip)Dharel

      बिष्णु जी आबिबदन छ हजुरलाई !! के गर्ने हजुर हरुले देखायको बाटोमा एमाले डाका र क्रेस्स्ग्रेस डाका हिडेंन मैओस्त मत्त्रै हेदर सकेन तर पिर नमान्नु होला १ दिन प्रचण्ड ले हजुर हरुको सपना पुरा गरेर नै छोदछा उ नै हो आहिलेको नेपाल को जंग बहादुर पनि गौतम बुद्दपानी !! हामी साथ देनेछामा हजुरको सपना पुरा गर्नलाई,
      ठाकुर (दिलिप) धरेल धादिंग हाल स्वीडेन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 10

    • Dev-USA

      बुढा गान्धीको चस्मा चोर्ने चोर नेताहरुहो/
      मओतसेतुंग र मार्क्सको सभ्येता लुट्ने डाका नेताहरुहो/
      तिमीहरुलाई धिक्कार छ…………/

      बिर सहिदहरु जिन्दाबाद!
      बिर सहिद अमर रहुन!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Tilak

      चिर आत्माले सान्ति पावोस….
      बिर सहिद अमर रहुन …

      सक्छौ भने सहिद आत्माहरुहो देश र जनताको दुर्गति पार्ने कुमान्छेहरुलाई कडा सजाय दिन सक्ने कानुनको निर्माण गरि लागु गर्ने बुद्धि देउ ….

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • ram

      It is sad that a guy lost his life, that too for a cause nonsense as such !!! How could anybody for even once believe that Nepal would be a better place just because the Monarchy was abolished?
      And, it is utter nonsense to say that people came out to protest because they blamed Monarchy for all the wrongdoings in the country, a vast majority of people took to the streets because they were bored sitting in their houses with nothing to do. Now, that is the cold truth whether one accepts it or not.
      Never ever in ones life should anybody put themselves on the line for the agendas of a political party in Nepal. It is sad to point out Bishnu Maharjan as an example, but this is how one will end up if one believes in the political leaders of Nepal.
      A sad loss of life for a cause that really meant nothing at the end !!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • प्रकाश_पौड्याल_AB_Canada

      नेता हरु आफ्नो उपचार मा विदेश जना सक्छन तर येस्ता महान योद्धा आधुनिक उपचार को अभाव मा नेपाल मै मर्चन | राक्षस नेता हरु हो बिष्णु को सटआ तिमि नेता हरु को यो दशा होस् | हामी सबैले यहि कामना गर्नु पर्दछ | हामी सबै मिलेर हाम्रा नेता हरु लाइ गल्लि को आची खाने कुकुर को भन्दा पनि कम दर्जा मा राखौ \ येस्ता कुकुर नेता हरुले भन्दैमा यिनी हरु लाइ कुर्सि मा उकालं जुलुस , हड्ताल , बन्द मा भाग नालिउ ] फेरी एस्तो गल्ति कसैले न ग रुन. आखिर हामी सहिद भएर जनता लाइ के फाइदा ]

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • सुरज श्रेष्ठ

      सोझा योद्धा विष्णुलाल महर्जनलाइ हार्दिक श्रद्धान्जली !!!

      सोझा साझा हरु ले दुख पाउने कुनै नौलो कुरा हैन | २००७, २०१७, २०३७, २०४७ र २०६२/६३ मा यसका धेरै उदाहरण हरु छन् |

      राजा ज्ञानेन्द्रलाई तह लगाएर के भयो ? अरबो मा मस्ती गरि रहेका छन् राजा ज्ञानेन्द्र र तिनका आसे पासे हरुले |

      नया राजाहरुलाई मनोमानी गर्न माओबादी, खाओबादी, लाओबदी र देश बेचोबादी कसैले रोक्न सक्दैन |

      तसर्थ सम्पूर्ण क्रान्ति गर्न नेपाली आमा, बुबा, दाजु, भाई, दिदि, बैनी र सबै लाई अनुरोध गर्दछु |

      जय नेपाली !!!

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

      • samukh

        ज्ञानेन्द्रले जतिमा मोज गरे पनि देशले त नया राजाहरु पाएको छ नि होइन ! पहिलो राजा र दोश्रो राजा / तेसैगरी भार्दार्हरुमा बाहिरि, भित्रि, जंगली, शहरिया, गाउले आदि नेताहरु छदै छन् नि ! बाहिर जति नै बिरोध गरे पनि भित्र भित्र चाकडी र चाप्लुसी गरि नै रहेका छन् ! तर हामि चाहि एउटा ठुलो भुल गरिरहेका छौ / त्यो के हो भने हटिसकेको राजाको भूतको कुरा काट्ने काम / आफु राम्रो गर्ने परिपाटी चाहि कहिले आउने हो हामीहरुमा !!! अरुको कुरा काटेर आज सयौ बर्ष बित्यो / अझै पनि अरुको कुरा गर्ने बानि हटेको छैन / यहि देशमा काम गर्नेहरु करोडपति भैसके / जागरिला मान्छे पनि छन् / तेसै गरि आफ्नु आफ्नु काम गर्ने काम गरौ न ! तेसो गरि कसो होला !!!

        जय देश

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • पुष्प

      श्रद्धाञ्जलि । शान्त, सुन्दर, समृद्ध र सार्वभौम नेपालको कल्पना गर्ने नेपाली र त्यसका लागि ज्यानको बाजी लगाउनेहरूको सपना साकार होस् ।
      शीर्षक अलि चित्त बुझेन है !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

      • Sanjeev Maharjan

        शीर्षक अलि चित्त बुझेन, बाई बाई सब्द सुहाएन

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

        • ठीक हो, शीर्षक मलाई पनि चित्त नबुझेकै हो। तर खाली राख्‍न पनि भएन भनेर काम चलाउन त्यही राखेको हुँ।
          शीर्षक ठीक भएन भन्दा पनि कुन शीर्षक राख्‍दा ठीक होला सुझाव दिनुभएको भए त्यही अनुसार शीर्षक परिवर्तन गर्न सजिलो हुन्थ्यो। लौ साथी हो, एउटा राम्रो शीर्षक सुझाउनुस, त्यही अनुसार परिवर्तन गर्नेछु

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

          • पुष्प

            केही सुझाव …
            - शहीद भए जिउँदो शहीद ।
            - श्रद्धाञ्जलि विष्णुलाई !
            - पुरानो घाउ बल्झाइगए विष्णु ।

            मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • minti

      मलाई उदेक लाग्छ तिनै गोली हान्नेहरु आज फेरी सत्ताको वरिपरी घुमिरहेका छन् !!
      धिक्कार छ प्रचंडे, माकुने, हल्दार; तिमीहरुनै यी पापीहरुको संरक्षण गरिरहेका छौ !! माकुने झन्डा त ओडाईस होला, तर आफ्नै लागि !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 0

      • sudarshan

        तेस्तै हो मिन्तिजी, नाच्न मात्र हो अगी सर्ने नेता भानायुदाहरु , आखिर गोलि खाएर मर्ने त हामीनै त हो नि………

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

      • Arun Bibek

        मिन्तिजी रिस गरेर हुन्छा र ति गोलि हान्ने हरु सत्ताको नजिक भए भनेर? त्यसरी छोटो समयमा फेरी फेरी सत्ता परिबर्तन हुने हाम्रो देश मा पुरै सरकारी सयन्त्र बदल्न त देश कै अवस्था अफघानिस्तान हुनु पर्छ.जित्ने युद्ध सरदार हरुले चलाउन्छन् देस, अनि हारेका हरुलाई पुरै सखाप परेर फेरिन्छ पुरै सरकारी सयन्त्र. सम्झानोस त ति गोलि हान्ने हरु ले त्यति नगरेको भए आन्दोलन का नाममा बहुलाहहरुले काठमाडौँ नै खरानी बनाई दिन्थे कि दिन्न थिए . एउटा दुर्घटना भयो भने, सडक बन्द गर्छन, देखेजति सबै गाडी जलाउछन् , पसल उद्योग मा आगो लगाउछन् , र के मात्र गर्दैनन्. एक छिन कल्पना गरौ त ति गोलि हानेर भए पनि भिड नियन्त्रण नगरुन्जेल? अनि जनता पनि त उस्तै हुन् नि, बिबस र लाचार, नत्र हत्याराहरु, लुटेराहरु र सार्बजनिक सम्पतिको अथाह विध्वंसकहरु बिना न्यायिक प्रक्रिया संबिधान सभामा पुग्ने थिए? प्रचण्ड भन्दै छ, अझै दसौ लाख मानिस को रगत को खोला बगाउने भनेर, विचार गर्नोस त के तपाई सन्सार मा कहाँको जस्तो आबस्था आउने ग्यारेन्टी भए त्यस्तो बलिदान को कल्पना गर्नु हुन्थियो.तर हामी कोहि छैनौ भन्ने कि , ये प्रचंडे तैले रोपेको बन्दुके संस्कृतिले आज आपराध येत्रो बढायो, देश का उद्योग धन्दा डामाडोल भए, तैले उरालेको जातीय संघ ले तराई टुक्रिने वाला छ र कोहि चैनले बस्ने दिन को अन्त्य भएको छ, देशको पुजी पलायन भयो, प्रतिभा पलायन भयो र हाम्रो देश झन् छिया भयो. रगत कै आहाल चाहिने भए तेरो स्वयम आफ्नो परिवार को रगत को आहाल को निर्माण गर, तलाई बिस्वास गर्ने ले पनि आत्मा बलिदान गर्लान र निर्माण होला तेरो उद्देस्य बम्बोजिमको रगतको आहाल र पौडी खेल्लास,. सोझा साझा जनता ले त जानी नजानी दियिसके तलाई पौडी खेल्ने रगत , बालबालिका टुहुरो बनाएर, बिदुर र बिधुवा बनाएर, लुटिएर, कुटीएर लुटिएर,काटिएर . १५००० मानिसको लास को भर्यांग ले पनि प्रचंडे लाइ सत्तामा पुग्ने उचाई दिन सके न छ. लोभी भए पनि, तत्कालिन दरबार संघ झुक्ने भए पनि , वोज नभए को भए पनि कुनै लास को लिस्नो नलगाई माधब नेपाल प्रधान मात्री भए त के बिग्रियो.

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • Om Dahal

      दोश्रो जन आन्दोलन का महान शहिद बिष्णु लाल महर्जन लाई हार्दिक श्रदान्जली अनि शोक शंतब्द परिवार जनमा समबेदना छ |
      धेरै समय सम्म मृत्यु संग जुध्दै उनले नेपाली राजनीतिमा नेताहरुले देखाएको ताण्डब नृत्य राम्रै संग हेर्ने र सुन्ने मौका पाए, यो देशको अवस्था देख्दा उनलाई पक्कै पनि अरु धेरै बच्ने रहर थिएन होला, यो देशमा भैराखेको अस्थिरता ,अनि आफ्नो मात्र दुनु सोझ्याउने खेल, देशको बिकाश र स्थायित्व मा देश हाक्छु भन्ने कुनै पनि माइकलाल ले नसोचे पछी कुनै पनि स्वाभिमानी नेपाली यहाँ घाइते नभई कन रहन सकेको छैन|
      हैन तिमि हरुको कहिले चेत खुल्छ ? कहिले सम्म नेपाली को आशा र भरोशा मा तुषारापात गर्छौ?
      तिमीहरुलाई शहिद को रगत र उनीहरुको मृत आत्मा ले पक्कै एकदिन समाप्त पर्ने छ, शहिद हरुको भड़की रहेको आत्मा तिमीहरु माथि प्रेत बनेर खनिने छ,तर त्यो समय ढिला पनि भैसकेको हुने छ,तेतिखेर कुनै साम्रज्यबादिका हामी गुलाम भैसकेका हुनुछौ की? अत सबै नेपाली हरुलाई समयमा नै चेतना भया, शान्ति, स्थायित्व र बिकाश को लागि अगाडी बढौ, खराब नेता र नेतृत्वको अन्त गरौ र स्वाभिमान नया नेपाल को श्रीजना गरौ अनि मात्र त्यो शहिदहरुको भड़की राखेको मृत आत्माले मुक्ति पौने छ |
      जय मातृभूमि !!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • गगने

      देशको परिवर्तनको लागि गर्नु भयको त्याग र बलिदानको लागि आभार प्रकट गर्दै महान शहिद विष्णुलाल महार्जन प्रति हार्दिक श्रद्दान्जली तथा श्रद्देय परिवारमा आत्मीय समबेदना.!!!!!!.

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • Arun Bibek

      कुन खाले शहिद हुन् विष्णुलाल ? थाहा भएन. शहिद हरुको संख्या र प्रकार धेरै भएर होला. आन्दोलनका बेला अम्बुलेंस मा ढुंगा हान्ने , मोटर , बस या मोटर साइकल जलाउने , तोडफोड गर्ने मानिस हरुकै कारणले धेरै जसो गोलि चल्ने र लाठि चार्ज हुने गरेकाले, खाली शान्ति पूर्ण जुलुस मा नारा लागाउदै हिड्ने खाले सहिद हुन् कि कस्ता खालका शहिद होलान यी भनेर उत्सुकता जागेको हो. तर भबितब्य मा परेर मरेका वा जानेर नै जिन्दगि को खतरा मोलेर उत्सर्ग गर्न पुगेका हरुको लास को लिस्नु लगाएर नै सत्ता पक्ष र प्रतिपक्ष को राजनैतिक सक्ति बनेको हो. आरु सर्ब साधारण ले नभए पनि, उनीहरुले चाही उचित ध्यान दिने पर्ने हो यस्ता शहिद हरुको.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 10

    • बीर

      जन आन्दोलन २ का एक महान योद्धा विष्णुलाल महर्जनलाइ शिर निहुराई हार्दिक श्रद्धान्जली साथै वहाको अशन्तुष्ट आत्माले परलोकबाट नै भए पनि नेपालमा छिटै शान्ति छाएको देखेर शंतुष्टि पाओस | वहाको अमुल्य बलिदान त्यसै खेर नजाओस | शहिदहरुको बलिदानले नसरापोस र रगतले नपिरोस | नेताहरुलाई बेलैमा होस् आओस |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

    • Johny Deep

      लेट महर्ज़न् को आत्मा ले चीर शान्ति पायोस र यस दुखद घडीमा परिबारलाई झुधने शक्ति प्राप्त होस् |

      परिबर्तन पछी सबै योगदान बिर्सेर कुर्सीमा रमाउने नेताहरु लाइ सार्बजनिक बहिस्कार गरौँ |
      कोहि छ भण्डाफोर कार्यक्रम चलाउन सक्ने नेपाल आमाको सपुत ??????????

      जनान्दोलन का दोषी हरुलाई कारबाही प्रक्रिया शुरु गर्न जोडदार माग गर्दछु|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • RB Ghimire

      हार्दिक श्रदान्जली योद्दा बिस्नुलाल महर्जनलाई! साथै समबेदना परिवार जनमा.

      आखिर सहिदको माला जपेर देस लुटेकै छन् जम्बोजेटले (२२ दलका ४६ मन्त्रि परिबारले ………………………………… )

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 4

    • tanka

      चोर नेताहरु
      कुर्सि को लागि मात्र झगडा गर्छन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 1

    • Bisu (Massachusetts)

      यी सबै नेताहरु जस जसले जनता र देशलाई धोका दिएका छन्, सहिदहरुको रगत र Bishnu lal Maharjan को आत्माले यीनीहरुलाई चाडैनै सखाप पार्नेछ ! मिर्त आत्माको चिर शान्तिको कामना गर्दछु.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 2

      • madan bajracharya

        बिसुजी/

        सहानुभूतिको सब्द छैन/ शरधांजलि दिउन भने कुन मुखले दिउँ, कुन अधिकारले दिउँ?

        सहिद को बलिदानको हाँसो उडाएर जनाधिकारको मान मर्दन गरिएको टुलु टुलु हेर्दै, नेपालको झन्डा कुल्चंदै र कुल्चाउँन दिंदै पार्टीको झन्डा उठाई जिम्मेवारी बात भाग्ने हामि सबै तेतिकै जिम्मेवार छौं जति कुर्सिको लागि देस बेच्नेहरु/ नभए आज हामि मिलेर यस्ता जनमतलाई लातमार्दै बिदेसिको बुई चढेर देस बेच्दै लुट्दै हिड्नेहरु लाई लगारी सक्नु पर्ने हो/

        बिस्नुजी हाम्रो नागरिक अधिकारको लागि रगत बगाएर हाम्रो माझ बात गए/ तेस्तै अरु हजारौं गए/ त्यो भन्दा बढी आसुँ बगाएर गए, इज्जत लुतायेर गए/ अब बाकि हामि छौं देस बिकेको हेरेर जानेमा/

        देस बाकि रहे हामि कांग्रेस कमुनिस्ट फेरी पनि बन्न सक्छौ/ सके जति एक अर्कालाई फेरी गालि गर्दै गर्न सक्छौं/ तर देसै नरहे बिहारीको ढावामा जुठो प्लेट र कप माझ्न मात्र जन्मेको हुनेछ/ तेसैले आउनुस हामि मिलूं आज/ साथीहरु न म मावोबादी हुन् न तपाईं काग्रेसी बा एमाले हामि सबै नेपाल आमाको सन्तान हौँ/ आज त् आमाको लाज बचाउँ/ नभए किन बिनसिति बिस्नु जी जस्ताको बलि लिने हामीले? के एक अर्कालाई त् मावोबादी म कांग्रेस भनि गालि गर्न मात्रै ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

        • Bhimsen Limbu

          हार्दिक श्रद्धाञ्जली सहीद विष्णुलाल महर्जनलाइ ।

          यो देशमा ..

          इमान्दार चाहिँ सहीद हुन्छन्,
          फटाहा साला राजै गर्छन्,
          नक्कल गर्न माहिर नेता
          श्रद्धाञ्जलीको नाटक गर्छन्,
          चाह्यौँभने गद्धारहरु
          भोलि होइन आजै मर्छन्
          भोलि होइन आजै मर्छन् । o

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Pratik Pande

      त्यो कहाली लाग्दो दिन सम्झदा अझै पनि जिउ मा काडा उठ्छ. कुरा २४ अप्रिल २००६ को हो. म शान्ति का लागि साझा अभियान अर्थात् Collective Campaign for Peace (COCAP) को लागि human rights monitoring गरि रहेको थिए. आन्दोलनको अरु दिन हामी human rights monitoring गर्नेहरु को लागि curfew pass हुने गर्थ्यो तर त्यो दिन कसै लाई पनि पास दियिएको थिएन. सिंघ दरबार अगाडी को traffic को ओफ्फिस देखि म बस्ने कलंकी सम्मको पास दिए, म कलंकी मन्दिर भन्दा अलि तल बस्ने भएको ले गर्दा कलंकी सम्म पनि जना न मिल्ने पास दिए. म घर आए एक छिन् बसे तर धेरै बेर घर म टिक्न सकिन, अनि पछाडी को बाटो लाग्दै कलंकी चोक पुगे. आन्दोलन ताती रहेको थियो. एक्कासी पुलिसले लाठि चार्ज गरे अनि भाग भाग भयो, म पनि भागे . एक छिन् पछि फेरी आन्दोलन सुरु भ अनि तेस्को एकै छिन् म गोलि पनि चल्न लग्यो, धेरै मान्छे घाइते भए, तर त्यो दिन केहि ठुलो घटना नै घटाउने षडयन्त्र भाको ले होला, अम्बुलांस पनि आउन दिएनन् . भाग्यवश INSEC को एउटा गाडी त्यहाँ देखियो र मैले driver लाई request गरे र ८ जना सिकिस्त बिरामी लाई बिना curfew pass, MODEL Hospital ल्याए. बाटो म ६ ठाउँ मा आर्मी ले निधार मा बन्दुक राखेर curfew pass मागे, तर उनि हरु लाई मानवताको आधार मा यी बिरामी हरु लाई होस्पितल सम्म मात्र लग्न देउ भनेर बिन्ति गरे र लान पाइयो, एदी कुनी पनि आर्मी ले न मानेका भए सायद मेरो नाम पनि आज सहिद को लिस्ट मा नै हुने थियो होला. लागेको ८ जना मध्ये १ जना को होस्पितल पुग्न साथ् डाक्टर ले वहा त रहनु भएन भन्न साथ्, आँखा बाट झरारा आसु बग्यो. मैले वहा लाई व्यक्तिगत चिन्थिना तर देश को आमुल परिवर्तन को लागि वहा ले ज्यान गुमाउनु भयो, पछि थाहा भयो, वहा को नाम दीपक बिश्वकर्मा रहे छ. मेरो तेत्रो प्रयास तेती कै पानि मा गयो, एक छिन् अगाडी गाडी मिलौना सकेको भए सायद वहा आज हामी माझ हुनु हुन्थ्यो कि भन्ने सधै लागि रहन्छा… मेरो tes दिन को blog http://www.worldproutassembly.org/archives/2006/04/breaking_news_f_1.html
      आज yesari फेरी arko सहिद thapeko sunda mann फेरी rui रहेको छ, kasaile मेरो देश को rakshha gara, सहिद bishnu लाई मेरो antim shradhanjali……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 2

      • Deepak

        अहिले को राजनैतिक अवस्थामा नेता को कुरा सुनेर ज्यानको बलि दिनुभनेको मुर्खता बाहेक केहि हैन ? खोइ के भयो त देशमा तेत्रो १९ जना ले देश को लागि बलि दिएर ???
        मेरो लागि १९ जना निर्दोष जनता जनता हरु सहिद भएनन् बरु नेताहरुको लागि कुर्सि र सत्ता मा जाने भर्यांग मात्र बन्न पुगे . बिचरा…..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 2

        • Pradeep

          मलाई पनि कहिलेकाहीं त्यस्तै लाग्छ कि देश को लागि ज्यान दिनु मुर्खता झैं हो | तर देशको लागि आन्दोलन मा होमिंदा, वा राष्ट्रियताको रक्षाको लागि लड्दा सायद मुर्खता र बीरता मा फरक नछुटिने हुने होला | अनि केहि मान्छेहरु देशको लागि ज्यान दिन पनि तत्पर हुने हुन्छन | त्यस्ता मानिसहरुको अगाडी सायद हामी कायर ठहरिने होला |

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

          • ram

            सम्मन गर्छु ति महान सहिद लाई अनि हार्दिक स्रदान्जली ……..अनि धिक्कार छ ति नेताहरुलाई …………

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

        • बिनोद तिमिल्सिना,धरान

          बिष्णु
          सलाम छ तिम्रो त्याग र समर्पणलाइ!!!!
          तिमि र तिमि जस्तै नेपाल आमाका सपुतहरुले जुन स्वतन्त्रता र सम्रिद्द नेपालको कल्पना गरेर प्राण आहुति गर्यौ,त्यसको रक्षाका लागि अरु नेपालिले प्राण दिनु नपरोस्!!!!!!

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

      • सार्थक दोहा-कतार

        हार्दिक श्रद्धाञ्जलि ।

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    eXTReMe Tracker