Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

परमानन्दलाई कुर्सीमा बसाउने जिम्मा प्रमलाई

माओवादीले आन्दोलनको स्वरुप फेर्ने भन्दै संसद के खुला गरिदिएका थिए, सरकारलाई विवादित उपराष्ट्रपति परमानन्द झालाई कुर्सीमा राख्‍न हतार भएको छ। त्यसैले संसद खुले लगत्तै सरकारले संविधानको सातौँ संशोधनको विधेयक दर्ता गराइहाल्यो। यो संशोधनमा राष्ट्रपति, उपराष्ट्रपतिले पनि मातृभाषामा शपथ खान पाउने व्यवस्था गरिएको छ। सीधै भन्नुपर्दा यो उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा खाएको शपथलाई मान्यता दिलाउने विधेयक हो। तर संविधान संशोधनको काम सजिलो भने छैन। यसका लागि दुई तिहाई बहुमत चाहिन्छ र त्यसका लागि माओवादीको साथ नभई हुन्न। बाँडिचुँडी सत्ता चलाइरहेका १० दलको हिजो बसेको बैठकले त्यसको जिम्मा प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ। माओवादीले के गर्ला त?



माओवादी भारतविरोधी आन्दोलन चर्काउने भनिरहेको छ। यस्तो अवस्थामा उसले हिन्दी भाषामा शपथ खाने उपराष्ट्रपतिलाई कुर्सीमा बसाउने विधेयक पास गर्न आफ्नो समर्थन दिन्छ त ?

तर जनजातिहरुको समर्थन पाउन गणराज्य घोषणा गर्दै हिँडेको माओवादीलाई मातृभाषामा शपथ लिन पाउने संशोधनको विधेयकलाई अस्वीकार गर्न नैतिक रुपमा अप्ठेरो पर्ने निश्चित छ।

ढुल्मुले नीतिभन्दा माओवादीले प्रष्ट नीति ल्याउनु जरुरी छ। परमानन्द झाको विगत यसै पनि राम्रो थिएन। चरेस काण्ड अर्थात् लागू पदार्थ बेचबिखनको आरोपमा रंगेहात पक्राउ परेकालाई रिहा गर्ने आदेश दिएका कारण न्यायाधीश हुँदै विवादमा परी कारबाहीमा परेका व्यक्ति हुन् उनी। खासमा यस्तो विवादित व्यक्तिलाई उपराष्ट्रपति बनाउन हुँदैन भनी उतिबेला राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा गठबन्धन गरेका दलहरुले नै भन्नुपर्ने थियो। त्यो गरेनन् र त अहिलेसम्म उपराष्ट्रपतिले खाली विवादमा आउने काम मात्रै गरे। अब आन्दोलनरत माओवादीले यो उपराष्ट्रपति हुँदैन, अर्को राख्‍नुपर्छ भन्ने साहस गर्ला त ?

संविधान संशोधनको यो कदमसँगै अब फेरि भाषा विवादसम्बन्धी कानुनी बहस फेरि उठ्नेछ। सर्वोच्चले नेपाली भाषामा शपथ लिन आदेश दिइसकेको अवस्थामा संविधान संशोधन गरेर पुरानोलाई मान्यता दिनु वा फेरि हिन्दीमा वा अरु भाषामा शपथ खाएर पदमा बहाल हुनु कतिको उचित हुन्छ ? नयाँ बनेको कानुनले पुरानो कानुन अनुसार गरिसकेको भूललाई छोप्न सक्छ ? अब यस्ता बहस फेरि हुनेछन्।

यो देशमा यत्रो महिना उपराष्ट्रपति नभएर पनि केही बिग्रेको थिएन। उल्टो उनलाई दिइने भत्ता र सुविधाको खर्च जोगिएको थियो। राष्ट्रपति विदा बसे वा कतै गए अरु देशमा जस्तो सभामुख वा अरुलाई जिम्मेवारी दिन पनि सकिन्थ्यो। आउँदो जेठमा संविधान कसरी बनाउने भनी छलफल गर्नुपर्ने बेलामा भएकै संविधानको सातौँ पटक संशोधन गर्ने यो विधेयकले फेरि देशमा व्यर्थको विवाद निम्त्याउने निश्चित छ।

Related posts:

  1. परमानन्दलाई हिन्दीमा शपथ खुवाउन संविधान संशोधन
  2. उप राष्ट्रपति निवासमा वम विष्फोटको जिम्मा राष्ट्रिय मुक्ति सेनाले लियो
  3. खानेपानीको जिम्मा विदेशीलाई: कति ठीक ?
  4. यसरी थर्काएछन् भारतीय राजदूतले प्रमलाई
  5. ह्यापी शिवरात्री ! सेनाले सलामी प्रमलाई चढाउने

72 comments to परमानन्दलाई कुर्सीमा बसाउने जिम्मा प्रमलाई

  • काठमाडौ, २०६६ पुस २० – सरकारद्वारा संसदमा प्रस्तुत अन्तरिम संविधान सातौं संशोधन विधेयकको माओवादीले समर्थन नगर्ने भएको छ । माओवादी संसदीय बोर्डको आइतबारको अनौपचारिक बैठकले संशोधन ‘अर्थहीन’ ठहर गर्दै विधेयकविरुद्घ संसदमा उभिने निर्णय गरेको हो ।

    संसदको दुई तिहाइ बहुमतबाट मात्र संविधान संशोधन हुन्छ । माओवादीको समर्थनबिना

    संसदमा दुई तिहाइ पुग्दैन ।

    संशोधन प्रस्ताव हाल्ने समयसीमा सकिनुअघि आइतबार माओवादी अध्यक्ष र उपाध्यक्षले पार्टीनिकट कानुनी जानकारहरूसँग छलफल गरेका थिए ।

    ‘यो संशोधन प्रक्रिया र यसले दिने परिणाम बेठीक छ,’ माओवादी सभासद खिमलाल देवकोटाले भने, ‘त्यसैले विरोधमा उभिने भएका हौं ।’

    विधेयकमाथि पार्टीले संशोधन नहाल्ने उनले जानकारी दिए । यो संशोधनबाट परमानन्द झाको उपराष्ट्रपति पद क्रियाशील हुन नसक्ने ठहर माओवादीको छ ।

    ‘उपराष्ट्रपतिलाई पदमा क्रियाशील गराउने काम संविधान संशोधनबाट हुन सक्दैन,’ देवकोटाले भने, ‘अब निर्वाचित हुने राष्ट्रपति र उपराष्ट्रपतिको हकमा मात्र यो लागू हुन सक्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • मात्री भाषा मा सपथ खान पाउनु पर्छा यसमा कुनै शंका छैन / तर इंडिया ले अब सबै तराई का पार्टी हरु लै पैसा दिएर तिमि हरु ले आफ्नो मातृभाषा हिन्दी हो भन्न लगाएर हिन्दी लै नेपाल मा लाड्न खोजिरहेको छ जुन आम जनजाती र नेपाली मदेशी हरु ले बुझ्न सक्नुपर्छा जस्तो कि परमानन्द ले इंडिया बाट पैसा पाएर गरे . अब हिन्दी लै नेपाल मा लड्न बाट रोक्न जनजाती र प्योर मदेशी नेपाली हरु ले मात्र सक्नेछन . यदि माओबदिले इंडिया बिरुद्द संघर्ष गरेको हो भने पर्मन्नादा लै फेरी पनि कुर्सि मा बस्न दिनु हुन्न . अब माओबादी को इंडिया प्रति को राजनीति परमान्द को कुर्सि बाट नै थाहा हुन्छा . जय नेपाल जय नेपाली.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • subash

    “बोल्नुनै छ यदि भने बोल नेपाली नै” भन्थे राजाले . हुनत ती झन् बडी खराब हुन् तर देश को भाषा को कुरो गर्दा चाही भनेको नि.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • subash

    हुन्छ भन्छ नि माउबादी पनि इंडियालाई खुश नपारी देश चलाउन का सक्छन र . यस्तो जाबो गन्तन्त्र लोक तन्त्र आको भन्दा न आको राम्रो थियो देश को नेपाली भाषाको यस्तो उपमान त हुन्थेन . राजा भाकै राम्रो थियो .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • SHASHI's

    यो देशलाई जता बाट पनि ध्वस्त बनाउने नै भए भन्या ! यो काइते परमानन्दलाई फेरी लाईटमा ल्याउन किन पर्या होला ? यो माकुने अनि तेसका मतियार नामर्द हुन् र यिनी हरु जिब्रो नाटोक्दा सम्म देश त आफै शेष पल्टने भयो. हरे हरे हरे महादेव !!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • घैंटे याजेन

    नेपालमा फिल्म भन्दा येस्तई नाटक सुपर हिट हुन्छ | अरु त भन्न मनै लागेन , | हैन ग्यास्ट्रिक को दबाई खुवाउनु पर्यो यी नेता हरुलाई ……

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • दुर्गा प्रसाद खनाल रियाद

    मेरो विचारमा सपथ त्यो भाषा मा खादा ठिक हुन्छ जुन भाषा मा खादा पूर्व नेपाल को लिम्बु , खुम्बु, तराई मा बस्ने बहुभाषी, पशिममा बस्ने डोटेली र कर्णाली देखि हिमालमा बस्ने सेर्पाहरुले पनि बुजुन ! एस्तो नहोस कि सपथ खादै गर्दा नेपाली नेपाली बीच ट्रांस्लेट गर्नु नपरोस ! रयो परमानन्द झा को कुरा – फेरी विवाद मा आउनु भन्दा राजिनामा दिदा राम्रो किन कि बिबादित कुर्सि रहर मात्र हो ! भनिन्छ नि न बुज्ने लाई बुजाउना भन्दा बुज्ने लाई बुजाउना कठिन हुन्छ !

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • saurav

    It’s economy stupid, when will Nepal catch up with Bihar?
    [http://timesofindia.indiatimes.com/biz/india-business/Bihar-grew-by-1103-next-only-to-Gujarat/articleshow/5405973.cms]
    Bihar – traditionally a laggard state that actually saw a 5.15% negative growth in 2003-04 – is the second fastest growing state, just a shade behind Gujarat’s well-publicized growth of 11.05%.
    The latest CSO data gives out this dramatic story of Bihar on steroids. This high growth period also coincides with Nitish Kumar taking up the reins as chief minister from Lalu Yadav. It can, therefore, be said that good governance can work miracles for even the most backward of states. Not just Bihar, most of the traditionally backward states, including Orissa, Uttarakhand, Uttar Pradesh, Chhattisgarh and Jharkhand, have done well in this period, indicating a more inclusive growth at an all-India level.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

    • subash

      आलु जस्तो काबाट इकोनोमी को कुरो ल्याईश ढक्कन . राष्ट्रियता, स्वाधीनतामा आक्रमण सार्है भो साथी निकालौ खुकुरी.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Arjun Karki

    यो भारतीय चोरलाई भारत तिरै लखेटी पठाउनु पर्छ र मात्र यो बिबाद समाप्त हुन्छा

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 0

  • krishna (Maryland, USA)

    मातृभाषा लाइ सबैले सम्मान गर्नु पर्छ / तर आफ्नो पहिचान बोकेको राष्ट्र भाषा लाइ अपमान गर्न भने हुदैन / त्यस कारण पनि सर्बोच्च को निर्णय लाइ बेवास्ता गर्दै जबर्जस्ती परमानन्द झा लाइ यो सरकार पदस्थापन गराउन विधेयक नै पारित गराउन खोज्छ भने यो सरकार नै अहिले सम्मको निक्रिस्ट सरकार हो / डाडु मा पानी तताउनु पर्छ कि क्या हो ? अनि माओबादी ले यस्तो बिधेयक पास गराउन मद्दत गर्छ भने उसलाई पनि एमाले को साख्खै भाइ ठान्नु पर्छ / अब त भाइ हरु फुटेर हैन भाइ हरु मिलेर पो गँवार लुटे होला जस्तो छ / थुक्क हामी नेपाली हरुको कर्म ? बिशेष गरि माओबादी लाइ चेतना भया /

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 0

  • pramod

    य माकुने,,, तस्करलाई कुर्सीमा बसौन किन हतार भाको तलै? राष्ट्रघाती लै राष्ट्रघाती कै माया बढ़ी हुन्छकी क्याहो देश र जनताको भन्दा ? जनतालाई स्पस्तीकरण दे,,

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • हैन, नेपाल मा हामीले के सुन्नु पर्दै छ, सर्बोच्चा अदालत ले गरेको निर्णयलाई फेरी निरर्थ पार्न मदेशी हरुले बिद्देक संसोधन गर्न संबिधान मा प्रस्ताब पेस गर्नुमा नेपाल लाई अब पक्कै पनि सोमालिया मा प्रमाणित गर्ने निच्चित छ नेपाल को गुन्डा नीतिका राजनीतिक नेताहरु
    किन भने अहिलेको सरकार मा देश भक्त हरु छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • jhapatkumar

    त्यो परमानन्दे ईन्डियाको दलाल हो । जुन दलले त्यो चरेसानन्दलाइ जोगाउने प्रयास गर्छ्न तिनीहरु पनि भारतीय गुलाम नै हुन । खबरदार दलहरु जनताले सबै कुरा हेरिरहेका छ्न ।

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 1

  • MAHARJAN bimal

    लौ अब हेर्छु म पनि, माओबादी कति को अडिग रहन्छ हिन्दुस्तान विरुद्ध भनेर |

    जय नेपाल, जय नेपाली, जय नरेश !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • sanu

    Nepal is saving some money not paying for a smugler and a disloyal, stupid, corrupt individual who was made vice president by mistake. Due to his own action he was made inactive. I still wolder why this guy was not sacked. If politicians reinstate this controversial, arsehole and good for nothing animal, it will hurt the majority of Nepalese. So an unpopular person never be reistated if these corrupt politicians have any sense. If India is pressing them to reistate him they must be open in this regard, Nepalese will help them to release the pressure. Bloody makune will sucumed again.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • santosh

    हगे पछि दैलो देख्ने हाम्रा नेता हरु को कारण ले नै यो प्रोब्लेम आको हो | सुरु मा नै तेस्तो दागी मान्छे लै उठ्न न देको भए एस्तो प्रोब्लेम औदैना थियो.

    नेता हरु को एस्तो कारण ले देश मा धेरै प्रोब्लेम आएको छ. टनकपुर काण्ड होस् या धमला काण्ड| देश मा दुर्सर्शी नेता को कमि ले गर्दा नै आज यो सब प्रोब्लेम आको हो|

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • Om

    यो इन्डियन दलाल चरेशानन्द झा (रव एजेन्ट ) लै त हिम्मत छ भने घोक्रे ठ्याक लाएर राकेश सूद को चपदाशी बनौपर्छा…
    नेपाल एंड नेपाली को माया र इज्जत नगर्ने, भ्रस्टाचार गरि गन्हाएको, रस्त्घती कम गर्ने, नेपली हरु बीच झगडा गराउने, इंडिया को इन्तेरेस्ट मा कम गर्ने लै फेरी उप्रस्त्पति बनाएर जनता को कर न्बत उठेको पैसा मा ब्रम्हा लुट गर्न दिनु ठुलो गल्ति हुनेछा…….यदि कुनै neta हरुले यस्तो गल्ति गर्छन भने तिनीहरुलाई जनता ले छोड्नु हुदैन. यो गन्हाएको झा हामी मधेशी हरु को पनि सोशक हो यसले बिगत मा कुअनी मधिशी लाई केहि पनि सहयोग गरेको छैन…मात्रै लुटनेर भ्रस्टाचार गर्ने एंड शिधशाषा मधेशी हरुलाई दबाउने कम मात्र गरेको छ…यस्ता हरु लै त घोक्रे ठ्याक लौन सकेन भने …….

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • बीर

    यस्ता राष्ट्रियतामा आंच आउने कुरामा हचुवाको भरमा होइन गम्भीर रुपमा सोचेर छलफल गर्नु पर्छ | आफ्नो घर र क्षेत्रमा मात्री भाषा बोलेता पनि संसद र राष्ट्रिय भेला जस्ता कार्यक्रममा मात्री भाषामा बोलेर कति जनाले बुझ्ने हुन् कुन्नि ? यो एउटा हास्यास्पद कुरा हो | यदि सबैले आ-आफ्नो मात्री भाषामा सम्बोधन गरेर कसैले बुझ्दैनन् भने त्यसको केहि औचित्य रह्यो र ? जातीय र भाषिक उत्थानको नाममा सुहाउदो कुरो पो गर्नु, यस्ता उरन्ठ्याउला कुरा गरेर पनि केही फाईदा होला त ? त्यसकारण नेपालीलाई एकताको सुत्रमा बाध्ने कुरामा बाधा पुर्याउने यस्ता कुरामा कसैले समर्थन नगरुन | राष्ट्रिय र सन्सदिय भेलाहरुमा नेपाली भाषाको अनिबार्य प्रयोग होस् |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

  • raj

    संबिधान संसोधन हुनु ठुलो कुरा होइन.परमानन्द झा ले नया संसोधन बमोजिम सायद सपथ लिन पाउदैन होला . परमानन्द झा ले नैतिकता को आधार मा न छोडे मा दुइ तिहाई बहुमत ले मह अभियोग लगाउन सक्नु पर्छ. तर कुर्सि को कुरा कसरि बिर्सने नेता हरु ले . कुर्सि को लागि लडेको त माओबादी ले पहिले नै भनि सक्यो . जनता को लागि लड्ने रे खै को हो जनता ? कस्तो लाई नेता, कस्तो लाई जनता … को परिभासा गर्न सकेन मैले त

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • suman

    खोई के लेखनु यो भाषा को बिबाद त कुनै बिषय को बेला नै होइन! नेपाल ” लाई चलाउनी” हरुले हिन्दी माँ सफत लिनिरे ? तिनिहरू त उतई हुन्छानी! तपाईहरुले पनी सुन्नु भएको होला बीबीसी नेपालीमाँ १ इंडियन नेपाल को बिसेसग्ये ले त नेपाली माँ कुरा गर्छान भनी नेपालको “राष्ट्रपति” अनी उपरास्त्रपति ले नेपाली नबोलनी त्यों नेपाल माँ अली नहोला!
    एतीका बर्ष सम्म बिबाद नभएको बिसयलाई देशको यो गतिको बेलामा के को नाटक होला हरे? अनी माओ बादिहरु ले पनी अली ठोश बिचारहरु जनताको अगाड़ी लायाउनु पर्छा जनताले त राम्रोबिचारलाई सहयोग गर्नेछान ! उहिजनता लाई बोका बनाउनी मात्र हो भनी धेरै टिकिदैना कोहिपनी अनी फेरी अर्को “पुष्प कमल” रा डॉ बाबुराम ले जन्म लेनिहोलान!!!
    कस्तो हाशो को कुरा छ “परमानंदा” भन्नी मान्छे, तेस्तै ले नेपाल चलाउनी हो भनी हामीले पनी “अफिमको” खेती गर्नसुरुगेहुन्छ! गाजात जतापनी चदैछ, अनी कामानपयेरा दिक्क अनी हरेश खानी हरु पनी धरै छन उनीहरूले पनी येशो कमाउनी बाटो पोथे, हामी तेशाई पनी चाडो अनी सगिलो कमौनी बाटो खोजनी तर दुख पाउनी जाता हो! जे हुन्छा हुन्छा अब तेश्तई गर्नुपर्छा, झा नभए अर्को “अनशारी” तेस्तै कति छन! पालो दिनु पर्छा “श्रीमान माकुने जी”!
    जय नेपाल!!! साथीहरु माँ काग्रेसः होइन है अनी माओ , माले खाली नेपाली! फेरी कहिलेकाही अर्को पाटि को भनेर हाम्रो यूबा नेताहरुले गलिपनी गर्नुहुन्छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • नारायण

    यो गाजा तस्करले फेरी झण्डा हालेको गाडी चढ्ने भयो ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • madan bajracharya

      नारायन जी
      चढ्न दिनु हुन्/

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • मातृभाषामा शपथ खाना पाउनु पर्छ तर नेपालको सन्धर्भमा हिन्दी भाषा कुनै नेपालीको मातृभाषा भने होइन |

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • bishnu upreti

    माओबादी को भारत बिरोधि रणनीति … यता जनजाती मधेसी संग को राजनीति तालमेल …हेरौ माओबादी को रास्त्रियता कस्तो रहेचाता?

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 5

  • ….वाक्क भइसके यो साले चोर फटाहा नेताहरु को कुरा हरु चालचलन हरु देखेर सुनेर | आउ !! हामी सबै नेपाली मिली यिनीहरु को भाषण सुन्न पछाडी नदौडी हाम्रो मातृभूमि लाई बलात्कार गर्ने सबै नेताहरु लाई सजाय दिउ र आफ्नु देश नेपाल लाई हामी हरु आफै बनाउ |

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • NaBeEn

    हिन्दीमा भासन गर्दै गणराज्य घोसना गर्न हत्याराहरु ले चरेसानन्द झा लाइ बुइ नाबोक्लान भन्न सकिन्न?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 5

  • RB Ghimire

    संबिधान सभाले नया संबिधान बनाउने हो कि पुरानै को पात फेरिदिने हो ……………………………………….?

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 1

  • sanjaya

    सबै भतुवा हरु छन अर्को भतुवा त हो नि चरेशानन्द पनि मज्जाले स्वागत गरेर ल्याऊछन के उसको मात्रै छ र काण्ड /

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • Rhyan

    अरुलाई अरु को रन्को, घर ज्वाईं लाई खान को रन्को भनेको यही हो.

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • प्रेम अर्याल

    अन्तरिम संबिधानमा उल्लेख भए बमोजिम परमानन्द सक्रिय हुन या सर्बोच्चको आदेश मुताबिक पदमा बहाल हुन चाहन्छ भने ठिंक छ नत्र त्यो परमानन्दको लागि मात्रै संबिधान संसोधन गर्न हुदैन त्यसको लागि माओबादीले समर्थन नगरोस, नया संबिधानमा त्यसको ब्यबस्था गर्नु बहसको बिसय हो तर हालमै हिन्दी भासा लाई अगाडी ल्याउनु हुदैन,

    मन परे हरियो, नपरे रातोः Thumb up 15 Thumb down 2

  • जीवन

    आफ्नै कुर्सीको भर छैन के बसाउला माधवेले भनेको । सधैंको भ्रमणले राज्यको धुकुटि नै रित्याउन लागिसक्यो । त्यो चरेसानन्दलाई त कुर्सीमा होइन अब देशबाट नै लखेट्नु पर्ने हो । अब माओबादीले कुनै पनि हालतमा यो कुर स्विकार गर्नु हुन्न । यदी यस्तो भयो भने माओवादीको अस्तित्व अझ गिर्ने छ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

  • tilak subba

    जुनसुकै राष्ट्रिय कार्यक्रममा राष्त्य भाषा र राष्त्य पोसाक हुनु पर्ने हो तर ऊप राश्त्य पतिले हिन्दीमा सपथ खाएर गल्ति गरे अनि फोर्मेर प्र . म. प्रचण्डले पनित राष्त्य पोसाक हुनु पर्नेमा कोट पैएंत सत लगाएर गल्ति गरेको थियोत के ????? दुबैको गल्ति थियो कि उप राश्त्य पतिको मात्र ?????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 4

    • madan bajracharya

      तिलक जी
      बाहिरि आवरण ले व्यक्तिको ब्यक्तित्वो बदलिन्दैन रुप मात्रै बदलिन्छ/ तर बोलि र नीतिले त्यो व्यक्ति असल हो बा खराब हो भनि छुटिन्छ/ परमानन्द झा मात्र कुनै साखा अधिकृत पदको सपथ ग्रहण गरिरहेको थिएँन देस, संविधानको पालना गर्ने गराउने अहम पद को सपथ ग्रहण गर्दै गरेको थियो/ तर नेपाल नमान्ने आफुलाई नेपाली नमान्ने अनि संबिधान पनि नमान्ने भन्दै हिड्ने लाई त् के मात्रै भन्ने खै? सानो अपराधि होयिन त्यो/

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • madan bajracharya

    भारतको निमित माकुने को संजीवनी बुटी/

    अस्ति कोपेनहेगनमा भारतको प्रधान मन्त्रि मन मोहनले माकुनेलाई “बडो विद्वान” भन्दै ‘सबै समस्याको समाधान गर्न सक्ने’ अति योग्य प्रधान मन्त्रि भनेको थियो/

    भारत समेत नेपालमा हिन्दी भाषा लाद्न चाहन्छ/ तर नेपालको कानुन र संबिधान ले दिंदैन/ यो कुरा भारतको लागि समस्या हो/ तेती बेला कोपेनहेगनमा माकुनेले भनेको थियो उ सिट सबै समस्या समाधान गर्ने संजीवनी बुटी छ भनेर/ यहित होला नि तेस्को प्रभुलाई परेको समस्याको समाधान गर्ने संजीवनी बुटी/

    माकुने मोरो भारतको हनुमान पो रहेछ भारतलाई समस्या भएको समाधान गर्ने संजीवनी बुटी बोक्दै हिड्ने/

    अब हेर्नुस्त माकुनेको अर्को संजीवनी बुटीको चमत्कार/ देस बिदेशमा भारतले नेपालको सिमा भारतले मिचेकोमा बिरोध भए/ भारतलाई ठुलै समस्या भए/ माकुनेले तेती बेला चट्ट खल्ती बात संजीवनी बुटी निकालेर ‘ भारत सिट कुनै सिमा बिबाद नभएको’ भनि प्रधान मन्त्रीको हैसियतले बोलि दिए/ भारतलाई परेको समस्या चट्ट/ कस्तो कमालको संजीवनी बुटी रहेछ माकुनेको/

    अब माहाकाली नदि भारतले पुरै कब्जा गरे भनि सरकारी स्तरमै प्रमाणित भए/ देखिनुमा यो कुराले भारतलाई ठुलै समस्या परेको देखायिये/ तर होयिन साथि यो नाटक हो माकुनेको/ महाकाली सन्धि गलत तरिकाले गरिएको तर भाग्य बस अब त्यो सन्धिको प्राबधान अनुशार समय सिमा भित्र दि पी आर भारतले बनाउन नसके बात त्यो सन्धि कानुनन निस्क्रिये भई सके/ अब त्यो सक्रिय बनाउन भारत आफले प्रस्ताव राख्न सक्दैन तर नेपालकै तरफ बात महाकाली सन्धिमा पुन छलफल गरिने बातावरण बन्नुं पर्ने भएकोले माकुनेको सरकारले नै यो कुरा उठाएको हो/ अब यो कुरामा बहसमा आउनु पर्ने नै भयो/ अब माकुनेको खल्ती बात अर्को संजीवनी बुटी निक्लिन्छ कि भारत् लाई छिटो दि पी आर बनाउ भनेर/ अनि भारतले मानेको नाटक गर्छ तव मरेको सन्धि पुन जीवित हुन्छ/ महाकाली भारतको कब्जैमा रहन जाने छ/

    तर यति कुरा हामीले बुझ्नु छ कि माकुनेलाई यस्ता संजीवनी बुटी मन मोहन ले नै उनीहरुको स्वार्थ पुरा गर्न भएको समस्या समाधान गराउन दिएको हो/ माकुने भारतको पिडा हटाउने भारतीय बैद्य हुन्/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 4

    • raj

      मदन जी येस्तो हराम खोर प्रधान मन्त्रि त मैले नेपाल को होइन संसार कै इतिहास मा कहिँ देखेको छैन | यो त प्रधान मन्त्रि पद को भोको, राजनीतिक फोहर मैला को पोको हो | मैले पहिला पनि एक कमेन्ट गरेको थिए यदि कसैले यो पोको गन्हाएको बोको को पद जोगाइ दिन सक्छ भने सारी लगाएर छम छम नाच्न र कसै को पनि बिस्तारमा स्वास्नी बन्न तयार हुन्छ| थाहा भएकै कुरा होनी दरबार मा भेटि पनि चडायेकै हो, भन्नुस न प्रधान मन्त्रि पद को लागि यस ले के गरेको छैन? जनता ले सभासद को लागि पनि नपत्याएको हरुवा हराम खोर प्रधान मन्त्रि हुन पाएको अनि किन नगरोस भस्म लुट |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

      • madan bajracharya

        राज जी
        उहिले यकल राजाको तानाशाही चलेको अहिले यी विदेश सिट बिकेकाको समुहगत तानाशाही/ नेपालमा आमुल परिबर्तनको जरुरि छ/ घिउ झानेर पनि हगीएको कसैले खान सकिंदैन/ यिनीहरुलाई सुधार्न खोज्नु भनेको हगीयेकोमा घिउ झान्नु जस्तै मात्र हो/

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • Jillabashi Baburam

    काम कुरो एका तिर कुम्लो बोकी दिल्ली तिर!
    खबरदार भातमाराहरु हो!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

  • बीर

    आ-आफ्नो क्षेत्रमा र घरमा मात्री भाषा पर्यो गरे पनि संसद र राष्ट्रिय भेला जस्ता कुरामा पनि मात्री भाषामा सपथ, भाषण गर्ने हो भने १-२ जना बुझ्नेले त बुझ्लान नबुझ्नेले के लाटो बुंगाले केरा हेरेर बसे जस्तै बस्ने ? नेपाली भाषा प्रयोग गरे त सबैले बुझी हाल्छन, त्यसकारण यस्ता राष्ट्रिय एकतामा आंच आउने नचाहिदो कुरालाई चाही म समर्थन गर्दैन | साच्चिकै देशलाई एउटा एकताको सुत्रमा लैजान चाहन्छ भने माओबादीले पनि यस कुरामा समर्थन नगरोस |

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 1

    • madan bajracharya

      बिर जी
      यकदम ठिक/ मातृ भाषा मात्र काम काजि भाषा हुनु पर्ने हो/ सपथ ग्रहण गर्ने बेला रास्ट्र भाषानै हुनु पर्ने/ यो अहिलेको संबिधान संसोधन मन मोहन ले कान फुकेको आधारमा भएको हो/ भारत् नेपालमा हिन्दी भाषा र हिन्दी भाषीले नेपाली भाषा र नेपाली बिस्थापित भएको हेर्न चाहन्छ/

      परमानन्द झा पद बात हटाईएको कुरा भारतको स्वार्थ मा ठुलै धक्का हो/ माकुनेलाई भारतको प्रधान मन्त्रि मन मोहनले सबै समस्या समाधान गर्न सक्ने योग्य भनेको कुरा भित्र परमानन्द झा लाई पदमा पुन बहाल हुन् परेको समस्या समाधान गर्न दिएको निर्देशन हो/

      परमानन्द झा जस्तो देस बिरोधि, रास्ट्र भाषा बिरोधि, संबिधान बिरोधि, सर्बोच्च अदालतको उपहास गर्ने, भ्रस्ताचारको अभियोग लागेको व्यक्तिलाई उप रास्ट्र पति जस्तो पदमा पुन बहाल भएको कुनै नेपाली चाहँदैन/

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • Ravi

    खै के खै के खुरु खुरु संबिधान नबनाएर किन नीउ खोज्ने काम मात्र गर्या हो यो सरकार ले?????? अब येही गर्छन अनि त्यहि भएर फेरी माओबादी ले संसद रोक्छ………अनि संबिधान बन्ने त हाम्रो नाती को पाला मा हो…………मलाई त लाग्छ यो कुनै पार्टीले पनि संबिधान बनाउन चाहदैन….यो सबै जनता लै धोका दिने मात्र हो……..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

  • raj

    अपराधी र फटाहाहरुलाई गाई को गौत भनि कुकुर को सु छर्केर चोख्याउन यो सरकार खप्पिस छ, त्यसैले परमानन्द झा लाइ पनि यता उति गरि कु.सु पक्कै छर्कने छन्|

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

  • Cesar

    Again “Wooden Puppet Dancing to India’s Tune”. Let us boot those scoundrels out.

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 3

  • Devendra Basnet

    यो सरकारले येस्तई कम गर्ने त होनी. उसको मालिक इंडिया लै रिझाउन जे गर्न परे पनि गर्छा. अब यो माकुने ले इंडिया ले तयार परेको नक्सा मा हस्तक्षेर् गर्छा. चोरै चोर मिले पछी के लाग्दो रहेछा.. जय नेपाल…

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

  • tulsi

    संबिधान संसोधनको कुरा उठाएर सरकारले आफ्नो असछ्याम्ता प्रकट गरेकोछ/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

  • समर्थन त दिने नहुनेहो तर दिहाल्यो भनेपनि उपरास्ट्रपति
    परमानन्द झा को बिषयलाई नियाल्नेहो भनेत उपरास्ट्रपतित आफुलाई नेपाली भन्न र नेपाली हुँ भनेर चिनाउन नै लाज मानेको जस्तो छ | नेपाली भाषामै “मलाई नेपाली बोल्न आउन्न र नेपाली बुझ्दिन ” भन्नेलाइ अब क गर्नेहो माओबादीले? फेरी फूल माला लगाएर भित्र्याउने कि गलत्याउने ?? हेर्न बाकीनै छ |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

    • raj

      यो परमानन्द झा ने नेपाली बोल्न नआउने भए, यस ले प्रधान न्यायाधिस हुदा गरेका सम्पूर्ण निर्णयलाई पुनरालोकन गरिनु पर्छ किनकि यसलाई त नेपाली नै आउदैन फेरी फैसला कसरि गर्यो त? यस ले धरै पैसा खाएको छ, यस लाइ त मुद्धा चलाएर खोर मा हाल्नु पर्छ| के को पद बहाली गर्ने नि ? खबरदार माओबादी हो, यो गल्ति कुनै हालत मा नगर्नु|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0

  • tulsi

    संबिधान संसोधन गरेर संबिधान नलेख्ने चालबाजी गर्नु भन्दा जोडतोडका साथ् नया संबिधान लेख्ने काम गर्नु सबैको लागि हितकारी हुनेछा/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

  • Om Dahal

    सम्भिधान बनाउन कसैलाई बितेको छैन, देशको माया कसैलाई छैन ;कसैलाई सत्ता चाहिएको छ , कसैलाई सत्ता टिकाउनु छ, त्यसैले हेर्दै जानुहोस साथीहरु त्यो चरेश काण्डमा मुछिएको अनि नेपालको एकरत्ति पनि माया नभएको बिदेशी दलाललाई पक्कै पनि पुन: पद मा लैजान्छन हाम्रो देशका नेता भनाउदाहरुले |
    जय मातृभूमि !!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 1

    • madan bajracharya

      बिकेका दलहरुको निर्देशमा भोट दिनै पर्ने संबिधान सभाको सदस्यहरुले नेपाल को संबिधान कस्तो बनाउला कस्तो संसोधन गर्ला?

      यी माकुने-गिरिजाको सरकार को साँचो मधेसी फोरुमको हातमा छ र परमानन्द फोरम को प्रतिनिधि हो/ फोरम त् अहिले पनि परमानन्द लाई पद मुक्त गरेकोमा बिरोध गर्दै छ/ तेसैले परमानन्द लाई पदमा कसै गरि पदमा बाहल गर्न नै यो संबिधान सम्सोधन गर्न लागेको हो/ अब यो संबिधान संसोधन को प्रस्ताव संबिधान सभाले पास नहोला भनि सोच्नु पनि गलत हुनेछ/

      यमाले कांग्रेस र फोरम लगाएत पार्टीले आआफ्नो पार्टीको तरफ बात चुनिएको र मनोनित भएका संबिधान सभाको सदस्य हरुलाई पार्टीको निर्देशन अनुशार संबिधान संसोधनको प्रस्ताव पास गर्ने व्हिप जारि गर्ने छ र उनीहरु अनि तेही अनुशार गर्न बाध्य हुनेनै छ/ नभए उनीहरु पार्टी बात निस्काशन हुनेछ/ भनेको मतलव अहिले संबिधान सभामा देखाउन मात्रै ६०१ जना सदस्य छन् तर उनीहरुले स्वो बिबेक अनुशार बा जनप्रतिनिधिको हैसियतले भोट दिंदैनन पार्टीको नीति र निर्देशन अनुशार पार्टीको व्हिप मानेर भोट दिन्छन/

      यस अर्थमा हेरिने हो भने संबिधान सभा मा जनप्रतिनिधिले होयिन कांग्रेस यमाले मधिसे फोरम जस्ता दले समिबिधान बनाउंदै छ/ यसैले त् भारतको प्रसय र समर्थन यी गठबन्धनले पाईरहेको हो/

      अब अहिलेको सरकार सिट २२ दल छन् उनीहरु सबै मधिसे फोरम र भारतको निर्देशनमा काम गर्छन भोट दिन्छन/ अब बिपछ्यामा मात्र मावोबादी पार्टी/ मावोबादिले हुन्न भनेको केहि लाग्दैन संबिधान सभामा/ तेस्माठी नेपाली कांग्रेस त् मधिसे फोरम सिट सम्झौतानै गरेको पार्टी पर्यो भारत सिट बिकेकै पार्टी पर्यो र यमाले उनीहरु को गुलाम पार्टी/ अब कांग्रेस यमाले र फोरुमले जस्तो चाहन्छ तेस्तै संबिधान बन्छ र तेस्मा उनीहरुलाई पाएक पर्ने गरि संसोधन हुन्छ/

      यी कांग्रेस एमाले र फोरम त् भारतले सिमा मिचेको पनि नमान्ने/ यिनीहरुले भारतले मिचेको नेपालको सिमा नेपालकै देखाएर संबिधान बनाउला नबनाउला भनि आसंका गर्न सकिन्छ/ यस्तो आसंकाको कमसे कम २ आधार छ:

      ०१. अस्ति भारतले सिमा मिचेको सरकारी तवरले प्रमाणित भए पनि देसको प्रधान मन्त्रि र विदेश मन्त्रि लगाएत कान्ग्रेस्सको केन्द्रिय सदस्य राम शरण महतले आधिकारिक रुपमा भारतले नेपालको सिमा मिचेको छैन भन्नु र मधिसे फोरुमले यसमा समर्थन गरि चुप बस्नु/

      ०२. अस्ति माकुनेले भारतले सिमा मिच्नु मिचिसके पछी उनीहरुले यक तरफ बात बनाएको नेपालको नक्सा माकुनेले सदन मा पेस गरि पास गर्न खोजेको/ नेपालको नक्सा नेपालले बनाउने कि नेपालको भुमि मिच्ने भारतले? माकुनेले भारतले बनाएको तेस्तो नक्सा पहिले ठिक बेठक हेर्न लगाएर ठिक भए मात्र सदनमा पेस गर्नु पर्ने होयिन र? उसले तेस्तो त् गरेनन उल्टै सदनमा भारतले बनाएको नक्सामा सदन को गराउन खोजे/

      अब साथीहरु देस को सिमा जस्तो सम्बेदनशिल बिषय कुर्सीमा टिकिरहन झुठ बोल्ने कांग्रेस एमाले फोरम कै निर्देशनमा मत दिन बाध्य संबिधान सभाको सांसद हरुले देस को संबिधान कस्तो बनाउने छ अनुमान गर्न कठिन छैन/

      तैपनि यिनीहरुले जस्तै संबिधान बनाए पनि ठिक छ भनिन्छ भने, अब अरु भन्नु केहि छैन/ नभए जनप्रतिनिधिले जनताको अभिमत अनुशार बहुमतको आधारमा मात्रै मत दिएर संबिधान बनाउन सक्ने अबस्थामा मात्रै संबिधान बनुन भनि चाहना गर्नु पर्ने हो/

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • पुष्प

    अरु कुरालाई यथावत राखी, भारतीय विस्तारवादलाई मलजल गर्ने यो कार्यमा समर्थन नगर ! मधिसे(?)का मसीहा भनाउँदाहरूको साथ पाइहालिएला भनेर उनीहरूको राष्ट्रघाति मागमा समर्थन नगर ! हुन त यिनीहरूले देखाइपनि सके नि यिनीहरू मौकामा चौका हान्ने भारतीय गोटीमात्र हुन् भनेर । खबरदार है माओवादी !!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 6

    • madan bajracharya

      पुष्प जी
      मधिसेको मसिहा ….. बडा सटिक उपनाम दिनु भयो/ म पनि तेहित भन्दै आएको थिएँ/
      अहिले जसले जे भने ता पनि मावोबादीको लागि उ नेपाल बादी हो यिन भनि संका गरिरहेको लाई उनीहरु नेपाल बादिनै हो भनेर देखाउने अबशर पाएको छ/ आस गरुन उनीहरु आफुलाई नेपाल बादिनै हुन् भनि देखाउने छ/

      हुनत माकुनेले जसरि भए पनि उ जसरि जनताको भोट नपाए पनि प्रधान मन्त्रि बने परमानन्दलाई उसले तेसरिनै पदमा पुन राख्नेनै छ; उसलाई केको लाज/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 7

      • पुष्प

        मदनजी,

        आवेशमा त हामीले मुख्य कुरा नै बिर्सिएजस्तो पो लाग्यो त । के पुरानो कानून गलत भनी व्याख्या गरेको कुरालाई नयाँ कानूनले सही मान्न मिल्छ ? मिल्दैन क्यारे । होइन र ? मातृभाषामा शपथ लिने विधेयक पारित होला र अब आइन्दा यो लागू पनि होला, यो वहसकै विषय हो तर परमानन्दको मुद्दामा उनले नेपालीमा शपथ नलिएसम्म अब बन्ने जुनसुकै कानूनले पनि उनलाई पुन: कुर्सीमा बसाउन सक्दैन ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

        • madan bajracharya

          पुष्प जी
          तपाईंले भनेको ठिक हो/ मात्र्भाषा सम्बन्धि अब बनिने कानुन अहिले देखि मात्रै लागु हुने हो/ तर संबिधान मा कानुन लागु गर्ने बेला कुनै बाधा आएमा मन्त्रिपरिषदले निर्णय गर्ने भनेर मन्त्रि परिषद लाई राज परिषद बनाएको छ यिनीहरुले/ उहिले संबिधान र कानुन माथि एउटा राज मात्र थिए अहिले त् मन्त्रि परिषद्का सबै मन्त्रीनै राजाहरु/ यिनीहरुले जे पनि गर्न सक्छ/

          भाषा सम्भंदी नया कानुन बनाएर परमानन्दलाई पुन बहाल गर्न त् मिल्दैन तर पुन सो पदमा प्रस्तावित उम्मेदवार बनाएर नया कानुन अनुशार पदमा नियुक्त गर्न सक्ने छ/

          तर के परमानन्द जस्तो भ्रस्टाचार को आरोप लागेको उतिबेला देसको संबिधान र कानुनको उपहास गरेको व्यक्ति हामीलाई स्वीकार्य हुन्छ र?

          मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 0

          • पुष्प

            होत है मदनजी, धमलाको मुद्दामा पनि देखिएकै त हो । जे होस्, परमानन्दलाई राष्ट्रपति त के नेपाली पनि भन्न मिल्दैन नि ।

            मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

      • Mahesh Yadav

        मधेसी हुन्छ मधिसे होइन. पहाडे होइन पहाडी हुन्छ. अब हामी मधेसी ले तिमीहरु लाई नेपाली सिखाउनु पर्छ जस्तो छ

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 5

        • madan bajracharya

          महेशजी
          जसको भुमि हो तेसैको भाषामा त्यो भूमिको नामाकरण गरिन्छ/ मधेश को मूल बाशि हरुको भाषा त् हिन्दी होयिन तर तपाईंको मधेश सब्द हिन्दी सब्द हो/ अब उनीहरुको भुमि को नाम मधेश भनेर तपाईं राख्ने कि तराईको मूल बाशिले? तराईको आदि बाशी जनजातिले तराईको नाम मधेश राखेकोमा बिरोध गरिरहेको छ/

          अब मधेसी र पहाडीको सोच ठ्याक्कै उहिले हिन्दुस्थ्हन मा मुसलमान किन बस्न दिने भनेको कुरा सिट मिलन आयो/ यो मानाशिकता नेपालको नेपालीको बा तराई बाशिको हुनै सक्दैन/ यात त् यो अस्ति भर्खर गलत तरिकाले नागरिकता लिएका बिहरिहरुले उठाएको हुन् या दिल्लेका चम्चाहरुले/

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

    • बिनोद तिमिल्सिना,धरान

      हा हा
      पुष्पजी तपाईंको माओवादी पनि उही ड्याङ्को मुला हो हेर्दै जानुस!
      यि राजनैतिक दलका नेता भनाउदाहरुले राष्ट्रिय स्वार्थलाइ सर्वोपरि सम्झेर काम गर्ने भए त हामि नेपालि कहा हुन्थ्यौ अहिले सम्म,त्यसैले तपाइ हामिले सोचे जस्तो कसैले गर्दैनन!त्यसैले धेरै अरुको आशा नगर्नुस् आफुले सक्ने आफ्नो ठाउबाट गर्नुस अनि पो नेपाल बन्ला कि? परमानन्दलाइ यहा सम्म बुइ चढाएर ल्याइ पुर्याउने यिनै दलहरु त हुन्!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 10

      • madan bajracharya

        बिनोद तिमिल्सिना जी
        तपाईंले पुस्पजीलाई किन कसरि भन्नु भयो..’तपाईंको मावोबादी .. ‘/ कमसे कम रास्त्रिये मुद्दामा त् हामि एक हुनु पर्ने हो/ भोट दिने बेलामा मात्रै एसको तेस्को हुनु पर्ने होइनर?

        अहिले पनि मेरो गिरिजा तेरो मावो बादी भन्दै गर्ने? अहिले रास्ट्रको अखंड़तामा नै आंच आउँ सक्ने अबस्था छ, संबिधान नै बन्ला नबन्ला बा बने पनि नेपाल बादीको लागि बन्लाकी भारत बादीको लागि बन्ला जस्तो छ/ यस्तो बेला त् हामि सबै मात्र नेपाली बन्नु पर्ने/

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

        • बिनोद तिमिल्सिना,धरान

          मदन जी
          नेपालबादीहरुको कमिले नै नेपाल यो अवस्थामा छ,
          के गर्ने यहाँ माओवादी,काङ्रेसवादि,एमालेवादी र अन्यवादी मात्र छन ,पुष्पजीले नेपालवादको भन्दा माओवाद्को पक्षपोषण गर्नु हुन्छ त्यसैले उहा माओवादी/

          मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

    • anjan

      नेतालाई सत्ता को लोभ लागे पछी कार्यकर्ता भेडा बाहेक केहि हुदैनन्/

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Prabhu

    ए, भैहाल छ नि ! फेरी अर्को नाटक ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 9

    • bidur bahun

      माओबादीले सरकारमा आउन ज पनि गर्न तयार छ . प्रचंडे आफ्नो जुँगा पनि काट्न तयार छ , मनमोहन सिंह वा लालु पार्सद यादव लै उप रास्ट्रपति बनाउन पनि तयार छ …

      तेही भएर यो गोरु हरु को बाट आस गर्नु बेकार हो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 54 Thumb down 55

      • ram

        लाज नभाको उप रास्तपति……..कहाँ होला …के गर्दै होला……..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 2

        • shri hari pant

          Dear Ramji,

          You are cent percent right. One important point to be noted here is that not even single nepalese people has “HINDI” as “Mother Tounge”. On this ground, we can conclude that Jha is an idiot guy.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Sasang Lama NY

        दुष्टले मरेपछि पनि दुख दिन्छ भनेर बुढा पाका भन्थे, साँचै रहेछ |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 1

        • madan bajracharya

          ससांग जी
          मरे पछ मात्र होयिन मर्ने मर्ने अबस्था सम्म पनि दुस्तले झगडाको बिउ रोपेर दुख दिंदै बस्छ/

          मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 3

      • madan bajracharya

        बिदुर जी
        आहा क्या राम्रो विश्लेषण/ तपाईं को नाम को बीच को अछ्यर “बा’ निकाली नया भारतको ‘बिदुर..हुन” भन्ने तक्मा पाउने छ तपाईंले/

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

    • वास्तवमा, कुनै सस्था बिहिन हुनु राम्रो होइन / सत्तामा बहुमतीय खेलले राम्रा मान्छे आउन नपाउनु अनि नराम्रो मान्छे छानिनु दुर्भाग्य हो| नराम्रोलाइ नराम्रो राम्रोलाइ राम्रो भन्नु हिच्किचाउनु हुँदैन.\ यो गणितीय खेलको यानेकि बहुदलीय ब्यबस्थाको हाम्रो जस्तो गरिब र अशिक्षित मुलुकमा मुख्य बेफाइदा भन्नु नै येही हो| धेरै मान्छे मिल्यो भने सज्जन मान्छे लाइ पनि बौलाहा बनाइ दिन सक्छ\ तेसैले अब्राम लिंकनले आफ्नो छोराको प्रधानाध्यापकलाइ लेखेको पत्रमा भन्नु भएको छ/”…………………………………….सर, धेरै मान्छेहरुले सत्य भनेका कुरा पनि असत्य हुन सक्छ भन्ने कुरा मेरो छोरा लाइ सिकाई दिनु होला” भनि आग्रह गर्नु भएको थियो/ ” त्यसैले नेपालीहरु पूर्ण रुपबाट बिबेकशिल हुन सक्नु पर्यो/ अनि बल्ल लोकतन्त फक्रिन सक्ला /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 2

    • GOPAL

      यो हाम्रो देश दण्ड हिनता, अराजक्ता, ले सक्त्त भएको बेला तरल कानुन ले कानुनी राज्य कोस्थापना गर्छ भन्ने चै मलाई लाग्दैन यही संबिधान लाइ ओल्टाई पल्टाई गर्छन र तेही संबिधान को उपहास गरेर मोज गर्छन हम्रादेश का कु….र नेता हरु ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • Ram bd lama

      साबधान है देशभक्त साथीहरु.!!!!!!!…… ४० लाख इन्डियन आप्रबासी लाई नागरिकता बढ्ने यी माओबादी र कथित ७ दल भनिने र अहिले का अरु इन्डियन दलाल हरु ले चाडैनै देश लाई इंडिया को प्रान्त बनाउदै छन्……………. होसियार !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
      फेरी येही बेलामा.संबिधान संसोधन गरेर भएपनि उपरस्त्रपति लै बचाउने निर्णये गरेरे……… त्यो हुन दिनु हुदै हुदैन…मात्रिभासा मा सपथ लै पनि मन्येता दिने गरि सम्भिधन संसोधन गर्ने भनेपनि, अब सबै इन्डियन आप्रबासी हरुले हाम्रो मातृभाषा हिन्दी हो भन्दै सपथ लिने भए….. …………नेपाली भाषा को बिरोध गरेर हिन्दी लाई रास्ट्रवासा बनाउने धेरै ठुलो सदेंत्र हुदै छ. यो योजना अनुसार संबिधान संसोधन गर्नेले भोलि नेपाल लाई सिक्किम बनाउनको लागि पनि संबिधान संसोधन गर्दैनन भन्ने के छ????????? यो कुरामा माओबादी पनि चरेसानन्द लाई बचौना तयार भैसक्यो रे !!! तर उसलाई पनि मदिसे भोट गुम्ला, अरु इन्डियन दलाल तराई का उसको साथि फोरम रिसौला, त्यो भन्दा पनि बढी इंडिया रिसौला भन्ने छ……………… यी नेपाल का ९५ % पार्टी हरु नै इन्डियन दलाल हरु हुन्……….. यिनीहरु ले इंडिया रिसाउने केहि काम गर्न सक्दैनन…….. आखिर मालिक न पर्यो…………थुक्क हामि नेपाली हरुको भाग्य!!!!!!!!!!!! जाति-भाषा-धर्म मा राजनीति गर्ने इन्डियन दलाल हरु मुर्दाबाद!!!!!!!!!!!!!!! एस्तो कुरामा राजनीति गर्ने दलाल हरु लाई कडा भन्दा कडा कारबाही गर्न पर्छ……….. चाहे ति माओबादी, एमाले , काँग्रेस हुन् या अरु इन्डियन दलाल पार्टी हरु……………….. जय नेपाल, जय नेपाली .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 7

    • badaba

      निष्क्रिय उपराष्ट्रपति परमान्द झालाई बाइज्जत पदबहाल गरिनु पर्ने मधेशवादी दलहरुको संशोधन प्रस्तावलाई हिजो पुष १९ गते एनेकपा माओवादीले समर्थन गैसकेको छ | त्यसैले नाटकको पर्दा उठिसकेको छ | हिन्दीप्रिय प्रचण्डलाई कालापानीमा गएर हिन्दीमा भाषण गर्नु जो छ |

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes