Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

माओवादी र कमल थापाको आन्दोलन सँगसँगै

माओवादीले माघ १० गतेदेखि अनिश्चितकालीन बन्द गर्ने घोषणा गरिसकेको छ। त्यो बन्द फिर्ता होला कि नहोला त्यो त हेर्न बाँकी नै छ। तर कमल थापाले चाहिँ त्यही दिनदेखि अर्को आन्दोलन गर्ने भएका छन्। माओवादीको बन्द फिर्ता नहुने हो भने त सडकमा माओवादी कार्यकर्ता र कमल थापाका कार्यकर्ताले कार्यगत एकता गर्ने पो देखियो त। १० गतेदेखि माओवादीको यसै बन्द, त्यसमाथि १३ गते कमल थापाको उपत्यका बन्द। माओवादीको बन्द कै दिन कमल थापाले १२ गते मसाल जुलुस निकाल्ने अनि अर्को दिन सिंहदरबार घेर्ने। आन्दोलनका बेला केही यताउता भए चाहिँ यिनीहरुले एकअर्कालाई घुसपैठ गरेको आरोप लाउने होलान्।


कमल थापाको राप्रपा नेपालले माघ १० गतेदेखि नै उपत्यकाकेन्द्रित आन्दोलन गर्ने रे। संविधान सभामा राजावादीहरुको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी राप्रपा नेपालले राजतन्त्रको बारेमा जनमत संग्रह गर्नुपर्छ, हिन्दु राज्य घोषणा गर्नुपर्छ भन्ने आफ्नो पूर्वअडानको बारेमा आन्दोलन गर्न लागेको भए एउटा कुरा, उसले त संविधान छिटो बनाउन दबाब दिन पो रे गर्ने आन्दोलन।

नेपाली राजनीतिमा जनतालाई मूर्ख बनाउन जहिले जेसुकै हुनसक्छ भन्ने राम्रो उदाहरण हो यो। त्यही संविधान सभाबाट संविधान बनाउनका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि गृहमन्त्री भएको बेला दमन गरेका थिए उनले। १९ जनाको ज्यान गएको थियो। कर्फ्यु लगाएर एम्बुलेन्सलाई समेत पास नदिएर मानवीय अपराध गरेका थिए उनले। निषेधाज्ञा लगाउँदै टुँडिखेलमा शान्तिपूर्ण सभा गर्न समेत बन्देज लगाएका थिए यिनै कमल थापाले। दुई जना भेला भएर नारा लगाउँदा पनि पक्रन्थ्यो प्रहरीले उनकै पालामा।

हेर्नुस् त विडम्बना, दलहरु एकापसमा सत्ताको लुछाचुँडी गर्न थालेपछि अब कमल थापा जस्तोले संविधान छिटो बनाउनु पर्‍यो भनी आन्दोलन गर्ने दिन देख्‍नुपर्‍यो। दलहरुलाई योभन्दा लाज लाग्ने स्थिति कहिले हुने होला र!

कमल थापाको आन्दोलनको कार्यक्रम यस्तो रहेछ-

माघ १० देखि १२ गतेसम्म घरदैलो कार्यक्रम तथा प्रचारप्रसार
१२ गते अपराह्न काठमाडौँमा मसाल जुलुस निकाल्ने,
१३ गते काठमाडौँ उपत्यका बन्द गर्ने
१४ गते सिंहदरबार घेराउ गर्ने

Related posts:

  1. कमल थापाको घर कब्जा
  2. किसुन जी, कमल थापाको नेता बन्ने कि ?
  3. कमल थापाको पार्टीले पनि हतियार उठाउने रे
  4. कमल थापाको घरमा बम
  5. कमल थापाको यत्रो फूँइ ?

70 comments to माओवादी र कमल थापाको आन्दोलन सँगसँगै

  • mahesh

    संसारको सबै भन्दा छिटो बिर्सने प्राणि के हो | उत्तर : नेपाली नेताहरु …….

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

  • Durga Khanal Riyadh

    हिजो कमलथापा र प्रचण्ड एक ठाउँ बाट एउटा बस मा यात्रा गरेका हुन् आज दुइ दल का नेता भएका छन् भोलि फेरी एक दल नहोलान भन्न सकिदैन !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 2

  • swarnim

    पहिले पनि माओबादीको राजा संग कार्यगत एकता भएको नै थियो . अहिले पनि उनीहरुको आन्दोलनको भित्रि उदेश्य राजा बादी हरु संग कार्यगत एकता गरेर राजतन्त्र फर्काउनु बाहेक केहि हैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 4

    • keshar

      साथी तपाइको मुखमा दुत भात कमसेकम नेपाल र नेपाली भन्नत पाइन्थ्यो/

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • suman

    हिजो को कुख्यात पर्तिगामी रक्तपिपासु दरबारिया ले आज आएर नेपाली सडक दै आफ्नो आन्दोलन को केन्द्र बनाउने अधिकार नै ६इन नि क को अन्दोलाना र ?
    जनताको अघाडी एउटा अपराधी हो उ हिजो पनि र आजपनि उस लै कारबाहीहुनु पर्चा

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 11

  • कति न दुध को सोझो बिरालो भाईखाको होला नि । यो चोरलाई त उही बेलामा हात खुट्टा अनी जिब्रो काटेर थन्क्याउनु पर्ने … छोडेर कुरा बिगारीहाले के गर्ने त ? अरुले गरेको भए त ठिकै बिषय हो तर यो मन्डले चोरले गरेको त कुनै भरोशा छैन पक्कै पनि कुनै कुनै षड्यन्त्र हुनुपर्छ । ल है साथी हो बिचार गरौ । सबै आ-आफ्नै धुनमा छन नेता भनौदाहरु (हरुवा , चरुवा सहित् )। अब हामीले नै बिचार नपुर्याए नेपाल र नेपाली होइन जे पनि हुन सक्छ । जय जय नेपाल ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 8

  • keshar

    लेखक जी जति सरापे पनि राजा को पालामा जस्तो देश शान्त, स्थिर, सक्तिशाली, जनताको काम गरेर खाने अधिकार अहिले जस्तो हरण भयको थिएन, सत्य कहिले पनि लुक्दैन कुनै पनि समयमा मान्छे मार्नु हुँदैन तर हिजो ४६ साल अघि राजाको देश मा एकजना मान्छे मर्दा वा मार्दा देशैभरि खैला बैला हुन्थ्यो तर आज हेर्नुस् नेपाल मा त मान्छे मरेजस्तो त कुकुर पनि मर्दैन, के गफ दिनु बहुदल, गणतन्त्र, अनि लोकतन्त्रको/ अनि देश दिनहुँ इंडिया ले खादै जाँदा पनि चुइक नबोल्ने – प्रतिकार नगर्ने चलन त राजा हुँदा थिएननि होइनर ? कुनै बादी वा दल को पक्ष्य लियर होइन एउटा नेपाली भएर सोचौं देश जातीय , धार्मिक , दलीय रुपमा तुक्र्याउदै इंडिया ले खाँदैछ / राजा सक्तिमा भयमा कमसेकम देश अनि जनता त एक ढिक्का जुन पाइन्छ / साथीको न्याउरी मारी पछुतो हुदैछ बेलैमा सोचौं है ……………..

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 2

    • पुष्प

      केशरजी,

      ‘राजाका पाला’मा अहिले जस्तो थिएन पक्कै हो । तर शहीदहरूका बारेमा पनि पढ्नुस् अनि थाहा पाउनुहुनेछ किन यस्तो भएको थिएन भनेर । राष्ट्रिय सार्वभौमिकताका पक्षमा राजाहरू पक्कै पनि थिए तर उनीहरू आफू राजामात्र होइन कि जनता प्रजा भइराखुन् भन्ने चाहन्थे ।

      वीरेन्द्र शाह केही लचिलो भएका हुन् र राष्ट्रियताकै मुद्दाका लागि माओवादीले उनीसँग कार्यगत एकता गर्ने कुरा पनि भएको थियो भन्ने हल्ला आएकै हो । प्रचण्डले पनि यसलाई पुष्टि गरेका हुन् । यसैकारण त माओवादीलाई राजाले जन्माएको भन्ने हल्ला पनि सुनिएकै हो ।

      वीरेन्द्र शाहको वंशनाशपछि ज्ञानेन्द्रको चाला जनतालाई प्रजा नै बनाउनेतिर उन्मुख भयो । यसकारण माओवादीले पहिले ज्ञानेन्द्रलाई पाखा लगाउने रणनीतिअनुरुप सफलता हात पार्यो ।

      माओवादीको मूल एजेण्डा राष्ट्रिय स्वाधिनता रहँदै आएको उसका क्रियाकलापहरूले प्रमाणित गर्छ, तर यसका लागि कहिलेकाहीँ परमानन्दजस्ता भारतीय टट्टुहरूलाई समेत समर्थन गर्नुपर्ने अवस्थासमेत आइपरेका कारण नै माओवादी विवादित हुँदै आइरहेको तथ्य तपाईं-हामी सामु छ ।

      हुन त कुनै व्यक्तिविशेषको कुरालाई लिएर ऊ आबद्ध रहेको दल लाई नै गाल पार्ने काम गर्नुहुन्छ । त्यस्तै ज्ञानेन्द्रले गति छाड्दैमा राजतन्त्र नै गलत भन्नु पनि गलत हुन जान्छ । गिरीजाहरूले कांग्रेस र माकुनेहरूले एमाले गलत नभएझैं ज्ञानेन्द्रहरूले राजतन्त्र नै गलत भन्नु बुद्धिमानी होइन । कांग्रेस एमालेमा अझै पनि योग्य, सक्षम र असल नेताहरू छन् तर राजतन्त्रमा ज्ञानेन्द्र र पारसको कुनै स्थान छैन । त्यसैले राजतन्त्रको अन्त्य निश्चित थियो ।

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 11

      • keshar

        पुस्प साथी सत्य तितो हुन्छ, ज्ञानेन्द्रलाई नेपाली जनता वा माओबादीले होइन इंडिया ले पैसाको खोलो बगाएर पाखालगाएको हो/ र ज्ञानेन्द्रले आफूआफू लडेर जग हसाउनु भन्दा पाखा लागेको नै बेश भनेर पछी हटेको थियो, नत्र उ संविधान सभाको चोर बाटो बाट हट्न जरुरि थिएन जनमत संग्रह मा पनि जान सक्थ्यो, आफ्नै सक्तिले यो लोकतन्त्र आयको भएत किन नेताहरु इंडिया को लंगुती बन्नु पर्थ्यो होलात ? फेरी एकपटक सोचौ साथी इन्डियन बन्नेकी सबै नेपाली एक भै नेपाली नै बनि रहने,हामी सबै राजा, दल , जाति, धर्मको एकता गरि नेपाली बनौ पहिला अनि मात्र इंडिया संग लड्न सक्छौं नत्र उस्तैहो खायो नेपाल इंडिया ले ………

        मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

        • पुष्प

          केशरजी नहँसाउनुस् न । आन्दोलनमा रूख हाँगो बोकेर हिँड्नेहरू लस्कर देख्नुभएन ? माइलाले निरोको कथा राम्ररी नै पढेका हुँदा हुन् । त्यसैले उनी निरो हुन नचाहेका कारण खुरुक्क छोडे ।

          संविधान सभाको चुनावका लागि त दक्षिणपन्थी दलहरू र राजा बल्ल बल्ल तयार भए; जनमत संग्रहको कुरा त धेरै परको हो । तपाईंले पनि विचार गर्नुस् त, के माइला र पारस, अनि कमल थापा, गिरी, सुबथा आदिहरूको हालीमुहाली भएको अवस्थामा राजतन्त्रका लागि हुने जनमत सं‍ग्रहले कस्तो परिणाम दिनेथियो । सहजै अनुमानमात्र होइन ठोकुवा गर्न सकिन्थ्यो कि राजतन्त्र झनै धराशायी हुनेथियो ।

          राजतन्त्रको पक्षधर हुनुहुन्छ भने बधाइ दिन चाहन्छु कि राजतन्त्रका पक्षमा जनमत स‍ंग्रहको माग राख्ने बाटो तपाई‍ंहरूका लागि खुला छ र यदि कथंकदाचित जनमत संग्रह भइहालेमा अहिले राजनीतिक दलहरूका विरुद्धमा राजतन्त्रले (माइला वा पारसले होइन) नजित्ला भन्न सकिन्न । हुन त गिरीजाहरूको चाहना पनि यही हो ।

          जे होस् केशरजी, जोसुकै आऊन्, तर नेपाल र नेपालीको सार्वभौमिकता रक्षा र विकास गर्ने आउनुपर्छ । मेरो व्यक्तिगत विचारमा अहिलेको अवस्थामा यी कामको बिडो धान्ने माओवादीहरूमात्र हुन् ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 5

        • पुष्प

          केशरजी नहँसाउनुस् न । आन्दोलनमा रूखको हाँगो बोकेर हिँड्नेहरू ताँती देख्नुभएन ? माइलाले निरोको कथा राम्ररी नै पढेका हुँदा हुन् । त्यसैले उनी निरो हुन नचाहेका कारण खुरुक्क छोडे ।

          संविधान सभाको चुनावका लागि त दक्षिणपन्थी दलहरू र राजा बल्ल बल्ल तयार भए; जनमत संग्रहको कुरा त धेरै परको हो । तपाईंले पनि विचार गर्नुस् त, के माइला र पारस, अनि कमल थापा, गिरी, सुबथा आदिहरूको हालीमुहाली भएको अवस्थामा राजतन्त्रका लागि हुने जनमत सं‍ग्रहले कस्तो परिणाम दिनेथियो । सहजै अनुमानमात्र होइन ठोकुवा गर्न सकिन्थ्यो कि राजतन्त्र झनै धराशायी हुनेथियो ।

          राजतन्त्रको पक्षधर हुनुहुन्छ भने बधाइ दिन चाहन्छु कि राजतन्त्रका पक्षमा जनमत संोग्रहको माग राख्ने बाटो तपाई‍ंहरूका लागि खुला छ र यदि कथंकदाचित जनमत संग्रह भइहालेमा अहिले राजनीतिक दलहरूका विरुद्धमा राजतन्त्रले (माइला वा पारसले होइन) नजित्ला भन्न सकिन्न । हुन त गिरीजाहरूको चाहना पनि यही हो ।

          जे होस् केशरजी, जोसुकै आऊन्, तर नेपाल र नेपालीको सार्वभौमिकता रक्षा र विकास गर्ने आउनुपर्छ । मेरो व्यक्तिगत विचारमा अहिलेको अवस्थामा यी कामको बिडो धान्ने माओवादीहरूमात्र हुन् ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 3

          • keshar

            “जे होस् केशरजी, जोसुकै आऊन्, तर नेपाल र नेपालीको सार्वभौमिकता रक्षा र विकास गर्ने आउनुपर्छ ” पुष्प जी मलाई तपाइको यो कुरा मन पर्यो तर माओबादीले बिडो थाम्ने भन्ने त तेस्तै हो……उसको राष्ट्र घाती निर्णय त याहा लाई भनिरहनु नपर्ला नि हैन ? साथी अहिले पनि माहाकाली अनि कालापानी जाने कुरा छल्दै चल्दै छ माओबादी को जुन कुरा राम्रो हो तर उनीहरुको उदेश्य भनेको जनता को दिमाग उतातिर लगेर संबिधान सभाबाट हिन्दीमा सपथ लिने विधेक पारित गर्नु हो किन भुझ पचाउनु भयको…
            नेपाली लाई एकता बद्द गर्न राजाबादी, माओबादी अनि कुनै बादी, जाति, धर्म होइन हामी मात्र नेपाली हौँ भन्न जरुरि छ, अनि कुरा राजतन्त्र, माओबादी, अनि दलहरु छन्नी ..उनीहरु सबै फटाहा नै हुन् तर पनि सबै फटाहा मा कम फटाहा रोज्नु पर्दा राजतन्त्र सहितको बहुदल रोजेको मात्र हुँ मैले/ कुनै दल, बादी अनि धर्म , जातिको प्रबक्ता हुन छोडेर नेपाली भै सोच्नु पर्यो साथीहो अनि मात्र राजा लाई दल र दल लाई राजा अनि देश लाई पनि दुवै को आबश्यकता छ भन्ने कुर बुझ्न सकिन्छ, यहाँ कसैले पनि आफ्नो भनाइ लाई साचो हो भनेर ढिपी गर्दै जितौना खोजेर केहि हुँदैन यदि देश ले नै हार्यो भने, तर हामी हारे पनि देश ले जित्नु पर्यो साथीहो…..जुन साशन आएपनि आओस तर देश बलियो होस् मेरो यहि कामना …..

            मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • keshar

    नेपाली नेपाली एक हुने लेख पनि पब्लिश गरौँ न हो किन खाली फुटाउने कुरा मात्र, देश इंडियाले खान लाग्यो हो…………….

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • madan bajracharya

    महर्जन जी
    के मा आस्था राख्ने के मा न राख्ने भनि निर्णय गर्ने हक हरयक नागरिकमा छ/ यसमा आपति जनाउनेहरु लाई पार्टी भित्र हुकुमसाही परिवार लाद्ने गिरिजा बादी मात्रै भन्न सकिन्छ; प्रजातन्त्रबादी होयिन/

    देस टुक्राउन खोज्ने पार्टीले बैधानिकता पाउने र उनीहरुसित सम्झौता गरि उनीहरुकै हातमा सताको साँचो बुझाउने जमातले बिरोध गर्दैमा कुनै संसारले तपाईंको अधिकार छिन्न सक्दैन/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

  • bhojpure kiranti

    चाहे त्यो आन्दोलन मावोबादीको होस्, कमल थापाको होस् ,ए मालेको, कांग्रेसको , अथवा अन्य पार्टीको होस् आखिर दुख पाउने भनेको गरिब दुखि दैनिक मजदुरी गरेर खाने गरिब नेपाली जनताले नै हो. नेताहरुलाई बन्द हड्तालले केहि हुनेवाला छैन. यिनीहरुले त सोझासाझा नेपाली जनतालाई आफ्नो आफ्नो पार्टीमा अनेक किसिमको प्रलोभन देखाएर हामीलाई बिभाजन गरेका छन्.हामी अन्धो भक्त बनेकाछौ अनि हामी मक्ख छौ हामीलाई थाहा छैन हामी यिनीहरुको झटारो बनेका छौ यिनीहरुले हामीलाइ झटारो बनाएका छन् “आय आप गए झटारो”
    अबत हामी झटारो बन्दा बन्दा थाकी सकेनौ र ????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • देसमा पार्टीहरु अझै नमिल्ने हो भने,कमल थापा जस्ता मान्छेले मौका पाउछन् / तेसैले अझै समय छ नेताहरु हो देसको बारेमा केहि सोच /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 6

  • rajadh

    प्राय भारतीहरु(बिहार,उत्तर प्रदेश र बङ्गाल) मलमुत्र त्याग खोलाको छेउ(मैदान) तिर खुल्लम खुल्ला गर्ने गर्छन / तर तिनैलाइ केहि खाने कुरा दिनुस , ढोका थुनेर लुकेर खान्छन / त्यस्तै यी नेता भनाउदा पनि आफ्नो पेट लुकेर भर्छन, असमान सन्धि लुकेर गर्छन अनि कुर्ची नपाए जनतालाइ सहारा बनाइ सडकमा प्रदर्शन गर्छन /
    वाह राजनीति!
    अरे कोहि त आउँ सच्चा देश भक्त मात्र देशको लागि

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • जीवन

    कति न दुध को सोझो बिरालो भाईखाको होला नि । यो चोरलाई त उही बेलामा हात खुट्टा अनी जिब्रो काटेर थन्क्याउनु पर्ने … छोडेर कुरा बिगारीहाले के गर्ने त ? अरुले गरेको भए त ठिकै बिषय हो तर यो मन्डले चोरले गरेको त कुनै भरोशा छैन पक्कै पनि कुनै कुनै षड्यन्त्र हुनुपर्छ । ल है साथी हो बिचार गरौ । सबै आ-आफ्नै धुनमा छन नेता भनौदाहरु (हरुवा , चरुवा सहित् )। अब हामीले नै बिचार नपुर्याए नेपाल र नेपाली होइन जे पनि हुन सक्छ । जय जय नेपाल ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • tilak subba

    येसो २ दलको आन्दोलनको औचित्य हेर्दात माओबादीको नागरिक सर्बोच्चता भन्दा कमल थापाको छिटो संबिधान बनाउने दबाबको आन्दोलन अर्थपूर्ण छ

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 0

  • नेता हरुले जनता लाई उलु बनाउन दिउसो बिरोद गरि तोपल्छ्न/राति राति
    जाड पानि एकै ठाउमा बसेर धोक्छन/ सतिले सरापेको देसमा येस्तई हो/

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • नेत्र अर्याल

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कमल थापादुवै अधिनायकवादी हुन् ।थापाको उदय नहोला भन्न सकिन्न यो नेपालको राजनीति हो यहाँ जहिले जे पनि हुनासक्छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • Cesar

    अर्को नाटक फेरी | हाम्रो नया नेपाल नाटक कै नाटकले भरिपुर्ण हुने भयो |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • बीर

    यसलाई छेपारोले रंग फेरेको भनौ कि मौसम अनुसार पहिरन फेरेको भनौ ?

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

    • madan bajracharya

      बिर्जी
      मेरो बोलि बन्द/ मन रोयो/ आँखा टोलायो/ केहि गर्न नसक्ने ये मेरा हातहरु मुर्दैको हो कि जस्तो लाग्यो/

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

  • Sunar

    समुन्द्र जी
    म हजूरसंग सहमत छु किनकी आन्दोलनको कार्यक्रम पहिले कसले घोषणा गर्यो ? त्यों बुझेर मात्र कमल थापा र माओबादी को आन्दोलन एक साथ भन्ने बारेमा कमेन्ट गरौ तेतिकै संगै राखेर तुलना गर्न मिल्दैन ” ठूलो रुखमुनि बसे पछि एक तहरो पानी तेसै ओतिन्छ ” भन्ने सोच हुन ठीकै पनि हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • raj

    बिदुर जी नेपाल मगजिन नेपालै(नपुंसक प्र म) या त उहाको श्रीमान (भापुंसक दुत) बाट चले जस्तो लाग्यो,

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

  • Harke

    स्कुलहरु छैनन, १२ बर्से युध्यमा ध्वस्त भए
    शिक्षक छैनन, सुराकीको फत्तुरमा मारीए !
    चेतना कसरी आवोस हामी नेपालीहरुलाई,
    अध्ययन बिना अध्यापन गराउने धेरै भए !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

  • Samundra

    “ठूलो रुखको मुनि ओत बसेपछि एक तहरो पानी तेसै पनि ओतिन्छ” भनेर होला ठीकै छ
    “ठूलो पबित्र गण्डकीको भेलमा स-सना नाली हरु मिसिदा नदी फोहोर हुदैन” बरु नालीहरु नै साफ हुने छन जसले गर्दा गाऊ शहर त सफा हुन्छ | यस्मा के को आपत्ति ? तर तेहा हुने घुसपैठ को भने ख्याल गर्नु पर्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • Bibek

    माओवादी र राजावादी मिलेर देश लाइ लुट्ने षड्यन्त्र को कार्यान्यवन भइ रहेको छ. दुख पौने त सोझा नेपाली जनता ले नै हो. देश लाइ हरिकंगाल बनाएरै छोड्ने भए ई फटाहा नेता हरु ले. जनता ले यस्ता आन्दोलन होइन , बिजुली बत्ति , पानि , रोजगार , सर्वसुलभ स्वाथ्य र शिक्षा चाहेका छन् भनेर यी स्वाठ हरु ले कहिले बुझ्लान. बन्द बाट जनता आजिज भइ सके , देश को अर्थतन्त्र बर्बाद भइ सक्यो, फोहर ले काठमाडौँ कान्तिपुरी अलकापुरी न भएर नर्कपुरी बन्न लागिसकेको बेला मा पनि बुद्धि न आउने यस्ता हुतिहारा हरु धर्ति माथि का बोझ हुन. पशुपति नाथ ले यस्ता अपराधी हरु लाइ चाडै आफ्नो आर्यघाट मा पुर्या ओस.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 6

  • पुष्प

    अबको आन्दोलनमा सामन्तीका यी अवशेषहरूलाई समेत बढार्नुपर्छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 21

    • anjan

      सामान्ती त तेस्तै हो यो बन्द ढुंगा मुदा ले गरीब चाही बदारिन्छान/ सत्ता मा जाने बन्द नि कति गर्न सक्छन बेरोजगार हरु/

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 3

    • Harke

      जब सम्म नेपाली-नेपाली मिलेर बस्न सक्दैनन् २-जना नेपाली बाकीं हुदा सम्म आन्दोलन भै-रहन्छ !
      पुष्प जी, त्यो अन्तिम नेपाली आफै हुन्छु भन्ने लाग्छ भने आन्दोलन-आन्दोलन भन्नुस, होइन भने ! मिलेर बाच्ने बानी बसाल्नुस !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

      • पुष्प

        हर्केजी,

        जति भारतीय विस्तारवादबाट नेपाललाई बचाउनुपर्ने अवस्था छ, त्यति नै यी सामन्तीहरूबाट हामी नेपाली जनता बच्नुपर्ने अवस्था छ । त्यसैले यिनीहरूलाई बढार्नैपर्छ; अर्थात् माइलाझैं बनाउनुपर्छ ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 18

    • raj

      पुष्प जी साच्चै हो त|

      मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 1

    • madan bajracharya

      पुस्पजी
      गूगल मा major-indo-nepal-treaty-goes-missing . पढ्नुस त्/ भूतको फिल्म भन्दा तर्साउने कुरा छ/ मैले पेस्ट गरेको तर प्रकाशित भएँन /

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • badaba

    कमल थापाले त भनेका पनि छन्, “माओवादीको वैचारिक विकल्प : राप्रपा नेपाल” | ठिकै भनेका हुन् | एउटा गनतन्त्रवादी सर्वसत्तावादी, अर्को राजतन्त्रवादी निरंकुशतावादी ! अनि दुवै अधिनायकवादी ! दुवै थरी मिलेर आन्दोलन गर्नु अधिनायकवादीहरु ध्रुवीकृत हुनु हो | यिनीहरु ध्रुवीकृत हुनु भनेको जनता कमजोर हुनु, जनताले अझ बढी दुख पाउनु हो |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 9

    • mahesh

      बडबा
      तिमी गधा र गाइ छुत्त्याउन नसक्ने मान्छे रहेछौ. बिन लादेन र जार्ज बुश को तुलना गर्न तिमी लाइ दिने हो भने, ” दुबई को २ आखा, १ मुख, १, नाक, २ हात” भएको ले यूतै हुन यी दुई भन्ने छौ तिमी ले. कता को माओबादी, कता को कमल थापा अनि कस्तो तिम्रो बिचार?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 14

  • rajadh

    हग्नेलाइ भन्दा देख्नेलाइ लाज
    प्रदुषित राजनीतिमा ब्याक्टेरियाको हालीमुहाली

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 10

  • राज जी माउसुलिको पुच्छर नजोड़ेला तर नेपाली राजनीतिमा फेरी पनि कमल थापाको उदय नहोला भन्न सकिन्न यो नेपालको राजनीति हो यहाँ जहिले जे पनि हुनासक्छा हिजो कसले सोचेको थियो त्यो हरुवा माकुने प्रधानमन्त्री होला भनेर माकुने जस्तो नेपाल को प्रधान मन्त्रि हुन सक्छा भने भोलि कमल थापा प्रधानमन्त्री नहोला भन्न सकिदैन हिजो गृहमन्त्री हुदा त १९ जनाको रगत चुस्ने कमले भोलि प्रधानमन्त्री हुदा त पक्कै १९०० रगत चुस्ने छ कामना गरौ यो दिन नआओस

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 20

    • raj

      सिमखडा जी भविस्यको बारेमा त कसले के नै जानेको हुन्छ र, म सहमत छु तर यिनीहरुको बिगत हेर्दा चाही मैले विश्वास गर्दिन|

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

      • madan bajracharya

        राज जी
        गूगल मा गएर major-indo-nepal-treaty-goes-missing पढ्नुस/ डरलाग्दो छ/ नेपाल बात धेरै महत्वो पूर्ण कागजात हरु गायब छ रे/ अब कालापानी हाम्रो कसरि साबित गर्ने?

        मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 0

        • raj

          Major Indo-Nepal treaty goes ‘missing’

          By Sudeshna Sarkar
          Kathmandu, June 19 (IANS) A major treaty signed between the governments of India and Nepal is not to be found in either the national archives or the royal palace here, giving rise to fears that other priceless documents of historical importance might have also vanished from the country, a newspaper said Wednesday. The infamous Sugauli Treaty signed in 1815 with the British East India Company, which was then ruling India, and is seen here as a major blow to Nepal, can’t be traced. It is neither in the National Archives of Nepal, the foreign affairs ministry or the royal palace, which was handed over to the government by deposed king Gyanendra June 11, the Himalayan Times said.
          The Sugauli pact was signed to end the 19th century Anglo-Nepalese war and though Nepal was never annexed by the British, it had to concede about one-third of its territory.
          Sikkim, Kumaon and Garhwal – which are now part of the Indian state of Uttarakhand, much of the Terai plains in the south and some area that is now in India’s Himachal Pradesh, were wrested from Nepal and became part of India as per the treaty, an action that Nepalis would like to see undone.
          Though the Sugauli Treaty was superseded by the Indo-Nepal Peace and Friendship Treaty signed in 1950 with an independent India, the ceded territory was not returned to Nepal.
          Several parties and social organisations still support the movement for a Greater Nepal, demanding that India return the lost land to its northern neighbour. The call has been taken up now by the former Maoist guerrillas, who swept the April election and could head the next government.

          मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

          • madan bajracharya

            राज जी
            तपाईं त् भाग्यमानी रहेछ/ छापियो नि/ मैले कति चोटी प्रयास गरे छापियाँन / मैले अर्को वेब सिटमा भारतले महाकाली पनि कालापानी सिटी गाजियेकोले कब्जा गरिएको आधार हरु लेखिएको पढेको र पेस्ट गरेको तर को बारले काटे जस्तो छ/

            राज जी राजाले बुझाए पछी पर्रास्त्र मन्त्रालय बात तेस्तो कागज हराउनु राम्रो संकेत होयिन/

            मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

            • पुष्प

              रातो बाकस भनिँदो रहेछ ती कागजात राख्ने भाँडोलाई । शायद माइलाले नै लुकाएको हुनुपर्छ । जे होस्, कतै न कतै उक्त सन्धिको प्रति राखिएको होला । एकजना प्रतिक्रियाकारले बेलायततिर पनि पाइन सकिन्छ भनेका छन् । कुनै बेलायती म्यूजियममा पक्कै पनि पाइन सकिन्छ होला ।

              मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 7

      • raj

        मदन जी धेरै धन्येबाद, मैले पनि कपी पेस्ट गरेको खै कमेन्ट मा देखियेनत्|

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Nabinkumar Karki

    नेपालको लोकतान्त्रिक पार्टी भनेहरुको लागि गतिलो लझास्पत झापट मीलेको छ र नेपालको राजनितीमा मुर्खै मुर्खै नेताहरु छन् भन्ने गतीलो उधारण मीलेको छ

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 1

  • bimal

    साला कुकुरहरु हो आझै पनि हड्डी पुगेना?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 28

    • madan bajracharya

      बिमलजी/

      यिनीहरु कुकुर भए भारतले सिमा मिचेको पनि मिचेको छैन भन्ने र तराई नेपाल बात टुक्राउन र तरयिबात अरु नेपालीलाई काट्दै मार्दै भगाउने हरु को हुन् त् ? ब्वाँसो हरु!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 7

  • कमल थापाको राजा प्रतिको बफादारिता भनेको मरिसकेको लाशलाई सम्झेर विलाप गर्नु जस्तो मात्र हो | अब त्यो लाश कहिल्यै फर्केर आउन सक्दैन |यदि त्यो फर्केर आयो भने देशमा ठुलो अनिष्ठ हुन्छ |र यस्तो हुनु भनेको प्रकृतिको उल्टो नियम हो |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 25

    • madan bajracharya

      येतुजी
      राजा फर्केर आउन म पनि चाहन्न तर बहुमतले फर्काए मान्न तयार छुँ र यो पनि भन्छु कि कसैले यक मधेश बादी बा भारतको दल्ले रोज्ने की ज्ञानेन्द्र राजा रोज्ने भनि सोधे ज्ञानेन्द्र नै किन त्यो अबस्थामा म पारश पनि रोज्न सक्छु/

      ज्यानमारालाई बरु अन्गाल्छु देसमाराको पायेत गर्दन पनि छिनाल्छु/ चाहे तेस्को लागि आफ्नो छातीमा गोलि नै किन नझेल्न परोस/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

  • shri hari pant

    Great……, howsoever, these politicians (one way or other) want to use people to get “KURSI”. Pashupati Nath le kalyan garun, these “FATAHA” haru lai.

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • bidur bahun

    भारत बिरोदी नाराले माओबादीहरुलाई राम्रै फाइदा पुग्ने छ , राजाबादी , भारत बिरोदी जनता अनि चीनको पनि समर्थन पाउनेछन् …

    दहि चिउरे माओबादीले सत्ता प्राप्ति को लागि नया नाटक गर्ने भयो, देशको सोमालिया भन्दा पनि गएगुज्रेको हविगति भनाएर पनि चित्त बुजेन गोरुहरुलाई …

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 6

    • bidur bahun

      अनि यो पनि पड्नुस, नेपाल मगजिन बाट
      दिउँसो विरोध, राती भोज

      दिनभर एकअर्कालाई सत्तोसराप गर्ने राजनीतिक दलका नेताहरू साँझ पर्दा नपर्दै एकै ठाउँ बसेर भोजमा रमाउने कुरा अब नौलो रहेन । यसको पछिल्लो उदाहरण बनेका छन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री माधवकुमार नेपाल ।

      दाहालले पुस ७ मा नयाँबानेश्वर चोकमा उभिएर वर्तमान सरकार र प्रधानमन्त्री नेपालको चर्को आलोचना गरेका थिए । त्यसको केही घन्टा पनि नबित्दै उनीहरू दुवै एमाले महासचिव ईश्वर पोखरेलको धुम्बाराहीस्िथत निवासमा भेला भएर रात्रिभोजमा रमाए । साथमा माओवादी वरष्ठ उपाध्यक्ष मोहन वैद्य र एमाले महासचिव पोखरेल पनि थिए । प्रधानमन्त्री नेपालले त मद्यपान गर्दैनन् तर त्यही मेसोमा माओवादी अध्यक्ष दाहाल र एमाले महासचिव पोखरेलले चार/चार पेग ब्ल्याकलेबलको मज्जा लिए । स्रोतका अनुसार, ब्ल्याकलेबलले के छोएको थियो, दाहालले नेपाललाई कुर्सी -प्रधानमन्त्रीको) छोडेर सहयोग गरििदन भने । प्रत्युत्तरमा नेपालले आफूले कुर्सी छोडिदिए पनि त्यसमा बस्ने अवसर दाहालले नपाउने स्पष्ट गरििदए । “मैले छोडिदिएर के गर्नु तपाईंले पाउनेे होइन,” नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो । त्यस अवसरमा दाहालले प्रधानमन्त्री नेपाललाई राम्रो मान्छे भन्दै हौस्याउने प्रकारले भूमिका बाँधेका थिए । दाहालले नेपाललाई संसारकै राम्रो मान्छे भनिरहँदा एमाले महासचिव पोखरेलले दाहालतिर पुलुक्क हेरे । हतारमा दाहालले थपिहाले, “त्यसपछि दोस्रो राम्रो मान्छे ईश्वर पोखरेल ।”

      दाहालसँग भेट्नुअघि नै उनको भाषण सुनेर प्रधानमन्त्री नेपालले बालुवाटारमा आफ्ना निकटस्थहरूसँग ‘अब यो जुगमा प्रचण्डजी प्रधानमन्त्री भएको भयै हो’ भन्ने टिप्पणी गरेका थिए । कारण थियो, दाहालले भारतसँग सीधा वार्ता सुरु भएको घोषणा गर्नु । ‘माओवादीबाहेकका राजनीतिक दल भारतको रमिोट कन्ट्रोलबाट चलिरहेकाले भारतसँगै वार्ता गरेर समस्याको गाँठो फुकाउने’ दाहालको अभिव्यक्तिले फेर िप्रधानमन्त्री बन्ने उनको सपना चकनाचुर पारििदएको प्रधानमन्त्री नेपालको टिप्पणी थियो ।

      स्रोतका अनुसार, राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड छानबिन समितिमा बस्न गरेको आग्रह अस्वीकार गरेकै कारण ज्ञानेन्द्र रहुन्जेल आफू प्रधानमन्त्री बन्न नपाएको नेपालले त्यसबेला बताएका थिए । बानेश्वरको भाषणबाट भारतलाई नेपाली राजनीतिमा सीधा आमन्त्रण गरेर दाहाल आफैँले पुनः प्रधानमन्त्री बन्ने अवसरलाई अन्योलमा पारेको संकेत पनि नेपालले गरे । बालुवाटार स्रोतका अनुसार, चर्को ढंगले कुरा अघि बढ्न थालेपछि माओवादी उपाध्यक्ष वैद्यले ‘मदिरा खाएको बेलामा राजनीतिक कुरा नगर्न’ आग्रह गर्नुपरेको थियो ।

      उपेन्द्र

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 7

      • पुष्प

        हैन ! माकुनेका परका घरज्वाइँ रहेछन् कि के हो यो समाचारदाता ? दिउँसो सत्तोसराप गरेका प्रचण्ड बेलुका माकुनेसँग भोजमा रमायो रे ! अनि प्रचण्डले कुर्सीं छोड्न आग्रह गर्यो रे ! माकुनेलाई संसारको सबैभन्दा राम्रो मान्छे भन्यो रे ! यस्ता नचाहिने कपोकल्पित कुरा लेख्ने मूर्ख हुन् भने पत्याउने महामूर्ख ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 32

        • madan bajracharya

          पुष्प जी
          बिदुर बाहुन जी को बिचको अछ्यर “बा’ निकाले पछी “बिदुर ..हुन्” हुन् जानेछ/ अब बिदुर भएपछी कोठा भित्र बसेर महाभारत र कृस्ण जी को १६०० गोपिनी सिटको लिला देख्न सक्नेले प्रचंद्र माधव आदिको देख्न नसक्ने त् कुरै भएँन नि/

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

        • Bibek

          http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=625

          मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • nabraj

    खोइ हुनेवाला केही छोइन यो कमल भन्ने गोमन सर्प हो एसले दुध पिएर बिष ओकेल्छ तेती हो साथी हरु हो देश बिगार्ने नि यनी हरु नि हुन् के भनुम साथी हो

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 25

    • madan bajracharya

      nabraajjee
      आफुलाई मन नपरे पनि बहुदल मा बैधानिकता पाएको दलको अस्तित्वो मान्नु पर्छ/ यहि नै बहुदलबादी आचरण हो/ नेपाल र नेपाली नमान्ने हरुको पार्टी बैधानिक छ भने राजा मान्ने हरुको पार्टी कसैको लागि असह्य किन भए?

      जुन पार्टी मन पर्दैन भने त्यो पार्टीको सदस्य नबन्नुस्न र बिरोध नै गर्नु छ भने त्यो पार्टीको गलत नीतिको बिरोध गर्नुस/ तर बैधानिकता पाएको पार्टीको अस्तित्वो त् मान्ने पर्छ/

      तपाईं जस्तै म पनि राजा मान्दिन तर राजा मान्ने पार्टी र तिनका समर्थकहरुको अधिकार मेरो भन्दा तपाईंको भन्दा कम छैन भनि थान्छुं?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 6

  • samrat~

    सबै बन्द गर्ने भात मार हरु लाइ स्नाइपर लगाएर एक एक लाइ भुट्न न पुगेको.

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 6

  • कमल थापा नेपालको एक नम्बरको निरंकुशताबादी हो| १९ दिने जनान्दोलनको शहिद हरुको रगत सुक्न नपाउदै कसरि यिनले आन्दोलन गर्ने कुरा गरेको छ कतै हिन्दुबादी र राजाबादीको आडमा नाङ्गो नाच त नाच्न लागेको होइन? जसले जनतालाइ मार्दै जनताको मागलाई कुल्चन्दै आन्दोलन दबाउने कुचेष्ठा गर्यो उसैको पार्टीले आन्दोलन गर्ने,वावा !!!! नेपाली अझै २० बर्ष अघिको जस्तो बेबकुफ छैनन् /नेपाली जनताहरु बिबेकशील र स्वनिर्णय गर्ने भै सकेका छन \कमल थापा जस्ता मान्छेहरु बाट सजग हौ|

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 20

  • mahendra khadka

    अब सति ले सरापेको देश होइन कमले मण्डले हरु ले सरापेको देश भन्नु पर्ला जस्तो छ.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 24

  • सुरज श्रेष्ठ

    संबिधान सभाले नेपालको संबिधान २०६७ माओबादीको समर्थन बिना पारित गर्न असम्भव छ । केहि गरि संबिधान सभाले नेपालको संबिधान २०६७ पारित गरेपनि त्यसको पालना कुनै पनि हालतमा हुने छैन । अनि बिगत झैँ नेपाल अधिराज्यको संबिधानको हालत झैँ संबिधान केहि वर्षमा अमान्य हुने छ र नेपाल मा पुनः यो भन्दा पनि ठुलो सङ्कट आउने छ ।

    यस्तो जटिल परिस्तिथीमा जनमत संग्रहबाट मुख्य मुख्य कुराको छिनो फानो गरि मात्र नेपालको संबिधान बनाउन सकिने देखिन्छ । यस बारे संबिधान विदहरुले छल फल गरि मुख्य मुख्य कुराको जनमत संग्रह बारे संबिधान सभाले अबिलम्ब टुँगो लगाउने देखिन्छ ।

    सुरज श्रेष्ठ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

  • Pradip

    नेपाली राजनीति को नाङ्गो नाटक यहि हो

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 9

  • raj

    चुडिएको माउसुली को पुछार जति हल्लेपनी फेरी जोडिनेवाला छैन|

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 36

    • shreesh thapa

      यो कमले राजसमर्थक कहाँ हराएको थियो आज सम्म के को आन्दोलन को कुरा गर्छ अब नउफ्रिदा हुन्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 29

    • ishwor

      नँया पुछार पनि त पलौंछा हैनर ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 8

    • Bisu (Massachusetts)

      भाई फुटे गवार लुटे !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 20

    • Bisu

      भाइ फुटे गवार लुते !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 11

  • Nishan Pokhrel

    एमाले, काङरेस र मावोबादी नै खराब भये पछी यो मुसो कमले उफ्रने त भईहालो नि। तेसैको आन्दोलन मा त्यस्तो हात खुट्टा अलग गर्नु अती उत्तम हुन्छ । जनता लाई बेकुब बनाउने पनि तरिका हुन्छ कमले मुसो?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 30

  • जीवन

    कति न दुध को सोझो बिरालो भाईखाको होला नि । यो चोरलाई त उही बेलामा हात खुट्टा अनी जिब्रो काटेर थन्क्याउनु पर्ने … छोडेर कुरा बिगारीहाले के गर्ने त ? अरुले गरेको भए त ठिकै बिषय हो तर यो मन्डले चोरले गरेको त कुनै भरोशा छैन पक्कै पनि कुनै कुनै षड्यन्त्र हुनुपर्छ । ल है साथी हो बिचार गरौ । सबै आ-आफ्नै धुनमा छन नेता भनौदाहरु (हरुवा , चरुवा सहित् )। अब हामीले नै बिचार नपुर्याए नेपाल र नेपाली होइन जे पनि हुन सक्छ । जय जय नेपाल ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 23

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes