Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

फेरि पाउने भए कुर्सी परमानन्द झाले

नेपाली भाषा मै बोलेर नेपाली भाषा जान्दिनँ भनेर अन्तर्वार्ता दिने हाम्रा महान उपराष्ट्रपति परमानन्द झाले खोसिएको उपराष्ट्रपति पदको कुर्सी फेरि पाउने निश्चित भएको छ। सरकारले राष्ट्रपति र उपराष्ट्रपतिले पनि मातृभाषामा शपथ खान पाउने व्यवस्था गरी दर्ता गरेको संविधानको सातौँ संशोधन प्रस्तावलाई पास गर्ने सहमति अहिले बिहान बसेको माओवादी र मधेसी दलहरुको बैठकले गरेको छ।

त्यति मात्र हो र, उनीहरुबीच सर्वोच्चको फैसलाका कारण पद निस्क्रिय रहेका परमानन्द झाको उपराष्ट्रपति पद क्रियाशील गराउन संसदमा संकल्प प्रस्तावसमेत ल्याउने सहमति भएको छ।

यो सहमतिका लागि शान्तिनगरमा भएको बैठकमा माओवादीका तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपस्थित थिए। मधेसवादी दलका त हुने नै भए। सहमति गर्न केही गोप्य लेनेदन भयो कि भएन होला त ? किनभने सुरुमा त माओवादीले सरकारले ल्याएको संकल्प प्रस्तावले उपराष्ट्रपतिको विवाद समाधान नहुने भन्दै सरकारी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

तर आजको यो ‘नाटक’पछि प्रस्ताव पनि पास हुने र उपराष्ट्रपतिले पनि कुर्सी पाउने निश्चित भएको छ। ल बधाई छ परमानन्द झालाई। यो बाहेक के भन्नु र!

Related posts:

  1. अब के गर्लान् परमानन्द झाले?
  2. लौ अब एनआरएनले आईडी र सुविधा पाउने भए
  3. आन्दोलन गरेरै र‌ंगशाला पाउने भए इटहरीबासीले
  4. नेपालीमा पनि शपथ लिए झाले
  5. परमानन्द झाको शपथ विवाद अदालतले हेर्न मिल्छ ?

77 comments to फेरि पाउने भए कुर्सी परमानन्द झाले

  • Nabina

    लौ बधाई छ भारत को दलाल….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • त्येसैता सरकार ढल्न लागि सकेका छन्,परम्नादा झा जस्ता गुन्डा लै वोइस
    प्रेसिडेंट नबनाए यी गुन्डाले भारत संग मिलेर माधब नेपालका सरकार एकभन्दा
    धली हल्छां,त्येसैले बेलैमा बुधि पुराएर माधब ले उप रस्तापति बनेरनै छाड्यो अफुलैपानी फाइदा
    र झा लैपनी faida फैदई-फाइदा/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram Madhesi

    दिलिपजी
    तपाईको कमेन्ट पर्दा, तपाई एउटा मुर्ख मान्छे हो भन्ने बुझिन्छ. अलि बास्तबिकता लाई हेर्नुस. प्रचण्ड हिन्दी मा भासन गरेको हेर्नु भाको छ कि छैन. प्रचण्ड तपाई को बाउ हो कि जुवई, किन बिरोद नगरेको. प्रचण्ड को इमेज परमानन्द भन्दा तल छ कि माथि. तपाई जस्तो फटाहा विचार भएको पहाडी ले गर्दा नै आज मधेसी र पहाडी झगडा भैरकेको छ.
    आइन्दा मधेसी लाई धोति भन्यो भने ठिक हुदैन. साला भाते दिलिप.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

    • madan bajracharya

      रामजी
      किन यति सारो रिसाउनु भएको/ किन मधिसे र पहाडीको कुर गर्नु हुन्छ/ तपाईं नेपाली हुनु हुन्छ म र अरु सबै नेपालीनै हुन्/ हामीमा यसरि पहाडी र मधिसे भनि बर्गिकरण गर्दा देस्नै विभाजन हुँदैन र? अब विभाजन नै खोज्नु हुन्छ भने त् कुरै अर्कै/

      हेर्नुस राम जी, अहिले मधिसे प्रकरण आफुलाई मधिसे भन्न रुचाउने हरु ले मात्रै उठाएको मुद्दा होयिन/ भारतलाई तराईको पानि सबै चाहन्छ/ आज तराई डुब्ने तर बिहार सप्रने गरि कोशी गण्डकी टनकपुर महाकाली लगाएत जति पनि सम्झौता हरु भएको छ ती सन्धि हरु बात तरायिनै बढी पिडित भएको छ/ त् प्रस्न उठ्छ येस्मा दोषी को त्? म कोयिराला हरु जस्ता भारतिय दलले हरुलाई मात्र दोष दिन्न/ तराईमा बस्ने हरुलाई दुख हुने सम्झौता भारतले नै गर्न बाध्य गरेको हो/ यो अर्थमा लिने हो भने मधेश र मधेशको सत्रु भारत हो/

      रामजी, मधेसी बा मधेश यसको अर्थ नेपाली बा नेपाल रहे सम्म हाम्रो परिचएको गौरव रहन्छ/ अब नेपालीनै हुनु चाहान्न भने बेग्लै कुरा/ जहान सम्म तराइ भानु बा मधेश भानु, ती थाहुन हरु तपायिन्हारुले जति सुकै भने पनि नेपालको अरु जिल्ला भन्दा राम्रो सुबिधा भएको जिल्ला हुन्/ देसको कति पय अरु जिल्लामा त् केहि पनि छैन/ जनता रोई रोई बाच्दै छन्/ तपाईं तराईमा बस्नु भएकोमा भाग्य्मानिनै मान्नु पर्छ/ तापनि यो असन्तुस्टी किन?

      तपाईं हरु भन्नु हुन्छ अरु नेपालीले तपायिन्हारुलाई मधेसी भनेर सम्बोधन गरेर हेप्यो भनि/ ठिक हो त्यो कुरा? तपायिन्हारू आफै भन्दै हुनु हुन्छ तपायिनाह्रु मधेसी हुन् र मधेसी भनाउन्चाहन्छ भनेर/ अब मधेसी नेपाली होयिन भनेर तेसो भन्नु भएको भए अर्कै कुरा/

      राम जी यति कुरा राम्ररि विचार गर्नुस/ नेपाली हुनु मा जति मधेसीको मान छ भारतको एउटा प्रान्त हुनुमा कहिले त्यो मान हुनेछैन/ ढावाको बा झोपदिको मालिक बन्नुमा जति गौरव हुन्छ त्यो दरबारको नोकर नुनु मा हुँदैन/ आज सिक्किमकै उदाहरण लिनुस न / जहान गए पनि भौतिक सुबिधाको लागि देस बेच्ने गद्दारको रुमपा सिक्किमलाई चिनिन्छ र तिनीहरु भारतको पालिएको दोश्रो नागरिक मात्रै हो/

      राम जी म पनि तपाईं जस्तै जनजातिको/ हामि पनि पिडित छौं/ तर बिगत भुलेर नया नेपाल बनाउन चाहन्छौं/ हाम्रो पनि दोष हो कि हामीले पहिला कहिले राम्रो प्रतिनिधि छानेनौ/ कहिले आफ्नो अधिकार को लागि आवाज उठाएनौ/ तर अहिले हामि उठेको छौं नि राम्रो प्रतिनिधि छानौं/ राम्रो काम गरुं देस बनि हाल्छ नि/ किन त्यो भारतको उहिलेको कुरूप नीति “हिन्दुश्थान मा मुसलमान बस्न नपाउने” नीति नेपालमा लागु गर्दै मधेशमा मधेसी मात्रै बस्न पाउने माग गर्ने हिन्दुस्थानी कुत्ताहरुको कुरा सुन्नु हुन्छ?

      तराई लाई स्वायेत प्रदेश बनाउन माग गर्नुस साथ् सबैले दिने पर्छ/ तराईमा सबैले समान अबशर पाउन सकुन दबिएका र गरिब जनजातिको लागि सिछ्या उपचार र रोजगारमा प्राथमिकता पाउनु सबैले चाहन्छ/ तर मात्र जातको कुरा नगरुन/ दबिएको जनजातिमा पनि कतिपय बडो धनि छन्/ गरिब र निमुखाले अबशर पाउन भनु/ हाम्रो तराईमा बिहारको गुण्डाहरुको जग जगिले पनि तराइ मा धेरै बिकृति फैलिएको छ/ तेस्को समाधान गर्न बलियो कानुनि राज चाहिन्छ/ कसैको ससुराली बा मावली बिहारमा पर्यो भन्दैमा बिहारीलाई हाम्रो शिर चढाउनु हुन्न/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • साले राम मधेशी धोति के परमानन्द झा त जस्तो धोति भएर नै सप्पोर्ट गरेको हो?? देश को पनि ख्याल नराख्ने साले हरु. यदि नेपाली हो भने नेपाली भाषामा सपथ खाने थियो नि साले धोति भारत बाट सररंथी भएर नेपाल पस्यो अहिले यस्तो पद पाउदा घमण्डी भएर भारत लै देखौना खोज्छा साला.जेहोस हाम्रो नेपाली नेता हरु लै नै भारत छिरौना पर्छा साथी हो अनि बल्ल देश बन्छा. ल फटाह नेता हरु लै बधाई छ किनकि अर्को फटाहा धोति लै समाबेस गर्यो.खुशी होउ साले चोर हरु.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • थुक्क गधा यो कुरा सुन्नु भन्दा पहिले परमानन्द यमलोक गए पनि हुन्थ्यो,अब गधालाई जति धोए पनि नेपालमा गाइ बन्नेवाला छैन बरु भारत को महिषासुर बनेर नेपालीलाई मार्नेछ l हे नेपाली नेपाल बचाओं नत्र तराई अब पेस्ट हुने भयो उत्तर प्रदेशमा,परमानन्द कुर्सीमा बसेकै दिन पुत्ला जलाई दिन्छु बजियाको l मधेशी नेपालमा रहे पनि हिन्दी भाषा उनीहरुको मात्री भाषा होइन,आखिर के गर्ने विचार छ भारतीय दलाल पर्मालंद झा जी नेपाल मा ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • deepak

    यो ब्लगमा मात्र बिरोध समर्थन गर्ने हो कि यस्ता देशद्रोही नेताहरुको
    बिरोधमा मैदानमै उत्रने हो | ६-७ सय टाउके र भुरा नेताहरुले करोडौ
    जनताहरुको अवहेलना | अति भयो यो लेनदेनको राजनीति|

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • SONAM (tHE nEPALI bABU)

    ल मेरो पनि मुरी मुरी बहदै छ हो चरेस्नन्द झा लाइ यो देश को कुर्शी भनेको तिमि जस्तै चोर फटाहा डाँका हरु ले पौने त होनी .तेइ भएर त देश को हालत एस्तो छ.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • chandra bahadur B k

    एदी मावोबादी को पनि परमानन्द झा को पक्छ्येमा समर्थन गर्छन भने मावोबादी गए हुन्छ इंडिया वा मालिक सित हातेमालो गर्न किन भारतले सिमा मिच्यो भनेर सत्ता को खेल खेल्छौ ? जनता लाइ झुक्याउन ? होइन भने कहिँ नभाको जात्रा हाँडी गाउँमा ? किन अरु देसको नेता हरु आफ्नो मात्री भाषा भन्दा अरु केहि बोल्दैनन् अरु देसमा जाँदा समेत, हाम्रो देसमा किन उपरास्ट पति भानाउदोले हिन्दीमा सपथ खाएर नेपालको अस्तित्त्वोनै मेटाउने काम गरेका छन् तिनले तिनलाई त फेरी उपरास्ट पति पद होइन देस निकाला गरि भारत तिरै पठाए हुन्छ ।एस्तो घिर्डित वा देशकै बदनाम हुने काम गर्ने लाइ मावोबादिले समर्थन गरेर भुल गर्दैछ । मावोबादी हो एदी कुर्चीकै लागि यो समर्थन हो भने तिमीहरु पत्तन भएर जानेछौ जनता को नजरबाट छोडिदेउ कुर्चीको खेल खेल्न राम्रो काम गर समयेमानै जनताले चाहेको संबिधान बनाउ तिमीहरुको नै जित हुन्छ आउदो चुनाब मा होइन येसरिनै झुट लाइ साथ दिन्छौ भने आउदो चुनाबमा तिमीहरुको के हालत होला ? तत्काल परमानन्द झा लाइ दिएको समर्थन फिर्ता लिन अनुरोध गर्दछु जसले एदी नेपाल को र नेपली जनता को भलो चाहाने हो भने ??????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Arjun Karki

    भाषाको बिरोध गरेर के गर्ने आखेरी भारत कै rimot को बटम हून नि हाम्रा नेता हरु यो खेल पनि त भारतकै खेल त होनि I बधाई छ हाम्रा “परमधाम जा” जी लाइ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

    • madan bajracharya

      अर्जुन जी
      परमधामजा जी उपनाम धेरैलाई दिनु छ/

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Deepak

    समर्थन ! Raju Ji laee

    हिन्दी भाषाको किन बिरोध गर्ने? हाम्रा नेताहरु भारत जादा हिन्दीमा भाषण ठोक्ने(प्रचण्ड, गिरिजा) बाबुराम भट्टराई ले जनकपुरमा मधेस राज्य घोषणा गर्दा हिन्दीमै भाषण ठोकेका हुन्. के मधेसीले हिन्दी बोल्दा इन्डियन हुने पहाडीले बोल्दा नहुने? हाम्रो यो पक्षपाती सोचबाट पहिला हामीनै मुक्त हुने कि?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • Rakesh

    देश को राजनीति हैन भोट को राजनीति गर्ने नेता हरु भए पछि येस्तई हो .

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • raju

    सथिहरुहो,
    हिन्दी भाषाको किन बिरोध गर्ने? हाम्रा नेताहरु भारत जादा हिन्दीमा भाषण ठोक्ने(प्रचण्ड, गिरिजा) बाबुराम भट्टराई ले जनकपुरमा मधेस राज्य घोषणा गर्दा हिन्दीमै भाषण ठोकेका हुन्. के मधेसीले हिन्दी बोल्दा इन्डियन हुने पहाडीले बोल्दा नहुने? हाम्रो यो पक्षपाती सोचबाट पहिला हामीनै मुक्त हुने कि?

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 4

  • ankit

    याद राखनु..एदी राम बरण खुस्क्यो भने त्यो हुन्छ देशको प्रमुख !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • ankit

    अब त नेपाली ले बुझ्नु पर्ने किन बि पी ले राजतन्त्र को समर्थन गरेका रहेछन!!नेपाल को अस्तित्वो एउटा इस्थई संस्था नभई ठिक ने छाट देखिन् दै न
    !!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • dalliram

    प्रचण्ड ले भारतीय रुपैया को माला लागेर नेपाल मै हिन्दी मा भासन गरि हिड्छ | अहिले देश द्रोही चरेसानन्द झा लाई ल्याउन लाई देश कै बैज्जत हुने सम्झौता गर्छ ! एस्तो पार्टी बाट के नै आस गर्न सकिन्छ त |

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • sudarshan

    पाउने छैनन् किनकि विधेक माओबादी ले पास हुन् दिने छैनन

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • Gurung DB Osaka Japan

    खै क भनम चोर देश मा चण्डाल , चण्डाल हरु सधै कङ्गाल अनि तिनका नौ टंगाल भनेकै येस्तई होलानी …..नेपालका राजनीतिका गर्ने टोप्लेका बारहमासे डाले जुगा, अनि खाप्पिश जालझेलका ब्यापारीहरु त हुन… जाल-झेलको दोहोरि गाउदा-गाउदा आफ्नै धोति खसेको थाहा हुँदैन….
    खै सबैले ( गाजा- चरेश ) को smuggler दुइ-नम्बरी भन्छन….. किने जब नेपालका भोका – लोभी दरित्री नेता टोप्लेका भिखारिहरुलाई ……हेर त्यो माउबादी पनि खौबादी भन्दा दुइ मत नहोला ? जे गर्दा नि हुदो रचता नेपालमा ……थुक्का बिबेक हीन
    कुत्ताहरु ……

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • Raul

    होइन हौ, साथीहरु अब चाँही केही गर्नै पर्छ । यो चोर नेताहरुले हाम्रो देश धोतीहरुलाई बेच्नै लाग्यो । जागौ साथी – भाईहरु अब धेरैनै भै सक्यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • अब माओबादी को भारत बिरुद्द को आन्दोलन को कुनै अर्थ रहेन . हामी सबै नेपली जनता हरु मिलेर माओबादी को आन्दोलन लै समर्थन नगरौ आखिर माओबादी ले पनि आफ्नो सच्चा भारतीय रुप देखायो त्यो पनि इंडिया क दलाल मै पार्टी लै समर्थन गरेर . माओ बादी को वहियर भारत बिरुद्द को नारा . नेपाल मै भएको भारतीय दलाल परमानन्द लै केही गर्न नसक्ने ले अब अरु के नै गर्न सक्ला र .
    जय नेपाल जय नेपाली

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • pradeep

    म मधेशमा जन्मिएको हुर्किएको मान्छे ,मलाई मधेशी भाषामा खासै आपत्ती छैन तर मात्री भाषा भन्दै जसरि हिन्दी छिरौना लागिएको छ तेस्मा मेरो धोर बिरोध छ ,पहिलो कुरा नेपालको मधेशमा बस्ने सायदै कसैलाई हिन्दी राम्रो औछा होला ,जो बोल्छन तिनीहरु सबै भारतबाटनै नेपाल छिरेको हुन् यो कुरा मधेसीहरु सबैलाई राम्ररी थाहा छ ,तर पनि मधेशी जनता तिनीहरुको नै समर्थन गर्छन ,किनकि तिनीहरुको भारतसंग संस्कृतिक सम्बन्ध गासिएको छ ,तर हालको दिनमा मधेसी लगाएत सम्पूर्ण देश भक्त नेपालीले के बुझ्न जरुरि छ भने ,
    * भारतलाइ उसको बढ्दो जनसंख्या घाडो भएको छ ,जसलाई उ अब चाहेर पनि कम गराउन सक्दैन ,र निकट भविस्यमा भारतले खाद्यान्न संकटको सामना गर्नु पर्ने हुन्छ ,र तेस बाट छुटकारा पाउन भारतको एक मात्र विकल्प छ त्यो हो नेपाललाइ उसको अनुरुप चलाउने वा आफुमा निर्भर बनाउने र जसबाट नेपाल को जलश्रोत प्रयोग गरेर भारतीय भुमि सिचाई गर्ने ,उ भुलेर पनि सीमाको कुरा गर्ने छैन किनभने यो कुरा लम्बियो भने उसले नेपाल को भू भाग नेपाललाई फिर्ता दिनुपर्ने हुन्छा र त्यो भएको खण्ड मा नेपाल बंगलादेश संग जोडिन जान्छ र जसले नेपालको भारत प्रतिको निर्भरता लगभग ९० प्रतिसत घटाउनेछ र जो भारतको लागि ठुलो धक्का साबित हुनेछ ,
    तर एक दिन जब उ उसले चाहेजति भारतिय नेपाल छिरौन्ना सफल हुन्छ(नेपालको राजनीतिमा र तराइमा ) ,उ सिमानाको कुरा गर्नेछ र नेपाललाई सिमित देश बनायेअर काडेतार लगाउने कुरा गर्नेछ ,र तेस्को उदहरण उसको पछिल्लो अभिव्यक्तिमा प्रस्ट हुन्छ
    र आहिले स्थितिमा उसको काम ८० प्रतिसत भैसकेको छ ,नेपालमा धेरै भारतीय छिरिसकेका छन् ,नेपालको बढ्दो जनसंख्यालाइ एक पटक analysis गरेमा यो कुरा त्येही बाट प्रष्ट हुन्छ .| के पायो नेपालले भारत संग सामिप्यता बनाएर ,के सन्धि सम्झौता ?जसको कुनै पालना छैन ,र जसले नेपाललाई उसको आधिनामा पर्ने बाहेक अरु केहि गरेन
    हामी सोच्छाऊ किन देश पछाडी छ ,जबकी जलश्रोत , प्रकितिक सम्पदा र त विश्वमै ईमान्दार र बाहादुर जनता छन्
    कारण छर्लंग छ ,अब पनि चुप बस्यौं भने ,”नेपाली हामी रहन्छौ कहाँ नेपालै नरहे ”
    जय नेपाल

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • madan bajracharya

      प्रदिप जी
      तराईको बारेमा सत्य कुरा गर्नु भयो/ हामि अहिले मिलेर यो कुरा उठाउनु पर्छ/ तपाईं तराईको भएकोले तपाईं ले भन्नु भयो भने बल मिच्छ/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • उपराष्ट्रपति परमानन्द झा लाइ पद बाट बर्खास्त नभई निस्क्रिय मात्र भएको सर्वोच्चको फैसलालाई हेर्दा अब मातृभाषामा शपथ गराएपछि पुन; परमानन्द झा नै उपराष्ट्रपति त हुने भए |आफ्नो मातृभाषामा शपथ खाएको खण्डमा यो त्यति गम्भीर समस्या पनि होइन जस्तो लाग्छ | तर शुरुमै हाम्रा नेताहरुको कुर्सिको होडमा उपराष्ट्रपति कस्तो पद हो ? र यसको लागि कस्तो व्यत्ति उपयुत्त हुन्छ भन्ने कुरालाई ख्याल नै नगरी यस्तो कुख्यात गाँजा तस्करलाई पदमा आसिन गराएपछि गरिमामय उपराष्ट्रपति पद र सिङ्गो नेपालकै इज्जत माथि कालो दाग लागेको छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 5

  • purushottam babu

    थुक्नै पर्छ नथुकेर हुन्न
    गधा धोएर अब गाई हुन्न
    पछार्नै पर्छ अब कुर्न हुन्न
    घिसारे पछि चेत्दछ मान्छे बन्न
    तरै खान खोज्दछ ढाढे बन्दै
    न्याउराहरु मार्दछ झेल गर्दै
    भाले बनी बास्दछ के त्यो राती ?
    भान्से बनी पस्दछ के यो पाजी
    मुङ्रो बनी बज्रनु पर्छ चाँडो
    यसो गरे जाग्दछ यसको खाँडो
    जसको सबै अतित त्यो खरानी
    यही बर्तमान पनि पानी पानी
    रास्ट्रप्रमुख कसरी बनाउछौ ?
    गुहुको लेप मुखमा लगाउछौ
    सत्ताको मोह अब छोड चाँडो
    अपराधीलाई कारबाही गर चाँडो
    फिरौती बाला पनि मुक्त हुन्छन्
    तस्करी सारा हरु मन्त्री बन्छन
    कालो छ जसको उपरास्ट्रपती
    दुनियाँ सबै तेसका ती अतिथी
    पहिलो चोटि गल्तीले बन्न गयो
    सर्बोच्च को मान मा ठोस आयो
    नेपाली को मान मा कालो दाग
    तेस्तो त ब्यक्ती फेरी छान्न थाल
    कोही पनी छैन की देशमा हो ?
    उपरास्ट्रपती बन्नको लायक त्यो
    कालो ब्याक हुने त छान्न हुन्न
    त्यो बिस हो देशले मान्न हुन्न
    के आशाले छान्न लाग्यौ तमाम ?
    नेपाली को मुटुमा बाण हान्न ?
    नेपाली बोल्न घिनाउने त्यो लाछी
    तस्करी सारा भगाउने भएसी
    पैसा को लोभ्मा घुस जो पचाउछ
    त्यै उपरास्ट्र पती नाम पाउछ ?
    अझै पनि चेत खुलेन कत्ती ?
    ए मावो बादी बलबान जाति
    थुकेर बन्ला थुकको पहाड
    तेइ थुक माथि अनी फाल हाल
    झा संगै डुबनु पौडी खेल्न
    मुहार अनी लायक बन्छ हेर्न

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • देवराज जोशी, कैलाली

      समर्थन !
      म पनि थुक्छु “थुइक्क ” !

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • Ram Madhesi

    हटी होइन दाटी लड्ने नेपालीको बनि हुन्छ, गरेर देखाउनु भो/ तपाई साचिकै नेपाली हुनुहुन्छ/
    उपरास्ट्रपति श्रीपरमानन्द झाजी लाई फेरी एकपटक बधाई छ. तपाई महान हुनुहुन्छ
    कसैले पनि तपाइलाई झुकाउन सकेन/ अब पदमा आएर नेपाली जनतालाई मान्य हुनेगरी नया संबिधान बनाउनमा सहयोग गर्नुस र पुरै नेपालीको उपरास्ट्रपति भएर देखाउनुस. के गर्ने देश को सबै नेता भारतकै दलाल हो, तपाइको मात्रै बिरोध गरेर के हुन्छ र गर्ने लाई गर्न दिनुस.
    बधाईछ
    जय मधेस, जय पहाड, जय हिमाल

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • bhojpure kiranti

    येस्तै हो कानुनले नचलेको देश, व्यक्ति ले चलेको देशमा!
    नीति,नियम,कानुनलाई जसरी हुन्छ आफ्नो अनुकुल व्यक्ख्या गर्ने अनि आफ्नो दुनो सोजाउने!

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • Bhim K. S

    म पनि “थुइक्क” थुक्न सिवाय अरु उपाय केहि देख्दिन यो मधेशी होइन साथीहरु, यो त पक्का भारतीय दह्लाल्ल हो; मधेशीको खोल ओढेकोमात्र हो मधेश को भाषा हिन्दी होईन मधेशी या पहाडी सबै नेपालीको राष्ट्र भाषा नेपाली नै हो

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • अब चरेशआनन्द झा लई फेरी उपराष्ट्रपति बनाउने भनेको नेपाल अनि राष्ट्र भक्त नेपालीहरुको सिर छेदन गर्नु जस्तै हो | नेपाल र नेपाली भन्ने सब्द को खिल्ली उदाउनु जस्तै भयो धिक्कार छ , राष्ट्र घाती नेताहरो हो तिमीहरुको घैटो मा घाम कहिले लाग्छ खोइ ? कति नाटक मात्र मन्चन गर्छौ ? के तिमीहरु सबै भारतको गुलाम होउ होइन भने किन येसो गर्छौ ? प्रचण्ड हिजो खुब कुर्लिएका थियो त आज किन तिम्रो पनि खुट्टा काम्यो? सक्दैनौ भने किन खोक्चौ भो नाखोक पुग्यो तिम्रो खोकी नेपाली जनतालाई, तिम्रो खोकी त टी.बि लागेको खोकी पो रहेछ |

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 5

  • Pravat

    दुइ दुइ ठाउ बाट हारेको माकुने प्रधानमन्त्री बनेर ४४ जना भजनमण्डली सहित देश लुटिएको अबस्थामा चरेसे परमानन्द उपरास्त्रपति भएर देस लुट्दा के नै बिग्रेला र खै ? साथीहरु के गर्ने यस्तै छ मेरो बिचारमा ” चतुर नेताको लागि देस लुटेर व्यक्तिगत सम्पति कुम्ल्याउनको लागि नेपाल जस्तो राम्रो ठाउ यौ पृथ्वीमा मात्रै होइन, सारा सौर्य मण्डल भित्र अन्त कहिँ छैन”
    इजरायल

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 8

  • शान्तिप्रेमी

    हाम्रो देशको दुर्भाग्यपूर्ण नियति !

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 1

  • ओम

    नेपाली जनतालाई फेरी पनि ठुलो धोका !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 2

  • ..अब त अत्ति अत्ति नै भयो | यिनी हरु सबैलाई मर्न नै पर्छ अनि मात्र मेरो मन लाई नेपाली जनता र मेरो जननी मातृभूमि आमा लाई अलिकति भए पनि शान्ति मिल्छ | र यो नया वर्ष २०१० मा यो चोर फटाहा नेताहरु सबै मरून मेरो यहि दिर्घायु को कामना गर्न सकु |

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • जीवन

    नेपाल र नेपाली भनेर हिंड्ने सच्चा नेपालीलाई यो एउटा दरिलो झापड अरु के हुन सक्छ र ? अनी म माओवादी , YCL भनेर हिंड्ने र माओवादीको गुणगान गाएर हिंड्नेलाई समेत् यो एउटा झापाड नै हो यदी चेतना छ भने । यो त सोझै ताक परे तिवारी नत्र गोतामे गरेको छ माओवादीले समेत् अरु हरुवा चरुवाको त के कुरा भो र … ! दिल्ली सँग बार्ता गर्छु भन्ने प्रचन्ड अहिले त सेलाएछन अनी उसका भुरा भारी पनि ।

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 1

  • Pawan

    हाम्रा देशका नेताहरु मा कुर्शी मोह भन्दा रास्त्रियता पनि ठुलो भएन, थुक्क नेपाल आमाका कपूतहरु तिमिहरु को बुद्धि कहिले पलाउने हो कुन्नि अब तिमिहरु ले देश पनि बेची खाने भयौ है.धिक्कार छ तिमिहरुलाई एउटा देशध्रोही , चरेश काण्ड को नायक लाई फेरी काध हाल्न पुग्यौ .
    गल्ति हामी नेपाली को पनि हो .हामी नै भेडा छौ भोटे हाल्ने बेला मा ई कुरा मा विचार नै गर्दैनौ .

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • जीवन

    नेपाल र नेपाली भनेर हिंड्ने सच्चा नेपालीलाई यो एउटा दरिलो झापड अरु के हुन सक्छ र ? अनी म माओवादी , YCL भनेर हिंड्ने र माओवादीको गुणगान गाएर हिंड्नेलाई समेत् यो एउटा झापाड नै हो यदी चेतना छ भने । यो त सोझै ताक परे तिवारी नत्र गोतामे गरेको छ माओवादीले समेत् अरु हरुवा चरुवाको त के कुरा भो र … !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

  • नेपालको सबै सिस्टम नै खराब भैसक्यो | अब यो सिस्टम लाई सच्याउन ठुलै भूकम्पनै आउनुपर्छ जस्तो लग्यो मलाईत | यहाँ जे पनि हुनथाल्यो | भन्छन अति गर्नु अतिचार नगर्नु | देश चलाउन त स्वच्छ छबि भएर नहुदो रहेछ | सानोतिनो चोरी गरे कार्यकर्ता, १ – २ मर्डर गरे नेता, गाजा चरेस तस्कर गरे मन्त्रि र आहिलेको गणतान्त्रिक नेपालमा त १ – २ मर्डर र गाजा चरेस तस्कर गरे त सिदै उपरास्ट्रपति तै पनि कसैले खुसकाउनै नसक्ने अझै त्यो भन्दा बादी गरे त के हो के……………….. | धन्य नेपाल, धन्य नेपाली नेता, जय नेपाल |

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • Mahesh

    येही त छ चलन नराम्रो काम को लागि एक जूट हुने राम्रो काम को लागि फुट्ने…

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

  • Bikram

    नेपाली जनता ले कहिले पनि राम्रा , सच्चा , नेता पाउनेभएन सबैलाई कुर्सि नै चाहिएको छ, साले चोर हरु….. के गर्नु पर्ला नेपाली जनताले सुख शान्ति पाउनको लागि????????????????????

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • madan bajracharya

      विक्रम जी
      रेट्नु पर्छ यस्तालाई शान्ति पाउन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    • Bikram K.

      मा पनि तपाई संग सहमत छु, सबै साले चोर नेता हरु मात्र छन् हाम्रो देश मा.

      मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 1

  • Pukar

    माओबादी मुर्दाबाद

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 1

  • विस्मृती

    बस्तुत प्रचण्ड कालापानी जानु र परमानन्द झा लाई हिन्दीमा सपथ गर्ने / गराउने काममा माओवादी दायाँ बाँया साक्षी वस्नु कम्निष्ट आन्दोलनको विरोधभास हो । हिन्दी भारितिय झुकावको सिम्बोल हो । कति कुरा मुखले नबोले पनि अर्थ लगाएर बुझ्नु पर्छ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 2

    • प्रेम अर्याल

      यहि त भनेको नि विस्मृति जी कति कुरा आफैले पनि बिस्लेसन गर्नु पर्छ घटनाक्रमले पनि एस्लाई बुज्न सजिलो हुन्छ, हिजो परमानन्द लाई अदालतको फैसला मान्न सल्लाह दिएका थिए प्रचन्डले अति खुसीको कुरा थियो, आजकै कान्तिपुरमा पनि माओबादीले एस बिधेयेक्ले नया बन्ने रास्ट्रपति प्रधान मन्त्रीलाई मात्रै लागु हुनु पर्छ तथा एस बिदेहक को बिपक्षमा उभिएको थियो तर एका एक रात पनि नबित्दै माओबादीले काचुली फेर्यो

      एका तिर कालापानी सुस्तामा भारतको भण्डा फोर अर्का तिर उसैको स्वागत् यो भन्दा ठुलो भ्रम अरु के हुन सक्छ, नेपालभित्र बोलिने सबै भासा को सम्रंक्षण गर्नु पर्ने मा दुइ मत छैन तर हिन्दीलाई राष्ट्र भाषाको रुपमा बिकाश गर्नु दुर्भाग्य हुने छ, सिधै समाते पनि या घुमाएर समाते पनि कानै सम्मत्ने हो भने झैँ माओबादीले कुर्सिको लागि जे पनि गर्ने रहेछ र आजको यो घटनाक्रमले यहि साबित गर्छ, माओबादी अब पाकेको कटहर झैँ थेचारिनछ बिस्तारै ……

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 0

  • durbasa

    धिक्कार छ सबै नेता हरु लाइ …

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4

  • tenzing sherpa

    हा हा हा हा हा अजै बाचुन्जेल यस्तो नौटंकी कति हेर्नु पर्ने हो ????हा हा हा हा हासौ मिलेर साथि हरु हो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

    • madan bajracharya

      तेन्जिंग जी
      यो नौटंकी होयिन षड्यन्त्र हो/ जमेर बिरोध गर्नु छ/ गोलित छैन हामि सिट, बोलि मात्र छ तेही हान्नु छ पड्काउनु छ/ अब अरु के भन्ने खै/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

  • P4R££N1T4~

    म पनि “थुइक्क” थुक्न सिवाय अरु उपाय केहि देख्दिन | सबका सब अवसरबादी हुन् | यी टट्टू र पट्टु एउतै घाटका मसानहरु हुन् |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 3

  • ये दलाल हरु हो नेपाल लै इंडिया लै हस्तान्तरण गरर आफ्नो स्वार्थ पुरा गरे हुन्छ नि

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

  • raj

    मदन जी यदि यो मदेशी ले माओबादीको कारण बाट उपराष्ट्रपति पद पायो भने माओबादी मुर्दाबाद|

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 4

    • पुष्प

      मधेशी होइन राजजी, यो त पक्का भारतीय हो; मधेशीको खोल ओढेकोमात्र हो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 7

      • bhakta

        हो त राज जी खै हामी नेपाली देश भक्त हौ भन्ने हरुले कुरा बुझेको?

        मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 0

    • R0BIN KALE

      मावोबादी ले हिजो परमान्द बिरुद्ध सारा जनता लाई सडक मा आन्दोलन गरायो , आज मावोबादी ले नै समर्थन गर्छ भने थुके को खकार फेरी चाटेर निलेको बराबर हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 3

    • द्रोण

      भारत् लाइ खुसि बनाउन भारत् को चम्चा को चाकडी गर्नु ,मावोबादी हरु लाइ धिक्कार छ |हिजो किन परमानन्द को बिरोध ,आज किन परमानन्द ठिक ??
      नेपाल को राजनीति बाट मावोबादी को काउन्ट डाउन सुरु भएकै हो त् ??

      तर जे भएपनि ,जुन प्रयोजन को लागि भएपनि सिमा मिचेको मा बिरोध गरेकोमा ,यो नौटंकी सरकार को बिरोध गरेकोमा चै मावोबादी लाइ धन्यबाद |
      संघियता को नाम मा देस के नेपालि को भाबना टुक्राएको मा ,देस लाइ आन्दोलन को नाउमा धोस्त बनाएको मा ,गाउमा लुटपाट ,जबर्जस्ति ,गरेकोमा |
      ((((दिर्घ कालिन रुपमा नेपाल लाइ इन्डिया मा मिलाउने ग्राण्ड डिजाइन को मेन सिखंदी को भूमिका खेलिरहेको ,भारतीय हरुद्वारा ,’नेपालि अशिक्षित गवार लिडे बहादुरे’
      सुन्दरी बाट अबैध गर्बाधान मावोबादी हरु लाइ धिक्कार छ ))))
      मावोबादी को निकास त् चिन बाट पो हुनुपर्ने !!!इन्डिया बाट हुन्छ बा यो अचम्म छैन ??इन्डिया ले हिजो ज्वाई जस्तो हुर्काएका हरु ठुलो ठुलो आवाज मा इन्डियाको बिरोध गर्दै नेपालि सेन्टिमेन्ट सग खेल्दै राजनीति गर्ने प्रचण्ड,बामदेब ,माकुने सबै एकै हुन् ,बिस्तारै पर्दा खुल्नेछ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

      • bhakta

        पुर्खा हरु नै भारत का हुन् के को बिरोध गर्नु इ माओबादी हरुले नेपाली सोझा सिधा जनता हरुको आखामा छारो हाल्ने काम गरि खत्तम हुने काम गर्दै छ….

        मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 1

    • Birat pradhan/Jiamusi,China

      यो त भारतीय दलाल भै हाल्यो तर येश्लाई फेरी कुर्ची दिनेहरु यो भन्दा ठुलो भारतीय दलालहरु हुन् .धिक्कार छ तिमिहरु जस्ता नेता र पार्टीहरुलाई जसले आफ्नो राष्ट्रिय भाषा को सम्मान गर्न सक्दैन .अर्को कुरा माओबादीहरुलाई जो चाडै नै सिमा मिचिएको ठाउँमा जादै छन् ,तिमि हरु त्यहाँ जानै पर्दैन ,त्यहाँ जानु को कुनै अर्थ नै छैन किनभने अब चाडै नै तिमिहरुलेनै यो भारतीय दलाल नै फेरी उपराष्ट्रपति को कुर्चीमा बसाल्दै छौ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

    • nabraj

      राज जी बल्ल आखा खुले जस्तो छ तपाई को यो त पुष्प कमल ले बानेसोर मा गर्जिदै भारत को बिरोध गरेको थियो नि हो तेई फल यो हो माफी माग्नु परेन बिचरा भारत को गुण नगाई त कुर्सि मिल्नु पर्यो नि हेर कत्ति परजीबी छ हाम्रो नेता हरु

      मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 2

    • madan bajracharya

      जान अधिकारको लालि पपमा लोभमा लठ्याएर भारतका दलालहरुले देसै बन्धकी राखे/ जस्तो नेताले जस्तै डिंग मारेता पनि सत्य त् यहिहो कि प्रजातन्त्रको नाममा हामि मात्र रुन सके, टोलाउन सके, घर पसल भित्र आफुलाई थुनेर थाप्लोमा हाट राख्दै कहिले बन्द को आदेश फिर्ता लेला र बाल बच्चाको भोक मिताउँन काममा लाग्न सकुँला भनेर कुर्दै मर्दै मर्दै जिउन परे/

      २००७ सालको परिबर्तन पछी पाएको जनाधिकारको लालीपप को स्वाद यहि हो/ गंगालाल धर्म भक्त सुक्र राज आदि किन सहिद भए आज त्यो पनि थाह भएँन/ राना किन हतायियो, पन्चे किन हटायो राजा किन लगारिये त्यो पनि थाह भएँन/ राजाले तप्प तप्प टिपेर मन्त्रि सांसद बनाए भन्ने हरुले आज आफै के गरिरहेको छ त्? राजा कानुन भन्दा माथि भए संबिधान भन्दा माथि भए भने/ आज यिनीहरु कस्ता छन् त्? पंचायतमा जनताको अधिकार भयन भने/ के आज छ त् जनतालाई कुनै अधिकार? हे आज बन्द छ भने पछी सपरिवार भोक भोकै घर छिडीमा कैद भयर बस्नु परेको छ/ उहिले कहिले नलुतिएको जनता आज घर खेत बिदेसिले समेत लुतायर बस्नु परेको छ/

      मावोबादीको सबै माग मानेर सम्झौता गरेर आफुलाई ठुलै नेता भनि स्वोघोसना गरेको नेताले उहिलेनै मावोबादीको माग मानेको भए २०औं हजारको ज्यान जानेनै थिएँन त् अब कसले मारेको भन्ने ती निर्दोष जनतालाई?

      १९५०को सन्धि ले कहिले उपनिवेश बन्न नपरेको नेपाल भारतको गोठ मा थुनेको गोरु जतिकै भए/ जल स्रोतमा बिस्वोको दोस्रो धनि देस भनिएको देसको सबै नदि मात्र बर्ष दुई बर्स कुर्सीमा टिक्न भारतलाई बुझाउंदै गए/ मैले कसले भनि लेख्ने पर्दैन सबैलाई थाह छ कसले ती नदि हरु भारतलाई बुझाए भनि/ आज मात्र नदीको नाम नेपालको पानि सबै भारतको भए/ कसले गरे यो घोर पाप? रानाले? पंचेले? राजाले?

      आज प्रजातन्त्र प्रजातन्त्र भन्दै हामि आज कुन देसको प्रजा भनि भन्नै नसक्ने भए/ घुस्याह छुल्याह भ्रस्टाचारी मात्रै रोज्न पाउने चुनावमा भोट दिलाउन हामीलाई घिच्याउन्दै लागे/ प्रजातन्त्र आए भने हामीले के पाए?कसैले नसुन्ने चित्कार गर्न पनि सम्म पनि पाएँन/ चोर लाई चोर भन्यो कि त् प्रजातन्त्र बिरोधि भन्ने ब्यबस्था पाए/

      आज भारतले मात्र नदि हरु कब्जा गरेनन/ काला पानि माथि कब्जा कयेम राख्न महाकाली नदि हसुएर बसे/ लाखौँ हेक्टर जमिन मिचे/तेतिले पनि नपुगेर अब त् तरायिनै कब्जा गर्न खोज्दै छ/ जनता चिच्याउन्दै छ थाह हुनेहरु प्रमाण देखाएर सरकार गुहार्दै छ/ तर सरकार चलाउने यी कुजात हरु होयिन भारतले सिमा मिचेको छैन भन्दै छ/ को हुन् यिनीहरु नेपाली त् हुन्?

      आज तराईमा नेपाली बस्न नसक्ने भए/ मधेसी भन्ने हरुले तरायिनै विदेश बनाउने भन्दै रहे/ अब तेस्ता सिट लौ त् तराईलाई विदेश बना भनि सम्झौता कसले गरे? गर्ने लाई सोधुँ भने, त्यो मर्न लागेको नाटक गरेर मुख लुकायर करोडौ डकार्दै बसिरहेको छ/

      खानु घुस खाने, कुकर्म गर्ने जमातको नाईकेहरुले उनीहरुले ल्याएको प्रजातन्त्रमा यो उपलब्ध भए त्यो उपलब्ध भए भन्छन/ खै जनताले त् केहि पनि भएको देख्दिन/ समय चक्रले त् खाने नपाएको बच्चा पनि जवान हुन्छ, पाखुरा ठुलो हुन्छ जुँगा उम्रन्छ/ २००७ साल देखि आजसम्म लगभग ६० बर्स मा अरु देसमा कति प्रगति भए हाम्रो देसको त् दुर्गति मात्र भए/ बिर गोर्खालीको देस आज मात्र लैनचौरको एउटा गुण्डाले हग भने हग्नु पर्ने मुत भने मुत्नु पर्ने लुटेको देस भई गए/

      हिजो यी भतुवा नेताहरुलाई गालि गर्ने राजा देखि रिसाएर हामीले राजा हटायौं/ तर को आयेत राजाको थाहूँ मा? नेपाल नमान्ने नेपाली बोल्नै नम्माने. संबिधान नमान्ने कानुन नमान्ने तेस्माठी घुस खाएको अभियोगमा सजाए पाएको लाई हामीले नमस्कार हजुर भन्नु पर्ने भए/ त्यो भन्दा त् नेपालीले हगेको गन्हाउने गुहु पनि मिठो मान्दै खाने सुँगुर नै गद्दीमा राखेको भए राम्रो हुने थियो/

      आजको यो दुर्गतिको लागि को दोषी छन् त् राना पनि दोषी छैन पन्चे पनि दोषी छैन राजा पनि दोषी छैन/ हामीनै दोषी छौं/ बारम्बार यी कुलंगार नेताहरुको पोल खुल्दा पनि हामि यिनीहरुको जन अधिकारको लाली पपमा लोभियौं/ पायेत हामीले जान अधिकार?

      जनाधिकारको लालीपप को पछी भाग्दा आज बीसौं हजारले ज्यान गुमाए/ देसको ठुला ठुला नदि, लाखौँ हेक्टर जमिन भारतले क्वाप खाए/ केहि दसक पछी बिस्वोमा बाताबरण परिबर्तन को कारणले पेट्रोल भन्दा सुद्ध पानीको अभाव हुन्छ/ पानीको धनि हामि नदि हाम्रो तर हाम्रै पानि र बती भारत सिट किन्नु पर्ने भए मागी खानु पर्ने भए/

      अब यो नै बिकाश हो, प्रजातन्त्र हो भने हामि फर्कन तयार छौं/ टुकी बालि बस्न तयार छौं/ तर देसको अस्मिता र भाबि सन्ततिको सम्पति नदि नाला कसैको कुर्सिको लागि बंगलाको लागि बिकेको सहन तयार छैन/

      जस जसले आज देसको सिमा मिचिंदा पनि मिचेको छैन भने तेस्को मति बिकेको छ तेस्ताको भासन अब सुन्नु छैन र तेस्ताको शासन पनि अब भोग्नु छैन/ जिउँदो कोहि छैन भने मारिएको गंगालाल बा सुक्रराज बा धर्म भक्त मध्य कुनैको सालिग़ लाई राजा बनाउँला रास्ट्रपति बनाउँला/ अमर र्सिंग, भक्ति थापाको तस्बिर लाई प्रधान सेना पति बनाउँला/ तर यी दिल्लीको दासहरुको राज अब हामीलाई चाहिंदैन/

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

      • द्रोण

        मदन जी
        नेपाल मा बिना ग्रिह युद्द नेपालि नेपालि बीच एकता कायम हुन् सक्थ्यो ,तर येक आपस मा घृणा को बिज यति बिघ्न रोपिएको छ कि अन्तात्तोगत्त्वा एक मदेस एक प्रदेस को भारतीय चाहना पुराभायेर नै छोड्ने छाट काट छ |
        आफ्नो भरौटे हरुलाई सत्ता मा राखेपनि इन्डिया नेपाल लाइ लिन पनि न सक्ने र ओकल्न पनि अबस्था मा छ | उसले नेपाल लाइ बेस्कन तहस नहस त् बनाएकै छ ,तर कुनैदिन येतई को रोग सरेर आफु पनि धोस्त हुन् सकिन्छ भन्ने कुरामा उ सचेत छैन |

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

        • madan bajracharya

          द्रोण जी र hankido जी
          अरु त् अरुनै भए, हामि माई संसारका साथिहरुमै रास्त्र्बाद्को कुरामा समेत यकता छैन त् अब के भन्ने खै/

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • hankimdo

        जति गरे पनि मदन जी यी कुकुरको पुछार सोझो हुने होइन नेपाली त रुदा रुदा अब आँशु पनि सुक्ने भयो !!!

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • nabinadhi

    हा हा हा हा ………………. देखनु पर्यो कहिँ न भाको जात्रा हाडीगाउँ मा,,,,,,,,,,,,,,,, अब गिरिजा पनि राष्ट्रपति हुने होला नि …………… हा हा हा हा हा हा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 2

  • madan bajracharya

    यदि यो सहमतिकै कारणले नेपाल, नेपाली भाषा, संबिधान र सर्बोच्चको गरिमा बिरुद्ध बिख बमन गर्ने परमानंद्लेनै फेरी उप्रास्त्र्पति पद पाउने भए, म नेपालको नागरिकको हैसियतले यिनीहरुलाई “थुक्क” थुक्ने बाहेक अरु दिने केहि छैन/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 161 Thumb down 8

    • पुष्प

      समर्थन ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 47

      • ram

        छि छि …………………..छि ..छि………………….छी…………………………………छि छि……………………..छि छि………………..छि………….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 4

      • Sasang Lama NY

        राजनीतिका घुमाउरा र भेउ पाउन नै नसकिने झेली खेलहरुले अन्तत्वोगत्व राजनीतिक पार्टीहरु नेपाली जनता सामु नांगिन्छ र तिनले जनताबाट सजाय पाउँछ, पाउँछ| चेतना भया !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1

      • Munna

        समर्थन के को हो बुझ्नै गार्हो भयो ? तैपनि झा (मधेसी होइन, India को खोल ओडेर बस्ने) र रचनात्मक काम गर्न छोडेर यस्ता घटिया निर्णय गरेर बस्नेहरुलाइ थुकिदिए “थुक्क” . आच्हः monitor को screen झन्डै बिग्रेंन थुक ले !!!!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

      • biki

        ल जनमत संग्रहमा सहभागी बनौ !!!!!!!

        झा लाई पुनः उपराष्ट्रपतिको पदमा क्रियाशील गराउनु उचित हो वा उनुचित हो??????

        आफ्नो अमुल्य मत प्रदान गर्नुहोस,
        note: उचित को पक्ष्यमा हुनेले हरियो र बिपक्ष्यमा हुनेले रातो ………

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 27

    • Bibek

      राष्ट्रबादी नेपालीहरु नेवार, तामांग, मगर, गुरुङ, बाहुन् भएर फुट्नुको सट्टा एकजुट भएर यी सारा नेता तथा भारतिय टट्टू हरुको बिरुद्ध एकजुट हुनुपर्ने बेला हो यो…..
      भारतको ग्रान्डप्लान को बिसलेसंड येस लिंक मा हेर्नुहोस ….

      http://bangladesh-web.com/view.php?hidDate=2006-06-09&hidType=OPT&hidRecord=0000000000000000111234

      अब भन्नुस नेपाली नेताहरु यसरिनै अगाडी बडेमा भारत असफल होलार ??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 3

    • Himalee

      एमाले र कांग्रेको मृत्युमा माओबादी पनि सती गएछ /

      पशुपतिनाथले रक्षा गरुन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 6

    • Ram bd lama

      यी नेपाल का ९५ % पार्टी हरु नै इन्डियन दलाल हरु हुन्………माओबादी, काँग्रेस, एमाले, मदिसे दल अनि अरु दल सबै ययूतई द्यंग का मुला हरु हुन्…………..माओबादी को भारत को बिरोध गर्ने नौटंकी पनि सबै सत्ता को खेल हो !!!!!!!!!!!! यिनीहरु ले इंडिया रिसाउने केहि काम गर्न सक्दैनन…….. आखिर मालिक न पर्यो…………थुक्क हामि नेपाली हरुको भाग्य!!!!!!!!!!!!
      जाति-भाषा-धर्म मा राजनीति गर्ने इन्डियन दलाल माओबादी र अरु पार्टी मुर्दाबाद!!!!!!
      जय नेपाल, जय नेपाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 1

    • Ram Madhesi

      कतिलाई थुक्नुहुन्छा, चुप लगेर बस्नुस हैन भने शरिरमा पानी को अभाब ले मर्नु हुन्छ.

      बधाई छ झाजी

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 38

    • rajesh

      हैदैजम साथीहरु कुनै दिन एस्तो नि आउछ जुन दिन हिन्दी भाषालाई पहिलो भाषा हो भन्ने छन् समर्थन पाउनको लागि ….आनी फेरी एक दिन एस्तो आउछ नेपाली नेताहरु नेपाललाई भारतको एउटा प्रान्त पानी बनाउछन नेपालको chief minister बन्नको लागि …कोही नेता राम्रो आएन नेपालमा ..सब कुर्ची को लागि आउने भए …नचाहिने सबै कुराको सहमति गर्छन

      मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 1

    • Jillabashi Baburam

      थुक्क देश बेचुआहरु!
      धिक्कार छ!

      मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

    • बीर

      माओबादी पनि कुन अर्को ग्रहबाट आएका हुन् र ? त्यही ड्याङ्गका मुला त हुन् | कुर्सि नपाउदा सम्म मात्रै हो यिनले सडक र लाटासोझा जनता तताउने | परी आएको बेलामा उही धोतीले भन्या जस्तो “भिगी बिल्ली” नै हुन् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • suresh

      जसले नेपाली भासा जानदैना तेश्लाई फेरी सरकारमा? यो हुना सक्दैना

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes