Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

'मालिक'ले बल्ल मुख खोल्यो

हैन साँच्ची मैले के बोल्या रैछु हँ: भारतीय सेनाप्रमुख दीपक कपुर। फोटो सौजन्यः एपी

भारतीय सेनाध्यक्ष दीपक कपुरको भनाईलाई लिएर माओवादीले बबाल गरिरहेको बेला आज बल्ल भारतले प्रतिक्रिया दिएको छ। माओवादी सेना नेपाली सेनामा समायोजन गर्न हुँदैन भन्ने कपुरको अभिव्यक्ति सार्वजनिक भएको झण्डै आधा महिनापछि कपुरका ‘मालिक’ले मुख खोलेका हुन्। भारतीय दूतावासले अहिले साँझ जारी गरेको प्रेस विज्ञप्तिमा हाम्रा आर्मी चिफले त्यसो भनेकै हैनन्, यहीँका मिडियाले ठूलै तोडमरोड गरेर उनको भनाई बिगार्‍या हुन् भनेर आरोप लगाइएको छ। बोल्ने बेलामा होस नपुर्‍याइ बोल्ने, अनि पछि आएर मैले त्यसो भनेकै थिइनँ भन्ने उपाय नै सबैभन्दा सजिलो रहेछ। नेपालका नेताहरु पनि उस्तै, भारत पनि उस्तै। सब दोष मिडियालाई लाइदियो आनन्द। यदि त्यसो भनेकै हैन भने त्यस्तो खबर आउने बित्तिकै किन खण्डन नगर्‍या त। उतिबेला चुप बस्ने, अनि अहिले कुरा ठूलो बन्दै गएपछि बल्ल मुख खोल्ने। फेरि त्यो भनाईले भारत सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दैन भनेर भने पनि भारत सरकारको आधिकारिक धारणा चैँ के हो त, त्यो चाहिँ वक्तव्यमा लेखिएको छैन। त्यो पनि खुलाइदिएको त टण्टै साफ हुन्थ्यो नि।

भारतीय सेना प्रमुखको भनाईसम्बन्धी यो समाचार पहिलो पटक ‘कान्तिपुर’ दैनिकको पुस ५ गतेको अंकमा छापिएको थियो। के लेखिएको थियो त त्यसमा हेर्नलाई क्लिक गर्नुस्।

माओवादीको नाम नलिइकनै विज्ञप्तिमा ‘केही राजनीतिक दलहरुले नियतबस यसलाई तोडमोड गरी भारतलाई विवादमा मुछ्न खोज्नु दुःखदायी रहेको’ टिप्पणी गरेको छ।

केही दिनअघि भारतीय राजदूत राकेश सुद दिल्ली जानुअघि प्रचण्डसँगको भेटमा यही कुरालाई लिएर चर्काचर्की भएको खबर आएको थियो। प्रचण्डले सेना समायोजनबारे भारत सरकारको आधिकारिक धारणा के हो भनेर सोधेपछि सुदले म मेरो सरकारलाई सोधेर बताउँछु भन्दै दिल्ली गएका थिए। त्यसपछि भारतको यो विज्ञप्ति आएको हो।

प्रचण्डले तेस्रो चरणको आन्दोलनको समापन सभामा ‘सेना समायोजनको विरोधमा बोल्ने को हो त्यो ? नेपालको गभर्नर हो त्यो ? ‘ भन्दै दीपक कपुरको चर्को आलोचना गरेका थिए। भारतको समेत चर्को आलोचना गरिएको त्यो भाषणपछि नै भारतको धारणा आउँछ होला भनी अनुमान गरिए पनि आज बल्ल यो विज्ञप्ति आएको हो।

विज्ञप्ति कपुरले नेपाल भ्रमण गर्ने १५ दिनअघि आएको हो। यसअघि उनी माघ १८ गते आउने कार्यक्रम तय भएको थियो। माओवादीले माघ १० गतेदेखि अनिश्चितकालीन बन्द गरे बन्दको आठौँ दिन उनी नेपाल उत्रँदै थिए। तर अहिले त्यो कार्यक्रमलाई परिवर्तन गरी माघ पाँचै गते आउने भएका छन्। ५ गते आएर ८ गतेसम्म उनी बस्नेछन्। त्यस क्रममा राष्ट्रपति रामवरण यादवले उनलाई नेपाली सेनाको प्रधानसेनापतिको फुली लाइदिनेछन्। भारतका प्रधानसेनापतिलाई नेपालमा र नेपाली प्रधान सेनापतिलाई भारतमा मानार्थ प्रधानसेनापतिको दर्जा दिने पुरानो चलन रहेछ।

भारतीय दूतावासले निकालेको विज्ञप्ति जस्ताको तस्तै-

प्रेस विज्ञप्ति
भारतीय सेनाध्यक्ष जनरल दीपक कपूरले नेपाली सेनामा ‘जनमुक्ति सेना समायोजन’ सम्बन्धमा व्यक्त गर्नुभएको धारणा संचार माध्यमले पूर्णतया बङ्ग्याइ प्रकाशित गरेको प्रति हाम्रो ध्यान आकर्षण हुनको साथै उक्त भनाईले भारत सरकारको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैन। तसर्थ, केही राजनीतिक दलहरुले नियतबस यसलाई तोडमोड गरी भारतलाई विवादमा मुछ्न खोज्नु दुःखदायी रहेको छ। समग्र दुईपक्षीय मैत्री सम्बन्धलाई जगेर्ना गर्दै भारतीय र नेपाली सेनाबीच लामो समयदेखि संस्थागत साथै निकट सैनिक तथा रक्षा सम्बन्ध कायम रहेको छ।

मिति : २०६६/९/२०

Press Release

We have seen media reports attributing certain remarks to the Indian Chief of Army Staff General Deepak Kapoor on the issue of ‘PLA Integration’ in Nepal Army which are highly distorted and do not reflect Government of India’s position on the issue. It is therefore regrettable that certain political parties are deliberately exploiting these distortions to generate a controversy involving India. In keeping with our overall friendly bilateral relations, India and Nepal share close military and defence ties with long standing institutional linkages between the Armies of the two countries.

Kat/1/2010
January 4, 2010

Related posts:

  1. वार्ता अधिकारसम्पन्न (मालिक)सँग नै हुन्छ नोकरसँग होइन
  2. अब मालिक मारिन थाले
  3. उपेन्द्र यादवले बल्ल बोले
  4. दुई हप्तापछि बल्ल उठ्न थाल्यो इराकको कुरा
  5. मुख मै आएको हड्डी खोसियो झलनाथको

56 comments to ‘मालिक’ले बल्ल मुख खोल्यो

  • Nabaraj Rai

    म यी इन्डियन धोति हरुलाई घृणा लाग्छ अनि हाम्रा यी किहिमित्रा हरु को प्रतिक्रिया पढ्दा दोतिकै पक्छामा हुनुहुन्छा / एक नेपाली भएर बिदेशी हस्ताछेपको स्वागत गर्नु आफैले आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हो / मित्रहरु हो के तपैहरु ती धोति हरु बाट पेलिना चाहनु हुन्छ …? नोकर बन्नु चाहनु हुन्छ ??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • neerman-Baltimore

    In the modern age of Information technology, everything is recorded and observed and I am sure that what Indian Chief of Army Staff General Deepak Kapoor said in the issue of ‘PLA Integration’ in Nepal Army might have been recorded in some ways as a proof. Why so much media-war? Lets show them proof and fight against it.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prabudha

    मालिक ले त मुख खोले खोले अनि कमरेड प्रचण्ड ले पनि मुख त खोले अनि फेरी बन्द गरेछन| कृपया लिंक सुनौ कमरेड प्रचण्ड को आवाज मा:
    http://www.archive.org/details/PrachandasSpeech

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    खण्डन गरे, राम्रो गरे ,,,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ravi

    पछाड़ी बाट बोल्न त सजिलो हुन्छा नै.हेरौ YCL ले के गर्छ कपूर आउदा ? नेपालमा अर्काको जग्गा कब्ज़ा गर्ने र गणतन्त्र घोषणा गर्ने जस्तो सजिलो त हुन्न होला क्यारे!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Kumar

    Men killer Maoist should not be in army who stand for protection. India should not interfare in our things but I can as I am a nepali. Thought of India is appreciable. We must avoid terrorist from Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Bhardwaj Nepal,

    धन्न भारतीयलाई यतिको सम्म भन्न लगाउने प्रचण्ड लाई धेरै धेरै धन्यबाद /

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • shyam

    India shuold understand one thing that it can not survive with all enemies surrounding all four directions. India should also understand that they can not solve Maoist problem back in home which had been there for more than 40 years, but Nepal on the other hand is in the verge to conclusion of same type of problem. In this context Nepal is superior to India. Nepal was and is always a sovereign state but India was colonised first by the Afganis(Mughals), then by the British. And Nepal is not in the mood to be colonised by the Indians the slaves of Afganis and British. Nepal would rather seek to regain it’s looted territories by the British-India.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • साथी हो जन हत्यारा ज्ञाने को शाही सेना को बिरुध माँ र जनता को लागी ज्यानको बाजी लगाउने नेपाली जनता को बहादुर सिपाही हरु हून लाल सेना, यिनिहरुलाई माओबादी सेना मात्रै सम्झंनु मुर्खता हुनेछ,सबै लाइ चेतना भया,

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • लाल सलाम कामरेड प्रचंड मलाई गर्व छ तपाई जस्तो नेता पायकोको माँ , यसमा सबै नेपाली ले गौरब गर्नु पर्छ , नेपाली को जय होस

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • सुनिल

    नोकर र मालिकको भाषणको पछाडिको दृष्यहरु प्रष्ट हुन समय लाग्छ नै होला। दुतावासको यो वक्तव्य प्रचण्डको चर्को आलोचनाले गर्दा नै आएको हो। नेपाल सरकारको आधिकारीक निकायले भारतिय सेनाधक्ष्यको भनाई प्रतिको भारतिय सरकारको ध्यान आकर्षण गरेक सुनिएको छैन। विवाद माववादि जनसेनालाई नेपाली सेनामा समाहित गर्ने कि नगर्ने भन्ने हुनु नपर्ने हो जो बिस्तृत शान्ति सम्झौतामा उल्खेक भइ सकेको छ, बरु यसलाई समायोजन कसरी गर्ने भन्ने विषयमा विवाद देखिनु स्वभाविक हो।
    तर नेपाली राजनितिमा देखिएको भारतिय विस्तारवादि छाँयालाई कति कथित राट्रवादि नेताहरुले बुझे पनि अबुझ जस्तो हुनुले राम्रो संकेट देखिन्दैन। मा’वादीको जातिय आधारमा संघियतामा जाने जति राष्ट्रघाट छ त्यति नै यो मुद्दालाई त्यति कै सेलाउन दिनुमा हुने छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • हिमाली

    प्रिय सालोक्य जी,
    तपाइले लेख्नु भएको निम्न हरफहरु प्रति मेरो गम्भीर आपत्ति छ :

    ” भारत सरकारको आधिकारिक धारणा चैँ के हो त, त्यो चाहिँ वक्तव्यमा लेखिएको छैन। त्यो पनि खुलाइदिएको त टण्टै साफ हुन्थ्यो नि।”

    किन?

    हाम्रो राष्ट्रिय सेनामा अरु कुनै दस्ता (चाहे माओबादीको सेना होस् चाहे तराइबादीको सेना) लाई समायोजन गर्नु भारत् सरकारलाई सोधिराख्नु आवस्यक नै छैन / यदि हामीले येस्ता प्रश्न गर्ने गल्ति गर्यौ भने उ त्यति नितिवान छैन कि उसले “यो तिमीहरुको मामिला हो हामी बोल्नु मिल्दैन” भनोस / उ त येस्तै मौकाको खोजीमा छ कहिले कुरो उप्केला र कोट्यौला भन्ने दाउ मा छ /

    जय नेपाल
    हिमाली

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • पुष्प

      सही कुरा हिमालीजी ।

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • sanjaya

    भनेको कुरा होइन भन्न बाध्य हुनुपर्यो भारत, यो देशमा अब प्रचण्डकै शब्दमा भन्ने हो भने “बिदेशी प्रभुहरुको आडमा सत्तामा टिक्ने युग समाप्त भैसक्यो”

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 5

  • Sheela

    प्रचण्ड जस्ता रास्त्रब्बादी नेता नहुनुको कारण नेपालले बिगतमा मिचाहा भारतद्वारा हेपिएर हिनताबोध गर्नु परेकोमा अब तेस्तो स्थितो रहेन/ रास्त्रियता को मामलामा सबैले साथ् दिनु पर्ने होइन र तर नेपाली प्रेस जगत किन येत्रो बिघ्न भारतको दलाली गर्दै छ, यो बुझ्न नसकिने कुरा हो….
    कम-सेकम भारतलाई यो बोल्न बाध्य पर्ने प्रचण्डको शाहस लाइ लाल-सलाम!!
    हे प्रचण्ड, अब नया साध-सिमाना पनि गाड र पारबहन सुबिधा (अंतर्रास्त्रिया कानून अनुसार पाउने) पनि दाबि गर/ कठपुतलीहरुले के भन्छन तेतातिरा नसुन, बहुसंख्यक नेपालि जनताको आर्तनाद सुन है/

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 5

  • Raag

    जे होस् फेस तु फेस कुरा गर्ने पर्दा भारतले त्यति हेपेर कुरा नगरे जस्तो लग्यो, यसको मतलब नेपालकै नेताहरु भारतको आगाडी फेस तु फेस कुरा गर्न दरौदो रहेछा र तेस्तो नेपालको नेतालाई यहाकै नेताले बिरोध गर्दो रहेछा भाने कुरो बुझियो तेसैले आब नेपालको बारेमा इन्डिया सित कुरा गर्न सरकार होइन जनता नै तत्तिनु पर्छा भन्ने प्रचण्डको भनाइ केहि मात्रामा सहि भयो त.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • nimesh, BKK

    भारतले पनि प्रचण्डलाई ब्यङ्ग गरेको नि . अरु के हुनु हो . तिनीहरुले पनि सिकेछ आखिर ब्यङ्ग गर्न त. जस्तालाई त्यस्तै, निस्तालाई उस्तै !!!!!
    “भारतका प्रधानसेनापतिलाई नेपालमा र नेपाली प्रधान सेनापतिलाई भारतमा मानार्थ प्रधानसेनापतिको दर्जा दिने पुरानो चलन रहेछ।” यो चलन नै हटाउनु पर्छ
    जस्तो मलाइ लागेको छ किनकी एउटा मेखो मार्ने हैन क्यारे यो चलनले !!!! झन पो हाम्रो सिमा मिचेको मिचेई छ त .
    माओवादीले त्यो कपुरलाई माफि मगाउनु पर्छ, केवल स्पश्तिकरनले मात्र हामि चुप लाग्नु हुँदैन . खै हेरौ प्रचण्ड कमरेडले पनि त्वं शरणं गर्ने हो कि???

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

  • sudarshan

    चोर ले म चोर हुम भन्छ र ? अनि भारत को आधिकारिक धारणा थाहा पाएर लड्न जानु ? भारत ले अहिले देखि हो र हेपेको ?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • Prakash

    सबै भन्दा दुखको कुरा त सबै नेपाली नेता भनौदाहरुले यो अभिव्यक्तिको खण्डन गर्न नसक्नुमा छ ,खोइ त नेपालीहरु यस्तो सम्बेदनशील कुरा मा नि एक हुन सकेको??? अरु देशमा भए सबै पार्टी र नेताहरुले खुला रुपमा बिरोध गर्थे तर हाम्रो नेपालमा सरकारमा हुने पार्टीहरु ले त बिरोध गर्न सकिन बाबै …कस्तो जमाना आको हो?? खोइ के भन्ने हो ???

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • गोरख

    धोती को जात नै तेस्ताइ हो चर्को बोल्यो भने डरौछ …. धोती को सल्लाह नेपाली को हल्ला भनेको तेइ हो । तिमी नेपाल अनी नेपाली को लागि महान छौ प्रचन्ड । धोती ले खेदो गरेको हामी शाहअन्नौ मर्ने एक पल्ट हो देसको लागि लड्न मर्न हामी तयार छौ । कथापुतली लाई बोलेर हैन गरेर देखैदेउ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 11

    • Bibek

      तपाई को मन मा कति घृणा छ मित्र , अलिकति कम गर्नुस. “धोति” तराई मूल का नेपाली ले पनि लगाउने पोशाक भएको र हिन्दु धर्म शास्त्र मा देवी देवता को कल्पना हामी “धोति” लगाएकै अवस्था मा गर्छौ न कि कोट पैन्ट र दौरा सुरुवाल मा. त्यसैले “धोति” शब्द को अपमान गर्नु भनेको आफ्नो सभ्यता संस्कृति , देवी देवता, आफ्नै पूर्वज र आफ्नै देश को तराई मा बस्ने दाजु भाइ को अपमान हो, यसले नेपाली – नेपाली बीच को सम्बन्ध मा खाडल बढाउछ . मैले लेखेको कुरा मा सत्यता न भए कुन वाक्य गलत छ वा झुठो छ कृपया प्रस्ट पारिदिनु होला.

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 9

  • Ishwar Dahal

    “गोर्खाल्यान्ड़का लागि हाम्रो पूर्ण समर्थन छ ” लाई मिदियमय बनाउनत.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

  • आफ्नो ठाउँ छाडेर भागेको कुक्कुर लाई अरु को टोलमा जादा सबै टोलका कुक्कुर ले खेदेको बेलामा जुन्कुकुर लाई देखे पनि मुख फर्काएर हेर्दै दारा निछा देखाउदै झम्टिन्छ तेस्तै मौबदी लाई पनि तेस्तै भएको छ आफ्नो टोल छोडेर किन भाग्न पर्यो आफ्नो देशको कुरा आफ्नै देशमा मिलाए भै हाल्छ
    अब हेरदेयी जाऊ नेपाली जनता हरु ,,,,,,,, आतंककारी ले दुख दियो भनेर अमेरिका ले अफगानिस्तान हने जस्तै नेपाल मा पनि भारतको सुरक्च्या मा खलल पुग्यो भनेर नेपाल हान्न के बेर बेली मा होस् पुरौना पर्ने एस्तो सम्बेदन सिल कुरामा किन ध्यान नगएको होला गुखाने नेता हरुको.

    राष्ट्र नै नरहे के को रस्त्रियेता ……………… राष्ट्र नास गर्न लाई पनि के को रस्त्रियेता भन्ने खोईईईईई ………..

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 8

  • SONAM (tHE nEPALI bABU)

    I really agree with you Saroj jee, we should hang all these so called dirty politician leaders one by one and we should behave to India also tit for tat. We don’t have any an option left now. It’s really too much. Bloody India is doing what ever they want and what ever they can do with us they don’t have any single right to interfere to our internal matter. Our so called politician leaders are dong no thing for that. They are just dancing over on fingers of an Indian.
    Dear Indian Leaders, Diplomatic and Indian People please stop playing and interfering with our internal matter.

    And you so called Nepali Political Leaders stop behaving like monkeys and think about Nation and Nepalese people.

    We want peace in NEPAL
    We want peace in WORLD

    Thanks
    SONAM
    DOHA

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • जीवन

    बोल्ने बेलामा चाँही जे पनि बोल्ने अहिले होइन भनेर नेपालीलाई मुर्ख बनाउन खोजेको ? यो धोतीहरुले त भोली जे पनि भन्न सक्छ । त्यो कपुर भन्ने कपुतलाई नेपाली सँग माफि मगाउनु पर्छ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

  • Pawan poudel

    अरु नभयपनि कालो झंदाता देखौलन नि y syal हरुले ki नेपाली मालिक लै मात्रै हो देखाउने बिदेसी y sel क मालिक लै देखौदैनन ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 11

  • सुरज श्रेष्ठ

    हामी नेपाली मुख्य कुरा भन्दा झिनो मिनो कुरामा धेरै केन्द्रित भएको लाग्यो |

    कुकुर कराउदै गर्छ हात्ती हिर्दै गर्छको बानी हामी नेपालीले बसाउन सके मात्र नेपालमा काम हुन्छ | अन्यथा येही हालत मा गएको १४ (१९९६-२०१०) बर्ष झैं अर्को १४ बर्ष फेरी खेर जान्छ |

    गिरिजा, माकुने, प्रचण्ड, यादव, झा हरुले भारतलाई शाश्टाग़ प्राराम गर्दै राखेमा यहि हालत हुन्छ |

    सुरज श्रेष्ठ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

  • saroj

    it shows the real attitude of India regarding Nepal.so they can twist and turn Nepal in any direction they want.our bad luck,our politicians are always love to dance in their twisting and turning music.so god save our peace process

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 1

  • kesu

    यो कपुर नेपाल आउदै छ रे अब तेस्लाई वि-श्याल लगाउनु पर्यो अनि भाटा कारबाही गर्नु पर्यो दुलो मा लुकेर बस्ने होइन है वी-श्याल.
    जय नेपाल.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 24

    • येही भाटा कारबाही को बुधिले येह सम्म आइपुग्यो नेपाल अब फेरी भाटा ……….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 14

      • kesu

        भाटा=भारत टाप कस्ने भनेको के फेरी भारत मा बसेर नेपाली लाई ठोक्ने.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 12

        • hankimdo

          केसु जी,
          कुरो बटार्न खप्पिस हो ………..ल ल

          मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

  • kesu

    यो प्रचण्ड र कपुर (भारत) को बनि उस्तै रहेछ. पहिला बोल्ने अनि तेसो भनेको होइन भन्ने. दुवै को दिमाख ठिक छैन.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 27

    • Kamala

      ठिक भन्नु भयो साथी, पहिले बोल्ने अनी तेस्पछि ब्येक्तिगत धारणा भन्ने !

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

    • प्रेम अर्याल

      ठिक भन्नु भो केशु जी, कुरा घुमाउन प्रचण्ड ले नै सिकाएका त हुन्,

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

    • पुष्प

      प्रचण्डै कारण आज भारतले कुरा फेर्न बाध्य हुनुपरेको हो केशुजी । सलाम छ प्रचण्डलाई ।

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

      • preska

        प्रचण्ड हैन तेस्को नाम पुष्प कमल हो नागरिकतामा जे छ त्यो नामले बोलाउनु पर्छ , पुष्प जी तिमि पनि पुस्पकमलको मित ज्यु परेछौ तेसैले सलाम दिएको होलाऊ बरु पुस्पेलाई सलाम दिनु भन्दा तिम्रो आमा बाबालाई ढोग किन कि पुस्पेलाई सलाम दिएर केहि पउनेवाला छैनौ बरु तिम्रो आमा बाबाले बरु राम्रै आसिर्बाद देलान हैन र???

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

        • पुष्प

          प्रेस्काजी,

          आमा-बुबालाई ढोग गर्ने त छँदै छ नि । तर देशको सार्वभौमिकता रक्षामा डट्नेहरूलाई सलाम नै गर्नुपर्छ ।

          मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • prakash gautam

    at least response त दिएछ |

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 9

  • pratap

    हा हा पत्रकार त् फटाहा पो हुदा रहेछन भारत को बारेमा लेखेकी
    भारतले होइन भनिहाल्छ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 4

  • arjun ghimire

    अब नेपाली जनताले भारत बिरोधि आन्दोलन उठाउने भय भनेर भारत यक कदम पछाडी हट्यो अब सबै नेपाली जनताले भारत ले गर्दै आयको हस्त छेप लाइ कडा पर्तिकार गर्र्यौ भने उसले नेपाल लाइ हेप्ने थियन कि ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 8

  • Mekh Rana Magar

    चोर ले म चोर भन्ने कुरा नै हुदैन भारत ले त झन् के भनोस . मरेको धोति ले जिउदो नेपालीलाई ठग्छ रे भन्छन

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 9

  • section timsina

    खै क भन्नु कसको गल्ति हो …..सबै आफ्नो आफ्नो कुरा ठिक भन्छन ….हामीले त खाली अर्का को कुरा सुन्ने मात्र हो …ठुला बडा ले जे भने नि तेही साचो …..पत्रिका ले जे लेख्यो तेही पत्याउनु पर्ने …..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 9

  • chandra bahadur B k

    होइन यो भारतले के गर्न खोज्दैछ ? बोल्ने बेलामा जता भावी बोल्छन पछी होइन भन्छन, यो सब हामि नेपाली लाइ कम्जोर पार्ने खेल हो भारत को ।भारत कहेइलेइ पनि नेपाल को भलो चाहदैन तेसैले नेता जी हो बिचार पुर्याएर अगी बड्नुस ।
    नेपालि ले कसैको सामु सिर झुकाउने छैन।
    जय नेपाल, जय नेपाल

    चन्द्र बहादुर बि क
    देउराली,तिन,नवलपरासी हाल
    साउदी अरेवीया रियाद सुलाई

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 14

    • peace shrestha

      हो…यो माओबादीका कार्येकर्ता (जनसेना भन्छन क्यारे तिनीहरुले) लाई नेपाली सेनामा समाहित गर्न हुदैन| तेसो हो भने तराईका सबैजसो समूह संग सेना छ| सबै लाई गाभ्ने? त्यो राजनीति दलको कार्येकर्ता हुन पार्टी को झन्डा बोके हुन्छा अथवा नेपाली काँग्रेसले भनेझैँ अरु नै राष्ट्रिय हित क कम मा कुनै बेवास्ता गरे र पुनर्स्थापना गर्दा हुन्छ तर नेपाली सेनामा समायोजन गर्न हुँदैन|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 84 Thumb down 86

      • sabi

        हो ठिक हो भारत को आर्मी चेफ ले भनोस नभनोस मा चै भन्छु माओबादी लै नेपाल आर्मी मा संलग्न गराउनु जस्तो मुर्खता गर्नु देश को लगियो भयङ्कर साबित हुनेछ.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 44 Thumb down 39

        • madan bajracharya

          सबी जी
          ठिक भन्नु भयो/ पार्टीको सेना पार्टी सिट आबद्ध हुन्छ/ यस्तो सेना रास्त्रिये अनुशासनमा बस्न अलि गारै हुन्छ/ तेसैले साथीहरुको कुरा नकार्ने कुनै आधार दिन सकिन्न? तर यसमा हजारौं तर हरु छन्/

          देसमा मावोबादी जन्मेको भन्दा जन्माएको हो/ मावोबादी आंतक बादी बनेको भन्नु भन्दा उनीहरुलाई आतंक बादी बनाएको हो भन्ने कुरामा धेरै आधारहरु छन्/ कहिले त्यो मावोबादीको माग अरास्त्रिये माग भन्ने कहिले तिनै माग रास्ट्रको क्रान्तिकारी परिबर्तनको मूल आधार मान्ने; यो दोहरो कुटील कुनितिको कारण दोहरो गोलीको मारमा २०सौन् हजार नेपाली ज्यान गुमाए/ दोष एक्लो मावोबादिमा जान्दैनन्/

          मावोबादी लाई निर्मुल गरेनन भनि कृस्ण प्रशाद भट्टराई लाई पद च्युत गर्ने ले शेर बहादुरले अंतर्रस्त्रिये सहयोग समेत लिएर मावोबादी निर्मुल गर्न खोज्दा रोके/ त्यो कपुत्नै बीसौं हजार जनता मारिएको मा मावोबादी भन्दा बढी जिम्मेवार छन्/

          तेही कपुतले मावोबादीको सेना रास्त्रिये सेनामा मिलाउने र मावोबादी सेनालाई रास्त्रिये सेनामा नामिलाउन्जेल भत्ता ख्वाएर राख्ने भनि तेही कपुतले सम्झौता गरेका थिए/ आज तेसैले मावोबादी सेना रास्त्रिये सेना मा मिलाउनु घातक हुन्छ भन्न लगाई रहेछ/
          के चाहेको हो त्यो कपुत ले?

          हो पार्टीको सेना रास्त्रिये सेनामा मिलाउनु हुन्न तर उसले सम्झौता किन गरे? तेतिबेला मावोबादिले उसलाई प्रथम रास्ट्रपति बनाउने कुरा नालोभ्याये सम्म उसको पार्तित संबैधानिक राजतन्त्र मान्ने पार्टी भन्दै भाषण ठोक्दै गरेको थियो/ मात्र उ रास्ट्रपति बन्न को लागि पार्टीको नीति त्यागे, मावोबादीको सेना लाई रास्त्रियेसेना मा मिलाउने कुरा माने/ आज मावोबादिले उसलाई रास्ट्र पति बन्न दिएँन अनि मावोबादिले मलाई प्रयोग गरे भन्दै सम्झौता अनुशार अघि बढ्न बाधा गर्दै गरे/

          मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

      • shankar

        तपाइको विचार अलि मिलेन जस्तो लाग्छ . माओबादीलाइ समायोजन नगरे क गर्ने भन्नुस.

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

        • preska

          त्यति पनि छल नपाउने तिमि त सारै लाटा पो रहेछौ साथी माओबादी चोरहरुलाई पठाउने ठाउँ जंगल हो नि

          मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

      • प्रेम अर्याल

        शान्ति सम्जौता मा लडाकुलाई व्यवस्थापन, समायोज र पुनर्स्थापना भनेको छ मलाई लाग्छ कि एस्लाई भाड्ने खालको कुनै नीति अबलम्बन गर्नु हुदैन, ति लडाकु पनि पहिला नेपालि हुन् त्यसपछि लडाकु, तिनीहरुको जिन्दगि पनि अल्योल मा पार्नु हुदैन, नेपालि सेनाको माप दण्ड पुरा गर्नेलाई सेनामा समायोजन गर्नु पर्छ, नकी १९४०० लाई स्वातै नेपाली सेनामा बिना प्रक्रिया समायोजन, ३-४ हजार लडाकु नेपाली सेनामा प्रक्रियागत रुपमा समायोजन गर्दैमा नेपालले धानै नसक्ने हुदैन, तिनीहरुको कामपनि त छ नि, भारत् या चीन संग लडाई गर्ने होइन क्यारे, बाटो खन्न र पर्खाल लगाउन त काम आइ हाल्चन नि

        यदि सेनाको आकार सानो बनाउने हो भने भएकै सेना संख्या पनि घटाउनु पर्छ, प्रधानमन्त्री र रास्ट्रपति लाई सलामी दिन मात्रै राखेर, अरु माओबादी लडाकु सहित राजमार्ग, ओउधोगिक तथा सिमा सुरक्षा बल मा लगाउनु पर्छ, तर यो सबै कुरा संबिधान घोसना हुन भन्दा पहिले नगरे गल्ति हुन्छ

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

      • preska

        श्रेष्ठ जी, तपाइको विचार सोरै आना ठिक हो हावामा जनसेनारे ??? त्यो कस्तो सेना हो? सर्व साधारण जनतालाई धम्कि त्रास तै भएन जबर्जस्ति चन्दा हत्या अपहरण गर्ने डाकाहरु लाई सेना बनाउनु त्यो भन्दा अरु मुर्खता के हुन सक्ला ???? किन कि अहिले मावबादीको कार्यकर्तालाई नेपाली सेनामा समाहित गर्यो भविस्यमा मावबादी जस्तै अरु तराईका सबैजसो समूह संग सेना छ लिम्बुहान खम्बुहान अरु १७ धातु १८ भिरिंगे सबको सेनालाई नेपाली सेनामा समाहित गर्नु पर्ने अवस्था आउन सक्छ नि त्यो कुरालाई अहिले नै विचार पुर्याएन भने भोलि अझ अप्ठेरो स्थिति आउन सक्छ

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

    • ankit

      केही दिनअघि भारतीय राजदूत राकेश सुद दिल्ली जानुअघि प्रचण्डसँगको भेटमा यही कुरालाई लिएर चर्काचर्की भएको खबर आएको थियो। प्रचण्डले सेना समायोजनबारे भारत सरकारको आधिकारिक धारणा के हो भनेर सोधेपछि सुदले म मेरो सरकारलाई सोधेर बताउँछु भन्दै दिल्ली गएका थिए.
      होइन मैले न बुझे को कुरा तेयो सुध संग किन सोध्नु परियो तेस्को धारणा देश हाम्रो जनता हाम्रा अनि तेस्क संग के को सरोकार भने???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

    • madan bajracharya

      चद्र बहादुर जी
      हामीले यो प्रस्न भारतमा गएर टिका थाप्ने नेताहरु सिट सोधु पर्ने/ म त् भारतले मिचेको थिचिको हेपेको भन्नु भन्दा यी भतुवा नेता हरुलेनै हामीलाई, हाम्रो देशलाई मिचाउँन लगाएको हेप्न लगाएको ठान्छु/

      हाम्रै कुत्ता हामिलायिनै भुक्ने भए पनि तेसैलाई सिंह दरबारको कुर्सि मा पाले सम्म यस्तै हुन्छ/

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 2

    • mahesh

      बल्ल निस्कियो एउटा साहसी नेपाली छोरा.
      भारत को यो बोली फेराई माओबादी को गर्जन को कारण नै हो. आफु ले एस्तो स्पस्तीकरण त्यों पनी नेपाल लाइ दिएको पहिला चोटी होला भारत को इतिहास माँ. र त्यों स्पस्तीकरण(बोली फेरेर भए पनी) माओबादी र प्रचंड को कारण ले हो. अरु हरु सुजाता, बिद्या , के पि पदुवा, माकुने बुख्याचा, रामचंद्रे जस्तो चाकड़ी शिरोमणि लाइ पक्कै पनी इर्ष्या लागेको हुनु पर्छ प्रचंड र माओबादी देखेर. हिजो सम्म यो ब्लॉग माँ रोई कराई गर्ने अरुण, बीर, राज, निक, बिबेक, केसू आदि के भन्छौ यो केस माँ

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

      • madan bajracharya

        महेश जी
        बोल्दैनन् बोलेपनि कुरा दोहार्यायिरहंछान/

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • madan bajracharya

      चन्द्रजी
      ईतिहास पल्तायर हेर्यो भने स्पस्ट हुन्छ भारतले मात्र बोल्न मुख खोल्दैन केहि निल्न मात्रै मुख खोल्छ बा कुप्लुक निलिसके पछी उसका तिखा दांत हरु देखाएर तर्साउन मात्रै मुख खोल्छ/

      खुरुक्क १९५०को सन्धि खारिज बा संसोधन गरेर नेपाल भारतको सीमामा पासपोर्ट सिस्टम लागु गरेर कुनै निश्चित समय सम्म मात्र एक अर्काको देसमा बस्न पाउने गरे टन टन नै खतम हुने/

      अरब नाघेको भोको जनता भएको देस को नागरिक हरु नेपाल जस्तो सानो देसमा आए पछी फर्कने नपर्ने गरि बस्न सुबिधा दिंदै गएमा नेपाली अल्पमतमा परि हाल्छ/ अनि जनमत गरेर नेपाल सिक्किम जस्तै खाई हाल्छ/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes