मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सुस्तादेखि कञ्चनपुरसम्म सीमा मिचेकै हो

    सुस्तादेखि कञ्चनपुरसम्म भारतले सीमा मिचेकै हो- यो निश्कर्ष निकालेको छ संविधान सभाको एउटा समितिको टोलीले। त्यो समितिमा सत्तारुढ कांग्रेस, एमाले र मालेका आठ सभासदहरु सदस्य छन्। तिनै सभासदहरुले स्थलगत भ्रमण गरेपछि यस्तो निश्कर्ष निकालेका हुन्। नेपाल र भारतकाबीच विद्यमान सीमा विवादको स्थलगत रुपमा अध्ययन गरी प्रतिवेदन तयार पार्न सो टोली गठन गरिएको थियो।

    भ्रमण सकिएपछि आयोजित पत्रकार सम्मेलनमा टोलीका संयोजक पद्मलाल विश्वकर्माले टोलीको निश्कर्ष यसरी सुनाए-


    • सुस्तादेखि ब्रम्हदेव मण्डीसम्मको सीमा क्षेत्रको अध्ययनकाक्रममा सीमा क्षेत्रमा बस्ने नेपाली जनतामा सरकारको उपस्थिति नदेखिएको
    • दशगजा क्षेत्रसमेत मिचिएको,
    • कतिपय सीमास्तम्भ हराएको वा तोडफोड गरिएको,
    • नेपालको भूमि अतिक्रमण भएको,
    • भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका विभिन्न ठाउँका बाँधका कारण वर्षायाममा नेपाली भूमि डुवान भई स्थानीयवासी प्रभावित हुने गरेको
    • सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीहरूप्रति भारतीय अधिकारीबाट दुर्व्यवहार हुने गरेको,
    • सीमावर्ती क्षेत्रमा दुवैतर्फबाट अपराधिक क्रियाकलाप हुने गरेकोमा यसको नियन्त्रणका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षाबल (एसएसबी) ठूलो सङ्ख्यामा तैनाथ गरिएको तर नेपालको सीमामा सशस्त्र प्रहरीबल अत्यन्त न्यून सङ्ख्यामा मात्र तैनाथ रहेको पाइएको
    • भारतले एक किलोमिटरको फरकमा सिमानामा सुरक्षा पोस्ट राखेकोमा नेपालका फाटफुट मात्र छन्। नेपालले पनि भारतकै अनुपातमा सुरक्षा पोस्ट राखे सीमा अतिक्रमण र ज्यादतीमा कमी आउने
    • केही वर्ष अघिसम्म आधा आधा उपयोग गर्दै आएको कञ्चनपुर, पारासनको प्याराताल भारतले एकलौटी बनाएको, लडाएर राखिएको १९५ नम्बरको पिल्लर हराए थप नेपाली भूमी अतिक्रमण हुने खतरा रहेको
    • नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सन् २००७ मा तयार पारेको सीमा क्षेत्रको नक्सा विवादास्पद, सरकारले मान्यता दिन हुँदैन। पुनः नक्शाङ्कन र सत्यापन गर्न आवश्यक। प्राविधिक टोलीबाट १८६० सालको आधारमा नयाँ नक्सांकन गरी नेपालका तर्फबाट हस्ताक्षर गरिनुपर्ने

    सीमाविद् बुद्धिनारायण श्रेष्ठले यसो भने-
    • सीमा क्षेत्रमा केही मूल सीमास्तम्भ भेटिएन
    • केही स्तम्भ कु–ठाउँमा गाडिएको,
    • केही स्तम्भ हराएको,
    • दशगजा क्षेत्र स्पष्ट नभएको,
    • सीमा स्तम्भ गाड्दा दुबै देशका सीमावर्ती जनतालाई पुरानो नक्साको दस्तावेजको जानकारी नदिइएको,
    • सीमावर्ती क्षेत्रका जनताको जग्गाधनीपूर्जाको प्रमाण नभएको,
    • दुबै देशका स्थानीय अधिकारीबीच सम्पर्क र समन्वयको अभाव रहेको,
    • सशस्त्र प्रहरी पोष्ट तैनाथ नगरिएको जस्ता कारणले सीमा क्षेत्रको छेउछाउको भूमि मिचिएको।
    • १ किलोमिटरमा भारतीय सुरक्षाकर्मी २५ जना छन् भने नेपालका तर्फबाट १ जना मात्र यसले मनोबलमा निकै असर गर्छ, यो संख्या बराबर पारिनुपर्छ।’

    संसदीय टोलीले यही पुस १० गतेबाट सीमा क्षेत्रको स्थलगत अध्ययन कार्य सुरु गरी हिजो सकाएको हो।

    अध्ययनका क्रममा संसदीय टोली, नवलपरासीको सुस्ता क्षेत्र, रुपन्देही मर्चवार क्षेत्रको खुर्दलोटन बाँध, कपिलवस्तुको कृष्ण नगर, बाँकेको फत्तेहपुर र होलिया, तथा लक्ष्मणपुर बाँध, बर्दियाको राजापुर र चौगुर्दी, कञ्चनपुरको ब्रह्मदेवमण्डी, वनवासा, गाचौकी, शुक्लाफाँटा, त्रिभुवनवस्ती, पराशन र कैलालीको भजनी, लालबोझी र डोकेबजार पुगेको थियो।

    No related posts.

    35 comments to सुस्तादेखि कञ्चनपुरसम्म सीमा मिचेकै हो

    • पुष्प

      निश्कर्षमात्र निकालेर के गर्ने हुन् खै ! टट्टुहरूले न त आफूल‌े केही गर्छन् न त अरुलाई गर्न दिन्छन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • madan bajracharya

      माई संसारका साथीहरु

      सिमा मिचेकै हो त् भन्नु भयो/ परिणाम भोग्न तयार भय मात्रै यस्तो सब्द निकाल्नु होला/ भरातले चोरेको लुटेको कुरा सिधा सब्दमा बिरोध गर्नु हुन्न; कागताली परेर भयपनी मारिन्छ मरिन्छ/

      देसमा गुण्डा राज चलाउने मति पालेका यक अग्लो नेताले बिहारमा भय भारको गुण्डा हरुलाई तराईमा बसाई सराउने नियतले उहिले बीरेन्द्रलाई झुक्यायर नागरिकता दिलाउन खोजे/ बिरेन्द्र मानेन/ नतिजा सपरिवार चट/

      गणेशमानले तेहि अग्ले च्यानसे ले टनकपुर भारतलाई सुटुक्क दिएर आए/ अरुले बिरोध गर्नु भन्दा पहिला उसैको पार्टीको नेता गणेश मान ले बिरोध गरे/ अनि गणेश मानलाई जिउँदो लास बनाया/

      मदन भण्डारीले महाकाली सन्धिको बिरोध गरे/ नदीमा दुबी बा दुबाई मारिए/

      अब यी भए ठुला ठुला मान्छे मारिएको कुरा/ सानो सानो त् आज सम्म कति मारियो होला कति तराईमा/ सायद यो पंक्ति लेखुन्जेल पनि हेर हेर त्यो त् पहाडी रहेछ भनेर गला रेटिरहेको होला/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • samrat~

      !!!!!!!!!

      जब सम्म हामि ले पनि परमाणु अस्त्र बनाउदैनम र भारत् तिर तेर्साएर राख्दैनम तब सम्म यो लात को भुत बात ले मान्दै मान्दैन. यो कुरा ठाटी सत्य हो.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • राष्ट्र भनेको आमा हुन आफ्नी आमालाई कसैले हात्-पात गर्दा कसैलाई सैय हुँदैन , तर खै हाम्रा नेताहरुलाई किन यो कुरामा द्यान छैन । नुनको सोझो भएर पो होकी ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SONAM (tHE nEPALI bABU)

      we should hang all these so called dirty politician leaders one by one and we should behave to India also tit for tat. We don’t have any an option left now. It’s really too much. Bloody India is doing what ever they want and what ever they can do with us they don’t have any single right to interfere to our internal matter. Our so called politician leaders are dong no thing for that. They are just dancing over on fingers of an Indian.
      Dear Indian Leaders, Diplomatic and Indian People please stop playing and interfering with our internal matter.

      And you so called Nepali Political Leaders stop behaving like monkeys and think about Nation and Nepalese people.

      We want peace in NEPAL
      We want peace in WORLD

      Thanks
      SONAM
      DOHA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sabasi Thapa

      जुन देशलाई नेता भनौदाहरुले अबैज्ञानिक आधारमा टुक्राउन अनावश्यक न्युझिकी अन्तरिक कलहमा होम्न खोज्दैछन, त्यस देशको सिमा नामिचियर बढछ त ! आखिरी भाइ फुटे गवार लुटे बह्नेको यहि होइनर ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • krishna ( maryland, USA)

      म चाहिं भारत ले मिचेको भन्दिन / मुलुक लाइ घोडा बनाइ लगाम समातेर भारत तिर हुइक्याउन खोज्ने नेता ले हामी लाइ शासन गरेछन / अझ नचुनेका मान्छे का हातमा लगाम पुगो / धन्य हो हाम्रो कर्म !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • Mr.Pant

      हेर त बल्ल तह भो ते नेता हरु लै त्यो त किन कापनि जानु पर्थ्यो र गिरजा लै सोधेको भय भैहाल्थ्यो नि हरे ! यी नेता लै बुद्धि कसले दिने ?
      पन्त जापान बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rakesh

      सडक को साटो सदनमा येस्ता बिसय मा छलफल भए संसद को औचित्य को पनि पुस्टि हुन्थियो , जनता ले एकछाक खाएर पनि तिरेको कर बाट भत्ता खाने संसद हरु को भत्ता को औचित्य हुन्थ्यो कि.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bishnu Aryal

      सुस्ता देखि कन्चंपूर सम्म सिमा मिचेकै छ.
      सिर देखि पाउसम्म सारा सरिर भरि डसेकै छ.

      कसरि भनौ तिमि लाइ मेरो छिमेकि?
      त्यो मिचाईले मेरो रास्त्रियता फसेकै छ.

      बेदनाले खग्रास भयो यो मेरो दिल
      मेरी आमाको मुटु मा तिर पसेकै छ.

      तिमि हात देउ म साथ दिन्छु साथि
      यो देसको माया दिलमा अटुट बसेकै छ. .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

      • Prakash

        वा वा कति राम्रो कबिता मेरो मन छुयो नि गाठे .अति राम्रो बिष्णु जी ,

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • tenzing sherpa

      मेरो बिचारमा सशस्त्र प्रहरीलाई मासुभात मात्र खुवाएर आन्दोलनकारी मात्र दमन गराई राख्नु भन्दा सिमा मा सुरक्षा पोस्ट खडा गरेर राख्नु उपयुक्त जस्तो लाग्छ , त्यसो गरेमा नेताहरुको मात्र चाप्लुसी गर्नमा खप्पिस यी प्रहरीहरु सायद देश प्रेमको भावनाले अज अनुशासित भएर जनता प्रति उत्तरदायी हुन्छ कि ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Bhim Subedi

      अब इ ६०१ सबासाद हरुले संबिधान बनाउने भयनन बरु सिमा सुरक्छ्या को लागि आन्दोलन सुरु गर भन्नु पर्ला जस्तो छ बेकारमा रास्ट्रको धन स्वहा पारे सिमा आन्दोलन गरायर असुल्नु पर्ला जस्तो छ बल गर जनता

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • SABITA

      हामी नेपाली
      हाम्रो नेपाल
      प्राण भन्दा प्यारो छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Bhim Subedi

      राजनीति बाट अलग रहेर सम्पूर्ण नेपाली एक भयर सिमा सुरक्छाको लागि ज्यान दिन तयार हुनुपर्छ

      हरेक तह र तप्का बाट सरकार र राजनीतिक पार्टी हरुलाई दबाब दिनु पर्छ

      एदी पूर्व देखि पश्चिम भारतसंगको सीमामा पर्खाल लगाउने पहल सरकारले गर्छ भने म सरकारलाई तेस्कोलागी बिसौ हजार चन्दा दिन तयार छु

      यसै गरि सरकारको तर्फा बाट पहल गरि बिसेस कर लगायर १० बर्से योजना बनाई भारत संग त पर्खाल नलगाई छोड्ने होइन

      यो भन्दा आर्को उपाय छैन लौ मैले ठोकेरै भनेको हो

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Himalee

      भारतको नीति नै त्येस्तै छ उसको नीति “मुखमा राम राम बगलीमा छुरा ” वास्तविक मूल सिद्दान्त हो / आजसम्म भारतले कुनै पनि छिमेकोको भलो सोचेको छैन/ जस्तै
      १. सिक्किम खायो
      २. भुटानलाई दास बनायो
      ३. पाकिस्तान टुक्रायो
      ४. श्रीलंकाबात जाफ्ना टुक्रौना हर-सम्भब प्रयाश गर्यो
      ५. “हिन्दु चिनी भाइ भाइ” भन्दै चीन माथि अतिक्रमण गर्यो (हुनत पछी पुच्छर लुकाएर भुटान को बाटो भाग्नु पर्यो)

      त्येसैले नेपालले पनि उसलाई परम् मित्र रास्ट्र भनेर भित्र भित्रै सकुनी चाल नचलिकन नेपालको हित हुनेवाला छैन सबैलाई चेतना भया

      जय नेपाल
      हिमाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

      • Bhim Subedi

        त्यो सकुनी छल भनेको पूर्व पश्चिम भारत सीमामा पर्खाल लगाउन १\२ छाक खान कटयारा पनि देसको लागि सहयोग गर्नु हो

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Ravin

      यो सब अरुलाई दोष दिनु भन्दा उही आफ्नै सिक्का खोटो भए पछी के लाग्छ र ?
      हाम्रा देशका नेता र पार्टीहरु सत्तामा जानलाई देशका जनतालाई भन्दा भारतीय नेतालाई बढी मान्छन र देश प्रति अलिकति पनि जिम्मेवार नेतानै मुख्य पार्टीमा छैनन् तेसैले यिनीहरु भारतको बल्मिच्याईं प्रति नतमस्तक छन् ,

      उही सत्तामा नपुगुन्जेल खुव बिरोध गर्छन सत्तामा पुगेपछि भारतियेको गुलामी यी सबै कुरो भुल्छ्न.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • Madhu Shrestha

      नेपालमा बन्ने हरेक कठपुतली सरकारको आडमा ठुलो देशले सानो देशलाई जे पनि
      गर्न मिल्छ भन्ने ढोंगको आधारमा भारतले हरेक साल सिमा मिच्ने गरेको अबस्थामा
      हाम्रो सरकार चुप लागेपनि हामी चुप बस्न मिल्दैन | सिमा क्षेत्रमा आबस्यक थप सैनिक निगरानी
      बढाउने, मिचिएको मामिलामा संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउदै भारतलाइ सिमा सच्याउन वाद्ध्य गराउने र सिमा अतिक्रमण निषेध गराउने काममा ढिलाई नगरौं | अस्ट्रिया र स्वित्जेरल्याण्ड पनि सानै छ तर कुनै युरोपीय देशले उनीहरुको सिमा मिच्यो भन्ने सुनिएको छैन | जे गरे पनि डराएर चुपचाप बसे पछी भारतलाइ सत्र हुने नै भयो नी !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

      • Ravin

        मधु जी हामी जनताले शतर्क मात्र गराउने हो, सरकारमा बस्ने र बाहिरका पार्टीका नेताहरु केवल भारतीयका गुलाम छन र भारत भनेको एस्तो देश जो सदियौं देखि ब्रिटिश को गुलाम बनेर आएको हो तेसैले एउटा गुलाम बनेर आएकोले जहिले पनि अरुलाई गुलाम बनाउने सोच मात्र राख्छ तेसैको परिणाम हो यो सिमा मिचाई पनि .

        जव सम्म हाम्रो देश स्थिर राजनीति र एउटा राष्ट्र प्रेमी र योग्य नेपालीले राष्ट्रको नेत्रीत्वो गर्दैन तव सम्म हामीले यो पिडा सहनु बाहेक अरु केहि उपाय छैन

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • arjun

      हामी जनता ले के नै गर्न सकिन्छ र हामीले त दुइ दुइ ठाउँ बाट हरायाकै हो भारत को गुलामी नगर्ला कि भनेर तर यो हरुवा लाइ परमुख बनाइ छाड्यो भारत ले नेपाल नै हडप्न पाइन्छकी भनेर लाछी इंडिया;

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • pradeep

      अहिले मधेसी लगाएत सम्पूर्ण देश भक्त नेपालीले के बुझ्न जरुरि छ भने , भारतलाइ उसको बढ्दो जनसंख्या घाडो भएको छ ,जसलाई उ अब चाहेर पनि कम गराउन सक्दैन ,र निकट भविस्यमा भातरले खाद्यान्न संकटको सामना गर्नु पर्ने हुन्छ ,र तेस बाट छुटकारा पाउन भारतको एक मात्र विकल्प छ त्यो हो नेपाललाइ उसको अनुरुप चलाउने वा आफुमा निर्भर बनाउने र जसबाट नेपाल को जलश्रोत प्रयोग गरेर भारतीय भुमि सिचाई गर्ने ,उ भुलेर पनि सीमाको कुरा गर्ने छैन किनभने यो कुरा लम्बियो भने उसले नेपाल को भू भाग नेपाललाई फिर्ता दिनुपर्ने हुन्छा र त्यो भएको खण्ड मा नेपाल बंगलादेश संग जोडिन जान्छ र जसले नेपालको भारत प्रतिको निर्भरता लगभग ९० प्रतिसत घटाउनेछ र जो भारतको लागि ठुलो धक्का साबित हुनेछ , तर एक दिन जब उ उसले चाहेजति भारतिय नेपाल छिरौन्ना सफल हुन्छ(नेपालको राजनीतिमा र तराइमा ) ,उ सिमानाको कुरा गर्नेछ र नेपाललाई सिमित देश बनायेअर काडेतार लगाउने कुरा गर्नेछ ,र तेस्को उदहरण उसको पछिल्लो आअभिव्यक्तिम प्रस्ट हुन्छ र आहिले स्थितिमा उसको काम ८० प्रतिसत भैसकेको छ ,नेपालमा धेरै भारतीय छिरिसकेका छन् ,नेपालको बढ्दो जनसंख्यालाइ एक पटक analysis गरेमा त्यो कुरा त्येही बाट प्रष्ट हुन्छ .| के पायो नेपालले भारत संग सामिप्यता बनाएर ,के सन्धि सम्झौता ?जसको कुनै पालना छैन ,र जसले नेपाललाई उसको आधिनामा पर्ने बाहेक अरु केहि गरेन हामी सोच्छाऊ किन देश पछाडी छ ,जबकी जलश्रोत , प्रकितिक सम्पदा र त विश्वमै ईमान्दार र बाहादुर जनता छन् कारण छर्लंग छ ,अब पनि चुप बस्यौं भने ,”नेपाली हामी रहन्छौ कहाँ नेपालै नरहे ” जय नेपाल

      refrences http://www.nepaldemocracy.org/documents/treaties_agreements/nep_india_open_border.htm

      more : http://bangladesh-web.com/view.php?hidDate=2006-06-09&hidType=OPT&hidRecord=0000000000000000111234

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

    • जीवन

      हे नेपाल आमा सय कपुतको साटो एउटा मात्र सपुतको जन्मदेउ । हे नेपाली दाजु-भाइ , दिदी-बहिनी , आम-बुवा आज नेपाल एउटा ठुलै शंकटबाट गुज्रिरहेको छ त्यसैले एकजुट होऔं , नेपाल आमाको रक्षा गरौं बल्ल मात्र हाम्रो सम्पूर्ण हक अधिकारको कुरा गर्नमिल्छ । नेपाल नै रहेन भने के हक कहाँको सर्बोच्चता

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

      • Bhim Subedi

        तपाइको लेख १००% ठिक छ बधाई

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

      • ram

        जय जन्म भुमि
        जय मात्रि भुमि
        जय बिर भुमि नेपाल ……………

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • Okhalgunge

        जीवन जी,तपाइको भनाइ त राम्रो लाग्यो,तर सपुतको होइन कपुतको गुनगान गाउने, चोर साधु,साधु चोर,हुने देशमा परिवर्तन आउन र ल्याउन अब पृथ्वी पल्टिनु पर्छ,कालो अक्षर भैंशी बराबर हुनेलाई के दोष ,दोषी त पी.एच.डी.,मास्टर डिग्री,लिएर घमण्ड गर्ने चोरहरु हो, जसले शिक्षित भएर पनि अशिक्षितको भन्दा निच ब्यबहार गरेर देखाई दिएको छ,पढे लेखेको जति सब फटाहा,फटाहा ले फटाहालाई सपोर्ट गर्नु कुनै नौलो कुरो होइन,यिनै चोरहरुले देशलाइ बर्बादीको खडाल तिर धकेलिएको छ, “हैन र”

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जीवन

      काग कराउदै गर्छ पिना सुक्दै गर्छ भने झैं गरेको छ धोतीहरुले अब सब नेपालीहरु सबैले एउटै मुलधारमा बधिनु पर्छ र धोतीहरुलाई नेपाली भुमी बाट लखेट्नु पर्छ । हाम्रा नेता र पार्टीहरु त मात्र सत्ताको मोहमा रुमाललिरहेका छन तिनिहरुलाई पनि ब्युंझाउन झक-झकाउनु पर्छ । हाम्रो झक-झकाइलाई अटेर गर्छ भने सदाको बिदा गराउनु पर्छ अनी सिमावर्ती क्षेत्र मिचेर आतंक मच्चाउन दुस्साहस गर्ने धोतीहरुलाई एउटा पाठ पढाउनु पर्ने बेला भएको छ । हे नेपाल आमा सय कपुतको साटो एउटा मात्र सपुतको जन्मदेउ । हे नेपाली दाजु-भाइ , दिदी-बहिनी , आम-बुवा आज नेपाल एउटा ठुलै शंकटबाट गुज्रिरहेको छ त्यसैले एकजुट होऔं , नेपाल आमाको रक्षा गरौं बल्ल मात्र हाम्रो सम्पूर्ण हक अधिकारको कुरा गर्नमिल्छ । नेपाल नै रहेन भने के हक कहाँको सर्बोच्चता ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • Bibek

      सांसद मित्रहरु लाई थाहाभए संसदमा अवाज खोइ?? माकुने को इस्पस्टिकरण खोज्ने प्रयाश किन नगरेका??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

    • हैन यो टोलीले आ-आफ्नो पार्टीको आन्तरिक बैठक नबसी सिमा निरीक्षण मा गएछन कि कसो? जस्तो देखे त्यस्तै बोले त |त्यत्रा त्यत्रा मन्त्रीहरुले त सिमा मिचिएको छैन भनेर सार्वजनिक रुपमा भाषण गर्दै हिंडेका थिए |होस् गर्नुहोस है सभादसाद ज्यूहरुहो पार्टीको कारवाहीमा पर्नुहोलानी |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 4

      • Bhim Subedi

        देसको रक्षा गर्न दरौना पर्दैन परेको म बेहोर्छु

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

      • madan bajracharya

        यतु जी
        ठिक भन्नु भयो/ अधिकार सम्पन्न प्रधान मन्त्रि र विदेश मन्त्रि सिमा कतै मिचेको छैन भनि सके पछी यी बबुराहरु कुयीं कुयींकराएर के पो हुन्छ/ फेरी कालापानिकै कुरा गर्ने हो भने कालापानी हाम्रो हो भनि प्रमाणित गर्न कागजात हरु खैत? त्यो त् हराई सके भनि कतै पढियो/( http://www.newshopper.sulekh.com/majore-indo-nepal-treaty-goes-missing-news-921845.ktm) बा गूगलमा indo -nepaltreaty goes missing तायिप गर्नुस/

        फेरी महाकाली र कालापानी त् यौटा प्रसंग को बिषय पो परेछ/ महाकालीको उद्गम स्थलनै कालापानीमा/ अब दुयितई भारतको कब्जामा/ जलस्रोत का आधिकारिक व्यक्ति श्री दिपक गेवालिजी ले महाकाली सन्धि गर्नु अघि त्यो सन्धि गर्नु हुन् भनि घन्टौ कारण हरु सम्झाएको थियो माधव नेपाल र के पी ओली लाई/ तर सुनेनन् तिनीहरुले किन होला ? गाँठ त् ठुलै पाएको हुनु पर्छ/ (http//www.kiratsatihi.com/forum.php?p=viewtopic&t8

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • sandeep

      म सानो छदा पनि भारतले सिमा मिच्यो भनेर भाषण गरेको सुन्थे ,सुस्तामा मिच्यो कालापानीमा मिच्यो ,सिमा स्तम्ब हराए भन्दै मैले पढेको स्कुल श्री भवानी बिद्या पिठ मा. बी. को चौपारीबाट भाषण गरेको सुनेकै हो, पछि पी यन क्याम्पस पढ्दाको कुरै नगरौ | तर समस्यालाई राजनितिक मसला बनाउने हाम्रो परम्परा कसै गरि नहट्ने भो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 22

      • Ram

        भारत ले सिमा मिचेको छ र सिमाबर्ती छेत्र का जनता हरु ले सदैजसो भारतीय सिमा सेना बाट दुख पाइरहेको कुरा कुनै नौलो होइन. एउटा अफसोच को कुरा हाम्रा राजनीतिक पार्टीहरु सरकारमा भएको बेलामा केहि बोल्दैनन्न . सरकार मा जान र सरकार ढाल्न सयेउ चोटी भारतीय राजदुत को मा चाकडी गर्न जान्छन तर सिमा को कुरा गर्दैनन् . उल्टै भारतीय राजदुत कोअगाड़ी कही पनि समस्या छैन भनेर नतमस्तक हुन्छन . साथीहो भारतको बिस्तारबाद नीति को बिरोध सधै गर्नु पर्छ तर बेला बेलामा हाम्रा राजनीतिक पार्टीहरु ले आफ्नु पार्टीगत फाइदाको लागि भारतको बिरोध गरेको जस्तो गर्नु बाट खासै खुसि भैहाल्नु पर्ने केहि छैन .

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

      • madan bajracharya

        माउ ले सिमा मिचेको छैन भनि सके पछी छाउरा हरु कुयीं कुयीं कराएर के अर्थ लाग्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

      • Okhalgunge

        सच्चा इमान्दार राष्ट्र र राष्ट्रियता को खोक्रो नारा दिएर देश भंक्ति कहलाउने एकल जातीय हैकमबादी शासन चलाएर बस्ने कुलंगारहरुको नाटक अब देशका कच्चा नागरिकहरुले कहिले बुझ्ने र कति सहने,राष्ट्र राष्ट्रियता र देश भक्तिको नाममा
        अकुत सम्पति कमाउने लोभमा फसेर देशको सिमाना समेत बेचेर खाना पल्केका यी दुष्ट हुँडारहरुको जमातलाई कच्चा नागरिकहरुले अझै यसरी नै हौस्याएर लाने हो भने राष्ट्र र राष्ट्रियता संकटमा पर्न धेर बेर लाग्ने छैन,आफ्नै भूभागमा शरणार्थी भएर रोएर बस्न नपरोस,चेतना भए

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker